content
stringlengths 20
64.1k
⌀ |
---|
एनआरएनए महाधिवेशनः मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएको छ ।
गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडौंको होटेल र्याडिसनमा रात्रीभोज दिएको भन्दै अर्को पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेको आरोप लगाएको छ ।
रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा। दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडौंको र्याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्चअधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्टि गरेका छन् ।
गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेको बताइएको छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लाबासी हुन् ।
गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसको ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ ।
सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएको अर्को पक्षको आरोप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा। बद्री केसी, रविना थापा र कुल आचार्य आकांक्षी छन् । |
नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: बालकृष्ण पाण्डे विजयी नयाँदिल्ली। नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको बेला नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको नवौं महाधिवेशन पन्जाबको राजधानी चण्डीगढमा आइतबार सम्पन्न भएको छ। अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन्। नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। पाण्डे नेपाली काङ्ग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत हुन्।
पाण्डे ७० मतको अन्तरले अध्यक्षमा विजयी भएका छन्। उनले कुल ११६ मत प्राप्त गरेका थिए। अर्का अध्यक्षका प्रतिस्पर्धि धर्मागत काफ्लेले ४६ मत पाए। निर्वाचनमा कूल १६२ मत खसेको थियो।
जनसम्पर्क समितिमा अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको हो । बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधिहरु सहमतिका आधारमा टुंग्याउने निर्णय भएको एक नेताले बताए।
अधिवेशनको लागि नेपाली काङ्ग्रेस पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई जिम्मेवारी दिएर खटाएको थियो । |
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ ।
न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर गरेको मुद्दा सुनुवाई गर्दै अन्तरिम जारी गरेको उच्च अदालत पाटनकी उप-रजिस्टर अमृता भण्डारीले जानकारी दिइन् ।
योसँगै एनआरएनएको वर्तमान कार्यसमितिलाई चुनाव गराउन बाटो खुलेको छ । यसअघि परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
परराष्ट्र मन्त्रालयले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रिया संरक्षक समितिबाट गर्नुपर्ने निर्देशनसहितको पत्र पठाएको थियो । त्यसलाई चुनौति दिँदै एनआरएनए अध्यक्ष कुमार पन्तले अदालतमा मुद्दा दायर गरेका थिए ।
|
जापान हिडेका ३४ नेपालीलाई फर्काइयो क्वालालम्पुर विमानस्थलबाट काठमाडौं । नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपालीलाई नेपाल फर्काइएको छ । उनीहरुलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कारण देखाउँदै फर्काइएको हो । जापानले ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको छ ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार जापान सरकारको कोभिडसम्बन्धी नियमहरुका कारण जापान जान रोकिएका ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएका र २ जना भने दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी जापाननै गएका छन् ।
नेपाल फर्किएका नेपालीलाई समयमै उद्धार गर्न/गराउन सहयोग पुर्याएको भन्दै दूतावासले नेपाल सरकारका विभिन्न निकायहरुका साथै हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाई धन्यवाद व्यक्त गरेको छ ।
साथै, दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेशसम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइन (+६०१६२४७२७७७)मा सम्पर्क गर्न आग्रह गरेको छ ।
दक्षिण अफ्रिका हुँदै कोभिड–१९ को ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरुमा फेला परेपछि यात्रामा उच्च सतर्कता अपनाइएको छ । |
कुर्दिस्तान प्रवासी नेपाली समाजको अध्यक्षमा विनोद श्रेष्ठ निर्विरोध चयन इराक। इराकको कुर्दिस्तानमा बसोवास गर्दै आएका नेपालीहरुको संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले आफ्नो नयां नेतृत्व चयन गरेको छ। सो संस्थाको हिजो सम्पन चौथो साधारण सभाले विनोद श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको छ।
कार्य समितिको बरिष्ठ उपाध्यक्षमा ठूलोकान्छा शेर्पा छन् भने महिला उपाध्यक्षमा शोभा भुजेल चयन भएकी छिन्। साधारणसभाले पूर्णहाङ्ग लिम्बूलाई महासचिवको चिम्मेवारी सुम्पेको छ भने सचिवमा ठिलेन शेर्पा, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा साङ्मु तामाङ्ग चयन गरिएका छन्।
संस्थाको नवनिर्वाचित सदस्यहरुमा अबिना तामङ, मैती तामाङ, शान्ता थापा, लमु शेर्पा, सपना सुवेदी, सरोज कार्की, प्रकाश बस्नेत, कुमारी बिष्ट, उदक माया, लक्ष्मी कुमारी गिरी, अस्बिन थापा, आशिका श्रेष्ठ, याङ्गलमु शेर्पा छन्।
एफडब्ल्यूसीडीओ का हामा हजार माहम्मद को प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाको सभापतित्व कमल तामाङ्गले गरेका थिए। कार्यक्रममा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, महिला समाज कुर्दिस्तान इराक, प्रवासी कलाकार ग्रुप कुर्दिस्तान र मगर समाज सुलेमानीसहितका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। |
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।
बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतार पक्षले सहमति जनाएको छ । साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतार पक्ष सहमत भएको छ ।
नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको छ । घरेलु श्रममा लगाइएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त विषयमा निर्णय गर्न दुईपक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनका क्रममा समेट्ने सहमति भएको छ ।
यसअघि कतारको उच्चस्तरीय टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो । घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि मन्त्री श्रेष्ठले विभिन्न सरोकारवालासँग छलफल गरी निर्णयमा पुग्ने बताएका थिए ।
मन्त्री श्रेष्ठले श्रमिकको सुरक्षा र हितलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाइने बताए। कतारले घरेलु श्रमिकलाई लैजान जोड दिएपछि यसलाई सही ढङ्गले सम्बोधन गर्न मन्त्री श्रेष्ठले सरोकारवालासँग पनि छलफल गरेका थिए ।
यसअघि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले घरेलु श्रमिक लैजाने देशले सात वटा सर्त पूरा गरे मात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो । कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पूरा गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।
साथै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायत विषयमा छलफल भएको थियो ।
नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा नेपाली टोलीको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बिनु बज्राचार्यले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उपसचिव पुष्पराज भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल थिए ।
संयुक्त समितिको चौथो बैठकको अध्यक्षता गर्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालका तर्फबाट छलफलका विषयलाई कतार पक्षसमक्ष प्रस्तुत गरेका थिए । त्यस्तै कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीले नेतृत्व गर्नुभएको टोलीमा अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख हमाद अलि अफिफासहित गृह र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी भएका थिए ।
नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । श्रम आप्रवासनलाई व्यवस्थित तथा सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए ।
|
एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको थियो । नयाँ निर्वाचन तालिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ ।
संघको निर्वाचन समितिले मंगलबार बेलुका सूचना प्रकाशित गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दाबी विरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।
यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ ।
संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
|
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा क्षेत्री काठमाडौं । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन भएका छन् ।
त्यसैगरी, रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, हेमन्त साह सदस्यमा चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले केही हप्ता अघिमात्रै यहाँको ८ क्षेत्रमा क्षेत्रीय अधिवेशनसमेत गरेको थियो ।
प्रत्येक क्षेत्रबाट आरक्षित सदस्यको रुपमा प्रेमसागर पौडेल, तुलसकुमार गुरुङ, भरतमणि पाण्डे, जीत कुँवर, गोविन्द शर्मा, कमलकुमार लिम्बू, युवराज अम्गाईं, हिमाल पौडेल पनि निर्वाचित भएका छन् । कांग्रेस निकट प्रवास संगठनका रुपमा सो जनसम्पर्क समिति रहेको छ । रासस |
इजरायल रोजगारी छनौटमा परेकाहरुलाई पासपोर्ट नविकरण गर्न र खोप लगाउन आग्रह काठमाडौं । इजरायलको दीर्घकालिन स्याहार केन्द्रको लागि छनौट भएका उम्मेदवारहरुलाई वैदेशिक रोजगार विभागले पासपोर्ट(राहदानी) नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । विभागले नियमानुसार सन २०२५ जनवरी ३१ गते यता राहदानी म्याद सकिने उम्मेदवारहरुलाई पासपोर्ट नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारहरुलाई यस्तो आग्रह गरेको हो ।
इजरायल रोजगारीमा छनौट भएका उम्मेदवारहरुमध्ये कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकालाई खोप लगाउन आग्रह गर्दै विभागले सूचनासमेत जारी गरेको छ ।
खोप लगाउन बाँकी उम्मेदवारहरुलाई विभागले काठमाडौंस्थित वीर अस्पताल, काठमाडौंको मिनभवनस्थित निजामती सेवा अस्पताल, काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पताल र काठमाडौंको बलम्बुस्थिति सशस्त्र प्रहरीवल अस्पतालमा खोप लगाउन सूचित गरेको छ ।
पछिल्लो समय नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौतानुसार पहिलो चरणमा इजरायल रोजगारीमा जान इच्छुकमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका १६ सय जनाको नाम विभागले सार्वजनिक गरेको थियो ।
१६ सय जनामध्येबाट इजरायलस्थित पीआईबीएले चिठ्ठा प्रणालीमार्फत कामदार छनौट गरी ११ सय ७५ जनाको नाम नेपाललाई पठाएको थियो । तिनै ११ सय ७५ जनालाई विभागले म्याद सकिने अवस्थाको पासपोर्ट नविकरण गर्न र कोरोनाविरुद्धको खोप लगाउन बाँकी भएमा खोप लगाउन आग्रह गरेको हो । |
दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पहिलो पटक पुष्टि भएपछि नेपालले सम्भावित जोखिम टार्न अफ्रिकन नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।
गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार निर्देशन दिएको हो ।
कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।
अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत पीसीआर रिपोर्ट र उद्देश्यको आधारमा मात्र आवश्यक निर्णय लिन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। |
युएइमा अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी सुधार, बलात्कारको सजायमा पनि परिवर्तन काठमाडौं। संयुक्त अरब इमिरेट्ले आफ्नो देशको कानुनी प्रणालीमा व्यापक सुधारको लागि स्वीकृति दिएको छ । यी सुधारको उद्देश्य सामाजिक स्थिरता र अधिकारको सुनिश्चितताका साथै अवसरहरुमा वृद्धि गर्नु भएको बताइएको छ ।
एक आधिकारिक घोषणाका अनुसार यो कानुनी सुधार अन्तर्गत ४० वटा फरक फरक कानुनमा सुधार गरिनेछ । यस हिसाबले संयुक्त अरब इमिरेट्समा भएको यो अहिलेसम्मकै ठूलो कानुनी सुधार हो । अमिरात न्यूज एजेन्सीका अनुसार यो नयाँ कानुन ‘इयर अफ द ५०’को क्रममा आएको हो र यसको उद्देश्य युइएका विकासात्मक उपलब्धीहरुसँग तालमेल कायम गर्नु हो । साथमा भविष्यका योजनाहरुको लागि पनि आधार दिनु हो ।
डब्लुएएमको रिपोर्टअनुसार कानुनमा संशोधनको उद्देश्य लगानी, व्यापार र उद्योग, संरक्षण, प्रतिलिपि अधिकार, ट्रेडमार्क, ट्रस्ट सेवाहरु र निवास सहित विभिन्न क्षेत्रमा कानुनी संरचनालाई विकसित र स्थापित गर्नु हो । यसका अलावा सामाजिक स्तरमा सुधारको लागि पनि यी कानुनहरुलाई महत्वपूर्ण मानिएको छ ।
यो सुधार अन्तर्गत सामाजिक र व्यक्तिगत सुरक्षा, अपराध र सजाय, अनलाइन सुरक्षा, नशालु पदार्थको उत्पादन, बिक्री र उपयोगलाई नियन्त्रित गर्नको लागि कानुन ल्याइएका छन् । नयाँ कानुनमा बलात्कारको सजायलाई पनि कडा बनाइएको छ । नयाँ संघीय अपराध तथा सजाय कानुन अनुसार बलात्कार वा सहमति बिना शारीरिक सम्बन्धका आरोपीलाई आजीवन कारावासको व्यवस्था गरिएको छ ।
यो नयाँ कानुनअनुसार यदि पीडितको उमेर १८ वर्षभन्दा कम छ वा पीडित विकलांग छन् भने आरोपीको सजायलाई बढाएर मृत्युदण्ड पनि दिइन सक्छ । युएइको सरकारी मिडियाका अनुसार शेख खलीमा बिन जायद अल नाहयानले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई स्वीकृति दिए । कानुनमा संशोधन र नयाँ कानुन ल्याएर महिला र घरेलु कामदारको सुरक्षा अझै राम्रो बनाउने प्रयास गरिएको छ । यी कानुन २ जनवरी २०२२ देखि पूर्ण रुपमा लागू गरिनेछन् । |
सरकारविरुद्ध एनआरएनए अदालतमा लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् ।
संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ ।
सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।
संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन् । उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए । पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए ।
पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आआफ्नो भनाइहरू राखेका थिए । |
श्रममन्त्री श्रेष्ठद्वारा भिजिट भिसामा पठाउने म्यानपावरलाई कारवाहीको चेतावनी काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘भिजिट भिसा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । यही मंसिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा शुक्रबार सरोकारवालाहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगार व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै उनले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने दृढता व्यक्त गरेका छन् ।
साथै, मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन् । उनले विदेशमा श्रम गरेर फर्केकाहरूलाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
उनले कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई प्राप्त अवसर गुम्न नदिने बताएका छन् । छलफलमा उनले वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको विकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विदेशमा कार्यस्थलमा हुने मृत्यु, घाइते, अङ्गभङ्ग हुनेलगायत श्रमिकले झेल्नु परेका समस्या, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापना अपरिहार्य भएको बताए ।
छलफलमा श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको बाक्लो उपस्थिति थियो । छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन् । |
नेपाली कार्यरत कुवेतको एक कम्पनीमा दूतावासको निरीक्षण काठमाडौं । नेपाली कामदारहरू कार्यरत रहेको कुवेतको एक कम्पनीमा कुवेतस्थित नेपाली दूतावासले निरीक्षण गरेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले नेपाली कामदारहरू कार्यरत ‘एजिलिटी’ कम्पनीको निरीक्षण गरेको हो ।
टोलीले त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तरक्रियात्मक भेटघाटसमेत गरेको थियो । भेटघाटमा कम्पनीमा नेपालीहरूको कामको अवस्था, सर–सुविधा, सुरक्षालगायतका विषयमा बुझ्नुका साथै कार्यस्थलको अवलोकन गरेको थियो ।
दूतावासका अनुसार अन्तरक्रियाको क्रममा उठाइएको जिज्ञासाबारे दूतावासको तर्फबाट उक्त कम्पनीमा कार्यरत कामदारहरूलाई प्रष्ट पार्ने कार्य भएको छ ।
उपस्थित कामदारलाई सम्बोधन गर्दै राजदूत भण्डारीले असल श्रम सम्बन्धको विकासको महत्व, आफ्ना अत्यावश्यक कागजातहरूको सुरक्षा तथा कानूनको परिपालनाको महत्व बारे प्रकाश पारेका थिए ।
साथै, उनले नेपाली कामदारहरूको रोजगार तथा बसाइलाई सहज बनाउन दूतावासबाट भइरहेको कामकारवाही एवं सेवाहरूबारे जानकारी दिंदै आफ्नो रोजगारीका शर्त, बसाईको वैधानिकता, अनुशासित जीवनशैलीको आवश्यकता, स्वास्थ्य स्थिति, आर्जित रकम वैधानिक रूपमा नेपाल पठाउने लगायतका विषयमा जानकार रहन आग्रह गरेका थिए ।
दूतावासको सो टोलीमा श्रमसहचारी हेमकुमार अधिकारी तथा द्वितीय सचिव श्रीकृष्ण सिलवालसमेत रहेका थिए । |
विदेशी नागरिक भएका पनि कांग्रेसमा पदका आकांक्षी जर्मनी। नेपाली कांग्रेसको १४औं महाधिवेशनको नजिकिएसँगै देश तथा परदेशमा काग्रेस समर्थकहरुलाई यतिबेला चुनावी अभियानले तताएको छ। भदौ महिनाबाटै कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको भएपनि केन्द्रीय महाधिवेशनसहित सबै तहका अधिवेशनको समयतालिका धेरै पटक संशोधन भए। यतिबेला विदेशस्थित भातृ संगठनका रुपमा रहेका नेपाली जनसम्पर्क समितिहरु पनि निर्वाचनको संघारमा छन्।
विदेशमा रहेका ३५ ओटा जनसम्पर्क समितिहरुमध्ये २ ओटाको कार्यकाल अझै बाँकी रहेको, १० ओटाको सर्वसम्मत नेतृत्व चयन भैसकेकोले बाँकी २३ ओटा देशमा अधिवेशनसँगै नयाँ नेतृत्व चयन हुनेछ। समितिको सभापतिपदमा उम्मेदवार हुनको लागि नेपाली नागरिक नै भएको क्रियाशील सदस्य हुनुपर्ने भएको केन्द्रीय विधान भएपनि सान्दर्भिक नभएको भन्दै विभिन्न देशमा विदेशी नागरिकता लिएकाले पनि पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन्।
विदेशमा रहेर नेपाली कांग्रेसमा आस्था राख्नेहरुबीचको समिति भएपनि सभापति हुन नेपाली नागरिक हुनुपर्ने नियम असान्दर्भिक रहेको जनसम्पर्क समिति जर्मनीका नेता सुरेन्द्र प्रधानको भनाइ छ।
प्रधान भन्छन, “नेपालीनागरिकनै हुनुपर्ने भए राजनीति गर्न इच्छा हुनेले त नेपालमा गएर राजनीति गरे भयो नि। यहाँ त विभिन्न बाध्यता, परिस्थिति र अवसरका कारण विदेशी पास लिएका कांग्रेसमा आस्था राख्ने असल कार्यकताहरु छन, उनीहरुले प्रवासी समाजमा एकताको भाव जगाउन सक्छन् तर उनीहरुलाई बन्देज लगाउन खोज्नु मान्य विषय होइन।” जनसम्पर्क समितिको सभापतिको बलियो दावेदार रहेका प्रधान यो विधान अशोभनीय भएकाले महाधिवेशनबाट पारित नहुने दावी गर्छन्।
प्रधान, पौडेल र पन्थबीच करिब करिब सहमति भइसकेको छ। यी तीन जनामध्ये जसको नेतृत्वमा सहमति जुट्छ, उसको पक्षमा उभिएर समितिलाई नयाँ नेतृत्व दिँदै अघि बढ्नेमा भद्र सहमति भएको तीनै जनाको स्वीकारोक्ति छ। कसको पक्षमा सहमति जुट्छ त भन्ने प्रश्नमा भने सबैले आफ्नै नाम लिन भने पछि परेनन्।
जर्मनीको नेपाली समाजमा नेतृत्वका कारण जनसम्पर्क समितिको प्रभाव गिर्दै गएकोले अब आफ्नो उम्मेदवारी रहने र यसमा कसैको दावी नरहेको उनको जिकिर छ। यद्यपि विधानले रोकेको खण्डमा के गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा प्रधानले विदेशीपास भएकाले नपाउने भन्ने हो भने जनसम्पर्क समितिहरु खारेज गरे हुने उनको धारणा छ।
मातृ पार्टीकै बद्नाम गर्ने व्यक्तिहरुलाई नेतृत्व सुम्पन हुँदैन भन्ने योजना अनुरुप जनसम्पर्क समिति जर्मनीमा गलत हर्कत दोहोरिन नदिनका लागि विकल्पका रुपमा आफू अघि आएको प्रधानको भनाइ छ। नेपालको तनहु बन्दीपुरका प्रधान जर्मनीको ह्यामवर्गमा २४ वर्षदेखि बस्दै आएका छन्। २०५६ देखि काग्रेसको क्रियाशील सदस्य रहेका प्रधानजनसम्पर्क समिति जर्मनीको संस्थापक सदस्य समेत हुन्। जनसम्पर्क समितिको उपसभापतिको जिम्मेवारी सम्हालिसकेका प्रधानकांग्रेसको ११ औ महाधिवेशनमा प्रतिनिधिसमेत रहेका थिए।
यसैगरी दयाराम पौडेल, रामजीवी पन्थ, बर्तमान सभापति शिखर खड्का, पूर्व सभापति विजय मोक्तान, बर्तमान महामन्त्री मानवकुमार श्रेष्ठ, तेजेन्द्र कार्की, हरेन्द्र वनेम, गणेशमान ताल्चाभडेललगायतका नामहरु सभापतिका लागि कार्यकर्ताहरुबीच चर्चामा थियो। तर अहिले सतहमा भने चार जनाको नाम सभापतिमा बढी चर्चामा छ। शिखर खड्का, दयारामपौडेल, रामजीवी पन्थ र सुरेन्द्र प्रधान अहिले सभापति बन्ने होडमा छन्।
प्रधान, पौडेल र पन्थबीच करिब करिब सहमति भइसकेको छ। यी तीन जनामध्ये जसको नेतृत्वमा सहमति जुट्छ, उसको पक्षमा उभिएर समितिलाई नयाँ नेतृत्व दिँदै अघि बढ्नेमा भद्र सहमति भएको तीनै जनाको स्वीकारोक्ति छ। कसको पक्षमा सहमति जुट्छ त भन्ने प्रश्नमा भने सबैले आफ्नै नाम लिन भने पछि परेनन्। प्रधानभने शिखर खड्काको समेत आफूलाई समर्थन रहने दावी गर्दै आफ्नो नाममा सहमति हुनेमा ढुक्क देखिन्छन्।
तर पौडेल र पन्थ भने प्रधान नेपाली नागरिक नभएकाले गाह्रो हुन सक्ने अवस्था आएकाले आफ्नो पक्षमा सहमति हुने दावी गर्छन्। यसअघि जनसम्पर्क समिति युरोपको कोषाध्यक्ष रहिसकेका पौडेलले आफ्नो जीत सुनिश्चित रहेको समेत दावी गरेका छन्। उनका अनुसार जर्मनीमा १५ सयदेखि दुई हजारको हाराहारी कांग्रेससँग आस्था राख्ने नेपाली छन्। उनीहरु अधिकांशको मत आफूलाई रहेको उनको दावी छ।
यसैगरीे २०४६ सालदेखि नेविसंघबाट क्रियाशील रहँदै आएका पन्थ आफू सहमतिको लागि तयार रहेको र निर्वाचन भएपनि आफ्नो पक्षमा मत रहेको दावी गर्छन्। तर प्रधान र पौडेलले पनि आफूलाई समर्थन गरेर अघि बढ्नेमा आफुहरुबीच सहमति भएको बताउँछन्। पौडेल र प्रधानको पनि तपाईंको जस्तै भनाइ छ नि भन्ने प्रश्नमा भने जो भएपनि अन्त्यमा आफूहरु मध्ये एकजनामात्र उम्मेदवार रहने र खड्का पक्षले पनि अन्त्यमा सहमतिमा नआए लज्जास्पदहार व्यहोर्नुपर्ने उनको दावी छ। पन्थ हाल नेपाली कांग्रेस तरुण विभागको केन्द्रीय सदस्य छन्।
खड्काले एनआरएनए निर्वाचनका बेलाकुमार पन्तलाई सहयोग गर्ने काग्रेसका सदस्यहरुलाई व्यक्तिगत रुपमा लाञ्छना लगाउँदै सुर्यमुखी कांग्रेसको आरोप लगाएका थिए। जर्मनीमा काग्रेसको नाममा राजनीति गर्दै संस्थाको इज्जतसमेत ख्यालै नगरी व्यक्तिगत आरोप प्रत्यारोपमा लाग्नाले उनका कारण जनसम्पर्क समितिको शाख कमजोर बन्दै गयो।
गलत व्यक्तिको चंगुलबाट अब संस्थालाई बाहिर ल्याउनको लागि खड्का इतरका जनसम्पर्क समितिका नेताहरु यति बेला एकमत देखिएका छन्। सहमतिको प्रयासमा जुटेका संस्थापक अध्यक्ष दिलबहादुर गुरुगं पनि खड्काले कारवाही गर्न पर्नेलाई नगरेर ब्यक्तिगत रुपमा आफ्ना शत्रु सक्ने गरी अघि बढेको र त्यसको असर संगठनमा पर्न गएको बताउँछन्। गुरुगं भन्छन, “ कहाँखड्का काग्रेसको लागि जे पनि गर्छन् भन्न सकियो र? नत्र त समितिले कारवाही गर्न भनेकोलाई किन कारबाही गरेनन्, आफ्नो विरोध सहन नसकेर व्यक्तिगत टिकाटिप्पणीमा उत्रिन पुग्ने उनको बानीले संगठनलाई घाटा परेको छ। ”
समितिको सभापतिलगायत सबै पदाधिकारीमा सहमति गराउने प्रयासमा आफू लागिपरेको र सकभर सहमतिमै नयाँकार्यसमिति चयन हुने संस्थापक गुरुगंको भनाइ छ। आउँदो २९ नोभेम्बर सोमबार नेपाली जन सम्पर्क समिति जर्मनीको अधिबेसन हुँदैछ। समितिले लक्ष्मण बस्नेतको नेतृत्वमा ५ सदस्यीय निर्वाचन आयोग पनि यसअघि नै बनाइसकेको छ।
निर्वतमान सभापति विजय मोक्तानले सभापति भएको १ बर्ष भैरहदाँ तत्कालीन अवस्थामा एनआरएनए अध्यक्ष बन्न शिखर खड्कालाई बाँकी कार्यकालको लागि भन्दै सुम्पिएका थिए। त्यसपछि जनसम्पर्क समितिको अधिवेशन हुन सकिरहेको छैन। यो मिलेमतोको नेतृत्वको परिणाम जर्मनीको नेपाली समाजमा एकताभन्दा पनि विग्रहको रुपमा देखापर्न गएपछि काग्रेसका आस्थावान कार्यकर्ताहरु जनसम्पर्क समितिबाहिर रहन बाध्य पारिए।
खड्काले एनआरएनए निर्वाचनका बेलाकुमार पन्तलाई सहयोग गर्ने काग्रेसका सदस्यहरुलाई व्यक्तिगत रुपमा लाञ्छना लगाउँदै सुर्यमुखी कांग्रेसको आरोप लगाएका थिए। जर्मनीमा काग्रेसको नाममा राजनीति गर्दै संस्थाको इज्जतसमेत ख्यालै नगरी व्यक्तिगत आरोप प्रत्यारोपमा लाग्नाले उनका कारण जनसम्पर्क समितिको शाख कमजोर बन्दै गयो। प्रवासी समाजमा बिग्रह ल्याउने, संगठनको नामको बदनाम गर्दै धज्जी उडाउने आदि कार्यले गर्दा समितिमा धेरैको विकर्षण हुन थाल्यो।
महासचिवपदमा भने अहिलेसम्म अशोक पौडेलको उम्मेदवारी परेको छ। पौडेल जर्मनीको नेपाली समुदायमाझ लोकप्रिय युवाको रुपमा परिचित रहेकाले सो पदमा उनी विरुद्ध खासै उम्मेदवारी नपर्ने कतिपय युवाहरुको दावी छ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ।
|
कुर्दिस्तानको नेपाली समाज चौथो बार्षिकोत्सव मनाउंदै कुर्दिस्तान, इराक । इराकको कुर्दिस्तानमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले चौथो बार्षिकोत्सब मनाउने भएको छ ।
विभिन्न पेशा, व्यवसाय एवं रोजगारीका सिलसिलामा इराकको कुर्दिस्तान, सुलेमानी पुगेका नेपालीहरुले आपसी हितका लागि गठित गरेको सो समाजले डिसेम्बर ३ तारिकमा चौथो बार्षिकोत्सव मनाउन लागेको हो । समाजद्वार जारी गरिएको जानकारीअनुसार, कार्यक्रम सुलेमानीस्थित होटल पेरिज सर्चनारमा हुने छ । बार्षिकोत्वसमा समाजले हालसम्म गरेका गतिबिधिहरु र आर्थिक विवरण पारदर्शीरुपमा प्रस्तुत गर्ने जनाएको छ । समाजका अनुसार, बार्षिकोत्वकसंगै समाजको तेस्रो साधारणसभाको पनि आयोजना गरिएकोले संस्थाका सदस्यहरु तथा कुर्दिस्तानमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा नेपालीका विभिन्न संघसंस्थाहरुलाई पनि उपस्थितिको लागि समाजले आग्रह गरेको छ । |
स्वीडेनमा विहान प्रधानमन्त्रीको नियुक्ति साँझ राजीनामा, पहिलो महिला प्रधानमन्त्रीले पद त्यागिन् काठमाडौं । संबैधानिक राजतन्त्र भएको युरोपेली मुलुक स्वीडेनमा इतिहासमै पहिलोपल्ट प्रधानमन्त्री पदमा महिला नियुक्त भएको सात घण्टामै उनले पदबाट राजीनामा दिनु परेको छ।
बुधवार विहान प्रधानमन्त्री पदमा बहुमतसहित नियुक्त भएकी म्याग्डलिना एन्डरसनले अपरान्ह नै संसदमा बहुमत गुमाएपछि पदबाट राजीनामा दिएकी हुन्।
स्वीडिस संचारमाध्यमहरुले दिएको जानकारीअनुसार, प्रधानमन्त्री एन्डरसनले संसदमा प्रस्तुत गरेको बजेट असफल भएको थियो।
बजेटको असफलतामा उनको गठबन्धनमा सामेल ग्रीन पार्टीले असहयोग गरेको थियो। ग्रीन पार्टीको असहयोग हुँदा उनले बहुमत हासिल गर्न नसकेपछि बुधबार साँझ नै उनले राजीनामा दिएकी थिइन्।
५४ बर्षीया एन्डरसनले उनको नियुक्तिमा इतिहास कायम गरेको भन्दै संसदमा स्ट्ण्डिङ्ग ओभेसन पनि पाएकी थिइन्। तर, यो सम्मान केही घण्टालाई मात्र टिकेको थियो । उनले राजीनामा दिएसँगै अर्को सरकार गठन संसदका सभामुखको हातमा रहेको बताएकी छिन्।
स्वीडेनको पूर्व अर्थमन्त्रीसमेत रहिसकेकी एन्डरसनले आफू प्रधानमन्त्री हुनेबेलामा भने ११७ सांसदको समर्थन पाएकी थिइन्। |
वैदेशिक रोजगारीमा जानको लागि एक महिनामै करिब ५५ हजारले लिए श्रम स्वीकृति काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारी जानेको संख्यामा वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीमा जानको लागि गत महिनामा करिब ५५ हजारले श्रमि स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिक महिना अर्थात् २०२१–१०–१८ देखि ०२१–११–१६ सम्ममा ५४ हजार ९ सय १८ जनाले श्रमि स्वीकृति लिएका छन् । जसमा ५० हजार ६ सय २३ जना पुरुष रहेका छन् भने ४२ सय ९५ जना महिला रहेका छन् ।
सो संख्याले कतार, साउदी अरेबिया, यूएई, बहराइन, कुबेत, ओमन, साइप्रस, माल्दिभ्सलगायत ८४ वटा देशहरुको श्रम स्वीकृति लिएका हुन् । त्यसैगरी, सो अवधिमा सबैभन्दा बढी कतार जानेको संख्या सबैभन्दा बढी रहेको छ ।
गत महिना १८ हजार ४ सय ३१ पुरुष र ६ सय ५० महिला गरी १९ सय ८१ जना नेपालीले बहराइन जानको लागि श्रम स्वीकृति लिएका छन् भने दोस्रो देशमा साउदी अरबिया रहेको छ । साउदी जानका लागि १६ हजार ९ सय ७८ पुरुष र ३१ महिला गरी १७ सय ९ जनाले श्रम स्वीकृति लिएका छन् ।
तेस्रो देशको रुपमा यूएई रहेको छ । गत महिना यूएई जानका लागि १० हजार ९ सय ८७ पुरुष र २ हजार ५ सय ६३ महिला गरी १३ हजार ५ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो स्थानमा बहराइन रहेको छ ।
बहराइन जानको लागि १ हजार ८१ जना पुरुष र ७४ जना महिला गरी ११ सय ५५ जना नेपालीले बहराइन जानको लागि श्रम स्वीकृति लिएका छन् । अन्य देशहरुको श्रम स्वीकृति लिनेको संख्या भने हजारभन्दा कम रहेको छ । |
नेपाली विद्यार्थीले अमेरिकाको टेक्सासमा ‘इन्टरनेशनल फुड फेयर’मा प्रथम पुरस्कार जिते काठमाडौं। अमेरिकाको टेक्सासमा रहेको युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गरेको ‘इन्टरनेशनल फुड फेयर’मा नेपाली विद्यार्थी संघले पहिलो पुरस्कार जितेको छ । यो पुरस्कार ३ सय डलर राशीको छ ।
विश्वविद्यालयमा विद्यावारिधि तहका विद्यार्थी शंकर पौडेलका अनुसार नेपाली विद्यार्थी संघले चिकेन मःमः शाकाहारी फ्राइड राइस, फ्राइड चिकेन र टमाटरको अचार बनाएका थिए । नोभेम्बर १५ मा भएको यो कार्यक्रममा सबै खानामा नेपाली सांस्कृतिक फ्लेभरहरु राखिएको थियो ।
नेपाली विद्यार्थीहरुले फुट फेयरमा पहिलो स्थान हासिल गरेको यो दोस्रो पटक हो । आयोजकले जारी गरेको आधिकारिक वक्तव्यका अनुसार यसअघि नेपाली विद्यार्थीहरुले २०१९ मा पनि यो प्रतियोगितामा प्रथम पुरस्कार जितेका थिए र यसपटक पनि त्यसलाई निरन्तरता दिएका छन् ।
युनिभर्सिटी अफ टेक्सासले एल पासोमा आयोजना गर्ने इन्टरनेशनल फुड फेस्टिभल हरेक वर्ष आयोजना गरिन्छ । यसमा विश्वका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुले आफ्ना राष्ट्रिय र सांस्कृतिक खानाहरु बनाएर सहभागिता जनाउँछन् ।
फुड फेयरमा मुस्लिम स्टुडेन्ट लिगले दोस्रो स्थान हासिल गरेका छन् । यस्तै भुटानी विद्यार्थी संघले तेस्रो पुरस्कार र बुटानी विद्यार्थी संघले नै फ्यान फेभरेट अवार्ड जितेका छन् ।
|
एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न संघला्रई निर्देशन दिएको छ ।
संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै विवाद समाधान गरी महाधिवेशन गर्न निर्देशन दिएको हो ।
संघको स्थगित भएको महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने तय भएको थियो । संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयले संघमा हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । उनले यसको कडा विरोध जनाउने बताएका छन् ।
यसअघि पनि एनआरएनएको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो । |
वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि अभिमुखीकरण कार्यक्रम खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनमा सघाउ पुर्याउने लक्ष्यका साथ रिटर्नीलाई सहभागी गराएर सुरक्षित आप्रवासनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
केपिलासगढी गाउँपालिकाको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाज नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले विदेशबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम गरेको हो ।
कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने र भइरहेका समस्या, ठगी, अवसर, स्वरोजगारका सम्भावनालगायतका वियायमा छलफल गरिएको सुरक्षित आप्रवासन परियोजना(सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए । |
जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बाँस्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केसी चयन भएका छन् । मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जीवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा कुमार कोइराला, सहकोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।
जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको सदस्यमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वेलाई छनोट गरिएको छ ।
कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामनासहित सङ्गठनात्मक धारणा राखेका थिए ।
यसैगरी, जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वी एसिया इन्चार्ज डा.भुपालमान श्रेष्ठ रहेका थिए । स्वागत मन्तव्य सागर कार्कीले राखेका थिए भने बेनुका खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् । रासस |
मेरुदण्ड भाँचिएकी २६ वर्षीया सुनितालाई कतारका नेपालीले गरे सहयोग तनहुँ । काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारार्थ २६ वर्षीय सुनिता थारुलाई कतारमा भएका नेपालीहरुले आर्थिक सहयोग जुटाएर पठाएका छन् । आर्थिक अभावले उपचार नपाएकी उनको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो ।
उनको सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएको थियो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमै बसिराखेकी थिइन् ।
लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिए ।
कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको दुई लाखमध्ये उपचारमा खर्च भएर अब ७५ हजार रुपैयाँ खातामा बाँकी रहेको बताए । बर्दियाको न्याउलापुर घर भई हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो ।
घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ । रासस |
प्रवासीले एम्बुलेन्स किन्न पठाएको २८ लाख सरकारी नीतिका कारण फिर्ता बागलुङ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको २८ लाख दुई हजार रुपैयाँ फिर्ता गरिएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो ।
एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाई छ ।
भन्सार छुटसहित ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप २७ लाखको खाँचो थियो । अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको हो ।
‘मन्त्रालयले नीतिगत बाधा पनि फुकाउन सकेन, नागरिकले साझेदारी गर्छौं भन्दा पनि बजेट दिएन’, राना मगरले भने, ‘एम्बुलेन्स सेवाका लागि प्रवासीले गरेको सहयोग दुःखका साथ फिर्ता गर्नुपर्ने स्थिति आयो ।’
अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो । ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा २८ लाखमा आउने भएपछि दाताको मात्रै रकमले किन्न पुग्थ्यो ।
स्थानीय तह, प्रदेश हुँदै अगाडि बढाइएको एम्बुलेन्स खरिदको प्रस्ताव र सिफारिस सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेर रोकिएको राना मगरले बताए ।
मन्त्रालयका पदाधिकारीले बागलुङका हकका विशेष निर्णय गरेर भए पनि टु ह्विल एम्बुलेन्स खरिदका लागि अनुमित दिने बताए पनि निर्णय नदिई अल्झाएर राखेको उनको गुनासो छ ।
‘मन्त्रालयमा धेरैपटक धायौँ, पछिल्लोपटक एम्बुलेन्स हेर्ने स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइमा पनि सोधखोज गर्यौ तर कुनै सुनुवाइ भएन’, उनले भने, ‘मन्त्रालयले टु ह्विल एम्बुलेन्स किन्न पनि नदिने र फोर ह्विलका लागि बजेट पनि नथप्ने भएपछि दाताको पैसा फिर्ता गर्ने निर्णयमा पुग्यौँ ।’
गत बैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि पनि गत असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन ।
समितिका सदस्य सचिवसमेत रएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले टु ह्विल एम्बुलेन्स खरिद गर्न नीतिगत बाधा देखिएको र फोर ह्विलसहितको सुविधायुक्त एम्बुलेन्सका लागि बजेट अपुग भएको बताए ।
एम्बुलेन्स खरिदका लागि अघिल्लो व्यवस्थापन समितिले पहल लिएको र दाताबाट आएको रकम पनि अस्पतालको खातामा नआई निवर्तमान अध्यक्षमार्फत नै त्यसको सहजीकरण भएको उनको भनाई छ । अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनका लागि मन्त्रालयसँग बजेट माग र समन्वयको काम भइरहेको मेसु पोखरेलले बताए ।
बागलुङ–अष्ट्रेलिया कमिटीले सो रकमबारे सहयोगदातालाई जानकारी गराई कमिटीकै मातहात राखिने भएको छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषणा गरिएको धौलागिरि अस्पताल अहिले पनि थोत्रो एम्बुलेन्सका भरमा छ । रासस |
बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी काठमाडौं । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ ।
शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए।
‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ । यसमा छिट्टै नै काम हुन्छ’, सचिव गौतमले भने । |
युएइले कामदारको भिसाको अवधि बढाएर ५ वर्ष बनायो काठमाडौं। संयुक्त अरब इमिरेट्सले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका विदेशी कामदारहरुको लागि भिसाको अवधि बढाएर ५ वर्ष बनाएको छ । क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसको जानकारी दिएका छन् । शेखले मंगलबार ट्वीट गरेका छन् ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिनु हो र उनीहरुको टिमको लागि पूरै वर्षभरी, सम्मेलन, बैठक र प्रदर्शनीहरुको लागि दुबइ आउन जान सजिलो बनाउनु हो ।’
युएइले पछिल्ला वर्षहरुमा कैयौं नयाँ भिसा विकल्पहरु सुरु गरेको छ । २०१९ मा १० वर्षीय गोल्डेन भिसा सुरु गरिएको थियो । यस वर्ष ५ वर्षको पर्यटक भिसा सुरु गरिएको छ । जसले युएइमा १.४ मिलियन अमेरिकी डलर सम्पत्तिको रुपमा लगानी गरेका छन् उनीहरुले ५ वर्षको आवासीय भिसा लिन पाउँछन् । यसका लागि सम्पत्तिमा उनीहरुको तीन वर्षको स्वामित्व र यो सम्पत्ति एकमुष्ट किनिएको हुनुपर्नेछ ।
न्यूनतम १ लाख ३६ हजार अमेरिकी डलरको साथमा व्यवसाय गर्ने उद्यामी वा मान्यता प्राप्त बिजनेस इन्क्युबेटरमा सहभागी व्यवसायीले ६ महिनाको भिसा लिन पाउँछन् र यो भिसा पछि ६ महिनासम्मको लागि बढाउन सकिन्छ । माध्यमिक स्कुलमा ९५ प्रतिशत वा ३.७५ जीपीए वा त्योभन्दा माथिल्लो ग्रेड ल्याएका विद्यार्थीले पनि यहाँ ५ वर्षको लागि भिसा लिन सक्छन् । |
इजरायल रोजगारीः मंसिर ५ सम्म स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गरिसक्नुपर्ने काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी अफ इजरायल(पीआइबीए)द्वारा चिठ्ठा प्रणालीबाट छनौट भएका नेपाली युवालाई प्रमाणपत्र पेश गर्न विभागले एक सूचनामार्फत आग्रह गरेको हो ।
विभागले तोकेको स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न र प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https://oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरेको छ । त्यस्तै, स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पताल(विभागले तोकेको चार अस्पताल)बाटै विभागलाई उपलब्ध हुने र प्रहरी चारित्रिक प्रमाणपत्र भने स्पष्ट बुझिने गरी स्क्यानप्रति उम्मेदवार स्वयंले विभागको इमेल [email protected] मा मंसिर ५ गतेभित्र पठाइसक्नुपर्ने उल्लेख छ ।
विभागले स्वास्थ्य परीक्षण प्रमाणको लागि ललितपुरस्थित सानेपाको स्टार अस्पताल, काठमाडौंस्थित मन्डिखाटारको ह्याम्स अस्पताल, ललितपुरस्थित भैसेपाटीको नेपाल मेडिसिटी हस्पिटल र काठमाडौंस्थित स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मंसिर ५ गतेभित्र गरिसक्नुपर्नेछ ।
पछिल्लो समय नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौतानुसार पहिलो चरणमा इजरायलले १ हजार नेपाली कामदारको माग गरेको थियो । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका १६ सय जनाको नाम लिष्ट विभागले सार्वजनिक गरेको थियो ।
१६ सय जनामध्येबाट इजरायलस्थित पीआइबीएले चिठ्ठा प्रणालीमार्फत कामदार छनौट गरी ११ सय ७५ जनाको नाम लिष्ट पुनः नेपाललाई पठाएको थियो । तिनै ११ यस ७५ जनालाई विभागले स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको हो ।
|
इजरायलमा खोप नलगाएका एक नेपालीको कोरोनाका कारण मृत्यु काठमाडौं । इजरायलमा कोरोना खोप नलगाएका एक नेपालीको मृत्यु भएको छ । इजराइलस्थित तेल अबिबमा रहेको नेपाली दूतावासका अनुसार कोरोनाको खोप नलगाएका झापाका रमेश कुमार विश्कर्माको कोरोनाका कारण मृत्यु भएको हो ।
त्यस्तै, नेपालको सुनसरी स्थायी ठेगाना भएका लाल बहादुर बिष्टको सडक दुर्घटनामा परी निधन भएको छ । पछिल्लो समय इजरायलमा विश्वकर्माको कोरोनाका कारण र बिष्टको दुर्घटनाबाट मृत्यु भएको छ । दुबैजना वैदेशिक रोजगारीको सिलसिलामा ईजरायलमा रहँदै आएका थिए ।
दूतावासका अनुसार परिवारको स्वीकृतिमा स्व.विश्वकर्माको केही दिन अघि ईजरायलमै अन्त्येष्टि भइसकेको छ भने स्व.बिष्टको पार्थिव शरीर नेपाल आइपुगिसकेको छ ।
कोरानाका कारण मृत्यु भएका रमेश विश्वकर्माले कोरोनाको खोप नलगाएको दूतावासले उल्लेख गरेको छ । साथै, दूतावासले कोरोना खोप लगाउनेहरुमा मृत्युदर निक्कै कम हुने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेकाले हालसम्म पनि कोरोनाको खोप नलिई ईजरायल तथा साईप्रसवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कुनैपनि द्विविधा नराखी यथाशीघ्र खोप लगाउन आग्रह गरेको छ ।
त्यसैगरी, सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको देखिएकोले (साईप्रसमा झनै बढी) सडक सुरक्षामा यथोचित ध्यान दिन समेत सबै नेपालीलाई आग्रह गरेको छ । |
नेपाली संस्था चीनमा अनुसन्धानका लागि छनोट काठमाडौं । चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ ।
चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका चिनियाँ एवं विदेशी इन्स्टिच्युटका लागि गरेको खुला प्रस्तावमा सो इन्स्टिच्युट पनि छनोट भएको चिनियाँ पत्रिका साङ्सी दैनिकले जनाएको छ ।
उक्त दैनिक पत्रिकामा तीन महिनाअघि चीनभरका संस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो । सो आह्वानबमोजिम परेका आवेदनबाट २० संस्था र १० जना व्यक्ति छानिएका सो पत्रिकाले जनाएको छ ।
छानिएका १० व्यक्तिमा प्रा.डा.राजीवकुमार झा पनि छन् । उनी हाल सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापनरत छन् । चीनको साङ्सी प्रान्तीय सरकारले गरेको आह्वानमा अनुसन्धानका लागि छनोट भएको यो पहिलो विदेशी नामको संस्था हो ।
उक्त प्रान्तीय सरकारले सो प्रान्तमा विज्ञान तथा प्रविधिका क्षेत्रमा गर्न सकिने विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा यसैगरी खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक रुपमा २० संस्था र १० जना अनुसन्धानदाता छनोट गर्ने गर्दछ ।
यस वर्ष छनोट भएको सो इन्स्टिच्युट प्रा.डा.झाको नाममा चीन सरकारले सन् २०१५ मा स्थापना गरेको हो । सियान मेडिकल युनिभर्सिटीमा स्थापित सो इन्स्टिच्युटको पूर्वउपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका थिए ।
उक्त इन्स्टिच्युटमार्फत स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या एवं चुनौतीका साथै विशेष गरी प्याँक्रियाजमा हुने क्यान्सरको वृद्धिदर कम गर्न सकिने विषयमा अनुसन्धान गर्ने गरिएको छ ।
चीनको साङ्सी प्रान्तीय सरकारले दिएको अनुसन्धानको यस अवसरबाट आफूलाई निकै खुसी लागेको प्रा.डा.झाले प्रतिक्रिया दिए । उनले यसबाट नेपालको विज्ञान प्रविधिका क्षेत्रमा गर्न सकिने कार्यकाबारेमा पनि अनुभव आदानप्रदान गर्ने बताए ।
चीनका लागि नेपाली पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले एक नेपाली युवाका नाममा चीन सरकारले नै स्थापना गरेको सो संस्था र नेपाली प्राध्यापक चीन सरकारद्वारा आह्वान गरिएको यो स्तरको प्रस्तावमा छनोट हुनु नेपालका लागि गौरवको विषय भएको बताए । रासस |
अमेरिकाको देउसीको दक्षिणाले शिविरका बालबालिकालाई शिक्षा कोलम्बस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले देउसी भैलो खेलेर उठेको रकमले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने भएको छ। शिविरमा रहेका आर्थिकरुपमा बिपन्न बालिबालिकालाई सहयोग गर्ने उदेश्यले फाउन्डेसनले ओहायोको राजधानी कोलम्बस र आसपासका क्षेत्रमा देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो।
‘देउसी भैलो खेलेर झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर र मोरङको पथरीस्थित शिविरमा रहेका बालबालिकाको शिक्षामा सहयोग गर्ने पवित्र उदेश्यले हामीले यो कार्यक्रम गरेका थियौ’ इन्ट्रा फाउन्डेसनका बोर्ड अफ डिरेक्टर केशब आचार्यले भने ‘दक्षिणा स्वरुप संकलित रकम अर्को साता नेपाल गएर उचित ढंगले सहयोग गर्ने छौ।’
उनका अनुसार सहयोगका लागि इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा ९‐१० जनाको टोली नेपाल जाने तयारीमा छ। फाउन्डेसनले शरणार्थी शिविरमा रहेका बिधार्थीका लागि नियमितरुपमा सहायता प्रदान गर्दै आएको छ। यस वर्षकोे तिहारको अवसरमा फान्डेसनका अध्यक्ष अधिकारीका घरमा भव्यरुपमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियोे। डिल्ली भुटानी नेपाली समुदायका कहलिएका ब्यबसायी तथा समाजसेबी हुन्।
नोभेम्बर ५ र ६ तारिखका दिन ओहायोको राजधानी कोलम्बस नजिकैको शहर ब्लाकलिकस्थित उनको घरमा ख्यातिप्राप्त कलाकार सम्मिलित देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अरुण उपत्यका सांस्कृतिक समुहका अध्यक्ष तथा पूर्वेली लोकगायनका हस्ती नविन खड्कादेखि भुटानी नेपाली गायक गायिकाहरु किशोर शिवाकोटी, टेक दुधराज, बिष्णु रामदाम, सुचिता गुरुङ, मन्जु लामालगायतले तिहारका गीत गाएका थिए।
स्थानीय कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। तिहारका गीतसँगै भट्टाइएको देउसुरे भाकाले उपस्थित सयभन्दा बढी अमेरिकाबासी भुटानी नेपालीमाझ तिहारको छुट्टै रौनकता छाएको देखिन्थ्यो। कार्यक्रममा नेपाली चलचित्रका नायक दिलीप रायमाझीको समेत उपस्थिति थियो।
कोलम्बस शहरसगै इन्ट्राका ओहायो राज्यका शाखाहरु सिन्सिनाटी, एक्रोन, क्लिभ्लेण्ड शहर त्यसैगरी पेन्सिलभेनिया, मिसिगन, आयोया, मिनेसोटा राज्यका शाखा कार्यालयले समेत देउसी भैलो खेलेर रकम संकलन गरेको छ।
इन्ट्रा फाउन्डेसनले नेपाली गीत संगीत, खेलकुदजस्ता क्षेत्रमा विदेशी भूमिमा प्रवद्र्धन गर्न लागिपर्दै आएको छ । गीतसंगीतका प्रतिभालाई प्रोत्साहित गर्ने मेरो भ्वाइस कप युएसए, नृत्य प्रतिभालाई प्रोत्साहन दिएर अगाडि ल्याउने मेरो डान्स कप युएसएको आयोजना यही संस्थाले गर्दै आएको छ । भलिबल लगायतका बिभिन्न खेलका ठुला प्रतियोगितामा समेत इन्ट्राको उल्लेखनीय उपस्थिति रहदै आएको छ।
|
अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित) वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो।
‘बहादुर’ उपहार दिइँदैछ भन्ने कुरा कार्यक्रममा सुनिँदा के हो त्यो बहादुर भन्ने कौतुहलता जागेको थियो। उपहार ग्रहण गर्न रेनोल्ड्सवर्ग शहरका मेयर जोसेफ बेगेनी स्वयं उपस्थित थिए। जव उपहार हस्तान्तरको समय आयो त्यसपछि रहस्य खुल्यो त्यो बहादुर भनेको अपराध अनुसन्धानमा प्रयोग हुने ‘के ९ कुकुर’ थियो।
ओहायो राज्यको रेनोल्सवर्ग शहर र आसपास क्षेत्रमा बस्ने नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बहादुर उपहार पाएका मेयर जोसेफले शहरवासी नेपाली भाषीसमुदायले शहरलाई सुरक्षित राख्न दिएको उपहारप्रति आभार व्यक्त गरेका थिए।
नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा मेयर जोसेफ नेतृत्वको सिटी काउन्सिलले सिटी अफिस प्रांगणमा नै विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो शहरको काउन्सिलमा नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याल पनि निर्वाचित काउन्सिलम्यान छन्।
अघिल्लो बर्ष नेपाली चाड दीपावलीबारे सिटी काउन्सिलबाट प्रोक्लामेसनसमेत गराउन सफल भएका प्याकुर्यालले यसपल्ट सिटीकै तर्फबाट तिहार मनाउन विशेष समारोहको आयोजना गर्न लगाएका थिए।(हेर्नुहोस् तिहारबारेको विशेष कार्यक्रमको भिडियो पनि)
कार्यक्रममा मेयर जोसेफ र काउन्सिलम्यान प्याकुर्यालले नेपालीहरुको महान चाड तिहारको शुभकामना दिएका थिए भने सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष एवं ओहायोमा डाक्टरी पेशा गर्दै आएका डाक्टर दामोदर पौडेलले तिहार पर्वका बारेमा उपस्थित अमेरिकीहरुलाई सटिक जानकारी दिएका थिए।
उनले यमपञ्चकका पाँच दिन किन विशेष छन् भन्नेबारे बोलेका थिए। र, सधैं तिहारमा मिठाइसहित विभिन्न परिकार बनाएर छिमेकमा हर्षोल्लासपूर्वक मनाउने गरेकोमा यसपल्ट आफू र पत्नीले स्वस्थ्यको कारण परिकार बनाउन असमर्थ हुँदा अमेरिकी समुदायका छिमेकीले एक घण्टा ड्राइभ गरेर नेपाली पसलसम्म पुगेर मिठाइ किनेर आफूहरुलाई उपहार ल्याइदिएको घटना सुनाएका थिए।
उनले नेपाली र नेपालीभाषी समुदायहरु बसेको ठाउँमा अरु धर्मावलम्बीहरुले समेत नेपाली चाडपर्वमा उत्सव मनाउन थालेको र हार्दिकता देखाउन थालेको भन्दै स्थानीय अमेरिकी समुदायको प्रसंसा गरेका थिए।
हिन्दू धार्मिक विधिपूर्वक मन्त्रोच्चारणसहित शुरु भएको सो कार्यक्रममा कमल सुवेदीले पनि तिहारको महत्वबारे धारणा राखेका थिए। कार्यक्रममा कोनाका तर्फबाट तिहार विशेष नृत्यसमेत प्रस्तुत गरिएको थियो।
भोट गरेर छानियो ‘बहादुर’
सोही विशेष कार्यक्रममा शहरको सुरक्षामा नेपालीभाषी र भुटानी अमेरिकनको योगदानस्वरुप मेयरलाई हस्तान्तरण गरिएको के ९ कुकुर को नाम पनि स्थानीय नेपाली भाषी समुदायका बीच भोट गरेर तय भएको थियो। स्थानीय नेपालीभाषीहरुको कुटी ग्रुपका सदस्यहरुले भोट गरेर बहादुर नाम राखेका थिए।
‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो।
‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो। सो ग्रुपका एकजना सदस्य वेद प्याकुर्यालले डिसी नेपाललाई दिएको जानकारीअनुसार, स्थानीय नेपालीभाषी रियल्टरहरु र लोन अफिसर्सलगायत सम्मिलित रहेको कुटी ग्रुपले मतदानमार्फत ‘बहादुर’ नाम चयन गरेको हो। नेपाली शक्तिशाली एवं निडरताको पर्याय भएकाले संसारभर बहादुरिताको पहिचान बनाएको गौरवस्वरुप सो नाम राख्ने निर्णय भएको थियो।
समाचारअनुसार, नेपालीभाषी भुटानी अमेरिकनहरुको सो ग्रुपले सिटीलाई कसरी सहयोग गर्ने त भनेर छलफल गर्दा सिटीलाई के ९ कुकुरको आवश्यकता रहेको थाहा भएपछि आपसका रकम संकलन गरेर आठ हजार अमेरिकी डलरमा बहादुर किनिएको थियो। अहिले ‘के ९ बहादुर’ सो शहरको प्रहरी विभागमा कार्यरत छ।
अर्को वर्षबाट तिहारमा बाल्टिमोरका स्कूल विदा
यसैबीच, अमेरिकाको केही ठूला पब्लिक स्कूल सिष्टममध्येको एक बाल्टिमोर काउन्टीको पब्लिक स्कूल सिष्टमले हिन्दूहरुको चाड तिहारमा आगामी बर्षदेखि विद्यार्थीहरुलाई विदा दिने निर्णय गरेको छ।
मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेको विवरणअनुसार, बाल्टिमोर काउन्टीको स्कूल सिष्टमको नोभेम्बर ९ तारिक दिन बसेको कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय सन् २०२२ को तिहारदेखि लागू गरिने भएको छ।
डेलिगेट भण्डारीले तिहार चाड मनाउनका लागि विद्यालय विदा गर्नेबारे प्रयत्न गर्दै आएका थिए। विदा दिने निर्णयलाई सार्वजानिक गर्दै भण्डारीले ‘बाल्टिमोर काउन्टीको विद्यालयमा अध्ययनरत यो पर्व मनाउने सबै विद्यार्थी बालवालिकाहरुले तिहार पर्वलाई गौरव र सम्मानका साथ उल्लासपूर्वक मनाउन पाउनेछन्’ भनेका छन्। |
कोरियन भाषा इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह काठमाडौं।सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन आग्रह पनि गरेको छ ।
बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले जानकारी दिए।‘दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,’परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भने।
बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो । छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।
|
दसैँको मुखमा ७३ देश गए करिब ४० हजार नेपाली श्रमिक काठमाडौं । दसैँको मुखमा करिब ४० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत असोज(०२१–९–१७ देखि ०२१–१०–१७) महिनाभरि नेपालका ७५ जिल्लाबाट ३९ हजार ६ सय ७१ जना युवाहरु रोजगारीको लागि विभिन्न देश गएका हुन् । जसमा ३७ हजार २ सय ८ जना पुरुष र २४ सय ६३ जना महिला रहेका छन् ।
तथ्यांकका अनुसार गत महिना ७३ वटा देशमध्ये सबैभन्दा बढी श्रमिक साउदी अरेबिया गएका छन् । १५ हजार ४ सय ९६ जना पुरुष र ३० जना महिला गरी १५ हजार ५ सय २६ जना युवाहरु साउदी गएका हुन् ।
दोस्रोमा कतार रहेको छ, जहाँ १३ हजार १ सय २५ जना पुरुष र ४ सय ७७ महिला गरी १३ हजार ६ सय २ जना विदेशिएका हुन् । तेस्रो स्थानमा विदेशिने नेपाली युवाको संख्या यूएई रहेको छ, जहाँ ५ हजार ९ सय ३३ पुरुष र १३ सय ३० महिला गरी ७ हजार २ सय ६३ जना युवाहरु पुगेका छन् ।
त्यसैगरी, क्रमशः बहराइन जाने युवाको संख्या ४ सय ५३ रहेको छ । जसमा ४ सय १७ पुरुष र ३६ महिला रहेका छन् । ओमन जाने पुरुषको संख्या ४ सय ३३ र महिलाको १९ गरी ४ सय ५२ जना युवाहरु रहेका छन् ।
कुवेत जाने युवाहरुमा पुरुष २ सय ८७ र महिला ४७ गरी ३ सय ३४ जना रहेका छन् । साइप्रस जाने युवाहरुमा ३१ जना पुरुष र २ सय ५७ जना महिला गरी २ सय ८८ जना युवाहरु रहेका छन् । साइप्रस जाने युवाहरुमा महिलाको संख्या बढी रहेको छ ।
माल्दिभ्स जाने युवाहरुमा २ सय ६ जना पुरुष र ६८ जना महिला गरी २ सय ७४ जना रहेका छन् । क्रोएसिया २ सय ३४ पुरुष र १० महिला गरी कूल २ सय ४४ युवाहरु गएका छन् ।
टर्की जाने युवाको संख्या १ सय ८४ जना रहेको छ । जसमा १ सय १४ पुरुष र ७० जना महिला रहेका छन् । जापान जानेको संख्या पनि १ सय ३४ रहेको छ । जापान जाने पुरुषमा १ सय २४ पुरुष र १० जना महिला रहेका छन् ।
त्यस्तै, रोजगारीको सिलसिलामा अन्य मुलुक जाने नेपालीको संख्या १ सय जनाभन्दा कम रहेको छ । |
अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्।
गत २४ सेप्टेम्बर २०२० मा उनलाई सोही नगरको रिक्त भएको नगर सदस्य पदमा नियुक्तसमेत गरिएको थियो। सोही कामको मुल्यांकन गर्दै उनलाई नगरका जनताले जिताएको कुरा त्यहाँका एक स्थानीय समाजसेवी ज्ञानु श्रेष्ठले डिसी नेपाललाई जानकारी दिएका छन्।
२२ बर्षदेखि उक्त शहरमा रेष्टुराँ व्यवसायमा संलग्न उनी त्यहाँको स्थानीय नेपाली संस्था सोसाइटी अफ नेप्लिज इन अमेरिका का दुई कार्यकाल सर्बसम्मात अध्यक्ष भइसकेका व्यक्ति हुन्।
अमेरिकाका अन्य नगरपालिका तथा महानगरपालिकामा परिषद सदस्य भन्ने चलन भए पनि कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग) भन्ने गरिन्छ र सोही पदमा श्रेष्ठले सानदार विजय प्राप्त गरेका छन्।
आफ्नो विजयपछि नगर क्षेत्र र नजिक शहरमा रहेका नेपालीहरूले भेटेर नै बधाई दिने क्रम चलिरहेको रामचन्द्र श्रेष्ठले डिसी नेपाललाई बताए । आफ्नो निर्वाचित कार्यकालमा केही नयां काम गरेर देखाउने इच्छा भएको उनले डिसी नेपाललाई बताएका छन्। |
एएनएचएसकाे देउसी भैलाे सम्पन्न काठमाडाैं । अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ।
अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ। नेपाली कला, सँस्कृति, रितिरिवाज र चाडपर्वको बारेमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नको लागि आयोजना गरिने विभिन्न ठूला कार्यक्रमहरुमध्ये यो पनि पर्दछ। कार्यक्रममा अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका प्रस्तुति लगायत विभिन्न अतिथिहरुका पनि प्रस्तुति रहेका थिए।
विधिवत लक्ष्मीपूजा गरि शुरु गरिएको कार्यक्रममा आकर्षक साजसज्जासहित नेपाली परम्परागत शैलीमा विभिन्न परिकारहरुको साथमा पूजा आराधना गरिएको थियो। त्यसको संयोजन संस्थाका पूर्व अध्यक्ष कमला खरेलले गरेकी थिइन्।
करिब ५ घण्टा लामो कार्यक्रमलाई शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थी कञ्चन दाहाल र अक्षेत ढुंगानाले संचालन गरेका थिए। अमेरिकामा हुर्किरहेका बालबालिकाहरुले नेपाली भाषामा यति लामो कार्यक्रमलाई पनि सहजताका साथ सञ्चालन गरि सफलतापूर्वक सम्पन्न गरेकोमा सबैको ध्यान आकर्षित गरेको थियो।
लक्ष्मीपूजा गरिसकेपछि शिक्षा सदनमा अध्ययनरत आरुभी पौडेलले गणेश स्तुती पाठ गर्दा सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्ने क्रममा संस्थाका अध्यक्ष कमल भट्टराईले विदेशमा जन्मेर हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, कला, सँस्कृति, भेषभूषा, रहनशहन र चाडपर्वको बारेमा जानकारी गराई परम्परा पुस्तान्तरण गर्न संस्थाले यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहने र यस्ताखाले कार्यक्रमहरुमा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले सहयोग गर्नुपर्ने बताए।
सन् २०१६ मा स्थापित एकेडमि हालसम्म आइपुग्दा बिदेशमा जन्मिएका बालबालिकाका लागि मातृभाषा बोल्न,पढ्न र लेख्नअत्यन्तै सहज हुने गरी तह–तहगत रूपमा बनाइएको आफ्नै पाठ्यपुस्तक अमेरिकाका १३ स्टेट र अस्टेलिया, क्यानडा, बेलायत र जापानमा पठनपाठन भइरहेकोमा गर्व पनि गरेका छन्।
देउसी भैलो कार्यक्रम २०२१ का संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष केदार तिम्सिनाले शुभकामना मन्तव्य दिने क्रममा सबैको सहकार्य तथा सहयोगमा संस्थाले ठूला ठूला कार्यक्रमहरुलाई पनि निकै सफलता र सहजतापूर्वक सम्पन्न गर्ने गरेको बताउदै देउसी भैलो कार्यक्रम सञ्चालनको लागि सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको थियो ।
अमेरिका नेपाल सहयोगी समाजका कार्यसमिति सदस्य तथा अमेरिका नेपाल शिक्षा सदनका संयोजक भूपाल पौडेलले देउसी भैलोको महत्व र यसले पार्ने प्रभावको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा शिक्षा सदनमा अध्ययनरत आरोही रेग्मीले पियानोमार्फत (दियो बाली, साँझको…) भन्ने गीतको मिठो धुन प्रस्तुत गरेकी थिइन्। उनी अमेरिकाको न्यूयोर्क शहरमा बस्दै आएकी छिन्। त्यसै गरी नर्थ क्यारेलिना बस्नुहुने यसै शिक्षा सदनमा अध्ययनरत विद्यार्थी अर्चना धिमालले हार्मोनियममा मंगलधुन प्रस्तुत गरेकी थिइन्।
न्यूजिल्याण्डबाट कार्यक्रममा जोडिएकी प्रिन्सेस अधिकारीले अतिथि प्रस्तुतकर्ताको रुपमा निकै सशक्त नृत्य प्रस्तुत गरिन। शिक्षा सदनमा अध्ययनरत विद्यार्थी आभाष अर्यालले प्रस्तुत गरेको बलिराजाको कथा र उनको शैली पनि कार्यक्रमको अर्को आकर्षण रहेको थियो। त्यसैगरी कार्यक्रममा गौरभ गौतम, आरभ अर्याल, अनुष्का पौडेल, सुजल भट्टराई, आरुषि कँडेल, आरोही कँडेल, एञ्जिला गौतम, सामुएल गौतम, इर्शिता श्रेष्ठ, सिद्धिता आचार्य, रोम ज्ञवाली, सरिता ज्ञवाली तथा समूह, सादिका ढुँगाना, अनुष्का वाग्ले, सारिका वाग्ले, रिम्शा थापा लगायतले आ–आफ्ना प्रस्तुतिहरु राखेका थिए।
कार्यक्रममा मुख्य आकर्षकको रुपमा केदार तिम्सिनाको घरमा आयोजना गरिएको देउसीभैलो रहेको थियो। जसमा नेपालमा खेलिने देउसी भैलोको परिवेश र शैली जस्ताको तस्तै प्रस्तुत गरिएको थियो। कार्यक्रममा समाजका पूर्व अध्यक्ष सागर कँडेल, गुणराज लुइटेल, पर्शुराम भण्डारी, तोया पौड्याल,अर्जुन सिग्देल, जय गौतम, मुक्त पौडेल,राम मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए।
अमेरिकी पूर्वीय समय अनुसार अक्टोबर ३०, शनिबार अपरान्ह ४ बजेदेखि भर्चुअल (जुम)मार्फत शुरुभएको कार्यक्रम राती करिब ९ बजेसम्म चलेको थियो। कञ्चन दाहाल र अक्षेत ढुँगानाको सञ्चालन भएको कार्यक्रममा उनीहरुलाई कामना पन्थी, तनुजा अधिकारी र जानु ओझाले सहजिकरण गरेका थिए। कार्यक्रममा प्रविधिको संयोजन तिलक खरेल, शिव तिम्सिना र अर्जुन गौतमले गरेका थिए भने कमल भट्टराई, चन्द्र विष्ट, राम अधिकारी, विजय ओझा, हरिराम भण्डारी, यज्ञ चापागाई लगायतले अर्थ संकलनको संयोजन गरेका थिए। शिक्षा सदन सञ्चालनको सहयोगार्थ आयोजना गरिएको जुम कार्यक्रममै १२ हजार पाँच सय ६अमेरिकी डलर संकल गरिएको थियो।
|
एनआरएनए मेरिल्याण्ड च्याप्टरको कार्यालय उद्घाटन,अभियन्ताहरूले गरे प्रसंसा बाल्टिमोर । गैरआवासीय नेपाली संघ, अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अक्टोबर ३० तारिकदेखि आफ्नो कार्यालयबाटै कार्यारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत र एनआरएनए, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संयुक्तरुपमा रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय बाल्टिमाेरकाे पार्कभिलमा राखिएकाे छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, एनआरएनए आईसीसीको आगामी निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका राजन त्रिपाठीले अमेरिकामा मेरिल्याण्ड च्याप्टरले आफ्नै कार्यालयबाट काम शुरु गरेर ऐतिहासिक काम गरेको भन्दै प्रसंसा गरेका थिए । उनले एनआरएनएमा देखिएका विवाद छिटो समाधान हुने विश्वास व्यक्त गर्दै आफूले सिकेका ज्ञान शिपलाई नेपाली समुदायको हितमा लगाउन आह्वान गरे । उनले आफू क्षेत्रीय संयोजक हुंदा अमेरिकाज क्षेत्रमा संगठन विस्तारमा लागेको, एनआरएनए अमेरिकाविरुद्ध मुद्धा हाल्ने साथीसंगसमेत सहमती गराउन सफल भएको धारणा राख्दै अभियानमा निरन्तरताका लागि आफूले केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदारी दिएको बताएका थिए । युवा, महिला र विद्यार्थीहरुका विषयलाई महत्वसाथ उठाउने र उनीहरुलाई एनआरएन अभियानामा सहभागी गराउने र संस्थाको काम कारवाहीलाई पारदर्शी बनाउन योगदान दिने उनले प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले अमेरिकाका २९ च्याप्टरमध्ये आफ्नो गृहराज्य मेरिल्याण्डको च्याप्टरले आफ्नै कार्यालय शुरु गरेकोमा गर्व महसुस भएको बताए । उनले समाजिक काममा सबैको सहभागिताका लागि आह्वान पनि गरे । त्यसैगरी अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, प्रवासी नेपाली मञ्च,अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका नेता प्रेम श्रेष्ठ र अन्य बक्ताहरु दुर्गा श्रेष्ठ,राजु क्षेत्री,सुभाष घिमिरे,राजेन्द्र सेन्चुरी,रमेश भट्ट,अनु वन्त,विजय श्रेष्ठ, सतिश चापागाई, डोलनाथ घिमिरेलगायतले आफ्नै कार्यालय शुरु गरेकोमा बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले सबैलाई स्वागत गर्दै संस्थाको आगामी काममा सबैको सहयोगको अपेक्षा गरेको बताएका थिए । उनले नेपाली समुदायलाई सहयोग पुग्ने कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता पनि जनाए । |
लगानी ल्याउन एनआरएनएलाई प्रधानमन्त्री देउवाको आह्वान लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् ।
‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए ।
त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो । |
दूतावासद्वारा मलेसिया रोजगारी सुचारु नभएको जानकारी काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियामा रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसियामा वैदेशिक रोजगारीको लागि मागपत्र प्रमाणीकरण सुचारु नभएको जनाएको हो ।
सूचनाका अनुसार कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले २०२० मार्च १८ देखि लागु गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको कार्य हालसम्म सुचारु गरिएको छैन । साथै, दूतावासले मागपत्र प्रमाणीकरणको कार्य सुचारु हुनासाथ सूचित गरिने जनाएको छ ।
|
परीक्षा दिएर उत्कृष्टस्थान हासिल गरेका पीडित युवाहरुको माग : हामी पनि इजरायल जान पाउनुपर्छ ‘हामी पास भएर पनि पीडित भयौं। घरपरिवार छोडेर बाहिरबाट काठमाडौं आएर मेहनत गरी पहिलो, दोस्रो आदि पोजिशनमा पर्याैं। तर, हाम्रो मेहनतको कदर भएन। हामी दुःखी छौं, किन छनौट गरिएन?’, यो भनाइ हो वैदेशिक रोजगार विभागमा भेटिएका इजरायल रोजगारीमा जान इच्छुक र भाषा परीक्षामा पास भएका युवामध्ये एक समूहको।
पछिल्लो समय नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौतानुसार पहिलो चरणमा इजरायलले १ हजार नेपाली कामदारको माग गरेको छ। रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका १६ सय जनाको नाम लिष्ट सरकारले सार्वजनिक गरी इजरायललाई पठाएको थियो।
तिनै १६ सय जनामध्येबाट इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी अफ इजरायल(पीआइबीए) ले चिठ्ठा प्रणाली (लोट्री÷र्यान्डम सेलेक्सन) मार्फत कामदार छनौट गरी ११ सय ७५ जनाको नाम लिष्ट पुनः नेपाललाई पठाएको छ।
१६ सय जनाबाट छनौटमा नपरेका ४ सय २५ जना युवामध्ये केही युवाहरुको जमात विभाग पुगेर बुँदागत रुपमा न्याय दिलाइ दिन माग गर्दै विभाग (इजरायल÷जापान शाखा)का निर्देशक डम्बर बहादुर सुनुवारलाई लिखितरुपमा निवेदन पेश गरेका छन्।
उनीहरुका अनुसार १६ सय जनाबाट इजरायल रोजगारीको लागि छनौटमा नपरेका ४ सय २५ जना प्राय पहिलो, दोस्रोलगायत स्तर (उत्कृष्ट स्थानमा पास भएका) मा पास भएका युवाहरु रहेका छन्।
इजरायल शाखाका प्रमुख सुनुवारसँग गुनासो गर्दै उनीहरु भन्दै थिए, ‘योग्य मान्छेलाई किन सेलेक्ट गरिएन, हामीलाई पनि इजरायल लगियोस्। मापदण्ड अनुसार हामी पनि योग्य भएर छानिएका मान्छे हौं। हामी चार सय २५ जनालाई कसरी न्याय दिनुहुन्छ? हाम्रो अभिभावक भएर हामी हामीलाई न्याय दिनुहोस्। हाम्रो आवाज सम्बन्धित ठाउँमा पुर्यादिनुहोस्, हाम्रो अपिल छ, तपाईंलाई।’
‘माग संख्यामा फेरबदल भएको, गोलापर्थाको पारदर्शिता नभएको’, भन्दै निष्पक्ष छानबिन गर्न र इजरायलको दूतावाससँग आफूहरुलाई पनि लैजाने व्यवस्थाको अपिल गरिदिन आग्रह गर्दै उनीहरुले आफ्ना मागहरु बुँदागत रुपमा शाखा प्रमुख सुनुवारलाई बुझाएका थिए।
उनीहरु एकमुखमा भन्दै पनि थिए, ‘साथीहरु गए भनेर हामीलाई गुनासो र आपत्ति होइन। तर, हामी पास भएकालाई पनि लगियोस भन्ने हाम्रो इच्छा हो।’
शाखा प्रमुख सुनुवारले आफ्नो गुनासोहरु बुँदागत रुपमा प्रष्ट पारेर भन्नु भयो, बुझाउनु भएकोमा धन्यवाद भन्दै पीडित युवाहरुलाई इजरायलबाट आउने आगामी कोटामा अवसर दिने प्रतिवद्धता गरे। साथै, उनले उनीहरुलाई त्यसका लागि केही समय लागेपनि तयारी भएर अर्थात् भाषालगायतका कुराहरुमा निखारिएर बस्न अनुरोधसमेत गरे।
शाखा प्रमुख सुनुवारका अनुसार निर्देशन समितिको निर्देशन र छनौट समितिले गरेको निर्णयको आधारमा परराष्ट्र मन्त्रालयमार्फत लिखित रुपमा अनुरोध भएर आएको हुनाले १६ सय संख्या पुर्याएको र सो संख्याबाट चिठ्ठा प्रणाली अपनाएर ११ यस ७५ जना छनौट भएका हुन्।
उनले पूर्व सूचनानुसार चिठ्ठा प्रणाली अपनाइएकाले भाषा र अन्तर्वार्ता आदि परीक्षामा उत्कृष्टस्थान हासिल गरेका युवासमेत इजरायल रोजगारीको लागि छनौटमा नपरेको स्पष्टिकरण दिएका थिए।
विभागको कार्यकक्षभित्रै महानिर्देशकमाथि दुर्व्यवहार
आइतबार बिहान कार्यालय खुलेको केही समयपछि वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुव्र्यवहार भयो। विभागका एक कर्मचारीले बताए अनुसार यूटुबलाई समेत साथमा ल्याएर कालोमोजो दल्ने योजनासहित एक व्यक्ति विभाग छिरेका थिए।
योजनासहित विभाग प्रमुखलाई कालोमोसो दल्न पुगेका उनले आफू एकीकृत राप्रपा नेपालको महामन्त्री श्यामबहादुर सापकोटा भएको बताएका थिए।
सुरुमा सेवाग्राहीको रुपमा विभागमा पुगेका सापकोटाले महानिर्देशक काफ्लेविरुद्ध नारा लगाउँदै ८० लाख नेपाली जनतालाई विदेशमा बिचल्लीमा पारेको भन्दै गालीगलौज गरी अभद्र व्यवहार गरेका थिए।
विभाग स्रोतका अनुसार तर उनले कालोमाजो भने दल्न पाएनन्। उनलाई तुरुन्तै गार्डले महानिर्देशकको कार्यकक्षबाट बाहिर निकालेका थिए।
बाहिर निस्केपछि असन्तुष्टि पोख्दै विभागका महानिर्देशकलाई गालीगलौज गरिरहेका उनलाई विभागमा रहेका प्रहरीले पक्राउ गरी लगेको थियो।
पक्राउ पछि उनले पीडितको पीडालाई सहन नसकेर र स्वयं आफू पनि पीडित भएकोले विभाग प्रमुखसमक्ष आएको बताएका थिए । साथै, प्रहरीले पक्राउ गरेर लाने क्रममा उनले मानव तस्कर बन्द गरलगायतका नारा लगाएका थिए। विभाग स्रोतका अनुसार हाल उनलाई कानूनी कारबाहीका लागि महानगरीय वृत नयाँ बानेश्वरको हिरासतमा राखिएको छ। |
‘अमेरिकाय नेवा’को एक सय अंक पूरा, भव्य कार्यक्रम गरी मनाइयो (फोटोफिचर) काठमाडौं। नेपाल भाषा टाइम्स अमेरिकाले संचालन गर्ने ‘अमेरिकाय नेवा’ कार्यक्रमको एक सय भाग पुरा भएको छ। उक्त अन्तरर्वाता कार्यक्रमको एक सय भाग पुगेको अवसरमा एक भव्य समारोहको आयोजना गरी मनाइएको छ।
बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा परम्परागत नेवारी खानेकुराको पनि प्रदर्शन गरिएको थियो।
अमेरिकाय नेवाका निर्माता तथा प्रस्तोता प्रविन ताम्राकारले कार्यक्रमले एक सय अंक पार गरेकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यावाद ज्ञापन गरेका थिए। यो अमेरिकाय नेवा कार्यक्रमको प्रोग्राम डेरेक्टर राजीव श्रेष्ठ रहेका छन । राजीव श्रेष्ठ एउटा बरिस्ट फोटो ग्राफर हुन ।
यस्तै, उक्त समारोहलाई अझै प्रभावकारी बनाउन गीत, नृत्य तथा साहित्यिक रचनाहरु बाचन गरिएको थियो।
|
मलेसियामा ३ वर्षमा ११५८ नेपालीको मृत्यु, त्यहाँको मानवअधिकार आयोगले जाँच गर्ने काठमाडौं। मलेसियाको मानव अधिकार आयोग (सुहाकाम)ले त्यहाँ नेपाली नागरिकको उच्च मृत्युदरबारे जाँच गर्ने भएको छ । मलेसियास्थित नेपाली दूतावासले पछिल्लो समय त्यहाँ नेपाली नागरिकको मृत्युदर उच्च भएको रिपोर्ट सुहाकामलाई बुझाएको थियो । त्यसपछि शुक्रबार एक पत्रकार सम्मेलन गर्दै सुहाकामले आफूले यस सम्बन्धमा जाँच गर्ने बताएको हो ।
सुहाकामका कमिश्नर जेराल्ड जोसेफका अनुसार मानव अधिकार आयोगलाई त्यहाँस्थित नेपाली दूतावासले २०१८ देखि २०२१ को जुलाइसम्म ११५८ नेपाली आप्रवासी कामदारको मलेसियामा मृत्यु भएको रिपोर्ट बुझाएको थियो । मले मेलमा प्रकाशित एक रिपोर्टअनुसार दूतावासले बुझाएको रिपोर्टमा मृत्युको प्रमुख कारण आत्महत्या, कार्यस्थलमा दुर्घटना, निमोनिया, कोभिड–१९ र अन्य रोगहरु भएको उल्लेख छ ।
‘सम्भवतः श्रम विभाग वा सुरक्षा र स्वास्थ्य विभाग पनि यो जाँचमा समावेश हुन सक्छन् । हामी यी मृत्युहरु किन भइरहेका छन् र यसको पछाडि के जिम्मेवार छ भन्ने जान्न चाहन्छौं’ कमिश्नर जेराल्डले शुक्रबार सुहाकाममा आयोजित एक पत्रकार सम्मेलनमा भने । जेराल्डका अनुसार यस विषयमा थप जानकारी प्राप्त गर्नको लागि आयोगले जाँचमा नेपाली दुतावासका प्रतिनिधि र सम्बन्धित एजेन्सीका प्रतिनिधिलाई पनि सहभागी गराउनेछ । |
राजदूत अञ्जान शाक्य नेपाल फिर्ती, कार्यवाहक राजदूतमा घिमिरे काठमाडौं । आफ्नो करिब तीन बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी इजरायलको लागि नेपाली राजदूत डा.अञ्जान शाक्य हिजो(शनिबार) टर्किस एयरलाइन्सको उडानमार्फत् ईजरायलबाट नेपाल फिर्ता आएकी छन् ।
स्वदेश फिर्तीको क्रममा इजरायलस्थित नेपाली दूतावासलगायत विभिन्न संघसंस्था तथा व्यक्तिले सुस्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उनलाई विदाई गरेका थिए ।
स्वदेश फिर्तीसँगै शाक्यको ठाउँमा दूतावासका उप–नियोग प्रमुख अर्जुन घिमिरे कार्यवाहक राजदूतमा नियुक्त भएका छन् ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार ईजरायलका लागि नयाँ नेपाली राजदूत नियुक्त भई नआउँदासम्मका लागि दूतावासका उप–नियोग प्रमुख घिमिरे कार्यवाहक राजदूतको रुपमा रहने छन् । |
मलेसियामा अवैध तरिकाले बसेका कामदारलाई वैधानिक हुन समय थप क्वालालम्पुर। मलेसिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका अर्थात विभिन्न कारण बिना भिषा मलेसियामा बसेर काम गरिरहेका विदेशी आप्रवासी कामदारलाई पुनः वैधानिक हुन वा स्वदेश फर्किन दोस्रो पटक दिएको आम माफी कार्यक्रमको समय अवधि सकिन लागेको छ।
विगत लामो समयदेखि विभिन्न कारण अवैधानिक रूपमा रहेका आप्रवासी कामदारलाई लक्षित गरी पुनः बैधानिक हुन वा स्वदेश फिर्ता हुन चाहाने आप्रवासी कामदारलाई आम माफीसहितको रिक्यालुब्रेसन पुलाङ कार्यक्रम ३१ जुनसम्म घोषणा गरेको थियो।
उक्त समय अवधिमा कोभिड १९ को कारण मलेसियाको अध्यागमन विभाग नै बन्द भएको कारण यो समय अवधिमा यो कार्यक्रम औपचारिक रूपमा संचालन हुन नसकेपछि सरकारले जुलाई १ देखि ३१ डिसेम्बर २०२१ सम्म दोस्रो पटक समय अवधि थप गरेको थियो।
यस कार्यक्रम अन्तर्गत स्वदेश फर्किने भन्दा पनि बैधानिक भएर वस्न चाहाने आप्रवासी कामदारको संख्या ठूलो छ । कार्यक्रम अन्तर्गत सर्भिस सेक्टर अथवा सिक्युरिटी सेक्टर बाहेक अन्य चार सेक्टरमा भिसा लगाएर बैधानिक हुन सकिने मलेसियाको अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यो दोस्रोपटकको कार्यक्रम यहि अक्टोबर १६ तारीखबाट मात्रै औपचारिक संचालनमा आएको हो यो कार्यक्रम संचालनमा आए सँगै अवैधानिक रूपमा रहेर काम गर्दै आएका नेपाली लगाएत बङ्गलादेश , इन्डोनेशिया, म्यानमार , भियतनाम , पाकिस्तान भारत, ताइवान कम्बोडिया , फिलिपिन्स लगाएत देशका कामदारले यसको लाभ लिन सक्नेछन्।
कार्यक्रम लागू भए सँगै मलेसियाको अध्यागमन विभाग मुख्यालय पुत्राजय लगाएत अन्य अध्यागमन शाखाहरुमा अवैधानिक कामदारको बाल्को भिड सुरु भएको छ।
करिव ५० हजारको हाराहारीमा आप्रवासी कामदारले अध्यागमन गएर बैधानिक प्रक्रिया सुरु गरिसकेको अनुमान गरिएको छ। मलेसियामा विभिन्न देशका लाखौं कामदारहरु अवैधानिक रूपमा कार्यरत रहेको मलेसिया सरकारले बताउदै छ।
स्वदेश फर्किन चाहाने अवैधानिक कामदारले मलेसियाको अध्यागमन विभागलाई मलेसियन रिङ्गेट ५ सय फाइन तिरेर स्वदेश फर्किन सक्नेछन् भने बैधानिक हुन चाहनेले पनि सोही रकमसहित दर्ता गर्नुपर्ने पर्ने अध्यागमनले बताएको छ।
यतिबेला मलेसियाको अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदार माथी धरपकडलाई पनि अगाडि बढाएको छ अध्यागमन विभागको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिए अनुसार पछिल्लो केही दिन यता जोहोर बारु क्वालालम्पुर लगाएत क्षेत्र बाट करिब ५ सयको हाराहारीमा इन्डोनेसियन , बङ्गाली भियतनामी लगाएत अवैधानिक रूपमा कार्यरत कामदारलाई नियन्त्रणमा लिएको अध्यागमनले बताएको छ यस अन्तर्गत मुख्य गरि कण्ड्रशन साइट र केही देह ब्यापारमा संलग्नसमेत लाई पक्राउ गरिएको हो।
|
दुबईमा अलपत्र सात नेपालीको उद्धार वीरजञ्ज। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो।
दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।
एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्। नगरप्रमुख साहले भने, “मेरो दुबई यात्रा सात दिनको थियो, तर युवाहरूका बारेमा थाहा पाएपछि मैले भ्रमण तीन दिनमै छोट्याएँ, युवाहरूको उद्धार गरी घर फकाईएको छ।”
नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काउनुभएको हो । नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने जानकारी दिनुभयो । |
बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ। कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्यापिड टेष्ट’ गर्न आग्रह गरेको छ।
सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ। स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन्।
विगत एक सातामा दैनिक संक्रमित संख्या ४० हजार भन्दामाथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले जनाएका छन्।
कोराना संक्रमण जाडो महिनामा तीब्र गतिमा हुने अनुमान गर्दै सरकारले घरका झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न अपिल गरेको छ।
बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ। कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकैदिन एक हजार ८२० जनाको मृत्यु भएको थियो।
९ करोडमा संक्रमण, र ४ करोड ५३ लाखले लिए खोप
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८.९ प्रतिशतले खोपको दुबै डोज लगाइसकेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। |
बाल्टिमोरमा शिवहरिको हास्य, किरण, श्रृंखला र नारायणको प्रस्तुती बाल्टिमोर, अमेरिका। अमेरिकाको बाल्टिमोरबासी नेपाली समुदायका लागि दशैं र तिहारको उपलक्ष्ममाबाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका– बानाले सांस्कृतिक—सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
अक्टोबर ३० शनिवार आयोजना गर्न लागिएको दशैं–तिहार विशेष साँझमा नेपालका चर्चित हास्य कलाकार शिवहरि पौडेलले व्यंग्य प्रस्तुति दिने भएका छन्। पौडेलसँगै लोक गायक नारायण रायमाझी र सिर्जना विरहीको प्रस्तुती रहने छ।
बानको कार्यक्रममा सन् २०१८ को मिस नेपाल विजेता श्रृंखला खतिवडा, सन् २०२१ को भ्वाइस अफ नेपालका विजेता किरण गजमेर र नायक दिलिप रायमाझीले पनि प्रस्तुति दिने वानाका महासचिव किरण ढकालले डिसी नेपाललाई बताए।
त्यसैगरी राजन ठकुरी, सपना गुरूङ, सम्झना गुरूङ, अपेक्षा सिह, रूवी पौडेल, कृपा ढकालसहित स्थानीय कलाकारहरुको प्रस्तुति हुने महासचिव तथा कार्यक्रम संयोजकढकालले जानकारी दिए।
बाल्टिमोर डाउन टाउनको प्रिस्टन हलमा बेलुका ७ बजेदेखि १२ बजेसम्म हुने सो कार्यक्रम यो क्षेत्रमा बस्ने सबै नेपालीहरुलाई उपस्थित हुन महासचिव ढकालले आग्रह गरेका छन्। |
युवा पुस्ताले देशको नेतृत्व लिनुपर्ने अध्यक्ष तामाङको भनाइ पोर्चुगल। लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालले शुभ विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।
पोर्चुगलको मान्तेगर्दोमा सम्पन्न उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले बुद्धको मूर्तिमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
तामाङले अब प्रवासमा बस्ने नेपालीहरुले पनि देशको राजनीतिमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । उनले देश किन विकास भएन ? भनेर भन्नु भन्दापनि अब युवा पुस्ताले देशको राजनीतिको नेतृत्व लिनुपर्ने बेलाएको बताए।
त्यस्तै, उनले नेपालमा वैदिक सनातनसहितको राजसंस्था स्थापना गर्नुपर्ने बताए । यसको लागि आफ्नो पार्टीले रणनीतिक योजनासहित अभियान सञ्चालन गरिरहेको पनि उनले सुनाए।
खेम गुरुङको अध्यक्षतामा सम्पन्न चियापान र भेला कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको तामाङले जानकारी दिए। उक्त कार्यक्रममा कांग्रेस परित्याग गरी करिब ७० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए।
उनकाअनुसार मिनबहादुर गुरुङ, वीरवहादुर तामाङ, लालसिंह तामाङ, हरिमान तामाङ, सुनिता तामाङ, सन्तोष घले, शेरबहादुर खड्का, प्रशान्त गौतम, विशाल बानियाँ, निमा वाङ्दो गुरुङको नेतृत्वमा करिब ७० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए।
उनीहरुमध्ये मीनबहादुर गुरुङ (धादिङ), वीरबहादुर तामाङ (धादिङ), शेरबहादुर खड्का (काठमाडौं), सन्तोष घले (रुपन्देही) लाई केन्द्रीय कमिटीमा मनोनित गर्ने पनि अध्यक्ष तामाङले जानकारी दिए। उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो। |
नेपाली व्यबसायी लालकिशोरकाे अमेरिकामा गोली हानी हत्या बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन शहर नजिक आफ्नै व्यबसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ। लालकिशोर महासेठ नाम गरेका ती व्यवसायी म्यासाचुसेटको बोस्टन शहरबाट करिव डेड घण्टा टाढा फल रिभर सिटी, रक स्ट्रीटमा “स्टप एन्ड सेभ” नाम गरेको खुद्रा पसल संचालन गर्दै आएका थिए।
आफ्नै पसलमा काम गर्दै गरेको अवस्थामा लाल किशोर महासेठको आइतवार राति गोली हानी हत्या गरिएको हो। उनलाई कसले र किन हत्या गर्यो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन।
घटनाविवरणअनुसार, साँझ ८ः५० बजेसम्म उनी आफ्नी पत्नीसँग कुरा गरिरहेकै थिए। उनी साँझ ९ बजे पसल बन्द गरेर घर आउनु पर्ने थियो तर श्रीमान ११ बजे सम्म घर नपुगेपछि श्रीमती र परिवारले सोधी खोजी शुरु गरेको थियो।
उनीमाथि गोली प्रहार कति बजे र कसरी भयो भन्ने कुरा स्पष्ट नभए पनि करिव साढे १० बजे कसैले ९११ मा कल गरिदिएको कारण त्यहाँ प्रहरी आइपुगेको र सवा ११ बजे लाल किशोरलाई मृतक घोषणा गरिएको स्रोतले जनाएको छ।
५४ बर्षीय महासेठको नेपाल घर जनकपुर रहेको जनकारीमा आएको छ भने उनी मधेसी एसोसिएसन इन अमेरिका ( न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ।
प्रहरीले बृहत बिबरण भोलि मात्र दिन सक्ने कुरा ग्रेटर बोस्टन नेपाली कम्युनिटीका उपाध्यक्ष पर्शुराम फुयाँलले डिसी नेपाललाई बताए । के कारणले मारिएको, कस्ले गोली हान्यो भन्ने कुरा अहिलेसम्म एकिन भएको छैन।
बोस्टन एरियाका सबै नेपालीहरु यो आपत्तिलाई कसरी समना गर्ने भनेर लागिरहेको पनि उनले डिसी नेपाललाई बताए। मृतक महासेठका श्रीमती, दुइ छाेरा र एक छाेरी छन्। |
अमेरिकाका पूर्व विदेश सचिव पावेलको कोभिडका कारण मृत्यु वासिंगटन डिसी । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणका कारण देहान्त भएको छ।
उनको परिवारले यसबारे फेसबुकमार्फत जानकारी सार्वजानिक गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्। उनी ८४ बर्षका थिए।
अमेरिकी सेनाका प्रमुखसमेत भएका पहिलो अस्वेत विदेशमन्त्री पावेलको सोमबार विहानै मृत्यु भएको हो। उनले कोभिड १९ विरुद्धको दुबै खोप लगाए पनि कोरोनाबाट संक्रमित भई अस्पताल भर्ना भएका थिए।
भियतनाम युद्धमा सैनिक ड्युटीमा रहेका पावेल राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ह्वाइट हाउस प्रवेश गरेका थिए। तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले नियुक्त गरेपछि उनी पहिलो अश्वेत सुरक्षा सल्लाहकार भएका थिए।
पछि उनलाई राष्ट्रपति जर्ज बुसले विदेश सचिवमा नियुक्त गरेका थिए। |
रक्त क्यान्सरका कारण मलेसियामा एक नेपालीको मृत्यु बैतडी । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ।
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।रासस |
युवा पत्रकार शाहीको कुवेतमा देहान्त काठमाडौं । युवा पत्रकार एवं समाजसेवी माधव शाहीको अल्पआयुमै दुःखद निधन भएको छ। दशैंको नवमीका दिन अकस्मात उनको निधन भएको हो।
डिसी नेपालका पूर्व कुवेत सम्वाददाता र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका वर्तमान उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य, सामाजिक अभियान्तासमेत रहेका शाहीको हृदयघातका कारण कुवेतमै देहान्त भएको उनको परिवारले जानकारी दिएको छ।
नेपाल घर प्यूठान जिल्ला ऐरावती गाउपालिका वडा नं ४, हर्नाघाट भएका शाहीका ९ वर्षीय र ३ वर्षीय २ छोरी छन् । उनी विगत लामो समयदेखि रोजगारीको सिलसिलामा कुवेतको सालिमिया शहर बसोवास गर्दै आएका थिए। १४ आक्टोबर राति शाहीलाई एक्कासि हृदयघात भएपछि तत्काल उपचारका लागि मेट्रो अस्पतालमा लगिएको थियो तर मेट्रो अस्पतालमा उपचार सम्भव नहुँदा मुबारक अल कबीर जबरेया अस्पतालमा रेफर गरिएको थियो।
तर, उपचारकै क्रममा उनको मृत्यु भयो। उनको शव नेपाल पु¥याउन डिसी नेपाल सहयात्री मनोज थापासहित विभिन्न संघ संस्थाहरूले नेपाली दूतावास कुवेतसँग समन्वय गरिरहेका छन्।
डिसीनेपालका सम्वाददाता रही शाहीले कुवेतमा रहेका नेपालीहरूको हकहित समस्याहरूलाई केन्द्रित गरी डिसीनेपालमार्फÞत समस्या समाधानमा आफ्नो महत्वपूर्ण योगदान दिएका थिए। उनी खाडीमा रहेका नेपालीहरूका समस्याहरू नेपाल सरकारसम्म पु¥याउने उद्देश्यले स्थापना गरिएको डिसीनेपाल गल्फ मिडियाका संस्थापकसमेत रहेका थिए।
उनले डिसीनेपाल र यसमार्फत नेपाली समुदायलाई दिएको योगदान अविस्मरणीय रहने छ। सम्पूर्ण डिसी नेपाल परिवार यस दुखद घड़ीमा शाहीको परिवारजनप्रति समवेदना प्रकट गर्दछ साथै उनको आत्माको बैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ। |
एचके नाइट २०२१ को तयारी पूरा, नेपाली गीतले बेलायत गुञ्जिने लन्डन । कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारको सांगीतिक कार्यक्रम आगामी महिनादेखि शुरु हुने भएको छ।
नेपालका चर्चित गायकको प्रस्तुतिमा आगामी १२ नोभेम्बरको साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ।
एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रिय गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहने छ। त्यस अवसरमा बेलायतस्थित दाजुभाई ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन्। एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउने छन्।
कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीले गर्नेछन्। मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहने छन्।
कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका सुबास गुरुङकाअनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ। त्यसपछि शुरु हुने आफ्टर पार्टी विहान तीन बजे सकिने छ।
कार्यक्रम हेर्न अग्रीम टिकट लिँदा २५ र कार्यक्रमकै दिन गेटमा लिँदा ३० पाउण्ड लिइनेछ।
कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ। हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ। त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ।
कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताले प्रायोजन तथा सहप्रायोजन गरेका छन्। |
बेलायतमा नेपालीले मनाए दसैँ लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन्। पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायत अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे। पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो।
कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे। कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए। |
परदेशीको दसैंं काठमाडौं। कोरोना संक्रमणका कारण अघिल्लो वर्ष ठप्प जस्तै बनेको हिन्दुहरुको महान चाड वडादसैंँ यस वर्ष भने केही चहलपहल बढेको छ। धेरैजनाले कोरोना खोप लगाएका कारण निर्धक्क भएर यस वर्षको दसैंं मनाउने तरखरमा छन्।
विभिन्न जिल्लाबाट काठमाडौंलगायत ठूला सहरहरुमा कर्म गर्दै आएका प्राय परिवारहरु दसैंं मनाउन आ–आफ्नो गाउँघर तिर लागेका छन्। र, यतिबेला सहरहरु सुनसान बनेका छन्।
त्यसैगरी, परदेशमा बसेका नेपालीहरु पनि यो दसैंँ आ–आफ्नै तरिकाले मनाउने तरखरमा छन्। कतिपय विदेशमा बसेका नेपालीहरु दसैंँ मनाउनकै लागि पनि विदा लिएर नेपाल आएका छन् भने कतिपय नेपाली दसैंँको मुखमा मनै खल्लो बनाएर विदेशिनु परेको छ।
विदेशमा बसेका प्राय नेपालीहरु परिवार भए परिवारसँग नत्र साथीभाइ मिलेर दसैंँ मनाउने गर्छन्। र, विदेशमा बसेर काम, कर्म गर्दै आएका कतिपय नेपालीहरुलाई भने दसैंँ आए नआएको पत्तै हुँदैन। उनीहरु फेसबुकका वालहरु हेरेर जानकारी लिने, खुशी हुने र चित्त बुझाउने गर्छन्।
आज डिसी नेपालले विदेशमा रहेका केही नेपाली युवाहरुलाई दसैंं कसरी मनाउनु हुन्छ त? भनेर सोधेको छ।
पवित्रा घिमिरे : मलेसियामा आफ्नै व्यापार व्यवसाय गर्दै आएकी घिमिरे मलेसिया बसेको १२ वर्ष पुगिसक्यो। तर, उनी नेपाल आउने जाने गरिराख्छिन्। कोरोना संक्रमण फैलिएपछि भने उनी नेपाल आउन पाएकी छैनन्।
विदेश बसेको १२ वर्षभित्रमा दसैं नमनाएको झण्डै १२ वर्ष नै पुगेको उनले बताइन्। त्योबीचमा छोरीहरुसँग बसेर एक पटक तिहार भने मनाएको उनले सुनाइन्।
उनी भन्छिन्, ‘दसैं तिहार बिर्सिसके जस्तै भइसक्यो, अब त्यति रहर पनि लाग्दैन । आफ्नो परम्परा भएकाले र धर्ममा धेरै विश्वास पनि गर्छु। तर, यता बसेकाले यतैको पारामा चल्यो, त्यही भएर के आयो के गयो भने जस्तै भइसक्यो।’
यस पटकको दसैंमा बााध्यतावस आउन नपाएको सुनाउँदै उनले जन्मदिने आमा निक्कै बिरामी हुनु भएकाले धेरै नै चिन्ता लागेको बताइन्।
उनी भन्छिन्, ‘उदयपुरमा मेरो ममी धेरै बिरामी हुनुहुन्छ । यो दसैंसम्म बाच्नु हुन्छ कि हुन्न भन्ने अवस्थामा हुनुहुन्छ । दसैंमा आएर आमालाई भेट्ने एकदमै मन थियो तर मलेसियाबाट एकहोरो टिकट काट्न मिल्छ, दोहोरो काट्न मिल्दैन । किनभने यहाँको इमिग्रेसनसँग हामीले पहिल्यै एउटा लेटरपेपर लिनुपर्ने हुन्छ, उता(नेपाल)बाट आउछु भनेर । त्यही भएर अल्झिराखेको छ ।’
कोरोनाका कारण अहिले प्राय देशबाट दोहोरो (आउजाउको) टिकट काट्न मिल्दैन। उनी भन्छिन्, ‘उता (नेपाल) बाट पहिलेको जस्तै दोहोरो टिकट सहज लिन मिल्ने भइदिएको भएदेखि म एकहप्ताको लागि मात्रै भएपनि टिकट काटेर आउँथे। यताबाट जान सहज छ, नेपालबाट आउन अहिले पाइँदैन। कति छुट्टि गएका मान्छेहरु नेपालमा अबर परेका छन्।’
आमाको हातको टीका र आर्शीवाद लिन मन भएपनि बााध्यतावस यसपटकको दसैंमा नेपाल आउन नपाएको गुनासो गर्दै उनी सानोमा बुबा आमाले निधारभरि रातो टीका लगाइदिएर पिङ खेल्न गएको, ओल्लोपल्लो घर गएको याद आउने गरेको बताउँछिन्।
घिमिरे भन्छिन्, ‘सानोमा आर्शीवाद भन्दा पनि पैसा, नयाँ लुगाको महत्व हुन्थ्यो। अहिले बुझ्ने भइयो, मेरो आमा यो दसैंं सम्म बाचिदिनु भयो भने मैले अन्तिममा आमाको हातको आर्शिवाद लिन पाउथे भन्ने मात्रै छ।’
उनले प्रत्येक वर्षको दसैं, तिहारमा परिवारसँग भिडियो कल गर्ने गरेको बताइन्। उनले सुरुसुरुमा कम्पनीमा काम गर्दा होस्टलका साथीहरु मिलेर खानपिन गरी दसैं मनाउने गरेको तर अहिले मलेसियामा आफ्नै पसल भएकाले सामानहरु बेच्नमा व्यस्त भएकोले परदेशीलाई के दसैं, के तिहार जस्तै भएको सुनाइन्।
उनी भन्छिन्, ‘साथीभाई मिलेर खानपिन गरिन्छ तर यहाँ मैले दसैंको टीका चाहिँ लगाएको छैन। टीका नलगाइ बस्दा अलिकति नराम्रो त लाग्छ नै । नानीहरु(छोरीहरु)लाई टीका नलगाएको पनि १२ वर्ष भयो।’
दसैंमा परिवारसँग आर्शीवाद लिनदिन र रमाइलो गर्न नपाउँदा विदेशमा खल्लो लाग्ने गरेको बताउने उनी गुनासो गर्दै भन्छिन्, ‘कल, कारखाना, उद्योग, व्यवसाय हाम्रो नेपालमा राम्रो थियो, नेताहरु राम्रा थिए भने गुन्द्रुक र भातै खाएर भएपनि आफ्ना छोराछोरी, परिवारसँग बस्न पाइन्थ्यो। यो त एउटा बेरोजगारीको कारणले न हो, यसरी नेपाल छोडेर प्रवासमा बस्नु परेको।’
दिपक जंग राउत : चार वर्षदेखि मलेसियास्थित एक सुपरमार्केटमा काम गर्दै आएका मोरंगका दिपक जंग राउतले भने अघिल्लो दसैंमा साथीको कोठामा गएर दसैं मनाएको बताए। उनी भन्छन्, ‘यसपालीको दसैंमा विदा पर्यो भने साथीभाइ मिलेर जमघट गरेर बस्छौं होला।’
चार–चार वर्षसम्म दसैं नमनाएकाले दसैं कस्तो हुन्छ भन्ने कुरा नै बिर्सिसकियो होला?, भन्ने जिज्ञासामा राउत भन्छन्, ‘बिर्सिन त बिर्सिदैन बच्चैदेखि खुसी हुँदै मनाउँदै आएको। सायद बानी परेर होकी बरु त्यही दिन चाहीँ धेरै नरमाइलो लाग्छ। सबैको निधारमा रातो टीका हुँदा, आफ्नो नहुँदा अलि खल्लो लाग्छ।’
‘घरपरिवार छोड्नुको पीडा, आफन्त छुट्नुको पीडा, आमाबुबाको विछोड यी सब परदेशीलाई कस्तो लाग्छ भन्नै पर्दैन नि’, गुनासो गर्दै उनी भन्छन्, ‘टीकाको दिन भिडियो कल गरेर घर परिवारले दसैं मनाएको हेर्ने गर्छु। भिडियोबाट ममी बुबाले अरुलाई टीका लाइदिनु हुन्छ, त्यही हेर्ने गर्छु।’
उनले विदेशमा आएको बेलामा सुरुसुरुमा त धेरै दुःख लागेको तर अहिले भने बानी परेकाले अलिअलि दुःख लाग्ने गरेको बताए। उनी भन्छन्, ‘फेसबुकमा फोटोहरु आउछ, कोठा, घर, गाउँघरमा स–साना नानी बाबुले टीका लगाएको देख्दा रमाइलो लाग्छ।’
उनले यसपटकको दसैंमा टीकाको दिन सार्वजनिक विदा परेन भने काममा जाने र सार्वजनिक विदा पर्यो भने साथीहरुसँग कोठामै बसेर नेपालमा आफन्तले मनाउँदै गरेको दसैंको टीका लाइभ भिडियोमा हेर्ने बताए।
हस्तबहादुर बस्नेत : तीन वर्षदेखि साउदीमा ड्राइभरको काम गर्दै आएका मोरंगका हस्तबहादुर बस्नेतले भने यसवर्षको दसैं पछि भने सधैँका लागि नेपाल आउने र दसैंलगायत चाडवाड मनाउने बताए। धेरै वर्ष विभिन्न देशमा बसेर काम गर्दै आएका उनी पछिल्लो वर्ष भने साउदीमा कार्यरत छन्।
उनले साउदीमा दसैं आए गएको नेपालमा भएको परिवारसँग फोनमा कुराकानीबाट थाहा हुने र फेसबुकमा टीका लगाएको फोटो हेरेर थाहा हुने बताए।
उनी भन्छन्, ‘यहाँ हाम्रो छुट्टी हुँदैन, कुन दिन टीका हो थाहा नै हुँदैन। फेसबुकमा टीका लगाएको फोटो देखेपछि दसैं रहेछ आज भन्ने हुन्छ। साउदीमा अन्य धर्मको चाडवाड मान्न दिदैँन यहाँको सरकारले, त्यही भएर छुट्टी नै हुँदैन। यहाँ सार्वजनिक विदा र इदमा मात्रै छुट्टी हुने हो।’
उनले यसवर्षको दसैंको टीकाको दिन गाडी गुडाउदैँ घरपरिवारलाई फोन गर्ने बताए। उनी भन्छन्, ‘हामी काम गर्न आएका दसैंमा छुट्टि लिएर पनि कहाँ टीका लगाउन जानु र? म टीकाको दिन पनि गाडी नै कुदाइराखेको हुन्छ ।’
झुमा मगर : ८ वर्षदेखि दुबईमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी मोरङकी झुमा मगर दसैंमा टीका लगाउने त परै जाओस् चिनेजानेका नेपाली साथीभाई समेत नभएको बताइन्। सुरुका दिनमा टीका लगाउन नपाउदा साह्रै नरमाइलो लाग्ने गरेको बताउने उनी आजभोलि भने दसैं आएगए पनि खासै पिर लाग्ने नगरेको सुनाइन्।
उनी भन्छिन्, ‘घरभित्रै काम गर्छु। घरबाहिर निस्किन मिल्दैन, भित्रै मात्र हो। साथीहरु पनि बोलाउन मिल्दैन र दसैं मनाउन नेपाली साथीभाइ पनि छैनन्।’
प्रत्येक दसैंको दिन घरमा आमाबुबा, बहिनी, भाईसँग कुराकानी गर्ने गरेको बताउँदै उनी भन्छिन्, ‘दसैंमा सबैसँग नेपालमा कुरा गर्छु । उताबाट टीका लगाइम भन्नुहुन्छ । अनि म लल राम्रोसँग मनाउनु भन्छु ।’
दसैंमा आफूले नै घरमा खर्च पठाउनु पर्ने भएकाले कहिलेकाहीँ दसैं नआए पनि हुन्थ्यो जस्तो लाग्ने गरेको गुनासो गर्दै उनी भन्छिन्, ‘पैसा हुँदा मात्रै दसैं, नहुँदा के को दसैं न, तिहार । घरमा टीकादेखि लिएर मासु खानेदेखि लिएर सबै खर्च मैले पठाइदिनु पर्छ । कहिले काहीँ त दसैं नआए पनि हुन्थ्यो जस्तो लाग्छ । आफू मनाउन पाइँदैन, पैसा चाहीँ खनखनी जान्छ ।’
विदेशमा कमाएको पैसा प्राय खान लगाउनमै खर्च हुने गरेको बताउने उनी भन्छिन्, ‘के गर्ने आफूले कमाएको माया लाग्छ। तरपनि खान लगाउन परिहाल्यो । अरुले खाएको लगाएको देख्दा र आफ्नो आमाबुबासँग नभएको देख्दा चित्त दुख्छ, अनि दिनु परिहाल्यो।’
अनुषा थापा : अष्ट्रेलिया पाँच वर्षदेखि पढ्दै काम गर्दै आएकी काठमाडौंकी अनुसा थापा भने प्रत्येक वर्ष ३–४ दिन विदा लिएर दसैं मनाउने गरेको बताइन् ।
उनले भनिन्, ‘दसैंमा हामी कहिले पनि काममा जाने गरेको छैन । यो पटक अष्ट्रेलिया सिड्नीका मान्छे गाउँतिर लकडाउनले आउन मिल्दैन । त्यही भएर धेरैजना हुँदैनौँ होला । हामी नेपालीहरु मिलेर रमाइलो गर्छौ, टीका पनि लगाउछौँ।’
नेपालमा आमा बुबा र आफन्तको हातको टीका नलगाएको पाँच वर्ष पुगेको सुनाउँदै उनी भन्छिन्, ‘पहिला पहिला त धेरै चिन्ता लाग्थ्यो अहिले त त्यति धेरै चिन्ता लाग्दैन । यसपटक बाबाममीलाई फोन गर्छु। आर्शिवादको लागि टीका लगाउने हो, फोनबाटै आर्शीवाद दिनु हुन्छ ।’
उनले यसपटकको दसैंमा तीन दिन विदा लिएको बताइन्। साथै, कोरोनाका कारण सिड्नीमा लकडाउन भएकाले उताबाट आउने साथीभाइ नहुनाले यसवर्षको दसैं खासै रमाइलो नहुने सुनाइन्। |
विवाद समाधान गर्ने जिम्मा संरक्षक परिषद् दिन माग लण्डन । गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताए।आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गरे।
सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो।
सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ। सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ।
सङ्घका प्रमुख संरक्षक डा घलेले भने, “सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ।”
कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताए।
एनसिसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए।
कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले आफ्नो मन्तव्य राखेको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताए।रासस |
एनआरएनए दिवसः संस्थालाई राजनीतिभन्दा माथि राख्न सुझाव काठमाडौं । प्रवासी नेपालीहरुको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिभन्दा माथि राखेर व्यावसायिक ढङ्गले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् ।
गैरआवासीय नेपाली दिवस (एनआरएन डे) का अवसरमा संस्थाको बालुवाटारस्थित सचिवालयमा आज आयोजित कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकास र समृद्धिका लागि भूमिका खेल्ने उद्देश्यका साथ स्थापना भएको संस्थाको महत्व र गरिमालाई कायम राख्न अगुवाहरुलाई आग्रह गरे ।
पछिल्ला वर्ष एनआरएनभित्र राजनीतिक प्रभाव बढेको र संस्थाका कतिपय गतिविधि पारदर्शी र प्रभावकारी हुन नसकेको भनी गुनासो बढेको भन्दै एनआरएनए आगुवाहरुले यस किसिमका क्रियाकलाप बन्द गरेर संस्थालाई साझा चौतारीका रूपमा अघि बढाइनुपर्नेमा उनीहरुको सुझाव छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संस्थालाई व्यावसायिक ढङ्गले अघि बढाउनुपर्ने बताए । उनले नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानलाई कसैले रोक्न नसक्ने बताए । निर्वाचनका सन्दर्भमा केही विषय उठे पनि बाँकी समय पूरै एनआरएनएको ध्यान नेपालको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
पूर्वअध्यक्ष जिवा लामिछाने संस्थाभित्र विगत लामो समयदेखि केही गलत किसिमका गतिविधि बढेको र यसले नकारात्मक सन्देश गइरहेको भन्दै सुदृढ र प्रभावकारी बनाइनुपर्ने उल्लेख गरे ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले संस्था स्थापना भएको १८ वर्षमा थुप्रै उपलब्धिमूलक काम भएको दाबी गरे । संस्थाको आगामी नेतृत्वका लागि छिट्टै अधिवेशन तथा विश्व सम्मेलन सञ्चालनका लागि पहल गरिने बताए ।
एनआरएनएका अध्यक्षका प्रत्याशी कूल आचार्यले संस्थाभित्र पछिल्ला दिनमा मौलाउँदै गएका गतिविधि रोकेर संस्थाको गरिमालाई कायम राख्न सबैले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नेपाल सरकारसँग समन्वय र सहकार्यका साथ संस्थालाई प्रभावकारीरूपमा अघि बढाउने उल्लेख गरे ।
अर्का अध्यक्षका प्रत्याशी डा बद्री केसीले संस्थाको आदर्श र सिद्धान्तनिष्ठ भएर राजनीतिभन्दा माथि उठेर संस्थालाई अघि बढाउन सबैको ध्यान जानुपर्नेमा जोड दिए । विदेशमा बसोबास गर्ने नेपाली राजनीति र जात धर्ममा विभाजित भए देशको आर्थिक विकासमा समस्या हुने भन्दै यस्ता विषयले एनआरएनएलाई असर नपर्ने उनको भनाइ थियो ।
एनआरएनए अध्यक्षका प्रत्याशी रबीना थापाले नेपालको विकास र समृद्धिका लागि विदेशमा बस्ने नेपालीले लगानी बढाएर देशप्रतिको भाव बढाउन जरुरी भएको बताइन् ।
एनआरएनए दिवस मनाइयो
आज ११ अक्टोबर अर्थात् गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको छ । एनआरएनएको आयोजनामा बिहान हरेक वर्ष झैँ स्वयम्भूनाथ र पशुपतिनाथको पूजाअर्चनाबाट गैरआवासीय नेपाली दिवस कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा एनआरएनएका अध्यक्षलगायत पदाधिकारीहरु तथा विभिन्न मुलुकहरुबाट आएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अपराह्न गैरआवासीय नेपाली दिवसका अवसरमा बालुवाटारस्थित सङ्घको सचिवालय भवनमा शुभकामना आदानप्रदानसहित औपचारिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा संस्थाका अध्यक्षलगायत पदाधिकारीहरुबाट सङ्घको झण्डोत्तोलन गरियो । रासस |
एनआरएनएको निर्वाचन र महाधिवेशन ६ महिनाका लागि स्थगित, सरकारको निर्देशन अस्वीकार गर्ने निर्णय काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आईसीसीको अन्तराष्ट्रिय महाधिवेशन र चुनाव छ महिनाका लागि स्थगित भएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बैठकले तत्कालका लागि अधिवेशन र चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले चार मुख्य बुंदाहरु उल्लेख गर्दै ती बुंदाहरु सच्याएरमात्र अधिवेशन तथा चुनाव गर्न निर्देशन दिएपछि एनआरएनए आईसीसीको चुनाव र महाधिवेशन अन्यौलमा परेको थियो । सोही अन्यौलका कारण आईसीसी सचिवालयको बैठकले यही अक्टोबर २० तारिकमा हुनुपर्ने निर्वाचन कार्यक्रम तथा त्यसपछि दुई दिनसम्म काठमाडौंमा तोकिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो ।
एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले अधिवेशन तथा चुनाव स्थगित भएको पुष्टि गरे । उनले डिसी नेपालसंग भने, विधानवमोजिम ६ महिनासम्म पर सार्न मिल्ने भएकाले सोही अनुसार, तत्कालका लागि महाधिवेशन र चुनाव स्थगित गर्ने निर्णय गरेका छौं ।
एनआरएनएले नेपाल सरकारको छानविनपछि प्राप्त भएको निर्देशन पत्रलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । र, पत्रबारे सरकारसंग थप छलफल गर्ने भएकाे छ । |
कन्टेनरमा थुनेर अमेरिका लैजान लागिएका ११ नेपालीसहित १२६ आप्रवासीको ग्वाटेमालाबाट उद्धार काठमाडौं। बन्द बन्टेनरभित्र थुनेर गैरकानुनी रुपमा अमेरिका लैजान लागिएका नेपालीसहित १२६ जना आप्रवासीको ग्वाटेमालाबाट उद्धार गरिएको छ । यी आप्रवासीलाई बन्द कन्टेनरमा राखेर गैरकानुनी रुपमा अमेरिका लैजान लागिएको थियो । उनीहरुलाई कन्टेनरभित्र बन्द गरेर अलपत्र अवस्थामा छाडिएको थियो । कन्टेनरभित्रबाट गुहार मागिरहेका उनीहरुको आवाज सुनेपछि ग्वाटेमाला प्रहरीले उद्दार गरेको हो ।
कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ । उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हैटीका नागरिक भएको बुझिएका छ । बाँकी नेपाल, घाना र अन्य देशका नागरिक छन् ।
‘चिच्चाएको आवाज सुनेपछि कन्टेनरको ढोका खुल्दा गैरकानूनी रुपमा प्रवेश गरेका १२६ जनालाई देख्यौं,’ ग्वाटेमालका प्रहरी प्रवत्ताले भने । उनीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ग्वाटेमाला मध्य अमेरिकी देश हो । यहाँबाट मेक्सिको पार गरेपछि अमेरिका पुगिन्छ । मेक्सिकोसँगको सीमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले अत्याधिक प्रयोग गर्छन् । यही कारण अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँ पर्खाल बनाउन सुरु गरेका थिए ।
‘हामीले कन्टेनरभित्रबाट रोएको र कन्टेनरको भित्ता हानिरहेको आवाज सुन्यौं । हामीले ढोका खोजेर भित्र हेर्दा त्यहाँ १२६ जना दस्तावेनबिनाका मानिसहरु थिए । उनीहरु १०६ जना हैटीका, ११ जना नेपाली र ९ जना घानाका थिए’ पुलिस प्रवक्ता जर्ज अगुइलरले जर्मन मिडिया डेचे वेलेसँग भने । अब ती आप्रवासीहरुलाई होन्डुरास पठाइनेछ किनकि उनीहरु होन्डुरासबाटै ग्वाटेमाला प्रवेश गरेका थिए । |
एनआरएनएका चार मुख्य गैरकानूनी काम, सच्याएरमात्र चुनाव गर्न सरकारको निर्देशन वासिंगटन डिसी । नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए,आईसीसी) का चार मुख्य गैरकानूनी नियम र विधानविपरीतका काम भएको भन्दै तिनीहरुलाई सच्याएरमात्र आगामी नेतृत्व चयन गर्न निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले परराष्ट्र मन्त्री नारायण खड्कालाई बुझाएको छानविन प्रतिबेदनका आधारमा त्यस्तो निर्देशन दिएको हो ।
आईसीसीका अध्यक्ष कुमार पन्तलाई संबोधन गर्दै आईसीसी सचिवालय, बालुवाटारलाई हिजो शुक्रबार अपरान्ह परराष्ट्र मन्त्रालयले लेखेको निर्देशन पत्रमा मुख्य चारवटा विषयलाई नियम र विधानविपरीतका गैरकानूनी काम भएको ठहर गरिएको छ । यो पत्र परराष्ट्र मन्त्रीस्तरीय निर्णय गरी एनआरएनए आईसीसीलाई आवश्यक कार्यार्थ पठाइएकाले पत्रको कार्यान्वयन अनिवार्य हुन्छ ।
समाचारअनुसार, निम्न चार विषयहरु उल्लेख गरिएका छन्
१. आईसीसीको निर्वाचनका लागि राष्ट्रिय समन्वय परिषद्(एनसीसी) हरुबाट छानिने ६५ प्रतिशत प्रतिनिधिहरुको हकमा एनसीसीको निर्वाचनपूर्व नै चयन गर्ने संघको नियमावली नै त्रुटिपूर्ण भएकाले संघको विधान र परम्पराअनुसार ६५ प्रतिशत प्रतिनिधिको छनौट गरिनुपर्ने ।
यसको अर्थ निर्वाचित एनसीसीहरुले नै ६५ प्रतिशत प्रतिनिधि छनौट गरी पठाउनु पर्छ भन्ने हो ।
यसपल्ट अधिकांश एनसीसीका पुरानो कार्यसमितिले नै ६५ प्रतिशत प्रतिनिधि छनौट गरेका छन् । अहिले छनौट भएका थुप्रै नाममा हेरफेर हुन सक्ने र यसले आईसीसीको निर्वाचन परिणामलाई ठूलो असर पार्न सक्ने देखिन्छ ।
२. एनसीसीहरुको हकमा तोकिएको म्यादभित्र भएका निर्वाचनहरुलाई मात्र मान्यता दिइनुपर्छ । जुलाई १ देखि ३१ तारिकभित्र एनसीसीहरुको निर्वाचन विधानमै तोकिएकोमा त्यसपछि पनि सदस्यता वितरण गरिएको पाइएको र निर्वाचन गरिएको पाइएकोले यी कार्य विधानविपरीत छन् र सच्याएरमात्र आईसीसीको निर्वाचन गर्नु पर्छ ।
थुप्रै मुलुकहरुमा जुलाई ३१ पछि पनि सदस्यता वितरण गरेर एनसीसीहरु बनेका र ती एनसीसीहरु बैधानिक नभएकोले ती एनसीसीहरुका प्रतिनिधिले आईसीसीको निर्वाचनमा भाग लिन नसक्ने देखिन्छ । रुस, लक्जम्बर्ग र न्यूजिल्याण्डका एनसीसीको बैधानिकता सरकार स्वीकार गर्न सकेन ।
३. विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि कतिपय देशहरुमा एनआरएनएको सदस्य बनाएको पाइएकोले ती विद्यार्थीलाई सदस्य बनाउने कार्य गैरकानूनी हो । त्यसरी गरैकानूनी सदस्यबाट निर्वाचित भएका एनसीसी र प्रतिनिधिहरु गैरकानूनी हुन् ।
जापान र जर्मनलगायतका देशहरुमा विद्यार्थीलाई सदस्य बनाई चुनाव गराएको पाइएकोले त्यस्ता सदस्य संख्याको पुनरावलोकन गरी ती देशहरुमा पुन निर्वाचन गरिनुपर्ने मन्त्रालयको निर्देशन छ ।
४. एनसीसीहरुको अधिवेशन शुरु हुनु अगावै संघको आईसीसी सचिवालयले नियमावली बनाएर पठाउनुपर्नेमा अधिवेशनको बीचमा नियमावली बनाएर कार्यान्वयन गर्न पठाएको उपयुक्त देखिएन ।
आईसीसी सचिवालयले १७ जुलाईमा एनसीसीहरुलाई नियमावली बनाएर पठाएको थियो । यो नियमावलीसमेत विधानअनुरुप नभएको सरकारी निर्देशनमा उल्लेख छ ।
सरकारले मुख्य चार विषयलाई सच्याएरमात्र चुनाव गर्न भनेपछि अव दुईसाताभित्र सम्पन्न भइसक्नुपर्ने आईसीसीको अधिवेशन र चुनाव अन्यौलमा परेको छ ।
संघमा कांग्रेससम्बद्ध समूहले कुल आचार्यलाई अध्यक्ष र डा.केशब पौडेललाई महासचिव तोकेर उनीहरुको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको छ भने अर्को समूहले डा.बद्रि केसी अध्यक्ष र गौरी जोशीलाई महासचिव तोकेर चुनावमा होमिएको छ । यसपल्टको निर्वाचन रसियन ब्लक र गैररसियन ब्लकका समर्थकहरु बीच ध्रुवीकरण पनि देखिएको छ । |
नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनूः श्रममन्त्री श्रेष्ठ तनहुँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन् ।
मन्त्रालयको कार्यभार सम्हालेको दोस्रो दिन शनिबार गृह जिल्ला आएका मन्त्री श्रेष्ठले गर्जदै भने, ‘श्रम मन्त्रालय भन्ने वित्तिकै बद्नाम छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश लाने बहानामा विशेषगरी महिला दिदीबहिनीहरुको अस्मिता लुटिनेदेखि बिचल्ली पार्ने धेरै सुनेका छौं । खबरदार १ अब नेकपा समाजवादीको तर्फबाट किसान श्रेष्ठ श्रम मन्त्री भएर आएको छ । त्यस्ता दलालहरु होसियार १ अब त्यस्ता दिन आउने छैन ।’ सोझासाझा नेपालीलाई ठग्ने दलालहरुको दिन गएको उनको दाबी छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले रोजगारी गुमाएर स्वदेश फर्किएका करिब १५ लाख युवालाई रोजगारीको अवसर दिने मन्त्री श्रेष्ठको भनाइ छ । उनले गृह जिल्लाका बेरोजगार युवा र श्रमिकका लागि विशेष प्याकेज ल्याएर रोजगारीको बाढी ल्याउने उद्घोष गर्नसमेत भ्याए ।
उनले पदको लागि नभएर आफूले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताए । अगाडि थप्दै भने, ‘विश्वासको मत दिँदा किसान श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्यो पनि भने, गद्धार भने । आफ्नै पार्टी फुटाउन सर्वोच्चमा हस्ताक्षर गर्नेहरु गद्धार नहुने, किसान श्रेष्ठ श्रेष्ठ कसरी गद्धार भयो रु’ दुई पटकसम्म संसद विघटन गर्ने गद्धार भएको उनको भनाइ थियो ।
नेकपा एकीकृत समाजवादी पार्टी तनहुँले दशैँतिहारको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले संविधान जोगाएर सर्वोच्चको फैसलाको सम्मान गर्दा क्याविनेट मन्त्री भइन्छ भने किन नहुने भन्दै प्रश्न गरे । ‘क्याबिनेट मन्त्री हुँदा कल्ले हुन्न भन्छ र ? मन्त्री हुने हो यहीँ ठाउँको विकास गर्ने हो । तर मन्त्री खान गएको हैन । मन्त्री पद नै पछि लाएर आएपछि के गर्ने ?’ उनले प्रश्न गरे । केपी ओलीको प्रवृत्तिको विरुद्धमा विद्रोह गर्नुपर्ने स्थिति आएकाले पार्टी विभाजन गर्नपरेको उनको दाबी थियो । |
दसैँको मुखमा मलेसिया र साउदीबाट आइपुग्यो १० नेपालीको शव काठमाडौं । हिन्दुहरुको महान चाड वडादसैँको मुखैमा आज बिहान(शनिबार) मलेसिया र साउदीबाट १० जना नेपालीको शव र अस्तु(खरानी) आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १० जना नेपालीहरुको शव र अस्तु आइपुगेको हो ।
वैदेशिक रोजगार बोर्डका काउन्सिलर कृष्ण चौलागाईका अनुसार साउदीमा मृत्यु भएका एक नेपालीको शव श्रीलंकन एयरलाइन्सबाट आएको हो भने मलेसियाबाट आ.ए.को फ्लाईटबाट एकैपटक आठ जनाको अस्तु र एक जनाको शव ल्याइएको हो ।
साउदीमा मृत्यु भएका तनहुँका निशान भट्टराईको शव आज बिहान श्रीलंकन एयरलाइन्सबाट काठमाडौं आइपुगेको हो । मृतक भट्टराईको पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
त्यसैगरी, आ.ए.को फ्लाइटबाट काभ्रेपलान्चोकस्थित महादेवस्थानका टेकबहादुर तामाङको शव ल्याएको छ भने महोत्तरीका रामदेव महत्तो, उदयपुरका अंगत राई , खोटाङ्गका जितबहादुर बस्नेत, नवलपरासीका सुरज खवास, सुर्खेतका गुप्ता बहादुर खत्री, ओखलढुंगाका तेजबहादुर खत्री, धनुषाका भोली मण्डल, लमजुङ्गका सूर्यबहादुर गुरुङको अस्तु आइपुगेको हो ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको शवलाई बोर्डले निःशुल्क घर तथा सम्बन्धित स्थानसम्म पुर्याउने गर्दै आएको छ ।
चौलागाईका अनुसार विमानस्थलमा विदेशबाट आइपुगेका शव आफन्त तथा सम्बन्धित व्यक्तिहरुले समयमै जिम्मा लिइहाल्ने गर्छन् । तर, ल्याइएका अस्तु भने समयमै जिम्मा लिन नआउने हुनाले हप्तौं दिनसम्म पनि अस्तु विमानस्थलमै रहने गरेको उनले बताए । |
बेलायतले नेपाललाई रातोसूचीबाट हटायो लण्डन। कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ।
यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।
बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड÷एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ।
नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ। रासस |
इटालीकाे राेममा आगलागी हुँदा ३० वटा बस जलेर नष्ट रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा नष्ट भएका हुन्।
आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यामहरुले जनाएका छन्।
आगोलागी नियन्त्रणका लागि घटनास्थल पुगेका अग्नी नियन्त्रकहरुले ३० वटा बसहरुमा आगोले क्षति पुर्याएको ट्वीटरमार्फत जानकारी गराएका छन्।
अग्नी नियन्त्रकहरुले ३० बस जलेर नष्ट भएको बताइरहेका बेला उता एटीएसीले भने आगलागीमा २० वटा पुराना सवारी साधनहरुमा क्षति पुगेको बताएको छ। एटीएसीका अनुसार आगोमा कोही घाइते भएका छैनन्।
रोममा आगलागीको घटना यो पहिलो भने होइन। २०२० को जुन महिनामा पनि डिपोमा राखिएका ७ वटा बसहरु जलेर नष्ट भएका थिए।
२०१६ देखि आज सम्म लगभग २ सय ५० वटा बसहरु आगोबाट क्षतिग्रस्त भएका छन्। |
एनआरएनए आईसीसी निर्वाचन : सम्पत्तिको अधिकार र नागरिकता कुल आचार्यका प्रतिबद्धता काठमाडौं। गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालमा नेपाली नागरिकता कायम राखी आफ्नो सम्पत्तिको अधिकार स्थापित गर्ने आफ्नो मुल एजेण्डा सार्वजानिक गरेका छन्। यसका साथै संसारभर कम्तिमा एकसय देशमा गैरआवासीय नेपाली संघ गठन गर्ने र कम्तिमा पांच लाख नेपालीहरुलाई संघमा संगठित गर्ने महत्वाकांक्षी योजना पनि सार्वजानिक गरेका छन्।
असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन्। हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ भने ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, बीसवटा एनसीसी भने हाल निष्कृय रहेका छन् ।
सीमित व्यक्तिले निर्णय गर्ने र त्यो निर्णय प्रक्रिया अपारदर्शी हुंदा सधैं विवाद जन्मेको अवस्थालाई सुधार ल्याउन उनले निर्णय प्रक्रिया सहभागितामुलक बनाउने र त्यसले पारदर्शिता पनि दिने उनको जोड छ । त्यसैले ‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् ।
नागरिकता पहिलो प्राथमिकता
नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले स्पष्ट पारे । संविधानसभाले संविधान निर्माण गर्दादेखि नै नागरिकताको मुद्दा उठाइरहेका आचार्यले संविधानमा उल्लेख भएपनि आवश्यक ऐन बन्न नसक्दा गैरआवासीय नेपालीहरु नागरिकताको अधिकारबाट बन्चित भएको उनले बताए । आगामी कार्यकालमा यसलाई निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको उनले बताए ।
नागरिकताको अधिकार कार्यान्वयन नहुँदा सम्पत्तिको अधिकार पनि उपयोग गर्न नपाएको र त्यसकै कारण नेपालबाट पूँजी पलायन हुन थालेको बताउँदै आचार्यले नेपालको पूँजी नेपालमै राखेर विदेशमा आर्जन गरेको पूँजी नेपाल भित्र्याउन पहल गर्ने बताए । ’सम्पत्तिको अधिकारले एकातिर पूँजी पलायन रोक्छ भने विदेशमा कमाएको सम्पत्ति नेपालमा ल्याउने बाटो पनि खुल्छ, उनले भने ।
कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको भन्दै आचार्यले आगामी दिनमा यस्तो अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सदस्यता र डेलिगेट्ससम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनले बताए ।
मर्यादित र सुरक्षित वैदेशिक रोजगारीको योजना
अध्यक्ष पदका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको बताए ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले स्पष्ट पारे । वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने आचार्यले बताए ।
सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले ’एक एनआरएन एक रोजगार’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए ।
गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने पनि आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
पूँजीसँगै ज्ञान र सीप पनि नेपालमा
अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताए । संघमा युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो उद्देश्य रहेको बताउँदै आचार्यले विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्तालाई मातृभूमिसँग जोड्न पुलको काम गर्ने पनि स्पष्ट पारे ।
आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने उनले बताए । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन संघका आम सदस्यहरुलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन्।
अध्यक्ष पदका उम्मेदवार आचार्यले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको मुद्दा कहिल्यै नबल्झिने गरी समाधान गर्न निर्णायक पहल गर्ने बताएका छन् । त्यस्तै, मध्यपूर्वको श्रम समस्या, यूरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले यी समस्या समाधानका लागि पनि योजनाबद्ध रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
‘एनआरएनए : भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।
आचार्यले गैरआवासीय नेपालीहरुलाई मात्रै नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् । विश्वका थुप्रैै मुलुकमा नेपाली मूलका मानिसहरु रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताए । ‘पिपुल अफ नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनले बताए ।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरु एसी शेर्पा, त्रिलोक गुरुङ, महासचिव पदका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रबिण गुरुङ तथा गंगाधर गौतम, युवा उपाध्यक्ष पदका उम्मेदवार हिमाल गुरुङ, महिला संयोजक उम्मेदवार जुनु गुरुङ, युवा संयोजक उम्मेदवार बिमला सापकोटा, सह–कोषाध्यक्ष पदका उम्मेदवार नारायण सुबेदी, गोविन्द श्रेष्ठ ’रोविन्द’, युरोपबाट उप क्षेत्रीय संयोजक पदका उम्मेदवार भिम केसी कमल लगायतले आफ्नो मन्तव्य राखेका थिए।
यस भन्दा पहिले बद्रि केसीको टिमबाट चुनाव लड्ने भनेर चर्चामा आएका लोक दाहालले आफुले केन्द्रीय सहमति अनुरुप कुल आचार्यको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका थिए।
अध्यक्ष पदका प्रत्यासी कुल आचार्यको प्रतिबद्धतापत्र
आदरणीय पत्रकार मित्रहरु तथा संसारभरि रहनु भएका गैरआवासीय नेपाली साथीहरुमा मेरो हार्दिक नमस्कार ।
काठमाडौँमा हुन गइरहेको दशौँ विश्व सम्मेलन अघि संघका ६० भन्दा बढी राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा राष्ट्रिय सम्मेलन र कार्यसमिति तथा केन्द्रीय प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रिया सम्पन्न भइसकेको छ ।
भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा निर्वाचित हुनु भएका एवम् विश्व सम्मेलनका लागि चुनिनु भएका सम्पूर्ण प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
गएको झन्डै डेढ वर्ष कोरोना प्रकोपका कारण सिंगो मानव जातिका साथै नेपाल तथा नेपाल बाहिर रहनु भएका नेपालीहरुका लागि निकै कष्ट पूर्ण रह्यो। यो अवधिमा कोभिड–१९ का कारण निधन हुनुभएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। कोभिडका बेला प्रवासमा तथा जन्मभूमिका लागि पनि सक्दो सहयोग जुटाउन गैरआवासीय नेपालीहरु तथा एनसीसीहरुले गरेको पहल प्रशंसनीय छ। यसले हाम्रो संस्थाको औचित्य फेरि एकपटक प्रमाणित गरेको छ।
“एक पटकको नेपाली सधैंको नेपाली“ भन्ने मूल मर्म अनुरुप हाम्रा अग्रजहरूले दूरगामी परिकल्पना र मातृभूमिको विकासमा सार्थक योगदान गर्ने उद्देश्यका साथ स्थापना गरेको एनआरएनएलाई मौलिक दृष्टिकोण, रुपान्तरण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउने ‘भिजनरी’ नेतृत्व आजको आवश्यकता हो। अन्तर्राष्ट्रिय समन्वय परिषदले हस्तक्षेप गर्ने हैन, समन्वय र सहयोग गर्नु पर्छ भन्ने कुरामा म विश्वास राख्छु । त्यसैले एनसीसीहरुलाई बलियो, आत्मनिर्भर र प्रभावकारी बनाउनका लागि नै मेरो उम्मेदवारी हो।
अग्रजहरुको मार्ग दर्शन र तपाईं सबै साथीहरुको साथ, सहयोग र सुझावका आधारमा म एनआरएनएको उद्देश्य, भूमिका, नेतृत्व र चुनौतीका बारेमा आफ्ना संक्षिप्त प्रतिबद्धताहरु तपाईंहरु समक्ष राख्न चाहन्छु। मेरो विस्तृत घोषणापत्र कर्म थलोबाट छिट्टै सार्वजनिक गर्ने छु। तपाईं सबै साथीहरुको सक्रिय सहयोग र सहकार्यबाट यी सबै कार्ययोजना कार्यान्वयन गर्न म प्रतिबद्ध छु।
१. गैरआवासीय नेपाली नागरिकताः मेरो सर्वोच्च प्राथमिकता
-गैरआवासीय नेपाली नागरिकता ऐन संसदबाट पारित गराइ पासपोर्टको व्यवस्था तथा तेश्रो पुस्ता पछि पनि गैरआवासीय नेपाली नागरिकता पाउने गरी कार्यान्वयन गराउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ।
-दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली कार्डको माध्यमबाट सम्पत्ति लगायतका सबै अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न पहल गर्ने छु।
-म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा लामो समय देखि बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई नेपाल सरकारसंग पहल गरी ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने छु।
-नेपालमा सम्पत्ति सुरक्षा नहुँदा सम्पत्ति बेचेर विदेश लैजाने गर्दा अर्थतन्त्रले ठूलो घाटा व्यहोर्नु परिरहेको छ। त्यसैले नेपाल सरकारसंग पहल गरी नेपालमा रहेको एनआरएनहरुको सम्पत्ति सुरक्षाको कानूनी व्यवस्था मिलाउने छु ।
-सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप प्रवासमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्ने छु ।
२. सुरक्षित र मर्यादित वैदेशिक रोजगारः राष्ट्र निर्माणको आधार
-सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको लागि एउटा कार्यदल बनाएर नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र योजनावद्ध कार्यक्रम ल्याउने छु ।
-मध्यपूर्वमा रहेका नेपालीहरुले श्रम स्वीकृतिको नाउँमा झेल्दै आएको समस्यालाई न्यूनीकरण गर्दै समस्यारहित बनाउन नेपाल सरकारसंग विशेष पहल गर्ने छु। आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर गर्ने छु। नेपालको संघीय सरकार, प्रादेशिक सरकारहरु तथा नेपालको निजी क्षेत्रसंगको सहकार्यमा एनआरएनए सीप विकास केन्द्र (प्राविधिक शिक्षालय) स्थापना गरी सातै प्रदेशमा विस्तार गर्ने छु।
-कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुलाई स्वदेशमै रोजगारी तथा उद्यम शुरु गर्न सघाउन प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजी परिचालन गरी ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने छु।
-विदेशमा काम गरेर फर्केका नेपालीहरुको स्कील म्यापिंग गरी संजाल बनाई ‘श्रम ब्यांक’ मार्फत उहाँहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउने छु।
-नेपाली महिलाहरुलाई सुरक्षित र सम्मानित रुपमा काम गर्ने वातावरण बनाउन नेपाली दूतावासहरु तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा अभियान चलाइने छ।
-मध्यपूर्व र मलेसियाका अस्पतालमा उपचाररत, अंगभंग भएका नेपालीहरुको तथ्यांक संकलन गरी आवश्यक सहयोग र समन्वय गरिने छ।
– मोबाइल फोनबाटै श्रम सम्झौता गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग समन्वय गरी मोबाइल एप विकास गरिने छ।
– नेपाल सरकारसंग समन्वय गरी प्रवासमा काम गरिरहेका नेपालीहरुका लागि राष्ट्रिय सामाजिक सुरक्षा कोष स्थापना गर्न पहल गर्ने छु।
३. लगानी प्रवर्द्धन
– एनआरएनएले स्थापना गरेको १० अर्ब रुपियाँको ‘एनआरएन विकास कोष’ लाई क्रियाशील तुल्याउने छु।
– कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, जलश्रोत जस्ता क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्न विशेष नीति ल्याउन नेपाल सरकारलाई आग्रह गर्ने छु।
– बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (द्यक्ष्एएब्) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संस्थागत पहल गर्ने छु।
-खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाउने छु ।
– गैरआवासीय नेपालीहरुले सामूहिक वा ब्यक्तिगत रुपमा नेपालमा गरिरहेका लगानीहरुलाई सहजीकरण गरी नेपाल सरकार तथा स्थानीय निकायहरुसंग समन्वय गर्नका लागि सचिवालयमा ‘लगानी प्रबर्द्धन एकाई’ स्थापना गर्ने छु।
– गैर आवासीय नेपालीहरुको लगानीलाई सहज तुल्याउन एवं मुनाफा फिर्ता लैजान नीतिगत तथा कानूनी सुधारका लागि नेपाल सरकारसंग सहकार्य गर्ने छु।
– गैर आवासीय नेपालीहरुको व्यक्तिगत तथा सामूहिक लगानी सुरक्षित गर्ने बारे नीतिगत व्यवस्था गर्न नेपाल सरकारसंग पहल गर्ने छु।
-विदेशमा बसोबास गर्ने नेपालीहरुसंग रहेको पूँजी सजिलैसंग नेपाल ल्याई नेपालको ब्यांकमा राख्न पाउने र चाहेको बेला फिर्ता पनि लग्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग पहल गर्ने छु।
४. सीप, ज्ञान र प्रविधिको हस्तान्तरण
-एनआरएनए अन्तर्गतको सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागलाई अरु सशक्त बनाउंदै नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संघको विज्ञान तथा प्रविधि नीति सम्बन्धी श्वेतपत्र जारी गर्ने छु।
-नेपाल सरकार तथा नास्ट जस्ता संस्थाहरुसंग मिलेर कोभिड सम्बन्धी अनुसन्धानको लागि ल्बतष्यलब िख्ष्चययिनथ ीबदयचबतयचथ स्थापना गर्न पहल गर्ने छु।
-कोभिड तथा कोभिड पश्चातको अवधिमा पनि नेपाललाई लाभ हुने गरी सीप तथा ज्ञानको स्थानान्तरणका लागि जुन २०२२ भित्र एउटा भर्चुएल सम्मेलन आयोजना गरिने छ।
-विश्व तथा क्षेत्रीय ज्ञान सम्मेलनहरुलाई निरन्तरता दिंदै तिनका सुझावहरुको कार्यान्वयनका लागि सम्पूर्ण रुपमा ध्यान केन्द्रित गरिने छ। प्रविधि स्थानान्तरणमा नेपाली डायस्पोराको सम्भाव्य योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक वैज्ञानिक जर्नल प्रकाशन गरिने छ।
-प्रवासका विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुलाई स्वायत्त र स्वतन्त्र रुपमा काम गर्ने, खोज, अनुसन्धान गर्ने संगठनका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक सीप र ज्ञानलाई संघ र नेपालको हितमा प्रयोग गरिने छ।
-नेपालको परम्परागत प्रविधिको जगेर्ना गर्दै आर्थिक समृद्धिमा सहयोग पुराउने उद्देश्यले नेपाली विश्व विद्यालयहरु तथा संस्थाहरुसंग शिक्षा, अनुसन्धान एवं नवप्रवर्तन (क्ष्ललयखबतष्यल) को क्षेत्रमा साझेदारी तथा सहभागितालाई प्रवर्द्धन गरिने छ।
५. युवा तथा महिलाः एनआरएनएमा पहिला
– सबै एनसीसीहरुलाई आफ्ना सदस्य तथा शुभेच्छुकहरुबाट मासिक कम्तीमा एक डलर (वा त्यत्ति नै रकम स्थानीय मुद्रामा ) संकलन गरी महिला विभाग÷ समितिले छनोट गरेका परियोजनाहरु कार्यान्वयन गर्न एक कार्यदल बनाइ उत्प्रेरित गर्ने छु।
– विदेशमा जन्मिएका र हुर्किएका किशोर किशोरीहरुलाई नेपाल लाने तथा नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्न ‘नेपाल चिनौं’ अभियान संचालन गर्ने छु।
– विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्ष मुनिका युवाहरुलाई सम्मान गरी एनआरएन अभियानसंग आवद्ध गर्न ‘एनआरएनए युवा तारा’ अभियान एनसीसीहरुसंगको सहकार्यमा संचालन गर्ने छु।
– नेपालमा नयाँ पर्यटन केन्द्रहरुको पहिचान गरी संसारभरी तिनको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न युवाहरुलाई प्रोत्साहित गर्ने छु।
-युवा, महिला तथा हरेक क्षेत्रमा सफल व्यक्तिहरुलाई संघको सदस्य बनाइ सदस्यता वृद्धि गर्न एनसीसीहरुलाई उत्प्रेरित गर्ने छु।
-विदेशमा रहेका एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउनका लागि एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने छु।
६. नेपालीपन, नेपाली मन
– गैरआवासीय नेपाली संघले नेपाली भाषा तथा संस्कृतिको प्रबर्धन र जगेर्ना गर्न बिश्वका हरेक देशमा नेपाली संस्कृति केन्द्र स्थापना गर्न प्रोत्साहित गर्ने छु।
– संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिलाई एनसीसीहरुसम्म पुराई प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगर्ना गर्ने छु।
-समितिले यसै बर्ष देखि गैरआवासीय नेपाली लेखकहरुलाई दिने घोषणा गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारलाई थप प्रभावकारी बनाउने छु।
सबै एनसीसीहरुलाई विदेशमा हुर्की रहेका बालबालिकाहरुका लागि नेपाली भाषा सिकाउन अनलाइन कक्षा संचालन गर्न प्रोत्साहित गर्ने छु। गतिलो पाठ्यक्रम, पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न केन्द्रबाटै पहल गर्ने छु।
– एनसीसीहरुसंगको सहकार्यमा ‘जोगाऔं भाषा, जोगाऔं संस्कृति’ तथा “घर भित्र बोलौं नेपाली” अभियान’ केन्द्रबाटै संचालन गर्ने छु।
-नेपालमा प्रचलित सबै धर्म, संस्कृति तथा नेपाली चाड पर्व झल्किने गरी एनआरएनए ग्लोबल क्यालेन्डर प्रकाशित गर्ने छु।
७. संस्थागत सुधार, सहकार्य तथा रुपान्तरण
– गैर आवासीय नेपाली संघलाई नेपालमा र संसार भरि प्रतिष्ठित तथा मर्यादित बनाउने मेरो प्रमुख ध्येय हुने छ। पद्धति र पारदर्शितामा आधारित समावेशी एनआरएनए बनाउने छु।
– ‘एनआएनए : भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई क्रमशः कार्यान्वयन गर्दै लग्ने छ। केन्द्रिय कार्यालयलाई प्रभावकारी र उत्तरदायी बनाउने छु।
– संघको पंजीकृत सदस्य संख्या ५ लाख पुराउने छु ।
– राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउन ठोस पहल गर्ने छु । “जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ एनआरएन“ भन्ने मूल मर्म अनुरुप राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने छु ।
– सदस्यता सूचना प्रणाली (एमआइएस) लाई पारदर्शी र जवाफदेही बनाउने छु। निष्क्रिय रहेका एनसीसीहरुलाई सक्रिय तुल्याउन पहल गर्ने छु।
– ‘एनआरएनए फाउन्डेशन’ लाई केन्द्रको तर्फबाट पूर्ण सहयोग रहने छ। एनआरएनए नीति प्रतिष्ठानले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गरिने छ।
– अफ्रिकास्थित एनसीसीहरु तथा नेपाली दूतावाससंग समन्वय गरी अफ्रिका महादेशमा कार्यरत नेपालीहरुका समस्या समाधान गर्न प्राथमिकता दिने छु।
– प्रवासमा रहेका लाखौं एनआरएनहरु तथा नेपालमा रहेका तिनका परिवारलाइ सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग संस्थागत रुपमा पहल गर्ने छु।
– ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागहरुबारे आउंदो डिसेम्बर २०२१ बाट औपचारिक वार्ता शुरु गर्ने निर्णयको म स्वागत गर्दछु। वार्ताद्वारा यो समस्याको दीगो समाधान खोज्न संघको तर्फबाट हरसम्भव पहल गर्ने छु।
– एनआरएनए अन्तर्रा्षिष्ट्रय पत्रकारिता पुरस्कार कोषको रकम आगामी दुई वर्ष भित्र दोब्बर गर्ने छु। संसारभरिका पत्रकारहरु तथा संचारसंग सम्बन्धित संघ संस्थाहरुसंग सहकार्य गर्दै संघका गतिविधिहरुबारे भरपर्दो र पारदर्शी ढंगले सूचना प्रवाहको व्यवस्था मिलाउने छु।
– नेपालमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुसंग जुध्न नेपाल सरकारको ’ ब्रेन गेन सेन्टर’ तथा नेपाल बाहिर स्थापित नेपाल पलिसी इन्सटिच्युट जस्ता संस्थाहरुसंग सहकार्य गर्दै एनआरएनएलाई अगाडी बढाउने छु ।
– प्रवासमा बसोबास गर्ने नेपालीहरुलाई सीप स्थानान्तरणका लागि हरेक वर्ष कम्तीमा एक हप्ता नेपाल गएर स्वयम्सेवी अभियानमा संलग्न हुन आह्वान गर्दै त्यसको अनुगमन तथा सहजीकरणका लागि एक संयन्त्र बनाउने छु।
– नेपालमा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपसंग जुध्न आवश्यक तयारी, व्यवस्थापन तथा प्रतिकार्यका लागि संघको एउटा स्थायी संरचना बनाउने छु।
– पूर्व अध्यक्षहरुले शुरु गरेका आयोजनाहरुलाई पूरा गर्ने छु । एनआरएनएद्वारा संचालित परियोजनाहरुको कार्य प्रगतिको समीक्षा गरी कुनै सुधार गर्नु पर्ने भए तत्काल सुधार गर्ने छु । त्यस्तै चालु परियोजनाहरुको आवधिक अनुगमन तथा मूल्यांकनको व्यवस्था मिलाउने छु।
– संघको निर्वाचन प्रणालीलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने छु ।
४ अक्टोबर २०२१
|
एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा. केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन् । रसियामा बसोबास गर्नुहुने केसीले विभिन्न व्यवसायमा लगानी गरेका हुन् । उनले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका छन् । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताए । निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताए । पर्यटन प्रवर्द्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उनको प्रतिबद्धता छ । |
वैदेशिक रोजगारको पीडा : आठ वर्ष अघि मलेसिया गएका खडकबहादुर बाकसमा फर्किए काठमाडौं। जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाका खडक बहादुर शाही, मलेसिया गएको आठ वर्षपछि शव बनेर गत शनिबार नेपाल आइपुगे।
सजीव भएर मलेसियामा आठ वर्षसम्म लगातार काम गरेका उनी निर्जीव बनेर बाकसमा प्याक भई आफ्नो देश, घर र परिवार भएको ठाउँमा आइपुगे। निर्जीव उनलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकी श्रीमती र एक युवा(मृतकका दाईका छोरा) आएका थिए।
शाहीको शव लिन आएका ती युवा भन्दै थिए, ‘बित्ने (खड्क बहादुर शाही) मेरो साइलो बुबा हो। उहाँ (निराशमुद्रामा बसेकी महिलालाई देखाउँदै) को श्रीमान् हो। घर जाजरकोट हो। बितेको १० दिन भयो, मृतक ४७ वर्षको हुनुहुन्थ्यो। उहाँको दुई छोरी र एक छोरा गरी ३ जना बच्चाहरु छन् । सानो छोरा १३ वर्षको छ। बहिनीहरु २०–२२ वर्षका छन्।’
ती युवाका अनुसार मृतक शाही मलेसियामा बसुन्जेल एक पटक पनि नेपाल आएका रहेनछन्। उनी भन्छन्, ‘मलेसियामा ८ वर्ष भयो काम गरेको, त्यतिन्जेलसम्म उहाँ एक पटक पनि नेपाल आइदिनु भएन। उहाँ सोझो मान्छे, कम्पनीले पनि माया गरेर राख्यो, पैसा पनि अलिअलि बढाउँदै गयो।’
ती युवाका अनुसार मलेसियाको एक कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका मृतक शाही पढ्दै नपढेका सोझा रहेछन्। जसले गर्दा मृतक शाहीलाई कम्पनीले पनि मनपराएर काममा तलब बढाउँदै राखेको रहेछ।
उनी भन्छन्, ‘उहाँले आठ वर्षसम्म घरमा महिनैपिच्छे पैसा पठाइराख्नु भएको थियो। तर त्यो आठ वर्षसम्म एकपटक पनि नेपाल आउनु भएन। यो पटक फिनिस गरेर यही चैतमा आउने भन्नु भएको रहेछ। सोचेजस्तो कहाँ हुँदो रहेछ र?, अहिले बाकसमा आइपुग्नु भयो।’
केही दिन अघि हर्टहट्याक भएर बितेका शाहीले मलेसियामा कमाएर पठाएको पैसाले छोराछोरीहरुले भने राम्रो शिक्षादिक्षा लिइराखेका रहेछन्।
ती युवा भन्छन्, ‘अहिले साइलो ममी(मृतककी श्रीमती) जाजरकोमा हुनुहुन्छ। पुर्खेउली घर जाजरकोट भएपनि उहाँले छोराछोरीलाई सुर्खेतमा राखेर बार्डिङ स्कुल पढाउनु भएको थियो। बहिनी(मृतककी जेठी छोरी)लाई स्टाफ नर्स पढाउनु भयो। भाइलाई बोर्डिङ स्कुल पढाइराख्नु भएको थियो। स्टाफ नर्स पढाउन नै १०–१२ लाख लागिहाल्छ। अर्की छोरी आईकम दोस्रो वर्षमा अध्ययन गर्दैछिन्। छोरा सात कक्षामा पढ्छ।’
‘अबका दिनमा भने बच्चाहरुको भविष्यलाई बुवाको मृत्युले धक्का लाग्ने भयो’, गुनासो गर्दै उनी भन्छन्, ‘बच्चाहरु सुर्खेतमा बसेर बढ्छन्। कोठाभाडा ६ हजार थियो, रासन आदि गरेर १५÷२० हजार महिनाको गइहाल्छ। त्यसमा स्कुलको फिस जोड्दा ४०÷५० हजार मासिक खर्च भइहाल्छ। यो सब आजसम्म उहाँ(मृतक)ले नै गरिराख्नु भएको थियो ।’
एकछिन स्तब्ध हुँदै निराशमुद्रामा बसिराखेकी मृतक शाहीकी श्रीमतीलाई बोलाउँदै उनले भने, ‘सानो ममी अनार खाने?’
नखाने संकेतको प्रतिक्रिया पाएलगत्तै उनी जिज्ञासुसँग गुनासो गर्दै भन्छन्, ‘काकी र म प्लेनमा काठमाडौं आजै आइपुगेका हौं। काकीले १० दिन भइसक्यो खाना खानै मान्नु भएको छैन। के गर्ने यो त आन्तरिक पीडा हो।’
सोही दिन मृतक शाकीसँगै मोरङस्थित लेटाङका २५ वर्षीय पुस्कर निरौला पनि शव बनेर बाकसमा आइपुगेका थिए। उनको निर्जीव शरीर लिन विमानस्थलमा उनका साथीभाई, दिदीबहिनी आँखाभरी आँसु लिएर टोलाइराखेका थिए।
पुस्करको शव बुझ्न बसेका दुई छिमकी दाई आँसु झार्दै भन्दै थिए, ‘यो १७ महिना अघिमात्र मलेसिया गएको थियो । छोरी पनि सानी छिन्, छोरीको अनुहार पनि हेर्न नपाई बित्यो।’
उनीहरुका अनुसार मृतक पुस्करको घरमा आमा, बुबा, दाई, दिदीबहिनी, श्रीमती र एक सानी छोरी छन्। मृतक पुस्कर मलेसिया गएको केही दिनमै उनको छोरीको जन्म भएको रहेछ।
उनीहरु भन्दै थिए, ‘१७ महिनाको सानी छोरी छिन्। यसले छोरी नै नदेखिकनै मर्यो। उ मलेसिया गएपछि बच्चा जन्मेको हो। उ गएको पनि त्यस्तै १७ महिना नै भएको थियो। नानी जन्मिनुभन्दा अलिकति अगाडि गएको हो । केही बिरामी थिएन, हेल्दी मान्छे थियो। छाती हल्का दुख्यो भन्थ्यो रे, हट्हट्याक पनि भएको होइन। आज ९ दिन भयो बितेको।’
विमानस्थलमा गत शनिबार बिहान मलेसियाबाट आर.ए.को फ्लाईटबाट ७ जनाको शव र ६ जनाको अस्तु(खरानी) एकैपटक आइपुगेको थियो। वैदेशिक रोजगारका क्रममा मलेसियामा मृत्यु भएका १३ जना नेपालीहरुको शव र अस्तु एउटै फ्लाईटबाट त्यो दिन काठमाडौं आइपुगेको थियो।
सोही शव र अस्तु आफन्त वा सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन वैदेशिक रोजगार बोर्डका काउन्सिलर कृष्ण चौलागाई पनि विमानस्थल पुगेका थिए। उनी आफन्तलाई शव जिम्मा लगाउनुको साथसाथै शवलाई गाडीमा लोड गर्ने लगायतका काममा सघाइराखेका थिए।
सोही क्रममा जिज्ञासा राख्दा उनले भने, ‘कतिपयले शव ल्याएको बाकसलाई बाधेको लक खोल्न जान्दैनन्, त्यसैले म आफै लागेर खोलिदिन्छु। हामीले गर्न सक्ने जति सबै गरिदिन्छौं। बोर्डले शव वाहनमा शवको सम्बन्धित दुई जना व्यक्तिलाई पनि गाडीमा सँगै जान पाउने व्यवस्था गरेको छ।’
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएर नेपाल आएका शवहरुलाई बोर्डले निःशुल्क घर अथवा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्याउँदै आएको छ।
चौलागाईका अनुसार विमानस्थलमा गत हप्ताको दुई वटा अस्तु भने अझै कोही पनि लिन आएका छैनन्। उनी भन्छन्, ‘शव तत्काल लाने गर्छन् तर अस्तु लान भने आउछु आउछु भन्छन् तर ढिलो आउछन् । अस्तु सड्ने बिग्रिने कुरा पनि भएन, त्यसैले होला।’
चौलागाईका अनुसार कोभिडले देश ठ्याप्प भएको बेला भने बोर्डले अस्तु पनि आफन्त वा सम्बन्धित ठाउँमै पुर्याइदिने गरेको थियो। उनी भन्छन्, ‘त्यसबेला जोजो आउन सक्नु हुन्न थियो उहाँहरुले भनेको ठाउँमै अस्तु पनि पठाइदिने गर्यो र सक्नेले आफै आएर लानु भयो। तर, अहिले अस्तु लिने भने आफै आउने गर्नुहुन्छ।’
एकैपटक आएका शवहरुले गर्दा व्यस्त देखिएका उनी मृतकका आफन्तलाई सम्झाउँदै भन्दै पनि थिए, ‘स्थानीय पालिकाबाट मृत्यु दर्तालगायत सबै बोर्डमा इमेल(एमबीसीको पेपर, मृत्यु दर्ता) गरिदिनु भयो भने तपाईहरुले पाउनु पर्ने पैसाको लागि काठमाडौं धाउनु पर्दैन।’
चौलागाई बोर्डको एउटा कागज(ब्रोसर) मृतकका सम्बन्धित व्यक्तिलाई दिदैँ भन्दै थिए, ‘यसमा फोन गर्नु होला । तपाईंहरुले इन्स्युरेन्सको पैसा पनि लिन काठमाडौं धाउनु पर्दैन, नजिकैको शाखाबाट लिए हुन्छ । र, पाउनेजति सबै रकम तपाईंहरुको खातामा जान्छ।’ |
शाहीन ट्रपिकल चक्रवात : ओमानमा नेपालीलाई सर्तक रहन आग्रह काठमाडौं । ओमानको राष्ट्रिय बहु–विपद पूर्व सतर्कता केन्द्रद्वारा जारी सूचनाका अनुसार पछिल्लो समय अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामको ट्रपिकल चक्रवात सुरु भएको छ । २ देखि ३ दिनसम्म रहने उक्त चक्रवातको असर मस्कटसम्म पर्ने हुनाले त्यहाँ रहेका नेपालीलाई सतर्कता रहन ओमानको मस्कटस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । दूतावासका अनुसार उक्त चक्रवातको प्रभावले मस्कट तथा मस्कटबाट उत्तरतर्फको समुन्द्र तटीय क्षेत्रमा आउँदो २–३ दिनसम्म प्रभाव पार्ने अनुमान गरिएको छ । र, प्रभावित क्षेत्रमा ठुलो हावा हुरी एवम् ६०० मि.मि. सम्मको भीषण वर्षा हुन सक्ने छ भने खोला नालाहरूमा पानीको बहाव बढन गई बाढी आउन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, समुन्द्र सतहको उच्च मात्रामा बृद्धि हुन सक्ने छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने, भीषण वर्षा हुनसक्ने आदिले गर्दा मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्ने हुनाले सो समयमा समुन्द्र नजिक नजान र सुरक्षित रहन नेपालीहरुलाई सूचनामार्फत दूतावासले सचेत गराएको छ ।
ओमान सरकारले आज र भोलि (आइतबार र सोमबार) त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गरेको छ । दूतावासले पनि आफ्नो नियमित सेवा प्रवाह बन्द गर्ने जनाएको छ । साथै, मौसमको नियमित अपडेट हेरिरहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न सबै नेपालीलाई दूतावासले आग्रह गरेको छ ।
|
अबदेखि टोकन प्रणालीमार्फत श्रम स्वीकृति दिइने काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले अबदेखि टोकन प्रणालीको माध्यमबाट भौतिक उपस्थितमा श्रम स्वीकृत दिने भएको छ । ताहाचल कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालका अनुसार कार्यालयमा उपलब्ध जनशक्ति, स्रोत आदि समस्याका कारण एवं सेवाग्राहीहरुको हितसमेतलाई दृष्टिगत गरी टोकन प्रणालीका आधारमा श्रम स्वीकृति दिइने भएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै भोलि (आइतबार)देखि सार्वजनिक विदा बाहेक हरेक (आइतबारदेखि शुक्रबारसम्म) दिन भौतिक उपस्थितिमा या अनलाइनको माध्यमबाट निश्चित समयावधिमा टोकन लिन सकिने जनाएको छ ।
सूचनाका अनुसार हरेक शुक्रबार दिनको २ बजेपछि र भौतिक उपस्थितितर्फ हरेक दिन ९ बजे र १०ः१५ बजे आसपासको समयमा निश्चित संख्यामा कम्युटर प्रणालीमार्फत टोकन खुला गरिने छ । साथै, खुला गरिने टोकनको संख्या सिमित हुने जनाइएको छ ।
त्यस्तै, टोकन खुला भएपछि आफ्नो टोकनसहित भौतिक उपस्थिति हुने सेवाग्राहीहरुले फारममा उल्लेख भएको टोकनको मितिभित्रमा कार्यालयबाट श्रम स्वीकृति नविकरण गराउनु पर्नेछ । र, अनलाइनबाट श्रम स्वीकृति लिन टोकन लिएको ४ दिनसम्म लाग्ने छ ।
भौतिक उपस्थितितर्फको टोकनको म्याद टोकनमा उल्लेख भएको मिति र सोको भोलिपल्ट गरी दुई दिनमात्र मान्य हुने जनाइएको छ । त्यसपछि भने स्वतः कम्प्युटर प्रणालीले रद्द गरिदिने छ ।
त्यसैगरी कार्यालयले श्रम गन्तव्यमा उड्नु भन्दा ९० दिन बढी समयको श्रम स्वीकृति हुनुपर्ने भएकोले श्रम स्वीकृतिको एकिन गरेर मात्र जहाजको टिकट लिन पनि सुझाएको छ ।
|
मलेसियाबाट एकैपटक आइपुग्यो ७ शव र ६ अस्तु, आफन्त भावविह्वल (तस्बिर) काठमाडौं । आज(शनिबार) बिहान मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर.ए.को फ्लाईटबाट ७ जनाको शव र ६ जनाको अस्तु(खरानी) एकैपटक आइपुगेको छ । वैदेशिक रोजगारका क्रममा मलेसियामा मृत्यु भएका नेपालीहरुको शव र अस्तु एउटै फ्लाईटबाट काठमाडौं आइपुगेको हो ।
धेरै शव एकैपटक आइपुग्दा विमानस्थलमा आफन्तहरु भावविह्वल देखिएका थिए । शव लिन आएका अधिकांश आफन्त, छिमेकी तथा साथीभाईको आँखा आँशुले टिलपिलाएका थिए ।
मलेसियामा कार्यरत नेपालीहरुको हटहट्याक, सुसाइडलगायत अन्य बिरामी भई मृत्यु भएकाहरुको ७ वटा शव र कोरोना संक्रमणले मृत्यु भएर उतै(मलेसिया) सद्गद गरिकाहरुको ६ वटा अस्तु विमानस्थलमा आइपुगेको हो ।
मलेसियाबाट आएको ६ वटा अस्तुमा ताप्लेजुङ्गका बलबहादुर लिम्बु, फिदिमका मन कुमार तामाङ, सप्तरीका रुद्रकान्त राय, गोर्खाका आले मगर, धादिङका घले हर्क बहादुर, मोरङका खेमराज बास्तोलाको रहेको थियो ।
त्यसैगरी, आएका ७ वटा शवमा मोरङका ओम नारायण माझी, गोर्खाका पूर्णबहादुर भट्ट क्षेत्री, इलामका खम्बसिंह लाय मगर, जाजरकोटका शाही खडग बहादुर, दाङका ओली क्षेत्री कमल, नवलपरासी केशर बहादुर राना र पुस्कर निरौलाको रहेको थियो ।
आएका शवहरुलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर अथवा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्याउँदै आएको छ ।
|
अमेरिकाबाट नेपाल पैसा पठाउनु छ ? अब ‘हाम्रो पात्रो’बाट सस्तोमा काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवासमेत थपिएको हो।
शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन्। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए।
‘हाम्रोपात्रोको रेमिटेन्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने । हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो। तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए।
‘हाम्रोपात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएको हो।
कम्पनीले हाल बजारमा उपलब्ध रेमिटेन्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ। रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत सार्वजनिक गरेको छ। जसअनुरूप दशैं तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन्।
तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ।
पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ। जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।
रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ। प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ।
साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन्। |
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् ।
मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई एक लाख सहयोग गरेका छन् । नेपालमा रक्तदान अभियानलाई अझ अघि बढाउन र दाताबाट प्राप्त रगतको उचित भण्डारणका लागि भवन निर्माण गर्नका लागि उनले अमेरिकाबाट यी दुई संस्थालाई आर्थिक सहयोग पठाएका हुन् ।
अमेरिका, नेपाल र विश्वभर नै रक्तदानका लागि प्रेरित गर्ने अभियानमा लागेका मैनाली आफैंले पनि हालसम्म २ सय पटक रक्तदान गरिसकेका छन् । एकपटकको रक्तदानले ३ जनासम्म विरामी व्यक्तिको ज्यान बचाउन सकिने भएका कारण रक्तदानलाई महादानका रुपमा विश्वभरि नै लिइदै आएको छ ।
न्यूयोर्कको राज्य सरकार र अमेरिकाका विभिन्न निकायहरुबाट पटक पटक सम्मानित भइसकेका मैनाली भूकम्पले तहसनहस भएको क्यारेवियन मुलुक हैटीमा केही हप्ताअघिको महाभूकम्प लगत्तै पुगेर रक्तदान गरेका थिए । |
दशैँकाे अवसर पारेर माल्टामा एकदिवसीय फुटबल प्रतियाेगिता हुने काठमाडाैं । युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैँ) को अवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य एकदिवसीय फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा उक्त टूर्नामेन्ट Mosta फुटबल ग्राउन्ड मा आयाेजना हुने भएकाे छ। अध्यक्ष श्री तेज बहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक श्री भुवन झाले माल्टामा नेपाली संगठनले आयोजना गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो एकदिवसीय फुटबल प्रतियोगिता हुने बताएका छन्।
यस संगठनले आधिकारिक रूपमा Degiorgio Group (MCSI) को रूप मा कार्यक्रम को लागि एक मुख्य प्रायोजकको पनि घोषणा गरेको छ। कम्पनीले २ हजार यूराेको नगद रकम योगदान गरको छ भने उक्त सहयोगले संस्थालाई ठूलो समर्थन मिलेको र खेल भव्य रुपमा सम्पन्न हुनेछ भन्ने विश्वास प्रकट गरिएको छ।
उक्त टुरनामेन्टमा १० देखी १५ वटा टिमको सहभागिता रहने छ ५ वटा टिमले माल्टा बाहेक अरू युरोपियन मुलुकबाट सहभागिता जनाउने उल्लेख भएको छ।टूर्नामेन्टको प्रथम पुरस्कार नगत २ हजार ५ सय ५१ यूराे र ट्रफी रहेको छ भने दोस्रो पुरस्कार एक हजार एक सय ५१ यूराे र ट्रफि रहेको बताइएको छ।
खेल अवधी भरीमा खेलाडीको प्रदर्शनका आधारमा बेस्ट गाेल किपर, बेस्ट डिफेण्डर, बेस्ट स्ट्रिकर, बेस्ट मिड्फिल्डर, म्यान अफ द मयाच, र म्यान अफ्द टूर्नामेन्ट हुनेलाइ पनि पुरस्कृत गरिने बताइएको छ।
|
राजदूत खतिवडालाई अमेरिकी शहर क्याम्ब्रिजको साँचो हस्तान्तरण वासिंगटन डिसी । अमेरिकाको मेसेचुसेट्स राज्यका क्याम्ब्रिज शहरले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई शहरको साँचो हस्तान्तरण गरेर स्वागत गरेको छ।
सो राज्यको बोस्टनलगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र नेपाली मूलका अमेरिकीहरुसहित अन्य नेपाल भ्रमण गर्न चाहनेहरुलाई सजिलै कन्सुलर सेवा दिने उदेश्यले आयोजित घुम्ती शिविरका लागि पुगेका राजदूत डा.खतिवडालाई क्याम्ब्रिज शहरकी मेयर समबुल सिद्धिकीले शहरको साँचो हस्तान्तरण गरी स्वागत गरेकी थिइन्।
सेप्टेम्बर २७ तारिक सोमबार अपरान्ह भएको साँचो हन्तान्तरण कार्यक्रमपछि सो शहरमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न विषयमा छलफलका साथै नेपाल र अमेरिकाबीचको सम्बन्ध स्थानीय सरकारको तहमा समेत अघि बढाउनेबारे कुराकानी भएको थियो।
अमेरिकास्थित नेपाली दूतावासका अनुसार, दुई देशका शहरहरुबीच भगिनी सम्बन्ध स्थापना गरी स्थानीयस्तरमा सम्बन्ध विस्तार गर्न सकिनेबारे पनि मेयर सिद्धिकीसँग परामर्श भएको छ ।
यसबीच बोस्टन म्यासाचुसेट्सको भ्रमणका क्रममा राजदूत डा. खतिवडाले सो राज्यका गभर्नर चार्ली बेकरसँग शिष्टाचार भेट गरेका थिए। बेकरसँगको भेटमा दुई देशबीचको व्यापार र म्यासाचुसेट्समा बसोबास गर्ने नेपालीहरुको हितका बिषयमा कुराकानी भएको दूतावासले जनाएको छ।
राजदूत खतिवडालाई म्यासाचुसेट्स राज्यको राज्यसभाले आफ्नोतर्फबाट एक सम्मान घोषणा पारित गर्दै हस्तान्तरण गरेको छ। सो घोषणामा नेपाल र नेपालीका लागि पुर्याएको योगदानको प्रसंसा गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध प्रगाढ बनाउन गरेको प्रयासको उच्च मूल्याङ्कन गरिएको उल्लेख गरिएको छ।
डा.खतिवडालाई सो राज्यको राज्यसभा र सिनेट दुबै बैठकको अवलोकन भ्रमण गराइएको थियो भने सभामुख रोनाल्ड मारियानो तथा सिनेटका उपाध्यक्ष विलियम एन ब्राउन्सबर्गरसँग डा.खतिवडाको शिष्टाचार भेट भएको थियो।
|
संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै नासाले जनायाे आपत्ति (विज्ञप्तिसहित) काठमाडौं । नेपालिज एसोसियशन इन साउथइष्ट अमेरिका (नासा)ले संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै संचार माध्यायममा आएका समाचारहरु पनि भ्रामक भएको बताएका छन्।
सेप्टेम्बर ५ मा तोकिएको सम्मेलनका विषयलाई लिएर उपाध्यक्षलगायत ११ जना पदाधिकारीले राजीनामा दिएको बताएका थिए। उनीहरुको राजीनामा स्वीकृत भइसकेका कारण उनिहरुबाट लोगो प्रयोग हुनु गलत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालिज एसोसिएशन इन साउथइष्ट अमेरिकाको लोगोसमेत प्रयोग गरि प्रेसविज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिरध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘प्रत्येक दुर्इ वर्षमा नासाको क्षेत्रमा हुने नेपालिज एसोसिएशन ईनसाउथईष्ट अमेरिका र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्टअमेरिकाको १६ औं संयूक्त सम्मेलन सेप्टेम्बर५ तारीख़, २०२१फ़्लोरिडा राज्यको सुन्दर पर्यटकियशहरओर्ल्याण्डोमा सम्पन्न गर्ने गरी सबैकार्यहरुअगाडी बढीरहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ। १६औं संयुक्त सम्मेलनको अन्तिम तयारीमा पुगिसकेको अवस्था र नासाको निर्वाचन सम्पन्न गर्ने निर्वाचन समितिको कार्य तालिका अनुरुप नै अन्तिम चरणमा पुग्नै लाग्दा डेल्टा भेरिएण्टको कारण सम्मेलन रोक्नु पर्ने दबाब दिन थालियो।’
‘फ्लोरिडा राज्यमाडेल्टाको प्रकोप बिस्तारै देखिएको भएपनि स्थानिय , राज्य तथा संघिय सरकारको कुनैपनि निकायले सभा सम्मेलन गर्न कुनै पनि बन्देज नगरेको र सम्मेलन गर्ने होटेलसंगसम्झौता समेत गरिसकिएको अबस्थामा होटलले सम्मेलन रोक्नु पर्ने कुनै कारणन भएकोले सम्मेलन रोक्दा आयोजकहरुले हर्जाना बापत ठुलै रकम तिर्नु पर्ने बाध्यात्मकस्थिति हुँदा पनि केही साथीहरुले एकोहोरो रुपमा सम्मेलन स्थगन गर्नुपर्ने दबाब बढाउँदैलगि निर्बाचनको कुनै प्रक्रिया बारेमा छलफलसमेत नगरी मध्यरातमा असहज किसिमले अध्यक्षलाई बाध्यतामा पारि सम्मेलन स्थगन गरियो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
|
सडकमार्गबाट नेपाल भित्रिँदा कोरोना परीक्षण अनिवार्य, खोप नलगाई आउनेलाई सिमामै खोप काठमाडौं । सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमानाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ ।
चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित्रिनेको कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। ‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट नदेखिए पनि संक्रमणको जोखिम कायमै भएकाले स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ’ पौडेलले न्युज कारखानासँग भने, ‘चाडबाडको समयमा टेस्टिङलाई थप व्यवस्थित बनाउन थप जनशक्ति परिचालन गर्दौछौं ।’
उपत्यकाबाट घर जानेहरूका लागि लक्षित टिकट बुकिङ सोमबारदेखि खुला गरिएकोले उपत्यका छाडेर घर जानेहरूले पनि सतर्कता अपनाउन आवश्यक रहेको मन्त्रालयले जोड दिएको छ । पौडेल भन्छन्, ‘एक स्थानबाट अर्को स्थानमा जाँदा अनिवार्य रुपमा सुरक्षा मापदण्ड पालना गरी संक्रमण बढी भएको ठाउँबाट जाँदा आवश्यकताअनुसार क्वारेन्टिनमा बस्नुहोला ।’
सिमानाकामै खोप
भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानाकामै एन्टिजेन्ट टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यही खोप लगाइदिएर सुरक्षित रूपमा गाउँ पठाउने अभियान चलाइने छ। यसका लागि हामीले खोप छुट्टाइसकेको उनले बताए । पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप पनि भएकाले भारतमा खोप नलगाई फर्किएका नेपालीलाई सिमानाकामै खोप लगाएर सुरक्षित भित्र्याउँनेछौं।
यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सीमानामै एन्टिजेन्ट टेष्ट गरि भ्याक्सिन नलगाइ नेपाल आउनेहरूलाई सिमामै खोप लगाइदिएर सुरक्षित रुपमा गाउँ पठाउने अभियान शुरु गरिने बताएका छन् । यसका लागि स्थानीय सरकारसँग समन्वय गरी परीक्षणलाई तिव्रता दिएको श्रेष्ठको भनाइ छ। |
दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो सोल । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ ।
गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो ।
बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले सङ्क्रमितको सङ्ख्या बढेको हो । सङ्क्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ । शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको सङ्ख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन भने बाँकी बाहिरबाट सङ्क्रमित भई आउने छन् ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ । हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ । रासस |
महावाणिज्य दूतावासप्रति अमेरिकामा रहेका सामाजिक संघसंस्थाहरुको आपत्ति (विज्ञप्तिसहित) काठमाडौं। अमेरिकाको न्यूयोर्कमा सुरु भएको राष्ट्रसंघको महासभामा भाग लिन गएका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न नपाएको भन्दै विभिन्न संघसंस्थाहरुले महावाणिज्य दूतावासमाथि आक्रोश पोखेका छन्।
नेपाल आदिबासी जनजाति महासंघ (अमेरिका), प्रवासी नेपाली मञ्च अमेरिका (न्यूयोर्क), नेपाली समाज अमेरिका, प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्षहरुले विज्ञप्ति जारी गर्दै महावाणिज्यदूत विष्णुप्रसाद गौतममाथि आक्रोश पोखेका हुन्।
विज्ञप्तिमा राजनीतिक दलका भातृ संघठन र सामाजिक संघसंस्थाहरुबीच फाटो ल्याउनका लागि महावाणिज्यदूतले भूमिका खेलेको आरोप लगाइएको छ। उनीहरुले विज्ञप्ति मार्फत भनेका छन्, ‘विगतमा नेपालदेखि सरकारी प्रतिनिधिहरु न्यूयाेर्क आउँदा सबै संघसंस्थाहरुले संयुक्त रुपमा स्वागत सत्कार गर्दै आएको परम्परा छ। तर, यसपाली कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमको विभेदकारी र निषेधकारी व्यवहार आपत्तिजनक छ।’
उनीहरुले विज्ञप्तिमार्फत आगामी दिनमा महावाणिज्य दूतावास नसच्चिए गम्भिर दुर्घटना हुने समेत चेतावनी दिएका छन्। उनीहरुले भनेका छन्, ‘सरकारी निकायले मिलेर बसेको नेपाली समाज फुटाउने चेष्ठा गरे त्यस विरुद्ध समाज एकढिक्का भएर सम्बन्धित निकाय तथा व्यक्ति कारवाहीको भागिदार बन्न नपरोस्।’
|
अमेरिकामा एउटी नेपाली चेलीको दुखद अन्त्य, पूर्वपतिले दिए दागबत्ती वासिंगटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी मृत्युबरण गरेकी एकजना नेपाली चेलीका आफन्त र नातेदार कोही नहुँदा स्थानीय नेपाली समाजले अभिभावकत्व ग्रहण गरेर अन्तिम संस्कार गरेको छ । नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी) ले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको छ । समाजले अन्तिम संस्कारको लागि सबै खर्च आफैं व्यहोरेको छ । पुरोहितसमेत लगाएर विधिपूर्वक उनको अन्त्येष्टि गरिएको समाजका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई बताए ।
नेपालको सुदुर पश्चिम अछाम जिल्लाबाट विवाह गरेर अमेरिका आएकी निर्मला रेग्मी ओझा सडक दुर्घटनामा परेकी थिइन् । उनलाई तत्काल स्थानीय अस्पताल त पुर्याइयो तर उनको निधन सडकमै भइसकेको रहेछ । टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको थियो । उनको घटनास्थलमै मृत्युभएको भए पनि प्रहरीले उद्दार गरी उनलाई नजिकको अस्पताल लगियो । अस्पतालले मृत घोषित गरिदियो । त्यतिञ्जेल उनका आफन्तहरु केही छन् कि भन्ने खोजी पनि भएको थियो । उनको परिचयपत्रमा उल्लेख भएको विवरण हेर्दा केन्टकीको ठेगाना र पूर्वपतिको नामसमेत भएपछि अस्पतालले सम्पर्क गरेको थियो ।
समाचारअनुसार, उनी अमेरिकाको केन्टकीमा बसोवास गर्ने एकजना नेपाली युवासंग मागी विवाह गरेर सन् २००७ मै अमेरिका आएकी रहिछन् । तर, उनको दाम्पत्य जीवन लामो समय चल्न सकेको रहेन छ । मानसिक रोगको औषधि खांदै गरेकी निर्मलाको दाम्पत्य जीवन विवाहको दुईबर्षभित्रै टुटेको रहेछ । तेह्र—चौध बर्षअघि कानुनीरुपमै डिभोर्स भइसकेकी पूर्वपत्नीको मृत्युलाई केन्टकी निवासी पूर्व पतिले वेवास्ता गरेनन् । उनकै माध्यमबाट टेक्सासस्थित नेपाली सोसाइटीलाई तत्काल खवर पुग्यो । नेपाली सोसाइटीका प्रतिनिधिहरु अस्पताल पुगे र उनको बारे थप बुझ्ने कोसिस गरे ।
नेप्लिज सोसाइटी इन टेक्सासका पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा र समाजका अन्य प्रतिनिधिहरु अस्पताल पुगेर घटनाबारे विवरण लिएका थिए । उनीहरुले आफन्तहरु पनि खोज्ने प्रयास गरेका थिए । निर्मलालाई चिन्ने जान्नेहरुसंग सम्पर्कको कोसिस गरेका थिए तर अमेरिकामा निर्मलाका पूर्वपतिबाहेक अरु कोही पाइएनन् । सम्बन्ध विच्छेद भएको बर्षौं भए पनि उनका पूर्वपति केन्टकीबाट टेक्सास पुगेका थिए ।
कहिले न्यूयोर्क, कहिले केन्टकी बसेकी निर्मला केही समयदेखि टेक्सासमा बसेकी रहिछन् । उनी कहां कसरी बसेकी हुन् भन्ने कुरा कतैबाट खुलेन । स्थानीय अमेरिकी अधिकारीहरुको अनुसन्धानले उनी होमलेस रहेको पत्ता लगायो । त्यसपछि उनको नेपालमा रहेको परिवारसंग सम्पर्कको प्रयास गरियो । बुवा, आमा र भाइसंग समेत कुराकानी भएपछि उनको अन्तिम संस्कार टेक्सासमै गर्ने निधोमा एनएसटी पुगेको थियो । जसको कोही छैन, उसका लागि एनएसटी छ भन्ने प्रमाणित गर्दै एनएसटीले उनको अभिभावकत्व लियो । एनएसटीका पूर्व अध्यक्ष थापाले डिसी नेपाललाई भने, ‘हामीले उहांको कोही पनि नभएको थाहा पाएपछि अभिभावकत्व लिएर विधिपूर्वक अन्तिम संस्कार गरेका हौं ।’
अन्तिम संस्कारमा हिन्दू विधिपूर्वक दागबत्ती दिएर सवै कर्महरुसमेत पूरा गरी स्थानीय फ्युनरल होममा गरिएको थियो ।
सामाजका प्रतिनिधिहरुको उपस्थितिमा श्रद्धाञ्जलि सभा गरेर उनका पूर्वपतिले दागबत्ति दिएका थिए । एनएसटीका अध्यक्ष दिनेश शर्माले डिसी नेपाललाई दिएको जानकारीअनुसार, दुर्घटनामा गाडी चालकको गल्ती देखिएको छैन त्यसैले दुर्घटना विमाको रकम दावी गर्न पनि समस्या भइरहेको छ ।
‘गलतबाटोमा दगुरिरहेको बेला दुर्घटना भएको रहेछ’ शर्माले डिसी नेपालको अमेरिकाबाट संचालित हाम्रो लेन्स कार्यक्रममा प्रस्तोता अर्जुन दाहालसंग कुराकानी गर्दै भने, ‘कानुनीरुपमा कुनै सम्बन्ध नभए पनि उहांका पूर्वपति आउनुभयो, हामीले अनुरोध गर्यौं, उहा आएर दाहासंस्कार गर्यौं, अब तेह्र दिनमा सुदुर पश्चिम समाजका साथीहरुसँगको सहकार्यमा उहाँको अस्तु पनि यही खोलामा बगाउंदै छौं ।’ निर्मलाको अवस्थाका बारेमा समाजलाई पहिला नै थाहा भएको भए आफूहरुले उपचारका लागि कोसिस गर्ने थियौं भन्दै अध्यक्ष शर्माले आफूहरुले थाहा पाउंदा ढिलो भइसकेको र मृत्युपछि मात्र थाहा पाएकाले केही गर्न नसकिएको बताए । |
इजरायलमा ‘केयरगिभर’का लागि १ हजार ६ सय जना सिफारिस (सूचीसहित) काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ। विभागले आइतबार बिहान इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो।
विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो। इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ।
त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।
|
भारतमा नेपाली बालिका बलात्कार गर्ने युवालाई फाँसीको सजाय काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ ।
चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको हो ।
भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ ।पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए ।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हिजो(शुक्रबार) आरोपीलाई फाँसीको सजाय सुनाएको हो । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । |
विमानस्थलमा मलेसियाबाट आएको नेपालीका ६ शव र ५ अस्तु (तस्विर) काठमाडौं । शनिबार बिहान वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका केही नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विभिन्न कारणले मृत्यु भएका ५ जना नेपालीको अस्तु(खरानी) र ६ वटा शव आज (शनिबार) बिहान काठमाडौं आइपुगेको हो ।
विमानस्थलमा आइपुगेको ६ वटा शवमा झापाका रुप बहादुर मगर, दाङका प्रमोद शर्मा, लमजुङका लेख बहादुर भुजेल, पाल्पाको होम बहादुर, बाराका मनुलाल कुमार पटेल र मोरङका शिव शंकर मण्डलको रहेको छ ।
त्यसैगरी, नेपाल आइपुगेको ५ जना नेपालीको अस्तुमा नवलपरासीका रामशरण भार, सर्लाहीका रायचन्द्र किशोर, दार्चुलाका प्रेम सिंह बडाल, पर्वतका लेखनाथ सुबेदी र सप्तरीका मर्यान कुमार चौधरीको रहेको छ ।
नेपाल आइपुगेको ५ जनाको अस्तु मेलेसियामा कोरोना संक्रमणबाट मृत्यु भएकाहरु हो ।
|
इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा काठमाडौं । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले सो जानकारी दिएका हुन् ।
विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तवार्ता अवधिभरलाई अवसर दिइएको छ । छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तरवार्तामा सहभागी हुन पाउने भएका हुन । विभागका महानिर्देशक काफ्लेले भने, “कुनै कारण विशेषले छुटेकालाई पुनःआवेदन दिएर सहभागी गराउन सकिनेछ ।”
विभागले इजरायल जान चाहने परीक्षार्थीलाई अन्तवार्ता निष्पक्ष गराउनका लागि फरक दिन फरक व्यक्तिलाई जिम्मेवारी दिएको महानिर्देशक दिपक काफ्लेले बताए । आठ वटा समूहमा ५२ जनाले अन्तवार्ता लिइरहेका छन् । एक दिन लिने व्यक्ति अर्को दिन नदोहोरिने गरी मिलाइएको उनले बताए । अन्तवार्ता लिने व्यक्तिलाई पनि १२ घण्टा पहिले मात्रै जानकारी गराइने उनले बताए । उनले भने, “गोलाप्रथाका आधारमा छानिने भएकाले तीन जनाको समूहमा को व्यक्ति कुन समूहमा पर्ने थाहा हुँदैन ।”
इजरायल रोजगारीका लागि आवेदन खुलाइएपछि इच्छुक व्यक्ति आफैँले शैक्षिक योग्यता, उचाइ, तौललगायतका जानकारी भर्न लगाइएको थियो । नौ हजार ६९९ जनाले फाराम भरेकामा दुई हजार ७९० जनाको कागजात नपुगेको महानिर्देशक काफ्लेले बताए । विभागलाई कतिपय आवेदनका विवरण गलत हो कि भन्ने शङ्का लागेर पुनरावलोकन गर्दा कागजात नपुगेको पाइएको थियो । उनले भने, “हामीले रद्द गरे पनि अहिलेसम्म पनि किन रद्द भयो बुझ्न नआएकाले त्यो गलत नै हो भन्ने लागेको छ ।”
विभागले परीक्षा सञ्चालन गर्दा छ हजार ३१७ सहभागी भएका थिए । उत्तर पुस्तिका जाँच गर्दा उपकरणबाट जाँच भएकाले एक रातभरमा सकिएको महानिर्देशक काफ्लेले बताए । उनले भने, “अघिल्लो दिन लिएको परीक्षाको नतिजा हामीले अर्को दिन ११ बजे प्रकाशित गरेका थियौँ ।”
परीक्षार्थी आफैँले तौल र उचाइको स्वघोषणा गरेपछि विभागले पछि नापतौल तथा गुणस्तर विभागबाट प्रमाणित पाँच उपकरण ल्याएर उत्तर पुस्तिका परीक्षण गरेको महानिर्देशक काफ्लेले बताउनुभयो । परीक्षार्थीको उचाइ कम्तीमा पाँच फिट र तौल कम्तीमा ४५ किलो हुनुपर्ने व्यवस्था थियो । लिखित परीक्षामा उत्तीर्ण १८६ जनाको तौल र उचाइ नपुगेको विभागले जनाएको छ ।
लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति (जि टु जि) सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । पहिले उसले ५०० जना मात्रै परीक्षा लिएर लैजान चाहेको भए पनि त्यसलाई बढाएर एक हजार बनाइएको थियो । अहिले परीक्षा निष्पक्ष गर्न खोजिएको सो मन्त्रालयका सचिव गौतमले जानकारी दिए ।
उनले भने, “पास भएर गएकालाई उता पुगेपछि समस्या नआओस् भनेर ध्यान दिइएको छ ।” सरकारले ‘जि टु जि’ सम्झौतामार्फत अहिलेसम्म दक्षिण कोरीया र इजरायलमा रोजगारीका लागि पठाएको छ भने जापानमा पठाउने विषय प्रक्रियामै छ । वैदेशिक रोजगारीका लागि जान चाहने नागरिकले सम्बन्धित देशस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न लामो समय लागेकाले नागरिकले दुःख पाइरेहको सचिव गौतमले बताए । नागरिकले कम्तीमा १५ दिनभित्र अनुमति पाउने गरी निर्णय दिनुपर्नेमा उनको जोड छ । केही वर्षयता धेरै नागरिक भिजिट भिसामा गएर उतै बस्ने प्रवृत्ति बढेको छ । उनले भने, “यो गुनासो आइरहेकाले त्यसमा ध्यान दिनुपर्छ ।”
सरकारले सेवा शुल्क १० हजार तोकिएका मुलुकमा रोजगारीमा पठाउँदा नागरिक र सरकार दुवै ठगिएको सचिव गौतमले बताए । सरकारलाई तोकिएको रकम कागजातमा देखाइने गरिए पनि त्योभन्दा बढी रकम लिइरहेका छन् । एकातिर देखाउने रकम कम भएकाले राजस्वमा कमी हुने र अर्कातिर नागरिकसँग प्रमाण नहुने हुँदा आफू मर्कामा पर्दासमेत न्याय पाउन गाह्रो भएको छ । उनले भने, “अरु कतिपय देशमा जस्तै श्रमिकको एक महिनाको तलब सेवा शुल्क लिने गर्दा ठीक हुनेछ ।”
बैठकमा वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष मेघनाथ भुर्तेलले सरकार आफैँले व्यवसायी भएर वैदेशिक रोजगारमिा नागरिक पठाउन नहुने बताए । सङ्घका उपाध्यक्ष ईश्वर केसीले बन्दाबन्दी पहिले ‘भिजिट भिसा’मा गएका नागरिक अहिले अलपत्र परिरहेको जानकारी दिए । समिति सभापति विमलप्रसाद श्रीवास्तवले भिजिट भिसामा पठाएर त्यहाँ अलपत्र परेका नागरिकका गुनासो समितिसमक्ष आइरहेको बताए ।
–सञ्चिता घिमिरे\ रासस |
नेपाली दूतावासले बोस्टनमा घुम्ती शिविर गर्ने काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको बोस्टनमा घुम्ती शिविर गर्ने भइको छ । दूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्युसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ीत कन्सुलर सेवा शिविर गर्ने जानकारी दिएको हो ।
शिविरमार्फत म्यासाच्यूसेट्स राज्यसहित न्युह्याम्पसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा दिने दूतावासको लक्ष्य छ । दूतावासले यसका लागि, बोस्टनस्थित एनआरएनए म्याासाच्युसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याम्पसायर च्याप्टरको सहयोग लिएको छ । यी निकाय र संस्थाको संयुक्त आयोजनामा सेप्टेम्बर २५ शनिवार र २६ आइतवारका दिन शिविर संचालन हुनेछ ।
कन्सुलर सेवा शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायत सेवा पाउनेछन् । शिविरबाट करिब दुइ सय जना सेवाग्राहीहरुले सेवा लिने अनुमान गरिएको छ । दूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीको लागि राजदूतावासको आधिकारिक वेबसाइट हेर्न अनुरोध गरेको छ । |
नासाका बहुमत कार्यकारी सदस्यद्वारा राजीनामा काठमाडौं । अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका’ (नासा)का ११ जना पदाधिकारीले राजीनामा दिएका छन्। यो संख्या कार्यकारी समितिको बहुमत रहेको छ।
जम्मा २१ जनाको समितिबाट ११ जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा बरिष्ठ उपाध्यक्ष अम्बिा लोहोनी, उपाध्यक्ष बिशाल भारती, कोषाध्यक्ष तथा सहसचिव रमा घिमिरे रहेका छन्। यस्तै अन्य पदाधिकारीहरुमा प्रलाद शाह, सावित्री रानाभाट, दिपक रानाभाट, सुदन गैरे, नरेन्द्र बराल, आमोद देवकोटा र सुशिल पौडेल रहेका छन्।
राजीनामा दिने संस्थाका पदाधिकारीहरुले अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठको कार्यशैली र रबैयाको आलोचना गर्दै त्यसका विरुद्ध सामूहिक राजीनामा दिएको प्रतिक्रिया दिएका छन्।
उनीहरुले कोरोनाका कारण चुनाव हुन नसक्ने अवस्थामा पनि अध्यक्ष र सचिवले मनोमानी तरिकले चलेको भन्दै आफूहरुले राजीना दिएको उनीहरुको भनाइ छ।
नासाले हरेक दुई वर्षमा नेतृत्व चयन हुने गर्छ। यो वर्षको चुनाव फ्लोरिडा राज्यको ओर्लाण्डो शहरमा सेप्टेम्बर ५ को लागि तोकिएको थियो।
अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको बढ्दो प्रकोर र उक्त शहर अति प्रभावित भएपछि दुई तिहाइ बोर्ड सदस्यले उक्त सम्मेलन केही महिनाको लागि स्थगित गर्ने निर्णय गरेका थिए। तर, अध्यक्ष र महासचिवले आफू अनुकुलको बैठक निर्णय बनाई बोर्डको निर्णयलाई समूदायमा गलत प्रचार गरेको आरोप उनीहरुले लगाएका छन्।
गत सूचना प्रेषित गरिएको, बोर्डको बैठक नबसाइएको, आफ्नो अनुकुलको निर्वाचन आयुक्त बनएको, कोषध्यक्षको जानकारी बिनै संस्थाको रकम दुरुपयोग भएको, निर्वाचन समितिले अनियमितता गरेको, निर्वाचन आयुक्त गदालले बोर्ड सदस्यलाई अपमानित गरेकोलगायतका आरोपहरु उनीहरुले लगाएका छन्।
|
प्रवासी नेपालीका लागि मुत्थूट फाइनान्सद्वारा दशैं तिहारको उपहार मुत्थूट फाइनान्सले प्रवासी नेपालीका लागि दशैं तिहारको अवसरमा उपहारको घोषणा गरेको छ। फाइनान्सले यो वर्ष ग्राहकहरुका लागि अहिलेसम्म कै डबलको डबलको डबल (आठगुणा) अफर दिने सार्वजनिक घोषणा गरेको मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्रमुख अनिल कार्कीले बताए ।
नगद पूँजीको आवश्यकता परेको खण्डमा सुन धरौटी राखी ऋण उपलब्ध गराउने वित्तीय ब्राण्ड मुत्थुटले चाडपर्वको अवसर पारेर उक्त योजना ल्याएको हो। मुत्थुट फाइनान्स अन्तर्गत मुत्थुट इन्डो नेपाल मनि ट्रान्सफरद्वारा सुरक्षित, सजिलो र समयमा नै नेपालीले वैदेशिक भूमिमा अर्जित गरेको पूँजीलाई परिवारसम्म हस्तान्तरण गर्नुका साथै प्रवासी नेपालीहरु का लागि विभिन्न किसकिमका उपहार वितरण गर्ने घोषणा गरेको छ।
मुथूट फाइनान्स र आइएमईले दसैँ तिहारलाइ लक्षित गर्दै डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो। अफर अनुसार मुथूट फाइनान्स बाट नेपाल पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।
करिब ७ वर्ष पहिला मुत्थुट फाइनान्स (रेमिट्यान्स विभाग) भारतमा नेपालका लागि कन्ट्री प्रमुखको कार्यभार लिएका अनिल कार्कीले यस कार्यकालमा प्रवासी नेपालीहरुकोबीच आफ्नो पहिचान बनाउन सफल भएका छन। पछिल्लो समय कोरोना त्रास तथा लकडाउनमा अलपत्र परेका र भोकभौकै बस्न बाध्य भएका नेपालीहरुलाई उक्त फाइनान्सले दिल्लीमा सक्रिय विभिन्न संघ संस्था संग हातेमालो गर्दै राहत सामग्री वितरण सम्म गरेको थिए। यसैगरि मुत्थुट फाइनान्स ग्रुपले प्रवासी नेपालीहरुमा जागरूकताका लागि विभिन्न किसिमका नेपाली कार्यक्रममा प्रायोजकको भूमिका निभाउँदै आएको छ। साथै अवैध तरिकाले गरिने आर्थिक कारोबार (हुण्डी) बापत नेपालीले भोग्नु पर्ने समस्याको जानकारी समेत दिने गरेको छ।
मुत्थुट ग्रुपले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न किसिमका सेवाहरु उपलब्ध गराएको छ। ती मध्ये गोल्ड लोन, मनी ट्रांसफर, विदेशी मुद्रा, हाउजिंग फाइनान्स, बीमा, एटीएम, म्युचुअल फन्ड जस्ता सुविधा रहेका छन्। विश्वभरि करिब पैतीस हजार भन्दा बढी रोजगार दिएको मुत्थुट फाइनान्स संस्थाले लगभग विश्वभरी आफ्नो नेटवर्क विस्तार गरेको छ।
मुथूट फाइनान्सका ५००० प्लस शाखाहरु बिहान नौ बजे देखि साँझ छ बजे सम्म साताको छ दिन सोमबार देखि शनिबार सम्म खुल्ला रहने छन। यस उपहार योजनका साथ प्रवासी नेपाली पूंजीलाई नेपालसम्म सुरक्षित पुर्याउने मुत्थुट फाइनान्सको मुख्य उद्देश्य रहेको अनिल कार्कीले बताए। |
बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली महिला छनोट पोर्चुगल । सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन् ।
बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन् । पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेका छन् । पछिल्लो समय विश्वमा आफ्नो सीप क्षमतालाई प्रयोग गर्दै जन्मभूमिको नाम राख्नमा नेपाली निकै नै अग्रसर छन् ।
बेल्जियमको लिन्त सहरमा भएको फाइनलमा अन्तिम छनोटमा परेका १० जना सुन्दरीले उनले डिजाइन गरेका पहिरनमा ‘क्याट वाक’ गरेका थिए । उनको डिजाइनको उत्कृष्टताबाट प्रभावित भएर सुन्दरी ग्यान्र्ड बेल्जियमको आयोजक टोलीले फाइनल राउन्डको पहिरन डिजाइनको जिम्मा दिएको थियो । प्रतियोगीहरुको पहिरन देखेर आयोजकलगायत सबै प्रभावित भएका थिए ।
सुन्दरी ग्यान्र्ड बेल्जियम जस्तो ख्यातिप्राप्त प्रतियोगिताको पहिरन डिजाइन गर्ने अवसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरवको विषय भएको उनका श्रीमान् अर्जुन काफ्लेले बताए । यस पटकको सुन्दरी प्रतियोगिता बेल्जियमको उपाधि भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीय जोम्की तेन्जिनले जितेकी छिन् । |
बेलायतस्थित नेपाली दूतावासद्वारा घुम्ती सेवा सञ्चालन काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् ।
लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएनए कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।
दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर सेवा प्रदान गरिएको थियो । बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन गएिको उक्त घुम्ती सेवामा ४४ व्यक्तिलाई सेवा प्रदान गरिएको गुरुङले बताए ।
संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धालाई दुःख नहोस् भनेर आफैँ दूतावास गएर सङ्कलन गरिदिने पनि गुरुङले बताए । लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राहीलगायत स्विडेनवासीले खुशी व्यक्त गरेका थिए ।
नेपाली एशोसिएशन विल्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ । हालैमात्र संस्थाले स्विडेनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरी बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको एशोसिएशनका अध्यक्ष गुरुङले जनाए ।
सात वर्षअघि बेलायतका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत तेजबहादुर क्षेत्रीले सुरु गरेको यो घुम्ती सेवा पुनःसञ्चालनमा आएको हो । रासस |
२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न लण्डन । तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ ।
‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ, नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ’, घोषणापत्रमा भनिएको छ ।
सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिको सीप, अनुभव एवं सम्पर्क सञ्जालको नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।
समापन समारोहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए । पत्रकार भगीरथ योगी तथा डा दिनेश ज्ञवालीले अङ्ग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए ।
शुक्रबारदेखि विभिन्न सत्र सञ्चालन गरिएको र शनिबार लण्डनस्थित नेपाली दूतावासमा औपचारिकरूपमा सुरुआत गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीका बेलामा नेपालीको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरूपमा सम्मेलनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली सङ्घ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिए । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्रा मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गका उपाध्यक्ष ट्रेसी बन्डिग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्र्यु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेमगाहा मगरलगायत वक्ताले शुभकामना दिएका थिए । सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय गरेको छ । |
एनआरएनएको आसन्न चुनाव विधान विपरीत हुन लागेको आरोप काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुले एनआरएनको आसन्न निर्वाचन विधानविपरीत हुन लागेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको आइसिसीका मानार्थ सदस्य नवराज ओली (शनि), एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र आईसिसीको पूर्वसचिव जानकी गुरुङले आगामी दुई वर्षे (२०२१-२०२३) कार्यकालको लागि हुन लागेको चुनाव विधानविपरीत हुन लागेको आरोप लगाएका हुन्।
पत्रकार सम्मेलनमा प्रतिनिधि चयनमा गरिएको गलत कार्यकाविरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि केही सदस्य न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको उनीहरुले बताएका छन्।
केही समय अगाडि एनआरएनका केही प्रतिनिधिहरुले एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटमा अनियमिता भएकोले चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेका थिए। एनआरएनएलाई गलत ढङ्गबाट दुरुपयोग गर्ने कार्यबाट रोक्न बाध्य भएर मन्त्रालय जानुपरेको उनीहरुको भनाई थियो।
त्यस्तै, पत्रकार सम्मेलनमा उनीहरुले रसिया, न्युजिल्याण्ड, साइप्रस, जापानलगायतका देशहरुमा भएको एनआरएनए एनसीसीको चुनाव धाँधलीपूर्ण भएको बताएका थिए । विधान मिचिएर चुनाव गरिएका देशहरूबाट निवेदन आएको भए पनि नेतृत्वले पेलेर जाने नीति हावी रहेको उनीहरुको भनाई थियो ।
पत्रकार सम्मेलनमा मन्त्रालय जानुभन्दा आगाडि अनियमिता बारे किन जानकारी नगराएको भन्ने पत्रकारहरूको प्रश्नमा उनीहरुले छलफलबाटै समस्या समाधानका लागि कुरेको तर, त्यसो नभएपछि वास्तविकता जानकारी गराउनु पर्ने बाध्यता आइपरेको आईसीसी मानार्थ सदस्य ओलीले बताए ।
उनले आपूmहरू एनआरएनएको हक, अधिकार र न्यायका लागि लड्दै आएको बताए । उनका अनुसार अहिले मन्त्रालयले मिति सार्न तथा सम्मेलन रोक्न नभनेको र समस्या समाधान गरेर अगाडि बढ्न भनेको छ ।
पत्रकार सम्मेलनमा आईसिसीको पूर्वसचिव जानकी गुरुङले सबै देशमा समान रूपले निर्वाचन हुनु पर्ने बताएकी छन् । कुनै देशमा एक मापदण्ड र कुनै देशमा अर्को मापदण्ड अपनाइएको आरोप लगाउँदै उनले वर्तमान कार्यसमितिलाई प्रतिनिधि पठाउने जिम्मेवारी दिनु पर्ने र नेतृत्वले अभिभावकको भूमिका खेल्नु पर्ने बताइन् ।
जापानमा विद्यार्थी प्रतिनिधि हुन नपाउने व्यवस्था भए पनि २ हजार २ सय ४० जना विद्यार्थीलाई प्रतिनिधि बनाइएको भन्दै अन्य देशहरुमा पनि भएको अनियमिततालाई छानबिन गर्नु पर्ने उनको धारणा थियो ।
त्यस्तै, आपूmहरूले नेतृत्वलाई विधानविपरीतका कार्य तत्काल रोक्नका लागि आग्रह गरेको र यस विषयमा कुनै सुनुवाइ नभएको एनसिसी अमेरिकाका सल्लाकार खरेलले बताएका छन् । नेतृत्व कब्जा गर्ने गरी कार्य भएको भन्दै उनले संघलाई मर्यादित बनाउनका लागि विधानविपरीतका कार्य रोकेर अगाडि बढ्न आग्रह गरेका छन् ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एनआरएनए आइसिसीका महासचिव हेमराज शर्मा तथा सचिव गौरीराज जोशीले सञ्चालन गरेको सचिवालयले संघको विधानलाई आपूmखुसी व्याख्या गर्ने, आफ्ना अनुकूल नरहेका एनआरएनएलाई बिनाकारण दुःख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदण्ड अपनाउने काम गरेकाले संघको भविष्य र विश्वभरि छरिएका नेपालीहरूको हक, हित र अधिकारको संरक्षणका लागि हामी बाध्य भएर उजुरीको तहसम्म पुग्नु परेको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।’
विज्ञप्तिमा संघका महासचिव शर्माले १५ अगस्टभित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउने पत्र लेखेको र सो बमोजिम अधिकांश एनसिसीहरूले विधानविपरीत एकलौटी रूपमा प्रतिनिधिको नाम पठाएको आरोप लगाइएको छ ।
त्यसैगरी, अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरू नै निर्वाचन प्रक्रियामा सहभागी भएकाले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको विज्ञप्तिमा जनाइएको छ । साथै, संघको वेबसाइटमा समेत प्रतिनिधिको नामावली प्रकाशन नगरिएको उनीहरूको आरोप छ ।
विवादित एनसिसीका बारेमा बेवास्ता गर्ने र नियमसंगत अधिवेशन भएका देशका प्रतिनिधिलाई मान्यता नदिने कामसमेत गरेको उनीहरुको आरोप थियो । साथै, कतिपय ठाउँमा जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको र तोकिएको समय पछाडि प्रतिनिधि बनाउन सदस्य थप्ने, विभिन्न ठाउँबाट अनियमिताका सम्बन्धमा उजुरी आउँदासमेत आइसिसीको बैठक बसेर समाधान नगरेको उनीहरुको भनाई थियो ।
उनीहरुको आसय एनआरएन एनसीसीहरुमा भएका गल्ती कमजोरीलाई सुधार गरेर मात्र आईसीसीको चुनाव गर्नुपर्ने छ । |
मलेसियाबाट एकैदिन ६ श्रमिकको शव र १५ जनाको अस्तु ल्याइयो काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ शव नेपाल ल्याइएको छ ।
यसैगरी १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । आज शनिबार नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।
जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए।
रायमाझीका अनुसार घर फर्किन विमानस्थल पुगेका उनी त्यही ढलेका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। |
जापानद्वारा नेपालसहित देशका आगन्तुक प्रतिबन्ध फुकुवा, क्वारेन्टिनमा नयाँ नियम काठमाडौं । उच्च दरको कोरोना संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले नेपालसहितका केही देशहरुमा लगाएको आगन्तुक प्रतिबन्ध फुकुवा गरेको छ । त्यहाँको विदेश मन्त्रालयले शुक्रबार राति आफ्नो आधिकारिक वेबसाईटमार्फत सूचना प्रकाशित गर्दै जापानको रि–इन्ट्री भिसा भएका नेपाललगायत ४४ देशबाट जापान प्रवेश गर्न चाहने आगन्तुक जापान जान सक्ने जनाएको हो ।
साथै, प्रतिबन्ध फुकुवासँगै क्वारेन्टिनका लागि समेत नयाँ नियमको व्यवस्था गरेको छ । जारी गरिएको सूचनामा सेप्टेम्बर २०, २०२१ बाट नेपालसहित ४४ देशका नागरिकहरु जोसँग जापानको आवासीय भिसा र रि–इन्ट्री भिसा रहेको छ ती व्यक्तिहरु जापानको यात्रा गर्न सक्ने उल्लेख छ ।
अब जापानमा रोजगार, डिपेण्डेन्ट, विद्यार्थी लगायत सबै रि–इन्ट्री भिसा हुनेले जापानको यात्रा गर्न सक्ने छन । तर, रि–इन्ट्री भिसा म्याद सकिएको र पहिलो पटक भिसा पाउनेलाई भने अझै जापान प्रवेशमा रोक लगाइएको छ ।
जापान प्रवेश गर्ने आगन्तुकले पालना गर्नुपर्ने नियमहरुः
जापानको यात्रा गर्ने आगन्तुकहरुले ७२ घण्टा भित्रको कोरोना परीक्षण पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य लिनुपर्ने छ ।
आफनो स्मार्ट मोबाईल फोनमा ३ एप्लिकेसन डाउनलोड गर्नु पर्ने छ । ती एप्लिकेसनमा कन्टयाक्ट ट्रेसिग एफ र स्काइप हुनेछ ।
जापान आइसकेपछि विमानस्थलमा कोभिड–१९ को परिक्षण हुने छ । कोरोना नेगेटिभ देखिएमा जापान सरकारले तोकिएको होटलमा ३ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ यसको खर्च जापान सरकारले व्यहोर्ने छ । ४ दिनको दिन कोभिड–१९ परीक्षण गरि आफ्नो घरमा जान सकिने छ भने कोरोना संक्रमण पोजेटिभ देखिएमा तोकिएको स्थानमा उपचारमा बस्नु पर्ने छ ।
४ दिनको दिन होटलबाट घरमा जान निजी सवारीको प्रयोग गर्नु पर्ने छ र यसको व्यवस्था आफै गर्नु पर्ने छ ।
होटलबाट घरमा जानु अघि जापान इमिग्रेसनमा कोरोना संक्रमण नियन्त्रणका सबै उपाय नियमहरु पालन गर्नेछु भनि लिखित कागज गर्नुपर्ने छ । उल्लेखित नियम पालन नगरेको खण्डमा भिसा रद्दसहित सदाका लागि जापान प्रवेशमा बन्देज गरी अन्य कानुनअनुसार कारवाही हुनेछ ।
घरमा पुगेको ११ दिन पश्चात आफ्नो नियमित काम गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । |
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ। अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ।
बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ।
बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महङ्गो खर्चमा होटलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ।
अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ। अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायतमात्र रहेको हुँदा आफ्नो मागलाई यथोचितरूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ। बिहीबार नै सङ्घले लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ।रासस |
रद्द भयो कतार प्रहरीमा छनोट भएका २ सय जनाको माग काठमाडौं । कतारस्थित नेपाली दुतावासले कतार प्रहरीका लागि पठाएको दुईसय जनाको माग रद्द गरेको छ । दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रालिका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्द गरेको हो ।
म्यानपावरले कामदार भर्ना प्रकृया जारी राखेकै बेलामा नेपाली दुतावासले कामदार पठाउने तयारी रद्द गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको माग श्रम संझौता अनुसार प्रमाणीकरण गर्न अनुमति दिएको केही दिनमै सो म्यानपावरले ल्याएको मागमा कतारको आन्तरिक मन्त्रालयले अन्यत्रबाटै पदपूर्ति भएकोले रद्द गरेको जनाएको छ ।
कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत सो म्यानपावरले कतार प्रहरीमा पठाउने नाममा चर्को सेवा शुल्क असुलिरहेको थियो । उसले प्रतिव्यक्ति कम्तीमा ८ देखि १२ लाख रुपैयाँसम्म उठाइरहेको थियो ।
कतार प्रहरीमा नेपाली युवालाई पठाउने विषयमा म्यानपावर कम्पनी या सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्ने विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो । यस विषयमा गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई केही म्यानपावर कम्पनीले अन्तर्वार्तासमेत लिएका थिए । विभागले मागपत्र प्रमाणीकरण नभइ अन्तर्वार्ता लिएको भन्दै म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो ।
पछिल्लो समय कतार प्रहरीमा नेपाली युवा म्यानपावरमार्फत नै पठाउने निर्णय भएसँगै अहिले आएको कतार प्रहरीको २ सय जनाको माग नेपाली युवाका निम्ति राम्रो अवसर थियो । तर, आर्थिक चलखेल र अन्यत्रबाट युवाहरुलाई भर्ना गरेपनि सो माग पनि गुम्न पुगेको छ ।
|
कतार प्रहरीको डिमाण्ड आएसँगै अल ताक्वेत म्यानपावरले प्रतिव्यक्ति १० लाख बढी असुल्दै काठमाडाैं । कतार प्रहरीको डिमाण्डमा जान हौसिएका एक युवा भन्दै थिए, ‘मेरो सबै काम सकिएको छ, तर म्यानपावरले मसँग साढे १० लाख रुपैयाँ मागिराखेको छ। त्यत्रो पैसा मसँग छैन, सरकारले तोकेअनुसार लाग्ने खर्च दिन्छु भनेको उल्टै मलाई थर्काउछ।’
वैदेशिक रोजगारको लागि कतार पुलिसको डिमाण्डमा जान लागेका ति युवा लाखौं तिर्न नसकेर अहिले अन्योलमा परेका छन् । उनी भन्छन्, ‘मलाई लाने भनेर पहिले नै छानेको हो र मेरो अन्तर्वार्तालगायत सबै प्रक्रिया सकिएको छ तर पैसाकै कारण मलाई पठाउँदैन होला जस्तो छ।’
आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेसँगै अहिले काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले यो दसैं अगाडि नै २ सय जना नेपाली युवा कतार उडाउने तरखर गरिराखेको छ। उसलाई कतार प्रहरीमा काम गर्न जान चाहने २ सय जना युवाहरु कतार पठाउन भ्याइनभ्याई छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले उक्त म्यानपावरलाई पूर्व स्वीकृति दिएको थियो। र, वैदेशिक रोजगारको आकर्षण बनेको कतार प्रहरीको लागि पछिल्लो पटक दुई सय जनाको डिमाण्ड प्रमाणीकरण भएसंगै उक्त म्यानपावरले युवाहरुलाई विभिन्न ठाउँमा राखेर कागजात संकलन गर्ने, लाखौँ रुपैयाँ असुल्ने काम गरिराखेको छ।
नियामानुसार मलेसियालगायत खाडी मुलुकमा नेपाली श्रमिक पठाउदा म्यानपावरहरुले फ्रि भिसा फ्रि टिकटमा पठाउनु पर्ने हुन्छ । तर ती युवाका अनुसार उक्त म्यानपावरका व्यक्ति ठूलै पहुँचवाला नेताको छोराका साथीभाई भएकाले प्रतिव्यक्ति ८ देखि १२ लाख रुपैयाँ विभिन्न ठाउँमा बोलाएर उठाइराखेका छन्।
उनी भन्छन्, ‘त्यो मेनपावरको मान्छे श्रेष्ठसँग कसैले पनि बोल्न सक्दैन रे । उसको नेताको छोरासँग राम्रो सम्बन्ध छ रे । त्यो म्यानपावरले पहिला पनि कतारको राम्रो डिमाण्डमा उसैको छोरालाई राखेर रातिराति इन्टरभ्यू लिएर पठाएको थियो रे।’
सो डिमाण्डमा डकुमेन्ट बुझाउनेहरुमा अधिकांश रोजगारकै क्रममा रहेका नेपाल प्रहरी र सुरक्षाकर्मीहरु समेत रहेको बुझिएको छ । त्यस्तै, कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि धेरै म्यानपावर व्यवसायीहरुले सयौँ युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी पैसा असुलेर कतार पठाइसकेका छन्।
सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन्।
उता, चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वैदेशिक रोजगार विभागले वास्ता गरेको छैन । विभागका एक कर्मचारी भन्छन, ‘कतार प्रहरीमा लाखौं पैसा असुलेको कुरा समाचारमा त सुनेको हो तर यहाँ उजुरी परेको छैन।’
ती कर्मचारीका अनुसार विभागमा उजुरी परेको खण्डमा भने सम्बन्धित म्यानपावरलाई कारवाही गरिने छ। |
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ ! काठमाडौं । वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) ले गरेको वैदेशिक रोजगारीमा पठाउने कम्पनीको समीक्षामा सहभागी एक हजार ५३९ श्रमिकमध्ये ७० प्रतिशतले आफूले पुनः सोही कम्पनीको सेवा नलिने धारणा राखेको देखिएको हो ।
अध्ययनअनुसार ९८ प्रतिशतले सरकारले तोकेकोभन्दा बढी सेवा शुल्क तिरेको बताएका छन् । उनीहरुले एक लाखभन्दा बढी रकम तिरेको बताएका छन् । दुई प्रतिशतले मात्र भर्ना प्रक्रियामा कुनै शुल्क तथा खर्च तिर्नु नपरेको बताएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि मुख्य श्रम गन्तव्य मुलुकका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ र न्यूनतम सेवा शुल्क तोकेको छ भने मलेसिया, संयुक्त अरब इमिरेट्स, मरिससलगायत मुलुकका लागि कुनै शुल्क तिर्नुपर्दैन । अझै पनि ठूलो सङ्ख्याले भर्ना प्रक्रियामा चर्को शुल्क तिर्नुपरेको बताएका छन् ।
अध्ययनका क्रममा झण्डै एक तिहाइले आफूलाई भनिएअनुसार रोजगारी गन्तव्य मुलुकमा नपाएको तथा ५३ प्रतिशतले रोजगारीका क्रममा आफूले पाउने भनिएको तलब नपाएकोे बताएका छन् । यस्तै ९६ प्रतिशतले रोजगारीका दौरान आफ्नो राहदानी आफूलाई राख्न नदिइएको बताएका छन् । छब्बीस दशमलव चार प्रतिशतले मात्र आफू पुनः पहिलेकै रोजगारदाताकोमा रोजगारीका लागि जान इच्छुक रहेको बताएका छन् । यसबाट रोजगारीमा रहेको ठूलो सङ्ख्या रोजगारदातासँग सन्तुष्ट नरहेको देखिएको छ ।
अध्ययनमा सहभागीमध्ये ९५ प्रतिशतले मात्र सो सम्झौतापत्र आफूले पढ्नसक्ने भाषामा रहेको बताएका छन् । कतिपयले भने आफूलाई मौखिकरूपमा मात्र जानकारी दिइएको बताएको अध्ययनमा उल्लेख छ । सहभागीले आफूहरुले स्वतन्त्रतापूर्वक कुनै गन्तव्य मुलुक छाड्न पाउने अधिकारको सम्मान नभएको पनि बताएका छन् । उत्तरदातामध्ये ८३ प्रतिशतभन्दा बढीले आफू स्वदेश फर्कन स्वतन्त्र नरहेको बताएका छन् । चार प्रतिशतले मात्र गन्तव्य मुलुकमा रहँदा कुनै ट्रेड युनियनको सदस्य बन्न पाउने अधिकार रहेको बताएका छन् ।
यसैगरी ८० प्रतिशतले मात्र प्रस्थानपूर्व अभिमुखीकरण तालीम प्राप्त गरेको जनाएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानपूर्व अभिमुखीकरण तालीम अनिवार्य गरेको छ । अभिमुखीकरण तालीम नलिई वैदेशिक रोजगारीमा जान पाइँदैन । उनीहरुले तालीम नलिई प्रमाणपत्र मात्र लिएको देखिन्छ ।
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न नीति अख्तियार गरेको भए पनि ती नीतिको कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ । अध्ययनअनुसार वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिकको भर्ना प्रक्रियामा कानूनविपरीतका अभ्यास हुँदै आएको पाइएको छ ।
अध्ययनको सङ्क्षिप्त प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले आप्रवासी श्रमिकको हक, अधिकार र सेवा सुविधा सुनिश्चित हुनुपर्ने बताए ।
अध्ययनले नेपाली श्रमिकको वैदेशिक रोजगार प्रक्रियालाई थप न्यायोचित बनाउन सरकार, ट्रेड युनियन, सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था, भर्ना प्रक्रियामा संलग्न संस्थाको छाता संस्था, सञ्चार क्षेत्रलगायत सम्पूर्ण निकायका बीचमा थप समन्वय र सहकार्यको खाँचो औँल्याएको छ ।
सन् २०१७ देखि २०२१ अगष्टसम्ममा एक हजार ५३९ नेपाली श्रमिकमा गरिएको अध्ययनका लागि १६ वटा प्रश्न राखिएका थिए । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घले श्रमिकको अधिकार रक्षाका लागि काम गर्दै आएको छ । महासङ्घमा विश्वका १६३ मुलुकका ३३२ ट्रेड युनियन आबद्ध छन् । ती युनियनमा २० करोडभन्दा बढी श्रमिकको आबद्धता रहेको छ । रासस |
इजरायल रोजगारीः अंग्रेजी भाषाको परीक्षा दिएको भोलिपल्टै नतिजा प्रकाशित काठमाडौं । सरकारी संयन्त्र (जीटुजी)मार्फत रोजगारीको लागि १ हजार श्रमिक इजरायल पठाउन हिजो(सोमबार) १ बजे गरिएको अंग्रेजी भाषाको परीक्षाको परीक्षाफल आज(मंगलबार) प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि पठाउन गरिएको अंग्रेजी भाषाको परीक्षा दिएको एक दिनपछि नै परीक्षाफल प्रकाशित गरेको हो ।
इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये रुजु गर्दा ७ हजार ९ जना परीक्षामा सामेल हुने भएका थिए । तर, त्यसमा ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरि कूल २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेका छन् ।
आकर्षक श्रम गन्तव्यका रूपमा हेरिएको इजरायल रोजगारीको लागि असोज १ गतेबाट व्यावसायिक सिप विकास प्रतिष्ठान भैसेपाटी ललितपुरमा अंग्रेजी भाषा पास गर्नेहरुको उचाई र तौल परीक्षण तथा अन्तर्वार्ता हुने विभागले जनाएको छ ।
छनौट भएका उम्मेदवारहरुले उचाई र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन जाँदा र दरखास्त फाराम पेश गर्दा अनलाइन प्रणाली FERMS मार्फत बुझाएका सक्कल कागजात र प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ घण्टा अगावै अनिवार्य उपस्थित हुनु पर्नेछ ।
विभागका अनुसार तोकिएको उचाई र तौल सम्बन्धि मापदण्ड पूरा नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ । तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाणपत्र एवं अनलाइन दरखास्तका साथ पेश गरिएका कागजातहरु प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ ।
|
बहराइनमा आन्दोलनरत नेपालीलाई स्वदेश फिर्तीका लागि पहल काठमाडौं । बहराइनस्थित एन.एच.एस.कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि प्रक्रिया थालिएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार सो कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल भएको हो ।
कम्पनीमा विभिन्न समस्याहरू भएपछि एनएसएच कम्पनीमा कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूतावासले समस्या समाधानको बाटो अघि बढाएको थियो ।
उनीहरुलाई स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिसकिएको दूतावासले जनाएको छ । यहि सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो ।
त्यस्तै, श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसाब मिलाएर मात्रै नेपाल पठाइने दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाली श्रमिकको समस्या समाधानका लागि बहराइन सरकारसमेत सकारात्मक देखिएकाले स्वदेश आउन चाहने नेपाली श्रमिकले अब चाँडै आफ्नो देश आउन पाउने छन् ।
साथै, दूतावासले एनएसएस वा बहराइन कै अन्य स्थानमा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको नियम पूर्ण पालना गर्दै नेपाल र बहराइनबिचको मित्रवत सम्बन्धमा थप टेवा पुर्याउने गरी काम गर्न अनुरोध गरेको छ ।
|
राजनितिक दलको निर्देशनमा एनआरएनएमा परराष्ट्रको हस्तक्षेप : अध्यक्ष पन्त काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सत्तारूढ प्रमुख दलको ठाडो निर्देशनमा परराष्ट्रमार्फत निर्वाचन प्रकृया अघि नबढाउन भन्दै हस्तक्षेप हुनु दुर्भाग्य भएको बताएका छन्।
डीसी नेपालसँग कुरा गर्दै उनले एनआरएनएको आफ्नै विधान व्याख्या समिति र संरक्षक परिषद् हुँदाहुँदै सत्ताधारी दलका हेब्बी वेट का नेता र उनका परिवारबाट परराष्ट्रमा दवाव आएकोले सो पत्र काट्नुपरेको जानकारी आफुले पाएको बताए।
निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र न सार्वजनिक भएको परिस्थितिमा दावी विरोधको समय हुँदाहुँदै दावी–विरोधमाथि छानविन नभई परराष्ट्रले हतासमा निर्वाचन प्रक्रिया रोक्नु भनेर पत्र काट्नु अशोभनीय राजनीतिक हस्तक्षेप भएको उनको जिकिर छ। “यो सरासर राजनीतिक हस्तक्षेप नै हो, दावी विरोेधबारे छानविन नै शुरु नभई एक्कासी लगाइएको आरोपको पछि नलाग्न म अनुरोध गर्दछु। समस्या भएपनि समाधान गर्ने निकाय परराष्ट्र होइन।”
एनआरएनएको वर्तमान कार्यसमितिले संस्थागत सुधारको लागि विशेष अधिवेशन गरेर नयाँ विधान संसोधन गरेको बताउँदै त्यही विधानको आधारमा चुनाव हुन लागेको समेत जानकारी दिए।
मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीसँग पत्र आउनु अघि केही समय कुरा हुँदा उनले यो विषयमा केहि नबताउनु भएकाले पनि यसमा स्वार्थ समुहको योजना अनुसार राजनीतिक हस्तक्षेप भएको बुझ्न सकिने पन्तको दावी छ।
एनआरएनको निर्वाचन तोकिएको समय अक्टोवर तेस्रो सातामा नै हुने बटमलाइनका साथ कुरा गर्न काठमाडौं उड्न लागेको जानकारी दिदैँ पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताए। एनआरएनएको नियामक निकाय परराष्ट्र मन्त्रालय भएता पनि आन्तरिक विषयमा अनावश्यक चासो राखेर सत्ताको दुरुपयोग गर्दै स्वार्थ समूहको चंगुलमा संस्था बुझाउने षडयन्त्र विरुद्ध एकजुट हुन अध्यक्ष पन्तले आग्रह गरे।
एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो। भदौ २५ गतेको पत्रमा यस सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले समिति गठन गरेको जानकारी समेत छ। |
अमेरिकाको ओहायोस्थित घरमा आगलागी हुँदा ५ नेपालीभाषी भुटानीको मृत्यु, कारण अस्पष्ट वासिंगटन डिसी । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बसोबास गर्ने ५ नेपालीभाषी भुटानीको घरमा आगलागीका कारण मृत्यु भएको छ। सेप्टेम्बर १२ तारिक आइतवार राति भएको सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन्।
एक्रोन नर्थहिल क्षेत्रको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको थियो । द समिट काउन्टी मेडिकल एक्जामिनर अफिसले रातिको आगलागीमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्थानीय संचारमाध्यम न्यूज फाइभ क्लिभल्याण्डसँग कुरा गर्दै याम सुब्बाले सो आगलागीमा परी आफ्ना बुबा, कान्छी आमा र तीनजना बच्चाहरुको मृत्यु भएको बताएका छन्।
उनले सो संचारमाध्यमसंग मृतक परिवारको फोटो पनि शेयर गरेका छन् । आगलागीमा परी अरु ४ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।
सुब्बाको घरमा आगो दनदनी भएको छिमेकीले देखेपछि छिमेकीले नै अपतकालीन सेवा ९११ लाई फोन गरेका थिए। समाचारअनुसार, घटनास्थलमा रातिको १ बजे अग्नि नियन्त्रकहरु आइपुगेको र त्यसबेलासम्म सुब्बाको घर जलेको र छिमेकको घरमा पनि सामान्य क्षति पुगेको बताइएको छ।
समाचारअनुसार, एकै परिवारका चारजना बस्ने गरेकोमा केही दिनदेखि छोरी ज्वाईं नाताका ४ जनाको परिवार पनि सो घरमा बस्न पुगेको थियो। राति एक्कासि आगलागी भएपछि सो घरमा बस्ने अर्का एकजना लोग्ने मान्छे भने झ्यालबाट हाम्फालेर बाँच्न सफल भएका थिए भने छोरी ज्वाईंको परिवारका ४ जनामध्ये ३ जना बाँच्न सफल भएका छन्।
आगलागीको कारण के थियो र सो घरमा घटना भएको रात कति मानिसहरु थिए भन्ने स्पष्ट भइसकेको छैन । आगलागीको घटना थाहा पाएपछि स्थानीय भुट्नीज कम्युनिटी एशोसिएसन अफ एक्रोन इन्क भन्ने सामाजिक संस्थाका अध्यक्ष मनोरथ खनाल र अन्य नेपालीभाषी समुदाय घटनास्थल पुगेका थिए।
खनालका अनुसार, के कारणले आगलागी भएको भन्ने स्पष्ट भएको छैन। उनले डिसी नेपालसंग भने,“नेपाली भाषी समुदायका लागि यो ज्यादै दुःखदायी घटना भएको छ, सरकारले यसको अनुसन्धान गरी तथ्य पत्ता लगाइदिन्छ भन्ने आशा छ। कुनै षड्यन्त्र रहेछ भने पनि पत्ता लगाएर परिवारलाई न्याय होस्।” |
मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता काठमाडाैं । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्। महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्। विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्।
छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन्। उनले भनिन्, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छाैँ।” विष्णुमायाले भक्कानिँदै भनिन्।
मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो। अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन्।
काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए। चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ। सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताए। विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन्।रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.