content
stringlengths 31
27.4k
⌀ |
---|
सिन्धुपाल्चोकमा सडक दुर्घटनामा एकको मृत्यु दुई घाइते सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
आलु लोड गरिएको बा ५ ख ६५६३ नं को आइचर ट्रक पाँचपोखरी थाङपाल तर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँधुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । |
आईसीसी टी-२० विश्वकप फाइनल : खेलको नतिजा उल्ट्याउन सक्ने ५ स्टार खेलाडीहरू काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन्। सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यस खेलमा विश्वले नयाँ विश्व च्याम्पियन पाउनेछ। सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा यी दुवै टोलीले उपाधि उचाल्न सकेका छैनन्। सन् २०१० मा अस्ट्रेलिया फाइनलमा पुगेको थियो, तर इंग्ल्यान्डसँग पराजित भएको थियो।
न्युजिल्यान्डको कुरा गर्ने हो भने यसका लागि योे टी-२० विश्वकपको पहिलो फाइनल हो। यो महत्वपूर्ण खेलमा केही यस्ता खेलाडी छन्, जसमाथि विश्वभरका क्रिकेट प्रेमीहरूको नजर रहनेछ। जानौं यी खेलाडीको बारेमा :
डेभिड वार्नर
टी-२० विश्वकप २०२१ सुरू हुनुअघि अष्ट्रेलियाका ओपनर डेभिड वार्नरको फर्म चिन्ताको विषय बनेको थियो। तर, कप्तान आरोन फिन्चले उनीमाथि विश्वास गरेका थिए।
वार्नर फिन्चको विश्वासमा आए र उनले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरे। वार्नर टी-२० विश्वकप २०२१ मा आफ्नो टोलीका लागि २३६ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले छ खेलमा ४७.२० को प्रभावशाली औसतमा यो रन बनाएका हुन्।
सेमिफाइनलमा वार्नरले पाकिस्तानविरुद्ध ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको फाइनलमा वार्नरबाट यस्तै प्रदर्शनको अपेक्षा गर्नेछ।
ग्लेन म्याक्सवेल
आईपीएल २०२१ मा धमाकेदार ब्याटिङ गरेर सबैको ध्यानाकर्षण गरेका ग्लेन म्याक्सवेलले यस प्रतियोगितामा आफ्नो आगो अझै फैलाउन सकेका छैनन्। यी स्टार खेलाडीले छ खेलमा ३६ रन मात्र बनाएका छन्।
यी तथ्याङ्कहरू म्याक्सवेल जस्तो ठूला खेलाडीलाई सुहाउँदैनन्, तर विश्वलाई उनी कुन स्तरको खेलाडी हुन् भन्ने कुरा थाहा छ। फाइनल खेलमा म्याक्सवेलको ब्याट चल्यो भने भने उनी एक्लै खेल जिताउन सक्छन्।
केन विलियमसन
न्युजिल्यान्डका कप्तान केन विलियम्सन उनको टोलीका महत्वपूर्ण कडी हुन्। उनले टुर्नामेन्टमा आफ्नो ब्याटबाट ठूलो पारी खेल्न नसके पनि जसरी उनले आफ्नो ब्याटिङ अर्डर रन गरेका छन्, त्यो उत्कृष्ट रहेको छ।
विलियम्सनको काम प्रारम्भिक विकेटको अवस्थामा तल्लो क्रमका ब्याट्सम्यानसँग टोलीलाई सम्हाल्नु हो भने अर्कोतर्फ माथिल्लो क्रमका ब्याट्सम्यानले दिएको द्रूत सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्नु हो।
विलियम्सन यी दुवै कुरा गर्न माहिर छन्। टी-२० विश्वकप २०२१ मा हालसम्म खेलेका छ खेलमा उनले १३१ रन बनाएका छन्। जसमा उनको उच्चतम स्कोर ४०८ हो। आइतबार विलियम्सनको ब्याटबाट फ्यानहरूले ठूलो इनिङ्सको अपेक्षा गरेका छन् ।
मिचेल स्टार्क
न्युजिल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कको भूमिका महत्वपूर्ण हुनसक्छ। स्टार्कले सुरुवाती ओभरमा अस्ट्रेलियाको विकेट लिनका साथै डेथ ओभरमा बलिङ गर्ने काम गर्छन्।
गुप्टिल र मिचेलको ओपनिङ जोडीका लागि स्टार्क मात्र खतरा देखिन्छ। स्टार्कले यस प्रतियोगितामा अहिलेसम्म नौ विकेट लिएका छन् र कंगारु टोलीका लागि एडम जाम्पापछि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन्।
ट्रेन्ट बोल्ट
फाइनल खेलमा बायाँ हाते फास्ट बलर ट्रेन्ट बोल्ट पनि सबैको नजर रहनेछ। आइतबार बोल्ट र अस्ट्रेलियाका कप्तान आरोन फिन्चबीच राम्रो प्रतिस्पर्धा देख्न सकिन्छ।
फिन्च बलिङ गर्न आएपछि ब्याट्सम्यान हैरान हुन्छन्। उनको नजर आइतबार यही कमजोरीलाई आक्रमण गर्नमा हुनेछ। बोल्ड प्रतियोगिताको चौथो सबैभन्दा सफल बलर हुन्। यस विश्वकपमा उनले अहिलेसम्म १४ को औसतमा ११ विकेट लिएका छन्। |
लगातार २ पटक विश्वकपको फाइनलमा हारको बदला एकैपटक ! काठमाडौं। टि–२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् । आज बेलुकी नेपाली समयअनुसार पौने ८ बजे दुबइमा हुने यो खेलमा न्यूजिल्याण्डसँग पहिलो पटक विश्वकपको उपाधि जित्ने मौका छ । न्यूजिल्याण्ड टि–२० विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि २ पटकसम्म एकदिवसीय विश्वकपको फाइनलमा पुगेर पराजित भएको न्यूजिल्याण्डसँग अहिले दुवै हारको बदला एकैपटक लिने मौका छ ।
न्यूजिल्याण्ड २० ओभरको क्रिकेटमा विश्वकपको फाइनलमा पुगेको पहिलो पटक हो । ५० ओभरको एकदिवसीय विश्वकपको फाइनलमा भने न्यूजिल्याण्ड यसअघि लगातार २०१५ र २०१९ मा पुगेको थियो । दुवै फाइनलमा हारेको न्यूजिल्याण्डसँग यसपटक विश्वकपको एउटै संस्करणमा दुवै हारको बदला लिने मौका छ । र, उसले यसअघि सेमिफाइनलमा इङल्याण्डलाई नकआउट गरेर २०१९ को विश्वकप फाइनलमा पराजयको बदला लिइसकेको छ ।
आज फाइनल खेल्दै गर्दा न्यूजिल्याण्डसँग २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भोगेको पराजयको बदला लिने मौका छ । २०१५ मा ब्रेण्डन म्याकुलमको कप्तानीमा विश्वकपमा उत्रिएको न्यूजिल्याण्डले फाइनल अस्ट्रेलियासँग हारेको थियो । आज न्यूजिल्याण्डले अस्ट्रेलियालाई हराएर त्यो बदला लिन सक्यो भने ऊ कुनै पनि फरम्याटको विश्वकपमा पहिलो पटक च्याम्पियन बन्नेछ ।
हुन त २०१५ को विश्वकपमा समूह चरणमा न्यूजिल्याण्डले अस्ट्रेलियालाई हराएको थियो । तर, फाइनलमा अन्ततः यिनै दुई सह–आयोजक टिम नै परे । र, फाइनलमा अस्ट्रेलियाले जित्यो । अस्ट्रेलिया र न्यूजिल्याण्डले अहिलेसम्म १४ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् । यीमध्ये ९ खेल अस्ट्रेलियाले जितेको छ भने ५ खेल न्यूजिल्याण्डले जितेको छ । यो विश्वकपमा दुवै टिम सेमिफाइनल पुग्दा आफ्नो समूहमा दोस्रो भएर गएका थिए । सेमिफाइनलमा उनीहरु दुवैले समूहका सबैभन्दा बलिया टिमलाई हराएका थिए ।
टि–२० विश्वकपमा यसअघि २०१६ मा पनि अस्ट्रेलिया र न्यूजिल्याण्डको खेल परेको थियो । यो खेल न्यूजिल्याण्डले जितेको थियो । यही वर्षको फेब्रुअरी मार्चमा पनि दुई देशबीच ५ टि–२० को सिरिज भएको थियो जसमा ३ खेल न्यूजिल्याण्डले जितेको थियो । आजको खेलमा न्यूजिल्याण्डका विकेटकिपर ब्याटर डेभोन कनवे चोटग्रस्त भएकोले खेल्ने छैनन् । उनको ठाउँमा टिम सेफर्ट खेल्ने सम्भावना छ । तर, टिममा पहिल्यै एक विकेटकिपर ग्लेन फिलिप्स भएकोले सेफर्ट नै खेल्छन् भन्ने निश्चित छैन । |
चितवनबाट २८ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट (नामावलीसहित) चितवन । नेकपा (एमाले)चितवनले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ। २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो।
महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चार केन्द्रीय सदस्य रहेको कार्यदल बनाइएको थियो। कार्यदलले चितवनको तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा उत्पीडन क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।
महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन-१ बाट १० जना, २ बाट नौ जना, ३ बाट सात जना र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जना छनोट भएका हुन् । एमालेको १०औँ महाधिवेशन १-–१२ मंसिरसम्म चितवनमा हुँदै छ ।
हेर्नुहोस् महाधिवेशन प्रतिनिधिको नामावली
निर्वाचन क्षेत्र नम्बर १
(खुलातर्फ) : जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस), नारायण वन, यादव पाठक, कमल पाठक
(महिलातर्फ) : प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी
२ बाट
(खुलातर्फ) : कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने
(महिलातर्फ) : सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल
३ बाट
(खुलातर्फ) : हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना
(महिलातर्फ) : पार्वती रावल, सरस्वती विष्ट
दलित तथा उत्पीडन क्षेत्रबाट : शिवकुमारी गोतामे, श्यामलाल विक |
१८ लाख नगदसहित छ जना जुवाडे पक्राउ काठमाडौं । प्रहरीले रु १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।
निजलाई सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रानाउ सुवास हमालले जानकारी दिए । जुवा तास खेल्नका लागि निजले घर नै भाडामा लिइ सिसिटिभी क्यामेरासहित जडान गरी सङ्गठितरूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुस्ताङको थासाङ–३ घर भई पोखरा–१२ चापापानी बस्ने नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने काजी गुरुङ, पोखरा–१२ माटेपानी बस्ने सूर्य गुरुङ, दैलेखको नौमूले–८ घर भई पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना, कास्कीको मादी–१० घर भई पोखरा–१३ सङ्गमटोल बस्ने खेमराज गुरुङ र पोखरा–१९ घर भई पोखरा–१६ दीप बस्ने श्याम श्रेष्ठ रहेको जनाइएको छ । |
श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित केन्द्रीय समिति घोषणा काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।
सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धिवीर वाहिङ राई, उपत्यका उपाध्यक्षमा शान्तराम बिडारी, प्रदेश उपाध्यक्षमा तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर महासचिवमा भूपराज खड्का, उपमहासचिवद्वय तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवत्रय सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाईं छन् ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चार जगतले मुलुकको राष्ट्रियता तथा जनजीविकाको पक्षमा कलम चलउनुपर्नेमा जोड दिए । उनले न्यायलयमा भइरहेको विवादले न्यायिक क्षेत्र कुरुप बन्दै गइरहेकाले प्रधानन्यायाधीशले राजिनामा दिएर निकास दिनुपर्ने विचार व्यक्त गरे ।
सङ्गठनका संयोजक शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको पक्षमा आफ्नो सङ्गठनले देशभर गतिविधिलाई सञ्चालन गर्ने जानकारी दिए । पार्टी प्रचार विभाग उपप्रमुखसमेत रहेका उनले ओली सरकारको अकर्मण्यताका कारण करीब दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार पतन भएको बताउँदै इमान्दार कार्यकर्ताले कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने बताए । |
प्रचण्ड विरामी परेपछि रोकियो कार्यक्रम, एमाले र लोसपादेखि सीके राउतसम्म सक्रिय महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी आउने कार्यक्रम आज स्थगित भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
आज महोत्तरीको रामगोपालपुरमा अध्यक्ष प्रचण्डले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो ।
‘अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशन बमोजिम कार्यक्रम स्थगित गरेका छौं,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।
यता महोत्तरीको मनरासिस्वा नगरपालिकामा सीके राउत नेतृत्को जनमत पार्टीको कार्यक्रम छ । नयाँ पार्टीको प्रचारप्रसार र मूल पार्टीको अधिवेशनले अहिले महोत्तरी राजनीतिमय बनेको छ ।
त्यसैगरी औरही नगरपालिकामा पनि शरत् सिंह भण्डारीको सहभागितामा विशाल आमसभा हुने भएको छ ।
आजै नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १३८ वटै वडामा अधिवेशनको तयारी गरेको छ । शुक्रबारदेखि नै सिक्षक संघमा आबद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृतको रुपमा १३८ जना शिक्षकहरु परिचालन गरिसकेको छ ।
नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्नेदेखि कांग्रेसको वडा, नगर र जिल्ला अधिवेशनको कारण महोत्तरीमा राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढेको छ । |
करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति दमौली ।करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए ।
चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ । समितिले किरिया खर्चबापत रु एक लाख आइतबार उपलब्ध गराउने र बाँकी रु १५ लाख पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ ।
करेन्ट लागेर सोही ठाउँका अन्य दुईजना घाइते भएका थिए । घाइतेको पनि उपचार खर्च समितिले बेहोर्ने भएको छ । विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखीकन विद्युत् प्रवाह गर्दा घटना भएको पीडित परिवारको आरोप छ । |
बेहुलीले आफ्नो बिहेमा पाहुनासँग खानाको प्रतिप्लेट १२ हजारका दरले पैसा मागिन् काठमाडौं। एउटी बेहुलीले आफ्नो बिहेमा आएका पाहुनासँग भोजमा खाना खाएवापत प्रतिप्लेट १२ हजार रुपैयाँका दरले पैसा मागिन् । ती बेहुलीले आफ्नो बिहेको रिसेप्सन पार्टीमा खर्च गर्नको लागि आफू र आफ्ना बेहुलासँग पैसा नभएको भन्दै पाहुनाहरुसँग १ जनाबाट ९९ डलर माग गरेकी थिइन् । यसबारेमा ती बेहुलीकी एक साथीले सामाजिक संजालमा खुलासा गरिदिएकी छिन् ।
सामाजिक संजाल रेडिटमा एक युजरले आफ्नी एक साथीले आफ्नो बिहेमा पाहुनाहरुसँग ९९ डलर मागेको बताएकी छिन् । डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार नयाँ दम्पतीले आफूहरुसँग बिहेको रिसेप्सन पार्टीमा खर्च गर्न पैसा नभएको बताउँदै यस्तो माग गरेका थिए । युजरले लेखेकी छिन् ‘निम्तो कार्डमा बेहुलीले भनेकी थिइन् कि हामी भोजनको खर्च उठाउन असमर्थ छौं त्यसैले प्रतिव्यक्ति खानाको प्लेटको शुल्म ९९ डलर लाग्नेछ ।’
ती युजरका अनुसार बिहे हुने स्थान उनको घरबाट धेरै टाढा थियो । त्यहाँ पुग्नका लागि उनीहरुले करिब ४ घण्टा गाडी चलाएर जानुपर्यो । यसरी जाँदा धेरै समय र धेरै पेटेल समेत खर्च भयो । रेडिट युजरका अनुसार बिहेको स्थानमा एउटा बक्स लगाइएको थियो । त्यहाँ पाहुनासँग पैसा हाल्न अपिल गरिएको थियो । बक्समा लेखिएको थियो ‘पाहुनाहरुले दम्पतीको हनिमून, राम्रो भविष्य र नयाँ घरको लागि यहाँ पैसा हालिदिन सक्नुहुन्छ ।’
यो पोस्टमा अन्य रेडिट युजरहरुले विभिन्न किसिमका प्रतिक्रिया दिएका छन् । एक युजरले लेखेका छन् कि उनी यस्तो बिहेको रिसेप्सनमा जाने छैनन् भलै बिहे उनको अत्यन्तै निकट व्यक्तिको किन नहोस् । अर्का एक युजरले पनि दम्पतीले यस्तो गर्न नहुने भनेका छन् । अर्का उक युजरले भनेका छन् ‘शायद उनीहरुसँग वास्तवमै पैसा थिएन होला ।’ |
बुबालाई बन्चरो प्रहार गर्ने छोरा २० वर्षपछि पक्राउ काठमाडौँ ।कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । लमजुङको राईनास नगरपालिका ४ बस्ने वर्ष ४१ का चन्द्रप्रसाद पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो । १ मंसिर २०५८ मा पराजुलीले आफ्नै बुबा वर्ष ५५ का खगेश्वर पराजुलीलाई बन्चरो प्रहार गरी गोवर ग्यासको सेफ्टी ट्याङ्कीमा फाली फरार रहेका थिए ।
प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट २२ कात्तिक सोमबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । पक्राउ परेका पराजुलीलाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसहित जिल्ला अदालत लमजुङमा पेस गरी पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीले बताए । |
वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो काठमाडौँ ।नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ डलेर निधन भएको स्पष्ट पारेको हो ।
असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उनको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो । गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोष्ट मार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको स्व चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले बताए । “चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरुपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ”, उनले भने ।
सो दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा तीन साताअघि उनको तिलगङगा खाँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रियासमेत गरिएको थियो । रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए। |
हेलिकोप्टरमार्फत विद्युत् सामग्री ढुवानी काठमाडौँ ।विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेकाले ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।
भौगोलिक हिसाबले विकट सडक सञ्जालमा नजोडिएको त्यस क्षेत्रमा विद्युत् आयोजना निर्माणका लागि ठूला सामान ढुवानी गर्ने अन्य कुनै माध्यम नभएपछि हेलिकोप्टरमार्फत सामान पुर्याइएको हो । केही समयअघि नै बुटवलबाट रुकुमकोटमा आएर थन्किएका ती सामान सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाखाओरालीमा पुर्याइएको हो । रुकुमकोटबाट चारवटा पेनस्टक पाइप, तीनवटा ट्रान्सफर्मर हेलिकोप्टरमार्फत सिस्ने पुर्याइएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए ।
उनका अनुसार इएलसी प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेम, एक्पान्सन ज्वाइन्ट, भल्बलगाएत १० हजार किलोग्रामका सामग्री हेलिकोप्टरमार्फत सिस्ने–१ मा पुर्याइएको छ । यी सबै सामग्री हेलिकोप्टरले १५ खेपमा सिस्ने फालेको छ । बाँकी रहेको लाइन विस्तारको तार भने देउखोलासम्म गाडीमा लैजाने र त्यहाँबाट मानिस अर्थात् घोडाखच्चडबाट लैजाने गाउँपालिकाका प्रवक्ता केसीले बताए ।
सिस्नेमा पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणको काम आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको थियो । यस आयोजनाको काम गत आर्थिक वर्ष २०७७/७८ मै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । समयमै काम सम्पन्न गर्न नसकेपछि एक वर्ष म्याद थप गरी काम अगाडि बढाइएको र यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष राखिएको प्रवक्ता केसीको भनाइ छ ।
|
प्रधानन्यायधीश जबराको पक्षमा प्रदर्शन गर्ने ६ कानून व्यवसायी पक्राउ काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुन शासन विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको छ ।
शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् । |
वकिललाई छक्याएर प्रधानन्यायाधीशको स्वागतद्वारबाट कार्यकक्ष छिरे जबरा काठमाडौं।नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् ।
बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् ।
मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ । |
तासको खालबाट महोत्तरीमा १० जना पक्राउ काठमाडौं ।महोत्तरीको बर्दिबासमा तासको खालबाट १० जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिबास नगरपालिका १ स्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १ बस्ने ४० वर्षीय दीपक शर्मा, ३५ वर्षीय नवराज तिमल्सिना, ४२ वर्षीय प्रकाश न्यौपाने, २४ वर्षीय सुरज खड्का, ३७ वर्षीय दीपक न्यौपाने रहेका छन् ।
यस्तै बर्दिबास ३ बस्ने ३९ वर्षीय धनबहादुर वाइबा, ४० वर्षीय डोरमणि ढकाल, २७ वर्षीय राजीव थापा, २४ वर्षीय सुजन आचार्य र सिन्धुली तीनपाटन नगरपालिका ३ का ३७ वर्षीय टिका हायूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ । भोलि नै उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाइने प्रहरीले जनाएको छ । |
५० लाख ठगीको आरोपमा भारतीय पक्राउ काठमाडौं ।विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनले लोभलालच देखाएर विभिन्न व्यक्तिको स्वामित्वमा रहेको जमिनको लालपूर्जासमेत नियन्त्रणमा लिई कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । उनले आइसीआरसीको चिकित्सक भएको भनेर नक्कली परिचयपत्रसमेत बनाएको पाइएको छ ।
सरकारका उच्च अधिकारीसँग सम्बन्ध कायम रहेको देखाउने र विभिन्न व्यक्तिका नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाले उनीमाथि अनुसन्धान थालेको थियो । काठमाडौँको बालुवाटारबाट पक्राउ परेका उनले अहिलेसम्म रु ५० लाख ठगी गरेको खुल्न आएको र अन्य व्यक्तिकोसमेत ठगी गरेको देखिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई आजै महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ । उनी यसअघि विसं २०७२ मा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा डिल्ली बजार कारागारमा दुई वर्ष कैद तथा रु तीन लाख ५० हजार जरिवाना तिरेका व्यक्ति भएको पाइएको छ । |
किशोरीलाई यौन धन्दामा संलग्न गराएर ग्राहकसँग कमिशन खाएको आरोपमा शिक्षक पक्राउ काठमाडौं । किशोरीलाई यौन धन्दामा संलग्न गराएर ग्राहकसँग कमिशन खाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
प्रहरीको मानव वेचविखन व्यूरोले कुलेश्वरस्थित जनमैत्री क्याम्पसका शिक्षक नेत्र ज्ञवालीलाई पक्राउ गरेको हो । व्यूरो स्रोतका अनुसार शिक्षक ज्ञवालीले १७ वर्षीया किशोरीलाई यौन धन्दामा संलग्न गराउने गरेका थिए । उनले ती किशोरीलाई यौनधन्दामा लगाए वापत ग्राहकसँग कमिसन पनि खाने गरेको व्यूरो स्रोतको दावी छ । ज्ञवालीमाथि थप अनुसन्धान भइरहेको र किशोरीलाई पनि बोलाएर सोधपुछ गरी सत्यतथ्य जानकारी लिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार खाजा पसलमा काम गर्ने ती किशोरीलाई पसलकी साहुनीसँग मिलेर अन्य ग्राहकसँग पठाउने गरेको र ती ग्राहकसँग ज्ञावालीले कमिशन लिने गरेका थिए । |
बैतडीका प्रसिद्ध धाममा जात्रा हुँदै काठमाडौं ।बैतडीको सुर्नया गाउँपालिका ४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएकोछ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार बिहान सम्पन्न भएको मन्दिरका पुजारी विष्णुदत्त भट्टले बताए । रातिको समयमा दर्शनार्थीको उपस्थिति बढी हुने गरेको उनले बताए ।
जात्रामा सुर्नया गाउँपालिका सहित जिल्लाभरिबाट दर्शनार्थी आउने र बसाई सरेका व्यक्तिसमेत जात्राका लागि घर फर्किने गरेको स्थानीय गणेशबहादुर महराले बताए । रौलाकेदार धाममा समेत भव्य जात्रा लाग्ने उनले बताए । रौलाकेदार धामको जात्रामा उपस्थित भई दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
यस धाममा हरेक तीन वर्षमा जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा सीमावर्ती भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।विभिन्न ठाउँबाट बाजागाजासहित भक्तजन रौलाकेदार धाममा पुग्ने गरेको स्थानीय सुरेश महराले बताए । भक्तजन राति धाममै बास बसेर भोलिपल्ट स्नान गरी घर फर्कने गरेको उनले बताए ।
यसैगरी सुर्नया गाउँपालिका–८ स्थित गुफा केदार मन्दिरमा बुधबार भव्य जात्रा लागेको छ । उक्त मन्दिरको जात्रा सम्पन्न भएपछि बिहीबार गलिनाथ मन्दीर र शुक्रबार भूमिराज मन्दिरमा जात्रा लाग्ने पुजारी विनोद अवस्थीले बताए । गुफाकेदार मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल भए पनि प्रचार प्रसारको अभावले ओझेलमा परेको उनले बताए ।
|
करेन्ट लागेर युवकको मृत्यु तनहुँ ।तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।
बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समय गाउँको ट्रान्सफर्मरमा आगलागी भएको थियो । रानाका अनुसार मृतकको दाहिने हातमा मोबाइल थियो । ‘दाहिने हात मोबाइल र चार्जर पनि जलेको छ’, उनले भने । घटनास्थलमै मृत्यु भएको आशंसा गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ । स्थानीयवासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबिच बिहीबार दिनभर जिपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन । विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरी छलफल हुने जनाइएको छ ।
|
प्रधानसेनापतिद्वारा उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता काठमाडौं।भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग आज अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा विचार विमर्श भएको थियो । “नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । उनको यो भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई प्रस्ट्याउँछ”, बाह्य मामिलामन्त्रीले ट्विट गरेका छन्।
त्यसैगरी रक्षामन्त्रीसँगको भेटमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण, संयुक्तरूपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि आजै द्विपक्षीय भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच सुरक्षासम्बन्धी साझा चासोका विषयमा विचार आदान प्रदान भएको जनाइएको छ । यसैबीच, नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उनलाई ‘वाल अफ अनर’बाट विभूषित गरेको छ । उक्त सम्मान पाउने शर्मा पहिलो व्यक्ति हुन् । |
ओखलढुङ्गामा सुक्खा पहिरो काठमाडौं ।दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।
दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताए । उनका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।
एक साताअघिसम्म भीषणरूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिराबाट झरेको ढुङ्गा, माटो सिधै दूधकोसीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ ।
पहिराका कारण मानेभन्ज्याङ गाउँपालिका–६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिराको शीरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
|
मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु काठमाडौं।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका बर्मझियामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि३८आर ८१७३ नम्बरको भारतीय मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका तिवारीलाई उपचारका लागि विराराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का नाम थर खुल्न नसकेको अन्दाजी ३०/३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले बताए।
यस्तै, सोही बसले पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट कञ्चनरुप नगरपालिका–१ बर्मझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएको छ। उनको विराटनगरमा उपचार भइरहेको छ। बस र मोटरसाइकललाई दुवैलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए ।
|
९५ डिएसपीको सरुवा (सूची सहित) काठमाडौं।प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक ( डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधानकार्यालयले आज बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो ।
सरुवाअनुसार तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापाको सरुवा भएको छ । त्यस्तै जुम्लामा नरेन्द्र चन्दको सरुवा भएको छ । उपत्यकाका कालिमाटी वृत्तमा अनिल घिमिरे तथा बालाजुमा गौतम मिश्रको सरुवा भएको छ । हेर्नुहोस् सरुवा सूची
DSP-saruwa (1) |
अदालत प्रवेश रोक्ने बारको घोषणालगत्तै बाहिरिए प्रधानन्यायाधीश काठमाडौं।राजीनामाको दवाव झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् ।शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके भन्दै भोलि शुक्रबारबाट अदालत प्रवेश गर्न नदिने घोषणा गरेको छ ।
धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरेका थिए ।जबरा अदालतबाट बाहिरिएपनि सर्वोच्च अदालतका न्यायाधीशहरू भने बुधबार पनि आन्तरिक छलफलमा जुटेका छन् । जबराले बुधवारका लागि नौवटा इजलास गठन गर्दै १७७ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए ।तर, न्यायाधीशहरू भने जबरासँग बेन्च सेयरिङ नगर्ने, बन्दीप्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने अडानमा कायम छन् । |
प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा काठमाडौं।शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ ।बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ ।
धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरे ।प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै उनले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनिामा दे |
शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
घम्साघम्सीका क्रममा पाँच जना कानुन व्यवसायी घाइते भएका छन् । प्रहरी दमनको विरोधमा भोलि शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारका महासचिव लिलामणि पौडेल जानकारी दिए ।शुक्रबार सर्वोच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए । |
प्रहरीसँगको झडपमा पाँच जना अधिवक्ता घाइते काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।उनका अनुसार बारका महासचिव लिलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो। कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् । |
सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी काठमाडौं।सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।
सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् । |
महिला श्रमिकलाई अल्पकालीन रोजगार काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ। कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको हो। यसबाट उनीहरुको जीविकोपार्जनमा राहत तथा पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सहयोग पुग्ने जनाइएको छ।
बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा गर्न लागेको उक्त कार्यक्रमअन्तर्गत पर्यटन महिला श्रमिकले उपत्यकाभित्रको पर्यटकीय क्षेत्रको सरसफाइ, पैदलमार्गमा रहेका पुल तथा पुलेसाको मर्मत सम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भारलगायतका काम गर्नुपर्नेछ। अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंक खाता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।
अगामी मङ्सिर १ देखि २९ गतेसम्म प्रदान गरिने रोजगार कार्यक्रमका लागि यही कात्तिक ३० गतेसम्म दरखास्त बुझाउने समय तोकिएको छ। १०० जनालाई प्रदान गरिने रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन रु एक हजार रकम पाउने बोर्डले जनाएको छ।रासस |
म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने यांगुन । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ। आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ।
फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो। ३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उनीमाथि लगाइएको मुद्दाको सुनुवाई अदालतमा १६ नोभेम्बरदेखि सुरु हुनेछ।
उनीमाथि यसअघि नै सेनाबिरुद्ध विद्रोह गर्न सर्वसाधारणलाई उत्प्रेरित गरेको, गैरकानुनी संगठन खोलेको र आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको थियो।
तर, उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ। फेन्सटरका वकिल थान जाउ आङका अनुसार फ्रन्टायर पछिल्लो समयमा शारीरिक रुपमा कमजोर हुनुका साथै निकै दुब्लाएका छन्।
यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिसलाई पक्राउ गरी जेल हालिएको थियो । प्रदर्शनमा कम्तिमा एक हजार १७८ जना मारिएका थिए भने सात हजार ३५५ जना पक्राउ परेका थिए।
फेब्रुवरीमा सेनाको कुपछि दर्जनौं पत्रकार पक्राउ परेका छन्। |
गाई काटेको आरोपमा पाँच पक्राउ काठमाडौं।राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी–२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।
स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुनबहादुरको गाई निजले मानिस मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई पशुपक्षीसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । |
युवक हत्या प्रकरणः आठ जना सार्वजनिक काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले आज दिनभर पूर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजामसमेत गरेका थिए । अभियुक्तलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने भनेपछि दिनभरसम्म शव टीकापुर अस्पतालमै रहेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कारबाही गर्ने सहमतिअनुसार आजै साँझ आफन्तले शव बुझेको बताएका छन्। उनले अझै पनि घटनामा संलग्न केही फरार रहेको जनाउँदै उनीहरुको खोजीकार्य भइरहेको बताए ।
|
दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ काठमाडौं । मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ ।
‘मलद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।
बाँस्तोलाले थपे, ‘सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।’ |
आगलागीबाट साढे चार लाखको क्षति बैतडी ।बैतडीमा आगलागीबाट लाखौँको धनमालको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको हो ।
आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैँसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिए । |
१२२ किलो गाँजासहित मकवानपुरका मुक्तान पक्राउ काठमाडौं। मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मुक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । |
कोरियन भाषा इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह काठमाडौं।सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन आग्रह पनि गरेको छ ।
बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले जानकारी दिए।‘दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,’परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भने।
बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो । छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।
|
माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते सिन्धुपाल्चोक । मंगलबार अरनिको राजमार्गअन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनास्थलबाट तत्कालै उद्धार गरेर लगिएका एक जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बलेफी गाउँपालिका ५ की जानुका भन्ने सरस्वती पराजुली रहेकी छन् ।
दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते सबैको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
घाइतेहरू चौतारा सागाचोक गढी नगरपालिका १ का पशुपति थापा, तुलसी थापा, डकेन्द्र थापा, राज कुमार तामाङ, मगर सुस्मिता श्रेष्ठ रहेका छन् । यस्तै घाइते हुनेमा चौतारा सागाचोक गढी नगरपालिका ५का कटुल शेर्पा, लाक्पा शेर्पा, चौतारा सागाचोक गढी नगरपालिका ६ की बिन्दु सापकोटा, कुमार लामा, अशोक लामा, चौतारा सागाचोक गढी नगरपालिका ७ की यमकुमारी थापा मगर, निरोज दङगाल, चेतकुमारी थापा, धादिङ गोल्छे गाउँपालिका ४ की प्रतिमा कार्की, नवीन अधिकारी, मकवानपुर हेटौडा १ का सहचालक अरुण तामाङ, चालक राम लाल थिङ, जिबारा सिमरा, स्वहिता थापा रहेका छन् ।
सिन्धु पाँचपोखरी प्रालिअन्तर्गतको बा२ख २६१२ नम्बरको माइक्रोबस पोखरेबसीमा मध्यान्न १२ः१५बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो बस सडकबाट करिब ७र८ मिटर तल खसेको प्रहरीले जनाएको छ । |
प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता काठमाडौं ।भारत भ्रमणमा ररहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरे । उनी भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। |
गण्डकी एमाले जेठ २ मा फर्कियो, जम्बो कमिटी विस्तार, थपिए ३०० जना पोखरा । दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो ।
अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेका छन् । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० जना थपिएको हो । यस्तै, सचिवालय सदस्यसमेत जम्बो बनाइएको छ । पहिलेको १४ सदस्यीय सचिवालय विस्तार गरेर ६७ सदस्यीय बनाइएको छ । सोमबार बसेको प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
प्रदेश कमिटीमा सबैभन्दा कम मनाङबाट दुई जना र सबैभन्दा बढी कास्कीबाट ९९ जना थप भएका छन् । यसबाहेक मुस्ताङबाट ११ जना, म्याग्दीबाट १४, बागलुङबाट ४७, पर्वतबाट १५, स्याङ्जाबाट ४६, तनहुँबाट २०, नवलपुरबाट १९, लमजुङबाट नौ र गोरखाबाट १८ जना थपिएका हुन् । एमालेबाट थपिएका दुवै कमिटीमा समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको छ ।
महाधिवेशन प्रतिनिधिमै ३३ प्रतिशत महिला अनिवार्य गरेको एमालेले प्रदेश कमिटीमा सदस्य थप्दा १३ प्रतिशत मात्र महिला उपस्थित गराएको छ भने सचिवालयमा पनि १० प्रतिशत हाराहारी मात्र महिला समेटेको छ ।
अहिले दुवै कमिटी ठूला भए पनि महाधिवेशनपछि हुने प्रदेश अधिवेशनमा भने यो संख्या घट्नेछ । महाधिवेशनबाट १४० जना मात्र निर्वाचित हुनेछन् भने २८ जना मनोनीत हुनेछन् । एमालेको विधानमा आधार सदस्य ५० जना र प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले निर्वाचिन हुन्छन् ।
गण्डकीमा १८ वटा निर्वाचन क्षेत्र छन् । अधिवेशनपछिको बैठकले १० प्रतिशत पार्टीभित्रबाट मनोनीत गर्नेछ भने १० प्रतिशत अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई सदस्यमा मनोनयन गर्नेछ ।
दशौँ महाधिवेशनमा प्रदेश कमिटीबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि प्रदेश कमिटीबाट मनोनीत हुनेछन् । महाधिवेशन भन्दा पनि प्रदेश कमिटीको निर्वाचन लक्षित अहिले सदस्य थप गरिएको बताइएको छ । ‘केन्द्रीय महाधिवेशनमा यसले खासै अर्थ राख्दैन । तर, प्रदेश अधिवेशनका लागि यी सबै सदस्य आयोजक समितिमा रहने अवस्था हुन्छ । उनीहरू भूगोलबाट चुनिनुपर्दैन’, एक नेताले भने, ‘जो भूगोलमा कमजोर छ, उनीहरूलाई मन फुकाएर समेटिएको छ । भोलि उनीहरू स्वतः प्रदेश कमिटीमा रहन सक्छन् ।’
२७ कात्तिकमा महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । गण्डकीका सबैजसो जिल्लामा मतदान अधिकृत खटिएका छन् भने निर्वाचन प्रक्रिया पनि सुरु भइसकेको छ । एमाले विधानअनुसार एक हजार २०० संगठित सदस्य भएको निर्वाचन क्षेत्रबाट दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् भने त्यसपछि प्रत्येक ८०० संगठित सदस्य थपिँदा एक जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।
गण्डकी प्रदेशमा हाल ७८ हजार ९३५ जना संगठित सदस्य छन्, जसमा सबैभन्दा धेरै कास्कीमा १७ हजार ४८६ जना छन् भने सबैभन्दा कम मनाङमा १७९ जना छन् । मुस्ताङमा ५२५ जना, म्याग्दीमा तीन हजार ७३७ जना, बागलुङमा पाँच हजार २०५ जना छन् । यस्तै, तनहुँमा छ हजार १०४ जना, लमजुङमा छ हजार ४३२ जना, पर्वतमा छ हजार ७६०, गोरखामा सात हजार ६४४, नवलपुरमा ११ हजार २१५ र स्याङ्जामा १३ हजार ६४८ जना रहेका प्रदेश कमिटी संयोजक किरण गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशबाट समग्रमा १४६ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जिल्लागत रूपमा १४१ र प्रदेश कमिटीबाट पाँच जनाले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । मनाङ र मुस्ताङबाट पाँचरपाँच जना, म्याग्दीमा आठ जना, बागलुङमा १०, तनहुँबाट ११ जना र लमजुङबाट १२ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेछन् । यस्तै, पर्वतबाट १२, गोरखाबाट १४, नवलपुरबाट १८, स्याङ्जाबाट २१ र कास्कीबाट २५ जना महाधिवेशन प्रतिनिधि बन्नेछन् । यद्यपि, क्षेत्रगत हिसाबले यो संख्या तलमाथि हुन सक्छ । |
लागुऔषधसहित दुई महिला पक्राउ काठमाडौं ।प्रहरीले कास्कीमा लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका–८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका–७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका–२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुवै जनाबाट डाइजापाम–७४ एम्पुल, बरुफिनुर्फिन–७० एम्पुल र फेनेरागन–७२ एम्पुल बरामद गरिएको छ । दुवै जनाको कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ । |
चित्लाङ–थानकोट सडकमा सवारी आवागमन कात्तिक २८ देखि पूर्णरूपमा बन्द हुने टिस्टुङ ।गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । कात्तिक २६ गतेदेखि सडक निर्माणको काम पुनः सुरु गर्ने र कात्तिक २८ गतेदेखि पूर्णरूपमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सरकोर समितिका सदस्य रामशरण नेपालले जानकारी दिए ।
‘काठमाडौँ आउजाउ गर्न बाटो ‘क्लियर’ छ, तर सडक निर्माण जारी रहँदा जोखिम हुने भएकाले बन्द गर्ने निर्णय गरिएको हो’, सडक निर्माणका अभियानकर्मी नेपालले भने । चित्लाङ थानकोट सडकअन्तर्गत थानकोट-चन्द्रागिरि खण्डको ठेक्काको म्याद आगामी चैतदेखि सकिने हुँदा तोकिएको म्यादभित्र तोकिएका काम सक्नु निर्माण पक्षमाथि दबाब छ । ‘जनताको माग पनि छिटोभन्दा छिटो बाटो बनोस् भन्ने छ, त्यही भएर चाडबाड सकिएलगत्तै काम सुरु गर्न लागेका हौँ’, समितिका सदस्य नेपालले भने ।
सडक निर्माण सरोकार समितिका अनुसार थानकोटबाट दुई हजार २५०० मिटरदेखि ८२५० मिटरसम्मको सडकको ‘ट्याक क्लियर’ भइसकेको छ । यो खण्डको पानीघाट घुम्तीमा रेडियस र ग्रेड मिलाउने कामबाट अघि बढेको समितिले ३१६० मिटर सडकमा मेसिनरी वाल उठाउने, ३४२० मिटर सडकसम्म डाउन गर्ने, ३५८० मिटर सडकसम्म दुई मिटर माटो भर्ने, ३७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्सीको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायतको काम भएका छन् ।
त्यस्तै डोजर झरेको मोडमा रक कटिङ गर्नेदेखि कतिपय मोडलाई ३० मिटरसम्म पर धकेलिएको छ भने सेतो पहरालाई समेत छिचोल्न सफल भएको छ । सडक निर्माणका मुख्य अभियानकर्मी सुभाषचन्द्र ठकुरीका अनुसार अँधेरी खोल्छामा ‘रक कटिङ’ गरेर उजेली खोल्सा बनाइएको छ भने तीन वटा अप्ठ्यारा घुम्तीलाई ‘क्यान्सिल’ गरिएको छ । ठकुरीले थानकोटदेखि चन्द्रागिरीसम्म सडक छिचोल्दा यसलाई सामान्य हिसाबले ‘ट्र्याक ओपन’ भनिए पनि त्यो भन्दै धेरै गरिएको बताए ।
उनले ७९०० मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमूना प्राकृतिक वालसमेत निर्माण गरिएको जानकारी दिए । ठकुरीका अनुसार अब छाप्रोमाथिको खोल्सीको मोड सुधार गर्नुपर्ने, थुप्रेको माटो फाल्नुपर्ने, डोजर झरेको मोडमा तीन मिटरबाहिर आउनेगरी वाल लगाउनुपर्ने, सबै ठाउँमा १० मिटर हुनेगरी चौडा बनाउनुपर्ने, पश्चिम ६ किलोमिटरको मोडमा तीन मिटर बाहिर वाल लगाउनुपर्ने, अँधेरी खोल्सीको बाटो फराकिलो बनाउनुपर्ने, राम्चेको जेड कटिङसम्मको सिङ्गल बाटोलाई डबल बनाउनुपर्ने जस्ता काम गर्नुपर्नेछ । |
दुई लाख ९१ हजारसहित १८ पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो । उनका अनुसार असोज २८ गते खैरहनी नगरपालिका–९ मगनीबाट लुडो खेलेको अवस्थामा रु ९९ हजार ३२० सहित पाँच जना, कात्तिक १५ गते भरतपुर महानगरपालिका–४ यज्ञपुरीस्थित कटेजमा तास खेलेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरुबाट नगद रु १६ हजार १५ बरामद भएको उनले जानकारी दिए ।
|
पोखरेमा माइक्रोबस दुर्घटना: १९ जना घाइते काठमाडौं । सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
चौताराबाट काठमाडैँ जाँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेको छ । दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताइएको छ । |
१२ वर्षपछि पक्राउ काठमाडौं ।कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाए तोकिएपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले सोमबार कपिलबस्तुबाट पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले जानकारी दिए । |
सानिया मिर्जाले आफ्ना पतिका लागि ताली बजाउँदा सामाजिक संजालमा हंगामा काठमाडौं। टि–२० विश्वकपको सेमिफाइनल हेर्नेहरुमा सानिया मिर्जा एक्ली भारतीय होलिन् वा नहोलिन् भन्ने स्पष्ट भन्न सकिँदैन तर सामाजिक संजालमा चलिरहेको यो विषयको आफ्नै कारण छ । भारत विश्वकपबाट बाहिरिइसकेको छ । इङल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अस्ट्रेलिया सेमिफाइनल पुगेका छन् । भारत अन्तिम खेल नखेल्दै बाहिरिइसकेको थियो ।
सामाजिक संजालमा भने सानिया मिर्जाको चर्चा छ । सानिया मिर्जाका पति शोएब मलिकले आइतबार स्कटल्याण्डविरुद्ध १८ बलमा ५४ रनको तुफानी इनिङ खेले । त्यो खेल सानिया मिर्जाले स्टेडियममै बसेर हेरिरहेकी थिइन् । उनले शोएब मलिकलाई हौसला दिइन्, उत्साह बढाउनको लागि ताली बजाइन् र सामाजिक संजाल, खासगरी ट्वीटरमा हंगामा मच्चियो ।
खासमा सानिया मिर्जा भारतीय खेलाडी हुन् । टेनिस स्टार सानियाले भारतकै झण्डामुनि खेलेर कैयौं विश्वस्तरीय उपाधि जितिसकेकी छिन् । उनका पति शोएक मलिक पाकिस्तानी हुन् । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका शोएब मलिकसँग बिहे गरेकी भए पनि सानिया अझै पनि भारतीय झण्डामुनि नै अन्तर्राष्ट्रिय खेल खेल्छिन् । यही कारण यो विषयले सामाजिक संजाल तातेको हो ।
Sania mirza in stadium and Shoaib Malik hitting sixes🔥#PAKvSCO pic.twitter.com/W6kNJUxpt6
— Tahreem🌸 (@tweetsbytahreem) November 7, 2021
The way Malik raised his bat towards Sania Mirza after finishing his innings and the way their baby was asking his mother to pick him up so that can see his father was just wholesome 😭❤️
— Ramiya 2.0 (@yehtuhogaaa) November 7, 2021
I want to see my husband's victory just as sania mirza was seeing her husband breaking records 😭#SaniaMirza #PAKvsSCO pic.twitter.com/YZvwm9Btfr
— Maham Naveed (@Diet_Planner__) November 7, 2021
Sania Mirza's team was knocked out of the World Cup but she still enjoying her hubby batting 🤩🤩🤩 pic.twitter.com/njmX9bKco4
— S O H A I L👓 ( سہیل) (@Msohailsays) November 7, 2021
#SaniaMirza forget India's defeat and she's here in the Ground for her Husband's SupportAPPRECIATION ❤️😊 pic.twitter.com/v4jwo4cZ9r
— Nimmz__🔥 (@Chlo_shaba_kato) November 7, 2021
Sania Mirza after his Husband made fastest fifty of the tournament 😂#byebyeindia pic.twitter.com/9Od2taqBKh
— Abdullah Khan (@Abdulla87094452) November 7, 2021
Sania Mirza is the only Indian going to Semi Finals ::#PAKvsSCO pic.twitter.com/NOYvkk4nxU
— ᴇɪᴛɪᴢᴀᴢ ッ (@ChEitizazAshraf) November 7, 2021
|
पूर्वमन्त्री ढकालद्वारा इण्डिया फउण्डेसनको सम्मेलनलाई सम्बोधन बिहार। नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री तथा विश्व शिखर सम्मेलनका विशेष दूत एकनाथ ढकालले विहारको पटनास्थित नालन्दा विश्वविद्यालयमा आयोजित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन्।
सम्मेलनमा ४० जना प्रतिष्ठित वक्ताहरुमध्ये भारतका उपराष्ट्रपति भेनकाया नायडु, विहारका मुख्यमन्त्री, नीतिशकुमार, भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय महासचिव राममाधव लगायत थिए। सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार कार्यक्रममा भागलिन हजारौं भारतीय सहभागीहरुका साथमा २ सय भन्दा बढी विदेशी पाहुनाहरु, उल्लेख्य विद्वत् वर्गहरुलाई आमन्त्रण गरिएको थियो।
सम्मेलनले विश्वका शिक्षाविदका साथसाथै नीति निर्माताहरु, भारत तथा विदेशका धार्मिक अगुवाहरुलाई कोभिड पछिको विश्वव्यवस्था निर्माणका लागि सम्भावनाहरुको खोजी गर्नका लागि मञ्च प्रदान गरेको थियो।
नालन्दा विश्वविद्यालय तथा इन्डिया फाउण्डेसनको विशेष अतिथीका रुपमा त्यहाँ पुगेका ढकालले सम्मेलनलाई सम्बोधन गर्दै नेपाल तथा भारतले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक विरासतको बहुमूल्य अंशका रुपमा गर्वका साथ साझेदारी गर्ने धर्म धम्म परम्पराले एशियाका बहुसंख्यक दृष्टिकोणमा प्रभाव पारेको छ र विश्वलाई शौर्य एवं शान्त्वना र भरोशा प्रदान गरेको छ भन्ने विचार प्रश्तुत गरे।
उनले मानव र प्रकृति बिचको सामञ्जस्यपूर्ण सहअस्थित्वलाई समेट्नुपर्ने कुरामा पनि जोड दिए। महामारीको समस्याबाट अघि बढ्न तथा कोभिड पछिको विश्वलाई स्वस्थ र सुखी बनाउनका लागि सम्मेलन फलदायी हुने आफूले विश्वास गरेको कुरा समेत ढकालले बताए। सम्मेलनले स्वास्थ्य, मानव कल्याण, जलवायु परिवर्तन, सामाजिक एकीकरणसँग सम्बन्धित अहिलेको समयका जल्दाबल्दा विषयहरुको उठान गरेको थियो।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले आफ्नो सम्बोधनमा व्यक्तिगत तथा राष्ट्रिय स्वार्थ भन्दा पनि दीगो शान्ति, विश्वव्यापी स्वास्थ्य, न्याय तथा भाइचारा, समानता, हेरचाह, साझेदारी, मानवीय खुशी जस्ता कुराहरुले संसारलाई चलायमान बनाउनु पर्नेमा पनि जोड दिए।
विश्व शिखर सम्मेलनका नवनियुक्त विशेषः दूत ढकालले विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारसँग पनि संवाद गरेका थिए भने नेपालको छिमेकी राज्य बिहारको मानव जीवन उत्थान, तीव्र आर्थिक विकासमा उनको सक्षम नेतृत्वको प्रशंसा समेत गरे। भारतको निकटतम छिमेकी देशबाट आएका पाहुनालाई भेट्न पाउँदा आफूलाई खुशी लागेको कुरा मुख्य मन्त्रि नितेश कुमारले व्यक्त गरे।
सम्मेलनका क्रममा ढकालले श्रीलंका सरकारका यातायात मन्त्री, विष्णुमोहन फउण्डेसनका श्री साधु भद्रेस दास, नालन्दा विश्वविद्यालयका उपकुलपति प्राध्यापक सुनैना सिंह लगायतसँग पनि बहुपक्षीय बिषयमा छलफल गरेका थिए।
नेपालको संविधानसभाका सदस्य समेत रहेका ढकालका साथमा नेपाल परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेल तथा सोही दलका दक्षिण एशिया मामलाका प्रमुख कृष्ण अधिकारी सामेल थिए । ढकालको भारतको मैत्रीपूर्ण भ्रमणले नेपाल र भारतका जनता बिचको सम्बन्धलाई थप प्रागाढ बनाएको कुरा प्रवक्ता पौडेलले बताए । आफ्नो ५ दिने भ्रमण सकेर ढकाल आगामी मंशिर ११ गते स्वदेश फर्कनेछन्। |
शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका काठमाडौं । भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि नियन्त्रणमा राख्नको लागि हामीले आफ्नो शरीरमा पर्याप्त मात्रामा आवश्यक रोग९प्रतिरोधकहरू (एन्टीबडी) उत्पादन गर्नुपर्ने हुन्छ, जसको लागि हामीले केही चीजहरू गर्न सक्छौँ । यो कोरोना भाइरसको औषधी होइन, तर यदि तपाईंले यी सरल चीजहरूको अभ्यास गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि ६ देखि ८ हप्ताको अवधिमा तपाईंको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने क्षमता) कम्तीमा पनि केही प्रतिशतले बढ्नेछ । आफूलाई र आफू वरपरका मानिसहरूलाई कुनै विपत्ति नपुऱ्याइकन अहिलेको परिस्थितिलाई सहजै पार गर्नको निम्ति अहिले सबैभन्दा आवश्यक कुरा भनेको नै रोगसँग लड्ने क्षमतालाई एकदमै बलियो बनाउनु हो ।
१. नीम र बेसार
हिमाली क्षेत्रबाहेक अरू ठाउँमा नीमको पात जताततै पाइन्छ अनि बेसार त सबैतिर यसैपनि उपलब्ध छ । अहिले मानिसहरूले एक प्रकारको बेसार बनाउँदै छन्, जसलाई सूक्ष्म बेसार भनिन्छ, जसलाई हाम्रो शरीरले सामान्य बेसारको तुलनामा निकै राम्रोसँग सोस्न सक्दछ ।
तपाईंले दिनहुँ यो सरल कार्य गर्न सक्नुहुन्छः ८\१० वटा नीमको पात र थोरै बेसार मनतातो पानीमा मिसाएर दैनिक पिउनुहोस् । यदि तपाईंले खाली पेटमा यो पिउनुभयो भने, शरीरबाहिर रहेका जीवहरूसँग लड्ने क्षमतामा उल्लेखनीय वृद्धि हुन्छ । यसले तुरुन्तै काम गरिहाल्छ भन्ने होइन, तर तपाईंले निरन्तर सेवन गर्नुभयो भने, ३ देखि ६ हप्तामा केही भिन्नता पाउन सकिन्छ । यो एकदमै सरल प्रक्रिया हो, जसलाई सबैले आ-आफ्नो घरमा शुरू गर्न सकिन्छ । दक्षिणी भारतका प्रायः घरहरूमा यो अभ्यास पहिल्यै देखि नै चलिआएको छ । हामीले यसलाई सबैतिर भित्र्याउनु पर्छ ।
२. च्यवनप्राश र काँचो आँप
जीव लेगियम वा च्यवनप्राश जस्ता परम्परागत औषधीहरू छन्, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यदि तपाईंको घरमा ६० वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरू हुनुहुन्छ भने, उहाँहरूलाई च्यवनप्राश खुवाउन शुरू गर्दा राम्रो हुन्छ । यो मौसममा काँचो आँप पाउन थालिन्छ । आँप पाकुन्जेल नपर्खिनुहोस्, बरु काँचै आँप खानुहोस् । यो कोरोना भाइरसको रोकथाम होइन, तर यसले प्रतिरोधक ९रोगसँग लड्ने० क्षमतालाई केही हदसम्म बढाउँछ ।
३. म-मरिच-अमला
अघिल्लो रात अमला र केही दाना मरिच ९हलुकासँग कुटेर० महमा भिजाउनुहोस् । यसलाई दिनमा तीन पटक ३\३ चम्चा जति लिनुहोस् । यदि तपाईंले बिहान खाली पेटमा पहिला यो खानुभयो भने, यसले उत्कृष्ट ढङ्गले काम गर्दछ । यदि तपाईंले यसो गर्नुभयो भने, ४ देखि ८ हप्तामा तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीमा उल्लेखनीय सुधार देख्न सक्नुहुन्छ ।
४. बेलको पात
यदि तपाईंले हरेक दिन बिहान ३\५ वटा बेलका पातहरू खानुभयो भने, यसले पनि तपाईंको प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउँछ ।
५. पर्याप्त शारीरिक गतिविधि
अहिले मानिसहरू घरमा छन् । यदि उनीहरू यत्तिकै बसिरहेका छन्, अनि दिनैभरि केही न केही खाइरहेका हुन्छन् वा मदिरा सेवन गरिरहेका छन् भने, उनीहरू आफूलाई अझ बढी जोखिमपूर्ण बनाउँदै छन् । तपाईंले गर्न सक्ने एउटा साधारण कुरा भनेको आफूलाई शारीरिक रूपमा सक्रिय राख्नु हो । आफूलाई स्वस्थ र तन्दुरुस्त बनाउनको लागि यी हप्ताहरूको सदुपयोग गर्ने उपयुक्त समय यही हो । यदि तपाईंले केही पनि जान्नुभएको छैन भने, कम्तीमा पनि प्रत्येक दिन विभिन्न समयहरूमा— सायद एक पटकमा पन्ध्र मिनेट, दिनमा ५ देखि ६ पटक— एकै ठाउँमा उफ्रिनुहोस् |(जगिङ्ग गर्नुहोस्)। यसो गर्नाले हाम्रो शरीर विभिन्न कुराहरूलाई राम्रोसँग सम्हाल्नको निम्ति सक्षम बन्दछ ।
६. उष्ण उत्पन्न गर्नको निम्ति मन्त्रोच्चारण
‘योग योग योगेश्वरायू मन्त्रको उच्चारण गर्नाले हाम्रो प्रणालीमा ‘समत् प्राण’ वा उष्ण उत्पन्न हुन्छ । परम्परागत चिकित्सामा ‘उष्ण’ र ‘शीत’ भनेर प्रयोग गरिन्छ, जसलाई सामान्यतया ‘तातोू’ र ‘चिसो’ भनेर बुझिन्छ, तर यसको ठ्याक्कै अर्थ त्यो होइन । यसले त्यसतर्फ सङ्केत गर्दछ, तर यसको अर्थ त्यो होइन । यदि तपाईंले पर्याप्त समत् प्राण उत्पन्न गर्नुभयो र प्रणालीमा उष्ण सृजना गर्नुभयो भने, तपाईंको प्रतिरक्षा प्रणालीले एकदमै राम्रोसँग काम गर्नेछ । यो मन्त्रले प्रतिरक्षा प्रणालीमा विशेष मात्रामा शक्ति सृजना गर्छ, किनकि यसले ताप (तपस) उत्पन्न गर्दछ ।
कृपया, यो कुरा सबैमा एकदमै प्रष्ट होस् कि यो कोरोना भाइरसको उपचार होइन, न त रोकथाम नै हो । ‘मैले आज मन्त्रोच्चारण गरें, त्यसैले म बाहिर गएर गैर-जिम्मेवारपूर्ण कामहरू गर्न सक्छु’ भनेर नसोच्नु होला, किनकि यसले त्यसरी काम गर्दैन । यी यस्ता प्रक्रियाहरू हुन्, जुन आफ्नो प्रणालीलाई अझ बलियो बनाउनको निम्ति केही समयसम्म गर्नुपर्ने हुन्छ, जसले गर्दा यदि अर्को भाइरस आयो भने, तपाईं त्यसलाई राम्रोसँग सम्हाल्न सक्नुहनेछ ।
७. आफूलाई आनन्दित राख्नुहोस्
मानसिक तनावले निश्चय नै तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । पूर्ण रूपमा उत्साहित, आनन्दित र प्रफुल्ल रहनु पनि आफ्नो प्रतिरक्षा प्रणाली र शरीरलाई राम्रोसँग काम गर्ने बनाउने एउटा सरल तरिका हो ।
आनन्दित, समझदार र जिम्मेवार मानिसले जस्तोसुकै परिस्थिहरूलाई पनि सधैँ गम्भीर रहिरहने व्यक्तिको तुलनामा निकै राम्रो तरिकाले सामना गर्न सक्दछ । विशेषगरी यदि तपाईं आत्तिनुभयो भने, तपाईं शिथिल र कमजोर बन्नुहुन्छ । त्यसैले, यो एकदमै महत्त्वपूर्ण छ कि तपाईंका सबै सङ्कायहरू उपयुक्त स्थितिमा हुनुपर्छ— अर्थात्, तपाईंको शरीर र दिमागले जुन रूपमा काम गर्नुपर्ने हो, त्यसैअनुसार काम गरिरहेको हुनुपर्छ ।
८. ‘ईशा क्रिया’ ध्यानको अभ्यास
हामीले एउटा आधारभूत गल्ती गरेका छौँ, र त्यो के हो भने हामीलाई ‘म’ के हो अनि ‘मेरो’ के हो भन्नेबारे भिन्नता नै थाहा छैन । म जे-जति सङ्ग्रह (जम्मा) गर्छु त्यो ‘मेरो’ हुन सक्छ— यतिखेर हामी त्यसमा विवाद गरिरहेका छैनौँ— तर, त्यो कहिल्यै ‘म’ हुन सक्दैन । यदि मैले यो कपडाको टुक्रालाई म भनेँ भने, तब अवश्य नै मैले आफ्नो सन्तुलन गुमाएको हुनेछु, होइन र रु त्यसैगरी, यदि तपाईंले यो शरीर र मन नै म हुँ भन्नुभयो भने, तब तपाईंमा केही समस्या छ भन्ने बुझिन्छ । शरीर र मन, तपाईंले बाहिरबाट सङ्ग्रह गर्नुभएको हो ।
भलै, यसले तपाईंको जीवनमा दैनिक रूपमा उथलपुथल मच्च्याइ रहेको भए तापनि, यस प्रकारको सङ्कटको क्षणमा, यो सशक्त रूपमा प्रस्तुत हुन सक्छ । यसको लागि हामीसँग एउटा सरल समाधान छस् ईशा क्रिया ध्यान— तपाईं जे हो र जे होइन, त्यसलाई छुट्याउने एउटा सरल तरिका । यो सबैका निम्ति निःशुल्क उपलब्ध छ, जसको उपयोग गर्न सक्नुहुन्छ । यदि तपाईंले आफूमा ‘म के हुँ’ र ‘म के होइन’ भन्नेबारे यतिसम्म सचेतना ल्याउनुभयो भने, यस प्रकारको चुनौतीपूर्ण समयहरूबाट सहजै अघि बढ्न निकै सजिलो हुनेछ । |
संसदीय प्रणाली असफल भएको छ: उपेन्द्र यादव बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद-बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताए । ‘सांसद खरिद-बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणालीका कारण न्याय क्षेत्र पनि खर्चिलो छ’, उनले भने ।
जसपा रूपन्देही क्षेत्र नम्बर १ द्वारा सोमबार रोहिणी गाउँपालिका ३ धकधईमा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
उनले मुलुकको संविधान त्रुटिपूर्ण रहेको पनि औँल्याएका छन् । त्रुटिपूर्ण संविधान निर्माणमा कांग्रेस र कम्युनिस्ट मुख्य दोषी रहेको आरोप लगाउँदै उनले संविधान संशोधन गरी संविधानमा रहेका त्रुटि सच्याउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले संविधान संशोधनमा कांग्रेस\कम्युनिस्ट तयार नभए आठौँ संविधान निर्माणका लागि आन्दोलन गरिने बताए ।
‘संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दा संबोधन नभए आठौँ संविधान निर्माणका लागि अगाडि बढ्नुको विकल्प छैन’, यादवले भने । संविधानमा उल्लेखित प्रदेश संरचना पनि त्रुटिपूर्ण रहेकाले यसलाई संशोधनमार्फत फेर्नुपर्ने माग उनले गरे । ‘अहिले कायम रहेका सातवटा प्रदेश व्यावहारिक र वैज्ञानिक छैनन्, यसलाई संशोधन गरी उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै कायम गरिनुपर्छ’, यादवको भनाइ छ ।
नले हालको प्रदेश संरचना अधिकारविहीन रहेको दाबी गरे । ‘अधिकारविहीन प्रदेश सरकारमा पाँच\सात जना मन्त्री बन्दैमा र झण्डावाल गाडी चढेर हिँड्दैमा केही हुँदैन, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ’, उनले भने ।
अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि फेर्नुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले यो कायम रहँदासम्म पैसावालाले मात्र निर्वाचन लड्न सक्ने भएकाले यसलाई फेर्नुपर्ने उनको भनाइ छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।
उनले नागरिकता विधेयक तत्काल ल्याउनुपर्ने मागसमेत गरे । धेरै मधेसी नागरिक नागरिकताविहीन भएको औँल्याउँदै नागरिकतामा भएको विभेदकारी प्रावधान सच्याउन जरुरी रहेको पनि यादवले बताए ।
|
सुन्दरीजलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु काठमाडौं।राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जानकारी दिएको छ । |
करेन्ट लाग्दा एक महिलाको मृत्यु काठमाडौं। सप्तरीमा आज करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। सप्तरी खडक नगरपालिका ३ बनरझुला बस्ने मो. ईनुसको श्रीमती ३८ वर्षीया जैफुल खातुनलाई ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएको हो।
उनलाई उपचारको लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए। घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। |
सल्यान बस दुर्घटनाः मृतक १२ मध्ये आठ जनाको खुल्यो पहिचान (अपडेट) काठमाडौं।सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।
मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा–३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ । |
ताप्लेजुङ मैवाखोला गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको हो।शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिएका छन्। मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । |
सल्यान बस दुर्घटना अपडेटः बाह्रको मृत्यु, तीन जनाको खुल्यो पहिचान दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ ।
शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।
मृतकको विवरण
१०सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली
२० दाङ जिल्ला घोराही उपमहानगरको नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी
३० दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी
मृतक भएका १२ जना मध्य १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँकी रहेको छ । |
चन्द्रागिरिको जुवाखालबाट चारलाख ४३ हजार नगदसहित १६ जना पक्राउ काठमाडौं। नेपाल प्रहरीले चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ गरेको हो ।पक्राउपर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् ।
यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शंकर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका छन्।पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। |
च्याङग्रा बेचेर मुस्ताङमा पैतिस करोड भित्रियो म्याग्दी । मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी दिए ।
“स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्”, उनले भने “कृषकले गोठबाटै प्रतिगोटा रु। ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।” तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।
अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर बिवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए ।
पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।
कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।
गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौका प्रदिप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु पाँच देखि १० हजारसम्म बढी तिर्नुपरेको बताए ।
‘‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो वर्ष ३५ हजार सम्म परेको छ”, उनले भने “खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।” मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ । च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए । |
पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद बागलुङ । विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् ।
जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी खेल्न आएको पञ्चेबाजा समूहको सक्रियताले बजार क्षेत्रमा बाजाले रमाइलो बनाएको हो । विभिन्न भैलो समूहले ‘रेकर्ड’ गरेका गीतबाट देउसी भैलो खेली रहँदा नौमती बाजा पृथक धारको देखिएको छ ।
नौमती बाजामा तिहार विशेष गीत बजाउने र नाच्ने रहर हुनेहरू दिल खोलेर नाच्न पाउने भएपछि बाजा समूह रोजाइनमा परेका छन् । ‘बाजा समूह मौलिक लाग्यो,’ बागलुङ बजार निवासी खडक विकले भने, ‘बाजा समूहको विकास र व्यावसायिकताको लागि पनि राम्रो हो । बाजामा नाच्न मन लाग्ने सदरमुकाममा रहेका स्थानीय नाच्ने र गाउने गरेका छन् ।ु
पञ्चे बाजा समूहमा आबद्ध दाजुभाइमा दुःख परेको हुँदा यस वर्ष उनीहरूले टिका लगाएनन् । विगतका वर्षहरूमा पनि उनीहरूले तिहार सुरु भएको दिनदेखि बाजा बजाउने र तिहारको दिनमा टीका लगाउन घर फर्कने गर्थे । भैलोबाट तिहार खर्चको जोहो हुने बाजा समूहका सदस्य गोकुल परियारले बताए । आउने जाने गाडी भाडा, खाना खर्च सबै एक मुष्ट कटाउने र बाँकी रहने पैसा समूहमा ऋण परिचालन गर्नुका साथै पारिश्रमिकको रूपमा वितरण हुने उनको भनाई छ ।
निसीखोला गाउँपालिका–२ बायोखोलाका स्थानीय दलित युवाहरू संगठित भएर सदरमुकाम आएका हुन् । उनीहरूले भैलोबाट संकलन भएको रकमबाट कुल मन्दिर निर्माण गर्ने योजना बनाएका छन् । ‘मन्दिर बनाउने उद्देश्यले बजार झरेका हौं,’ पञ्चेबाजा समूहका सदस्य शंकर परियारले भने,‘पैसा पुग्यो भने नयाँ बाजा र पन्चे बाजा समूहका सदस्यका क्षमता विकासको लागि काम गर्ने योजना छ ।
उक्त समूहले गाउँमा हुने विवाह, ब्रर्तबन्ध तथा शुभकार्यमा बाजा बजाउँदै आएको छ । छिमेकी जिल्ला रुकुम तथा जिल्लाका विभिन्न स्थानीय तहमासमेत बाजा बजाउने निम्तो आउँदा जाने गरेको परियारले बताए |
तस्बिरमा पूर्वराजाको भाइटीका काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।
पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए।
|
भेडी गोठाले लिलप्रसादको करोड डुब्दा पनि रोकिएनन् पाइला काठमाडौं।साथीसँगी स्कुल जाँदा उनी भेडा डोर्याएर खर्कतिर उक्लिए । गुरुङ समुदायमा लाहुर जान गाह्रो थिएन । लाहुरबाटै मनग्गे आम्दानी गर्न सकिन्थ्यो । उनकै आँखाअगाडि साथीहरू बेलायती, भारतीय सेनामा भर्ती भए । उनले अरु इलम सोचेनन् । बथानमा भेडा थप्ने र डाँडा डुलाउने सपना मात्र देखे । सानै उमेरदेखि खर्क डुलेका सिक्लेसका लिलप्रसाद गुरुङ डेढ दशकदेखि भने व्यावसायिक रूपमै भेडापालक किसान बनेका छन् । गुरुङ समुदायमा भेडा अनिवार्य जनावर हो । लेकतिर उनका आफ्नै भेडीगोठ छन् । गोठभरी भेडा छन् । तर, गएको १ असार उनका लागि कालो दिन बन्यो ।
घरघोर वर्षा । निमेषभरमै बगे ३२६ भेडा र ३ वटा भोटे कुकुर । १४ वर्षदेखि भेडीगोठ चलाउँदै आएका लिलप्रसादको झण्डै करोड सम्पत्ति एकै छिनको बाढीले सखाप पार्यो । यति धेरै क्षति भएपछि सायदै मान्छेहरू यही पेसालाई निरन्तरता दिन्छन् । लिलप्रसादले हिम्मत हारेनन् । उनको पाइला थाकेनन् । बाढीले रित्तिएको गोठ फेरि भर्न थालेका छन् । भेडीगोठाले लेखनाथ गुरुङ र स्थानीय पेउबहादुर गुरुङसँग मिलेर उनले भेडा पालनलाई निरन्तरता दिएका छन् ।
म्याग्दी, बागलुङ, लमजुङ र कास्कीकै विभिन्न लेकहरूबाट उनले भेडा संकलन गरेका छन् । हाल दुई सयभन्दा बढी भेडा जम्मा गरिसकेको उनले बताए । ‘लमजुङबाट ४६ वटा ल्याएँ । माछापुच्छ्रे र अरु ठाउँबाट १५० जति जम्मा गरेँ’, उनले भने, ‘ऋण खोजेर चलाइरहेको छु । थोरैले गोठ चलाएर फाइदा छैन । धेरै जम्मा गरौं भने लगानी गर्ने पैसा छैन । विस्तारै थप्दै जान्छु ।’ वर्षमा पाँच लाख हाराहारी आम्दानी गर्ने उनले सुनाए । ‘५ लाख त जसरी पनि हुन्छ । हिउँदमा बढी किन्छन् । दसैंतिहारमा पनि खोज्छन् । लगानी बढाउन सके घाटा चाहिँ छैन’, उनले अघि भने, ‘जे कुरा पनि पैसा नै रहेछ । पैसा कमाउन पनि सुरु मै पैसा चाहिने रहेछ । हामी पैसा नहुनेले गर्ने काम चाहिँ केही नहुने क्या ।’
भेडा गुरुङ समुदायको परम्परा हो । ‘सबै चाडवाडमा भेडा नभई हुँदैन । अहिले भेडा पाल्नेहरू छैनन्’, सिक्लेसका स्थानीय देवीजंग गुरुङले भने, ‘लिलप्रसादबाहेक कसैले पालेका छैनन् । उनले पनि छोडे भने धेरै समस्या पर्छ । त्यसैले गाउँलेले पनि उनलाई प्रोत्साहन गरेका छन् ।’
लिलप्रसादको भेडा बगेको समाचार सुनेपछि सिक्लेसमा जन्मिएर युके बस्दै आएकाहरूको मन पोल्यो । अनि पीडामा मलम लगाउन सहयोग अभियान सुरु गरे । प्रत्येक सहयोगीले एउटा भेडाको मुल्य बराबर सहयोग गर्ने गरी रकम उठाएर करिब आठ लाख नगद उनीहरूले सहयोग पठाएका छन् ।
गाउँलेले पनि उनका लागि सहयोग जुटाएका थिए । आधुनिकतासँगै हिजोआज गण्डकीका उच्च पहाडी क्षेत्रमा भेडा पाल्ने प्रचलन घट्दै गएको छ । सरकारले भेडापालनमा सहयोग र अनुदान बढाएपनि किसान छैनन् । भेडापालन व्यवसाय आफैँमा चुनौतीपूर्ण छ । ‘लेकमा एक्लै बस्नुपर्छ । नयाँ पुस्तामा भेडा पाल्ने सोच छैन । गोठाले पाउनै मुस्किल छ’, कास्कीका पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले भने, ‘सकेसम्म हाम्रोतर्फबाट प्रोत्साहन गरिरहेका छौं ।’ चरन क्षेत्रको समस्याले भेडा पालन लोप हुन थालेको हो । कास्की, म्याग्दी, पर्वत, गोरखालगायत जिल्लाका उच्च पहाडी र मनाङ, मुस्ताङ र बागलुङमा बढी भेडापालन हुँदै आएको थियो ।
|
चार वर्षको अवधिमा गुठीचौरले बनायो ४७ ऐन कानुन काठमाडौं ।देश संघीय संरचना गएपछि संघ प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार विभाजन छ । नागरिकको सबैभन्दा नजिकैको सरकार स्थानीय तह हो ।
वैशाख २०७४ मा स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार आएको थियो । तर स्थानीय सरकारसँग कुनै पनि मौजुदा ऐन कानुन बनेका थिएनन् । जसका कारण कार्यसम्पादनमा समस्या हुने गरेको जनप्रतिनिधिहरू बताउँदै आएका थिए । कतिपय स्थानीयतहलाई कार्यसम्पादनमा केही समस्या आएपछि व्यावहारिकताका आधारमा मिलाइने गरिएको थियो । तर, पछिल्लो समयमा स्थानीयतहले कानुन निर्माणमा जोड दिएका छन् ।
त्यस्तै जुम्लाको गुठीचौर गाउँपालिकाले पालिकाले चार वर्षको अवधिमा ४७ ऐन, कानुन, नियमावली, निर्देशिका, कार्यविधि, आचारसंहिता र मापदण्ड बनाएको पालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । ‘यस पालिकाको कानुन शाखा भएका कारण पालिकालाई कानुन निर्माण गर्न मद्दत पुग्यो’, उनले भने, ‘स्थानीय सरकारले कार्यसम्पादनमा सहजता ल्याउन ऐन, कानुन बनाउन प्रथामिकता दिएको छ । चार वर्षको अन्तरालमा ४७ वटाभन्दा बढी ऐन, कानुन तथा कार्यविधि बनाइएको छ ।’
गुठीचौर गाउँपालिकाले ऐन कानुन १३ वटा, नियामली सातवटा कार्यविधि २३ वटा, मापदण्ड दुईवटा, निर्देशिका एकवटा र आहारसंहिता एकवटा गरी ४७ वटा ऐन कानुन, नियमावली, निर्देशिका, आचारसंहिता र मापदण्ड बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । संघीयताले तीन तहको संरचना सँगसँगै स्थानीय सरकारलाई आफैंले कानुन बनाउने र आफैंले कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । स्थानीय सरकारलाई दिएको अधिकारलाई टेकेर नै गाउँपालिकाले कानुन निर्माण गरेको हो’, उनले भने ।
|
लागुऔषधसहित दुई युवक पक्राउ काठमाडौं । लागुऔषधसहित दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । भारतबाट लागुऔषध बोकी नेपाल आएका सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।
ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका थिए ।
उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ । |
अक्षयकोष वृद्धि गर्न नारी सञ्चारको देउसी काठमाडौं ।नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आज देउसी भैली खेलेको छ ।
लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा रु एक लाख १० हजार बढी रकम जम्मा भएको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले बताए।
सञ्चार गृहले विगत तीन वर्षदेखि नेपाली संस्कार र संस्कृतिको जर्गेना गर्दै कोष वृद्धिका लागि देउसीभैलो कार्यक्रम खेल्दै आएको अध्यक्ष शिवाकोटीको भनाइ छ । गत वर्ष कोभिड– १९ का कारण संस्थाले सामाजिक सञ्जालबाट देउसी खेलेको थियो ।
रु २५ लाख लक्ष्य राखेर स्थापना गरिएको अक्षयकोषमा हाल रु २२ लाख जम्मा भइसकेको कोषका संयोजक तथा संस्थाका उपाध्यक्ष रेजिना गौतमले बताए । त्यसैगरी साहित्य चौतारी झापाले विर्तामोडस्थित हनुमान मन्दिर अगाडि सामूहिक देउसी कार्यक्रम गरेको छ । |
मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु काठमाडाैं ।जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेका थिए ।
|
मंगलबजारमा ग्यास सिलिण्डर विस्पोट हुँदा ४ जनाको मृत्यु काठमाडौं । ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्पोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भान्सामा ग्यास विस्पोट भएर ४ जनाको मृत्यु भएको हो । नजिकै रहेका दुई जना घाईते भएका छन । अहिले प्रहरीले त्यहाँको विवरण लिइरहेको र घाइतेलाई अस्पताल लगिएको छ । |
दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ पक्राउ काठमाडाैं ।आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको हो।
बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
त्यसैगरी प्रहरीले गोरखा जरङ गापा–४ घर भई, चाँगुबस्ने ३७ वर्षीय सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।
|
महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते काठमाडौं ।काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्याएका छन् । ब्रेक फेल भई हाइस मूल सडकबाट खेतमा खसेको चालक अमर माझीले बताएका छन् ।
चालक माझीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रण लिएको छ । घाइते कसैको पनि सनाखत हुन सकेको छैन । |
हल्का वर्षा र हिमपातको सम्भावना काठमाडाैं ।नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।
महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । |
९ वर्षमा विश्वका ९ ठूला सहर समुद्रमा डुब्ने जोखिममा काठमाडौं। ग्लोबल वार्मिङका कारण विश्वका कैयौं ठूला सहर २०५० देखि २१०० सम्म डुब्नेछन् । तर, सबेभन्दा धेरै खतरा आगामी ९ वर्षमा विश्वका ९ ठूला सहरहरुलाई छ । यी सहरहरु समुद्री जलस्तर र बाढीका कारण डुब्न सक्छन् । क्लाइमेट सेन्ट्रल नामक परियोजनाले ग्लोबल वार्मिङका कारण बढ्दो खतरामाथि एक रिपोर्ट तयार गरेको छ । यो रिपोर्टमा यी सहरहरु डुब्ने जोखिम औंल्याइएको छ ।
१. नेदरल्याण्डको एम्सटर्डम
नेदरल्याण्डको राजधानी एम्सटर्डम, रटरडम र हग जस्ता सहसहरु कम उचाइमा छन् । यी सहरहरु नर्थ सीको नजिक छन् । यो देश बाढीबाट बचाउ र आफ्नो प्रविधिका लागि विश्वमै प्रसिद्ध छ । तर, जुन हिसाबले समुद्री जलस्तर बढिरहेको छ त्यसलाई हेर्दा यो देशका केही सुन्दर सहर बच्छन् जस्तो देखिँदैन । कुनै पनि बाँध, बेरियर, फ्लडगेटले यी सहरलाई बचाउन सक्ने छैनन् । तर, यिनीहरुको प्रविधिलाई सुधार गरियो र अपग्रेड गरियो भने सहरहरुलाई केही समयको लागि बचाउन सकिन्छ ।
२. इराकको बसरा
इराकको मुख्य बन्दरगाह बसरा शत अल अरब नामको ठूलो नदीको किनारमा छ । शत अल अरब नदीमा पारसको खाडी मिसिन्छ । कैयौं नहरहरु र ब्याक वाटर च्यानलको माध्यमबाट यो सहर खाडीसँग जोडिएको छ । यसका कारण यो सहरको आसपार धेरै दलदल क्षेत्र पनि छ । यदि समुद्रको जलस्तर बढ्यो भने यो सहर खतरामा छ । सबैभन्दा ठूलो समस्या पानीबाट हुने रोगहरुबाट बसरा सहर जुधिरहेको छ । यदि बाढी आयो भने यो सहरमा धेरै नोक्सान हुन सक्छ । यो सहर नक्साबाट हराउन पनि सक्छ ।
३. अमेरिकाको न्यू ओरलिन्स
अमेरिकाको न्यू ओरलिन्स सहरको बीचबाट नहरहरु र जलीय शाखाहरुको छाल फैलिएको छ । यो जालले यो सहरलाई बाढीबाट बचाउँछ । यसको उत्तरमा लेक मरेपस, दक्षिणमा लेक साल्भाडोर र एउटा सानो ताल छ । यदि यो सुरक्षा जाल भएन भने न्यू ओरलिन्समा भारी विनाश हुन सछ । तर, यसका बावजुद समुद्रको जलस्तर बढ्यो भने यो सहरको लागि खतरा छ । सहरको द बिलोक्सी र जिन लेफिटे वाइडलाइफ प्रिजर्भलाई धेरै खतरा छ । यी आरक्षहरु पानीको सतहबराबर छन् । थोरै पानीको स्तर बढे यिनीहरु डुब्नेछन् ।
४. इटलीको भेनिस
इटलीको भेनिस सहर पानीको बीचमा बनेको छ । यहाँ हरेक वर्ष हाइ टाइडले बाढी आउँछ । यो सहरमा २ किसिमको खतरा छ । पहिलो समुद्री जलस्तर बढ्ने र दोस्रो यो सहर आफैं डुबिरहेको छ । हरेक वर्ष २ मिलिमिटर तल भासिइरहेको छ । न्यू ओरलिन्समा जस्तै भेनिसमा बाढीबाट बचाउको लागि प्रविधि लगाइएको छ, बाढी प्रतिरोधी व्यवस्था गरिएको छ तर पनि यहाँ हरेक वर्ष बाढी आउँछ । यदि समुद्रको जलस्तर बढ्यो भने २०३० सम्म यो सहर पानीभित्र डुब्नेछ ।
With sea levels rising worldwide, several major metropolises are at risk of being submerged 🌊https://t.co/WdpqaKBaMy
— Time Out London (@TimeOutLondon) November 3, 2021
५. भियतनामको हो चि मिन्ह
भियतनामको पूर्वी क्षेत्रमा रहेको यो सहर पूर्ण रुपमा समतल छ । समुद्र तलबाट यसको उचाइ धेरै छैन । यो सहर थु थियेम नामको दलदली जमिनमा बसेको छ । यसलाई सबैभन्दा ठूलो खतरा मेकोंग डेल्टासँग छ । यो डेल्टाको जलस्तर लगातार बढिरहेको छ । वैज्ञानिकहरुलाई हो चि मिन्ह २०३० सम्म पानीभित्र डुब्ने आशंका छ । यो सहर पनि भेनिस र न्यू ओरलिन्स जस्तै पानीभित्र डुब्न सक्छ ।
६. भारतको कोलकाता
भारतको पश्चिम बंगालको राजधानी कोलकाता र त्यसको आसपासको जमिन शताब्दीऔंदेखि निकै उर्वर मानिएको छ । तर, यदि क्लाइमेट सेन्ट्रलको नक्सा हेर्ने हो भने यो सहरको लागि पनि समुद्री जलस्तर बढ्ने खतरा निकै धेरै छ । यो सहर पनि हो चि मिन्ह सहरजस्तै मनसुनको वर्षा र हाइ टाइडको समस्यासँग जुधिरहेको छ । यहाँ वर्षाको समयमा बाढी आउँछ । जमिनले बाढीको पानी सोस्दैन । यसको नजिक रहेको ठूलो डेल्टा षेत्र यसको लागि खतरा हुन सक्छ ।
७. थाइल्याण्डको बैंकक
थाइल्याण्डमा पर्यटनको लागि प्रसिद्ध सहर बैंकक ग्लोबल वार्मिङबाट अत्यन्तै धेरै प्रभावित छ । थाइल्याण्डको यो राजधानी सहर समुद्री जलस्तरबाट केवल १.५ मिटर माथि छ । यो सहर पनि भेनिसजस्तै हरेक वर्ष २ देखि ३ सेन्टिमिटर भासिइरहेको छ । यो पूरै सहर बलौटे माटोमा बनेको छ । २०३० सम्म यसका तटीय क्षेत्र था खाम र समुत प्रकान पूरै पानीभित्र डुब्न सक्छन् । साथमा सुवर्णभूमिमा रहेको यो सहरको विमानस्थल पनि डुब्न सक्छ ।
८. गुएनाको जर्जटाउन
गुएनाको राजधानी जर्जटाउनले समुद्री बाढीबाट बच्न आफ्नो चारैतिर पर्खाल बनाउको छ । यसको एकातर्फ करिब ४०० किलोमिटर लामो समुद्री क्षेत्र छ जहाँ निकै तीब्र छालहरु उठ्छन् । यसको तटको उचाइ ०.५ मिटरदेखि १ मिटर छ । तर, हाइ टाइडको समयमा यो उचाइको कुनै अर्थ छैन । समुद्रको पानी पर्खाल पार गरेर सहरभित्र आउँछ । गुएनाको ९० प्रतिशत जनसंख्या समुद्र किनारमा बस्छन् ।
९. अमेरिकाको सभाना
अमेरिकाको जर्जियामा रहेको सभाना सहर हरिकेनको मुख्य केन्द्रविन्दु हो । यहाँ हरेक वर्ष हरिकेन आउँछन् । हरेक वर्ष प्राकृतिक विपत्तिसँग जुध्ने यो सहर चारैतिरबाट समुद्रले घेरिएको छ । सहरभित्र उत्तर दिशामा सभाना नदी छ र दक्षिणतर्फ ओगची नदी छ । जसका कारण यसको आसपास धेरै दलदल षेत्र छ । यो सहर पूरै डुब्न २०५० सम्म लाग्ने अनुमान गरिएको छ तर २०३० सम्म यहाँ धेरै विपत्तिहरु आउनेछन् । |
पहिरोले सडक अवरुद्ध हुँदा नवदुर्गा ३ का स्थानीय सास्ती भोग्दै काठमाडाैं ।गत असोज ३१ गते आएको अविरल वर्षाका कारण डडेलधुरा अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्दै आएका छन् ।
जिल्लाको नवदुर्गा गाउँपालिकाको चिल्फि, कुरगेडी, सकायललगाएतका गाउँ जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ। तर, स्थानीय तहले सडकमा गएको पहिरो नहटाइदिँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको हो ।
दैनिक उपभोग्य खाद्यान्नको अभाव भएर स्थानीयले चर्को मूल्यमा खरिद गर्नु पर्ने अवस्था आए पनि गाउँपालिका बेखबर रहेको स्थानीयको गुनासो छ । बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेको स्थानीय दीपेन्द्र विष्टले बताएका छन्।
खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको उनको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको स्थानीय बताउँछन् । यता गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले गाउँपालिकाले सडक सुधारका लागि दुई वटा जेसीवीलगाएको बताएकी छन् । बीचमा जेसीवी बिग्रिएर सडक सुधार गर्न समस्या भएको उनको भनाइ छ। छिट्टै वडाभरिका सबै सडक सञ्चालनमा आउने उनले बताइन् । |
पाल्पामा रुख ढलेर एकको मृत्यु काठमाडाैं ।पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकामा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । |
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु काठमाडाैं ।बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गङ्गटे पुल नजिक आज टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सिन्धुलीबाट स१०प ३९९३ नम्बरको मोटरसाइकलमा बर्दिबासतर्फ आउँदै गरेका मिश्रलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको हो ।
गम्भीर घाइते मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ । |
पोखराको लेकसाइडमा १४औँ भाइटीका महोत्सव हुने गण्डकी । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने भएको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम टीकाको दिन अपरान्ह् २ बजेर ३० मिनेटमा सुरु गरिने जनाएको छ । विगत दुई वर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यस पटक १४औँ भाइटीका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठको भनाइ छ । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको छ । |
फालिएको नवजात शिशुको उद्धार काठमाडाैं । धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।
सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको हो । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ ।
नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । |
पटाकासहित पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक पक्राउ परेका छन् । भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
प्रधानसेनापतिद्वारा चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उनले बुधवार शिलान्यास गरेका हुन् । प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गरे । उनले चिसापानीगढीसहित देशभरका गढीले देशको सीमा सुरक्षाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै यसको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे ।
लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले नेपाली सेनाले पनि आवश्यक सहयोग गरेको बताए । राज्यपक्षले यस्ता गढीलाई राष्ट्रिय गौरवको आयोजनाकै रूपमा राखेर प्रविधियुक्त संरचना बनाई भावी पुस्तालाई इतिहास अध्ययनको लागि वातावरण तयार पार्नुपर्ने उनले बताए ।
उनले ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको गढी अब देशैकै उत्कृष्ट गढीका रूपमा पर्यटकीयरूपमा चर्चामा आउने समेत बताए ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तत्कालीन समयमा व्यापारिक नाकाको रूपमा रहेको यस गढीको संरक्षण र विकासका लागि आफू र आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए । उनले चिसापानीगढी अब नयाँ पुस्ताको लागि अध्ययनको एउटा राम्रो गन्तव्य बन्ने र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिने उल्लेख गरे ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी लगायतको उपस्थिति थियो । गढी निर्माणका लागि चालू आर्थिक वर्षमा मात्रै ५ करोड रुपैयाँ विनियोजना भइसकेको छ । ठेक्का सम्झौतामार्फत विक्रम संवत् २०८० साल भित्रमा संरचना निर्माणको काम सम्पन्न गरिसकिने भीमफेदी गाउँपालिकाले जनाएको छ । चालू आवमा मुख्य प्रवेशद्वारामा कलात्मक गेट निर्माण गरिने, सो क्षेत्रमा कम्पाउण्ड वाल निर्माण गरिने, नेपालको नक्सा तयार गरिने, इनारको पुनः निर्माण गरिने, तथा बटुक भैरव मन्दिरको संरक्षण गरिने गाउँपालिकाको योजना रहेको योजना प्रमुख बद्र्री सापकोटाले जानकारी दिए ।
सो आयोजनाको लागि २८ लाख रुपैयाँको गुरुयोजना तयार गरी काम अघि बढाइएको उनको भनाइ छ । |
अपराध अनुसन्धानमा उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गरेको हो ।
यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, हाइजम्पतर्फ उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ उत्कृष्ट हुने कुकुर ‘कालु’ लाई पुरस्कृत गरिएको छ । सोही अवसरमा यसवर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत एसएसपी गुरुङले पुरस्कार प्रदान गरे । कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारी र कुकुरले हातहतियार तथा विष्पोटक पदार्थको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्धारलगायत कार्यको प्रदर्शनी गरिएको थियो ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र परिणाममुखी बनाउने उद्देश्यले विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोजकार्यमा तालिम प्राप्त कुकुरको प्रयोग हुँदै आएको छ । |
पेस्तोल सहित एक पक्राउ काठमाडौं ।कपिलवस्तुमा एक व्यक्ती पेस्तोल र लागुऔषध सहित पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–८ स्थित गएराती मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई बिजुवा चोकबाट पेस्तोल र लागुऔषध सहित पक्राउ गरेको हो ।
भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए। आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ । |
प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।
मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भने । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए ।
उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैं गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने धारणा व्यक्त गरे। मुख्यमन्त्री राईले विकासका कामलाई प्राथमिकता दिन योजना छनोटमा प्रदेश सदस्यको महत्वपूर्ण भूमिका हुनेछ भने । |
१६ वर्ष बित्दा पनि बनेन बेलहिया नाकामा आइसिपी बुटवल । रुपन्देहीको बेलहिया नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको प्रक्रिया थालिएको १६ वर्ष पुगेको छ । तर, आइसिपी निर्माण अघि बढ्नुको साटो अलपत्र छ । सीमानाकामा आइसिपी नहुँदा आयात निर्यात सहज हुन सकेको छैन ।
आयात–निर्यातमा सहजता प्रदान गर्नभन्दै सन् २००५ मा नेपाल–भारतबीच सीमानाकामा आइसिपी निर्माण गर्ने सहमति भएको थियो । सहमति अनुसार भारत सरकारको लगानीमा दुई देशका मुख्य नाकाहरू नेपालगञ्ज, विराटनगर, विरगञ्ज र भैरहवा नाकामा आइसिपी निर्माण भइसक्नु पर्ने हो ।
विरगञ्ज र विराटनगरमा आइसिपी निर्माण भई सञ्चालनमा आएको छ । नेपालगञ्जमा निर्माण प्रक्रियाअघि बढे पनि भैरहवामा भने भारतीय पक्ष उदासीन बनेको छ ।
नेपाल सरकारले बेलहिया नाकामा ५२ बिगाहा जमिन अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको छ । आइसिपीका लागि नेपालतर्फ जमिन बाहेक सम्पूर्ण लगानी भारतीय पक्षले गर्ने सम्झौता छ ।
नेपालतर्फ अधिग्रहण गरिएकोमध्ये करिब १८ बिगाहा जमिन भैरहवा भन्सारको भौतिक व्यवस्थापनको जिम्मा लिएको ट्रान्स नेपाल फ्रेड सर्भिस प्रालिले सुख्खा बन्दरगाहका रूपमा प्रयोगमा ल्याए पनि बाँकी जमिन गौचरणमा प्रयोग हुँदै आएको छ । भारततर्फ आइसिपी निर्माण गर्ने भनिएको क्षेत्रमा पाँच तल्लासम्मका बाक्ला घर छन् ।
संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका आयोजना प्रमुख राजेन्द्रप्रसाद पाण्डेयका अनुसार भारतले दुई वर्षअघि नै आवश्यक जमिन अधिग्रहण गरेको भनिए पनि त्यसबारे आधिकारिक जानकारी नेपाललाई दिएको छैन भने बाँकी काम पनि अगाडि बढाइएको छैन । ‘भारतीय पक्ष उदासीन हुँदा निर्माणमा ढिलाइ भएको हो’, उनले भने ।
बेलहिया नाका हुँदै दैनिक ४–५ सय मालवाहक सवारी आउजाउ गर्छन् । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले सवारी चाप बढेपछि जाम हुँदा जाँचपास गराउन समेत धेरै समय लाग्ने गरेको बताए । ‘यसले व्यवसायीलाई डेमरेज र डिटेन्सन चार्ज बढी तिर्नु परेको छ भने त्यसको प्रत्यक्ष मारमा उपभोक्ता छन्’, उनले भने ।
नियमानुसार भारतमा सामान लोड भएको एक साताभित्र मालवाहक सवारी नेपाल प्रवेश गरिसक्नु पर्ने हुन्छ । सीमा पार नगरे दैनिक एक हजार भारु डिटेन्सन चार्ज र नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा तीन सयदेखि एक हजार ६०० रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले अहिले भारतबाट नेपाल प्रवेश गर्न मालवाहक सवारीलाई १०–१५ दिन लाग्ने गरेको बताए ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार सुरुमा आइसिपी निर्माण गर्न भारतीय रुपैयाँ दुई अर्ब ३७ करोड ५३ लाख लागत लाग्ने भनिए पनि अहिले उक्त लागतमा निर्माण असम्भव छ । आइसिपी निर्माणका लागि अहिलेसम्म भारतीय पक्षबाट ड्रोइङ र डिजाइन तयार पारी नेपाल सरकारलाई उपलब्ध गराए पनि डिपिआर भने बनाइएको छैन ।
नेपाल सरकारलाई उपलब्ध ड्रोइङ र डिजाइनअनुसार आइसिपीभित्र भन्सार, अध्यागमन, पशु र प्लान्ट क्वारेनटाइन, पार्किङ, प्रयोगशाला, अधिकृत कक्ष, सुरक्षा ब्यारेक, विद्युत् शवस्टेसन, पेट्रोल पम्प, प्रवेशद्वार, सुरक्षा पर्खाल, पानी ट्यांकी, सेड र गोदाम, बैङ्कलगायत भवन निर्माण हुने उल्लेख छ । |
यी युवतीहरुका कारण भारत हारेको भन्दै सामाजिक संजालमा बबाल काठमाडौं। टि–२० विश्वकपमा भारतले लगातार २ खेल हारेको छ । आइतबार न्यूजिल्याण्डसँग हारेपछि भारतीय टिम फ्यानहरुको निशानामा परेको छ ।फ्यानहरुले आफ्नो तर्फबाट गजबका तर्क दिइरहेका छन् । यस्तै एउटा तर्क केही युवतीहरुको तस्वीर भाइरल गराएर दिइएको छ । सामाजिक संजालमा यस्ता पोस्टहरु भाइरल भइरहेका छन् जसमा न्यूजिल्याण्डको समर्थनमा उभिएका केही युवतीहरुको तस्वीर शेयर गरिएका छन् । तर, यसको वास्तविकता भने अर्कै छ ।
खासमा न्यूजिल्याण्डसँग भारत हारेपछि सामाजिक संजालमा जुन तस्वीर भाइरल भइरहेको छ त्यसमा मोडलहरु केन्डल जेनर र जीजी हदीद कालो जर्सीमा देखिएका छन् । यो कालो जर्सी न्यूजिल्याण्डको जर्सीसँग मिल्दोजुल्दो देखिन्छ । कैयौं फेसबुक पेज र ट्वीटर ह्याण्डलमा यी तस्वीरहरु शेयर गरेर भारतको हारको कारण यिनै युवतीहरु भएको बताइएको छ । तर, खासमा यो ट्रोलिङ मात्र हो ।
केन्डल जेनर र जीजी हदीदको यो तस्वीर धेरै पुरानो हो र यसको भारत–न्यूजिल्याण्ड खेलसँग कुनै सम्बन्ध छैन । उनीहरुले लगाएको जर्सी पनि न्यूजिल्याण्डको होइन, यो जर्सी फ्रान्सको फुटबल क्लव पेरिस सेन्ट जर्मेनको हो । उनीहरु २०१५ मा पिएसजीको खेल हेर्न गएको बेला यी तस्वीर खिचिएको हो ।
|
उपत्यकाका अपार्टमेन्ट र सपिङ मलहरुमा प्रहरीको निगरानी काठमाडौं । काठमाडौ उपत्याका सबै अपार्टमेण्ट र सपिङमलहरु प्रहरी निगरानीमा परेका छन् ।
विदेशी नागरिकहरु विना परिचयपत्र आएर अपार्टमेण्टमा बस्ने गरेको भन्दै प्रहरीले निगरानी बढाएको हो । साथै ठूला सपिङमलहरुमा पनि प्रहरीले निगरानी बढाएको छ । गृह मन्त्रालयले गत हप्ता परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन आग्रह गरेसँगै प्रहरी प्रधानकार्यालयले अपार्टमेण्ट र सपिङमल निगरानी गर्न मातहत प्रहरी कार्यालयलाई परिपत्र गरेको छ । सोही आधारमा अपार्टमेण्टहरु निगरानीमा परेका हुन् । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको बुझिन आएकाले आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको थियो । मन्त्रालयले यदि पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि विज्ञप्तिमार्फत गृहले आग्रह गरेको थियो ।
गत हप्ता ११ जना अफगानी नागरिक पक्राउ परेपछि मन्त्रालयले सो आग्रह गरेको हो । पक्राउ परेका ११ मध्ये पाँच जनालाई सरकारले डिपोर्ट गरिसकेको छ । द्वन्दग्रस्त मुलुकका नागरिकहरु भागेर शरणार्थीका रुपमा नेपालमा आउन थालेपछि सरकार झस्किएको छ । सुरक्षा निकायले मुलुका सुरक्षा चुनौति बढेको भन्दै सरकारलाई तेस्रो मुलुकबाट आउने नागरिकलाई रोक्ने उपाय लगाउन सुझाव दिएपछि अहिले नेपाल–भारतको सीमाबाट नेपाल आउन परिचयपत्रको व्यवस्था गर्ने तयारी भएको छ ।
त्यसभन्दा अघि सरकारले काठमाडौ उपत्यकामा विदेश नागरिकको अवैध बसोबास हुनसक्ने आँकलन गर्दै निगरानी थालेको छ । ‘आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरिएको छ, शंकास्पद कोही देखिए प्रहरीलाई खबर गर्नु भनेका छौ र शंकास्पद स्थानहरुमा हाम्रो निगरानी छ’, नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले भने । उनका अनुसार शहरी क्षेत्रका विदेशी नागरिकहरुको बसोबास हुने क्षेत्रलाई बढी ध्यान दिइएको छ । कतिपय विदेशी नागरिकहरु पर्यटक भिषामा आउने गरेको तर नेपाल आएपछि पर्यटकीय क्षेत्रमा नगई अन्तै लुकेर बसी भिषा अवधि सकिदा पनि फेला नपर्ने र धेरैपछि मात्रै भिषा नविकरण गर्न आउने गरेका भन्दै सरकारी निकायले उनीहरुको समेत विवरण तयार गरेर निगरानी गर्ने जनाएको छ । ‘कतिपय विदेशी नागरिकहरु पर्यटक भिषामा आएपनि उनीहरु पर्यटक नभई यतै बस्ने उदेश्य समेत राखेको पाइयो उनीहरुका लागि कडाई गर्नुपर्ने अवस्था आएको छ’, गृहमन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार दक्षिणी अफ्रिकी नागरिकहरुमा यो समस्या रहेको छ । नेपालमा पर्यटक भिषा लगाउन र नकिरण गर्न सहज भएकाले पनि अफ्रिकी महादेशका नागरिकहरु पर्यटक भिषामा नेपाल आउन थालेका छन् ।
पछिल्लो पटक नेपालमा म्यान्मारबाट रोहिग्या नागरिकहरु पनि शरणार्थीको रुपमा आउने र उनीहरुलाई शरणार्थीको कार्ड बनाइदिने गिरोह नै सक्रिय रहेकाले पनि सरकारले कडाई गर्न थालेको हो । अहिले ६ सयभन्दा बढी रोहिंग्या शरणार्थी नेपालमा रहेका छन् । उनीहरु काठमाडौको कपन क्षेत्रमा बस्दै आएका छन् । उनीहरुलाइ नेपाल ल्याउने एउटा गिरोह नै सक्रिय रहेको छ । रोहिग्यासँगै अफगानी नागरिकपनि भित्रन थालेकाले सरकार र सुरक्षा अंगले सर्तकता अपनाउन थालेका छन् । |
छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन काठमाडौं।सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो ।
पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए ।
हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनले बताए । उनले भने, ‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो ।’
दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो । सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम थियो ।
कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताए । दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनले सुनाए । मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ ।
|
मानव बेचबिखनमा सङ्लग्न पक्राउ काठमाडौं।मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले पीडितलाई खान, बस्न र तलबको प्रलोभन देखाएर भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पु¥याएर बिक्री गरको पीडितको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो । पीडितले विसं २०७८ वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रवक्ता द्धिवेदीले बताए । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ । |
स्कुटर दुर्घटनामा एकको मृत्यु काठमाडौं।दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ । |
पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टीएलपी पार्टीबीच सम्झौता इस्लामावाद । पाकिस्तान सरकारले त्यहाँ जारी हिंसा अन्त्य गर्न प्रतिबन्धित दक्षिणपन्थी पार्टी तेहरिक–इ–लबिक पाकिस्तान (टीएलपी) पार्टीसँग सम्झौता गरेको छ। योसँगै पाकिस्तानमा १० दिनदेखि जारी हिंसात्मक प्रदर्शन अन्त्य भएको छ।
विदेशमन्त्री साह महमुद क्वार्शी र धार्मिक नेता मुफ्ती मुनिबुर रेहमानबीच वार्ता भएको थियो। दुई पक्षबीच भएको समझधारी भने सार्वजनिक गरिएको छैन्। ‘वार्ताको विस्तृत विवरण र सकरात्मक नतिजा देशसामू एक साताभित्र आउनेछ,’ वार्तापछि टीएलपीका नेता रेहमानले भने।
सरकारले पक्राउ गरेका आफ्ना नेता साद रिजभीको सकुशल रिहाईको माग गर्दै टीएलपीले एक साताअघि लाहोरबाट इस्लामावादसम्म विशाल ह्याली आयोजन गरेको थियो।
फ्रान्सविरोधी प्रदर्शन गर्ने क्रममा गत बर्ष रिजभी पक्राउ परेका थिए।
फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको काटूर्न बनाएपछि टीएलपीले फ्रान्सविरुद्ध प्रदर्शन गरेको थियो। टीएलपीले पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नसमेत माग गरेको छ।
राजधानीतर्फ बढ्दै गरेको विशाल प्रदर्शन रोक्न सरकारले अर्धसैनिक बल तैनाथ गरेको थियो। ह्यालीलाई रोक्ने प्रयासपछि टीएलपीका समर्थक र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो। हिंसामा सात प्रहरी अधिकारी र चार प्रदर्शनकारीको मृत्यु भएको थियो।
फ्रान्सेली राजदूतलाई देश निकाला गरी दूतावास बन्द गर्न टीएलपीले गरेको मागलाई प्रधानमन्त्री इमरान खानले अस्वीकार गरेपछि हिंसा भड्किएको थियो। |
टिकापुरमा ढुबानका घर सरसफाइ गरिँदै टिकापुर । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा पर्यो। यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो। हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उनको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ। “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा र फोहर भरिएको छ। दुई दिनदेखि सरसफाइ गरिरहेका छौँ”, उनले भने, “घर सफा गर्ने क्रममा दुुईवटा सर्प निस्किए, निकै जोगिएर सरसफाइ गरिरहेका छौँ।”
भजनीका छहरा धामीको घर पनि बाढीले भत्कायो। बाढीले घरका भित्ता भत्काउनुका साथै घरमा भएको सबै सामान भिजाएपछि छहराको परिवार पनि विस्थापित भयो। उनीहरु पनि विद्यालयमा गएर बसे। तिहार नजिकिएपछि छहराका श्रीमान् कमाउन भारततिर लागे भने छहरा र उनका बालबच्चा घर फर्किएका छन्। घर फर्किएर सरसफाइमा खटेकी छहराको घरमा पनि सर्पले बास गरेको रहेछ। “घर त फोहर किटपतङ्गले भरिएको छ। बस्न सकिएलाजस्तो लाग्दैन तर कति दिन अर्काको घरमा बस्नु भनी सरसफाइ गर्न थालेकी छु”, उनले भने, “छिमेकीको सहयोगमा भत्किएका भित्ता लगाइयो, अब लिपपोत गर्न र घरभित्र भरिएको फोहर सफा गर्दैछु।”
बाढीपछि लक्ष्मी, छहराको मात्रै होइन प्रभावित क्षेत्रमा रहेका घर तथा वरपर सर्प, बिच्छी र अन्य किटपतङ्ग घरमा पसेका हुन्छन्। कैलालीमै सर्प तथा अजिङ्गर पाइने वनका नामले चिनिने सत्ती कर्णाली सामुदायिक वनमा समेत बाढी पसेको छ। बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पुर्याएको हुनसक्ने स्थानीय रमेश टमट्टा बताउछन्। “बाढीले हरेक वर्ष अजिगङ्र बस्तीमा पुर्याउँछ। बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन्”,उनले भने, “स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गरिदिने गर्नुपर्छ।”
यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। “बाढीको समयमा जताततै फोहर भएको छ। झारपात बगेर आएर बस्तीमा पसेको छ। फोहरका कारण महामारी फैलनसमेत सक्छ”, टीकापुर अस्पतालका डा लालसिंह टमट्टा भन्छन्, “यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ। बाढीले आर्थिकरूपमा समेत रित्तिएकाहरुलाई महामारी फैलिएमा थप समस्या हुनसक्छ।”रासस |
सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् । उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएको छ ।
सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरूमा सुन सफा गर्नेहरूसँग सचेत रहनसमेत आग्रह गरेको छ । उनीहरू गाउँ गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको अनुसन्धानबाट खुल्न आएको छ । |
करेन्ट लागेर एक युवकको मृत्यु काठमाडौं ।उदयपुरको रौतामाई गाउँपालिका ८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएको छ ।
मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ । |
दुई चिनियाँ नागरिक पक्राउ काठमाडौं ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
आज दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजश्व छली गरेर ल्याएको पिबिओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट ८०० किलोग्राम पिबिओजी औषधिसमेत बरामद गरेको उनले बताए । चिनियाँ नागरिकबाट बरामद भएको पिबिओजी औषधि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । |
बिक्रीवितरणमा प्रतिबन्धलगाएको चामल ‘खानयोग्य’ रहेको पुष्टि प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।
वीरेन्द्रनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।
काठमाडौँ थापाथलीस्थित कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरीसुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्रीवितरणमा प्रतिबन्धलगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले प्रादेशिक गोदाममा रहेको एक हजार ९७५ क्विन्टल बास्मती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।
सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्रीवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आजदेखि उक्त चामलको बिक्रीवितरण सुरु भएको जानकारी दिए । |
मोटरसाइकल दुर्घटनामा १८ वर्षीय दासको मृत्यु काठमाडौं ।झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नं को मोटरसाइकल शनिबार राति ९ः३० बजे आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरीले पानीमा डुबेर बेहोस भएका दासलाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएकामा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । |
मोटरसाइकल चोरी गर्ने ४ जना सार्वजनिक काठमाडौं ।बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका वर्ष २० का विवेक बम, वर्ष १८ का किरन नाथ, सोही नगरपालिकाको वडा नं १२ कालागौंडीका वर्ष १९ का ठग्गी रानालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको छ ।
यसैगरी सोही चोरीमा संलग्न अर्का पक्राउ पर्नेमा शुक्लाफाँटा–१ वन्साहा बस्ने वर्ष १९ का पारस विष्ट रहेका छन् । पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले चोरी गरिएका तीन पल्सर मोटरसाइकल बरामद गरेको छ । यही कात्तिक ७ गते राति चारै जनाले सो रुमको सिसीटिभीको तार काटेर सटर तोडी मोटरसाइकल चोरी गरेका थिए ।
“चोरी भएका मोटरसाइकल तीन दिनको अवधिमै बरामद गरेका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “चोरी गर्नेहरुलाई समेत खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको छ ।” उनका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम कारबाही भइरहेको छ ।त्यसैगरी प्रहरीले आज पुर्नवास नगरपालिका–११ डोके बजारबाट बेवारिसे अवस्थाको रु १९ हजार ५०० मूल्य बरावरको अवैध पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको छ । |
जबर्जस्ती करणी गरेको अभियोगमा एक पकाउ काठमाडौं ।महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ–१५ डल्लु बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाही रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो। उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । |
बूढानीलकण्ठमा आगलागीः १५ लाख बराबरको धनमाल नष्ट काठमाडौं ।काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद रु एक लाख ५० हजारसहित रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
|
हत्याको आरोपमा एक पक्राउ काठमाडौं ।कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ । |
चाँदीका गरगहनासहित एक पक्राउ काठमाडौं ।भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । |
बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गाविस ८ हाल मध्यनेपाल नगरपालिका ४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीको विशेष टोलीले हेटौंडामा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
फरार अभियुक्त ढकाललाई २०७३ साल कात्तिक २९ गते जिल्ला अदालत लमजुङले एक वर्ष तीन महिना १४ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । कैद भुक्तानका लागी ढकाललाई शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । |
बोलेरोको ठक्करले महिलाको मृत्यु काठमाडौं ।भरतपुर चनौली सडकखण्डमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ४६ वर्षीया सुलोचना ढकाल रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा आज दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । |
ताप्लेजुङमा कोरोनाविरुद्ध खोप लगाउने ३५ हजार काठमाडौं ।ताप्लेजुङ जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने हालसम्म ३५ हजार रहेका छन्।
जिल्लामा १८ वर्ष पूरा भएका सबै नागरिकलाई पुग्नेगरी खोप आएको बताइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् । जिल्लामा उक्त संख्या रहे पनि पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएका रायले जानकारी दिए ।
यस अवधिमा ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने प्रक्षेपण गरिएको भए पनि करिब ३० प्रतिशतले मात्र खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । यता अपेक्षाकृत जिल्लाका नागरिकले कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले नागरिकलाई अनिवार्य खोप लगाउन भनेको छ । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले खोप अनिवार्य लगाउनुपर्ने समितिको बुझाइ रहेको छ ।
जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई संक्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको सुनाए। पाण्डेले स्थानीय तहका पदाधिकारीलाई आ–आफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि आग्रहसमेत गरेका छन् ।
|
लागूऔषधसहित दुई जना पक्राउ काठमाडौं ।पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगन्ज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् । भारतबाट ना५०प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।पर्साको वीरगन्ज महानगरपालिका २५ सिर्सिया सीमा क्षेत्रबाट कात्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो । |
भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने काठमाडौं ।भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ ।
हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन अवरुद्ध हुने जानकारी गराएको हो ।
निर्देशनालयका निमित्त निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ ।
साथै निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पुर्याइदिन सबैलाई आग्रहसमेत गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.