content
stringlengths 20
64.1k
⌀ |
---|
एनआरएनएले पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण गर्यो काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ।
गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन्।
अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुविधा सम्पन्न १ सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणका लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निमार्ण अगाडी बढाइने जानकारी दिए।
कार्यक्रममा ९४ जना वृद्धवृद्धा र १४ कर्मचरीलाई न्यानो कपडा वितरण गरिएको थियो। |
भारतमा आफैंसँग बसेकी प्रेमिकाको पिटी पिटी हत्या, धामी पक्राउ नयाँ दिल्ली। एउटै कोठामा बस्ने आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा भारतको कार्नाटका राज्यको बैंगलुरु शहरमा नेपाली युवा सन्तोष धामी पक्राउ परेका छन्। २६ बर्षीय धामीले आफैैंसँग बस्दै आएकी २३ बर्षीय नेपाली युवती कृष्णकुमारीको मंगलबार राति हत्या गरेका थिए।
धामीले कृष्णकुमारीलाई पिटी पिटी मारेको प्रहरीले जनाएको छ। आफूसँग हुँदा हुँदै अर्को केटालाई मन पराउन थालेको,आंखा लगाएको भन्दै सोही आक्रोशमा धामीले कृष्णकुमारीलाई पिटी पिटी मारेको खुल्न आएको बैंगलुरु प्रहरीले बताएको भारतका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अर्कोसँग पनि सम्बन्धमा रहेको आशंकामा धामीले कृष्णकुमारीलाई धामीले पिट्न थालेका थिए। विवाह नगरे पनि यो जोडी थम्बु चेट्टी पाल्या भन्ने स्थानमा बस्दै आएका थिए।
धामी कहिले भारतको बंगलुरु बस्दै आएका हुन् भन्ने स्पष्ट नभए पनि कृष्णकुमारी विगत दुई बर्षदेखि बैंगलुरुमा रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ। र, यी दुई विगत एकबर्षदेखि सँगै आएको पनि प्रहरीले बताएको छ।
कृष्णकुमारी सैलुनमा कार्यरत रहेको र धामी पनि पुरुष पार्लरमा कार्यरत थिए। भारतीय पेनाल कोड ३०२ अन्तर्गत धामीविरुद्ध हत्याको मुद्दा प्रहरीमा दर्ता भएको छ। भारतमा रोजगारी गरिरहेका यी नेपाली युवा युवती नेपालको कुन स्थानका स्थायी बासिन्दा हुन् भन्ने स्पष्ट भइसकेको छैन। |
सबै प्रक्रिया पूरा गरेर बेलायत पढ्न गएका नेपालीलाई झुटो आरोप लगाएर थुनियो, पढ्न पनि पाएनन् काठमाडौं । युनिभर्सिटीको छात्रवृत्तिमा बेलायत पढ्न गएका एक नेपाली विद्यार्थीलाई आफ्नो पाठ्यक्रमबारे विस्तृत प्रश्नको जवाफ दिन नसकेपछि सीमामा हिरासतमा राखियो । उनलाई १२ दिनसम्म हिरासतमा राखिएको थियो जसका कारण उनी विश्वविद्यालयमा हाजिर हुन ढिलो भयो र पढ्न पनि पाएनन् ।
नेपाली विद्यार्थी सुलभ खड्काले आफूलाई अक्टोबरमा म्यानचेस्टर एयरपोर्टमा अवतरण गरेपछि नक्कली विद्यार्थी भएको आरोप लगाइएको बताए । उनले आफूमाथि आरोप लगाउने सीमा बलका अधिकारीहरूले आफूसँग “अपराधीजस्तै व्यवहार” गरेको महसुस गरेको बताए।
नेपालका २३ वर्षीय यी युवासँग वैध भिसा, विश्वविद्यालयमा आफ्नो सिट भएको प्रमाण र उनले आफ्नो पहिलो वर्षको शुल्क पूरै तिरेको देखाउने कागजपत्र थियो। तर, युकेमा आइपुगेपछि, उनलाई उनको पाठ्यक्रमको जटिल विवरणहरूको बारेमा सोधपुछ गरियो, जसमा उसले अध्ययन गर्ने छवटा मोड्युलहरूको शीर्षकहरू सूचीबद्ध गर्न समेत भनियो।
१६ घन्टाको यात्रापछि बेलायत पुगेका उनले पढ्न सुरु पनि गरेका थिएनन् त्यसैले उनले आफ्नो कोर्सका दुई मोड्युलको नाम मात्रै लिन सके । उनलाई आफ्नो योग्यताको प्रमाणपत्र दिने परीक्षा निकायको नाम पनि सोधियो तर उनलाई थाहा भएन । नेपालमा उनको बैंकको पत्रमा सानो हिज्जे त्रुटि रहेको तथ्यले सीमा बलका अधिकारीहरूलाई यो निष्कर्षमा पुर्यायो कि उनी अध्यागमन नियन्त्रणबाट बच्न खोजिरहेका थिए र वास्तविक विद्यार्थी थिएनन् र उनको पाठ्यक्रममा “थोरै चासो” थियो ।
खड्कालाई पछि स्कटल्याण्डको आप्रवासी हटाउने केन्द्रमा सारिएको थियो र उनलाई देश निकाला गरिने बताइएको थियो। विश्वविद्यालयको भर्ना कार्यालयले त्यो कोर्सका लागि उनको सिट रहेको प्रमाणित गर्ने कागजातहरू उपलब्ध गराएपछि र खड्कालेले दाबी गरेअनुसार पाठ्यक्रम शुल्क तिरेको पुष्टि गरेपछि पनि उनलाई थप १० दिन थुनामा राखिएको थियो।
उसलाई अन्ततः गृह कार्यालय द्वारा रिहा गरियो, जसले उनलाई माफी पत्र दियो जसमा कार्यालयले उनको केस “होशियारीपूर्वक समीक्षा” गरेको र गल्ती भएको भनेको थियो। तर त्यहाँबाट छुटकारा पाएपछि खड्काले आफ्नो विश्वविद्यालयमा भर्ना हुने अवसर भने गुमाए ।
जब उनी योर्कको आफ्नो विश्वविद्यालय क्याम्पसमा २४ अक्टोबरमा आइपुगे, उनलाई भनियो कि उनी भर्ना हुने अन्तिम मितिभन्दा एक हप्ता ढिलो भइसकेका छन् र उसको स्पोन्सरसिप फिर्ता लिइएको छ त्यसैले उनले अर्को वर्ष फेरि आउनुपर्नेछ। लाखौं खर्च गरेर बेलायत पुगेका उनी यसरी फर्काइँदा अहिले चरम निराशामा छन् ।
“मलाई अपराधी जस्तै व्यवहार गरियो तर मैले केहि गलत गरेको थिइन। उनीहरूले मलाई किन हिरासतमा राखे मैले बुझ्न सकिन। उनीहरूले मलाई धेरै कुरा सोधे तर मैले उनीहरूले सोधेका हरेक प्रश्वको वैध जवाफ दिन सक्छु ’ खड्काले द गार्डियनसँग भने “मैले उनीहरूलाई मेरा कागजातहरू देखाएँ र उनीहरूले मेरो विश्वविद्यालयलाई पनि फोन गरे। मसँग सबै कागजहरू थिए, तर तिनीहरूले मलाई विश्वास गरेनन्। यसले मेरो भविष्यमा ठूलो प्रभाव पार्नेछ।”
हिरासतमा परेको, देश निकालाको धम्की र पढाइबाट रोकिएको अनुभव आफ्नो परिवारमा पहिलो विदेश पढ्न गएका खड्काका लागि दर्दनाक बनेको छ । उनी भन्छन् कि उनी प्रत्येक रात हिरासतमा आफ्नो भाग्यको बारेमा सोच्दै रोए।
उनको लागि योर्क सेन्ट जोन विश्वविद्यालयमा हस्पिटालिटी एण्ड टुरिजम अध्ययन गर्ने अवसर उनको परिवारको भविष्य परिवर्तन गर्ने अवसर थियो। उनले आंशिक छात्रवृत्ति पाएकका थिए । उनले वार्षिक १३,००० पाउण्डको पाठ्यक्रम पूरा गरेर देशको बढ्दो पर्यटन उद्योगमा काम गर्न नेपाल फर्कने आशा गरेका थिए। |
आपतविपतमा नेपालीलाई सहयोग गर्न माल्टमा परोपकारी संस्था गठन लण्डन। माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा साहरा बन्ने उद्देश्यका साथ हालै “नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन” नामक परोपकारी संस्था गठन गरिएको छ।
भइपरि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएको छ।
एनआरएनए माल्टाका निबर्तमान उपाध्यक्ष एबं सफल ब्यावसायी प्रकाश भण्डारीको संयोजकत्वतमा गठन गरिएको संस्थाको उपसंयोजकमा रेमलाल खनाल,जिके शर्मा,प्रकाश थापा,उपेन गिरी,शर्मिला बस्नेत , शुभाष तिमल्सिना,रिना कार्की,प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन् भने सदस्यहरूमा हरीप्रकाश बिश्वकर्मा,राजेन्द्र भण्डारी,टिका प्रसाद श्रेष्ठ,तेज माझी,गंगा बहादुर पुन,उदय श्रेस्ठ,सन्जिव पौडेल,रोशन सिजापती,अम्वर बिस्ट,राजेन्द्र बिस्ट,राजेश पंगेनी,शंखर खत्री,भगवान थापा, हरि पौडेल,सचिन श्रेस्ठ र लोकराज पौडेल रहेका छन्।
माल्टामा विभिन्न तबरले आई बसोबास गरेका जुन सुकै पेश व्यवसायमा आवद्धहरूलाई समस्यामा परे सक्दो सहयोग गर्ने मुख्य उदेश्यले संस्था स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए।
उक्त कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याललगाएत यहाँका समाजसेवी, ब्यावसायी र माल्टामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो। |
ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायद्वारा बाजागाजासहित प्रदर्शन (तस्बिरसहित) मस्कट । ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा ओमानमा रहेका नेपाली समुदाय र नेपाली राजदूतावास ओमानको संयुक्त आयोजनामा एक वाकाथन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममानेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षणसहित ३ किलोमिटर पैदल यात्रा गरेर प्रदर्शन गरिएको थियो
ओमान-नेपालको मित्रतालाई अझ मझबुत बनाउनका साथै पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको मस्कटस्थित नेपाली राजदूतावासका राजदूत डोरनाथ आर्यलले जानकारी दिए ।
|
कोरियामा कामदार पठाउन हवाई टिकट छाप्ने तयारीमा सरकार काठमाडौँ। सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ। काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ।
चालु आर्थिक वर्ष वा कोभिड-१९ का कारण सीधा उडानमार्फत पठाउनुपर्ने शर्तका कामदारलाई पठाउन टिकट छपाइ गर्न लागिएको शाखाले जानकारी दिएको छ।
शाखाले उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिसकेको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको थियो। भाषा परीक्षा दिएकामध्ये ६२ प्रतिशत अर्थात् ८ हजार ७८५ जना उतीर्ण भएका छन्। सो भाषा परीक्षामा सहभागी हुनका लागि १८ हजार ५९५ जनाले आवेदन दिएका थिए भने परीक्षामा १४ हजार ४३ सहभागी थिए।
उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ। पहिलो चरणमा ७ हजार १४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको थियो। उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ । सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भइ रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने शाखाले जानकारी दिएको छ। २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भइ रोष्टरमा छन्।
सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर/जनवरी महिनामा हुनेछ। सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दाबढीको रोजगार सम्झौता आइसकेको छ।
दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ। नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली (ईपिएस) सम्झौता भएको थियो। सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो सङ्ख्या बढाउँदै गएको थियो। ईपिएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन्। कोरियामा ईपिएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ। पहिलो सूचीमा कम्बोडिया छ। |
निर्वाचनले छेकेन वैदेशिक रोजगारका लागि हिडेका युवालाई काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज भइरहेको छ ।
अहिले देशभर मतदाता मतदान गर्न गइरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने फरक दृश्य देखिएको छ । वैदेशिक रोजगारका लागि हिडेका युवाहरुका लागि भने निर्वाचनले कुनै असर गरेको देखिँदैन ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।
|
जापानमा नेपाली महिलाको छुरा रोपी हत्या, एक नेपाली नै पक्राउ टोकियो। हत्याको आरोपमा जापानमा एकजना नेपाली पक्राउ परेका छन्। विश्वराज आचार्य नाम गरेका ती नेपालीलाई जापान प्रहरीले एउटी नेपाली नै महिलाको हत्या गरेको आरोपमा नोभेम्बर १७ तारिक विहीबार पक्राउ गरेको हो।
आफ्नै अपार्टमेण्टमा बसेकी लक्ष्मीकुमारी बस्नेत अधिकारी नामकी महिलाको नोभेम्बर १६ तारिक बुधबार छुरा रोपी हत्या भएको स्थानीय प्रहरीले जनाएको छ।
जापानको राजधानी शहर टोकियोको उत्तरी भागमा पर्ने गुन्मा प्रिफेक्चरमा यो घटना भएको थियो। हत्या गरिएकी लक्ष्मी सो प्रिफेक्चरको इसाकी सिटी भन्ने ठाउँमा एउटा अपार्टमेण्टमा बस्ने गरेको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
हत्यापछि रगत लागेको छुरासहित एउटा व्यक्ति सो अपार्टमेण्टबाट बाहिरिएको सीसीटीभी फुटेजका आधारमा प्रहरीले सन्दिग्धको खोजी गर्दै आएको थियो। यसैक्रममा आचार्यलाई जापानी समुद्र नजिकको निकाता भन्ने स्थानबाट पक्राउ गरिएको थियो।
जापानी संचारमाध्यम एनएचके लगायतले यसबारे समाचार प्रकाशित गरे पनि हत्या गरिएकी लक्ष्मीकुमारी बस्नेत अधिकारी को हुन् र हत्याको आरोपमा पक्राउ परेका विश्वराज आचार्य को हुन् भन्नेबारे विस्तृत विवरण दिएका छैनन्। हत्यामा आफ्नो संलग्नता नभएको भन्दै आचार्यले अभियोग अस्वीकार गरेको भने समाचारमा उल्लेख गरिएको छ।
छुरा प्रहारबाट मारिएकी लक्ष्मीकुमारी ४२ बर्षकी भएको जापानी टेलिभिजन एनएनएनले दिएको समाचारमा उल्लेख गरेको छ । जापानी भाषाको सो समाचारमा उनको तस्वीर र उनी बस्ने गरेको अपार्टमेण्टको बाहिरीभाग पनि देखाइएको छ। |
अमेरिकी मिडियामा पोखिए विश्वकपमा रौनक ल्याइदिने नेपाली कामदारका आँशु र पीडा वासिंटन डिसी । विश्वकप फुटबलको रौनकले खाडीको सम्पन्न मुलुक कतार धपक्क बलेका बेला त्यसको रौनक भन्दा पनि कतारको सो वैभवमा नेपाली कामदारहरुको बलिदान, पीडा र शोषणका कथाले अमेरिकी संचारमाध्यमहरुमा प्रमुखता पाएका छन्।
आजैमात्र अर्थात नोभेम्बर १८ तारिक अमेरिकी समयअनुसार विहान सीएनएनले निकै लामो विश्लेषणात्मक समाचार प्रकाशन गर्दै कतारलाई विश्वकपको यो रौनकपूर्ण अवस्थामा पुर्याउने कतिपय कामदारहरु श्रम शोषणमा परेर असमयमै नेपाल फर्किनु परेको, विना कुनै कारण थुनामा बस्नु परेको र कतार जांदा दलाललाई तिरेको पैसा पनि उठाउन नसकी विचल्लीमा पर्नु परेका घटनाहरु उजागर गरिदिएको छ ।
सीएनएनले विभिन्न समाचार स्रोतहरुलाई उल्लेख गर्दै भनेको छ,‘ विश्वकप हेर्ने सबै दर्शकहरुले थाहा पाउनुपर्छ कि यो रौनकपूर्ण अवस्था कसरी र कुन मूल्यमा सम्भव भयो ? कतारमा कामदारहरुलाई कसरी व्यवहार गरियो ? यो कुरा खेलाडी र प्रायोजकले पनि थाहा पाउनुपर्छ ।’
नेपालीलगायत दक्षिण एशियाली मुलुकका आप्रवासी कामदारहरुमाथि अदृश्य मानव जसरी व्यबहार गरिएको, कयौंको ज्यान गएको, कतारको प्रचण्ड गर्मीमा जवर्जस्ती काम गराइदा रोगको शिकार हुनु परेको र कतिपय ठेकेदारहरुले नाफा कमाउने नाममा पानीसमेत पिउन नदिई जबर्जस्ती श्रम गर्न वाध्य पारेकोले हज्जारौं हज्जारको आंशु,पीडा र जवर्जस्ती श्रममा अहिलेको विश्वकप हुन लागेको कुरा विश्वकपप्रति चासो राख्ने सबैले थाहापाउनुपर्ने विषयलाई सीएनएनको समाचारले विभिन्न व्यक्तिहरुका भनाइसहित उल्लेख गरेको छ ।
कतारलाई विश्वकप आयोजनाका लागि तयार बनाइदिने कामदारहरुको जीवन मूल्य थाहा पाएपछि विश्वकपको आनन्द दिन सकिएला ? भन्ने प्रश्न तेस्र्याउदंदै सीएनएनले जवर्जस्ती घर फर्काइएकाहरु, काम गर्दागर्दै जीवन गुमाएकाहरु, जवर्जस्ती कतारको प्रचण्ड गर्मीमा काम गर्न वाध्य पारिएकाहरु, कामदारले पाउने न्यूनतम सुविधा नपाएका नेपालीलगायतका अप्रवासी कामदारहरुले क्षतिपूर्ति पाउनु पर्ने कुरामा जोड दिएको छ ।
हाम्रो सपना कहिल्यै पूरा भएन, जसले कतारको विश्वकप निर्माणमा सहयोग गरे ती अहिले बांच्नका लागि संघर्ष गर्दैछन् शीर्षकमा एइमी लेविस, प्रमोद आचार्य र सुगम पोखरेलले संयुक्त वाइलाइनमा लेखेको समाचारमा कारण नै नखुलाई कतारमा पक्राउ गरी जेलबाट सिधै नेपाल फर्काएका कमल नाम गरेका नेपालीको पीडालाई शुरुवातमै उल्लेख गरिएको छ ।
२४ बर्षीय कमल पक्राउ त परे तर उनलाई किन पक्राउ परें भन्ने पनि थाहा छैन र उनले पाउनुपर्ने ७ हजार रियाल रकम पनि अहिलेसम्म पाएका छैनन् । कतारको जेलको नारकीय जीवनबारे उनले सीएनएनलाई यसरी बताए,‘जेलभित्र एउटा कम्बल र सिरानी दिइएको थियो, ओछ्उनका लागि दिइएको म्याटमा उपियां नै उपिया थिए ।’ एउटा सानो कोठामा २४ जना नेपाली कैदीलाई संगै राखिएको पनि उनले बताए ।
सीएनएनले अर्का २७ बर्षीय हरिको कथा पनि यो समाचारमा उल्लेख गरेको छ । गर्मीका कारण सासै फेर्न गाह्रो अवस्थामा पनि आफ्नो र परिवारको जीवन पाल्न महिनाको जम्मा १७६ अमेरिकी डलरमा कतारमा काम गर्नुपरेको पीडा हरिले सुनाएका छन् ।
‘कन्स्ट्रक्सनको काम निकै गाह्रो थियो, उनले भनेका छन्, सात तलामाथिसम्म इटा, टायल बोकेर जानुपथ्र्यो र धमाधम गरेन भने ठेकेदार रिसाएर त्यो दिनको तलव नै नदिने भनेर धम्क्याउथ्यो । पाइप बिच्याउने ठाउको गहिराइमा काम गर्दा त सास फेर्न नै गाह्रो हुन्थ्यो र पानी खान पनि भर्यांग चढेर माथि आउनुपथ्र्यो कतिपय त फेन्ट भएर त्यहीं ढलेका पनि छन् ।’ उनले आफू भने त्यसरी नढलेको बताएका छन् ।
समाचारमा सन् २०१७ मा प्रकाशित भएको कार्डियोलोजी जर्नलको सन् २००७ देखि १७ सम्म कतारमा मरेका १३ सय नेपाली कामदारहरुको मृत्युको कारण अत्याधिक गर्मीमा निरन्तरको खटाइका कारण भएका हृदयघात मुख्य रहेको पनि उल्लेख गरिएको छ ।
तस्बिरहरुः सीएनएन |
वर्ल्डकपको जिम्मा पाएयता कतारमा २१ सय नेपाली कामदारको मृत्यु : न्यूयोर्क टाइम्स वासिंगटन डिसी। विश्वकप फुटबलका लागि रङ्गशाला बनाउन खटिएका हजारौं हजार नेपाली कामदारहरुमध्ये २१ सय नेपाली कामदारको मृत्यु भएको छ।
नेपाली कामदारहरुको पीडाबारे विश्वको प्रतिष्ठित अखवार न्यूयोर्क टाइम्सले एउटा प्रमुख स्टोरी प्रकाशित गरी सो कुरा उल्लेख गरेको छ।
‘विश्वकमा विर्सिएको टीम’ शीर्षकमा नोभेम्बर १६ मा प्रकाशित सो समाचारले कतारका रंगशालाहरु सिंगार्न नेपाली कामदारहरुले गरेको मेहनत र उनीहरुले पाएको दुखबारे सप्रमाण उल्लेख गरिएको छ। विश्वकप यही नोभेम्बर २० देखि कतारमा शुरु हुँदैछ।
शम्भु चौधरी नामक कामदारले विश्वकप फाइनल हुने सुन्दर स्टेडियम आफूले बनाएको गर्व गरेको प्रसंगबाट समाचार तयार पार्दै न्यूयोर्क टाइम्सले कतारलाई यत्रो उपलब्धी दिलाउने नेपाली कामदारहरुको पाएको न्यून तलब, कतारको अत्याधिक गर्मीमा गर्नु परेको काम साथै दुखद र वाध्यात्मकरुपमा परदेशिनु परेको पीडालाई उल्लेख गरेको छ।
हजारौं हजारको श्रम शोषण भएको उल्लेख गर्दै अखबारले सन् २०१० यता कतारका एक्काइस सय नेपाली कामदारहरुको मृत्यु भएको तथ्यांक पनि प्रस्तुत गरेको छ। सन् २०१० कतारले विश्वकप आयोजना गर्नका लागि अनुमति पाएको बर्ष हो।
मानवअधिकारवादी संस्थाहरुले हजारौंको संख्यामा कामदारहरु मरेको बताएको भए पनि आयोजक देश कतारले भने ज्यादै कम रेकर्डमात्र देखाएको समाचारमा उल्लेख गरिएको छ। कतारले केबल ३७ जनामात्र कामदारहरु विश्वकप फुटबलको रंगशाला निर्माणका क्रममा मरेको रेकर्ड देखाएको छ।
हजारौं हजारको श्रम शोषण भएको उल्लेख गर्दै अखबारले सन् २०१० यता कतारका एक्काइस सय नेपाली कामदारहरुको मृत्यु भएको तथ्यांक पनि प्रस्तुत गरेको छ। सन् २०१० कतारले विश्वकप आयोजना गर्नका लागि अनुमति पाएको बर्ष हो।
गरीवी, निराशा र आवश्यकताका बीचमा फसेका नेपालीहरु अहिले बेर्षेनि बैदेशिक रोजगारीको खोजीमा रहेको उल्लेख गर्दै समाचारमा चीन र भारतजस्ता महाशक्तिका बीचमा रहेको तर उद्योग र अवसरहरु नभएको नेपालमा कामदार जनशक्ति भने प्रशस्त भएको र यिनै कामदारको श्रम लिएर कतारको पुननिर्माण भएको पनि जनाइएको छ।
सन् २०१५ मा मात्र २ लाख ४ हजारले कतारका लागि श्रम स्वीकृति पाएको, गतबर्षमात्रै ६ लाख ५० हजार नेपालीहरु श्रमबजारमा खाडी मुलुक गएको र खाडीबाट फर्किने युवाहरुमा मृगौला रोग देखिने गरेको पनि समाचारमा उल्लेख गरिएको छ।
अत्याधिक गर्मीले हृदयघात हुने र यसबाट मर्नेमात्र होइन कि खाडीमा नेपाली कामदारहरुको आत्महत्याको डरलाग्दो स्थिति पनि समाचारमा उल्लेख गरिएको छ।
तारिक पान्जा र भद्र शर्माको संयुक्त वाइलाइनमा प्रकाशित सो समाचारमा नेपालबाट खाडी जाँदा गरिएका स्वास्थ्य परिक्षणका रिपोर्टहरुका उनीहरुको स्वास्थ्य राम्रो देखिने गरेको र यीमध्ये कोही उतै विभिन्न कारणले मर्ने गरेको तथा फर्किने कतिपयमा मृगौलाको समस्या देखिने गरेको र यो २० देखि ४५ बर्षसम्मका युवामा पाइएको पनि डाक्टरलाई उद्धृत गर्दै उल्लेख छ। |
श्रम मन्त्रालयले भन्यो- विचौलियाको पछि नलाग्नूस् काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया वा अन्य कुनै व्यक्तिको प्रभावमा नपर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले सेवा प्रवाह हुने निकायबाट अनलाइन माध्यमबाट नै सबै प्रकारका सेवा आ–आफ्नो स्थानबाट प्राप्त गर्न सबै सेवाग्राहीमा अनुरोध गरे । हाल सेवाग्राहीको नाममा विचौलिया कार्यस्थलमा प्रवेश गरी कर्मचारीलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेकन दबाब दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवा अनलाइन प्रणालीमा आबद्ध गरिएको उनले जानकारी दिए। सरकारले यी निकायबाट सेवा प्राप्त गर्न स्वदेश तथा विदेशमा रहेका सेवाग्राही विभाग वा कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने गरी व्यवस्था मिलाएको छ । कानुनबमोजिम लाग्ने दस्तुर अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने सेवा प्रवाहको मन्त्रालयस्तरबाट निरन्तर प्रणालीमार्फत तथा स्थलगतरुपमा अनुगमन भइरहेको सहप्रवक्ता भुसालले जानकारी दिए । मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा विभागीय प्रमुखसमेतको उपस्थितिमा सेवा प्रवाह र गुनासो सम्बोधन सम्बन्धमा सघनरुपमा छलफल गरी सोको निराकरण गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । |
खाडीका यी तीन देशमा वर्षदिनमै पाँच लाख नेपाली रोजगारी खोज्दै पुगे काठमाडौं । कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा डेढ\डेढ लाखभन्दा बढी नेपाली गएको पाइएको छ ।
एक वर्षको अवधिमा एक\एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (युएई) ।
तीनवटै देशमा गत आर्थिक वर्ष २०७८\७९ मा वैदेशिक रोजगारीको सिलसिलामा एक्एरक लाखभन्दा बढी नेपाली गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा ६ लाख ३० हजार ९० जना नेपाली विश्वका १४८ देश पुगेका थिए । तीमध्ये तीन वटा देशमा मात्र डेढ\डेढ लाखभन्दा बढी नेपाली गएका थिए ।
वैदेशिक रोजगारीमा जानेमध्ये ४९ हजार १२८ जना महिला र ५ लाख ८० हजार ९६२ जना पुरुष थिए ।
रोजगारी खोज्दै गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली साउदी अरेबिया पुगेका थिए । उक्त वर्ष १ लाख ८८ हजार ६९२ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा १ लाख ८४ हजार ९२६ हजार र युएईमा १ लाख २२ हजार ६३५ जना नेपाली पुगेका थिए । |
निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने बढे, असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति काठमाडौं। देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ।
मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन्। असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन्।
आर्थिक वर्ष २०७९÷८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। |
नेपाली नै तस्करी गरेकोमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई सजाय, व्यापारमा प्रतिबन्धको आदेश युरोप । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ।
फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई मानवतस्करीका संलग्न भएकोमा दोषी करार गरिएको हो। उनीहरु दुबैलाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ।
सापकोटा दम्पत्तिलाई पिर्कान्मा जिल्ला अदालतले जेल सजायका अलावा भारीमात्रामा क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। समाचारअनुसार, डिलारामले ३ बर्ष ८ महिना जेल सजाय पाएका छने भने उनकी पत्नी रिमाले २ बर्ष १० महिना जेल बस्नुपर्ने छ। त्यसैगरी डिलारामलाई ६ बर्ष कुनै व्यापार गर्न पाउने छैनन् भने उनकी पत्नी रिमालाई ५ बर्ष व्यापारमा प्रतिबन्ध लगाइएको छ।
सापकोटा दम्पत्तिले फिनल्याण्डको ट्यामपिरे भन्ने ठाउँमा खोलेको रेष्टुरेण्टमा नेपालबाट कामदार ल्याई जवर्जस्ती काममा लगाउने गरेको ठहर अदालतले गरेको छ।
कामदारहरुलाई विहान सबेरैदेखि राति अवेरसम्म जवर्जस्ती काममा लगाउने, उनीहरुलाई सातामा एकदिन पनि विदा नदिने र अन्य कुनै विदा पनि नदिने मात्र होइन उल्टै कामदारबाटै जवर्जस्ती हजारौं युरो रकम आफू र आफन्तका नाममा टान्सफर गर्न लगाएकोमा पनि सापकोटालाई अदालतले दोषी ठहर गरेको छ।
श्रम कानूनका कारण देखाउनका लागि तलब दिएको जस्तो गर्ने अनि दिएको तलव आफू र आफन्तका नाममा फेरि जवर्जस्ती फर्काउने काम उनीहरुले गरेका थिए। अदालतले यो दम्पत्तिलाई ६ जना नेपाली कामदारलाई पीडा दिएकोमा सजाय सुनाइएको छ।
जसमध्ये अदालतले ४ जनाको मानव तस्करी गरेको, एकजनाबाट जवर्जस्ती असुली गरेको र अर्कोलाई रोजगारीमा विभेद गरेको प्रमाणित गरेको हो। जवर्जस्ती काममा लगाई उनीहरुको कागजात नियन्त्रणमा लिएर उनीहरु र उनीहरुको परिवारसमेतलाई नेपाल फर्कादिने भन्दै तर्साउने कार्यमा संलग्न भएको आरोप सापकोटा दम्पत्तिमाथि लागेको थियो। उनीहरुको एम एण्ड रेष्टुरेण्टहरु र रेसुंगा नामको कम्पनीलाई १५ हजार युरो थप सजायसमेत अदालतले सुनाएको छ ।
फिनल्याण्डको स्थानीय संचारमाध्यमले मानव तस्करी गरेको प्रमाणित भई जेल सजाय सुनाइएका ती नेपाली दम्पत्तिको तस्वीरसमेत सार्वजानिक गरेको छ। टिमो मार्टिला नामक फोटो ग्रफरले खिचेको सो फोटोसहितको समाचार नोभेम्बर ११ तारिकको डिजिटल अंकमा बेलुकी ५ बजेर २२ मिनेट जांदा अपलोड गरिएको छ।
पिर्कान्मा जिल्ला अदालतको सजाय उल्लेख गर्दै हेल्सिगिंन सानोमात नामको पत्रिकाले लेखेको समाचारअनुसार, मानवतस्करी गर्ने यो दम्पत्ति र यिनका नामका कम्पनीले हजारौं युरो रकम क्षतिपूर्तिस्वरुप तिर्नुपर्ने फैशाला पनि अदालतले गरेको छ।
तस्वीर श्राेत : हेल्सिगिंन सानोमात |
अध्ययनका लागि जापान पुगेका १८ वर्षीय नेपाली युवकको मृत्यु काठमाडौं । दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
जापानको रयोङ्गोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो ।
युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन ।
मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो ।
आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ । |
नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन काठमाडौँ। गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया) निर्माणका लागि मार्गचित्र तय गर्न आयोजित दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे।
गौहाटी विश्वविद्यालयका विभागीय सदस्य डा. खगेन शर्मा संयोजक तथा डा• सृजना शर्मा र प्रा. देवेन शर्मा सहसंयोजक रहेको उक्त सङ्गोष्ठीमा नेपालका साथै भारतका विभिन्न प्रान्तबाट उपस्थित भएका विभिन्न विंश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्रतिनिधिहरू, भाषाविद्हरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूको उपस्थिति रहेको थियो।
उक्त सङ्गोष्ठीको समुद्घाटनका अवसरमा प्रमुख अतिथि पौडेलले नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली शब्दकोश (२०१९), नेपाली बृहत् शब्दकोश (२०४०) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) सम्म आइपुग्दा शब्दकोश निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विश्वकोश निर्माणका सम्बन्धमा पनि प्रतिष्ठानले ‘नेपाल लघु विश्वकोश’ (२०६७) निर्माण गरी यस कार्यको थालनी गरेको तथा विश्वकोशकै रूपमा ‘नेपाल दर्पण’ ग्रन्थका सात भाग निर्माण गर्ने कार्यलाई अगाडि बढाएको र लगभग १२ सय पृष्ठको ‘नेपाल दर्पण’ (मदेस प्रदेश) ग्रन्थको निर्माण भइसकेको जानकारी गराउँदै नेपालमा शब्दकोश निर्माणमा व्यक्तिगत प्रयासहरू पनि भएका र हाल गौहाटी विश्वविद्यालयले यस किसिमको सङ्गोष्ठीको आयोजना गरेर भारतमा संस्थागत रूपमा शब्दकोश र विश्वकोश निर्माण गर्ने कामको थालनी गरेकोमा आयोजकहरूलाई धन्यवाद दिए ।
सो अवसरमा प्रमुख अतिथि पौडेलले यो श्रमसाध्य विषय र अत्यन्त ठुलो आयोजना भएको हुँदा यसमा ठुलै धनराशी र समय लाग्ने कुरा उल्लेख गर्दै गौहाटी विश्वविद्यालयले थालनी गरेको यस कार्यमा बौद्धिक, प्राज्ञिक सहयोग गर्न नेपाल प्रज्ञा–प्रतिष्ठान तयार रहेको पनि बताए । सो अवसरमा प्राज्ञ पौडेलले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ विश्वविद्यालयलाई हस्तान्तरण गरे ।
उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, सिक्किम एकेडेमीका अध्यक्ष एस् आर् सुब्बा, दार्जिलिङ नेपाली एकेडेमीका अध्यक्ष डा.गोकुल सिन्हा र नेपाली प्रकाशन असमका अध्यक्ष डी.बी क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवं साहित्य अध्ययन विभागकी प्रमुख एवं असमी भाषाकी प्रसिद्ध उपन्यासकार प्रा.डा.अनुराधा शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन सत्रको सहजीकरण सङ्गोष्ठीका संयोजक डा.खगेन शर्माले गरेका थिए ।
सङ्गोष्ठीमा नेपालबाट गएका विषय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट आएका विज्ञहरूले अध्यक्षता र टिप्पणी गरेका थिए।
यस क्रममा ‘शब्दकोशका प्रकार र निर्माण’का बारेमा प्रा.डा.माधव पोखरेलले, ‘विश्वकोश निर्माणको मार्गचित्र’का बारेमा प्रा.डा.गोविन्दराज भट्टराईले, ‘विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरू’ का बारेमा प्रा.डा.हेमनाथ पौडेलले, ‘नेपाली शब्दकोश निर्माणमा प्रविधिको प्रयोग’ का बारेमा प्रा.डा.बलराम प्रसाईँले तथा ‘नेपाली शब्दकोशको इतिहास र निर्माणका समस्या’ का बारेमा डा.यज्ञेश्वर निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए।
उक्त कार्यपत्र सत्रहरूको सभापतित्व र टिप्पणी क्रमश: रुद्र पौड्याल र डा. पर्शुराम पौड्याल, डा. गोकुल सिन्हा र डा. दशरथ खरेल, प्रा. प्रतापचन्द्र प्रधान र प्रा. देवेन सापकोटा, प्रा.डा. दिवाकर प्रधान र डा. नरेशचन्द्र खत्री, प्रा. कृष्णराज घतानी र प्रा. पुष्प शर्माले गरे ।
उक्त कार्यपत्रहरूमाथि सामूहिक छलफलपछि मार्गचित्र निर्माण गरी गोष्ठीको समापन भएको थियो । गोष्ठीमा डा.खगेन शर्माद्वारा लिखित दुई पुस्तकको लोकार्पण पनि गरिएको थियो ।
सङ्गोष्ठीमा नेपाली भाषा र साहित्यको विकासका निम्ति डा. गोकुल सिन्हाको अध्यक्षतामा भारतभरिका प्रतिनिधिलाई समेटर २१ सदस्यीय नेपाली भाषा राष्ट्रिय विकास परिषद्को गठन समेत भएको छ । |
एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् ।
२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् । |
कुवेतमा अलपत्र सात कामदारको उद्धार काठमाडौँ। वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ।
नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ। अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो।
उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्। सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ।
सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ। सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ। |
अमेरिकाको भर्जिनियास्थित हर्नडन नगर परिषद सदस्यमा ढकाल निर्वाचित वासिंगटन डिसी । अमेरिकाको राजधानी नजिकको राज्य भर्जिनियाको एउटा शहर हर्नडनमा नेपाली मूलका प्रदीप ढकाल नगर परिषद् सदस्य निर्वाचित भएका छन् । नोभेम्बर ८ मंगलबार भएको सो निर्वाचनको राति अवेर आएको परिणाम अनुसार उनले ३३५० मत प्राप्त गरेका छन् ।
नेपालमा हुंदा झापा जिल्लाका बासिन्दा रहेका ढकाल अमेरिकी राजनीतिमा लाग्ने युवा पुस्ताका नेपाली हुन् । उनले यसअघि सोही पदमा दुई कार्यकाल निर्वाचित भई काम गरिसकेका छन् । विगत १० बर्षदेखि भर्जिनियाको हर्नडन शहरमा स्थायी बसोवास गर्दै आएका ढकाल स्थानीय नेपाली समुदायका संघसंस्थामा सक्रिय रुपमा सामाजिक काम गर्दै अमेरिकाको मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । कम उमेरमै स्थानीय राजनीतिमा पाएको उनको सफलताले अमेरिकाको राज्यस्तर र केन्द्रीय राजनीतिमा पनि उनका लागि बाटो खुल्ने आशा नेपाली समुदायले राखेको छ । उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००६ मा अमेरिका आएका थिए ।
ढकालले स्थानीयका समस्याहरु विद्यालयको स्तरोन्नति, समावेशिता, शहरको ट्राफिक व्यबस्थापनमा सुधारजस्ता विषयहरुलाई आफ्नो चुनावी मुद्धा बनाएका थिए । उनको विजयले मतदाताका रुपमा नेपाली मूलका समुदायको उल्लेख्य उपस्थिति नहुंदा पनि स्थानीय राजनीतिमा आफूले अघि सारेका मुद्धाहरुका कारण जनताको मन जित्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको छ । अमेरिकामा किरण सिटौला, ह्यारी भण्डारी, सरहाना श्रेष्ठ, रामचन्द्र श्रेष्ठसंगै प्रदीप ढकाल पनि नेपाली मूलका अमेरिकी राजनीतिकर्मीको लाइनमा दह्रोसंग उभिएका छन् । |
अमेरिकामा अर्को इतिहास, न्यूयोर्कको सांसदमा सराहना निर्वाचित न्यूयोर्क । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिएको न्यूयोर्क राज्यसभामा इतिहासमै पहिलोपल्ट नेपाली मूलको निर्वाचित प्रतिनिधित्व भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेकी नेपाली मूलकी सराहना श्रेष्ठले विपक्षीलाई भारी मतले पराजित गर्दै राज्य सांसद निर्वाचित भएकी हुन् ।
नोभेम्बर ८ का दिन भएको सो निर्वाचनको परिणाम राति अबेर आएको थियो । नेपालको काठमाडौंमा जन्मेकी श्रेष्ठका प्रतिष्पर्धी उम्मेद्वार रिपब्लिकन पार्टीका थिए । उनी न्यूयोर्कको डिक्ट्रिक १०३ बाट निर्वाचित भएकी हुन् । यो क्षेत्र बहुसंख्यक गोरा जातिको बसोबास भएको क्षेत्र हो । उनको क्षेत्रमा लगभग ३ प्रतिशतमात्र एशियन मूलका अमेरिकीहरुको बसोवास छ ।
न्यूयोर्कमा इतिहासमै पहिलोपल्ट नेपालीले यसरी उच्च पदमा निर्वाचित भएपछि सराहनालाई सामाजिक सञ्जालमार्फत अमेरिकावासी नेपालीहरुको बधाइको ओइरो लागेको छ । अमेरिकाभर र संसारका विभिन्न स्थानहरुबाट उनलाई बधाइको ओइरो लागेको छ ।
र, अधिकांशले अमेरिकाजस्तो देशको मूलधारको राजनीतिमा नेपाली महिलाको गर्विलो उपस्थितिले इतिहास कायम गरेको भन्दै बधाइ दिएका छन् । बिगत केही बर्षदेखि उनी जलवायु परिवर्तनका विषयमा वकालत गर्दै सामाजिक काममा सक्रिय बनेकी थिइन् । उनले वर्र्किंग क्लास (कामकाजी) जनसंख्याले केवल बांच्नमात्र होइन त्योभन्दा राम्रो जीवन पाउनुपर्छ भन्ने मूल नारालाई अघि सारेकी थिइन् ।
|
प्रवासी नेपाली मञ्चको अध्यक्षमा सञ्जय थापा, यस्तो छ नयाँ कार्यसमिति काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित भएका हुन्।
त्यस्तै, सदस्यहरूमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, महेश गिरी, कमल मणि, बलराम गिरी, डा विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा डा सरोज कणेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहरा र राजेन्द्र सिवाकोटी रहेका छन् ।
मञ्चको शनिबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय अधिवेशनको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। |
समता विद्यालयको सहयोगार्थ महजोडीको सहभागितामा अमेरिकामा कार्यक्रम वासिङ्टन डिसी । नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ ।
विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विद्यालयका अध्यक्ष तथा परिकल्पनाकार उत्तम सञ्जेल अमेरिका आएका हुन् । उक्त कार्यक्रमको सुरुआत अमेरिकाको न्यूयोर्कबाट शनिबार शुरु गरिएको छ ।
कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ कलाकार श्रेष्ठले भने, “हामी यो पटक अमेरिकामा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शैक्षिक क्षेत्रमा योगदान दिन अनुरोध गर्दै आइपुगेका छौँ ।
समता विद्यालय एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठानको नमूना भएको र यसका लागि विगत २२ वर्षदेखि एक जनाले चलाउँदै आउनुभएकाले यसमा हातेमालो गर्न अपिल गर्दै हामी आएका हौँ ।”
विभिन्न नौ वटा राज्यमा सांस्कृतिक कार्यक्रमसहित सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको जानकारी दिँदै ग्लोबल सिनेटका अध्यक्ष प्रा डा उत्तम गौलीले नेपालको रूपान्तरण शिक्षाबाट मात्र सम्भव छ भन्ने विश्वासका साथ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान भएको बताए ।
उनका अनुसार शिक्षा क्षेत्रमा समता विद्यालयले सञ्चालन गरेको विद्यालयहरूलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीहरुलाई निश्चित शुल्क तिरेर सिनेटरको उपाधि दिइने छ । यसरी उपाधि प्राप्त गरेका व्यक्तिले विद्यालयको सञ्चालनका लागि विभिन्न नीति नियम तय गर्न तथा रणनीति निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
गौलीले भने, “अमेरिकामा नेपाली समुदायले व्यक्त गरेको चासो र प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।” शनिबार न्यूयोर्कमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको थियो ।
समता ग्लोबल सिनेटको आयोजनामा भएको बृहत् सुशोभन समारोह तथा सांस्कृतिक साँझमा नेपालीहरूको उल्लेख उपस्थिति थियो ।
मातृभूमिमा शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आरके फाउण्डेशन अमेरिकाको सहकार्यमा आयोजित समता साँझमा गायक रामृष्ण ढकाल, विमल डाँगी, निशा सुनारलगायत एक दर्जन कलाकारले गायन तथा नृत्य प्रदर्शन गरेका थिए । साथमा मह जोडीले समेत प्रस्तुति दिएको थियो ।
नेपालको ७७ जिल्लामा नै खोलिएका विद्यालयहरूमा समता विद्यालयमार्फत करिब ५० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय रुपैयाँँ शुल्कमा कक्षा १ देखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने विद्यालयको संरक्षकमा महजोडी रहेका थिए । |
अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूत मेलबर्न । अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन (दिबेश पोखरेल) लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूतमा नियुक्त भएका छन् ।
आर्थरलाई बुद्धको जन्मस्थलका बिषयमा रहेको विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले सिर्जित विश्वव्यापी अभियान लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठद्वारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो ।
Maven Entertainment र S-Events & Multimedia द्धारा संयुक्त रुपमाआयोजना गर्न लागिएको MAVEN NIGHT Feat. ARTHUR GUNN (American Idol 2020 – Runner-Up) का लागि मेलबर्न आइपुगेका आर्थरलाई म्याजिक मम क्याफे फुटस्क्रेमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा श्रेष्ठद्धारा अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको हो ।
अभियानले उद्देश्यप्राप्ती कार्यमा आ-आफ्नो कामका आधारमा योगदान पुर्याएका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र राजदूतहरुलाई समेत सम्मान गरिसकेको छ । नेपाल र नेपालीको शिर उँचो बनाउन योगदान पुर्याउँने राष्ट्रिय अन्तरराष्ट्रिय सेलिब्रेटीहरुलाई अभियानको दूत नियुक्त गरी सम्मान गर्दै आएकाले आमेरिकन आइडलमा सहभागी भएर २०२० मा रनरअप बनी नेपाल र नेपालीको शिर उँचो राख्न योगदान गरेका कारण आर्थर गनलाई अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
आर्थर गनलाई श्रेष्ठले दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि श्रेष्ठले अभियानले अभियानद्धारा अन्तरराष्ट्रिय महत्व राख्ने उपलब्धीका बारेमा संक्षेपमा जानकारी दिएका थिए ।
आर्थर गनले अस्ट्रेलियाका मुख्य शहरहरुमा आफ्नो प्रस्तुति दिनेछन् । मेलबर्नपछि उनले १७ नोभेम्बरमा सिडनीमा प्रस्तुति दिनेछन् । मेलबर्नको उनको प्रस्तुतिमा भ्वाइस अफ नेपाल २०१८ का रनरअप कुशल आचार्य र भ्वाइस अफ नेपाल -३ को उत्कृष्ठ १० मा पर्न सफल निहारिका ज्ञवालीले पनि साथ दिनेछन् ।
|
बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी लन्डन। बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ। लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ।
कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन्।
मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन्। उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ।
प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ।
विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन्। |
‘प्रवासमा रहेका नेपालीले परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउन सल्लाह दिनुपर्छ’ काठमाडौं । आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गदै डिसी नेपालले नेपालको चुनावमा प्रवासको मत कार्यक्रम ल्याएको छ । दर्शकहरु माझ निकै रुचाइएका कार्यक्रम प्रस्तोता अर्जुन दाहाल (नुन चिनी पानी अमेरिकाका अभियन्ता) र कविन्द्र सिटौलाले संयुक्त रुपमा सञ्चालन गर्ने कार्यक्रम प्रत्येक दिन अमेरिकाको बिहान ८ बजे (न्युयोर्क समयमा) प्रशारण हुनेछ ।
शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुले पनि राम्रा मान्छेलाई जिताउन प्रोत्साहन गर्नुपर्ने बताएका छन् । प्रवासमा रहेका लाखौँ नेपालीहरुले मतदान गर्न नपाएपनि आफ्ना परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउने सल्लाह दिन आग्रह गरेका छन् ।
आगामी निर्वाचन देशको मुहार फेर्ने सुनौलो अवसर रहेको भन्दै उनले त्यस अवसरमा पार्टीका कार्यकर्ताहरु पनि नेताको पकेट बन्न नहुने तर्क गरेका छन् । प्रवासमा रहेका कार्यकर्ताहरुले पनि पहिला देश अनि पार्टीबारे सोच्नुपर्ने उनको भनाई थियो ।
स्थानिय तहमा काठमाडौं महानगरपालिकामा आएको मतपरिणामको उदाहरण दिँदै श्रेष्ठले प्रवासमा रहेका अधिकांश युवाहरुको सल्लाह सुझावले देशमा राम्रो मान्छे चुनिने अवसर आउने बताए । प्रवासमा रहेपनि पार्टीप्रति आस्था राख्नेले पनि पार्टीमा भएका राम्रा मान्छे जिताउनुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा वरिष्ठ गायक प्रेमराजा महतले नेपालमा जन्मेर जुनसुकै देशमा गएपनि हामी नेपालकै रुप भएकाले देश बनाउनमा प्रवासीको महत्वपूर्ण भुमिका हुने बताएका छन् । हालको चुनावमा विश्वभरीमा रहेका नेपालीहरुले राष्ट्रलाई चाहिने मान्छे चुन्न मद्दत गर्नुपर्ने उको भनाई थियो ।
एनआरएनए अमेरिकाकी महिला उपाध्यक्ष दिक्षा बस्नेतले प्रवासबाट आचारसंहितामा सुशुचित गराउने भुमिका पनि खेल्न सकिने बताएकी छन् । उनले चुनावमा महिलाको कम उमेरद्वारी परेको प्रसंगमा उमेरद्वारी कम भएपनि महिलाको सहभागिता उल्लेख्य हुनुपर्ने बताइन् । महिलाहरुले पनि राम्रो मान्छे चुन्न सहयोग गर्नुपर्ने उनको धारणा छ ।
शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालले अहिलेको राजनीतिमा शिष्टाचार नहुने तर्क दिए । उनले आगामी निवार्चबाट राजनीतिमा शिष्टाचार पनि सँगै लैजान प्रवासीहरुले भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा गोपी उप्रेती, शैलेश श्रेष्ठ, हेमराज भट्ट लगायत विशिष्ठ अतिथिहरुको पनि सहचागिता रहेको थियो । प्रत्येक दिन अमेरिकामा बिहान (नेपालमा साँझ) प्रशारण हुने कार्यक्रममा नेपालको चुनावमा प्रवासको चासो, भुमिका आदि विषयमा छलफल हुनेछ । |
डेंगुका कारण माल्टामा नेपाली युवतीको निधन काठमाडौँ। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो।
माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो।
अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको छ। बिनिताले कम्पनिमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ/ तिर्दैन यकिन भइसकेको छैन। यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुः ख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ। |
प्रवासी नेपाली मञ्चको अभिवेशन १९ र २० गते काठमाडौंमा काठमाडौं । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौंमा हुने भएको छ ।
मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी “सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूलनाराका साथ काठमाडौंमा अधिवेशन आयोजना गर्न लागिएको जनाकारी दिएको हो । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन ।
अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ । प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहेका छन् । सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिए । |
नेपालको याद आइरहन्छ- पूर्व राजदुत सेफर जर्मनी । नेपाली जर्मन एसोसियसनले जर्मनीको राजधानी बर्लिनमा म्हपुजा, नेपाल सम्वत तथा तिहार पर्व भव्य रुपमा मनाएको छ । कार्यक्रममा नेपालका लागि पूर्व जर्मन राजदुतहरु रोनाल्ड सेफर, भेरेना ग्रेफिन भोन रोडेर्न, फ्रांक माइक र जर्मनका लागि नेपाली राजदुत रामकाजी खड्का लगायत करिब १ सय जर्मन र बाक्लो रुपमा नेपाली समुदायको उपस्थिती रहेको थियो ।
आयोजित कार्यक्रममा शुभकामना दिदै राजदुत खड्काले आत्मालाई भगवान मान्न सिकाउने म्हपुजा नेवार संस्कृतिले स्थापना गरे तापनि यो पूजालाई सबै जातजातिका मानवले मनन गरेर आफैंलाई चिन्ने अवसरको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुने सन्देश दिए ।
२०१७ देखि २०२१ सम्म नेपालका लागि जर्मन राजदुत रहेका सेफरले नेपाल एक संस्कृतिले भरिपूर्ण रहेको देश भएको भन्दै परदेशमा पनि नेपाली समुदायले आयोजना गरेको कायत्र्रmममा उपस्थित हुन पाउँदा गर्व महसुस गरेको बताए। नेपालबाट फर्केपछि नेपालको याद आइरहेको बताउँदै उनले यस कार्यक्रमले नेपालीपन आभाष गराएकाले आफू प्रफुल्लित भएको प्रतिक्रिया दिए । त्यसैगरी पूर्वराजदुतद्धय ग्रेफिन भोन रोडेन र माइकले पनि नेपालको धर्म संस्कृतिको प्रसंशा गर्दै नेपालको प्राकृतिक सुन्दरताको समेत बयान गरेका थिए । उपस्थितहरुलाई नेपाल भ्रमणको आग्रह गर्दै प्राकृतिक र सांस्कृतिक आनन्द लिन उनीहरुको आग्रह थियो ।
संस्थाका महासचिव राजेन्द्र स्थापितले नेपालको सामाजिक परिवेश नियाल्दा आफ्नै मौलिक संस्कृतिबारे नयाँ पिंढीहरू अनभिज्ञ हुँदै गइरहेकाले यसरी देश विदेशमा चाडपर्व मनाउँदा त्यसको महत्व र औचित्यको जानकारी नयाँ पिंढीमा संचार हुने विश्वास व्यक्त गरे। कार्यक्रम संचालक समेत रहेका स्थापितले सन् १९९१ मा स्थापना भएको संस्थाले नेपाल र जर्मनीवीच विविध कार्यक्रमहरु गर्दै आइरहेको बताए। नेपाली जर्मन एसोसियसनले भुकम्पका बेला नेपाल र नेपालीसँग जोडिनको लागि विभिन्न संघ संस्था र जर्मनहरुसंग हातेमाले गरेको स्मरण गरे। संस्थाका अध्यक्ष टोर्स्टेन फ्रांकले नेपालमा आफुहरुले महिला फाउन्डेसन, विद्यालय साझेदारी, विगु गोम्पा, महिला फुटबल लगायतका कार्यक्रमहरु संचालन गरेको जानकारी गराए।
संस्थाकी उपाध्यक्ष श्रीष्टिना स्थापितले महिला फुटबल क्लव भक्तपुर सुटर गर्ल्सको बारेमा जानकारी दिदैं आगामी दिनमा पनि सगैं सहकार्य गरेर अघि बढ्ने जानकारी दिइन् ।
कार्यक्रममा दीप राना, विमिप लगायत टोलीले सांगितिक मनोरन्जन दिलाएका थिए भने निलुफा मुनानकर्मी, महिमा पाण्डे, लक्ष्मी परियार, सन्तोष विस्ट लगायतले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रत्येक बर्ष तिहारमा आयोजना हुँदै आएको कार्यक्रम कोरोनाका कारण पछिल्ला दुइ बर्ष स्थगित हुन पुगेको थियो ।
|
जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र जुम्ला। वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन्। काठमाडाैंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन्।
अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका-२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए। साउदीकाे लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामकाे पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए। उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाकाे अर्को कम्पनीमा पठाएको थियाे।
साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन्। उनले भने, ‘त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्याे।’
कुटपीटपछि तीन जनालाई प्रहरीको भ्यानमा राखेर हिरासतमा लिन लागेको थियो। त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो। उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ।
अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेकाे आराेप लगाएका छन्। बुढाथाेकीले भने, ‘म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेकाे छ। घटना भएकाे ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।’
जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए। उनले भने, ‘आफुसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेकाे छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु।’
उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन्। उनले भनिन्, ‘अहिले दुवै जनाले फोन उठाउँदैनन्। पैसा खाए । राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलोभवनमा पारियाे। अहिले सास्ती खेप्नुपरेको छ।’
उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए। |
अमेरिकाको मेरिल्याण्डमा मनाइयो छठपर्व मेरिल्याण्ड । सात समुद्र पारी अमेरिकाको लोक आस्थाको पर्व छठ मनाइएको छ । यो लोक पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन नेपाल शिक्षा तथा सास्कृतिक केन्द्रद्वारा मेरील्यान्डस्थित पशुपति९बुद्ध मन्दिर परिसर जर्मनटाउनमा यस पर्वको छठ आयोजना गरेका थिए।
शुक्रबार बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजा आजा गरेर मनाइयो। शनिबार बेलुका खर्ना, आइतबार “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो।
कार्यक्रममा नेपालीहरुको निकै नै बाक्लो उपस्थिती थियो । कार्यक्रममा बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बरिष्ठ कलाकार प्रेम राजा महत लगायतको पनि उपस्थिती थियो।
|
कोरियाको गुम्बामा सीताको सोडष नृत्य (तस्वीरहरु सहित) दक्षिण कोरिया। दक्षिण कोरियाको राजधानी सिओलको एउटा गुम्बामा नेपालकी चर्चित शास्त्रीय नृत्यंगना सीता सुवेदीले सोडष लाश्ये नृत्य प्रस्तुत गरेकी छिन्।
कोरियन भिक्षुणीले संगीतमय मेडिटेशन हिलिंगसमेत गरेको अक्टोबर ३० तारिकको सो कार्यक्रममा परम्परागत चर्या र कत्थक नृत्यमा समेत पारङ्गग सीताले बौद्ध परम्परामा आधारित सो नृत्य प्रस्तुत गरेकी थिइन्। नेपाल बौद्ध परिवार कोरियाले सो कार्यक्रमको आयोजना गरेको थियो।
एउटामात्र खुट्टाको सहाराले तर निर्वाध र सम्पूर्णभावसहित जोडदार नृत्य गर्न सक्षम ठानिएकी सीताले कोरियाको गुम्बामा प्रस्तुत गरेको नृत्यपछि उनलाई दोसल्ला ओडाएर सम्मान पनि गरिएको थियो। नेपाल बौद्ध परिवार कोरियाले उनलाई सम्मान गरेको हो।
‘यो मेरो हृदयले चाहेको कार्यक्रम थियो, गुम्बको शान्त वातावरणमा परम्परागत नृत्य गर्न पाउँदा आफूले पनि शान्ति महसुस गरेकी छु’ कार्यक्रमपछि डिसी नेपालसँग कुरा गर्दै सीताले भनिन्।
सीतको सहभागितासहितको कार्यक्रमको चाँजोपाँजो भिक्षु पेमा कुन्साङले संयोजनमा भएको थियो।
|
दिदी-बहिनी समाज भिक्टोरियाद्वारा म्हः पूजा सम्पन्न मेलबर्न । दिदी-बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाले ॐ ध्वनी उच्चारण र हाँस्य योगसाथ बहुजातीय सक्रियता र सहभागितामा म्हः पूजा सम्पन्न गरेको छ ।
फरक, सहभागितामूलक, सिर्जनशिल, महिला सशक्तिकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरुका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल दिदी-बहिनी समाजले आसन ग्रहण गराउने र प्रमुख अतिथि बिना नै म्हः पूजा सम्पन्न गरेको हो ।
म्हः पूजामा आत्मपुजन गरिने भएकोले नेवार समुदायले गरिने गरिएको यो चाडलाई नेवार समुदायमा मात्रै सीमित नगरी अन्य समुदायले पनि गरिनु उपयुक्त हुने र यस्लाई ध्यानसँग पनि जोडिनु उपयुक्त हुने भन्दै गत बर्षदेखि म्हः पूजा गर्दा ॐ ध्वनी उच्चारण गरी गर्ने गरिएकोमा यो पटकको म्हः पूजामा बुद्धिज्म लगायत बिभिन्न ११० पुस्तकका लेखक एवं सम्पादकको भूमिका निर्वाह गरिसकेका डा किशोर बैद्यले हास्य योगको सैद्धान्तिक पक्षको बारेमा बताएर सहभागीहरुलाई हास्य योग गराएका थिए ।
हास्य योग गर्नु अघि दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्षले सहभागी सबैलाई आँखा चिम्लेर पहिला लामो लामो स्वास लिन लगाएर ॐ ध्वनी उच्चारण गर्न लगाएका थिए ।
दिदी-बहिनी समाज भिक्टोरिया वेष्टकी संयोजक रोशनी श्रेष्ठद्धारा कार्यक्रमको शुरुमा म्हः पूजाको सैद्धान्तिक पक्षमाथि प्रकाश पारिएको थियो ।
दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुलीले संस्थाको एउटा प्रमुख उद्धेश्य सहभागितामूलक तवरबाट संस्कृतिको संरक्षण र सम्बर्द्धन प्राप्ती कार्यको राम्रो उदाहरण बन्न पुगेको म्हः पूजा कार्यक्रममा नियमीत रुपमा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।
लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले हाम्रो फोक्सोमा करीब एक करोड छिद्रहरु हुने, तर हामीद्धारा प्रायः छोटो छोटो स्वास लिने गर्नाले करीब चालिस हजार छिद्रहरुले मात्रै काम गर्ने र काम नगरिएर बुझिएका अधिकाधिक छिद्रहरुलाई बिस्तारै खुलाउँदै लैजाने सबैभन्दा राम्रो विधि प्राणायामकै सहयोगी कार्यको रुपमा हास्य योगलाई लिन सकिने बताए ।
म्हः पूजा गर्ने सबैलाई ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) द्धारा टीका लगाइदिने, पूजा गर्ने र घ्वाल्ल गर्ने गरिएको थियो । |
कोरियालीको महान चाडमा नेपाली लोक तथा दोहोरी कोरिया। नेपाली चाडपर्वहरुलाई दक्षिण कोरियाबासी नेपालीमाझ भव्य बनाउन सक्रिय रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले कोरियालीहरुको महान चाड सलनाल पनि नेपाली लोक गीतहरुसहित मनाउने निर्णय गरेको छ। सलनाल धमाका-२०२३ नाम दिइएको सो कार्यक्रम जनवरी २२ तारिकका दिन तय गरिएको छ।
अक्टोबर २३ तारिक आइतबार बसेको कोरिया शाखाको बैठकले कोरियाको महान चाड सलनालमा पनि नेपाली लोक संस्कृतिका माध्यमबाट मनोरञ्जन गरी उत्सव मनाउने निर्णय गरेको हो।
लोकप्रिय सर्जक सिपी मगरको संरक्षकत्वमा तथा जितनभाइ श्रीसको अध्यक्षतामा गठित सो संस्थाले स्थापनाकालको छोटो समयमै बिभिन्न सामाजिक कार्यहरुमा सक्रियरुपमा लागिपरेर कोरियाबासी नेपालीमाझ लोकप्रियता कमाएको छ।
विशुद्ध नेपाली मौलिक लोकगीत तथा लोक कला संस्कृतिको संरक्षण तथा सम्वर्दन गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले प्रवासमै रहेर पनि दक्षिण कोरियामा रहेका नेपालीहरुलाई बेला बेलामा नेपाली चाडपर्व तथा कोरियन पर्वहरुमा मनोरञ्जन दिँदै आइरहेको छ। सो संस्थाले नेपालमा लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय भवन निर्माणमा रू. दस लाख सहयोग गरेको थियो।
महामारीकै बीच सुरज केसीको अध्यक्षतामा दोश्रो कार्यसमिति बनेको थियो। केसी नेतृत्वको कार्यसमितिले हरेक बर्ष नेपालमा प्रतिभावान नवकलाकारहरुलाई “लोक दोहोरी नव प्रतिभा पुरस्कार “ दिने घोषणा गरेअनुसार पहिलो बर्ष कलाकार रेशम निर्दोष र डिला बिकलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
गत सेप्टेम्बरमा फेरि खिम छन्त्यालको अध्यक्षतामा तेश्रो कार्यसमितिको गठन भएपछि कोरियाली चाड सलनालको उपलक्ष्यमा समेत नेपाली सांस्कृतिक कार्यक्रम तय भएको छ।
राजधानी सिओलमा हुने सो कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरिया शाखाका कलाकारहरुको लाईभ बाजासहित भव्य रुपमा मनाउने भएको कुरा अध्यक्ष खिम छन्त्यालले जानकारी दिए।
उक्त दिन कुनै पनि नेपाली संघसंस्थाले कार्यक्रम नजुधाई सहयोग गरिदिनको लागि प्रतिष्ठान दक्षिण कोरिया शाखाले अनुरोध समेत गरेको छ।साथै कलाकारहरुको छनोट केही दिन भित्रै गर्ने र विस्तृत जानकारी छिट्टै नै सार्वजानिक गरिने प्रतिष्ठानका संरक्षक जीतनभाइ श्रीसले बताए। |
अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन् ।
कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी रहेको छ । उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिस्पर्धा गर्नुहुनेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डा ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ हुन्। भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार वनेका हुन् । सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छन् ।
सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी थिइन् । सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छन् ।भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन् ।
उहाँले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फवाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाउनु भएको हो ।भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफनो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा हुनुहुन्छ । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उहाँको भनाइ छ ।
उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उमेद्वारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् । भण्डारी आफनो निर्वाचन क्षेत्रमा आफनो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन् । उनले सन् २०१८ मा व्यक्त गर्नु भएको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए ।
यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ । उनको क्षेत्र ३ जनाले प्रतिनिधित्व गर्छन् ।भण्डारीले भन्छन्, ‘‘मैंले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिवद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु । करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरु मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन् ।
मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटिमा बसेर काम गरेका भण्डारी आफनो चार वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन् । उनी भन्छन्,‘‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्यौं । यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो । महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम ग्यौं ।’’
उक्त समितिमा वसेर लङ्ग टर्म केयर, जेष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफनो कार्यकाल सफल भएको भण्डारी टिप्पणी गर्छन् ।
नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको बताउँदै उनी भन्छन्, ‘‘कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँं । दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका भण्डारीले कोरोना महामारीको वीचमा एक हजार पाँच सय नेपालीको वेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए । भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रुपमा नआएको भन्दै राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन् ।
भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुमहरुको निर्माणको लागि भनेर पाँच लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन्। सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उमेदवार वाराक ओवामाको चुनावी अभियानमा स्वयंसेवक बनेका भण्डारीले यो १४ वर्षको बीचमा धेरै कुरामा पहुँच राख्न सकेका छन् ।
मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहेका भण्डारी अपरान्ह ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्छन् । उनी भन्छन्, ‘‘मैले आफनो पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टीममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु ।’’ भण्डारी दोस्रो कार्यकालको लागि उमेदवार बनेका छन्। उनले यसपटक जीत हासिल गर्नु भएको खण्डमा दोस्रो कार्यकाल अमेरिकाको मूलधारको राजनीतिमा विजय हुने उनी एक मात्र व्यक्ति हुनु हुनेछ ।
उता सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दे आएका वहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेकी हुन् । उनको पहिलोपटकको राजनीतिक यात्राले नै नयाँ उचाई हासिल गर्न सकेको छ । पर्यावरणको क्षेत्रमा काम गर्ने श्रेष्ठले आफनो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेकी छन् । उनले ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएकी छन् । यी नारा तय गर्नुमा आफनो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउँछिन् । उजले भनिन्, ‘‘यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नु परेको छ । यसलाई मैले मुख्य मुद्दा बनाएको छु । मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरु निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो । यसको लागि कतिपय विलहरु बनाउनु पर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ ।’’
उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश गरिएको छ । उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाउनु भएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेका छन् । उनीलगायत न्यूयोर्क राज्यका चार एसेम्बली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुर्याएको छ ।
सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी थिइन् । सहना भन्छिन्, ‘‘मैले उमेदवार हुने सोच बनाएको एक वर्ष भयो । यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ ।’’ उनी आफ्ना पतिसहित न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी छन् । उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत रहेकी छन् । श्रेष्ठ भन्छिन्,‘‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो ।’’
यसपटकको निर्वाचनमा दुई जना मात्र निर्वाचनको मैदानमा भएपनि विगत वर्षहरुमा अनेकन राज्यहरुमा नेपालीहरुले उमेदवारी दिदै आएका छन् । तर अहिलेसम्म सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैंनन् ।यसरी अमेरिकाको राजनीतिमा होमिनेहरु दर्शन रौनियारले सन् २०१२ मा वाशिङ्गटन स्टेटको कंग्रेसनल डिष्ट्रिक १ वाट निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो तर उहाँले प्राईमेरी निर्वाचन मा नै पराजय भोग्नु परेको थियो ।
यसैगरी टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिष्ट्रिक ९२ वाट उमेदवार वनेका दिनेश शर्माले पनि यस पटकको लागि प्राईमेरी निर्वाचनमा पराजयको सामना गर्नु परयो । नेपाली अमेरिकन मतदाताहरुको राम्रो मत भएको स्थानमा पनि शर्माले जीत हासिल गर्न सकेनन् । राज्य तहको निर्वाचन वाहेक स्थानीय तहको निर्वाचनमा भने नेपालीले जीत हासिल गरेका छन् । भर्जिनियाको हरडनको काउन्सिल मेनको रुपमा प्रदीप ढकाल कार्यरत छन् । यसैगरी मेरिल्याण्ड राज्यको ईण्डियाना हेड सिटीको भाइस मेयरको रुपमा किरण सिटौलाले काम गरिरहेका छन् । उता कनेक्टिकट राज्यको वेडफर्डमा काउन्सिल मेनको रुपमा राम श्रेष्ठले काम गरिरहेका छन् ।
यसैगरी टेक्सासमा रहेको युलेस सिटीको काउन्सिल सदस्यको रुपमा टीका पौडेलले गत वर्ष भएको निर्वाचनमा विजयी हासिल गर्नु भएको थियो । यस्तै ओहायो राज्यमा रहेको भुवन प्याकुरेल काउन्सिल सदस्यको रुपमा काम गर्नु भएको छ । प्याकुरेल भुटानी अमेरिकन हुनुहुन्छ । प्याकुरेल आप्रवासन पुनस्थापना अन्र्तगत अमेरिका आइपुग्नु भयो । उहाँले ओहायो राज्यमा सिटी काउन्सिलमा विजय हासिल गर्नु भएको छ । प्याकुरेलले नेपाली भाषीको सेवामा आफूले काम गरेको बताउनुहुन्छ ।
टेक्सासमा नै मोहन ज्ञवालीले सिटी काउन्सिल सदस्यमा उमेदवारी दिएका थिए तर उनले पनि पराजयको सामना गर्नु पर्यो । अमेरिकामा रहेका नेपालीहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिमा होमिएका छन् । यसले गर्दा यहाँको मूलधारको राजनीतिमा नेपालीहरुको सहभागिता वृद्धि भएको छ । सन् २०१८ को हयारीको निर्वाचनमा विजयी गराउन नेपालीहरुको फर्सिको मुन्टाको डिप्लोमेशीले काम गरेको थियो ।
यस अन्र्तगत नेपाली अमेरिकनहरुले आफनो घरको करेसावारीमा फलेको हरियो सागसव्जी आफना छिमेकीहरुलाई दिएर भावनात्मक रुपमा नजिकका साथी वनेका थिए । कतिपय अवस्थामा त्यस्ता छिमेकीहरुले समेत मतदानमा भाग लिएर मत दिएका थिए । यसैले यहाँका स्वतन्त्र अध्येताहरु फर्सिको मुन्टा डिप्लोमेसीको रणनीति चुनावी अभियानमा फलदायी भएको वताउँछन् ।
टेक्सासमा बसेर वित्तीय साक्षरता अभियानमार्फत समुदायलाई सहयोग गर्दे आएका गगन केसी अमेरिकाको राजनीतिमा बढीभन्दा बढी सहभागिताको खाँचो रहेको बताउँछन् । कतिपय विषयमा कानून, विधिविधान र अधिकारको बारेमा जानकारी लिन पनि राजनीतिक सहभागिताको खाँचो रहेको उनी बताउँछन् ।
नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका उपाध्यक्ष अर्जुन हमाल अझै नेपाली अमेरिकीले यो मूलधारको राजनीतिमा सक्रिय सहभागिता जनाउन नसकेको बताउँछन् । उनी थप्छन्,‘‘हामीले एक जना डेलिगेट निर्वाचित गर्दा त सरकारी सेवा, सुविधामा यस्तो पहुँच स्थापित गराउन सफल भएका छौंँ भने अझ धेरै निर्वाचित प्रतिनिधि भएको खण्डमा धेरै काम गराउन सकिन्छ ।’’
टेक्सासमा रहेका टीका पौडेलको चुनावी अभियानमा खटेका नेपाल–अमेरिका पत्रका सङ्घ नेजाका अध्यक्ष विकासराज न्यौपाने अमेरिकाको स्थानीय तहको सरकार सञ्चालनको प्रक्रिया सिक्न स्थानीय तह, राज्य स्तरको लागि राज्य तहको र सङ्घीय सरकारको लागि कंग्रेस सिनेटको अभियानमा सहभागी हुनु पर्ने बताउँछन्। न्यौपाने भन्छन्, ‘‘अमेरिकाको राज्य सञ्चालनको बारेमा बुझन निर्वाचनमा होमिनु भएकाहरुलाई हरेक तबरले सहयोग गर्नु पर्ने हामीहरुको दायित्व पनि हो ।’’
अमेरिकामा राजनीति गर्न महत्वपूर्ण पाटो आर्थिक पक्ष हुन्छ । आफना तल्लो एकाईका नागरिकले दिने चन्दा, स्थानीय सङ्घसंस्थाले दिने चन्दा र कर्पोरेट चन्दाका आधारमा उमेदवारको क्षमता मापन गरिन्छ । यसरी उठाइएको चन्दाको महत्वपूर्ण हिस्सा आफनो एजेण्डा समेटेर पठाइने चिठी र पर्चाहरुमा बढी खर्च हुन्छ । यसैगरी डिजिटल विज्ञापन र कार्यालय व्यवस्थापनको लागि समेत सोही चन्दाको आधारमा खर्च गर्नुपर्ने हुन्छ । यसरी सङ्कलन गरिएको रकम, व्यक्तिको विवरण र खर्चसमेत सम्बन्धित राज्यको निर्वाचन कार्यालयमा हरेक तीन÷तीन महिनामा बुझाउनु पर्ने हुन्छ ।
कुन राजनीतिज्ञलाई कसले, के कति सहयोग गरे रु र उनीहरुले केके शीर्षकमा खर्च गरे भन्ने जानकारी मतदाताले पाउँछन् । आर्थिक पक्षको पारदर्शितालाई यहाँ प्रजातन्त्रको महत्वपूर्ण आधारशीलाको रुपमा लिने गरिन्छ । सन् २०२० को राष्ट्रपतिको चुनावलाई आधार मानेर यस चुनावलाई मध्यावधी चुनाव भनिन्छ । अमेरिकाको राजनीतिमा यस्तो चुनाव दुई वर्षअघि राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपतिले गरेका काम कारवाहीलाई नागरिकले कसरी हेरेका छन् भनेर गरिने जनमतसङ्ग्रह पनि हो ।
आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा ३४ सिनेटर, ४३५ कंग्रेस मेन र ३६ वटा राज्यको गभर्नरको लागि निर्वाचन हुने भएको छ । यसैगरी कतिपय राजयका जनरल एसेम्बली, काउन्टी एक्जुकेटिभलगायत स्थानीय निकायमा सरकार सञ्चालन गर्ने पदाधिकारीको निर्वाचन हुनेछ । अमेरिकाको राज्य सञ्चालनमा स्थानीय, राज्य र सङ्घीय गरेर तीन तहको सरकार सञ्चालनमा रहेको छ । यी सबै तहका निर्वाचन नोभेम्बर ८ तारिखको लागि तोकिएको छ । तर चुनाव हुनुभन्दा अगाडि ‘अर्लिभोटिङ्ग’मार्फत नागरिकले मतदान दिन पाउँछन् भने हुलाकी चिठी पत्रमार्फत पनि नागरिकले मतदानमा सहभागिता जनाउन सक्छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव भने आगामी दुई वर्ष पछि अर्थात सन् २०२४ मा हुनेछ ।
सिनेटमा ४८ डेमोक्रयाट, ४८ रिपबिलकन र दुई स्वतन्त्र सिनटेरहरु रहेका छन् । कुनै विधयेकमा बराबर मत परेको खण्डमा उपराष्ट्रपतिले मतदान गरेर बहुमत कायम हुने व्यवस्था छ । यसैले डेमोक्रयाट पार्टी र रिपब्लिकन पार्टी दुवै सिनेटमा वहुमत सदस्यको जीत हासिल गर्न चाहन्छन् । |
दक्षिण कोरियाको महोत्सवमा सीताको नृत्य, १५ मुलुक सहभागी सिओल। दक्षिण कारियामा सम्पन्न अन्तर्राष्ट्रिय महोत्सवमा नेपालकी नृत्यंगना सीता सुवेदीले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्।
आफ्नो एकमात्र खुट्टाले पनि लोक तथा कथक विधामा प्रखर नृत्य गरेर विश्वभरका नेपालीमाझ निकै चर्चित बनेकी उनले सो महोत्सवमा ‘मखमली चोलो चाहिँदैन’ भन्ने गीतमा नाचेकी थिइन्।
उनीसहित नेपालबाट आएका चर्चित कलाकारहरु धर्मेन्द्र सेवान र तृष्णा गुरुङले नेपाली सहित विभिन्न मुलुकका दर्शकहरुलाई आफ्नो गीतसंगीतमार्फत् मनोरञ्जन प्रदान गरका थिए।
विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल (माम्फ) आइतबार सकिएको छ।
ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटीले आयोजना गरेको १७ औं माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल २०२२ मा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन्स, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया गरी १५ मुलुकको सहभागिता रहेको थियो।
छाङवन शहरको योङजी पार्कमा गत शुक्रबारदेखि आइतबारसम्म चलेको तीनदिने मल्टिकल्चरल फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतिसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कला प्रदर्शनी र विविध सामग्रीसहितको स्टलहरु राखिएका थिए।
प्रवासीहरुका लागि गरिने कोरियाकै सबैभन्दा ठुलो महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतसहित उच्च निकायका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो। उक्त महोत्सवमा हरेक मुलुकबाट आएका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका थिए।
ग्लोबल माइग्रेन्ट्स डान्स अडिसनमा नेपाली टिमबाट छानिएका कलाकार आरती चौधरी र सुबी मानन्धरले स्टेजमा नृत्य गरेका थिए।
महोत्सवको अन्तिम दिन भएको बहुसांस्कृतिक विविधता परेडमा ३० लाख वनसहित मंगोलियाको समुह प्रथम भएको थियो। करिव २४ हजारको सहभागिता रहेको उक्त फेस्टिवल कोरोनाका कारण दुई वर्ष अनलाइन कार्यक्रम गरिएको थियो। |
गोरखा ग्लोबल समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा हङकङका ढकाल निर्विरोध गोरखा । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था गोरखा ग्लोबल समाजको नयाँ नेतृत्व हङकङका गोर्कण ढकालको काँधमा परेको छ ।
गोरखास्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन् ।
ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुन् ।
यस्तै उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), कृष्ण भट्टराई (कतार), आकाश बन्जरा (हङकङ), वम बहादुर बम (बेलायत),कमला काप्री (बेलायत) र गणेश लामिछाने चयन भएका छन् ।
यसैगरी जापान निवासी विराट खनाललाई महासचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै सचिवमा बेल्जियमका मदन दवाडी र मलेसियाका प्रेम पाण्डे चयन भएका छन् ।
यस्तै बेलायतका ज्ञानेन्द्र आले मगरले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
त्यस्तै सहकोषाध्यक्षमा जर्मनीका सरोज अर्याल चयन भएका छन् ।
त्यसैगरी युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ ।
अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा जयप्रकाश गुरुङ (बेलायत), हरिहर अर्याल (फ्रान्स) र विनय अधिकारी (बेलायत) रहेका छन् ।
कार्यसमिति सदस्य भने पदाधिकारीको बैठकले चयन गर्ने सहमति भएको छ ।
अधिवेशनको उदघाटन नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले गरेका थिए ।
२०१६ मा स्थापना भएको यो संस्थाले विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा जन्माइसकेको छ । |
सरकारलाई इराकका नेपालीको आग्रह- प्रतिबन्ध हटाइयोस् काठमाडौँ। इराकको कुर्दिस्तानमा कार्यरत नेपालीहरूले त्यहाँ आफूहरू सुरक्षित भएको बताउँदै प्रतिबन्ध हटाउन सरकारसमक्ष आग्रह गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग भेट गर्दै कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष विनोद श्रेष्ठ र उपाध्यक्ष ठूल कान्छा शेर्पाले कुर्दिस्तानमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका हुन्। कुर्दिस्तान राज्य सतप्रतिशत सुरक्षित रहेको बताउँदै उनीहरूले प्रतिबन्ध हटाउन आग्रह गरे।
कुर्दिस्तान इराकको प्रान्तीय सरकार हो। कुर्दिस्तानमा मात्र झन्डै २० नेपाली कार्यरत रहेको अनुमान छ। युद्धग्रस्त इराकमा रोजगारीको लागि जान नेपाल सरकारले अनुमति दिएको छैन। तर, आकर्षक तलबका कारण बेरोजगार नेपालीको गन्तब्य इराक बनेको छ।
कुर्दिस्तानका विभिन्न सहरमा हजारौँ नेपाली अवैध ढंगले रोजगारीका लागि पुगेका छन्। उनीहरू अवैध बाटो तथा सेटिङमार्फत त्यहाँ पुगेका हुन्।
नेपालीहरू भारत, दुबई, यूएई, टर्की, थाइल्यान्ड हुँदै इराक पुग्ने गरेका छन्। इराकमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारसँग छैन। इराकमा नेपाली दूतावास छैन। जसले गर्दा यहाँ समस्यामा परेका नेपालीले गुनासो सुनाउनसमेत पाउँदैनन्। इराकको सबै काम कुवेतमा रहेको नेपाली दूतावासले हेर्दै आइरहेको छ।
नेपाल र प्रतिबन्धित देश इराकबीच सिधा हवाई उडान हुने कुरै भएन। तर, नेपालीहरू दुबई तथा दोहालाई ट्रान्जिट बनाएर आवत–जावत गर्छन्। बिदामा आएका नेपाली पनि दलाललाई महँगो रकम तिरेर दुबई हुँदै कुर्दिस्तान फर्किने गरेका छन्। फर्किदा उनीहरूले यूएईको भिजिट भिसा लिनुपर्ने हुन्छ।
इराक पुगेका ७० प्रतिशतभन्दा बढी नेपाली कुर्दिस्तानका विभिन्न सहरमा कार्यरत रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। नेपालीहरू विमानस्थल, कूटनीतिक नियोग, होटेल, रेस्टुरेन्ट, हस्पिटल, व्युटीपार्लर, उद्योगलगायतका क्षेत्रमा कार्यरत रहेको श्रेष्ठले श्रम सचिव अर्याललाई जानकारी गराए।
यसबाहेक घरहरुमा ‘हाउस मेड’ का रूपमा कार्यरत महिलाहरू पनि थुप्रै छन्। श्रेष्ठका अनुसार पछिल्लो समय कुर्दिस्तानमा नेपालीले विभिन्न क्षेत्रमा लगानी पनि गरेका छन्। ‘नेपालीहरूको लगानीमा एक दर्जनभन्दा बढी रेष्टुरेन्ट खुलेका छन्। वार, ट्राभल, व्युटीपार्लरमा पनि नेपालीको लगानी छ,’ अध्यक्ष श्रेष्ठले श्रम सचिव अर्यालसँगकाे भेटमा भने, ‘यसले पनि कुर्दिस्तान सुरक्षित भन्ने प्रमाणित गर्छ। सुरक्षा भएर नै नेपालीहरूले व्यवसायमा समेत हात हालेका हुन्।’
नयाँ रोजगारीको लागि श्रम स्वीकृति जारी नगरे पनि वर्षाैंदेखि त्यहाँ रोजगारी गर्दै आएकालाई पुन: श्रम स्वीकृति दिनुपर्ने माग उनीहरूको छ।
सरकारले प्रतिबन्ध लगाउँदा धेरैजसो नेपाली घरमा समेत नआएर वर्षाैंसम्म उतै बस्ने गरेको उपाध्यक्ष शेर्पाले बताए। ‘नेपाल आयो भने फर्किन पाइन्न। त्यसैले १७/१८ वर्षसम्म उतै बस्ने गरेका छन्,’ श्रम सचिव अर्याललाई उनले सुनाए, ‘लामो समय विदेश बस्दा कतिपयको त परिवार समेत बिग्रेको छ। सम्बन्ध विच्छेदका घटना बढेका छन्।’ सन् २००४ मा १२ नेपाली मारिएपछि नेपाल सरकारले इराकलाई कालोसूचीमा राखेको थियो ।
‘सम्पूर्ण इराकको सुरक्षा स्थिति एकै किसिमको छैन। कुर्दिस्तान एकदमै सुरक्षित छ। यहाँको रोजगारीमा सरकारले पुन: विचार गनुपर्छ,’ श्रेष्ठले श्रम सचिव अर्यालसँग भने, ‘यसका लागि सर्वप्रथम नेपाल सरकारले कुटनैतिक सम्बन्ध कायम गर्नुपर्छ।’
कुर्दिस्तानबाट मात्र नेपालीले वार्षिक एक कराेडभन्दा बढी रेमिट्यान्स् नेपाल पठाउने श्रेष्ठको भनाइ छ। ‘म आफै सिटी एक्सप्रेस मनि ट्रान्सफरको कन्ट्री हेड हुँ। वार्षिक एक करोडभन्दा बढी पैसा त्यहाँबाट नेपाल आउँछ। सरकारले यसतर्फ ध्यान दिन जरुरी छ,’ श्रेष्ठले भने।
सरकारका प्रतिनिधि एकपटक कुर्दिस्तानमै आएर अध्ययन समेत गर्न श्रेष्ठले अनुरोध गरे। ‘तपाईहरू आफै आएर अध्ययन गर्नुहोस्। तपाईहरू कुर्दिस्तान आउने सबै व्यवस्था हामी मिलाउँछौं,’ श्रेष्ठले भने। श्रम सचिव अर्यालले यो विषयलाई आफूले सम्बन्धित निकायहरूमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। |
बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनित लन्डन। बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन्। लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन्।
यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन्।काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुन्। काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो।
१९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलेकी थिइन्। लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मूल्यांकन गर्दै सो पदमा मनोनीत भएको बताइन्। उनले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गरेकी छन्।
उनी विगत एक वर्षदेखि फिलाइन्स् सिभिल इन्जिनियरको रूपमा कार्यरत छिन्। उनले बेलायतको साउथ ह्याम्टन युनिर्भसिटीबाट इन्जिनियरिङ गरेकी हुन्। उनी इस्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) केन्द्रीय सदस्यसमेत छिन्।
सामाजिक सेवामा समेत रुचि राख्ने लोहनीले नेपालमा विभिन्न सामाजिक क्षेत्रका कार्यमा आर्थिक सहयोगसमेत गरेकी छन्। नेपालमा २०७२ सालमा भूकम्प गएका बेला उनकै सक्रियतामा स्थानीय रूपमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिएको थियो। उनले हेल्प नेपाल नेटवर्कमार्फत सहयोग गर्दै आएकी छन्। उनका श्रीमान् सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आबद्ध छन्। |
कतारमा राजदूत ढकालको उपस्थितिमा नकआउट फुटबल खेल सम्पन्न दोहा । कतारमा Collection Football Club ले आयोजना गरेको नकआउट फुटबल खेल कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले फुटबल हस्तान्तरण गरी सम्पन्न भएको छ ।
एनआरएनए कतारले समन्वय गरी नेपाली समुदाय भित्रका १६ टिमका खेलाडीहरूको सहभागीतामा डेढ महिनासम्म हरेक हप्ता शुक्रबार खेल हुनेगरी आयोजना गरेको नकआउट फुटबल खेलको शुक्रबार राती राजदूत ढकालले फुटबल हस्तान्तरण गरी सम्पन्न भएको हो
एनआरएनए एनसीसी कतारका अध्यक्ष सुरेश भट्ट विशिष्ट र आयोजक क्लबका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा मिसाइद स्थित माईक स्पोर्टस खेल मैदानमा राजदूत ढकालले खेलाडीलाई फुटबल हस्तान्तरण गरी नेपाली दर्शकहरुको बाक्लो उपस्थितिका बीच सम्पन्न भएको छ ।
शुक्रबार राती भएको खेलको पूर्वसन्ध्यामा बंगलादेश र नेपालबीच फ्रेण्डसिप खेल भएको थियो। उक्त खेलमा बंगलादेशले नेपाललाई पेनाल्टीमा हराउँदै ‘फ्रेण्डशिप कप’ हात पारेको थियो । अन्तिम चरणको खेलमा आयोजक टिम Collection Football Club blue र UYFC बीच भएको फाइनल खेलमा आयोजक टिमलाई UYFC ले १ का विरुद्ध ३ गोल गर्दै प्रथम स्थान हाँसिल गर्यो।
विजयी टिम पहिलो र दोस्रो टिमलाई एनआरएनए कतारका अध्यक्ष लगायत पदाधिकारीहरुले मायाको चिनो आँखिझ्याल, सम्मानपत्र र शील्ड तथा नगद पुरस्कार वितरण गरेका थिए।
२० नोभेम्बर देखी १८ डिसेम्बरसम्म हुने विश्वकप फुटबललाई लक्षित गर्दै कतारमा श्रम गरिरहेका नेपालीले आफ्नो प्यासनलाई निरन्तरता दिदैँ २०११ मा collection football club (cfc) को स्थापना गरेका छन्।
|
नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट) अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ। बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।
सोमबार ब्रिटिस संसद, हाउस अफ लर्ड्स मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेफ सन्तोष शाहले नेपाली खानालाई विश्वभरि चिनाउने अभियानकै रूपमा आफूले नेपाली स्वादका रेसिपी तयार गरेको बताए। उनले तयारी चाउचाउ पकाए जस्तै यी खाने कुरा तातो पानीमा डुबाएर सुपको रुपमा, रोटी वा भातसँग पनि खान सकिने बताए। झोल मोमोका लागि मसला र चट्नी बनाउनेतर्फ आफूहरूले काम गरिरहेको उनकाे भनाइ छ ।
नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले सुरुमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादन पुर्याउने र पछि भारतीय समुदाय हुँदै युरोप तथा अमेरिकालगायत विश्वभरि नेपाली तयारी खानेकुरा पुर्याउने आफ्नो योजना रहेको बताए । उनले एउटा ब्रिटिस च्यारिटी, फेज वर्ल्डवाइडसँग सहकार्य गरी नेपाल फुड फाउन्डेसन दर्ता गरिएको र हरेक प्याकेट बिक्रीको केही अंश उक्त फाउन्डेसनमार्फत नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने यो उद्यम सराहनीय भएको बताए। ‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं,’ आचार्यले भने। उनले यी उत्पादनलाई बेलायत मात्रै हैन संसारभरि पुर्याउन शुभकामना पनि दिए। नेपालका किसानहरूलाई लक्षित गरी नयाँ फाउन्डेसन सुरु गरेकोमा उनले खुसी व्यक्त गरे। |
गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन एनआरएनएको माग काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालेको छ ।
संविधानमा व्यवस्था भएको सात वर्ष भइसक्दा पनि आवश्यक कानून नबन्दा गैरआवासीय नेपालीले नागरिकताको उपभोग गर्न नपाएको जनाउँदै सङ्घले सो व्यवस्था उपभोगका लागि आवश्यक कानून बनाई यथाशक्य छिटो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि नेपाल सरकार, राजनीतिक दल र सरोकारवाला सबैसँग आग्रह गरेको छ ।
स्वदेशमा गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ तथा त्यससम्बन्धी नियमावली तथा आदेशमा तत्काल संशोधन गर्नुपर्ने सङ्घको निष्कर्ष छ । धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी धितोपत्रको दोस्रो चरणमा गैरआवासीय नेपालीलाई खुला गर्न कानूनी व्यवस्था मिलाउन सङ्घले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चनलाई संशोधन गर्नु आवश्यक रहेको ठहर गर्दै सङ्घले लगानी भित्र्याउनुका साथै स्वदेशमै रोजगारी सिर्जना, उद्यमशीलता तथा पूर्वाधार विकास र नेपालीको जीवनस्तर उकास्न सहयोग हुने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सङ्घले विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माण गर्नुका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोगमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवं राष्ट्रिय परिचयपत्र बनाउनसक्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकार, निर्वाचन आयोगलगायतसँग आग्रह गरेको छ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाइ हुने मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान गर्दै आएको गैरआवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनुका साथै थाइल्याण्ड, म्यानमार, मलेसिया, फिजीलगायत देशमा पुस्तौँदेखि बसोबास गरी आएका नेपालीलाई सहजरूपमा नेपालसँग जोड्न अधिकारसहितको परिचयपत्रका साथै नेपालमा अध्ययन भिसाको व्यवस्था गर्न सङ्घले अनुरोध गरेको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष र सङ्घबीच भएको सम्झौताअनुसार तत्काल आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षाको तत्काल कार्यान्वयनका लागि सङ्घको आग्रह छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष तथा तालिम प्राप्त जनशक्ति मात्र विदेश पठाउने, गन्तव्य मुलुकको परिवेशअनुसार सचेतनात्मक सूचना प्रवाह गर्ने तथा श्रम सम्झौता भएको मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न सङ्घले अनुरोध गरेको छ ।
वैदेशिक रोजगारबाट फर्किएका नेपालीको ज्ञान, सीप र प्रविधि नेपालको व्यावसायिक तथा आर्थिक विकासमा योगदान हुनेगरी पुनःएकीकरण कार्यक्रम नेपाल सरकारको सहकार्यमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्घले गैरआवासीय नेपाली एवं विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकले विदेशबाट पठाएको विप्रेषणलाई उपभोगमुखीभन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै सामूहिक लगानीको योजनामार्फत राष्ट्र विकासको ठोस योजना यथाशक्य छिटो ल्याउन सरकारसमक्ष अनुरोध गरेको छ ।
सङ्घले विश्वभर रहेका गैरआवासीय नेपालीबीच आपसी विश्वास, समझदारी एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गरेको छ । सङ्घको वार्षिक साधारणसभा ‘विश्वासको वातावरण सिर्जना’ नाराका साथ मङ्गलबारदेखि राजधानीमा सुरु भएको थियो । साधारणसभाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । साधारणसभामा सङ्घका कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, महासचिवबाट प्रस्तुत साङ्गठनिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ । |
इटलीको मिलान यसरी मनाइयाे दसैं (तस्वीरसहित) मिलान। इटलीको मिलान शहरमा आइतबार दशैंको टीका कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मितेरी मन्च मिलानले आयोजना गरेको थियो। बडादशैं कार्यक्रम २०७९ भब्य रुपमा सम्पन्न भएको मन्चका अध्यक्ष रोजन रानाले डिसी नेपाललाई बताए।
कार्यक्रम गैर आवासीय नेपाली संघ इटालीका कोषाध्यक्ष दीर्घा थापाले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यसहित बिजयादशमी शुभकामना प्रदान गरेर सुरुवात गरेकी थिइन्।
शुभकामना आदनप्रदानका क्रममा मितेरी मञ्चका पूर्व अध्यक्ष मुकुन्द पौड्याल, गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष छबिलाल कँडेल, गैर आवासीय नेपाली संघ इटालीका संस्थापक डा. भीमबहादुर बाम, मितेरी मञ्च मिलानका वर्तमान अध्यक्ष रोजन रानाले शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रम सन्चालन गैर आवासीय नेपाली संघ इटालीका माहासचिव भवेष सिंहले गरेका थिए।
|
पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन एनआरएनलाई प्रधानमन्त्रीको आह्वान काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान गरेका छन् ।
एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न सरकारले प्रयाप्त वातावरण बनाएको भन्दै आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन आह्वान गरेका हुन् ।
बिभिन्न माध्यमबाट लगानी गर्नका लागि पनि सरकारले सहजीकरण गर्ने प्रधानमन्त्री देउवाको भनाई छ । त्यस्तै उनले गैर आवासीय नेपालीले उठाउदै आएको नागरिकता सम्न्धी सवाललाई निकट भविष्यमा आवश्यक कानून बनाएर सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा उपयोगको वातावरण बनाउन सके स्वदेशी उत्पादनको निकासी र प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले आफ्ना देशका नागरिकका जीउ धनको रक्षाका साथै लगानीको संरक्षण गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । विदेशमा रहेका नेपालीहरुले पनि स्वदेशमा लगानी गरे सरकारले लगानीलाई सुरक्षित गर्न पछि नहट्ने उनको भनाई छ । उनले गैर आवासीय नेपालीलाई नागरिकता दिनका लागि सरकारले आवश्यक व्यवस्था गर्न खोजेपनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसक्दा कानून निर्माण प्रक्रिया अघि बढ्न नसकेको धारणा राखे ।
त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा धेरै नै लगानीको उपयुक्त वातावरण बनेकाले नेपालमा लगानी बढाउन लगाउन गैर आवासीय नेपालीलाई आग्रह गरे ।
कार्यक्रममा गैर आवासीय नेपालीहरुले आफुहरुको नेपाली नागरिकताको समस्या समाधान नभएका कारण लगानीका लागि केहि समस्या देखिएको गुनासो गरेका थिए । |
अष्ट्रियामा दसैं बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न अष्ट्रिया । नेपाली सामाजिक र सांस्कृतिक संस्था (नेसास) अष्ट्रियाले दसैं बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
बिगत १८ वर्ष देखि दसैं मनाउँदै आइरहेको नेसोसले यो वर्ष पनि अक्टोबर १ मा दसैं कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व नेसासकी अध्यक्ष मन्जु खड्काले गरेकी थिइन् भने प्रमुख अतिथिमा अष्ट्रियाका लागि नवनियुक्त नेपाली राजदुत भरत कुमार रेग्मी उपस्थित भएका थिए ।
कार्यक्रममा नेसासका भुतपुर्व अध्यक्षहरु तथा वर्तमान संरक्षक, सल्लाहकार र आजिवन सदस्यहरु साथै विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा अष्ट्रियामा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो।
कार्यक्रममा अष्ट्रियाको हाम्बुर्ग निवासी नेपाली गायक तुलसी शिवाकोटिले आफ्नो प्रस्तुती दिएका थिए ।
|
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री खाण काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए । मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे ।
सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकरले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले सङ्घलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा सङ्घसँगको सहकार्य र सङ्घको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय छ भने ।
सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर सङ्घको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग र योगदान गर्दै आएको उल्लेख गरिन् । सङ्घका अध्यक्ष कूल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानून निर्माणका लागि आग्रह गरे । अर्का अध्यक्ष डा बद्री केसीलआगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।
सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे । कार्यक्रममा पूर्व अध्यक्षद्वय जिवा लामिछाने र भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले सङ्घले गरेका सामाजिक कामकारवाहीका बारेमा जानकारी गराउँदै सरकारले सङ्घलाई थप महत्वका साथ लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
विश्वभर छरिएर रहेका नेपालीको हकहित र अधिकारको संरक्षण र संवद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पुँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । |
दशैंको भोलिपल्ट पोर्चुगलमा एक नेपालीले ज्यान गुमाए लिस्बन । पोर्चुगलमा दशैको भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्। बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल आएका बुटवल शंकरनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिखमा हृदयघातका कारण निधन भएको बुझिएको छ ।
अन्दाजी २७ बर्षीय उनी पेगोईसमा बस्दै आएका थिए । उनको मृत्युपछि थप अनुसन्धानका लागि प्रहरीले शव अस्पताल लगेको छ । उनको निधनले पोर्चुगलको नेपाली समाज शोकमा डुबेको छ । |
अमेरिकामा ‘कलिवुड नाइट’ सफलतापूर्वक सम्पन्न, सहयोगीहरुप्रति आयोजकको आभार भर्जिनिया । अमेरिकामा नेपाली लोक नृत्यको प्रवद्र्धन गर्दै आइरहेको केसी डान्स सेन्टरले सन् २०१७ देखि नियमित रुपमा प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को चौथो श्रृङ्खला गत सेप्टेम्बर २४, २०२२ का दिन भर्जिनियाको मनाससमा समुदायकै साथ र सहयोगमा सम्पन भएको छ ।
कार्यक्रमलाई सफलता सहित सम्पन्न गर्ने सम्पूर्ण कलाकार, स्वयंसेवक तथा विज्ञापन दाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यसमेत अक्टुबर १, २०२२ मा सम्पन्न भएको छ । कार्यक्रम सम्पन्न भएसँगै यसलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति केसी डान्स सेन्टरले आभार समेत व्यक्त गरेको छ ।
अमेरिकामा नृत्य मार्फत नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै फैलाउने अनि यहाँ हुर्कँदै गरेका पुस्तामा हस्तान्तरण गर्ने मूल उद्देश्यका साथ स्थापित केसी डान्स सेन्टरले वर्षमा एकदिन चाडवाडको अवसर पारेर तिनै हुर्कँदै गरेका पुस्तालाई हौसला प्रदान गर्न अनि समुदायलाई विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हरेक वर्ष ‘कलिवुड नाइट’ सञ्चालन गर्दै आइरहेको छ ।
यस वर्षको कार्यक्रममा साना बालबालिहरूदेखि प्रौढसम्म, अमेरिकाका विभिन्न सहरदेखि नेपालसम्मका कलाकारहरूको प्रस्तुती रहेको सेन्टरले जनाएको छ । आफ्नो अति व्यस्त समय निकालेर करिब ४÷५ महिना देखि अभ्यास कार्यमा उपस्थित भई आफ्नो क्षमता, सीप र कला प्रस्तुत गर्नुहुने सम्पूर्ण कलाकारहरुलाई सेन्टरले आभार व्यक्त गरेको छ ।
‘विशेष गरि डिसी मेट्रो क्षेत्रका सम्पूर्ण नेपाली संघसंस्था तथा समुदायको साथ र सहयोग बिना यो कार्यक्रम सम्भव थिएन’ सेन्टरका संस्थापक, संचालक र नृत्य निर्देशक नविन केसी र लुना श्रेष्ठले एक वक्तव्य जारी गर्दै भनेका छन् ‘हरेक वर्ष कार्यक्रममा उपस्थित भएर, कलिवुड नाइटको कार्यक्रम हुने दिनमा अन्य कार्यक्रमहरु नराखिदिएर, र कार्यक्रम पश्चात अर्को कार्यक्रमका लागि रचनात्मक सुझाव उपलब्ध गराएर पु¥याउनु भएको सहयोग प्रति हामी हार्दिक आभार सहित हृदय देखि धन्यवाद अर्पण गर्दछौँ ।’
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको प्रमुख आतिथ्य तथा अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको विशेष आतिथ्यमा अक्टुबर १, २०२२ का दिन कार्यक्रमलाई सहयोग गर्नेे कलाकार, स्वयंसेवक, स्पोन्सर, प्राविधक, मिडिया लगायतलाई धन्यबाद ज्ञापन र प्रमाणपत्र वितरणको कार्यक्रम गरिएको थियो । कलिवुड नाइटबाट खर्च कटाई बाँकी हुन आएको बचत रकमलाई सामाजिक सेवाका क्षेत्रमा लगानी गरिने पनि केसी डान्स सेन्टरले जनाएको छ ।
सेन्टरका अनुसार यस वर्ष डिसी महानगर क्षेत्रमा रहेका दुईवटा सँस्थाहरू – नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र, मेरिलैण्ड (एनइसीसी) र नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी) लाई जनही चारसय डलर सहयोग गरिएको छ । समुदायको सहयोगमा सम्पन्न कार्यक्रम मार्फत उठेको रकमबाट सकेसम्म बचाई समुदायको हितका लागि नै सहयोग गर्न पाउँदा खुशी लागेको सेन्टरले जनाएको छ ।
|
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् । नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन् ।
अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् । नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनियालगायतका क्षेत्रमा नौरथा सुरु भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार बुधबार टीका र जमरा ग्रहण गरेका हुन् ।
पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने सङ्ख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ । एकै स्थानमा ४०–५० को सङ्ख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।
विगत १६ वर्षदेखि न्यूयोर्कमा बस्दै आएका भागवत शर्माले दसँैका लागि भनेर एक महिना पहिला नै आफू काम गर्ने कम्पनीबाट बिदा लिएर बसेको बताए । उनले भने, “एक दशकअघिको तुलनामा अहिले दसैँ मनाउने समूह बढ्दै गएको छ । उनको अनुभवमा एक दशकअघिसम्म जमरा राख्न पनि गाह्रो पर्ने गरेकामा विगत चार पाँच वर्षयता जमरा राख्न सजिलो भएको र जमघटमा पनि बाक्लो उपस्थिति हुने गरेको छ । यसरी अमेरिका बसोबास गर्ने नेपालीबीच पनि दसैँ मनाउनेक्रम बढ्दै गएको देखिएको छ ।”
शर्मा भन्छन्, “पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।”
कोरोना महामारीपछि आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसँै मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् । कोरोना महामारीका कारणले आक्रान्त बनेको अमेरिकामा बस्दै आएका नेपालीमा विगतको तुलनामा आपसी सहकार्य र सम्बन्ध पनि वृद्धि हुँदै गएको छ । सय वर्षपछि ठप्प भएको अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ । सायद यसैकारणले होला यसपटकको दसँैमा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ ।
दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसँै मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरुले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसँै मान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
टेक्ससस्थित एक सूचना प्रविधि कम्पनीमा काम गर्ने सविता शर्मा दसँै मान्नका लागि भनेर मेरिल्याण्ड आइन् । उनले भनिन्, “हामीहरुको ठूलो परिवार मेरिल्याण्ड राज्यमा बस्दै आएको छ । उनीहरुसँगै वार्षिक बिदाका लागि निवेदन दिएर बिदा स्वीकृत गराइ दसैँ मनाउन मेरिल्याण्ड आएकी हुँ । हामीहरुले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न सक्याँै भने मात्र भावी पिँढीसम्म नै यस्ता चाडपर्व स्थापित हुन सक्छन् । त्यसैले पारिवारिक वातावरणमै दसैँ मनाउनु भावी पिँढीका लागि एउटा मार्गनिर्देशन पनि हो ।”
काममा सधँै व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्वपूर्ण सेतुको काम गरेको छ । एक राज्यबाट अर्को राज्यमा पुग्न घण्टौँको सडक यात्रा तथा हवाई यात्रालाई समेतलाई प्रवाह नगरी नेपालीको चहलपहल हुनु आफँैमा संस्कृति जगेर्नाको गतिलो उदाहरण पनि हो । त्यसो त दसैँको मौका पारेर विभिन्न राज्यमा रहेका स्थानीय सामुदायिक सङ्घसंस्थाले सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् ।
केही समय अगाडि पेन्सल भेनियाको ह्यारीसवर्गमा आयोजित दसैँ, तिहार मिट एण्ड ग्रिट कार्यक्रममा सहभागी हुनुभएका गायक रामकृष्ण ढकालले दर्शकलाई नेपाली गीतबाट मनोरञ्जन प्रदान गरेका थिए । नेपाली पोशाकमा देखा परेका नायक, नायिका, गायक गायिकाको बाक्लो उपस्थितिले नेपालीपनको झल्को मात्र प्रदान गरेन, भाषा, संस्कृतिको जगेर्नाका लागि दोस्रो पुस्तालाई जानकारी पनि गरायो ।
अध्ययनका लागि अमेरिका आएकी अङ्किता अग्रवाल अमेरिकामा रहेका नेपाली समुदायको दसँैप्रतिको श्रद्धाले आफूलाई निकै खुसी तुल्याएको बताउँछन् । उनले यहाँका मन्दिरमा राखिएको जमरा, समुदायमा समन्वय गरेर लगाइएको टीकाले आफूलाई नेपालमै छु कि अमेरिकामा भन्ने छुट्याउन गाह्रो भएको अनुभवसमेत सुनाए । टेक्सस, भर्जिनिया, मेरिल्याण्डमा रहेका नेपाली सामुदायिक केन्द्र, मन्दिरमा मानिस लाइन लागेर टीका ग्रहण गरेका दृश्य आफँैमा निकै रोचक थिए नै । यसैले अङ्कितालाई आफू नेपालमै त छैन भन्ने अनुभूति गराउनु स्वाभाविकै हो ।
अध्येताका अनुसार नेपालबाट अमेरिका आएका नेपालीको उपस्थिति सन् १९९५ बाट बढ्न थालेको हो । विस्तारै डाइभर्सिटी भिसाका माध्यमबाट आउनेको सङ्ख्या बढ्दै जाँदा र हरेक वर्ष झण्डै १० हजारको सङ्ख्यामा आएका विद्यार्थीका कारण अमेरिकाको भूमिमा पनि दसैँ मान्न र मनाउने परिपाटी वृद्धि हुँदै गएको छ । भर्जिनिया, पेन्सल भेनिया मेरिल्याण्डमा नेपालीले नै सञ्चालनमा ल्याएका बाख्रा फार्मका कारणले दसैँका बेला काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढलगायतका स्थानमा देखिने खसी बजारको झल्कोसमेत अनुभूत गर्न सकिन्थ्यो । तर बलि नै दिन भने यहाँको कानूनले बर्जित गरेको छ । यहाँका स्थानीय केही ग्रोसरी स्टोरलेसमेत खसीको मासु बिक्री गर्ने भएकाले दसैँमा मांशाहारीका लागि थप सजिलो भएको थियो ।
वर्ष दिनमा आउने दसैँमा मीठोमसिनो खाने, राम्रो लगाउने भन्ने विगतका परम्परा एवं भनाइलाई पछिल्ला वर्षमा विदेशमा आएर बस्न थालेकाले पनि आफ्ना भावी सन्ततिसम्म पुर्याउन सकेको देखिन्छ । आफ्नो कला र संस्कृतिको जगेर्ना कसरी गराउने भन्ने विषय उनीहरुले आफ्ना सन्ततिलाई यस्तै चाडबाड एवं परम्पराको जगेर्नाबाट पनि सिकाउन सक्दछन् ।
दसैँ पर्वलाई नै लक्षित गरेर मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले गत वर्षको संसद् अधिवेशनमा दसैँ विधयेक पेस गरेका थिए । उनले पेस गरेको विधयेक मेरिल्याण्ड राज्यको तल्लो सदनले पास गरेर माथिल्लो सदनमा पेस भएको छ । आगामी नोभेम्बरमा निर्वाचित हुने माथिल्लो सदनले उक्त विधयेक पास गरेको खण्डमा अमेरिकाभरीमा दसैँ नेपालीको पर्व हो भनेर कानूनी मान्यता प्राप्त गर्ने मेरिल्याण्ड पहिलो राज्य हुनेछ । अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि दसँै पर्वले विस्तारै नेपाली आप्रवासीको महत्वपूर्ण पर्वका रुपमा मान्यता पाउँदै गएको देखिन्छ ।
वडादसैँको अवसर पारेर अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले शुभकामना सन्देश सम्प्रेषित गरेका छन् । उनले सन्देशमा संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन् ।
–मधुकर अधिकारी\रासस |
बेलायतमा हाँस्यकलाकारद्धय बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति लन्डन । दसैं मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्रो प्रस्तुति दिए ।
दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे ।
कार्यक्रमा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा सहभागी आस्था भट्टराईले ठाउँको ठाउँ मानिसरलाई रोष्ट गर्न सक्ने बल्छी ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन् ।
यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए । उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए । |
बेलायतमा हाँस्यकलाकारद्वय बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति लन्डन । दसै मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेमा निकै राम्राे प्रस्तुति दिए ।
दुई सय जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बल्छी धुर्वेले टिकटकमार्फत समाजमा बढ्दै गएको विकृतिको बारेमा तिखो प्रहार गरे ।
कार्यक्रमा राजु माष्टरको विदेशमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गर्दै सन्देश मुलक प्रस्तुति प्रस्तुत गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकार गायक प्रकाश कटुवाल साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्यको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा सहभागी स्थानीय आस्था भट्टराई हाँस्यव्यङ्य प्रस्तुति गरेकी थिइन । ठाउँको ठाउँ मानिसरलाई रोष्ट गर्न सक्ने बल्छी ध्रुर्वेको क्षमताको उनले प्रशंसा गरिन् ।
यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउनले भोगेको बेथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए । उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिए ।
|
दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सवमा ऐतिहासिक सहभागिता मेलबर्न । नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सब २०२२ मा संस्थागत रुपमा पहिलो पटक ऐतिहासिक सहभागिता जनाएको छ ।
उक्त महोत्सवमा नेपाली समुदायले Nepalese Runners and Walker को नामबाट सहभागिता जनाएको थियो । अन्तरराष्ट्रिय स्तरको खेलको लागि एक लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सवका लागि सहभागिता जनाएका करीब ३५ हजारका बीच नेपाली समुदायले शारीरिक र मानसिक स्वास्थ्य सचेतनाका लागि दिदी-बहिनी समाज भिक्टोरियाको समन्वयमा सहभागिता जनाएको हो ।
उक्त महोत्सवमा नेपाली समुदायका तर्फबाट ४२ किमी, १० किमी, ५ किमी, ३ किमी र हिँडाइ गरी ५ फरक फरक बिधामा ५० भन्दा बढीद्धारा सहभागिता जनाइएको थियो ।
यो महोत्सवमा दिदी-बहिनी समाज भिक्टोरियाले २०२० मा नै सहभागिता जनाउने योजना रहेतापनि कोभिडका कारण यो सम्भव हुन सकेको थिएन ।
कार्यक्रमको समाप्तीपछी यो कार्यक्रमको लागि संयोजनकारी भूमिका निर्बाह गरेका वरिष्ठ समाजसेवी रन्जन बैद्यले यो पटकको सहभागिताको क्रममा धेरै कमी कम्जोरीबारे पनि थाहा पाउन सकिएकोले आगामी बर्षमा ती कमी कम्जोरीहरुलाई न्यूनिकरण गर्दै अझै प्रभावकारी र भब्यताका साथ सहभागिता जनाउन सकिने विश्वास व्यक्त गरे ।
दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा श्रेष्ठले आ-आफ्ना किसिमबाट कार्यक्रमलाई सहयोग गर्ने सबै धन्यवादका पात्र हुँदाहुँदै कार्यक्रमको लागि पहल गर्दादेखि अन्तसम्म निरन्तर महत्वपूर्ण भूमिका निर्बाह गर्ने संस्थाकी अध्यक्ष डा. जमुना पराजुली र कार्यक्रमको लागि संयोजनकारी भूमिका निर्बाह गरी सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने रन्जन बैद्य दुवै बिशेष धन्यवादको पात्र भएको भन्दै सबैका तर्फबाट आभार प्रकट गरिन् ।
दिदी-बहिनी समाज भिक्टोरियाकी अध्यक्ष डा. जमुना पराजुलीले संस्थाले आफ्नो ईतिहासमा बिभिन्न कोशे ढुंगा स्थापित गर्दै आएकोमा यो अर्को कोशे ढुंगा साबित भएको भन्दै यस्लाई सफल तुल्याउन सहयोग गर्ने सबै सहयोगी मन र हातहरुलाई संस्थाको तर्फबाट आभार प्रकट गर्दै आगामी बर्षमा यस्लाई अझै भब्यता साथ सफल तुल्याउन सबैको सहयोग यसरी नै प्राप्त हुने कुरामा विश्वास प्रकट गरिन ।
नियमित रुपमा आयोजना गरिने यो महोत्सब मार्फत जल्दाबल्दा समस्या समाधानका लागि कोष निर्माण गर्ने गरिन्छ ।
|
आर्थिक रुपान्तरण समिति, प्रदेश १ को ग्लोबल टाउनहल मिटिङसम्बन्धी सूचना प्रदेश १ सरकारद्वारा विश्वका विभिन्न मुलुकमा विविध विषयमा विज्ञता हासिल गरेका नेपाली विज्ञहरुको प्रदेश विकास र आर्थिक रुपान्तरणमा सहयोग र सहभागिताका लागि गठित “आर्थिक रुपान्तरण समिति” अर्थात् इकोनोमिक ट्रान्सफरमेसन कमिसनको प्रदेशका मुख्यमन्त्री मा.राजेन्द्र राई, अर्थमन्त्री मा. इन्द्र बहादुर आङ्ग्बो, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्सम, बिराटनगर महानगरका मेयर नागेश कोइराला, मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार राजेन्द्र राउत तथा लगानी प्राधिकरणका प्रमुख डा. सरोज कोइराला लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा जुम मार्फत “ग्लोबल टाउन हल” मिटिङ्ग राखिएको हुँदा प्रत्यक्ष प्रसारणमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
पुनश्चः तपसिल उल्लेखित समाचार श्रोतहरुबाट फेसबुक मार्फत सहभागीहरूसँग प्रत्यक्ष प्रश्न उत्तरको व्यवस्था गरिएकोछ ।
तपसिल:
www.enepalese.com
www.dcnepal.com
www.nepalesediaspora.com/
मिति : २०७९ असोज १८
समय : बिहान ५:४५ बजे नेपाली समय
USA: Oct 3rd, 8:00 pm (New York Time)
UK: Oct 4th, 1:00 am (London Time)
Qatar: Oct 4th, 3:00 am (Doha Time)
Japan: Oct 4th, 9:00 am (Tokyo Time)
स्थानीय तथा प्राविधिक सम्पर्कः
प्रो. मेदिनी अधिकारी
डा. देशराज संयोक
ददिराम ढुंगाना |
एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् ।
संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो ।
संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् ।
आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् । |
एकताको सन्देश दिएर ओहायोमा नेपालीहरुले मनाए दशैं ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा भेला भएका सयौं नेपालीहरुले आपसका शुभकामना आदान प्रदान गर्दै नेपालीहरुको महान चाड दशैं मनाएका छन् ।
सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) को आयोजनामा सम्पन्न दशैं विशेष कार्यक्रममा कोलम्बस र आसपास शहरमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपाली र नेपालीभाषीहरुको सहभागिता थियो ।
सानासाना नानीहरुदेखि प्रौढसम्मका सहभागीहरुले आआफ्नो नृत्य तथा अन्य प्रस्तुति पस्केर आपसमा महान चाड दशैंको शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा कोनाका अध्यक्ष डा. दामोदर पौडेलले महान चाड दशैंले प्रवासमा पनि सम्पूर्ण नेपाली तथा नेपालीभाषी समुदायमा एकता र भातृत्वको सन्देश दिएकाले आफूहरु एकजुट भएर भेला हुन सकेको बताएका थिए ।
उनले भने, ‘हामी जहाँ बसे पनि आफ्नो हैसियताले भ्याएसम्म भव्यरुपले मनाएर हामीले आफ्नो पहिचानलाई विश्वव्यापीकरण गरिरहेका छौं ।’ कार्यक्रममा भएको भब्य उपस्थितिले प्रवासमा नेपाली जातिको एकताको सन्देश दिएको भन्ने एकताबद्ध भएर समुदायमा सक्रिय रहन सबैलाई आग्रह गरे ।
शुभकामना मन्तब्य व्यक्त गदै मायमी विश्वविद्यालय, ओहायोका प्राध्यापक डा.जनार्दन सुवेदीले सत्कर्ममा लाग्ने प्रेरणा मिलोस् भनेका थिए ।ओहायोको रेनल्ड्सवर्ग शहरका निर्वाचित जनप्रतिनिधि काउन्सिलम्यान भुवन प्याकुरेलले उपस्थित नेपालीजनमा उत्साहको संचार गराउंदै रेनल्ड्सवर्ग सिटी काउन्सिलले नै आगामी तिहारको कार्यक्रम औपचारिकरुपले मनाउने निर्णय गरेको र शहरले नै दीपावली विशेष कार्यक्रम तय गरेर समुदायका सबैलाई निम्तो गरेको जानकारी दिएका थिए ।
उनका अनुसार, सिटी काउन्सिलले दीपावलीका उपलक्ष्यमा दिन नै तोकेर कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एन्टाकी अध्यक्ष मृदुला गुप्ताले पनि शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा उपस्थित नेपालीहरुले एकआपसका शुभकामना आदान प्रदान गर्दै नेपाली गीतहरु बजाएर नृत्य गरेर रमाइलो गरेका थिए ।
सहभागीहरुका लागि कोनाले स्न्याक्स र डिनरको व्यबस्था मिलाएको थियो । दशैंको शुभकामना आदान प्रदानपछि सोही समारोहमा कोनाले आफ्नो साधारणसभा पनि सम्पन्न गरेको छ ।
|
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोजनाहरूमा योगदान गर्ने दाता एवं स्वयमसेवकहरूलाई सम्मान गरेको थियो ।
गत सेप्टेम्बर २४ मा भएको कार्यक्रममा करिब ३०० जना अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।
कार्यक्रममा विगत तीन दशकभन्दा बढि समयमा समुदायमा आफ्नो बहुमूल्य योगदान प्रदान गर्दै आएका एनइसीसीका स्वयसेवकहरु डा. हरि तथा इन्दिरा शर्मा, डा. श्याम तथा इन्दिरा कार्की, कृष्ण तथा रीता निरौला र शशी तथा मौरिन उपाध्याय लगायतलाई संस्थाको तर्फबाट सम्मान प्रदान गरिएको थियो ।
यस्तै, डा. हरि शर्मा, डा. श्याम कार्की, कृष्ण निरौला, डा. महेन्द्र कार्की, खिलेन्द्र न्यौपानेर सरोज प्रजापतिलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त लाइफटाइम एचिभमेन्ट अवार्ड तथा २५ जना स्वयसेवकलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति स्वयसेवी सेवा अवार्ड प्रदान गरिएको थियो ।
सोही अवसरमा एशोसिएसन अफ नेपलीज इन अमेरिकाको तर्फबाट खगेन्द्र अधिकारीले एनइसीसी बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेलाई ‘सोसल हिरो अवार्ड’ प्रदान गरेका थिए ।
कार्यक्रर्यममा संस्थाले प्याट्रोन सदस्यहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । यसगैरी ३९ जनालाई ट्रष्टि सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो ।
यसगैरी पाठशालाका ३४ जना, शिक्षकहरू ३४ जना, देउसीभैलो टोलीका १९ जना सदस्यहरू र ४७ जना स्वयसेवकहरूलाई सम्मान प्रदान गरि एको थि यो भने ४४ जना
प्रोमिसरी नोटहोल्डरहरूलाई समेत सम्मान गरेको थियो ।
|
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोजनाहरूमा योगदान गर्ने दाता एवं स्वयमसेवकहरूलाई सम्मान गरेको थियो ।
गत सेप्टेम्बर २४ मा भएको कार्यक्रममा करिब ३०० जना अतिथि, दाता तथा आगन्तुकहरू सहभागी थिए ।
कार्यक्रममा विगत तीन दशकभन्दा बढि समयमा समुदायमा आफ्नो बहुमूल्य योगदान प्रदान गर्दै आएका एनइसीसीका स्वयसेवकहरु डा. हरि तथा इन्दिरा शर्मा, डा. श्याम तथा इन्दिरा कार्की, कृष्ण तथा रीता निरौला र शशी तथा मौरिन उपाध्याय लगायतलाई संस्थाको तर्फबाट सम्मान प्रदान गरिएको थियो ।
यस्तै, डा. हरि शर्मा, डा. श्याम कार्की, कृष्ण निरौला, डा. महेन्द्र कार्की, खिलेन्द्र न्यौपानेर सरोज प्रजापतिलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त लाइफटाइम एचिभमेन्ट अवार्ड तथा २५ जना स्वयसेवकलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट राष्ट्रपति स्वयसेवी सेवा अवार्ड प्रदान गरिएको थियो ।
सोही अवसरमा एशोसिएसन अफ नेपलीज इन अमेरिकाको तर्फबाट खगेन्द्र अधिकारीले एनइसीसी बोर्ड अफ ट्रष्टिजका अध्यक्ष खिलेन्द्र न्यौपानेलाई ‘सोसल हिरो अवार्ड’ प्रदान गरेका थिए ।
कार्यक्रर्यममा संस्थाले प्याट्रोन सदस्यहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । यसगैरी ३९ जनालाई ट्रष्टि सदस्यताको प्रमाणपत्र प्रदान गरेको थियो ।
यसगैरी पाठशालाका ३४ जना, शिक्षकहरू ३४ जना, देउसीभैलो टोलीका १९ जना सदस्यहरू र ४७ जना स्वयसेवकहरूलाई सम्मान प्रदान गरि एको थि यो भने ४४ जना
प्रोमिसरी नोटहोल्डरहरूलाई समेत सम्मान गरेको थियो ।
|
एनआरएनए एकेडेमीद्वारा सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा अभियान काठमाडौं । एनआरएनए एकेडेमीले १२ बर्ष माथिका सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा सञ्चालनमा ल्याएको छ । आइटीसँग सम्बन्धित कुराहरू सिकाउनका लागि एकेडेमीले सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा अभियान सञ्चालनमा ल्याएको हो ।
यो आइटी कक्षा हरेक शनिबार बिहान युरोपको ९ बजे र नेपालको दिउँसो १२ः४५ मा शुरु हुनेछ ।
|
जापानमा दशैं मनाउन गएकी नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु टोकियो । जापानमा एक नेपाली महिलाको मृत्यु भएको छ । अष्ट्रेलियाबाट दशैं मनाउन भनेर आएकी सुनिता केसीको जापानको साइतामा प्रिफेक्चरको याचुकामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
सुनिता हरेक दिन इभिनिङ वाकका लागि घर नजिकको बाटोमा हिड्ने गरेकी थिइन् । यही क्रममा बुधबार राति १० बजेतिर ट्रिपरको ठक्करबाट उनको मृत्यु भएको बताइएको छ । सुनिताका पिता दुई छोरी र एक छोरासहित सपरिवार याचुकामा बस्थे । केसीका दुबै छोरी उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको अनि छोरा भने जापानमै रहेको बुझिएको छ ।
मृतकको उमेर २९ वर्ष भएको बताइएको छ । केहि महीना अघि नर्सिङ अध्ययन गर्न भनेर अष्ट्रेलिया गएकी केसी परिवारसँग दशैं मनाउन ४ दिन अगाडि जापान आएकी थिइन् । मृतकका पिता मिन बहादुर केसीका अनुसार उनी एक महिना बस्ने गरी आएकी थिइन् । |
बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन यादवकाेआग्रह मलेसिया। बारा जिल्लाको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसँगै सामाजिक अभियानमा कृयाशिल छन्।
मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय गर्दै आएका छन्। उनले युएईमा शिभांश ह्युमन रिसोर्ससेज एफजेडसी एलएलसी,नेपालमा एलाईन्स ग्रुप अफ कम्पनीज,मलेसियामा सनरेड एडभान्स मेनेजमेन्ट सर्भिसेज एसडिएन बिएचडिमार्फत आफ्नो ब्यावसाय संचालन गर्दै आएका छन्।
यादवले आफ्नो ब्यावसाय मात्रै नगरेर मलेसिया, दुबई र बंगलादेशमा रहेका नेपालीहरूलाई सहयोग गर्दै दु:खको सारथी बन्ने गरेका छन्। हाल उनी बैदेशीक रोजगारमा फसेका नेपाली युवाहरुको उद्धार अभियानमा लागेको बताउँछन्।
यादवले आफू पनि साधारण परिवारमा जन्मिएको र दुखमा हुर्किएको ब्यक्ति भएकाले आफूसँग बढी पैसा भएर नभई उनिहरुको दुखमा साथ दिएको बताउँछन्।
नेपालभन्दा बढी विदेशमा नै रहने यादवले युएई,मलेसिया,बंगलादेशमा समस्यामा परेका २६ नेपालीलाई यो भन्दा पहिले हवाई टिकट उपलव्ध गराई सकेका छन्। उनले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको निस्वार्थ उद्वार गरेकोमा धेरै सामाजिक संघ,सँस्थाहरुले धन्यवाद दिँदै प्रशंसा समेत गरेका छन्।
यादवको सामाजिक कार्यको प्रसंशा स्वदेश तथा विदेशमा उत्तिकै हुने गरेको छ। बाराका एउटा किसानको छोरो यादव अहिले विदेशमा करोडौँको व्यवसाय संचालन गर्दै आएका छन्।
कुराकानीका क्रममा यादवले आउँदै गरेको नेपालीहरुको महान पर्व दशै,तिहार र छठ पर्वको शुभकामना ब्यक्त गर्दै आफुले एक नेपालीको कर्तव्य मात्र पूरा गरेको बताए। व्यवसाय बाहेकको समयमा घुमफिरको सट्टा नेपालका विभिन्न ठाउँबाट बैदेशिक रोजगारीमा आएका युवाबर्गको समस्या समाधान गर्दा आफूलाई आत्मसन्तुस्टी मिल्ने यादव बताउँछन्।
उनले आफ्नो ब्यावसायिक यात्रासँगै सामाजिक कार्यलाई बढावा दिँदै जाने बताए ।यादव मलेसिया,युएईलगाएतका देशमा बैदेशिक रोजगारीमा आएर समस्यामा परि नेपाल फर्कन नसकेका नेपालीहरु भए आफ्नो सम्पर्कमा आउन अनुरोध गर्छन्। केही वर्ष पहिले यादव पनि पत्रकारिता क्षेत्रमा नै आवद्ध ब्यक्ति हुन्। |
क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घ–संस्थाहरुले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए ।
विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ थियो । राजदूत पौडेलले मलेसियामा रहेका नेपाली सङ्घसंस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली सङ्घसंस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताए ।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । मलेसियामा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट मात्र विप्रेषण पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गरिने उनले बताए । |
साहित्यकार अधिकारीको कविता संग्रह ‘म भित्रको म’ लोकार्पण काठमाडौं । साहित्यकार तारा अधिकारीको कविता संग्रह ‘म भित्रको म’गृह लोकार्पण तथा नियमित साहित्यिक बाचन कार्यक्रम क्लोराडोको नर्थग्लेनमा सम्पन्न भएको छ । ४९ वटा कविता समेटिएको सो पुस्तकको प्रकाशन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले गरेको हो ।
समाजको क्लोरोराडो शाखाद्वारा आयोजित कार्यक्रममा ‘म भित्रको म’की लेखिका तारा अधिकारी ले आफूलाई नै खोज्ने प्रयासमा सृजित भावनाहरुलाई कविताको रुप दिएको बताइन् । कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए । |
मलेसियाका लागि नवनियुक्त राजदूतको प्रतिबद्धताः नेपाली श्रमिकका समस्या समाधान गर्छु काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन्।
मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो ।
दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ ।
मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए ।
मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् ।
नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने बताए ।
नेपाल–मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया प्रस्थान गरेका हुन् । |
अर्का नेपालीले युएइमा ४० लाख रुपैयाँ बराबरको आधा किलो सुन पुरस्कार जिते काठमाडौं। एक नेपालीले संयुक्त अरब इमिरेट्समा करिब ३५ करोड रुपैयाँ बराबरको लट्री जितेकै दिन युएइमै अर्का एक नेपालीले आधा किलो सुन जितेका छन् । उनले जितेको आधा किलो सुनको मूल्य बिहीबार नेपाली बजारमा कारोबार भइरहेको सुनको मूल्य अनुसार करिब ४० लाख रुपैयाँ पर्छ ।
द सियासत डेलीका अनुसार विदेशमा पैसा पठाउने रेमिटेन्स कम्पनी अल अन्सारी एक्सचेन्जमार्फत पैसा पठाएपछि लक्की ड्रका लागि योग्य भएका व्यक्तिहरुले यो पुरस्कार पाएका हुन् । नेपालका केशर हुम बहादुर कार्की र पाकिस्तानी जुनैद अहमद सज्जाद जहीर जोयाले आधा किलो सुन जितेका हुन् ।
अल अन्सारीको लक्की ड्रमा सबैभन्दा धेरै १ मिलियन दिराम भारतका सज्जाद अली बटले जितेका छन् । यमनका नागरिक सबिर अलीले नयाँ मार्सिडिज बेन्ज कार जितेका छन् । पुरस्कार जित्ने नेपाली नागरिक कार्की नेपालको कुन ठाउँका हुन् भन्ने स्पष्ट छैन । |
सबैभन्दा धेरै फर्जी कागजात बुझाइएपछि अस्ट्रेलियामा नेपालीलाई व्यवसायिक विद्यार्थी भिसा ठप्प काठमाडौं। अस्ट्रेलियामा व्यवसायिक विद्यार्थी भिसामा जाने नेपाली विद्यार्थीहरुले फर्जी कागजात प्रयोग गरेर भिसा आवेदन गर्ने र अस्ट्रेलिया जानुपर्ने उचित कारणबिना नै भिसा आवेदन गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिएसँगै अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागि व्यवसायिक विद्यार्थी भिसा लगभग ठप्पजस्तै भएको छ ।
अध्यागमन विज्ञ अबुल रिजवीले बताएअनुसार गएको अप्रिलमा नेपाली विद्यार्थीका लागि व्यवसायिक विद्यार्थी भिसा स्वीकृति दर ८५ प्रतिशत थियो । तर, यो स्वीकृति दर गएको जूनमा ३० प्रतिशतमा झरेको थियो र जुलाइमा यो दर ७ प्रतिशतमा झर्यो । ‘यो केवल भेटेरीनरी क्षेत्र हो । मलाई लाग्छ गृह विभागले उच्च शिक्षाको क्षेत्रमा पनि कडाइ गरेको छ तर व्यवसायिक क्षेत्रमा जति कडाइ छैन’ रिजवीले अस्ट्रेलियन फाइनान्सियल रिभ्यूसँग भने ‘उनीहरुले विद्यार्थी भिसालाई श्रमिक भिसाको रुपमा प्रयोग गरिरहेका छन् ।’
अस्ट्रेलियन फाइनान्सियल रिभ्यूले आफ्नो अध्ययनमा अस्ट्रेलियामा विद्यार्थी भिसाका लागि आवेदन गर्ने विद्यार्थीमध्ये ६० प्रतिशतले फर्जी दस्तावेज पेश गर्ने पाएको बताएको छ । यो कुनै देशबाट सबैभन्दा धेरै फर्जी कागजात पेश गरिएकोमा पहिलो हो । फर्जी कागजात धेरै पेश गर्ने देशको सूचीमा दोस्रो स्थानमा थाइल्याण्ड छ ।
गएको डिसेम्बरमा तत्कालीन स्कट मोरिसन सरकारले विद्यार्थीले काम गर्ने समयको सीमा हटाएर विद्यार्थीले जतिसुकै समय काम गर्न पाउने बनाएपछि विद्यार्थी भिसामा आवेदनको बाढी आएको भन्दै चिन्ता व्यक्त गरिएको थियो । अन्तर्राष्ट्रिय शिक्षा संघ अस्ट्रेलियाका प्रमुख कार्यकारी फिल हनीउडले नयाँ टिमले यस्ता प्रवृत्तिलाई नजिकबाट अध्ययन गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष ओस्कार ओंगले धेरै विद्यार्थीहरु आफ्नो परिवारबाट सकेसम्म धेरै समय काम गरेर घरमा पैसा पठाउनको लागि दबाबमा हुन सक्ने बताए । नेपाल सरकारको रेकर्डअनुसार विदेशमा अध्ययनका लागि विद्यार्थी भिसाको स्वीकृति पाउनेमध्ये ६० प्रतिशत अस्ट्रेलियाका लागि आवेदन गर्नेहरु छन् । |
अमेरिकाभरका ३८ नेपालीभाषी फुटबल टीमबीच प्रतिष्पर्धा हुँदै, जित्ने युवा टीमले १५ हजार डलर पाउने ओहायो । अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देखि शुरु हुने सो प्रतियोगितामा युवा पुरुष समूहतर्फ २६ टीम, भेट्रानतर्फ ८ टीम र महिलातर्फ ४ टीमले सहभागिता जनाउने भएका छन् । फाउण्डेसनका अध्यक्ष समाजसेवी डिल्ली अघिकारीले सेप्टेम्बर २३ मा उद्घाटन गर्ने सो प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया,नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्यका खेलाडीहरु सहभागी छन् । यसवाहेक अमेरिकाको छिमेकी मुुलुक क्यानडाबाट समेत एउटा टिमले सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ । सबै खेलाडीहरु नेपालीभाषी समुदायका हुन् ।
अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी भुटानी अमेरिकी समुदाय तथा नेपाल र अन्य मुलुकबाट पनि अमेरिकामा स्थायी वसोवास गरिरहेका नेपालीभाषी समुदायको उत्साहजनक सहभागिता रहेको यो प्रतिष्पर्धाको फाइनल खेल सेप्टेम्बर २५ मा सिनसिनाटी शहरमै हुने तय भएको छ । फाउण्डेसनका प्रवक्ता केशव आचार्यले आफ्नो समुदायका युवा युवतीहरुमा ‘स्पोर्टस्मेनसिप’ भावनाको विकास गरी समुदायका युवाहरुलाई जागरुक बनाइराख्ने उद्देश्यले फाउण्डेसनले विभिन्न खेलकुदका कार्यक्रमहरु निरन्तर आयोजना गरिरहेको बताए । उनले भने, ‘खेलले व्यक्तिगत जीवनलाई स्वस्थ र अनुशासित राख्न सघाउने हुंदा समुदायका युवा युवतीहरुलाई लागूऔषधजस्ता लतमा लाग्न नदिई उनीहरुलाई जोगाउन पनि मद्धत गर्ने विश्वास लिएका छौं ।’
प्रतियोगिताका संयोजक राजन चुहानले ३५ बर्षमाथिको उमेर समूहका पुरुष खेलाडीहरुको भेट्रान टीम र महिलाहरुको टीमका बीचको प्रतिष्पर्धा लिग र नकआउटका माध्यमबाट गराइने बताए । उनका अनुसार, युवा टीमका बीच भने नकआउट प्रतिष्पर्धा गराइने छ ।
यी प्रतिष्पर्धाका लागि फाउण्डेसनका अध्यक्ष डिल्ली अघिकारीले निकै ठूलो पुरस्कार राशीको घोषणा गरेका छन् । युवाहरुको २६ टीमका बीचको प्रतिष्पर्धाबाट प्रथम हुने टीमले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । युवातर्फ दोस्रो हुने टीमका लागि ८ हजार अमेरिकी डलर पुरस्कार दिइने छ । त्यसैगरी भेट्रानतर्फ प्रथम हुने टीमलाई ८ हजार, दोस्रो हुने टीमलाई ६ हजार र तेस्रो हुने टीमलाई २ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइने छ भने महिलातर्फ प्रथम हुनेलाई ७ हजार ५ सय तथा उपविजेता टीमलाई ५ हजार अमेरिकी डलरको पुरस्कार दिइने छ ।
|
टेक्सासमा जितिया भव्यताका साथ मनाइयो टेक्सास । थारु नारीहरुको महान् पर्व जितियाको अवसरमा अमेरिका स्थित टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायले एक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि भव्यताका साथ पर्व मनाएको छ ।
टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायको बस्ती बाक्लिँदै गईरहेको बेला थारु युवाहरुको सक्रियतामा हालै गठित टेक्सास थारु सोसाइटीले यस कार्यक्रमको आयोजना गरेको हो ।
जितिया पर्व तराईमा मनाईने सांस्कृतिक पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तराईमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।
अघिल्ला वर्षहरुमा घरमै परिवारजनबीच मनाइदै आईएको यस पर्व यो वर्ष भने यहाँ बस्ने दिदीबहिनीहरुले छुट्टै उत्साहका साथ सँगै कार्यक्रम गरि मनाएका छन् । कार्यक्रममा दिदीबहिनीहरु आफ्नै मौलिक थारु पोसाक र गहनामा सजिएर आएका थिए ।
कार्यक्रममा झाम्टा नृत्य तथा सांकृतिक प्रस्तुतिहरु गरिएको थियो । पहिलो पटक यसरि सँगै मनाईएको जितियाको यो कार्यक्रमलाई आउने वर्षहरुमा पनि निरन्तरता दिईने सोसाईटीकी महासचिव गीता महतोले बताइन् । |
साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा काठमाडौँ। साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ। सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।
साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा का लागि दूतावासले अनुरोध गरेको थियो।
दूतावासको अनुरोध गरेकामध्ये ५८ जनालाई एक्जिट भीसा दिइएको हो। एक्जिट भीसा आएकाहरुले दूतावासमा आएर आफ्नो एक्जिट भीसा लिएर जान दूतावासले अनुरोध गरेको छ। स्थानीय कानुनअनुसार एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने हुन्छ।
एक्जिट भीसा प्रोसेसिङ् निःशुल्क हुने भए पनि एक्जिट भीसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ। |
सेप्टेम्बर २५ मा अमेरिकाको वासिङटन डिसीमा बृहत् दसैँ तिहार मेलाको आयोजना हुने काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आयोजना गरिएको छ ।
अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिबल कोसेढुङ्गा रहने कार्यक्रम संयोजक राजश्री श्रेष्ठले राससलाई बताउनुभयो । स्थानीय बुल रन पार्कमा आयोजना हुने उक्त बृहत् दसैँ तिहार फेस्टिबल अनेस्ट रियल स्टेटको प्रस्तुति तथा थ्रि ई इन्टरटेनमेन्ट नामक संस्थाले व्यवस्थापन गर्ने बताइएको छ ।
मेलामा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टलको व्यवस्था रहनेछ । मेलामा दिउँसोको समय मङ्गलधुन, लाखे नाच, रथ प्रदर्शनीलगायतका सांस्कृतिक कार्यक्रम र तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति हुने श्रेष्ठले जानकारी दिनुभयो । आयोजकका अनुसार दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था रहनेछ ।
त्यसैगरी साँझको समयमा प्रसिद्ध गायक एड्रिन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्याण्डका सदस्यले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइनप्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ । विभिन्न इच्छुक व्यावसायिक प्रतिष्ठानलाई आफ्नो सामानको स्टल राख्न आह्वान गरेकामा निकै उत्साहजनक प्रतिक्रिया पाएको श्रेष्ठले जानकारी दिए ।
आयोजकका अनुसार वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा र अन्य सहरहरुमा रहेका नेपाली र नेपालीभाषी गरी झण्डै पाँच हजारको सहभागिता रहनेछ । यस प्रकारको कार्यक्रमले चाडपर्वका बेलामा विदेशमा रहँदा पनि स्वदेश र गाउँँघरकै झल्को मेटाउने अपेक्षा गरिएको कार्यक्रमको संयोजनमा खटिएकी मनिषा प्रसाईं अधिकारीले जानकारी दिए ।
कार्यक्रमका लागि गैरआवासीय नेपाली सङ्घ भर्जिनिया च्याप्टर, आरएनआर ग्रुप, सुप्रिमियम इन्टरटेनमेन्ट र टेन्डर हर्ट्स फाउण्डेशनको सहयोग रहने अधिकारीको भनाइ छ । फेस्टिबलको समापनपछि केही गैरनाफामूलक संस्थालाई सहायता प्रदान गरिनेछ । |
१५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएकाे छ।
‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा आयोजना भएको सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो। सम्मेलनका २५ वटा सत्रमा एक सयभन्दा बढी विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।
यस्ताे छ सिड्नी घोषणापत्र
१. स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । हरेक राष्ट्रको समृद्धि, सामाजिक अनि आर्थिक विकासका लागि स्वस्थ नागरिक अपरिहार्य हुन्छ । हरेक नागरिकको जीवनस्तर उकास्ने पहिलो आधार पनि गुणस्तरीय स्वास्थ्य नै हो भन्नेमा हामी विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्यकर्मी एवं चिकित्सकहरु विश्वस्त छौँ । हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौँ । साथै, विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
२. कोरोना भाइरसको महामारीले विश्वका हरेक स्थानमा रहेका नेपाली पनि प्रत्यक्ष– अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । महामारीबीच उत्पन्न मानसिक स्वास्थ्य संकट अझ अर्को भयावह पक्ष हो । यसर्थ, मानसिक स्वास्थ्य संकट समाधानसहित हरेक व्यक्तिको चौतर्फी विकासका लागि विशेष योजना सहितका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता व्यक्त गर्दछौँ ।
३. ‘मानसिक स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्य हो’ भन्ने मूल सिद्धान्त अनुरुप विश्वभर छरिएर रहेका सम्पूर्ण विज्ञ, विशेषज्ञ, मनोविद्, सल्लाहकार एवं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फत् मानसिक स्वास्थ्यको विश्वव्यापी सञ्जालमा आबद्ध हुन आह्वान गर्दछौँ ।
४. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका समस्या समाधान तथा न्यूनीकरणका लागि बृहत् जनचेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गर्न अपरिहार्य देखिएकोले विश्वभरि छरिएर रहेका नेपालीहरुमा विविध कारणले देखा परेका वा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्या समाधानका लागि आ-आफ्नो स्थानबाट जनचेतना प्रवाह गर्न आह्वान गर्दछौँ ।
५. निजी तथा सरकारी क्षेत्रका सम्पूर्ण साझेदारहरूलाई नेपालमा मानसिक स्वास्थ्यको सहज र सुलभ पहुँच वृद्धि गर्न आवश्यक संरचनाहरू जस्तै ‘क्राइसिस सेन्टर,’ आत्महत्या रोकथाम परियोजना, परामर्श क्लिनिक, पुर्नवास केन्द्र लगायतमा लगानी गर्न प्रोत्साहन तथा आग्रह गर्दछौँ ।
६. नेपालमा वा नेपाल बाहिर यूरोप, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका लगायतका देशमा रही स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, विशेषज्ञ, सम्पूर्ण स्वास्थ्यकर्मी, नीति निर्माणकर्ता, सामाजिक अभियन्ता तथा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई संगठित भई हातेमालो गरी,सूचना आदानप्रदान, सरसल्लाह, सीप विकास र अनुभव साटासाट गर्ने साझा सञ्जालको विकास गर्न आव्हान गर्दछौँ ।
७. मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तीतो सत्य हामीमाझ छ । यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य सम्बर्द्धनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक ठानिएको छ । यसका लागि स्वस्थ जीवनयापन, गुणस्तरीय जीवनशैली, गुणस्तरीय खानपान एवं पोषण, र तनाव व्यवस्थापन लगायतमा ध्यान दिँदै यी क्षेत्रमा बृहत् चेतना अभिवृद्धि गर्न अपिल गर्दछौँ । महिलामा हुने पाठेघर, स्तन क्यान्सर तथा जो कोहीलाई हुन सक्ने क्यान्सरको पहिचान र त्यसको रोकथामका लागि विशेष पहल र कार्ययोजनासहित अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ ।
८. स्वस्थ समाज निर्माण एवं नागरिक स्वास्थ्य अभिवृद्धिका लागि चिकित्सा, योग, आयुर्वेद, होमियोपेथी, अकुपंचर लगायत परापूर्वकालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको छ । सम्मेलनमार्फत हामी आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमा नेपालमा र नेपाल बाहिर रहेका नेपालीहरूलाई समेट्न तथा त्यसबाट लाभान्वित हुनसक्ने वातावरण निर्माणका लागि आह्वान गर्दछौँ । त्यसका लागि आवश्यक अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन, सर्वसूलभता र प्रचारप्रसारका लागि नेपाल सरकार तथा सरोकारवाला निकायसँग पनि सहकार्य र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
९. स्वास्थ्य क्षेत्रको बृहत् विकास र नागरिक स्वास्थ्य सुनिश्चितताका लागि एक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला सबैसँग अपिल गर्दछौँ ।
१०. विभिन्न रोगजन्य महामारी, प्राकृतिक प्रकोप तथा विपदका बेलामा पनि स्वास्थ्य पूर्वाधार, स्वास्थकर्मी, चिकित्सक एवं स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउन बाध्य नेपालीको संख्या उल्लेख्य छ । यो विकराल अवस्थाको अन्त्यका लागि दूरदराजसम्म स्वास्थ्य सेवाको सहज पहुँच स्थापित गर्नु अनिवार्य देखिएकाले यस सम्बन्धमा गम्भीर हुन हामी नेपाल सरकारसँग अपिल गर्दछौँ । साथै, र्यापिड रेस्पन्स टीम ( २४ घण्टाभित्र स्वास्थ्यकर्मी सहितको टोलीले सेवा प्रवाह गर्न सक्ने ) भौतिक संरचना निर्माण र दुर्गम स्थानमा प्रोत्साहनसहितको सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण, भौतिक एवं प्राविधिक सहयोगका लागि नेपाल सरकारसहित विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु समक्ष आव्हान गर्दछौं ।
११. घुम्ती स्वास्थ्य सेवा, क्लिनिक, म्यामोग्रम, रक्तदान बस लगायतका लागि आवश्यक सहयोग जुटाउने तथा यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी दूरदराजसम्म पनि स्वास्थ्य सेवा प्रवाह गर्न आह्वान गर्दछौँ ।
१२. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस् भन्नेमा हामी एकमत छौँ । सीमान्तकृत र भौगोलिक वा अन्य कारणले पिछडिएका तथा विविध कारणले ओझेलमा परेका समुदायमा समान स्वास्थ्य सुविधा र पहुँचका लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।
१३. नेपालको स्वास्थ्य क्षेत्रको विकास र हरेक नेपाली स्वस्थ नेपाली एवं सहज स्वास्थ्य सेवाको पहुँच लगायतका अवधारणा र लक्ष्य हासिल गर्दै विश्वभरका स्वास्थ्यकर्मी, चिकित्सक एवं सरोकारवाला सहित नेपाल सरकारसँग समेत सहकार्यका लागि यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्दछौँ ।
१४. विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मी एवं चिकित्सक, विज्ञ, विशेषज्ञ लगायत समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई एउटै सूत्रमा बाँधी नेपाल र नेपालीप्रति थप जिम्मेवार बनाउने, यस क्षेत्रमा देखिएका समस्या पहिचान एवं निराकरण गर्ने तथा नीतिनिर्माण तहमा गर्न सकिने योगदान लगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले यही वर्षको डिसेम्बर महिनाभित्र एनआरएनए अमेरिकामा क्षेत्रीय स्वास्थ्य सम्मेलन र पाँचौ विश्व स्वास्थ्य सम्मेलन क्यानाडामा आयोजना गर्ने निर्णय गरिन्छ ।
१५. अन्त्यमा,गैरआवासीय नेपाली संघ, चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने गैरआवासीय नेपाली संघ अष्ट्रेलिया, एनआरएनए अन्तर्राष्ट्रिय परिषद, नेपाल सरकार, बुद्धिजीवि, सल्लाहकार, विशेषज्ञ, विज्ञ, सम्पूर्ण सञ्चारकर्मी र विश्वभर छरिएर रहेका नेपालीहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ । |
ओमनमा राजनीतिक बैचारिक संयन्त्रद्वारा राजदुत अर्याललाई स्वागत ओमन । ओमनमा सक्रिय पाँच राजनीतिक संस्था (बैचारिक संयन्त्र) जनसम्पर्क समिति ओमन, नेपाली जनप्रगतिशिल मञ्च ओमन, ओमन नेपाली एकता समाज, प्रवासी नेपाली एकता मञ्च ओमान र विवेकशील नेपाली ओमान मिलेर सयुक्त कार्यक्रम मार्फत सयुक्त रुपमा ओमनका लागि नेपाली राजदुत डोरनाथ अर्याललाई स्वागत गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वागत कार्यक्रममा प्रमुख अतिथी राजदुत डोरनाथ अर्याल, विशेष अतिथी एनआरएनए सोसल क्लब ओमनका उपाध्यक्ष महेश्वर चौधरी रहरेका थिए । भने कार्यक्रमको सभापति जनसम्पर्क समिति ओमनका सभापती सालिकराम चापागाईं, कार्यक्रम संचालन जनप्रगतिशील ओमनका महासचिव पुर्ण ब. बिक पहाडीले गरेका थिए ।
कार्यक्रममा मौन धारण र राष्ट्रियगान सँगै राजदुत डोरनाथ अर्यालले कार्यक्रमको उद्वाटन गरे । प्रवासी नेपाली एकता मञ्च ओमनका अध्यक्ष लिलानाथ कोइरालाले स्वागत भाषण गरेका थिए साथै ओमान नेपाली एकता समाज रक्तिम कलाकारहरुबाट स्वागत गीतको बेजोड प्रस्तुती रहेको थियो।
आयोजकको तर्फबाट नेपाली जनप्रगतिशील मञ्च ओमनका अध्यक्ष उमेश बिक, ओमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, प्रवासी नेपाली एकता मञ्चका महासचिब प्रेम तामाङ, विवेकशील नेपाली दलका संयोजक जीवन कार्कीले मन्तब्य राखेका थिए ।
अतिथिको रुपमा ओमनमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
|
एनआरएनएको १४ औं युरोप क्षेत्रिय सम्मेलनः महिला तथा युवा र दोस्रो पुस्ता लक्षित विशेष काठमाडौं । युरोपको उत्तरी क्षेत्रमा अवस्थित मुलुक स्विडेनको राजधानी शहर स्टकहोल्ममा हुन गईरहेको एनआरएनए चौधौं युरोप क्षेत्रिय बैठकमा महिला तथा युवा र दोस्रो पुस्तालाई लक्षित गरि बिशेष कार्यक्रमहरु तय गरिएको छ।
“Partnership in action, for transformation” भन्ने नाराका साथ यही आउंदो सेप्टेम्बर २४ र २५ मा हुन गईरहेको १४ औं युरोपेली क्षेत्रिय बैठक संगै युवा सम्मेलन र १२ औं महिला तथा दोस्रो विज्ञ सम्मेलनको तयारी लगभग अन्तिम चरण मा पुगेको छ ।
उक्त सम्मेलनमा बिशेष गरि महिला, युवा र दोस्रो पुस्तालाई कसरी सशक्तिकरण गर्ने, कसरी एनआरएन अभियान संग जोड्ने र अझ बढी समाबेशी कसरी बनाउने जसले गर्दा एनआरएनए अभियान दिर्घकालिन बन्न सक्छ साथ साथै सम्बृद्ध नेपाल बनाउने अभियानमा हातेमालो हुन सक्छ भन्ने बिषयमा बिशेष छलफल गरि कार्ययोजना समेत तयार पारिने युरोप क्षेत्रिय युवा संयोजक रमेश काफ्ले ले जानकारी दिएका छन्।
त्यसैगरि उक्त सम्मेलनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि, श्रम मन्त्रालयका सचीव, अर्थ मन्त्रालयका सह(सचिव तथा महिला आयोगकी अध्यक्ष को सहभागि हुनेछ भने युरोप क्षेत्रमा रहेका विभिन्न देशका राजदुतहरुलाई पनि निमन्त्रणा पठाईएको छ। स्विडेनको स्थानिय सरकार लाई पनि उक्त भेलामा सहभागी हुन निमन्त्रणा पठाईएको युरोप संयोजक चिन्तामणी सापकोटाले जानकारी दिएका छन् ।
पहिला पहिलाको क्षेत्रिय बैठक भन्दा फरक र भिन्न शैलिबाट बैठक संचालन गरिने तथा धेरै कार्यक्रम हरु कार्यशाला मोडालिटीमा हुने भएको हुँदा धेरै छलफल अनि बहस पश्चात उत्कृस्ट प्रतिफल आउनेमा विश्वास गरिएको छ।कार्यक्रमको सुरुवाती स्वरुप बिहान ९ बजे देखि मध्यान्हको १२ बजे सम्म उदघाटन सत्र लगत्तै पहिलो सेसन नै युवा सम्मेलन बाट सुरु हुनेछ भने १२ बजे देखि १ बजे सम्म लन्च पश्चात १ बजे देखि ३ बजे सम्म युवा सम्मेलन रहने युवा संयोजक काफ्ले ले बताएका छन् ।
“Growing Stronger Together With Youths & 2nd Generation” भन्ने नारा सहित संचालन गरिने युवा सम्मेलन विषेश आकर्षण वा उत्प्रेरणाका कारक युरोपमा रहेका युवा साइग्रेस पोख्रेल को पनि विषेश उपस्थिती रहनेछ। साइग्रेस युरोप मा बसेर दुख कष्ट गर्दै आफुलाई अगाडि बढाईरहेका छन् र पछिल्लो अबस्थामा धेरै युवाहरुको ढुकढुकी बन्न सफल पनि छन्।
उक्त भेलामा गैरआवासीय नेपाली संघ र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद बिचमा विभिन्न क्रियाकलापहरु मा एनआरएनको युवा विभागमा विषेश गरी युरोप क्षेत्रले सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि काफ्लेले बताएका छन। त्यसैगरी खेलकुद, कला, भाषा, संस्कृति लगायत अन्य थुप्रै बिषयबस्तुहरुमा विभिन्न देशका युवाहरुले कार्यपत्र प्रस्तुत गर्नेछन।
दुइ दिन सम्म संचालन हुने बैठकका अन्य सेसनहरुमा पनि युवाहरुले आफ्नो धारणा प्रस्तुत गर्ने गरि तयारी गरिएको पनि बताएका छन। यस भेलाको लागी अहिले सम्म करीब एक सय जनाले अनलाईन रजिस्ट्रेसन पुरा गरीसकेका छन् भने करिब २५० जना को उपस्थिती रहने अनुमान गरीएको छ। एनआरएनए स्विडेनका अध्यक्ष राजकुमार पाठकले ब्यवस्थापनको कामहरु लगभग पुरा गरिसकेको जानकारी दिएका छन् र प्राबिधिक सहयोगको लागी समिति गठन गरिएको छ भने सांस्कृतिक कार्यक्रम पनि हुने भएकोले उक्त जिम्मेवारी युवा विभागलाई दिइएको छ।यसको संयोजनको लागी अर्का क्षेत्रीय युवा संयोजक किरण गुरुङ लाई जिम्मेवारी दीईएको छ।
जसमा स्थानिय तथा युरोपमा रहेका विभिन्न नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन भने साथमा नेपालबाट गएका चर्चित गायक कृष्ण काफ्ले ले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ । समय अबधिका कारण र भिसाका कारणले गर्दा नेपाल बाट अर्थात युरोप भन्दा बाहिर बाट हुने पत्रकार तथा अन्य सहभागीहरुको उपस्थिती न्युन रहने छ।
क्षेत्रीय बैठकमा नेपाल उद्योग बाणिज्य महासंघ का बरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई समुहका अध्यक्ष चन्द्र ढकाल को पनि उपस्थिति रहनेछ। यस कार्यक्रमको लागि हाल सम्म इभेन्ट पार्टनरको रुपमा ग्लोबल आईएमई बैंकले सम्झौता गरिसकेको छ भने अन्य प्लाटिनम, डाएमण्ड र गोल्ड पार्टनरहरुबाट पनि सहयोग आउने क्रम जारी रहेको छ र युरोप क्षेत्रमा रहेका विभिन्न एनसीसीहरुले पनि कार्यक्रमको लागी एनसीसी सपोर्ट गर्ने क्रम जारी रहेको अर्का क्षेत्रीय संयोजक सन्तोष भट्टराईले बताएका छन् ।
युरोप क्षेत्र भन्दा बाहिर रहेका एनआरएनए केन्द्रिय उपाध्यक्ष दुर्गा आचार्य अस्ट्रेलियाबाट, मध्यपूर्व बाट केन्द्रिय युवा उपाध्यक्ष राज रेग्मी, अमेरिकाबाट केन्द्रिय कोषाध्यक्ष सुनील शाह, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी लगाएतका पनि उपस्थिति रहने भट्टराइले जनाएका छन्। |
बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग काठमाडौँ। एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका परिवार र आफन्तजहरू बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीमा गएको देखिन्छ। र, पुस्तौदेखि त्यहाँ बसोबास गरेको भेटिन्छ। जसलाई पिपुल अफ नेप्लिज ओरिजन भनिन्छ,’ सांसद पाठकले भने। |
एनआरएनए युरोप सम्मेलनः दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने लण्डन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) गर्ने एनआरएनए युरोप संयोजक चिन्तमणी सापकोटाले जानकारी दिए।
सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ।
सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार, नेपालमा पर्यटन प्रर्वद्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।
सम्मेलनको अवसर पारेर युरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ। |
वैदेशिक रोजगारीमा ज्यान गुमाउनेकाे डरलाग्दाे तथ्यांक काठमाडौँ। रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ। वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ।
उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो। गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले ज्यान गुमाएका थिए।
आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ रहेको थियो।
वोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२/७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ।
बितेको चौध वर्षमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन्। |
अष्ट्रियामा नेसासले दशैं तिहार विशेष कार्यक्रम गर्ने अष्ट्रिया । नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अवसरमा नेसास अष्ट्रियाद्वारा आगामी अक्टोवर १ तारिख शनिबारको दिन दशैं तिहार विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपाली गायक तुलसी सिवाकोटी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ कार्यक्रम मनोरन्जनात्मक हुने नेसासले जनाएको छ ।
कार्यक्रममा अष्ट्रियामा रहेका नेपालीहरुलाई उपस्थितिका लागि नेसासले अनुरोध समेत गरेको छ । |
राप्रपाको ओमनमा प्रवास विभाग समिति गठन, नेतृत्वमा को-को (सूचिसहित) मस्कट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ओमनमा प्रवास विभाग समिति गठन भएको छ। गत शुक्रबार राजधानी मस्कटमा भएको प्रथम महाधिवेशनले ओमनमा पार्टीको भात्रृ संगठन प्रवासी नेपाली एकता समाजको घोषणा गरेको हो।
समिति प्रवक्ता राजेश महर्जनका अनुसार महाविशेनले राजकुमार श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो। कार्यसमितिको अवधि २ वर्षसम्म रहनेछ।
नवगठित कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी रोशन जंग बस्नेतलाई दिइएको छ। यस्तै महिला उपाध्यक्षमा मोनिका भण्डारी चयन भएकी छिन्। यसैगरी महामन्त्रीको जिम्मेवारी टहल ठकुरीले पाएका छन् भने सहमहामन्त्रीमा सुमिका बज्रचार्य चयन भएकी छिन्।
त्यस्तै मोती गुरुङलाई महिला संयोजकको जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा शिव कटुवार र सहकोषाध्यक्ष निमा तामाङ चयन भएकी छन्। यस्तै सदस्यहरुमा अनिल मानन्धर, राजेन्द्रलाल श्रेष्ठ, आयुशा खड्का, गोमा कार्की, झरना जोशी, बिराज खड्का र चन्द्रप्रसाद बस्याल चयन भएका छन्।
महाधिवेशनमा ओमनस्थित नेपाली दूतावास द्धितिय सचिव सोमेश श्रेष्ठ प्रमुख अतिथि थिए।
यस्तै पार्टीका प्रवास विभाग संयोजक प्रमुख तथा केन्द्रीय सदस्य आनन्द अधिकारी, प्रवास विभाग समितिका सचिव तथा केन्द्रीय सदस्य सन्तोषी शाही ठकुरी र अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुण्डल बहादुर सिंह विशेष अतिथिका रुपमा सहभागि थिए।
|
नेपाल एयरलाइन्सको उडान अब दोहा विमानस्थलबाट दोहा । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो ।
१५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको संघारमा छ । विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थलाई समेत प्रयोगमा ल्याएको हो ।
नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरु पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ। यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ। |
मलेसियामा मृत्युदण्ड पाएका एक जना नेपालीको सजाय फेरियो, १२ वर्ष जेल बस्नु पर्ने काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ ।
मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।
सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो ।
त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा गएका थिए । पुत्रजयस्थित पुनरावेदन अदालतले आज तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ ९क० मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ ।
‘सोही बमोजिम सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । |
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता काठमाडौं । नेपालका लागि श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन् ।
यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए । राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गरेका थिए । श्रीलंकामा पनि यस्तै छाता संगठनमार्फत गैरआवासीयलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उनको भ्रमण केन्द्रित थियो ।
राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताएका थिए । |
साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले वहिर्गमन ( एक्जिट) भिसा दिएको छ। ती वहिर्गमन भिसा २६ अगष्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा दूतावासले अनुरोध गरेको थियो।
सोही अनुरोधअनुसार ७८ जना नेपालीलाई वहिर्गमन भिसा प्रदान गरिएको हो। यस्तो भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने साउदी नियम रहेको छ।
वहिर्गमन भिसा प्रक्रिया निःशुल्क हुने भए पनि वहिर्गमन भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ। |
एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु काठमाडौँ। एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ। गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन्।
गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो।
गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए। |
कतारमा नेपाली खेलाडी नकआउट कप खेल्दै दोहा। बैदेशिक रोजगारीका लागि कटारमा रहेका नेपालीहरुको फुटबलप्रतिको रुचीलाई अभिवृद्धि गर्न नकआउट फुटबल प्रतियोगिता भएको छ।
सन् २०११ मा स्थापना भएको सीएफसी फुटबल क्लबले डेढ महिनासम्म हप्ता एक दिन शुक्रबार खेल हुने गरी आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता कतारको मिसाइदस्थित माइक स्पोर्ट्स स्टेडियममा उद्घाटन गरिएको हो। एनआरएनए एनसीसी कतारका अध्यक्ष सुरेश भट्टले फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए।
रोजगारीको शिलसिलामा कतारको विभिन्न स्थान छरिएर बसेको र फुटबलप्रति रुची भएका नेपाली खेलाडीलाई फुटबलप्रति आकर्षित गराउन खोलिएका १५ वटा क्लबको सहभागितामा चारवटा क्लबबीच प्रतिश्पर्धा भएको थियो।
खेलको पहिलो चरणको ३०/३० मिनेटमा एफएफसी रेडले न्यु स्टार एफसी विरुद्ध १ का विरुद्ध ४ गोल गरेको थियो।
त्यसैगरी दोस्रो खेलमा ह्यापिज ब्रोले थ्रीसीसीलाई २ का विरूद्ध ३ गरेको थियो। एफएफसी रेडको तर्फबाट पहिलो खेलको म्याच अफ द म्यानको उपाधि भुपाल राईले प्राप्त गरेका थिए भने दोस्रो खेलमा ह्यापिज ब्रोबाट प्रकाश थापा म्यान अफ द म्याच भए।
प्रथम हुने टीमले कतारी रियाल पाँच हजार पाँच सय ५५ रुपैयाँ पाएको थियो भने दोस्रो हुने टीमले तीन हजार तीन सय ३३ रुपैयाँ पाउने आयोजक टीम सीएफसीका अध्यक्ष देवनारायण चौधरीले बताए। पहिलो नगद पुरस्कारका स्पोन्सर सफल ब्यबसायी राजाराम बनिया हुन्।
सहभागी टिम
१) नेपाल कतार पुलिस क्लब
२) रेड्को फुटबल क्लब
३) नाईन स्टार
४) युनाइटेड युथ क्लब
५) बर्वा फुटबल क्लब
६) न्यु स्टार फुटबल क्लब
७) ह्यापिज–ब्रो
८) थ्रीसिसी
९) गोरखा गाईज
१०) पेट्रो फुटबल क्लब
११) ए बी क्लब
१२) एन. ए फुटबल क्लब
१३) राईजिङ स्टार
१४) सिएफसी–ब्लु
१५) सिएफसी–रेड |
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने काठमाडौं। साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
साउदीमा रहेका नेपाली कामदारको संख्या मध्ये पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासामा मात्रै झण्डै आधाजसो नेपाली कामदारहरू रहेका छन्।
‘तसर्थ, आगामी १ कार्तिक २०७९ देखि साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानको लागि थप एकजना कर्मचारी खटाइने व्यहोरा जानकारी गराइन्छ। कार्तिक १ गते उप्रान्त पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन्,’ दूतावासले जनाएको छ।
सोपश्चात् पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा दूतावासले गरेको छ। पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको संख्या र समस्यालाई मध्यनजर गरेर दूतावासले पूर्वी क्षेत्रको लागि विगत लामोअवधि देखि छुट्टै एकजना कर्मचारी खटाउँदै आएको थियो।
पूर्वी क्षेत्रमा अर्को एकजना कर्मचारी व्यवस्था गर्नका लागि राजदूतावासले धेरै अघिदेखि प्रयास गरिरहेको थियो। परिणामस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट दूतावासको लागि थप एकजना कर्मचारीको व्यवस्था गर्ने भएपछि दूतावासले उक्त घोषणा गरेको हो। |
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित नयाँ दिल्ली। “हाम्रो स्वाभिमान ट्रस्ट” (हरिद्वार)ले पछिल्ला केहि वर्षदेखि दिंदै आएको “हाम्रो गौरव अवार्ड” यस वर्ष मंगलबार राजधानी दिल्लीमा एक भब्य कार्यक्रमका बीच वितरण गरिएको छ। स्वामी रामदेव र आचार्य बालकृष्णले “हाम्रो गौरव अवार्ड-२०२२” ले गोर्खा समाजका महापुरुषहरुलाई अवार्डले सम्मानित गरेका छन्। “हाम्रो गौरव अवार्ड” समाजका विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुराउदै आइरहेका शिखर व्यक्तित्वहरुलाइ प्रदान गरिन्छ। यस वर्षको पुरस्कार भारत भरिरहेका गोर्खा समाजका शिर्षव्यक्तित्व र नेपालबाट पुरस्कृत गरिएको छ।
यसबर्षको “हाम्रो गौरव अवार्ड” पाउनेहरुमा १२ जनाको नाम क्रमश: १- पद्मश्री लीलबहादुर क्षेत्री – उपन्यासकार, लघुकथा लेखक , निबन्धकार, २- पद्मश्री केदारनाथ गुरुङ- लेखक, साहित्यकार, ३- पद्मश्री सानु लामा, लेखक, साहित्यकार, ४- पद्मश्री अनुराधा कोइराला – प्रशिद्द समासेवी, संस्थापक एव अध्यक्ष माइती नेपाल, ५- पद्मश्री काजी सिंह, गोरखा लोक कलाकार, ६- श्री श्याम थापा- अन्तर्रास्ट्रिय फुटबल कोच, एशियाई खेल पदक विजेता – १९७०, मोहन बगान रत्न -२०२२, ७- श्री तारापति उपध्याय – महान लेखक, समाज सुधारक, ८- श्री ललित राइ- वीरचक्र सम्मानित, रक्षा रणनितिक अनुसन्धानकर्ता ९- श्री राजु बिष्ट – साम्सद लोकसभा, एमडी सुर्यरोसनी, १०- इन्दिरा रानामगर, बालअधिकारकर्मी तथा अध्यक्ष बन्दिसहायता नेपाल, ११- श्री विष्णु शर्मा न्यौपाने, सफल ब्यबसायी, १२- श्री मुकेश थापा, अन्तर्रास्ट्रिय ख्याति प्राप्त चित्रकार।
साथै विश्वप्रशिद्ध संस्था पतंजली योगपिठ र आईएमई इन्डिया प्रालिले आपसी सम्झौता समेत गरेका छन्। भारतबाट नेपाल पैसा पठाउन चाहनेले भारतभरि छरिएर रहेका पतञ्जलि आयुर्वेदका पसलहरुबाट सिधै पठाउन सक्ने भएका छन्। पतंजली र आईएमई इन्डिया प्रालिबीच सस्तो शुल्कमा पैसा पठाउने सम्बन्धमा सम्झौता भएको छ। भारतमा रहेका लाखौ नेपालीहरुलाई नेपाल पैसा पठाउन सजिलो होस् भन्ने उदेश्यले र हुण्डी जस्तो अबैध तरिका बाट पैसा पठाउने परिपाटी बन्द गर्ने उदेश्यले यो सम्झौता गरेको पतंजलीका आचार्य बालकृष्णले बताए। “आईएमईबाट नेपाल पैसा पठाउन अब पतञ्जलिका पसलमा पुगेमात्र हुन्छ, अव पहिले जस्तो कठिनाई हुदैन” उनले भने ।
त्यस्तै पतंजली र एभरेस्ट बैंक बीच पनि सस्तो दरमा नेपालमा क्रेडिट कार्ड सेवा उपलब्ध गर्ने बारे सम्झौता भएको छ। यस बारेमा सम्झौता पत्र घोषणा गर्दै आचार्य बालकृष्णले नेपालमा क्रेडिट कार्डको सुबिधा कम भएकोले यो सम्झौता गरीएको बताए।
नेपाल र भारत बाट ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको उपस्थीतिमा हरितालिका तीजको भव्य कार्यक्रम गरिएको थियो। कार्यक्रममा पतंजलीदेखि स्वामी रामदेव र आचार्य बालकृष्ण, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, भारत सरकारका केन्द्रिय मन्त्रि मिनाक्षी लेखि, लोक सभा साम्सद नवनित राणा, भारतका लागि नेपाली साजदुत डा शंकर प्रसाद शर्मा लगाएतका वरिष्ठ व्यक्तित्वको उपस्थिती रहेको थियो। कार्यक्रम श्रीफोर्ट अडोटोरिएम नया दिल्ली सम्पन्न भएको थियो। |
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो ।
घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, फिजी लगायतका देशमा रहेका करिब छ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलनबाट नेपाल सरकारसँग विषेश अनुरोध गरिएको छ ।
एनआरएनएले स्थापना कालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसद्बाट पारित भएको प्रति सम्मेलनले खुशी व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानूनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ ।
एसिया प्रशान्त क्षेत्रमा बसोबास गर्ने युवा, महिला तथा दोस्रो पुस्तालाई सङ्घको मूलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्य गर्न सङ्घका सबै राष्ट्रिय समन्वय परिषद्हरु सम्मेलनमार्फत प्रतिबद्धता जाहेर गरिएको छ । नेपालमा विदेशबाट पढ्न आउनेले पर्यटन भिसा लिएर जानुपर्ने अवस्था भएकोले सो को अनुकूल वातावरणका लागि विद्यार्थी भिसाको व्यवस्थाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
गैरआवासीय नेपालीको लगानीलाई सुनिश्चित गर्नका लागि आवश्यक कानूनलाई समयाअनुकूल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्ने पनि घोषणापत्रमा उल्लेख छ । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई बैठकले अनुरोध गरेको छ ।
यसैगरी हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरूपमा सामाजिक सुरक्षामा आबद्ध गराउन अनुरोध गरिएको छ । विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्वाङ्गीण विकासमा योगदान हुने गरी सोको सहज प्रयोगका लागि आवश्यक संयन्त्र निर्माण तथा समन्वय गर्न सम्मेलनले अनुरोध गरेको छ ।
सङ्घले उद्धमशीलताको विकास गर्न विद्यालयस्तरबाटै पढ्दै कमाउँदै जस्ता मौलिक कार्यक्रमहरु सञ्चालनमा ल्याउने योजनाको यो सम्मेलने स्वागत गरेको छ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाको सहभागिता सुनिश्चित गराउन सम्मेलनले प्रतिबद्धता जाहेर गरेको छ ।
सम्मेलनले नेपालको प्रमुख आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स)लाई औपचारिक माध्यमबाट नेपाल पठाउने वातावरण बनाउँदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वातावरण मिलाउन नेपाल सरकार सङ्घबीच सहकार्य गर्ने सम्मेलन निर्णय गरेको छ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको वैदेशिक मुद्राको न्यूनतालाई परिपूर्ति गरी सहयोग गर्न सम्मेलनले अपिल गरेको छ ।
यसैगरी वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीलाई सामूहिक लगानीमा आबद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा सञ्चलान गर्न लागिएको रु १० अर्बको लगानी कोष सञ्चालनमा आवश्यक कानून यथाशक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । सम्मेलनले मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोसेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने गरी घोषणापत्र जारी गरिएको छ ।
सम्मेलन सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवालगायत सङ्घले लामो समयदेखि पैरवी गर्दै आएका मुद्दा र सङ्घको संरचनागत सुधारका बारेमा केन्द्रित रहेको थियो । सङ्घका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी, संस्थापक, सङ्घका पदाधिकारी तथा सदस्य, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधिले सङ्घलाई आगामी दिनमा एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए ।
सम्मेलनमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको प्रमुख आतिथ्यता एवं सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर्राष्ट्रिय संयोजक (महासचिव) भीम उदासलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको उपस्थिति रहेको थियो । |
अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यतामा नेपालको यौन\घरेलु हिंसा पीडितको सहयोगार्थ मेलबर्नमा तीज कार्यक्रम मेलबर्न । बिगत ६ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन\घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करीब ७ सय जनाको उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ तीज कार्यक्रम सम्पन्न गरेको छ ।
दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६ हजार डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ ।
दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार, कानूनी सुझाव, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्तता प्रकृया र तालिमको लागि प्रयोग गरिन्छ । यो सहयोगका कारण महिलाहरुको बिग्रदो स्वास्थ्य र जीवनलाई उनीहरुको आत्मविस्वास र क्षमता अभिवृद्धि मार्फत सामान्यिकरण गर्न सहयोग पुर्याएको छ र यस्को लागि त्यस क्षेत्रमा कृयाशिल ‘आवाज’ संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।
सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरी खड्काद्धारा समेत मन्तब्य व्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्धारा स्वागत मन्तब्य व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन धेरै टाँढा टाँढाबाट समेत सोचिएभन्दा अत्यन्तै धेरैको आगमन भए तापनि सुरक्षाका कारण सुरक्षाकर्मीहरुद्धारा सबैलाई कार्यक्रम हलमा प्रबेश गर्न नदिएकोले कार्यक्रममा सहभागी हुन नपाई फर्कन परेकोले आयोजकले आगन्तुक र शुभेच्छुकको असुबिधाका लागि क्षमा याचना गर्दै सूचना समेत जारी गरेको छ ।
संस्थाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको संयोजनकारी र अन्जु अधिकारी र गीता नायक क्षेत्रीको सह-संयोजनकारी भूमिका रहेको र अन्जु, जुलिय, कमला र सपनाद्धारा उदघोषित उक्त कार्यक्रममा दिदी-बहिनी समाज ब्रिमब्यांक, वेष्ट, आइन्ट्री, इस्ट, बेन्डिगो, लालोर, एपिङ, थोमसटाउन, जिलोङ, ग्लेनरोइ, क्रेगिबर्न, मरान्डा युनिटहरुले समूहगत रुपमा छुट्टाछुट्टै तीज नाच प्रदर्शन गरेका थिए ।
|
एनआरएनए एशिया क्षेत्रीय बैठकः ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित बैंकक।गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन् ।
सम्मेलनमा थाईल्याण्ड, म्यानमार, सिंगापुरमा रहेका रैथानेहरुले उठाउदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी त्यहाँस्थित नेपाली समुदायले गरेका छन् ।
सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवर बैंकक आइपुगेका छन् ।
सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणी भद्र कंडेल शर्मा, नेपाल उद्ययोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समाबेसी आयोगका सदस्य पुष्पराज तिमिल्सीना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य मिर्जा अर्सद बेग, थाईल्याण्डका लागी नेपाली राजदूत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान नेकपा (माओबादी केन्द्र) क केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख ओम शर्मा लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्बका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहेको एशिक्षा क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जनाए ।
भाईचार अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणाअनुरुप यो भेला आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा। बद्री केसी समेतको उपस्थिति रहेको छ ।सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारको विभिन्न मनोरन्जनात्मक प्रस्तुति दिने तयारी छ ।
पूर्वअध्यक्षहरु अनुपस्थित
संघको क्षेत्रीय सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएका पूर्वअध्यक्षहरु डा.उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन कुमार पन्त लगायत संघका महासचिव गौरीराज जोशी सम्मेलनमा सहभागी भएनन् । सम्मेलनमा पूर्वअध्यक्ष भवन भट्ट मात्र उपस्थित छन् ।
संघको १० औं महाधिवेशन देखि शुरु भएको संघभित्रको तिक्तता मेटाउने अपेक्षा गरिएको सम्मेलनमा पूर्वअध्यक्षहरुको अनुपस्थितिले सहभागीहरुमा खल्लो महशुस भएको छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतवार सम्मन्न हुनेछ ।
|
नेपाली नर्स बेलायतमा रोजगारीका लागि जान पाउने, मापदण्ड र सेवा सुविधा यस्ता छन् काठमाडौँ। अब नेपालका नर्सहरु रोजगारका लागि बेलायत जान पाउने भएका छन्। भाद्र ६ गते सोमबार बेलायत सरकार र नेपाल सरकारबीच राष्ट्रिय स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीको भर्नासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतापश्चात नेपाल सरकारले नेपाली स्वस्थ्यकर्मी (नर्सहरु)लाई रोजगारीका लागि बेलायत पठाउनेछ ।
बेलायतमा काम गर्ने नेपाली स्वास्थ्यकर्मीको सेवा, सुविधा र अधिकारसम्बन्धी व्यवस्था बेलायती स्वास्थ्यकर्मी सरह हुनेछ। रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीलाई बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायले आवश्यक तालिम प्रदान गरी रोजगारीमा पदस्थापना गर्नेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालका अनुसार वैदेशिक रोजगार विभाग (नेपाल)ले स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (युके)सँग काम गर्ने र स्वस्थ्यकर्मी भर्ना प्रक्रिया सञ्चालन गर्नेछ। दुवै सरकारले भर्ना प्रक्रिया व्यवस्थापन गर्न कार्यान्वयन प्रोटोकल विकास गर्नेछन्।
‘भर्ती प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुने छैन’ सहप्रवक्ता भुसालले भने,’ बेलायतमा स्वास्थ्यकर्मी भएर जान चाहने इच्छुक उम्मेदवारहरूले सरकारी मान्यता प्राप्त संघ-संस्था र एजेन्सीमार्फत सम्पर्क गर्न सक्ने छन्।’
सरकारी निकायबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट अवश्यक योग्यता पूरा भएका महिला तथा पुरुष दुवैले बेलायतमा स्वस्थ्यकर्मी भएर जान पाउने छन्। उनीहरुको उमेर हद २० बर्षदेखि ४५ बर्ष भित्र हुनुपर्ने विभागले जनाएको छ।
बेलायतमा रोजगारीमा जाने स्वास्थ्यकर्मीहरुको शैक्षिक योग्यता स्टाफ नर्स, नर्सिङमा स्नातक डिग्री (नर्सिङ विज्ञानमा बीएस्सी वा नर्सिङको स्नातक (बीएन) गरेको हुनुपर्ने वा मान्यता प्राप्त सरकारी संस्थाबाट नर्सिङमा स्नातकोत्तर डिग्री हासिल गरेको हुनुपर्ने विभागले जनाएको छ।
यसका साथै, नेपाल नर्सिङ काउन्सिलबाट स्वास्थ्य क्षेत्रमा कार्य गर्नको लागि इजाजत पाएको हुनु पर्ने र नेपालमा दर्ता भएका अस्पतालमा कम्तिमा २ वर्षको अनुभव भएको हुनुपर्ने छ।
राष्ट्रिय स्वास्थ्य सेवामा दर्ता भएका नर्सहरुले बार्षिक रुपमा बेलायतको २७ हजारदेखि ३२ हजारसम्म पाउन्ड स्टर्लिंग तलब प्राप्त गर्नेछन्। नेपाली मुद्रा अनुसार बेलायतमा रोजगारका लागि जाने नेपाली स्वास्थ्यकर्मीहरुले बार्षिक रुपमा ४० लाख ५३ हजारदेखि ४८ लाख ३ हजारसम्मको तलब सुबिधा पाउने छन्।
यसका साथै, स्वास्थ्यकर्मीहरुले वर्षमा २७ दिन बिदा पाउने र बैंक बिदामा पनि बिदाको सुविधा पाउने छन्। राष्ट्रिय स्वास्थ्य सेवामा दर्ता भएका स्वास्थ्यकर्मीहरुले पेन्सन स्कीमदेखि अन्य सुविधाहरु पाउनेछन्।
यसका साथै, नर्सिङ र मिडवाइफरी काउन्सिलमा पूर्ण रूपमा दर्ता भएपछि नर्सहरूले एक वर्षको प्रिसेप्टरशिप एजुकेशन प्रोग्रामबाट फाइदा लिएर युके नर्समा परिणत हुन पाउने छन्। बेलायतमा जाने विवाहित नेपाली स्वास्थ्यकर्मीहरुले आफ्नो परिवार पनि लैजान पाउने छन्।
बेलायतले नेपाली स्वास्थ्यकर्मी, उनको परिवारलाई सार्वजनिक रुपमा दिने स्वास्थ्य सेवा पनि पाउन सक्नेछन्। साथै, ४ वर्षदेखि १८ वर्षसम्म बालबालिकाले शैक्षिक सुविधा पाउने व्यवस्था भएको विभागले जनाएको छ।
योग्यता, मापदण्ड र सेवा सुविधाबारे विस्तृतमा तलको दस्तावेजमा पढ्नुहोस् –
|
जर्मनीमा २७ बर्षीय नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको अपेक्षा जर्मनी । जर्मनीको फ्र्यांकफर्टमा अध्ययनको शिलशिलामा रहेका नेपाली विद्यार्थी अनुप रानाभाटको निधन भएको छ । ६ बर्ष पहिले अगष्ट २२ का दिन अध्ययनका लागि जर्मनी आएका रानाभाटको २२ अगष्टकै दिन क्यान्सरको कारण निधन भएको आफन्तजनलाई उद्धृत गर्दै एनआरएनए जर्मनी हेसेन शाखाका संयोजक ज्योति राईले डिसी नेपाललाई जानकारी दिए ।
नेपालमा बुटवल स्थायी घर भएका मृतक रानाभाटका परिवारले उनको शव नेपाल पठाइदिन र आवश्यक प्रबन्ध साथै खर्चको व्यवस्थापन गर्न आग्रह गरेको संयोजक राइले जानकारी दिए । शव नेपाल लैजानका लागि करिब १० लाख रुपैया खर्च लाग्ने र सो बराबरको रकम जम्मा गर्न परिवारलाई कठिनाई रहेका उनका नजिकका आफन्तजनले बताएका छन् । परिवारजनको आग्रह अनुसार एनआरएनए हेसेनले सहयोग रकम संकलन कार्य सुरु गरिसकेको र अहिलेसम्म ४ हजार युरो अर्थात ५ लाख रुपैँया संकलन भएको राइले बताए ।
फ्रयांकफर्ट स्थित Frankfurt University of applied Science मा वायो प्रोसेसिङ इन्जिनियरिङ विषय अन्तर्गत छैठौं सेमेस्टरमा अध्ययन गरिरहेका रानाभाट करिब २०१८ देखि ट्युमरको क्यान्सरबाट ग्रसित थिए । धैरै पटक शल्यक्रिया र विभिन्न अस्पतालहरुमा उपचार गराउँदा पनि मृत्यूलाई जित्न नसकेपछि अहिले परिवारजन शोकमा डुबेको छ । शब नेपाल पठाउने कम्पनीसँग कार्य अघि बढाउने गरी छलफल भइरहेको र प्रक्रिया पुरा गरेर सक्दो चाँडो शव पठाइने संयोजक राइले बताए । |
जर्मनीमा २७ बर्षीय नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको अपेक्षा जर्मनी । जर्मनीको फ्र्यांकफर्टमा अध्ययनको शिलशिलामा रहेका नेपाली विद्यार्थी अनुप रानाभाटको निधन भएको छ । २७ वर्षका रानाभाट ६ बर्ष पहिले अगष्ट २२ का दिन अध्ययनका लागि जर्मनी आएका थिए ।
रानाभाटको २२ अगष्टकै दिन क्यान्सरको कारण निधन भएको आफन्तजनलाई उद्धृत गर्दै एनआरएनए जर्मनी हेसेन शाखाका संयोजक ज्योति राईले डीसी नेपाललाई जानकारी दिए । नेपालमा बुटवल स्थायी घर भएका मृतक रानाभाटका परिवारले उनको शव नेपाल पठाइदिन र आवश्यक प्रवन्ध साथै खर्चको व्यवस्थापन गर्न आग्रह गरेको संयोजक राईले जानकारी दिए ।
शव नेपाल लैजानका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने र सो बराबरको रकम जम्मा गर्न परिवारलाई कठिनाई रहेको उनका नजिकका आफन्तजनले बताएका छन् । परिवारजनको आग्रह अनुसार एनआरएनए हेसेनले सहयोग रकम संकलन कार्य सुरु गरिसकेको र अहिलेसम्म ४ हजार युरो भन्दामाथि अर्थात ५ लाख रुपैया संकलन भएको राईले बताए ।
फ्रयांकफर्ट स्थित फ्रयांकफर्ट युनिभर्सिटी अफ अप्लाइड साइन्समा वायो प्रोसेसिङ इन्जिनियरिङ विषय अन्तर्गत छैठौं सेमेस्टरमा अध्ययन गरिरहेका रानाभाट करिब १ बर्ष पहिलेदेखि ट्युमरको क्यान्सरबाट ग्रसित थिए ।
२०१८ मा क्यान्सर भएको थाहा भएपछि धेरै पटक शल्यक्रिया र विभिन्न अस्पतालहरुमा उपचार गराउँदा पनि मृत्युलाई जित्न नसकेपछि अहिले परिवारजन शोकमा डुबेको छ । शब नेपाल पठाउने कम्पनीसँग कार्य अघि बढाउने गरी छलफल भइरहेको र प्रक्रिया पूरा गरेर सक्दो चाँडो शव पठाइने संयोजक राईले बताए । |
कोलोराडोको अरोरामा नेपाली संस्कृति प्रवर्द्धन र प्रचारप्रसार कार्यक्रम कोलोराडोको अरोरा शहरमा भव्य समारोहबीच “ अरोरा ग्लोबल फेस्ट “ सम्पन्न भएको छ। नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा योमरी मयजु कम्पनीका बिजनेस हेड बिनिशा श्रेष्ठ सहभागि भएकी थिइन्।
कार्यक्रम अगावै उनले नेपाल र नेपालीहरुको संस्कृति प्रवर्द्धन र प्रचार प्रसार गर्न के – के गर्न सकिने जानकारी पनि यहाँको न्युज च्यानल CBS Channel 4 tv लाई दिएकी थिइन्।
लगभग १५,००० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेवारी खाजा “समय बजी” सालको टपरीमा निकै रुचाईएको बिनिशाले उल्लेख गरेकी छिन्। अरोरा ग्लोबल फेस्टका कोअर्डिनेटर मिनसु सोंगले नेपाल र नेपालीहरु आ-आफ्नो संस्कृतिलाई औधी माया गर्ने र आउँदा दिनमा पनि यसको प्रवर्द्धन गर्न आफुले सक्दो सहयोग गर्ने पनि जनाईन् ।
कार्यक्रममा विभिन्न देशहरुको आ-आफ्नै मौलिक गीत संगीत, भेष भुषाको पनि प्रस्तुति रहेको थियो। कार्यक्रम सोचेको भन्दा बढी सफल भएको र आउँदा दिनहरुमा नेपालको मात्र एकल उत्सव गर्ने पनि पहल भइरहेको बिनिशाले जनाएकी छिन् । |
नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर, बेलायती सरह सेवासुविधा पाउने काठमाडौं । नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाली नर्सलाई रोजगारीको लागि बेलायत जाने खुला भएको छ ।
समझदारी पत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतको तर्फबाट नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितीमा दुवै देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
‘यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशिक्तको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
समझदारी पत्रमा बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था गरिएको छ ।
समझदारी पत्रमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (जिटुजी) प्रक्रिया बमोजिम गरिने उल्लेख गरिएको छ । |
अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही चयन कतार । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको शनिबार भएको पुनर्गठित भेलाले राजाराम शाही अध्यक्ष रहने गरी ३१ सदस्यीय कार्यसमिती निर्माण गरेको छ।
पछिल्लो समय जनता समाजवादी पार्टीमा उपेन्द्र यादव पक्षधर र डा. बाबुराम भट्टराई पक्षधरका विच पार्टीभित्रको विबाद चरम उत्कर्षमा पुगेपछी डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीबाट चोईटिएर नेपाल समाजवादी पार्टी गठन गर्न पुगेका थिए ।
हाल डा. भट्टराको नेतृत्वको पार्टीको विदेश स्थित भातृ संगठन खोल्ने क्रम बढेको देखिन्छ। डा. भट्टराको देस बाहिर पनी ठुलो संख्यामा समर्थक र शुभचिन्तक रहेका छन्। मध्यपूर्वको खाडी राष्ट्रमा भने भट्टराई नेतृत्वको पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज पहिलो गठन भएको प्रवक्ता ध्रुव क्षेत्री बताउँछन्।
यस्तो बन्यो अन्तर्राष्ट्रिय नेपाली समाज कतारको कार्यसमिति
अध्यक्ष राजाराम शाही, उपाध्यक्ष सन्तोष तिमल्सीना, रामजी सुवेदी, नवीन निरौला, राम सुनार पण्डित र शोभा चापागाईं रहेका छन् भने सचिवमा मनोज दाहाल, सह-सचिवमा नवीन रेग्मी र नरबाहादुर गुरूङ्ग छन् । त्यस्तै कोषाध्यक्षमा पुष्पराज भण्डारी, सह-कोषाध्यक्षमा करिश्मा दाहाल बस्ताकोटी, लोकेन्द्र बहादुर कार्की र गोविन्द चौधरी रहेका छन् । कार्यसमिति सदस्यमा – अर्पण श्रेष्ठ, रामसुन्दर मिश्र, सरोज कायर, प्रकाश पन्त प्रेम पौडेल, बाबुराम थापा, बाबुराम दवाडी, टेक बा। ढकाल, सूर्य गुरूङ्ग, प्रकाश विश्वकर्मा, राजेश दर्नाल, हर्क बा। माझी, सुरज क्षेत्री, तुलसीराम विश्वकर्मा र शेख जमशेद रहेका छन्। त्यसैगरी सल्लाहकार समितिमा- पवन राई, नवराज लामिछाने, भरत परियार, राज भट्टराई, राजु पुडासैनी सन्तोष पाठक, तारा सुनार, राजेन्द्र पराजुली, उत्तम भण्डारी, अब्दुल करीम मिया र राजनीतिक सल्हकारमा सुरेश भट्ट रहेका छन् । |
मलेसियन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा एक हजार नेपाली मलेसिया जाँदै काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।
मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा माइटेकका तर्फबाट मानव संशाधन निर्देशक माइकल ली र ह्वाइट हर्सका तर्फबाट प्रमुख राजन श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार माइटेक कम्पनीमा जाने नेपाली श्रमिकले उक्त मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन् । सो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने घोषणा गरेको छ । दोस्रो चरणमा थप एक हजार श्रमिक लैजाने कम्पनीका निर्देशक माइकल लीले बताए । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने उनको भनाइ छ । श्रमिकको हवाई टिकट, राहदानी बनाउँदा लागेको खर्च, यातायात खर्च, काठमाडौँसम्मको होटल खर्च, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार बीमालगायत सबै शुल्क कम्पनीले व्यहोर्नेछ ।
सो कम्पनी ‘रेस्पोन्सिबल विजनेस एलाइन्स’ (आरबिए) मा आबद्ध छ । आरबिएले आप्रवासी श्रमिकले शून्य लागतमा रोजगारीमा जान पाउनुपर्ने अवस्थाको सुनिश्चितता गर्छ । कम्पनीका निर्देशक लिले आरबिए र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को निर्देशिका अनुसार नै शून्य लागतमा नेपालबाट श्रमिक लैजाने बताए ।
नेपाली श्रमिकले न्यूनतम् एक हजार ५०० मलेसियन रिङ्गेट पारिश्रमिकका साथै अतिरिक्त भत्ता र वार्षिक बिदा पाउने उनले जानकारी दिए । नेपाली श्रमिकले मलेसियाका श्रम कानुन अनुसारका सुविधा प्राप्त गर्नेछन् ।
ह्वाइट हर्सका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए । आफ्नो मेनपावरमा कुनै पनि एजेन्ट नरहेको र आइएलओको न्यायोचित भर्नाको मान्यता अनुसार नै श्रमिक पठाइने बताए । |
नागरिकता संशोधन विधेयक जतिसक्दो चाँडो लागू गर्न एनआरएनहरूको आग्रह काठमाडौं। संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको विषयलाई लिएर देशविदेशमा चासो उत्पन्न भएको छ ।राष्ट्रपतिले संसदलाई पठाएको संदेशमा गैरआवासीय नेपालीहरुको बारेमा केही उल्लेख नभए पनि विधेयक जारी हुन ढिलो भएको भन्दै प्रवासी नेपालीहरुले चासो देखाएका हुन्।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष दुर्गा आचार्य संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयक फिर्ता पठाउने राष्ट्रपति भण्डारीको कदमले आफूहररू दुःखी भएको बताए। ‘यो उहाँको संवैधानिक अधिकार हो। तर विधेयक पारित गर्न ढिलाइ हुँदा देशभित्र मात्रै हैन, संसारभरि लाखौं गैरआवासीय नेपालीहरु प्रभावित भएको कुरा उहाँले बुझ्नुपर्ने थियो,’ आचार्यले भने।
गैरआवासीय नेपाली संघ अमेरिकाका सल्लाहकार बेद खरेल विधेयक लागू गर्न अब थप ढिलाइ गर्न नहुने बताउँछन्। ‘राष्ट्रपति भण्डारीले संसदलाई पठाएको पत्रमा गैरआवासीय नेपालीहरुबारे कुनै उल्लेख छैन। यो विषयमा कुनै विवाद पनि छैन। तर विधेयक पारित गर्न भैरहेको ढिलाइले संसारभरि रहेका नेपालीहरुलाई निराश तुल्याएको छ,’ खरेलले भने। उनले अब थप ढिला नगरी विधेयकलाई लागू गर्न नेपाल सरकारलाई आग्रह पनि गरे।
गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले रास्ट्रपति भण्डारीको पछिल्लो कदमले राष्ट्रपतिको संस्थालाई नै विवादमा ल्याएको जनाए। ‘गत वर्ष पूर्ववर्ती सरकारले पठाएको नागरिकता अध्यादेश एक दिनभित्रै राष्ट्रपतिले जारी गर्नु भएको हामीले देख्यौं।
अहिले उक्त अध्यादेशमै रहेको विषयवस्तुमा गैरआवासीय नेपाली नागरिकताको विषय थप गरेर पठाउँदा राष्ट्रपतिले किन फिर्ता गर्नुभयो ? त्यो स्पष्ट गरिनुपर्छ,’ सापकोटाले भने। उनले जति सक्दो चांडो विधेयक कार्यान्वयन गरी प्रवासी नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता तथा पासपोर्ट प्रदान गर्न शुरु गर्नु पर्ने जनाए।
नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएपछि गैरआवासीय नेपाली संघले त्यसलाई स्वागत गरेको थियो । ‘नेपालको संविधान २०७२ को धारा १४ मा व्यवस्था भएअनुसार गैरआवासीय नेपालीहरुलाई प्रदान गरिने गैरआवासीय नेपाली नागरिकताको समेत प्रावधान राखिएको यस विधेयक कानून बनेपश्चात यसअन्तर्गत नागरिकता पाउने व्यक्तिलाई आमनेपालीसरह आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार प्राप्त हुने हुनाले हामी गैरआवासीय नेपालीहरुको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस गरेका छौ,’ संघले भनेको छ। |
युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासी नेपालीको खुसी हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो असर परेको बताएका छन् । फिनल्याण्डमै जन्मिएर विभिन्न स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका २९ वर्षीय अरुण शर्माले फिनल्याण्डका नागरिकसहित नेपाली पनि मूल्यवृद्धिको मारमा परेको बताए ।
सामाजिक सुरक्षा राम्रो भए पनि झण्डै दोब्बर भएको मूल्यवृद्धिले हरेकलाई दुःख दिएको छ । शर्माको परिवार विगत ४० वर्षदेखि फिनल्याण्डमै छ । युएनडिपीको ‘वल्र्ड ह्याप्पीनेस इन्डेक्स’का अनुसार फिनिस नागरिक विश्वका अन्य देशका नागरिकभन्दा खुसी छन् । तर युद्धकै कारण अवस्था फेरिँदै गएको छ । जग्गा र घर खरिद गर्नेभन्दा आर्जन गरेको रकम रेस्टुरेन्ट तथा होटलमा गएर खर्च गर्ने, विभिन्न खेलमा रमाउने संस्कार भएका फिनिस नागरिकको दैनिकीमा परिवर्तन आएको छ । उनीहरुले खर्च कम गर्न थालेका छन् । घुम्ने र रमाउने बानी परेका फिनिस नागरिक बचतमा लागेका छन् । युद्धका नकारात्मक समाचार आउन थालेपछि झन् उनीहरु पहिलेजस्तो रमाउन पनि छाडेका छन् । युद्धका कारण सामाजिक एवं आर्थिक समस्या निम्तिएकाले उनीहरुको संस्कारमा समेत परिवर्तन आउन थालेको देखिएको हो ।
हेल्सिन्कीको ‘डाउन टाउन’स्थित माउन्ट एभरेष्टमा काम गर्दै आएका शर्माले भने, “यहाँका नागरिकले पनि पैसा खर्च गर्न छोडे, बचतमा लागेका छन् ।” उहाँका अनुसार दैनिक उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि भएका कारण उनीहरु खर्च कटौती गर्दैछन् । सोही कारण फिनिस अर्थतन्त्रमा नै समस्या देखिन थालेको पाइएको छ ।
यहाँको आन्तरिक र बाह्य व्यापारका धेरै असर देखिएको छ । पेट्रोलियम पदार्थको मूल्य दोब्बर भएको छ । ग्यास बिक्री गर्ने कम्पनीले पहिले रुसबाट ग्यास ल्याएर बिक्री गर्दै आएकामा अहिले त्यहाँबाट ग्यास नआएपछि अन्य क्षेत्रबाट आएको ग्यास महङ्गो मूल्यमा बिक्री गरिहेका छन् ।
हेल्सिन्कीको वर्तमान वास्ताविक तथ्य प्रस्तुत गर्दै अरुण शर्माले भने, “यही २०२२ फेब्रेवरी २४ देखि मूल्यवृद्धि उच्च भएको छ । यस अवधिमा यहाँ नौ दशमलब पाँच प्रतिशतको मूल्यवृद्धि छ ।” त्यसैगरी पर्यटक आउने सङ्ख्या ह्वात्तै घटेको छ । विगत सात वर्षदेखि हेल्सिन्की बस्दै आएका सागर खरेलले धेरै खर्च गर्ने रुसी पर्यटक फिनल्याण्ड आउन छोडेको बताए।
महँगीले फिनल्याण्डका सबै क्षेत्रलाई असर गरेको उल्लेख गर्दै उनले भने, “दैनिक उपभोग्य वस्तु महँगो भएको छ । तलब बढेको छैन । पहिले थोरै पैसाले धेरै पाइन्थ्यो भने अहिले त्यस्तो छैन ।” खरेलका अनुसार यहाँको पैसा सस्तो हुँदै गएको छ । युरो र डलर लगभग एउटै छ । पहिला त्यस्तो थिएन ।
विगत १० वर्षदेखि हेल्सिन्की बस्दै आएका मुरारी भण्डारीका अनुसार फिनल्याण्ड र रसियाबीचमा जनस्तरको सम्बन्ध छ । त्यसैले युरोपका अन्य मुलुकभन्दा फिनल्याण्डमा धेरै असर परेको छ । उनले भने, “फिनल्याण्ड र रसियाको सम्बन्ध भनेको नेपाल र भारतको जस्तै हो । सबै क्षेत्रमा असर परेको छ । रसियाबाट पर्यटक आउने गर्थे तर अहिले त्यस्तो छैन ।”
त्यसैगरी फिनल्याण्ड विगत ४० वर्षदेखि बस्दै आउनुभएका भक्तिराम भण्डारीले पनि मूल्यवृद्धिका कारण देशमा असर परेको बताए । उनले भने, “दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ । पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ । एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो । यहाँका लागि यो अत्यधिक हो ।”
यहाँका नागरिकले मात्र होइन सरकारले पनि मूल्यवृद्धिको सकस भोग्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तरराष्ट्रिय व्यापार मन्त्री झिल्ले स्किन्नरी बीच मङ्गलबार यहाँ भएको भेटवार्ताका क्रममा पनि मूल्यवृद्धिको विषय प्रवेश पाएको थियो । स्किन्नरीले युक्रेन र रुस युद्धका कारण फिनल्याण्डले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य उच्च भएर र त्यसले यहाँको सामाजिक एवं आर्थिक समस्या निम्त्याएको बताए।
फिनिस नेपाली समाजका सचिव नवीन भट्टराईका अनुसार फिनल्याण्डमा पाँच हजारभन्दा बढी नेपाली बस्दै आएका छन् । सबैभन्दा बढी हेल्सिन्कीमा छन् । यहाँका नेपालीलाई बेरोजगार बस्न त परेको छैन तर पछिल्लो समय मूल्यवृद्धिको समस्याले भने सताएको छ । |
अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी चयन टाेकियाे। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा बागलुङ स्थायी घर भई हाल जापान बस्दै आएका प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन भएका छन्।
यही अगस्ट १४ तारिकमा सम्पन्न बैठकले संगठनको पूर्ण रुपमा पुनर्गठन गर्ने निर्णय गरेको हो।बैठकले प्रकाश केसीलाई अध्यक्ष चयन गरेको छ भने महासचिबमा मोती गुरुङलाई चयन गरेको हो।
त्यसैगरी बैठकले पूर्व अध्यक्षहरुलाई संरक्षक चयन गर्दै सल्लाहकार समिति पनि निर्माण गरेको छ। तत्काललाई ३५ सदस्यिय केन्द्रीय समितिको गठन गरेको वक्तव्यमार्फत जानकारी गराइएको छ।
कार्यसमिति पुनर्गठन बैठकमा, केन्द्रीय सदस्य सरिता ढकाल, संघीय परिषद सदस्य पदम ठगुन्ना, प्रवास प्रदेश समितिको कोषाध्यक्ष धनबहादुर बिकलगायतका संगठनका जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो।
|
प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक सम्पन्न, आठौं केन्द्रिय सम्मेलनको मिति तय नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम लामो समयको अन्तरालमा आइतबार भारतको चण्डीगडमा सम्पन्न भएको छ। बैठकले आठौ केन्द्रिय सम्मलेनको लागि आगामी १९, २० र २१ फरवरी २०२३ का दिन महाराष्ट्र राज्यमा सम्पन्न गर्ने निर्णय गरेको छ।
‘सातौ अखिल भारत सम्मेलन सन् २०१२ मा मध्यप्रदेशको राजधानी भोपालमा सम्पन्न भएको थियो। देशमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्नु, कोभिड महामारीले विश्व नै आक्रान्त हुनु जस्ता विविध समस्याले समयमा नै सम्मलेन सम्पन्न गर्न सकेनौ। यो १० वर्षको अवधिमा २ वटा सम्मलेन हुनुपर्ने थियो तर पनि यो बिस्तारित बैठकले आठौं अखिल भारत सम्मलेनको मिति तोकेको छ। अब हामी छिट्टै सम्मलेन सम्पन्न पार्ने तयारीमा जुट्छौ।’ संघका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद हुमागाईले डिसी नेपालसंगको कुराकानीमा बताए।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे विशेष अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए।
विशेष कारणवस उपस्थिति हुन नसकेको बताउदै नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमाले महासचिव शंकर पोख्रेललेसमेत भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै ओलीले प्रवासी नेपालीहरुले पुराएको योगदानको उच्च सम्मान गर्दै आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी भएर नेकपा एमालेका उम्मेद्वारलाई जिताउन समेत आवाहान गरेका थिए। साथै अहिलेको सरकार नालाएक र असक्षम भएकोले आगामी नेतृत्व नेकपा एमालेले नगर्ने हो भने देश बर्वादीको तर्फ जाने समेत उनले बताए।
१३ र १४ अगस्त, २०२२ मा भारतको चण्डीगडमा आयोजित बिस्तारित बैठकमा केन्द्रिय सदस्य, विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव टिका पौड्यालले संचालन र केन्द्रिय सचिव छवि भट्टराईले सहसंचालन गरेका थिए।
बैठकले आठौं अखिल भारत प्रवासी नेपाली सम्मलेनको लागि अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा २०१ सदस्यीय आयोजक समिति गठन गरेको छ। कार्यक्रम पंजाव, हिमान्चल, चण्डीगड संयुक्त राज्य समितिको ब्यबस्थापनमा चण्डीगडमा सम्पन्न गरिएको थियो। |
एनआरएनए कतारको नेतृत्वमा सुरेश भट्ट दोहा । कतारमा एनआरएनएको अर्को कार्यसमिति गठन भएको छ ।
दोहाको वक्रा स्थित लक्की स्टार रेस्टुरेन्टको सभाहलमा शुक्रबार आईसीसी सल्लाहकार धर्म केसीको प्रमुख अथिति मानर्थ आईसीसी सदस्य आर। सी पन्त र आईसीसी महिला सदस्य सरिता चिलुवालको अध्यक्षतामा बसेको बैठकले एनआरएनए आईसीसी कतारको नेतृत्वमा अध्यक्ष सुरेश भट्ट सहित २१ सदस्य कार्यसमिति निर्माण भएको छ।
यो समिति पूर्व अध्यक्ष शेष घले समूहको हो । भट्ट आश्रिन विदेशमा रहेका विभिन्न सामाजिक, राजनीतिक र समसामयिक मुद्दामा आवाज मुखरित गर्दै, विभिन्न विधामा लेख पनि लेख्ने गर्छन् । उनी प्रवासी नेपालीहरुको ‘नोट चल्ने भोट नचल्ने! ‘ अभियानको अभियन्ता पनि हून् ।
निकै कष्टप्रद र संघर्षका वीच दोहामा यो संस्था अस्तित्वमा आएको भट्टले बताए ।
पूर्ण कार्यसमिति यस्तो छः
अध्यक्ष- सुरेश भट्ट
व।उपाध्यक्ष- सुनिल कुमार घिमिरे
उपाध्यक्ष – सोम नाथ कँडेल
उपाध्यक्ष – मोहम्मद कलम हुसेन खान
म . उपाध्यक्ष – मञ्जु खनाल आचार्य
महासचिब ( ध्रुब राज अधिकारी
सचिब – पुष्प राज कोइराला
सचिव – प्रेम नेपाल
सचिव- रमेश पौडेल क्षत्री
कोषाध्यक्ष – सुर्य नारायण सापकोटा
सह कोषाध्यक्ष – अब्दुल रहमान
युवा संयोजक – हेम राज रिमाल
सदस्यहरु:
राधाकृष्ण अधिकारी
रुप बिश्वकर्म
अमित रिजाल
योगेन्द्र तामांग
मुहसिन नासिर
प्रकाश बराल
प्रकाश यादव
लोक ब बराल
अजय कुँवर
सबिना आचार्य
आरिक शेख |
अमेरिकाको ओहायोमा ‘नेपाली सेलिब्रेटी’ को भव्य जमघट, इन्ट्राको कार्यक्रम कोलम्बस, अमेरिका। संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा नेपाली कलाकारहरुको भव्य जमघट देखिएको छ। परोपकारी संस्था इन्ट्रा फाउण्डेसनद्वारा आयोजित दुईटा रियालिटी शो को फाइनलको अवसरमा अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्ने तथा नेपालबाट पनि सो कार्यक्रममा भाग लिनकै लागि भनेर आएका नेपाली कलाकारहरु कोलम्बसमा जम्मा भएका हुन्।
फाउण्डेसनले प्रवासी नेपाली भाषीहरुका लागि मेरो भ्वाइस कप र मेरो डान्स कप रियालिटी शो गर्दै आएको छ र यी दुबै रियालिटी शो हरुको फाइनल अगस्ट १३ तारिक शनिवार आयोजना गरिएको छ । कार्यक्रम ओहायोको अत्यन्त भव्य मानिएको सभाहलमा आयोजना गरिएको छ।
नेपालका प्रख्यात संगीतकार शम्भुजित बास्कोटा यी कार्यक्रमहरुमा भाग लिन नेपालबाटै कोलम्बस आइपुगेका छन् । त्यसैगरी नेपाली गीत संगीतका चर्चित कलाकारहरु सुशील बिश्वकर्मा, प्रमोद उपाध्याय, नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, जगदीश समाल, जीवन गुरुङ्ग, अर्जुन रसाइली, सुचिता गुरुङ्ग, सुजाता बर्मा यहा“ आइपुगेका छन् ।
चर्चित बासुरीबादक सुशील विश्वकर्मा, तवला बादक प्रमोद उपाध्याय,त्यसैगरी नेपाली सिने जगतका चर्चित नायिकाहरु सारङ्गा श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा तथा नायक दिलिप रायमाझी पनि सोही कार्यक्रमका सन्दर्भमा ओहायो पुगेका छन् । नृत्य निर्देशक तथा मोडल शंकर विसी, डान्सर तथा मोडल पार्वती राई, डान्स डाइरेक्टर तथा डान्सर रुपेश उप्रती पनि सोही कार्यक्रममा भाग लिन ओहायोमा छन् ।
इन्ट्र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली भाषा, संस्कृति र नेपाली कलाको सम्बर्धन गर्ने उद्देश्यले दुई रियालिटी शोहरु मेरो भ्याइस कप गायन प्रतियोगिता र मेरो डान्स कप नृत्य प्रतियोगिता आयोजना गरिएको प्रतिक्रिया दिए ।
डिसी नेपालसँग कुरा गर्दै उनले विदेशी भूमिमा बसे पनि आफ्नो मातृभाषा र संस्कृति लोप नहोस् भन्ने पवित्र उद्देश्य राखेर कार्यक्रमको आयोजना गरी फाइनलसम्म आइपुगेको बताए । उनले भने, ‘यो पुनित कार्यका लागि व्यवसायिक तथा नैतिकरुपाले सहयोग र समर्थन गर्नु हुने सम्पूर्णमा संस्थाका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’
कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन नेपालबाट आएका नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति एवं बरिष्ठ संगीतकार शम्भुजित बांस्कोटाले प्रवासमा बसेर आफ्नो समुदायका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको यो कार्यक्रममा सरिक हुन पाउँदा खुसी लागेको बताए ।
उनले डिसी नेपालसँग भने,‘ डिल्ली अधिकारीजीले यस्ता कार्यक्रममार्फत नेपाली भाषा,संस्कृतिको प्रवर्धन गर्दै नेपाली भाषी समुदायलाई जोड्ने जुन काम गर्नु भएको छ त्यो काम मलाई मन परेकोले म सहभागी हुन आइपुगेको हुँ।’ कुराकानीका क्रममा उनले सन् १९८७ मा नेपालमा पहिलोपल्ट प्रतिभाको डवली नामक रियालिटी शो को जन्मदाताको रुपमा काम गर्दादेखि अहिलेसम्मका सुखद अनुभूतिहरु पनि उनले बताएका थिए ।
कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन आएका नेपाल विज्ञापन बोर्डका अध्यक्ष एवं नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक लक्ष्मण हुमागाईंले नेपाल सरकारले गर्नुपर्ने अत्यन्त महत्वपूर्ण काम इन्ट्रा फाउन्डेनले गरेको भन्दै नेपाली भाषा, संस्कृतिलाई विश्वव्यापी बनाउन र प्रवासमा रहेका दोस्रोपुस्तालाई आफ्नो भाषा तथा संस्कृतिमाथि गर्व गर्ने वातावरण तयार गर्न यो कार्यक्रमले ठूलो योगदान दिने विश्वास व्यक्त गरे।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.