content
stringlengths
31
27.4k
विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने महिला पत्रकार पक्राउ काठमाडौँ। विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एन्जिना कार्की रहेकी छिन् । महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले मंसिर २२ गते बसन्तपुरबाट एक लाख नगदसहित  कार्कीलाई पक्राउ गरेको हो।  बिशालबजार,काठमाडौँस्थित जनसेवा प्रहरीले ठगी मुद्दामा उनलाई समातेर सोह्रखुट्टे प्रहरी वृत्तलाई बुझाएको हो । कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोप छ । कार्कीलाई हिरासतमा राखिएपछि थप अनुसन्धान भइ रहेको छ । एन्जिना केही समय अगाडिसम्म भारतको जीटीभीसङ्ग सम्बध्द थिइन् ।
कोरोनाको ओमिक्रोन भेरिएन्टबाट पहिलो मृत्यु काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट सोमबार पहिलो मृत्यु भएको छ । यही बीचमा नर्वे सरकारले आफ्नो देशमा आंशिक रुपमा लकडाउन लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतमा २७ नोभेम्बरमा ओमिक्रेनको पहिलो केस भेटिएको थियो । सोमबार बेलायतमै एक व्यक्तिको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट मृत्यु भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले देशमा कडा प्रतिबन्ध लगाएका छन् । आइतबार उनले देशमा तेस्रो लहरको आशंका भएको बताएका थिए । बेलायतले समयमै कारवाही नगरिए यो महिनाको अन्त्यसम्म देशमा ओमिक्रेनका १० लाख केस हुने बताएको छ । एजेन्सीका अनुसार ओमिक्रोन संक्रमणका कारण नर्वेमा आंशिक लकडाउन लगाइएको छ । नर्वेका प्रधानमन्त्रीले ओमिक्रोन संक्रमणका कारण कडाइ गर्नुपर्ने आवश्इकता भएको बताएका छन् । नर्वेमा बार, रेष्टुरेन्ट, जिम बन्द गरिएका छन् । अडा कोभिड–१९ नियम लागु गरिएका छन् । जनवरीसम्म नयाँ केस प्रतिदिन ३ लाख पुग्ने आशंका गरिएको छ ।
जम्मू कश्मीरको श्रीनगरमा आक्रमण, २ प्रहरीको मृत्यु भारत।  भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण भएको छ । उक्त आक्रमणमा परि दुई प्रहरीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी गरेको छ। भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीले यस घटनाको अनुसन्धान गरी रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।
कर्मचारीमाथि कुटपिट काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ । नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए । “ममाथि सुनियोजित तरिकाले आक्रमण भयो”, उनले भने, “आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।” जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए । “कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ”, उनले भने, “पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेश गर्नेछु ।”
सामान्य विवादमा कुटाकुट हुँदा दाजुको मृत्यु हेटौंडा। मकवानपुरमा आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तानको हत्या आरोपमा ३० वर्षीय सीताराम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। दाजु र भाइ बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झगडाको कारण खुलिसकेको छैन। सीतारामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको प्रहरीको भनाई रहेको छ।
धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रासायनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निराश भएर रित्तो हात घर फर्किए । ‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन’, उनले भने, ‘’धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।’ गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उनको भनाइ छ । धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको औरही गाउँपालिका–४ का शत्रुधन यादव पनि मल नपाएपछि निराश बनेका छन् । ‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्’, उनले भने, ‘कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।’ मल नपाएपछि गहुँबाली लगाउनै समस्या भएको उनको भनाइ छ । यो समस्या रोहित र शत्रुधनको मात्र होइन, धनुषा र महोत्तरीका अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त मल नपाएपछि निराश बनेका हुन् । धनुषा र महोत्तरीलगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा धानबाली पछि गहुँबाली लगाउने गरेका छन् । तर समयमा मागअनुसारको मल नपाउँदा किसानहरु वर्षेनी मार खेप्दै आएका छन् । कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताए । अधिकांश खेतीयोग्य जग्गामा धान काटीसकेको र गहुँबाली लगाउने बेला भइसके पनि समयमा मल खाद्य नपाउँदा किसान मारमा परेको उनको भनाइ छ । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठुलो मार खेप्दै आएका छन् । धनुषामा वर्षेनी रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर धनुषाका प्रमुख रामकुमार चौधरीले बताए । एकातिर धनुषामा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी धनुषामा वर्षेनी मलको आपूर्ति घट्दै गएको छ । केन्द्रले चालु आर्थिक वर्षमा धनुषाका लागि पाँच हजार मेट्रिक टन युरिया र चार हजार ५०० मेट्रिक टन डीएपी मलको लक्ष्य तोके पनि हालसम्म दुई हजार ९०५ मेट्रिक टन युरिया र एक हजार ६२७ मेट्रिक टन डीएपी प्राप्त भएको प्रमुख चौधरीले बताए । तीमध्ये दुई हजार ३५० मेट्रिक टन युरिया, एक हजार ५८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको छ । हाल ५५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी गोदाममा रहेको प्रमुख चौधरीले जानकारी दिए । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरु मार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ । ‘हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटा बमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ’, प्रमुख चौधरीले भने,’ मल आए लगतै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।’ बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुलाई मल खाद्य वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।
मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग काठमाडौं।आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उनको भनाइ छ ।अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बनेका थिए । सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया हुन् । उनी १५ वर्षदेखि श्रीमान्बाट अलगिएर माइतीमा बस्दै आएका छन् । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ ।दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उनीलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ । मुना कक्षा १२ मा अध्ययनरत छन् । रोगले सताएपछि उनको पढाइ पनि प्रभावित बनेको छ ।
रुस–युक्रेन युद्धको आशंका किन ? पश्चिमी देश किन डराउँछन् ? के यसले विश्वयुद्ध हुन्छ ? काठमाडौं। रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ । यो तनावले पश्चिमी देशहरुमा भारी चिन्ता छ । पश्मिी देशहरुको सबैभन्दा ठूलो चिन्ता हो यो तनाव बढेर युद्धको संघारमा पुग्यो भने यसको आगो पूरै युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब स्थिति बन्न सक्छ । पश्चिमी देशका खुफिया संस्थाहरुको अनुमान अनुसार युक्रेनको सीमामा ट्यांक र तोपको साथमा करिब १ लाख रुसी सैनिक छन् । अमेरिकाले यो संख्या जनवरीसम्म बढेर १ लाख ७५ हजार हुन सक्ने आशंका गरेको छ । अमेरिका र उसका नेटो सहयोगीले रुसलाई यसअघि नै युक्रेनमाथि कुनै आक्रमण गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेका छन् तर रुस भने यसको बेवास्ता गर्दै एक खेल खेल्न लागिरहेको छ । कैयौं विश्लेषकहरुका अनुसार रुसले यो दबाबको रणनीतिअनुसार गरिरहेको छ ताकि युक्रेनले पश्चिमी देशहरुको सुरक्षा संगठन नेटोमा स्थान पाउन नसकोस् । यदि युक्रेन नेटोको सदस्य बन्यो भने नेटोका सैन्य अड्डा आफ्नो सीमाछेउ खडा गरिने रुसलाई डर छ । यद्यपि नेटोले रुसलाई यसबाट उसलाई कुनै खतरा नहुने विश्वास दिलाएको छ । रुस र युक्रेनबीचको विवादलाई अहिले नेटोसँग जोडेर हेरिएको छ । तर दुवै देशबीच कैयौं पटक संघर्ष भइसकेको छ । यसमध्ये एउटा २०१४ को युद्ध पनि हो जतिबेला रुसले युक्रेनसँगबाट क्रिमिया खोसेर आफूले कब्जा गरेको थियो । रुस र युक्रेनबीचको तनाबलाई बुझ्न केही वर्ष पहिले इतिहासमा जानुपर्छ । युक्रेन कुनै बेला रुसी सामाज्यको हिस्सा थियो । १९९१ मा सोभियत संघ फुटेपछि युक्रेन स्वतन्त्र भएको थियो । त्यतिबेलादेखि नै युक्रेनले रुसको छत्रछायाबाट बाहिर निस्किने कोसिस गर्न थाल्यो । यसको लागि युक्रेनले पश्चिमी देशहरुसँग निकटता बढायो । उसले यो निर्णय त्यतिबेला गर्यो जतिबेला उसको उत्तर र पूर्वमा लामो सीमा रुससँग जोडिएको छ । २०१० मा भिक्टर यानुकोभिच युक्रेनका राष्ट्रपति बने र उनले रुससँग निकै निकटको सम्बन्ध बनाए । यो सम्बन्धको जगमा उनले युरोपेली संघमा सहभागी हुने सम्झौतालाई खारेज गरिदिए । यसको प्रतिक्रिया यो भयो कि देशमा भारी विरोधका कारण २०१४ मा उनले पदबाट राजीनामा दिनुपर्यो । त्यसपछि रुसले युक्रेनविरुद्ध आक्रामकता देखायो र कथित रुपमा त्यहाँका पृथकतावादीहरुलाई सहयोग गर्यो । जसको परिणामस्वरुप उसले युक्रेनको क्रिमिया प्रायद्विपमा कब्जा गर्यो । रुसमाथि युक्रेनका पृथकतावादीहरुलाई पैसा र हतियार सहयोग गरेको आरोप लाग्ने गर्छ । रुसले यी आरोप अस्वीकार गर्छ तर उसले खुलेर पृथकतावादीहरुको समर्थन गर्छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनबासलाई औद्योगिक सहर मानिन्छ । यहाँ २०१४ मा भएको लडाइँमा १४ हजारभन्दा धेरै मारिएका थिए । युक्रेन र पश्चिमी देशहरुले रुसले आफ्ना सैनिकहरुमार्फत युक्रेनी विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँछन् तर रुसले भने विद्रोहीहरुलाई साथ दिने रुसी स्वयंसेवक हुन् भन्छ । २०१५ मा फ्रान्स र जर्मनीले एक शान्ति सम्झौताको मध्यस्थता गरेका थिए जसबाट युद्ध रोकियो तर यसबाट कुनै राजनीतिक समाधान निस्किएन । यो वर्ष त्यतिबेला संघर्षविराम उल्लंघनमा त्यतिबेला तीब्रता देखियो जब युक्रेनी सीमानजिक रुसी सैनिकहरुले युद्धाभ्यास सुरु गरे । अप्रिलमा रुसले यसलाई रोकेपछि तनाव केही कम भएको छ । अमेरिकी खुफिया अधिकारीहरुले गत हप्ता रुसले युक्रेनी सीमामा १ लाख ७५ हजार जवानहरु तैनाथ गर्न गइरहेको आशंका गरेका थिए । उनीहरुले यीमध्ये आधा सैनिक तैनाथ गरिसकिएको भन्दै रुसले २०२२ को सुरुमा युक्रेनमाथि आक्रमण गर्न सक्ने बताएका थिए । युक्रेनले पनि रुसले आफ्नो सीमानजिकै ९० हजार सैनिक तैनाथ गरेको भनेको थियो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको ४१ औं आर्मीको युनिट रुसमा येलनया सहरको नजिक छ । युक्रेनको उत्तरी सीमाबाट यो सहर केवल २६० किलोमिटर टाढा छ । युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोफले शुक्रबार संसदमा युक्रेनको नजिक र रुसको कब्जामा रहेको क्रिमियामा ९४ हजार ३ सय सैनिक रहेको र जनवरीमा यसमा ठूलो मात्रामा बढोत्तरी सम्भव भएको बताए । रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रुसले आफ्नो क्षेत्रमा जवान तैनाथ गर्दा अरुलाई समस्या हुन नपर्ने बताएको छ । अहिले रुसले युक्रेनमाथि २०१५ को शान्ति सम्झौताको सम्मान नगरेको र पश्चिमी देशहरु युक्रेनलाई यसको पालना गराउन विफल रहेको आरोप लगाएको छ । यो सम्झौतामार्फत रुसले एक कूटनीतिक जीत पाएको थियो र उसले युक्रेनलाई विद्रोहीहरुको बढहरुलाई स्वायत्तता दिन र उनीहरुलाई आममाफी दिन बाध्य पारेको थियो । यद्यपि यो सम्झौता कार्यान्वयन हुन सकेन । यो लागू नहुनुमा युक्रेनले रुसलाई जिम्मेवार भन्छ । युक्रेनको दावीअनुसार रुस समर्थित पृथकतावादीहरुले संघर्ष विराम उल्लंघन गरे र पूर्वमा विद्रोहीहरुको गढमा रुसी सैनिक छन् । रुसले भने यी दावी अस्वीकार गर्छ । यी आरोप प्रत्यारोपका बीचमा रुसले युक्रेन, फ्रान्स र जर्मनीसँग बैठक गर्न अस्वीकार गरिदियो र २०१५ को शान्ति सम्झौता युक्रेनले नमान्नु व्यर्थ भएको बतायो । अर्कोतर्फ रुस लगातार अमेरिका र उसका नेटो सहयोगी देशहरुमाथि युक्रेनलाई हलियार सहयोग गरेको र संयुक्त सैन्य अभ्यास गरेकोमा आलोचना गरिरहन्छ । यसो गरेर युक्रेनका सैनिकहरुलाई बलपूर्वक विद्रोहीहरुको क्षेत्र फेरि कब्जा गर्न प्रेरित गरिएको उसको आरोप छ । यो वर्षको सुरुवातमा रुसी राष्ट्रपति पुटिनले चेतावनी दिँदै युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गर्ने सैन्य कोसिसले ‘युक्रेनी राष्ट्रको दर्जा’लाई गम्भीर असर पर्ने भनेका थिए । रुसी राष्ट्रपति लगातार रुसीहरु र युक्रेनीहरुलाई एउटै जनता भन्दै आएका छन् र उनी दावी गर्छन् कि सोभियत समयमा युक्रेनले गलत तरिकाले ऐतिहासिक रुसी जमिन पाएको थियो । पुटिनको चिन्ता युक्रेन नेटोमा सहभागी हुने विषयमा पनि छ । उनले नेटो आफ्नो लागि एक सीमा रेखाजस्तै भएको चेतावनी दिइसकेका छन् । उनले नेटो सदस्यहरुको युक्रेनमा सैन्य प्रशिक्षण केन्द्र बनाउने योजना भएको र यसले युक्रेनलाई नेटोमा सहभागी नभइ आफूविरुद्ध सैन्य मजबुती दिने बताइसकेका छन् । गत हप्ता पुटिनले जोड दिँदै रुसलाई अमेरिका र उसका सहयोगीहरुबाट ‘विश्वसनीय र दीर्घकालीन सुरक्षा ग्यारेन्टी’ चाहिएको बताएका थिए । पुटिनले अमेरिका र उसका सहयोगीहरु पूर्वतिर नेटोको कुनै पनि कदमबाट टाढा रहने र रुसी षेत्रको नजिक रुसको लागि खतरा उत्पन्न गर्ने हतियारको तैनाथीबाट पनि टाढा रहने ग्यारेन्टी मागेका थिए । पुटिनले आफूलाई कुनै मौखिक भरोसा नभइ कानुनी ग्यारेन्टी चाहिएको समेत बताएका थिए । गत हप्ता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनबीच यही विषयमा एक भर्चुअल बैठक भएको थियो । पुटिनका विदेश मामिलाका सल्लाहकार युरी उशाकोफले बताएअनुसार आफ्ना मागहरुबारे पुटिनले बाइडेनलाई यही बैठकमा सूचित गरिदिएका थिए । यद्यपि कैयौं विश्लेषकहरु भने रुसका मागहरुलाई बाइडेनले खासै महत्व नदिएको विश्वास गर्छन् । बाइडेनले शुक्रबार भनेका थिए कि उनी कुनै पनि सीमा रेखालाई स्वीकार गर्नेवाला छैनन् । अप्रिलमा रुसलाई लागेको थियो कि उसको सैन्य शक्ति देखाउने रणनीतिले काम गरिरहेको छ र अहिले उसले यसैलाई दोहोर्याइरहेको छ । राष्ट्रपति पुटिनले गत हप्ता रुसी कूटनीतिज्ञहरुलाई भनेका थिए ‘हाम्रा हालैका चेतावनीहरुलाई सुनिएको छ र प्रभाव हेर्नलायक भएको छ । तनाव बढेको छ ।’ पुटिनले तर्क दिएका थिए कि तनाव बढेपछि पश्चिमी देशहरु रुसलाई ध्यान दिन्छन् र उसलाई बेवास्ता गर्दैनन् । मस्कोस्थित थिंक ट्यांक आरआइएसीसँग सम्बन्धित आन्द्रेइ कोर्तुनोफ भन्छन् ‘यदि युक्रेनको नजिक सैन्य गतिविधि आक्रामक रुपमा देखिएका छन् भने यसको अर्थ यो होइन कि सिधै सैन्य कारवाही हुन गइरहेको छ । असलमा यो सन्देश हो जो पुटिन दिन चाहन्छन् ।’ युक्रेनको लागि यो सन्देश हो कि डोनबासमा फेरि नियन्त्रणको प्रयास गर्ने जस्तो कुनै हर्कत नगर्नु । कोर्तुनोफ मान्छन् कि पश्चिमी देशहरुलाई रुसले युक्रेनमा नयाँ किसिमका उन्नत हतियारजस्ता नेटोका शक्ति नपुर्याउनु भन्ने सन्देश दिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ‘ह्याक’ नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिए। ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ। ह्याक भएसँगै सो ह्याण्डलबाट क्रिप्टोकरेन्सी विटक्वाइन सम्बन्धी ट्वीट भएको थियो। भारतले विटक्वाइनलाई वैधानिकता दिएको र सरकारले ५०० बीटीसी किनेको र यो सबै देशवासीलाई वितरण गर्ने जानकारीसहित ट्वीट गरिएको थियो।
मलद्वारमा लुकाएर सुन ल्याउने २ भारतीय नागरिक विमानस्थलबाट पक्राउ काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर्षीय कादर इब्राहिम रहेका छन् । मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० मार्फत दुबईबाट काठमाडौं आएका सद्दामको शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन फेला परेको हो। मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बरेको अवस्थामा ५ थान अर्ध ठोस सुन फेला परेको प्रहरीले जनाएको छ । सद्दामसँगको सोधपुछको क्रममा उक्त सुन तस्करीमा कादर पनि संलग्न रहेको बताएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताए । सुनसहित दुबै जनालाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
रुकुमपश्चिममा पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला जाजरकोट । रुकुमपश्चिममा एक जना पुरुषको शव फेला परेको छ। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको रुकुम आठबीसकोटमा शव फेला परेको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार  राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने प्रहरीको भनाइ छ ।
बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते बैतडी। जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेका छन्। शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ । यसैगरी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फोनिज म्याग्दीमा राम्जाली काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन भएका छन् । बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सहसचिवमा मनु थापामगर चयन भएका छन् । सदस्यहरूमा सुदर्शनकुमार श्रेष्ठ, दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन, प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रीय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले संविधानले आदिवासी जनजातिहरूलाई दिएको अधिकार र सुविधा प्रयोग गर्न सक्षम जनशक्ति तयार हुनुपर्ने बताए । समावेशी व्यवस्थाको उपभोग गरेर आदिवासी जनजातिहरू विकासको मूल धारमा पुग्न अग्रसर बन्नुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पत्रकारिताप्रति आकर्षण बढाउन, टिकाउन र क्षमता विकासमा जोड दिए । प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष पदम विश्वकर्माले पत्रकारिताको विकास र प्रवद्र्धनका लागि सम्बद्ध सबै सङ्गठनहरूको सहकार्य आवश्यकता रहेको बताए ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए । रोल्पा नगरपालिका–३ गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार मोटरसाइकल बाटोमै पल्टिएको र मृतक गिरी बाटोभन्दा करिब ५० मिटर तल पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले बताएको छ । कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
प्रेस चौतारी नेपालको पुनर्गठन, २४९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा काठमाडौँ ।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पुनर्गठन गरिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो । उनका अनुसार केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम भएका छन् । बस्नेतको अध्यक्षतामा पुनर्गठन भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, उपाध्यक्षहरूमा गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् । प्रेस चौतारीको महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् । त्यसैगरी सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका पदाधिकारी र सदस्यलाई हटाएर नयाँ सदस्य र पदाधिकारी थप गरिएको अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त काठमाडौँ ।युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ । युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा संलग्न भएका युवा कार्यकर्ता, अधिवक्ता र सामुदायिक आयोजकसँग काम गर्दछ । ‘युवालाई प्रभाव पार्ने मुद्दाका लागि सबैभन्दा प्रभावकारी भनेको युवा स्वयम् हुन् र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छौं’, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भने । समावेशी विकासको क्षेत्रमा संलग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियनकर्मी २२ वर्षीय निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताका रूपमा नियुक्त गरिएको छ । त्यसैगरी २१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीसँग पोषणको महत्वका बारेमा पैरवी गर्ने बताइएको छ । अर्का २१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंसा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल र २३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर रहेको जनाइएको छ । यी युवा अधिवक्तासँगको साझेदारीमा जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषणसम्बन्धी युवाको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य युनिसेफ नेपालले राखेको छ ।
ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु काठमाडौं।सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए । दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्र्याक्टर मिलनचोकबाट हराएको थियो । ट्र्याक्टरमा तीनजना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्र्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।
बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए ।बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ ।
करणी मुद्दाका फरार २१ वर्षपछि पक्राउ काठमाडौं ।प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट पक्राउ गरेको हो । अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो । तत्कालिन समयमा २० वर्षका रहेका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । यसैबीच ब्यूरोले वन्यजतुको अङ्गसहित चार जनालाई काठमाडौँ महानगरपालिका १५ चमतीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका विशाल सुनारी र टोपबहादुर राना, पश्चिम रुकुमका हरिबहादुर खड्का तथा रौतहटका धनबहदुर विश्वकर्मा छन् ।
‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’ काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन्। गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए। सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताए । राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए।
हनुमान ढोका दरबार क्षेत्रको आँगछे शिलान्यास काठमाडौं ।हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे बल्ल शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न नसकेको बताए । वडा नं २१ वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताए । करिब रु एक करोड ५४ लाख लागत अनुमान गरिएको सो सम्पदा पुन निर्माणका लागि करिब रु एक करोड पाँच लाख कबोल गरेर समद्री कन्स्ट्रसनले जिम्मा पाएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुनःनिर्माण २०७९ कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । इञ्जिनियर अमित बज्राचार्यका अनुसार तीनतले भवनको हरेक तला करिब ६३० वर्गफुटको हुनेछ ।
दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैनः महन्थ ठाकुर काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् । संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए । ‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ’, उनले भने, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उनले भने । ठाकुर लामो समय कांग्रेसमा थिए ।
पोखराको विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु पोखरा । पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको हो। प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुषका छन्। लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर एक जनाको मृत्यु काठमाडौं।मुगुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालि १३ का दानसिंह विकको भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार मृतक विकका दाजु पनि सँगै थिए । उनीहरू दुवै जनाले मदिरा सेवन गरेर घर फर्कने क्रममा भीर बाट लडेर भाइ दानसिंहको मृत्यु भएको र दाजु सामान्य घाइते भएको मुगुका डीएसपी सुवास हमालले बताए । घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू बाटोबाट करिब ५० देखि ६० मिटर तलसम्म भीरमा खसेको बताइएको छ ।
लागूऔषध सहित एक युवक पक्राउ काठमाडौं।हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका १ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४.३५ ग्रामसहित पक्राउ परेका हुन् । सदरमुकाम गमगढी बजारको जिल्ला अस्पताल ठिनी मुगुको आसपासको क्षेत्रमा लागूऔषधको विक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनकाअनुसार शाहीलाई लागूऔषध खैरो हिरोइन ४.३५ ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताए । पक्राउ परेका शाहीलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विरुद्धको कसुरमा मुगु जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने काठमाडौं।सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ । त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालहरुसँग समन्वय गरेर विद्यालय र उक्न उमेर समूहका विद्यार्थी संख्याबारे तथ्यांक संकलन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।स्वास्थ्य सेवा विभागका अनुसार यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ लाख ७८ हजार डोज मोर्डना खोप आइसकेको छ । यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।
अवैध सालको काठसहित एक पक्राउ काठमाडौं।तनहुँमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैंडलेबाट प्रहरीले पक्राउ गरेको हो । थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग१त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खैरेनीटारतर्फ सालको काठ ल्याउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सानो ठूलो १५ थान सालको काठसहित ट्याक्टर र युवकलाई नियन्त्रणमा लिएर शव डिभिजन वन कार्यालय बेलचौतारामा पठाइएको उनले जानकारी दिए । प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको काठबारे बिहीबार साँझ मात्रै सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएर प्रहरीले बुझाएको काठको बारेमा वन कार्यालयले अनुसन्धान थालेको छ ।
सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते उदयपुर ।उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप एक जना घाइते भएका छन् मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स१०प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चौदण्डीगढी नगरपालिका–६ का ३५ वर्षीय उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । मोटरसाइकल चालक राईको बेल्टार नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी रामपुर फत्तेपुर सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २–०३–००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिराहाको लहान नगरपालिका–२२ का ३२ वर्षीय ओम विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार सप्तरी महुलीका २५ वर्षीय विजय घतानी गम्भीर घाइते भएका छन् । घाइते घतानीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएको राई र विकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा ल्याएका छन् ।
कांग्रेस महाधिवेशनः पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा काठमाडौं । बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् । महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे । तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मेवारी र बाध्यताको पिरलो देखिन्थ्यो । काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडौं बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधिवेशन स्थलको फोहोर उठाउन हुन् । उनले फोहोर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन् । ‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ । म पाएसम्म ज्याला मजदुरी गर्थेँ, मेला जान्थेँ । अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाउँ भन्नुभयो । यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन् । सानी छोरीको हेरचाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन् । गरिबी र जिम्मेवारीको भारीले थिचेपछि पिठ्युँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गाह्रो महसुस भने नभएको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्रो भएको छैन । काम गर्नै पर्‍यो । घरमा छोरी हेर्ने मान्छे छैनन् । काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको ।’ देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन् । उनी काठमाडौंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन् । दुई छोरीसहित देउलीको परिवारमा चारजना छन् । उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ । यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रोत छैन् । उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ । म पनि मिलेसम्म गर्छु । यसैले घरखर्च चलाइरहेका छौँ ।’ कांग्रेसको महाधिवेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन् । तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन् । ‘आज बिहान ७ बजेदेखि आएको हो । बेलुका ५ बजेसम्म काम गर्छु । कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो । दिनको ६०० रुपैँया कमाइ हुन्छ । जम्माजम्मी तीनरचार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन् ।
‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’ काठमाडौं ।ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गरे । सो अवसरमा उनले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताए । “पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच स्थानको ट्राफिक कार्यालयबाट सुरु गरेका छौँ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजान्छौँ”, उनले भने । उक्त सेवाको सुरुआत गरेसँगै सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीवापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ ।
दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ दाङ ।दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही १३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका ४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको छ ।
बढीको सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा काठमाडौँ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनलाई २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले उनलाई एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय रूपैयाँ पच्चीस पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग. दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख। बमोजिम असुल उपररजफत गरी पाउन मागदावी लिइएको छ । थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्ठाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ ।
बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको छ। नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खस्दा गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको  जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी लगिएको प्रहरी नायब ठगुन्नाले बताए । यस दुर्घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
६ निर्माण कम्पनी कालोसूचीमा काठमाडौं। सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी, च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेका छन् । सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौँको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई/दुई वर्षका लागि कालोसूचीमा राखिएकोे छ । यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।
अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ काठमाडौं।अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् ।जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् । अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए ।जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ । बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उनले बताएका छन् ।आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् ।लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड भएको थियो । एजेन्सीको सहयोगमा
बिन्ती र शान्ताको ‘होई मेरो संसार’ सार्वजनिक (भिडियो) काठमाडौं । अमेरिकामा बस्दै आएका गायक बिन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ । विधान कार्की निर्देशित भिडियोमा सरोज प्रजा र बिना राउत फिचर्ड छन् । भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडियोमा सुभाष कार्की ‘बेलासे’को पनि अभिनय छ ।
पुथाउत्तरगङ्गामा प्रहरीले बाल विवाह रोक्यो काठमाडौं ।रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार बालविवाह हुन लागेको भन्ने सूचना त्यहाँको किशोरी समूह र बाल क्लबमार्फत प्रहरीमा पुगेपछि विक नेतृत्वको प्रहरी टोली गएर विवाह रोकेको हो । केटाको उमेर १४ वर्ष र केटीको उमेर १८ वर्ष रहेको उपरीक्षक श्रेष्ठले बताए । त्यहाँका स्थानीयसँगै क्लब र किशोरी समूहले बालविवाह गर्नु हुँदैन भनेर परिवारलाई सम्झाउँदा नमानेको बताएका छन् । सम्झाउँदा पनि नमानेर परिवारले केटाकेटीको विवाह गरिदिन थालेपछि प्रहरीलाई खबर गरेको किशोरी समूह र क्लबले जनाएका छन् । प्रहरीले बालविवाह रोकेर केटा र केटी दुवैलाई अभिभावकको जिम्मा लगाएको उपरीक्षक श्रेष्ठले बताए । केटाकेटी अभिभावकको संरक्षणमा रहेको बताउँदै प्रहरीले उनीहरूको परिवारलाई बालविवाह नगराउन चेतावनीसमेत दिएको छ । परिवारले पनि कानूनी कुरा थाहा नपाएर एकअर्काको मञ्जुरीले भागेका केटाकेटीको बिहे गराउन लागेको बताएको थियो । आगामी दिनमा यस्तो कार्य नगर्नेसमेत दुवै पक्षका परिवारले बताएका छन् । परिवारका अनुसार ती केटाकेटी ९ गतेको दिन बिहे गर्ने भन्दै घरबाट भागेका थिए ।
निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धनका लागि काउन्टर उपयोगी हुने विश्वास व्यक्त गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशःखोल्दै जाने लक्ष्य राखिएको निगमले जनाएको छ । नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरिएको जनाएको छ । नेपाली कच्चापदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो, विमानका नमूना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।
लेनदेनको विवादमा आफ्नै साथीको हत्या काठमाडौं । लेनदेनको विवादमा आफ्नै साथीको हत्या भएको छ । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका सदस्य राजन भन्ने राजु श्रेष्ठलाई २५ लाखको लेनदेनमा आफ्नै साथीले हत्या गरेका हुन् । प्रहरीले श्रेष्ठको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेपछि साथीले नै हत्या गरेको पाइएको हो । पक्राउ पर्नेमा भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मा रहेका छन् । राजुबाट २५ लाख रुपैयाँ लिएका हेमन्तले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार हेमन्तले राजुबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई जनाबीच विवाद रहेको थियो । ‘ उनीहरुबीच लेनदेन विवाद रहेको र हेमन्तले अर्को एक जना साथीसँग मिलेर हत्या गरेको देखिन्छ’, अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापङले बताए । सो घट्नाको अनुसन्धान महाशाखा र जिल्ला प्रहरी भक्तपुरले संयुक्त रुपमा गरेका थिए । प्रहरीका अनुसार हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनजिक बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर हत्या गरेका हुन् । उनलाई कुटपीट गरिरहेको त्यहाँ स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीकै सहयोगमा श्रेष्ठलाई मंगलबार राती १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार हेमन्तले मंगलबार दुई लाख दिने शर्त थियो । त्यही शर्त अनुसार श्रेष्ठलाई पैसा लिन बोलाएर हत्या गरिएको हो । ‘२५ लाख लिएका रहेछन् त्यसमा मंगलबार दुई लाख दिने शर्त रहेछ त्यही पैसा लिन जाँदा अर्को साथीसहित मिलेर हत्या गरेको देखिन्छ’, महाशाखाका प्रमुख एसएसपी खापुङले भने ।
राससकर्मी गौतम पुरस्कृत काठमाडौं ।राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी समाचारदाता सन्तोष गौतम बुधबार धनेश्वरी–तारानाथ स्मृति कोषबाट पुरस्कृत भएका छन्। बेनी नगरपालिका–५ पुलाचौरमा भएको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ, कोषका सचिव माधवप्रसाद रेग्मीलगायतले गौतमलाई रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । विसं २०६४ देखि राससमा निरन्तर आबद्ध गौतमले पत्रकारिताको क्षेत्रबाट म्याग्दीको समग्र विकासमा पुर्‍याएको योगदानको सम्मानका लागि पुरस्कृत गरिएको कोषले जनाएको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत वर्ष शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो । कोषबाट पहिलोपटक नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका सचिवसमेत रहेका गौतमसहित दुई जना साहित्यकार र १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पत्रकारिता, शिक्षा र साहित्य विधामा रामप्रसाद सुवेदी, शिक्षा र साहित्य विधामा धु्रवलाल शर्मालाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको थियो । जनकल्याण माविबाट विस २०७७ को एसइइ परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने प्रकृति बानियाँलाई रु २० हजार प्रदान गरिएको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत विद्यालयको कक्षा नौका प्रथम विद्यार्थी शङ्कर पौडेललाई रु १५ हजार, एसइइमा जकल्याणमा खसआर्य समुदायबाट बढी जिपिए ल्याउने समिता सुवेदी, दलिततर्फ रितु किसान र जनजातितर्फ प्रदीप श्रेष्ठलाई पनि जनही रु १५ हजार प्रदान गरिएको थियो । जनकल्याण माविको सांस्कृतिकतर्फ उत्कृष्ट अञ्जना छिनाल, अङ्किता थापा, रेजिना रामदाम, सुवास विक र प्रविना पाइजालाई जनही रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।  पुरस्कार वितरण समारोहमा कोषले जनकल्याण माविको अक्षयकोषका लागि रु एक लाख ५५ हजार प्रदान गरेको थियो । कार्यक्रममा स्वर्गीय तारानाथ रेग्मीको स्मृतिग्रन्थको विमोचन गरिएको थियो । सो अवसरमा मदन पुरस्कार विजेता बानियाँलाई अभिनन्दनसमेत गरिएको थियो ।
कुटपिटबाट मृत्यु काठमाडौं ।अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ । सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न व्यक्तिको पहिचान नभएको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जबरजस्ती करणी मुद्दाका दोषीलाई पाँच वर्ष कैद काठमाडौं ।इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो । यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो ।
रु १७ लाखसहित १६ जना पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या काठमाडौं ।आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उनले जानकार दिए । महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए । उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छौँ भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्‍याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जानकारी दिए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ ।
जलिरहेको हेलिकप्टरबाट ३ जनाले हाम्फालेका थिए काठमाडौं। तमिलनाडुको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा जनरल रावत सहित १४ जना थिए । ११ जनाको शव भेटिएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । शव जलेकाले पहिचान हुन नसकेको बताइएको छ । तर, जनरल रावतको अवस्था के छ भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन । केही मिडिया रिपोर्टमा भने उनलाई गम्भीर रुपमा अस्पताल भर्ना गरिएको दावी गरिएको छ तर यो दावीको पनि पुष्टि हुन सकेको छैन । दुर्घटनास्थलमा सेना र स्थानीय पुलिसका अधिकारी पुगेका छन् । यही बीच एक प्रत्यक्षदर्शीले घटनाको बारेमा बताएका छन् । यी प्रत्यक्षदर्शीको नाम कृष्णासामी हो । उनले भारतीय मिडिया इण्डिया टुडेसँग कुरा गर्दै भने ‘मैले तेज आवाज सुनें । त्यसपछि घरबाहिर निस्किएर हेर्दा एउटा हेलिकप्टर एउटा रुखबाट अर्को रुखमा ठोक्किँदै आगोको गोला बन्यो ।’ कृष्णासामीका अनुसार हेलिकप्टर रुपमा ठोक्किँदा नै त्यसमा आगो लागिसकेको थियो । यस क्रममा कृष्णासामीले २–३ जना मानिसहरुलाई जलिरहेको हेलिकप्टरबाट बाहिर हाम्फालेको देखेका थिए । उनीहरुको शरीरमा पनि आगो लागेको थियो । कृष्णासामीले आफ्ना साथीहरुलाई जम्मा गरे र उद्धार गर्न सुरु गरे । जति पनि लाशहरु दुर्घटनास्थलमा भेटिएका छन् तिनीहरु ८० प्रतिशतसम्म जलिरहेका छन् । तर, सीडीएस जनरल रावतको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । भारतीय वायुसेनाले एक बयान जारी गर्दै दुर्घटनाको विषयमा कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । जानकारीअनुसार एम सिरिजको यो हेलिकप्टरले सीडीएस जनरल रावतलाई वेलिंगटनमा डिफेन्स स्टाफ कलेर लिएर जाँदै थियो । कोयंबटुरमा आधिकारिक सूत्रले इण्डिया टुडेसँग दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेषबाट ११ शव निकालिएको बताएको छ ।
भारतीय सेनाप्रमुख चढेको हेलिकप्टर दुर्घटना ८० प्रतिशत जलेका लाश भेटिए (तस्वीरहरु) काठमाडौं। भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । जनरल रावतको अवस्था अझैसम्म अज्ञात छ । जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अन्य सदस्यको साथमा थिए । केलिकप्टरमा सेनाका अन्य अधिकारी पनि भएको बताइएको छ । #WATCH | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Gen Bipin Rawat, his staff and some family members were in the chopper. (Video Source: Locals involved in search and rescue operation) pic.twitter.com/YkBVlzsk1J — ANI (@ANI) December 8, 2021 समाचार एजेन्सी एएनआइले दुर्घटनास्थलको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा दुर्घटनाग्रस्त हेलिकप्टरमा पूरै आगो लागेको र उद्धारकर्मीहरुले आगो निभाइरहेको देख्न सकिन्छ । दुर्घटनाग्रस्त हेलिकप्टर पूरै क्षत विक्षत भएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । पछिल्लो जानकारीअनुसार ३ जना गम्भीर रुपमा घाइते छन् । अरुको उद्धार कार्य जारी छ । समाचार एजेन्सी एएनआइका अनुसार दुर्घटनास्थलमा जलेका शव भेटिएका छन् । शव ८० प्रतिशतसम्म जलिसकेकाले पहिचान गर्न सकिएको छैन । #WATCH | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Bipin Rawat, his staff and some family members were in the chopper. pic.twitter.com/6oxG7xD8iW — ANI (@ANI) December 8, 2021 घाइतेहरुलाई वेलिंग्टन बेसमा उपचारको लागि लगिएको छ । जानकारीअनुसार रावत वेलिंग्टनमै एक कार्यक्रममा सहभागी हुन पत्नीको साथमा जाँदै थिए । वेलिंग्टनमा सशस्त्र बलको कलेज छ । यहाँ सीडीएस रावतले प्रशिक्षण दिने कार्यक्रम थियो । कुन्नुरको घना जंगलमा दुर्घटना भएको छ । सेनाले यस विषयमा कुनै बयान जारी गरेको छैन । दुर्घटना भएको क्षेत्रमा निकै घना जंगल छ । यहाँ चारैतिर रुखहरु मात्रै छन् । दुर्घटना निकै भयानक भएको र चारैतिर आगोको मुस्लो देखिएको थियो । सेना र वायुसेनाको टुकडी उद्धरको लागि पुलिसको साथमा गएका छन् । आसपासका इलाकामा पनि खोजी अभियान चलाइएको छ । यो हेलिकप्टर एमआइ सिरिजको थियो । यसमा सीडीएस बिपिन रावत, उनका कर्मचारी र परिवारका केही सदस्य थिए । स्थानीय नागरिकले पनि उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।
अ‍ोमिक्रोनलाई अहिले प्योगमा अ‍ाएकै खोपले काम गर्छः डब्लूएचओ काठमाडौं।अहिले प्रयोगमा अ‌ाइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचअ‍ो ० ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् । प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌अ‌ाएकै खोपले काम गर्ने देखिएको हो ।चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति धमला पक्राउ काठमाडौं ।नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमला पक्राउ परेका छन् । प्रहरीले स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा निवर्तमान सभापति धमलासहित १० जनालाई पक्राउ गरेको हो । स्वयम्भू वृतका प्रमुख डिएसपी मिलन केसीले धमला पक्राउ परेको पुष्टि गरेका छन् ।
लागूऔषधसहित पक्राउ काठमाडौं।काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषधसहित आज चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् । पकनाजोलस्थित उनको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको थियो । कार्यालयका अनुसार उता सुनसरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाइट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोनसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई पनि आजै पक्राउ गरिएको छ । यस्तै मोरङको उर्लाबारी नगरपालिका–३ नमूना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई एक ग्राम १७० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र रु ११ हजारसहित प्रहरीले आज पक्राउ गरेको जनाइएको छ ।
भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश काठमाडौं।सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारी हटाउने सरकारले निर्णय गरेको थियो । सरकारको उक्त सो निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली भएका छन् ।
ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ काठमाडौं।भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुचारु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ । भारतमा तीव्ररुपमा फैलिएको ओमिक्रोनको जोखिम बैतडीमा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । बैतडीमा हाल चार जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
‘हिंसा गर्नु र सहनु अपराध हो’ सप्तरी ।लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत १३औं दिन मंगलबार अध्यक्षता जिल्लाबार इकाई सप्तरीले राजदेवी माविका विद्यार्थीहरूलाई लैंगिक हिंसामा पाइने कानुनी प्रावधानका विषयमा एक दिने कार्यक्रमको आयोजना गरेको छ । प्रादेशिक कानुनी सेवा केन्द्र सप्तरी प्रतिनिधि अधिवक्ता किरण साहले हिंसा सहनु र हिंसा गर्नु दुवै अपराध रहेको बताएकी छन् । उनले हिंसा गर्न घरबाटै बन्द गर्नुपर्ने बताएकी छन् । साहले बालबालिकाको अधिकार, हिंसामा परेकाका लागि भएको कानुनी प्रावधान, निस्शुल्क न्यायका लागि जानुपर्ने स्थानहरूको विषयमा जानकारी गराइन्। इन्सेक प्रतिनिधि मनोहर पोखरेलले १६ दिने लैंगिक हिंसाविरूद्धको अभियान मनाउनुपर्ने उद्देश्यको विषमा जानकारी गराए । कार्यक्रममा अधिवक्ता मनु खनालले हिंसा, हिंसाको किसिमको विषयमा जानकारी गराउँदै शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसाको विषयमा विस्तृत रूपमा विद्यार्थीहरूलाई जानकारी गराएकी थिइन् ।
चितेपानी फाउन्डेशनद्वारा आमा समूहलाई मौरीसहित २८ घार वितरण पोखरा ।कास्कीको मादी गाउँपालिका–५ चितेपानी देउराली आमा समूहलाई चितेपानी फाउन्डेसनले मौरीसहितको २८ घार वितरण गरेको छ । चितेपानी गाउँको विकासका लागि सो क्षेत्रका महिला तथा युवाहरुलाई आयआर्जन लक्षित कार्यक्रम गरेर आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको फाउन्डेसनले पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए । “हामीले लामो समयदेखि गाउँको विकासलाई जोड दिँदै आएका छौँ, आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि विधिवत्रूपमा फाउन्डेसन स्थापना गरेर निरन्तर आयआर्जन र सीपमूलक तालिमहरुमा युवा तथा महिला समूहलाई सहभागी गराउँदै आएका छौँ”, उनले भने । उनले सानासाना कुराबाट पनि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन ल्याउने सकिने भन्दै फाउन्डेसनले सोहीअनुरुप कार्यक्रम गर्दै आएको बताए। उनका अनुसार मौरी विज्ञ सूर्य लामिछानेबाट आमा समूलाई दुई दिनको तालिम प्रदान गरेर मौरीसहितको घार वितरण गरिएको हो । “हामीले टोपी र अन्य आवश्यक सामग्रीसहित रु १० हजार ७०० पर्ने मौरीसहितको घारलाई रु तीन हजार लिएर वितरण गरेका हौँ, आफ्नो पनि लगानी परेपछि उहाँहरुले त्यसको संरक्षण र उत्पादनमा पनि बढी चासो दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने । उनले कुनै पनि कुरा निःशुल्क मात्रभन्दा त्यसको महत्व अलि कम भएको पाएपछि केही शुल्क लिएर वितरण गरेको बताए । आमा समूहका अध्यक्ष सावित्रा सापकोटाले फाउन्डेसनले मौरीपालन तालिमसहित वितरण गरेको घारबाट आयआर्जन गर्न आफूहरु उत्साहित भएको बताए। “स्वास्थ्यका लागि निकै राम्रो मानिने मह र मौरीका बारेमा बल्ल राम्रोसँग थाहा पायौँ, अब व्यावसायिकरूपमै आयआर्जनको बाटो बनाउने ऊर्जा मिलेको छ”, सापकोटाले भने । मौरी विज्ञ लामिछानेका अनुसार मौरी गोला (नयाँ रानो उत्पादन)विभाजन गरेको चार महिनादेखि उत्पादन दिन सुरु गर्छ । एउटा घारमा १० वटा फ्रेम हुन्छन् भने एउटा घारबाट एक वर्षमा १५/१६ केजी मह उत्पादन हुन्छ । एक केजी मह गाउँघरमा रु एक हजार २०० मा बिक्री हुने गरेको छ भने बजारमा रु एक हजार ५०० केजीमा बिक्री हुन्छ । माग अत्यधिक भए पनि सोअनुसार उत्पादन हुन नसकेको र किरा पालेर हिरा बनाउन सक्ने स्रोत प्रशस्त भए पनि किसानले अझै यसको महत्व बुझ्न नसकेको उनले बताए।
रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काठमाडौं।रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उनले भने । बेलहिया नाकाबाट भारतलगायत, अष्टे«लिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिए । उनले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताए । उनले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपाको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताए । सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजोेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।
चार महिनामा रु ३४ लाखको टिकट बिक्री काठमाडौं।जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए। साउन महिनामा रु सात लाख ३९ हजार ७७५ भदौमा रु पाँच लाख ७६ हजार ४९५,असोजमा रु एघार लाख २४ हजार १७५ र कात्तिकमा रु नौ लाख ५३ हजार ३७५ राजस्व सङ्कलन भएको हो । कार्यालयले अभिलेख राखेर सङ्घ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उनले बताए । हुलाक टिकट राजस्व सङ्केत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उनले भने, “हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।” विभिन्न सङ्घ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उनले बताए । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिए । सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उनले बताए । सत्र जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ । पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामाले बताए ।
केरा आयातमा रोक लगाउन माग काठमाडौं।केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् । उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनुपर्ने माग पनि गरे । हाल भारतबाट आयातित केराको भन्सार मूल्य समय सापेक्ष नभएकाले त्यसलाई संशोधन गरिनुपर्ने र काँचो केराको मूल्य तथा चिस्यान केन्द्रमा पकाएको केराको मूल्यमा फरक भन्सार दर कायम हुनुपर्ने उनीहरूको सुझाव थियो। केरा महासङ्घ नेपाल, तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्थले केरा आयातमा लगाउँदै आएको भन्सार दर कम्तीमा १५ प्रतिशत तथा अग्रिम आयाकर १० प्रतिशत कायम गरिनुपर्ने र केरालाई डम्पिङ गर्ने परिपाटी अन्त्य गरिनुपर्ने बताए । राष्ट्रिय किसान समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले नेपाली फर्मबाट बिलबिजक जारी गरी भन्सार र व्यापारीबीच हुने आर्थिक चलखेल तत्काल बन्द गर्नुपर्ने बताए। नेपाली किसानले प्रतिवर्ष १० लाख मेट्रिकटन केरा उत्पादन गर्ने गरेकामा छ लाख मेट्रिकटन अपुग छ । माग पूरा गर्न महासङ्घले सुकुम्बासी किसानलाई १५ लाख हेक्टर बगरको जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । राज्यले कृषिलाई विशिष्टिकरण तथा व्यवसायिकरणका आधारमा उत्पादन वृद्धि, कृषि उद्योग स्थापना, आयात न्यूनीकरण र प्रतिस्थापन गर्दै राष्ट्रलाई आत्मनिर्भर बनाउने नीति लिएको छ।
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण काठमाडौं।कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ । भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिए । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।
तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार साँझ  गोकर्णेश्‍वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई  पक्राउ गरेको हो  । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुलाई सोमबार राती बबरमहलबाट चोरेका मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  बताए। साथै, पक्राउ पर्ने सात जना काठमाडौँकाे ठूलै समूह रहेको पनि जानकारी दिए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
के कारण बच्चा गर्भमै तेस्रोलिङ्गी बन्छ ? यो संसारमा मनिसहरुलाई दुई भागमा विभाजन गरेको पाइन्छ । एउटा महिला र अर्को पुरुष । केही यस्ता मान्छे पनि हुन्छन् जो महिला र पुरुषभन्दा केही फरक हुने गर्दछन् । जसलाई तेस्रोलिङ्गी भनिन्छ । उनीहरुलाई महिला र पुरुषको वर्गमा समेट्न सकिदैँन । तेस्रोलिङ्गी मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुने गर्दछ । यस्ता मानिसहरुमा बाहिरबाट पुरुषको रुप देखिए पनि भित्रबाट भने उनीहरुमा महिलाको गुण हुने गर्दछ । यस्तै केहीँ तेस्रोलिङ्गीहरु भने बाहिर महिला भए पनि भित्री रुप भने पुरुषको हुने गर्दछ । हाम्रो समाजमा तेस्रोलिङ्गीलाई हेर्ने नजर साँघुरो छ । तेस्रोलिङ्गीहरु समाजमा खुलेर बाहिर आउन अझै हिचकिचाउँछन् । उनीहरुलाई समाजले हेर्ने नजरका कारण उनीहरु आफ्नो बारेमा खुलेर आफ्ना परिवार, साथीभाई, आफन्त सामु पनि  भन्न सकिरहेका हुँदैनन् । आजकाल भने केही शहरी क्षेत्रमा केही मात्रामा तेस्रोलिङ्गीहरु खुल्ने गरेका छन् । तेस्रोलिङ्गीका बारेमा मानिसहरूको मनमा विभिन्न किसिमका प्रश्नहरू आउने गर्दछन् । किन तेस्रोलिङ्गी भए ? के कारणले गर्दा तेस्रोलिङ्गी बच्चाको जन्म भयो ? कतिपय समाजमा त तेस्रोलिङ्गीको जन्मलाई अभिशाप या भनै पुर्खाको श्राप लागेको पनि भन्ने गरेको पाइन्छ । नेपाल तथा छिमेकी मुलुक भारतमा यदि तेस्रोलिङ्गी बच्चाको जन्म भए तेस्रोलिङ्गी समुदायलाई दिने गरेकाे  हामीले सुनेका वा देखेका छौं । गर्भाधारणको पहिलो तीन महिनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ । यस्तो अवस्थामा कुनै किसिमको चोटपटक, खाना वा हर्मोनको समस्याले गर्दा बच्चामा पुरुष वा महिलाको सट्टा दुवै लिङ्गका अंग र गुण आउने गर्दछ । गर्भावस्थाको पहिलो ३ महिनामा गर्भवती महिलालाई ज्वरो आए वा भूलवश कुनै पनि भारी मात्राको औषधि खाएमा पनि शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्सको विकास हुने गर्दछ । गर्भवती महिलाले गर्भाधारणको पहिलो ३ महिना विशेष ध्यान दिन जरुरी हुन्छ । के कारण तेस्रोलिङ्गी बच्चाको जन्म हुन्छ त ? –गर्भाधारणको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा । –गर्भाधारणको पहिलो ३ महिनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा –शिशुको आर्गन्सलाई नोक्सान भएमा । –जेनेटिक डिसअर्डरले शिशुको लिंग निर्धारणमा असर गरेमा । –डाक्टरको सल्लाह नगरी गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेमा । गर्भवती महिलाले ध्यान दिनपर्ने कुराहरु –डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारको औषधि नखाने । ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन । – गर्भवति भएपछि हेल्दी डाइटअनुसारको खानेकुरा खाने । – बाहिरको खाना सकेसम्म नखाने । –गर्भवती हुन चाहने महिलामा थाइराइड प्रब्लम, डायबिटीज, मिर्गी जस्ता राेग भएमा डाक्टरको सल्लाह अनुसार प्रेग्नेंसी प्लान गर्ने । –गर्भवती भएकोको पहिलो ३ महिनामा ज्वरो रुघाखोकी भएमा डाक्टरसँग सल्लाह लिने । – गर्भवति भएको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन नगर्ने ।
अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मणिपाल कलेजमा तालाबन्दी गरेको छ । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले उक्त कलेजमा तालाबन्दी गरेको हो । उक्त कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जानकारी दिए। कलेजले विद्यार्थीलाई मर्का पार्नेगरी विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।
वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका काठमाडौं।अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फोहर अ‌ाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो । खाद्यन्न हिनामिना गर्दा लाखौं डलर नोक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलो परिणााममा खाद्यन्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन् ।सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छु, प्रतिवेदनमा भनिएको छ । जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,प्रतिवेदनमा भनिएको छ । अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेको भन्दै यो खाद्यन्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ । सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घोषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नको ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेको थियो । एजेन्सी
जन्ती बस दुर्घटनाः घाइते एक जनाको मृत्यु काठमाडौं। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो । मुसीकोट( २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो । प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो । घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।
म्यानमारको सेनाले प्रदर्शनकारीमाथि चलायो ट्रकः पाँचको मृ्त्यु, दर्जनौं घाइते काठमाडौ।म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ‌ं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गोली प्रहार गरेको थियो । फेब्रुवरीमा सेनाको कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाइ जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ । विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि अ‌ाजभोलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायोजना गर्न थालेका छन् । एजेन्सी
उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान उदयपुर ।त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्वन्द्व पीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव हुने बताए । उनले द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए । मुलुक परिवर्तनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आइतबार आयोजना गरेको टोल विकास संस्थासँगको अन्तरक्रिया र द्वन्द्वपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरूले परिवर्तनका लागि लडेकाहरूको उचित सम्मान हुनु पर्ने बताए ।
कुटपिट गर्दा श्रीमतीको मृत्युभएपछि श्रीमान् पक्राउ काठमाडौं ।श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । उनका अनुसार यही मङ्सिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान सुरु गरेको उाले बताए।
बरालको जीवन रक्षाका लागि आयोगको अपिल काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत तारा बरालको जीवन रक्षाका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । आयोगले जीवन जोखिममा राखेर अनशन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न बराललाई आग्रहसमेत गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ । गत कात्तिक ३० गतेदखि सर्वोच्च अदालतलाई पूर्णरूपमा तत्काल सञ्चालन गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालयअगाडि प्रदर्शन गर्दा महिलामाथि दुव्र्यवहार गरी अपशब्द बोल्ने वकिलहरुलाई कारवाही गर्नुपर्ने, एमसिसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्णरूपमा खारेज गर्नुपर्ने भन्ने माग राख्दै आमरण अनशनमा बसेका थिए । अनशनरत बरालको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । आयोगको अनुगमन गर्दा बरालको स्वास्थ्यस्थिति थप जटिल अवस्थामा पुगेको जनाएको छ ।
लागूऔषधसहित दुई पक्राउ काठमाडौं ।लागूऔषधसहित सो कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्रहरीको टोलीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका–१० मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरी रहेका छन् । ना.५६ प ५४१७ नंको सेतो पल्सर मोटरसाइकलको ट्याङ्कीभित्र कालो प्लास्टिकले बेरिएर लुकाई राखिएको सात प्याकेट लागूऔषध खैरो हिरोइन प्लास्टिक अन्दाजी (३.५ ग्राम) प्रहरीले बरामद गरेको थियो ।
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर गरेको मुद्दा सुनुवाई गर्दै अन्तरिम जारी गरेको उच्च अदालत पाटनकी उप-रजिस्टर अमृता भण्डारीले जानकारी दिइन् । योसँगै एनआरएनएको वर्तमान कार्यसमितिलाई चुनाव गराउन बाटो खुलेको छ । यसअघि परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । परराष्ट्र मन्त्रालयले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रिया संरक्षक समितिबाट गर्नुपर्ने निर्देशनसहितको पत्र पठाएको थियो । त्यसलाई चुनौति दिँदै एनआरएनए अध्यक्ष कुमार पन्तले अदालतमा मुद्दा दायर गरेका थिए ।
बाजुरा अटो दुर्घटनामा दुईको मृत्यु काठमाडौं ।बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो । अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।
अवरुद्ध सडक सञ्चालनमा काठमाडौं ।कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ । भारतीय डिएल १७ सी ४७५४ नंको जीपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भएपछि बिहानदेखि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका थिए । जीप सञ्चालक र पीडित परिवारबीच भएको छलफलमा क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएपछि सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । जीपको ठक्करबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार रकम उपलब्ध गराउने र क्षतिपूर्तिबापत बीमाले तोकेअनुसारको रकम उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए ।
दोबामा अस्पताल भवन निर्माण सुरु काठमाडौं । अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको जानकारी दिए । “आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो”, उनले भने, “आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” भवन निर्माणका लागि रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । रु छ करोड ८३ लाख ५० हजार ८० लागत अनुमान गरिएको थियो । विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए । निर्धारित समयभित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् । दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य रु एक करोडभन्दा बढी छ । दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७/७८ मा रु ७० लाख पठाएको थियो । यस वर्ष मन्त्रालयले बजेट पठाउन ढिलाइ गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । विनियोजन भएको बजेट समयमै खर्च गर्ने अख्तियारी आएमा निर्माण व्यवसायीलाई छिटो काम गराउन दबाब दिन सकिने उनको भनाइ छ ।
आहा ! तोरी बारी (फोटोफिचर) कपिलवस्तु । तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् । कपिलवस्तुको बुद्धभूमि ३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ । यहाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देखिँदा चिटिक्क बनेका छन् । तोरीको सिजन सुरु भए सँगै कपिलवस्तुका धेरै बस्ती प्राकृतिक रूपले सिँगारिएका छन् । जिल्लाको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिकाका बस्तीहरू पहेँलपुर बनेका छन् । तोरीको फूल लागेको १५ देखि २० दिन भित्र फूल झर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्र चौवे बताउँछन् । कपिलवस्तु कृषि उत्पादनका लागि उर्वर भूमि समेत मानिन्छ । यो सिजनमा तोरीको अलावा, गहुँ मकै र विभिन्न जातका तरकारी खेती हुने गरेको छ । जिल्लामा दुई हजार ८१५ हेक्टर बढी जमिनमा तोरी खेती गरिन्छ । प्रतिहेक्टर ९८० केजी तोरी उत्पादन हुने गरेको छ ।
स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ काठमाडौं।नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा उक्त रकमसहित खनाललाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाएको प्रहरीले जनाएको छ ।
आफ्नो देशमा श्रीलंकन नागरिकलाई जिउँदै जलाइएपछि इमरानले राजापाक्षेलाई के भने ? काठमाडौं। पाकिस्तानको सियालकोटमा श्रीलंकाली नागरिकलाई भिडले जिउँदै जलाएको घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गरेका छन् । पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरानले श्रीलंकाली समकक्षी राजापाक्षेसमक्ष पाकिस्तानको तर्फबाट आफू लज्जित भएको समेत बताएका छन् । शुक्रबार पाकिस्तानको सियालकोटमा भिडले कथित ईशनिन्दाको आरोपमा एक श्रीलंकाली नागरिकलाई कुटेर हत्या गरेर शवलाई आगो लगाइदिएका थिए । प्रियानाथ कुमारा नामका श्रीलंकाली नागरिक इसाइ थिए र लाहोरबाट करिब १०० किलोमिटर टाढा सियालकोट जिल्लाको वजीराबाद रोडस्थित एक कपडा कारखानामा म्यानेजरको रुपमा २०१२ देखि काम गरिरहेका थिए । घटनापछि प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानको लागि लज्जास्पद दिन भनेका थिए । Spoke to Sri Lankan President Gotabaya Rajapaksa today in UAE to convey our nation’s anger & shame to people of Sri Lanka at vigilante killing of Priyantha Diyawadana in Sialkot. I informed him 100+ ppl arrested & assured him they would be prosecuted with full severity of the law — Imran Khan (@ImranKhanPTI) December 4, 2021 शनिबार प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै आफूले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई फोन गरेको जानकारी दिए । इमरान खानले श्रीलंकाली राष्ट्रपतिलाई फोन गरेर यो मामिलामा अहिलेसम्म सय भन्दा धेरैलाई गिरफ्तार गरिएको बताउँदै दोषीलाई कानुन बमोजिम कारवाही गरिने विश्वास दिलाएका छन् । यही बीचमा मारिएका श्रीलंकाली नागरिककी पत्नीस्को बयान पनि सार्वजनिक भएको छ । उनकी पत्नी निरोश दसानियाले भनिन् ‘मैले इन्टरनेटमा देखें कि कति अमानवीय तरिकाले उहाँको हत्या गरियो । म श्रीलंकाका राष्ट्रपति र पाकिस्तानका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग निष्पक्ष जाँचको माग गर्छु ताकि मेरा पति र मेरा दुई छोराछोरीले न्याय पाउन सकुन् ।’ श्रीलंकाली नागरिकको शव इस्लामाबाद पठाइएको छ र भोलि सोमबार श्रीलंका पठाइनेछ ।
तीन महिनामै १० अर्बकाे चाँदी आयात काठमाडाैँ। चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार असाेज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने नाै अर्ब ९७ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएको छ। असाेज २०७६ सम्ममा दुई अर्ब ९९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएकोमा गत वर्ष कोभिडका कारण आयात केही प्रभावित भएको थियो । तर, यो वर्ष उच्च दरमा चाँदी आयात हुन थालेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीका लागि टाउको दुखाइको विषय बनेको हो। उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्स तथा विदेशी विनियम सञ्चितीका कारण दबाबमा रहेको नेपाल राष्ट्र बैंकले १३ मंसिरदेखि नै चाँदी आयातमा कडाइ गरिसकेको छ। ‘अघिल्ला वर्षहरूको तुलनामा चाँदीका आयात केही अस्वभाविक देखिएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने, ‘केही प्रावधानमा कडाइ गरिसकेका छौं, आगामी दिनको आयात हेरेर थप निर्णय गछौं।’ राष्ट्र बैंकले १३ मंसिरमा निर्देशन जारी गर्दै खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थामार्फत् बाणिज्य बैंक तथा व्यवसायीले चाँदी आयात गर्न पाउने र आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको मात्र सटही सुविधा दिने व्यवस्था गरेको छ। यसैगरी आयातित चाँदी गरगहना र हस्तकलाका सामान निर्माण गर्नका लागि मात्र प्रयोग गर्न सक्नेछन्। यसअघि राष्ट्र बैंकले सुन आयात र बिक्रीमा कडाइ गरे पनि चाँदीमा भने खुला छोड्दै आएको हो। चाँदीको अस्वभाविक आयात हुन थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो। चाँदीको आयात अस्वभाविक भएको व्यवसायीसमेत स्वीकार गर्छन् । ‘हाम्रो आवश्यक्ताभन्दा बढी नै चाँदी आयात भएको देखिएकाले कडाइ गर्न हामीले पनि राष्ट्र बैंकलाई सुझाव दिएका हौं’, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने । आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात हुँदा कुल वस्तु आयात चार खर्व ७८ अर्ब ५२ करोड पुगेको छ । जसको कारण तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । तीन महिनामा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले कमि आई दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ भने चालु खाता घाटा एक खर्ब ५१ अर्ब ७० करोड पुगेको छ। यसैगरी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमि आई असाेज २०७८ सम्ममा १३ खर्व १९ अर्ब ३२ करोड कायम भएको छ। अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएपछि राष्ट्र बैंकले विलासी सामनका आयातमा कडाइ गरेको छ ।
हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद काठमाडौं ।तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । विसं २०७६ असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरुमाथि अभियोग लागेको थियो । सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ । यसअघि २०६९ मङ्सिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीलाई गोली हानी हत्या गरेका थिए । त्यतिबेला उनको उमेर १५ वर्षमात्रै भएकाले चौधरीलाई अदालतले सुधारगृह पठाएको थियो ।
अनुगमन संयन्त्रलाई एकीकृत गरिँदै काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ । अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण रहेका छन् । त्यसैगरी संरक्षण र उपयोग, निर्माणकार्य, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्थालाई एकीृकत गरी अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार आउने दिनहरूमा अनुगमनबाट देखिएको अवस्थालाई सफ्टवेयरमार्फत सम्बन्धित अधिकारीकामा जानकारी दिने, तुलना गर्ने, सुधार हेर्ने प्रणाली आवश्यक भएको एकीकृत संयन्त्र आवश्यक भएको हो । महानगरपालिकाले विगत साढे चार वर्षको अवधिमा ६५ कानुन तर्जुमा गरेको जानकारी दिँदै प्रवक्ता डङ्गोलले यीमध्ये अनुगमनसम्बन्धी ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी भएको बताए । स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएका उक्त ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरेको छ । अब निर्माण हुने एकीकृत प्रणालीबाट विगतमा हुने गरेका असमन्वय हटेर जाने तथा कामको प्रगतिको एकात्मक प्रणालीबाट अभिलेखीकरण हुने विश्वास महानगरपालिकाको छ ।
क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने काठमाडौं ।कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेक मेलाको २७औँ संस्करणको आवश्यक तयारी अघि बढाइएको आयोजक क्यान महासङ्घले जनाएको छ । इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने गरी तयारी गरिएको भए पनि कोभिड–१९ महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको थियो । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न पाउने महासङ्घका महासचिव नारायण थापाले बताए । प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्ड रहनेछन् । इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् । क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ । सन् १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुआत गरेकामा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी एवं सम्मेलन मुलुककै ठूलो प्रदर्शनी मानिन्छ । प्रदर्शनीले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत पुग्ने महासङ्घले विश्वास लिएको छ ।
एक क्विन्टल गाँजासहित तीन पक्राउ काठमाडौँ ।महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेको अवस्थामा तीनै जनालाई गाँजासहित पक्राउ गरिएको जनाइएको छ । गाँजासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
नेपालमा ‘जवाद’ चक्रवादको असर सामान्य काठमाडौँ ।बंगालको खाडीको मध्य पश्चिम भू-भागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात शनिबार बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसका कारण नेपालमा खासै ठूला प्रभावपर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिबाट प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाष्हका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ । सो पश्चिमी न्यून चापीय प्रणलीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
शिलान्यासमा हतारो: नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन काठमाडौं ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए । त्यसबखत दुई वर्षमा २५ वटा उद्योग सुरु हुने उद्योष पनि भएको थियो । तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा नौ महिनासम्म काम नै सुरु भएको छैन । जस लिनलाई ओलीले तत्कालिन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए । यद्यपि, बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ । २१ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । जहाँ एक सयभन्दा बढी विभिन्न उद्योग बन्नेछ । सुरुको दुई वर्षमा कम्तीमा २५ उद्योगको भौतिक पूर्वाधारको निर्माण सक्ने भनिएको थियो । यहाँ निर्माण सम्पन्न हुँदासम्म चिनियाँ कम्पनीले साढे तीन सय अर्बसम्म लगानी गर्ने उनले बताए । लगानी बोर्डले ढिलाई गर्दा काम सम्पन्न हुन नसकेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार लगानी बोर्डले विस्तृत योजना सम्झौतामा ढिलाई गर्दा फिल्डमा काम हुन सकेको छैन । ‘सबै काम सकिएको छ । चिनियाँ टोलीले फिल्डमा माटो परीक्षणको काम पनि सकेको छ,’ उनले भने, ‘अब प्रोजेक्ट डिटेल एग्रिमेन्टका लागि लगानी बोर्डमा छ । यो अन्तिम प्रक्रिया हो । लगानी बोर्डमा छलफलको क्रममा छ । यो चिनियाँ कम्पनी र नेपाल सरकारबीच हुने सम्झौता हो ।’ लगानी बोर्डले जति चाडो गर्‍यो त्यति नै छिटो भौतिक संरचनाको काम पनि सुरु हुने उनले बताए । ‘हामीले जग्गा व्यवस्थापनको काम सकेका छौँ । अब लगानी बोर्डले पीडिएको काम जति छिटो गर्‍यो त्यति छिटो काम हुन्छ । हामीले गर्ने जग्गा व्यवस्थापनको काम सकिएको छ,’ उनले भने, ‘फिल्डमा अहिले केही पनि हुन्न । लगानी बोर्डले काम सकेपछि मात्र चिनियाँ कम्पनीले काम गर्छ । लगानी बोर्डले पहिल्यै सक्नुपर्ने हो । तर, अझै दुई/ तीन महिना त लाग्ला ।’ बोर्डले ढिलाई गरे चिनियाँ कम्पनी फर्कन पनि सक्ने उनले चेतावनी दिए । ‘सरकार परिवर्तन भयो । पुरानो सरकारले गरेका कुनै पनि काम अघि बढेको छैन । उद्योग मन्त्री पनि हुनुहुन्न,’ बस्नेतले भने, ‘उस्तै पर्‍यो भने त फर्कन्छ । भनेको समयमा उनीहरूको त काम हुनुपर्छ ।’ ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा बन्ने औद्योगिक पार्क निर्माण हुनेछ । ओलीले शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ । त्यो क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भव मात्र छ ।
२३८ जना नयाँ सङ्क्रमित थपिए काठमाडौं ।पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ७९७ जनामा पीसीआर परीक्षण गरिएकोमा २३८ जनामा र १ हजार ५०२ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ५ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ । यसैगरी देशमा हालसम्म ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
वाग्मती सफाइ महाअभियानः १० मेट्रिक टन फोहर व्यवस्थापन काठमाडौं ।वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ । सफाइमा अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, स्थानीयवासी, महानगरपालिका वातावरण विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, हलेसी डेकोर, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घका पदाधिकारी, कर्मचारी एवं सदस्यको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म दुई घण्टा ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ नदीका विभिन्न भागमा सफाइ गरिन्छ । महाअभियान शुरु भएदेखि जाडो, गर्मी, वर्षाद्, चाडपर्व, प्राकृतिक विपत्तिजस्ता प्रतिकुल परिस्थिति आइपरे पनि सफाइलाई निरन्तरता दिन अभियानकर्मी चुक्दैनन् । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक स्थल, चक्रपथका उत्तरी र पश्चिमी भेग गरी २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिर प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर १०९ स्थानभन्दा बढी सफाइ अभियान चलेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानले यो रुप लिँदा नदी सफाइकै क्षेत्रमा काम गर्न स्थापना भएका अधिकार सम्पन्न वाग्मती समितिलगायत निकायका काम प्रभावकारी नभएको भन्दै गत हप्ता अभियानकर्मीले ज्ञापन पत्र बुझाएका छन् । रु १४ अर्ब खर्च हुँदा पनि विसं २०५२ मा वाग्मतीलाई ढल मुक्त गर्न स्थापना भएको समितिले एक किमी नदीलाई पनि ढलमुक्त गर्न नसकेको भन्दै महाअभियानले आपत्ति जनाएको हो । वाग्मतीका किनारका मनोहरा, रुद्रमती, कुपण्डोलको तल्लो क्षेत्र र विष्णुमतीको टङ्केश्वर क्षेत्रको सार्वजनिक जग्गामा व्यक्ति एवं व्यावसायिक संस्थालाई व्यवसाय गर्न सम्झौता गरी दिइएकामा महाअभियानले निष्पक्ष छानबिनको माग गरेको अभियानकर्मी गोविन्द काफ्लेले बताए । यस्ता गैरजिम्मेवार कामको महाअभियानले निन्दा गरेको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१५ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । फोहरलाई शून्य बनाउने अवधारणामा आधारित भएर यस क्षेत्रको सफाइ अभियानलाई अघि बढाइएको वाग्मती सुन्दरता सरोकार मञ्चले जनाएको छ । मुहानदेखिकै वाग्मती सफाइमा मञ्च जुट्दै आएको छ । मञ्चले कुहिने फोहरलाई खाडल खनेर घरपरिसरमै व्यवस्थापन गरी कौशीखेती गर्न र नकुहिने फोहर पनि नदी किनारमा नफाल्न आह्वान गरेको अध्यक्ष उत्तम पुडासैनीले बताए ।
म्याद नाघेको ३२ टन चिया नष्ट गरिँदै काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।
सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा काठमाडौं ।काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए । कालिकोट घर भई नयाँबजार बस्दै आउनुभएका ४९ वर्षीय जनम हमालले सञ्चालन गरेको कारखानामा आगालागी हुँदा झण्डै डेढ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ब्याङ्क्वेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताए ।
गृहसचिव पाण्डेद्वारा निर्देशन काठमाडौँ ।गृहसचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबीच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । गृहसचिव पाण्डेले जनताको शान्ति सुरक्षा कायम गर्न कुनै कसूर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले जनताको सुरक्षा गर्नु सुरक्षा निकायको मूल कर्तव्य भएकाले आफ्नो कर्तव्य पूरा गर्न सबै सुरक्षा निकाय एकजुट भई लाग्नुपर्ने बताए । वीरगञ्ज मूल भन्सार कार्यालयअन्तर्गतको आइसीपी परिसरमा स्थापना गरिएको मानवीय कार्यस्थल कक्षको आजै एक समारोहबीच गृह सचिव पाण्डेले उद्घाटन गरे ।
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।’ उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताइन् । उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरिन् ।उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरिन् । उनले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरेकी छन् । ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिइन् ।
दुर्घटनामा घाइतेको उपचारकै क्रममा निधन काठमाडौँ ।ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको ज्यान गएको छ । आज भएको दुर्घटनामा परी घाइते भएका चार जनामध्ये सिरीजङ्घा–३ का २५ वर्षीय बसन्त लिम्बू र सोही स्थानका १५ वर्षीय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो । वसन्त लिम्बूको धरानस्थित घोपा क्याम्पमा र समीरको सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साँझ निधन भएको हो । अन्य दुईको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार सिरीजङ्घा गाउँपालिकामै घर भएका चालक अमिन लिम्बूको धरान र सुसन लिम्बूको तेल्लोकमा उपचार भइरहेको छ । आज सिरीजङ्घामा पर्ने ओरक्पाबाट बोखिमतर्फ गोलिया बोकेर जाने क्रममा मे १ त ६८९३ नम्बरको ट्र्याक्टर अचानक सडकबाट २०० मिटरतल झरेको थियो । घाइते भएका सबै ट्याक्टरमा सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ काठमाडौँ ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत(१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ । नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु नौ लाख बरामद भएको थियो । पाँच सय र १००० का नोट मिलाएर जम्मा रु नौ लाखसहित पक्राउ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।
मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का काठमाडौं ।मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा आज दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिङ्ग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ । बाटोबाट करिब २५० मिटर तल भिरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उाले भने, “बोहराको कसरी मृत्यु भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन, प्रहरी टोली घटनास्थल पुगेपछि र अनुसन्धानपछि थप कुरा थाहा हुन्छ, प्रहरी टोली भोलिमात्रै त्यहाँ पुग्छ होला ।” यता बोहराका आफन्तले भने हत्याको आशङ्का गरेका छन् । उनीहरुले घटनाको विषयमा छानबिन गर्नुपर्ने बताएका छन् ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु काठमाडौं ।झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै आज बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द काठमाडौं ।विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ । घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए । कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको छ ।
सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त काठमाडौं ।विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन आज सिरहा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार सातै जनालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । कुटपिट तथा अङ्गभङ्ग मुद्दामा अदालतबाट दुई वर्ष कैद तथा रु एक लाख जरिवानाको सजाय पाएर फरार लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाही निवासी ६० वर्षीय रामअशिष दास तत्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै नकबजनी चोरी मुद्दामा एक वर्ष कैद र रु चार लाख ९९ हजार ६०० जरिवानाको सजाय पाएर फरार लहान नगरपालिका–२० भवानीपुर कलाबन्जर निवासी ३४ वर्षीय परशुराम यादव, लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय पाएका सुखीपुर नगरपालिका–५ निवासी ३८ वर्षीय कासिन्द्र यादव, लेनदेन बिगो मुद्दामा छ महिना कैद सजाय पाएर फरार सिरहा नगरपालिका–१२ गम्हरिया टोल निवासी ४५ वर्र्षीया अनितादेवी सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । त्यस्तै सवारी ज्यान मुद्दामा १५ दिन कैद र रु दुई हजार जरिवानाको सजाय पाएर फरार गोलबजार नगरपालिका–२ गुरुधाम निवासी ४१ वर्षीय रामकुमार मगर र सवारी ज्यान मुद्दामै आठ दिन कैद र रु दुई हजार जरिवानाको सजाय पाएर फरार सोही ठाउँका ३५ वर्षीय साजनकुमार लामा र जग्गा खिचोला मुद्दामा रु १३७ जरिवानाको सजाय पाएका औरही गाउँपालिका–२ निवासी ६७ वर्षीय जगदीश नायकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ । त्यस्तै झैझगडा तथा कुटपिट मुद्दाका फरार विष्णुपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय रामबाबु यादवलाई आजै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते काठमाडौं ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहिबार बस र हायस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लादै गर्दा अस्पताल बाटोमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भीर छ।उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा ४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । प्रहरी प्रवक्ता काफ्लेले दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा काठमाडौं ।बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले जानकारी दिएका छन् । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारूपमा रहेको हलेसीमा लाग्ने मेलाई बृहत् बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ । बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ । मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईंचो लाग्न थालेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोभिड–१९ को महामारीपछि हलेसीमा हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भए यता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन । मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा नेपालको सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।
सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी पक्राउ काठमाडौं । सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी प्रहरीको फन्दामा परेका छन्। एक महिना अघि दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । सहकारीको सुरक्षामा रहेका सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । सो हत्यामा संलग्न भएको आरोपमा कार्कीद्वयलाई पक्राउ गरेको व्यूरोका प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए । उनका अनुसार मृतका खड्काको शव कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा फेला परेको थियो । प्रहरीका अनुसार बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरी सहकारीमा रहेको १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर भागेका थिए । प्रहरीका अनुसार सुरक्षा गार्डलाई फकाएर नजिकैको जंगलमा लगी हत्या गरेका थिए । खड्काको टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । उनको हत्यापछि कार्कीद्वयले सहकारीका भएको रकम लिएर काठमाडौ आएका थिए । काठमाडौ आएपछि उनीहरु मुस्ताङ घुम्न गएका थिए ।
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक काठमाडौं ।बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकामा प्रशन्नता व्यक्त गरे । उनले प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्दै प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा (माओवादी केन्द्र)को तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए ।
पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् । प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदाको अवस्थाबारे उल्लेख गर्दै न्यायाधीशहरु छलफलमा बस्दा पेसी तोक्न ढिला भयो भने सुनुवाइ पनि प्रभावित भयो । दैनिक बिहान १०ः१५ बजेतिर पेसी तोकिनेमा आज १ः३० मा मात्र पेसी तोकिएको थियो । बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दामा पेसी तोक्न सुरु गरिएअनुसार आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको थियो । गोला प्रक्रियाबाट १० वटा इजलास गठन भएका थिए । तीमध्ये दुईवटा पूर्ण, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको थियो । ती इजलासमा कूल १९२ मुद्दा सुनुवाइका लागि राखिएको थियो । न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा ३० वटा मुद्दामा पेसी तोकिएकामा ती सबै मुद्दा नै हेर्न नभ्याइने सूचीमा छ । त्यस्तै न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा २१ मुद्दा सुनुवाइका लागि राखिएकामा सबै हेर्न नभ्याइने सूचीमा छ । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि १८ मुद्दा तोकिएकामा पूरै हेर्न नभ्याइने सूचीमा छ । न्यायाधीशहरु सपना मल्ल र तेजबहादुर केसीको संयुक्त इजलासमा २८ मुद्दामा पेसी तोकिएकोमध्ये २७ वटा हेर्न नभ्याइने सूचीमा छ । त्यस्तै दीपककुमार कार्कीको एकल इजलासमा १९ वटा मुद्दामा पेसी तोकिएकामा १८ हेर्न नभ्याइने सूचीमा छ । गत कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ । बन्दी र निवेदनबाहेकका मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिराइरहेका छन् ।