content
stringlengths
20
64.1k
म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका पाँच लाख नेपाली पहिचानविहीन लन्डन । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन् । युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो । युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको विश्वास गरिएको छ । नेपाल सरकारको ध्यान नपुग्दा लाखौंको संख्यामा नेपालीले पहिचान गुमाउनु परेको हो । उनीहरू नेपाली भाषी हुन्, आत्मसम्मानका लागि उनीहरूलाई सरकारले पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) परिचयपत्रको व्यवस्था गर्नुपर्ने अध्यक्ष बस्नेतले भनाइ छ । उक्त परिचयपत्रले नेपालबाट टाढिएका पुरानो र नयाँ पुस्तालाई नेपालसँग जोड्ने अध्यक्ष बस्नेतले बताए । नेपाली भाषीलाई परिचयपत्र राज्यले प्रदान गर्न सक्यो भने देशमा पर्यटन र लगानी लगायतको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बस्नेतले बताए । ‘दक्षिण एसियाबाहेकका देशमा बसोबास गर्ने नेपालीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिएजस्तै ती ४ देशमा बस्ने नेपालीलाई पिएनओको परिचयपत्र दिन सकिन्छ,’ उनले भने, ‘ती मुलुकमा बसोबास गर्ने नेपालीलाई पीएनओको मान्यता दिलाउन पहल गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् समक्ष माग गरेको छु ।’ बस्नेत र चौथो पुस्ताका कुमार कार्कीले संयुक्त रूपमा अगस्ट २८ तारिखमा बैंककमा हुने गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा पिएनओका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् । अधिकांश नेपाली भाषी नेपालीहरू बैंककदेखि ४ सय किलोमिटर टाढा रहेको म्यानमार र थाइल्याण्डको बोर्डरमा बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेसा कृषि हो । उनीको मुख्य आम्दानी आफ्नै रोजगारी, व्यवसायलगायत सिलाई कटाई, सुटिङ एण्ड टेलरिङ रहेको छ । गैरआवासीय नेपाली नागरिकले तेस्रो पुस्तासम्म नागरिकता पाउने संवैधानिक व्यवस्था गलत रहेको उनले बताए । बस्नेतका अनुसार दोस्रो विश्वयुद्धपछि बिना पासपोर्ट छिरेका ठूलो संख्यामा युद्धमा होमिएका नेपाली भाषीहरूको ६ पुस्तासम्म भेटिएको छ । त्यहाँ रहेका नेपालीहरूले नेपालमै जस्तो तीज, दसैँ, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरू मनाउँदै आएका छन् । उनीहरूको सक्रियतामा फुकेटमा २० वर्षअघि नेपाली थाई मुलनीथी श्री भागवत धाम सनातन मन्दिरको स्थापना गरिएको थियो ।
गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो । संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य हुनेछ । प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा चार जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् । समितिमा एक दर्जन पत्रकारलाई समाचारविज्ञको रुपमा समेटिएको छ । गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिसमा उपमहासचिवद्धय रामशरण सिम्खडा र नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवी खड्काले जानकारी दिए ।
वैदेशिक रोजगार तालिममा लगानी गर्नुपर्ने ५ अर्ब ३५ करोड रकम बैंकमा थन्कियो काठमाडौँ। वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ। विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो। आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोगजागरीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन्। सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन्। यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३(१) मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने र त्यसको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्ने व्यवस्था गरेको थियो। तर, उक्त ऐनको कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । कामदारहरुलाई विना सीपमूलक तालिम वैदेशिक रोजगारीमा पठाउने गरिएको छ। वैदेशिक रोजगारीमा जानुअघि तालिम दिनलाई समेत छुट्टयाइएको ५ अर्ब ३५ करोड रुपैयाँ लामो सयमदेखि बैंक खातामा थन्किएर बसेको छ। महालेखापरीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम नदिइएको कुरालाई गम्भिरताका साथ उठाइएको छ। ‘वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.४३ प्रतिशतले मात्र सीपमूलक तालिम लिएका छन्। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको तालिमसमेतमा उपयोग गर्नुपर्ने ५ अर्ब ३५ करोड रुपैयाँ मुद्दती खातामा निस्क्रिय राखेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको तीन वर्षको अवधिमा १० लाख ४४ हजार नेपाली कामदार वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेका छन्। यीमध्ये ४ हजार ८१८ जनालाई मात्र सीपमूलक तालिम प्रदान गरिएको थियो। अर्थात ०.४३ प्रतिशतले मात्र उक्त तालिम लिएको देखिन्छ। विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ९ हजार वैदेशिक रोजगारीमा जाँदा ११० जना, २०७६/७७ मा ३ लाख ६८ हजार वैदेशिक रोजगारीमा जाँदा १ हजार ११८ र २०७७/७८ मा १ लाख ६७ हजार वैदेशिक रोजगारीमा जाँदा ३ हजार २९० जनाले मात्र सीपमूलक तालिम प्राप्त गरेका थिए। ‘सीपमूलक तालिम लिई दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाई विप्रेषण लगायत अन्य लाभ अभिवृद्धिका लागि कोषको रकम परिचालन गर्नु उपयुक्त हुने देखिन्छ,’ महालेखापरीक्षकको कार्यालयले भनेको छ। वैदेशिक रोजगारीमा जानेहरु दक्ष भएका कारण सीपमूलक तालिम नदिइएको होइन। यसलाई कार्यन्वयन गर्ने नियका वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागको उदासिनताको कारण यस्तो भएको हो। विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेमध्ये २ लाख ८५ हजार ४४५ जना कामदार अदक्ष रहेका थिए। अर्थात उनीहरुसँग कुनै सीप थिएन। आर्थिक वर्ष २०७७/७८ मा यस्तो संख्या १ लाख ६६ हजार ६९८ रहेको छ। प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी अदक्ष कामदार हुने गरेका छन्, जसलाई जानुअघि सीपमूलक तालिमको आवश्यकता सबैभन्दा बढी हुनेगर्छ। वैदेशिक रोजगारीमा जानेहरुको लागि सीपमूलक तालिम दिन वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ ल्याइएको थियो। कार्यविधमिा एक महिना, एक महिनाभन्दा बढी, तीन महिनाभन्दा कम र तीन महिनाभन्दा बढीको गरी चाल प्रकारको सीपमूलक तामिलको व्यवस्था गरिएको छ। सीपमूलक तालिम लिनेहरुलाई मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने कुरा कार्यविधिमा उल्लेख छ। तर वैदेशिक रोजगारीमा जानेहरु अधिकांश यस्तो तालिम नलिनेहरु छन्।
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्। उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र अनुसन्धानमा राज्यले लगानी गर्नुपर्ने बताए।  पुनले इलिनोइ राज्यको राजधानी स्प्रिंगफिल्ड र छिमेकी शहर ज्याक्सनभील वरिपरि बसोबास गर्ने नेपाली समुदायसँग अगष्ट ५ २०२२ शुक्रबारका दिन अन्तरक्रिया गरेका थिए। स्प्रिंगफिल्ड र ज्याक्सनभील क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको उद्धेश्य, आजसम्म भए गरेका कामहरु र आगामी दिनमा केन्द्रले तय गरेका अनुसन्धान र आविष्कारका लक्ष्यहरुका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा सहभागी व्यक्तित्वहरुले आविष्कार केन्द्रका बारेमा गहिरो चासो व्यक्त गर्दै केन्द्रका प्रगतिका साथै यसका क्रियाकलापहरुका बारेमा बिभिन्न प्रश्नहरु गरेका थिए। ती प्रश्नहरुका उत्तर दिने क्रममा अध्यक्ष डा पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्वामित्व पूर्णरुपमा नेपाली जनतामा रहेको र यो केन्द्र स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक, प्राबिधिक सहयोगबाट संचालन भैरहेको बताए। डा महाबीर पुन राष्ट्रिय आविष्कार केन्द्रमा भर्खरै तयार गरेर नेपालमा सफल परिक्षण समेत गरिएको अस्पतालमा नवजात शिशुलाई जन्मने बित्तिकै न्यानोमा राख्न प्रयोग गरिने बेबी वार्मर (न्यानो नानी, नेपाली नाम) को प्रदर्शनीका लागि अमेरिकाको नर्थ इष्ट अाेहायाे मेडिकल युनिभर्सिटीले  आयोजना गरेकाे  एक औपचारिक कार्यक्रममा भाग लिन हालै अमेरिका आएका हुन्। सो उपकरणलाई युनिभर्सिटीले अनुमोदन गर्नुका साथै आविष्कार केन्द्रलाई सफल अनुसन्धान गरे बापत अवार्ड समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ।
खल्लो भयो प्रचण्डको जापान भ्रमण, सर्वत्र आलोचना र विरोध टोकियो। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण उनका लागि प्रत्युत्पादक भएको छ। जापानको नरिता विमानास्थलमा ओर्लेपछि नेपाली संचारमाध्यमहरुसँग बोल्ने क्रममा हालै हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेका बारेमा हुँदै नभएको टिप्पणी गरी आफूलाई जापानी नेतासँगको सम्पर्क भएको नेपाली नेताका रुपमा चिनाउन खोजेपछि उनीमाथि जापानवासी नेपालीहरु खनिएका छन्। सामाजिक सञ्जालहरुमा उनको भ्रमणको औचित्यमाथि प्रश्न गर्नेहरुको बाढी नै आएको छ । गोली हत्या गरिएका जापानी नेता आवे जापानवासी नेपालीहरुमाझ निकै लोकप्रिय नाम हो। उनीप्रति सम्मान व्यक्त गर्ने लहर नै चलेको बेला ती नेपालीको भावना जित्न जापानवासी नेपालीहरुलाई गलत तथा भ्रामक कुरा गरेकाले प्रचण्डको भ्रमण उनका लागि प्रत्युत्पादक भएको हो। नेपालमा चुनाबको मिति घोषणा भएसँगै माओवादी अध्यक्ष प्रचण्डको जापन दौडाहा सुरु गरेका थिए। जब प्रचण्ड जापाको नारिता बिमानस्थल ओर्लिएर कार्यकर्तासँग बहकिएर बोल्ने क्रममा उनले जापानी पूर्ब प्रधानमन्त्री सिन्जाे आबेसँग नेपाल आएको बेला दुई तीनपटक कुरा भएको र आफ्नो सुमधुर सम्बन्ध रहेको बताउँदै जापान आउँदा आफूले उनलाई भेट्ने इच्छा राखेको तर जुन घटनाक्रमले सिन्जाे आबेको हत्या भयो त्यो दुखद रहेको बताएका थिए। उनले आवेको परिवारप्रति साहनुभूति समबेदना पनि प्रकट गरेका थिए । नेपाल भ्रमण गर्दै नगरेका पूर्ब जापानी प्रधानमन्त्री सिन्जाे आबेलाई भ्रमणमा आउदा भेटवार्ता गरेको हुँदै नभएको कुरा गरेका थिए । यस क्रममा जापान भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका थिए। जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए त्यस्तै जापानले नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्‍याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद समेत दिएका थिए। नागरिकता ऐन संसदबाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताएर जापानवासी नेपालीको मन जित्ने कोसिस गरेका थिए। आइतबार अध्यक्ष दहालले जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको क्षेत्र जापानले कसरी समृद्धि हासिल गर्न सक्यो त्यसको अध्ययन गर्ने उनले बताएका थिए। त्यस्तै अध्यक्ष दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा प्रमुख अतिथि हुनेछन्। जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। तर, जापानमा हत्यापछि अत्यन्त सम्मानित बनेका नेता आवेको बारेमा भ्रमपूर्ण कुरा गरेको कुरा जापानी भाषाहरुमा समेत प्रकाशित भई सामाजिक सञ्जालभरि फैलिएपछि जापानी नेताहरुसंग उनले कसरी प्रस्तुत हुने हुन् भन्ने जिज्ञासा पनि जापानवासी नेपालीहरुले राखेका छन्।
एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा नियुक्ति नियमविपरित भएको आरोप छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रवि किरण अधिकारीलाई सिइओ नियुक्त गरिएको थियो । गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिम्खडाका अनुसार अध्यक्ष आचार्यले संघको नियमावली विपरित नवनियुक्त सिइओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब भत्ता दिने गरी करार गरेका छन् । यही कारण संघका पदाधिकारीले उनको आलोचना गरेका छन् । संघको नियमावलीमा सिइओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । अध्यक्ष आचार्यको एक निर्णयले इन्धन भत्ता ३० हजार महंगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खानाभत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरेका छन् । आचार्यको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको पदाधिकारीको भनाइ छ । यसअघि महङ्गी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो । यस्तै, खाजाभत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)ले मात्र गर्न सक्ने प्रावधान रहेको संघका उपाध्यक्ष डा. हेमराज शर्माले जनाए । शर्माले संघको अधिकारिक निर्णयविना सर्वसाधारणबाट उठाएको रकम दुरुपयोग गरेको बताए । सिइओ नियुक्तिमा कुनै समस्या छैन् तर तबल भत्ता के कारणले अस्वभाविक रुपमा बढाइयो त्यस बारेमा आगामी कार्यसमिति बैठकमा छलफल गर्ने शर्माले बताए । संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समयदेखि खाली हुँदा काम पेन्डिङमा रहेकोले अन्तिम निर्णय गरेको बताए । उनले भने, ‘काम धेरै बाँकी छन्, धेरै अलमल गर्ने समय थिएन् । त्यसैले शुक्रबारबाटै संघको कार्यालयको नेतृत्व समाल्ने गरी अधिकारीलाई नियुक्ति दिएको हो ।’ प्रमुख कार्यकारी निर्देशक (सिइओ)का लागि चार जना उम्मेदवारले गत शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए । मासिक करिब २ लाख तलब, गाडी र भत्तासहितको सो आर्कषक पदको लागि राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिस गरेको थियो । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनपछि संघको नेतृत्व कुल आचार्य, रविना थापा र डा. बद्री केसीले समाल्दै आएका छन् ।
नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८ सय ५० जना जाने काठमाडौँ। जापानी भाषा र सीप परिक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फवाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो। बुधवार मन्त्रालयले बिज्ञप्ति जारी गरी भाषा र सीप परिक्षामा उर्तिणलाई सीपयुक्त श्रमिक कोटावाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिवार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो। सो प्रणाली अन्र्तगत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परिक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन्। दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच बर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बिचमा अनौपचारिक सहमति भएको थियो। गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापनामा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो। कोरोना महामारीका कारण झन्डै ३ बर्ष अडकिएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापान बिच संयुक्त बैठक बस्न लागेको हो।
एनआरएनए हङकङको साधारण सभा सम्पन्न हङकङ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) हङकङको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। ३१ जुलाईमा सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर रानाले वार्षिक साधारणसभाले एनआरएनए हङकङलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे। विगतमा गरेका कामको समीक्षा गर्दै नयाँ कार्ययोजना तय गर्नुपर्ने उनको सुझाव थियो। यस्तै उनले एनआरएनएले उठाउँदै आएको नागरिकताको विषय नेपाल सरकारले सम्बोधन गरेको बताउँदै बधाई समेत दिए। ‘तपाईँहरूको माग सरकारले पूरा गरिदिएको छ। यसले गैरआवासीय नेपालीलाई नेपालप्रतिको दायित्व अझ बढाएको छ,’ उनले भने, ‘तपाईँहरुले सरकारसँग अपेक्षा गर्ने मात्र होइन देशका लागि पनि केही योगदान गर्नुपर्छ।’ देशमा आर्थिक संकट हुन नदिन गैरआवासीय नेपालीबाट सरकारले लगानीको अपेक्षा गरेको उनको भनाई थियो। नेपाल सरकारले गैरआवासीय नेपालीलाई डलर खाताको सुविधा दिएको बताउँदै उनले जतिसक्दो धेरै डलर नेपाल पठाउन आग्रह गरे। कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालले सरकारले पारित गरेको नागरिकता विधेयकको स्वागत गर्दै तर, त्यो अपूरो रहेको बताए। यस्तै उनले एनआरएनएको प्रमुख मुद्धा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भएकोले नागरिकता निरन्तरताको लागि पहल गर्नुपर्ने बताए। त्यस्तै आइसीसीलगायत अन्य मुलुकका एनसीसीमा देखिएका विवाद समाधान गर्नुेपर्ने आवश्यकता रहेको उनले औल्याए। एनआरएनए जस्तो पवित्र सामाजिक संस्थाको मह्त्व सबैले बुझ्नुपर्ने तर्क थियो। संघलाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै उनले युवा र महिलाको सहभागिता व्यापाक बनाउनुपर्ने धारणा राखे। त्यस्तै कार्यक्रममा विशेष अतिथि रहेकी संघकी केन्द्रीय सह–कोषाध्यक्ष अमृता थापा ९कञ्चन० ले गैरआवासीय नेपालीले आ–आफ्नो तर्फबाट देशलाई सकेको योगदान दिन आग्रह गरिन्। यस्तै नेपाल चेम्बर अफ कर्मश हङकङका अध्यक्ष लवकुमार गुरुङले हङकङवासी गैरआवसीय नेपाली एक भएर अघि बढ्नुपर्ने बताए। ‘गुट बनाउन हुँदैन। यसले नराम्रो सन्देश जान्छ,’ उनले भने, ‘एनआरएनए हङकङलाई थप सशक्त र राम्रो बनाउन सबै मिलेर काम गर्नुपर्छ।’ त्यसैगरी हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङले पछिल्लो समय संघको केन्द्रीय समितिमा उत्तर–चढाव बढेको भएपनि एनआरएनए हङकङले भने ‘सेफ ल्यान्डिङ’ गर्न गरेको बताइन्। ‘यो साधारणसभामा भएको बाक्लो उपस्थितिले त्यसलाई पुष्टि गरेको छ,’ सामाजिक संस्थामा एक जुट भएर काम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘एकता हुनुपर्छ। हामी एनआरएनए हङकङलाई सधै सहयोग गर्नेछौँ।’ त्यसैगरी एनआरएनए हङकङका पूर्व अध्यक्ष दुर्गाबहादुर गुरुङले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ‘ब्याकबोन’ भएको बताए। उनले एनआरएनए हङकङले हरेक तीन–तीन महिनामा छलफल तथा बहसका कार्यक्रम राख्नुपर्ने सुझाव दिए। ‘बहस र छलफल गरियो भने नयाँ आउने कार्यसमितिका साथीहरूलाई एनआरएनएको बारेमा बुझ्न सहज हुन्छ,’ उनले भने। त्यस्तै संरक्षक प्रितम श्रेष्ठले पछिल्लो समय संघको केन्द्रमा राजनीतिक भित्रिएको बताए। संघभित्र आउँदा राजनीतिक टोपी बाहिरै खोलेर आउनुपर्ने उनको भनाइ थियो। संघमा दोस्रो पुस्तालाई आकर्षण गर्नुपर्ने उनले बताए। ‘अब युवा तथा दोस्रो पुस्तालाई स्थान दिनुपर्ने बेला भएको छ। पुरानो पुस्ताले पछाडीबाट सहयोग गर्नुपर्छ,’ उनले भने। यस्तै अर्का संरक्षक तेजप्रकाश पुनले एआरएनए हङकङले गरिरहेका कामहरु आइसीसीको लागि पनि उदाहरणीय भएको भन्दै प्रशंसा गरे। उनले युरोप, अमेरिकाबाट भन्दा एसिया क्षेत्रबाट देशमा धेरै सहयोग पठाइएको दाबी गरे। एनआरएनए हङकङको नेतृत्वमा अहिले युवा आएकोले उनीहरूलाई अघि बढ्न अग्रज तथा पुरानो पंक्तिले सहयोग गर्नुपर्ने उनको भनाइ छ। केन्द्रको जस्तो विवाद हङकङमा हुन नदिन सबै सचेत हुनुपर्नेमा उनले जोड दिए। संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले मह्त्वपूर्ण माग नागरिकता पास भएकोमा खुसी व्यक्त गर्दै बधाई दिए। उनले एनआरएनए हङकङको १७ वर्षे इतिहास स्मरण समेत गरे। विगत एक वर्षदेखि एनआरएनएको केन्द्रीय समिति अस्वस्थ रहेको बताउँदै उनले दुस्ख व्यक्त गरे। यसले गैरआवासीय नेपालीको उद्देश्यमा असर परिरहेको भन्दै चिन्ता प्रकट गरे। उनले बहुपदीय प्रणाली ठिक नभएको बताउँदै आइसीसीको आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष गर्नुपर्नेमा जोड दिए। आगामी महाधिवेशनदेखि संस्था दुई वटा नभइ एउटा हुनुपर्नेमा उनको जोड छ। ‘अबदेखि ४(४ अध्यक्ष बनाउने प्रणालीको अन्त्य गर्नुपर्छ। दुवै पक्षले आ–आफ्ना कमजोरीलाई सुधार गरेर आउँदो अधिवेशबाट एउटै संस्था, एउटै अध्यक्ष बनाउनुपर्छ,’ उनले भने। कार्यक्रममा नेपाली आदीवासी जनजाती महासंघ हङकङका कार्यवाहक अध्यक्ष कृष्णराज लावती, नेपाल वायुसेवा निगमका हङकङ प्रमुख नवराज उपाध्यय, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बञ्जरा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष इन्द्र लम्साललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए। अध्यक्ष गोकर्ण ढकाललको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तव्य विजयकुमार गुरूङले राखेका थिए भने सञ्चालन महासचिव डिल्लीराम विश्वकर्माले गरेका थिए। साधारण सभाको बन्द सत्रले आर्थिक, सांगठानिक र कार्यप्रगति प्रतिवेदन पास गर्दै आउँदो वर्षका लागि नयाँ कार्य योजना पारित गरेको छ। कोभिड महामारीका बेला एनआरएनए हङकङले खेलेको भूमिकाको समिक्षा गरिएको थियो। महासचिव विश्वकर्माले संगठनिक प्रतिवेदन र गीता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
साउदी अरबमा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए १७ करोड बढी ‘ब्लडमनी’ काठमाडौं। वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका नेपाली कामदारका परिवारले एक वर्षमा ‘ब्लडमनी’ स्वरुप १७ करोड रुपैयाँभन्दा बढी रकम पाएका छन्। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) मा उनीहरुले उक्त रकम पाएका हुन्। सो अवधिमा मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी कुल ५० लाख ९० हजार ९१८ साउदी रियाल (१७ करोड ८ लाख ३ हजार ६९८ रुपैयाँ) मृतकको परिवारका नाममा पठाइएको दूतावासले जनाएको छ। गत आर्थिक वर्ष साउदी अरबमा दुर्घटना तथा विविध कारणले २०६ जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको, १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार गरिएको र ८ जनाको शव पठाउन बाँकी रहेको जानकारी दूतावासले दिएको छ। दूतावासका अनुसार प्राकृतिक कारण (हृदयघात समेत) ११२ जना, आत्महत्या गरेर ३४ जना, सडक दुर्घटनामा परी ३१ जना, कार्यस्थल दुर्घटनामा परी १४ जना र कोरोना संक्रमणका कारण १४ जना नेपालीको गत वर्ष साउदी अरबमा मृत्यु भएको थियो। एक जना नेपालीको भने हत्या भएको थियो। ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा स्थानीय अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको दूतावासले जनाएको छ। त्यसमध्ये ५३ वटा केस अदालतमा दायर गरिएको छ।
साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन् बैतडी। बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए । पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो । साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय रियाल मात्रै दिइयो । यसबाहेक खान बस्नसमेत आफैंले व्यहोर्नु पर्दथ्यो । र पनि यही सुविधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले भने रातदिन दुःख दिइरहे । ‘मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने, पासोमा झुण्ड्याउनेदेखि करेन्ट लगाउनेसम्म यातना दिए । अन्तिममा काम गर्ने क्रममै मेरो हातका औँलाहरू काटिएपछि म घर फर्किएँ,’ उनले भने । ४६ वर्षीय चन्दका बायाँ हातका औलाहरू चल्दैनन् । काम गर्ने बेला मेसिनले थिचिएर औलाहरू काटिएको उनले बताए । आफू घाइते हुँदा बिमाबापतको रकम वा अन्य कुनै राहत नपाएको बताए । उनले भने, ‘म घाइते हुँदा नेपाली १५ लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ । तर, एक रुपँयाँ पनि पाउन पाइँन ।’ आफूलाई झुक्याएर बिमाबापत पाउने रकम अरुले नै खाइदिएको हुन सक्ने उनको आशंका छ । ‘म अनविज्ञ रहेको अरबी भाषामा केही कागजातहरू पनि बनाइए । त्यही कागजमा मलाई दस्तखत र औँँठाछाप गर्न भनियो । मैले जे भन्यो त्यही गरेँ । तर रकम भने पाइएन । मेरो रकम मलाई फसाउने मान्छेहरूले खाएको हुनसक्छ,’ उनले आशंका व्यक्त गरे । चन्दले साढे ३ वर्ष साउदी अरबमा काम गरेर पनि बिना पैसा घर फर्किन बाध्य भएको बताए । उनले भने, ‘मेरै गाउँलेले मलाई रातदिन सताउने, खान र सुत्न नदिने, मेरो घरका मान्छेहरूसँग मान्छेले झगडा गर्ने भएकाले कोरोना कहरका बेला जसोतसो ज्यान जोगाएर घर पुगेँ ।’ घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए । गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनीसँग गरिदिएको सम्पर्कका आधारमा एक लाख ५० हजार रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएको उनले बताए । विदेशमा काम गर्दा घाइते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने विषयमा जानकारी नै छैन।विदेशमा घाइते भएका व्यक्तिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत केही रकम प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । उनले भने, ‘विदेशमा काम गर्दागर्दै घाइते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ । त्यसका लागि राजदूतावासमार्फत कारबाही प्रक्रिया थाल्न सकिन्छ । माग भएका कागजातहरू तयार गरेर रकम पाउन सकिनेछ ।’
साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन् बैतडी। बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए। पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो। साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय रियाल मात्रै दिइयो। यसबाहेक खान बस्नसमेत आफैंले व्यहोर्नु पर्दथ्यो । र पनि यही सुविधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले भने रातदिन दुःख दिइरहे। ‘मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने, पासोमा झुण्ड्याउनेदेखि करेन्ट लगाउनेसम्म यातना दिए। अन्तिममा काम गर्ने क्रममै मेरो हातका औँलाहरू काटिएपछि म घर फर्किएँ,’ उनले भने । ४६ वर्षीय चन्दका बायाँ हातका औलाहरू चल्दैनन्। काम गर्ने बेला मेसिनले थिचिएर औलाहरू काटिएको उनले बताए। आफू घाइते हुँदा बिमाबापतको रकम वा अन्य कुनै राहत नपाएको बताए। उनले भने, ‘म घाइते हुँदा नेपाली १५ लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ। तर, एक रुपँयाँ पनि पाउन पाइँन।’ आफूलाई झुक्याएर बिमाबापत पाउने रकम अरुले नै खाइदिएको हुन सक्ने उनको आशंका छ। ‘म अनविज्ञ रहेको अरबी भाषामा केही कागजातहरू पनि बनाइए। त्यही कागजमा मलाई दस्तखत र औँँठाछाप गर्न भनियो। मैले जे भन्यो त्यही गरेँ। तर रकम भने पाइएन। मेरो रकम मलाई फसाउने मान्छेहरूले खाएको हुनसक्छ,’ उनले आशंका व्यक्त गरे। चन्दले साढे ३ वर्ष साउदी अरबमा काम गरेर पनि बिना पैसा घर फर्किन बाध्य भएको बताए। उनले भने, ‘मेरै गाउँलेले मलाई रातदिन सताउने, खान र सुत्न नदिने, मेरो घरका मान्छेहरूसँग मान्छेले झगडा गर्ने भएकाले कोरोना कहरका बेला जसोतसो ज्यान जोगाएर घर पुगेँ।’ घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए । गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनीसँग गरिदिएको सम्पर्कका आधारमा एक लाख ५० हजार रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएको उनले बताए। विदेशमा काम गर्दा घाइते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने विषयमा जानकारी नै छैन। विदेशमा घाइते भएका व्यक्तिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत केही रकम प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। उनले भने, ‘विदेशमा काम गर्दागर्दै घाइते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ। त्यसका लागि राजदूतावासमार्फत कारबाही प्रक्रिया थाल्न सकिन्छ। माग भएका कागजातहरू तयार गरेर रकम पाउन सकिनेछ।’
एनआरएनए एनसीसी साउदीले १५ औँ वार्षिकोत्सवमा आफ्नो आर्थिक र सांगठनिक प्रगति विवरण सार्वजनिक काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदी अरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागि अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम भएको थियो ।कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो । महासचिव भट्टराई द्वारा प्रस्तुत भएको कार्यप्रगती विवरण अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको ३० जुलाई २०२१ मा सम्पन्न भएको आठौँ महाधिवेशन बाट गठन भएको कार्यसमितिले २९ जुलाई २०२२ सम्ममा बाहिरी र आन्तरिक स्रोत बाट विभिन्न सहयोग, उद्धार तथा सहजीकरणका कार्यहरू भएको उल्लेख गरिएको थियो। महासचिव भट्टराईका अनुसार बाह्य स्रोतबाट कोरोना महामारी केन्द्रित रही संघले दम्माम, रियाद र जेद्धा गरी साउदीअरबका मुख्य ठूला सहरहरूमा समस्यामा परेका नेपाली श्रमिकहरूको लागि अस्थायी आवास गृह क्रियाशील रहेका छन् । जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको थियो भने स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको थियो । कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई आर.टी पीसीआर परीक्षण सेवा उपलब्ध गराईएको थियो। यसका साथै विभिन्न साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा उपलब्ध गरि दिएको उक्त विवरणमा भनिएको थियो । साउदी अरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको र जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए। भट्टराईका अनुसार संघले नेपाली दूतावासको आयोजना र संघको सहजिकरणमा साउदी अरबको पूर्वी क्षेत्रमा ४ अलकासिममा १, जिजान।आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको र ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले उक्त शिविर बाट लाभ उठाएको थियो । त्यसैगरी उक्त कार्यप्रगति विवरणमा एक एनसीसी एक परियोजना अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई (आमा फाउण्डेसन युएसए) र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको उल्लेख गरिएको थियो । संघका महासचिव द्वारा प्रस्तुत गरिएको विवरणमा एनसीसी साउदीको आन्तरिक स्रोतबाट एनआरएनए एनसीसी साउदीका पंजीकृत सदस्यहरू रविन्द्र थापा (SA0200472) चित्रबहादुर गुरुङ (SA070002009) र धनपति माझी  (SA04000104) को कामको सिलसिलामा साउदीमा मृत्यु भएको हुँदा संघको विधानतः मृतकको परिवारलाई जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो छ भने विभिन्न समस्यामा परी हवाई टिकटको अभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गरिदिएको उक्त विवरणमा उल्लेख गरिएको थियो । प्रस्तुत प्रगति विवरण अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदीअरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रम बाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए। त्यसै गरी संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एकरएक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए। महासचिव भट्टराई द्वारा प्रस्तुत उक्त विवरणमा एनआरएनए एनसीसी साउदीअरबको उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको उल्लेख गरिएको थियो । उक्त कार्यप्रगति विवरणमा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको समेत उल्लेख गरिएको थियो ।
साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान काठमाडौँ। वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन्। यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो।
ब्रिटिस आर्मीमा कार्यरत नेपालीलाई सहकर्मीकी श्रीमतीलाई सताएको आरोपमा कोर्टमार्शल गरेर सजाय काठमाडौं । ब्रिटिस आर्मीमा भर्ना भएका एक गोर्खा सिपाही सहकर्मीकी श्रीमतीको पछि लागे । उसलाई बारम्बार फोन गर्थे । इन्स्टाग्राम र फेसबुकमा समेत प्रोफाईल परिवर्तन गरेर हैरानी गर्थे । यी गोरखा सिपाहीले चार महिनाको अवधिमा २७ पटक महिलालाई फोन गरेका थिए । गोर्खा सैनिकको यस्तो हर्कतपछि अदालतबाट आदेश दिइयो, यी सैनिकलाई महिलाबाट टाढै बस्न निर्देशन दिइएको थियो । पीडित महिलाका सैनिक श्रीमान विदेशमा तैनाथ थिए । अब यी व्यक्तिलाई कोर्ट मार्शल गरियो र पदमुक्त गरियो। डेलीमेलका अनुसार यो मुद्दा भर्खरै अदालतमा सुनुवाइ भएको थियो, जसमा सार्जेन्ट बमप्रसाद लुम्बाले आफ्नै रेजिमेन्टका सिपाहीकी श्रीमती कुसुम थापा गुरुङलाई यसरी दुव्र्यवहार गरेको खुलासा भएको थियो । जसका कारण महिला घरमा कैदी जस्तै बस्न थालेकी थिइन् । ३४ वर्षीया लुम्बा आफैं पनि विवाहित थिए । लुम्बा महिलाको पछि लागे। उनले ४ महिनामा २७ पटक कुसुमलाई फोन गरेर खाना खान जान भने । फेसबुक र इन्स्टाग्राममा पनि लुम्बाले प्रोफाइल बदलेर कुसुमलाई म्यासेज गर्थे । निराश भएर कुसुमले उनलाई ब्लक गरिन् । कहिलेकाहीँ लुम्बाले राती फोन गर्थे । यो कुराको उजुरी सेनामा पुगेपछि लुम्बाले महिलालाई शोषण गरेको कुरा स्वीकारे । लुम्बाले सेप्टेम्बर २०२० र जनवरी २०२१ बीचमा यी कार्यहरू गरेको स्वीकार गरे। लुम्बालाई बर्खास्त गरी सार्जेन्टबाट कर्पोरल बनाइयो। यसैबीच अदालतले आफ्नो आदेशमा कुसुमलाई भेट्न नहुने र उनीसँग टाढै बस्न कडा निर्देशन दिएको छ । सुनुवाइका क्रममा लुम्बाका ती म्यासेजहरू पनि अभियोजन पक्षले देखाएको थियो जुन उनले कुसुमलाई गर्थे । यसमा उसले कुसमलाई ‘क्याम्पमा दौडिरहेको देख्छु’ भन्ने गर्थे, यस बाहेक उनले धेरै पटक डिनरमा जान म्यासेज पनि गरेका थिए ।
अमेरिकामा सपना पच्छाउँदा पछ्याउँदै परेको बज्रपात नियतिले ठगेपछि अवसरको संसार र सपनाको देश भनेर नहुने रहेछ। अवसर नै अवसरको खानी ,उच्च गुणस्तरीय जीवनयापनको अवसर हैन रहेछ। अमेरिका बरु यो त भाग्यको बिषय रहेछ। भाग्य नै देब्रे लागेपछि सुःखद कथा मात्र हैन कहाली लाग्दो कहानी पनि बन्दो रहेछ अमेरिका र अमेरिकाप्रतिको रहर। ठिकै थियो राम्रै थियो नेपालको हाम्रो जिन्दगी, राम्रै जीवन जिएका थियौं। म ब्युटीपार्लर व्यवसायी थिए काठमाडौंमा, उहाँको जागिर कतार एअरवेजमा। राम्रै थियो हाँसीखुसी बाँचेका थियौँ नेपालमा एउटा सानो छोराको साथमा। अमेरिका सपनाको देश हो, विकास र वैभवताको अनुपम उदाहरण हो हामी जस्ता अल्पविकसित देशका हरेक युवाहरुका लागि। हामी पनि त्यही भिडको मान्छे, हामीलाई पर्छ यो चिट्ठा र हामी त्यति भाग्यशाली छौँ भन्ने कुरामा त्यति बिश्वस्त नभए पनि हरेक साल डीभी भर्ने गरिन्थ्यो। नभन्दै आफ्नो लागि नपत्याएको बिषय भए पनि भरेको चिट्ठामा हामी छानिएको खबर आउँदा खुसी भयौं। हाम्रो सानो संसारमा ठूलो सपना साकार हुने देखेर झनै उत्साहित भयौँ। खुसी नै थियौँ त्यसमाथि अर्को खुसी थपियो डिभी। हामी यो धर्तीमा निकै भाग्यमानी मध्येमा पर्छौँ भन्ने लाग्यो। सबै प्रक्रिया पुर्‍याएर अरु जस्तै हामी पनि एउटा सानो छोराको साथमा लगेजभरि आफ्नो मातृभूमिको र आफन्तहरुको मायालाई पोको पार्दै एउटा नयाँ संसारका सपनालाई साकार पार्न हामी पनि उड्यौं,  त्यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट अमेरिका तर सबैको भाग्य उस्तै गतिमा र उस्तै सिद्धान्त बनाएर नचल्ने रहेछ। हाम्रो अलिक फरक भयो। संसारमा कोभिड प्रकोप हामी आउने बित्तिकै शुरु भयो। काम लगायत अन्य कुराहरु पाउन शुरुमा समस्या भए पनि आएको केही समयपछि हाम्रो छोरीको जन्म भयो। झनै खुसी भयौं, आफूलाई भाग्यशाली ठानेर अगाडि बढ्यौं। तर त्यो खुसी धेरै दिन टिकेन। कोभिडको शुरुको चरण थियो, म सुत्केरी थिएँ। त्यही समयमा मेरो श्रीमानलाई यसले आक्रमण गर्‍याे।  २-४ दिन घरमै सामान्य उपचार गर्‍याैं  तर अलिक गाह्राे  भएपछि हस्पिटल लगियो। ठिकै छ सामान्य छ भन्दै थिएँ तर अचानक एकदिन धेरै गाह्राे भएर भेन्टिलेटरमा राख्नु परेको खबर आयो। ज्वरो नियन्त्रणमा नआएपछि र फोक्सोमा पानी भरिएको भन्ने थाहा पाएपछि फोक्सोवाट पानी पनि निकाल्नु परेको थियो। ११ दिन भेन्टिलेटरमा राखेपछि अलिक बिसेक भयो अनि १८ दिनपछि घर आउनु भयो। त्यसपछि फेरि भगवान र भाग्यलाई धन्यवाद दिँदै तिनै नेपाल छोड्दा देखेका सपनाहरुमा रमाउँदै त्यसतर्फ लगियो। तर त्यो समयमा मेरो मनमा एउटा प्रश्न चाहि उब्जियो-यो सहर जहाँ धेरै नेपालीहरु छन् , जहाँ धेरै समाजसेवी नेपालीहरु छन्, हरेक हप्ता समाजसेवामा गरेका गतिबिधि र देनहरुको चर्चाको खवर सुन्छु यही सहरमा। कुनै नेपालीलाई कोभिडले आक्रमण गर्‍याे रे भन्दा पूरा समाज सनसनी हुँदो रहेछ। तर मेरो परिवारको यो यथार्थ किन कसैलाई मतलब भएन ? त्यसमा पनि चित्त बुझाएँ किनकि म नेपाली नै भए पनि यो ठाउँका लागि नयाँ छु, कसैले चिन्दैन, हाम्रा कथा र वास्तविकताबारे चासो हुने कुरा पनि भएन भन्ने लाग्यो। त्यो अवस्थामा पुगेर पनि उहाँ निको हुनुभयो। फेरि पनि आफूलाई भाग्यशाली ठानेर अगाडि बढ्यौं। अब दुःखका दिन सकिए स्वस्थ्य राम्रो भयो, स्वास्थ्य राम्रो भए त जीवनमा जे गरेर खान पनि सकिन्छ नि भन्ने लागेर चित्त बुझाउँदै हामी खुसी भएका थियौं। तर यो खुसी नियतिलाई फेरि सैह्य भएन कि कुन्नि उहाँलाई एकदिन फेरि बिसन्चो भयो। हस्पिटल जाँदा उहाँलाई कोलोनको क्यान्सरको शंका गर्‍याे  र थप प्रमाणीकरणका लागि पठाइयो । यो परीक्षणमा पनि उहाँलाई क्यान्सर नै भएको ठहर भएर आयो। हामीलाई पछि थाहा भयो उहाँ कोलोनको क्यान्सरको चाैठाे स्टेजमा हुनुहुँदो रहेछ। मैले यहाँ पनि ब्युटी सलोनमा काम गर्थे उहाँ एमेजोनमा। उहाँले काम गर्न सक्नुभएन ,थाहा पाउँदा नै चौथो स्टेजमा भएकोले किमो दिनुपर्ने भयो। काम छोडेपछि उहाँको कम्पनीबाट पाउने हेल्थ इन्स्योरेन्स पनि पाउने कुरै भएन। इन्स्योरेन्स नभएपछि कुनैपनि हस्पिटलले लिन मान्दैन। अलि अलि जगेडा गरेको पैसा पनि सकियो। खान र बस्न पनि समस्या भयो। अपार्टमेन्टको रेन्टपनि तिर्न नसक्ने अवस्था भएकोले यहीं टेक्सासको युलेसमा एकजना आफन्त लोक भट्टले घरमा ल्याएर राख्नु भएको छ। हामीसँग इन्सोरेन्स छैन, बिना इन्सुरेन्स किमो दिने लाग्ने पैसा हामीसँग छैन। इन्सोरेन्सको लागि केही हुन्छ कि भनेर विभिन्न प्रयत्न गरिराखेका छौं। यहाँका हस्पिटलहरुमा भन्दा अर्को सहर ह्युस्टनमा अलिक सहज तरिकाले उपचार पाउन सकिन्छ कि, अरुवाट पनि त्यसको लागि सहयोग मिल्छ कि भनेर प्रयत्न गर्दैछौं। कहिँकतैवाट सहयोग पाएर उपचार हुनसके अझै पनि वहाको जिन्दगी बाच्न सक्छ भन्ने जिजीबिषा बाँकी नै छ। यो अमेरिका अरुहरुको जस्तै हाम्रो पनि खुसी र अवसरहरुको देश हुन्थ्यो भन्ने जिजीबिषा अझै बाँकी छ। यति धेरै नेपाल र नेपालीका लागि भन्ने संघ सस्थाहरुले र व्यक्तिहरुले समाजको लागि, मेरो समुदायको र मै जस्ता ब्यतिहरुको लागि धेरै राम्रो काम गरेका खबरहरु सुनिरहन्छु। सुनिरहन्छु हरेक दिन नेपालीहरुक ठूला ठूला समाजसेवा र गतिबिधिका खबरहरु यही सहरका। तर मेरो समस्याको चाही खबर पुर्‍याउने पनि कोहि छ भन्ने लाग्दैन। किनकि अहिलेसम्म उहांहरुसम्म मेरो यो पीडा पुग्न सकेको छैन, म अल्मलिएकी छु, छट्पटिएकी छु, के गरौं कसो गरौं भएको छ। मेरो श्रीमानको उपचार सम्भव छ भन्छन् तर मैंले त्यसका लागि सामान्य खर्च पनि जुटाउन सकेकी छैन। यो दुखको खडीमा मेरो ध्यान मेरै नेपाली समुदाय र यहाँका समाजसेवीतिर गएको त छ तर उहाँहरुसम्म मेरो कुरा पुग्न सकेको छैन। कसैले यो कुरा उहाँहरुसम्म पुर्‍याइदिए मेरो श्रीमानकाे उपचारका लागि सहयोग पुग्ने थियो कि भन्ने लागेको छ। (करिब अढाई बर्षअघि नेपालवाट अमेरिकाको ग्रिनकार्ड पाएर श्रीमान जनकराम सापकोटा र बच्चाहरुका साथ अमेरिकाको टेक्सास युलेसमा बस्दै आएकी सरस्वती ओलीको परिवारमा यो बज्रपात परेको छ। यतिखेर सरस्वती ओलीले आफ्नो श्रीमानको जीवन बचाउन सकिन्छ कि भनेर सम्पूर्ण नेपाली संघ संस्था वा व्यक्तिहरुबाट सहयोगको अपेक्षा गरेकी छन्। कृपया जनकरामको जीवन बचाउनको प्रयत्नको लागि उनलाई आफ्नो सानो सहयोग गर्ने इच्छा भएमा गो फण्ड गो मार्फत तलको लिंकमा गएर गर्न सक्नु हुनेछ ।) https://www.gofundme.com/f/help-and-prayers-needed-for-cancer-treatment?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer
सुदूरपश्चिम र बानालाई उपाधि काठमाडौं । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् । फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदूरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । महिलाको फाइनलमा म्याग्दी समाजलाई २–१ को सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । प्रतियोगिताको पुरुषमा सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिलामा रमिला तण्डुकार बनिन् । प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्‍यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पार्‍यो । महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताले पाँच सय ५५ डलर हात पार्‍यो । दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका उप नियोग प्रमुख कुमारराज खरेल रहेका थिए । विशेष अतिथिमा विधान सभा सदस्य डा ह्यारी भण्डारी , महावाणिज्यदूत प्रेमराजा महत, दूतावासका आमन्त्रित अतिथि, बानाका गुठी सदस्य प्रभु थापा, विभिन्न संघ संस्थाका व्यक्तित्वहरू तथा प्रायोजकहरूले समेतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी, कसले कति पठाए ? काठमाडौँ। गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ। पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ। पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ। एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ। वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड इन्टरनेसनल प्रा.लि. र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि. रहेका छन्। विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन्। यस्तै, डिवान कन्सल्ट्यान्ट्स प्रा.लि.ले २ हजार २७१, फजल इन्टरनेसनल प्रा.लि.ले २ हजार ७६३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ७४२, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले २ हजार ५९० र लक्की एच.आर.सोलुसन प्रा.लि.ले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ। विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिज प्रा.लि.ले २ हजार ३०१, एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.ले २ हजार २३१, मोन्टाज ओभरसिज प्रा.लि.ले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेज प्रा.लि.ले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ। अल शाहिद ओभरसिज प्रा.लि.ले १ हजार ९८२, सान नेपाल प्रा.लि.ले १ हजार ९४१, निल कमल ह्युमन रिर्सोस प्रा.लि.ले १ हजार ७९२, सर्पोट ह्युमन रिर्सोसेज प्रा.लि.ले १ हजार ७२९, अल कौसार ह्युमन रिसोर्स प्रा.लि.ले १ हजार ६०५ र ए.एस. इन्टरनेसनल ग्रुप प्रा.लि.ले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका थिए।
विश्वकपका लागि कतारले नेपाली श्रमिक लैजाने, मन्त्रालयले दियो अनुमति काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले जानकारी दिए । कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको दूतावासलाई जानकारी गराएको थियो । श्रमिक माग भएको जानकारी प्राप्त हुनासाथ दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले निर्णय गरिदिएसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गर्ने भएको छ । सरकारले शून्य लागतमा श्रमिक लैजान सम्बन्धित कम्पनीलाई अनुमति दिनेछ । श्रमिकको दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने छ । त्यस्ता श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ । कानूनअनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने पनि कानूनी व्यवस्था रहेको सहसचिव पोखरेलले जानकारी दिए । नेपालबाट कतिको सङ्ख्यामा श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन ।
विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ । विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख तोकिएको छ । कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तोकिएका छन् । कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको एकीकृत तथ्याङ्क तयार गर्ने, उनीहरुको उद्धार गरी स्वदेशमा फर्काउने उपायको पहिचान गर्ने, स्वदेशमा ल्याएपश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ । अहिले पनि विभिन्न गन्तव्य मुलुकका अस्पतालमा सयौँ नेपाली गम्भीर अवस्थामा उपचाररत छन् । साउदी अरेबियामा मात्रै २५ नेपाली कोमामा छन् ।
वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइन्छः मन्त्री कुँवर काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताए । वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न खर्च भएको यथार्थ प्रस्तुत गर्दै उहाँले विप्रेषणको सही सदुपयोग गर्ने नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई भरपर्दो, मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकारको तर्फबाट अधिकतम प्रयास गरिरहेको बताए । उनले सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिका पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । आर्थिक वर्ष २०७८र७९ मा मात्रै कूल छ लाख श्रमिक रोजगारीको खोजीमा विदेशिएको तथ्याङ्क दिँदै उहाँले हालसम्म ४६ लाख श्रमिकले श्रम स्वीकृति लिएको जानकारी दिए । वैधानिक मार्गबाट विप्रेषण भित्र्याउनका लागि सरकारले धेरै काम गरिसकेको जानकारी दिँदै सचिव अर्यालले लगानी गर्दा छुट दिने तथा ब्याज बढी दिनेलगायत प्रक्रिया अगाडि बढिसकेको बताए । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले नेपालको समृद्धिका लागि वैदेशिक रोजगारीमा रहेका श्रमिकको ज्ञान, सीप र क्षमता सदुपयोग गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको बताए । पूर्वमहान्यायाधीवक्ता रमेश बडालले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि थप प्रयास गर्नुपर्ने धारणा राखे । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने तयारीका साथ कोष अगाडि बढेको बताए । कार्यक्रममा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सामाजिक सुरक्षाका कार्यक्रममा जोड्नका लागि ‘पाइलटिङ’ गरेर काम गर्न आग्रह गरे । उनले विप्रेषण भित्र्याउने कम्पनीलाई पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यले दक्ष कामदार पठाउन सकिएको खण्डमा हाल आर्जन गरेको भन्दा बढी कमाइ गर्नसक्ने बताए । गैरआवासीय सङ्घ र सामाजिक सुरक्षा कोषबीच त्यस अवसरमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ उक्त हस्ताक्षर भएको हो । कोषका कार्यकारी निर्देशक ज्ञवाली र सङ्घका तर्फबाट कुल आचार्य र बद्री केसीले हस्ताक्षर गरे।
प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको १२औँ राज्य सम्मेलन सम्पन्न नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको १२औँ राज्य सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनले देवेन्द्र श्रेष्ठको अध्यक्षतामा २१ सदस्ययीय राज्य समिति सर्वसम्मत चयन गरे को छ। त्यस्तै उपाध्यक्षमा कमल पण्डित, सचिव खडानन्द शर्मा, सह-सचिव दुर्गा कार्की र कोषाध्यक्षमा गुमबहादुर थापा चयन भएका छन्। नेकपा एमाले केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरेको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथिकोरुमपा प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी उपस्थित रहेका थिए। त्यस्तै कार्यक्रममा संघको केन्द्रिय उपाध्यक्षहरु सिता अधिकारी, मोहन थापा केन्द्रिय कार्यालय सचिव सुबास बस्नेत केन्द्रिय सचिवालय सदस्यहरु सुर्य बस्याल (दिल्ली राज्य इन्चार्ज), टिकाराम पोख्रेल, रामप्रसाद पराजुली, मित्र घिमिरे, छबिलाल गोतामे लगाएत दर्जन भन्दा बढी केन्द्रिय सदस्यहरु लगाएत राज्य, नगर र अन्य दिल्लीमा कार्यरत समाजिक तथा राजनीतिक संघ संगठनका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो। सम्मलेन सफल पार्नको लागि छिमेकी राज्यहरु पन्जाब हिमान्चल चंडीगढ़ राज्य समिति अध्यक्ष जनक ओली, केन्द्रिय सदस्य हरि खनाल, उत्तर प्रदेस राज्य अध्यक्ष रामु गौतम लगीत लगाएतका नेता रहेका थिए। कार्यक्रममा अखिल भारत नेपाली एकता मंचका केन्द्रिय सचिवालय सदस्य तथा हरियाणा दिल्ली क्षेत्रिय समितिका अध्यक्ष जीवन शर्मा र केन्द्रिय सदस्य शेर खत्रीलाइ नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी दोसल्ला र ओडाएर संघमा प्रवेस गराएका थिए। कार्यक्रम हरिनगर घण्टाघर स्थित सनातनधर्म मन्दिरको हलमा आयोजना गरीएको थियो। कार्यक्रममा शिर्जना र सांस्कृतिक परिवारकले विभिन्न सांस्कृतिक कार्यक्रमले आयोजना समेत गरेको थियो। दिल्ली राज्य समितिको १२औ राज्य सम्मेलनको बन्दसत्र १० जुलाईका दिन किर्तिनगर स्थिति सम्पन्न गरीएको र १७ जुलाईको घोषणा सम्भ सम्पन्न भएको हो।
चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि नेपाली व्यवसायी मर्कामा काठमाडौं । युरोपियन मुलक चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि त्यहाँका व्यवसायीहरू मर्कामा परेका छन्। धेरै नेपाली त्यहाँ रेस्टुरेन्ट लगायतका व्यवसाय गरेर बसेका छन्। तर,अहिले भने त्यहाँको सरकारले नेपाली श्रमिकका लागि भिसा दिएको छैन। अन्यत्रका श्रमिकलाई महंगो सेवा सुविधा दिनुपर्ने भएका कारण नेपाली व्यवसायीले नेपाली श्रमिक नै लैजाने गरेका थिए। कोरोना महामारीले थला परेका व्यवसायीहरू अहिले श्रमिक अभावले थप मर्कामा परेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकले राजदूत रामकाजी खड्कासँग गरेको एउटा अन्तर्क्रियामा नेपालीहरूले आफ्ना समस्याहरू अवगत गराएका थिए। चेक रिपब्लिकमा कार्यरत नेपालीको समस्या तथा समाधानका उपायकाबारेमा राजदूत खड्कासँग एनआरएनएले अन्तर्क्रिया आयोजना गरेको थियो। चेक रिपब्लिकमा नेपाली दूतावास छैन। त्यहाँको मामिला हेर्ने जिम्मेवारी जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको हो। नेपाल सरकारले खड्कालाई चेक रिपब्लिकका लागि आवासीय राजदूतको जिम्मेवारी दिएको छ। एनआरएनए चेक रिपब्लिकका प्रवक्ता उत्तम कुमार आचार्यका अनुसार खड्का आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउन जर्मनीबाट चेक रिपब्लिक पुगेका बेला त्यहाँका नेपालीले आफ्ना पीडा पोखेका हुन्। चेक रिपब्लिकमा नेपालीको संख्या अन्य मुलुकमाभन्दा न्यून छ। त्यहाँ झण्डै १३ सय नेपाली रहेको अनुमान छ। यीमध्ये कतिपय विद्यार्थी हुन्। त्यहाँ केही नेपालीको आफ्नै व्यवसाय छ भने अरु बाँकी रेष्टुरेण्ट तथा कम्पनीहरुमा काम गर्छन्। एनआरएनए चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीका अनुसार त्यहाँ प्राय नेपाली गर्ने भनेको रेष्टुरेण्ट व्यवसाय हो। केही समयअघिसम्म यहाँ ५० भन्दा बढी नेपाली व्यवसायीले सञ्चालन गरेका रेष्टुरेण्ट थिए। तर, अहिलेको अवस्था त्यो छैन। अहिले नेपालीले सञ्चालन गरेका केही रेष्टुरेण्ट बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा छन्। नेपालीको व्यवासयमा असर पर्नुको एउटा कारण कोभिडको महामारी पनि हो। तर, योबाहेक अन्य कारणले पनि नेपाली व्यवसायी चपेटामा परेका छन्। पछिल्लो समय त्यहाँको सरकारले होटल तथा रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने नेपालीलाई नयाँ भिसा जारी गरेको छैन। त्यसैले व्यवसायीलाई श्रमिकको अभाव छ। स्थानीय तथा अन्य मुलुकका श्रमिकलाई काममा राख्ने हो भने उनीहरुलाई अत्यन्तमा महङ्गो सेवा सुविधा उपलब्ध गराउनुपर्छ। स्थानीयको तुलानामा नेपालीलाई रोजगारी दिन सस्तो पर्छ। नेपाली व्यवासायी नेपालबाटै श्रमिक लैजान चाहान्छन् तर, त्यसका लागि त्यहाँको सरकारले तदरुकता लिनुपर्ने आवश्यकता छ। पछिल्लो समय त्यहाँको सरकारले बंगलादेशलगायतका मुलुकबाट श्रमिक लैजान सम्झौता गरेको छ। तर, नेपालबाट श्रमिक लैजाने बाटो भने लगभग बन्द जस्तै छ। यसैको मारमा नेपाली व्यवसायी र श्रमिक परेका छन्। केही नेपाली रेष्टुरेण्ट श्रमिक अभावकै कारण बन्द भएका हुन्। केही नेपालीका ३र४ वटासम्म रेष्टुरेण्ट छन्। उनीहरुले श्रमिकलाई यताउता तानतुन गरेर भएपनि धानिरहेकका छन्। तर, यो दिर्घकालीन समधान होइन्। अन्तरक्रियामा नेपालीहरुले यिनै समस्या राजदूत खड्कालाई सुनाएका थिए। उनीहरूले सरकारी तहबाट केही पहल नभए आफूहरु थप समस्या पर्ने भनेर गुनासो गरेका थिए। राजदूत खड्काले उनीहरुलाई आफूले त्यहाँको सरकारसँग यस विषयमा पहल गर्ने आश्वासन दिएका थिए। अन्तर्क्रिया कार्यक्रममा अनलाइन प्रविधिमार्फत समेत नेपाली सहभागी भएका थिए। कार्यक्रममा एनआरएनएका यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई र उपसंयोजक नवराज रोसायाराले पनि भर्चुअल सम्बोधन गरेका थिए।
एनआरएनलाई नेपालीसरह नागरिकता माग गर्दै संशोधन दर्ता लन्डन । गैरआवासीय नेपालीहरूलाई नेपालीसरहको अधिकार माग गर्दै चालू संसदमा दर्ता भएको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृति अधिकार नेपाली नागरिकतासरह उपभोग गर्न पाउने माग गर्दै एमाले सांसद डा. सूर्यप्रसाद पाठकले सोमबार संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । पाठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेपछि मात्र लिन पाउने प्रावधान राख्न माग गरेका छन् । संशोधन प्रस्तावमा गैरआवासीय नेपालीलाई गृह मन्त्रालयको सट्टा मन्त्रालयले तोकेको निकायबाट नागरिकता दिने व्यवस्था माग गरिएको छ ।
दुबईमा नेपालीलाई झुमाउँदै प्रकाश, भोलि ‘गोर्खा साँझ’ हुँदै काठमाडौं । पछिल्लो समय ‘ब्याक टु ब्याक’ हिट गीत दिईरहेका सर्जक एवं गायक प्रकाश दूतराजले भोलि दुबईमा सांगीतिक प्रस्तुती दिँदैछन् । त्यसका लागि उनी शनिबार दुबई पुगिसकेका छन् । दुबईमा रहेर अप्ठयारो, अलपत्र परेका नेपालीहरुलाई सहयोग एवं उद्धार गर्नुका साथै त्यहाँ अलपत्र परेका शवको उद्धार गर्ने उद्धेश्यले आयोजना गरिएको ‘गोर्खा साँझ’का लागि प्रकाश दुबई पुगेका हुन् । दुबईको बरदुबईस्थित एस्टोरिया होटल, याक एण्ड यति एभरेष्ट क्लवमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि नेपालबाट गायक एवं सर्जक प्रकाशका साथमा चर्चित गायिका प्रिति आले, चर्चित गायक बादल थापा र चर्चित मोडल करिष्मा ढकाल दुबई पुगेका छन् । कार्यक्रम संयोजक भीम मल्लले दिउँसो १ बजेदेखि कार्यक्रम शुरु हुने जानकारी दिए । कार्यक्रममा आफूले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने प्रकाशले बताए । प्रीति र बादलले पनि आफ्ना चर्चित गीतहरु कार्यक्रममा प्रस्तुत गर्नेछन् । मोडल करिश्माले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गर्नेछिन् । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माईली’हुँदै अहिले ‘मन भुल्छ’बोलको गीतबाट स्रोता दर्शकको मन जितेका प्रकाशले कार्यक्रमलाई लिएर उत्साहित रहेको बताए ।
प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी प्रचार बिभागको नागरिकता बिधेयकमा केन्द्रित रहेर वृहत छलफल काठमाडौं। प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी प्रचार बिभागले एनआरएनका मुद्दालाइ सम्बोधन गरिएको बिधेयक नागरिकता बिधेयक नेपालको संसदमा संशोधन प्रस्ताव दर्ता हुदै गर्दा यसै बिषयमा केन्द्रित रहेर बृहत अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त्त कार्यक्रममा संसद तथा राज्य व्यवस्था कमिटिका सदस्यहरु कृष्णभक्त पोखरेल तथा डा.सुर्य पाठकले यो बिधेयक, हालको संशोधन प्रस्ताव तथा यस भित्र समेटिएका एनआरएनका अधिकारहरुको बारेमा प्रस्ट पारेका थिए। अन्तरक्रियामा एनआरएनका प्रमुख मुद्दा र बिषयमा संशोधन प्रस्तावमा त्यति धेरै प्रश्न नउठेको तर बिदेशमा अर्को राष्ट्रको नागरिकता लिएको खण्डमा नेपालको नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र नागरिकता पाउने भन्ने प्रावधान गलत भएको कुरा एनआरएनहरुले उठाएका थिए। त्यो बाहेक एनआरएनहरुको अधिकारसंग जोडिएको बिधेयक नागरिकता बिधेयकको संशोधन प्रस्तावमा विदेशबाट बिहे गरेर आएका बुहारीहरुले बिहे गरे लगत्तै नेपाली नागरिकता पाउनु पर्ने भन्ने प्रावधानले नेपालको राष्ट्रियता माथि खलल पो पुग्छ कि भन्ने बिषयमा पनि छलफल भएको थियो। बिशेषगरी डा.सुर्य पाठकले एनआरएनहरुको राजनीतिक अधिकार बाहेकको अधिकार सहितको नेपाली नागरिकता पाउने कुरा ढिलो चाडो सबै प्रवासी नेपालीहरुले पाउने नै हुन्छ जुन नयाँ संविधानमा उल्लेखित अधिकार हो बरु त्यो भन्दा अघि बढेर प्रवासी नेपाली मन्चले कम्तिमा नेपाली नागरिकले संसारको जुनसुकै कुनामा रहेर पनि अफ्नो राष्ट्रको लागि कुनैपनि निर्वाचनमा समानुपातिकमा मतदान गर्न पाउनु पर्छ भन्ने कुरालाई समर्थन गर्ने कुरा बताएका थिए।
भारतीय गायक राज बर्मनको गीतमा नेपाली कलाकार फजिलको अभिनय इटाली । विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमी छोडी विदेशमा भविस्य उज्वल बनाउन गएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका छन्। बिदेशमा आफ्नो प्रतिभा लाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्दै आइरहेका मध्य एक व्यक्ति हुन् फजिल अहमद। नेपालको मकवानपुर घर भएका फाजिल सन् २०१० सालमा अध्यनको शिलसिलामा लण्डन गएका थिए। हाल  उनी इटालीको मिलान शहरमा बसोबास गर्दै आइरहेका छन् ।याे हप्ता उनै फजिल अभिनित भारतका चर्चित गायक राज बर्मनको गायन रहेको ‘जित्ना जिया हे’ बोलको म्युजिक भिडियो युटुबको EROSNOWMUSIC च्यानलमा आउदै छ। सो म्युजिक भिडियोमा नेपाली मुलकी लन्डनमा बसोबास गर्दै आएकी प्रतिष्ठा राउतले फजिललाइ साथ दिएकी छिन्। यसअघि पनि फजिलले भारतीय लोकप्रिय गायकार जुबीन नौतियलको ‘हम नभा मेरे’ भन्ने गीतमा अभिनय गरेका थिए । उनै फजिल अभिनित ‘हम नभा मेरे’ भन्ने गीत युटुबमा अहिले सम्म ७७ करोडले हेरिसकेका छन्। फजिलले नेपाल लगाएत युरोपमा चर्चित नेपाली गाएक एवम नायक बाबु बोगटीको एल्बम ‘रिस्पेक्ट’ को ‘थोरै थोरै’ गीतको म्युजिक भिडियोमा मोडेलको भूमिका गरिसकेका छन्।
गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौ: प्रचण्ड काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई आज अध्यक्ष दाहालले भने,“गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौँ र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौँ ।” भेटवार्तामा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलले नागरिकता समस्यासहितका विषय समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्र्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो । भेटघाटमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने सङ्घका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कूल आचार्य र डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतको उपस्थिति थियो ।
बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्रोत हुन्छः सञ्चारमन्त्री कार्की लण्डन। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेको १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्तो बताएका हुन् । उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे । विदेशमा व्यस्त समयको समेत परवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्वसमुदाय समक्ष जीवन्त राख्ने योगदान सकरात्मक भएको उल्लेख गरे ।नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औं वार्षिकोत्सव आइतबर लण्डनमा आयोजना गर्दैछ ।
मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मलेसियाको वीस्ट्रन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्र्टन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । “कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ”, उनले भने, “नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।” सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए । उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए। १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ ।
अमेरिकामा तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न अमेरिका(उत्तरी क्यारोलिना) । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनाको र्‍याले मेरियट सिटी सेन्टरमा आयोजित तेस्रो राष्ट्रिय ज्ञान सम्मेलन सोमबार सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएसको ११औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको एक दिवसीय कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका विज्ञ तथा पेशाकर्मीहरुको उपस्थिति थियो। संयुक्त राज्य अमेरिकाको एनआरएनए एनसीसी अन्तर्गतको विज्ञान, प्रविधि तथा आविष्कार समिति (एसटीआइसी)ले सोमबार (जुलाई ४)का दिन अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर कार्यक्रमको आयोजना गरेको थियो। जुलाई ४ लाई अमेरिकाको स्वतन्त्रता दिवसका रुपमामनाउने परम्परा छ। महाधिवेशनमा विज्ञहरूले विभिन्न ११ वटा विषयमा छलफल गर्नुका साथै नेपालको हित र विकासकालागि सीप र ज्ञान हस्तान्तरणका बारेमा विचार प्रस्तुत गरेका थिए । एनआरएनए एनसीसी अमेरिकाको विज्ञान, प्रविधि र आविष्कार समिति (एसटीआईसी) अध्यक्ष डाक्टर माधव पाण्डेले ज्ञान सम्मेलनको उद्घाटन सत्रलाई युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्रोफेसर जेमस एल पिसओक, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, राष्टिय विज्ञान प्रविधि प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सम्बोधन गरेका थिए । सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल भएको थियो । नेपाल–अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब ‘नेपाल–अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’ शीर्षकको सत्रमा परराष्ट्र मामिला सम्बन्धी जानकार गेजाशर्मा वाग्लेले नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका आधारमा घनिष्ट र सौहार्द्रपूर्ण रहेको बताए। ‘नेपालले आफ्ना छिमेकीहरूलाई उच्च प्राथमिकता दिँदै आएको छ, जुन भूराजनीतिक र कूटनीतिक दायित्व पनि हो। तर राष्ट्रियहितलार्ई ध्यानमा राखेर नेपालले निकट छिमेकीपछि शक्ति राष्ट्र अमेरिकालाई विशेष महत्व दिइरहेको छ,’ उनले भने । ‘सम्भवतः नेपालका प्रधानमन्त्री छिट्टै संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा थप विकास सहयोग र आर्थिक सहायताको घोषणा हुनसक्छ। नेपालको लोकतान्त्रिकआन्दोलनलाई अमेरिकाले नैतिक समर्थन गर्दै आएको छ। नेपालको लोकतान्त्रिकरणमा पनि यसले ठूलो योगदान गरेको छ,’ वाग्लेले भने। ‘नेपालको आर्थिक विकासमा अमेरिकाको योगदान रहेको छ। त्यसैले अमेरिका नेपालको सबैभन्दा ठूलो दाताहो, जुन ऋण होइन अनुदानहो। कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको एमसीसी नेपाल–अमेरिका विकास साझेदारीको विशेषता हो,’ वाग्लेले थपे। दक्षिण एसियाआर्थिक, भूराजनीतिक र कूटनीतिक रूपमा गतिशील क्षेत्र बन्दै गइरहेको उल्लेख गर्दै शर्माले नेपालले अमेरिकालाई स्वतन्त्रताको भूमिको रूपमा हेर्ने र विश्वशान्ति, समृद्धि र वास्तवमाअस्तित्व र स्वतन्त्रतामा नेपाल र अमेरिकाको साझा दृष्टिकोण रहेको बताए। विगत सातदशकमा वाशिङ्टन र काठमाडौंबीचको सम्बन्ध निरन्तर बढ्दै गएको उनको भनाइ थियो। नेपालकालागि संयुक्त राज्य अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले भने, ‘हामीले एउटा बलियो आधारबाट सुरु गरेका थियौं,जसले प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता जस्ता धेरै कुरा साझा गरेको पाउँछौँ । मलाई विश्वास छ नेपाल र अमेरिका दुबै लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र सुशासनका सिद्धान्तहरूप्रति प्रतिबद्ध छन्।’ उनले आफूहरुले दुई ठूला छिमेकीबीच नेपालको स्थितिलाई थप जटिल बनाउन नखोजेको भन्दै आफूहरुले नेपाललाई एक सफल लोकतान्त्रिक साझेदार बनाउन चाहेको बताए। ‘जहाँहामीमध्ये मौलिक मूल्यमान्यताहरूमा विश्वास गर्नेले एकअर्काको सफलतामा लगानी गर्छौं। हामी साथीबन्न चाहन्छौं, र नेपाललाई सहयोग प्रस्तावगर्दछौं। नेपालले सबैका लागि बलियो, सुरक्षित, थप लोकतान्त्रिक र थप समृद्ध राष्ट्र निर्माण गर्न खोजेको अवस्थामा हामी सहयोग गर्न तयार छौं,’ उनले भने। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले सन् १९६२ देखि नेपाल आउन थालेका पिस कोर स्वयम्सेवकहरुले नेपालका कैयौं विद्यालयहरुमा पढाएका तथा प्राविधिक सेवा पुराएका स्मरण गरे। उनले नेपाल जस्तो मुलुकको भूराजनीतिक संवेदनशिलता छ अमेरिका जस्तो महाशक्ति मुलुकले बुझी दिनु पर्छ भन्दै छिमेकीहरुलाइ शंका उब्जने गरी हामीले नेपाल ले कुनै पनि सहयोग लिन नहुने बताए। अध्यक्ष आचार्यले भारतीय मूलका अमेरिकी नागरिकहरुको राजनीति, व्यापार र सूचना प्रविधि जस्ता क्षेत्रमा रहेको अग्रताले भारत र अमेरिका बीचको सम्बन्ध लाई अरु नजिक बनाएको हामीले देखेका छौं। अहिले प्रवासी नेपाली समुदाय व्यापार, व्यवसाय र पठन पाठनमा मात्रै हैन, अमेरिकाका विभिन्न तहको चुनावमा पनि सामेल हुन थालेको छ। आउंदो एक दशक भित्रै नेपाली अमेरिकीहरुले अमेरिकी राजनीतिमा पनि महत्वपूर्ण स्थान प्राप्त गर्ने हामी आशा गर्न सक्छौं। ‘गैर आवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र प्रविधि नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकामा बसी रहनु भएका नेपली समुदायलाई नेपालमा लगानी लिएर जान, डलर एकाउँट खोल्न र आफ्नो सीप र प्रविधि नेपाल लैजान म अपिल गर्दछु,’ उनले भने। सत्रको संचालन एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा यादव पण्डितले गरेका थिए।
डेनमार्क गोली काण्डमा नेपाली सुरक्षित (तस्वीरसहित) इटाली। डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ सेन्टरमा आइतबार भएको गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको डेनिस प्रहरीले जनाएको छ। डेनिस प्रहरीले गोलीकाण्डका एक जना २२ वर्षीय डेनिस व्यक्तिलाई गिरफ्तार गरेको छ। कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए। संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ। गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए। त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए । उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ। कोपेनहेगनबाट कृष्ण सुबेदिले दिएको जानकारी अनुसार घटनामा सबै नेपाली सुरक्षित छन्।
लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावाट बिजुली लण्डन । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा बिहीबार लण्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक शुशील भट्टले भने“नेपाल लगानीका लागि उपयुक्त मुलुक हो।” नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए। उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे। नेपाल लगानी बोर्डले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल, र वार्षिक ५ मिलियन पर्यटन भित्राउने लक्ष लिएको जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा संविधान बने पछि राजनैतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको लागि प्रशस्त सम्भवना रहेको बताए । उनले नेपाल महाभूकम्पका कारणले भएको क्षतिबाट माथि उठेर अब आर्थिक संमृद्धिको दिशामा अघि बढेको बताए । कार्यक्रममा आन्तरिक व्यापार विभागका मेनिफ्याक्चिङ इनर्जी एन्ड इन्फास्ट्रक्चरका निर्देशक रोडनी ब्राकलीले नेपालमा आफ्नो लगानीको लागि अनुभव सुनाउदै लगानीको लागि आग्रह गरे । उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए । कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले नेपालमा लगानीका चुनौतिको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लगानीका सम्भवनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डले लगानीकर्तासंग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । कार्यक्रममा डोल्मा एम्प्याक्ट फण्डकासंस्थापक कार्यकारी अधिकृत टिम गोचरले नेपाल लगानीको लागि प्रसस्त सम्भवाना हरेको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे। उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य भएको बताए । सम्मेलनलाई सम्बोधन गदै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै काम गरिरहेको जानकारी दिए । उनले नेपाल लगानीको लागि ‘भर्जिनल्याण्ड’भएको बताए । नेपाली दुतवास लण्डनकी उप्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा ब्रिटिस नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, लगानीकर्ता, पत्रकार समाजसेवी लगायतको बाक्लो उपस्थित थियो ।
लन्डनबाट एक महिनादेखि नेपाली युवा रिदम पोखरेल बेपत्ता लन्डन। लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ। स्थानीय प्रहरीले सर्वसाधारणलाई उहाँको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ। उहाँ पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिनुभएको थियो । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ। उहाँका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ।
नेपाली सेफ एसोसियसन युके अध्यक्षमा ढकाल निर्विरोध लन्डन। नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् । एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुंगाना चयन भएका छन् । महासचिवमा राजु बोहरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित भए । सदस्यमा गोकर्ण भुषाल, अभिषेकुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र सापकोटा ‘रामजी’, उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, रामप्रसाद सापकोटा, लीलाधर निउरे, सुमन शर्मा ९सोहन०, टिकादेवी चालिसे, रोशकान्त सापकोटा, चन्द्रबहादुर केसी, गोमा पौडेल, भानुभक्त घिमिरे, टीकाराम निउरे, दिनानाथ अर्याल र रामकृष थापा छन् ।
वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो झापा। भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु तीन लाख ५० हजार असुलेका थिए। उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।ठगीको शिकारमा परेका बेचन यादव, रोहित यादव, राजीव सहनी, मनोज मण्डल र सञ्जय चौधरीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गतवर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए। पाँच वर्ष वितिसक्दा पनि पीडित युवा नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो। “गाउँकै चिनेजानेको दाइ भएकाले उहाँले भनेको पत्यायौंँ,” ठगीमा परेका भद्रपुर–५ बेचन भन्छन्–“पैसा पहिल्यै जम्मा गर्न लगाउनुभयो । भनेकै बेला ऋण काढेर भए पनि दियौं तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौँ ।” पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितहरुले गत वर्ष नगरपालिकालाई गुहारेका थिए। वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कबुलनामा कागज समेत गरिएको थियो तर कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन्। आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे। विसं २०७८ मङ्सिर २८ गते विभागमा उनीहरुले उजुरी पनि दिए। तर विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन।“यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचै जना मिलेर संयुक्त निवेदन दियौँ,” अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव भन्छन्,“विभागका सरहरुले व्याजसहित रु पाँच लाख ५० हजार तिराइदिन्छौँ भन्नुभएको छ ।”पीडितका अनुसार उक्त विभागले यस मुद्दामा कारबाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन। विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ। पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उनी फरार भएका छन्। अचेल गाउँतिर उनी देखिदैनन्। पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकामा निराश छन्। प्रशासनमा उजुरीको चाङ वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानुनी व्यवस्था छ। झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन्। उनी प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा परेका छन्। आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नभए आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाउने कार्य हुँदै आएको प्रजिअ रिजाल बताउँछन्। एक वर्षमा पाँच वटा मुद्दामा पीडितहरुको रु २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको छ भने आठ वटा मुद्दालाई विभागमा पठाइएको उनको भनाइ छ। बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको शिकार बन्ने क्रम बढेको छ। “ठगी गर्नेलाई कानुनी कारबाही गरेर रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदैछ,” प्रजिअ रिजाल भन्छन् –“रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्।”रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने प्रजिअ रिजालको सुझाव छ। – रासस
मलेसिया पठाउँदा मेनपावरको लुटधन्दा, सम्बन्धित निकाय रमिते मलेसिया । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारहरुलाई मेनपावरहरुले विभिन्न बहानामा चर्को रकम लिने गरेको पाइएको छ । नेपाली कामदारहरुको निम्ति प्रमुख वैदेशिक रोजगारीको गन्तब्यमध्ये प्रमुख मुलुक रहेको मलेसिया कोभिड महामारीको अत्यसँगै सयौं कम्पनीहरुले कामदारको माग गर्दै कामदार डिमाण्ड पत्र नेपाल पठाएका छन् । मलेसिया सरकार र नेपाल सरकारबीचमा भएको श्रम सम्झौतालाई हेर्ने हो भने नेपालबाट मलेसियाका जुनसुकै कम्पनीले नेपाली कामदार लैजाँदा सम्पुर्ण खर्च सम्बन्धित कम्पनीले नै बेहोर्नुपर्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर यतिबेला मेनपावरहरुले मलेसिया जाने कामदारसँग विभिन्न बहानामा २ देखि ३ लाख सम्म पैसा लिएर पठाइरहेको कुरा कामदारहरुले गुनासो गर्दै आएका छन् । करिब दुईहप्ता अगाडि मात्रै कोशी मेनपावर मार्फत दुई लाख १५ हजार बुझाएर मलेसिया आइपुगेका तर आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा सम्बन्धित कामदारले नेपाली मजदुर एकता समाजलाई गुनासो गरेका छन् । केही पीडितले आफू ठगिएकोबारे दूतावासमा समेत जानकारी गरेपनि दूतावासले वेवास्ता गरेको छ । यसरी सम्बन्धित कम्पनीहरुले सम्पुर्ण खर्च बेहोर्दा समेत मेनपावर कम्पनीहरुले कामदारमाथि खुलमखुल्ला रूपमा ब्रम्हलूट मच्चाउन तल्लीन छन् यो बारेमा सम्बन्धित निकाय नेपाल सरकार र वैदेशिक रोजगार विभागले पनि आवश्यक कदम चालेको छैन भने उता नेपाली राजदुतावास पनि यस बारेमा मौन देखिएको छ । तसर्थ वैदेशिक रोजगारीको बाहानामा यतिबेला कामदारहरु मारमा परेका छन् । यसबारेमा नेपाली मजदुर एकता समाजको गम्भीर ध्यानाकर्षण भएको र सम्बन्धित दूतावास र वैदेशिक रोजगार विभाग र मन्त्रालयसंग आवश्यक छलफलको निम्ती पहल भैरहेको नेपाली मजदुर एकता समाजका केन्द्रीय अध्यक्ष तेज बहादुर कार्कीले डिसी नेपाललाई बताए ।
साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने काठमाडौं । साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन् । यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको हो । रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा उपलब्ध गरेको हो । ‘साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा १७–२३ जुन २०२२ सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ९९ जनाको वहिर्मन भिसा प्राप्त भएको छ,’ दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ । अवैध रुपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रुपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धीत देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । एक्जिट भिसा आएकाहरुलाई दूतावासमा आएर भिसा लिएर जान विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा आएको ६० दिन भित्र स्वदेश फर्कनु पर्ने नियम साउदी अरबको रहेको छ । ‘दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । र, एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु हुन अनुरोध गरिन्छ,’ नेपाली दूतावासले भनेको छ ।
साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ? काठमाडौं । तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्दै पैसा मागेको त छैन ? यदि यसरी पैसा मागेको भए नदिनु होला । दिनुभयो भने बुझ्नुहोस्– तपाईँ ठगिनु भयो । एक्जिट भिसा मिलाईदिने वहानमा धेरै नेपाली ठगिएपछि साउदी अरबको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी यस्ता व्यत्तिलाई पैसा नबुझाउन अनुरोध गरेको छ । ‘एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीं कतै बुझाउनु पर्दैन । यदी कुनै व्यक्तिले तपाईँलाई एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा मैले चिनेका मान्छे छन्, यति पैसा लाग्छ भन्छ वा भनेको छ भने त्यस्ता व्यक्तिको पछि कदापि नलाग्नु होला,’ दूतावासले विज्ञप्तिमा भनेको छ । यसैगरी कुनै दलालले सेटिङ गरेर नेपाल पठाइदिन्छु, साउदी जवातलको मान्छे र पुलिसलाई चिनेको छु भन्यो भने पनि यस्ता व्यक्तिको पछि नलाग्न दूतावासले अनुरोध गरेको छ । यस्ता व्यक्तिको पछि लागेमा ठगिने दूतावासले जनाएको छ । ‘यदि कोही कसैले यस्तो कुरा गर्दैछ भने त्यस्तो व्यक्तिको बारेमा साउदी प्रहरीमा– ९११ नम्बरमा तुरून्तै खबर गर्नुहोला,’ दूतावासले भनेको छ । साउदीमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासले समस्यामा परेका नेपालीको लागि आवश्यक पर्ने एक्जिट भिसा झिकाउने काम गर्ने विज्ञप्तिमा उल्लेख छ । यसको लागि कुनै शुल्क नलाग्ने पनि दूतावासले स्पष्ट पारेको छ । ‘एक्जिट भिसा प्रोसेसिङ पूर्ण निःशुल्क हो । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । जुन ठाउँबाट आफ्नो इकाममा बनेको छ त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने व्यवस्था साउदी सरकारले गरेको दूतावासले जनाएको छ । ‘तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्नुहुन अनुरोध छ,’ विज्ञिप्तिमा भनिएको छ । कुनै कारणले साउदीमा अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदार स्वदेश फर्कनु परे एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैन । यस्तो एक्जिट भिसा सम्बन्धीत देशको दूतावासको अनुरोधमा साउदी सरकारले उपलब्ध गराउने गर्छ ।
वैदेशिक रोजगारीमा जान जेठमा लिए ६२ हजारभन्दा बढीले श्रम स्वीकृति काठमाडौं। गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन्। २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो। श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन्। विभागका अनुसार ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको छ। जेठ महिनामा कतार जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। विभागको तथ्याङ्कअनुसार पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
फरिदावाद नगर समितिको २०औँ सम्मेलन नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत हरियाणा-राजिस्थान संयुक्त राज्य समिति माताहत संचालित फरिदावाद नगर समितिले आइतवार २०औ नगर सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनले जगत रानाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ। साथै समितिले पुन सीबी सारुलाई नगर सचिवको जिम्मेवारी दिएको छ। संघको केन्द्रिय उपाध्यक्ष सिता अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय उपाध्यक्ष मोहन थापा, केन्द्रिय सह-कोषाध्यक्ष केशवराज अधिकारी, सचिवालय सदस्य जीवन थापा, हरियाणा राज्य समिति अध्यक्ष ऋषिराम शर्मा, उपाध्यक्ष शिवकुमार मल्ल, सचिव चन्द्रबहादुर गुरुङ्ग, सदस्यहरु पदम थापा, भिमकला राना, लगाएतका नेता तथा कार्यकर्ताको उपस्तिथी रहको थियो। कार्यक्रम श्री पशुपतिनाथ मन्दिर, सेक्टर-२२ फरिदावादमा आयोजना गरीएको थियो। जन जागृति परिवारले प्रस्तुत गरेका बिबिध सांस्कृतिक कार्यक्रमले कार्यक्रम झनै रोचक देखिएको थियो। कार्यक्रममा मेवला महाराजपुर्, धारुहेर, भिवानी लगीएतका छिमेकी नगर समितिहरु बाट समेत प्रतिनिधित्व रहेको थियो। ४ जुलाई १९८१ मा गठीत् यो नगर समिति राज्य कै सबै भन्दा पुरानो र क्रियाशील नगर समिति हो। “केन्द्रिय समितिको निर्देशनअनुसार लामो समय सम्म स्थिर रहेका प्रवासी नेपाली संघ भारतका राज्य, नगर र प्रास समितिहरु जुलाई भित्र सम्मलेन गरेर पुनर्गठन गर्नुपर्ने छ।’ केन्द्रिय महासचिव टिका पौडेलले बताए। साथै केन्द्रिय समिति पनि सम्मेलनमा जुटिरहेको बताए।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आवद्ध गराउने तयारी, सरकारले कार्यविधि बनाउने काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतः एक हप्ताभित्रै यससम्बन्धी कार्यविधी तयार भइसक्ने जानकारी दिए । कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो । विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधी बनाएर लागू गर्ने बताए । ‘हामीले एक किसिमको ड्राफ्ट तयार गरिसकेका छौं। विभिन्न मोडालिटी छन् । एक हप्ताभित्रमा एउटा कंक्रिट तयार हुन्छ। यसमा वृहत अध्ययन र छलफल गरेर यसलाई कार्यान्वयनको पाटोमा लैजान्छौं,’ ज्ञवालीले भने । यसका लागि गन्तव्य मुलुका सम्बन्धित निकायसँग पनि दिपक्षीय सम्झौता समेत गर्नुपर्ने उनको भनाइ छ । ‘श्रमिक विदेशमा विरामी परेमा, दुघर्टनामा परेमा उतैको निकायले त्यसको औषधी उपचार गर्नेगरी व्यवस्था गर्नुपर्छ। यसका लागि दिपक्षीय सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘आजीवन अशक्तता भएमा नेपालको सामाजिक सुरक्षा कोषले समेट्ने गरी कार्यविधि तयार गर्ने तयारी छ। यस्तै कसैको मृत्युवरण भएमा पनि उनीहरूका आश्रित परिवारलाई मलमह लगाउने व्यवस्था गर्छौं।’ उनले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए। कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्नका लागि कोषले ’प्यासन’ को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए। यस्तै सामाजिक सुरक्षा कोषकै निर्देशक रोहित रेग्मीले विदेशमा रहेका नेपालीलाई कोषमा आवद्ध गराउन एनआरएनएको नेटवर्क सबैभन्दा मह्त्वपूर्ण हुने बताए। कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले कानूनी अड्चनलाई हटाएर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे। एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्नका लागि दुई पक्षिय समझदारी गरिने जानकारी दिए। संघका अर्का अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षा सम्बन्धि संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यबिधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नु पर्ने बताए। वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डिवी क्षेत्रीले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नु पर्ने धारणा राखे। उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारमा रहेका नेपालीको भावानात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान शुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको बताए। सरकारले आर्थिक वर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औल्याएका छन्। एनआरएनएले आफ्नो १० औं विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवालाबीच छलफल चलाएको थियो। समझादारी पत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डिवी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिममेवारी तोकिएको छ। एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुम मार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए।
प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन शुरु काठमाडौं । प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । आजदेखि शुरु भएका अधिवेशन १९ तारिक सम्म बोस्टनमा भइरहेको छ । मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृत्व चयन गर्ने छन् । मञ्चले अमेरिकाको २६ राज्यमा आफ्नो कमिटी विस्तार गरेको छ । अधिवेशनलाई शुभकामना दिन प्रमुख अतिथिको रुपमा नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराई, एमाले संसदीय दलको सचेतक शान्ता चौधरी र पूर्व परराष्ट्रमन्त्री महन्द्रे पाण्डे अमेरिका पुगेका छन् । भोलि अधिवेशनको दोस्रो सत्र उद्घाटन र नयाँ नेतृत्व चयन हुने छ। अन्तिम दिन १९ तारिक नव निर्वाचित कमिटीको बैठक बस्ने छ। सन् २०१३ मा न्यूयोर्कमा पहिलो अधिवेशन गर्दै सञ्जय थापालाई अध्यक्षको जिम्मेवारी दिएको मञ्चले तीन वर्ष पछि सन् २०१७ मा दोस्रो अधिवेशन गरेको थियो । बाल्टिमोरमा भएको दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्षमा चयन गरेको थियो । नियमित समय अनुसार सन् २०२० मा नै मञ्चको तेस्रो अधिवेशन हुनु पर्ने थियो तर कोरोना महामारीका कारण अधिवेशन सर्दै आएको थियो । संगठन १९९८ मा स्थापना भएको भए पनि विभिन्न समयमा नाम परिवर्तन हुदै आएको छ। शुरुमा एन डि एफ,यूएनडिएफ हुदै २०१२ मा ओएनएफ वने पछिको पहिलो अधिवेशन २०१३ मा न्यूयोर्कमा भएको थियो।
गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाएका छन्। सङ्घले आज आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आएका छन्, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु ।” प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे । “अब विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप र कौशललाई मुलुकको विकासका लागि उपयोग गर्न सङ्घमार्फत सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु”, उनले भने । प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुहरुको उपभोगलाई प्रोत्साहन गर्नसके निर्यात प्रवद्र्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आव्हान गरे। प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरेको, त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने कुरा उल्लेख गरेको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको उनले बताए । प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैंकले ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए । उनले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले गरिएको यो व्यवस्थाबाट संसारभरि रहेका नेपालीहरुलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह गरे । उनले गैरआवासीय नेपाली समुदायले नेपालमा विसं २०७२ को महाभूकम्पमा पीडितको उद्धार र राहतका साथै सुरक्षित आवास निर्माण तथा कोभिड–१९ महामारीको असहज परिस्थितिमा पीसीआर किट, अक्सिजन उपकरणलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर हजारौँको ज्यान बचाउन गरेको कामको सराहना गरे । कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्न सरकारले ‘विशेष आर्थिक क्षेत्र’ स्थापना गर्ने योजना बनाइरहेको जानकारी दिए। उनले संविधानको भावना अनुरुप गैरआवासीय नेपालीका लागि नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री खड्काले अबको मुख्य लक्ष्य नेपालको आर्थिक विकास, पर्यटन प्रवद्र्धनका साथै विदेशी ज्ञान, सीप, पुँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे । उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन, सञ्चारका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीको आवश्यकता रहेको भन्दै लगानी भित्र्याएर लाभ लिन पनि अनुरोध गरे । परराष्ट्रमन्त्री खड्काले वैदेशिक रोजगारबाट फर्केका नेपालीका लागि एउटा ‘च्यालेन्ज फन्ड’ स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा प्रधानमन्त्री देउवाले दिएको आश्वासनबाट आफूहरु उत्साहित भएको बताए । साथै उनले गैरआवासीय नेपाली ऐन र नियमावलीमा पनि सामयिक परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गरे । सङ्घका अध्यक्ष डा बद्री केसीले नेपालको संविधानले व्यवस्था गरेको गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय चाडो टुङ्गोमा पुर्‍याउन आग्रह गरे । उनले गैरआवासीय नेपालीलाई नेपालमा डलर खाता खोल्न तथा साढे १२ प्रतिशत व्याज पाउने वैदेशिक रोजगार बचतपत्र किनेर लाभान्वित हुन पनि अपिल गरे । सेमिनारको अघिल्लो सत्रको लगानी प्रवद्र्धनसम्बन्धी छलफलमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले नेपालमा विदेशी लगानी भित्र्याउन, पुँजी र प्रविधिलाई आकर्षण गर्न सरकारले नीतिगत सुधारका काम गरिरहेको उल्लेख गर्दै कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर लिलिमा ढुङ्गाना तिम्सिनाले विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले सकारात्मक प्रयास गर्दै आएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन समन्वयकारी भूमिका निर्वाह गर्न गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे ।
साउदी अरबमा कामदारलाई तीन महिनासम्म दिउँसो बाहिर घाममा काम लगाउन नपाइने काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ। दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो। यो नियम भोली जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने जनाइएको छ। साउदी अरबमा अत्याधिक गर्मी बढेपछि कामदारको सुरक्षाको लागि त्यहाँको सरकारले कामदारलाई रोजगारदाताले दिउँसो घाममा काम गर्न लगाउन नपाउने नियम ल्याएको हो। ‘साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (श्रम मन्त्रालय) ले यही १५ जुन देखि १५ सेप्टेम्बर २०२२ (३ महिना) सम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले कामदारलाई बाहिर घाममा गर्नुपर्ने काममा लगाउन नपाइने जनाएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यदी कुनै कम्पनी वा रोजगारदाताले नियमको अवज्ञा गरेर कुनै कामदारलाई आगामी तीन महिनाको अवधिमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम गर्न लगायो वा काम गर्न बाध्य पा¥यो भने श्रम मन्त्रालयको टोल फ्री नं. १९९११ मा सम्पर्क गरेर उजुरी गर्न समेत अनुरोध गरिएको छ। कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो आउने गरेको दूतावासले जनाएको छ। यस्तो अवस्थामा प्रहरीलाई ९११ नम्बरमा तुरून्तै सम्पर्क गर्न दूतावासले त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ। ‘कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कामदारको समस्यासँग सम्बन्धित विषयमा कुनै गुनासा छन् भने श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सक्नुहुनेछ,’ दूतावासले भनेको छ। नेपाली कामदारको लागि साउदी अरब वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्ये एक हो । साउदीमा चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन्।
समुन्द्रको तटमा भेटियो नेपालीको शव इटाली। करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए ।प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ बर्ष अघि पोर्चुगल गएका थिए। सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो ।सिलवाल हराएको झण्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो । सिलवाल हराएपछि प्रहरीमा परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गरी खोजीकार्य तीब्र बनाइ एनआरएनए पोर्चुगलको अगुवाईमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान चलाइएको थियो । संघका अध्यक्ष रबिन अधिकारीका अनुसार सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह गरेका कारण मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया पुरा गरि शव बुझेर नेपाल पठाउनेबारे जानकारी गराइने बताए।
अमेरिकाको ओकल्याण्डमा नेपाली युवालाई निर्घात कुटपिट गरेर लुटियो काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवालाई निर्घात कुटपित गरी लुटपाट गरिएको छ । उनले आफूमाथि भएको आक्रमण र लुटिएको आफ्नो कथा साझा गरेका छन् । सागर तामाङले गत शनिबार राति ११ बजे ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका बेला अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस भएको बताए । यो प्रहारले उनलाई बेहोस बनायो । भोलिपल्ट तामाङ अस्पतालमा ब्युँझिए । उनी निर्घात कुटपिटबाट घाइते थिए र उनका पर्स, फोनलगायतका सबै सामान हराएका थिए । आफू नेपाली भएको र आफू बोल्नुको कारण रहेकोले आफूलाई निशाना बनाइएको तामाङको विश्वास छ । “मलाई के भयो भनेर मैले आवाज उठाउनुपर्छ ताकि पछि युवाहरू, वा हाम्रो समुदायका व्यक्तिहरू, नेपाली समुदाय अगाडि आएर हो, मलाई पनि यस्तो भयो भन्न सकून्” उनले केजीओ टिभीकी पत्रकार डायोन लिमसँग भने, “मानिसहरू सम्बन्ध राख्न सक्षम हुनेछन्। यो धेरै एसियाली समुदायहरूसँग भइरहेको छ । यो सधैं हुन्छ।” Sagar was getting food around 11pm last Sat outside the Fox Theater in Oakland when he felt something hit the back of his head. He lost consciousness & woke up in the hospital the next day bruised & beaten. His belongings inc wallet & phone were gone #StopAAPIHate (thread) ⬇️ pic.twitter.com/87au9kpkVK — Dion Lim (@DionLimTV) June 5, 2022 ओकल्याण्ड प्रहरीले यो घृणित अपराध हो वा होइन भन्ने कुनै निर्धारण नभएको बताउँदै एबीसी सेभेनलाई अनुसन्धान जारी रहेको बताएको छ । तामाङ राइडसेयर चालकको रुपमा काम गर्छन् । उनी पुनः काममा फर्किन १ महिना लाग्छ र तामाङकी एक साथीले अर्को महिना उनी काममा नफर्किँदासम्म उनला मेडिकल बिलहरू तिर्न मद्दत गर्न गोफण्डमी स्थापना गरेकी छिन्। नेपालबाट आएकी ती साथी भन्छिन् कि कानुनी अर्थमा यो घृणित अपराध हो भनेर प्रमाणित गर्न गाह्रो हुन सक्छ तर उनी एएपीआइ (एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर) समुदायलाई लक्षित गरेको ठान्छिन्। “हामी एसियाली भएकाले मानिसहरूले हामीलाई लुट्न सजिलो, आक्रमण गर्न सजिलो, झुक्याउन र आफूले चाहेको जुनसुकै काम गर्न सजिलो ठान्छन्। यदि अरू कोही व्यक्ति थियो भने तिनीहरूले त्यसो गर्दैनन्। ऊ होचो एशियाली केटा हो,” उनका साथी भन्छन्, जसले पहिचान खोल्न चाहेनन्। घटना डरलाग्दो भए पनि तामाङले यो घटनाले आफूलाई मन पर्ने काम गर्नबाट डराउन नसकेको बताउँछन्। “इमानदारीपूर्वक भन्नुपर्दा, म यो सम्पूर्ण परिदृश्यबाट केहि आशा गर्दिन। म मेरो जीवन बाँच्न जाँदैछु, सबैले आफ्नो जीवन बिताउनेछन्। तर एउटा कुरा यो हो कि यसले मलाई यस्तो घटनाबाट बाँचेको व्यक्तिको रूपमा अझ बलियो बनाएको छ” उनले भने ‘यो मसँग भयो र यो जो कोहीसँग हुन सक्छ ।’
न्यूयोर्कमा मनाइयो अन्तरार्ष्ट्रिय सगरमाथा दिवस काठमाडौं । अन्तरार्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा यूएस नेपाल कलाइम्बर्स एसोसिएसन (इन्क यूएसए)ले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम गरेको छ । मे २९ तारिखका दिन शेर्पा किदुक अमेरिकाको भवन ज्याक्सन हाइट न्यूयोर्कमा अन्तरराष्ट्रिय सगरमाथा दिवस अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । सन् १९५३ मे २९ तारिखका दिन सर्बोच्च शिखर सगराथामा पहिलो मानव पाइला टेक्न सफल स्व. सर एड्मन्ड हिलारी र स्व। तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा अन्तरराष्ट्रिय सगरमाथा दिवश मनाएको हो । यसअघि मे २४ तारिक २०२२ का दिन न्यूयोर्क राज्य विधान सभा सदस्य सम्माननीय जेनिफर राजकुमार र न्यूयोर्क राज्य गर्भनर सम्माननीय क्याथी होचुल तथा न्यूयोर्क राज्य बिधानसभा कलर्क सम्माननीय मेरी अन्ने ई डेन्ड्लेसले न्यूयोर्क राज्यको एसेम्बली हल अलबानीबाट प्रत्येक वर्ष मे २९ लाई अन्तरार्ष्ट्रिय सगरमाथा दिवस घोषणा गरेका थिए । विहान शेर्पा किदुक गुम्बामा हिमाल आरोहणको क्रममा ज्यान गुमाउने आरोहीहरुको चीर शान्ती तथा सम्झनामा लामा धर्मगुरुहरुद्वारा बिशेष पुजा पाठ तथा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको थियो । औपाचरिक रुपमा भने कार्यक्रम दिउँसो तीन बजेबाट शुरु भएको थियो । नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान सँगै हिमाल आरोहणको क्रममा दिवांगत भएका सम्पूर्ण साहसी पर्वतारोहीहरुको सम्मानमा एक मिनेट मौनधारण गरी कार्यक्रम शुरु भएको थियो ।
स्कटल्याण्डमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले काउडेनबिथमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताए। उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए । यसैगरी राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गर्नुपर्ने बताए। स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राज्य परिषद्का उपाध्यक्ष्य उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गरेका थिए।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने बताएको छ । वैदेशिक रोजगारीका लागि नयाँ आर्कषक गन्तव्य मुलुक पहिचान गर्ने र वैदेशिक रोजगारीमा गएकालाई श्रमिकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गरे । आर्थिक वर्ष २०७९/८० को प्रस्तुत गर्दै उहाँले वैदेशिक रोजगारीबाट आर्जन गरेको अर्थबाट सीपमूलक क्षेत्रमा लगानी गर्ने प्रोत्साहन गर्दै सातै प्रदेशमा बहुउद्देशीय तालिम केन्द्रको स्थापन गर्ने र कार्यस्थलमा कुनै पनि प्रकारको हिंसा हुन नदिने व्यवस्था भएको उल्लेख छ । बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
दुई बर्षपछि ९ हजार नेपाली कोरिया जाँदै, जेठ २६ बाट परीक्षा सुरु हुने काठमाडौं। दुई बर्षदेखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखि-३ असारमासम्म सञ्चालन हुने भएको छ। स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो। २६ बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानीय तह निर्वाचनक कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन्। बैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ। कोरियन भाषा परीक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो। बैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको बिभागले जनाएको छ। हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिए पछि परीक्षा सुरु गर्न लागिएको हो।
साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम रियाद । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो। यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारवाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ। पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो। केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन्। साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र काम गर्न पाइँदैन। यसरी काम गर्नु एक किसिमले अवैध जस्तै हो। जसले श्रमिक नै कानूनी रुपले कमजोर हुने र,आफ्नो अधिकारबाट समेत वञ्चित हुनसक्छन्। यस्तै, पब्लिक सेक्युरिटीले आवास, श्रम र सीमा सुरक्षा नियमको कुनै उल्लङ्घन भएको पाइएमा मक्का र रियाद क्षेत्रमा ९११ नम्बर र अन्य क्षेत्रमा ९९९ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न आह्वान समेत गरेको छ ।
दश महिनामा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार गएको वैशाख महिनामा मात्र ४५ हजार ४ जनाले वैदेशिक रोजगारमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र २०७९ वैशाखमा ४५ हजार ४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्ला दश महिनामा प्रत्येक महिना औषतमा ५० हजार ५४९ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । यही शैलीमा जेठ र असार महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिनेछन् । कोरोना महामारी कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको थियो । गत वर्षबाट कोरोनाको खोप प्रयोगमा आएपछि वैदेशिक रोजगारमा जानेको संख्या पुनः बढ्न थालेको हो । सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो । कोरोना महामारी सुरु भएको वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो । कोरोना महामारीले थलिएको वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न काठमाडाैं। युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन ”नेपालको बिद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण ” विषयमा केन्द्रीत बिमर्शका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद डा. बिद्यानाथ कोइराला, डा. पार्बती ढुङाना र डा. कटक मल्लको प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले संघीय नेपालको संरचनामा के कसरी काम गर्न खोजीदैछ भन्ने बारेमा मन्तब्य राखेका थिए। सेन्टरका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, र हिजोको अनुभव र भोलीको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन जगदम्वा अधिकारी र तरुण पौडेलले गरेका थिए। विज्ञहरुको प्रस्तुती र प्रश्नउत्तर, छलफल शैलीमा कार्यक्रम भएको थियो । संस्थाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरुका बारेमा छ महिनाभित्र शृंखलावद्द छलफल गरी तय हुने सहमती भएको जनाइएको छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा सात वर्षदेखि नेपाल र नेपाली सम्बन्धी विषयहरुमा नीति र अनुसन्धान क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
अमेरिकामा लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरुको नेतृत्व काठमाडौं। अमेरिकामा लायन्स क्लब इन्टरनेशनलको बिभिन्न राज्यहरुको केही लायन्स डिष्ट्रिक्टहरुमा नेपालीहरु पनि अग्रस्थानमा आएका छन्। क्यालिफोर्निया राज्यको डिष्ट्रिक्ट ३C-४ मा राजेन थापा पहिलो नेपाली डिष्ट्रिक्ट गभर्नर भएपछि अरु नेपालीहरु पनि उत्साहका साथ डिष्ट्रिक्ट स्तरको नेतृत्व तहमा अग्रपंक्तिमा आउँदैछन् । नेपालदेखिनै लायन्समा सक्रिय राजेन थापाले Berkeley Annapurna Lions Club को स्थापना गरी क्लबको संस्थापक अध्यक्ष सहित बिभिन्न पदहरुमा रही सेवा प्रदान गरेका छन्। यसै क्रममा, कनेष्ट्क्टकट राज्यको डिष्ट्रिक्ट २३-B का सक्रिय लायन राज श्रेष्ठले सन् २०१६ मा नयाँ लायन्स क्लब Hartford County Everest Centennial Lions Club स्थापना गरी संस्थापक अध्यक्ष सहित बिभिन्न पदमा रही लायन्सको मानवीय सेवा कार्यमा सरिक हुनुका साथै डिष्ट्रिक्ट क्याबिनेटमा स्पेश्याल्टी क्लब्स चेयर र दईु पटक जोन चेयर हुँदै लायन बर्ष २०२२-२०२३ को लागि डिष्ट्रिक्ट २३-B का लागि Second Vice District Governor मा निर्वाचित भएका छन्। यसका साथै,राज श्रेष्ठलाईलायन्स क्लब इन्टरनेशनलको प्रधान कार्यालयले संयुक्तराज्य अमेरिका र क्यानडाको लागि New Club Development Consultant नियुक्त गरेको छ । यसैगरी, क्यालिफोर्नियाराज्यको डिष्ट्रिक्ट ३C-४ मा Berkeley Annapurna Lions Club का पूर्व अध्यक्ष मनिलबाबु श्रेष्ठ क्लबको बिभिन्न पदमा र डिष्ट्रिक्ट क्याबिनेटमा जोन र रिजन चेयिपर्सनमा सेवारत भई गत बर्ष 2nd Vice District Governor मा निर्वाचित भएका थिए भने यस बर्ष 1st Vice District Governor निर्वाचित भएका छन् । लायन्समा 2nd Vice District Governor उम्मेदवार हुनको लागि स्थानीय क्लबको अध्यक्ष, त्यसपछि दुई बर्ष क्लवको वोर्ड सदस्य र कम्तिमा एकपटक डिष्ट्रिक्ट क्याबिनेटमा जोन चेयिपर्सन र रिजन चेयिपर्र्सन भएको हुनुपर्छ यसैगरी टेक्सास राज्यका लायन प्रकाश गौतम यस बर्ष 2nd Vice District Governor को पदमा सेवारत छन् भने लायन वर्ष २०२२-२०२३ का 1st Vice District Governo मा निर्वाचित भएका छन्। Plano Collin Nepalese Lions Club को स्थापना गरी संस्थापक अध्यक्षको रुपमा पनि सेवा प्रदान गरिसकेका छन्। अमेरिकामा पहिलो नेपाली लायन्स क्लब टेक्सास राज्यको डालासस्थित डालास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष लायन राधाकृष्ण काफ्ले पनि केही बर्ष डिष्ट्रिक्ट क्याबिनेटमा सेवारत रही लायन बर्ष २०२२-२०२३ का लागि  2nd Vice District Governor मा निर्वाचित भएका छन् । लायन राधाकृष्णले पनि क्लबको बिभिन्न पदमा रही सेवा प्रदान गगरिरहेका छन्। राजनीतिक क्षेत्रमा मात्र नभई सामाजिक सँस्थाहरुको नेतृत्वतहमा पनि अमेरिकाका नेपालीहरु अग्रपंक्तीमा आउँदैछन्।
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए । सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जानकारी दिए । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको उनले बताए । सम्पर्कबिहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ यहाँको प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको उडान सुरु, यस्तो छ उडान तालिका काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको छ । जजीराले यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्ने भएका छन् । यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो । जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गत जेठ १ गतेबाट उडान सेवा शुरु भएको थियो । नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने, “जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग)ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ ।” अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ । आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, “७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तरराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।” यस्तो छ उडान तालिका
जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ सञ्चालन हुँदै काठमाडौं । नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्यालयको १०औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो । मन्त्री पौडेलले जापानमा रहेका नेपालीहरुले अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आएकामा प्रशंसा गरे । उनले एभरेष्ट स्कुलले विदेशमा रहेर नेपालको शिक्षा क्षेत्रमा थप योगदान दिई नेपाली विद्यार्थीका लागि थप सेवा दिन सकोस् भनी कामना गरे । भौतिक र अनलाइन दुवै माध्यमबाट आयोजित सो कार्यक्रममा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीले विद्यालयले निरन्तर प्रगति गर्दै नेपाली र विश्वस्तरका विद्यार्थीका लागि उदाहरणीय रूपमा गुणस्तरीय शिक्षा दिन सक्षम भएको बताइन् । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल डा. भुपालमान श्रेष्ठ र प्रदीप थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानालगायतको सहभागिता थियो । सो विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का १९ विद्यार्थीलाई जापानबाटै परीक्षा दिलाएको थियो । विद्यालयमा हाल नेपालका साथै भारत, जापान, संयुक्त राज्य अमेरिकाका गरी ३२५ विद्यार्थी छन् । यसमा अधिकांश नेपाली छन् । सो विद्यालयका अध्यक्ष भवन भट्टले विद्यालय गत वर्ष क्याम्ब्रिज इन्टरनेशन स्कुलको कोर्स सञ्चालनका लागि आबद्ध भएको र यस वर्ष जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रायलबाट पनि माध्यमिक विद्यालयका लागि मान्यता पाएको जानकारी दिए ।
अष्ट्रेलियामा बुद्ध जन्मस्थलसम्बन्धि दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित अष्ट्रेलिया । अष्ट्रेलियाको बेन्डिगोमा निर्माणाधिन विश्वकै ठूलो बौद्ध स्तुपामा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको गलत सन्देश हटाइएको छ । लुम्बिनि -कपिलबस्तु विश्वब्यापी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको आग्रहमा उक्त गलत संदेश सच्याइएको हो । अष्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा २६४६ बौद्ध जयन्तीको अबसरमा आफ्नी दिवंगत छोरीको सम्झनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा दिप प्रज्वलन गरि विश्व शान्तीको कामना गर्ने कार्यक्रममा सो बौद्ध स्तुपामा रहेको गलत सन्देश हटाएकोमा स्तुपाका निर्देशक इयान ग्रिनलाई खादा र  प्रमाणपत्रसहित  सम्मान गरिएको छ । निर्माण प्रक्रिया चलिरहेको सो स्तुपामा साढे दुई मिटर अग्लो विश्वकै ठूलो रत्नसहित बुद्धको मुर्ती राखिएको छ । निर्माण कार्य सम्पन्न भइसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्ध स्मारक हुने अपेक्षा गरिएको छ । निर्माण कार्य चलिरहेको समयमा समेत दैनिक जसो सातसयको हाराहारीमा दर्र्शनाभिलाषीहरु सो बौद्ध स्तुपामा आउने गरेका छन् ।स्तुपा परिसरमा गणेशको मन्दिरको समेत निर्माण भएकाले अब बेन्डिगोबाट हिन्दु मन्दिरको लागि मेलबर्न जाने समस्या हट्ने भएको छ । सो कार्यक्रममा प्रो एलिजावेथ ह्यारिस, पा्रे जियाफी्र हन्ट, डा.पौल इनग्राम,डा.महिन्द्रा डिगाले,डा.किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्तरुपमा लिखित जिज्ञासुका लागि बौद्ध अध्ययनः किन बौद्ध अध्ययन अध्ययन गर्ने(buddhist studies for the curious ःwhy study buddhist studies ) नामक पुस्तक समेत बिमोचन गरिएको थियो । प्रियंका प्रधानले सन्चालन गरेको कार्यक्रममा टाढाबाट आएका असी जना बिदेशीसहितका सहभागीता रहेकाे थियाे ।  कार्यक्रममा उपस्थित सबैले दिलमाया श्रेष्ठ(कान्छी)काे हातबाट टिका ग्रहण गरेका थिए ।
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि काठमाडौं।कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ हजार ३१ पुगेको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् ।अघिल्लो आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चैत महिनासम्म १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
भूतपूर्व गोर्खाहरुको पेन्सन सीधै राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन माग लन्डन।बेलायतस्थित भूतपूर्व गोर्खाहरुको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुदाँ नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरुले आपत्ति जनाएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै सरकारको दशकौं देखि पाउण्ड स्टर्लिङबाट भारुमा हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरुको पेन्सन पाउण्ड स्टर्लिङ सीधै नेपाल राष्ट्र बैंकमै आउने ब्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसंग जोडदार माग गरेका हुन् । देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिश सेनाको पेन्सन र क्षतिपूर्ति पाउण्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने ब्यवस्था मिलाई देशका लागि बैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरि देशको अर्थतन्त्रमा योगदान पुरयाउन चाहन्छौं पत्रमा उल्लेख छ । उनीहरुले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो देखाउँदै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोरखाहरुले वाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरि अर्बौँ नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सृजना हुनेतर्फसमेत सचेत गराएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत अर्थमन्त्रीलाई पेस गरेको पत्रमा वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालिन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन लालयित भएको जनाउंदै गोर्खाहरुले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गरेका छन् । उनीहरुले पत्रमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन पश्चात नेपाल सरकार, बेलायत सरकार र गोरखा प्रतिनिधिबीच सम्पन्न हुने वार्तामा यस बिषयलाई प्रमुख एजेन्डाका रुपमा समावेश गरिएको स्मरण गरेका छन् ।
नेपाल–अमेरिका सम्बन्ध सदैव मित्रवत् वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताएका छन्। उनले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गरेका हुन्। विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्, “हामीहरु आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ। यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ। Today we mark 75 years of U.S.-Nepal diplomatic relations. Nepal has seen incredible changes in its governance, economic development, and international engagements. We are proud of our accomplishments as partners, and look forward to many more decades of friendship. #USNepal75 — Secretary Antony Blinken (@SecBlinken) April 28, 2022 नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यस बखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो। गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ। दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ। नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीले अमेरिका र नेपालबीच पारस्परिक सम्मान र स्थिर कूटनीतिमा विगतका वर्ष व्यतित भएको टिप्पणी गर्छन् । दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेका अवसरमा रासससँग कुरा गर्दै राजदूत डेलेसीले भने, “दुई देशबीच पारस्परिक सम्मानका साथ विभिन्न विषयमा सहकार्य हुँदै आएको छ ।” विगत ७५ वर्षमा अरु देशसँग अमेरिकाको सम्बन्ध उतारचढावपूर्ण रहे पनि नेपालसँगको सम्बन्ध भने पारस्परिक सम्मान र विश्वासमा अडेको उहाँको टिप्पणी छ। डेलेसी अगाडि थप्छन्, “अमेरिकाले सदैव नेपाललाई एक समृद्ध, प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त र नागरिकको आवाज सुनिने देशका रुपमा देख्न चाहेको छ।” राजदूतबाट अवकाश पाइसकेपछि नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासमा मुनाफारहित संस्थामार्फत् काम गर्दै आउनुभएका पूर्वराजदूत डेलेसीले नेपाल भूगोलमा सानो भए तापनि अमेरिकाको जस्तै विविध भाषा र संस्कृतिको धरोहर रहेको बताउँछन्। अमेरिकी निकायले नेपाललाई हेर्ने दृष्टिकोणमा कसैको कोण या मान्यताबाट नभई दुई देशको पारस्परिक हितबाट संवाद गर्ने अभ्यास रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ। उनले भने, “थुप्रै मानिसले यस विषयमा जिज्ञासा राखेका थिए, यसमा मेरो भनाइ यति छ, नेपाललाई अमेरिकाले कसैको आँखाबाट हेर्दैन।” नेपाल र अमेरिकाको सम्बन्ध विगतमा मलेरिया उन्मूलनदेखि सुरु भएर अहिले विकास निर्माणमा नेतृत्वदायी भूमिकाका साथ विकास केन्द्रित अवधारणामा अगाडि बढेको छ। अमेरिकी कूटनीतिको लक्ष्य सुरक्षा, समृद्धि, प्रजातन्त्र र विकासमा केन्द्रित रहेकामा नेपालमा प्रजातान्त्रिक अभ्यासमार्फत् विकासका माध्यमबाट नागरिकको जीवनस्तर माथि उकास्न केन्द्रित रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ। अमेरिकाले पछिल्ला वर्षमा खासगरी भूकम्पका बेलामा र कोरोना महामारीका रुपमा भएका अकल्पनीय क्षतिको न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। भूकम्पपश्चात् नेपाललाई १३ करोड डलर दिने घोषणा गरेको अमेरिकाले पछि १९ करोड डलर सहयोग गरेको थियो, भूकम्पपश्चात्को पुनःनिर्माणमा ३६ वटा स्कुल पुनःनिर्माणमा अमेरिकाको सहयोग रहेको थियो। कोरोनाविरुद्धको खोप दिनेमा पनि अमेरिका अग्रपङ्क्तिमा नै रह्यो। कोरोना भाइरस विरुद्धको कूल ३७ लाख ९८ हजार ८०० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत ५० करोड डलर अनुदानको सम्झौता भएर काम अगाडि बढेको छ। नेपालको वैदेशिक सहायताको इतिहासमा अनुदानका रुपमा एकैपटक प्राप्त भएको यो रकम सबैभन्दा धेरै हो। नेपाल र अमेरिकाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा सहकार्य समेत गर्दै आएका छन्। नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको छ। सन् २०१६ मा अमेरिकाले नेपालको निर्यातलाई प्रोत्साहन गर्न व्यापार सहुलियत कार्यक्रमसमेत उपलब्ध गराएको छ। नेपाल र अमेरिकाबीच उच्चस्तरको भ्रमण आदानप्रदानले पनि निरन्तरता पाएको छ । केही वर्ष अगाडि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। हालसालै मात्र अमेरिकी सांसदहरुको टोलीले नेपाल भ्रमण गरी द्विपक्षीयहितका विषयमा छलफल गरेको छ। नेपालबाट बर्सेनि अध्ययनका लागि अमेरिका आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। सन् २०२०–२०२१ मा नेपालबाट ११ हजार १७२ जना विद्यार्थी अध्ययनका लागि अमेरिका आएका थिए। अमेरिकामा नेपाली समुदायको उपस्थित बढ्दै गएको छ । यसबाट पनि दुई देशबीच नागरिक तहमा पनि सम्बन्ध विस्तार भई थप सौहार्द बन्दै गएको भन्न सकिन्छ। पिस कप्र्समार्फत अमेरिकाबाट स्वयंसेवक गई नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा सहयोग गर्ने गरेका छन्। उनीहरु नेपालीको इमान्दारिता र आतिथ्य प्रदान गर्ने कुरालाई मुख्यरुपमा सम्झना गर्न चाहन्छन्। आजभन्दा झण्डै ६० वर्ष अगाडि नै नेपालको ग्रामीण परिवेशमा पुगेर उनीहरुसँग भिजेर शिक्षा स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वयंसेवकले अमेरिकी सीप र प्रविधि रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थी हुन् या अमेरिकामा नै बसेर आफ्नो योग्यता क्षमताले काम गरिरहेका हुन् उनीहरुले मातृभूमिको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका छन्। कोरोना महामारीका बेलामा पनि उनीहरुले आर्थिक तथा प्राविधिकरुपमा मातृभूमिका लागि सघाएका थिए। भूकम्पको बेलासमेत यहाँ रहेका नेपालीले रकम सङ्कलन गरेर राहत वितरण गर्न पहलकदमी लिएका थिए। अमेरिकामा जो वाइडेनले राष्ट्रपतिको बागडोर सम्हालेपछि बेलायतमा भएको जलवायु परिवर्तनको विश्व सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएको थियो। यसैगरी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग गत मार्च १ मा टेलिफोन संवादसमेत गरेका थिए। उक्त अवसरमा नेपाल र अमेरिकाबीच कोरोना महामारीपछिको पुनःनिर्माण र जलवायु असरको सङ्कटका बारेमा सामूहिक कार्य गर्ने सहमति भएको बताइएको छ। रासस
नेपाली राजदूत अधिकारीले प्रस्तुत गरे इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणका क्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले मंगलबार जनाएको छ । अधिकारीलाई इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकामा राष्ट्रपति अयातोल्लाहले स्वागत गर्दै बधाई ज्ञापन गरे । राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरे । राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको बताए। राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा राष्ट्रपति भवन र विदेश मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । इस्लामाबादस्थित नेपाली दूतावासले इस्लामिक गणतन्त्र इरानलाई पनि सहप्रमाणीकरण गर्दछ ।
श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लागेका मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरे । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उहाँको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु, विभाग भन्छ– केही व्यक्तिहरुमाथि अनुसन्धान भईरहेको छ काठमाडौं। वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ। ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विभागमा यस प्रकारका उजुरीहरुको संख्या दिनह बढिरहेको छ। यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरुमाथि अनुसन्धान भैरहेको विभागले जनाएको छ। विज्ञप्तिमा विभागले भनेको छ, ‘उजुरीको अनुसन्धान गर्दै जादा त्यस्ता कन्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरुका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असूलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने गरेका छन्।’ यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ। कन्सल्टेन्सीहरुको दर्ता गर्ने तथा इजाजत दिने निकायहरुलाई यस्ता संघ संस्थाहरुको अनुगमन र निगरानीलाई सघन गरी उदेश्य बिपरितका कार्यमा संलग्नलाई कारबाहीको दायारामा ल्याउन विभागले अनुरोध गरेको छ। ‘वैदेशिक रोजगार विभागबाट स्वीकृती नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न/गराउन पाउदैन,’ विभागले भनेको छ, ‘कानून विपरीतका यस्ता कार्य गरेमा बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ आकर्षित हुने र सो बमोजिम यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति, कर्मचारी वा सञ्चालकलाई कम्तिमा तीनदेखि सात बर्षसम्म कैद सजाय सहित अन्य सजायको व्यवस्था रहेको छ।’ आफूले प्राप्त गरेको इजाजत र उद्देश्य बिपरितका कुनैपनि क्रियाकलापमा संलग्न नरहन सम्बन्धित कन्सल्टेन्सीहरुको विभागले ध्यानाकर्षण गरेको छ।
अमेरिकामा पनि फुट्यो एनआरएनए वासिंगटन डिसी । अमेरिकाको गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ। संघको अन्तर्राष्ट्रिय समन्वय समितिका तर्फबाट अमेरिकाज क्षेत्रीय संयोजक तथा सहसंयोजकहरुले अप्रिल २४ तारिक सांझ एक विज्ञप्ति जारी गरी बर्तमान अध्यक्ष बुद्धिसागर सुबेदीको कार्यसमिति विघटन गरेर नयां कार्यसमिति गठन गरेको घोषणा गरेको थियो। सो घोषणालाई अस्वीकार गर्दै सुवेदी नेतृत्वको एनआरएनएका तर्फबाट अर्को विज्ञप्ति जारी गर्दै निर्वाचित भएकाले आफू नै आधिकारिक भएको दावी गरिएको छ। विगत केही समयदेखि गैरआवासीय नेपाली संघभित्र संसारभरि तमासा भइरहेको छ। अन्तर्राष्ट्रिय समितिमा एउटा पक्षले पद बांडफांड गरेर विधान नै परिवर्तन गरी तीनवटा अध्यक्ष र अन्य असिमिति पद सिर्जना गरेर भागवण्डामा नेतृत्व छानेको छ भने अर्को शेष घलेपक्षले छुट्टै एनआरएनए अन्तर्राष्टिय समिति बनाएको छ। अमेरिकाको अहिलेको फुट भने तीन अध्यक्ष भएको एनआरएनएभित्रको हो । अहिलेको यो फुटलाई भागवण्डामा अन्तर्राष्टिय समितिमा महासचिवको पगरी पाएका गौरीराज जोशी र केशव पौडेल समूहका बीचको फुटका रुपमा हेरिएको छ । अमेरिकाका अध्यक्ष सुवेदीको नेतृत्व अस्वीकार गर्दै बनेको अर्को समितिको अध्यक्षमा कृष्ण लामिछाने छन्। सुवेदीलाई महासचिव पौडेलपक्षको समर्थन छ भने लामिछानेलाई  महासचिव जोशीपक्षको समर्थन छ । सुवेदी गतवर्ष निर्वाचित अध्यक्ष हुन् भने लामिछाने सोही निर्वाचनमा सुवेदीसंग अध्यक्ष पदमा हारेका व्यक्ति हुन् । लामिछानेलाई अध्यक्ष बनाएको घोषणा गर्दैै अन्र्ताष्ट्रिय समितिका तर्फबाट क्षेत्रीय संयोजक प्रकाश सापकोटा, उपसंयोजकहरु अभिमन्यु बस्नेत, पशुपति राज पाण्डे र पुरुषोत्तम बोहराले पूरै कार्य समिति नै अर्को गठन गरेको घोषणा गरेका छन् । उनीहरुले सुवेदी नेतृत्वको निर्वाचित कार्य समितिले अन्तर्राष्ट्रिय समन्वय समितिको निर्देशन अवज्ञा गर्दै सदस्यहरुबाट उठाएको रकम पटक पटक तागेता गर्दा पनि केन्द्रमा नबुझाएकोले बैधानिकता नै समाप्त भएको दावी गरेका छन् । केन्द्रलाई बुझाउनु पर्ने रकम नबुझाएकोले सुवेदी नेतृत्वको समितिको बैधानिकता समाप्त भएको भन्दै अर्को कार्यसमिति गठन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । नयां बनेको लामिछाने नेतृत्वको समितिमा गत निर्वाचनमा सुबेदी समूहसंग पराजित भएका अनुहारहरु पनि सामेल छन् । सुवेदी नेतृत्वको समितिभित्र पनि चर्को असन्तुष्टि सार्वजानिक हुँदै आएको छ । बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित कार्यसमितिका ९ जना पदाधिकारी तथा सदस्यहरुलाई कार्य समितिको बैठकमा बोल्न पनि नदिने, एकपक्षीय निर्णय गर्ने गरेको आरोप सुवेदीमाथि लाग्दै आएको छ । त्यसैले लामिछाने नेतृत्वको विभाजित समूहलाई सुवेदीको कार्यसमितिका असन्तुष्ट पदाधिकारी तथा सदस्यहरुको समेत समर्थन रहेको बताइएको छ । सुवेदीसमूहका तर्फबाट गैर आवासीय नेपाली संघ अमेरिकाका प्रबक्ता तोया दाहालले एक विज्ञप्ति जारी गर्दै केन्द्रलाई बुझाउनु पर्ने रकम हाल छुट्टै राखी त्यसबारे केन्द्रलाई पत्राचार गरिसकिएको र एनआरएनए एनसीसी अमेरिकाको विधानमा भएअनुसारका डकुमेण्ट केन्द्रबाट प्राप्त हुनासाथ सो रकम केन्द्रमा पठाउन कुनै अपत्ति नभएको उल्लेख गरेका छन् । र, उनले विभाजनलाई संस्था विरोधी हर्कत भन्दै त्यस्तो हर्कत नगर्न सचेत समेत गराएका छन् । हेर्नुहोस् दुबै पक्षको विज्ञप्तिः
साउदीमा ध्वजाबाहक जहाज पुग्दा नेपालीमा झल्किएको खुसी रियाद । सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे। साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौंको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो। नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन्। साउदीमा रहेका चार लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैर आवासीय नेपालीका संस्थाले ध्वजाबाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवी थप उचाइमा पुगेको बताएका छन्। शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सिधा उडानले कूटनीतिक सम्बन्धलाई थप बलियो पार्ने मात्र नभइ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गरे। “निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने। गैर आवासीय नेपाली सङ्घ साउदी अरेबियाका संयोजक राजेन्द्र अर्यालले साउदीमा सिधा उडानले मुलुकको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताए। उनले भने, “साउदी अरबमा नेपाली ध्वजाबाहकले सिधा उडान सुरु गर्दा सबैभन्दा खुसी हुनेमा म पनि एक हुँ, यो उडान स्थापना गराउन हामीले वर्षौदेखि गरेको प्रयास सफल भएको छ, अब दुबै मुलुकबीच भइरहेको व्यापार प्रवद्र्धन हुनेछ, निजी क्षेत्रले लाभ उठाउन ध्वजाबाहकले मद्दत गर्नेछ” निगमको उद्घाटन उडानमा सहभागी भएका नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालीको बाहुल्यता रहेको साउदी अरबमा नेपाली ध्वजाबाहकको उपस्थितिले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र निगमको आर्थिक उन्नतिका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे। उनले साउदी अरेबियामा रहेका नेपालीलाई आफूले मेहनत गरेर कमाएको पैसा एउटै माध्यमबाट स्वदेश पठाउन र नेपालका विभिन्न व्यवसायमा लगानी भित्र्याउन पनि आह्वान गरे । नेपाल र साउदीबीच सिधा उडान नहुँदा कोभिड महामारीका बेला रियाद, दमामलगायतका सहरमा ज्यान गुमाएका नेपाली कामदारका शव स्वदेश फर्काउन ज्यादै समस्या झेल्नु परेको थियो । अब निगमको उडानले शव नेपाल फर्काउन पनि सहज हुने रियादमा रहेका नेपाली समुदायका प्रतिनिधिको विश्वास छ । सिधा उडान नहुँदा विदेशी वायुसेवालाई हारगुहार गर्दा पनि सहजता थिएन । निगमले उडान घोषणा गर्ने बित्तिकै यहाँको हवाई भाडा सस्तो भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडानले निगमको गुडविल विस्तार गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले निगमको रियाद उडान यात्रा निकै फलदायी भएको पनि बताए। “निगमको उपस्थितिको घोषणाले मात्रै पनि हवाई भाडादरमा कमी आएको यसले पक्कै पनि सहयोग पुग्नेछ, रियादबाट काठमाडौँ फर्कदा लगेजमा सहुलियत दिएका छाँै, यहाँका बासिन्दालाई पनि नेपाल देशमा आकर्षण गर्न मद्दत पुग्ने छ”, निगमका कार्यकारी अध्यक्ष अधिकारीले भने। नेपाल र साउदी अरेबियाबीच सन् २०१५ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले पछिल्लो पटक (३० सेप्टेम्बर २०१९ मा) अष्ट्रेलियासहित विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । दुई देशबीचको व्यापार प्रवद्र्धन र सम्बन्ध विस्तारका लागि दुईतर्फी भ्रमण आदनप्रदानका कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताए। यसअघि निगमको रियाद उद्घाटन उडानमा सहभागी पूर्वमन्त्री एवं सांसद, उद्यागी, व्यवसायीसहितको नेपाली टोली र यात्रुलाई रियादस्थित किङ खालिद इन्टरनेश्नल एयरपोर्टमा रियादको साउदी ग्राउण्ड ह्याण्डलिङ सर्भिस ‘एसजिएचए’, जिएसए कम्पनी, एयरपोर्ट अथोरिटी, नेपाली समूदायका प्रतिनिधि तथा रियादस्थित नेपाली दूतावासले स्वागत गरेका थिए । निगमको ६३ वर्षे अविछिन्न यात्राको दौरानमा रियाद ऐतिहासिक उडान पनि हो । निगमले हालसम्म उडान गरेका गन्तव्यमध्ये रियाद सबैभन्दा आकर्षण गन्तव्य मानिन्छ । राष्ट्रिय ध्वजावाहकको साउदी अरेबियामा सिधा उडानले नेपालमा पर्यटन तथा आर्थिक लगानीका अवसर सिर्जना हुने भएकाले यो गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार हुनु निकै उपलब्धि भएको सरोकारवालाको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निगमको साउदी अरबमा सिधा उडानले यहाँका गैरआवासीय नेपालीको नेपालमा लगानी भित्र्याउन र व्यापार प्रवद्र्धनका निम्ति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले भने, “नेपालीको बाहुल्यता भएका मुलुकमा निगमको उपस्थितिले नेपाल गन्तव्य प्रवद्र्धनका साथै लगानी भित्र्याउन पनि मद्दत पुगेको छ, निगमको साउदी अरबमा सिधा उडानले नेपालमा प्रसस्त लगानीको सम्भावनाको ढोका खुलेको छ ।” निगमको रियादस्थित सेल्स एन्ड मार्केटिङ म्यानेजर सुवास तिमल्सिनाले हाललाई श्रम बजारलाई लक्षित निगमको उडानलाई व्यावसायिक रुपमा निरन्तरता दिनसके निगमका लागि आर्थिक रुपले पनि सफल गन्तव्य हुनसक्ने बताए। उनले साउदी अरबका तीन वटै गन्तव्यमा चाँडै पुगेर साउदीमा व्यावसायिक विस्तार गर्न सकेको निगमको उडानले इतिहासमा फरक उचाइ दिने धारणा राखे। रियादको वथामा निगमको कार्यालय स्थापना भइसकेको छ । यहाँबाट आवश्यक टिकटको काम गर्न सकिने निगमले जनाएको छ । रियादमा व्यवसाय गरिरहेका अमृत पौडेलले रियादमा रहेका नेपाली समुदाय मात्र नभइ यहाँका बासिन्दालाई पनि नेपाल भ्रमणका लागि आकर्षण गर्नसक्ने प्रशस्त सम्भावना रहेकाले निगमको रियाद उडान फलदायी हुने बताउनुभयो । अहिले नेपालका लागि दुबई, कुवेत, भारतलगायत मुलुकमा ट्रान्जिटभएर एयर इण्डिया, जजीरा, सलाम, एयर अरेविया कत्तार एयरवेजले उडान भर्दै आएका छन् । नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले रियाद तथा दमामबाट काठमाडौँमा सिधा उडान गरिरहेको छ । अप्रिल २२ तारिखमा वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको निगमले सुरुआती चरणमा न्यारोबडी जहाजमार्फत सातामा दुई दिन उडान भर्नेछ । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको ‘जेनरल अथोरिटी अफ सिभिल एभिएसन’ ले त्यहाँका तीन शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० किलो लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुनेछ । निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वलालम्पुर, हङकङ, बैङकक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाईड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी न्यारो बडी ‘ए’३२० जहाज छन् ।
जेठ २ गतेदेखि कुवेत–भैरहवा सिधा जोडिँदै काठमाडौं । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ। उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ। बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ। आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सिधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ। यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए। प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट जेठ २ गते औपचारिकरूपमा अन्तर्राष्ट्रिय उडान थाल्ने कार्यक्रम तय गरेको छ । सोही दिनदेखि व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको बताइएको छ। यसैगरी अन्य वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाइरहेको महानिर्देशक अधिकारीले बताए। उनले भने, “भैरहवाबाट जजिराले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ, अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाइरहेका छन् ।” भैरहवाबाट कुवेत जानका लागि नेपालबाट ३० जनाले टिकट बुकिङ गरिसकेका छन् । प्राधिकरणले सो विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई विशेष छुट दिने घोषणासमेत गरेको छ । त्यसका लागि प्राधिकरणले समितिसमेत बनाइसकेको छ । समितिले रिपोर्ट बुझाएपछि कतिसम्म छुट दिने र कहिलेसम्म दिने भन्ने विषयको निर्णयमा पुगिने महानिर्देशक अधिकारीको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरूपमा सञ्चालनमा आएको छ । विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार ५०० मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । सो विमानस्थलमा न्यारोबडी र वाइडबडी दुवै जहाजले उडान र अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुआतमा निर्माण थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले रोकिएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन गु्रपले निर्माण गरेको हो । एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार ५०० मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरूपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास गरिएको छ ।
साउदीमा नेपाली राजदूतावासको सेल्टरबाटै हराए नेपाली इटाली। साउदी अरबमा मजदुरीका लागि गएका एक जना नेपाली मंगलबार देखि हराएका छन्। सन्तोष साह कानु नाम गरेका उनि साउदी अरब, रियादको बथा भन्ने ठाउँबाट मंगलबार राति साढे नौ बजे देखि हराएका हुन्। नेपाली राजदूतावास रियादले उनलाई दूतावास कै सेल्टरमा राखेर नेपाल पठाउने प्रक्रिया सुरु गरेको भने पनि मंगलबार राति देखिनै उनि हराएका छन्। मंगलबार दूतावास कै सेल्टरबाट नेपाली हराएपछि साउदीको रियादमा रहेको नेपाली राजदुतावासले बिहिवार मात्रै आफ्नो फेसबुक पेजमा मानिस हराएको सूचना जारी गरेको छ। दूतावासको सूचनामा हराएका सन्तोष साह डिप्रेसनको सिकार भएको र १९ अप्रिलका दिन रातको समयमा सेल्टरमा रहेका अन्य नेपालीहरु सुतेको मौका पारेर सेल्टरबाट बाहिर निस्केको र साहको खोजतलासका लागि सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध पनि गरिएको सूचनामा उल्लेख छ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीसँग उपाध्यक्ष र कोषाध्यक्षले मागे स्पष्टीकरण (पत्रसहित) वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको ग्लोवल सम्मेलनका नाममा नेपालमा दुई गुटका छुट्टा छुट्टै नेतृत्व चयन गरेर देखाएको रमिता सकिएको केही दिनमै गैर आवासीय नेपाली संघ, अमेरिकामा उपाध्यक्ष र कोषाध्यक्षले अध्यक्ष बुद्धि सुवेदीसँग स्पष्टीकरण माग गरेका छन् । राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले कार्यसमितिको म्याण्डेटविपरीत काम गरेको भन्दै उपाध्यक्ष गोपेन्द्र भट्टराई र कोषाध्यक्ष राजीव श्रेष्ठले लिखितरुपमै प्रष्टिकरण माग गरेका हुन् । डिसी नेपाललाई प्राप्त उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले पठाएको पत्रमा प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको दशौं ग्लोबल सम्मेलनमा शुरुमा सहभागी भएर फेरि त्यहाँबाट वेपत्ता भई अर्को समूहको सम्मेलनमा भाग लिन पुगेको र भागवण्डाको नेतृत्व चयमा भाग लिएर विगतका अडानविपरीत काम गरेकोमा स्पष्टिकरण माग गरिएको छ । अध्यक्ष सुवेदीले प्रमुख संरक्षक घलेले नेतृत्व गरेको समूह र सो समूहले उठाएका विषयहरुमा सहमती जनाउँदै ती विषयहरु अघि बढाउन नेतृत्वसमेत गरेर नेपाल गएको तर नेपाल पुगेपछि अचानक ती मुद्धाहरु छाडेर कुमार पन्तले आयोजना गरेको सम्मेलनमा भाग लिन पुगेकोमा उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले आश्चर्य प्रकट पनि गरेका छन् । संसारभरका ५० वटा बढी देशका एनआरएन एनसीसीहरुको नेतृत्व गर्दै डेलिगेट चयन लगायतका मुद्धाहरुमा अडान राखेकै अवस्थामा सुवेदीले ती सबै मुद्धाहरु विचल्ली बनाएर पदीय बांडफांडमा अर्को समूहमा लागेको विषयलाई दुबै नेताहरुले नैतिक प्रश्न पनि उठाएका छन् । हेर्नुहोस् दुबैले लेखेको पत्र उनीहरुले अध्यक्ष सुबेदीले अमेरिकाको बोर्डलाई एउटा कुरा भनेर नेपाल गई अर्कै काम गरेकोबारे बोर्डलाई स्पष्ट पार्नुपर्ने कुरा पत्रमा उल्लेख गरेका छन् । अध्यक्ष सुवेदीमाथि अस्वाभाविक व्यवहार देखाएको आरोप पनि लगाइएको छ । दुवै नेताले पठाएको स्पष्टीकरण पत्रबारे कार्यसमितिको बैठकमा छलफल हुनुपर्ने माग गरिएको थियो । दुवै नेताले अध्यक्ष सुवेदीसंग माग गरेको स्पष्टीकरण पत्र कार्यसमितिका सबै सदस्यहरुलाई छलफलका लागि पठाएका छन् । कोषाध्यक्ष श्रेष्ठले लेखेको पत्र भने उपाध्यक्ष भट्टराईले लेखेको प्रतिक्रियास्वरुप लेखिएको पाइएको छ । उनीहरु मागवामोजिम गत आइतवार कार्यसमितिको बैठकमा यो विषयमा छलफलसमेत भएको थियो । छलफलका क्रममा अधिकांश सदस्यहरुले उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले उठाएका विषयमा सहमती जनाएका थिए । तीनजनावाहेक अरुले आफ्नो विरोध गरेपछि अध्यक्ष सुवेदीले एनआरएनएलाई फुटबाट जोगाउन संस्थाको हितका लागि आफूले त्यस्तो काम गरेको प्रतिक्रिया दिएर बैठकको समापन गरेका थिए ।
सोसाइटी अफ नेप्लिज इन अमेरिकाद्वारा ब्रान्फोर्डमा नयाँबर्ष धुमधामसँग मनाइयो काठमाडौं । सोसाइटी अफ नेप्लिज इन अमेरिका ब्रान्फोर्ड कनेटिकटमा अप्रिल १७ सोमबार नयाँबर्ष २०७९ धुमधामसँग मनाइएको छ। न्यू हेभन अन्नेक्स क्लबमा ठुलो जमघटका बीच औपचरिक कार्यक्रम सोमबार साँझ ६ बजे सुरु भएको थियो। कार्यक्रमको सञ्चालन वर्तमान कार्यसमितिका महासचिव रवी खड्काले गरेका थिए। कार्यक्रममा कलाकारहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुतीहरु समेत दिएका थिए। संस्थाको अध्यक्ष पूर्ण बहादुर लिम्बुलेको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुसहित ब्रान्फोर्ड लगायत अन्य शहरहरुबाट करिब ३०० जनाको उपस्थिती थियो। कार्यक्रममा प्रमुख अतिथी मनानीय रविन कोमे (कनेटिकट स्टेट रेप्रिजेन्टिटिभ)ले नेपाली समुदायहरुको सख्या बढ्दै गरेकोले आफुले अब नेपाली भाषामै ड्राइभर लाईसेन्सको परिक्षा दिन पाउनको लागि आवश्यक कार्यहरु गरीरहेको जानकारी दिए। हरेक बर्ष झै यो बर्ष पनि ब्रान्फोर्ड हाईस्कुल छिमेकी स्कुलबाट २०२२ मा ग्र्याजुएट हुने विद्यार्थीहरुलाई १५० अमेरिकि डलर प्रति व्यक्ति र प्रमाण पत्र प्रदान गरिएको थियो। स्थानिय कलाकारहरुको गायन र नाचगानले कार्यक्रमलाई रोमान्चित बनाएको थियो। स्थानिय कलाकारहरुको संयोजन सदस्य सगुन श्रेष्ठले गरेका थिए। संस्थालाई केही राहत मिलोस भनेर नेपाली ह्यन्डी क्र्याफ्टको सामाग्रीको पनि बिक्री गरिएको थियो।
मिचिगनमा नयाँ वर्ष २०७९ मनाइयो अमेरिका । मिचिगनको डेट्रोइटमा नयाँवर्ष २०७९ का अवसरम कार्यक्रम सम्पन्न भएको छ। नेपलिज एसोशियशन अफ मिचिगनले अप्रिल ३ आइतबारका दिन नोभी सिभिल सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली मौलिक लोक, आधुनिक एवं अंग्रेजी गायन र नृत्य प्रस्तुत गरिएको थियो। नेपाली पोशाक घलेक सहितको कौडा नाच र साना बालबालिकाको प्रस्तुति पनि सार्है मनमोहक रहेको थियो। कार्यक्रममा नेपलिज एसोशियशन अफ मिचिगनका अध्यक्ष डा. बाबुराम सेढाईले नयाँ वर्षको शुभकामना सहित सामाजिक सेवा बारे प्रकाश पार्दै सम्पूर्णमा सहयोगको लागि आह्वान गरे। कार्यक्रममा संस्थाका गतिविधिहरु, नेपाली भाषा कक्षा, रोबोटिक्स, डाटाविज्ञान कक्षा लगायतबारे पनि प्रस्तुति दिइएको थियो। कार्यक्रमको संचालन मन्जील बराल र कमल श्रेष्ठले गरेका संस्थाका सचिव सुशील पंगेनीले जानकारी दिए।
कतारमा बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान काठमाडौं । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।
कतारमा २१ जना नेपालीले पाए क्षमादान काठमाडौं । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन्। कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन्। कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन्। त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन्। क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ।
नयाँ वर्षको अवसरमा प्रवासी नेपाली मित्र मंचद्वारा नेपाल-भारत विचार गोष्ठी आयाेजना नयाँ दिल्ली। सन् १९९० देखि भारतमा नेपाली चेलीबेटी बेचबिखन बिरुद्ध र बालबालिकाहरुको उद्दारको लागि काम गर्दै आएको संस्था प्रवासी नेपाली मित्र मंचद्वारा नेपाल भारतबीच विचार गोष्ठी तथा सास्कृतिक कार्यक्रम आयाेजना गरेका छ। नयाँ वर्षकाे अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। पितमपुरा नयाँ दिल्लीस्थित ग्रीनलांग बैङ्केट हलमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास नयाँ दिल्लीका डिसीएम रामप्रसाद सुबेदी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रममा नयाँ वर्षको शुभकामना दिँदै सुबेदीले राजदूताबास पुग्न नसक्ने ठाउमा संघ संस्थाहरुले पुगेर गरेको कामको खुलेर प्रशंशा समेत गरे। नेपाल भारत मैत्री संगठनका सदस्य केन्द्रीय फिल्म प्रमाणन बोर्ड, सूचना एवं प्रसारण मंत्रालय, भारत सरकारका पूर्व केंद्रीय सदस्य तथा भारती जनता पार्टीका नेपाल सम्पर्क सेल सदस्य अनूप कुमार विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। नेपाल भारत बीचको प्रगाढ मित्रता बारे उनले विचार व्यक्त गरे। प्रवासी नेपाली मित्र मंचका संस्थापक एवं मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्याल, एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजका अध्यक्ष युवराज बराललगाएत भारतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवि, विद्यार्थी, पत्रकारलगायतको उपस्तिथी रहेको थियो। कार्यक्रममा नेपाल र नेपालीको पहिचान हुने सांस्कृतिक कार्यक्रम राखिएको थियो। संस्थाका अध्यक्ष बिष्णुप्रसाद खनालको अध्यक्षतातामा सम्पन्न कार्यक्रमलाइ उपाध्यक्ष रघुनाथ पाण्डे, सचिव छबिलाल न्यऔपाने, महिला अध्यक्ष दिपलता उपाध्यायले सहजिकारण गरेका थिए।
अमेरिकाको डेलावर आसपासका नेपालीले नयाँ वर्ष २०७९को स्वागत कार्यक्रम धुमधामसंग मनाए अमेरिका । डेलावर तथा यसको नजिक बसोबास गर्ने नेपाली समुदायले आउदै गरेको नेपाली नयाँ वर्ष २०७९ को स्वागत कार्यक्रम गत शनिबार धुमधाम संग मनाएका छन् । कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको हो । बिदेशी भुमिमा बसोबास गरेपनि हरेक नेपालीलाइ आफ्नो सस्कृति , चाडपर्ब निकै प्यारो हुन्छ । त्यसो त स्वदेशको माया देशभित्र रहदा भन्दा बाहिर रहदा बढी हुने गर्दछ । नया पुस्ता विदेशमै हुर्कदै अनि अध्ययन गर्दै गर्दा नेपाली भाषा , सस्कृति अनि चाडपर्बको बारेमा सुशिक्षित गर्नु हाम्रो कर्तब्य हो । यसै कुरालाई मध्यनजर गर्दै नेपाली पाठशालाको अबधारणा आएको हो । जहाँ ४५ बढी बालबालिका अनलाइन कक्षा लिइरहेका छन । अन्य नेपाली चाडबाड जस्तै नया बर्षको उपलक्ष्यमा पनि पाठशालाले कार्यक्रम आयोजना गरेको हो । करिब २५० जना को सहभागिता रहेको अनि बालबालिका तथा अभिभावकका विभिन्न प्रस्तुति रहेको कार्यक्रम निकै भब्य रहेको थियो । मौसमले अनपेक्षित रुपमा बीच बिचमा अबरोध गरेता पनि विभिन्न आकर्षणहरुले दर्शकहरुलाइ भरपुर मनोरंजन प्रदान गरेका थिए । चियाको चुस्की संगै भेटघाट र शुभकामना आदानप्रदानबाट कार्यक्रमको सुरुवात भएको थियो । त्यसलगत्तै लन्चमा नेपाली रेस्टुरेन्टका मिठा परिकार को निकै तारिफ सुनिन्थ्यो ।लन्च पछि सास्कृतिक कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको उद्घोसण बिजय गैरे तथा बालबालिकाहरु स्यामी ढकाल , रिदम खनाल , प्रिशु गैरे अनि एड्रिका नेपाल ले पालै पालो गरेका थिए । कलिला बालबालिकाहरु स्टेजमा जम्मा भई स्वदेशगान गाउदा नेपालको कुनै स्थानमा जम्मा भएको भान गराएको थियो । विदेशमा आएपछि बालबालिकाहरु नेपाली बोल्न जान्दैनन्, भन्ने ठुलो पिर अभिभावकमा रहेको हुन्छ । तर सस्कृतका श्लोक त्यो पनि महामृतुन्जय मन्त्र खरर भन्ने निहित आचार्य हुन् वा भरतनाट्याम जस्तो गहन नृत्य नाच्ने स्यामी ढकाल अवस्व पनि बहुमुखी प्रतिभाका धनि हुन् । साना साना मितेनीहरु सिसम र इशा हुन् वा बर्स्यो माया भन्दै माया बर्षाउने आश्मा, प्रिशु अनि एड्रिका हुन् , सबै कलिला नानीहरु भोलिको कला सस्कृतिका दरिला खम्बा हुन् । मैसाबले घाइते दिल मा आरा चलाइस्यो भन्ने अग्रिम र सुबिग्य अनि मैसाब बन्ने एन्जीला को प्रस्तुति पनि कम रोमांचाक थिएन । यसै गरि म हु नेपाली बाबु गीत मा रिदमको प्रस्तुतिले स्टेज तताएको देख्न सकिन्थ्यो । अन्य एकल नृत्य प्रस्तुत गर्ने बालबालिकाहरु आश्मा, सुबिग्य,एनाले आफ्ना छुट्टा छुट्टै प्रस्तुतिबाट सबै दर्शकलाइ मन्त्रमुग्ध परेका थिए । यसैगरि गायन मा निहित आचार्य र स्यामी को एकल अनि अग्रिम र आर्नभ को संयुत्त प्रस्तुति रहेको थियो ।बालबालिकाका मिठा प्रस्तुति पछि अभिभावकका पनि प्रस्तुति निकै रमाइला रहे । नेपालकी छोरी हु म गीतमा रेखा रेग्मी को नाच निकै उत्कृष्ठ रह्यो । अनि कार्यक्रमको सरप्राइज प्रस्तुति रहेको थियो बडा बा ( मुकुन्दे) कमेडी गीत मा गरिएको प्रस्तुति । शैलेन्द्र देवकोटा , नारायण खनाल लगायतको प्रस्तुति निकै रोमान्चक मात्र हैन पेट मिची मिची हसाउने थियो । सास्कृतिक कार्यक्रमको अन्तिम तर अति नै महत्व बोकेको प्रस्तुति रहेको थियोः पूर्व कोहि पश्चिम घर गीतमा सातजना महिला अभिभावकको संयुत्त नृत्य । यो प्रस्तुति यसकारण पनि बिशेष थियो कि सात जनामा सबैको पहिरन ले केहि बोलिरहेको थियो । जस्तै विभिन्न जातजातिः नेवारी , शेर्पा, थारु,तामांग , गुरुङ अनि हिमाल पहाड र तराई को प्रतिनिधित्व । निलिमा हुमागाई को कोरियो ग्राफी तथा नेतृत्व को यौ प्रस्तुति मा साथ दिने अन्य कलाकारहरुमा रिता पाण्डे , सपना खनाल देवकोटा, दीपा ढकाल न्यौपाने, मन्जु पाण्डे , आज्ञा अधिकारी, प्रमिला पौडेल रहेका थिए ।सांगीतिक कार्यक्रमको समापन संगै कार्यक्रम को अर्को भाग बार्बीक्यु , स्पुन रेस , भलिबल लगायतका कार्यक्रम रहेका थिए । त्यो बिचमा नेपाली पाठशालामा बालबालिकालाइ पढाउन आफ्नो अमुल्य समय खर्चिने शिक्षिकाहरु लाई सम्मान प्रदान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । डा. देव जैसी ले सम्मान प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए । सम्मानित हुनेहरुमा प्रमिला पौडेल, आज्ञा अधिकारी , अनिरा कंडेल अनि शोभा डंगोल लगायत थिए ।बार्बीक्युमा सुबोध अधिकारी , हुमलाल भण्डारी अनि बालकृष्ण नेपाल को टोलि निकै खटिएको देख्न सकिन्थ्यो । बालबालिकाका खेलकुदमा बिजय गैरे , प्रमिला पौडेल र अनिरा कडेल को संयोजकत्व रहेको थियो । यसो त आउदै गरेको इस्टर चाड पारी एग हन्ट पनि खेलिएको थियो। अभिभावक भलिबल मा नारायण खनाल अनि धन दीपक कार्की को संयोजकत्व रह्यो । मौसम अनुकुल नहुदा भलिबल को निर्धारित कार्यक्रम हुन नपाए पनि स्वत स्फुर्त रुपमा खेल चाही भैरहेको देख्न सकिन्थ्यो । बिहान ११ देखि साझ घाम नअस्ताउन्जेल विभिन्न कार्यक्रमको संयोजनले एक प्याकेज कै महशुश गराई रहेको थियो । अन्त्यमा डिजे नाच जसमा भर्जिनिया देखि आउनुभएका बिरेन्द्र आचार्य को जादुमय नृत्य ले सबैलाई मन्त्र मुग्ध पारेको थियो । फोटोग्राफिमा रजमित मानन्धर को योगदान रह्यो । कार्यक्रमको ब्यबस्थापन मा स्वयम्सेवक हरु को राम्रो संयोजकत्व देखिन्थो । कार्यकमका मुख्य संयोजक शैलेन्द्र देवकोटाले कार्यक्रम समापन मा बोल्दै सबैलाइ धन्यवाद प्रकट गरेका थिए ।
४ दिने भव्य कार्यक्रमसहित अमेरिकामा ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ जर्मनटाउनमा सर्दै काठमाडौं। अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बेल्सभिलेमा रहेको ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ (एनइसीसी) मेरिल्याण्डकै जर्मनटाउनमा अझै भव्य स्थानमा सर्ने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि ४ दिनसम्म भव्य धार्मिक कार्यक्रम गरी केन्द्र जर्मनटाउनमा सर्न लागेको हो । यो कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूतसहित अमेरिकामा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने एनइसीसीका खिलेन्द्रमणि न्यौपानेले बताए । कार्यक्रम बिहीबार बिहान स्थानीय समयअनुसार ८ बजे बेल्सभिलेमा रुद्री पूजासँगै सुरु हुनेछ । बिहान ८ बजे रुद्री पूजासँगै क्षमा पूजा हुनेछ । बिहान ११ बजेदेखि बेल्सभिलेबाट जर्मनटाउन स्थानान्तरणको प्रक्रिया सुरु हुनेछ । पौने ११ बजे जर्मनटाउनमा लस कुशसँगै स्वागत कार्यक्रम हुनेछ । यसपछिका सबै कार्यक्रम जर्मनटाउनमा हुनेछन् । सवा १२ बजे पशुपति र बुद्धको विशेष पूजा हुनेछ । दिउँसो २ बजेदेखि प्रसाद वितरण सुरु हुनेछ । दिउँसो ३ बजेदेखि भजन किर्तन र बेलुकी ७ बजेदेखि आरती र दीपावली हुनेछ । शुक्रबार बेलुकी साढे ६ बजेदेखि आरती र दीपावली हुनेछ । ७ बजेदेखि भजन किर्तन र बेलुका ८ बजेपछि प्रसाद वितरण सुरु गरिनेछ । शनिबार बिहान १० बजे सत्यनारायण पूजा गरिनेछ । दिउँसो १ बजेपछि लाखबत्ती प्रज्वलनको कार्यक्रम हुनेछ । साढे १ बजेदेखि प्रसाद वितरण सुरु गरिनेछ । दिउँसो साढे २ बजेपछि बालबालिकाको कला प्रदर्शनीसँगै पुरस्कार वितरण र भजन किर्तन हुनेछ । बेलुकी ७ बजेपछि आरती र दीपावली गरिनेछ । आइतबार बिहान १० बजेदेखि बुद्ध प्रार्थना र ध्यानको कार्यक्रम हुनेछ । पौने १२ बजेपछि प्रसाद वितरण सुरु गरिनेछ । बेलुकी ७ बजे आरती र दीपावली गरिनेछ । कार्यक्रममा सक्रिय सहभागी भइदिन एनइसीसीले आफ्ना ट्रष्टीहरु, सल्लाहकारहरु, कार्यकारी सदस्यहरु, शुभचिन्तक, स्वयंसेवकहरु, दाताहरुसहित वाशिङटन डिसी क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई आमनत्रण गरेको छ ।
श्रममन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, इपीएस सम्झौता छिट्टै नवीकरण हुने काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ-सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो। मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुंगाेमा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गरे। राजदूत पार्कले ईपीएस सम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चाच २०२० देखि नविकरणको प्रकृयामा रहेको छ। मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रकृयामा रहेकोले उनीहरुलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरे। रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे। दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका वैदेशिक रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन्। ईपीएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताएका थिए । सन् २०१८ मा ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रकृयामा सहभागि हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रकृयामा सहभागि गराउन आग्रह गरेका थिए। मन्त्री श्रेष्ठले रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए।
नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गरेका थिए । राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ । मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका थिए । रोजगार अनुमति प्रणालीअन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । इपिएसअन्तर्गत नेपाली कामदारको सङ्ख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताएका थिए । सन् २०१८ मा इपिएसअन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार नेपाली रोष्टरमा रहने म्याद सकिएकाले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरे । मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए। रोजगार अनुमति प्रणालीअन्तर्गत नेपाली नागरिक ठूलो सङ्ख्यामा दक्षिण कोरिया जाने गरेकाले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सूचीकृत गर्न, कोभिड महामारीका कारण सीधा उडान मात्र हुने गरेकाले ट्रान्जिट हुँदैसमेत जाने व्यवस्था गर्न पनि उनले आग्रह गरे । जसबाट हवाई भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । नेपाल वायुसेवा निगमले पनि काठमाडौं–कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्यक्षेत्र सङ्घीय सरकारमा मात्र निहित रहेकाले मौसमी कामदारको रूपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको विषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताए । मन्त्री श्रेष्ठले नेपाल सरकारको नीतिअनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिहरू ‘एम्प्लोई पे पोलिसी’ अवलम्बन हुने गरी दक्षिण कोरिया जाऊन् भन्ने अपेक्षा गरिएको बताए । दक्षिण कोरिया सरकारको सहयोगमा बुटललमा सञ्चालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवा लाभान्वित भएको बताउँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम सञ्चालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गरेका थिए । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनःएकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए । पुनःएकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । नेपालीहरू मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताएका थिए ।
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली टर्कीबाट पक्राउ काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए । पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।
अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर बन्ने टेक्सास । अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ । नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यको हटोमा ग्रेटर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको हो । आगामी अप्रिल १० तारिखमा राम नवमीका दिन नेपाली नयाँ बर्षको समेत अवसर पारेर पशुपतिनाथ मन्दिरको शिलान्याश तथा ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्रको उद्घाटन कार्यक्रम हुने भएको छ । कार्यक्रममा टेक्सास हाउस रेप्रिजेन्टेट्भ टेरी मेजा, हटो तथा छिमेकी नगरका मेयरहरु, डालस, ह्युस्टन, सान आन्टोनियो लगायतका ठाऊँहरुबाट अतिथिहरुको उपस्थिति रहने र सोहि दिन ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको पनि उद्घाटन गरिने छ । अप्रिल १० गते बिहान ८ बजे बिशेष पूजाआजा तथा दिउसो २ बजे औपचारिक कार्यक्रमको आयोजना गरिने भएकाले कार्यक्रममा सहभागिताको लागि 1251 Co Rd 138, Hutto Texas 78634 मा सबै नेपालीहरुमा निमन्त्रणा समेत गरेको छ । टेक्सासको राजधानी अस्टिन वरपर रहेका नेपालीहरुमा एकता तथा भाइचाराको सम्बन्ध बिकास गर्ने उद्देश्यले सन २०१३ मा ग्रेटर अस्टिन नेपाली सोसाईटीको स्थापना गरिएको थियो । केन्द्रको हाल आफ्नै नाममा जग्गा तथा भवन रहेको छ ।
बानाको चुनावमा जे देखियो, अध्यक्ष पदमा पन्त बिजयी अमेरिका । बानाको अध्यक्ष पदमा पुनः सुबोध पन्त विलास बिजयी भएका छन् । पहिलो कार्यकालमा निर्विरोध अध्यक्ष भएका पन्त दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष हिरा गुरूङसंग प्रतिस्पर्धा परेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: भिम केसी र हिरा खत्री निर्विरोध भएका हुन् । वरिष्ठ उपाध्यक्षमा हिरा समूहकी लक्ष्मी भारती, महासचिवमा सागर घिमिरे (सुबोध समूह) कोषाध्यक्षमा पार्वती सिङ (सुबोध समूह) विजयी भएका छन् । यसैगरी बोर्ड अफ डाइरेक्टरहरूमा यमुना घिमिरे, बसन्त बस्नेत, भुपेन्द्र गुरुङ ,इशा गुरुङ,खिम बहादुर मश्रांगी ,सन्तोष घिमिरे ,सरु बिश्वकर्मा,र श्याम कृष्ण कोइराला विजयी भएका छन् । अधिकांश सुबोध समूहका हुन् । बानाको यो अधिवेशनमा बाल्टिमोरको नेपाली समुदाय पुर्णरूपमा दुई कित्तामा बिभाजित भएको छ । सुबोध पन्तलाई प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, ट्रष्टी सदस्य देव शर्मा र संस्थापन पक्षको साथ थियो भने हिरा गुरूङलाई नेपाली मूलका राज्य सभाषद ह्यारी भण्डारी, बाना ट्रष्टीका उपाध्यक्ष राजन कट्टेल र निवर्तमान अध्यक्ष अनुशुया वन्तको साथ थियो । दुबै समूहका उम्मेद्वार र समर्थकहरुले प्रचार सामग्री व्यापकरुपमा वितरण गरेका थिए । (राज्य सभासद् ह्रयारी भण्डारी र पूर्व अध्यक्ष अनुशुया वन्तले अाफूहरू कुनै पनि पक्षकाे प्रचारमा नलागेकाे प्रतिक्रिया दिएका छन् )
अमेरिकाको सान फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा ुनेपाल डे परेडु आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए । परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेका पनेरुले नेपालको पहिचान अमेरिका सामु गराउन कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा हुनलागेको परेडले नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने उद्देश्य रहेको उनी बताउँछन् । परेडले नेपाललाई पर्यटन गन्तव्यको रूपमा विदेशीलाई आकर्षण गर्ने अपेक्षा आफूहरूको रहेको उनले बताए । गैर आवासीय नेपाली संघ अमेरिकाको वेस्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सक्रियतामा हुनलागेको कार्यक्रममा क्यालिफोर्नियाका ५० भन्दा धेरै संस्था आबद्ध रहेका छन् । परेडमा विभिन्न जातजातिका भेसभुसा र झाँकीसहित लाखे नाच र पन्चे बाजा बजाइने छ । परेडपछि अप्रिल ९ को साँझमा सांस्कृतिक कार्यक्रम गरिने छ । जसमा सुप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने छ, पनेरुले भने । अमेरिका विभिन्न राज्यबाटसमेत बाक्लो उपस्थिति रहने परेड आफैँमा एक उत्सव भएको उनले बताए। समितिका संयोजक वेस्ट रिजन चेअर श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था समन्वय समितिका सभापति उत्तम कार्कीले आफूहरू जहाँ रहे पनि नेपालको माया सधैँ मनमा रहने प्रेस वक्तव्यमार्फत जनाएका छन् ।
एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको अध्यक्षमा युवराज बराल निर्वाचित नयाँ दिल्ली। भारतमा छरिएर रहेका नेपाली तथा गोर्खाली समुदायका ब्यबसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको पाँचौ आसन्न अधिवेशनले अध्यक्षमा युवराज बराललाइ निर्वाचित गरेकाे छ। नयाँ दिल्लीस्थित एनसीआर क्षेत्र नोएडामा आइतबार सम्पन्न अधिवेशनले बराललाइ अध्यक्षमा निर्वाचित गरेकाे हाे। चौथों कार्यकालका अध्यक्ष युबराज बराल र महासचिव डा मोहन कार्की पुन पाचौं कार्यकालको लागि सोही पदमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनमा प्रोफेसर डा युबराज पोख्रेलको नेतृत्वमा वरिष्ठ पत्रकार आकाक्षा शाह, सामाजिक व्यक्तित्वहरु ठाकुर खनाल, आरबी खड्का, रघुनाथ पाण्डे र वेद प्रकाश शर्माले निर्वाचनको कार्य समालेका थिए। कार्यक्रममा उद्योग ब्यबसायी अरुण सुवेदीले प्रमुख अथितिको रुपमा सम्बोधन गरेका थिए। “राजनैतिक प्रदुषणका कारणले नेपालको ब्यबसाय धरासायी भएको हो, कांग्रेस र कम्युनिस्टको चिया पसलमा चियाको स्वाद फरक हुदैन” उनले भने। व्यापार गर्नु भनेको नाफा कमाउनु हो त्यसैले ब्यबसायमा राजनीतिकरण गर्नु नहुने उनको भनाइ थियो। अधिवेशनमा नेपाल उद्योग बाणिज्य महासंघका स्वास्थ्य तथा शिप समिति अध्यक्ष हेमराज ढकाल, सडक याताया एवं परिवहन समिति अध्यक्ष प्रकाश सिंह कार्की, नेपाली राष्ट्रिय व्यापार संगठनका महासचिव रामजी बराल, निर्वाणा लक्जरीका अध्यक्ष सुनिल जंग रायमाझी, ग्लोबल कन्सल्टेन्सिका निर्देशक महेश जोशी तथा राज लक्ष्मी जोशी, अपेक्स ग्लोबलका अध्यक्ष दुर्गा सुबेदी लगाएतका उद्योग ब्यबसयीहरुको उपस्थिति थियो। “नेपाल भारत बीचको ब्यबसायिक माध्यमलाइ प्रभावकारीरुपमा अगाडि बढाउनु र दुई देश बिचको व्यवसायिक मित्रता कायम राख्नु नै हाम्रो मुख्य उदेश्य हो” चेम्बर्स अध्यक्ष युबराज बरालले भने। त्यस्तै चेम्बर्सका संस्थापक अध्यक्ष चिरन्जीवी मरासिनीले आफूहरुले स्थापना गर्दा सोचेको भन्दा फोरम धेरै माथि पुगेको बताए। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित नेपाली राजदूतावासमा नयाँ दिल्लीका शिक्षा तथा कल्चरल बिभाग काउन्सलर यदुनाथ पौड्यालले अवका सन्ततिहरु नोकरी नभएर ब्यापारमा लाग्नु पर्ने बताए। अध्यक्ष युबराज बरालको नेतृत्वमा पाचौ कार्यकालका लागि चयन गरिएको मूल समिति तथा बिभागीय समिति र पदाधिकारीको विवरण: उपाध्यक्षमा देवेन्द्र कुंवर,  बिराट श्रेष्ठ र डोलराज भण्डारी निर्वाचित भएका छन्।  त्यस्तै महाचिवमा पुर्व सहासचिव डा मोहन कार्की पुन सर्वसम्मत चएन भए। उपमहासचिवमा गोविन्द पोख्रेल,  एलपी पाण्डे, कोषाध्यक्षमा सीए सुमन आत्रेय र सहकोषाध्यक्षमा विष्णु केसी निर्वाचित भएए। गार्मेन्ट ब्यबसाय समिति अध्यक्ष राम बहादुर नेपाल,  इन्टेरिएर डेकोरटोर समिति अध्यक्ष जनकराज शर्मा,  बैंकिङ एवं वित्तीय ब्यबसाय समिति अध्यक्ष सुनिल मिश्र, आयात निर्यात ब्यबसाय समिति अध्यक्ष महेश बराल, एफएमसीजी ब्यबसाय समिति अध्यक्ष मनन शाह, स्वास्थ्य एम फर्मा ब्यबसाय समिति अध्यक्ष राज शर्मा, होटेल तथा गेस्टहाउस ब्यबसाय समिति इन्चार्ज विष्णु सेसी र अध्यक्ष दिपक जिसी, रेस्टोरेन्ट तथा क्याटेरिङ ब्यबसाय समिति अध्यक्ष बिष्णु शर्मा न्यौपाने,  कोरिएअर कार्गो एवं लाजिस्टिक ब्यबसाय समिति अध्यक्ष दुर्गाप्रसाद सुबेदी, फोटोग्राफी एव भिडियोग्राफी ब्यबसाय समिति अध्यक्ष कृष्ण शर्मा, कानुन एव परामर्श ब्यबसाय समिति अध्यक्ष नन्दा शर्मा, पार्लर ब्युटी एव कस्मेटिक ब्यबसाय समिति अध्यक्ष मिलन शर्मा र ट्राभल्स एव टुरिजम ब्यबसाय समिति अध्यक्ष शोभाखर पन्थी रहेका छन्। महासचिव डा मोहन कार्कीको संचालन र अन्जु थापाको सह संचालन नोएडा स्थित महारणा प्रताप अडिटोरिएममा सम्पन्न कार्यक्रम भारतमा रहेका नेपाली राजनीतिक पार्टीका जनवर्गीय संगठनका नेत्रत्वहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवि, विद्यार्थी, लगायतको उपस्तिथी रहेको थियो।
खोटाङ सेवा समाज कतारको अध्यक्षमा श्रेष्ठ खोटाङ । खोटाङ सेवा समाज कतारको अध्यक्षमा कैलाश श्रेष्ठ चुनिएका छन् । कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको ११ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा शुक्रबार सम्पन्न अधिबेसनबाट समाजको बरिष्ठ उपाध्यक्षमा डिल्लीशेर खड्का, उपाध्यक्षमा बलराम लोप्चन तामाङ र चुडामणि पुरी, महासचिवमा पर्शुराम श्रेष्ठ (पवान), उप–महासचिवमा जिबन राई, सचिबमा बलराम आचार्य, कोषाध्यक्षमा रविन शेर्पा र सह–कोषाध्यक्षमा रामकुमार मगर चयन भएका छन् । १९ सदस्यीय समाजको सदस्यमा महेश दाहाल, यादव पुरी, टीकानारायण श्रेष्ठ, सुदिप बुढाथोकी, मुकेश परियार, सरोजकाजी पाण्डे, भिमकुमार दर्जी, बुद्धिबहादुर गिरी र महिला सदस्यमा बिश्वकला राई चयन भएका छन् । रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लाबासीलाई एकताबद्ध गर्दै समस्या परेकाबेलामा हातेमालो गर्नका लागि ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारा सहित १८ माघ २०५४ मा समाजको स्थापना गरिएको हो । समाजले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दै आएको छ । यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बूलेन्स जुटाएर हस्तान्तरण गरेको थियो । कतारमा नेपाली नियोग नहुँदा समाजले नियोगले सरह योगदान पुर्‍याएको समाजका निवर्तमान अध्यक्ष रुद्रशर्मा आचार्यले बताए । अधिवेशनको अवशरमा समाजले सल्लाहकार तिलाबहादुर खत्री, एकराज राई, देबराज राइस् र किरात राई आयोखा शाखा कतारलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । यस्तै, १० औं कार्यकालमा काम गरेका कार्यसमितिका पदाधिकारीलाई कदर–पत्र प्रदान गरिएको समाजले जनाएको छ । कार्यक्रममा दोहामा स्थापित बिभिन्न बैचारिक, साहित्यिक तथा जातीय संघसंस्थाका प्रतिनिधि, खोटाङ्गे र गैर–खोटाङ्गेको उपस्थिति रहेको थियो । कार्यक्रमको बिचबिचमा विभिन्न गित र नाच प्रस्तुत गरिएको थियो ।
अनेसास डिसि मेट्रो च्यापटरको नयाँ ऐतिहासिक कार्यक्रम काठमाडौँ। यही २०२२ मार्च २६ का दिन डिसि मेट्रो च्याप्टरको आयोजनामा एक साहित्यिक समारोहको आयोजना गरेर प्रसिद्ध बाल साहित्यकार तथा अनेसास केन्द्रकी सचिव कवयित्री विमला ढुङ्गाना निरौला काहालै प्रकाशित मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को समीक्षा भएको थियो। सोही कार्यक्रममा डिसि मेट्रो च्याप्टरका संस्थाका संस्थापक अध्यक्ष, तथा अनेसास कै केन्द्रीय पूर्व अध्यक्ष गत ६ दशकदेखि नेपालीभाषा, साहित्य र शिक्षाका सुदीर्घसेवी, वरिष्ठ साहित्यकार प्रा. मोहन सिटौलाको सम्मान पनि गरिएको थियो । त्यसै कार्यक्रममा अनेसासको स्थापना र विकासमा निरन्तर प्रत्यक्ष/परोक्ष उदाहरणीय ठुलो योगदान दिंदै आएकी श्रीमती नन्दा सुवेदी प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दै उनको स्वास्थ्यलाभको लागि शुभकामना पत्र पनि ससम्मान प्रदान गरिएको थियो । कोरोना महामारीका कारण धेरै लामो समयपश्चात् भर्जिनियाँको फेयरफ्याक्स् पुस्तकालय भवनमा प्रत्यक्ष भेलाभई सम्पन्न भएको सो कार्यक्रमलाई केही सहभागीहरुले एक नयाँ ऐतिहासिक कार्यक्रमको नाम दिएको पनि सुनियो । प्रस्तुत कार्यक्रममा ठूलो संख्यामा बाल, युवा, प्रौढ एवम् महिला,पुरुष साहित्यकारहरू भेला भएका थिए। सोहि कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, प्रा.मोहन सिटौला, प्रतिष्ठित वक्ताहरूमा अनेसास पुरस्कार समितिका अध्यक्ष प्रा.डा.गोपी उप्रेती, अनेसास पुरस्कार समितिकी पुर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार सीता पाण्डे, सुप्रसिद्ध कवि सुदीप भद्र खनाल, डिसी मेट्रोका कवि परशु तिमल्सिना तथा पूर्व केन्दीय अध्यक्ष भीम रेग्मी, पूर्व उपाध्यक्ष प्रकाश नेपाल, सो च्याप्टरका सदस्यहरू लगायत एएनएसका पूर्व अध्यक्ष समाजसेवी एवम् वरिष्ठ कवि प्रेम सङ्ग्रौला, कवयित्री मञ्जु सङ्ग्रौला, समाज सेवी एवम् कवि कवीन्द्र सिटौला,इञ्जाका प्रमुख तथा वरिष्ठ पत्रकार गुणराज लुईंटेल, एनोप्लिजका अध्यक्ष तथा वरिष्ठ पत्रकार विजयथापा, कवयित्री डा.कल्पना सत्याल, समाजसेवी बासु सत्याल,उपर्युक्त कृतिका प्रकाशक रेवा स्मृति प्रतिष्ठानका सल्लाहकार रिता सिग्देल, समाजसेवी मोहन निरौला लगायत ठुलो संंख्याको सहभागिता भएको थियो । सो कार्यक्रमको अध्यक्षता सोही च्याप्टरका वर्तमान अध्यक्ष अरुण रुपाखेतीबाट भएको थियो भने च्याप्टरका सचिव प्रसिद्ध गीतकार एवम्र मुक्तककार नीलकण्ठ सुवेदीबाट कार्यक्रमको कुशल सञ्चालन भएको थियो । बालकवि सचिन चौंलागाईं र रोजी गौतमले गाएको राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममाआफ्नो विशेष मन्तब्य राख्दै अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदी आफ्नी श्रीमतीको स्वास्थ्यको गम्भीर अवस्थाका घरायसी कारणले धेरै लामो समयदेखि बाहिर निस्किन नसक्ने अबस्थामा रहिरहेको भए पनि वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाको स्वागत सम्मान र सर्जक विमला ढुङ्गाना निरौलाकामाथि उल्लेखित पुस्तकहरूको चर्चाको कार्यक्रममा यिनै दुई व्यक्तिका बैशाखी चढेर आउन सकेको भन्दै उनीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिए। उनले सिटौलाजी सित अतीतमा सँगै गरिएका काम कुराको सुमधुर स्मरण गरे। साथै वरिष्ठ साहित्यकार एवम् संस्थाको कुशल नेतृत्वदायी तथा सफल सञ्चालक सिटौलाको हाल ८० वर्षको उमेर र अनुभवको उच्च मूल्याङ्कन पनि गरे। स्रष्टा विमलाका उपर्युक्त दुई पुस्तकहरूको चर्चा गर्दै सुवेदीले उनी डायस्पोराका महिला समूहमा एक उज्वलतारा हुन् जसमा सरस्वतीको वरदान छ र आफ्नो निरन्तरताको अध्यवसायले उनीअझ प्रखर लेखिका बन्दै जाने कुरामा पूर्ण विश्वास गर्न सकिन्छ भने। यसका साथै डिसि मेट्रो च्याप्टरको यथाशीघ्र विधिवत् पुनर्गठन गर्नुपर्छ भन्ने धारणा पनि उनले राखे। अन्तमा सुवेदीजीले अत्यन्त मार्मिक छन्दबद्ध कविता पनि पाठ गरेर सुनाए। सम्मानित वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाले वितेका आफ्ना कार्य दिवसहरूको संस्थागत सुरुवात र विकासका सुमधुर स्मृति प्रस्तुत गर्दै विनम्र आफू सम्मानित हुनपाएकोअनि मृदुल एवम् प्रेरणादायी शब्द सुमनहरूको अभिव्यक्ति पनि सुन्न पाएकोमा तिनको उच्च सम्मानगर्दै आयोजकलगायत संस्थापक अध्यक्ष होमनाथ सुवेदी र अन्य सम्बन्धित सबैप्रति हार्दिक आभार प्रकट गर्दै भावुक शब्दमाआत्मीय धन्यवाद ज्ञापन गरे। महान् प्राचीन संस्कृत साहित्यकार कालिदास र विश्व प्रसिद्ध अंग्रेजी रोम्यान्टिक कवि विलियम वर्डस्वर्थ तथा आधुनिक बिम्बवादी कविका कविताका केही उद्धरण सहितै साहित्यमा विम्बविधानको चर्चा गर्दै साहित्यकार विमलाका प्रस्तुत कविता संग्रहकाबारेमा बोल्दै उनले ती दुवै पुस्तकभित्ररहेका धेरै कविताहरूमा बिम्बको सुन्दर प्रयोग हुनुका साथै त्यहाँ भएका अन्य केही कविताहरूले करुण रस लगायत विभिन्न रसहरूको आश्वादनपनि गराउने क्षमता राख्ने बताए। त्यसका साथै ती संग्रहमा भएका अन्य केही कविताहरूमा नयाँ खालको साहित्यिक धारहरूको नौलो प्रयोग भएकाले पनि यी दुवै संग्रह झन् सुन्दर भएका छन् र तिनीहरू पठनीय एवम् संग्रहनीय छन् भन्नुभयो । प्रस्तुत दुई पुस्तकका बारेमा चर्चा गर्दै वरिष्ठ साहित्यकार सीता पाण्डेले विमलाका भावनाहरू देश, प्रकृति, हर्ष ,पीडा, प्रेम, चिन्तन आदिको मिस्रित रङ्गीनफूलझैं सुन्दर हुनुका साथै उनकाबाल साहित्यको मिठास र सामाजिक एवम् सांगठनिक कुशलताको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरे। डा.गोपी उप्रेतीले कृतिकार विमलाका कविताले आमप्रवासीका सपना र भोगाईको प्रतिनिधित्य गरेका छन् भन्दै डायस्पोराको सम्वेदित जीवनसित राष्ट्रिय स्वाभिमान, देशप्रेम र आत्म सन्तुष्टिको द्वन्द रहेको देख्दै उनका मुक्तकमा प्रेम, विरह, प्रकृति आदिका सौन्दर्य र सम्वेदनामार्मिक रूपमा प्रस्तुत गरिएका हुँदा यी दुवै कृति सुन्दर छन् भन्दै उनको अझ सफल काव्यिकर सांगठनिक सफलताको शुभकामना दिए। सुप्रसिद्ध कवि सुदीपभद्र खनालले ‘ओथारो…’ कृतिको शीर्षक माथि नै गहिरो मनन र खोज गरेको भन्दै उनका कवितामा उपमा उपमेयहरुको बेजोड प्रयोग भएको र जीवनका खुसी, दुःख, देशप्रेम जस्ता विविध सम्वेदनाहरूको सिर्जनशील चयन तथा गहिरो वैचारिक संलग्नता समेत भएको तथ्यलाई उजागर गर्दै समग्रमा मानवीय भावना झल्किएको र हाँस्यवाहेक अन्य धेरै रसहरूको समुचित सिञ्चन पाइएको कुरामा प्रकाश पनि पारे। नेपाली डायस्पोरिक काव्य समूहमा कवयित्री विमलाबाट राम्रो योगदान हुन पुगेकाले स्रष्टाको रूपमा उनी उज्वलतारा जस्तै चम्किंदै उत्तरोत्तर सफलताको यात्रामा जान सकुन् भन्ने शुभकामना पनि कवि खनालले व्यक्त गरे। कवि परशु तिमल्सिनाले विमलाको मुक्तक संग्रह ‘काव्य परागको’ साहित्यिक टिप्पणी गर्दै त्यसमा निहित सूक्ष्मता, गहनता, श्रृङ्गारिकता, सकारात्मक मानवीयभाव, संस्कृति, पीडाका सिर्काहरू, नारी शक्तिको सशक्तिकरण, मातृत्वको उच्च सम्मान तथा विभिन्न विकृति प्रतिका वितृष्णा आदि र तिनमा प्रयुक्त उपमाहरूको सौन्दर्यले गर्दा निकै खारिएका स्वादिला मुक्तकहरू भएको तथ्यमा प्रकाश पारेका स्रष्टाप्रति बधाई एवम् शुभकामना व्यक्त गरे। सो अवसरमा चर्चित कृतिका प्रकाशक रेवा स्मृति प्रतिष्ठान (Rewa Organization) का सल्लाहकार रिता सिग्देलले स्रष्टा विमलालाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए। त्यसै अवसरमा मोहन निरौलाजीबाट सो रेवा स्मृति प्रतिष्ठान नेपाल तथा अमेरिकामा स्थापना भएको नाफा रहित एक संस्था भएको र यसले शिक्षा, स्वास्थ्य, साहित्य, कलाजस्ता क्षेत्रमा सहयोग र समन्वय गर्ने उद्देश्य अनुसार नै यी पुस्तकहरूको प्रकाशन भएको कुरा र अति चाखएवम्तन्मयका साथ चार घण्टासम्म लामो चलिरहेको सो कार्यक्रमको प्रायोजन पनि सोही प्रतिष्ठानले गरेको जानकारी पनि उनीबाट प्राप्तभएको थियो । सर्जक विमला ढुङ्गाना निरौलाले आफ्ना चर्चित पुस्तकहरू प्रकाशनको सन्दर्भमा चर्चा गर्दै सो कार्यमा सल्लाह दिनु हुने, भूमिका लेखिदिनु हुने तथा पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सम्बन्धित सबै मान्यजन लगायत त्यहाँ वहुमूल्य रचनात्मक समीक्षा गर्दै प्रेरणा र शुभकामना दिनु हुने सबै प्रति हार्दिक आभार प्रकट गरे। त्यसै गरी कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रस्तुत प्रशंसा, सम्मान, शुभकामना, कदर र विश्वासले आफ्नो रचनात्मक एवम् संगठनिक साहस, अठोट र जिम्मेवारी अरू बढेको मानसिक अनुभव भएको जानकारी पनि उनले दिए। उनले सो पुस्तकहरू नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचित भएका र अहिले वासिङ्गटन डिसि महानगरव्यापी आफ्नै विपुल आत्मीय सामाजिक परिवारका समक्ष यो डिसी मेट्रो च्याप्टरको आयोजनामा यो फेयर फ्याक्स् पुस्तकालयको सौजन्यमा समीक्षा हुने सौभाग्य मिलेकोमाआफ्नो निजी परिवार लगायतसम्बन्धित सबैप्रतिआफू हर्षित, प्रेरित र आभारी भएको हार्दिकतासमेत जाहेर गरे। सो कार्यक्रममा बालकवि सचिन चापागाईं र रोजी गौतमका चोटिला कविताहरूका साथै कवीन्द्र सिटौला, प्रकाश नेपाल, पुष्पाखनाल, शकुन्तलाअधिकारी र गोमान्यौपानेका मार्मिक कविताका सुन्दर प्रस्तुतिले सम्पूर्ण सहभागीहरू ज्यादै प्रभावित भएका थिए । अन्तमा सभापतिले सम्मानित व्यक्तित्व प्रा.मोहन सिटौला एवम् स्रष्टा विमलालाई हार्दिक बधाई दिंदै कवयित्री विमलाको सिर्जनात्मक र संस्थागत उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे। साथै अस्वस्थ नन्दादेवी सुवेदीज्यूमा सुस्वास्थ्यको शुभकामना पनि ब्यक्त गर्दै अमूल्य समय दिएर सहभागी भइदिएकोमा सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरे। 
भारतमा मनाइयो नेपाली सेना दिवस, भारतीय डिजीएमआई लेफ्टिनेन्ट जनरलसहित ३५ देशका सैनिक सहचारीको उपस्तिथि नयाँ दिल्ली। राष्ट्रिय सुरक्षा, आन्तरिक एकता र विश्व शान्तिको इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापना दिवसका अबसरमा छिमिके मुलुक भारतमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ। नेपाली राजदूतावास नयाँ दिल्लीमा कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको नेतृत्वमा आयोजित कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ्टिनेन्ट जनरल एम वी सुचिन्द्रा कुमार मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए। भारतका लागि नेपाली कार्यवाहक राजदुत रामप्रसाद सुबेदीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा अमेरिका, रुस, फ्रान्स, जर्मनी, बेलयात, जापान, इटाली, थाइलेडं, बंगलादेश, पाकिस्तान, युक्रेन लगायत ३५ भन्दा बढी देशका कुटनीतिक उच्च आयोगमा कार्यरत सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल एम वी सुचिन्द्रा कुमारले नेपाल र नेपाली सेनाको सहयोगको लागि आफु सदैव तत्पर रहेको बताए। कार्यक्रममा नेपाली सेनाको इतिहास र क्रियाकलाप सम्बन्धि डकुमेन्ट्री प्रस्तुत गरि नेपाली सेनालाइ विश्व सामु चिनाउने कार्य गरिएको थियो। तेस्तै कार्यक्रममा नेपाली कल्चरल म्यूज़िक शो, नौमाती पन्चेबाजा जस्ता नेपाल र नेपालीको पहिचान झल्काउने कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा एभरेस्ट ओनलाइन क्विज कन्टेस्ट प्रतियोगतीसमेत आयोजना गरिएको थियो। प्रतियोगितामा ९ कक्षा भन्दा माथिका विद्यार्थीहरुलाई दुइ समूहमा विभाजित गरिएको थियो। पहिलो समूहमा नयाँ दिल्लीमा कार्यरत विभिन्न मुलुकका  कुटनीतिज्ञ तथा कर्मचारीहरुका छोराछोरीहरु बीच आन्तरिक प्रतियोगिता र दोश्रो समूहमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच खुल्ला प्रतियोगिता गराइएकाे थियाे। आन्तरिक प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी नेपाली डिप्लोमेट आनन्द प्रसाद शर्माका सुपुत्र आरक्ष शर्मालाइ प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल सुचिन्द्रा कुमारले गोल्ड मेडल, प्रमाणपत्र र नगदले सम्मान गरेका थिए । त्यस्तै खुल्ला प्रतियोगितामा प्रथम हुने विद्यार्थी आकृति अधिकारीलाइ कार्यबाहक राजदुत सुबेदीले गोल्ड मेडल, प्रमाणपत्र र नगदले सम्मान गरेका थिए। साथै कार्यक्रममा कार्यबाहक राजदुत रामप्रसाद सुबेदी र सैनिक सहचारी रामचन्द्र खत्रीले प्रकुख अतिथिलाइ मायाको चिनो समेत हस्तान्तरण गरे । नेपाली सेना दिवस मार्च १ मा मनाइएता पनि प्रमुख अतिथिको व्यस्तताले २५ मार्चमा मानाएको हो। राजदुतावास प्रांगणमा आयोजित कार्यक्रममा दुइ सय भन्दा बढीको सहभागिता रहेको थियो।
एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌। उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍। हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
राज्य सांसद भण्डारीको पहलमा बानालाई दुई लाख ५० हजार डलर मेरिल्याण्ड । बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका (बाना)ले विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग पाएको छ। मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था बानाका लागि मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सन् २०१९ मा संसदमा बिल पेश गरेका थिए । मार्च २४ तारिखमा बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको छ । सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो। समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलब्ध हुनु आफैंमा मानक उपलब्धी भएको भण्डारीले बताएका छन् । यस्तो उपलब्धी नेपालीका लागि पहिलो हो भने अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवत पहिलो भएको उनले जनाएका छन् । यो रकम सन् २०२७ भित्र प्रयोग गरिसक्ने पनि उनले जनाएका छन् । मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा आफू निकै खुशी भएको भण्डारीले बताएका छन् ।
बैदेशिक रोजगार: ८ महिनामा १९ हजार बढीले लिए श्रम स्वीकृति काठमाडौँ। कोरोनाले सुस्ताएको बैदेशिक रोजगारको क्षेत्र विस्तारै उठ्दै गइरहेको छ। कोही उज्ज्वल भविष्यका लागि त कोही पढ्न, कोही चाहिँ धन कमाउन बिदेशिएका छन्।  जो जसरी गए पनि पछिल्लो समय नेपालबाट विदेशिनेको संख्या बढ्दो छ। जनगणनाले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले २१ लाख नेपाली विदेशमा रहेका छन्। यता, वैदेशिक रोजगार विभागका अनुसार ५० सालपछिको तथ्यांक हेर्दा ५८ लाख मानिस बिदेशिएको देखिन्छ। बिदेशिएका मानिसमध्ये कति जना भित्रिएका छन् त्यसको तथ्यांक भने नभएको वैदेशिक रोजगार विभागका सूचना अधिकृत कृष्ण प्रसाद भुसालले बताए। चालु ८ महिनामा बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेहरुमा पुरुषको संख्या १५ हजार ७ सय ६२ जना रहेको छ भने महिलाको संख्या ३ हजार ६ सय ४९ जना रहेको छ। यसरी हेर्दा ८ महिनामा बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेहरुको कुल संख्या १९ हजार ४ सय २ जना रहेको पाइन्छ। गत वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषले ५ हजार ४ सय ९२ जना र महिलामा १ हजार ४३ जना गरि कुल ६ हजार ८ सय ७२ जना रहेका छन्। अघिल्लो वर्षको तुलनामा यो बर्षको ८ महिना मै तेब्बर नै बढेको देखिन्छ। चालु आर्थिक वर्षको साउन महिनामा १ हजार २५२ जना पुरुष र २ सय ७६ जना महिला गरी कुल १ हजार ५ सय २८ जनाले श्रम स्वीकृति लिएका छन्।  त्यस्तै, भदौ महिनामा १ हजार ७ सय ३४ जना पुरुष र ३५० जना महिला गरी कुल २ हजार ८४ जना र असोज महिनामा १ हजार ४५६ जना पुरुष र २७७ जना महिला गरि कुल १ हजार ७३३ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, कार्तिक महिनामा १ हजार ८ सय ६० जना पुरुष र ४ सय ४९ जना महिला गरि कुल २ हजार ३०९ जनाले श्रम स्वीकृति लिएका छन् भने मंसिर महिनामा २ हजार ८ सय १३ जना पुरुष र ६ सय ५३ जना महिला गरि कुल ३ हजार ४ सय ६६ जनाले बैदेशिक रोजगारका लागि अनुमति पाएका थिए । यस्तै गरि पुस महिनामा २ हजार २ सय ७८ जना पुरुष र ५ सय ३१ जना महिलाले श्रम स्वीकृति लिएका छन्।  माघ महिनामा १ हजार ६ सय ७७ जना पुरुष र ३ सय ८३ जना महिला गरि कुल २ हजार ६० जना र फाल्गुण महिनामा २ हजार ६९२ जना पुरुष र ७ सय ३० जना महिला गरी ३ हजार ४ सय २२ जनाले श्रम स्वीकृति लिएका छन्। यो चालु वर्षमा नेपालको मधेश प्रदेशबाट सबैभन्दा बढी विदेश जानेको संख्या पाइएको छ। यस्तै सुदुरपश्चिम प्रदेशबाट सबै भन्दा काम मानिस विदेश जाने गरेको संख्या रहेको विभागका सूचना अधिकृत भुसालले बताए । उनी भन्छन्, ‘यो वर्ष धेरै मनिसहरु साउदी अरब गए।’ मानिसहरु आफ्नो सिप र शिक्षाअनुसार देश रोज्ने गरेको उनले बताए। राम्रो सिप र शिक्षा भएकाहरु युरोप र अमेरिका जाने गरेको उनले बताए। अघिल्लो वर्ष नेपालबाट सबैभन्दा धेरै नेपालीहरु मलेसिया गएका थिए । वैदेशिक रोजगारमा जाने मानिसमा ९० प्रतिशत महिला भन्दाबढी पुरुष हुने गर्दछन् । नेपाल बाहिर श्रम स्वीकृती लिएर लगभग ३० देखि ३५ लाख नेपालीहरु रहेको एक अध्ययनले देखाएको छ।  बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर जानेको संख्या दिनदिनै बढ्दै गएको छ। नेपालबाट श्रम स्वीकृति लिएर विदेशमा जानेले त्यही अनुसारको राम्रो काम पाउने गरेको पनि अधिकृत भूसालले बताए।  उनले भने, ‘विदेशमा जुन कम्पनीमा काम गर्न गएका हुन्छन् त्यो कम्पनीमा घाटा अधिक भएमा वा अन्य समस्या भएर कम्पनी बन्द गर्नु परेमा कम्पनी आफैंले त्यहाँ काम गरेका नेपालीलाई टिकट काटेर स्वदेश पठाउने वा त्यहि कम्पनीले अन्य त्यहीँ अनुसारको कम्पनीमा पठाउने गर्दछ।’ विदेश जाने बेला आफुले गर्ने काम र कम्पनीको बारेमा बुझेर गए कोहि पनि नफस्ने उनले बताए। नेपालमा अहिले कुल ८५९ वटा म्यानपावर रहेको छ। त्यसमध्ये ८३२ बाट म्यानपावर सक्रिय रहेका छन्। कतिपय म्यानपावरहरुले बैदेशिक रोजगारमा जानेहरुलाई विचल्ली बनाउने गरेको पनि पाउँछन्। नेपालमा यसरी ठगिनेहरुले वर्षेनी एक हजार देखि १२ सय सम्म रहेको विभागको तथ्याङकले देखाएको छ।
कोरियामा नेपाली श्रमिकको भिषा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित हुने सउल । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । निर्णयअनुसार इपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन् । इपीएस नियमानुसार पहिलो कार्यकालमा तीन वर्ष प्रवेशाज्ञा पाउँछन् । तीन वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन् । पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ । पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालको झैँ हुनेछ । हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीन वर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन् । अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैँ एक वर्ष बसाई अवधि थपिदिने छ । जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ । दक्षिण कोरिया सरकारले यसअघि पनि गत वर्ष सन् २०२१ अप्रिलदेखि डिसेम्बरसम्म र सन् २०२२ जनवरीदेखि अप्रिल १२ सम्म प्रवेशाज्ञा अवधि सकिनेका लागि एक वर्ष प्रवेशाज्ञा थपिदिएको थियो । पहिल्यै एक वर्ष अवधि थपिनेबाट अप्रिलदेखि जुन अन्तिमसम्म थप अवधिसमेत सकिनेका लागिसमेत ५० दिन थप प्रवेशाज्ञा दिने निर्णय भएको छ । यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुरमध्ये ७७ हजार ९४ को एक वर्ष अवधि थपिएको छ । त्यस्तै एक वर्ष थपिएर पनि सकिन लागेकाको हकमा थपिने ५० दिनको अवधि थप पाउनेमा पाँच हजार ६४४ रहेका छन् । कोरोनाका कारण थपिएको एक वर्षे प्रवेशाज्ञा पाउनेले अघिल्लो पटकको नियमझैँ यसपटक पनि कम्पनी चित्त नबुझेमा एक पटक कार्यस्थल परिवर्तन गर्न सक्नेछ । तीन वर्षे कार्यकालमा तीन पटक र पछि थपिने एक वर्ष १० महिनाको अवधिमा दुई पटक कार्यस्थल परिवर्तन गर्न पाउने भए पनि उक्त अवधिमा कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिने प्रावधान छ तर कोरोनाका कारण एक वर्ष थप अवधिमा भने कम्पनी मालिककले रोक्न नपाउने नियम रहेको प्रवासी मजदुर सङ्घ (एमटियुक)का अध्यक्ष उदय राईले बताए । यो निर्णयले कोरिया अझै बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर बन्न पुगेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा कोरिया प्रक्रिया विस्तारै हुनेसक्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ मा काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ गते हुने भएको छ। ८१ वटा राष्ट्रहरू सम्मिलित युवा प्रजातान्त्रिक संघको उक्त कार्यक्रमलाई राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने छन्। कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा छलफल हुने बताइएको छ।कार्यक्रममा भारतीय जनता पार्टीका शौरभ चौधरी, जर्मनी सिडियु पार्टीका माइकल डस्ट, बेलायत कन्जरभेटिभ पार्टीका एमपी निकोला रिचार्ड, अष्ट्रेलियाको लिबरल पार्टीका जोश मनुओट लगायत ३५ देशका प्रतिनिधि सहभागी बताइएकाे छ।
श्रममन्त्री श्रेष्ठसँग सिसेल्समा कार्यरत नेपालीहरुको भेटवार्ता काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको टोलीले सुक्रबार पूर्वी अफ्रिकामा अवस्थित पर्यटकिय मुलुक सेसल्सको भ्रमण गरेको छ । पहिलो पटक सेसेल्स पुगेको श्रम मन्त्री सहितको टोलीले त्यहा रहेका नेपालीहरूका समस्यालाई नजिकबाट बुझ्न र दुई देश बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै पर्यटन र रोजगारीका क्षेत्रमा थप सम्भाब्यता अध्ययन र सम्बद्ध सरकारी निकायसंग छलफल गरेका छन् । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ, सचिव एक नारायण अर्याल, सह सचिब राजिव पोख्रेल, उप सचिव डा .थानेश्वर भुषाल र नेपालका लागि सेसल्स का अवैतनिक राजदूत नरेश दास सहितको प्रतिनिधि मण्डलको टोली सेसल्स सरकारका बिभिन्न मन्त्रालयका मन्त्री तथा प्रतिनिधि मण्डलसंग भेटवार्ता गरेका हुन् । मार्च १८ देखि २० तारिख सम्मको ३ दिने सेसल्स भ्रमणमा रहेको मन्त्रीस्तरीय भ्रमण टोलीको स्वागतका लागि सेसल्समा रहेका नेपालीहरूले आईतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रममा सेसल्समा कार्यरत लगभग साढे तीन सय जना नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि का रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ, बिशेष अतिथि मन्त्रालयका सचिव एक नारायण अर्याल, अतिथीहरू सह सचिव राजिव पोख्रेल, उप सचिव डा. थानेश्वर भुसाल नेपालका लागि सिसेल्सका अवैतनिक राजदुत नरेश दास , नेपाली ब्यबसायी तथा समाजसेवी शंकर न्यौपानेर मानव अधिकार कर्मी यम प्रसाद श्रेष्ठ सहभागी कार्यक्रमको अध्यक्षता अईन्द्र योङ्वाले र सञ्चालन भरत बोगटीले गरेका थिए । परि आले मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विश्व जित कार्कीले सेसल्सको भौगोलिक अवस्था तथा बस्तुस्थितिका बारेमा जानकारी सहितको मन्तब्य राखेका थिए । कार्यक्रममा उपस्थित केहि ब्यक्तिहरूद्वारा राखिएका प्रश्न र जिज्ञासाको जवाफ  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले दिएका थिए । नेपालीहरुको भेलालाई संबोधनको क्रममा मन्त्री श्रेष्ठले सिसेल्ससंग नयाँ श्रम सम्झौताको लागि पहल भैरहेको जानकारी दिदै बिचौलियाहरूले अबैधानिक तवरबाट नेपाली श्रमिकलाई ठगी गर्ने समस्याहरूको दीर्घकालीन समाधानका कसरी गर्न सकिन्छ भनेर मन्त्रालयले काम गरीरहेको बताए । नेपाल सेसल्स बिच कुटनैतिक सम्बन्ध कायम भयको झण्डै तीन दशक भन्दा पनि बढि भै सक्दा पनि यी दुई देश बिच उच्च स्तरिय भ्रमणहरू हुने गरेका थिएनन् । नेपालीहरू रोजगारीको शिलशिलामा बिभिन्न माध्यमबाट त्यहाँ पुग्ने क्रम बढ्दो छ । सेसल्सको रोजगारदाता कम्पनिले लैजाने कामदारको लाग्ने सबै खर्च ब्यहोर्ने भएतापनि पछिल्ला दिनहरूमा मानव तस्कर तथा बिचौलियाहरूलाई जाने कामदारहरूले चर्को रकम बुझाउनुपर्ने र सम्बन्धित स्थानमा पुग्न अघि बिभिन्न सास्ती भोग्नुपर्ने कुरा यदाकदा धेरै सुनिन थालेका पनि छन । सबै प्रक्रियाहरू पुरा गरेर जाने कामदारका लागि सेसल्स रोजगारीको लागि सुरक्षित र राम्रो पारिश्रमिक दिने मुलुक मानिन्छ ।
एनआरएनएको विवाद समाधानतर्फः चैत १० र ११ मा विश्व सम्मेलन काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । संस्थाका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारीहरुको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए । तीनै जनाले संस्थालाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको सो अवसरमा जानकारी दिइयो । सो अवसरमा अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान भएकाले यसलाई निरन्तरता दिन सहमतिको विकल्प नभएको बताउँदै संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भई एउटा निचोडमा पुगिएको बताए । उनले संस्थालाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प गर्न आवश्यक भएको उल्लेख गर्दै यो सहमति त्यही भावनाअनुरुप संस्था बचाउने उद्देश्यले भएकाले यसअघिका सबै समानान्तर कार्यलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए । अध्यक्षका प्रत्यासी बद्री केसीले सङ्घको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट सङ्घको नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर सङ्घको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौँ महाधिवेशन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ । यस्तै अध्यक्षका अर्का प्रत्यासी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताइन्। एनआरएनएमा आगामी अधिवेसनको प्रतिनिधि छनोटमा विवाद हुँदा केही समयदेखि विवाद रहँदै आएको थियो ।
नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो । मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । गत मङ्सिरमा काठमाडौँमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायत विषयमा पनि छलफल भएको बताइएको छ । प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारमा तीन लाख बढी नेपाली श्रमिक कार्यरत रहेका छन् । मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए । भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दुतावासका अधिकारीहरू उपस्थित थिए भने कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीसमेत थिए ।
मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा मलेसिया । मलेसिया सरकारले आप्रवासी कामदार लगायत सम्पूर्ण निजी क्षेत्रमा काम गर्ने कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् । मलेसियामा न्युनतम तलब बढेसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकहरु लगायत आप्रवासी कामदारहरुलाई पनि फाइदा पुग्ने भएको छ । हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन् । पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेपनि कार्यनयन हुनेमा अधिकांश कामदारहरुमा शंका भने रहेको छ । यसअघि पनि सन् २०२० मा मलेसियामा नीजी क्षेत्रका कामदारहरुको न्यूनतम तलब १२ सय रिंगेट उपलब्ध गराउने सरकारले निर्णय गरेपनि अधिकांश कम्पनीहरुले यसलाई कार्यान्वयन गर्न बर्सौं लगाएका थिए । यसरी सरकारले तोकेबमोजिम न्युनतम पारिश्रमिक उपलब्ध नगराउनेहरुमा सेक्युरेटी कम्पनीहरु रहेको सेक्युरेटी क्षेत्रमा कार्यरत नेपाली श्रमिक हरुको गुनासो रहेकोे थियो । हाल मलेसियामा न्यूनतम पारिश्रमिक १२ सय रिंगेट छ । यो व्यवस्था १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट बनाउने घोषणासँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने भएका छन् ।
हामीलाई सिधै इराक उड्न देउ सरकार ! इराक । इराकमा रहेका श्रमजिबी नेपालीहरुले नेपाल आएपछि फर्कनको लागि भारतको बिमानस्थल वा नेपालकै बिमानस्थल बाट एजेन्ट लाई चर्को सेटिङ शुल्क तिरेर आउनु परेको गुनासो गरेका छन् । मार्च ८ मा सम्पन्न प्रवासी नेपाली समाज सुलेमानिको सामुहिक बैठकले नेपाल सरकार बाट इराकमा रहेका नेपालीका लागि सहज बातावरण बन्न सकोस् भन्ने हेतुले “हामी पनि नेपाली नै हौँ सरकार” भन्ने कार्यक्रम नै ल्याएको छ । कार्यक्रमको मुख्य उद्धेश्य इराकमा जति पनि कामादारहरु नेपालबाट अबैध रुपमा आए पनि हाल इराकमा रहेर बैधानिक रुपमा कार्य गरिरहेका छन् ती कामदारहरुलाई इराकको रेसिडेन्सी कार्ड देखाएर नेपालकै बिमानस्थल प्रयोग गरेर आउन पाउनको लागी व्यवस्था गरिदिनको लागि थियो। हाल इराकमा रहेका नेपाली कामदारहरु नेपाल आए पनि फर्कनको निमित्त भारतको बिमानस्थल अथवा नेपालकै बिमानस्थल बाट एजेन्ट लाई चर्को सेटिङ सुल्क तिरेर आउनु पर्ने गुनासो छ । चार सय पचास अमेरिकन डलरमा पुगिने ठाउँमा नेपाल सरकारले लगाएको प्रतिबन्धका कारण एक जना नेपाली पुनः फर्कँदा तीन हजार डलर सम्म सेटिङ खर्च तिर्न बाध्य छन् । हाल इराकमा कति नेपाली कामदारहरु रहेका छन् तिनको यकिन तथ्यांक छैन तर पनि त्यहाँ रहेका संघसंस्थाहरुले अनुमानका आधारमा २०१५ मा करिब पन्ध्र हजार नेपाली श्रमिकहरु इराकमा रहेको अनुमानित संख्या निकालेको थियो। अहिले पनि धेरै संख्यामा नेपाली कामदारहरु भित्रीरहेका छन् । इराकमा गैर आवासिय समन्वय परिषद गठन भए पनि हाल निष्क्रिय अवस्थामा रहेको छ। निष्क्रिय रहनुमा केन्द्र मार्फत खासै चासो नदिनुले हो भन्ने जानकारी गैर आवासिय समन्वय परिषद इराकका संस्थापकका अध्यक्ष लाल काजी गुरुङले बताए। हाल कुर्दिस्तानमा रहेका जति पनि समस्यालाई स्थानिय निकायसँग र नेपाली श्रमिकहरुसँग सहयोग मागी नेपाली संघसंस्थाहरुले समस्याका समाधान गर्दै आइरहेका छन् । नेपाल मार्फत आउनका लागि समस्या भएकै कारण एक दशक देखि नेपाल नै नफर्किएका नेपाली श्रमिकको संख्या पनि हजारौं छन् । त्यसैले बैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुको रोजगार लाई प्राथमिकता दिएर नेपाल बिमानस्थल बाटै इराक फर्कनको लागी कानुनी व्यवस्था गर्न इराकमा रहेका सम्पुर्ण संघ संस्थाहरुले माग गरेका छन्।
नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति काठमाडौं । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गर्नुभएको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पु¥याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताएका थिए । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले नेतृत्व गर्नेछन् । अहिले एक हजार २५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सिसेल्समा अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् । भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताएका थिए । भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा थानेश्वर भुषाल रहेका थिए । भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो । नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।
किन रोकियो इजरायल जाने केयरगिभरको प्रक्रिया ? काठमाडौं । इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् । इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौता गरेर नेपाल पठाइसकेको छ । अब झण्डै ९० जनाको रोजगार सम्झौता पत्र आउन बाँकी छ । वैदेशिक रोजगार विभागले ८०० जना कामदारसँग सम्झौता पनि गरिसकेको छ । उनीहरू इजरायल प्रवेशाज्ञाको प्रतीक्षामा छन् । इजरायल पुगेका कामदारहरूले एक महिनाको तलबभत्ता पनि बुझिसकेका छन् । तर, प्रवेशाज्ञाको प्रतीक्षामा रहेकाहरू भने कहिले जान पाउने भन्ने अन्यौलमा छन् । विभागका निर्देशक तथा इजरायल केयरगिभर सम्बन्धी हेर्ने निकायका संयोजक श्रीचन्द्र शाहले नेपालको कारण नभई इजरायलकै कारण रोकिएको बताए । ‘हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो,’ निर्देशक शाहले भने । उनीहरूको हड्तालका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि जाने तयारीमा रहेका कामदारको प्रक्रिया रोकिएको छ । नेपालबाट एक हजार १७५ जना इजरायल जान लागेका छन् । त्यसका लागि नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही आधारमा २९७ जना नेपाली गइसकेका छन् । पहिलो चरणमा गत माघ ५ गते ९९ जना नेपाली कामदार इजरायल प्रस्थान गरेका थिए । इजरायल पुगेपछि केही दिन क्वारेनटिनमा बसेर उनीहरू काममा लागेका थिए । त्यस्तै दोस्रो चरणमा माघ १५ गते १२० जना नेपाली गएका थिए । किन रोकियो भन्ने बारे इजरायलले भने नेपाललाई औपचारिक जानकारी गराएको छैन । अनौपचारिक रूपमा दूतावासले कर्मचारीको हडतालको कारण रोकिएको बताएको छ । करार पत्रमा सम्झौता भइसकेकालाई नेपालस्थित इजरायली दूतावासले प्रस्थान भिसा ‘बी–१’ दिनेछ । जुन ३० दिनको हुनेछ । जुन इजरायल प्रवेशको लागि मात्र हुनेछ । कर्मचारीको हड्तालका कारण दूतावासले उक्त काम पनि रोकेको छ । रोकिएका कामदार कहिले लैजाने भन्नेबारे केही जानकारी नआएको निर्देशक शाहले बताए । ‘अब कहिले जान पाउँछन् भन्ने हाम्रो हातको कुरा छैन । जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’ निर्देशक शाहले भने । नेपालको तर्फबाट गर्नुपर्ने सबै काम पुरा भइसकेको र इजरायल सरकारको तर्फबाट गर्नुपर्ने काम मात्र बाँकी रहेको उनको भनाइ छ । नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । सोही आधारमा एक हजार जना नेपाली कामदार इजरायल लैजाने प्रक्रिया अघि बढेको थियो । रोजगार सम्झौता गरेर इजरायल जाने प्रतीक्षामा रहेका नेपालीहरू कहिले जान पाउने भन्नेमा अन्यौलमा छन् । जतिसक्दो चाँडो लगिदिनुपर्नेमा उनीहरूको जोड छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यसभाबाट दशैं विधेयक बहुमतले पारित बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा एक दिन दशैं डे मनाउने प्रस्ताव अघि बढेको छ । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका सांसद ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक राज्यसभाको पूर्ण बैठकबाट मार्च १७ विहीबार पारित भएको छ । यसअघि सो विधेयक स्वास्थ्य तथा सरकार सञ्चालन समितिको बुधबारको बैठकमा बहुमतले पारित भएको थियो । राज्यसभाका सांसद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार उनले प्रस्तुत गरेको सो विधेयक साझा प्रस्तावका रुपमा अघि बढेको छ । अर्थात् राज्यसभाका दलहरु डेमोक्र्याट र रिपब्लिकन दुवैका सांसदहरुले सो विधेयकलाई समर्थन गरेका छन् । सांसद भण्डारीले हरेक बर्ष अक्टोवर ५ तारिकलाई नेपालीहरुको महान् पर्व दशैंका उपलक्ष्यमा सो चाड मनाउनका लागि राज्यभरका सबै निकायहरुमा सार्वजानिक विदा दिने प्रस्ताव विधेयकका रुपमा दर्ता गरेका थिए । अब यो विधेयक निर्णयार्थ राज्यसभाको पूर्ण बैठकमा पेश हुने र त्यहाँबाट पारित भएपछि राज्यको सिनेटमा प्रस्तुत हुने छ । यी दुवै ठाउबाट पारित भएपछि अक्टोवर ५ का दिन दशैं डे का रुपमा मेरिल्याण्ड राज्यमा आधिकारिकरुपमा मनाइने छ । राज्यको डिष्ट्रिक ८ बाट निर्वाचित भएका सांसद भण्डारीले आफूले प्रस्तुत गरेको सो विधेयक वाइपार्टिसन (दुवै दलको) समर्थनसहित अघि बढेकोमा खुसी लागेका बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशैं नेपालमा उत्पत्ति भएको एक सांस्कृतिक चाडका रुपमा मान्यता पाउने छ । र, हरेक बर्ष अक्टोवर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिकरुपमा दशैं डे मनाउछ । यो उपलब्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिकरुपमा हासिल गरेको अहिलेसम्मकै मनक उपलब्धी हुने छ । यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुने छ ।” सांसद भण्डारीको पहिलो कार्यकालको चारबर्ष पूरा हुन लागेको छ । उनले दोस्रो कार्यकालका लागि पनि त्यही क्षेत्रबाट उम्मेद्वारी घोषणा गरेका छन् । उनले मेरिल्याण्डको एउटा शहरमा आफू बसेको घरको अगाडि अनाहकमा गोली लागेर मारिएका नेपाली युवा सागर घिमिरेका नाममा पनि त्यस्ता घटना नदोहोरियुन भनेर नयाँ कानूनको प्रस्ताव गरेका छन् । प्रेस विज्ञप्ती मार्च १६, २०२२ अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा आइपुग्न लागेको सुनाउँन पाउँदा खुशी लागेको छ। बुधबार साँझ मेरिल्याण्ड राज्यसभाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसदको पूर्ण बैठकमा पठाउने निर्णय भएको छ। विधेयक दुबै दलका सांसदको भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो। समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो। यो विधेयक कानून बन्न अझै केही खुड्किलाहरू बाँकि छन्। अब यो विधेयक संसदको पूर्ण बैठकमा जान्छ र त्यहाँ पारित भएमा यसले अर्को खड्को पार गर्ने छ। माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ। अब दुबै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ। र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानून बन्छ। कथमकदाचित गर्भनरले हस्ताक्षर नगरे पनि संसदको दुबै सदनमा भिटो प्रुभ्ड बहुमत रहेकाले यो विधेयक कानून बन्छ। अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुन्छ। यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशै नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुने छ। र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउँछ। यो उपलव्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिक रूपमा हासिल गरेको अहिलेसम्मकै मानक उपलव्धी हुनेछ। यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुनेछ। मैले यो विधेयकलाई आजको विन्दुसम्म ल्याइपुर्याउन मेरो पहिलो कार्यकालको चार वर्ष नै ठूलो विधायिकी कसरत गरेको छु। एकपटक मात्र हैन, पटक पटक प्रायस गरेको छु। आप्रवासी त्यो पनि अत्यन्तै अल्पमतमा रेहको नेपालीको चाड दशैलाई सांस्कृतिक चाडका रूपमा प्रस्तुत गर्नु र त्यसलाई डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको समर्थनमा बाइपार्टिसन बिधेयक बनाएर यो रूपमा ल्याउनु सामान्य उपलव्धी हैन। म चुनावी वर्षमा छु। स्मरणीय कुरा के छ भने, मेरो निर्वाचन क्षेत्र ७ प्रतिशतभन्दा कम एसियन मूलका आप्रवासी रहेको क्षेत्र हो जहाँ दक्षिण एसियालीको ज्यादै नगण्य बसोबास छ, नेपाली मतदाताको संख्या त अझ कम छ। यस्तो प्रतिकुल दृश्य हुँदाहुँदै पनि उम्मेद्वारी घोषणा गरिसकेको मैले यो विधेयकका लागि ठूलो संघर्ष गरेको छु। तर, मैले यो सारा संघर्ष मेरो मातृभूमी नेपाल र आदरणीय नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीका लागि गरेको हुँ। अझै पनि हामी सफलताको शिखर चुमिसकेका छैनौ, हामीले निर्णायक खुड्किला पार गरे पनि अझै केही महत्वपूर्ण खुड्किला बाँकि नै छन्। मलाई आशा एवं विश्वास छ, हामी यसै सप्ताहान्तमा ती खुड्किला पार गरेर हामी शिखरमा हुनेछौं। हामी त्यो सुखद क्षणको प्रतीक्षा गरौं। यहाँहरूको आशीर्वाद, सहयोग, साथ र सद्भावको अपेक्षासहित, डेलिगेट ह्यारी भण्डारी, पीएचडी मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट-८
नेपाल–युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत काठमाडाैं। नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएकाे थियाे । बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता युएईले गरेको छ । साथै युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुन:एकीकरण योजनामा सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिवद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णतया नि:शुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि युएई सहमत भएको छ । पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी विदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुन: श्रम स्वीकृति दिने सरकारको निर्णयबारे युएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो । बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्यर बिमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको थियो । साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि वैठकमा छलफल भएको थियो । युएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा पनि छलफल भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गरेका थिए ।