content
stringlengths 20
64.1k
⌀ |
---|
महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित धनगढी । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेको हो ।
सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियो ।
यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित रहेका छन् । |
काठमाडौँ महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानुनी सेवा दिने काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ ।
महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । परामर्श सेवा दिन ल क्याम्पसमा अध्ययनरत ५० विद्यर्थीलाई तालिम प्रदान गरिएको छ । सेवा उपलब्ध गराउन उनीहरु वडा कार्यालयमा स्थापना गरिने हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् । त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्ने आचार्यले बताए ।
क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबीमा अध्ययनरत विद्यार्थीलाई पठाउने तयारी गरेको छ । त्यसैगरी मौखिक कानुनी परामर्शसँगै उक्त कार्यालयबाट सेवा प्रवाहबारे जानकारी दिनुपर्नेछ । विशेषतः सहजरुपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत अत्यावश्यक सेवा प्रवाहमा ध्यान दिनुपर्नेछ । निःशुल्क सेवा उपलब्ध गराएबापत महानगरपालिकाले क्याम्पसबाट तोकिएका व्यक्तिका लागि मासिक रु १५ हजार उपलब्ध गराउनुपर्ने छ । त्यस्तै सेवा दिनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री पनि महानगरपालिकाले नै उपलब्ध गराउनुपर्नेछ ।
उक्त सेवा प्रवाह थालिएसँगै कानुनी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने कामपाको विश्वास छ । उक्त सेवा दिने सम्बन्धमा गत माग १७ गते कामपा र क्याम्पसबीच सम्झौता भएको थियो । |
डा. रुइत जन्मभूमि फर्किँदा ताप्लेजुङ। आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्।
गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। “आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ”, गृहजिल्ला ताप्लेजुङ आएका डा सन्दुक रुइतले भने।
जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताए। सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुगेका हुन्।
आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आउनुभएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका छन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका हुन्।
हजारौँको आँखामा ज्योति दिएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ। सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, “सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ।”
यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनको भनाइ थियो। हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए। ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उनको भनाइ थियो।
यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताएका छन्। यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उनको भनाइ छ।
यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उनले प्रष्ट पारे। यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनले बताए। तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ। उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ।
कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताएका छन्। निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताए। छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उनको भनाइ छ।
टिपताला नाका हाल बन्द रहेको छ। कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ। झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ। सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे।
सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत
सात वर्षको हुँदा उनका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्याएका थिए। उनलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ। बाटोमा हिँड्दै गर्दा उनका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उनले सुनाए।
आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहेको देखिन्थ्यो। “आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ”, डा रुइतले भने।
उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन। गाउँमा बिजुली, टेलिफोन कुरै भएन। याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो। गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे। त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उनलाई लाग्ने गरेको छ। त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उहाँलाई आइरहन्छ।
गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उनलाई लाग्छ। अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन्। राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ। ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ।
डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ। यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गर्नुभएका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गरे।
विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे। उनी अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन्।
उनलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन्। उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गरेको बताए। विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनी पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन्। झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गरेका थिए।
यसैबीच सोमबार गाउँमा पुग्दा उहाँलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन्। विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाउनुभएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि। उनलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए।
तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उनी आफ्नो गाउँमा पुगेका हुन्। शिविरमा उहाँले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गरेका छन्।
गाउँमा फर्किएर ज्योति दिएकामा उहाँप्रति गाउँलेले खुसी व्यक्त गरे। यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए। चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ। बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो।
आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन्। दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन्। |
‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’ टक्सार। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्ने। कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उनले पाएको सेवा । शेर्पाले मोतियाविन्दु भएको आँखाको शल्यक्रिया गराए।
विगत दुई वर्षदेखि देब्रे आँखामा मोतियाविन्दु भएर आँखा देख्न छाडेका शेर्पाले पुनः पहिलाको जस्तै आँखाले देख्न थालेपछि भने, “मेरो आँखा पुनः पहिलेको जस्तै अवस्थामा देख्ने बनाइदिने डाक्टर मेरा लागि त भगवान् नै भए नि !”
आर्थिक समस्या र जिल्ला बाहिर गएर उपचार गराउन नपाउने आँखाका रोगीका लागि गाउँमै आएको शिविर बरदान सावित भएको छ। वृद्ध शेर्पा मात्र होइन धैरै वृद्धवृद्धाले आँखाको ज्योति शिविरबाट पाए। लाक्पाले आफ्नो उपचारमा खटेका डाक्टरलाई अँगालो मार्दै धन्यवादसमेत दिए।
साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडाको जाल्पा माविमा सञ्चालन भएको तीनदिने बृहत् निःशुल्क शिविरमा शल्यक्रिया गराएका रोगीले पहिलाकै जस्तो आँखा देख्न थालेपछि खुसीको सीमा नै नरहेको नेपाल नेत्रज्योति सङ्घ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताइन्।
नेपाल नेत्रज्योति सङ्घ आँखा तथा नाक, कान उपचार केन्द्र भोजपुरको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित शिविरमा विराटनगर आँखा अस्पताल रानीको विशेषज्ञ स्वास्थ्यकर्मीले सेवा दिएका थिए। डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले शिविरमा प्राविधिक सहयोग गरेको हो। भोजपुर जस्तो दुर्गम जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर सेवा दिन पाउँदा आफूहरुलाई पनि मानव सेवाको काम गरेजस्तो महसुस भएको शिविरमा खटिएका डाक्टर आशिष कर्मचार्यको भनाइ छ।
डा कर्मचार्यले भने, “हामी वृद्धवृद्धा आमाबुबालाई गाउँमा आएर शल्यक्रियासहित पुनः पहिलाको अवस्थामा नै ज्योति फर्काउन सफल भयौँ, यो नै ठूलो सेवा हो।” गाउँमा चलेको शिविरमा दुई सय ६३ जनाले आँखाको उपचार पाउनुभयो भने ५९ जनाको मोतिबिन्दु र सात जनाको सामान्य शल्यक्रिया भएको छ।
नेपाल नेत्रज्योति सङ्घ आँखा तथा आँखा, कान उपचार केन्द्र भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रमा सुरु गरेको गाउँ केन्द्रित शिविर प्रभावकारी भएको केन्द्रका प्रमुख विजय तामाङले बताए। उनले जिल्ला सदरमुकाममा समेत शिविर सञ्चालनका लागि तयारी सुरु गरिएको जानकारी दिए। – रासस |
दुई करोड बराबरको जग्गादान गोलबजार। सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ। उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन्।
सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ। वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए।
‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भने, “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ। |
पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी मुगु। छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने। पिठ्युमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन्। सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन्। जहान परिवार पाल्ने आशमा अन्य काम छोडेर घोडासँगै उनी रारामा दौडिने गर्दछन्।
पर्यटक नआउँदा उनको मन सुख्खा रोटीसँगै खाएको पिरो खुर्सानी जस्तै मन पनि पिरो हुन्छ। पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेका छन्।
ति मध्येका एक घोडा व्यवसायी भियाल विगत जस्तो घोडा व्यवसाय खस्कँदै गएको बताउँछन्। विगतका वर्षहरुमा एक घोडा सवार गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका थिए। तर, अहिले रारा ताल हेर्न आउने पर्यटकको संख्या पनि कमि हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन गुजरा चलाउन पनि सकस परेको भियालको गुनासो छ। मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ–धौ रहेको उनको भनाइ छ।
रारा तालमा घुम्न आउनेको संख्यामा कमि भएपछि मुगुका घोडा व्यवसायीको पनि रोजगारीमा समस्या भएको हो। दिनभरी रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी गरेको अर्को घोडा व्यवसायी पप्पु तिरुवाले बताए।
उनका अनुसार भदौ असोज महिना तिर अलि बढि पर्यटक आउँछन्। पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५ सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५ सय र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन्। घोडा चढेको दर रेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ। घोडा चढेको दर रेट निर्धारण नहँुदा पर्यटकहरू ठगिने गरेका छन्।
रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ। हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १० देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठले बताए। |
एम्लबर सभाहल किराँत संग्राहलयको काम अन्तिम चरणमा भोजपुर। किराँत राईहरुको बाहुल्यता रहेको भोजपुरमा संग्रालयसहितको यलम्बर सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। किराँत राईहरुको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको संग्रालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको हो।
कोशी प्रदेश सरकार अन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको करिब रु. तीन करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ।
भोजपुर नगरपालिका ६ देउरालीमा घेराबारासहित चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीन तले सभाहलको पहिलो तलामा किराँत संग्राहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमा माथि २० फिट अग्लो किराँत राईहरुको विभिन्न संस्कारहरुमा प्रयोगमा आउने (वाबुक) चिन्डो राखिने किराँत राई यायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए।
यो संग्राहलयलाई विश्वको रिसर्च सेन्टरको रुपमा विकास गर्ने उनको भनाइ छ ।‘किराँत राईहरुले परापुर्व कालमा प्रयोग गर्ने सामग्रीको संग्रह गर्ने लक्ष्यले यहाँ भवन निर्माण भईरहेको छ’संयोजक राईले भने, ‘यसलाई विश्वलेसमेत रिसर्च गर्ने संग्रालयको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।’
किराँतहरुको विभिन्न संस्कार संस्कृति झल्काउने गरी यहाँ स्थापना हुने संग्रालयलबाट भावी पुस्तालेसमेत इतिहासको जानकारी पाउन सक्ने संयोजक राईको भनाइ छ। संग्रालयले किराँत संस्कृतिको रक्षा गर्न योगदान पुर्याउने उनले बताए।
किराँत सभ्यता अनुसार अरुण नदी पूर्वलाई पल्लो किराँत र सुनकोशी नदी यताको भागलाई माँझ किराँत भनिने भएकाले निर्माण भईरहेको भवन माँझ किराँतमा पर्ने उनको भनाइ छ।
‘किराँत राईहरुको सभ्यता जोगाउनको लागि संग्राहलय निर्माणको अवधारणा अनुसार काम भइरहेको छ’ उनले भने, ‘अहिले निर्माण भईरहेको यो संग्राहलय भवन माँझ किराँतमा पर्छ। यो एउटा किराँत समुदायसँगै भोजपुरबासीको लागि गौरवको कुरा हो।’
भवनको अवलोकन गर्दै कोशी प्रदेश सांसद सिर्जना राईले आवश्यक थप संरचना निर्माणका लागि बजेटको कमि हुन नदिने बताए। आफू किराँत राई यायोक्खा भोजपुुरको अध्यक्ष रहँदा भवन निर्माणको थालनी गरेकोले यसको पूर्णताको लागि भूमिका खेल्ने उनले बताइन्। संग्रालय निर्माणले किराँत सभ्यताको पहिचान जोगाउनमा योगदान पुग्ने सांसद राईको भनाइ छ।
‘यो भवनलाई पूर्णता दिन मेरो ठाउँबाट भूमिका खेल्छु’’ सांसद राईले भनिन्,‘मेरो अगुवाईमा यसको निर्माण थालिको हो। अहिले फरक जिम्मेवारीमा छु । यसको आवश्यक संरचना निर्माणमा बजेट व्यवस्थापन गर्नेमा ध्यान दिन्छु।’
निर्माण कार्य तिव्र गतिमा भईरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ। निर्माण कार्यलाई गुणस्तरीय बनाउन अनुगमन तथा निरीक्षण भईरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका इन्जिनियर रामफुल चौधरीले बताए। भवन निर्माणको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।
‘भवनलाई गुणस्तरीय बनाउन हामीले भूमिका खेलिरहेका छौँ’ उहाँले भने,‘हालसम्म रु.दुई करोड ६४ लाख भुक्तानी भइसकेको छ। अवको केही समयमा नै भवनले पूर्णता पाउँछ।’
संग्रालयसहितको सभाहल भवनले किराँत संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटनमासमेत टेवा पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए। विभिन्न जातजातीको संस्कार संस्कृतिको संरक्षणमा गाउँपालिकाले पनि भूमिका खेलिरहेको उनको भनाइ छ।
‘हामी स्थानीय सरकारले पनि विभिन्न जातजाती, धर्म, संस्कार संकृतिको जर्गेणामा काम गरिहेका छौँ’ अध्यक्ष राईले भने,‘किराँत राई यायोक्खाले थालेको कामलाई सहज बनाउन गाउँपालिकाले पनि केहि आर्थिक सहयोग गरेको छ। हामीले यस्ता कुराको संरक्षण तथा विकासमा ध्यान दिन आवश्यक छ।’
सभाहलको शिलान्यास २०७७ कार्तिक २३ गते कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री शेरधन राईले गरेका थिए।
|
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु काठमाडाैं। काठमाडाैंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।
पछाडि सवार १ जना घाइते भएकी छिन्। मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन्। गम्भीर घाइते भएका उनको काठमाडाैं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हाे।
घाइते भएकी मोटरसाइकलमा पछाडी सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल साेमबार राति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ। |
मिथिलामा तीन दिन होली महोत्तरी। मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ। मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो।
होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ।
“मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ”, महोत्तरीको भङ्गाहा–५ सीतापुरस्थित रामजानकी मठका साधु रामदास बैष्णबले भन्नुभयो, “यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो।”
चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन्। यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ। सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए। “हिजो करिब २२ घडि र आज करिब ३० घडि पूर्णिमाको भोग छ”, उनले भने।
“बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठीक हुन्छ भनिन्छ”, भोलिको होरी तयारीमा रहेका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्छन्, “मङ्गलबार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने ? त्यसैले भोलि मनाइनु ठिक हो।” महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ।
आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ। बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो।
मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला) प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ। |
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो चितवन। जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो।
केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो।
घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ।
पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए। सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ।
कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए। अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले जानकारी दिए।
कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ। |
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा तुलसीपुर। दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।
एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ। उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई/चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ।”
शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगिन्। तर कसैलाई पनि भेटेकी छैनन्। फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछन्। “अफिसमा गए कोही भेटिनुहुन्न”, उनले भनिन्, “फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ ।”
उनी बिरामी पनि छिन्। त्यही पैसा आएपछि शल्यक्रिया गर्ने सोच बनाएको उनी बताउँछिन्। तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि रु छ हजार सो सहकारीमा बचत गरेका छन्। त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ ।
“पसिना बगाएर कमाएर पैसा हो”, उनले भने, “दुःख गरेर बचत गरेको पैसा किन नपाइएको हो, हामीलाई निकै समस्या भयो।” उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनको गुनासो छ।
आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो। अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो । बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन। |
लोप हुँदै होली गीत : जोगिरा सर…सरररररररर… धनुषा।
‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सर र र !!!’
(कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म)
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको छ। होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।
मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साह बताउँछन्।
साहले भने, “होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ। सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो।”
मिथिला नगरपालिका-२ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतो पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी मनले भन्छन्, “पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकाबारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बुढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ।”
“यसपालीको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा…का स्वर नै सुनिन्छन्न् !” वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाइटोलका ७५ वर्षीय रामसागर ठाकुर बताउँछन्।
ठाकुरले भने, “मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, कोही बुढा भएर थलिएका छन, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन्।” वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा…(फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी !!
जोगिरा..सररर..!!’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्।
होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन्।
सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्म संस्कृति प्रति परहेज गर्ने पनि एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ। तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गरे।
ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन। मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका-९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ । यस वर्ष पनि कञ्चनवनमा मिथिला परिक्रमाका यात्रीहरु पुगेर भव्यरुपमा होली खेलेका छन्।
जनकपुरधाम १२ का सतीश लाल कर्ण भन्छन्, “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत बिरलै सुन्न पाइन्छ ।”
दोहोरी गीत झैँ गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । भित्री ग्रामीण क्षेत्रमा कुनै कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ।
क्षीरेश्वरनाथ-७ हरिहरपुरका रामलाल महतो भन्छन्, “होलीको पौराणिकता अब हराइसकेको छ। दिनहुँजसो हुने झै-झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ। होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ। अबको होली होली नभएर भोगवादी र सहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ।”
पहिलेपहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगतरुपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका सत्यनाराण साह बताउँछन्। अब त्यो समय हराएर गएको छ।
अधिकांश युवा कामका लागि अरब कतार खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका अमरलाल कर्ण भन्छन्, “अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्ण भएको छ। भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ।”
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ। फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन्। पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्खल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ। यस्तो गीतमा अश्लील शब्द बढी भएको सखुवाबजारका रामकृपाल जयसवालकोे भनाइ छ।
मिथिलाको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्धरुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेकामा संस्कृतिविद् तथा प्राज्ञ रामभरोस कापडीको जोड छ।
प्राज्ञ कापडी भन्छन्, “पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको छ।”
गाउँघरमा आजभोलि होलीका सांस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ। वसन्त ऋतुको आगमन सँगसँगै वसन्तोत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्थाले यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने अर्का संस्कृतिविद् रमापति चौधरी बताउँछन्।
उनी भन्छन्, “होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून्। होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो।”
पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे। उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए।
हीरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगोमा जलाउँदा होलीका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन। सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने चलन रहिआएको मान्यता छ।
तराई-मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद (मिनाप)ले गाउँगाउँबाट होलियाहरुलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ।
काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरुमा आज होली पर्व मनाइँदै छ भने तराईमा भोलिपल्ट यस पर्व मनाउने गरिन्छ। सरकारले होली पर्वमा सार्वजनिक बिदासमेत दिँदै आएको छ।
अजयकुमार साह/रासस |
तराई मधेसका जिल्लामा सार्वजनिक बिदा काठमाडौं। आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ। फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको हाे।
रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ। |
आज तराई मधेसमा होली, एक आपसमा रंग दलेर मनाइँदै काठमाडौं। तराई-मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई-मधेशमा होली पर्व मनाइँदैछ।
पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ।
तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ।
|
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरी छोडियो काठमाडौँ । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई आज दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई आज बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो । आज बिहानैदेखि उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेक पोइन्ट राखिएको थियो । होलीमा कतिपयले उच्छ्रिङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागुपदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको र दर्जनौँ कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए ।
होहल्ला नगरी, जाँड रक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गर्दा पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको बताइएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए तथा कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाई दिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आज आग्रह गरेको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइने गरिन्छ । |
पोखरामा रङसँगै रमाए विदेशी पर्यटक कास्की । डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिन्थिन् । उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उनले भने, “योभन्दा पहिला नेपाल आउँदा यस्तो रमाइलो भएको छैन । अहिले निकै खुसी छु ।”
सोफीसँगै अन्य तीन साथी थिए । उनीहरू पनि होलीमा रङसँग रमाइरहेका थिए । उनको साथी केराङले रमाइलो गरिरहेको बताए । नेपालको यो पर्वको बारेमा डेनमार्क फर्किएपछि अरु साथीलाई पनि सुनाउने बताए । “पक्का पनि डेकमार्क गएपछि यसका बारेमा अरु साथीलाई भन्नेछु, उनीहरू पनि पक्का खुसी हुनेछन्”, केराङले भने ।
अमेरिकाबाट पोखरा घुम्न आएका टोमेरले रङसँग रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिए । उनले संस्कार र संस्कृतिको सम्मान गर्नसके राम्रो हुने बताए । होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर प्रदान गरेकामा खुसी व्यक्त गरे । “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो । विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ”, ढकालले भने ।
कोरोनापछि विस्तारै पर्यटकको सङ्ख्या बढ्दै गएको उनको प्रतिक्रिया थियो । समय समयमा हुने यस्तो गतिविधिले पर्यटकीय गतिविधि बढ्ने महासचिव ढकालले बताए । अहिले पोखरामा होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए । पोखरा आउने बाटो र हवाई उडानका कारण भनेजस्तो पर्यटक नभएको उनको धारणा छ । “मुग्लिनबाट पोखरा आउने बाटो उस्तै छ । अनि हवाई उडानमा पनि उति सारो मन गर्दैनन्”, उनले भने, “यसमा सरकारले सोच्नुपर्ने हो तर आज जुनरूपमा हर्षोल्लास छाएको छ । यस्तो खालको गतिविधि अझै हुनु जरुरी छ ।”
हर्षोल्लासको पर्वमा अप्रिय घटना हुन नदिन कास्की प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा बनाएको थियो । सोही कारण कुनै अप्रिय घटना हुन नपाएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिए । |
पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला, शव नजिकै विस्फोटक पदार्थ भेटियाे बैतडी । पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ ।
मृतक बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट, टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले जीवन बुडालको शव नजिकबाट विष्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत थप मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सूचक पदमा कार्यरत थिए । बिदामा घर आएका बेला दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन् ।
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । |
वसन्तपुरको होली : प्रेमिल अनि रङ्गीन काठमाडौँ । हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रविन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक पटक वसन्तपुर नपुगी चित्त बुझाउँदैनन् । आज साँझ अबेरसम्मै वसन्तपुर दरबार क्षेत्र होलीमय हुन्छ ।
ती एक प्रेमिल जोडी पनि आज बिहान मैतीदेवीस्थित आफ्नै कोठाबाट एकापसमा रङ्ग दलेर होलीको सुरुआत गरी न्युरोड आइपुगेका हुन् । साथीहरुबीच खुसी साट्दै र रङ्ग दल्दै निस्किए । न्युरोड आइपुग्दा पाँच प्रेमिल जोडीको एक समूह बन्यो । होलीका लागि भनेर तयार पारिएको निखर सेतो टिसर्ट र बजारको ‘फेसनेबल हाफ पाइन्ट’मा थरीथरीका रङ्गको स्पर्शले उनीहरुको शरीर र लगाएको कपडा नै सप्तरङ्गी बनेको थियो । अनुहार चिनिने गरी मात्रै रङ्ग दलिएको थिएन ।
सबैका हातहातमा रङ्गका पोका थिए । वसन्तपुरमा पुगेर फागु खेल्न धोको बाँकी नै थियो । भेटेका अन्य समूहले रङ्ग दल्दा उनीहरु पनि उक्त समूहलाई रङ्ग दलेर ‘ह्याप्पी होली’ भन्दै मच्चीमच्ची उमङ््ग साटासाट गर्थे । त्यो समूहकी एक कृपा शर्माले भनिन्, “यो प्रेमिल अनि रङ्गीन पर्व हो, होलीमा लगाइएको रङ्ग आफैँमा विशेष र स्मरणयोग्य हुने भएकाले यो बेला जोडिने सम्बन्ध अटुट बन्छ ।” त्यही कारण होली पर्व मनाउन कहिल्यै नछुटाउने गरेको उनले बताइन् ।
उनको जस्तै अन्य युवा समूह आ–आफ्नै रङ्गीन संसारमा होली खेल्दै सडकभरि हिँडिरहेका काठमाडौँ चोकचोकमा यत्रतत्र थिए । अन्यत्रको भन्दा बढी मानिसको भीडभाड भने वसन्तपुरमै थियो । मध्य दिउँसो नै न्युरोडदेखि वसन्तपुरसम्मको सडकमा सवारी नै प्रभावित हुने गरी होली पारखीहरु भेला भइसकेका थिए ।
होली मनाउनेहरुको भीडले प्रहरीले त्यहाँको भित्री सडकमा यातायात आवागमन रोकेको थियो । प्रहरीले ठाउँठाउँमा सवारी साधन जाँच अभियानलाई पनि तीव्रता दिइरहेको थियो । तर सवारी साधन न्यून मात्रामा सञ्चालन भएकाले आज पैदल हिँड्नेको जमात बढी थियो । प्रहरी प्रवक्ता पोषराज पोखरेलले होलीमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न बाक्लो प्रहरी परिचालन गरिएको बताए । काठमाडौँको वसन्तपुर मात्रै होइन, कलङ्की, बानेश्वर, कालीमाटी, सुन्धारा, नक्साललगायत उपत्यकाका हरेक क्षेत्रमा युवाहरु समूह बनाएरै होलीमा रमाइरहेका भेटिए । कतै गीत सङ्गीतमा झुमेका पाइए ।
होली सामाजिक एकता र भाइचारा विस्तार गर्ने र सुखदुःख साट्ने पर्व हो । सरकारले होलीमा सार्वजनिक बिदा दिएकाले पनि यसको महत्व विशेष रहेको कुरा स्पष्ट हुन्छ । ‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङ्गहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो”, होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी शुभकामना सन्देश र ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वस छ’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट जारी शुभकामना सन्देशले पनि होली एउटा साझा संस्कृति हो र भाइचारा प्रवर्द्धनको महत्त्वपूर्ण कडी हो भन्न सकिन्छ ।
यस्ता पर्वहरुले आम नेपाली बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु र्याउने विश्वास गर्न सकिन्छ । बोटबिरुवाले पनि रङ्ग बदलेर उमङ्ग थपिदिने समयको सुरुआत होलीबाटै हुन्छ । होलीले वसन्त ऋतुकै प्रतिविम्बित गरिदिन्छ । होली प्रेम र आकर्षणको उत्सव मात्रै होइन सत्य र निष्ठासँग पनि जोडिन्छ ।
होलीमा दलिने सप्तरङ्गी रङ्गले मानव जीवन सधैँ सप्तरङ्गी हुनुपर्छ भन्ने सन्देश पनि दिने न्युरोडमा भेटिएको एक बटुवा कृष्णहरि नेपालले बताए । उनले पछिल्ला समयमा होलीलाई हिलो छ्यापाछ्याप गर्ने, मदिरामा लट्ठिने र जथाभावी रुपमा सवारी चलाएर दुर्घटनाको कारक बन्ने गर्नु उपयुक्त नहुने तर होलीलाई उमङ्गकै रुपमा रङ्ग दलेर खुसी साटासाट गरेर मनाउनुपर्ने बताए ।
होली पर्वमा रङ्ग मात्रै दलिँदैन गीत/सङ्गीत र नृत्य एक साथ पस्किने हुँदा उल्लास थपिदिन्छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त नेपालमा मनाइने होलीलगायतका पर्वहरुले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैको एउटा द्योतक हो होली पर्व ।
होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति हो । फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा समेत लिइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ विजयी गरेपछि होलीको परम्परा सुरु भनेर पनि मान्ने गरिन्छ । त्यही सम्झनामा नेवार समुदायले वसन्तपुरमा रङ्गीन चीर गाडेपछि होली सुरु भएको भनी मान्दै पनि आएका छन् ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी र भक्त प्रह्लाद नजलेको कथासँग होली पर्व जोडिएको छ । अर्को कथा पनि होलीसँग जोडिएको छ । द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशले पठाएकी पुतनाले स्तनमा विष दलेर चुसाउन लाग्दा उनको प्रयास सफल हुन नसकि मारिइन् । त्यो बेला उनलाई जलाएर होली उत्सव गरिएकाले पर्वको सुरुआत भएको पनि मानिन्छ ।
होलीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको प्रतीकका रुपमा स्मरण गरिन्छ र त्यही अनुसार मनाइन्छ । त्यसैको रिस र द्वेष त्यागेर प्रेम र भाइचाराका साथ एकापसमा रङ्ग दलेर होली मनाउनु नै खास होली अर्थात् फागु हो । आज पहाड तथा हिमाली क्षेत्रमा र भोलि तराईमा होली पर्व मनाइन्छ ।रासस |
‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू जनकपुरधाम आइपुगे जनकपुर। मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाम आइपुगेका छन्।
भारतको विशौलबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू पूर्णिमाका दिन सोमबार जनकपुरधाम आइपुगेका हुन्। मंगलबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा पदयात्रा सम्पन्न हुनेछ।
मिथिला माध्यमिकी परिक्रमामा पैदल यात्रीहरू हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा मैदान र विभिन्न मठमन्दिरहरूमा बास बस्ने गर्दछन्। मंगलबार विहान अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन्।
त्यसपछि यात्री तथा श्रद्धालुहरू आ–आफ्नो घर फर्किने छन्। फागुन ८ गते जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा पैदल यात्राको आरम्भ भएको थियो।
हनुमानगढीबाट सुरु भएको पदयात्रा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन्।
माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरू अन्तरगृह परिक्रमामा सहभागी भएमा मोक्षको भागी बन्ने धार्मिक विश्वास रहेको छ। नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन्।
हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन्। मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो। |
बाख्रापालक किसान भन्दछन् : ‘साइलेज मेसिन’ चाहियो घोराही। घोराही उपमहानगरपालिका-२ का गोविन्दहरि भण्डारीले विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। बीस लाख लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आएका उनलाई अहिले घाँसको समस्या भएको छ।
परम्परागत रूपमा थोरै बाख्रापालन गर्ने किसानका लागि खासै समस्या नभए पनि व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानलाई बाख्रालाई खुवाउन आहारको अभाव रहेको जनाइएको छ।
“सिजनमा घाँसको समस्या हुँदैन तर अफ-सिजनमा घाँस नै पाइँदैन’, उनले भने,“यसले गर्दा व्यावसायीलाई महँगो दाना किन्नुपर्ने हुन्छ र दानाले मात्रै बाख्रापालन गरेर नाफा कमाउन सक्ने अवस्था हुँदैन।” व्यावसायिक बाख्रापालनका लागि किसानलाई ‘साइलेज मेसिन’ आवश्यक रहेको उनी बताउँछन्।
सिजनमा धेरै उत्पादन हुने घाँसलाई साइलेज मेसिनका माध्यमबाट जम्मा गरेर पछिसम्म राख्न सकिने वातावरण बन्यो भने बाख्रापालन गर्ने किसानलाई घाँसको समस्या नहुने उनको भनाइ छ।
व्यवसायी भण्डारीका अनुसार उक्त मेसिन २८/२९ लाखमा किन्न सकिने भएकाले स्थानीय सरकारको सहयोग आवश्यक छ। दाना मात्रै खुवाउने, जङ्गलमा चराएर मात्रै बाख्रापालन गर्नसक्ने अवस्था नरहेकाले व्यावसायिक रुपमा अघि बढ्ने किसानले घाँसलाई स्टोर गरेर राख्न अत्यन्त आवश्यक रहेको उनको भनाइ छ।
“नजिकमा वन हुने र वन समूहले चराउन दिँदा चराउने हो तर कतिपय वन जङ्गलमा बाख्रा चराउन पनि पाइँदैन”, उनले भने,“त्यस्तो अवस्थामा व्यवसायीलाई साइलेज मेसिन आवश्यक छ।” परम्परागत रूपमा आफूहरूले घाँसलाई पछिसम्म खुवाउनका लागि बनाएर राख्ने गरे पनि व्यावसायिक बाख्रापालनका लागि त्यो भरपर्दाे छैन।”
यसैगरी अर्का व्यवसायी प्रशान्त बुढाथोकीले जिल्लामा व्यावसायिक रूपमा लागेका किसानलाई घाँसकै समस्या भएको बताउँछन्। विगत दुई वर्षदेखि घोराही उपमहानगरपालिका-८ दुन्द्रामा जयन्ती पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालनमा लागेका उनी उत्पादन भएका बाख्रा बिक्री गर्नुभन्दा पनि पालनका लागि घाँस तथा दाना जुटाउन समस्या हुने गरेको बताउँछन्।
“जिल्लामा बाख्रापालक किसानलाई घाँसको ठूलो समस्या छ। उत्पादन भएका खसी बिक्रीमा छैन”, उनले भने, “सिजनमा खेतबारीमा उत्पादन भएको घाँसले धान्ने गरेपनि सधैँभरिलाई पुग्दैन।” उनी सिजनको घाँसलाई भण्डारण गरेर राख्नका लागि साइलेज मेसिन भइदिए जिल्लाभरका व्यवसायीलाई पशुपालनका लागि सहज हुने बताउँछन्।
दाङ सिर्जनशील पशुपक्षी सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका बुढाथोकीले मेसिन उपलब्धका लागि आर्थिक स्रोत जुटे व्यावसायिक घाँस खेतीका लागि करिब १२ बिघा जमिनसमेत खोजिसकेको बताउँछन्।
“सहकारीले घाँस उत्पादनका लागि जग्गा समेत खोज्ने काम गरिरहेको छ तर मेसिन किन्ने पैसा छैन”, उनले भने, “स्थानीय सरकारले सहयोग गरे व्यवसायीलाई ठूलो सहयोग मिल्ने थियो।” जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसान बढेपनि घाँसको समस्याका कारण धेरै किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ।
व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानले जग्गा भाडामा लिएर घाँसखेती गरेपनि सिँचाइको सुविधा नहुँदा १२ महिना घाँस उत्पादनमा समस्या हुने गरेको व्यवसायी बुढाथोकी बताउँछन्।
उनका अनुसार जिल्लामा सहकारीमा आवद्ध ९६ व्यावसायिक किसान जिल्लामा रहेका छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने भएपछि धेरै युवा वैदेशिक रोजगारी छोडेर यस पेसामा आवद्ध भएका छन्। रासस |
काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ काठमाडौँ। होली पर्वलाई मध्यनजर गरी आज काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ।
आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो।
काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ। यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ।
होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए।
उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए।
होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो। |
पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी मुगु। सोरु गाउँपालिका-९ स्थित विजय माध्यमिक विद्यालय कालैमा अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन्। शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुट्नु परेको छ।
उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत ७८ जना विद्यार्थीले अझैसम्म अर्थशास्त्र र शिक्षा विषयको पुस्तक पाएका छैनन्। साथै कक्षा ८ मा अध्ययनरत २५ जना विधार्थीले पनि कम्प्युटर शिक्षाको किताब पाएका छैनन्।
शैक्षिक सत्र सकिनै लाग्दासम्म अर्थशास्त्र, शिक्षा र कम्प्युटर विषयको किताव नपाएका कक्षा ९ का ७८ जना र कक्षा ८ का २५ जना विद्यार्थी भने पुस्तकविना नै वार्षिक परीक्षाको तयारीमा जुटेका छन्। अघिल्लो वर्षको च्यातिएका किताब संगालेर परीक्षाको तयारीमा जुटेको कक्षा ९ मा अध्ययनरत रिता बमले जानकारी दिइन्।
किताबविना परीक्षा दिनुपर्ने भएको चिन्ता लागेको भन्दै उनले भनिन्, ‘किताब छैन। परीक्षामा प्रश्नको उत्तर कसरी लेख्ने भन्ने चिन्ता लागेको छ।’ आगामी चैत दोस्रो सातादेखि वार्षिक परीक्षा हुने भएकोले विषयगत पुस्तक नपाएका विद्यार्थीहरुमा चिन्ता बढ्न थालेको छ। किताबविना परीक्षा दिँदा अनुत्तीर्ण भइने हो कि भन्ने त्रास विद्यार्थीहरुमा छ।
अघिल्लो वर्ष पनि कक्षा ९ र १० का विद्यार्थीले पुस्तकविना नै वार्षिक परीक्षा दिएका थिए। यस वर्ष पनि सोही नियति यहाँ विद्यार्थीहरुले भोग्न बाध्य भएका छन्। ‘सबै पुस्तक नपाउँदा पढाई कमजोर बन्यो,’ कक्षा ९ का गणेश जैसी प्रश्न गर्छन्, ‘हामीले सबै पुस्तक कहिले पाउने?
यस्तै सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० का विद्यार्थीले पनि सबै पुस्तक पाएका छैनन्। कक्षा १० मा अध्ययानरत विद्यार्थीहरु पुस्तकविना नै एसईई दिन बाध्य हुने भएका छन्।
अहिले कक्षा १० मा जनसंख्या र अर्थशास्त्रका किताब अभाव छ। किताब नपाएका सो विद्यालयलेका विद्यार्थीहरु आगामी १७ चैतबा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुँदै छन् । ‘किताब अभावले कोर्ष सकिएको छैन। तर, परीक्षाको मिति भने सार्वजनिक भइसकेको छ। कसरी परीक्षाको तयारी गर्ने? हामी सबैलाई फेल हुने हो कि भन्ने डर लागेको छ,’ कक्षा १० मा अध्ययनरत छात्रा सन्तोषी रावलले बताइन्।
कक्षा १० मै अध्ययनरत छात्रा विजया लक्ष्मी सुनारका अनुसार अंग्रेजी, गणित, विज्ञान विषयका कोर्ष पनि पूरा भएको छैन। कोर्ष पूरा नहुनुमा पुस्तकको अभाव मात्र होइन शिक्षकहरु पनि शिक्षक सेवा आयोगका परीक्षाको तयारीमा लागेकाले हो। स्थायी नियुक्तिका लागि परीक्षाको तयारी गर्न अर्कै जिल्लामा शिक्षक गएकाले पनि कोर्ष पूरा हुन नसकेको छात्रा रावलले भनिन्।
पुस्तक अभाव झेलेका यी प्रतिनिधि विद्यालय हुन् । मुगुका १४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीले पुस्तक अभावमै परीक्षा दिनुपर्ने भएको छ।
किताब हातमा नपरी विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्था यस वर्ष पनि दोहोरिएको विजय माध्यमिक लिद्यालयका प्रधानध्यापक वीरबहादुर बमले बताए।
‘विद्यार्थीको हातमा किताब छैन भने शिक्षकले पढाएको के अर्थ हुन्छ ? हरेक वर्ष सदरमुकामभन्दा बाहिरका विद्यार्थीलाई पुस्तककै पिरलो हुने गरेको छ,’ उनले भने, किताब हेर्नै नपाई विद्यार्थीले परीक्षा दिनुपर्ने अवस्था छ।’
सडक सुविधा जोडिए पनि पुस्तक अभावको समस्याको अन्त्य हुन सकेको छैन। वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने चैतमा वार्षिक परीक्षा हुने गर्छ। तर, हरेक वर्ष पुस्तक अभाव हुने गरे पनि समस्या समाधान कहिल्यै हुन सकेको छैन।
वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि वर्षायाम लागेपछि मात्र पाठ्यपुस्तक ढुवानी सुरु गर्दा महिनौँसम्म बीच बीचमा रोकिने र अलपत्र पर्ने समस्याले गर्दा विद्यालयमा किताब ढिलो पुस्तक पुग्ने गरेको छ। |
मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी सप्तरी। एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाइँदै आएको होली पर्व शुरू भएसँगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ।
जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षीय सुला रजकले बताए।
उनले भने,´श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै कतमात्रै गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस हुन्थ्यो, ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्योअहिले त्यसमा निकै कमी आएको छ।’
‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए।
उनले थपे,´पहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो। गाउँका केटाकेटी, महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैन।’
समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमी आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले बताइन्।
होलीको अबसरमा गाइने जोगिरा मधेसको पहिचान र गौरव हो। यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भनाइ छ। उनले थपे, ´यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।`
समाजिक सदभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको ताल सँगै सुरु हुने हुने होली पर्वमा परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा,पूरी खाएर रम्दै रंग,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाइने प्रचलन रहेको छ। |
ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सवस्टेशन निर्माण दमाैली। तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सवस्टेशन निर्माण अघि बढाइएको छ। विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो।
विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग सम्झौता भएको थियो।
तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार २०७५ साल मङ्सिर १३ मा कम्पनीसँग अमेरिकी डलर ६१ लाख ५३ हजार दुई सय सात रू १४ करोड ८८ लाख ३१ हजार नौ सय ६७ मा खरिद सम्झौता भएको थियो।
निर्माण व्यवसायीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरी ३३/११ केभी तथा एलटी लाइन निर्माण गरिरहेको छ। घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका–६ मा सवस्टेशन निर्माण सम्पन्न भएको श्रेष्ठले बताए।
घिरिङ सवस्टेशनमा छ/आठ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय तहमा विद्युत् आपूर्तिका लागि सवस्टेशनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । कुल ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ।
सवस्टेशनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति गरिएको छ।
बन्दीपुर गाउँपालिका-६ साराङघाटमा निर्माण गरिएको सवस्टेशनबाट आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति गरिएको छ। यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन्। आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सवस्टेशनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ।
प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका-५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सवस्टेशनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ। यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको बताइएको छ।
आयोजनाअन्तर्गत तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ।
ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको श्रेष्ठले जानकारी दिए। नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो। रासस |
दार्चुलामा ग्यास लिक भएर एक रेष्टुरेन्टमा आगलागी दार्चुला। दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ। जिल्लाको महाकाली नगरपालिका–५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो।
शनिबार दिउँसो भान्सा कोठामा आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने खुलेको छैन। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताउँदै प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। |
मौलिकता गुमाउँदै सुदूरपश्चिमको होली दाेधारा चाँदनी। हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ।
होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ। विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति हुने गरेपनि पछिल्लो समय केवल रङ्गमा मात्रै होली सीमित हुने गरेको छ। साहित्यकार कविराज भट्ट होली प्रस्ुततिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन्।
‘खडी’ होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्ुतत हुन्छ भने ‘बैठी’ होली बसेर तालीसँग खेल्ने गरिन्छ। “अहिलेको पुस्ता त होली भनेपछि रङग दल्ने मात्रै बुझ्न थालेको छ, होलीको आफ्नै मौलिकता छ”, उनले भने, “होलीको महिमा र गरिमालाई अहिलेका पुस्ताले अपनाउनु जरुरी छ।”
होलीमा विभिन्न लोक बाजाको प्रयोग गरिन्छ । देवस्थल, सार्वजनिकस्थल तथा घर–घरमा गएर होली खेल्ने चलन छ। होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ।
होलीमा विभिन्न विषय वस्तुमा आधारित गाथाका साथै आशिर्वादसमेत दिने गरेको पाइन्छ। होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतत्रन्धुले बताए।
“भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ”, उनले भने, “वर्तमान समयमा पश्चिमा संस्कृति हाबी हुँदै गएपछि हाम्रा मौलिक पहिचान बोकेका संस्कृति लोप हुँदै गएका छन्।”
होलीलाई अतिरञ्जनात्मक बनाइ मादकपदार्थ सेवन तथा जथाभावी रङ दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गएको छ। “होलीको मौलिकता हराउनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउनु हो।” पन्तले भने, “यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो।”
होलीमा गाइने लोक गीतसँगै प्रयोग हुने लोकबाजासमेत हराउन थालेको छ। अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने र रमाइलो गर्ने गरिन्छ । हाम्रा लोकबाजा र मौलिक गीत हराउन थालेका छन्।रासस |
विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन खोटाङ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ।
ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो।
सम्झौताअनुसार गत असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट बुझेर लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माणस्थलमा असरल्ल पारेको छ। खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको दुई करोडमा विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत विद्युतीकरणको काम अघि बढाइएको थियो।
अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभीले २०७९ असार २० गतेसम्ममा विद्युतीकरणको काम सक्नेगरी २०७८ फागुन १६ गते एक करोड १० लाखमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाखमा विद्युतीकरणको काम गर्नेगरी ठेक्का सम्झौता गरेको हो।
तर सो कम्पनीले २०७९ असार १ गते ४१ हजार ८५८ रुपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगे यता अन्य उपकरण नलगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर बिजयराज रेग्मीले बताए।
लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरु अलपत्र पारिएका छन्। डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताए। अँधेरी र खैलामा डोजरले अलपत्र तार चुँडाएको छ । ‘हङ्मामा तार छरपष्ट छ। पिक्लाममा पोल लडिरहेको छ,’ राईले भने, ‘डेढ वर्षअघि बल्नुपर्ने बत्ती अझै बलेको छैन । यो विद्युतको लापरवाही हो। ठेकेदारको बदमासी हो।’
लिकुवापोखरीका पुर्ववडाध्यक्ष खड्ग कार्कीका अनुसार निर्माण व्यवसायी दिनेश थापाले ४९ वटा पोल पिक्लाम र बेगुवामा बेवारिसे अवस्थामा राखेको छ। ढुवानीको जिम्मा लिएका भविन कार्कीले हालसम्म भुक्तानी पाएका छैनन्। विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराइरहेकोछ। निर्माण कम्पनीले उपलव्ध सामग्री ढुवानी गरेर एचटि तथा एलटि लाईनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ।
ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीले बताए। विद्युतीकरणका लागि आवश्यक एबिसि केवल, डिस्क, पिन, तार, च्यानल हार्डवेर स्टोरमा रहेको दिक्तेल वितरण केन्द्रले जनाएको छ।
ठेकेदार सम्पर्कविहीन
विद्युतीकरणको ठेक्का लिएको निर्माण कम्पनीले सम्झौता मितिभित्र काम सम्पन्न नगरेपछि २०७९ पुस ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो। थप भएको म्याद पनि कामै नगरी गुज्रिएपछि ठेकेदार कम्पनी पुःन म्याद थपका लागि सम्पर्कमा नआएको प्राधिकरणको दिक्तेल वितरण केन्द्रले जनाएको छ।
विद्युतीकरणको काम अलपत्र पारेपछि २०७९ भदौ ७ गते ताकेता पत्र पठाएको दिक्तेल वितरण केन्द्रले सम्झौता उल्लंघनका विषयमा २०७९ मंसिर १८ गते स्पष्टीकरण माग गरेको थियो। जवाफमा २०७९ मंसिर २५ गते स्पष्टीकरण दर्ता गरेको ठेकेदारले २०७९ माघ ३० गतेसम्ममा सबै काम सक्ने मञ्जुरनामा गरेका थिए।
तर, निर्माण व्यवसायी थापाले फोन नै उठाउन छाडेको लिकुवापोखरीका वडाध्यक्ष धनबहादुर महाराजीले बताए। ‘अहिलेसम्म ८० वटा पोल झारेका छन्। आधा क्वायल तार छरपष्ट परेको देखिन्छ,’ महाराजीले भने, ‘पुस १५ गते फोन गर्दा पाँच दिनपछि आएर काम गर्छु भनेको ठेकेदारले अहिले फोन उठाउन छाडेको छ।’
विद्युतीकरण अलपत्र हुँदा मिटरबक्स पनि थन्किए
विद्युतीकरणको काम अलपत्र हुँदा अधिकांश सेवाग्राहीका मिटरबक्स पनि थन्किएका छन्। लिकुवापोखरीमा प्रतिघर चार हजारका दरले रकम उठाएर लगिएको मिटर बक्स हालसम्म राखेकै ठाउँमा थन्किएका छन्।
लिकुवापोखरीका सेवाग्राहीबाट रकम उठाएर विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक शिव श्रेष्ठले २०७७ भदौमा दिक्तेलबाट ३० सेवाग्राहीको मिटर बक्स लगेर पुर्ववडाध्यक्ष कार्कीको घरमा थुपारेका छन्। लालपुर्जा नभएका सेवाग्राहीबाट श्रेष्ठले मिटर बक्स ल्याउनका लागि प्रतिपरिवार छ हजारका दरले रकम उठाएका थिए। श्रेष्ठले पैसा उठाएर मिटर बक्स खरिद गरेर गाउँमा लगिदिने ठेक्का लिएका हुन्।
विद्युतीकरणको काम अलपत्र पर्दा र ऋणपान गरेर ल्याएको मिटर बक्स हलसम्म प्रयोगमा नआउँदा सेवाग्राही आक्रोशित छन्। विद्युतीकरणका क्रममा मिटर बक्स र घरसम्म पुग्ने तार स्वयं ग्राहकले खरिद गर्नुपर्ने हुन्छ। विपक्षीले राजनीतिक फाइदाका लागि पुर्ववडाध्यक्ष कार्कीले मिटर बक्स आफ्नो घरमा राखेको आरोप लगाउँछन्। कार्कीले भने विद्युतीकरण सकिएपछि लैजानेगरी आफ्नो घरमा मिटर बक्स स्टोर गरिएको बताउँछन्।
कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्राचार
खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले अजिमा–मरिन–चन्द्रकुमारी जेभीको कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्र पठाएको छ।
बोलपत्रदाताले समयमा काम नगरेको हुँदा ठेक्का रद्ध गरिएको उल्लेख गर्दै दिक्तेल वितरण केन्द्रले कृषि विकास बैंक लिमिटेड, स्वयम्भु, काठ्माडौंलाई वितरण केन्द्रको नाममा जारी गरिएको पर्फमेन्स ग्यारेन्टी जफत गराएर वितरण केन्द्रको धरौटी खातामा जम्मा गर्न पत्राचार गरेको हो।
फागुन ८ गते पठाइएको पत्रमा निर्माण कम्पनीको तीन लाख १६ हजार रुपैयाँ पर्फमेन्स ग्यारेन्टी जफत गर्न भनिएको छ। |
अख्तियारमा कर्णालीका ७२ वटा पालिकाविरुद्ध ४८१ वटा उजुरी सुर्खेत। कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसईवीका कारण दुःख दिन उजूरी अख्तियारमा पठाउने गरेको पनि पाइएको छ। उपभोक्ता समितिमा भागबण्डा नमिल्दा, ठेक्का भएका योजनाहरुमा काम नपाउँदा लगायतका कारणले दुःख दिने नियतले प्रायः उजुरी आउने भए पनि कर्णालीका विकट ठाउँमा कामठग प्रवृत्ति मौलाउँदो छ।
९ स्थानीय तह रहेको सुर्खेतमा ५९ वटा उजुरी रहेको छ। सबैभन्दा बढी गुर्भाकोटबाट २२ उजुरी परेको छ। दैलेखका ११ स्थानीय तहमा ९६ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। जसमा नारायण नगरपालिकाबाट २३ वटा अनियमितताका उजुरी दर्ता भएको छ। कालीकोटका नौ स्थानीय तहमध्ये ५४ वटा उजूरी दर्ता छन्।
सबैभन्दा बढी खाँडाचक्र नगरपालिकामा १३ वटा रहेको छ भने सबैभन्दा कम पचालझरनामा १ वटा अनियमितताको उजुरी परेको छ। जुम्लाका ८ स्थानीय तहमध्ये सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाबाट एउटा पनि उजुरी परेको छैन्। जुम्लाका बाँकी ६ वटा स्थानीय तहबाट ३८ वटा उजुरी दर्ता भएका छन्।
सबैभन्दा बढी उजुरी सदरमुकाम समेत रहेको चन्दननाथ नगरपालिकाबाट २३ वटा उजुरी दर्ता भएको छ । मुगुका चार स्थानीय तह रहेकोमा मुगूम कर्मारोङ गाउँपालिकाबाहेक अन्य तीनवटा स्थानीय तहबाट ४९ वटा उजुरी दर्ता भएकोमा सबैभन्दा बढी सदरमुकाम गमगढीमा रहेको छायाँनाथ रारा नगरपालिकाबाट २६ वटा उजूरी दर्ता भएको अख्तियार अनुसन्धान दुरुपयोग आयोग सुर्खेतले जनाएको छ।
डोल्पाका ८ वटा पालिका रहेकोमा छार्कातोङसोङ र डोल्पोवुद्ध गाउँपालिकाबाट उजुरी परेको छैन्। त्यहाँ सञ्चार माध्यमको पहुँच नहुनुका साथै जनसम्पर्क समेत काम हुने भएकाले उजुरी नपरेको हो । काठमाडौँ बसेर डोल्पाको तलब खाने कर्मचारी यिनै दुइ पालिकामा पर्दछन् ।
मंसिरदेखि फागुनसम्म काठमाडौँ बसेर उत्तैबाट तलब भत्ता बुझेको यी दुई पालिकाका कर्मचारीले सेवा प्रवाहसमेत बन्द गरेका थिए। अन्य ६ वटा पालिकाबाट १८ उजुरी परेको छ। सबैभन्दा बढी जगदुल्ला गाउँपालिकाबाट ८ वटा उजूरी दर्ता भएको छ। हुम्लाको सातवटा स्थानीयमध्ये अन्य पालिकाबाट ३९ वटा उजुरी परेको छ। सबैभन्दा बढी अदानचुली गाउँपालिकाबाट मात्रै १४ वटा उजुरी रहेको छ। जाजरकोटका सातवटा पालिकाबाट ४३ वटा उजुरी अख्तियारको कार्यालयमा दर्ता भएको छ।
सल्यानका १० वटै पालिकाबाट ३४ वटा, रुकुम पश्चिमका ६ स्थानीय तहबाट २३ वटा उजूरी दर्ता भएको छ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कर्णालीका स्थानीय तहबाट ४ सय ८१ वटा उजूरी दर्ता भएका हुन्।
जसमा गर्त आर्थिक वर्षबाट हेर्दै आएकोसहित गरेर २ सय ९६ वटा स्थानीय तहको उजूरी अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ। कर्णालीमा उच्च हिमाली जिल्लाहरुबाट भौगलिक विकटता र योजनामा मिलोमत्तोका कारण पनि उजूरी कम पर्ने गरेको आंशका छ।
सबैभन्दा मिलेमत्तो उपल्लो डोल्पाको छार्कातोङसोङ र डोल्पोवुद्ध हुने गरेको चर्चा समय , समयमा हुने गरेको छ। उपल्लो डोल्पामा अनुगमण तथा निरीक्षणका कुनै पनि काम नहुँने भएकाले त्यहाँ के भएको छ भन्ने जानकारी सम्मा नआउने गरेको छ। भौगोलिक विकटतालाई देखाउदै त्यहाँ अनुगमणका काम नहुँदा लुट मचाउन सजिलो हुने गरेको हो। प्रदेश ,संघीय तथा स्थानीय तहले सञ्चालन गरेका कुनै पनि योजनाको अनुगमण तथा निरीक्षणको काम नहुने गरेको हो। |
तोरी खेती प्रवर्द्धन कार्यक्रमले रावाबेँसीमा लहलह तोरी खोटाङ। तोरी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि खोटाङको रावाबेँसी गाउँपालिकाका खेतबारीमा लहलह तोरी फूलेको छ। खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गरेपछि किसानका खेत र बारीमा लहलह तोरी फूलाइएको हो।
रावाबेँसी गाउँपालिका-१ कुभिन्डेको खैरेनी, चालिसे, कुखुरे र बेल्टार, रावाबेँसी गाउँपालिका-२ खार्पाको दसमुरे र जलजले, रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको तिर्पाबेँसीको भू-भाग, रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीको कटहरेबेँसी, खार्पाटार, रावाबेँसी गाउँपालिका-५ दुबेकोलको राउटार, रावाबेँसी गाउँपालिका-६ हौंचुरको हौंचुरबेँसी, गिद्धेबेँसी, टारबेँसी, भैंसेटार लगायतका तोरी क्लष्टरमा पहेँलपुल तोरी फूलेको छ। विशेषगरी धान उपादनका लागि प्रख्यात रावा खोला किनारका खेतमा तोरीले ढाकिएका छन्।
तोरी पेलेर तेल निकाल्ने, पेलेर निस्किएको पिनालाई पशु दानाका रुपमा प्रयोग गर्दै पशुपालन प्रवद्र्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि महुरी पालन गर्ने लगायतका बृहत लक्ष्यका साथ तोरी खेती प्रवर्धन कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए।
छ वडा रहेको गाउँपालिकामा तोरी खेतीका लागि १४ क्लष्टर निर्धारण गरिएको छ। किसानको खेत र बारीमा चक्लाबन्दी तोरी खेती लगाएर तेल उत्पादन गर्दै आयतीत तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।
खाने तेलमा हुने निर्यात खर्चलाई न्युनीकरण गरी तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका एकैसाथ १२५ हेक्टर (दुई हजार पाँच सय रोपनी) जग्गामा चक्लाबन्दी तोरी खेती लगाइएको छ।
खाने तेलमा गाउँपालिकाबाट अनुमानित वार्षिक साँढे तीन करोडदेखि चार करोड रकम बाहिरिने तथ्यलाई मध्यनजर गर्दै तोरी खेतीको योजना अघि सारिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए। चालु आर्थिक वर्ष खाने तेलमा बाहिरिने रकमको करिब ५० प्रतिशत रकम रोक्ने लक्ष्य राखिएको छ।
‘खाने तेलमा मात्रै गाउँपालिकाबाट वर्षमा चार करोडको हाराहारीमा रकम बाहिर जान्छ भन्ने अनुमान छ। बाहिर जाने रकमलाई यस वर्ष ५० प्रतिशतमा झार्ने लक्ष्य छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘मान्छे गाउँ बसेनन्। खेतीयोग्य जग्गा बनमारा घारी भए । गाउँमा रोजगार भएन भन्ने छ। तोरी खेतीबाट स्वरोजगार सिर्जना गर्ने सोच छ । तोरी खेतीलाई तेल उत्पादन गर्नेदेखि महुरी पालनसम्म जोड्ने योजना छ।’
बाँझिदै गएको जग्गालाई उपयोगमा ल्याउने र किसानलाई स्वरोजगार बन्न उत्प्रेरित गर्ने योजना सहित चक्लाबन्दी तोरी खेती प्रवद्र्धन कार्यक्रमको अवधारणा ल्याइएको हो।
तोरीका लागि उर्वर मानिने ठाउँ (क्लष्टर)का किसानलाई मोरङ तोरी र चितवनको लोकल जातको एक हजार २६० केजी उन्नत तोरीको बीउ बाँडिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए।
तोरी लगाएपछि महुरी फस्टाउने भएकाले किसानलाई महुरी पालन र घार निर्माण तालिम लिने तयारी गरिएको छ। ‘गाउँपालिका तेलहन बाली उत्पादनको लागि उर्वरभूमि हुँदाहुँदै पनि वर्षेनी करोड रकम बराबरको खाद्य तेल आयत भइरहेको तथ्य छ,’ कृषि शाखा संयोजक राईले भने, ‘तेल आयतमा हुने खर्चलाई न्युनीकरण गर्ने उद्धेश्यका साथ यस क्षेत्रको उर्बरभूमिलाई उपयोग गरी चक्लाबन्दी तोरी खेती कार्यक्रम सञ्चालन गरिएको हो।’
तोरी पेल्ने मिल खरिद गर्ने निर्णय
तोरी खेती प्रवद्र्धन कार्यक्रम ल्याएसँगै गाउँपालिकाले तोरी पेल्ने मिल खरिद गर्ने निर्णय गरेको छ। गत फागुन १५ गतेको हिउँदेसभाले तोरी पेल्ने मिल खरिद गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले बताए । गत वर्ष लामीडाँडामा राखिएको कुटानीपिसानी मिलमा मात्रै करिब १५ क्वीन्टल तोरी पेलिएको थियो। |
हिमपात भएपछि किसान खुसी मनाङ। हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन्। ङिस्याङ गाउँपालिका-१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए।
“यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। यसपटक ढिला गरी पर्यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उनले भने, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ।”
उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ। “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो। फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उनले भने, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ।”
जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ। “पुसमा हिउँ परेको भए जमिनमुनीसम्म पानीको मात्रा पुग्छ। अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि-माथि नै सुक्छ। बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भने।
कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिए। यसबाट किसानलाई केही राहत मिलेको बताए।
“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उनले भने। बेमौसममा हिमपात बढ्ने देखिएको उनले बताए। “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो। अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका-५ का वडाध्यक्ष थुतेन लामाले भने, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ।”
मनाङ ङिस्याङ-९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताए। “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आङ्शिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ। सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”, उनले भने।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताए। “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उनले भने।
उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन। गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उहाँले जानकारी दिए।
विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो। तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उनले बताए। जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो। यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ।
चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन्। उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन्। यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ। रासस |
सप्तरीमा डिजे बन्द गर्न माग सप्तरी। सप्तरीमा डिजे बन्द गर्न राजनीतिक दलका नेताहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गरेका छन्। राजनीतिक दलका नेताहरूले डिजेले एक किसिमको आतंक मच्चाउँदै आएकोले तत्काल रोक्न आग्रह गरे।
पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका कारण स्वस्थ्य व्यक्ति पनि अस्वस्थ्य हुन थालेकोले डिजे अविलम्ब बन्द गर्न माग गरेका हुन्। उनले डिजेको साउन्डले मुटुको धड्कन बढाउँदै व्यक्तिको ज्यानसमेत लिन सक्ने भएकोले यसलाई तत्काल नरोके दुर्घटना हुन सक्ने बताए।
नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले केही दिन अगाडि मात्रै डिजे बजाउँदा महादेवा गाउँपालिकामा एक व्यक्तिको ज्यानै गएको जानकारी गराउँदै उनले पनि डिजे बन्द गर्न माग गरे। डिजे बन्द नभए धेरै व्यक्ति मुटुको रोगी हुन सक्ने भन्दै उनले अविलम्ब बन्द गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी थापाले डिजे बन्द गराउन प्रशासन तयार रहेको बताए। यसबारेमा छिट्टै निर्णय गर्ने जानकारी समेत दिए।
|
झापामा मह प्रशोधन उद्योग सञ्चालनमा दमक। झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ। मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो।
सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताइन्।
उनले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिइन्। व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ। अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताइन्।
उनका अनुसार पहिलो चरणमा सो उद्योगमा सात महिलाले रोजगारी पाएकी छन्। शिवसताक्षी–११ मा बासिन्दाले सरदर १० देखि दुई सय ५० घारसम्म माहुरी पालेकी छन्।
मौरीपालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ। |
महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै कञ्चनपुर। पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो।
यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताए। उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नति भइरहेको छ। सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताए।
“दश पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ”, उनले भने, “सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको छ ।” ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्ने कार्य भइरहेको उनको भनाइ छ । गत वर्ष सडक वोर्डबाट राजमार्गको भाँसी सडकखण्ड चौडा गर्ने कार्य गरिएको थियो।
गड्डाचौकी, दैजी, सिसैयालगायत सडकखण्डमा सडक चौडा गर्ने कार्य यसअघि नै गरिएको छ। सडक चौडा गर्ने कार्यका लागि मुमताज कन्ट्रक्सन, जसलिङ्ग जेभी र कल्भर्ट चौडा गर्नका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको छ।
पुराना ठेक्काबाट बचेको रकमबाट पुनःबोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको कार्य अगाडि बढाइँदै आएको छ। चालु आवको असार मसान्तसम्म सडक र कल्भर्ट चौडा गर्ने कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सात वटामा सडक निर्माणको कार्य गरी रहेको छ। “जग्गा प्राप्ति नहुँदा एक वटा निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि बढ्न सकेको छैन”, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, “बाँकी सातमा कार्य अगाडि बढेको छ ।”
सडक स्तरोन्नतिको प्रगति हालसम्म १५ प्रतिशतसम्म छ। “दुई वर्षभित्रै सडक स्तरोन्नति गरी सक्नुपर्ने गरी ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ”, उनले भने, “सातवटै सडक स्तरोन्नतिका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।” सात वटै सडक आठदेखि १० किलोमिटरका छन् । |
जुगल हिमालको फेदमा किशोरीलाई पर्वतारोहण तालिम मेलम्ची। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर एक सय छजना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन्।
विश्व समावेशी साहसी संस्था जिआइएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको थियो।
किशोरीलाई जुगल गाउँपालिकाको तीनदिने यात्राका क्रममा जिल्लाभरको इतिहास, भूगोल र धर्मसंस्कृतिबारे जानकारी दिइएको थियो।
स्थानीयस्तरमा पर्वतारोहणको कला सिकाइ पर्यटन प्रवद्र्धनको विकासका लागि सहयोग पुग्ने जुगल गाउँपालिका पर्यटन समिति संयोजक मिलन तामाङले जानकारी दिए। तालिमपछि मात्र नतिजा आउने उनको भनाइ छ।
सहभागीमध्ये ३५ जनालाई माउन्टेन गाइडका रुपमा तयार गरिने तामाङले बताए। पाँचजना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहणसम्बन्धी सम्पूर्ण तालिमअन्तर्गत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, हिमाल चढ्न आवश्यक सामग्री र तयारीबारे सिकाइएको थियो।
एघार प्रशिक्षकले उनीहरुलाई तालिम प्रदान गरेका थिए। |
लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ काठमाडौं । लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएकाले पक्राउ गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले गएराति राजधानी भित्रिने प्रमुख नाका नागढुङ्गामा गरेको विशेष चेकका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बलम्बु पठाइएको छ । निजहरुलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उहाँका अनुसार लागुऔषध सेवन गरी चलाइएका सवारीसाधन र चालकमा बा २ ख १२४४ नं को हाइसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हाइसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हाइसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हाइसका चालक बाराका ३८ वर्षीय रामप्रसाद आचार्य, ग १ ख २८१९ नम्बरको हाइसका चालक कास्कीका २६ वर्षीय नवीन बिक छन् ।
यसैगरी प्रदेश २–०३–००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्यामकुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय विक्रम दमाइँ र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरे रहेका र उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषधसमेत सेवन गरेर सवारीसाधन चलाउने चालकहरु भेटिन थालेपछि लागुऔषध चेक अभियानलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । |
फेवाताल डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु कास्की । फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।
अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । |
जनताको पहुँचमा इन्टरनेट पुर्याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको उल्लेख गरिन् । सरकारका प्रवक्ता समेत रहेका उनले दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
मन्त्री शर्माले भनिन्, “सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन म विशेष आग्रह गर्न चाहन्छु, प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ ।” उनले प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमनको व्यवस्था गर्न पनि आग्रह गरिन् ।
विश्वव्यापीरुपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको औँल्याइन् । दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानुनी तथा संरचनागतरुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसङ्गति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ, यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइडलाई सम्बोधन गर्नुपर्ने बताइन् ।
“विश्वमा दूरसञ्चार तथा सूचना प्रविधिको महत्व, औचित्य र आवश्यकता दिनदिनै बढिरहेको छ, अहिले दूरसञ्चार सेवा अत्यावश्यकीय सेवाका रुपमा स्थापित भइसकेको छ, यसले जनजीविकाका सबै आयामलाई प्रभावित गर्दछ”, उनले भनिन् । सूचना प्रविधिको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर कूल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान गर्ने बेला आएको मन्त्री शर्माको भनाइ छ ।
प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी सञ्चालित आयोजनाको नतिजा, भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न अब ढिलाइ गर्न नहुनेमा जोड दिँदै उनले दूरसञ्चार कोषको रकमबाट दूरसञ्चार पूर्वाधार र दूरसञ्चार सेवा प्रवाहको प्रभावकारी व्यवस्थाका लागि प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन पनि सुझाव दिइन् । मन्त्री शर्माले काठमाडौँ उपत्यकालगायत मुख्य सहरका विभिन्न बजार, गल्ली, सडक, पेटीलगायत स्थानमा अव्यवस्थितरुपमा छरिएका र झुन्डिएका तार केबललाई विभिन्न सरोकारवाला निकायको भूमिकासहित निश्चित मापदण्ड बनाएर भूमिगत केबल प्रणालीको विकास गर्ने कार्ययोजना बनाउन जरुरी रहेको उल्लेख गरिन् ।
मन्त्री शर्माले भनिन्, “मध्यपहाडी लोकमार्गलाई जोड्ने जिल्ला सदरमुकम तथा उत्तरदक्षिण मार्गमा अप्टिकल फाइबर बिछ्याई राष्ट्रिय सूचना महामार्ग तयार पार्ने, देशभरका सबै जिल्ला सदरमुकाम, नगरपालिका, गाउँपालिका, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड सेवा पु¥याउने कार्यलाई द्रूत रुपमा अघि बढाउनु आवश्यक छ ।”
‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ मा परिकल्पना गरिएको डिजिटल नेपालको अवधारणालाई मूर्तरुप दिन नेपाल दूरसञ्चार प्राधिकरणले खासगरी डिजिटल फाउन्डेसनको क्षेत्रमा पूर्वाधार निर्माण तथा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री शर्माले साइबर सुरक्षा, तथ्याङ्कको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ भनिन् । |
आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया भजनी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन ।
छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन् । उनीहरुले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रुपमा मतदाताले उठाएका थिए । व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ ।
कैलालीको टीकापुर नगरपालिका–५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ । यहाँ करिब चार सय चौपाया राखिएका छन् । तर चौपायालाई आहाराको समस्या छ । उनीहरु भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन् । छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन ।
“चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्”, स्थानीय एकराज पण्डित भन्छन्, “व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन ।” स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन् । तर उनीहरुका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उनको आरोप छ ।
स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउँछन् । यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उनको भनाइ छ । टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरी वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताउँछन् ।
“वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ”, उनले भने–“एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ । हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन ।”
टीकापुर नगरपालिकाले वार्षिक रु २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ । उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ । बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारू बताउँछन् । नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उनले छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिए ।
“दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ । यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ”, नगरप्रमुख थारू भन्छन्, “हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ । उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ ।”
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताउँछन् । छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उनको भनाइ छ । “छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन । उनीहरुलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो”, प्रदेशसभा सदस्य चौधरीले भने, “भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”
कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ । यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन । छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ । व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ । छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भिर बन्न सकेका छैनन् । छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ । |
फेवातालमा डुंगा दुर्घटनामा परेका १० जना उद्धार काठमाडौं । पोखराको फेवातालमा डुङ्गा दुर्घटनामा परेका १० जनाको सशस्त्र प्रहरीले जिबितै उद्धार गरेको छ । शनिबार दिउसो अचानक आएको हावाहुरीका कारण दुई वटा डुङ्गा र ४ वटा कायाक पल्टिँदा त्यसमा रहेका १० जना व्यक्ती तालमा डुबेका थिए ।
तालमा डुङ्गा र कायाक डुबे लगत्तै फेवाताल रेस्क्यु टावर सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलिले सकुशल उद्दार गरेको हो ।
दुई वटा डुङ्गामा ६ जना तथा ४ वटा कायाकमा १/१ जना थिए । उद्दार गरिएका मध्ये ९ जना सकुसल छन् भने कास्की जिल्ला पोखरा महानरपालिका –१ बगर बस्ने वर्ष ७० कि याममाया गिरि घाइते भएकी छिन् ।
डुङ्गाले च्यापेको अवस्थामा फेला परेकी गिरिलाइ गण्डकी स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी बलको केन्द्रीय सूचना शाखाले जनाए अनुसार डुङ्गामा रहेका सबै नागरिक कास्की जिल्लाकै हुन भने कायाकमा रहेका ४ जना काठमाडौं बाट पोखरा घुम्न गएका थिए । |
दुर्गा प्रसाईको आन्दोलनमा ‘राजतन्त्र मुर्दावाद’को नारा लागेपछि… काठमाडौं । दुर्गा प्रसाईले संचालन गरेको ‘राष्ट्र बचाउ अभियान’ले बानेश्वर संसद भवन अगाडी गरेको ‘राजतन्त्र मुर्दावाद’ को नारा लागेको छ ।
प्रदर्शनकारी राजतन्त्र मुर्दावाद भन्दै नारा लगाएका हुन । उक्त नारालागे पछि प्रदर्शनकारी एकछिन अलमलमा परेका थिए ।
बानेश्वर विभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत वक्ताहरुले सम्बोधन गरेका छन् ।
प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।
पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो |
धनुषामा ८ महिना भित्र ६४५ फरार अभियुक्त पक्राउ जनकपुर। धनुषा प्रहरीले गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन । उनका अनुसार यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उनका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।
‘जिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छाैं, उनले भने । उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको छन् ।
यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरी नियन्त्रणमा राखिएकाले आवाश्यक कारबाही गरी छाडने र मुद्धा चलाउने कार्य गरिएको उनको भनाई छ ।
प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरी कारबाही चलाउन निर्देशन पछि सोही अनुसार कारबाही अभियान चलाईएको र सो अभियान अब पनि जारी रहने प्रहरी उपरीक्षक खडकाले जानकारी दिए । |
मर्दी हिमाल पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याइँदै कास्की । जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ । हाल मर्दीमा क्षेत्रभरिका पर्यटक भेटिन्छन् । पर्यटकलाई सेवा दिन यहाँ सानाठूला गरी ८० होटल तथा रेष्टुरेन्ट खुलेका छन् ।
बर्सेनी पर्यटक वृद्धि भए पनि पर्यटकले विद्युत्, इन्टरनेट र टेलिफोनको सुविधा पदयात्रामा पाउन सकेका छैनन् । मर्दीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्न समस्या छ ।
मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ । त्यसबाट पर्यटकले हैरानी पाउने गरेका छन् । बिजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो । मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि अब भने मर्दी पदयात्रामा प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारको तयारी गरेको छ ।
मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पु¥याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर सम्झौताको तयारी भएको माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङले बताए । उनले भने, “हामीले लामो समयदेखि मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौँ, अहिले केन्द्रीय प्रसारण लाइनबाट बिजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान भएर केही दिनमा खुल्दैछ, मर्दीको पर्यटनमा यसले ठूलो योगदान पुग्नेछ ।”
विद्युत् विस्तारका लागि माछापुच्छ«ेको सिदिङ वा कालीमाटीको ट्रान्सफर्मरबाट माथिल्लो क्याम्पसम्म हाइटेन्सनमार्फत लैजाने गरी पोखरा वितरण केन्द्रले गत वर्ष अध्ययन गरे पनि काम सुरु भएको थिएन । यस वर्षको सुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो ।
मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको बताए । मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो ।
“मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली बत्तीको थियो, बिजुली नहुँदा पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन, पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन, अहिले बिजुली लैजान ठेक्का आह्वानसँगै हामी उत्साहित छौँ”, पर्यटन व्यवसायी भण्डारीले भने ।
मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा समस्यामा परेको पर्यटन व्यवसायीको गुनासो थियो । मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा पर्यटकलाई सेवा दिनका लागि होटल सञ्चालनमा छन् । |
आँबुखैरेनीमा हाटबजार सञ्चालन तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।
उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गरे । सो अवसरमा सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताए ।
आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । गाउँपालिका कार्यालयको करिब रु ४० लाख लागतमा वार्षिक रु दुई लाख ५० हजार भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उनले बताए ।
कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारीलगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिबार सञ्चालन गरेकाले हप्तामा एक दिन शुक्रबार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।
कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्यलगायतका वस्तु सुपथ मूल्यमा बिक्री वितरणका लागि व्यवस्था मिलाइने सूचना अधिकारी इञ्जीनियर निरोज श्रेष्ठले जानकारी दिए । गत वर्ष नै हाटबजार सञ्चालनमा ल्याउन लागे पनि कोरोनाका कारण सुरु गर्न सकिएको थिएन । अहिले सहज स्थिति भएकाले हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार उद्घाटन कार्यक्रम व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।
हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार एकाइ प्रतिनिधि, व्यवासासीलगायतको कार्यसमिति गठन गरेर काम गर्न लागेको बताइएको छ । |
रारा जाँंदै हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्, अब सुविधासम्पन्न रिसोर्टमा बस्न पाइन्छ काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।
मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।
रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले जनाए । मुगुको रारामा २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराए । मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उनले जनाए ।
रिसोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।
रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँंमा होटल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ ।
नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म रहेका विभिन्न पेशामा आबढ्व रहेकाहरुको लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको सञ्चालकहरुले जनाएका छन् । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको उनीहरुले जनाए । यसअघि रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गरिएको थियो । |
लमजुङमान नौ दिने पदमार्ग पहिचान: हनी हन्टिङ, झरना, गुफादेखि भेडिगोठसम्म लमजुङ। दोर्दी गाउँपालिकाले उच्च पहाडी भेगमा ३ वटा पदमार्ग पहिचान गरेको छ। पदमार्गमा भीडीगोठहरु भएकाले दोर्दी गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ को अवधारणा अघि सारेको छ।
मानव बस्ती नभएका र होटलहरु समेत नरहेको अवस्थामा भीडीगोठमै बास बस्न मिल्ने गरी व्यवस्थापन गर्ने अवधारणा अघि सारिएको छ। ‘हामी भेडिगोठलाई आधारभूत सुविधाहरुसहित सेल्टरको रुपमा विकास गर्न चाहन्छौं दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले भने।
उनले गाउँपालिकाले ४ दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए। गाउँपालिका अन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ रहेको र मानवबस्ती साथै सडक सञ्जालभन्दा टाढा रहेकाले यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुने बताए।
अधिकारीका अनुसार दोर्दी गाउँपालिका ४ को नौथरसेराबाट सुरु भएर इलमपोखरी, लिपेलेक हुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदयात्रा गर्न सकिन्छ। यस्तै, नौथर सेराबाट इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा ८ दिनको यात्रा गर्न सकिन्छ। नौथरसेरा इलमपोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमेपोखरी, कुम्रोडाँडा, बाह्रपोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेंसीसहरसम्मको ११ दिनको पदयात्रा पनि गर्न सकिन्छ।
अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालीगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढी साथै हिमश्रृंगखलालगायतको दृश्यावलोकन गर्न सकिन्छ। ती क्षेत्रमा हालसम्म पदमार्गको पहिचान, पोखरीको पुनःसंरचनाका साथै प्रचारप्रसार तथा भेडीगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको अधिकारीको भनाइ छ। |
रारा जाँदै हुनुहुन्छ? चिन्ता नगर्नुहोस् काठमाडौं। मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ। धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ। स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ।
रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले जनाए। मुगुको रारामा २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराए। मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उनले जनाए।
रिसोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ। यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ।
अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले संख्या पनि उल्लेख्य देखिन्छ। विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो। यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए।
रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन्। बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ।
यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँंमा होटल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका विभिन्न पेशामा आबढ्व रहेकाहरुको लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको सञ्चालकहरुले जनाएका छन्।
सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको उनीहरुले जनाए। यसअघि रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गरिएको थियो। |
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण काठमाडौं। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका हुन्।
उनले भने, “गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ।”
दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो।
केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा श्रेष्ठले जानकारी दिए।
डा श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून सङ्ख्यामा अङ्ग दान हुने गरेको छ। मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा श्रेष्ठले बताए।
“विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ। तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधरणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको सङ्ख्या न्यून रहेको छ”, उनले भने।
मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाको अभावका कारण अङ्ग प्रत्यारोपणका लागि अङ्ग दान गर्नेको सङ्ख्या बढ्न नसकेको बताए। उनले भने, “मस्तिष्क मृत्युपश्चात् अङ्गदान गर्नसके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। तर जनचेतना अभावका कारण अङ्गदान गर्नेको सङ्ख्या बढ्न नसक्नु दुःखद कुरा हो। ”
कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे, डा ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो। मिर्गौला प्रत्यारोपण कार्यमा प्रा डा राकेशकुमार वर्मा, प्रा डा पवन चालिसे, डा दिपेश श्रेष्ठ, डा रविकिरण गौतम, डा हरि बराल र डा रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो। एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा र डा रश्मित श्रेष्ठको सहभागिता थियो। रासस |
सर्लाहीमा सर्प सल्बलाउन थाले सर्लाही। मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन्। गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ।
बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई आज उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ।
फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो।
“मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट घाइते भएका बिरामी बढ्न थालेका छन्”, स्वास्थ्य सहायक अनिल कुशवाहले थपे, “सर्पको डसाइबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किने गरेका छन्।”
पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा पर्ने लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा आव २०७७\०७८ मा छ सय ३९ र त्यसपछिको २०७८\०७९ मा सात सय नौ सय बिरामी उपचारको खोजीमा आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
आव २०७९\८० को वैशाख–असारमा दुई सय ७३, साउन–असोजमा ८८ र कात्तिक–पुस महिनामा ५३ सर्पको डसाइबाट पीडित बनेका बिरामीलाई उपचार सेवा दिइएको केन्द्रका अहेव प्रभु पण्डितले जानकारी दिए।
उनले भने, “माघ महिनामा चार र फागुन महिनाको हालसम्म पाँच जनालाई केन्द्रले उपचार सेवा प्रदान गरेको छ।” उनका अनुसार आव २०७०\०७१ मा एक जना बच्चा र २०६३\०६४ मा एक महिलाको केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो।
उनीहरू उपचारका लागि ढिलो आएका थिए । केन्द्रमा उपचारका लागि आएका सबै सकुशल घर फर्काईएका छन्।
तथ्याङ्कअनुसार जाडो मौसममा भन्दा गर्मीयाममा सर्पदंशका घटना बढी हुने गरेको छ। मौसम तातिएसँगै सल्बलाउने सबै सर्प विषालु नहुने कुरा केन्द्रका स्वास्थ्य सहायक जगरनाथ यादवको भनाइ छ।
चुरे पर्वती फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेत, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन्। सिरिसे, सुगीया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, हरहरा, तेलियाँ, धामनलगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ।
गर्मी मौसममा सर्पको डसाइको जोखिम धेरै हुने भएकाले अँध्यारोमा टर्चलाइट, घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उपचार केन्द्रका स्वास्थ्य सहायक कुशवाहको भनाइ छ। |
छ लेन सडकले फेरियो धनगढीको मुहार अत्तरिया। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ। धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो।
धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो। छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ। धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको छ।
छ लेन सडकमा पहिलो चरणमा छ दशमलव छ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो।
उपमहानगरपालिका इन्जिनीयर दिजराज भट्टका अनुसार सडकबत्ती जडानका लागि रु दुई करोड ६९ लाख ५८ हजार चार सय १० खर्च भएको छ।
उपमहानगरको रु एक करोड ६१ लाख ७५ हजार ४६ र नेपाल विद्युत् प्राधिकरणको एक करोड सात लाख ८३ हजार तीन सय ६४ लगानीमा बत्ती जडान भएको हो।
छोटो समयमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख श्रीराम पोखरेलले बताए। “धनगढीमा नगरप्रमुखको सक्रियताले बत्ती बलेको छ”, उनले भने, ‘नमूनाका रूपमा काम भएको छ । अन्य ठाउँका लागि पनि सिकाइ हुनसक्छ ।”
उनले सम्झौता भएको छदेखि सात महिनामा बत्ती बाल्न सकिएको बताए। “उज्यालो बढी, महसुल पनि कम आउँछ”, उनले भने, “रात कम बेलुका एकदम चम्किलो र लुक्स पनि राम्रो हुन्छ, त्यसले गर्दा विभागले स्मार्ट फिचर राखेको हो।”
धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको हो। धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडकबत्ती जडानको काम पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताए।
“धनगढी प्रदेशको राजधानी हो। यहाँ प्रवेश गर्ने बित्तिकै नागरिकलाई केही नयाँपनको अनुभूति होस् भन्ने हेतुले छ लेन सडकमा सुरुआत भएको छ”, उनले भने, “उपमहानरगरको १९ वटै वडालाई उज्यालो बनाउनुछ।” उनले सडकमा बत्तीमात्र नभई ‘ग्रिनबिल्ड’ समेत बनाउने उद्देश्य रहेको बताए।
उपमहानगरभित्रको क्षेत्रमा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडकबत्ती जडान गरिएको नगरप्रमुख हमालले जानकारी दिए।
सडकमा पहिलो चरणमा दुई सय १६ पोलमा चार सय ३२ वटा लाइट जडान गरिएको छ। स्मार्ट सडकबत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ।
दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गर्ने भएको छ। दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य रहेको छ।
छ लेन सकडलाई हरियाली बनाउने उद्देश्यका साथ बोटबिरुवा तथा फूलहरूको रोपण कार्यलाई पनि तीव्र पारिएको छ। सडक निर्माणका साथै सडक बत्तीले शहरको सौन्र्दय थपिएको धनगढी–३ का जयराज भट्टले बताए।
“धनगढी ठूलो सिटी भइसक्यो”, उनले भने, “सडक पूर्वाधार निर्माण हुँदैछन्। तर, नागरिकहरू भने अझै जागरुक भएका छैनन्।” केही महिना अगाडि धनगढीका सडकमा यत्रतत्र देखिने फोहरसमेत अहिले देखिन छाडेको उनले बताए।
धनगढीको छ लेन सडक केही फिनिसिङबाहेक काम सम्पन्न भएको छ। यस सडकअन्तर्गत पर्ने सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण कार्य जारी छ।
सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ।
छ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किमी सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम भइरहेको छ।
धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, शहीद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै १० किलोमिटरको सडक स्तरोन्नति भइरहेको हो।
कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सन २०२० जुलाई १२ मा सम्झौता गरिएको थियो। सम्झौताको समयावधि आगामी जेठसम्मका लागि थप गरिएको छ।
क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सात वटा सडकको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि छ। चार महिनाको अवधिमा सडक निमार्णको सबै काम सक्ने दाबी निर्माण कम्पनीको छ।
कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले जेठभित्र धनगढीका सडक निर्माणको काम सक्ने बताए। उनले भने, “धनगढीको मुख्य सडकको काम पनि सुरु भएको छ। जेठसम्म समय छ। जेठभित्र सबै काम सकेर हामी फर्किन्छौँ। जेठसम्म मज्जाले काम सक्छौँ।”
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव सात किलोमिटरको गुल्म–चर्च सडक, सात सय मिटर लम्बाइको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, आठ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।
डेढ लाखभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत सडक निर्माण कार्य तीव्र पारिएको छ। धनगढीको क्याम्पस चोकदेखि फूलबारीसम्म समेत चार लेनको सडक निर्माण कार्य तीव्र छ।
यस सडकमा समेत स्ट्रिट सडकबत्ती जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको छ। धनगढीको मुख्य सडक कैलाली नाला देखि क्याम्पस चोक सम्म पनि स्तरोन्नति गर्ने भन्दै सडकको क्षेत्राधिकार खाली गरिएको छ। यो सडकको अहिले ठेक्का प्रक्रियामा रहेको छ। |
ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु ललितपुर । ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ । त्यस अनुसार महिला शशक्तीकरणको साथै ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार ललितपुरको सिद्धिपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ११२ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा सिद्धिपुर सामुदायिक सिकाई केन्द्र (सीएलसी) र शान्ति शिक्षा अभियान नेपाल ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
अभियन्ता एवं उतरी तथा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्न सफल पहिलो महिला पत्रकार सगरमाथा आरोही कल्पना महर्जनले पाँंच वर्षभित्र ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको बताइन् । यो अघि स्कुलस्कुलमा कार्यक्रम गर्दै आएकोमा अवदेखि नगरपालिका, वडा, महिला समूह, सामुदायिक सिकाई केन्द्र (सिएलसी) आदिसँंगको सहकार्यमा प्रत्येक महिना जिल्लाका फरकफरक ठाउँंहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै अगाडि वढ्ने योजना उनले सुनाइन् ।
‘तीनवर्षभित्रमा हामी निशेषित बालविवाहमुक्त क्षेत्र घोषणा गर्दै पाँंचवर्षभित्रमा जिल्लालाई नै वालविवाहमुक्त जिल्लाको रुपमा अगाडि वढाउने अभियानमा छौं, कार्यक्रममा अभियन्ता महर्जनले सुनाइन् । यस अनुसार पहिलो कार्यक्रम सिद्धिपुरमा भएको उनले जनाइन् ।
कार्यक्रममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणामा आआफूले गर्न सकिने योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । |
पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रण लिएको चितुवा मर्यो काठमाडौं । पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।
तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो । चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए । |
दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण लमजुङ । जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो ।
ग्याबेल, ग्याबिन वाल, मेशिन वालको काम तीव्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सडक इन्जिनियर राजेश अधिकारीले हालसम्म साढे तीन किलोमिटरको स्ट्रक्चरको काम सम्पन्न भई कालोपत्र गर्ने प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार अन्य भागमा स्ट्रक्चरको काम सुरु गर्ने तयारीमा छ । सडकको बेस बसाउने तथा पाँच किलोमिटर नाला निर्माण सम्पन्न भएको छ ।
सरकारको ‘एक पालिका एक सडक’ अभियानअन्तर्गत निर्माण सुरु भए पनि ढिलासुस्तीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेको छैन । कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले विसं २०७७ असार ३ मा सम्झौता लिएको थियो । विसं २०७९ असार २ भित्र कालोपत्र गरिसक्ने गरी ठेक्का लिए पनि कोभिडका कारण समयमा काम सक्न ढिलाइ भएको कारण देखाउँदै निर्माण कम्पनीले गत पुससम्म काम सक्ने गरी जिम्मेवारी पाएको थियो । उक्त समयमा पनि निर्माण सम्पन्न नहुने भएपछि आगामी असार २९ सम्मका लागि सम्झौता म्याद थप गरिएको छ ।
प्रदेश सरकारको रु २६ करोड २९ लाख ६ हजार दुई सय २५ को लगतमा सात दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको हो । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा पर्ने दोर्दी गाउँपालिकासँग जोड्ने सडकको कालोपत्र थालिएको हो । सो सडकखण्डअन्तर्गत दुई ठाउँमा गरी एक हजार एक सय १३ घनमिटर सडक ढलान गर्ने योजना रहेको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार कालोपत्र चार सेन्टिमिटरको हुनेछ ।
सडकको निर्माण समयमा नै सम्पन्न नहुँदा पैदल यात्रुले सास्ती खेप्नु परेको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । “हिउँदमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्या छ”, उनले भने । अध्यक्ष अधिकारीले नागरिकको दैनिक यात्रालाई सहज बनाउन काम जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा आफूले पहल गर्दै आएको बताए ।
उनका अनुसार यस सडकखण्डमा वर्षायाममा साना तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ । कालोपत्र सम्पन्न भएपछि यात्रा सहज यात्रा स्थानीयवासीको भनाइ छ । सडक निर्माण भएपछि बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । |
पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, आसपासमा फोहरको थुप्रो ताप्लेजुङ । पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन् । यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए । तर फोहरजन्यवस्तु डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन् । विभिन्न खानेकुरा, पेयपदार्थका खोल, बोतल तथा मोजालगायत फोहरजन्यवस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन् ।
पदमार्गमा यसरी फोहर बढ्नुमा पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण भएको सामाजिक अभियन्ता रमेश दाहालले बताए । “नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेयपदार्थका खोल तथा मोजा फालेर जथाभावी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध सङ्घसंस्थाका साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ”, उनले भने । धार्मिक तथा पर्यटकीय क्षेत्रमा यसरी जथाभावी फोहर फाल्नाले यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पुग्ने दाहालको भनाइ थियो ।
पदमार्गमा जम्मा भएको फोहरको उचितरुपमा व्यवस्थापन नभएको पाथीभरा दर्शनका लागि आउनुभएका विष्णुप्रसाद आचार्यले बताए। “अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी छ, तर यहाँ त्यस्तो केही देखिएन, यसमा सबैको ध्यान जान आवश्यक छ”, उनले भने । उनका अनुसार बस्ती आसपासमा पनि घरबाट निस्कने फोहरको सङ्कलन र व्यवस्थापन नभएको देखिएको छ । यात्राका क्रममा विभिन्न ठाउँमा टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लाष्टिकजन्यवस्तु यत्रतत्र देखिएको आचार्यको भनाइ थियो । यस क्षेत्रका व्यापारले समेत जथाभावी फोहर फाल्ने गरेको उनले बताए । पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहजन्यवस्तु अत्यधिक देखिएको पाथीभरा दर्शन गरेर फर्किएका एक दर्शनार्थीले बताए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेडपान्डासहितका वन्यजन्तु पाइन्छन् । यसलाई लोपोन्मुख हाब्रे (रेडपान्डा) को चरन र उचित बासस्थानका रुपमा लिने गरिएको छ । यसरी यस क्षेत्रमा फोहर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाले बताएका छन् । फोहरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन् ।
यहाँ मासुजन्य फोहरका साथै खानेकुराहरु जथाभावी फाल्दा त्यहाँ कुकुर पुग्ने र रेड पान्डा कुकुरको आक्रमणमा पर्ने खतरा बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । “जथाभाबी खानेकुरा र मासुजन्य फोहर फाल्दा कुकुरहरु आउने जाने र त्यो समयमा रेडपान्डा आक्रमणमा पर्ने समस्या देखिन्छ, कुकुरकै आक्रमणले पाथीभरा क्षेत्रमा रेडपान्डा मरेका घटना पनि छन्”, उनले भने ।
मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्ने गर्नाले भुस्याहा कुकुरहरु आउने र रेडपान्डालाई आक्रमण गर्ने गरेको राईले बताए । यस क्षेत्रका व्यवसायीले जथाभावी कुकुर पाल्न नहुने तथा फोहर पनि व्यवस्थित तरिकाले सङ्कलन गर्नुपर्ने उनको भनाइ थियो ।
कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रुपमा फोहर सङ्कलन गनुपर्नेमा स्थानीयवासीले जोड दिए । फोहरले वातावरण र प्रकृतिमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको उचित व्यवस्थापन हुन नसकेको यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । फोहरको उचित व्यवस्थापन भएमा दैनिक सयौँको सङ्ख्यामा पाथीभरा आउने धार्मिक पर्यटकलाई सहज हुने उनीहरुको भनाइ थियो ।
यहाँको फोहर व्यवस्थापनका लागि पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए । “ठाउँठाउँमा डस्टबिन राख्ने, समय–सयममा कर्मचारी खटाई सरसफाइ गर्ने गरिएको छ । यहाँ आउने जाने तीर्थयात्रीले प्रायः डस्टबिनको प्रयोग नगरेको पाइन्छ, फोहर गर्नु हुँदैन भन्ने चेतना सबैमा हुनुपर्छ, सीमित व्यक्ति र संस्थाको मात्रै प्रयासले पुग्दैन्”, उनले भने । पछिल्लो समय हिउँ परेकाले पनि फोहर उठाउन समस्या भएको अध्यक्ष थेबेको भनाइ थियो ।
वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने आफूहरुको प्रयास निरन्तर हुने समितिका उनले बताए । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरका छन् । नेपालसहित भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । विशेषगरी दसैँको समयमा भक्तजनको भीड लाग्ने गर्दछ । माघदेखि बैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य यामका रुपमा लिइन्छ । |
महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै महोत्तरी। ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो ।
बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् । उनीजस्तै गाउँका अन्य धेरै किसानहरु हुन्छन । जसले दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
किसानका घर–घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर, धेरैजसो किसानहरु भने दुध आफैँ बजारसम्म पु¥याउने गर्छन् । जो आफैँले दूध बजारसम्म पु¥याउँछन्, उनीहरुले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रुपैयाँ बढी पाउँछन् । ‘आफँै जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ,’ खड्काले भने ।
महोत्तरी ८० प्रतिशत भू–भाग ग्रामिण क्षेत्रले ओगटेको छ । दिनहूँ बढ्दै गएको सहरीकरणले किसानहरुको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँछन । ‘म दूध लिन किसानको घर–घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ,’ उनले भने ।
बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लागेका छन् । ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उनले भने, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’
यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर, बजारको माग धान्न सकेका छैनन् ।
जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दुधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरुले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् । |
पर्वतका होम–स्टेमा पर्यटकको चहलपहल बढ्दै पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम–स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम–स्टे सञ्चालनमा छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को समयमा ठप्प बनेका अधिकांश होम–स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होम–स्टेमा आउने पाहुनाको सङ्ख्या दैनिकजसो बढ्दै गएको छ । ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन्।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम–स्टेमा आउनेहरु आकर्षित हुने गरेका छन् । अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड–१९ भन्दा अघिकै जस्तै हुन थालेको उनले बताए । पोखरा र काठमाडौंबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको गुरुङ बताउँछिन ।
यहाँ वार्षिक तीन हजारभन्दा बढी पर्यटक होम–स्टेमा पुग्ने गरेको तथ्याङ्क छ । “कोभिड–१९ का बीचमा पनि हामीले होम–स्टे खुला गरेका थियौँ, अब आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम सुरु भएको छ”, उनले भनिन्, “विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।”
चित्रेको होम–स्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होम–स्टे चलाएरनै दैनिक गुजारा चलाउनेको दैनिकी रहने गरेको भए पनि चित्रेमा होम–स्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होम–स्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार चित्रेको होम–स्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ रहेका कारण पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । होम–स्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होम–स्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए ।
मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए। गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारी समेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।
उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेवास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । |
विद्युत् प्राधिकरणको बाक्सिला सव-स्टेशन अलपत्र खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी)मा नेपाल विद्युत प्राधिकरणको निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ।
भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण लाईन, ट्रान्सफर्मर जडान गर्ने र सव–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले बुईपा–बाक्सिला ३३ केभि र ११ केभि प्रशारण लाईनको काम पुरा गरेपनि ट्रान्सफर्मर थप गर्ने र सव–स्टेशन निर्माणको काम अलपत्र पारेको हो।
सम्झौताअनुसार २०७६ सालमै बनिसक्नुपर्ने सव–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ। निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन्। खुला चौंरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ।
बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन। सव–स्टेशनको बाँकी काम पुरा गर्नका लागि पटक–पटक विद्यूत प्राधिकरण पुग्दा पनि सुनुवाई नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए। सव–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा सेवाग्राही गुणस्तरिय विद्युत सेवाबाट बञ्चित छन्।
केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्यित गर्दै बाक्सिलामा सव–स्टेशन निर्माणको काम थालिएको थियो। बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ। सरासर काम गरे डेढ/दुई महिनामै काम सकिने अवस्था छ तर निर्माण कम्पनीले काममा चासो नदेखाएको स्थानीयको गुनासो छ।
सम्झौता म्यादभित्र सव–स्टेशन लगायतका संरचना निर्माणको काम नसकिएपछि भेरिएसन गर्दै पटक–पटक म्याद थप भएको छ। पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सव–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताए। |
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम काठमाडाैं। पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए।
उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ।”
पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ।
यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ। धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ।
बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो। सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो। |
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या काठमाडौं। चाँगुनारायण नगरपालिका-८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन्। सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन्।
लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेकाे पाइएको हाे। एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन्।
करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ। आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुर्याएको आफन्तजनले बताएका छन्।
तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन्। उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ। साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ। |
स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ ।
यही फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ भएको प्रशिक्षण हाल मधेस प्रदेशको जनकपुर उपमहानरगपालिकामा सञ्चालन भइरहेको छ । यसअघि सोही प्रकारको प्रशिक्षण बारा जिल्लामा सञ्चालन भएको थियो ।
जनकपुरमा भएको दुईदिने प्रशिक्षण कार्यक्रमको बुधबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्त्वपूर्ण निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
निर्वाचनसँग सम्बन्धित गतिविधिलाई आम मतदातासमक्ष पु¥याउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहले मात्र उपलब्ध गराउनसक्ने भएकाले आयोगलाई हरेक स्थानीय तहले मृत्यु भएकाको विवरण नियमितरूपमा उपलब्ध गराइदिन आग्रह गरे ।
निर्वाचनका बारेमा जानकारीमूलक सन्देश एवं सूचना नियमित प्रचारप्रसार गर्ने कार्यमा पनि स्थानीय तहले अगुवाई लिनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ थियो । प्रशिक्षणमा धनुषा, सिराहा, सप्तरी, सर्लाही र महोत्तरी जिल्लाका स्थानीय तहमा कार्यरत ८८ जना निर्वाचन सम्पर्क व्यक्तिको सहभागिता रहेको छ । |
सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन प्रहरीको अनुरोध काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाठौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताए ।
प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ । |
चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी हुन् ।
ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नको सुखद् अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र«पतिले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताएकी हुन् ।
दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुपताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारी आग्रह गरिन् ।
पवित्र धार्मिकस्थल भीमेश्वर महादेवको दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन् । जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो ।
गरिबीको रेखामुनी रहेका कृषकलाई व्यावसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गरिएको छ । स्थापनाकालदेखि हालसम्म प्रतिबद्ध टुकीको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी सङ्घका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले राष्ट्रपतिलाई जानकारी गराए ।
जिल्लाभर करिब छ सय टुकीहरु सक्रिय भएको १४ वर्षपछि विसं २०४८ मा जिल्लामा सङ्घको विधिवत गठन गरिएको थियो । टुकी सङ्घमार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शिता अपनाउँदै आइएको टुकी सङ्घका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
जिल्लाका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने र टुकी अभियान विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने कनम गरेको उहाँले जानकारी दिए । टुकीको मूल मन्त्र जल, थल, मल, बल, फलसम्बन्धी विषयवस्तुमा आधारित सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप हस्तान्तरण हुने १५ देखि २१ दिनसम्मको सघन अगुवा कृषक र ग्रामीण विकास स्वयंसेवक (टुकी) तालिम टुकी सिर्जना गर्ने मूल आधार भएको अध्यक्ष मकरध्वाज पाखरिनले बताए ।
टुकीको साझा संस्था दुवै टुकी सङ्घले महिला र बालबालिकाको स्वास्थ्य र पोषण सुधारको क्षेत्रमा पनि काम गर्दै आएको छ । यसबाट विशेषत सुनौला एक हजार दिनको आमा तथा दुई वर्ष मुनिका बच्चाको स्वास्थ्य तथा पोषण सुधारमा योगदान पुगेको उनले दाबी गरे ।
टुकी सङ्घ सुनकोशीले विसं २०५६ मा आफ्नै स्रोतमा भवन निर्माण गरी कार्य सञ्चालन गरिरहेको छ । विसं २०७२ को भूकम्पबाट आङ्शिक क्षति भएको भवन मर्मत सम्भार तथा पुनःनिर्माण हुनुका साथै अर्को एक वटा तालिम कक्षसहितको भवन निर्माण भएको कुरा राष्ट्रपतिप्रति समक्ष जानकारी गराइएको थियो । |
तरकारीको उत्पादन संगै भाउ पनि घट्यो पथरी। लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो। यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन्। टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन्।
अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन्। अघिल्लो साल प्रति किलो रु ६० सम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउँछिन्।
उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको सङ्ख्या बढ्दो छ। सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन्। तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकामा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरुको भनाइ छ।
नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ। लेटाङमा रहेका पाँच वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन्। वार्षिक रु १०/१० करोड माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन। टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउँछन्।
समयमै बीउ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन्। त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताउँछन्।
उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला सहर काठमाडौँ र पोखरामा माग बढी हुने गरेको छ। जाँतेमा करिब पाँच सय हेक्टर जमिनमा एक हजार पाँच सय हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन्। समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउँछन्। |
विनयी त्रिवेणीका बासिन्दालाई पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा कावासोती । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता अझै पनि हटन सकेको छैन ।
राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई वटा वडाबाट गाउँपालिकाको केन्द्र दम्किबास बजार पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको हो ।
राज्य पुनः संरचनामा गण्डकी प्रदेशलाई भारतसँग जोडने नाकाको रूपमा अगाडि बढाउने निर्णय भएसँगै हौसिएका विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई अहिले आफ्नै पालिकको केन्द्रसम्म पुग्नका लागि पार गर्नुपर्ने लामो दूरीले दुर्गम नै बनेकोे महुसुस हुन थालेकोे हो ।
राज्य पुनःसंरचना हुनु अगाडिको साविक त्रिवेणी सुस्ता गाउँविकास समिति टु्क्रिएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र त्रिवेणी नाकासहितका केही क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा राखिएकाले आफ्नै गाउँपालिकाका केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै ४० किलोमिटरभन्दा बढीको यात्रा गर्नुपर्ने बाध्यता नहटेकाले त्यहाँका बासिन्दाले दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण गरेर सञ्चालन नगरे आफूहरुका लागि लुम्बिनी प्रदेशमै गाभिदा सहज हुने बताउन थालेका छन् ।
“प्रदेशकै मुख्य नाका बन्ने भनेर गण्डकी प्रदेशमै बस्न स्वीकार गरेका थियौँ, तीन–तीन जना मुख्यमन्त्री बनिसके पनि बाटो बन्न सकेन, अब पनि बाटो नबने लुम्बिनीमा गाभिन पाउँ भनेर आन्दोलनमा जानुको विकल्प छैन”, स्थाीनय रवि पौडेलले भने । “सुगम जिल्ला भनिए पनि पालिकाको केन्द्रसम्म पुग्न रु एक सय ५० भन्दा धेरै एकोहोरो भाडामै खर्च हुन्छ, आफ्नै साधन हुनेहरु काम सकेर त्यही दिन फर्कन सक्छन् होइन भने बास बस्नुपर्ने अवस्था हुन्छ”, वडा नं ६ का विशालबाबु भण्डारीले भने,“प्रदेशको नाका भनेर गर्व गर्ने कुरा मात्रै भएको छ ।”
गाउँपालिकाको केन्द्र दुम्किबास बजारदेखि त्रिवेणीसम्मको २१ किलोमिटर दुम्बिास त्रिवेणी सडकको काम अगाडि बढ्न नसक्दा उक्त गाउँपालिका–६ र ७ का बासिन्दा समस्यामा परेका हुन् । विसं २०६२ मा ट्र्याक खोलिए पनि सात किलोमिटर बाटो चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रमा पर्ने भन्दै बाटो निर्माणमा अनुमति नदिँदा काम अगाडि बढ्न सकेको छैन ।प्रदेश सरकारले विशेष चासो दिएको भनिएको यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम वन मन्त्रालयमा पुगेर रोकिएकाले काम अगाडि बढ्न नसकेको हो ।
विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि युनेस्कोसमेतको सहमति आवश्यकपर्ने हुँदा सडक निमार्णको काम ढिला भएको पूर्वप्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानले बताए । “अघिल्लो प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि फाइल वन मन्त्रालयमा पु¥याएको छ, सङ्घीय सरकारले प्राथमिकता दिएर प्रक्रिया अगाडि बढाए युनेस्कोले पनि मान्ने उनको भनाइ थियो । |
रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी भैरहवा। रुपन्देही जिल्ला अदालतले १४ फागुन २०७९ सम्म ३५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ।
फागुन मसान्तसम्म ३ हजार ११६ मुद्दा फर्छ्याेट गर्नुपर्नेमा २ साता बाँकी छँदा २ हजार २१६ मुद्दा फर्छ्याेट भएको हो। जिल्ला अदालतलाई जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षमा दर्ता भएको मुद्दामध्ये फागुन मसान्तसम्म ७१ प्रतिशत मुद्दा फर्छ्याेट गर्नुपर्ने लक्ष्य रहेको छ।
६ महिनाअवधि भित्र एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्ने लक्ष्य दिए पनि अदालतले लक्ष्यलाई पार गर्दै एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्न सकेको हो।
अघिल्लो अर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ६ सय ४७ थान मुद्दा र यस वर्षको हालसम्म दर्ता भएको २ हजार ६ सय ५० थान मुद्दा गरी कुल ६ हजार २ सय ९७ मुद्दामध्ये विभिन्न ईजलासबाट ९ जना न्यायाधीसले २ हजार २ सय १६ मुद्दा फर्छ्याेट भएको छ। जिल्ला अदालतको ७ हजार ५४४ अनुमानित वर्षिक लगत भएकोमा ५ हजार १ सय ९८ मुद्दा फछर्यौट गर्न सकिने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ।
लगत रहेको बाँकी मुुद्दामध्ये ३ सय २४ वटा मुद्दा २ वर्षभन्दा पुरानो रहेको छ भने जिम्मेवारी सरि आएका १७ सय बढी मुद्दाहरु ६ महिनादेखि २ वर्ष भित्रका रहेका छन् । त्यस्तै यस वर्ष दर्ता भएका १६ सय ९६ मुद्दा विगत ६ महिना देखि फछ्यौट हुन बाँकी छ।
कार्यालयका अनुसार विशेष प्रकृतिका निवेदनहरुमध्ये अधिकृत बारेसनामा प्रमाणित, मृत्युको न्यायिक घोषणा, दर्ताद्वारा विवाह, संरक्षक प्रमाणितको मुद्दा अधिकांस फर्छ्याेट भएको छ । यस्तै अदालतले मेलमिलापका लागि पठाएको ४ सय ३७ मुद्दा मध्ये ५३ वटा मुद्दा मात्रै मेलमिलाप भएको छ भने २५८ वटा मेलमिलाप नभई फर्केको छ । अदालतले १९ जना मेलमिलापकर्तालाई स्वीकृत गरेकोमा यस्ता मुद्दा अझै १२६ वटा बाकी रहेको छ।
न्याय क्षेत्रको काम गराई पहिलाको तुलनामा धेरै सुधारोन्मुख रहेको छ, प्रविधिको प्रयोगले काममा सहजता भएको छ, धेरै भन्दा धेरै प्रवृधिको प्रयोग अदालतले नै गर्ने गरेको मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए।
फर्छ्याेट गरिएको मुद्धाको कार्यान्वयनका लागि समेत थप पहल भइरहेको, अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । मुद्दाको दर बढ्नु भनेकै अदालतमा सर्वसाधरणको पहुँच बढ्दै गएको हो।
४८ करोड बढि जरिवाना असुल गर्न बाँकी
रुपन्देही जिल्ला अदालत कार्यालयबाट यस आर्थिक बर्षको माघ मसान्तसम्म १ करोड २९ लाख ८० हजार ६ सय ९९ रुपैया जरिवाना फर्छ्याेट भएका छन् । त्यसै गरी कुल लगत जरिवाना ४९ करोड ५५ लाख ३४ हजार ८ सय ९० मध्ये ४८ करोड २५ लाख ५४ हजार १ सय ९१ रुपैया जरिवाना उठ्न बाँकी छ ।
कैदतर्फ माघ मासन्तसम्म ८ सय ३ वर्ष १० महिना १६ दिन कैद असुल गरिएको छ । कुल कैद लगत ४ हजार १ सय २३ वर्ष २ महिना ८ दिन रहेकोमा ३ हजार ३ सय १९ वर्ष ३ महिना २२ दिन कैद असुल गर्न बाकीँ रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको अनुसार यति रकम जरिवाना र कैद बाँकी हुनुमा धेरै पुराना मुद्दाहरुको लगत कायम हुनु र ठुला जरिवानाको रकम फर्छ्याेट नभएको हो । |
भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : आठ वर्षमा ५९ प्रतिशत सुर्खेत। निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ।
टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ।
चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ। तोकिएको समय भन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिनको सहायताले सुरुङ निर्माण भइसकेको हो।
चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९र०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ। बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन्।
सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने अनुमान छ। आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ।
सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।
सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेटसहितको ब्यारेज निर्माण गर्न हुँदैछ। ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ। १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ। |
सूर्यमुखीको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढ्दै भरतपुर। चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ। तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ।
चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए। कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ। बाँकी जग्गामा तोरी खेती गरिएको छ। ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए।
दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ। “मैले २०३२ सालमा गाँजर खेतीबाट कृषि कर्म सुरु गरेको हुँ । गाँजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले मैले तेलहन बाली लगाएको हुँ ।” उनले भने।
सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले अन्य खेती गर्ने किसान यसतर्फ आकर्षित हुन थालेका छन्। यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीको भनाइ छ।
“पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न तथा खेतीबाली हेर्न पर्यटक आउन थालेका छन्। उनीहरु यहाँ आउँदा आनन्द महसुस गर्छन्”, अधिकारीले भने।
अहिले यहाँ मह उत्पादनका लागि मौरीको ६०/६५ घार पनि राखिएका छन्। कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन्।
उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताइन्। यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ। – रासस |
विरोध शैली परिवर्तन : कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने धनगढी। चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेको हाे।
बित्तिय संस्थाहरुले ब्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दैै आएका छन्। दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका हुन्।
हिजो बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए। यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुदैँ आएका छन्। |
हात्तीको आक्रमणबाट बारामा एककाे मृत्यु बारा। हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा- १६ टांगियाबस्तीमा बुधवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्।
दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन्। यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन्। स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ।
हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिती रहेको सापकोटाले जानकारी दिए। हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुँदै आएको छ।
घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक संजिब ओलीले बताए। केहीदिन अघिमात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षीया रुकैदा खातुनको समेत मृत्यु भएको थियो। |
भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौंः मुख्यमन्त्री शर्मा सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भूउपयोग नीति तथा योजना सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताए।
कर्णाली भूबनोटको आधारले प्रदेश सरकारले हिमाल पहाड र तराईको भूगोल र माटोको विविधताको रक्षा र गर्न भूउपयोग नीति निर्माण गर्न लागेको बताए।
सङ्घले निर्माण गरेको भूउपयोग नीतिमा टेकेर भूउपयोग नीति निर्माण गर्न लागेकाले सङ्घ सरकारको भूउपयोग नीतिमा बाझिएका केही प्रावधान तथा बुँदामा सुझाव सहित सच्याउन पहल गर्ने मुख्यमन्त्री शर्माको भनाइ छ।
|
जन्ती बोकेको बस दुर्घटना एकको मृत्यु, ४० घाइते पोखरिया। पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। |
कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०७९\०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा उनले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी केन्द्रित हुनुपर्ने बताए। लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो।
“जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ”, मुख्यमन्त्री गिरीले भने, “पूर्वाधारको विकासले मात्रै मुलुक समृद्ध बन्दैन। जबसम्म जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम हामी गर्दैनौँ तबसम्म जनताले परिवर्तनको महसुस गर्न पाउँदैनन्। यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ।”
परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रूपमा लिएको भन्दै उनले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिए। उनले भने, “प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो तर कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौँ, यो दुःखद् विषय हो।”
मुख्यमन्त्री गिरीले उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्ने विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्ने बताए।
कृषिसँगै वनसम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो। स्थानीय तहको सहभागितामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वनसम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए।
हालसम्मको प्रगति २४ प्रतिशत
लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म २४ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आवको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए।
उनका अनुसार चालु खर्च २८ दशमलव ८९ र पूँजीगत खर्च २० दशमलव ९८ प्रतिशत रहेको छ। |
एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ चितवन । भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV556 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
भन्सार छली ल्याएको गरगहना काठमाडौँ लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको उनले बताए । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । |
कर नबुझाउनेलाई कारबाही वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ।
बाँकी बक्यौता उठाउने तयारी सुरु गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ गरी करदातामाथि कारबाही प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ।
प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने,‘‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ।” पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए।
जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ। यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ।
सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा रु चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात रु तीन अर्ब १५ करोड १६ लाख मात्र राजस्व सङ्कलन भएको छ।
चालु आर्थिक वर्षको छ महिनामा अन्तशूल्कतर्फ रु एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ रु एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ रु ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकर तर्फ रु दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ रु दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिए।
विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व सङ्कल घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ। गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो। |
चारलेन सडक निर्माणमा ढिलासुस्ती राँझा। चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ। सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन्।
विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो। निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रु २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए।
उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो। विसं २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब रु १८ करोड भुक्तानी लिइसकेको छ। निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ।
चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन्। सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ। धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताए।
उनले मुख्य सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे। गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो। उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो।
चारलेन सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए। उनले सडकको अवस्थाका बारेमा खजुराका जनताले आफूहरुलाई धेरै गुनासो गर्ने गरेकाले सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरे पनि काम हुन नसकेको उल्लेख गरे।
सडक निमाणमा लापरबाही हुँदा नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र गुलरियामा निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै बीचबीचमा खाल्डाखुल्डी र जीर्ण जस्तो देखिने गरेको छ। अहिले यहाँ आवत गर्ने सर्वसाधारण धुलाम्ये हुने गरेको स्थानीय व्यापारी शतिश निरौलाले बताए। – रासस |
स्वादका लागि चर्चित बागलुङको आलु बागलुङ । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ ।
ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् ।
आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउँछिन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ ।
ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् ।
बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ । पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।
बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । “आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्”, व्यवसायी अर्जुन चोखालले भने, “स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।”
पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ । “पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ”, थोक बिक्रेता गोपाल कँडेलले भने, “बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।”
उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए। ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् ।
स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए । “स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन”, सापकोटाले भने, “पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।” स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बेँसीमा फलेको आलुको पनि उत्तिकै माग छ ।
अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्याङ्क छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्याङ्क छ । प्रतिकिलो रु ३० मा मात्रै बेच्न सक्दा किसानले रु एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए ।
उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छ सय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए । “बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ”, भट्टराइले भने, “राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।”
ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए ।
आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।
आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए ।
“जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तत्थ्याङ्क राखिएको छ”, पुनले भने, “बजारमा आलुको मूल्य रु ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।” तथ्याङ्कका लागि किसानले रु ३० मात्र पाएको रेकर्ड बनाए पनि रु एक अर्ब ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए । |
झापाका मकै बालीमा अमेरिकी फौजी कीरा देखियो झापा । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।
केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए ।
वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ । यो कीराले क्षति पु¥याएको बिरुवा बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।
“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भने, “लार्भाले खाँदै गर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”
|
सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ ।
जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए। त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक एक सय आठ दरबन्दीमा कार्यरत रहेका उनले बताए । जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदो छ ।
जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन ।
बीस स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् । साुमदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन भने केहीमा विद्यार्थी नै नभएको अवस्था छ । |
भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण, कित्ताकाट खुला चितवन। भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ। महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ।
महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको हो।
भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली, २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो। उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेस गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको प्रमुख दाहालले बताइन्।
वर्गीकरणअन्तर्गत आवासीय क्षेत्रमा छ मिटर सडक पूर्वाधार पुगेको र छ मिटरभन्दा साना सडकमा सडक सिमानापछिको ५० मिटर दायाँबायाँको क्षेत्र पर्ने उल्लेख छ। यस्तै छ मिटरभन्दा ठूला सडकमा सडक सिमानापछिको ७० मिटरसम्म दायाँबायाँको क्षेत्र र व्यावसायिक क्षेत्र तोकिएको क्षेत्रपछि सडक पूर्वाधार पुगेको क्षेत्रहरूमा थप ५० मिटर आवासीय क्षेत्र हुने उल्लेख छ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले कार्यपालिका बैठकले जग्गाको वर्गीकरणको मापदण्ड स्वीकृत गरी स्थानीय भू-उपयोग परिषद्लाई सिफारिस गरेको बताए। जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्डअनुसार कित्ताकाट खुला हुने प्रमुख दाहालको भनाइ छ।
उनले भनिन्, “आज महानगरपालिकाले नापी र मालपोत कार्यालयमा पत्राचार गरेसँगै भोलिदेखि कित्ताकाटको काम हुन्छ ।” लामो समयदेखि कित्ताकाट रोकिँदा कित्ताकाट गरेर जग्गाको कारोबार हुनसकेको थिएन। यससँगै जग्गाको कारोबार चलायमान हुने अपेक्षा गरिएको छ। – रासस |
रुपन्देहीमा डिएसपी सहित १४ प्रहरीलाइ कारबाही भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।
भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी बरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो ।
यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टर सहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने ।
प्रहरीले कारवाही मात्र नगरि राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरिक्षकमा ३ जना, प्रहरी नायब निरिक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ ।
आर्थिक वर्ष २०७८/७९मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारावाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने ।
कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नती हुने गरेको छ । पदोन्नती भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गदैृ आएको थियो । प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाले देखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्याकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएका थिए ।
यस्तै प्रहरी उपरिक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रुपमा प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको थियो ।
ठूलो परिमाणमा लागु औषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भुमिका निर्बाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पु¥याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए ।
|
विराटनगर महानगरले केबल तारको व्यवस्थापन गर्दै मोरङ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो ।
महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफैँ तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो ।
विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले जानकारी दिए । |
भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो खोटाङ। राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ। कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन्। जिल्लाका १० वटै स्थानीय तहले सबै प्रक्रिया पूरा गरी भूमि आयोगलाई उनीहरुको तथ्याङ्क पठाएको छ।
जिल्लाभर भूमिहीन सुकुम्बासी एक सय ४९, भूमिहीन दलित ५० र अव्यवस्थित बसोबासी पाँच सय ८० जनाले जग्गाका लागि निवेदन दिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोबासीले जग्गाका लागि निवेदन दिएका छन्।
यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १४ भूमिहीन सुकुम्बासी, आठ भूमिहीन दलित र एक सय ४० अव्यवस्थित बसोबासीले निवेदन दिएका नापी कार्यालयका प्रमुख मदन खत्रीले जानकारी दिए।
यसैगरी खोटेहाङ गाउँपालिकामा आठ भूमिहीन सुकुम्बासी, ६ भूमिहीन दलित र १० अव्यवस्थित बसोबासी, केपिलासगढी गाउँपालिकामा छ भूमिहीन दलित र छ अव्यवस्थित बसोबासी, जन्तेढुङ्गा गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ३१ अव्यवस्थित बसोबासी, बराहपोखरी गाउँपालिकामा १८ भूमिहीन सुकुम्बासी र ३७ अव्यवस्थित बसोबासी, रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ४२ अव्यवस्थित बसोबासी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ भूमिहीन सुकुम्बासी, चार भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासी, ऐसेलुखर्क गाउँपालिकामा छ भूमिहीन सुकुम्बासी र चार भूमिहीन दलित, साकेला गाउँपालिकामा छ भूमिहीन सुकुम्बासी, ६ भूमिहीन दलित र ६२ अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन्।
स्थानीय तहबाट प्राप्त निवेदन भूमि आयोगको प्रविष्ट प्रणालीमा समावेश गर्ने काम भइरहेको आयोगका सदस्यसचिव खत्रीले बताए। भूमि आयोगले गत भदौ १ गते सूचना प्रकाशन गरी निवेदन दिन आह्वान गरेको थियो। दुई चरणमा निवेदन सङ्कलन गरिएको थियो।
निवेदन दिने व्यक्ति भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी हो/होइन भनेर मालपोत कार्यालयले छानविन गरेर टुङ्गो लगाएपछि मात्र उनीहरूलाई जग्गा उपलब्ध गराइने भूमि आयोगका अध्यक्ष सुरेशकुमार राईले बताए। उनीहरुले आवास वा खेतीका लागि कानुनअनुसार जग्गा पाउनेछन्। सम्बन्धित स्थानीय तहका प्रमुख संयोजक रहने गरी पालिकास्तरीय समिति र वडाध्यक्ष संयोजक रहने गरी वडास्तरीय सहजीकरण समिति गठन गरिएको थियो। |
महोत्तरीमा डढेलोले सखाप हुँदै वन महोत्तरी। मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स-साना बिरुवा नष्ट हुन थालेका छन्। यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ।
बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ।
बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्। यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ। यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन्।
बर्दिबास-५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन्।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ।
डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ। साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ। उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला-१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउँछन्।
“दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भने। वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ। डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ। गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ। जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ।
जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ। पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन्।
डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास-५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउँछन्।
वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उनले भने। रासस |
ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा गण्डकी। कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ।
भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए।
यही फागुन १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमूर्तिमा भक्तजनले पूर्जा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीले देवीको मूर्तिमा गर्ने उनले बताए।
मन्दिर पुनःनिर्माणका लागि करिब रु एक करोड ४५ लाख लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष जुना अधिकारीले जानकारी दिए। मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट रु २५ लाख सहयोगको आश्वासन आएको उनी बताउँछन्।
प्रदेश, स्थानीय सरकारसहित भक्तजनको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण गर्ने योजना छ। फागुन अन्तिम हप्ता वडा भेला गर्ने र चैत पहिलो हप्तादेखि मन्दिर पुनःनिर्माण थालिने समितिले जनाएको छ। मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो। |
नारायणीमा हाम फालेका युवकको १ किमी तलबाट जीवितै उद्धार चितवन । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।
खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फाले पछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिबितै उद्धार गरेको हो ।
हाम फालेको जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो । |
बाग्मती प्रदेशले हातिको आक्रमणमा निधन भएका परिवारलाई १–१ लाख राहत दिने हेटौडा । बाग्मती प्रदेशले हात्तिको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख राहत दिन भएको छ ।
आन्तरिम तथा कानुन मन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
उनका अनुसार जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कनपा–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । |
जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी लघुवित्तपीडितहरुको आन्दोलन उदयपुर । लघुवितिय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी धर्ना दिएका छन् ।
जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
त्यस्तै उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर लगाएतका माग राखेका छन् । ५ बुँदे माग राखी लघुवित्त संस्था विरुद्ध उदयपुरका स्थानीयहरु आन्दोलित बनेका छन् । |
अति विपन्न परिवारका बेरोजगारलाई शुक्लाफाँटा नगरपालिकाले दियो रोजगारी कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीकी माया दमाईं चार दिनअघि देखि सडक खन्ने कार्यमा लागेकी छन् । आर्थिक विपन्नताका कारण परिवारको खर्च धान्न निकै असहज भएका बेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाबाट उनले सय दिन बराबरको रोजगारी पाएकी छन् ।
बेरोजगारको सूचीमा सूचीकृत भएपछि दमाईंले रोजगारी पाएकी हुन्। घरबासका लागि मात्रै जग्गा भएकी दमाईं परिवारको आर्थिक अवस्था दयनीय रहेको छ । झोपडीमा बस्दै आएकी दमाईंले रोजगारी पाउँदा दङ्ग छिन् । “रोजगारी नपाउँदा घरमै बस्नु परेको थियो”, उनले भनिन्, “नगरपालिकाबाट केही दिनका लागि भए पनि रोजगारी पाउँदा खुसी छु,, सडक खन्दा आउने पारिश्रमिकले परिवारका लागि खाद्यान्नको जोहो गर्न सकिने भएको छ ।”
दमाईं जस्तै सरुपादेवी रानाले पनि सोही कार्यक्रमअन्तर्गत मजदुरीको कार्य गर्दै आएकी छन् । काम गरेबापत पाइने रकमले बालबालिकाको विद्यालय खर्च धान्न सकिने रानाले बताइन् । दमाईं र राना जस्तै वडा नं १२ का सातजना महिलालाई रोजगारीमा आबद्ध गराइएको छ । आर्थिक रुपमा अति विपन्न परिवारका महिला र एकल महिलालाई प्राथमिकतामा राखेर रोजगारीमा संलग्न गराइएको वडाध्यक्ष नवल सिंह रानाले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भएका ८९ जना बेरोजगारलाई चालू आवमा नगरपालिकाले रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । जसमध्ये ४५ जना नै रोजगारीमा संलग्न गराइएको छ । अन्यलाई केही दिनभित्रै नगरपालिकाले रोजगारी दिने तयारी गरेको छ । आव २०७९र८० मा नगरपालिकामा बेरोजगारको सूचीमा सात सय २५ जना बेरोजगार सूचीकृत भएका छन् ।
आन्तरिक रोजगारी सृजना गरी १८ वर्षदेखि ५९ उमेर समूहका बेरोजगारलाई न्यूनतम रोजगारी दिनका लागि विसं २०७५ साल फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिएको थियो । नगरपालिकाले आव २०७५र७६ मा कार्यक्रमअन्तर्गत बेरोजगारको सूचीमा सूचीकृतमध्ये दुई सय तीनजनालाई ३० दिन बराबरको रोजगारी प्रदान गरेको थियो ।
“त्यसपछिका दुई वर्ष कोरोना महामारीका कारण कार्यक्रम सञ्चालन हुन सकेन”, नगरपालिकाको रोजगार कार्यक्रमका संयोजक कृष्णप्रसाद भट्टले भने, “चालू आवमा पुनः कार्यक्रमलाई अगाडि बढाएका छौँ ।” उनका अनुसार चालू आवमा वडा नं १, २, ३, ८, ११ र १२ गरी छवटा वडामा कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं १ मा छ, वडा नं ८ मा ११ र अन्य वडामा सातजनाका दरले सय दिनको रोजगारी उपलब्ध गराइएको छ । वडा नं ४, ५, ६, ७, ९ र १० मा केही दिनभित्रै कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।
कार्यक्रम सञ्चालन भएका वडामा सडको नयाँ ट्र्याक खोल्ने, ड्रेन (नाली) निर्माण गर्ने र पर्यटकीय पदमार्ग निर्माण गर्ने कार्य भइरहेको छ । “एक दिन काम गरेबापत लाभग्राहीलाई रु पाँच सय ७१ का दरले पारिश्रमिक बापतको रकम उपलब्ध गराउँछौँ”, रोजगार संयोजक भट्टले भन्नुभयो, “कार्यक्रममा आबद्ध रोजगारीमा संलग्न लाभग्राहीको दुर्घटना बीमासमेत गरिएको छ ।” रोजगारीमा संलग्नहरुको पारिश्रमिक नगरपालिकाले बैंकिङ प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था गरेको छ ।
कार्यक्रम सञ्चालन भइरहेका वडामा रु तीन लाखदेखि चारसम्मका आयोजनाहरू सञ्चालन भइरहेको उनले बताए। कार्यक्रम सञ्चालनका लागि चालू आवमा रु ४९ लाख बजेट ससर्त अनुदानका रुपमा नगरपालिकाले प्राप्त गरेको छ ।
एकल महिला, दलित र शहीद परिवारसँगै न्यूनतम आय भएका, वर्षभरि खान नपुग्ने, दैनिक जीविकोपार्जन गर्न मुस्किल भएका, आम्दानीका स्रोत नभएका बेरोजगार व्यक्तिहरुलाई कार्यक्रममा समावेश गरिएको छ ।
आगामी आव २०८०र८१ का लागि फागुन १ गतेदेखि मसान्तसम्म बेरोजगारहरुका लागि सूचीकृत हुनका लागि नगरपालिकाले कार्यक्रम अगाडि बढाएको छ । सूचीकृत भएकालाई मात्रै कार्यक्रममा समावेश गरी रोजगारी उपलब्ध गराइने गरिएको छ ।
|
किन सुस्तायो भाइरल तनहुँसुर ? प्लेनबाट देखाइदेऊ तनहुँसुर
मोटरैमा घुमाइदेऊ बन्दीपुर
ए कसम लाम माया छपक्कै
तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो। बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो।
दैनिक सयाँैको सङ्ख्यामा युवायुवती व्यास नगरपालिका–११ तनहुँसुर पुग्न थालेपछि तनहुँसुरको चर्चा शिखरमा पुगेको थियो। शनिबारको दिनमा त तनहुँसुरमा यति धेरै भीड हुन थाल्यो कि उक्त भाइरल चौताराको फोटो खिच्न पालो पर्खिनुपर्ने अवस्थासमेत आयो।
कालोपत्र सडकको बीचमा रहेको चौतारालाई स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको छ। चौतारा संरक्षणका लागि व्यास नगरपालिका र स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरी व्यवस्थित बनाइएको छ।
एक्कासि चर्चामा आएको तनहुँसुर यतिबेला भने सुनसान छ। तनहुँसुर मात्र नभई चर्चामा आउने पर्यटकीयस्थल मौसमी जस्तै भएको छ । सुरुमा ह्वात्तै चर्चा कमाउने र पछि सेलाउने गर्दा पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्न सकिरहेको छैन। व्यास नगरपालिका–११ स्थित नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ भन्छन्, “तनहुँसुरको चर्चा मौसमी जस्तो भयो, सुरुमा चर्चामा आयो। अहिले ह्वात्तै घट्यो। दीर्घकालसम्म तनहुँसुरको चर्चा कायमै राख्न सकेनौं।”
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रभावका कारण चर्चित बन्दा तनहुँसुरमा एकोहोरो पर्यटकको ओइरो लागे पनि आजभोलि न्यून सङ्ख्यामा मात्रै सर्वसाधारण आउने गरेको उनले बताए “पहिला दैनिकजसो मान्छेहरु हुन्थे, अहिले शनिबार र बिदाका दिनमा मात्रै फ्याट्टफुट्ट मान्छे हुन्छन्”, श्रेष्ठले भने, “तनहुँसुर मात्र नभई चर्चामा आएका पर्यटकीय गन्तव्यहरुको हालत पनि उस्तै छ ।”
कालोपत्र सडक र चौताराका कारण तनहुँसुर चर्चित बनेपछि टोल विकास संस्थाकै सक्रियतामा दुईवटा चौतारा पुनःनिर्माण गरिएको छ। व्यास नगरपालिकाको रु चार लाख, चन्दा सङ्कलनबाट रु चार लाख २० हजार गरी रु आठ लाख २० हजारको लागतमा चौतारा पुनः निर्माण गरिएको श्रेष्ठले बताए।
“यहाँ थप पूर्वाधार बनाउन सकिएको भए एकपटक आएका मान्छे पुनः फर्किएर आउँथे होलान्, पूर्वाधार बनाउन सकिएन”, श्रेष्ठ भन्छन्, “तनहुँसुरको पर्यटनलाई सदैव चलायमान राख्नका लागि स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छौँ।”
भाइरल चौतारा नजिक रहेको डाँडामा पार्क बनाउने लक्ष्य राखिएको छ। भाइरल चौतारा नजिकको डाँडामा थामे अधिकारीहरूको कूल पूजा गर्ने ठाउँ भएकाले जग्गा विवादमा काम हुन सकेन। अहिले उक्त जग्गाको विवाद समाधान भएको छ। “यस ठाउँमा दृश्यावलोकन केन्द्र बनाउने लक्ष्य राखेका छौँ, करोडौँको योजना भएकाले स्थानीय सरकारले स्वामित्व नलिएसम्म काम हुन सक्दैन”, श्रेष्ठले भन्नुभयो । पूर्वाधार अभावकै कारण तनहुँसुरको पर्यटन सुस्ताएको उनको भनाइ छ।
तनहुँसुर पुग्नका लागि व्यास नगरपालिका–११ रातमाटादेखि ढाँडखोलासम्म कालोपत्र भइसकेको छ। ढाँडखोलादेखि वडाको सीमाना सिम्पानीसम्म सडक कालोपत्रका लागि ‘टेन्डर’को तयारी भइरहेको छ।
तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको वडाध्यक्ष दलबहादुर दुरा बताउँछन्। “सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी रहेको खण्डमा पनि कालोपत्रका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ”, दुराले भने।
भाइरल चौताराको डाँडामा पार्क निर्माणका लागि ‘लागत अनुमान’ तयार गरिएको र आगामी वर्षको बजेटमार्फत त्यसलाई सम्बोधन गरिने दुराले बताए। उनका अनुसार पुरानो धरमपानीमा रहेको ऐतिहासिक मन्दिरलाई जीर्णोद्धार गर्ने तयारी गरिएको छ। “तनहुँसुरको विकासका लागि स्थानीय सरकार लागिपरेको छ, पर्यटकलाई यहाँसम्म आउने वातावरण निर्माण गरेर तनहुँसुरको पर्यटन प्रवद्र्धन गर्छौँ”, उनले भने।
ऐतिहासिक ठाउँ तनहुँसुर
तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो। तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ। पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ।
तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए। तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्युपछि तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए। भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ।
उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए। राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले ‘तनहुँ’ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले ‘लमजुङ’ नाम बन्न गएको किंवदन्ती रहेको छ। तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ
तनहुँसुरसम्म पुग्नका लागि मोटरमार्गको अलवा पदमार्ग पनि छ। वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पैदलमार्ग निर्माण गरेको छ । पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुईवटा घरबासको सुविधा छ।
तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ। कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केवी थापाले जानकारी दिए। यहाँ ३० जनासम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ। मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ।
यस्तै पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ। कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ। उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए। मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक बताउँछन्। |
एक घण्टा आरन चलाएर औजार बनाएको ज्याला एक माना चामल मुगु । खैरो रङको हाफ टिसर्ट । धुवाँ धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का आरन पेसा गर्दै आएका ३१ वर्षीय पेमा छिरिङ्ग कामी आफू र आफ्नाे परिवारको जीविकोपार्जनका लागि पसिना बगाइरहेका छन् ।
उनीजस्तै मुगुका दलित लुहारहरुको परम्परागत आरन व्यवसाय जीविकोपार्जनको लागि मुख्य आयस्राेत बनेको छ । आरन पेसा लोप भइरहेको बेला मुगुमा भने उनीहरूको बिहान बेलुका हातमुख जोड्ने र भइपरी आउने आर्थिक अभाव झेल्ने सहारा बनेको छ । तर, आरन चलाउँदा बगेका पसिनाको मूल्य भने नपाएको उनीहरुको गुनासो छ ।
मुगुका गरिब, दुःखी र फरक क्षमता भएकाको सहारा आरन पेसा बनेको छ । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरुको भनाइ छ । मुगूम कार्मारोङ्ग गाउँपालिका–८ का पेमा छिरिङ्ग कामी आरन पेसाबाटै आफ्नो घर परिवारको खर्च जोहो गर्दै आइरहेका छन् ।
आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, पछिल्लो समय सहरका रेडिमेन्ट औजारका कारण स्थानीय आरन व्यावसाय धरासय बन्दै आएको स्थानीयले गुनासो गरेका छन् । अर्काेतिर कामअनुसारको ज्याला पाउन नसकेको पनि उनीहरुले दुखेसाे पाेखे ।
एक घण्टा मिहेनत गरेर औजार बनाएर दिँदा १ माना चामल ज्याला पाउने गरेको उनीहरु बताउँछन् । उचित ज्याला पाउन नसकेका आरन व्यवसायीहरुमाथि राज्यले पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
स्थानीय सरकार बनेपछि दुःखका दिन हट्ला भन्ने आशा गरेका मुगुका दलितहरुको समस्या समाधान अझै हुन सकेको छैन । स्थानीय सरकारले उचित ज्याला र सहज बजारको व्यवस्था गरिदिए आरन पेसाकै संरक्षण र आफूहरुको जीविकोपार्जनमा पनि सहज हुने उनीहरुको बताउँछन् । |
बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन् । ‘लायन्स पार्क’ नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम कक्षलगायतको निर्माणमा रु १७ लाख बराबर खर्च भएको बावुकुवा सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष महेन्द्रबहादुर शाहीले जानकारी दिए ।
उनले पर्यटन प्रवद्र्धनका लागि सामुदायिक वनसँग आन्तरिक सहमति गरेर त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन विभिन्न योजना अघि सारिएको बताए । नेपालगञ्ज बजारबाट करिब पाँच किलोमिटर दूरीको उत्तर–पूर्वमा पर्ने सो स्थान शान्त र रमणीय देखिन्छ । वन जङ्गलसँगै प्राकृतिक सौन्दर्य र हरियालीले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याइरहेको हुन्छ । उक्त स्थानको वनमा जङ्गली जनावरको बासस्थान रहेकाले पर्यटकले जनावरबाट पनि छुट्टै आनन्द लिन सक्छन् ।
“यहाँ रहेको स्थानमा तारबार गरेर बाह्सिङ्गेलाई संरक्षण गरेर राख्न सकिने र त्यसबाट अझै बढी आन्तरिक पर्यटन भित्र्याउन सकिन्छ” पूर्वअध्यक्ष शाहीले भने । डब्लुडब्लु एफको सहयोगमा करिब दुई बिघा जमिनमा करिब रु १४ लाख खर्च गरेर निर्माण गरिएको तलाउले जैविक विविधिता र स्थानीय किसानको खेतमा चिस्यानसमेत प्रदान गरेको उनले उल्लेख गरे । उक्त पार्कबाट केही पर परापूर्वकालमा एक बाबाले कुँवा खनेर पानी खाने गरेका कारण बावुवा नामाकरण गरिएको बताइन्छ ।
पूर्वअध्यक्ष शाहीले जैविक विविधता संरक्षण गर्न र जङ्गली जनावरलाई पानी खान बस्तीमा जान जोखिम भएकोले थाकेका जनावरलाई पानी खान तलाउ निर्माण गरिएको जानकारी दिए । सिद्धीविनायक लायन्स क्लब अफ नेपालगञ्जका पूर्वअध्यक्ष शिवेन्द्र भण्डारीले पर्यटन पवद्र्धको उद्देश्यले त्यस क्षेत्रको विकास गर्न खोजिएको र यसका लागि करिव रु १० करोड लाग्ने बताए । “नेपालगञ्ज बजारबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ”उनले भने ।
लियो क्लब अफ नेपालगञ्जका पूर्वअध्यक्ष तथा युवा व्यवसायी विष्णु श्रेष्ठले त्यहाँ पर्यटनको प्रचुर सम्भावना रहेकाले पार्कलाई अझ रमणीय बनाउन फूलबारीको विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले पर्यटकलाई फोटो खिच्न लालयित बनाउन र केही घण्टा भुल्ने वातावरण निर्माण गनुपर्नेमा जोड दिँदै पछिल्लो समय मनोरन्जनका लागि बबई र कर्णली जाने अवस्था अन्त्य भएको बताउनुभयो ।
पर्यटकका लागि तलाउमा फिसिङ् गरेर मनोरञ्जन लिने नयाँ अवधारणा अघि ल्याउन आवश्यक भएको र यसका लागि स्थानीय समुदायको सहकार्यमा घरबास कार्यकम अघि बढाउन सकिने विश्वास पूर्वअध्यक्ष श्रेष्ठले व्यक्त गरे । सो कार्यका लागि लगानी आवश्यक हुन्छ त्यसैले सम्भावनाबारे अध्ययन गरेर, “कप्पल पार्क” का रुपमा पनि यसलाई स्थापित गर्न सकिन्छ’ उनले भने । डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले गाउँपालिकाको सिधिनियाघाट, कम्दीलागयत क्षेत्रमा पनि पर्यटकीय सम्भावना देखिए पनि बजेट अभावले संरचना तयार गर्न नसकिएको बताए ।
“धेरै पर्यटकीय सम्भावना भएका क्षेत्र छन् तर बजेट नहुँदा त्यहाँको विकास गर्न सकिएको छैन” उनले भने । शनिबार वा सार्वजनिक बिदाको दिन नेपालगञ्ज बजारबाट नजिकै रहेको सो स्थानमा वनभोज खान र घुम्न स्थानीयवासी जाने गर्छन् । |
सूर्यविनायक-धुलिखेल सडक विस्तार सुरु काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ। उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो।
यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो। सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमबारदेखि पहिलो चरणमा साँगा-धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु गरिएको हो।
उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र विस्तार गरिने कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो।
साँगा-धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि पर्खाल बनाउन थालिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का परेको थियो।
दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ। उक्त खण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै ठेक्का सम्झौता भइसकेको विभागले जनाएको छ।
सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको थियो।
अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएकोे छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको थियो।
उक्त डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने-आउने लेन तल-माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा जनाइएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो।
आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौँबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने छ।
यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक रु अर्ब मुआब्जा दिनुपर्ने जनाइएको छ।
यसैबीच सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत सङ्कलन सुरु गरिएको र सडकको बीचबाट दायँबायाँ २५/२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई सहयोगका लागि पत्राचार गरिएको छ। उक्त सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन थालिएको हो।
यस सडकखण्डमध्ये बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ।
आयोजनाकी सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत सो सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने जानकारी दिए। बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर छन् ।
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो। यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको बताइन्छ।
काभ्रेपलाञ्चोकको पूर्वी-दक्षणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारीसाधन काठमाडौँ-पूर्वी तराई गर्छन्। उत्तरी नाका तातोपानी पुग्न र सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ।
यस्तै सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल नगरपालिका जोडिएको छ। यी सडकबाट अरनिको राजमार्गहुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन्।
सडक विस्तार भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ। हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ। |
मुगुमा पावर हाउस बनेकाे दुई दशक नाघ्याे तर बत्ति बलेन् मुगु। जिल्लाको मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना एक दशक बढि बिति सक्दा पनि हालसम्म बल्न सकेको छैन।
२०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको करिब २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हालसम्म सञ्चालनमा आउन नसक्दा बत्ति नबलेकाे हाे।
यो जलबिधुत आयोजना बाट २५ किलो वाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा माँग्री र मह गाँउमा बस्ने ३ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी निमार्ण गरीएको थियो।
उक्त आयोजना बाट करोडौं रकम हिनाबिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसि मागि खाने भाडो बनाएको बताईएको छ । साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्रबाट सञ्चालीत यस च्याप्नेगाढ साना जलबिधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियाे।
राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजना स्थलमा नपुराएको भष्टचार गरेको भन्दै पुनः आफ्नो अध्क्षयतामा नयाँ समिति गठन गरी काम सुरु गरे पनि अघि बढन नसकेकाे कोषाध्यक्ष पाद्मा नाङगेल लामाले बताए। उनका अनुसार साे आयाेजना बनाउन दाताहरुकाे खाेजी गरिएकाे छ।
२०५८ साल बाट यस आयोजना सुरु भए पनि पछिल्ला २० बर्षामा धेरै समिति हेरफेर भैसकेका छ तर विद्युत निमार्ण हुन सकेको छैन। विद्युत निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम बिकास कोषको, साबिकको माग्री गाबिसको ५ वडा देखी ९ बडा सम्म लक्षित कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद बिकास कोष लगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजनाको २० लाख रकम गरि जम्मा १ करोड १४ लाख भन्दा बढि रकम खर्च भई सकेको छ।
विधुत पावर हाउसमा मात्र केही दिनको लागी मात्र बत्ति बलेकाे तर गाँउमा भने जनताहरु अन्धकारमा नै बस्नु परेकाे छ। बिधुत नवल्दा बिशेष गरेर बालवालिकालाई पठनपाठनमा प्रभावित भएका छन् भने वृद्धवृद्धाहरु लाई पनि झन सास्ती हुने गरेको स्थानियकाे भनाई छ। |
सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ। १२औँ नगरसभाले सुनवलको वडा नं ८ र वडा नं ५ मा अस्पताल निर्माण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
नगरप्रमुख विमला अर्यालले दुवै स्थानमा अस्पताल आवश्यक रहेको बताए। सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेको थियो। उनले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताए।
नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकास गर्न योजना तर्जुमा गरेको छ।
सेफहाउस सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउनेलगायतका योजना नगरसभाले अगाडि सारेको छ।
कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अन्डा, दूध र तेलहनमा आत्मनिर्भर हुने गरी रणनीति तय गरिएको पनि नगरपालिकाले जनाएको छ।
यसैगरी सुनवल रिङरोड निर्माण गर्ने, एक हजार किलोमिटर सडक कालोपत्र, चार नयाँ झोलुङ्गे पुल निर्माण, चार सडक पुल र ५० किलोमिटर नयाँ सडक निर्माण गर्ने पनि सुनवलले पाँचवर्षे योजनामा सार्वजनिक गरेको छ। एक नगर एक नमूना बस्ती, फोहरमैला उद्योग, अटोभिलेज निर्माण, एक वडा एक खेलमैदानलगायतका महत्वकांक्षी योजना पनि समेटिएको छ।
प्रशासनिक भवन निर्माण
नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) स्थित प्रतापपुर गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको छ। भाडाको घरमा बस्दै आएकाले यसपटक चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरी आफ्नो प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको हो।
रु १२ करोड बढी लागतमा बन्ने प्रशासनिक भवन निर्माणका लागि करिब नौ कट्ठा जग्गामा भवन निर्माणका लागि बोलपत्र आह्वानसमेत भइसकेको पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए।
यसैबीच पालिकाले बेलाटारी स्वास्थ्यचौकी क्षेत्रको जग्गामा प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरी काम अगाडि बढिसकेको छ। अहिले सो क्षेत्रमा रहेको स्वास्थ्यचौकीका पुराना जीर्ण भवन भत्काउने कार्य भइरहेका छ। यसपछि प्रशासनिक भवनको शिलान्यास गरिने जनाइएको छ। रासस |
नुवाकोटमा ग्यास सिलिन्डर पड्किँदा आगलागी नुवाकोट। नुवाकोटस्थित बेलकोटगढी नगरपालिका-८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ।
बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन।
ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ। बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। |
अझै चुनौती बन्दै बालविवाह बलेवा । बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चुनौती पार लाउन सकेको छैन ।
गलकोटले अधिकांश सूचक पूरा भइसक्दा पनि बालविवाह भने रोक्न नसकिएको जनाएको हो । केही स्थानमा बालविवाह भइरहेकाले घोषणामा समस्या भएको पालिकाले जनाएको छ । बालमैत्री नगर बनाउन ५१ सूचक पूरा गर्नुपर्छ । गलकोटमा झण्डै ५० सूचक पूरा भइसकेका छन् । छिटफुटरुपमा बाललविवाह भएकाले घोषणामा समस्या आएको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले बताए । तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा बालविवाह बाधक बनेको हो ।
“छिटफुट बालविवाह देखिएको छ, त्यो समस्या पनि समाधान गरेर छिटै बालमैत्री नगर घोषणा गर्छौं”, नगरप्रमुख भरत शर्मा गैरेले भने, “बीस वर्षको उमेर हदले केही समस्या बनाएको छ ।” पारिवारिकरुपमा सहमत भएका वा केही भागी विवाहमा २० वर्ष उमेर नपुग्दै भएको देखिँदा यो अभियानमा असर परेको उनले बताए ।
बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पूरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्ने भन्ने उल्लेख छ । विभिन्न समुदायको समस्याले नगरको अभियानमा असर परेको बताइएको छ ।
तथ्याङ्कगतरुपमा उल्लेख्य रेकर्ड भने नभेटिएको सापकोटाको भनाइ छ । “बालविवाह उल्लेख्य भने छैन, छिटफुट बालविवाह भेटिएका छन्”, सापकोटाले भने, “ती पनि १८ देखि १९ वर्षमा भएको देखियो ।” जति गर्दा पनि १९ देखि २० वर्षसम्मको उमेरलाई विवाह रोक्न कठिन हुने उनले बताए । शिक्षा शाखाले विद्यालय तहमा पनि अनुगमन गरिरहेको छ । विद्यालयमा त्यस्तो समस्या नभएको, पढाइ छुटेका तथा एसइईपछि विवाह भएका देखिएको उनले बताए ।
जनप्रतिनिधिले पनि यो विषय अनुगमन गरिरहेको बताएका छन् । “हामीले सबै सूचक पार गर्न सक्छौँ, विवाहको उमेरमा जबर्जस्ती गर्न नसकिने रहेछ”, गलकोट वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले भने, “कतिपय विवाह फिर्ता भएका छन्, तर पनि रोक्न कठिन रहेछ ।” उमेर नपुगेको विवाह रोक्न खोजेपछि कतिपय सानैमा गर्भवती भइसकेकोसमेत भेटिएको उनले बताए ।
गलकोट वडा नं ७ का अध्यक्ष राजबहादुर थापाले पनि दलित समुदायमा बढी समस्या देखिएको बताए । “घरघरमा अभियान चलाउँदा पनि पूर्ण रोक लगाउन कठिन भएको छ”, उनले भने, “सूचकहरु ५० वटा राख्ने हो भने सबै पूरा भएका छन् ।” वडा तहमा घोषणा गरेर नगरस्तरीय घोषणाको तयारी भइरहेको हो । केही वडामा भने बालविवाह नभएको भेटिएको हो । ती वडामा सहजै घोषणा गर्न सकिने अवस्था भइसकेको गैरेले जानकारी दिए ।
“वडावडाबाट घोषणा गर्दै नगरको घोषणामा आइपुग्छौँ”, गलकोटका नगर प्रमुख गैरेले भने, “यो हाम्रो नगरको गौरवको योजना पनि हो ।” बालमैत्री घोषणा गर्दा नगरपालिकालाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक बन्ने उनले बताए । वडा तहमा अनुशिक्षणका दर्जनौँ कार्यक्रम भइरहेका छन् ।
बागलुङ नगरपालिका जिल्लाकै सुगम र सबैभन्दा धेरै शिक्षित नागरिक भएको नगरपालिका हो । बागलुङका १४ वटै वडामा बालविवाह रोकियो भनेर घोषणा गर्नसक्ने अवस्था छैन् । परिवारको मिलिमतोमै बालविवाह हुने गरेको बताइन्छ । परिवारको मिलेमतो नभएका उमेर नपुगी हुने प्रेम विवाह मात्रै बाहिर आउने गरेको स्थानीय भरत पौडेलले बताए ।
जिल्लाको तमानखोला गाउँपालिकाले बालविवाह रोक्नका लागि पाँच वर्ष पहिलेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ । यहाँ कैयौँ बालविवाह न्यायिक समितिले बदर गरेको छ । तमानखोलामा बालविवाह गर्नेलाई मात्रै होइन त्यस्तो विवाहको ञभोज खानेलाई समेत कारवाहीको चेतावनी दिएको छ । |
कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश कार्की काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने स्पष्ट पारेका छन् । कामु प्रधानन्यायाधीशसँग संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिको आज भएको भेटमा उहाँले न्यायालयको छविलाई माथि उठाउनका लागि कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताए ।
“न्यायपालिकामाथि जनविश्वास वृद्धि गर्नुपर्ने जरुरी छ, सबै न्यायाधीशलाई मैले कानुन र प्रमाणका आधारमा मात्र मुद्दामा फैसला गर्नुहोस् भनेको छु”, उनले भने, “कसैको पनि भनसुनमा नलाग्नुस्, दबाब र प्रभावमा नलाग्नुस्, न्याय परिषद्को सदस्यको सम्म पनि कुरा नसुन्नुस् भनेको छु ।”
कामु प्रधानन्यायाधीश कार्कीले न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताए । सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीशको कमी भए पनि मुद्दाको फस्र्यौटमा तीव्रता दिएको उल्लेख गर्दै उनले भने, “सर्वोच्च अदालतमा पाँच न्यायाधीश रिक्त छ, उच्च अदालतमा ४२ न्यायाधीशको पद रिक्त छ, तै पनि भएकै जनशक्तिबाट हामीले काममा तीव्रता दिएका छौँ ।”
कामु प्रधानन्यायाधीश कार्कीले स्रोत साधनको कमीका कारण भनेअनुसार काम गर्न नसके पनि भएका जनशक्तिले उच्च मनोबलका साथ काम गरिरहेको र त्यसमा पनि पाँच वर्ष नाघेका मुद्दालाई बढी प्राथमिकता दिएर फस्र्यौटमा लागेको र अन्तरिम आदेशमा एक हप्ताभित्र नै पेसी दिने व्यवस्था सुरु गरिसकेको बताए ।
“विकास निर्माणका विषयमा धेरै अन्तरिम आदेश भएर काम रोकिएको भन्ने कुरा पनि आउने गरेका छन् । हामीले त्यस्ता मुद्दालाई प्राथमिकतामा राखेर छिटो फस्र्यौट गर्ने प्रयास गरिरहेका छौँ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “संविधान र कानुनले व्यक्तिलाई दिएको हक अधिकारअनुसार हामीले मुद्दामा हेर्नुपर्ने हुन्छ, कानुन बमोजिम अदालतले फैसला गर्ने हो ।”
सर्वोच्च अदालतमा भएको ३० हजार मुद्दामा करिब २८ हजारमा झारेको उहाँले जानकारी दिनुभयो । उनले समय इजलास बस्ने र एक मिनेट पनि समय खेर नफाली काम गरी मुद्दाको औचित्यलाई मर्न नदिने तरिकाले काम गरिरहेको बताए । जतिसक्दो छिटो न्याय दिन सुधारको अभियानमा लागेको र पाँच वर्षभित्रका पुराना मुद्दालाई शून्यमा झार्ने र दुई वर्षभित्र उच्च अदालतलाई शून्यमा झार्ने काम गरिरहेको जानकारी दिँदै कामु प्रधानन्यायाधीशले पाँच वर्ष पुराना मुद्दामध्ये चार हजार आठ मुद्दालाई छिटो फस्र्यौट गर्नका लागि काम गरिरहेको स्पष्ट पारे ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्षद्वय यम विरही र दुर्गा दुलालले न्यायलयको जनविश्वास माथि उठाउनका लागि समयमै र सहज न्याय दिनुपर्ने धारणा राखेका थिए । |
रुकुम(पूर्व) मा टर्कीबाट ल्याइयो ओखरका बिरुवा रुकुम(पूर्व) । रुकुम(पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् ।
डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ । लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिए ।
उनकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोट देखि ६६ सम्म ओखरको बिरुवा लिएका छन् । समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताए ।
भोलि सिस्ने गाउँपालिका–५स्थित रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका– ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ ।
यीे कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित आ–आफ्नै क्षेत्रमा खटिनुुहुने छ । अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरुवा लागाइने भएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती बिरुवा रोपिने भएको छ । यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको विरुवा कसानलाई वितरण गरेकामा २५ हेक्टर जमिनमा ती विरुवा लगाइएको थियो । यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सात सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो ।
हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम(पूर्व) मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि लगाइएका बिरुवालाई हुर्काउन भने चुनौती छ । सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिदैन कि भन्नेमा किसानमा चिन्ता छाएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम (पूर्व) रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आइरहेको छ । |
पर्सा निकुञ्जको जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ बारा। पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगन्जमा डेरा लिई बस्ने महिलाहरू रहेको जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएका महिलाहरूलाई ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । यसअघि प्रहरीले पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरूलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्दा घटनामा नियन्त्रणमा नआएकोले यसपटक नियन्त्रणमा लिएर म्याद थप गरेको क्षेत्रीले बताए।
जिल्लाको पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेका थिए।
ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ।
सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने भन्दै नियन्त्रणमा लिएका महिलाहरूको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ।
यौनजन्य गतिविधिमा सङ्लन आरोपमा ७ जना महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी सोही कार्यमा संलग्न पुरुषलाई भने बिना कारबाही त्यसै छोड्ने गरेको छ। |
‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’ कञ्चनपुर। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्छन्। पक्की घरमा बस्छन्। खेत जोत्नका लागि उनीसँग पावर टिलर छ। सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ। यी सबै सम्पत्ति उनले व्यावसायिक तरकारी खेतीबाट जोडेका हुन्।
डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले वर्षमा रु दश लाख बढीको तरकारी बेच्दै आएका छन्। खर्च कटाएर आधाभन्दा बढी रकम आम्दानी हुने गरेको उनी बताउँछन्। चौधरी परिवारसँग एलानी एक बिघा जग्गा छ । त्यसै जग्गामा व्यावसायिक तरकारी खेती हुने गरेको छ।
“परम्परागत रुपमा खेती गर्दा वर्षभरिका खानका लागि पुग्दैनथ्यो”, विगत सम्झँदै चौधरीले भने, “सानो बारीमा थोरै सिमी र खुर्सानी लगाइने गरिएको थियो, बुबासँगै काँधमा झोला झुण्याउँदै घरघरमा पुगेर चामलसँग तरकारी साटेर ल्याउने गरेका थियौँ।”
उनी भन्छन्, “त्यसै चामलको माड पूरै परिवारको छाँक टार्ने साधन हुन्थ्यो, जग्गामा सिँचाइ सुविधा नहुँदा अन्न राम्ररी फल्दैनथ्यो।” खेतमा छर्नका लागि थोरै बीउ राख्ने गरिएको थियो। त्यसमा घुन लाग्दा अरुसँग बीउ मागेर खेतमा छरिने गरिएको उनी बताउँछन्।
“खेतबारीमा अन्न थोरै फल्न थालेपछि परिवार पाल्न कठिन भयो, अधियामा जग्गा कमाउन थाल्यौँ”, उनले भने, “अधिया लगाएर आउने अन्न बेचेर आएको रकम बचत गर्यौँ, बचत रकमबाट सिँचाइका लागि पम्पसेट खरिद गरियो, सिँचाइको सुविधाले अन्न फल्न थाल्यो, त्यस पछि तरकारी खेती सुरु गर्यौँ।”
व्यावसायिकरुपमा तरकारी खेती गरेको १५ वर्ष बितेको छ। सिँचाइ सुविधाले केही नफल्ने जग्गामा चौधरी परिवारले तरकारी खेतीसँग अन्नसमेत लगाउने गरेका छन्। घरका लागि खानका लागि राखेर अन्न बेच्नका लागि भ्याउने गरेका छन्।
यस वर्ष मात्रै गोलभेडा रु चार लाख, आलु रु ५० हजार, भिण्डी रु ४० हजार, काउली, बन्दा रु १५ हजार, करेला, काँक्रा लौका, फर्सी गरी रु तीन लाख बढीको उहाँले बिक्री गरेर आम्दानी लिएका छन्। दश कट्ठा जग्गामा चौधरी परिवारले वर्षभरिनै तरकारी खेती गर्दै आएका छन्। बाह्र जनाको परिवारको खर्च तरकारी खेतीले धानिँदै आएको गयाप्रसाद बताउँछन्।
गयाप्रसादजस्तै सुन्दरीफाँटाका शिवराज चौधरीले पनि तरकारी खेती गर्दै आएका छन्। वैदेशिक रोजगारीमा मलेसिया पुगेर फर्केका चौधरीले व्यावसायिकरुपमा तरकारी खेतीलाई अँगाल्दै आएका छन्। “चार वर्ष मलेसियामा बस्दा बिरामी परेपछि घर फर्के”, उनले भने, “विदेशबाट कमाएर ल्याएको पैसा उपचारमा सिद्धियो, उपचार गरी निको भएपछि थोरै रकम लगानी गरी व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न छु।” आठ जनाको परिवारको खर्च तरकारी खेतीबाट आएको रकमले धानिँदै आएको उनी बताउँछन्।
“परिवारसँगै बसेर खेतबारीमा काम गर्छौं, तरकारी उत्पादन गरी बेच्छौँ”, उनले भने, “स्वदेशमै थोरै आम्दानी भए पनि खुसी छु, परिवारको सुखदुःखमा साथ दिन पाएको छु”, सुन्दरीफाँटका आधा दर्जन बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन्।
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई उत्पादित तरकारी बेच्नका लागि बजारको अभाव खेप्नुपरेको छ। भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा कुनै बेला लागत खर्चसमेत उठाउन गाह्रो हुने गरेको तरकारी खेतीमा संलग्न किसान किरन चौधरीले बताइन्।
“तरकारी खेती गर्नका लागि पुँजीको अभाव छ”, उनले भनिन्, “गाउँका अधिकांशको जग्गा एलानी छ, बैंकले बिना धितो ऋण दिँदैन, बैंक ग्यारेण्टीको व्यवस्था सरकारले गरेर ऋण उपलब्ध गराउने व्यवस्था गरिदिनुपर्यो।” तरकारी खेतीको क्षेत्र विस्तार गर्न पुँजीको अभावमा गर्न नसकिएको उनी बताउँछिन्।
उत्पादित तरकारी सडकको असहताका कारण बजारसम्म पुर्याउन निकै गाह्रो हुने गरेको बसन्ती चौधरीले बताइन्। गाउँको उत्तरपश्चिममा खार खोला, पूर्वमा ओदाल खोला र दक्षिणमा ओदाल खोला र वनहरा नदी पर्दछ। नदी खोलामा पुल नहुँदा उत्पादित तरकारी बर्सातका बेला बेच्न नपाइने गरेको उहाँको भनाइ रहेको छ।
व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रोत्साहित गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमूना कृषि कार्यक्रमअन्तर्गत अनुदानको रकम दुई वर्षदेखि उपलब्ध गराइदै आएको छ। गत आवमा कार्यक्रमअन्तर्गत रु ३० लाख र चालु आवमा रु १० लाख रकम अनुदानबापत उपलब्ध गराइएको छ।
नुदान रकमबाट व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले लागि टनेल, मिनीटिलर, पावर टिलर, स्प्रे ट्याङ्की, हजारी, क्रेटलगायत खरिद गरी उपयोगमा ल्याएका छन्। अनुदानको रकमबाट तरकारीको बीउ खरिद गरी वितरण गर्ने कार्यसमेत हुने गरेको छ। मुख्यमन्त्री नमूना कृषि कार्यक्रममा एक सय ४५ परिवार आबद्ध रहेका छन्।
कृष्णपुर नगरपालिकाका कृषि शाखाका प्रमुख लालबहादुर धामी व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई मागको आधारमा तालिम र कृषि औजार, उपकरण, प्लाष्टिक टनेललगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्य हुँदै आएको बताउँछन्। – रासस |
‘अफ्रिकन स्वाइन फिवर’ले मरे दुई हजार आठ सयबढी बंगुर चितवन। ‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बंगुर मरेका छन्। भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बंगुर मरेका हुन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो। यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन्। ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उनले जानकारी दिए।
रु छ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ। यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो। अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो। यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो।
रोग सङ्क्रमित सुँगुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिए।
यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुँगुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ।
यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ।
बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नुपर्दछ। बङ्गुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फार्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने सूचना अधिकारी न्यौपानेको भनाइ छ। – रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.