content
stringlengths 20
64.1k
⌀ |
---|
कामीरिता शेर्पाले तोडे आफ्नै कीर्तिमान, २८औँ पटक गरे सगरमाथा आरोहण काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्।
योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन्। यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन्।
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । |
काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता काठमाडौँ। मुलुकको संघीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए। “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए। पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ।
परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन्।
परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए। – रासस |
न्यायिक समिति संयोजकको दुखेसो- जिम्मेवारी पायौँ, जनशक्ति भएन कञ्चनपुर। कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गरिन्। न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका साथै विवाद हल गर्न सक्रिय रहेकी संयोजक नाथले इजलास कक्ष, कानुनी शाखा र सचिवालय सञ्चालनका लागि जनशक्ति अभाव रहेको दुःखेसो पोखिन्।
“न्यायिक समितिमा २० वटा मुद्दा परे”, उनले भनिन्, “तीमध्ये १६ वटा मिले बाँकी प्रक्रियामा छन् ।” उनले गुनासोसहितका मुद्दा पालिकामा आए पनि हल गर्न अदालत तथा माथिल्लो निकाय पठाउन नपरेको बताइन्।
कानुनी सल्लाकार नियुक्त गर्ने प्रावधान रहे पनि उनले न्यायिक समिति सञ्चालनका लागि पाकिलामा कानुन शाखा स्थापना हुनुपर्नेमा जोड दिइन्। “झैझगडा, ऐलानी जग्गाको भोगचलन, अंश मुद्दा र कुटपिटलगायतका विषयमा मुद्दा आउँछन्”, उनले भनिन्, “तर न्यायिक समिति सञ्चालनमा अहिले अरु शाखाका कर्मचारीबाट सहयोगले चलेको छ ।”
उनले इजलासका लागि भवन र सचिवालय सञ्चालनका सुदूरपश्चिम प्रदेश सरकारसित आवश्यक सहयोग माग गरेको बताइन्। “कानुन शाखा बनाएर बरु कर्मचारी अस्थायी÷करारमा राखेर पनि कार्यसञ्चालनमा सहज हुन्थ्यो”, उनले भनिन्, “उपाध्यक्षलाई जिम्मेवारी धेरैतिर भयो तर आवश्यक जनशक्ति उपलब्ध भएन ।”
नौवटा पालिका रहेको कञ्चनपुरमा न्यायिक समितिको नेतृत्वमा आठ पालिकामा महिला छन्। नगरपालिकाको उपप्रमुख तथा गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने व्यवस्थाअनुसार यहाँ बेलौरी नगरपालिकाबाहेकका पालिकामा निर्वाचित महिला न्यायिक समितिमा रहेर काम–कारबाही सञ्चालन गरिरहेका छन् ।
यहाँका न्यायिक समितिमा जग्गा विवाद, गालीगलौज, आलीधुर, कुटपिट, महिला हिंसालगायतका मुद्दा आउने गरेको संयोजकहरुको भनाइ छ । यहाँको जेठो भीमदत्त नगरपालिकामा रहेको न्यायिक समितिमा १८ वटा मुद्दा परेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नीलम लेखक जोशीले जानकारी दिइन्।
उनले भीमदत्तनगरपालिकाले १९ वटै वडामा मेलमिलापकर्ता छनोट गरेर वडामा समेत न्यायसम्पादन हुने गरेको बताइन्। “सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएका छन्”, उनले भनिन्, “पालिकामा मिलाउन नसेका विवाद अदालतलगायतका निकायमा पठाउने गरेका छौँ ।”
न्यायमा आम नागरिकको पहुँच पु¥याउने उद्देश्यले पनि स्थानीय तहमा न्यायिक समिति गठन गरिएका भए पनि इजलासकक्ष स्थापनामा भने पहल भएको देखिँदैन । “धेरै विवाद स्थानीय तहमै मिल्दा स्थानीयवासी खुसी छन्”, उनले भनिन्, “न्यायसम्पादनका बेला सेवाग्राहीले कतिपय अवस्थामा असहज महसुस गर्न थालेपछि इजलासकक्ष बनाएनौँ ।”
कञ्चनपुरका अधिकांश न्यायिक समितिले पालिकामा न्याय सम्पादनमा सहजताका लागि अधिवक्तालाई कानुनी सल्लाहकार नियुक्त गरेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले २५ मध्ये १९ वटा मुद्दा मेलमिलाका माध्यमबाट छिनोफानो गरेको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले यहाँका १२ वटै वडामा मेलमिलापकर्ताको व्यवस्थासमेत गरिएको बताइन्। “न्यायिक समितिमा कुटपिट, जग्गा विवादलगायतका मुद्दा आउँछन्”, उनले भनिन्, “यहाँबाट छिनोफानो नभएर मुद्दा माथिल्लो निकायमा पठाउनुपरेको छैन ।”
त्यसैगरी यहाँको दोधारा चादँनी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक गंगादेवी जोशीले यहाँ ६५ भन्दा बढी मुद्दा परेको बताइन्। उनले मुद्दा परेकामध्ये २२ वटा मिलपत्र भएको जानकारी दिँदै केही मुद्दा वडा कार्यालयमार्फत पनि छिनोफानोका लागि पठाएको बताइन्।
दोधारा चादँनी नगरपालिकाले यहाँका १० वटै वडामा मेलमिलापकर्ता खटाउने तयारी गरेको उनको भनाइ छ । “एउटा वडाबाट तीन जना गरी १० वटाबाट ३० जनालाई मेलमिलाकर्ताको तालिम दिने तयारी छ ।” उनले भनिन्, “अहिले इजलासकक्ष नै बनाएको अवस्था छैन ।” उहाँले जग्गा विवाद, लेनदेन, कुटपिट तथा घरेलु हिंसाका मुद्दा समितिमा आउने गरेको बताइन्।रासस |
इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीविरुद्ध मुद्दा दायर पर्सा। गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३ र चितवनका पाँच गरी १८ व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख मनिष दासले जानकारी दिए।
इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एण्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको प्रमुख दासले बताए।
चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबीङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको प्रमुख दासले जानकारी दिए।
अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १८ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनको भनाइ छ ।
यस्तै चालु आवको १० महिनामा चार सय ७५ जना व्यापारीले अनुमतिपत्र/इजाजतपत्र लिएको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दासका अनुसार सो अवधिमा एक हजार ६२ व्यापारीले नियमित जाँच÷नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण गराएका छन् ।
ती सबै शीर्षकबाट चालु आवको साउनदेखि वैशाखसम्ममा रु एक करोड ९४ हजार तीन सय ७१ राजस्व सङ्कलन भएको प्रमुख दासले जानकारी दिए। सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवापुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख दासले बताए।
कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्ने पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । |
अस्ताए साहुखर्कका खिर बाजे डडेल्धुरा। डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ । डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।
गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् । |
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते कास्की। पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ। पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।
वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। – रासस |
भक्तपुर अस्पताल भयो, मुलुककै सर्वोत्कृष्ट अस्पताल भक्तपुर। भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नजरमा भक्तपुर अस्पताल यस बर्षको नै सर्बोत्कृष्ट अस्पताल बन्न पुगेको हो।
न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्यांकन टोलीले अवलोकन तथा मूल्यांकन पछि सो घोषणा गरिएको हो।
सो नतिजापछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताइन्। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन्।
उनले सो अस्पतालमा मेहनतका साथ काम गर्ने सबै कर्मचारीलाइ धन्यवादसमेत दिएकी छिन्। |
आजबाट काठमाडौंमा ‘सम्पदा बस’ सेवा सुरु हुँदै काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ।
काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उदेश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेकाे हाे।
नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा बिद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।
उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारवाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन्।
आज ललितपुर महानगरपालिकाबाट औपचारिक रुपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ। |
सफा हिमाल अभियानका सरदार शेर्पासहित तीन आरोहीको निधन काठमाडौं। सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ।
सफा हिमाल अभियान-२०२३ का सरदारसमेत रहेको शेर्पाका सोमबार निधन भएको हो। उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए।
ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए। सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबावार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ।
उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ।
उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ।
|
थाहा पाउनुहाेस् आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। |
विपद् व्यवस्थापनमा ‘अभ्यास हातेमालो-५’ काठमाडौं। विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।
उक्त समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विपद्को समयमा आवश्यक प्रभावकारी समन्वय र सहकार्यका लागि यस किसिमको अभ्यासहरुको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले यस कार्यक्रमलाई प्रदेश र स्थानीय तहसम्म सञ्चालनलाई प्राथमिकता दिने नेपाली सेनाको योजना रहेको बताए ।
उनले व्यावसायिक कर्तव्य र जिम्मेवारीका साथै समृद्धिको बाधकको रुपमा आइपर्ने विपद्का घटनालाई सामना गर्नुपर्ने वास्तविकताका बीच यसप्रकारको अभ्यास र अन्तरक्रियाले राज्यले अवलम्बन गरेका नीति र कार्य योजनालाई यथार्थमा परिणत गर्ने विश्वास व्यक्त गरे।
उनले यसले विपद् व्यवस्थापन गर्न सक्षम राष्ट्र बनाउन मद्दत पुर्याउने पनि बताए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस किसिमको समन्वयात्मक सहकार्यले विपद् प्रतिकार्यमा थप योगदान पुग्ने कुरामा दुई मत नरहेको बताए । उनले जनधनको क्षतिलाई न्यूनीकरण गर्न हालको कमाण्ड तथा रेस्पोन्स प्रणालीलाई अझै चुस्तदुरुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
यसवर्ष मनसुनको समयमा हुन सक्ने बाढीपहिराको परिदृश्यमा आधारित रही सञ्चालन भएको दुई दिवसीय केन्द्रीयस्तरको अभ्यास हातेमालो–५ मा नेपाली सेनाका रथी तथा अधिकृत, विभिन्न मन्त्रालय तथा अन्य सुरक्षा निकायका प्रतिनिधि, रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो । |
null |
पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।
मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिए । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताए । अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उनको भनाइ छ ।
गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको उनले बताए ।
समय सीमा सकिसकेपछि निवेदनमाथि जाँच बुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । |
null |
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ काठमाडौं । स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरिएको हो । उनलाई वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाइदिन्छु र मासिक एक लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । |
null |
रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु काठमाडौं । रामेछाप लिखु तामाकोशी गाउँपालिका–२, सिरिसेमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
सोमबार दिउँसो लिखु खोलामा माछा मार्न लगेको तारबाट करेन्ट प्रवाह हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको सिरिसे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की नुहाउन लिखु खोलामा गएका थिए ।
नुहाइसकेपछि कपडा सुकाएको र त्यसपश्चात खोलामा माछा मार्नका लागि आफैंले लगेको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको बताइएको छ । स्थानीय अर्का एक युवकले बंगुरलाई चारो दिने क्रममा कार्की छट्पटाएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । |
धनगढी र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ धनगढी । कैलालीको धनगढी र कञ्चनपुरको डोके बजारबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ७५ मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–८ का २६ वर्षीय समिर चौधरी पक्राउ परेका छन् । उनी आइतबार राति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४६ वर्षीय ऋषि राम कँडेल पनि लागूऔषधसहित पक्राउ परेका छन् । ७ सय मिलिग्राम लागुऔषधसहित उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारेपछि पक्राउ गरिएको हो । |
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताए ।
नेपाल प्रहरी संगठनमा प्रचलनमा रहेका कार्यशैली, अभ्यासहरू, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता रहेकोले परिवर्तनको संवाहकको रुपमा काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई उनले निर्देशन दिए ।
दर्ज्यानी चिह्न पाएका प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् ।
प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो । |
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २९ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेका छन्।
रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा काम लगाईदिन्छु, मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ। |
नख्खु–भैँसेपाटी–बुङमति अन्तर्गत सडकखण्डको काम छिटो सक्न निर्देशन काठमाडौँ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको नख्खु–भैँसेपाटी–बुङमति अन्तर्गत भैँसेपाटी आवास क्षेत्रको सडकखण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
सोमबार उक्त सडकखण्डको स्थलगत निरिक्षण गर्दै मन्त्री ज्वालाले ज्येष्ठ मसान्तभित्र काम गर्ने प्रतिवद्धता ठेकेदार कम्पनीले गरेको भन्दै आफुले काम छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए।
काम सम्पन्न गर्नेका लागि देखिने समस्याहरुलाई सरकारले समाधान गर्ने र ठेकेदार कम्पनीले पनि ढिलासुस्ती नगरि काम गर्नुपर्ने उनको भनाई छ।
समयमा नै सडक निर्माणको काम सम्पन्न नभएको भन्दै भैँसेपाटीका स्थानीयहरुले केहि दिनअघि उक्त सडकखण्ड बन्द गरेर विरोध जनाएका थिए। मन्त्री ज्वालाले खानेपानी र सडकको काम अघि बढाउदा समन्वयन नहुँदा सडक निर्माणमा ढिलाई भएकाले अव छिटो काम सम्पन्न हुने विश्वास व्यक्त गरे।
मन्त्री ज्वालाले समयमा नै आयोजना सम्पन्न गर्न मुलुकको विकासको मोडललाई पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको भन्दै अन्तरमन्त्रालय समन्वयनमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको जिकिर गरे। |
अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार बनेपा। काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ। बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।
बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलबाट अनैतिक कार्यमा संलग्न गराईएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ।
जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। |
लेक चड्न थाले भेडी गोठ ढाेरपाटन। मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन्। अघि-अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन्।
गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन्। औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन्। छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक-बेसी गरी राख्छन्।
बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन्।
बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जंगलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ।
अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन्। बेला-बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन्। यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन्।
बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन्। अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन्।
पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए। लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उनको भनाइ छ।
“यसपालि त बर्खा नलाग्दै ठूलो पानी पर्यो, त्यसले गर्दा लेकमा घाँस पलाएरका छन्, बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन, त्यही भएर लेकतिर लागेका छौँ, पहिले-पहिले असार लाग्ने बेला जान्थ्यो, यो वर्ष दुई साता पहिलै लेक जाँदैछौँ”, घर्तीमगरले भने, “अहिले लेक चडेपछि आउने त अब दसैँतिर मान्न हो, त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन, ज्यानलाई सञ्चो भएन भने, घरका केही पर्यो भने मात्रै झर्ने हो नत्र एकै पटक असोज, कात्तिकमा आउने हो।”
तमानखोला गाउँपालिका-५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाइमा रहेको जनाउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताए।
गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनको भनाइ छ। हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेँसी झार्ने गरेको बताउँछन्। भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ।
उनी भन्छन्, “हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै पर्यो जे गरे पनि, लाहुर जान सकिएन, पढ्न पाइएन, पढेको भए जागिर खाइन्थ्यो होला, हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसैगरी जिन्दगी बित्न थाल्यो, यहाँको वनपाखा सबै थाहा छ, म हरेक कुनामा पुगेको छु।”
उनले नयाँ युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको बताए। यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गरे। पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको विकको भनाइ छ।
भेडाबाख्रा पाल्नेले पनि जंगलमा नलगी खोरमै बाँधेर पाल्ने गरेको उनले बताए। पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ। भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ। रासस |
प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट प्युठान। वनमा लागेको डढेलको बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन्। प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो।
सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन। यद्धपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएकाे छ। सो आगलागीवाट कति क्षति भयो? त्यसको मुल्याङकन गर्ने कार्य भईरहेको जनाइएको छ।
|
आज जैविक विविधता दिवस मनाइँदै काठमाडाैं। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ।
जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ ।
जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संगठनका तर्फबाट हाइकिङ, र्याली, गोष्ठी, अन्तक्र्रियालगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ। जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ। |
आजको मौसम: यी प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। |
null |
null |
कम हुँदै कोरोना भाइरस सङ्क्रमित काठमाडौं। कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ ।
इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताउनुभयो । उहाँले भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको बताए।
“भारतमा पनि सङ्क्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उनले भने, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।”
उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताए । अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो । |
null |
शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ संलग्न देखिएपछि आइजीपी र महान्याधिवक्ताको दौडधुप काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ संलग्न देखिएपछि प्रहरी महानीरिक्षक बसन्त कुँवर र महान्याधिवक्ता दिनमणी पोखरलको दौडधुप चलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार नै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन लागेको भएपनि आइतबार बिहान आइजीपी कुँवर, एआइजी, श्याम ज्ञावाली, महान्याधिवक्ता पोखरेल लगायतका उच्च अधिकारीहरुको बैठकले अनुसन्धान प्रतिवेदन बुझाउन ढिलाई गरेको हो।
‘बिहानदेखि चार घण्टा उच्चस्तरीय बैठक बस्यो त्यसपछि आज जाने भनिएको अनुसन्धान प्रतिवेदन प्रहरी कार्यालयमै रोकियो’, स्रोतले भन्यो।
पक्राउ परेको नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र विचौलियाको बयान, गृहमन्त्रालयको बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनलाई किर्ते गरेको, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेश गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको अवस्थामा त्यसलाई सकेसम्म कमजोर बनाउने गरी उच्चस्तरीय बैठक बसेको स्रोतको दाबी छ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार शुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरुले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृहमन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्ते नै मूख्य आधार र प्रमाणको रुपमा प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागेको थियो।
तर सो अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा नपुग्दै आइजीपीसहितको टिमले अनुसन्धान अधिकृतहरुसँग छलफल गरेको स्रोतको दाबी छ। |
सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला वीरेन्द्रनगर। सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो ।
आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निवेदन सङ्कलनका लागि सूचना निकालेको थियो ।
सुर्खेतमा वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरूको निवेदन सङ्कलन गर्न सूचना निकालेको थियो । त्यसपश्चात् सात दिनको सूचना थप गरिएको हो । अब आगामी आइतबारसम्म पीडितको निवेदन सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
मिटरब्याजसम्बन्धी ठगीमा पर्ने अधिकांश महिला रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका मिटरब्याज सहायताकक्षमा कार्यरत गोमा सुवेदीले बताए। “अहिलेसम्म अधिकांश महिलाहरू नै ठगिएको देखिएको छ”, सुवेदीले भने, “पुरुषहरू फाटफुटमात्र निवेदन ल्याएर आउनुभएको छ ।”
यसरी ठगिनेहरू धेरैजसो ऋण लिने र जग्गा पास गर्दा ठगीमा परेको पीडितहरूले उल्लेख गरेको सुवेदीले बताए। “निवेदन दर्ता गराउन आउनुभएका धेरैजसो जग्गा दृष्टिबन्धक राखेको र ठगीमा परेको जनाउनुभएको छ”, उनले भने, “कतिपय भने पाँच लाख रकम ऋण लिएर १५ लाखसम्म बुझाउनु परेको अवस्था रहेको समस्या राख्नुभएको छ ।”
कार्यालयले मिटरब्याज पीडितहरूलाई सहायताका लागि छुट्टै सहायताकक्षको समेत व्यवस्था गरेको प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। “सहजीकरणका लागि हामीले कक्ष नै व्यवस्था गरेका छौँ, त्यहाँ पीडितहरूलाई फाराम भर्नेलगायतका काममा सहयोगसमेत गरिन्छ”, प्रशासकीय अधिकृत न्यौपानले भने, “सहायताकक्षमा छुट्टै कर्मचारी राखेर पीडितका निवेदन लिने काम गरेका छौँ ।”
कार्यालयमा भौतिकरूपमा उपस्थित भएर निवेदन दिन नभ्याउनेहरूका लागि अनलाइनमार्फत पनि निवेदन दिन सकिने व्यवस्थासमेत छ ।
आयोगले मिटरब्याज भन्नाले ब्याजलाई साँवामा गाभेर पुनः साँवा भएका लेनदेनका साथै कानून विपरीत चर्को ब्याजमा भएका कारोबारलाई समेत अनुचित लेनदेन भनेको छ । ऋणीले धरौटीमा रकम नलेखेर दिएको बैंकको खाली चेक, बढी रकम उल्लेख गरेको वा परिवर्तन गरेको तमसुक, जग्गा दृष्टिबन्धकमा राखिएको, लेनदेनको मुद्दा परेकोलगायतका विषय समेतको अवस्थामा विवरण पेस गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भौतिकरूपमै उपस्थित भएर होस् या आयोगसमक्ष सिधै अनलाइनमार्फत निवेदन गर्दा पीडितले आफ्नो र विपक्षी व्यक्तिको व्यक्तिगत विवरण समावेश गर्नुपर्ने हुन्छ ।
उक्त निवेदनमा समावेश हुने घटना विवरणमा कारोबार गर्नाको कारण, मिति, स्थान र रकमसमेत स्पष्ट खुलाउनुपर्छ । यसपछि विपक्षीबाट रकम कुन माध्यमबाट लिइएको हो, सो विषय निवेदनमा समावेश हुन्छ । रकम लिँदा तमसुक गरे\नगरेको, गरेको भए कारोबार रकम र तमसुकमा भएको रकमसमेत निवेदकले समावेश गर्नुपर्छ ।
जग्गा रजिष्ट्रेसन पारित गरी हक छाडेको भए सोको विवरण, जग्गा भोगचलनको अवस्था, जग्गा दृष्टिबन्धक भएमा सर्त तथा जग्गाको भोग कोकसले गरिरहेको छ भन्ने विषयसमेत निवेदकको उजुरीमा समावेश गरिनुपर्छ ।
सम्झौता लिखतमा भएको ब्याजदर र बुझाउने ब्याजदर, साँवाब्याज बुझाउने अन्तिम भाका, लेनदेन कारोबारको मुद्दा दायर भएको भए मुद्दाको अवस्था लगायतका विषय निवेदन खुलाउनुपर्छ । |
null |
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता बझाङ। बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते भएका छन् भने दुई बेपत्ता भएका छन् । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।
हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन । |
दुबई पठाइदिइने प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ काठमाडौं। वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली-६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल रहेका छन्।
रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रलोभनमा पारी निज पीडितहरूबाट पटक-पटक गरी जम्मा ९,५०,००० रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
प्रहरीले रिमाललाई आज कामपा वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
|
null |
null |
null |
बुद्ध एयरको जहाजभित्रको मुसा भेटियो काठमाडौं। जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ।
बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।
आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुध्द एयरले सूचनामा उल्लेख गरेको छ ।
कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ । |
नक्कली शरणार्थी प्रकरणः अभियुक्तहरु थप ३ दिन हिरासतमा रहने, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न अभियुक्तहरु थप ३ दिन हिरासतमा रहने भएका छन्।
प्रहरीले पाँच दिनको म्याद थप गर्न सिफारिस गरेपनि पक्राउ परेका १६ जनालाई ३ दिन म्याद थपेर अदालतले हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ। प्रहरीले आजै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।
प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो।
त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए।
प्रहरीले उक्त घटनाका गिरोहहरु केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो। यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।
त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो।
फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।
उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन्। उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्।
|
मदन राईद्वारा बाल यौन दुर्व्यवहार भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक काठमाडौं। खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–२ स्थित सुभद्रा मदन (सुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगायतका संस्थाहरुले संयुक्त रुपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो।
प्रतिवेदनमा मदन राईले स्थापना गरेको शुभम फाउन्डेसनमा विद्यालयको प्रार्थनाको समयमा होस् वा अन्य समयमा सार्वजनिक रुपमा बालबालिकाको अगाडि अश्लिल हर्कत गर्ने, अपशब्द प्रयोग गरी दुरव्यवहार गर्ने पाइएको उल्लेख छ।
फाउन्डेशन मार्फत सञ्चालन भएको विद्यालय हाता भित्रै होमस्टे, क्याफे संचालन गरेको र उक्त होमस्टे तथा क्याफेमा कुनैपनि कर्मचारी नराखी सबै कामहरु विद्यालयमा अध्ययनरत बालबालिका मार्फत गराउने गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै विद्यालय हाताभित्रै जोसुकै व्यक्ति जुनसुकै बेला प्रवेश गर्न, डुल्न बालबालिकासँंग घुलमिल हुन सक्ने भएकाले त्यहाँका बालबालिका थप अन्य कुराहरुबाट समेत अत्यन्तै जोखिममा रहेको खुलेको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले जानकारी दिए।
सानो कक्षाका बालबालिकाहरु विशेषत कृषि तथा पशुपालन सम्बन्धी श्रममा संलग्न हुने र ठुलो कक्षाका बालबालिकाहरु होमस्टे तथा क्याफेमा काम गर्ने गरेको पाईएको उनले बताए।
यस्तो अवस्थामा बालबालिकाहरु मदन राईबाट मात्र होईन अन्य नचिनेका मानिसहरु बाट समेत यौन दुर्व्यवहारमा पर्ने अत्यन्तै जोखिम भएको उनको भनाइ छ।
मदन राईले सधैं सबै ठाउँमा अश्लील बोल्ने भएकाले समाजले समेत उनका दुर्व्यवहारहरुलाई सामान्य रुपमा हेर्ने गरेकाले उनलाई थप दुर्व्यवहार गर्न प्रोत्साहन मिलेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
विद्यालयले सञ्चानल गरेको आवास गृह मापडण्ड विपरितको रहेको र आवास गृह संचालनको दर्ता अनुमति कतैपनी नलिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। सरकारी विद्यालयलाई फाउन्डेसनको सहयोगमा सञ्चानल गरिएको भनिएपनि पुर्णतः निजी विद्यालयझै संचानल गरेको पाइएको शर्माले बताए।
अध्ययन टोलीले पीडित बालबालिकाको तत्काल उद्दार, संरक्षण तथा पुर्नस्थापनाको लागि घटना व्यवस्थापन योजना अविलम्व तयार गरी यथाशीघ्र कार्यान्वयन गर्न राष्ट्रिय बाल अधिकार परिषद्लाई सुझाव दिएको छ। |
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक बृद्धि गर्न सरकारसमक्ष सिफारिस काठमाडौं। न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक बृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले बृद्धि गर्न सिफारिस गरेको हो । त्यस्तै सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले सेवा सुविधा पाए नपाएको तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्ने समितिले जनाएको छ ।
सेवा तथा सुविधा सम्बद्ध सञ्चार प्रतिष्ठानले कार्यान्वयनमा ल्याए नल्याएकोे अध्ययन गरि आवश्यक कारवाही गर्न समितिलाई थप अधिकार दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न सरकार तयार रहेको जानकारी दिएकी छिन्।
मन्त्री शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन बाध्यकारी बनाउनुपर्ने उल्लेख गकी छिन्। उनले सरकारको नीति तथा कार्यक्रममा समानुपातिक विज्ञापन प्रणालीको विषय राखिएकाले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गर्न नखोजेको जानकारी दिएकी छिन्। ।
त्यस्तै समितिले ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानले कुनै पनि सरकारी सूचना प्रकाशन-प्रशारण गर्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ भने सञ्चार प्रतिष्ठान सञ्चालनका लागि सूचना वा विज्ञापनको समानुपातिक वितरण एकद्वार प्रणालीमार्फत कार्यान्वयन गराउनुपर्ने सुझाव पनि दिएको छ ।
हेनुहोस् भिडियो:
|
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौँ। काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। |
गंगा दशहरा स्नानः पाप कट्ने धार्मिक विश्वास काठमाडौं। ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गंगादशहरा स्नान मेला सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा शनिबारदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् । यसै वर्षदेखि यहाँ व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका १० दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने १० प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका १० दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत १० योग पर्ने गरेको छ ।
पौराणिककालमा यही १० दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो १० दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा १० प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ ।रासस |
पोर्चुगलमा सुतेकै अवस्थामा ३३ वर्षीय युवकको निधन लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।
साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए।
साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।
परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। उनले शव पठाउनका लागि आर्थिक संकलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरे। – रासस |
गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवल्दार घाइते बिराटनगर। गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन्। भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन्।
विराटनगर महानगरपालिका-१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङ प्रहरीका डीएसपी एवम प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन्।
उनको कोशी अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भए पनि सो घटनामा संलग्नहरु भने फरार हुन सफल भएका छन्। उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ। |
पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प काठमाडाैं। पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। |
प्रहरीले कहाँ पुर्यायो ‘हाइप्रोफाइल’ संलग्न भनिएको अडियोको अनुसन्धान? काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्नवास गराउन हाइप्रोफाइल संलग्न रहेको भन्दै एउटा अडियो सार्वजनिक भयो।
दुई पटक गरी सार्वजनिक भएको सो अडियोमा कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँण, वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राई, तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई पैसा दिएको र पैसा दिएपछि पनि काम नभएको भन्दै आपत्ति जनाइएको थियो।
त्यो अडियोमा सार्वजनिक भएका नाममध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी टेकनाथ रिजाल लगायतलाई पक्राउ गर्दा पनि अडियोमा मुछिएका हाइप्रोफाइलवाला पात्र भने पक्राउ पर्ने कुरै छाडौं, सामान्य सोधपुछको दायरामा पनि आएका छैनन्।
‘अहिलेसम्म पक्राउ परेका मध्ये कतिपय त्यही अडियो र बयानकै आधारमा हो तर हाइप्रोफाइलमा रहेकाहरुलाई अहिलेसम्म सामान्य सोधपुछ पनि गरिएको छैन’, अनुसन्धानमा संलग्न रहेकै एक प्रहरी अधिकारीले भने।
सो अडियो सार्वजनिक भएपछि आरजु राणाले संसदमा आफ्नो बचाउ गरेकी थिइन्। विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएकी थिइन्। त्यतिमात्र होइन भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
वैशाख २७ गते बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिँदै उनले अडियोको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी थिइन्।
‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडियोबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको थियो।
तर प्रहरीले यो विषयमा खासै प्रकृया अघि बढाएको छैन। साईबर व्यूरोमा उजुरी गरेको एक साताभन्दा बढी भएपनि व्यूरोले त्यो अडियो कसले कहाँबाट कसरी सार्वजनिक भयो भन्नेबारेमा केही पत्ता लगाउन सकेको छैन।
आरजुको माग पनि त्यही थियो–त्यो अडियो कसले कुन प्रयोजनका लागि र कहाँबाट प्रसारण गरिएको हो त्यसको प्राविधिक अनुसन्धान गरिपाउँ। तर प्रहरीले प्राविधिक अनुसन्धान गरेपनि त्यसको परिणाम दिन सकेको छैन।
साइबर व्यूरोका प्रवक्ता एसपी पशुपति रायले त्यो उजुरीबारे व्यूरोले अनुसन्धान गरिरहेको बताए। उनले प्राविधिक पक्षको मात्रै अनुसन्धान गर्ने भएकाले अडियोमा आएका नाम र तथ्यबारे भने काठमाडौ परिसरले अनुसन्धान गरिरहेको बताए।
‘हामीले प्राविधिक पक्षको मात्रै अनुसन्धान गरिरहेका छौ, केही समय लाग्छ त्यो अडियो कसले कहाँबाट प्रसारण गरेको हो भन्ने पक्षलाई ध्यान दिएर अनुसन्धान गरिरहेका छौ’, एसपी रायले भने।
उता काठमाडौं प्रहरी परिसरले अडियोको आधारमा अनुसन्धानलाई निष्कर्षमा पुर्याउन लागेको छ। त्यतिमात्र होइन विचौलिया, गिरोहका सदस्य र पीडितहरुले दिएको अडियोलाई पनि काठमाडौ प्रहरी परिसरले प्रमाणको रुपमा राख्न लागेको छ।
दलाल र पीडितबीचको भनिएको अडियो वार्ता प्रहरीकोमा नपुगेको भने होइन। सार्वजनिक भएको अडियोमा कांग्रेसकी सांसद आरजुलाई साढे २ करोड र तत्कालीन गृहमन्त्री खाणकी पत्नी मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ।
त्यसैगरी अर्को एक अडियोमा पनि अख्तियारका प्रमुख राइलाई गृहमन्त्रालयमै दुई करोड रुपैया गाडीमा हालिदिएको बताइएको छ। साथै तत्कालिन गृहमन्त्री थापालाई पनि छोरा प्रतीक मार्फत पैसा दिएको भनिएको छ।
तर प्रहरीले यी दुवै अडियोलाई आधार नमानी मौन रहेको छ। सो अडियोमा आएको विषयलाई आरजु राणा देउवा, मञ्जु खाँण, प्रेमकुमार राई र रामबहादुर थापा चारै जनालाई सामान्य प्रष्टिकरण पनि लिएको छैन।
परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बाहिर आएको अडियोबारे जानकारी रहेको बताए। ‘यसबारे हामी जानकार छौ, प्रमाणले पुगेसम्म अनुसन्धान हुनेछ’, एसपी रिजालले भने।
प्रहरीले आइतबार पक्राउ परेका १६ जनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। हालसम्म सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व गृहसचिवसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको छ। |
आजको मौसम: चार प्रदेशमा मेघ गर्जनसहित बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। |
सडक अनुशासनबारे व्यवहारिक ज्ञान दिन ट्राफिक क्लब गठन काठमाडौं। काठमाडौं महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ट्राफिक क्लब गठन गरेको छ । कामपाले आज डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो ।
क्लब गठनपछिको प्रतिक्रियामा कामपाको प्रमुख बालेन्द्र साहले भने, “मैले प्रमुख पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिबद्धता पूरा गराउने कार्यक्रम सुरु गरेको हुँ ।” उनले नेपालमा नै पहिलोपटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरिएको दाबी गरे।
क्लब गठन गरिएसँगै बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ठूलो सहयोग पुग्ने विश्वास कामपाको छ । क्लबमा १० जना सदस्य रहनेछन् ।
क्लबमा आबद्ध विद्यार्थीहरूको कामबारे जानकारी दिँदै प्रमुख साह भन्छन्, “काठमाडौँका धेरै स्कुल व्यस्त सडक किनारामा छन् । यस्ता विद्यालयका सदस्य बिहान खुल्ने र साँझ बिदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले चार–चार जनाको समूह बनाएर सडक पार गर्दा अपनाउनुपर्ने सावधानी सम्झाउँदै पैदलयात्रुका दायित्वका विषयमा विद्यार्थीलाई सम्झाउने छन् ।”
उनका अनुसार गठन गरिएको क्लबले जेब्रा क्रसको सङ्केत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले सङ्केत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’मा रोकिने, ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ । यी विषयमा बाल्यकालको शिक्षासँगै ज्ञान दिन क्लबका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्नेछन् ।
क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेटलगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । उक्त क्लबले विद्यालयको पिकआवरमा बाटो काट्नका लागि सहयोग हुन्छ भन्ने अपेक्षा लिएको छ ।
अहिले एउटा विद्यालयमा मात्रै क्लब गठन गरिएको भए पनि आगामी दिनमा कामपाको ८९ वटै सामुदायिक विद्यालयमा गठन गर्ने तयारी छ । |
null |
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । |
हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ रौतहट । रौतहटको गुजरा नगरपालिका ६ प्रतापपुर पल्टुवाका ४५ वर्षीय शेख अलाउदिनलाई प्रहरीले पक्राउ गरेको छ । फुपूको हत्यापछि फरार अलाउदिनलाई १४ वर्षपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले शनिबार पक्राउ गरेको हो ।
२०६६ साल पुस ८ गते राति १२ बजे साविक गाविस बगही हाल कटहरीया–६ फत्तेपुरका शेख फौजदारकी श्रीमती ६५ वर्षीया मजबुनिया शेखिनको अलाउदिनले गोली हानी हत्या गरेको आरोप लागेको थियो ।
मृतक अलाउदिनका फुपू हुन् । जग्गाको लोभमा हत्या गरेको आरोप लागेपछि उनी फरार थिए । |
हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएको आरोपमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसीविरुद्ध आत्महत्या दुरूत्साहन मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई प्रहरीले पक्राउ गरेको थिएन ।
मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिबार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए । घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल प्रकाउ गरेर अनुसन्धान थाल्न परिवारको माग थियो ।
भट्टराई आज साँझ साढे चार बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । |
काठमाडौं महानगरले हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै काठमाडौं। सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।
रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए।
सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
सन् १८०२ मा एक वर्षसम्म काठमाडौँको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ । अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् ।
यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो। यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने छ ।
वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने एक सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ तीन सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् । सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट बिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ ।
यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् । सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् ।
कामपाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिने छ । |
रौतहटमा छुरा प्रहारबाट एमालेका स्थानीय नेताको मृत्यु रौतहट। रौतहटमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।
गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनीमाथि छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए।
छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । |
दुर्घटनाको जोखिम बढेपछि सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध झापा। सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रबार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभावी बिस्कुन नसुकाउन आग्रह गरेका हुन्। सूचनामा भनिएको छ, “कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।”
उनले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताए। विशेषगरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ । कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ । |
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि… काठमाडौं। जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।
उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको कर्णले बताए। |
एभरेष्ट बैंकबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना, ९ जना पक्राउ काठमाडौं । ग्राहकको पैसा हिनामिना गरेको आरोपमा सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।
प्रहरीका अनुसार इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएकाहो । एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको उजुर परेको छ ।
पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ बर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल रहेका छन् ।
डिएसपी राइका अनुसार बैंकका कर्चारीले बैंकको कम्प्युटर आईडी र पासवर्डको दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत् बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका देखिएको छ । |
यस सिजनमा मात्रै सगरमाथामा गुमाए ११ जनाले ज्यान काठमाडौं । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो ।
मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ ।
सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् । ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने ।
सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयारी गरिदै गरेको पर्यटन बोर्डले जनाएको छ ।
यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् । |
उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह काठमाडौं। स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् ।
‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्वीकारे।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले विश्वविद्यालयका राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई तोड्न कोसिस भइरहेको बताए।
हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्तालमुक्त बनाउन आग्रह गर्दै उच्च शिक्षाका नाममा लाखौँ रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेज गम्भीर हुनुपर्ने बताए।
शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९/०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो नौ महिनाको अवधिमा रु ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु ४३ अर्ब ६७ करोड बाहिरिएको थियो । |
बालेन शाह भन्छन, ‘आईडिया बैंकमा आबेदन दिनुहोस, उद्यमी बन्नुहोस्’ काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंककार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन ।
‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन ।
‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् ।
‘कसरी त्यसको Business Plan बनाउने Implementation Plan बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनकाे अपिलमा भनिएकाे छ, ‘ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ ।’ उनका अनुसार २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।
|
गोसाइँकुण्डमा विशेष मेला सुरु रसुवा। रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ।
गंगा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्।
शिवको दर्शन गर्नाले आफ्ना मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन्।
समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहेको बताइएको छ। कुण्डमा डुबुल्की मारेपछि शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ।
निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ। पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ। कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ।
स्थानीय पुरोहित टंकप्रसाद ढकाल ९टङ्कु गुरु० ले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गंगा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुंगा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किँदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताए।
आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजनको आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए।
दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ। यस वर्षको गंगा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ सबै यात्रुको सङ्ख्यात्मकरूपमा लगत राखिने छ।
यात्रुको चापलाई मध्यनजर राखी नेपाल प्रहरीले यथेष्ट सुरक्षा प्रबन्ध मिलाइसकेको जनाउँदै जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले कुनै स्थानमा सुरक्षा चाहिएमा वा उद्धार गर्नुपर्ने अवस्था सिजर्ना भएमा नेपाल प्रहरीको निःशुल्क फोन नं १०० मा खबर गरिदिन यात्रुसमक्ष अनुरोध गरिएको बताए।
ट्राफिक व्यवस्थापनअन्तर्गत यात्रुले ल्याएका सवारी साधन धुञ्चेमा पार्किङ एवं सुरक्षाको प्रबन्धसमेत तय गरिसकिएको उनले जानकारी दिए। यात्रुको चापलाई मध्यनजर राख्दै भोजनको उचित व्यवस्थापनका लागि होटल व्यवसायीले आवश्यक दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न धार्मिक मार्गका चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्डसमेतका सबै स्थानमा भण्डारण गरिसकेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले बताए।
हिमाली क्षेत्रमा उकालो चढ्दै जानुपर्ने भएका कारण वातावरण सहजताको लागि काठमाडौँबाट एक दिन धुञ्चे, भोलिपल्ट चोलाङपाटी वा लौरीविनायक बसेर शरीरमा लेकाली हावापानीको वातावरण मिलाउँदै तेस्रो दिन कुण्ड पुगेर स्नान गर्दा लेक लाग्ने समस्या हल हुने उनको भनाइ थियो।
गोसाइँकुण्डका यात्रुले बास, निगालोको मात्र लठ्ठी प्रयोग गरी वन सम्पदा संरक्षणमा योगदान पुर्याउन र आफूबाट उत्पन्न फोहरलाई सुरक्षित स्थानमा फ्याकी वातावरणको संरक्षणमा समेत सहयोग गरिदिन लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ।
यसैगरी हिमालय पुत्री पार्वती माता विराजमान रहनुभएको रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहरदोहर भइरहेको छ। गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनले पार्वती कुण्ड स्नान गरेर भए पनि धार्मिक लाभ प्राप्त हुने जनाइएको छ। |
यस्ताे छ आजको मौसम काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। |
ठगी आरोपमा कांग्रेस महासमिति सदस्य पक्राउ सिन्धुली । प्रहरीले नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई ठगी आरोपमा पक्राउ गरेको छ । करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिन्धुली गोलन्जोर गाँउपालिका वडा नम्बर ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको जनाएको छ ।
प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमाकाठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । |
null |
सरकारले इन्टरनेटमा गरिने विज्ञापन करको दायरामा ल्याउने काठमाडौं । सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।
शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए । |
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने काठमाडौं। सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । पशुपति र लुम्बिनीलाई विशिष्टीकृत अध्ययनस्थलका रूपमा विकास गरिने भएको छ ।
सरकारले नेपाली संस्कृति प्रवर्द्धन, ऐतिहासिकस्थलका उत्खनन, तिलौराकोट र जनकपुरलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न प्रयत्न गर्ने नीति पनि सरकारले लिएको छ । धार्मिक तथा सांस्कृतिक स्थललाई सुन्दर बनाएर धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
सरकारले ‘हाम्रो सम्पदा, राम्रो सम्पदा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पनि सरकारले आगामी वर्ष काम गर्ने भएको छ । सरकारले स्रष्टा संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रकृति र संस्कृतिको संयोजन गरी पर्यटन प्रवर्द्धन गरिने नीति पनि सरकारले लिएको छ । |
जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गरिने काठमाडौं। सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने जानकारी दिएका हुन् ।
नेपालको सम्पदाको संरक्षण गर्दै पर्यटनको क्षेत्रको विकासमा सरकारले काम गर्ने उनले जानकारी दिए । |
२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने काठमाडौं। सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् ।
साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि जानकारी दिए । |
विभिन्न प्रलोभन देखाई ठगी गर्ने ४३ वर्षीय व्यक्ति पक्राउ काठमाडौँ। विभिन्न प्रलोभन देखाई ठगी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा मुद्दा परेकोले मुद्दा मिलाउन र आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै एक जना पीडितबाट ७ करोड ७५ लाख रूपैयाँ तथा २० तोला सुन र अर्का एक जना पीडितबाट ३० लाख रूपैयाँ ठगी गरेका थिए।
साथै गुरूङले आफूसँग रहेको गाडी बिक्रीमा रहेको, बैंकमा २० लाख रुपैयाँ ऋण तिरेपछि बैंकले उक्त गाडी आफ्नो नाममा पास गरी दिने र उक्त गाडी पीडितलाई खरिद गर्न दिने भन्दै विश्वासमा पारी अर्की महिला पीडितबाटसमेत २० लाख रुपैयाँ ठगी गरी फरार भएको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी उपर ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। |
इतिहास बन्दै ढिकी जाँतो, मिल भित्रिएपछि गाउँघरबाट लोपोन्मुख स्याङ्जा । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो।
बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ फल्ने, गहुँ, कोदो, मकै, फापर र दाल पिस्ने हुन्थ्यो । गाउँमा सबैका घर ढिकी वा जाँतो हुन्थ्यो । भालेको डाकोसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता सबैलाई थियो । कुटानी–पिसानीका आधुनिक मिलहरुले आजभोलि सबैलाई सजिलो बनाएको यहाँका महिलाहरु बताउँछन् ।
“बिहान उज्यालो नहुँदै ढिकी, जाँतोको काम हुन्थ्यो, साँझको खाना खाएर पनि राति अबेरसम्म कुट्न, पिस्न पथ्र्यो”, गल्याङ नगरपालिका–११, भाटीकी ७९ वर्षीय वसन्ती सोमै मगरले भनिन्, “हिजोआज बिजुलीबाट चल्ने मिल आएपछि सुविस्ता भएको छ ।”
“ढिकी जाँतोमा पिसेको खाना मीठो र पोषिलो हुन्थ्यो, बिजुलीमा पिसेको खाना नमीठो हुँदोरैछ”, उनले भनिन् “हामीले धेरै दुःख पाए पनि बिजुलीबाट चल्ने मिल आएपछि छोरीबुहारीले सुक्ख पाएका छन् ।”
भाटीमै बस्ने लीला सोमै मगरले कुटानी–पिसानीको काम गर्न नपर्दा खेतबारी, केटाकेटीलाई समयमा विद्यालय पठाउने र सरसफाइको काम गर्न सहज भएको बताइन्।
“ढिकी–जाँतो गर्ने काम मैले पनि बेहोर्नु प¥यो, टाढा पुगेर दुई–तीन घन्टा पालो पर्खेर पानी ल्याउनु पथ्र्यो, ढिकी–जाँतो गर्दा, पानी बोक्दामै दिन जान्थ्यो”, उनले भनिन् “अहिले धेरै सहज भएको छ, हामी समयमा स्कुल जान नपाए पनि छोराछोरी समयमा स्कुल जान र पढ्न पाएका छन् ।”
सोही ठाउँकी पार्वती पल्ली मगरले ढिकी, जाँतो नहुँदा विवाह र पूजाआजामा बारा(बटुक) बनाउने गेडागुडी कुट्न र पिस्न नपाएको बताइन्।
“ढिकीमा कुटेर बनाएको बटुक निकै स्वादिलो हुन्थ्यो, ढिकीमा कुटेर बनाइएको सेलरोटी काँडेदार र आकर्षक हुन्थ्यो, पहिले घरघरै हुने ढिकी, जाँतो अहिले सात गाम डुल्दा पनि पाइँदैन”, उनले भनिन्, “गाउँमा एउटामात्र ढिँकी छ, त्यही पनि उक्काएर फाल्न खोजेका थिए, पुराना पुस्तालाई देखाउन हुन्छ भनेर अडाएर राखेका छौँ, त्यही पनि राम्रोसँग काम गर्दैन ।”
भाटीकै मनिसा पल्ली मगरले कुटानी–पिसानीका आधुनिक उपकरणको प्रयोगले आफूहरुलाई समयको बचत गराएको बताइन्।
“बिहान घरको काम गरिन्छ, दिउँसोमा कार्यक्रम, उद्यमशील तालिममा सहभागी बन्ने समय मिल्छ”, उनले भनिन्, “समय बचत भएकाले सिकेका सीपलाई बचत गरेर करेसाबारीमा तरकारी लगाउने, धागाबाट टोपी, स्वेटर, लेस, आउटर बुनेर थोरैधेरै आयआर्जन पनि गरेकी छु ।”
गाउँघरमा पेट्रोल, डिजेल र बिजुलीबाट चल्ने आधुनिक मिलमा कुटानी–पिसानी गरेबापत शुल्क र मानापाथी दिने परम्परा छ, गल्याङ नगरपालिका–११, का अध्यक्ष दलबहादुर सिञ्जालीले ढिकी, जाँतो, हातेमुसल, ओखल, बाँसबाट बनेका सुपो डालो लोप हुँदै गएकाले वडाले संरक्षणको अभियान थाल्ने बताए।
“हिजो मानिसका अभावका सारथी, आज मासिन हुँदैन, गाउँमा त्यस्ता चीज हराउँदै गएकाले चिन्ता बढाएको छ ।हाम्रो वडामा मगरहरुको बाहुल्यता छ, मगर समुदायका पहिचानसँग सम्बन्धित परम्परा र संस्कारहरु पनि नाश हुँदै गएका छन्”, उनले भने, “नयाँ पुस्तालाई देखाउन भए पनि लोपोन्मुख अवस्थामा रहेका ढिकी, जाँतो, कृषि औजार, वेशभूषा, परम्परा र संस्कार थोरैधेरै बजेट विनियोजन गरेर बचाउने योजना छ ।” रासस |
अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित दुई जना पक्राउ काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो रंगको धातुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-७ वतन भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछाप, रामेछाप नगरपालिका-५ रामपुर वतन भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन्।
हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्वकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ। |
महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत खोटाङ। दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।
सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट खर्च हुने गरी सडक मर्मत सुरु गरेको हो।
खोटाङ क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमबार दुईवटा टिफर र एउटा जेसिभी निर्माणस्थल पठाएको पाइएको छ। सहज आवतजावतका लागि महुरे–सिम्पानी सडकखण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्ने लगायतका काम सुरु गरिएको सो सडक विभागका कार्यालयका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए।
कालोपत्रको अवरुद्ध काम पुनः सञ्चालन गर्न तथा सो सडकखण्डमा नियमित आवतजावत गर्ने वातावरण बनाउन पटकपटक पत्र पठाएर ताकेता गर्दा पनि ६/७ महिनासम्म ठेकेदार सम्पर्कमा नआएपछि उसकै धरौटी रकम काटिने गरी सडक मर्मतसम्भार सुरु गरिएको खकुरेलले बताए। सिम्पानी (राजापानी) सडक मर्मत गर्न १०/१२ दिन समय लाग्ने कार्यालयले जनाएको छ।
महुरे–सिम्पानी सडक कालोपत्रको ठेक्का सम्झौता गर्नेक्रममा भारत कन्ट्रक्सन/सिद्धी शाहीले विभागको कार्यालयमा करिब रु एक करोड धरौटी रकम जम्मा गरेको जनाइएको छ। सडक मर्मत तथा सुधारका क्रममा त्यही ठेकेदारले जम्मा गरेको धरौटीबापतको रकम खर्च गरिने सडक विभागले जनाएको छ।
गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट निर्माणसम्बन्धी सम्पूर्ण उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनी गत माघ ४ गते क्रसरकै सामान उठाएर हिँडेको थियो।
“निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गर भनेर पटकपटक चिठ्ठी लेखियो, ताकेता गरियो। सम्पर्कविहीन भएपछि राज्य त यथास्थितिमा रहन सक्दैन”, उनले भने, “हामीसँग एउटै उपाय थियो, त्यही उपायअन्तर्गत धरौटी रकमबाट खर्च गर्ने गरी काम सुरु गराएका छौँ। बेलाबेलामा मर्मत गरिदिएको भए यस्तो स्थिति आउने थिएन। अहिले ठेकेदारको अत्तोपत्तो छैन। बेपत्ता छ। गर्नुपर्ने उसैले हो। उसले नगरेपछि बाध्य भएर हामीले यो बाटो अपनाएर मर्मत गर्नुपरेको हो।”
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडकखण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्म (२७ किलोमिटर) सडकखण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ तर, दुवै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले चरम लापरवाही देखिएको छ।
उता, मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डेको सेखुवा– चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका ठेकेदार काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन बनेका छन्। कालोपत्रको जिम्मा लिएका भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धी शाही जेभी काठमाडौँका ठेकेदार सम्पर्कविहीन भएपछि गत चैत २५ गते यता उक्त सडकखण्ड कालोपत्रको काम ठप्प छ।
काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलीखेलका इन्जिनियर दिपेश मनकर्मीले जानकारी दिएका छन्।
कालोपत्रको काममा ढिलासुस्ती भएको जनाउँदै आयोजनाको कार्यालयले विसं २०७९ मङ्सिरमा ठेक्का अन्त्य गर्न सिफारिस गरेलगत्तै काममा फर्किएको ठेकेदार पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले जनाएका छन्। – रासस |
कर्णालीको बाढीबाट विस्थापित भन्छन्- लालपुर्जा छ, जग्गा छैन कैलाली। विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइँ थियो । त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो । त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार तितरवितर भए । जग्गा बगरमा परिणत भयो । अहिले जग्गाको नामनिसान नै छैन । बाजे मोहनको नाममा रहेको जग्गाको भोगचलन नगरेरै जग्गा नदीमा विलय भयो । करिब दुई दशकपछि विश्वकर्माले जग्गाको खोजी सुरु गरेका छन्।
कर्णाली नदीमा तटबन्ध निर्माणपछि आफ्नो लालपुर्जा भएको जग्गा विक्रमलगायतका अन्य जग्गाधनीले खोज्न थालेका छन् । लालपुर्जा भएको जग्गा नापजाँचका लागि सम्बन्धित ठाउँमा पुग्दा भने उहाँहरुलाई अवरोध भएको छ । “नदीले आफ्नो अधिनमा लिएको जग्गा आज फर्किएको छ । एकातिर खुसी छ भने अर्कोतिर निकै तनाव छ”, विश्वकर्माले भने । “लालपुर्जा भएको जग्गा नापजाँच गर्न जाँदा अवरोध हुन्छ । धम्की आउँछन् । स्थानीय सरकारले सहयोग गर्दैन । यस्तो बेला निकै पीडा बोध हुन थालेको छ ।”
विश्वकमा उदाहरण मात्रै हुन्। उनी जस्तै १९ किसानले आफ्नै जग्गा नापी गर्न नपाएको दुखेसो गर्दै आएका छन्। अन्य कयौँ जग्गाधनीलाई नदीबाट जग्गा पुरानै अवस्थामा फर्केको समेत धेरै थाहा छैन । सो ठाउँबाट बाढीका कारण विस्थापित भएर गएकाको कता छन् त्यसको पनि यकिन तथ्यांक छैन । अरुणाफाँटामा जग्गा भएका १९ किसानले लालपुर्जा भए पनि जग्गा नापी गर्न नपाएको गुनासो गरेका छन्। जग्गा धनी प्रमाणपत्र लालपुर्जा हातमा हुँदा पनि जग्गा नापी गर्दा अवरोध गरेपछि लालपुर्जा हातमा भएका जग्गा धनीले न्याय नपाएको गुनासो कर्णबहादुर बोगटीको छ ।
जग्गा नापी गर्न गएका नापीका कर्मचारीले सुरक्षाका कारण जग्गा नापी गर्दा गर्दैबीचमा छाडेर फर्किएको पाइएको छ । जग्गा नापी गरी पाऊँ भनेर सरकारी दस्तुर तिर्दासमेत प्रशासनले सुरक्षाको प्रत्याभूति नगराउँदा नापीका कर्मचारीले जग्गा नापी गर्न नसक्ने जवाफ दिएको बोगटीले बताए। यही जेठ १ गते इलाका प्रशासन कार्यालय टीकापुर प्रमुख, टीकापुरका उपप्रमुख र पीडितको छलफलमा प्रशासन प्रमुख र नगरप्रमुखले अदालत जान सुझाव दिएको बोगटी बताउँछन्।
“ऐलानी जग्गा नापी नभएसम्म नम्बरी जग्गा पनि नापी गर्न पाइँदैन भनेर स्थानीयले अवरोध गरेका छन् । सहजीकरणका लागि प्रशासनलगायतका निकायलाई हारगुहार गर्दा पनि सहयोग पाएनौँ ।” बोगटीले भन्छन्, “अहिले हामी सक्दैनौँ अदालत जानुहोस् भनेर भन्नुहुन्छ । जबकी पहिला जग्गाको मालपोत कर तिर अनि जग्गा नापजाँच हुन्छ भनिएको थियो पहिला ।”
विसं २०२१ मा सरकारले उक्त जग्गा स्थानीयलाई वितरण गरेको थियो । त्यसपछि बर्सेनि बाढीले कटान गर्दै जाँदा २०४० को बाढीले बढी क्षति ग¥यो । नदीले २०४५ सालमा त्योभन्दा बढी क्षति ग¥यो । विसं २०६५ सालमा पुग्दा भएको सबै जग्गा कर्णाली नदीमा पुगेपछि त्यहाँबाट स्थानीय विस्थापित हुँदै सुरक्षित स्थानमा गएको स्थानीय सुरवीर चौधरी बताउँछन्।
“विसं २०४० पछि बर्सेनि जग्गा कर्णालीमा विलय हुँदै गयो । बस्ती विस्थापित भए । त्यसपछि भाग्नुप¥यो ।” सुरवीर भन्छन्, “अहिले नदीको धार पुनः परिवर्तन भयो । हाम्रो नदीमा विलय भएका जग्गा फर्किएपछि त्यसको नापजाँच गरेर भोगचलन गर्न पाउने अधिकार छ नि ।”
राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर क्षेत्रमा र कर्णाली सिँचाइ आयोजनाले बर्दिया क्षेत्रमा तटबन्ध गरेपछि बगर भएको जग्गा फिर्ता आएको हो । “जग्गा फिर्ता आयो । त्यो जग्गा धनीका लागि नभई भू–माफियाको लागि रहेछ ।” कृतबहादुर बुढा भन्छन्, “अहिले हाम्रो जग्गामा खेती भइरहेको छ । कुनै जग्गा ऐलानी भनेर बिक्री भएको सुनिन्छ भने कतै तिनै भू–माफियाले ठेक्कामा दिएका छन् ।”
कैयौँ जग्गा त्यहाँ बिक्री वितरणसमेत भएको छ । लालपुर्जा भएको जग्गालाई ऐलानी भनेर त्यहाँका केही व्यक्तिले किनबेच गर्ने गरेको पाइएको छ । अधिकांश जग्गा भारतीय नागरिकले ठेक्कामा लिएका छन् । त्यसमा उखुलगायत खेती गरिँदै आएको छ । जग्गाधनी भने जग्गा अरुले नै ठेक्कामा दिएर त्यसको आम्दानी खान थालेपछि जग्गा अरुकै अधिनमा रहने हो कि भन्ने त्रासमा छन् । |
ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु खलंगा। दार्चुलामा ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ। अर्का एक संकलक घाइते भएका छन्।
यार्सागुम्बा संकलकका क्रममा बिहीबार ढुंगाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। यार्सागुम्बा संकलक गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनको टाउकोमा चोट लागेको थियो। ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए।
सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ। सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए। – रासस |
धनगढीमा २६ वर्षीया डाक्टर मृत फेला धनगढी। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन्। उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।
शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको बताए।
शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। |
आजको मौसम: मुलुकका अधिकाशं स्थानमा मेघ गर्जनसहित बर्षाकाे संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। |
वैदेशिक रोजगारीको प्रलोभन देखाएर बिचौलिया र एजेन्टहरूले ठगे ७६ करोड काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।
यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानूनी एजेन्ट र बिचौलियाबाट भएको ठगीको जनाइएको छ ।
वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम भए पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्षको तुलना चालु आवमा ठगी भएका उजुरीहरू बढेका छन् । विभागका अनुसार पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन् ।
विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ । चालु आवको १० महिनामा एजेन्ट र बिचौलियाबाट भएको नौ सय २५ वटा ठगीको उजुरी विभागमा दर्ता भएका बताइएको छ ।
विभागको तत्थ्याङ्कअनुसार गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको छ सय ९५ उजुरी विभागमा परेको थियो । ती उजुरी उपर रु ५० करोड ४४ लाख ६१ हजार २०३ रकम दाबी गरिएको थियो ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट रु एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ ठगी भएको छ । विभागमा परेको एक हजार छ सय २० उजुरी उपर यो रकम दाबी गरिएको हो ।
चालु आर्थिक वर्षको दश महिनामा परेका नौ सय २५ उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी विभागकै रोहबरमा एक सय ३५ जनाले मिलापत्र गरेका छन् । मिलापत्रमार्फत एजेन्टहरूले रु नौ करोड ४३ लाख ५६ हजार एक सय फिर्ता गरेका जनाइएको छ ।
गैरकानूनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको वभागका निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए । |
अपहरणमा परेको भ्रम फैलाउने दुई युवा पक्राउ झापा । आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार वैशाख ३१ गते नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले भ्रष्टाचार विरुद्ध बुधबारेमा आयोजना गरेको विरोध कार्यक्रमका विरुद्ध फेसबुकबाट अभिव्यक्ति दिएर सुहाङ सुनियोजित रुपमा बेपत्ता भएका थिए । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स (एलभी) कमान्डरसमेत रहेका सुहाङ बेपत्ता भएपछि आफन्त र मञ्चले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजतलासका लागि अनुरोध गरेका थिए ।
सुहाङ अपहरणमा परेको दावी गर्दै उनलाई सकुशल अपहरण मुक्त गर्न र दोषीमाथि कारबाही गर्न आफन्त र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले माग गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेर खोज तलास गर्दा सुहाङलाई इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनी लुकेर बसिरहेको अवस्थामा बुधबार फेला पारेको सूचना अधिकारी रिजालले जानकारी दिए ।
अपहरणमा परेको नाटक गर्ने क्रममा सुहाङले बुद्धशान्ति वडा नं ७ को पैनीबगर भन्ने स्थानमा आफूले लगाएको घडी र लुगासमेत फ्याकेको प्रहरीले फेला पारेको छ । नेविसङ्घका कार्यकर्तासँग विवाद परेको कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न सुहाङले आफ्नै छिमेकी साथी ३९ वर्षीय फुलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको जनाउँदै प्रहरीले दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । |
पोखरामा नगरबसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु पोखरा । पोखरामा नगर बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको हो ।
छोरेपाटनबाट विश्व शान्ति स्तुपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।
विकका अनुसार दुर्घटनामा स्कुटरमा सवार हेम्जाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । |
विराटनगरमा व्यापारीमाथि खुकुरी प्रहार विराटनगर । विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
उनलाई विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । |
ह्वावेद्वारा एसिया प्रशान्त साझेदार सम्मेलन २०२३ मा ६ सहकार्य साझेदारहरु घोषणा शेनजेन। ह्वावेले आफ्ना एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ। दश देशका १२०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको सो कार्यक्रमको प्रमुख उद्देश्य एशिया प्रशान्तमा प्रविधिको वृद्धि र विकास रहेको छ।
यस एशिया-प्रशान्तलाई लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रहरू मध्ये एक एशिया-प्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी रहेको छ।
एशिया-प्रशान्तमा मात्रै ७९०० भन्दा बढी उद्यम साझेदारहरू र २००० भन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरुका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार संजाललाई सुदृढ र सबल बनाउन ह्वावे प्रतिवद्ध रहेको छ। नयाँ साझेदार कार्यक्रमहरुले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास लिएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एशिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजनाहरु सार्वजनिक गरेको छ। यस कार्यक्रमले क्रमश: सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर विक्रेता (ISV) र डाटा केन्द्र सुविधा समाधानका क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ। नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रुपान्तरणमा सम्पूर्ण साझेदारहरुले ह्वावेलाई साथ् दिने प्रतिवद्धता जनाएका छन्।
ह्वावेईका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङले कार्यक्रमको उद्घाटन समारोहमा, “डिजिटल र बौद्धिक रूपान्तरणले विश्वभर फैलिने लहरहरू सिर्जना गरिरहेको, एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीको बजार स्थान सिर्जना गर्ने सम्भावना बोकेको कुरा बताएका छन्।
ह्वावे यी प्रचुर अवसरहरुको सदुपयोग गर्न साझेदारहरूसँग काम गर्न चाहने साथै एसिया-प्यासिफिक बजारका लागि, नेम्ड अकाउन्ट मार्केट, व्यावसायिक बजार र वितरण व्यवसाय नामक तीन प्रमुख साझेदार विकास रणनीतिहरू डिजाइन गरेको जानकारी गराउंदै विभिन्न आवश्यकताहरूलाई थप लक्षित ढंगमा सम्बोधन गर्ने, साझेदारहरुसँगको सहकार्यमा नेम्ड अकाउन्ट लाई डिजिटल बनाई साना तथा मझौला उद्यमहरुको डिजिटल रुपान्तरणलाई गति दिने र वितरण बजार विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए । उनले आफ्ना साझेदारहरु सफल भए मात्र ह्वावे सफल हुने कुरा व्यक्त गरे।
ह्वावेईका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङ
ह्वावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलास माले पनि एसिया-प्रशान्त क्षेत्रका लागि कम्पनीको पाँच वर्षको पूर्वानुमान प्रस्तुत गर्दै यस कार्यक्रममा बोलेका थिए। ह्वावेले आफ्नो आम्दानीमा साझेदारहरू बाट ९५ प्रतिशत योगदान पुर्याउने गरी आगामी वर्षहरूमा आफ्नो व्यवसाय द्रुत गतिमा बढ्ने अपेक्षाका साथ साझेदारहरूले ह्वावेका उत्पादन र सेवाहरू बिक्री गरी वार्षिक ८०० मिलियन अमेरिकी डलर आम्दानी गर्न सक्ने जानकारी गराए ।
ह्वावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलास मा
त्यसैगरी, ह्वावे इन्टरप्राइज बीजीका उपाध्यक्ष तथा इन्टरप्राइज मार्केटिङ एण्ड सोलुसन सेल्सका अध्यक्ष बब चेन ले एउटा पुरानो चिनियाँ भनाइ उद्धृत गर्दै आफ्नो मन्तव्य अन्त्य गरे “यदि कुनै कामदारले राम्रो काम गर्न चाहन्छ भने, उसले पहिले आफ्नो उपकरण तिखार्नुपर्छ।” उनले नेम्ड अकाउन्ट बजारको लागि ह्वावेको रणनीति पनि रेखांकित गरे, जहाँ उनीहरूले उद्योग समाधानहरूलाई गहिरो, सुदृढ गर्न र विस्तार गर्न साझेदारहरूसँग काम गर्ने योजना बनाएका कुरा व्यक्त गरे। व्यापारिक बजारमा साझेदार-केन्द्रित रही थप बजार योग्य उत्पादनहरू, समाधानहरू, र आइ टी प्लेटफर्महरू निर्माण गरी वितरण व्यवसायको लागि, ह्वावेले नयाँ उप-ब्रान्ड ह्वावे ई-किट अन्तर्गत उत्पादनहरू सिर्जना गर्ने र आइ टी प्लेटफर्महरू अप्टिमाइज गर्नुको साथै साझेदारहरूसँग मिलेर, एसिया-प्यासिफिकमा सरकार र उद्यम ग्राहकहरूको डिजिटल रूपान्तरणलाई गति दिने योजना प्रष्ट पारे।
ह्वावे इन्टरप्राइज बीजीका उपाध्यक्ष तथा इन्टरप्राइज मार्केटिङ एण्ड सोलुसन सेल्सका अध्यक्ष बब चेन
त्यसका साथै ह्वावे क्लाउडका मार्केटिङका अध्यक्ष विलियम डोङ्गले ह्वावे क्लाउडको एक मिलियन भन्दा बढी साझेदारहरू विकास गर्ने, १० मिलियन भन्दा बढी विकासकर्ताहरूलाई जोड्ने र १० मिलियन उद्यम ग्राहकहरूलाई सेवा दिने लक्ष्य प्रस्तुत् गरे । एक सेवा रणनीतिको रूपमा ध्यान केन्द्रित गर्दै, ह्वावे क्लाउडले विगत ३० वर्षमा निर्माण गरेका प्रविधिहरू, उपकरणहरू र अनुभवहरूलाई क्लाउडमा उपलब्ध गराउन जारी राख्नुको साथै ह्वावे क्लाउडलाई क्लाउड फाउण्डेसन र औद्योगिक डिजिटलाइजेसनको लागि सक्षम बनाई सम्पूर्ण क्लाउड सेवाहरू र समाधानहरू प्रदान गर्न साझेदारहरूसँग निरन्तर सहकार्य गर्ने कुरा बताए ।
ह्वावे क्लाउडका मार्केटिङका अध्यक्ष विलियम डोङ्ग
ह्वावे डिजिटल पावरका ग्लोबल मार्केटिङ, सेल्स र सर्भिसका अध्यक्ष चार्ल्स याङ्गले दिगो भविष्य सिर्जना गर्न वातावरण मैत्री विधिहरु प्रयोग गर्ने कुरा गरे। याङले आगामी तीन दशकलाई डिकार्बोनाइजेशन, डिजिटलाइजेसन र बौद्धिक रूपान्तरणले परिभाषित गर्ने बताए । यस वर्ष यी उद्योगहरूले असाधारण वृद्धिको अनुभव गर्नुको साथै यस क्षेत्रले आगामी ३० वर्षमा ट्रिलियन डलरको सम्भावित बजार रहेको उल्लेख गरे । उहाँका अनुसार हुवावेले डिजिटल र पावर इलेक्ट्रोनिक्स टेक्नोलोजीमा आफ्नो साधनहरुको संयोजन गर्दै विश्वको अग्रणी, बलियो र सुरक्षित प्रविधि इकोसिस्टम निर्माण गरी एक बलियो र दिगो इकोसिस्टमको साथ डिजिटल पावर टेक्नोलोजी कम्पनीको विकास गर्दै आफ्ना ग्राहक र साझेदारहरूलाई साझा सफलता हासिल गर्न मद्दत गर्ने र सम्भाव्यताले भरिपूर्ण युगमा एउटा उत्कृष्ट प्रविधि कम्पनी बन्न प्रयासरत रहेको बताए ।
ह्वावे डिजिटल पावरका ग्लोबल मार्केटिङ, सेल्स र सर्भिसका अध्यक्ष चार्ल्स याङ्ग
कार्यक्रममा ” कोल्याबोरेसन फर न्यू एरा अफ इनोभेसन एण्ड ग्रोथ” नामक बहस संचालन गरिएको थियो । सो बहसमा इन्फर्मा टेक/ओम्डियाका महाप्रबन्धक डेनीएल शेनले बहसको मध्यस्थकर्ताको भूमिका निर्वाह गरे। उक्त बहसमा ह्वावेका इन्टरप्राइज ग्लोबल पार्टनर डेभलपमेन्ट र सेल्सका अध्यक्ष ओह ऐ जुन, सनलाइन टेक्नोलोजीका सिटिओ फिलिप हङ, -एच. के._ लिमिटेड को प्रमुख टेक्नोलोजी अधिकारी तथा सुवाचाई सिरिमुआङ्मुल र प्रेसिस सिस्टम एण्ड प्रोजेक्ट लिमिटेडका सहायक कार्यकारी निर्देशक डोमिनिक शिहका साथै सोल्टियस इन्डोनेसियाका प्रमुख कार्यकारी निर्देशक एन्ड्रियास सुर्यादी गुणादीको सहभागिता रहनुको साथै वास्तविक-विश्व व्यापार समस्याहरूको सम्भाव्य समाधानहरूमा कसरी काम गर्ने र बजार परिवर्तनको आवश्यकतालाई द्रुत रूपमा प्रतिक्रिया दिन उत्पादन प्रविधि र नीति क्षेत्रहरूमा के आवश्यक छ भन्ने विषयमा छलफल गरेका थिए।
त्यसको अतिरिक्त, कम्पनीको टेक्निकल इनोभेसन समिटमा एशिया-प्यासिफिक बजारका लागि दुई नयाँ फ्ल्यागशिप इन्टेलिजेन्ट क्लाउड-नेटवर्क उत्पादनहरू CloudEngine 16800-X र CloudEngine S16700 सार्वजनिक गरिएको छ। त्यसका साथै यस क्षेत्रको व्यावसायिक बजारका लागि भण्डारण उत्पादनहरू, समाधानहरू, डिजिटलीकरण उपकरणहरू, र साझेदार समर्थन कार्यक्रमहरू पनि सार्वजनिक गरिएको छ । |
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेका छन्।
निजले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्यांकीमा फ्याँकी गर्भे फरार रहेका थिए।
श्रीमतीको हत्या गरी फरार रहेका विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१०, सतुंगलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। – रासस |
बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-६ बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। |
बिनु यादव नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत, माग सम्बोधन नभएसम्म बसिरहने अडान काठमाडौँ। माइतीघर मण्डलामा अनसन बसेको नौ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्बोधन गरेको छैन्।
प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिनदेखि न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्बोधन नगरेको हो । ‘आज सत्याग्रहको नवौ दिन न्याय नलिई यहाँबाट नउठ्ने निर्णय गरे’ उनले भनेकी छिन् ।
‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले भन्दै आएकी छिन्, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्वोधन गरेको छैन्।’ हावाहुरीसँगै भिषण वर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन्।
गत २७ बैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ।
‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईको माग सम्वोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन।’ आफ्नो माग सम्वोधन नभएसम्म अनसन जारी राख्ने उनले जानकारी दिइन्।
गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफ्नो इच्छा बिपरित सबन्धबिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफुमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा सात दिनदेखि अनसनरत छिन्। |
पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व संकलन लिस्बन। पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व संकलन भएको छ।
राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व संकलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए।
शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि आवेदन दिएका थिए। राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ।
राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो। टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम संकलन गरेको थियो।
परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताए।
“पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन्। त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहां राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो”, उनले भने, “विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्छ।”
विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक-पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उनले राहदानीलाई सुरक्षितरुपमा जतन गरेर राख्न सुझाव दिए। रासस |
आजको मौसम: मेघ गर्जनसहित बर्षाको संभावना काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ। |
सर्वोच्चले चोलेन्द्र शमशेर जबराको मुद्दामा बहस नोट माग्यो काठमाडौं। सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गर्ने आदेश गरेको हो ।
महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्बाट फुकुवा भएको पत्र प्राप्त गर्नुभएका राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो ।
गत फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि तत्कालीन सत्तारुढ दलले महाभियोग दर्ता गरेको थियो । महाभियोग दर्ता भएलगत्तै निलम्बनमा राणाले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन ।
गत मङ्सिर १ गते सङ्घीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र राणालाई लेखेका थिए।
त्यस पत्रविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही विवादमा आज बहस नोट माग गरिएको हो । |
वन्यजन्तुका अङ्ग बिक्रीको आरोपमा नौ पक्राउ चितवन । वन्यजन्तुको अङ्ग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो ।
सो सूचनाका आधारमा खोजतलास गर्दा गोरखाको दशकिलोबाट तीन जना महिलालाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको हो ।
जेठ १ गते गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि पाँच जना पुरुष र एक जना महिला गरी छ जनालाई एकसिङ्ग गैँडाको खागजस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको छ । |
हेटौँडामा बोलेरोको ठक्करबाट बालकको मृत्यु काठमाडौं । मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा– ११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ ।
उनलाई हेटौँडा– ११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको थियो ।
पिकपको ठक्करबाट घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । |
उमेर नपुग्दै आमा बन्दाका चुनौती देउखुरी। घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरिन् । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे ।
बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो? परिवारको जिम्मेवारी के हुन्छ? परिवार योजना कसरी बनाउने केही थाहा नहुँदा नहुँदै आमा बनेपछि सबै जिम्मेवारी थपिएको छ ।
पढ्ने लेख्ने कलिलो उमेरमा सुष्माले बिहे गरेर छोरी जन्माएपछि दैनिकी फेरिएको छ । उमेर सानो भएकाले सर्जिरी गरेर बच्चा निकाल्नु परेको थियो । काखमा कच्चा हुर्किरहँदा उनलाई जीवन बुझ्ने अवसर मिलेको छ । मनमा पछुतो बढ्दै गएको छ । आफूसँगका साथी हातमा किताब बोकी उच्च शिक्षा पढ्नका लागि सहर पसेका छन् ।
उनको काखमा बच्चा र उसैको स्याहारमा दिन बितेको छ । घोराही–१ की बिपना थापा १६ वर्षको उमेरमै भागेर विवाह गरिन् । नौ कक्षा पढ्दै गरेकी विन्दु विवाह गरेको केही महिनामै गर्भवती भइन् । एउटै विद्यालयमा अध्ययनरत उनका श्रीमान् २० वर्षमा मात्रै थिए । सानो उमेरमा विवाह गरेकी विन्दुका अहिले दुई सन्तान छन् ।
आर्थिक अभावका कारण श्रीमान् रोजगारीको सिलसिलामा देश बाहिर छन् । कलिलै उमेरमा विवाह गरेकी बिन्दुका सन्तान हुर्किदै गए पनि प्रजनन् स्वास्थ्यमा असर गरेको छ । बेलाबेला तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको छ । अहिले उनलाई भारी काम गर्न मिल्दैन । पढ्ने, साथीसँग रमाउने उमेरमा व्यवहारले च्यापेकोले बिहे गरेकोमा पछुतो लागेको छ ।
तुलसीपुर–५ की सरिता भण्डारीको अवस्था पनि उस्तै छ । १७ वर्षको उमेरमा विवाह गरेकी सविताका अहिले दुई सन्तान छन् । २१ वर्षमा लागेकी सरिताले दुई छोराछोरी जन्माइसकेकी छन् । श्रीमान् रोजगारीको सिलसिलामा साउदी अरबमा छन्। कलिलै उमेरमा विवाह गरेकी कविताका सन्तान हुर्किदै गए पनि प्रजनन स्वास्थ्यमा असर गरेको छ ।
अहिले उनलाई स्वास्थ्यमा असर गरेकाले भारी काम गर्न मिल्दैन । यौन तथा प्रजनन स्वास्थ्यमा असर गरेकाले डाक्टरले भारी काम गर्न मिल्दैन भनेपछि अहिले उनलाई समस्या भएको छ । समाजमा उमेर नपुग्दै अभिभावकको मन्जुरीबिना भागेर विवाह गर्ने क्रम पछिल्लो समय बढेको छ । पहिलेपहिले अभिभावकले नै उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन थियो । अहिले यो क्रम घटे पनि किशोर उमेरमा आफू खुसी विवाह गर्ने क्रम रोक्न चुनती रहेको छ ।
दाङका स्थानीय तह र सरोकार निकायले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउँदै छन् । घोराही उपमहानगरपालिकाले १९ वटै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको उपप्रमुख हुमा डिसीले बताइन्। सरकारले ‘बिहेबारी बीस वर्ष पारी’ नारालाई सबै ठाउँमा पुर्याएका छौँ, तर, व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको छ । कतिपय विहे गरेर आमा बन्ने गरेका छन् भने कतिपय असुरक्षित यौन सम्बन्धका कारण कलिलै उमेरमा गर्भवती हुने गरेका छन् ।
नेपालको मुलुकी देवानीसंहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ । तर, व्यवहारमा लागू छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको सङ्ख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस)को तथ्याङ्कअनुसार गएको पाँच वर्षमा कम उमेरमा सन्तान जन्माउने किशोरीको सङ्ख्या ३ प्रतिशत मात्रै घटेको छ । २० वर्ष उमेर नपुगी गरिने विवाहलाई कानुनीरूपमा अपराध मानिएको छ । तर बालविवाह समाजमा अझै रोकिन सकेको छैन ।
दाङमा पनि बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह भित्रभित्रै हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा अगाडि सारेर काम गरेको बताइन्।
स्मार्ट छोरी कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि खाता खोलेर पैसा राखिदिने र छोरी २० वर्ष भएपछि मात्रै निकाल्न सकिने कार्यक्रम ल्याएर छोरीहरुलाई विद्यालय उमेर पूरा गरेपछि मात्रै विवाह गर्नुपर्ने कुरा सिकाउने गरेको बताइन्। “पालिकाको १९ वटै वडाका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भनिन् ।
स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कमा के छ ?
स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार साढे तीन वर्षको अवधिमा २० वर्ष मुनि १७ हजार बढीले गर्भ जाँच गराएका छन् । यो तथ्याङ्कले पनि बीस वर्ष नपुग्दै विवाह गर्ने र आमा बन्ने सङ्ख्या धेरै रहेको छ ।
दाङमा सूचीकृत स्वास्थ्य संस्थाको तथ्याङ्कले १७ हजार पाँच सय १३ जनाले गर्भ जाँच गराएको देखाएको हो । अन्य निजी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने सङ्ख्या पनि उत्तिकै हुनसक्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा पनि एक सय बढी किशोरीले गर्भ जाँच गराएको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बरबहादुर कुँवरका अनुसार अधिकांश किशोरी सानै उमेरमा विवाह गर्ने गरेका छन् । स्थानीय पालिकाले बालविवाह न्यूनीकरणको लागि धेरै कार्यक्रम ल्याए पनि प्रभावकारी नभएको उनको भनाइ छ ।
रञ्जीता अधिकारी\रासस |
नक्कली शरणार्थी प्रकरणका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
पक्राउ परेका १४ जनामाथि अनुसन्धान गर्न अदालतले थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालयकाका अनुसार अहिलेसम्म १३ जनासँग बयान लिने काम सकिएको छ । अब पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी रहेको छ।
समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधबारसम्ममा अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो।
यसअघि आइतबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो। सोमबार टोपबहादुर रायमाझी र खाँणको बयान इिएको थियो।मंगलबार पनि खाँणसँगैै बयान लिइएको थियो ।
उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपीहरू भने फरार छन् ।
भूटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।
यस्तै उक्त घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् ।
पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृह मन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।
शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । |
न्याम्सको निमित्त उपकुलपतिमा प्राडा बस्नेत काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।
यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उनीहरु नियुक्त भएका हुन् । |
८२ किलो गाँजासहित दुईजना पक्राउ महोत्तरी। प्रहरीले आज महोत्तरीको गौशाला नगरपालिका जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
ना७त २०० नंको ट्र्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शङ्का लागि ट्र्याक्टरको चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका चालक, सहायक चालक र ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
भरूवा बन्दुकसहित ४ जना पक्राउ काठमाडौं। सल्यान र महाेत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । सल्यानकाे कालिमाटी गाउँपालिका-६ सिरेनी बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीलाई भरूवा बन्दुक १ थान र बारुद भर्ने रड १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
घर्तीले घर नजिकैको जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी घुइँयाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक र रडसहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीकाे बर्दिबास नगरपालिका-११ स्थित बनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक दुई थानसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलनसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले जंगली जनावरको शिकार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
|
गैँडाको खागसहित तीन पक्राउ काठमाडौँ। ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।
उक्त चोक नजिक गैँडाको खाग खरिदबिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ। – रासस |
सगरमाथा चुम्ने पाँच पुगे, मोल्दोभाका एक आरोहीकाे भने निधन काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा क्रममा मोल्दोभाका एक आरोहीको मृत्यु भएको छ। यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो। तर, उनको पुर्ण विवरण भने आईसकेको छैन।
‘ती आरोहीको आज बिहान तीन बजे शिविरमै मृत्यु भएको हो, हामी थप विवरण लिन प्रयास गरिरहेका छौं,’ पर्यटन विभागका अधिकारी युवराज खतिवडाले भने।
यसैगरी, समाचार संस्था एपीका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा सगरमाथा आरोहण गर्नेको संख्या पाँच पुगेको छ। आज मात्रै कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर आफनै विश्वकिर्तिमान तोडेका छन्।
नेपाली पर्वतारोही कामीरिता शेर्पाले बुधबार २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथाको कीर्तिमान कायम गरेका हुन्। आजै पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथामा सफल आरोहण गरेका छन्। उनी यति समुहका अध्यक्षसमेत हुन्। |
राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ७ बुँदे ज्ञापनपत्र काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, फोटो पत्रकारहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रुपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । ‘मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने। |
कामीरिताको विश्वकीर्तिमान : २७औं पटक सर्वोच्च शिखरमा काठमाडौं। कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन्। वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका हुन्।
सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन्।
सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एण्ड एक्सिपीडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन्।
झण्डै एक सय आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन्। उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिता शेर्पाले सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाएको बताए। उनका अनुसार करिब एक सय आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप एक सय आरोही चुचुरोमा पुग्ने अनुमान छ।
“कामीरिताले विश्वकीर्तिमान बनाउनुभएको छ, आरोहण धमाधम भइरहेको छ, सञ्चार सम्पर्क राम्ररी नभएका कारणले सबै आरोही समूहको एकिन जानकारी आइसकेको छैन, आज बेलुकासम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने छ, साँझसम्म ‘गुड न्यूज’ आउला”, निर्देशक खतिवडाले भने।
कामीरिताले सगरमाथाको २७औँ पटक आरोहण गरेर विश्वलाई सकारात्मक सन्देश दिएको उनले बताए। “कामीरिता शेर्पाले सगरमाथाको २७ पटक आरोहण गरेर विश्वलाई सन्देश दिनुभएको छ”, उनले भने, “सगरमाथाको जति धेरै आरोहण भयो त्यति नै राम्रो सन्देश जान्छ, यसले आरोहण र आरोहीलाई हौसला मिलेको छ।”
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन्।
खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, ती पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। यही याममा पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन्।
यसैगरी यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सगरमाथाको आरोहण गरेका छन्। शेर्पा आज बिहान सगरमाथाको चुचुरोमा पुगेका थामसेर्कु ट्रेकिङ कम्पनीले जनाएको छ। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो।
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो। वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन्। सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो। रासस |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.