content
stringlengths
31
27.4k
खसी, बोका, भेडा र च्याङ्ग्रा खानयोग्य कसरी चिन्ने ? काठमाडौं । बिहीबारबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशुसेवा विभाग र बाग्मती प्रदेशको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो । परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ लगाएर परीक्षण थालनी गरेका हुन् । कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो । यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन् । वडाध्यक्ष सापकोटाले परीक्षणका क्रममा भनिन्, ‘संघको सहयोगमा हामीले यहाँका धेरैजसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ । दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ ।’ ‘हामी पशुजन्य उत्पादन स्वस्थ्य र यसको बजार सहज होस् भन्ने चाहन्छौँ । यसका लागि कामहरू नियमित छन् । पशुसेवा विभागकी महानिर्देशक डा. श्रेष्ठ भनिन्, ‘दसैंमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएका हौँ ।’ महानगरको पशुसेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिङमा हरियो रङ लगाइन्छ । बिरामी भएर खान अयोग्य भेटियो भने सिंङमा रातो रंग लगाइन्छ । महानगरभित्रका दसैँ लक्षित चौपाया बजारहरू कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुईवटा टोली नियमित परिचालन हुनेछन् । काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मावि पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदै छ ।
सामूहिक हत्याका अभियुक्त पक्रने प्रहरी पुरस्कृत काठमाडौं । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद रु एक लाखसहित पुरस्कृत गरिएको हो । प्रदेश नं १ प्रदेश प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक खतिवडा र प्रहरी नायब निरीक्षक खड्कालाई नगद रु ५०÷५० हजारसहित परस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। खोलागाउँका एकै परिवारका छ जनाको हत्या घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गर्न उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । प्रहरीले छ जनाको हत्या काण्डका मुख्य योजनाकार खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीलाई पक्राउ गरेको थियो । घटनास्थलमा संंलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनुका साथै सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले रु एक लाख राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरिएको प्रनाउ सुवेदीले जानकारी बताए । गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
करेन्ट लागेर मृत्यु काठमाडौं ।  बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए।
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगरका ४१ वर्षीय मणि निरौला रहेका छन्। उनलाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । होपक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए । निरौलाले सञ्चालन गरेको एजुकेशन प्रालि हाल बन्द रहेको पाइएको छ । पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिए,स्पष्ट नभए, खुईलिएमा कारबाही काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका मोटरसाईकललाई धमाधम नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल पक्राउ गरेको हो । कतिपय त्यस्ता मोटरसाईकलहरु तिब्रगति र लापरबाहीका साथ चलाउने,ट्राफिक नियम उल्लंघन गर्दै हिड्ने गरेको पाईन्छ भने हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । सम्पुर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अबस्था समेत सहि हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपुर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई छ । त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले पाँचसय देखि पन्ध्रसय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका,स्पष्ट नभएका,खुईलिएका,अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाईकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख भट्टराईले बताए ।
सैनिक कर्मचारीलाई निशुल्क बस र हवाइ सेवा (तालिकासहित) काठमाडौं । दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई नेपाली सेनाले बस तथा हवाइबाट निःशुल्क पुर्‍याइदिने भएको छ । २०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा(सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ असोज १८ गतेबाट ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ । तालिकासहित
सप्तरीमा एक युवती मृत फेला काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित एक युवती रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा रुपनी गाउँपालिका–२ चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।
बेनी अस्पतालका स्वास्थ्यकर्मीलाई तीन महिनादेखि तलब नदिएपछि … काठमाडौं । बेनी अस्पतालका कर्मचारीहरुले तीन महिनादेखि तलब नदिएपछि आकस्मिक बाहेकको सेवा बन्ध भएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आन्दोलन गरेपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको हो । उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका हुन् । अस्पतालले तलब नदिएपछि औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।
गोदाममै थन्कियो सरकारी चामल काठमाडौं ।  उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो रु पाँच कम गरेर बिक्रीमा राख्दासमेत एक किलो चामल बिक्री भएको छैन । सरकारले बिक्री गर्ने चामलभन्दा बजारमा सस्तो र गुणस्तरीय चामल पाउँदा सो चामल बिक्री हुन नसकेको हो । बजारमा पाइने चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चामल बिक्री नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय प्रमुख रामबहादुर विष्टले बताए । उनले भने, “यहाँको चामल महङ्गो मानेर उपभोक्ताले किन्नै मान्दैनन्, घर नजिकै सस्तोमा चामल पाइने भएपछि उपभोक्ता चामल किन्न गोदामसम्म धाउन चाहेको देखिएन ।” हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टिम जिरा मसिनो गरी तीन प्रकारका चामल सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । अरुवा मोटा चामल प्रतिकेजी रु ४२, अरुवा मध्यम चामल प्रतिकेजी रु ४६ र स्टिम मसिनो चामल प्रतिकेजी रु ६० मा बिक्रीका लागि राखिएको छ । “सर्वसाधारणलाई लक्षित गरेर प्रतिकेजीमा रु पाँच छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गरेका हौँ”, उनले भने, “केन्द्रले निर्धारण गरेको मूल्यमा छुट पनि दिएकै छौँ । तर, सुपथ मूल्य पसलबाट १४ दिनमा एक केजी चामल पनि बिक्री भएको छैन ।” पहाडमा निजी क्षेत्रको चामल महङ्गो र सरकारी चामल सस्तो हुँदा त्यहाँ सरकारी चामलको माग अत्यधिक छ । तराईमा भने चामलको माग धेरै भए पनि सरकारले निजी कम्पनीसरह सस्तो र सर्वसाधारणको पहुँचमा पु¥याउन नसक्दा यहाँ चामल बिक्री हुन नसकेको हो । “निजीभन्दा रु पाँचरदश सस्तो भए पनि महङ्गो भाडा तिरेर गोदामसम्म चामल लिन आउने कमै हुन्छन्”, सूचना अधिकारी महतोले भने, “उपभोक्ताको माग सम्बोधन हुने गरेर मूल्य निर्धारण गर्नुपर्छ । उनीहरूको सहज पहुँचमा सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्छ । ”
बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने काठमाडौं ।बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो । “दसैँमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ”, बैठकपछि नगरप्रमुख प्रजापतिले बताए । दसैँलाई सुरक्षितरूपमा मनाउन शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै नगरप्रमुख प्रजापतिले पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई अह्वान गर्ने जानकारी दिए । बैठकले घटस्थापनादेखि विजयादशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठलगायत धार्मिकस्थलमा हुने मेला, पूजा र नवरात्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड–१९ रोगको सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई आह्वान गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले बताए । साथै उक्त बैठकले विजयादशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानमा शान्ति, सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टिम क्लबसँग सहकार्य गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदै स्थानीय तह, प्रशासन, प्रहरी प्रशासन र विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयासबाट दसैँ शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । बैठकमा महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरुको सहभागिता रहेको थियो ।
दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा काठमाडौं। वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ । यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः नेपालीको घरमा एक दुई छाक भए पनि च्याङ्ग्राको मासु पाक्ने गर्छ । तर यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् । सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च्याङ्ग्रा हेर्न कालिपुलमा सर्वसाधारणको भीड नै लागेको भए पनि एकरदुई जनाबाहेक अन्यले किन्ने आँट भने गर्न सकेनन् । कारण थियो, च्याङ्ग्राको मूल्य । रोज्जा च्याङ्ग्रालाई रु ५० हजार बताएपछि धेरै ग्राहक पछि हटे । कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि यस वर्ष तिब्बतबाट दशैँमा धेरै भेडा, च्याङ्ग्रा नेपाली बजारमा नआएपछि मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राको मूल्य पनि आकाशिएको हो । तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महङ्गिएकाले तल झार्दा लागत खर्च, बाटोको समस्याआदि कारणले गर्दा च्याङ्ग्राको मूल्य बढेको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए । मुस्ताङमा गत वर्ष व्यापारीले रु २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक च्याङ्ग्रा पाइने मूल थलोमा नै रु ३५ हजार भन्दा माथि पुगेको व्यापारीको भनाइ छ । मूल थलोमै महङ्गो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने च्याङ्ग्रा व्यापारी थानेश्वर खड्काले बताए । गत वर्ष पनि कोरोनाका कारण कोरला नाकाबाट च्याङ्ग्रा नभित्रिएपछि मुस्ताङबाट मात्रै रु सात हजार भेडा, च्याङ्ग्रा बिक्रीका लागि पठाइएको र यस वर्ष मुस्ताङमा पनि धेरै भेडा, च्याङ्ग्रा नभएकाले यसको मूल्य बढेकोे एक दशकदेखि मुस्ताङमा भेडा, च्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए । हिमाली जिल्लालाई लक्ष्य गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारले भेडा, च्याङ्ग्रापालन व्यवसायका लागि वर्षेनी करोडौँ रकम लगानी गर्दै आएको छ । मुस्ताङमा पनि भेडा, च्याङ्ग्रा र ऊन प्रशोधनका लागि गण्डकी प्रदेश सरकारको मात्रै करोडौँ लगानी छ । तर सरकारले त्यति धेरै लगानी गरेर प्रोत्साहित गरेको भेडा, च्याङ्ग्रापालनको अवस्था मुस्ताङमा कस्तो रहेछ त भन्ने कुराको उदाहरण दशैँ–तिहारमा भेडा च्याङ्ग्राको अभाव र अस्वभाविकरूपमा भएको मूल्यवृद्धिले देखाएको यहाँका वुद्धिजीवीको भनाइ छ । स्थानीय जातका बोका र ब्रोइलरको खोजी दशैँमा मुस्ताङी च्याङ्ग्राको मासु महङ्गो भएर खान नसकिने भएपछि यहाँका सर्वसाधारण र न्यून आय भएका व्यक्तिले स्थानीयस्तरमा पालिएका खसी–बोकाको जोहो गर्न थालेका छन् । च्याङ्ग्राको भाउ महङ्गिएको थाहा पाएपछि स्थानीयरूपमा पालिएका खसी–बोकापालकले पनि यहाँ पाइने खसी बोकाको मूल्यवृद्धि गरेका सर्वसाधारणको भनाइ छ । गत वर्षसम्म रु १२ हजारदेखि १८/२० हजारसम्ममा पाइने यहाँका खसी–बोकाको मूल्य खोरमा नै यस वर्ष रु तीनदेखि पाँच हजारसम्म वृद्धि भएको दुधेखोलाका श्याम घर्ती मगरले बताए । अहिलेसम्म प्रतिकिलो रु एक हजारसम्ममा पाइने खसीको मासु दशैँमा रु एक हजार २०० को हाराहारीमा पर्ने उनको भनाइ छ । धेरै परिवार हुने र न्यून आय हुने व्यक्तिका लागि यस वर्षको दशैँ अत्यन्त महङ्गो हुने भएको छ । “दशैँमा च्याङ्ग्राको मासु त परको कुरा खसी–बोकाको मासु पनि किनिनसक्ने हुनेभयो”, म्याग्दी नदीमा गिट्टी कुटेर परिवार पाल्दै आएका श्याम विकले भन्नुभयो, “खोरमै गएर चारवटा ब्रोइलर कुखुरा किनेर ल्याएँ, अहिलेको दशैँं ब्रोइलरले काम चलाउने हो ।” यस्तो अवस्था श्यामको मात्रै होइन, धेरै न्यून आय भएका परिवारको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा–च्याङ्ग्रा खोज्ने गरे पनि थोरै कमाइ भएका व्यक्तिले यस वर्ष स्थानीय खसी, बोका र ब्रोइलर कुखुराको मासुबाटै दशैँमा परिकार बनाएर खाने भएका छन् ।
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न काठमाडौं।  राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ । सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश गरिएको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाको मूल गणना हुनेछ ।
ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा काठमाडौं । २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया सुनिता तामाङ र काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया युनिसा मगरलाई सोमबार गोंगबुबाट पक्राउ गरेको हो । मगर र तामाङले एक पुरुषको औँठी ठगी गरेका थिए । काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
२५ भेडाका पाठा जलेपछि दशैँको चिन्ता काठमाडौं। नेपालीहरुको महान चाडपर्व नजिकिँदै छ । जुम्लाका अधिकाशंका आम्दानी भनेकै भेडा हो तर, सोहि भेडाका २५ पाठा जले पछि समस्यामा छन् उनीहरु । हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ कृषकका २५ पाठा जलेर मरेका हुन्। खर्कमा कोही नभएको समयमा आगलागी हुँदा भेडाका पाठासहित २० भन्दा बढी राडीकम्बल, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएका छन्। करिब चार हजार मिटर उचाइमा रहेको खर्कसमेत जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा भेडापालक किसान आगो बालेर रात काटिरहेका छन्। चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरेका छन् ।
एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेल सकिए, प्लेअफमा को–को भिड्दैछन् ? काठमाडौं। एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेलहरु सकिएका छन् । आजको खेल मैदान चिसो भएका कारण रद्द भएपछि अब लिगको प्लेअफ समीकरण पूरा भएको हो । आज हुनुपर्ने काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल रद्द भएसँगै दुवैले अंक बाँडेका छन् । र, दुवै टिम प्लेअफ पुगेका छन् । समूह चरणका खेल सकिँदा चितवन टाइगर्स ८ अंकसहित पहिलो, भैरहवा ग्लाडिएटर्स ७ अंकसहित दोस्रो, पोखरा राइनोज ७ अंकसहित नेट रनरेटका आधारमा तेस्रो र काठमाडौं किंग्स ११ ३ अंकसहित नेट रनरेटका आधारमा चौथो स्थानमा रहँदै प्लेअफ पुगेका छन् । काठमाडौंकोजति ३ अंक भएपनि नेट रनरेटमा पछि परेको ललितपुर प्याट्रिओट्स र १ खेल मात्र जितेर २ अंक भएको विराटनगर वारियर्स बाहिरिएका छन् । अब पहिलो क्वालिफायर भोलि बिहान साढे ९ बजे पहिलो र दोस्रो स्थानका चितवन र भैरहवाबीच हुनेछ । यो खेल जित्ने टिम सिधै फइनलमा पुग्नेछ । हार्ने टिम दोस्रो क्वालिफायर खेल्नेछ । भोलि नै साढे १ बजे पोखरा र काठमाडौंबीच इलिमिनेटर खेल हुनेछ । यो खेल जित्ने टिम दोस्रो क्वालिफायर खेल्नेछ र हार्ने टिम बाहिरिनेछ । दोस्रो क्वालिफायर खेल बिहीबार दिउँसो सवा १२ बजे हुनेछ । यो खेल पहिलो क्वालिफायर हार्ने टिम र इलिमिनेटर जित्ने टिमबीच हुनेछ । दोस्रो क्वालिफायर जित्ने टिम फाइनलमा पुग्नेछ र हार्ने टिम बाहिरिनेछ । फाइनल खेल पहिलो क्वालिफायर जित्ने टिम र दोस्रो क्वालिफायर जित्ने टिमबीच शनिबार दिउँसो सवा १२ बजे हुनेछ ।
प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’, यस्ता छन् तीन एजेन्डा काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ। मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ। सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो। यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले बताए। उनका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ। आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्धा सुनवाई गर्ने न्यायाधीशहरुको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ। सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ। यो बीचमा बन्दी प्रत्यक्षी करणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ गर्न सीमित न्यायाधीशलाई जिम्मा दिने चलन छ। कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने रुटिनमा पनि फुलकोर्टमा छलफल हुने उनले बताए।
को हुन् आर्यन खानसँगै ड्रग्स केसमा पक्राउ परेकी मुनमुन धमेचा ? काठमाडौं। आइतबार क्रुजमा भएको ड्रग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गिरफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट ड्रग्स पनि बरामद भएको थियो । यी तीनैजनालाई अदालतले १ दिन हिरासतमा राख्न आदेश दिएको थियो । आर्यन खानलाई शाहरुख खानका छोराको रुपमा धेरैले चिन्छन् तर मुनमुन को हुन् भन्ने विषयमा धेरैको चासो बढेको छ । मुनमुन दिल्लीकी मोडल हुन् । खासमा मुनमुनको घर मध्य प्रदेशको सागर जिल्लाको तहसिलीमा हो । अहिले त्यो घरमा कोही बस्दैनन् । मुनमुनकी आमाको गत वर्ष निधन भएको थियो । उनका पिताको पहिले नै निधन भइसकेको थियो । मुनमुनका एक भाइ पनि छन् जसको नाम प्रिन्स हो । प्रिन्स दिल्लीमा काम गर्छन् । मुनमुनले स्कुलको पढाइ मध्यप्रदेशको सागरमै पूरा गरेकी हुन् । पछि मुनमुन भोपालमा रहिन् र करिब ६ वर्ष पहिले भाइ प्रिन्सको साथमा दिल्ली गएकी हुन् । मुनमुन एक मोडल हुन् । उनले र्याम्प वाक गर्दै गर्दाका कैयौं तस्वीर पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । मुनमुनलाई पार्टीको पनि सोख छ । उनले पार्टी गर्दै गर्दाका कैयौं तस्वीर पनि शेयर गरेकी छिन् । उनको साथमा उनका साथीहरुका साथै केही बलिउड स्टारहरु पनि देखिन्छन् । मुनमुनले केही शो र विज्ञापनमा काम गरेकी छिन् । उनले सुटिङ स्टुडियो र फोटोसुटका तस्वीर पनि शेयर गरेकी छिन् । मुनमुनलाई ड्रग्सको सेवन तथा खरिदबिक्री गरेको आरोपमा केस दर्ता गरिएको छ ।
बजार अनुगमनः झापाको चार पसलेलाई जरिवाना काठमाडौं। दशैं तिहार नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिईन थालेको छ। झापा जिल्ला अनुगमन समितिले चार वटा पसललाई जरिवाना गरेको छ भने ,२२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ। पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान बिक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार वटा किराना पसललाई रु पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी दिए। उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री भ्याट गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए। घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ।
रुकुम (पूर्व)मा मृत अवस्थामा फेला काठमाडौं । आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ को खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा मृत भेटिएका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ काठमाडौँ । लाइसेन्स बनाइदिने भन्‍दै सेवाग्राहीबाट पैसा असुल गर्ने २ जना विचौलिया प्रहरीको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुमन तामाङ र सुरज गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। ललितपुर महानगर–१४ नख्खीपोटका ३० तामाङ र कुसुन्तीका २३ वर्षीय गुप्ताले लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरेर लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैं सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पठाइएको महाशाखाले जनाएको छ ।
स्कुटरदेखि हिरा जित्ने मौका, दुइतर्फी टिकटमा ४ वटा ‘लक्की ड्र’ कुपन काठमाडौं । यती एअरलाइन्सले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो। उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एअरलाइन्सले बताएको छ । असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छु्ट्याइने छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने एयरलाइन्सले जनाएको छ। यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एअरलाइन्स मार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । अग्रीम टिकट बुकिङ्ग गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
दसैँ, तिहारमा पनि चन्द्रागिरि केबुलकार खुल्ने काठमाडौँ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दशैँ तिहारमा पनि खुलाउने भएको छ । दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको हो। हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताए । चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ । उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् ।
बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तान जन्माइन् काठमाडौं। बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् । अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनका अनुसार नेहा र छोरा दुवै स्वस्थ छन् । A post shared by ANGAD BEDI (@angadbedi) बच्चा जन्माउनुभन्दा केही घण्टा पहिले मात्र नेहाले आफ्नो बेबी बम्पसँगको तस्वीर शेयर गरेकी थिइन् । यो पोस्ट सार्वजनिक भएको २ घण्टामै अंगदले छोरा जन्मिएको घोषणा गरेका छन् । नेहा र अंगदले २०१८ मा बिहे गरेका थिए । बिहेको केही महिनापछि नेहाले छोरीलाई जन्म दिएकी थिइन् । यसको ३ वर्षपछि छोरा जन्मिएका हुन् ।
शाहरुखका छोरा आर्यन हिरासतमा, केस दर्ता, रिया चक्रवर्तीका वकिलले केस लड्ने काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार बेलुका मुम्बइमा एक लग्जरी क्रुज जहाजमा छापा मारेको थियो । यो क्रुज शिपमा ड्रग्स पार्टी चलिरहेको थियो । यहाँबाट एनसीबीले ८ जनालाई हिरासतमा लिएको थियो । यी ८ जनामध्ये शाहरुख खानका छोरा आर्यन पनि भएको पुष्टि भएको छ । यी आठैजनासँग सोधपुछ भइरहेको छ । एनसीबीले आठै जनाको नामको खुलासा गरेको छ । एनसीबी सूत्रले नवभारत टाइम्स अनलाइनलाई बताएअनुसार नारकोटिक्स कन्ट्रोल ब्युरोले शाहरुख खानका छोरा आर्यन खानविरुद्ध केस दर्ता गरेको छ । यद्यपि एनसीबीले आधिकारिक रुपमा यसको पुष्टि गर्न बाँकी छ । हिरासतमा लिएर सोधपुछ भइरहेका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार ब्युरोको हिरासतमा आर्यन खान, अरबाज मर्चेन्छ, मुनमुन धमेचा, नुपुर सारिका, इश्मीत सिंह, मोहक जयसवाल, विक्रान्त छोकर र गोमित चोपडा छन् र उनीहरुसँग सोधपुछ भइरहेको छ । हिरासतमा लिइएका मध्ये अरबाज मर्चेन्ट अभिनेता हुन् । उनलाई आर्यनको साथी बताइएको छ । अरबाजले नै आर्यनलाई त्यो पार्टीमा लिएर गएको बताइएको छ । मोहक, नुपुर र गोमित दिल्लीका हुन् । मोहक र नुपुर फेशन डिजाइनर हुन् । नुपुर गोमितको साथमा मुम्बइ आएकी थिइन् । गोमित हेयर स्टाइलिस्ट हुन् । आर्यनको केस चर्चित वकिल सतीश मानेशिन्देले लड्ने भएका छन् । सतीश मानेशिन्दे एनसीबीको अफिस पुगिसकेका छन् । सुशान्त सिंह राजपुतको मृत्युपछिको ड्रग्स केसमा सतीशले नै रिया चक्रवर्ती र उनका भाइ शोभिकको केस लडेका थिए ।
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु काठमाडौं । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकखण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्र्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले बताए । ट्र्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्र्याक्टर दुर्घटना गए राति करिब १० बजेको समयमा भएको जनाइएको छ । मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अपहरणमा परेका भारतीय नागरिकको उद्धार काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको उद्धार भएको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाईं राखिएको अवस्थामा साह भेटिएका हुन् । साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो । उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताए । अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
१७५ यात्रु बोकेर उडिरहेको विमानमा चट्याङ पर्‍यो काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा चट्याङ परेको छ । चट्याङका कारण विमान डरलाग्दो तरिकाले हल्लियो । विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न कठिन छ भन्ने लागेको थियो । घटना अजुर एयरलाइन्सको बोइङ १३७ विमानमा भएको हो । विमान तुफानमा फसेका बेला भयानक चट्याङ परेपछि फ्रि फल अर्थात तीब्र रुपमा तल खस्न थालेको थियो । विमान आकाशबाट फ्रि फल भएर तल खस्दै दक्षिण पश्चिमी रुसको ब्ल्याक सी रिसोर्टनजिकै पुगेको थियो । च्याङ पर्नुभन्दा पहिल्यै विमान तुफानमा फसेर सयौं फिट तल खसिसकेको थियो । त्यसपछि एक पर्यटकले विमानमा यात्रारत त्रसित यात्रुको अवस्था आफ्नो फोनमा कैद गरेका थिए । डेली मिररका अनुसार विमान एकातेरिनबर्गबाट उडेको थियो तर गम्भीर तुफान र चट्याङ परेपछि विमानलाई क्रास्नोडारमा आकस्मिक अवतरण गराइएको थियो । एक यात्रीले भने ‘यो निकै भयानक थियो ।’ अर्का एक यात्रुले आफूलाई अब जीवन अन्त्य हुने निश्चित भएको महसुस भएको बताउँदै आफूलाई विमान दुर्घटना हुन्छ भन्ने लागेको बताए । उनले भने ‘चट्याङको झट्काको कारण सामानहरु पूरै केबिनमा छरिएका थिए । यद्यपि चट्याङ परेपछि पनि पाइलटले चामत्कारिक रुपमा पुनः विमानलाई नियन्त्रणमा लिएका थिए । उनले निकै अविश्वसनीय आकस्मिक अवतरण गराएका थिए ।
मल नपाएर रौतहटका किसान चिन्तित रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ। तर, रौतहटमा अनुदानमा पाइने मल छैन। मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन्। धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै केही दिनअघि आन्दोलनसमेत गरेका थिए। रौतहटका बजारमा युरिया मलको अभाव भएको र भारतीय सीमा क्षेत्रबाट ल्याउँदासमेत कानुनी झन्झटको सामना गर्नुपरेको किसानको दुखेसो छ। नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिएपछि किसान आक्रोशित बनेका छन्। किसानले माग गरेबमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन। किसानले बर्षेनि मलखादको समस्या खेप्नुपरिरहेको गुनासो गर्दै आएका छन्। बजारमा सर्वसुलभ रूपमा मलको व्यवस्था, ट्याक्टरमा लाग्ने कर खारेज, कृषि बीमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरूले रौतहटमा प्रदर्शनसमेत गरेका छन्। सरकारले किसानका समस्याका बारेमा ध्यान नदिँदा दिन प्रतिदिन उत्पादन घट्दै गएको कृषकहरूको गुनासो छ। मलखादको माग र आपूर्तिमा छैन तालमेल युरिया मल पर्याप्त हुन नसक्दा १० बोरा आवश्यक रहे पनि दुई बोरासमेत पाउन पनि गाह्रो हुने गरेको किसानहरूको गुनासो छ। किसानका नाममा भारतबाट व्यापारीले तस्करी गरेर ल्याउने गरेको र उनीहरूले व्यापार गर्ने भन्दै सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गर्ने गरेका छन् । अवैध तरिकाबाट मल ल्याउन नपाइने सुरक्षाकर्मीको भनाइ छ। पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले रौतहटले किसानलाई मल ल्याउन सहजीकरण गरेको छ। जिल्लामा करिब ४० हजार हेक्टरमा धानखेती हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा १५५ वटा सहकारीमार्फत युरिया दुई हजार ८५२ मेट्रिक टन र दुई हजार ३५१ मेट्रिक टन डीएपी मल बिक्री गरेको थियो । यस आर्थिक वर्षको भदौसम्ममा एक हजार ७५१ मेट्रिक टन युरिया मल र ३५६ मेट्रिक टन डीएपी मल वितरण गरेको कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले बताए। अहिले कम्पनीको चन्द्रनिगाहपुरस्थित गोदानमा मल छैन । यस्तै, गौरमा रहेको साल्ट ट्रेडिङ डिपोको गोदाम पनि खाली रहेको प्रमुख बाकदेव मिश्रले बताए । यस डिपोले ५५ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ। रौतहटका किसानका लागि अनुदानमा आएको मल गत वर्ष मकवानपुर, सिन्धुली, सर्लाही, बारा जिल्लाका विभिन्न सहकारीसँग मिलेर व्यापारीहरूले लैजाने गरेका पाइएको स्थानीय किसानले गुनासो गरेका छन्। सहकारी संस्थाहरूले व्यापारीलाई मल बिक्री वितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको धेरै किसानको भनाइ छ। अनुदानको रासायनिक युरिया मल सहकारी संस्थाले ७२७ रुपैयाँ ५० पैसामा ५० किलो खरिद गरेर ढुवानी खर्च जोडेर ८५० रुपैयाँसम्ममा आफ्ना शेयर सदस्यलाई बिक्री गर्न सक्छन् । तर, आफ्ना सदस्यलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरा बिक्री हुने गरेको किसानको गुनासो छ। विगतका वर्षमा झैँ रौतहटको सीमा नजिकैको भारतीय बजारबाट किसान लुकाइछिपाई मल ल्याउन बाध्य छन् । भारतीय बजार घोडासान, चैनपुर, बैरगनीया, छौडादाना, आधापुरलगायत स्थानबाट किसानले लुकिछिपी मल ल्याउन बाध्य भएका हुन्। किसानका समस्याका बारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाइ नभएको पूर्वसांसद कुन्दन कुशवाह बताउँछन्। कटहरिया नगरपालिकाका किसान जितेन्द्र यादवले नेपालमा मल नपाएर निकै सास्ती खेप्नुपरेको गुनासो गरे। तीन बिघा क्षेत्रफलमा लगाएको धान खेती रोग लागेर सुक्दै गए पनि कतैबाट कुनै सहयोग नपाएको कटहरिया नगरपालिकाकी अर्की किसान अनिता देवीको गुनासो छ।
चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो । सभापतिसहित अधिकांश पदहरूमा सहमति जुटिसकेको नेताहरूले बताएका छन्। ‘सभापतिमा त मलाई नै दोहोर्‍याउने सहमति भइसकेको छ, उपसभापतिमा दुई जनाबीच सहमतिको प्रयास जारी छ’, गिरीले भने, ‘नविन महर्जन र कृष्णहरि बस्नेतबीच उपसभापतिमा सहमति जुटाउने प्रयास भइरहेको छ, सम्भवत सबै पदमा सहमति हुन्छ होला।’ काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले त्यहाँ पालिका अधिवेशन अनिश्चित बनेको छ।
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् । मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई एक लाख सहयोग गरेका छन् । नेपालमा रक्तदान अभियानलाई अझ अघि बढाउन र दाताबाट प्राप्त रगतको उचित भण्डारणका लागि भवन निर्माण गर्नका लागि उनले अमेरिकाबाट यी दुई संस्थालाई आर्थिक सहयोग पठाएका हुन् । अमेरिका, नेपाल र विश्वभर नै रक्तदानका लागि प्रेरित गर्ने अभियानमा लागेका मैनाली आफैंले पनि हालसम्म २ सय पटक रक्तदान गरिसकेका छन् । एकपटकको रक्तदानले ३ जनासम्म विरामी व्यक्तिको ज्यान बचाउन सकिने भएका कारण रक्तदानलाई महादानका रुपमा विश्वभरि नै लिइदै आएको छ । न्यूयोर्कको राज्य सरकार र अमेरिकाका विभिन्न निकायहरुबाट पटक पटक सम्मानित भइसकेका मैनाली भूकम्पले तहसनहस भएको क्यारेवियन मुलुक हैटीमा केही हप्ताअघिको महाभूकम्प लगत्तै पुगेर रक्तदान गरेका थिए ।
दसैँ बिदामा विद्यालय खुल्ने काठमाडौँ ।  यस वर्षको दसैँ बिदा घटाएर जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार हो । शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदका अनुसार यो वर्ष यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दसैँ बिदा नदिइने र दसैँ बिदा असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । जिल्लामा दसैँ बिदा घटाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न पत्राचार गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै यहाँका अभिभावक तथा विद्यार्थी निकै खुशी भएको स्थानीय प्रकाश बमले बताए । उनले भने, “कोरोना महामारीले विद्यालय बन्द हुँदा पढाइ भएको थिएन, अझ दसैँमा पनि धेरै बिदा दिएको भए विद्यार्थी पढाइ नै बिर्सिने सम्भवना थियो, पालिकाले दसैँ बिदामा पनि पढाइ सुचारु गर्न पत्र पठाएको छ, यो राम्रो कुरा हो ।”
जीवन बचाउन रक्तदान काठमाडौँ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीन लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ काठमाडौँ हाइट, आयन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । लायन्स क्बल जोन चियर पर्सन गुरु केदार बरालले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरूमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । “रगतको अभावका बिरामीको अकालमा ज्यान नजाओस् र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो”, लायन्स क्लब जोन चियर पर्सन बरालले भने, “लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समयसमय रक्तदान कार्यक्रम गर्दै आएको छ ।” उनका अनुसार आज सङ्कलन गरिएको रगत थापाथलीस्थित प्रशुतिगृहमा पठाइएको छ ।
भावी कार्यदिशा बनाउँदै समावेशी आयोग काठमाडौं । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ । पूर्णता पाएको १०० दिनका अवसरमा आयोगले आयोजना गरेको प्रगति समीक्षा तथा भावी कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले लक्षित वर्गको संरक्षण, सशक्तिकरण र विकास तथा सहभागिता सुनिश्चित गर्ने नीति पहिचान गर्नाका साथै आयोगको संस्थागत क्षमता विकास गरी अध्ययन अनुसन्धान गर्नसमक्ष बनाउने योजना सुनाए । आयोगले खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रुपले विपन्न वर्गलगायत समुदायको हकअधिकार संरक्षण गर्ने कानून, नीति तथा कार्यक्रम पहिचान गरी सिफारिस गर्ने भएको छ । अध्यक्ष तिमल्सेनाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको प्रचलन र पुनरावलोकन तथा सामाजिक सांस्कृतिक अधिकारको प्रचलन एवं प्रभावकारिता बढाउनेसमेत बताए । आयोगले यो १०० दिनका अवधिमा खस आर्यको थर सूचीकरण र विपन्न खस आर्यको पहिचानको आधार र प्रतिनिधित्वको अवस्थाबारे अध्ययन, पिछडा वर्गको पहिचान र थर सूचीकरणको अध्ययन, स्थानीय सरकारमा समावेशिताको स्थितिको अध्ययन गर्नाका साथै सरकारी सेवामा आरक्षणको प्रभावबारे अध्ययन गरिरहेको छ । संविधानको भाग २७, धारा २५८ मा व्यवस्था भएबमोजिम आयोग स्थापना भएको झन्डै तीन वर्षपछि असार १० गते आयोगले पूर्णता पाएको थियो । आयोगमा एकजना अध्यक्ष र चारजना सदस्य रहने व्यवस्था छ । मुख्यगरी खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रुपले विपन्न वर्गलगायत समुदायको हकअधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले आयोगको गठन गरिएको हो । सोही अवसरमा पूर्वमन्त्री प्रेमबहादुर सिंहले आ–आफ्नो उद्देश्यअनुरुप आयोगलाई सक्रिय बनाउन आग्रह गरे। नागरिकता नभएका कारण धेरै ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु परेको भन्दै त्यसबारे उचित व्यवस्थापनका लागि पहल गर्न आयोगसमक्ष आग्रह गरे ।
एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य बस्तु बरामद काठमाडौं। नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिएसँगै बजार अनुगमन कार्य तिब्र गतिमा बढेको छ । आज खोड्पे बजारमा संयुक्त बजार अनुगमन टोलीले ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा रू छ हजार ६०० बराबरको पेन्टस, रू १४ हजार ५३० बराबरको पेयपदार्थ, रू तीन हजार बराबरको चकलेट, रू ७७५ बराबरको बिस्कुट र रू ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीले बताए। कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ । जिप्रका, पाटन नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पाटन इलाका प्रहरी कार्यालय, खोड्पे प्रहरी चौकीे, बजार व्यवस्थापन समितिलगायत टोलीले अनुगमन गरेको थियो । चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।यसअघि गत भदौमा पनि संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा रू एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको थियो ।
पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो । उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो । उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो। प्रहरीले घटनामा प्रयोग गरेको खुकुरी र झोला पनि बरामद गरेको छ।
जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते काठमाडौं। आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नम्वरको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ । शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ।जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए।
जेष्ठ नागरिक दिवसः नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति ? काठमाडौ।आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । जेष्ठ नागरिकको सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ । सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेष्ठ नागरिक दिवसको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसै वर्षको २१ अगस्टका दिन रेगनले औपचारिक रूपमा राष्ट्रिय जेष्ठ नागरिक दिवससमेत मनाएका थिए । यसको दुई वर्षपछि मात्र अर्थात् सन् १९९१ मा संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरेको थियो ।संयुक्त राष्ट्रको तथ्यांकअनुसार विश्वमा हाल करिब ७० करोड जेष्ठ नागरिक रहेका छन् । नेपालमा जेष्ठ नागरिकको अवस्था नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ । नेपालको संविधान, २०७२ को धारा (४१)मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । यसैगरी जेष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘जेष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा अत्यन्तै न्यून रहेको छ । यद्यपि, आर्थिक वर्ष २०५२÷०५३ देखि जेष्ठ नागरिकका लागि सुरु गरिएकोे वृद्धभत्ता कार्यक्रम भने सबैभन्दा लोकप्रिय कार्यक्रमको रूपमा स्थापित भएको छ । सरकारले समय समयमा ज्येष्ठ नागरिकका लागि विभिन्न योजना ल्याए पनि ती योजना तथा कार्यक्रमहरू ज्येष्ठ नागरिकमैत्री नहुँदा त्यसै थन्किएर बसेका छन् । आज विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै छ । देशका विभिन्न पालिकाहरूले यसै दिवसको सन्दर्भमा आफ्ना जेष्ठ नागरिकको सम्मान, पौष्टिक आहार वितरण तथा जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्नेजस्ता कार्यक्रम गर्दै छन् ।
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ? काठमाडौं।२०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्नु भनेको हो । परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।परीक्षार्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ भने १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।
ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ । आँधीखोला सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा माया विकको मृत्यु भएको हो । भारी बोकेर हिँडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर आफै गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
दशैँ अगावै पत्रकारका सबै सेवा उपलब्ध गराउन महासंघको माग काठमाडौं।नेपाल पत्रकार महासंघले दशैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा, सुविधा उपलब्ध गराउन व्यवस्थापन समक्ष माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै दशैँ अगावै पत्रकारलाई सबै सुविधा उपलब्ध गराउन माग गरेका हुन् । ‘नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू कोरोना मारमा पर्नुका साथै तलबविहीन हुनुपर्दाको पीडा छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैनु, उनले भनेका छन्, ‘संचारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।’ महासंघले कोरोना संक्रमणको बहाना बनाई विभिन्न संचारगृहमा श्रमजीवी पत्रकारलाई निश्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब(भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध पटक पटक सम्बन्धित संचारगृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै गरेकाले पत्रकारका समस्या थप जटिल बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ । महासंघ सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका संचारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउनसमेत महासंघको आग्रह छ ।पीडित पत्रकारले अघि बढाएका मागहरूको हालसम्म पनि संचारगृहबाट सुनुवाइ हुन नसकेकामा खेद व्यक्त गर्दै समयमै ती समस्याको सुनुवाइ नभए महासंघको निर्णय र समन्वयमा १७ असोजपछि संघर्षका थप कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ ।
गृहमन्त्रीको नगरमा २५ दिनदेखि न्यायको खोजीमा आन्दोलन काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन । तिलोत्तमा( ५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।सीताका माइती पक्षले हत्याको आरोप लगाउँदै आन्दोलन अझै जारी राखेका हुन् । तिलोत्तमा कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीताको शंकास्पद मृत्यु भएको थियो । दिनहुँजसो आन्दोलन भए पनि सरकारी पक्षबाट सुनुवाइ नभएको उनीहरूको आरोप छ ।सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन । परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरूको दाबी छ । मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । गृहमन्त्रीको नगरमा महिना बित्न लाग्दा पनि न्याय नपाएको उल्लेख गर्दै उनले अब न्यायको आशा हराउन थालेको बताए ।पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनाका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी०को टोलीसमेत अनुसन्धानका लागि रूपन्देहीमा बसेर फर्केको छ । तर, अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन । प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । यता, आन्दोलनकारीले तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडामा तालाबन्दी गरेका छन् । उनीहरूले बिहीबार पनि नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै न्यायका लागि पहल गर्न माग गरेका छन् ।
दसैँ नजिकिँदै, भेडा च्याङ्ग्राको मूल्य बढ्दै काठमाडौं। महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्‍ग्राको मूल्य पनि आकासिएको छ । तिब्बतबाट च्याङ्‍ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले जानकारी दिए । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष जिल्लामै भेडा च्याङ्ग्राको अभाव देखिएको बताए । “लोमान्थाङ्गबाट आज मात्रै केही भेडा च्याङ्‍ग्रा मुस्ताङ झार्दै गरेको जानकारी पाएको छु” अध्यक्ष तुलाचनले भने, “गतवर्ष व्यापारीले रु २७ हजार प्रति गोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक रु ३५ हजार भन्दामाथि पुगेको जानकारी आएको छ ।”मूल थलोमै महँगो भएपछि बजारमा च्याङ्७शधवसग्राको भाउ अझै बढ्नसक्ने उनको भनाइ रहेको छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकोले यसवर्ष जिल्लामा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ । कोभिड–१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्ग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुञ्जा तेन्जिङले बताए । पाँच दिन अघिमात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्रमा आउनुभएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडा च्याङ्ग्रा मात्रै ढिलोगरी बजारमा आउने भएका छन् । उनका अनुसार सो जिल्लामा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य रु ३५ हजारदेखि ३९ हजारसम्म रहेको छ । सामान्य अवस्थामा व्यापारीले दसैंलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्‍ग्रा ल्याउने गरेकामा यसवर्ष यस्तो नभएको उनको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बत बीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण यस वर्षको व्यापार नभएको व्यापारीले बताएका छन् । गत जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीले किन्ने र च्याङ्ग्रा नेपालीले किनेर पाल्ने गरेको भए पनि यसवर्ष त्यो मेला हुन नपाएको सङ्घका अध्यक्ष तुलाचनले जानकारी दिए । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने जनाउँदै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन् ।
एक हप्तादेखि यातायात सेवा ठप्प, स्थानिय आक्रोशित काठमाडौं। जाजरकोट सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएपछि स्थानिय तनाबमा छन् । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको स्थानीयवासी रेशम खड्काले बताए । पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिकरूपमा चलाउनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मत गरेपछि पासागाड–कालेगाउँ सडक सञ्चालन गरिएको छ । मथिल्लो बाटो भएर जाजरकोट डोल्पा, रुकुमपश्चिम जाने स्थानीयवासी मात्र नभई सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन । सदरमुकाममै हप्ता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । यो सडक दिगो बनाउनका लागि ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताउनुभयो । पछिल्लो समय खलङ्गा सदरमुकाम नै नहुने ठाउँमा बनाएको भन्दै चर्चा हुन थालेको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणनाको सूचीकरण अझै अनिश्चित काठमाडौं।घरपरिवार सुपरिवेक्षणको समयसीमा सकिनै लाग्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा जनगणनाको विषय अझै अनिश्चित छ । ३० भदौदेखि सुुरु भएको घर तथा घरपरिवार सूचीकरणको समय सकिन अब चार दिन मात्र बाँकी छ ।दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जीउधनको सुरक्षाको सुनिश्चितता गरिदिने हो भने मात्र सुपरिवेक्षकहरू त्यस ठाँउमा गणनाका लागि जाने बताउँछन् । केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार छलफलबाट ठोस निष्कर्ष आइसकेको छैन । ’हामी छलफलको निर्णय नै पर्खिरहेका छौ,’ लामिछानेले भने, ’भौतिक रूपमा त्यस ठाँउमा जान नसके हामी स्याटलाइट इमेज विधिको प्रयोग गर्न सक्छौँ, करिब तीन सयको हाराहारीमा घर छ, त्यसैले सूचीकरणमा समस्या हुदैन ।’ ३० भदौ बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४० लाख बढ्ने अनुमान गरेको छ । ७ जेठ २०७७ मा सरकारले अद्यावधिक गरेर सार्वजनिक गरेको देशको राजनीतिक तथा प्रशासनिक नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना हुन्छ, हुँदैन भन्ने चासो सर्वत्र छ । यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । साढे तीन महिना धकेलिएको यो कार्यक्रम ’मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित देशभर जनसंख्या संकलन सुरु भएको छ । करिब ४५ लाखको घरपरिवारको सूचीकरण विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार १३ असोजसम्म ४५ लाख घरधुरी सूचीकरणमा समावेश भइसकेको छ । ’२०६८÷०६९ को तथ्यांकको आधारमा अहिले नेपालमा ७० लाख अनुमानित परिवार संख्या छन् । जसमा ४५ लाखको सूचीकरण भइसकेको डाटा छ,’ लामिछानेले भने, ’विकट ठाँउबाट सुपरिवेक्षकहरूको सबै डाटा आइसकेको छैन, ४५ लाखभन्दा बढी सूचीकरण भइसके, कार्यक्रम सोचेअनुरुप नै भइरहेको छ । यस पटकको गणनामा काठमाडौँ उपत्यकामा २२ सय वटा ट्याबलेट (पेपरलेस) प्रयोग गरी सूचीकरण सुरु गरिएको छ । नेपालमै पहिलो पटक काठमाडौँमा गणनाका लागि ट्याबलेटको प्रयोग भइरहेको छ।मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । यो जनगणना देश संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणनासमेत हो ।
यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ काठमाडौं। मनाङकी फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न बिहीबार क्याङ झरेकी छिन् । यसपाली लामाले पात्रो हेरेर बिहीबारदेखि घाँस काट्ने साइत निकालेका छन् । गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेशी झरेकी हुन् । फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन् । क्याङ फूभन्दा न्यानो छ । ‘घाँस काट्ने ठाउँ नै छैन । अर्काको खेतमा काट्न पाइँदैन । अहिले त समय नै नराम्रो परेको छ । वनमा घाँस पलाएन,’ घाँस काट्दै गर्दा भेटिएकी साङ्गे भन्छिन्, ‘हिउँ नपरे त ठिकै हुन्थ्यो । हिउँ प¥यो भने वस्तुहरू भोकै मर्छन् ।’ दुई दिन काटेको घाँसले हिउँदभरीलाई पु¥याउनुपर्छ । हुन त बेशीमा चरन क्षेत्र छुट्याइएको छ । बर्खाका बेला बेशीमा वस्तु झार्न प्रतिवन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन । मनाङको विकट र उत्तरी गाउँहरू नार र फूमा घाँस र बालीनाली काट्न साइत हेर्नुपर्छ । लामाले पानी नपर्ने र मौसम उघ्रिएको समयमा पात्रोबाट उपयुक्त मिति निकाल्छन् । लामाले तोकेकै मितिभित्र घाँस र बाली भित्र्यासक्नुपर्छ । घाँस काट्न धेरै खेत हुनेले चार दिन समय पाउँछन् भने कम हुनेले दुई दिनमै सिध्याउनुपर्छ । तल्लो क्षेत्रमा जस्तो ना र फू गाउँमा मन लागेका बेला घाँस काट्न र बाली भित्र्याउन पाइँदैन । प्रायः भदौको अन्तिमतिर यो काम गर्ने समय निकालिने नार मेताका स्थानीय मिङमर फुन्चो लामाले जानकारी दिए । ‘घाँस नकुहिने समय हेरिन्छ । काटेको घाँस बटारेर राख्ने हो । महिनौसम्म राख्दा कुहिन सक्छ,’ उनले भने, ‘समय हेराएर काट्यो भने कुहिँदैन । हिउँदमा वस्तुले मिठो मानेर खान्छन् ।’ यो समय निकाल्न ढावाशेर्पा नामको छुट्टै समिति गठन भएको छ । सात सदस्यीय समितिमा लामासहित गाउँलेहरू हुन्छन् । ‘लापरबाही नहोस् भनेर यस्तो गरेका हौं । करु पनि पात्रो हेरेर काट्छन् । नारमा भन्दा फूमा यो नियम झन् कडा छ,’ उनले थपे, ‘मन लाग्यो भनेर जतिखेर पनि काट्न पाइँदैन ।’ फूका मान्छेहरू हिउँदमा क्याङ झरे जस्तै नारका गाउँलेहरू च्याखु र मेतामा झर्छन् । कोही व्यापारका लागि शहर पुग्छन् । ‘माथिल्लो क्षेत्रका घाँस बर्खामा खाइसक्छ । हिउँदको लागि चरन क्षेत्र बेशीमा तोकेको हुन्छ,’ अर्का स्थानीय छोर्तेङछोवाङ लामाले भने, ‘दुईवटै गाउँको सीमामा गेट लगाएका छन् । पशुवस्तु गेट कट्यो भने समूहले कारबाही गर्छ ।’ उनका अनुसार कुनै पशु महेन्द्रपुल कट्यो भने पाँच सय रुपैयाँ प्रतिगोटा जरिमाना तिर्नुपर्छ भने पुल नकटेको भए तीन सय रुपैयाँ लाग्छ । जरिमाना लिने गोठालेको समूह बनेको छ । उक्त समूहले भनेको मानेनन् भने युवा क्लव र आमा समूहलाई उजुरी गरिन्छ । मुस्ताङ, डोल्पालगायतका जिल्लामा बाली लगाउने समयलाई साकालाका नामले चिन्छन् । त्यो दिन सबै गाउँले मिलेर रमाइलो गरी अन्नको बिउ राख्ने गरिन्छ । ना र फू गाउँमा पनि यसै गरी अन्नबाली लगाउने साइत छ । तिब्बती पात्रोअनुसार बाली लगाउने र थन्क्याउने साइत निकालिन्छ । अब फू र नारका बासिन्दाहरू विस्तारै बेशी झर्न थाल्छन् । कात्तिकदेखि चैतसम्म बेशीमा बस्छन्, हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन् । जनसंख्याका हिसावले यो गाउँपालिका सबैभन्दा सानो हो । धेरैजसो रोजगारी र अध्ययनका लागि बाहिरिएपछि गाउँ रित्तिँदै गएको छ । नार र फू गाउँमा पढ्नका लागि कक्ष ३ भन्दा माथिल्लो स्कुल छैन । कक्षा ३ सम्म पढ्ने विद्यार्थीसमेत नपाएर विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।
प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त काठमाडौं। हिमालयन बैंक लिमिटेडमा नयाँ अध्यक्षमा चयन भएका छन्। २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ  नियुक्त भएका हुन् । श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ । यसअघि बैंकको अध्यक्षमा कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम थिए। उनलाई सरकारले प्रशासकबाट हटाएपछि बैंकको अध्यक्ष पद खाली थियो।
अमेरिकी सेनाका बरिष्ठ अधिकारीहरुले भने – ‘तालिबान फर्किनुको कारण दोहा सम्झौता’ काठमाडौं। अमेरिकी सेनाका केही बरिष्ठ अधिकारीहरुले तालिबानले अफगानिस्तानमा कब्जा गर्नुको कारण तत्कालीन ट्रम्प प्रशासन र तालिबानबीच दोहामा भएको सम्झौता भएको बताएका छन् । दोहा सम्झौतामा फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने मिति तय गरेको थियो । अमेरिकी रक्षा अधिकारीहरुले बुधबार देशको प्रतिनिधिसभाको सशस्त्र सेवा समितिलाई दिएको बयानमा यस्तो टिप्पणी गरेका हुन् । युएस सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रेंकी म्याकेन्जीले अफगान सरकार र उसको सेनामा यो सम्झौताको प्रतिकूल असर परेको बताए । अमेरिकाका रक्षा सचिव लोयड अस्टिनले सहमति व्यक्ति गर्दै यो सम्झौताले तालिबानलाई बलियो बन्न सहयोग पुगेको बताए । अमेरिकी सेना फिर्ता हुने मिति तय गर्नुका अलावा दोहा सम्झौता अन्तर्गत तालिबानले अल कायदा जस्ता समूहमाथि नियन्त्रण गर्नुपर्ने थियो ताकि ती संगठन अमेरिका र उसका सहयोगीहरुको सुरक्षालाई खतरामा पार्न नसकुन् । राष्ट्रपति निर्वाचित भएपछि जो बाइडेनले अफगानिस्तानबाट सेना फर्काउने योजनालाई जारी राखे तर त्यसलाई मे महिनाको सट्टा अगष्टसम्म बढाए । अमेरिकी प्रतिनिधि सभामा यो सुनुवाइ काबुल विमानस्थलमा तालिबान फर्किएपछि भएको अस्तव्यस्तताको केही हप्तापछि भइरहेको छ । यही अस्तव्यस्तताका बीच काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणमा १८२ जनाको मृत्यु भएको थियो । यो आक्रमणमा मारिनेहरुमध्ये १३ जना अमेरिकी सैनिक पनि थिए । युएस सेन्ट्रल कमाण्डका प्रमुखको रुपमा जनरल म्याकेन्जीले अफगानिस्तानबाट सेना फर्किएपछि निगरानी गरेका थिए । यो फिर्तीले देशमा २० वर्षसम्मको अमेरिकी उपस्थितिको अन्त्य गरेको थियो । जनरल म्याकेन्जीले प्रतिनिधि सभामा भने ‘दोहा सम्झौताको अफगानिस्तान सरकारमा ठूलो मनोवैज्ञानिक असर पर्यो किनकि उनीस्हरुलाई यो थाहा भयो कि एक तय मितिपछि उनीहरुले कोही अरुबाट सहयोग पाउने छैनन् ।’ जनरल म्याकेन्जीले आफूले लामो समयसम्म यदि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २५०० बाट कम भयो भने त्यहाँको सरकार ढल्छ भन्ने कुरा मान्दै आएको बताए । उनले दोहा सम्झौतापछि सैनिकहरुको संख्यामा कटौती गर्ने राष्ट्रपति बाइडेनको आदेश ताबुतमा अन्तिम किला प्रमाणित भएको बताए ।
२ बालकको प्रधानमन्त्रीलाई पत्र – ‘दाँत उमिएनन्, खान गाह्रो भयो, आवश्य कारवाही गरिदिनुस्’ काठमाडौं। २ जना बालकले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र अहिले सामाजिक संजालमा चर्चामा छ । पत्रमा यी दुई बालकहरुले आफ्नो दाँत नउम्रिएका कारण आफूहरुलाई मन पर्ने खानेकुरा खान समस्या भएको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन् । भारतको असम राज्यका यी दुई बालकले यो पत्र आफ्नो प्रदेशका मुख्यमन्त्री हेमन्त विश्वा शर्मा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेका हुन् । ६ वर्षका रइसा राजवा अहमद र ५ वर्षका आर्यन अहमदले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री शर्मालाई दुई अलग अलग पत्र पठाएका छन् । फेसबुकमा यी बालककले पत्रको एउटा पोस्ट भाइरल भइरहेको छ । यो पत्रलाई बालकका काका मुख्तार अहमदले फेसबुकमा शेयर गरेका हुन् । पत्रमा बालकहरुले मुख्यमन्त्री र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आवश्यक कारवाही गरिदिन भनेका छन् । पत्रमा उनीहरुले आफ्नो दाँत नआएका कारण मन पर्ने खानेकुरा चपाउन समस्या भएको गुनासो गरेका छन् । I’ll be happy to arrange a good dentist in Guwahati for you so that we can enjoy your favourite food together. https://t.co/feeSJFsBg7 — Himanta Biswa Sarma (@himantabiswa) September 29, 2021 बालकहरुको पत्रको मुख्यमन्त्री हेमन्त विश्वा शर्माले जवाफ पनि दिएका छन् । मुख्यमन्त्री शर्माले यी बालकहरुको लागि असमको राजधानी गुवाहाटीमा राम्रो डेन्टिस्टको व्यवस्था गरिदिने र बालकहरुकै साथमा आफूले पनि उनीहरुको मन पर्ने खानेकुराको स्वाद लिने बताएका छन् । बालकहरुको पत्रसहितको पोस्ट २५ सेप्टेम्बरमा शेयर गरिएको थियो । बालकहरुको यो पत्रलाई सामाजिक संजालमा निकै रुचाइएको छ । पत्रमा बालकहरुले सानो चित्र पनि बनाएका छन्् ।
आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा काठमाडौं । इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो। सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने लगायतको प्रस्ताव छ। त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा छन्। इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा पाँच लाख ५५ हजार ६ सय कित्ता ससाधारण सेयर आईपीओ जारी गर्न गत असार १७ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बोर्डबाट सेयर जारी गर्न अनुमति पाएपछि मात्र उक्त कम्पनीको साधारण सेयर बिक्रीमा आउनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल तोकिएको छ।
इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश काठमाडौँ । इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । दराई र रोक्कालाई महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दराईसँग काठमाडौँका कार्कीले रु एक लाख ७० हजार लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत कलङ्कीबाट पक्राउ गरिएको जनाइएको छ । तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
कोरोनाको कारण अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून काठमाडौं । कोभिड–१९ का कारण चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए। “गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन”, उनले भने। यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ । यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन । विगत वर्षमा दशैँमा घर फर्किनेमध्ये विद्यार्थीको सङ्ख्या अत्यधिक हुन्थ्यो । यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको सङ्ख्या न्यून छ। कतिपयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए। उनले भने, “घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दैआएका छौँ ।” सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्व लक्षित गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। थोरै सङ्ख्यामा यात्रुले अनलाइन टिकट काटेका छन्। पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ। यात्रुको सहजताका लागि उपत्यकाका नागढुङ्गा, कलङ्की, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ। “ट्राफिक प्रहरी र यातायात विभागले संयुक्तरुपमा अनुगमन गरिरहेका छन्”, भुसालले भने।
घरधुरी सङ्कलन अन्तिम चरणमा काठमाडौं । जनगणनाको लागि घरधुरी सङ्कलनका लागि डोटीका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छन् । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ । गाउँमा खटिएका सुपरिवेक्षकले घरपरिवार घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण आदिको बारेमा तत्थ्याङ्क लिने काम अन्तिम चरणमा पु¥याएको जिल्ला जनगणना कार्यालयका प्रमुख खेमराज भट्टले जानकारी दिए । उनका अनुसार सुपरीवेक्षकले अहिले यहाँका नौवटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरण तथा घरधुरी सङ्कलनका लागि जिल्लाभरिमा कूल ७५ जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । उक्त टोलीले यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना गर्न कार्य गर्ने छ । सुपरीवेक्षकले घरको विवरण, घरमुलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० वटा प्रश्न सोध्ने काम गरिरहेका छन् । भौगोलिक दृष्टीकोणले दुर्गम तथा टाढा भएका कारण यहाँका स्थानीय तहका गाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्लनमा केही समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काममा प्रभावित भएको प्रमुख भट्टले बताए । उनले भने, “कतिपय गाउँमा नेटमात्रै होइन फोनसमेत लाग्दैन, गाउँमा गएकालाई सम्पर्क गर्न समेत कठिन भएको छ, तथ्याङ् सङ्कलनमा समस्या हुने नै भयो नी ।” समय छोटो भएको र रकम पनि नआएकोले गाउँमा गएका गणकलाई पैसा दिन बजेट अभाव हुँदा केही समस्या भएको प्रमुख भट्टले गुनासो गरे । सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्ने नियम रहेका कारण नेट र फोन कतिपय गाउँमा नभएका कारण समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामस्थित दिपायल सिलगढी तथा शिखर नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको बताइएको छ । गाउँमा खटिएका सुपरीवेक्षकका सुरक्षाका लागि स्थानीय तहमा रहेका प्रहरी चौैकीसँगको समन्वयमा प्रहरी टोली खटाइँदै आएको राष्ट्रिय जनगणना जिल्ला संयोजक निमित्त प्रमुख जिल्ला किरण जोशीले बताए । उनले भने, “अधिकांश सुपरीवेक्षक स्थानीय तहकै नागरिक छन्, उनीहरु गाउँमा जाँदा सुरक्षाका लागि त्यहीका सुरक्षाकर्मीको समन्वयमा खटाउने व्यवस्था मिलाएका छौँ, सुरक्षाको समस्या केही छैन् ।”
मदिराको नशामा श्रीमतीको हत्या काठमाडौं । मदिराको नशामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्घाखाँचीको खाँचीकोटमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विकले ३५ वर्षीया श्रीमती सीतालाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । मंगलबार राति दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा लठ्ठीले हिकाउँदा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए। पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् । विष्णु विकलाई नियन्त्रमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युबर प्रहरीको फन्दामा काठमाडौं । युट्युव च्यानलमार्फत चरित्रहत्या गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका गरेको हो । एक पीडित महिलाको उजुरीका आधारमा ब्यूरोले काठमाडौंबाट युट्युब च्यानलका सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार यी च्यानलमार्फत महिलाको तस्वीरसहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई पीडितप्रति घृणा र द्वेष फैलाउने सामग्रीहरु प्रसारण भएको थियो । प्रहरीले ‘दैनिक खबर’ युट्युव च्यानलका सञ्चालक प्रदिप भण्डारी, ‘हरेक पलको खबर’ युट्युव च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सारैचुली मिडिया’ युट्युव च्यानलकी सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाइन टिभी’ युट्युव च्यानलका सञ्चालक रोधन तमाङलाई पक्राउ गरेको हो । आरोपित युट्युवरले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन काठमाडौँ । भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेको हो । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गरेको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेको छ । २१ लाखको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उनले १ सय १० वटा कालिज बिक्री गरेको छ । लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएको हो । “भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भने, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।” घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएको छ । त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा तीन हजार ५०० का दरले बिक्री हुने गरेको उनले जानकारी दिए । कालिजका लागि उनले रैथाने आहारा ९मकै, गहुँ,कोदो० का साथै बजारबाट आयातित दाना खुवाउने गरेको छ । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारीसमेत पाएका छन् । निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा दुई किलोभन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ । पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको रहेको छ ।
सेवा प्रवाहमा समस्या काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत नपठाएका कारण गणनाका लागि सेवा प्रवाहमा कठिन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ । प्रजिअ नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धी बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका कार्यमा सेवाग्राहीलाई समस्या हुने गरेको बताइएको छ । यतिमात्र नभई प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको दिपायल सिलगढी नगरपालिका–५ का रामबहादुर भण्डारीले बताए । यहाँ कार्यरत प्रजिअ सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो । प्रजिअको सरुवा भएपछि अहिले निमित्त प्रजिअ किरण जोशीलाई तोकिएको छ । एकजना मात्रै निमित्त प्रजिअ जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ । कर्मचारी अभावले सेवाग्राहीलाई कठिनाई भएको निमित्त प्रजिअ जोशीले बताए । उनले भने “प्रजिअ पनि हुनु हुन्न, प्रशासकीय अधिकृत पनि छैनन्, काममा समस्या भएको छ, सेवाग्राहीलाई पनि गारो भएको छ ।” प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।
एमाले अध्यक्ष ओली गोदावरीमा काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने पार्टीको पहिलो विधान महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् । अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुगेका थिए । उनले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको केन्द्रीय सदस्य नेपालले बताए । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिएका थिए । ओलीले मिडिया सेन्टर सञ्चालनमा भइरहेको तयारीबारे समेत चासो राखेका थिए । उनले सञ्चारमाध्यमलाई दैनिक ब्रिफिङ गर्ने र सञ्चारकर्मीहरुलाई सहज हुने गरी छुट्टाछुट्टै ठाउँको व्यवस्था गर्न आयोजक कमिटीलाई निर्देशन दिए ।
संसद् बैठक भोलि बस्ने, यस्तो छ कार्यसूची काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ । जसमा दुई बुँदा छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ । दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने उल्लेख छ ।
मृत्यु भइसकेकाको भत्ता लिने तत्कालीन गाविस सचिव अख्तियारको फन्दामा काठमाडौं । गाविसका तत्कालीन सचिवसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तत्कालीन गाविस सचिवहरुले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपश्चात् छानबिन गर्दा रु १६ लाख ४० हजार ५०० हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनका अनुसार उक्त गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३÷६४ सालदेखि २०७१÷०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो । अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हाजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हाजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैँया सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।
यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ । हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सीमित संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्दै आएकोमा यो वर्ष भने नल्याउने भएको हो । दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । “एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन”, उनले भने । कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन । मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिनुभयो । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दशैंका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।
भारतीय गाडीकोे ठक्करले मोटरसाइकल चालकको मृत्यु काठमाडौं । अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत दीपक गिरीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवालको भक्तपुर अस्पतालमा उपचारपछि घर आजै घर फर्किएको उनले जानकारी दिए।नगरकोट व्यासी सडक हुँदै सल्लाघारी चोकबाट थिमितर्फ जान लागेको मोटरसाइकललाई सूर्यविनायकबाट राधेराधेतर्फ तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको १८ चक्के टेलर गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा तीव्र गति र पानी परिरहेका कारण बाटो चिप्लो भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै उनले दुर्घटनामा परेको मोटरसाइकल, टेलर र चालक भारत राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
फरार अभियुक्त १२ वर्षपछि पक्राउ काठमाडौं ।  कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न  गणेशप्रसाद जोशी १२ वर्षपछि आज पक्राउ परेका छन् । जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो । फारर अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै जिल्ला अदालत समक्ष पेश गरेको थियो । जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ ।
लोसपा दलको नेतामा सोनल चयन काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । पार्टीभित्र सर्वसम्मति नभएपछि भएको चुनावी प्रक्रियामा सोनल नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे । सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् भने महतो वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् । राजेन्द्र महतो निकट अधिकांश सांसदले जनता समाजवादी पार्टीलाई रोजेपछि उनको पार्टी कमजोर भएको छ । यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनल नै थिए । दलको नेता छनोट गर्न अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहितका शीर्ष नेता जनकपुर आएका थिए । बैठकले संसदीय दलको विधान पारितसमेत गरेको छ ।
कपनबाट हराएका बालक भारत पुर्‍याइएको प्रहरीको दावी काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार बर्षीय बालक पियुष शर्मालाई भारत पुर्‍याइएको प्रहरीले दावी गरेको छ । उनलाई अपहरण गरेर बालकलाई भारत पुर्‍याएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक भारत पुर्‍याएको प्रहरीले जनाएको छ । भारत घर भइ कपनमा बस्दै आएका काठ मिस्त्री विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएका थिए । उनीहरुसँगै कपनमै बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी जनाएको छ । बालकलाई भारत पुर्‍याउने दासलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइसकेको प्रहरीको दावी छ ।
दुर्घटनामा आमा–छोराको मृत्यु काठमाडौं । रुपन्देहीमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । रुपन्देही सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भने ।
बजारमा हल्ला भएअनुसार अभाव छैनः वाणिज्य सचिव काठमाडौं । सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ । समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताएका छन् । उनले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ्कअनुसार चिनी, तेल तथा चामलको मौज्दात पर्याप्त रहेको बताउँदै बजारमा हल्ला भएअनुसार अभाव नभएको बताए। समितिका सदस्यको प्रश्नको जवाफ दिँदै साल्ट टे«डिङ कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले कम्पनीसँग मौज्दात रहेको चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको बताए । उनले भन्सार छुटमा चिनी आयातको अनुमति नपाउँदा कम्पनीसँग रहेको मौज्दात चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको स्पष्ट पारे । “हामीले धरै अगाडीदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौँ । भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ सोही नै बिक्री वितरण गर्दै आएका छौँ’, उनले भने, “दुर्गमका जिल्लामा नूनको भण्डारण भइसकेको छ । हामीसँग ११ महिनाका लागि पुग्ने नून मौज्दात छ, अभाव छैन ।”
दसैँतिहार नजिकिएसँगै सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान काठमाडौं। नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली र छठ नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा संस्थानले बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो । यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई एक हजार २१५ पर्ने उनले बताए । दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ ।
डुबेर बेपत्ता किशोरको शव फेला काठमाडौं।  पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ । सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज फेला परेको हो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयवासीको सक्रियतामा आज बिहान शव फेला पारेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए। परीक्षणका लागि शवलाई चरीकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निःशुल्क सेनेटरी प्याड वितरण काठमाडौं। युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ । संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
खातामा पैसा टाँट पल्टदाँ पनि धमाधम चेक काटेपछि काठमाडौं । बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई आजनेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका ३ खोटाङ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्‍दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जानकरी दिएको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २८ को फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख ६५ हजार ९०० जरिवनापछि फरार रहेका खत्रीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका खत्रीले आफ्नो ग्लोबल आइएमई बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने कि नदिनेमा प्रतिनिधिसभामा मतभेद काठमाडौं। कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा प्रतिनिधिसभामा आज मत बाझिएका छन् । आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिने भन्नेमा मत बिभाजन भएको थियो । सांसद योगेश भट्टराईले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन नहुने बताए । उनले कर्मचारी सम्पन्नशाली हुने भएकाले उनीहरुका छोराछोरीलाई छात्रवृत्ति नचाहिने राय व्यक्त गरे । सांसद नबिना लामाले नेता र कर्मचारीका छोराछोरीलाई आरक्षण हुुनै नहुनेमा जोड दिँदै दिए, चीनमा नेता र अमेरिकामा कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेकाले समितिको बैठकमा कुन नेता र कुन कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेको छन् भनेर छलफल गरिनुपर्छ । सांसद गिरिराजमणि पोखरेलले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिनैपर्नेमा जोड दिए ।
जाे खुट्टा काट्नै पर्ने थाहा पाएपछि धित मर्ने गरी नाचिन् काठमाडौं। चितवन क्यान्सर अस्पताल रिफर गरेपछि मनमा चिसो पसेको थियो। अन्ततः खुट्टा नै काट्नु पर्‍यो।’  चितवन मेघौलीकी सीता सुवेदी आफ्नो २१ वर्ष पहिलाको दशैंको सम्झनामा गर्दै आफूलाई भाग्यमानी भएको बताउछिन्। सीतालाई त्यो बेला आफ्नो खुट्टा भन्दा ज्यान प्यारो भयो। न होस पनि कसरी एउटा खुट्टाका कारण ज्यान जुमाउनु छ। अहिले त पुराना कुरा धेरै बिर्सिन् सीताले। बाबा बालकृष्ण सुवेदी र आमा सरस्वती सुवेदीको जेठो सन्तानको रुपमा चितनको मेघौलीमा जन्म लिएकी सीता १२ वर्षको उमेरसम्म अरु जस्छै छिन्। दुबै खुट्टाले हिँड्डुल गर्दै आमाबुबाको साहार बनेकी उनलाई ५८ सालको दशैंले ठूलो चोट दिएर गयो। दशैंमा अरु जस्तै भाइबहिनीलाई साइकलको अगाडि पछाडि राखेर मामा घर गएकी सीताको खुट्टा विस्तारै सुनिन् थाल्छ। साइकलको जोड परेकोले होला भन्दै दुःख्दै गरेको खुट्टालाई सामान्य औषधि मुलो गर्दै सञ्चो पार्ने प्रयास नभएको भने होइन्। खुट्टा सञ्चो हुनुको साटो झनझ बल्झिँदै गयो। उनी आत्तिइन्। खुट्टाले धेरै दुःख दिनथालेपछि चितवनका अस्पतालहरुमा उपचार गराइन्। सीताले त्यो बेला सम्झँदै भनिन्, ‘त्यहाबाट चितवन क्यान्सर अस्पतालमा उपचारको लागि रिफर ग¥यो। त्यो बेलामा नै मनमा चिसो पसेको थियो। मैले मानेन्।’ चितवन क्यान्सर अस्पताल रिफर भए पनि उनले आलटाल गर्न खोजिन्। त्यस बाहेकका धेरै अस्पताल र मेडिकलहरुमा चेकजाँच गराइयो। सबैले क्यान्सर अस्पताल नै रिफर गर्न थाले अन्ततः चितवन क्यान्सर अस्पताल पुगिन् सीता। ‘त्यो खुट्टा सुनिएकै कारण त्याहाँ पुगेपछि हड्डी चोइटिएको देखियो। हड्डीलाई नै निकालेर चेकजाँच गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार त्यो काम पनि गरियो। केही दिन पछि नै जे नहुनु पर्ने थियो। जुन कुराले मनमा चिसो पसेको थियो। त्यही भयो। मेरो घुँडामा क्यान्सर देखियो।’ अनुभव सुनाउँदा सीताका आखामा त्यो बेलाको तस्वीर देख्न सकिन्थ्यो। अहिले धेरै बुझ्ने अवस्थामा भएकी उनी खुट्टामा क्यान्सर देखिएका बेला जम्मा १२ वर्षकी थिइन्। १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भएपछि र खुट्टा काट्न पर्ने अवस्था आएपछि उनको मनमा के बितेको थियो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ। जीवनमा रात परेको अनुभूति गरेँ समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रतिको धारणा अझै पनि सोचे जति परिस्कृत हुन सकेको छैन। हामीले अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेका छैनौं भने त्यो बेलाको समाजले कसरी त्यस्ता कुरा स्वीकार गथ्र्यो। घरको जेठी सन्तान सीता अब आमाबुबामाथि भार पर्ने निश्चितनै भयो। उनी पछि भएका भाइबहीनीमा पनि उनको भार पर्ने सर्वत्र आंकलन भयो। ‘बुबा आमाले मलाई खुट्टा काट्ने कुरामा कन्भिन्स गर्न सक्नु भएन।’ सीताले अनुभव तत्कालीन समाजको चित्रण गर्दै भनिन्, ‘मसँग विकल्प थिएन। अंकले दुईवटा विकल्प अघि सार्नु भयो। पहिलो खुट्टा काटे केही वर्ष बाँचिन्छ होला। दोस्रो खुट्टा नकाटेको अवस्थामा ज्यान तलमाथि हुन सक्छ। अझै डर बढ्यो र म खुट्टाकाट्न राजी भएँ।’ सीताले भनिन्, ‘विद्यालय पढ्दै थिएँ। हिजो अस्तिसम्म दुई खुट्टा टेकेर विद्यालय गइरहेकी म। अब खुट्टा काट्नु पर्छ भन्दा भविष्यलाई हेर्न थालेँ। कुनै पनि ठाउँमा उज्यालो देखिन्। मेलै खुट्टा काटेपछि त भविष्य नै अन्धकार हुन्छ। जीवनभरी रात पर्छहोला।’ खुट्टा काट्नु पहिला धित मर्ने गरी नाचेकी हुँ न आउनु पर्ने मोड जीवनमा आएपछि मन बुझाउनुको विकल्प थिएन्। म सानैदेखि नाच्न मन पराउने म अब नाच्न नपाउने भएँ भन्ने धेरै पीर लाग्यो। मैले त्यो बेलामा अब पछि पाइन्छ पाइन्न नाच्छु भने। ‘हुन त पारिजात दिदीको बहिनीसँग भेट भएपछि मेरो नृत्यको मरेको कोपिला फेरि पलाएको थियो। तर, पनि मैले त्यो बेलामा आफूलाई मन भरिने गरी नाचेकी थिएँ।’ विगत सम्झिँदै भनिन् सिताले, ‘वाइबा दिदीसँग भेट भएपछि त म नेपालमा भएका धेरै कार्यक्रममा पुगेकी छु। धेरै ठाउँमा नाचेकी छु। मैले आफूले धेरै ठाउँमा एक खुट्टाले नाचेर परिवारलाई पनि सहयोग गरेकी छु।’ विश्वभरका अपाङ्गता भएका व्यक्तिहरुको भेलामा नेपालको तर्फबाट भाग लिन सीता चीन र कोरिया पुगेकी छिन्। कोरोना महामारीले संगीत क्षेत्रमा परेको असरले सीतालाई पनि दुःखी तुल्याएको छ। तर, अहिले पनि कोरोना महामारी सुरु हुनु पूर्व नाचेर कमाएको पैसाले नै जीवन धानिरहेको सीताको अनुभव छ। अहिले सबैले माया गर्छन खुट्टाको क्यान्सर र उपचारपछिको जीवनको कल्पना गरेर धेरैले सीताको कुरा काटे। ‘आमाबुबाको साहारा भएकी छोरी आमाबुबालाई नै बोझ बन्ने भइ भने’ सीताले सुनाइन, ‘म त्यो बेलामा कति रुन्थेँ। मलाई के के सम्म भनेनन् गाउँलेले। यसरी बचाउनु भन्दा मर्न दिएको भए हुनेसम्म भने। यस्ता शब्दहरु प्रयोग गरे की मैले अहिले यहाँ भन्न पनि सक्दैन।’ ‘विद्यालयमा पनि एकै पटक बैशाखीको भरमा पुगेपछि सबै साथीहरु तर्किए।’ विद्यालय जाँदाको संघर्ष र अनुभवमा सीताले सुनाइन्, ‘क्यान्सर सर्ने रोग हो झैं गरे। शिक्षकहरुले क्याम्पियन नै चलाएर क्यान्सर सरुवा रोग नभैको बुझाउनु भयो। अझै अपाङ्गता भएका व्यक्तिहरुलाई गर्नु पर्ने व्यवहारका बारेमा पनि सुनाउनु भएपछि अल हल्का भयो।’ विस्तारै उनको पढाइले एक अवस्था पार गर्‍यो। उनी एसएलसी पास भइन्। त्यसपछिका दिन पनि धेरै संघर्षपूर्ण र चुनौतीपूर्ण भए। ती संघर्ष र चुनौतीलाई पार गर्दै सीताले कमाउन थालिन्। ‘मैले आफ्नो अघि आएका सबै काम गरेकी छु’ सीताले भनिन्। काम गरेर कमाउन थालेपछि घर परिवारलाई पनि सहयोग भयो। कुनै बेला आफ्नो उपचारको लागि रित्तो बनाएको आमा बुबाको ढुकुटीमा पुनः केही कुरा थपिन थाल्यो। त्यसपछि समाजले पनि अहिले त बुझेर होला माया गर्न थालेका छन्। धेरै पटक मरेर बाँचेकी हुँ रे! म विरामी भएपछि घरलाई ठूलो धक्का लाग्यो। आमा बुबाले पनि गर्ने सबै गर्नु भएको थियो। मध्यम वर्गीय परिवारमा जन्म लिएकी सीताको औषधीमूलो महङ्गो पर्न गयो। जतिसुकै महङ्गो परे आमाबुबाले हार खानु भएन्। मलाई बचाउने उद्येश्यमात्र राखेर मेरो उपचारको लागि नै खटिनु भयो। दुई पटकको किमो थेरापी, अप्रेसनलगायत अस्पतालमा लाग्ने सम्पूर्ण खर्च गरिसक्नु भएको थियो। ‘मेरो तेस्रो पटकको किमो थेरापी भएपछि अलि गाह्रो भयो।’ सीताले आफ्ना अस्पतालको बेडमा भएका दिनहरु स्मरण गर्दै भनिन्, ‘मेरो मनमा लागेको थिएन कि म कमजोर छु। तर, शरिर पूरै शिथिल भयो। मैले धेरै कुरा थाहै पाएन। डाक्टरहरुले त आमाबुबालाई तीन बजेसम्म मात्र छन् सीता तयारी गर्नुस्। ४ बजेसम्म छिन्,… यस्तै यस्तै भनेर भन्नु भएछ। आमाले पछि भन्नु हुन्थ्यो ४ पटकसम्म मरेकी भनेर तयारी गर्न पठाएका हुन् रे। त्यसरी ४ पटक मर्दा पनि बाँचेकी हुँ।’ केही गर्ने हुटहुटीले छोडेन् सबै तिरबाट घरपरिवारलाई अफ्ठेरोमा पारेर, आमाबुबाको आखामा आशुको बलेसी झारेर, मृत्युसँगको लडाइँ जितेपछि सीताले म बाँचेको केही गर्नका लागि हो भन्ने मनमा लिइन्। उनले एसएलसी पछिदेखि नै काम पनि गर्न थालिन्। काठमाडौं आएर पनि लामो समय टुर्स एण्ड ट्राभल्समा काम गरिन्। ‘करिव ८ वर्ष गरेँ हुला,’ उनले भनिन्, ‘त्यो बेलामा पढाइलाई नै माया मारेर काम गरेकी थिएँ। पछि बुझ्दै जाँदा पढाइ त अझै महत्वपूर्ण रहेछ झै लाग्यो। मैले पुनः जागिर छोडेर पढ्न थालेँ। पि के क्याम्पसमा नेपाली र म्यूजिक विषय लिएर पढ्न थाले पछि स्नातक त क्याम्पस प्रथम भएर नै कटाएँ। त्यसपछि मैले नेपालीमा स्नातोत्तर पनि सकेँ। अहिले म्यूजिकमा स्नातोक्तोर गरिरहेकी छु।’ धेरैले आफूसँग नभएको कुरालाई लिएर पीर गर्दै दुःख मान्दै बस्छन्। तर, सीताले त्यही कुरालाई अवसरमा बदलिन। बाहिर धेरै नहिँड्ने भएपछि उनले आफूलाई दुई बिषयमा मास्टर्स गर्न सफल पारिन्। संगीत र नृत्यलाई एक सिक्काका दुई पाटा मान्दै आएकी सीताको जीवनको अर्को पाटो पनि संगीत नै थियो। उनले आफूलाई संगीतभन्दा पर राखेर बस्न सकिनन्। साहित्य सृजनामा आफ्नो कलमलाई निरन्तर दौडाइरहेकी सीताले सृजना गरेको गीत बजारमा पनि छ। प्रताप दासले गाएको उक्त गीत यूट्युवमा पनि देख्न सकिन्छ। ‘अझै पनि अरु गीत रेकडिङ भइरहेका छन्,’ सीताले भनिन्, ‘अहिले प्रताप दास र मीना पोखरेलको स्वरमा रहेको बाबरी फूलको बोट बजारमा छ। अझै पनि अरु गीत रेकर्डिङको अवस्थामा छन्।
कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन्। रुकुमबाट काठमाडाैं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन्। बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरकाे अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
यस्तो बन्दै छ एमाले महाधिवेशन स्थल (फोटोफिचर) काठमाडौं । एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए । महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको भट्टराईले जानकारी दिए । करिब पाँच हजार व्यक्ति विधान महाधिवेशनमा सहभागी हुनेछन्’, उनले भने, ‘तर, सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् । बाँकीलाई बाहिर व्यवस्था गरिएको छ ।’ हल बाहिर स्क्रिन राखेर महाधिवेशन आयोजना गरिने भट्टराईले जानकारी दिए । ‘हलभित्र दुई हजार आठ सय ४० जना रहन्छन्’, उनले भने, ‘हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थल सम्मेलन केन्द्रलाई सिंगारिएको छ । विनोद श्रेष्ठको नेतृत्वको टोली मञ्च व्यवस्थापनमा खटिएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिने प्रचारप्रसार संयोजक भट्टराईले जानकारी दिए ।
भागेका अफगानी पूर्वराष्ट्रपति अशरफ गनीले तालिबानको समर्थन गरेपछि हंगामा काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट तालिबानी शासनको समर्थन गरेका छन् । यतिमात्र होइन उनले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानसँग वार्ता गर्नको लागि अपिल पनि गरे । यसका साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान सरकारलाई मान्यता दिन र समर्थन दिन आह्वान पनि गरे । गनीले विदेशमा फ्रिज गरिएको अफगानिस्तानको सम्पत्तिलाई फुकुवा गरिनु पर्ने पनि बताए । तर, फेसबुकमा यो बयान सार्वजनिक भए लगत्तै उनले ट्वीटमा आफ्नो यो बयानको खण्डन गरे । उनले ट्वीट गर्दै आफ्नो फेसबुक अकाउन्ट ह्याक गरिएको बताए । उनले आफ्नो फेसबुक ह्याक भएकोले हिजोभन्दा पछि गरिएका पोस्टलाई वैध नमान्न आग्रह गरे । यसअघि फेसबुकमा गरिएको जुन पोस्टको उनले खण्डन गरेका थिए त्यो पोस्ट पछि डिलिट गरिएको छ । उत्तर फेसबुक पोस्टमा लेखिएको थियो ‘प्रिय देशवासीहरु, यो एक तीतो सत्य हो कि हामी र हाम्रो क्याबिनेटको अफगानिस्तानमा कत्ति पनि नियन्त्रण छैन । तर यसका बावजुद केही देशले पूर्व राजदूत र विश्वभर फैलिएका हाम्रा प्रतिनिधिहरुहरुलाई एक नयाँ संकट खडा गर्न उक्साइरहेका छन् ।’ ‘उनीहरुले भनेका छन् कि उनीहरु अफगानिस्तान र उसको सरकारको प्रतिनिधित्व गर्न सक्दैनन् । संयुक्त राष्ट्रसंघमा गुलाम मोहम्मद इशाकजाइले अफगानिस्तानमा कुनै शासन नभएको र त्यो शासनलाई जनताको समर्थन प्राप्त नभएको भनेका छन् । अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानबाट टाढा रहनुभन्दा अहिलेको सरकारसँग कुरा गर्नुपर्छ । अफगानिस्तानको पैसा जारी गरेर उसलाई सहयोग गर्नुपर्छ । उनीहरुलाई मान्यता दिनुपर्छ । मेरा केही साथी मसँग सहमत नहोलान् तर उनीहरुलाई थाहा छ म सिधा कुरा गर्छु ।’
दशैंको कारण देखाएर सर्‍यो माओवादी केन्द्रकाे महाधिवेशन कार्यतालिका काठमाडौं । माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार स्थानीय तहका अधिवेशनको मिति सारेको हो । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार आगामी ३० असोजका लागि तय भएको पालिका अधिवेशनको मिति धकेलिएको छ । दशैं परेका कारण कार्यतालिका प्रभावित भएको उनले स्थायी कमिटी बैठकपछि जानकारी दिए । १३ कात्तिकमा वडा सम्मेलन र ४ मंसिरमा पालिका सम्मेलन गर्ने निर्णय स्थायी कमिटीले गरेको छ । माओवादीले आगामी ११ देखि १३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी यसअघि महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण गर्ने भनेकोमा अब यो असोज मसान्तसम्म सारिएको छ । १० असोजमा देशभरका सेल र टोल भेला गर्ने निर्णय गरेको भए पनि कतिपय स्थानमा यो काम सम्पन्न हुन सकेको छैन ।
हेटौँडा सिमेन्टको मूल्य घट्यो काठमाडौं ।  गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ । हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा रु ७०० सय र शिवम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा रु ६८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो । प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा रु २४ करोड र २०७५/७६ मा रु १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चा पदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस
चिल्लो कारमा हिड्नेलाई के थाहा बेनी–जोमसोम सडक खण्डको दर्दनाक अवस्था? ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने अवस्था रहेको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्डअन्र्तगत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
सुत्केरीको मृत्यु, आफन्त भन्छन डाक्टरको लापरवाही काठमाडौं । अत्याधिक रक्तस्रावका कारण कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ ।
नापी कार्यालयको ज्यादतीः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा काठमाडौं । सरकारी काम कहिले जाला घाम उखान त्यसै भनिएको होइन । एउटा सानो कामको लागि पनि बारम्बार दुःख दिने नियती रहेको छ कर्मचारीहरुका । प्रसंग रहेको छ महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयको । जहाँ जग्गाको कित्ताकाटका लागि विनित चौधरीले २१ दिनदेखि कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उनी रित्तै फर्किएका छन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट नगरिदिँदा रित्तै फर्किनुप¥यो”, उनले बताए, “हामीजस्ता सर्वसाधारणलाई जताबाट पनि मर्का नै छन् ।” आफूलाई त्यहाँका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेको र आजसम्म पनि आफ्नो काम नगरिदिएको उनको गुनासो छ । त्यस्तै पिडा रहेको छ अनिलकुमार साहको पनि । उनी कित्ताकाटकै लागि कार्यालयमा २५ दिनसम्म धाउँदै आएका छन् । जिल्लाकै सोनमा गाउँपालिकाको खैरबन्नीबाट विगत एक महिनादेखि कार्यालय धाउँदै आएका एक ६२ वर्षीय वृद्धको पनि जग्गा लालपूर्जा सम्बन्धी काम हुन सकेको छैन् । करिब ४५ किलोमिटर टाढाबाट जग्गा लालपूर्जा सम्बन्धी काम लिएर सदरमुकाम जलेश्वर आएका ती वृद्धले विगत एक महिनादेखि काम लिएर कार्यालय धाउँदा पनि कर्मचारी काम नगरिदिएको बताए । यी त केही उदाहरण मात्र हुन् । नापी कार्यालयमा काम लिएर आउने अधिकांश सर्वसाधारणको समयमा काम हुन नसकेको गुनासो बढ्दै गएको छ । यहाँका कर्मचारीले विभिन्न वहानामा समयमै काम नगरिदिएर दुःख दिने गरेको का लागि आउने जो कोहीलाई पनि यहाँका कर्मचारीले दुःख दिने गरेको आरोप सेवाग्राहीको छ । कोरोनाको नाउँमा कार्यालयको सबै ढोका बन्द गरेर झ्यालबाट मात्रै काम गर्ने गरेको छ । यहाँका कर्मचारी मनपरी ढङ्गले आफूले चाहेको व्यक्तिको मात्रै काम गर्ने र नचाहेको व्यक्तिलाई सधैँ आजभोलि भन्दै फर्काउने गरेको उनीहरुको आरोप छ । लेखनदासमार्फत काम गराउन आउने सेवाग्राहीको काम छिट्टो गरिदिने र आफै काम गराउन आउने सर्वसाधारणलाई विभिन्न बहाना बनाएर फर्काउने गरेको आरोप सेवाग्राहीको छ । कार्यालयभित्र देखिएको कमिसन र आर्थिक चलखेलका कारण मर्कामा पर्ने गरेको गुनासो सेवाग्राहीको छ ।
अमेरिका, रुस, चीन र पाकिस्तान एकसाथ मिलेर के गर्दैछन् ? काठमाडौं। अफगानिस्तानमा तालिबान शासन पूर्ण रुपमा स्थापित भइसकेको छ । तालिबानले संयुक्त राष्ट्रसंघमा आफ्नो स्थानको लागि अपिल पनि गरेको छ । यही बीच रुसले अफगानिस्तानको अवस्थाबारे निकै महत्वपूर्ण बयान दिएको छ । रुसका विदेशमन्त्री सर्गेइ लावरोभले शनिबार संयुक्त राष्ट्रसंघको महासभामा रुस, अमेरिका, चीन र पाकिस्तान मिलेर अफगानिस्तानको विषयमा काम गरिरहेको बताएका छन् । लावरोभका अनुसार ४ देश मिलेर अफगानिस्तानमा तालिबानले आफूले यसअघि गरेका प्रतिबद्धता पूरा गर्न सक्छ कि सक्दैन र चरमपन्थ फैलिनबाट रोक्न सक्छ कि सक्दैन भन्ने सुनिश्चित गर्ने काममा लागेको बताएका छन् । लावरोभले चार देश यस विषयमा एक अर्कासँग सम्पर्कमा रहेको बताउँदै रुस, चीन र पाकिस्तानका प्रतिनिधिले हालै कतार र काबुलको यात्रा गरेर अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइ र अब्दुल्ला अब्दुल्लासँग भेट गरेको बताएका छन् । यो यात्रा त्यतिबेला भएको थियो जतिबेला अफगानिस्तानको नियन्त्रण तालिबानको हातमा आइसकेको थियो तर तालिबानको अन्तरिम सरकारको गठन भने भएको थिएन । त्यतिबेला यी दुई पूर्व राष्ट्रपति सरकार गठनका लागि बनेको काउन्सिलको नेतृत्वमा थिए । लावरोभले तालिबानको अन्तरिक सरकारले अफगानिस्तानको समाध, धर्म र राजनैतिक शक्तिलाई प्रतिबिम्बित नगर्ने भएकोले ४ देशहरु यस विषयमा सम्पर्कमा रहेको बताएका छन् । अफगानिस्तानमा तासिलबान २० वर्षपछि पुनः सत्तामा आएको हो । तालिबानले यसअघि १९९६ देखि २००१ को शासनमा उसले जसरी राज गरेको थियो त्यस्तो यस पटक नहुने र यस पटक तालिबान शासन उदार हुने प्रतिबद्धता जनाएको थियो । तर, पछिल्लो समय तालिबानले पुरानै शैलीको शासन सुरु गरेको भन्दै चिन्ता व्यक्ति गरिएको छ । रुसी विदेशमन्त्रीले भने ‘सबैभन्दा जरुरी यो सुनिश्चित गर्नु हो कि उनीहरुले जे प्रतिबद्धता जनाएका थिए तिनीहरु पूरा गरिउन् । हाम्रो लागि यो पहिलो प्राथमिकता हो ।’ विदेशमन्त्री लावरोभले राष्ट्रसंघको महासभामा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयका विषयमा जो बाइडेनको आलोचना पनि गरे । उनले भने ‘अमेरिका र नाटोले परिणामबारे चिन्ता नगरी आफ्नो सेना फिर्ता बोलाए ।’ उनले अमेरिका र उसका सहयोगी देशहरुमाथि संयुक्त राष्ट्रसंघलाई बेवास्ता गरेको समेत आरोप लगाए । लावरोभले आफूहरुले अमेरिका र चीनबीच तनाव बढ्दै गएको देखिरहेको बताउँदै बाइडेन सरकारको इण्डो प्यासिफिक रणनीतिको उद्देश्य चीनको विकास रोक्नु भएको आरोप लगाए । उनले भने ‘ठूला शक्तिहरुबीच सम्मानजनक सम्बन्ध हुनुपर्छ । ठूला शक्तिहरुसँग ठूला जिम्मेवारी पनि हुन्छन् ।’ पछिल्लो समय अमेरिकाले इरानमाथि फेरि परमाणु वार्ता गर्न दबाब दिइरहेको बताउँदै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै अमेरिकालाई परमाणु सम्झौताबाट अलग गरेको स्मरण गराए । उनले भने ‘कसैले पनि भन्न सक्छ कि समय समाप्त हुँदैछ तर वाशिङटनले यस्तो गर्न सक्दैन ।’
सम्मेलनपछि ‘आश्चर्यजनक’ साझा वक्तव्य जारी गरेको क्वाडप्रति चीनका मिडिया के भन्दैछन् ? काठमाडौं। अमेरिका, जापान, भारत र अस्ट्रेलियाका सरकार प्रमुखहरुले क्वाड शिखर सम्मेलन अन्तर्गत गत शुक्रबार बैठक गरे । क्वाड समूहका देशमा सरकार प्रमुखहरुको यो पहिले व्यक्तिगत भेटघाट थियो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो बैठकलाई चीनको सन्दर्भमा रेखांकित गरेको छ । ग्लोबल टाइम्सका अनुसार शुक्रबार वाशिङ्टनमा क्याड देशहरुले चीनलाई ‘रोक्न’को लागि आपसी सम्बन्ध बलियो बनाउन बैठक गरे । ग्लोबल टाइम्सले भनेको छ ‘जानकारहरुका अनुसार बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अनुवाद उपकरणमा खराबी आएको बताएका थिए । यो उदाउँदो ची विरोधी गुटको भविष्यको सूचक पनि थियो । अमेरिकाको घट्दो क्षमता र विश्वव्यापी परिस्थितिहरुमा आएको परिवर्तनका कारण चीनविरोधी यो गुट कुनै पनि किसिमले प्रभावकारी हुँदैन ।’ वाशिङटन पोस्टका अनुसार शुक्रबार भएको क्वाड देशको ये बैठकको उद्घोषण मुख्य रुपले भ्याक्सिन, जलवायु, प्राविधिक र अन्तरिक्ष सहयोगसहित अन्य मुद्दाबारे छलफल भएको थियो । पत्रकारहरुले चीन वा बेइजिङ जस्ता शब्द सुनेनन् तर क्वाड समूहको धेरैजसो एजेन्डाको ‘सब टेक्स्ट’ चीन थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड समूहका देश अहिले कोभिड, जलवायु परिवर्तन र प्रोद्योगिक चुनौतकिो सामना गर्न एक मञ्चमा आएको बताएका थिए । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बाइडेनको टिप्पणीलाई नै दोहोर्याउँदै भनेका थिए ‘हामी एक स्वतन्त्र हिन्द प्रशान्त षेत्रमा विश्वास गर्छौं । किनकि यही एक मजबुत, स्थिर र समृद्ध क्षेत्र प्रदान गर्न सक्छ ।’ जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्वाड चार देशहरुको ‘एक अति महत्वपूर्ण पहल’ भएको टिप्पणी गरे । उनले क्वाडका सदस्य देशहरु समान मौलिक मूल्यहरु साझा गर्ने र कानुनको शासनको आधारमा हिन्द प्रशान्त षेत्रमा एक स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थालाई साकार पार्न सहयोग गर्ने बताए । चाइना फरेन अफेयर्स युनिभर्सिटीमा इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सका प्राध्यापक ली हेडोंगेले ग्लोबल टाइम्ससँग भने ‘यी ४ देशका नेताहरुले चीनका विषयमा केही भनेका छैनन् र उनीहरुले चीनसँग मौजुदा गतिरोधबारे पनि उल्लेख गरेका छैनन् तर यो शिखर सम्मेलनको एजेन्डा चीनमा नै केन्द्रित थियो । यो एक यस्तो पहल हो जसको उद्देश्य विशेष रुपले पश्चिमी प्रशान्त क्षेत्रमा सहयोगको ब्यानरमुनि विवाद र टकरावलाई बढाउनु हो ।’ उनका अनुसार खोप आपूर्तिमा सहयोग र महामारीसँग लड्ने उपायको आडमा क्वाडका अन्य ३ देश आफ्नो वास्तविक उद्देश्य लुकाउन चाहन्छन् । यस्तो गरेर उनीहरु अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न चाहन्छन् तर चीन र अन्तर्राष्ट्रिय समुदायले यस किसिमको निम्न स्तरीय रणनीति देखेका छन् । लीका अनुसार अमेरिका क्वाडका ४ सदस्य देशहरुबीच एकजुटता र समन्वय देखाउन चाहन्छ किनकि ऊ चीनसँग प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेको छ । लीले भने ‘चीन र अमेरिकाबीच पहिलेदेखि नै तनावपूर्ण प्रतिस्पर्धा छ । यस्तोमा बाइडेन चीनसँग सम्भावित टकरावबाट बच्न चाहन्छन् र चीनविरुद्ध उक्साउने कारवाही गरिरहेका छन् । तर तथ्य यो हो कि उनी नाजुक स्थितिलाई सम्हाल्न असमर्थ छन् ।’ अमेरिकी मिडियाका अनुसार चार देशका नेताहरुको बीच भएको यो बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन पनि सहभागी भए । लीका अनुसार ब्लिंकनको उपस्थितिले यो देखाएको छ कि क्वाड समूहलाई अगाडि बढाउने ब्लिंकन नै हुन् । शिन्ह्वा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सुरक्षाका फेलो सुन चेंगहाओले ग्लोबल टाइम्ससँग भने ‘चीनको उल्लेख नै नहुनु पनि क्वाड देशहरुबीच गतिरोधलाई देखाउँछ । हुन सक्छ उनीहरु सबै देश चीनको उदय नचाहने समान् विचारका होलान् तर चीनप्रति उनीहरुको नीति एक अर्काभन्दा फरक हुन सक्छन् ।’ शिखर सम्मेलनलाई निकै सार्थक बताइयो तर बैठकका क्रममा बाइडेनले एक कर्मचारीसँग आफ्नो अनुवादक उपकरणले काम नगरेको बताए । उनले यो कुरा माइकमै भने र अन्य नेताहरुले पनि सुने । सुनका अनुसार क्वाड शिखर सम्मेलन बाइडेन प्रशासनको नयाँ कदम हो तर अलग अलग सहयोगीसँग अलग अलग गठबन्धनको प्रभाव राम्रो हुँदैन किनकि अमेरिकाको ध्यान केन्द्रित छैन । यसले उसका सहयोगीमा असन्तोष बढाएको छ । क्वाड शिखर सम्मेलनअघि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग अकुस सम्झौताको घोषणा गरेको थियो । यो कदमबाट फ्रान्स आक्रोशित छ । विश्लेषकका अनुसार अकुसले क्वाड शिखर सम्मेलनमा निश्चय प्रभाव पारेको छ किनकि जापान र भारत अकुसमा साझेदार छैनन् भने अस्ट्रेलिया साझेदार छ ।
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ काठमाडौं । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। लागुऔषध मुद्दामा यादव गत जेठ २० गते पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाएको उनले बताए ।
टिपर र मोटरसाइकल ठोक्किदाँ सुमन रेग्मीको मृत्यु काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि एक जनाको मृत्यु भएको छ । टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको परीक्षा आजदेखि सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । कूल चार हजार ३१५ विद्यालयमा भएको परीक्षामा तीन लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरदेखि सांसद शान्ता चौधरीलेसमेत कक्षा १२ को परीक्षा दिएका छन् । बोर्डले यसवर्ष प्रश्नपत्र इमेल गरेर विद्यालयमा पठाएको थियो । बोर्डले इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।
सार्वजनिक सवारी साधनको भाडा बढ्यो काठमाडौं ।पेट्रोल र डिजलको मूल्य वृद्धि भएपछि आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ । विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।
आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा काठमाडौं ।सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले १४ औं सामाजिक लेखाजोखामार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी र खर्च सार्वजनिक गरेको छ । साथै संस्थाले भावी योजनाबारे पनि जानकारी गराएको छ । आत्मनिर्भर केन्द्रले वि.स. २०६४ देखि वार्षिक रूपमा सामाजिक लेखाजोखा गर्दै आएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका मा सदस्य लिली थापाले गरे । आत्मनिर्भर केन्द्रले आ.व. २०७७/०७८ मा कुल ७ करोड ५१ लाख ८५ हजार ४ सय ४४ रुपियाँ उपयोग गरेको छ । आत्मनिर्भर केन्द्रका निमित्त कार्यकारी निर्देशक कल्पना कार्कीले प्रगती प्रतिवेदन र अपरेशन संयोजक गीता पण्डितले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । हालसम्म संस्थाको सहजीकरणमा ८१,७८० परिवारले ७,६८६ हेक्टर जमिनमा स्वामित्व कायम गरेका छन् । १०,२५५ दम्पतीले २,७८१ हेक्टर जमिनमा संयुक्त पुर्जा बनाई समान अधिकार कायम गरेका छन् । संस्थाबाट सञ्चालित अभियानबाट भूमि सम्बन्धी ऐनमा संशोधन भई भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अब्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउने प्रक्रियाको थालनी भएको छ । सरकारले पहिलो पटक भूमि नीति लागु गरेको छ । भूउपयोग ऐन २०७६ तर्जुमा भएको छ । यी नीति तथा कानुन संशोधन एवम् तर्जुमामा र यसको कार्यान्वयनमा समेत संस्था विभिन्न ढङ्गले संलग्न हुँदै आएको छ । संस्थाले यस वर्ष ७ प्रदेशको १४ स्थानीय तहसँग सहकार्य गरी १७,३३८ भूमिहीन र ७४,१९९ अव्यवस्थित बसोबासीको लगत सङ्कलनमा सहयोग गरेको थियो । संस्थाको सहजीकरणमा दाङ र धनुषाका २७६ भूमिहीन परिवारले २१।५ हेक्टर बाँझो जमिन उपयोग गरी तरकारी तथा खाद्यान्न उत्पादन गरी खाद्य सुरक्षाका साथै आम्दानीमा वृद्धि गरेका छन् । वैकल्पिक उद्यम मोडल प्रवर्धन गर्न झापाको गौरादह, धनुषाको सबैला र दाङको गढवा गाउँका भूमिहीन तथा साना किसानहरूलाई सहकारी र स्थानीय उत्पादनकोे बजारीकरणबारे क्षमता विकास व्यवसायिक योजना तर्जुमामा सघाइएको छ । सिन्धुपाल्चोकको हेलम्बुको तेम्बाथाङ र नोर्बुलिङ एकीकृत वस्तिका ४० परिवारको जीविकोपार्जनमा सहयोग पु¥याएको छ । पाँचपोखरी थाङ्पाल र जुगल गाउँपालिमा भौगर्भिक अध्ययन गी पहिचान भएका अति जोखिमयुक्त ३१ वटा बस्तीमा स्थानीय तहसँगको साझेदारीमा १ करोड १० लाखको लागतमा साना अल्पीकरणका कार्यक्रमहरू सम्पन्न गरेको छ । जुगलको लिदी पहिरोबाट प्रभावित ३० परिवारलाई अस्थायी आवासमा सघाएको छ । मेलम्ची बाढी प्रभावित अति विपन्न २१० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । हेलम्बुका बाढीबाट विस्थापित अति विपन्न २० घरपरिवारलाई अस्थायी घर निर्माणमा सघाएको छ । संस्थाले कोभिड नियन्त्रण तथा रोकथाम पहलको लागि पनि समुदाय तहमा कामहरू गरेको प्रगती प्रस्तुती गरेको थियो । कोभिड सङ्क्रमित भई अस्पताल भर्ना भई उपचार गराएका विभिन्न जिल्लाका १५ जना भूमि अधिकार मञ्चका अगुवा सदस्यहरूलाई उपचार तथा यातायात खर्चको लागि प्रति व्यक्ति २० हजारका दरले सहयोग गरेको थियो । आइसोलेसन सेण्टर व्यवस्थापन, अक्सिजन प्लान्ट स्थापना लागि ६ स्थानीय तहलाई १ लाख रुपियाँका दरले सहयोग उपलब्ध गराएको थियो भने ५ स्थानीय तहलाई १० वटा अक्सिजन सिलिण्डर र १२ हजार सर्जिकल मास्क सहयोग प्रदान गरिएको थियो । हेलम्बु गाउँपालिकालाई १५ थान स्टे«चर सहयोग गरेको छ । कोभिड आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि जुगल गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर २ थान र १ थान जेनेरेटर, मेलम्ची नगरपालिलाई अक्सिजन कन्सन्ट्रेटर १ थान, साधारण बेड ५ सेट, आइसियु बेड ३ सेट, अक्सिजन सिलिण्डर १० थान सहयोग गरिएको छ । संस्थाले मोही जग्गा बाँडफाँडको स्थिति र बेदर्ताका मोहीको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन प्रकाशित गरेको छ साथै हरूवा चरुवा समुुदायको गरिबी र जलवायु परिवर्तनबारे धनुषा जिल्लाको धनौजी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन प्रकाशित गरेको छ । लेखाजोखाको अवसरमा सहभागी हुँदै, जेसी विष्लेशक सरिता कार्की, युएन–ह्याबिटाटका कार्यक्रम संयोजक राजाराम छतकुली, त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख डा।डम्बर चेम्जोङ, शिक्षा अभियान्ता पुनम कुँइकेल, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामा, जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ, गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले आत्मानिर्भर केन्द्रले भूमि अधिकार अभियानको क्षेत्रमा गरेको काम उपलब्धिमूलक रहेको र सामाजिक लेखाजोखा कार्यक्रमले संस्थागत पारर्दिशता र सुशासनको असल अभ्यासको उदाहरण दिएको बताए । आत्मनिर्भर केन्द्रले संस्थागत पारदर्शिता र जवाफदेहीता प्रवर्धन गर्न एवम् संस्थाको कामको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न वार्षिक रुपमा सामाजिक लेखाजोखा गर्दै आइरहेको छ । भूमिहीन एवम् साना किसानको मर्यादित जीवनको दृढ लक्ष्य बोकेर यो संस्था २७ वर्षदेखि निरन्तर भूमि अधिकारको अभियानमा क्रियाशील छ । लेखाजोखामा अन्त्यमा संस्थाका अध्यक्ष गोपाल थापामगरले सहभागी सबैलाई धन्यवाद् व्यक्त गरे ।
स्यानिटरी प्याडमा कर थपिएको छैन: अर्थमन्त्रालय काठमाडौं । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको र कुनै पनि वृद्धि नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले भनेको छ, “वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।” स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर पाँच प्रतिशत मात्रै कायम गरिएको मन्त्रालयको भनाइ छ । ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ । राजश्व सचिव कृष्णहरि पुस्करले आज नै स्यानिटरी प्याण्डमा कुनै पनि कर वृद्धि नगरिएको स्पष्ट पारेका छन् ।
डा पोखरेललाई भारतमा पत्रकारिता पुरस्कार काठमाडौं । वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मानस्वरूप न्यूजपेपर्स एसोसिएशन अफ, इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्राप्त गरेका छन् । भारतको आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको हो । भारतीय जनता पार्टीका पूर्वराष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्वमुख्यमन्त्री तीर्थ सिहं रावतले आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड हस्तान्तरण गरे । सोही कार्यक्रममा भारतका ४० सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन् । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् ।
प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले नेपालको संविधान बमोजिम आफ्नो काम प्रारम्भ गरेको छ । प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा प्रदेशमा रहेका मन्त्रालय र मातहतका कार्यालय/निकायका रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि परीक्षामार्फत योग्य नागरिक सिफारिस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । आयोगका अध्यक्ष यज्ञराज बोहराले पदपूर्तिको प्रयोजनका लागि मन्त्रालय, कार्यालय र निकायवाट कर्मचारीको रिक्त माग पद पठाइदिन पत्राचार भई कार्य प्रारम्भ भएको जानकारी दिए । उनले भने, ‘‘पदपूर्ति गर्ने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका मन्त्रालय, निकाय, कार्यालयबाट रिक्त माग पद पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको छ ।’’ संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २०७७ चैत्र महिनामा प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीको नियुक्ति गरिएपछि प्रदेशको राजधानी धनगढीमा आयोगको कार्यालय सञ्चालनमा आएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेशका प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रमुख गङ्गाप्रसाद यादव समक्ष आज आयोगका अध्यक्ष बोहराले प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गरे ।
जुम्लामा १३७ किमी सडकको ट्र्याक तयार काठमाडौँ । जुम्लाको पूर्वाधार विकास कार्यालयले हालसम्ममा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हुँदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको कार्यालय प्रमुख रुपबहादुर रावलले बताए । उनी भन्छन् हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ सडक स्तरोन्नति चौँडा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ किमी, ग्राबेल सडक २० किमी र दलान सडक १.३५ किमी बनेको छ । जिल्लाका आठवटै स्थानीय तहमा जनता आवास अन्तर्गत २५० घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताए। आव २०७७/७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । विसं २०७५ पुस १५ मा जिल्लामा सो कार्यालय स्थापना भएकोे थियो ।
सङ्कटमा परेको संस्कृत विषय पाटनमा पहिलोपटक सुरु काठमाडौं । बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषयको पढाइ हुने भएको छ । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । त्यसपछि क्रमागतरुपमा कक्षा ७ र ८ मा पनि पढाइ गरिनेछ । “कक्षा ६ देखि ८ सम्म एउटा विषय स्थानीय अथवा अन्य कुनै विषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको हो”, उनले भने, “संस्कृत विषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेका हौँ ।” संस्कृत विषयको पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा संस्कृत विषय पढाउनका लागि जनशक्ति अभाव नरहेको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशनसमेत दिइसकेको छ । पछिल्लो समयमा संस्कृत विषयको पढाइ नहुँदा भाषागत समस्यासमेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पु¥याउने नगरपालिकाले विश्वास गरेको छ ।
मलेसियामा रोजगारी खुल्यो काठमाडाैं। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ । मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । यस्तै कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वारेन्टाइनमा बस्न पर्नेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सशस्त्रका ११ कमाण्डर फेरिए, दुई डिआईजीलाई फेरि कमाण्ड दिइयो काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । डिआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालयमा आईजीपीको सचिवालयमा सरुवा गरिएको छ भने हेटौडामा डिआईजी किशोर प्रधानलाई पठाइएको छ । प्रधान विन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका प्रमुख थिए । एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्मानीमध्ये एक परेका छन् डिआईजी प्रधान । डिआईजी कुलबहादुर नेम्बाङ्गलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी वाहिनी, रुपन्देही सरुवा गरिएको छ । त्यसैगरी,डिआईजी राजु अर्याललाई पशुपतिनाथ वाहिनी, काठमाडौंको प्रमुखबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ । पशुपति वाहिनीको प्रमुखमा डिआईजी बंशीराज दाहाललाई लगिएको दाहाल छ । यसअघि दाहाल बराह वाहिनी मुख्यालय सुनसरीका प्रमुख थिए अर्थात् पूर्वाञ्चलका कमाण्डर थिए । दाहाल पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान पाउने भाग्यमानी डिआईजी ठहरिएका छन् । पूर्वाञ्चलको नयां कमाण्डरमा डिआईजी कमल गिरी लगिएका छन् । उनी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मुख्यालयमा कार्यरत थिए । सशस्त्र प्रहरीको पश्चिमाञ्चल पोखराको कमाण्डरबाट डिआईजी नारायणदत्त पौडेललाई सरुवा गरी मुख्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा लगिएको छ भने पश्चिमाञ्चलको कमाण्डरमा डिआईजी शम्भु सुवेदीलाई खटाइएको छ । सुवेदी राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत थिए । सुरक्षा परिषद्मा तत्कालका लागि कसैलाई पनि सरुवा गरिएको छैन । यसैगरी दुई नं प्रदेशका कमाण्डर डिआईजी चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभाग मुख्यालयमा सरुवा गरिएको छ । गौतमको ठाउंमा डिआईजी गणेशबहादुर ठाडा मगरलाई लगिएको छ । २ नं प्रदेशको कमाण्ड बनाइएका ठाडा यसअघि मुख्यालयमा कार्य तथा सीमा विभागमा कार्यरत थिए । सशस्त्र प्रहरी मुख्यालयको मानवस्रोत विभागमा कार्यरत डिआईजी दुर्गाप्रसाद भट्टराईलाई सुदुर पश्चिम प्रदेशको कमाण्डर बनाई कैलाली पठाइएको छ ।
नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छः राष्ट्रपति काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन्। सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्ने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग्रणी नेतृत्वको योगदानलाई निरन्तरता दिँदै ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ निर्माणको अभियानलाई कुशलतापूर्वक नेतृत्व गरिरहेको राष्ट्रपतिले उल्लेख गरिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दै उनले विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविस्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको बताइन्। चिनियाँ राष्ट्रपतिले अवलम्बन गरेको वातावरणमैत्री दिगो विकासका माध्यमबाट जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौती सामना गर्न चीन सक्षम हुनेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ थियो । नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्रराष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि नेपाली जनता र नेपाल सरकारकोतर्फबाट मित्र राष्ट्र चीनका जनता र राष्ट्रपतिप्रति उनले कृतज्ञता ज्ञापन गरिन् । आज लोकार्पण गरिएको पुस्तक ‘सी चिन फिङ चीनको शासन व्यवस्था’ को दोस्रो भागको अध्ययनबाट चीनले पछिल्ला दशकमा हासिल गरेका चामत्कारिक सफलतामा राष्ट्रपति सी चिनफिङका वैचारिक–राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र तिनको सफल कार्यान्वनका लागि विकास गरिएका शासकीय प्रबन्धका’ बारेमा पाठकले जानकारी प्राप्त गर्नसक्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवालाई साक्षी राखेर सेनापतिले भने—सेनाले सुक्ष्म अध्ययन गरिरहेको छ काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवालाई साक्षी राखी मुलुकको स्थायित्वसंग सरोकार राख्ने गतिविधिहरुबारे सेनाले सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन् । उनले मुलुकमा उत्पन्न हुंदै आएको अस्थिरतातर्फ संकेत गर्दै सो कुरा बताएका हुन् । अस्थिरताले सुरक्षा चुनौति उत्पन्न हुने र त्यस्ता चुनौति सामना गर्न सेना प्रतिबद्ध रहेको पनि सेनापतिले बताएका थिए । असोज ७ गते सैनिक मुख्यालय जंगी अड्डामा शुरु भएको प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकका स्वागत मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । सो बैठकको उद्घाटन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गरेका थिए । सो कार्यक्रममा सन्दर्भमा सेनाद्वारा जारी विज्ञप्तिमा सेनपातिको भनाइ उल्लेख गर्दैै भनिएको छ—“देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्व संग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको थियो ।” कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिहरुको विश्लेषण गर्दै त्यसबाट मुलुकलाई असर पर्न नदिने रणनीति तय गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सेनाबाट सञ्चालित विकास निर्माणका परियोजनाहरुलाई आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।प्रधानसेनापतिको रुपमा कार्यभार सम्हालेपछि देशभरका उच्चतहका सैनिक कमाण्डरहरुलाई भेला गरी आयोजना गरेको सो बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सरकारका विधिसम्मत आदेश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सेनाको दीर्घकालीन सोच २०७८ को कार्यान्वयनमा सयहोग पुर्याउन मन्त्रालय तयार भएको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री एवं रक्षा मन्त्री देउवाको उपस्थितिमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति शर्मा र नेपाल सरकार रक्षा मन्त्रालयका तर्फबाट रक्षा सचिव पौड्यालका बीच कार्यसम्पादन सम्झौतासमेत भएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत सहभागिता रहेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।
वायुसेवा निगमको काम कारबाही प्रभावित काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको दैनिक कामकाज अवरोधका साथै दसैँ तिहारजस्ता ठूला चाडपर्वको सम्मुखमा कर्मचारीलाई तलब वितरणमा समेत समस्या परेको बताएका हुन् । निगमभित्रको पछिल्लो अवस्थाले संस्थागत मर्यादाको उल्लङ्घन मात्र नभएर संस्थाको भविष्यमाथि नै गम्भीर सङ्कट पैदा गरेको भन्दै निगमको सेवालाई अविछिन्न राख्न सबैको भूमिका चाहिने उल्लेख गरेका छन् । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ गतेदेखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् । निगमले अनुमति पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित हुन पुगेको छ । त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि प्रभावित बनेको छ । ए ३२० को इञ्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडीएसम्बन्धी काम पनि प्रभावित भएको छ । आव २०७८/७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम, महालेखा परीक्षकको प्रतिवेदनउपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको), निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयको समन्वयमा गरिने सम्पूर्ण काम अघि बढ्न सकेको छैन । निगम व्यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाही प्रभावित हुन पुगेको निगमले विज्ञप्तिमा जनाएको छ ।
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्री खाँणको निर्देशन काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले चाडपर्वमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीवार आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिए । ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला ।’ आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गरे । ‘सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ,’ मन्त्री खाँडले भने । व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाउन पाउने पनि उनको भनाइ थियो । उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरे । रासस
खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस् काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ । विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ । सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताए । उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ । प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।
नेबिकोले सुरु गर्‍यो पुनः उत्पादन काठमाडौं । आगलागिपछि नेबिको प्रालि आफ्नो उत्पादन पुनः सुरु गरेको छ । उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो कम्पनीले उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत गरेर पुनः उत्पादन थालेको हो । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते आगालागी हुँदा प्लान्ट र मेशिनरी सामग्रीहरु जलेर ध्वस्त भएका थिए । आगलागीबाट धेरै क्षति भएपनि छोटो समयमा नै उद्योग पुनः सञ्चालमा ल्याउन सफल भएको कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए ।आगलागिबाट भएको भौतिक क्षतिपछिको ४४ दिनपछि कम्पनी पुनः आफ्नो उत्पादन सुरु गरेको हो । कम्पनीको उत्पादन, पहिलाको उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत हाराहारीमा रहेको जनाएको छ । केही महिनापछि कम्पनी फेरि पुरानै अवस्थामा आउने जनाइएको छ ।साउन महिनामा आगलागी हुँदा उद्योग भवनमा करिब ७० प्रतिशतसम्म क्षति भएको थियो । जसकारण उद्योग भवनभित्र उत्पादन मेसिनरीदेखि बिस्कुट प्याकेजिङ गर्नेसम्मका मेसिनरी सखाप भएका थिए ।