content
stringlengths
31
27.4k
हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिन निर्वाचन आयोगको निर्देशन काठमाडौं । निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिश दिँदाशुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै हराएका वा नष्ट भएका मतदाता परिचय पुनः बनाउने प्रयोजनका लागि नि:शुल्क सिफारिश गर्न परिपत्र गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । वडा कार्यालयको सिफारिश सहित सम्बन्धित मतदाता स्वयम् उपस्थित भइ निवेदन दिएमा वा वडा कार्यालयको सिफारिश सहित इमेल वा फ्याक्स वा अन्य विधि मार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा त्यसरी आएको निवेदन समेत दर्ता गरी प्रक्रिया अगाडि बढाउन समेत आयोगले निर्देशन दिएको छ ।
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि, नेपालको बिजुली बिक्रीका लागि प्रस्ताव काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरुपमा हुन नसकेको बैठक यसपटक भौतिकरुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलोरमा भएको थियो । यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो । भोलिदेखि सुरुदेखि सुरु हुने यस बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ । बिहिबार भने सचिवस्तरीय बैठक हुनेछ । बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो । निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ । यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ । आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्ने गरी यस पटक प्रयास गरिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ । विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणमा बारेमा सहमति जुटाएको थियो । यस्तै, कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ ककेभी प्रसारण लाइनको बारेमा समेत छलफल हुने बताइएको छ । बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ । यस्तै, भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ । समान लगानीमा सरकारी स्वामित्वको कम्पनी खडा गरेर आयोजना निर्माणका लागि प्रस्ताव भारतको तर्फबाट पेश भएको र त्यसमा आवश्यक छलफल हुने बताइएको छ । त्यस्तै, भारतको प्रसारण प्रणाली प्रयोग गरेर बङ्गलादेश विद्युत् निर्यात गर्ने बारेमा समेत दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने छ । विसं २०७६ मा भारतको बैंगलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बंङ्गलादेशबीच विद्युत् आदान प्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो ।
अमेरिका र चीनलाई परराष्ट्रको जवाफ– कुन सहायता चाहिन्छ भन्ने निर्णय सार्वभौम संसदले मात्रै गर्छ काठमाडौं । नेपाललाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो । ‘हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो,’ परराष्ट्र मन्त्रालयले भनेको छ,‘नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ ।’ नेपाल र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर विभिन्न धारणाहरु सार्वजनिक भएपछि परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको लाइन स्पष्ट पारेको हो । ‘नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीतिअनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । नेपालको विकास र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको परराष्ट्रले जनाएको छ । परम्परागत रूपमा बलियो साझेदारी र सहयोगको साथसाथै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने संयुक्त राष्ट्र संघलगायत क्षेत्रीय र बहुपक्षीय विकास साझेदारहरूप्रति परराष्ट्रले कृतज्ञता प्रकट गरेको छ । ‘हामी हाम्रा मित्रहरुबाट निरन्तर सद्भावको आशा गर्दछौ,’ परराष्ट्रले भनेको छ । पछिल्ला दिन नेपाल र एमसीसीलाई लिएर अमेरिका र चीनबीच भनाभन चलेको थियो । अमेरिकाले एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण त्यस्तो भएको भन्ने बुझ्ने बताएको थियो । त्यसपछि चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि ‘धम्कीपूर्ण कूटनीति’ अपनाएको आरोप लगाएको थियो । अमेरिका र चीनबीच भनाभन् सुरु भएपछि नेपालले आइतबार विज्ञप्ति जारी गरी दुवै देशलाई जवाफ दिएको हो ।
एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरेका हुन् । संसदमा पेस गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्रको असहमति रह्यो । एमसीसी संशोधनविना सदनमा पेस गर्न नहुने माओवादी अडान आफ्नै निर्णयविपरीत रहेको पुष्टि भएको छ । २५ माघ २०७५ मा बसेको मन्त्रिपरिषद् बैठक स्वीकृतिअनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले ३० असार २०७६ मा संसदमा दर्ता गरेका थिए । तर, अहिले प्रतिनिधिसभा बैठकमा पेस गर्ने बेलामाा विरोध जनाएका हुन् । प्रतिनिधिसभामा एमसीसी पेस गर्न स्वीकृत दिने मन्त्रिपरिषद्ले निर्णय गर्दा माओवादीका ६ जना मन्त्रीले सहमति जनाएका थिए । सो निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा माओवादीबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री वीना मगर सहभागी थिइन् । तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापा अहिले एमालेमा छन् । उनी एमसीसीबारे केही बोलेका छैनन् । तर, बाँकी नेताहरू अहिले पनि माओवादी छन् । उनीहरूले एमसीसी सदनमा पेस गर्ने विषयमा विरोध जनाए । एमसीसी सदनमा पेस गर्न स्वीकृति दिने निर्णय गर्दा एमालेबाट मन्त्रिपरिषद् बैठकमा केपी ओली (प्रधानमन्त्री), ईश्वर पोखरेल (उपप्रधान तथा रक्षामन्त्री) गोकर्ण विष्ट (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), थममाया थापा (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), युवराज खतिवडा (अर्थमन्त्री), मोहम्मद इश्तियाक राई (सहरी विकासमन्त्री), रवीन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) र पद्माकुमारी अर्याल (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री) सहभागी थिए । तर, अहिले एमालेबाट भीम रावलले विरोध जनाए पनि अन्य नेताबाट कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । सरकारले सदनमा पेस गरिसकेपछि आफ्नो धारणा बनाउन एमालेले बताउँदै आएको छ ।
अमेरिका र चीन द्वन्द्वकाे छिटा नेपालमा पर्नु दुर्भाग्यपूर्ण छ : पूर्वअर्थमन्त्री काेइराला काठमाडौँ। पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एमसीसी विकास परियोजना रहेको बताएका छन् । डिसीनेपालको द ब्रिज टकलाई अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,’एमसीसी भन्नेलाई हाइलाइट गरियो मेरो लागि यो एमसीसी होइन मेरो लागि यो विकास परियोजना हो। मेरो लागि यो प्रसारण लाइन र सडक योजना मात्र हो।’ नेपाल आफैले छानेको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा अमेरिकाले आर्थिक सहयोग मात्र जुटाएको उनले बताए। ‘यसमा नेपालले पनि आफ्नो भाग हालेको छ किनकि म्यचिङ्ग फण्ड नहालेसम्म कुनै पनि दाताले सहयोग दिँदैन’ उनले भने । १३ करोड डलर नेपालले हालेको र ५० करोड डलर अमेरिकाले दिने उनले बताएका छन्। यो एमसीसी होइन ३१३ किलोमिटर प्रसारण लाइन र ७७ किलो मिटर सडक बनाउने योजना रहेको उनले बताए। नेपाल आफैले २०६८ सालमा एमसीसी माग गरेको पूर्व अर्थ मन्त्री कोइरालाले बताएका छन्। प्रधानमन्त्री डा. बाबुराम भटराई र अर्थमन्त्री बर्षमान पुनको पालामा एमसीसीको कार्य सुरु भएको र २०६९ साल चैतमा एमसीसीको प्रक्रिया अगाडि बढाएको उनले बताए । उनले भने,’एमसीसी २०६८ सालमा नेपाल सरकारले अनुरोध गरेको थियो। २०६८ माघमा एमसीसी प्रस्ताव गरेको तर प्रधानमन्त्री भटराईको सरकार ढलेपछि २०६९ चैतमा अन्तरिम सरकारमा यसको प्रक्रिया अघि बढेको हो।’ त्यसपछि अध्ययन सुरु गर्न आफ्नै पालामा अध्ययन टोली बनेको उनले बताए। अध्ययन टोली सरकार र एमसीसी दुवैलाई नदिएर स्वतन्त्र अर्थशास्त्री १० जना छनोट गरेर अध्ययन टोली बनाएको उनले बताए। एमसीसी अन्तर्गतको आयोजनाहरुमा नेपालले के-के गर्ने भनेर स्वतन्त्र अर्थशास्त्री र विकासविदहरुको अध्ययन टोली बनाएको बताए। उक्त अध्ययन टोलीमा अर्थमन्त्रालयका सल्लाहाकर डा.चिरन्जिबी नेपाल, पूर्व आर्थिक सलाहकार डा. श्रीराम पौडेल, राष्ट्र बैंकका मिन बहादुर श्रेष्ठ, युनायकको सह-सचिव पुष्पलाल शाक्य, राष्ट्र बैंकका विज्ञ तथा प्रोफेसर डा.सुरबीर पौड्याल, विद्वान देव राज अधिकारी,  अन्तराष्ट्रिय संस्थामा अनुभव भएका अर्थशास्त्री भवानी ढुंगाना, डा. हेमन्त दवारी,  ब्यबस्थापन विज्ञ दिनेश राज पन्त, सामाजिक आर्थिक अनुसन्धानकर्ता हरि शंकर भटराई गरेर १० जनाको टोली बनाएको उनले बताए।
शरीरमा आगो सल्केर जुम्लामा एक जनाको मृत्यु जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारको क्रममा मृत्यु भएको बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा मृतक रोकाया रानीजंगलमा बाख्रा चराउन गएका थिए । उनले चिसोको कारण आगो बालेर ताप्ने क्रममा शरीरमा लागोले टिपेट आगलागी भई ज्यान गएको प्रहरीले जनाएको छ । रोकायको शरीरमा आगो लागेर चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । रोकायको उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उनको उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।
प्रेस स्वतन्त्रता संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न सरकार दृढ छः सञ्चारमन्त्री कार्की काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् मनेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानले प्रेस जगत्लाई पूर्ण स्वतन्त्रताको सुनिश्चित गरेको उल्लेख गर्दै वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन । राष्ट्रिय समाचार समिति (रासस)को ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ आलोचनालाई आत्मसात् गरेर अघि बढिरहेको उल्लेख गरे। उनले सरकार राष्ट्रियता, भौगोलिक अखण्डता, राजनीतिक स्थिरता, संविधानको रक्षा, सन्तुलित विदेश नीति, सुदृढ र सबल अर्थतन्त्र, दिगो विकास, स्वतन्त्र न्यायालय, सुशासन, मानवाधिकार र प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको बताउँदै सरकारलाई मुलुकका सबै आमसञ्चारमाध्यमबाट पूर्णसहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मन्त्री कार्कीले राज्यको एक मात्र समाचार समितिका रूपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको रासस समयानुकूल सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन । उनले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यताको संवद्र्धन र नेपालीको समृद्धिका लागि राससको आवश्यकता अझ बढ्दै गएको सन्दर्भमा सङ्घीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास दिलाए । मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन मिति घोषणा भई निर्वाचन कार्यक्रम तदारूकताका साथ अघि बढिरहेको, सङ्घीय एवम् प्रादेशिक निर्वाचनसमेतको समयावधि कम रहेको र निर्वाचन प्रक्रियामा सक्रियताका साथ भाग लिन जिम्मेवार राजनीतिक दल, आमजनता तम्तयार रहेका अवस्थामा जवाफदेही सकारात्मक, रचनात्मक समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई अनुरोध गरेका छन्। “गलत सूचना सम्प्रेषण एवम् भ्रम र अफवाह पैदा गरी मुलुकमा अस्थिरता, अन्योल सिर्जना गर्ने र देशवासीलाई विभाजित गर्ने दुष्प्रयासलाई चिर्दै सत्य, तथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने दायित्व राससको रहेको छ । मुलुकमा विद्युतीय अनलाइन तथा टेलिभिजनका अनेकौँ सञ्जालको विस्तार भइरहेका अवस्थामा तिनलाई राज्य र जनताको आधिकारिक समाचार सामग्री उपलब्ध गराउने जिम्मेवारी पनि यसको हो”, उनले उल्लेख गरेका छन् । मन्त्री कार्कीले राससले निकट भविष्यमा नै श्रव्यदृश्यलगायत समाचारको एकीकृत सेवा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै सो सम्बन्धी सामग्रीबाट देशभर सञ्चालित रेडियो र टेलिभिजन थप लाभान्वित हुने छन् भन्ने विश्वास व्यक्त गरे । आफ्ना सेवाग्राही सङ्ख्यामा उल्लेख्य वृद्धि गरी उपलब्ध सम्पत्तिको अधिकतम् सदुपयोग गर्नाका साथै आम्दानीका अन्य स्रोतसमेत पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन रासस व्यवस्थापनलाई उहाँले आग्रह गरेका छन । मन्त्री कार्कीले समसामयिक नीति तथा कार्यक्रमका साथ सूचना प्रविधिलाई अधिकतम उपयोग गरी आफ्नो सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै अझ विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमका रूपमा रासस स्थापित हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन ।
‘ विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषणमा राससको भूमिका प्रशंसनीय ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राससको भूमिका प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले राज्यद्वारा सञ्चालित मुलुकको एक मात्र समाचार समितिमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई बधाई दिएका छन। सचिव अर्यालले मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको रासस राज्य र समाजको हरेक तह र तप्कालाई जोड्ने कार्यमा अझ बढी सक्रिय एवं समर्पित हुनुपर्ने उल्लेख गरेका छन् । हाल देशमा उद्योगका रुपमा फस्टाइरहेको आमसञ्चारमाध्यमका बीच अझ सबल, व्यावसायिक र प्रतिस्पर्धी बनी आत्मनिर्भरोन्मुख दिशामा अघि बढ्दै आमजनताको मन जित्न रासस सफल हुने उनले विश्वास व्यक्त गरेका छन । सेवाग्राही आमसञ्चार माध्यमको माग र भावना बमोजिम विविधतायुक्त एवं गुणस्तरीय समाचार सम्प्रेषण गरी आफूलाई अझ जवाफदेही र उत्तरदायी बनाउँदै सूचनाको पहुँच विस्तार गर्ने अभियानमा सरिक हुन सचिव अर्यालले रासस व्यवस्थापनलाई आग्रह गरे । उनले सूचना प्रविधि क्षेत्रमा देखिएको अभूतपूर्व विकासका माझ समयसापेक्ष रुपमा रूपान्तरित भई अलग्गै पहिचानसहितको एक लोकप्रिय एवम् सशक्त सञ्चारमाध्यमका रुपमा रासस अघि बढ्न सकोस् भन्ने कामना गरेका छन।
राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ । चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, तीन झोलुङ्गे पुल र कल्भर्ट निर्माण गरिएको उनले बताए । नगरप्रमुख पौडेलका अनुसार नगरको ९५ प्रतिशत जनसङ्ख्यालाई सफा खानेपानीको व्यवस्था गरिएको छ । नगरपालिका भित्र १३ आधारभूत स्वास्थ्य भवन निर्माण, वडा कार्यालय र विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको पौडेलले बताए । दुई रङ्गशाला निर्माणका चरणमा छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला दुई आर्थिक वर्षमा ३७४ जनालाई रोजगारी प्रदान गरिएको छ । नगरभित्र साना र ठूला गरी २७८ उद्योग सञ्चालन छन् । नगरभित्रका ६० वर्षमाथिका दुई हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपाङ्गता परिचयपत्र वितरणका साथै ५०० अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र ट्राइसाइकल वितरण गरिएको पौडेलले बताए ।
कालिकोटमा १८ हजार मतदाता थपिए कालिकोट। कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए। जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नरहरिनाथ गाउँपालिकाको मतदाता सङ्ख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुुर मल्लले जानकारी दिए । कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् । त्यस्तै पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको सङ्ख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिएका छन्  । त्रीयासी हजार ७६ मतदाता सङ्ख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदाताको सङ्ख्या अद्यावधि गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाइएको दोहोरिएका मतदाताको नामावली सच्याएर फागुन १३ गरेर संशोधनसहित कार्यालयमा आइपुग्ने र त्यसपछि मतदाताको नामावली स्थानीय तहमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने, शुक्रबारदेखि परीक्षण उडान सुरु काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताए । विमानस्थलको भौतिक संरचना तथा आवश्यक उपकरण जडान भई फागुन ६ गतेदेखि साता दिनसम्म क्यालिब्रेसन उडान हुने र तीन महिनापछि बुद्ध पूर्णिमादेखि नियमित उडान सञ्चालनको योजनाअनुरूप काम अघि बढाइएको उनले उल्लेख गरे । महानिर्देशक अधिकारीले निर्धारित समयमा विमानस्थलको व्यावसायिक उडान सञ्चालनका लागि एक समिति गठन गरिएको र उक्त समितिले काम गरिरहेको जानकारी दिए । शुक्रबारदेखि क्यालिब्रेसन उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज आजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ । काठमाडौँ विमानस्थलकै क्षमता भैरहवा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए । उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताए । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो । तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो । देशकै नमूना आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।
प्रेस चौतारी रासस शाखाले पत्रकारलाई सम्मान गर्ने काठमाडौं । प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाले यस वर्षको सम्मान र पुरस्कार घोषणा गरेको छ । सो शाखाले ‘प्रेस चौतारी रासस सम्मान’ राससका पूर्वनायबमहाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली तथा ‘प्रेस चौतारी रासस पत्रकारिता पुरस्कार’ रासस केन्द्रीय कार्यालयका फोटो पत्रकार चन्द्रकला क्षेत्री (भगवती थापा) र डडेल्धुरास्थित समाचारदाता करण ताम्राकारलाई संयुक्तरूपमा प्रदान गरिने भएको हो । हाल कानुन व्यवसायी एवं अनुसन्धानकर्ता रहेका नेपालीले राससमा करिब तीन दशकसम्म दिनुभएको योगदान तथा थापा र ताम्राकारले कठिन स्थितिमा सक्रियतापूर्वक समाचार एवं तस्बिर सम्प्रेषण गरेकामा पुरस्कार दिने निर्णय गरिएको शाखाले जनाएको छ । सो शाखाका संस्थापक अध्यक्ष प्रकाश सिलवालको संयोजकत्वमा पूर्वअध्यक्ष कालिका खड्का र शाखाको अधिवेशन आयोजक समितिका संयोजक शर्मिला पाठक रहेको छनोट समितिले आज उक्त निर्णय गरेको हो । उक्त सम्मान र पुरस्कार निकट भविष्यमा हुने शाखा अधिवेशनमा प्रदान गरिनेछ । शाखाले राससको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । राज्यको एकमात्र समाचार समिति रासस यही फागुन ७ गते ६१औँ वर्षमा प्रवेश गर्दैछ ।
योजना आयोगका उपाध्यक्ष पौडेल र संयुक्त अधिराज्यका राजदूत निकोलाबीच छलफल काठमाडौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ । उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने पारस्परिक सहयोगका विविध पक्षमा विचार–विमर्श भएको थियो । दुई सय वर्षभन्दा पुरानो नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध, उक्त देशबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोग, जारी विकास परियोजनालगायत आपसी हित र चासोका विषयमा छलफल भएको छलफलमा सहभागी आयोगका सचिव केवलप्रसाद भण्डारीले बताए । कोभिड–१९ विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन संयुक्त अधिराज्यले हालै २१ लाख मात्राभन्दा बढी एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको थियो । नेपाल र संयुक्त अधिराज्यबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा पुरानो हो । सन् १८१६ मा नेपाल र ब्रिटिश–भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल काठमाडौं । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । उनीहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “हामी गठबन्धनलाई कसरी बचाउने र एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रीत छौँ ।” उनले पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नेमा नै जोड रहेको बताए । अध्यक्ष दाहालले आफूहरु गठबन्धनलाई जोगाएर अन्य विषयमा सहमति गराँै भन्ने मनसायमा रहेको बताए । बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेताहरुले धेरै बोलेर कुरा बिग्रेको भन्दै आफूले अहिले केही पनि नबोल्ने प्रतिक्रिया दिए ।
रोकिएको काम तीव्र गतिमा अघि बढाउँछुः कार्यवहाक सदस्यसचिव थापा काठमाडौं . राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । ‘अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प छन् । तिनलाई अगाडि बढाउँछु ।’ बिहीबार पदवहाली गर्ने क्रममा थापाले भने, ‘एसियाली खेलकुद र नवौँ राष्ट्रिय खेलकुदका लागि सुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनिसँगै अघि बढाउँछु । सदस्यसचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउँछु ।’ थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको अनुभव सुनाउँदै भने, ‘यहाँका सबै समस्याका बारेमा जानकार छु । मैलै बुझ्दै छु भन्न पाउँदिन । जुन ग्यापले हाम्रो समस्याहरू अड्केर बसेका छन् । ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसँग समन्वय गरी काम गर्ने छु ।’ थापाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयले बुधबार थापालाई राखेपका सदस्यसचिवको अनुपस्थितिमा सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।
ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो जाजरकोट। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् । सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् । विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहाल बीचमा बिहीबार छलफल गरेका हुन् । कोहलपुरादेखि सुर्खेत सम्मा १३३ केभी प्रशारण लाइनमा देखिएको समस्यादेखि पश्चिम सुर्खेतमा देखिएको समस्यामा पनि छलफल भएको मन्त्री सिंहले बताए । यसअघि मन्त्री सिंहले १० जिल्लाका विद्युत प्राधिकरणका प्रमुख, खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग छलफल गरेका थिए भने आज मन्त्रालयका अधिकारीसँग छलफल गरेका हुन् । वातारणीय प्रभाव मुल्यांकन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना वस्तुवादी नभएको प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालले बताए । कर्णालीका १० जिल्लामा विद्युतीकरण गर्दा वन क्षेत्रभित्र काम गर्दा अवरोध हुने भएकाले त्यसको समाधान गर्न सबै सहमत भएको उनले बताए । विकास निर्माणमा प्रयोग हुने वन क्षेत्र र सोसँग सम्वन्धित वातावरणीय अध्ययनलगायत कार्यक्रममा सहजिकरण गर्न प्रदेश सचिव, निर्देशकको नेतृत्वमा सहजिकरण समिति गठन गरी कामलार्इ सहजिकरण गर्ने सहमति भएको छ । समितिले निश्कर्ष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी समितिसँग छलफल गरी सहमति गर्ने बैठकले निर्णय गरेको छ ।
श्रीमतीलाई तह लगाउनका लागि तीन दिन श्रीमतीसँग नसुत्न मन्त्रीको सुझाव ! क्यालालम्पुर । मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्न उकासेर घरेलु हिंसालाई सामान्यिकरण गरेको आरोप लागेको छ । इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई आफ्ना ‘घमन्डी’ श्रीमतीलाई उनीहरुसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन् । श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरुसँग तीनदिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन् । ‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न श्रीमानहरूले उनीहरुलाई बिस्तारै थप्पड हानेर शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्’, मोदरर्स टिप्स नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन् । पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलाहरूलाई आफ्ना पाटनरर्सको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् । ‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् । ’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्द अगाडि पहिले अनुमति लिनुहोस् ।’ महिला अधिकार समूहहरुको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिंसालाई पश्रयले दिएको आरोप लगाउदै पदबाट राजीनामा दिन माग गरेका छन् । ‘मलेसियामा अपराध मानिने घरेलु हिंसालाई सामान्यिकरण गर्ने र लैंगिक समानतविरोधी बिचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।,’ गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिंसाबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेकाे थियो । घरेलु हिंसाबारे बोल्दा प्रायः कलंक र डर जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै खराब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदेश-१ ले कहिले नाम पाउँछ ? झापा । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले संसद्को आउँदो अधिवेशनमा प्रदेशको नाम टुंगो लगाउने प्रयास गर्ने आश्वासन दिए । समाजवादी प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नामांकनका लागि प्रयत्न गर्ने प्रतिबद्धता गरे । चार वर्षमा तीन मुख्यमन्त्री फेरिँदा पनि राख्न नसकेको प्रदेशको नाम मुख्यमन्त्री राईले राख्न सक्लान् त ? यो प्रश्न निरन्तर उठिरहेको छ । मुख्यमन्त्री हुने टुंगो लागिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्राथमिकतामा रहेको बताएका थिए । मुख्यमन्त्री भएपछि पनि उनले प्रदेशको नामको प्रसंग निरन्तर उठाइरहेका छन् । ६ वटा प्रदेशले आफ्नो नाम दिइसक्दा प्रदेश-१ भने अझै अलमलमै छ । प्रदेशको नामांकन गर्नका लागि संसदीय अंकगणित सबैभन्दा महत्त्वपूर्ण हुन्छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशको नाम र राजधानी टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ आवश्यक पर्छ । प्रदेश-१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा छ । यो गठबन्धनको सामान्य बहुमत मात्र छ । ९२ सांसद भएको प्रदेश-१ मा एमालेका ४१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, नेकपा (एस)मा १०, जसपामा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एकरएक सांसद छन् । एमाले विना दुई तिहाइ पुग्दैन । नामंकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकको दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दल एकमत छ । तर, कांग्रेसले धारणा तय गरेको छैन । एमाले यी नाममा सहमत छैन ‘जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव भड्किने नाम ल्याउने प्रयास भयो भने हामी सहमत हुँदैनौँ,’ एमाले सांसद तथा पूर्वमन्त्री हिक्मत कार्कीले भने । तर, सबैलाई मान्य हुने नाम आयो भने एमाले पनि सहमत हुने उनले बताए । नामका लागि सरकारले सर्वदलीय सहमति गर्नुपर्ने बताए । प्रदेश सरकारले भने नामका लागि समन्वय गर्ने जनाएको छ । नाम संसदमा सांसद र दलहरूले प्रस्ताव गर्ने भएकाले सरकारले समन्वयात्मक भूमिका खेल्ने आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । ‘गठबन्धनले प्रदेशको नामको प्रस्ताव संसद्मा ल्याउने हो । सरकारले समन्वय मात्र गर्ने हो,’ उनले भने, ‘हामी सकेसम्म सहमति खोज्छौँ । एमाले विना नामांकन सम्भव छैन । दुई तिहाइको सरकारले गर्न नसकेको काम हामीले गर्नुपर्ने छ ।’
कांग्रेस कैलाली अधिवेशन : कोइराला पक्ष छुट्टै टीमको तयारीमा जुट्यो धनगढी । नेपाली कांग्रेको १३औं महाधिवेशन अन्तरगत यही फागुन १३ गते हुने जिल्ला अधिवेशलाई लक्षित गरी कोइराला पक्ष सक्रिय बनेको छ । संस्थापन पक्षले एकलौटी गरेको र पेल्ने मनसायका साथ अघि बढ्न खोजेको भन्दै कोइराला पक्षले छुट्टै टीमसहित उम्मेदवारी दिने बताएको छ । ‘संस्थापन पक्षले सवैलाई मिलायर लैजानुभन्दा कसैलाई कारबाही गरेर कसैलाई बेवास्ता गरेर पार्टीलाई अगाडी बढाउन खोजिएको छ,’ कांग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले भने, ‘यसले पार्टीलाई झनै कम्जोर बनाउने देखिन्छ । यस्तो प्रवृतिलाई निरुत्साहित पार्न हामीले पार्टी सुदृढिकरण अभियान थालेका छौं ।’ नेतृत्वले गुटबन्दीलाई प्रोत्साहन दिएको, नेतृत्वमै पूवाग्रही सोच पलाएको भन्दै उनले त्यसले पार्टीलाई झनै कम्जोर बनाउने बताए । उनले नेपाली कांग्रेस कैलालीको अधिवेसनमा कोइराला पक्षबाट प्यानल सहति उम्मेदवारी दिने समेत बताए । कांग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले कांग्रेसलाई बलिाये बनाउन आफूहरू सक्रिय बनेको बताए । ‘हामी जिल्लाभरका कार्यकर्तासँग भेट गरिरहेका छौं,’ उनले भने, ‘कार्यकर्ता नेतृत्वको शैलीप्रति असन्तुष्ट बनेका देखिन्छन् । यसको समीक्षा हुनु जरुरी छ ।’ उनले जिल्ला अधिवेसनलाई लक्षित गरेर फागुन ५ गते कैलालीको लम्कीमा क्षेत्रनम्बर–१ र २ स्तरिय भेला गरिने, फागुन ६ गते घोडाघोडीमा क्षेत्रनम्बर–३ र ४ स्तरिय भेलागर्ने र फागुन ७ गते धनगढीमा क्षेत्रनम्बर–५ स्तरिय भेलाको आयोजना गरिने बताए । फागुन ७ गते धनगढीमा आयोजना हुने क्षेत्रनम्बर–५ स्तरिय भेलाबाट जिल्ला अधिवेशनका लागि उम्मेदवारी घोषणा गरिने उनले बताए । संस्थापनबाट सभापतमिा दुई जनाको उम्मेदवारी घोषणा, आकांक्षी धेरै नेपाली कांग्रेस कैलालीको सभापतिका लागि संस्थापन पक्षबाट सभापतिमा दुई जनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस कैलालीका निर्वतमान उपसभापति तथा कार्यबहाक सभापतिसमेत रहेका प्रकाश बम र महाधिवेसन प्रतिनिधि भीम बडुवालले औपचारिक रूपमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्यबहाक सभापतिसमेत रहेका बमले गत मंसिरमै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । बडुवालले पुसमा सभापतिका लागि उम्मेदरी दिने घोषणा गरेका थिए । सभापतिका आकांक्षी बमले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । ‘जिल्ला अधिवेशनमा मेरो जित निश्चित छ,’ बमले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, ‘त्यसैले मैले अर्को उम्मेदवारलाई समर्थन गरेको हल्ला जिल्लाभरि फैलाइएको छ ।’ भूमि आयोगको अध्यक्ष बनाउने निश्चित भइसकेको र अर्का उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको भन्ने हल्ला चलाइएको उल्लेख गर्दे बमले भने, ‘मलाई अहिलेसम्म आयोगको अध्यक्ष बन्ने अफर आएको छैन । आए पनि म त्यसलाई स्वीकार गर्दैन । पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छु ।’ सभापतिमा निर्वाचित भएर जिल्लामा कांग्रेसको संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा कैलालीमा कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने आफ्नो लक्ष्य रहेको बमले बताए । सभापतिमा रोक्नसक्ने संभावना नदेखेपछि केही उम्मेदवार र नेताहरूले यो हल्ला फैलाएको उनको आरोप छ । बाहिर चलाइएको हल्ला गतल भएकोले त्यसलाई आफूले खण्डन गरेको बमले बताए । सभापतिका उम्मेदवार बमले सबै क्षेत्रलाई मिलाएर आफूले एक/दुई दिनभित्रै टीम घोषणा गर्ने जानकारी दिए । पार्टीको केन्द्रले अहिलेसम्म कुनै उम्मेदवारलाई समर्थन नगरेको पनि उनले प्रष्ट पारे । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाले कुनै उम्मेदवारलाई समर्थन गरिसकेको भन्ने हल्ला पनि झुठो भएको बमको भनाइ छ । अहिले सभापतिमा आकांक्षा देखाए सबै उम्मेदवार देउवा पक्षकै रहेका र केन्द्रले अहिलेसम्म कसैलाई पनि उम्मेदवार नतोकेको उनले बताए । उनले आफ्नो उम्मेदवारी कायमै रहेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । फागुन १३ गते हुने जिल्ला अधिवेसनमा सभापतिका लागि संस्थापन पक्षमै धेरै आकांक्षी रहेका छन् । उनीहरूले हालसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् । संस्थापन पक्षबाटै सभापतिमा उम्मेदवारी घोषणा गरेका अर्का आकांक्षी बडुवाल अघिल्लो अधिवेशनमा सभापतिमा पराजीत उम्मेदवार हुन् । उनले आफू जिल्लाभर पार्टी संगठन निर्माण र कांग्रेसलाई गुटबन्दी रहित बनाउन निरन्तर लागेको हुँदा उम्मेदवारी दिने बताउँदै आएका छन् । ‘अघिल्लो अधिवेशनमा पनि प्राविधिकरुपमा निर्वाचनमा हारेर सभापति हुन सकेन,’ बडुवालले भने, ‘म स्वभाविकरुपमा त्यतिवेला देखिनै सभापतिको उम्मेदवार हुँ ।’ कांग्रेस कौललीको जिल्ला अधिवेसनमा संस्थापन पक्षबाट सभापतिमा अन्यले उम्मेदवारी घोषणा भने गरेका छैनन् । तर, सभापतिका लागि कैलाली क्षेत्रनम्बर–५ बाट महाधिवेशन प्रतिनिधि रहेका नारायणदत्त भट्ट पनि सशक्त उम्मेदवारका रुपमा रहेका छन् । यसका अलावा कैलाली क्षेत्रनम्बर–१ महाधिवेसन प्रतिनिधि तपेन्द्र रावलले पनि सभापतिमा आकांक्षा देखाएका छन् । कोइराला पक्षले संस्थापन पक्षमा धेरै आकांक्षी हुँदा कुनै एक समूहसँग मिलेर आफ्नो टीमलाई बलियो बनाउन सकिने बताएको छ ।
राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग काठमाडौं । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्सर्ना गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा छ । प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट धेरै नेता, कार्यकर्ता घाइते भएका छन् ।’ प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाइ अध्यक्ष सुसन पुलामी मगरसहित दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् । त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् । लिगको उद्घाटन खेलमा तीन वटा खेल हुनेछन् । जसमा पहिलो खेल झम्सिखेल युथ क्लब र श्री भगवती क्लवबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युवा क्लब तथा तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
३५ करोडको युरेनियमसहित ८ जना पक्राउ काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित हायात रिजेन्सी होटेलको पार्किङ क्षेत्रबाट दुई किलो ८०० ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक घर भई काठमाडौँ–६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका–१४ का ६० वर्षीय नवराज महत, सिरहा घर भई ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास र सोही ठाउँका ५५ वर्षीय जीवछनारायण यादव रहेका छन् । अन्य पक्राउ पर्नेमा महोत्तरी घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ बौद्ध क्षेत्रमा केही व्यक्तिले विभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट सोमबार खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सुरुमा उक्त पार्किङस्थलमा राखेको बा५च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरिएको हो । उनीसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी रु ३५ करोडमा बिक्री गर्न लागेको र उक्त कार्यमा अन्य छ जना व्यक्तिको समेत संलग्नता रहेको खुल्न आएपछि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूउपर आज जिल्ला अदालत काठमाडौँबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत सात दिनको म्याद थप गरी महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
निजगढ विमानस्थल चाँडै निर्माण हुन्छः अध्यक्ष नेपाल बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताएका छन । नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा उनले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना रहेको तर निजगढमै बनाउन आफूले पहल गरेको बताए। यसैगरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाँडो सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरे । एक छुट्टै प्रसङ्गमा अध्यक्ष नेपालले अहिले सरकारमा समावेश भएका आफ्ना पार्टीका मन्त्रीहरुको बद्नाम गराउन विभिन्न तत्वहरु लागि परेकाले त्यस्ता तत्वबाट बच्न मन्त्रीहरुले पनि आफ्ना बोली तथा भाषामा सावधानी अपनाउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा वषौँ पहिलेदेखि चल्दै आएको हो, तर काम सुरु नभएकाले अब यो सरकारले चाँडै काम सुरु गर्नुपर्छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सो विमानस्थलको काम चाँडै सुरु हुने बताए । उनले भने, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरु गर्नेछौँ ।”
मधेश प्रदेश सरकारको ४ वर्षः संघीय सरकारका कारण भएन काम ! जनकपुरधाम । मधेश प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा भएको छ । ४ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले मंगलबार पत्रकार सम्मेलन गरि पछिल्लो ४ वर्षमा कर्मचारीको अभाव र कोरोना महामारीले प्रदेश सरकारले योजना अनुसारको काम गर्न नसकेको मुख्यमन्त्री लालबाबु राउतले स्वीकार गरेका छन् । प्रदेश सरकारले कानुन निर्माण, सामाजिक रुपमान्तरणमा लगायतका अकर्षक कार्यक्रम ल्याएपनि त्यसले निरन्तरता पाउन सकेको छैन । कर्मचारीको अभाव तथा कारोना महामारीको कारण भौतिक पूर्वाधार अन्तर्गत काम सुस्त देखिएका छन् । प्रादेशिक गौरवका योजना अन्तर्गत प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले कालोपत्रे सडक निर्मार्ण गर्ने योजनाको अहिले सम्म सुरुवाती अवस्थामै रहेको छ । मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यान्वयका लागि ऐन कानुनको निर्माण, कर्मचारीको अभाव, कोराना महामारी ,भौतिक पूर्वाधारको अभाव तथा संघीय सरकारको असहयोगको कारण चाहे जति काम गर्न नसकेको दाबी गरे । ‘संघीयता कार्यान्यनका प्रदेश सरकारजति संघीय सरकार प्रतिवद्ध रहेको भएको यो भन्दा राम्रो हुन्थ्यो’, मुख्यमन्त्री राउतले भने,‘तर संघीय सरकार संविधानमा प्रदेशलाई दिएको अधिकारपनि कटौति गर्न लागेको छ, यस्तोमा संघीय सरकारविरुद्ध नै अदालत जानुपर्ने अवस्था रहेकोले पनि प्रदेशले बनाएको योजना, लिएको लक्ष्य पूरा गर्न कठिनाई भइरहेको छ ।’ मधेश प्रदेश सरकारले प्रदेशको नाम र राजधानीको टुंगो लगाउनु, छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको जनकपुरधाम भ्रमणलाई पनि उपलब्धीको रुपमा राउतले प्रस्तुत गरेका छन् । यस्ता छन् प्रदेश सरकारको प्रमुख कार्यहरु ३ फागुन २०७४ मा गठन भएको प्रदेश सरकारले आफ्ना पहिलो वैठकमा मधेश आन्दोलनमा ज्यान गुमाएका शहिद परिवारलाई रोजगारी र घाइतेलाई राहत दिने निर्णय गरेको थियो । सोही अनुरुप मधेश प्रदेश सरकारले अहिले सम्म करिव तीन दर्जन शहिद परिवारका सरकारी मात्रै प्रदेश मातहतका कार्यालयहरुमा नियुक्ति दिएको छ । मुख्यमन्त्री राउतले भने,‘हामी सबैलाई शहिद परिवारलाई सरकारी जागिर त उपलब्ध गराउन सकेका छैनौ । तर तीन दर्जन जतिलाई विभिन्न सरकारी कार्यालयमा नियुक्ति दिई काम दिएका छौं । त्यसवाहेक शहिद तथा घाइतेका परिवारजनलाई समय समयमा आर्थिक सहयोग दिई उहाँको आर्थिक समस्यालाई धेरै हद सम्म समाधान गर्ने प्रयास गर्दै आएका छौ ।’ प्रदेश सरकारले सबभन्दा बढी चर्चा पाउने कार्यक्रम‘मुख्यमन्त्री बेटि पढाउ, बचाउ बेटीु अन्तर्गत माघ १ देखि जन्म लिने छोरीलाई ३ लाखको शैक्षिक विमा र सामुदायिक विद्यालयमा पढने छात्रालाई साइकल वित्तरण कार्य सुरु गरेको छ । दुई वर्ष रोकिएको कार्यक्रम अहिले सुचारु छ । अहिले सम्म ७७१ वटा सामुदायिक विद्यालयका ३७ हजार ३५४ जना छात्रालाई साईकल वित्तरण गरिएको छ । त्यसैगरि, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अहिले सम्म प्रदेशका विभिन्न २७ वटा पोखरी एवम् सार्वजनिक धार्मिक पर्यटकीय स्थलहरुको सौन्दर्यीकरणको काम भईरहेको प्रदेश सरकारले जनाएको छ । प्रदेशका १ एक सय समुदायिक विद्यालयमा छात्रामैत्री सामुदायिक विद्यालय निर्माण गरेको प्रदेश सरकारले उपलब्धिमा राखेको छ । कोरोना महामारीममा कृषि कर्जा लिएका किसानको व्याज अनुदानमा प्रदेश सरकारले २२ करोड खर्च गरेको छ । एक सय किसानलाई ट्रयाक्टर, ५३७ थान कृषि सम्बन्त्री विभिन्न यन्त्रहरु किसानलाई वित्तरण, तथा कोरोना महामारीमा रोजगार गुमाएका अति विपन्न परिवारलाई राहत वित्तरणमा ३० करोड खर्च गरेको प्रदेश सरकारले उपलब्धको रुपमा जनाएको छ । मुख्यमन्त्री राउतले भने,‘ कोरोना महामारी सुरु हुदाँ हामीसँग एउटापनि पिसिआर टेस्ट गर्ने मेसिन थिएन, नत सरकारी अस्पतालहरुको आईसियुको राम्रो प्रबन्ध थियो । तर अहिले प्रत्येक जिल्लामा पिसिआर मेसिन, सबै अस्पतालमा आईसियुको राम्रो प्रबन्ध गरिसकेका छौ । त्यसवाहेक कोरोना संक्रिमितलाई औषधी उपचार निःशुल्क रुपमा गर्दै आएका छौ ।’ प्रदेश सरकारले करिब ५ दर्जनको कानुन बनाउनुपर्ने हुन्छ । तर अहिले सरकारले ४ वर्षमा ४४ वटा ऐन बनाएको छ । प्रदेश प्रहरी ऐन बनाएको दुई वर्ष भईसक्दा पनि संघीय सरकारका कारण कार्यान्वयमा आउन नसकेको मुख्यमन्त्री राउतले बताए । ‘धरै ऐनहरु कार्यान्वयमा आईसकेको छ । तर केहि कानुन कार्यान्यन हुन बाँकी छ,’ मुख्यमन्त्री राउतले भने, ‘हामीसँग कर्मचारीका चरम अभाव छ, लामो समयदेखि प्रमुख सचिव नै थिएन । तरपनि हामीले जनताको अपेक्षा अनुसार अगाडी बढ्ने प्रयास गरिरहेको छु ।’ ‘शहिद परिवारजनको समस्या समधानका लागि मधेशी शहिद प्रतिष्ठान, दलित सशक्तिकरणको लागि दलित विकास समिति गठन गरेको अगाडी बढेका छौ’, मुख्यमन्त्री राउतले भने,‘मधेश वर्ग समुदाय, धर्म तथा जातजातीको जनसंख्याको अधारमा सहकारी निकायमा पहुच बढाउने गरि समावेशी कानुन ल्याएका छौं।प्रदेशमै पहिलो पटक आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोक पाल आयोग गठन गरेका छौ भने कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोग, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र लगायतका आवश्यक कानुन ल्याएका छौ।’ जनताको ठूलो आंकाक्षा प्रदेश सरकारले पूरा गर्न नसकेपनि प्रदेशवासीले प्रदेश सरकारको अनुभुति भने गरेका छन् । विगतमा केन्द्र सरकारले सहयोग गर्ने आशामा महिनौको पखाईमा बस्नुपर्ने अवस्थामा प्रदेश सरकारले तत्कालन नै राहतको काम गर्ने गरेका छन् । शहिद परिवारलाई रोजगारी, घाईतेलाई राहत स्वरुप आर्थिक सहयोग, दैविक प्रकोपको कारण मृत्यु,आगजनी भएर घरवार जलेर नष्टकालाई आर्थिक सहयोग, आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न नपाएकालाई दलित छात्रालाई आर्थिक सहयोग,करेन्ट लागेर मृत्यु भएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्ने गरेका छन् ।
पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले मङ्गलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव दुई डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
त्रिविमा डेढ सय दिन तालाबन्दी : शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती काठमाडौं । त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा तालाबन्दी भएको छ । गत माघ ६ गतेदेखि हालसम्म एउटा विद्यार्थी सङ्गठनले इकाइ समितिको नामबाट र गत हप्तादेखि आंशिक शिक्षकका नाममा तालाबन्दी कायमै छ । तिनै तालाबन्दी गर्ने समूहले त्रिविको शैक्षिक क्यालेन्डर निश्चित नभएको, परीक्षाको नतिजा समयमा प्रकाशन नभएको र त्रिविको गुणस्तर खस्कँदै गएको भन्दै विरोध गरिरहन्छन् । विश्वविद्यालयमा निरन्तर तालाबन्दी गराइनुका साथै पदाधिकारीका कुर्सी जलाउने, तोडफोड गर्ने र आफ्नै दैवतुल्य गुरुलाई अशिष्ट व्यवहार गर्ने मात्र नभएर विश्वविद्यालय परिसरमा मरणासन्न हुने गरी साङ्घातिक हमला गरी आफ्ना गुरुलाई अपाङ्ग बनाउने कार्य पनि सो विश्वविद्यालयमा भएको छ । विश्वविद्यालयले प्रधानमन्त्री एवं त्रिविका कुलपति, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति र तालाबन्दी गर्ने विद्यार्थी सङ्गठनको केन्द्रीय नेतृत्व समेतलाई विशेष आग्रह गर्दै आएको छ । यसको अलावा गत हप्ता आंशिक शिक्षकका नाममा लगाइएको तालाबन्दीलाई सम्बोधन गर्न पूर्वगठित वार्ता समितिलाई जिम्मा दिएको छ । आंशिक शिक्षकको समस्यालाई समाधान गर्न पहिले जारी गरेका प्रतिबद्धताअनुरुप त्रिवि आंशिकलाई सम्बन्धित क्याम्पसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्वारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर प्रदान गर्दै जाने र २०७४ सालमा नेपाल सरकारले स्वीकृत गरेको एक हजार ४२० दरबन्दीलाई आवश्यक पर्ने आर्थिक स्रोतका लागि निरन्तर सरकारसँग पहल गरी आर्थिक स्रोत उपलब्ध हुनासाथ खुला प्रतिस्पर्धामार्फत आंशिक शिक्षकलाई स्थायी हुने अवसर प्रदान गर्ने विश्वविद्यालय नेतृत्वको प्रतिबद्धता छ । तालाबन्दी र अनशनको आडमा वा तालाबन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिक शिक्षकलाई स्वतः करार सेवामा, करार सेवा प्रवेशपश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापि स्वीकार नगर्ने पनि स्पष्ट पारेको छ । मुलुकका ७६ जिल्लामा फैलिएको र उच्च शिक्षामा झन्डै ८० प्रतिशत भार बोकेको यो विश्वविद्यालय शिक्षा क्षेत्रमा गरेको योगदान, पहुँच र विस्तारका दृष्टिले अग्रणी मानिन्छ । पदाधिकारी नियुक्तिको पाँच महिना नपुग्दै विश्वमा देखिएको महामारीको प्रकोप, देशैभरि लागू गरिएको बन्दाबन्दी, विद्यार्थी, शिक्षक, कर्मचारीमा उत्पन्न भएको त्रासका बाबजुद विश्वविद्यालयको पठनपाठनलाई वैकल्पिक विधिबाट निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि हाल एकै समयमा दुई लाख ४१ हजार शिक्षक विद्यार्थी माइक्रोसफ्ट टिममा जोडिन सक्ने स्थिति निर्माण भएको विश्वविद्यालयले जनाएको छ । “खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल साबित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुचि राख्ने, सृजनशील, लगनशील, अनुशासित शिक्षकलाई त्रिविले सदैव स्वागत गर्दछ”, त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निकट भविष्यमा नै देशको झन्डै ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविलाई हालको नेतृत्वले एक विशिष्टीकृत विश्वविद्यालयका रुपमा रुपान्तरण गरी यसको साखलाई अझ समृद्ध बनाउन लागिपरेको अवस्थामा प्रवेश परीक्षा र भर्ना प्रक्रिया, सेवा आयोगमार्फत दक्ष जनशक्ति छनोट प्रक्रियाका साथै विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण एवं त्रिविलाई एक विशिष्टीकृत विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने कार्यमा नै असर गर्ने गरी अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुका पछाडिको उद्देश्यमा कतै प्राज्ञिकभन्दा भिन्नको तत्वले सक्रियता बढाइरहेको त छैन भन्ने गम्भीर आशङ्का पनि सिर्जना गरेको छ ।” विश्वविद्यालयले सुधारका लागि त्रिविले अघि सारेको यस कार्यलाई सार्थक रुप दिन र त्रिविमा बारम्बर हुने तालाबन्दीलाई सदाका लागि अन्त्य गर्न सबै विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ, विभिन्न वैचारिक सङ्गठन, नागरिक समाज, शिक्षाविद् र अधिकारकर्मीलाई अपिल गरेको छ । त्रिविका वर्तमान पदाधिकारीले कार्यभार सम्हालेको आज २८ महिना पुगेको सन्दर्भमा जारी विज्ञप्तिमा बढ्दो बौद्धिक चोरीलाई नियन्त्रण गर्न केन्द्रीय पुस्तकालयमा एन्टी प्लेजारिज्म सफ्टवेयर प्रयोगमा ल्याइएको लगायतका सुधारका काम सार्वजनिक गरिएको छ । उपलब्धिको विवरणमा विश्वविद्यालयले विद्यावारिधिको गुणस्तर बढाउन विश्वविद्यालय अनुदान आयोगले जारी गरेको कार्यविधि अनुरुपकै कार्यविधि तयार गरी लागू गरेको पनि जनाइएको छ । “महामारीबाट सृजित चुनौतीको सामना गर्नु र १५ बँुदे त्रिवि सुधार योजनालाई सार्थक रुप दिनु त छँदै नै थियो, तर यसका अतिरिक्त कहिले विद्यार्थी सङ्गठनका नाममा, कहिले आंशिक प्राध्यापकका नाममा, कहिले वैचारिक प्राध्यापक सङ्गठनका नाममा विभिन्न माग राखी हाम्रा विश्वविद्यालयमा तालाबन्दी भइरहे ।” विज्ञप्तिमा भनिएको छ, “वार्ताको माध्यमबाटै हरेक समस्याको समाधान गर्नुपर्दछ भन्ने हाम्रो मान्यताअनुरुप विभिन्न चरणका तालाबन्दी खुलाउँदै आयौँ । यस्तो प्रतिकूल वातावरणमा त्रिविमा कायम कहालिलाग्दो बेरुजु फछ्र्यौट गर्न कार्यदल नै गठन गरी काम अगाडि बढाइरहेका छौँ ।”
पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न पर्यटन मन्त्रीको निर्देशन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन । सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन । पशुपति क्षेत्र नेपालका चार धाममध्ये एक भएको र पशुपति नाथ राष्टदेव भएकाले त्यहाँ सफा सुग्घर राख्न विकास समितिका पदाधिकारीलाई निर्देशन दिए । मन्त्री आलेले भन्नुभयो, “पशुपति नाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, राष्ट्रदेव पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।” पशुपतिनाथ क्षेत्रमा फूल, प्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित स्थानमा सार्न र उनीहरुका समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गरे। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा फूल प्रसाद बिक्री वितरण गर्ने व्यापरारीहरुले आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरे । उनले भने “पर्यटन मन्त्रीको पहलमा तपाईंहरुको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदैछ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।”,
उड्डयन प्राधिकरण पुगेका महानिर्देशक क्षेत्री हाजिर नगरी फर्किए काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुग्नुभएका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किएका छन । बबरमहलस्थित प्राधिकरण मुख्यालयमा कार्यालय समयमा पुगेका क्षेत्रीले हाजिर नगरी फर्किएको प्राधिकरणले जनाएको छ । “उहाँ (महानिर्देशक क्षेत्री) आउनुभयो चिया खाएर जानुभो”, प्राधिकरणका एक उच्च अधिकारीले भने । सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश लिएका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले पूर्ण कार्यकालका लागि दायर गरेको रिटमा आइतबार अल्पकालीन आदेश जारी निर्णय यथास्थितिमा राख्न आदेश दिँदै फागुन ९ गतेका लागि छलफलमा बोलाएको थियो । प्राधिकरणका हालका महानिर्देशक प्रदीप अधिकारीले अवकाश प्राप्त क्षेत्री ऐन बमोजिम पनि महानिर्देशक नरहेको र नियमावली बमोजिम कर्मचारी पनि नभएकाले हाजिर गर्ने विषय नभएको बताए। क्षेत्रीले कानुनी परामर्श गरेर मङ्गलबार आउने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तपाई सर्वोच्चको आदेश बमोजिम प्राधिकरण जानुभयो हाजिर नगरी फर्किनुभयो भनी सोधिएको जिज्ञासामा महानिर्देशक क्षेत्रीले प्राधिकरण पुगेर साथीभाइसँग गफगाफ गरेर फर्किएको बताए । उनले भने, “हाजिरका सम्बन्धमा कानुनी परामर्श गरेर मात्रै फर्किने निष्कर्षसहित निस्किएको हुँ ।” सर्वोच्चका न्यायाधिश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीले हालेको रिटमा आदेश जारी गर्दै छलफलका लागि बोलाएको थियो । आदेशले हालका महानिर्देशक प्रदीप अधिकारीको हकमा कुनै व्यावधान नहुने प्राधिकरणको बुझाइ छ । क्षेत्रीले मङ्सिर २३ गते उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका थिए  । गत पुस २५ गते प्राधिकरणकै प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो । अवकाश प्राप्त क्षेत्रलीले महानिर्देशकको थप कार्यकाल काम गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । प्राधिकरण ऐनको दफा अनुरुप चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त गर्ने र सरकारले चाहेका बेला त्यस्तो महानिर्देशकलाई जुनसुकै बेला हटाउन सक्ने प्रावधान रहेको प्राधिकरणले जनाएको छ । सरकारले हालै चारवर्षे कार्यकालका लागि प्राधिकरणको महानिर्देशक पदमा प्रदीप अधिकारीलाई नियुक्त गरेको थियो । महानिर्देशक अधिकारीले जिम्मेवारी सम्हालिसकेका छन ।। सर्वोच्चले ९ फागुनमा दुवै पक्षलाई बोलाएको छ । त्यस अवधिसम्म अनिवार्य अवकाश कार्यान्वयन नगर्न आदेश गरेको छ । सरकारले महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेको
राजनीतिक अस्थिरताको असर कूटनीतिमा, नेपालका ३३ दूतावास तथा नियोगमध्ये २० नेतृत्वविहीन काठमाडौं । देशमा राजनीतिक अस्थिरता बढ्दा त्यसको प्रत्यक्ष असर कूटनीतिमा परेको छ । जसको कारण विदेशमा रहेका नेपालको ३३ वटा नियोग तथा दूतावासमध्ये २० वटा लामो समयदेखि नेतृत्वविहीन बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका १२ राजदूत फिर्ता बेलाउने र सिफारिस गरेका ११ जना राजदूतको नाम वर्तमान सरकारले फिर्ता लिएपछि अहिलेको अवस्था सृजना भएको हो । ओली नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको सात महिना पुरा भइसकेको छ । तर यो अवधिमा सरकारमा सहभागी राजनीतिक पार्टीहरुबीचको भागबण्डा नमिल्दा २० देशमा रहेका नेपाली दूतावास राजदूतविहीन बनेका हुन् । अहिले कतार, श्रीलंका, बंगलादेश, अष्ट्रिया, चीन, साउदी अरेबिया, स्पेन, इजरायल, ओमान, अस्ट्रेलिया, डेनमार्क, मलेसिया, रुस, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, दक्षिण अफ्रिका, म्यानमार, बहराइन र जापानमा रहेका नेपाली दूतावास तथा स्थायी नियोग नेतृत्वविहीन छन् । सरकारको नेतृत्व सम्हाले यताको सात महिनामा देउवाले मात्र तीन देशमा राजदूत सिफारिस गरेका छन् । सरकारले अमेरिकाका लागि श्रीधर खनाल, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र भारतका लागि डा। शंकर शर्मालाई कांग्रेस कोटामा राजदूत सिफारिस गरेको थियो, जसमध्ये हालसम्म एक जनाको मात्र एग्रिमो आएको छ । अमेरिका र भारतमा सिफारिस गरिएकाको एग्रिमो अझै आएको छैन । सरकारको नेतृत्व सम्हालेको कांग्रेसले गठबन्धनमा रहेका अन्य पार्टीसँग छलफल नगरी प्रमुख तीन देशमा राजदूत सिफारिस गरेको थियो । जसका कारण सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा कांग्रेससँग रुष्ट बनेका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले सत्तारुढ पार्टीहरुबीच सहमति बन्न नसक्दा राजदूत सिफारिस प्रक्रिया रोकिएको हो । सरकारमा सहभागी पार्टीहरुबीच कुन देशमा रहेको दूतावास तथा नियोगमा कुन पार्टीको मान्छे सिफारिस गर्ने भन्नेमा सहमति बन्न सकेको छैन । ‘सबैलाई प्रभावशाली देशमा आफ्नो मान्छे राजदूत बनाउनु परेको छ, अनि कसरी हुन्छ सहमति ?,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘अहिलेकै जस्तो अवस्था रहे अबको एक वर्षसम्म राजदूत सिफारिस हुने देखिदैन ।’ सरकारले स्थानीय तहको निर्वाचन मिति २०७८ वैशाख ३० गतेलाई घोषणा गरिसकेको छ । निर्वाचन आचार संहिता लागू भएपछि सरकारले राजदूत सिफारिस गर्न पाउने छैन । स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि सरकारको काँधमा २०७८ मंसिर भित्र प्रदेश र संघको नेर्वाचन गर्नुपर्ने जिम्मेवारी रहेको छ । लगातारका निर्वाचनका कारण लामो समयसम्म निर्वाचन आचार संहित लागू भइरहने अवस्था रहने हुँदा राजदूत सिफारिसमा बाधा पुर्याउने बुझाई स्रोतको छ । राजदूत सिफारिसका विषयमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालसँग जिज्ञासा राख्दा उनले मन्त्रालयको तहबाट गर्नुपर्ने तयारी सबै सकिएको जानकारी दिइन् । ‘हाम्रो तहबाट तयारी भएको छ । जतिसक्दो छिटो गर्नुपर्छ भनेका छौं,’ प्रवक्ता लम्सालले भनिन् ।
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५ पैसा कायम भएको छ ।
ओमिक्रोन हो वा सामान्य रुघाखोकी कसरी थाहा पाउने ? काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले यति बेला सबै जनालाई त्रसित बनाएको छ । यस्तो अवस्थामा कसैलाई सामान्य रुघाखोकी सिजनल इन्फ्लुन्जा लाग्दा पनि त्रसित बन्नु पर्ने अवस्था आएको छ । कतिपय व्यक्तिले भने ओमिक्रोलाई सामान्य रुघाखोकीको रुपमा लिने गरेको देखिएको छ । चिकित्सहरूले यसअघि डेल्टाभन्दा कम खतरनाक भएको बताए पनि ओमिक्रोनलाई हल्का रुपमा नलिन सुझाउँछन् । जाडोयाममा नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर चिसो लागेको हो कि रुघाखोकी हो ? कि कोरोनाभाइरस सङ्क्रमण नै हो ? तपाईलाई छुट्याउन समस्या परिरहेको हुनसक्छ । कोरोना भाइरस (कोभिड-१९) र मौसमी रुघाखोकी गराउने इन्फ्लुएञ्जा भाइरस सङ्क्रमणको लक्षण उस्तै–उस्तै हुने गर्दछ । यी लक्षणहरू हेरेर ओमिक्रोन सजिलै थाहा हुन्छ : –थकान महसुस हुने । –जोर्नी दुख्ने । –लगातार टाउको दुखिरहन । –घाँटी दुख्ने समस्या । –निरन्तरको खोकी। –ज्वरोर उच्च तापक्रम। –स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने। –पखाला। –नाकबाट पानी बग्ने। यस्ता छन् चिसोका लक्षण –रुघाखोकी र फ्लुमा टाउको दुख्ने र नाकबाट पानी बग्ने । –जाडोमा हाच्छ्युँ आउने गर्छ र टाउको भारी रहन्छ । –चिसो, दुखाइले टाउको बाहेक शरीरका अन्य भागमा असर गर्दैन । – जीउ दुख्ने । –टाउको दुख्ने । –शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने । ओमिक्रोनको लक्षणका बारेमा गरिएको एक अध्ययनमा थप दुईवटा नयाँ लक्षणहरु पत्ता लागेका छन् । ओमिक्रोन भएको व्यक्तिलाई वाकवाकी लाग्नुका साथै भोक नलाग्ने पनि देखिएको छ । यी लक्षण कोभिडको भ्याक्सिन लगाइसकेकाहरुका साथै बुस्टर डोज लगाउनेहरुमा समेत पाइएको छ । कोरोनाभाइरस लागेका व्यक्तिमा दुई हप्तासम्म लक्षण देखा पर्न सक्छ। तर साधरणतया पाँच दिनभित्र लक्षण देखिन्छ। सास फेर्न अप्ठेरो हुनु गम्भीर खालको कोरोनाभाइरस सङ्क्रमण भएको लक्षण हो। यदि तपाईँलाई सास फेर्न गाह्रो भयो भने नजिक कै स्वास्थ्य संस्थासंग सल्लाह लिन सक्नु हुनेछ ।
न्यायालयमा देखिएको बेथिति हटाउन महाभियोग: प्रचण्ड जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । उनले जनकपुरमा आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ताहरु मात्रै होइन, न्यायधिशहरु पनि देखिएको र न्यायालय अस्तव्यस्त जस्तै भएकोले ति बेथितिलाई हटाउन गठबन्धनकै सहमतिमा महाअभियोग प्रस्ताव दर्ता गराइएको उनले बताए । संवैधानिक बाटोबाट प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनको भनाइ थियो । प्रचण्डले गठबन्धन कुनै पनि कारणले नटुट्ने दाबी गरे । प्राप्त उपलब्धिमाथि देशी विदेशी प्रतिक्रियावादीहरुबाट आक्रण भइरहेको प्रचण्डको भनाइ थियो । ‘हरेक क्रान्तिको विरुद्ध प्रतिक्रान्ति हुन्छ, त्यो अहिले जारी नै छ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त उपलब्धी विरुद्ध देशीविदेशी तत्व अझै लागेको छ । तर पनि हामी निराश भएका छैनौ । खेल अझै बाँकी नै छ ।’ प्रतिक्रियावादी शक्तिहरु काँग्रेस, माओवादी, नेकपा एस, जसपासहितका गठबन्धन फुटाउन सुरुदेखि नै लागेको अध्यक्ष प्रचण्डको भनाइ छ । प्रचण्डले भने,‘ केहि व्यक्ति संविधानमै नभएको व्यवस्थालाई टेकेर संसदलाई विघटन गर्ने काम गरे । तर हामी जनयुद्धका नेता, जनआन्दोलनका नेता र मधेश विद्रोहका नेता जिउँदै भएकोले त्यसविरुद्ध संगठित भएर उनलाई सत्ताबाट हटाई लोकतन्त्रणको रक्षा गर्ने काम गरियो ।’ आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारका मधेशी शहिद प्रतिष्ठानले जनकपुर आयोजना गरेको जनयुद्धका शहिद परिवारजनलाई सम्मान तथा अनुदान वित्तरण कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले जनयुद्धका शहिद परिवारजनलाई सम्मान गरेर राष्ट्रिय एकता सन्देश दिएको बताएका छन् । ुमधेश प्रदेशले जनयुद्धलाई आज सरकारी स्तरबाट सम्मान गरेर राष्ट्रिय एकताको सन्देश दिएको छ, अब मधेश प्रदेशको अनुशरण संघीय सरकार मात्रै होइन बाँकी सबै प्रदेशका सरकारहरुले गर्नुपर्छ ।’ प्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेश प्रदेशबाट शहिद भएका तथा ज्यान गुमाए परिवारजनलाई तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतवार एक लाखको दरले अनुदान वित्तरण गरिएको छ । जनयुद्धका क्रममा मधेशले आफूलाई धेरै सहयोग गरेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘जनयुद्धकै क्रममा मधेशकै जिल्लाहरुमा हतियार बनाउने काम सिकेँ, यहाँका वुद्धिजीवीहरुले जनयुद्धमा धेरै नै सहयोग गरे । जब निराश हुन्थें शक्ति आर्जनका लागि मधेशका जिल्लाहरुमा आउँथे की त पहाडका गरिब वस्तीमा जान्थे । त्यसकारण मधेशसँग मेरो पुरानै लगाव र नाता छ ।’
केपी ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पु¥याउन सफल भएको बारेमा छलफल भएको बताइएको छ ।
३० तस्वीरमा इशान किशनकी गर्लफ्रेण्ड, सबैभन्दा महंगोमा बिकेपछि दिइन् यस्तो प्रतिक्रिया काठमाडौं। आइपिएल २०२२ को लिलामीको पहिलो दिन इशान किशन सबेभन्दा महंगोमा बिक्री भए । इशानलाई मुम्बइ इण्डियन्सले १५.२५ करोड रुपैयाँ मूल्यमा अनुबन्ध गरेको छ । यससँगै इशान आइपिएल लिलामीको इतिहासमा दोस्रो महंगा भारतीय खेलाडी बनेका छन् । २ करोड बेस मूल्यका इशानको लागि बोली लगाउन मुम्बइले नै सुरु गरेको थियो । उनलाई किन्नको लागि सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स र पंजाब किंग्सले पनि प्रतिस्पर्धा गरेका थिए । यति ठूलो मूल्य पाएपछि इशान एक पटक फेरि चर्चामा छन् । फ्यानहरुले अब इशानको व्यक्तिगत जीवनप्रति चासो राख्न थालेका छन् । इशानले अहिलेसम्म आफ्नो लभ स्टोरीबारे खुलासा गरेका छैनन् तर उनको नाम सुपरमोडल अदिती हुंडियाको साथमा जोडिने गरेको छ । अदिती २०१९ मा मुम्बइ इण्डियन्सको एक खेलमा हौसला बढाउन आएकी थिइन्, त्यतिबेलादेखि नै यी दुईको नाम जोडिने गरेको छ । अदितीले इशानको राम्रो इनिङपनि उनको फोटो क्याप्सनका साथ शेयर गर्छिन् । आइपिएल अक्सनमा महंगोमा बिकेपछि इशान किशनले सामाजिक संजालमा पोस्ट गरेका थिए । यो पोस्टमा प्रतिक्रिया दिँदै अदितिले आफूलाई यसबाट गर्व लागेको बताएकी छिन् । अदिती व्यवसायिक मोडल हुन् । अदिती मिस इण्डिया २०१७ की फाइनलिस्ट हुन् । उनी २०१८ मा मिस सुपरनेचुरल इण्डिया पनि रहिसकेकी छिन् । उनले २०१६ मै मोडलिङ सुरु गरेकी थिइन् । पछिल्ला केही वर्षमा उनी कैयौं म्युजिक भिडियो र विज्ञापनमा देखिएकी छिन् । २२ वर्षका इशानलाई २३ वर्षकी अदितीसँग फोटो खिचेको बेलाबेलामा देखिएको छ । इशान र अदितीको फोटो २ वर्ष पहिले उनको जन्मदिनमा भाइरल भएको थियो । इशानले पहिलो अन्तर्राष्ट्रिय क्याप पाउँदा अदितीले क्याप समारोहको भिडियो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् । आइपिएल २०२० मा इशानले ५८ बलमा ९९ रनको इनिङ खेल्दा अदितीले उनको फोटोको साथमा ‘आइ एम प्राउड अफ यु बेबी’ लेखेकी थिइन् ।
भूमि आयोगद्वारा सुर्खेतका पाँच स्थानीय तहमा सेवा केन्द्र स्थापना सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेतले पहिलो चरणमा यहाँका पाँच स्थानीय तहसँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरेको छ । आयोगले ती स्थानीय तहमा सेवा कार्यालय स्थापना गर्दै जग्गाको विवरण सङ्कलन थालेको हो । आयोगको जिल्ला कार्यालयका अनुसार पहिलो चरणमा भेरीगङ्गा नगरपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका तथा दोस्रो चरणमा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकासँग जग्गाधनी पुर्जा वितरणका लागि सम्झौता गरिएको छ । आयोगको टोलीले स्थानीय तहमै पुगेर सेवा केन्द्रमार्फत भइरहेका गतिविधिको अवलोकनसमेत गरिसकेको छ । आयोगका अध्यक्ष श्रीधर पौडेलले यसअघिको आयोगले गरेका कामलाई आधार बनाएर पुर्जा वितरण गरिने बताए । “विगतमा भएका कामलाई निरन्तरता दिइएकाले छिट्टै लालपुर्जा पाउने आधार देखिएको छ, आयोग र जिल्ला समितिले स्थानीय तहसँग कार्य सम्झौता, सेवा कार्यालय स्थापना र जग्गाको विवरण सङ्कलन कार्य तीव्र गतिले भइरहेको छ,” उनले भने, “यसपटक बसोबासको व्यवस्थापनलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ, विगतका आयोगले गरेका कामको आधारमा टेकेर आवश्यक प्रक्रिया अघि बढाइएको छ ।” जग्गाधनी पुर्जा प्राप्तिका लागि सम्बन्धित वडा र कार्यपालिकाबाट निर्णय गरेर जिल्ला कार्यालयमा पठाउनुपर्नेछ । आयोगको जिल्ला समितिले सुर्खेतमा सबैभन्दा पहिलो भेरीगङ्गा र गुर्भाकोट नगरपालिकामा पर्ने कोटमाझ खर्कका बासिन्दालाई पुर्जा वितरण गर्ने तयारी गरेको छ । त्यहाँ २०२२ सालदेखि बसोबास गरेको बस्ती लालपुर्जाविहीन छ । कोटमाझ खर्कका ६७७ परिवारले पुर्जा प्राप्तिका लागि आवेदन पेस गरेका थिए । हाल स्थानीय तहमा जग्गाको विवरण सङ्कलनका लागि प्राविधिक कर्मचारीहरु खटिएका छन् । राष्ट्रिय भूमि आयोगले केन्द्रबाट सुर्खेतमा प्राविधिकसहितका २१ जना कर्मचारीहरू पठाएको छ भने बाँकी कर्मचारी जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको छ । जग्गाको नाप–जाँच, लगत सङ्कलन र सङ्कलित लगतलाई आयोगको सफ्टवेयरमा प्रविष्ट गर्ने काम भइरहेको आयोगले जनाएको छ । सुर्खेतमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासका गरी ५४ हजार ५९७ निवेदन पेस भएका छन् ।
पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि कांग्रेसको सिफारिस दार्चुला । नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले बताए । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू कानुनमन्त्री भएका बेला पार्टी निकट रहेका साउँलाई न्यायाधीशमा चयनका लागि सिफारिस गर्ने निर्णय भएको छ । न्याय जस्तो स्वतन्त्र र पवित्र संस्थामा पार्टीले यसरी सिफारिस गरेको भन्दै पार्टीकै नेता तथा कार्यकर्ताले आक्रोश पोखिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस दार्चुलाको उपसभापतिको उम्मेद्‍वारसमेत रहेका युवा नेता उमेश खत्रीले लेखेका छन् । ‘न्याय सेवा जस्तो गरिमामय क्षेत्रमा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई नेपाली कांग्रेस दार्चुलाले न्यायाधीशको लागि सिफारिस गर्नका लागि न्यायाधीश पद तपाईंले जिल्ला कोषाध्यक्ष मनोनीत गरे जस्तो पद हो रु कांग्रेस दार्चुला मा लोकतन्त्र को समाप्त भएकै होर ?’ बैठकले अधिवक्ता साउँदलाई न्यायाधीशका लागि सिफारिससँगै विभिन्न निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको दोस्रो बैठकमा प्रस्तुत गरिएका १५ प्रस्तावमा विविध निर्णय गरिएको पत्रकार सम्मेलन गरी कांग्रेस दार्चुलाले जानकारी दिएको छ । जसअनुसार कोषाध्यक्षमा महाकाली नगरपालिकाका मेयर हंसराज भट्टलाई चयन गरिएको छ भने पार्टी प्रवक्तामा माधव प्रसाद भट्ट, सामाजिक विभाग संयोजकमा ललित सिंह ठगुन्ना, आर्थिक नीति तथा योजना विभाग संयोजकमा हंसराज भट्ट, कृषि तथा भूमिसुधार संयोजकमा भानसिंह धामी, युवा तथा खेलकुद विभाग संयोजकमा श्याम सिनाल, महिला विभागमा राजु अवस्थी तथा भातृ संघ संस्था समन्वय विभागमा दानसिंह तिंकरीलाई चयन गरिएको पार्टी सभापति बोहराले बताए ।
दुई भारतीय नागरिक हतियारसहित पक्राउ बाँके। चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर रु तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका उनीहरुले यही माघ १७ गते बाँके खजुरा गाउँपालिका–४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट रु ५० हजार नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए । इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एक थान कटुवा पेस्तोलसहित उनीहरुलाई आज पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।
अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैनः उपमहासचिव गुरुङ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन । प्रेस चौतारी नेपाल लमजुङले शनिबार बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा ब्यक्त गरे । नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गको दाबी थियो । उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।” उनले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउँने बताए ।
आइतबार देखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै काठमाडौ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् । सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो । त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।
नेपालबाट हङकङ उडानमा प्रतिबन्ध काठमाडौं । हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।
गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए । सहसचिव डा भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो । गृहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेको हो । अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो । गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाँणले अर्थमन्त्रीसँग छलफल गरेको हो ।
सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख, पिसिआर रिपोर्ट आउन बाँकी काठमाडाैं। अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए । जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर, पिसिआर रिपोर्ट आउन बाँकी छ ।
पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’को संज्ञा काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै उनकै पार्टीले ‘गद्धार’ को संज्ञा दिँदै निष्काशन गरेको हो । एनेकपाको १४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीको नयाँ नेतृत्वमा आलोक रायमाझीलाई सर्वसम्मत चयन गरेको छ । ‘१४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गोपाल किराँतीलाई गद्धार घोषणा गर्दै निष्काशनको कारवाही गरेको छ । साथै, उक्त बैठकले आलोक रायमाझीर्लाइ सर्वसम्मतिले केन्द्रीय समिति अध्यक्ष निर्वाचित गरेको छ,’ एनेकपाद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबीचमा अदालतको फैसालाले हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जर्वजस्ती माओवादी केन्द्र थमाइयो ।’
मिसाइलका लागि उत्तर कोरियाले अरबौं डलर कहाँबाट ल्याउँछ ? रिपोर्टमा आश्चर्यजनक खुलासा काठमाडौं। उत्तर कोरिया ती सीमित देशहरुमध्ये एक हो जसको बारेमा अन्य देशका नागरिकहरुलाई कमै मात्र थाहा छ । किम जोंग उनको शासन रहेको यो देशका सीमा दशकौंदेखि सील छन् । इन्टरनेट जस्तो चीजको यो जमिनमा नामनिशान छैन । यो देशमा न कुनै बाहिरी जान पाउँछ न त्यहाँका मानिसहरुले बाहिरी संसारबारे जानकारी पाउँछन् । केही रिपोर्टमा दावी गरिएअनुसार त्यहाँका जनताको हालत अत्यन्तै खराब छ र त्यहाँको ठूलो जनसंख्या गरिबी र भोकमरीको प्रकोपमा छ । तर, विश्वले उत्तर कोरियाको बारेमा कुनै पनि सूचना पाए भने त्यहाँको परमाणु कार्यक्रमबारे पाउँछन् । यहाँ नयाँ नयाँ मिसाइल परीक्षण भइरहन्छन् । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका कारण २००६ देखि नै अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगिरहेको छ । विश्वभरका मानिसहरुको मनमा सधैं यो प्रश्न उठिरहन्छ कि यस्तो देश जो कसैसँग व्यापार गर्दैन र कुनै देशसँग जोडिएको पनि छैन । न त्यो देशमा उद्योग धन्दाहरु फस्टाएका छन् न बहुराष्ट्रिय कम्पनीहरु पुगेका छन् । यस्तो देशले नियमित रुपमा परमाणु मिसाइल बनाउने, तिनीहरुको परीक्षण गरिरहेको छ । आफ्नो परमाणु कार्यक्रम नियमित रुपमा चलाउनको लागि उत्तर कोरियासँग अरबौं डलर धन कहाँबाट आउँछ ? संयुक्त राष्ट्रसँगले भर्खरै जारी गरेको एक रिपोर्टमा यसको खुलासा गरेको छ । यसै हप्ता आएको राष्ट्रसंघको रिपोर्टमा उत्तर कोरियाले परमाणु कार्यक्रम अगाडि बढाएको आशंका गरिएको छ । रिपोर्टमा यहाँ मिसाइल कार्यक्रम तीब्र हुने चिन्ता पनि व्यक्त गरिएको छ । रिपोर्टका अनुसार उत्तर कोरिया मिसाइल बनाउने, तीब्र रुपमा तिनीहरुलाई तैनाथ गर्ने, समुद्रको बाटोबाट तिनीहरुलाई ल्याउने र लैजाने र मिसाइल शक्तिमा तीब्र रुपमा वृद्धि गर्ने दिशामा छ । विगत केही समयदेखि उत्तर कोरियाले मिसाइल र ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरहेको छ । किम जोङ उनका अनुसार उनीसँग अमेरिकासम्म मार हान्न सक्ने मिसाइल छन् । जनवरी २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुभन्दा ठिक पहिले उत्तर कोरियाले पनडुब्बीबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेर यसलाई संसारकै सबैभन्दा खतरनाक हतियार भनेको थियो । त्यसपछिको एक वर्षमा लगातार किसाइल बनाउने र जापानतर्फ समुद्रमा प्रहार गरेर परीक्षण गर्ने क्रम जारी छ । गएको जनवरी महिनामा मात्र उत्तर कोरियाले ९ वटा मिसाइल परीक्षण गरेको थियो । घातक हतियार निर्माणको लागि जुटेको यो देशको इतिहासमा अहिलेसम्म कहिल्यै पनि एक महिनाभित्र यति धेरै मिसाइल परीक्षण गरिएको थिएन । २०१७ मा उत्तर कोरियाले ४ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल र पछि ८ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल ह्वासोंग १४ ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो । उसले त्यतिबेला आफूसँग अमेरिकाको कुनै पनि भागमा मार हान्न सक्ने क्षमता भएको दावी गरेको थियो । उत्तर कोरियाले ह्वासोंगको १५ औं संस्करणले १० हजार किलोमिटर भन्दा धेरै दूरीमा मार हान्न सक्ने उत्तर कोरियाले बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघको रिपोर्टमा भनिएको छ ‘आफ्नो परमाणु कार्यक्रम र मिसाइलको लागि पैसा जुटाउनको लागि क्रिप्टोकरेन्सी एक्सचेन्जमा साइबर आक्रमण गरेर पैसा जम्मा गर्नु यो देशको आयको प्रमुख स्रोत हो ।’ यो रिपोर्ट राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्ध कमिटीमा यसै हप्ता पेश गरिएको हो जुन दस्तावेज रोयटर्सले पढेको बताएको छ । यो दस्तावेजमा उत्तर कोरियाको गोप्य हतियार कार्यक्रमबारे कैयौं दावी गरिएको छ । रिपोर्टका अनुसार क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तिय संस्थाहरुमा साइबर आक्रमण गरेर पैसा जुटाउनु उत्तर कोरियाको लागि आयको सबैभन्दा ठूलो स्रोत हो । साइबर आक्रमणबाट २०२० र २०२१ को मध्यसम्म उत्तर कोरियाली ह्याकरहरुले उत्तर अमेरिका, युरोप र एसियाका तीन क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ५० मिलियन डलरभन्दा धेरै चोरी गरेका थिए । साइबर सेक्युरिटी फर्म चाइना एनालिसिसको पछिल्लो महिनाको रिपोर्टअनुसार गत वर्ष उत्तर कोरियाले डिजिटल एसेटबाट ४०० मिलियन डलरभन्दा धेरै पैसा जम्मा गरेको थियो । यसका लागि क्रिप्टोकरेन्सी प्लेटफर्ममा ७ भन्दा धेरै साइबर आक्रमण गरियो । युएन मनिटर्सको २०१९ को रिपोर्टमा पनि उत्तर कोरियाले हतियार कार्यक्रमको लागि साइबर आक्रमणबाट ३ अर्ब डलर जुटाएको उल्लेख छ । राष्ट्रसंघको रिपोर्टअनुसार कोरोना महामारीका कारण सीमामा कडाइ बढेका बेला प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियाले अवैध व्यापार र विलासी सामानको कारोबारलाई पनि तीब्र रुपमा बढाएको छ । २००६ मा राष्ट्रसंघले उत्तर कोरियाबाट कोइला, फलाम, लीड, टेक्सटाइल, सीफुड निर्यात गर्न र उत्तर कोरियामा कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ आयात गर्न प्रतिबन्ध लगाएको थियो । तर, सीमा क्षेत्रका साथै समुद्रको बाटो अवैध तरिकाले यी कुराहरुको कारोबार गरेर ठूलो धन जम्मा गरिएको छ । आज पनि विश्वसँग सम्पर्कको लागि उत्तर कोरियाको एक मात्र सम्पर्क स्रोत छिमेकी देश चीन हो । क्रिप्टो ह्याकिङ, साइबर आक्रमणको माध्यमबाट उत्तर कोरियाले केवल ठूलो धन जुटाइरहेको छैन उसले प्रविधि र मिसाइलको लागि जरुरी सामान पनि यही बाटोबाट जुटाइरहेको छ । चीनले उत्तर कोरियालाई गोप्य रुपमा सहयोग गरिरहेको छ ।
भारततर्फ तस्करी गर्न लागेको केराउसहित भारतीय नागरिक पक्राउ काठमाडौं। कपिलवस्तुबाट तस्करी हुन लागेको केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपालबाट भारततर्फ लैजादै गरेको ठुलो परिमाणमा केराउसहित भारतको सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई पक्राउ गरेको हो । कपिलवस्तुको मर्यादपुर प्रहरी चौकीबाट चेकिङमा खटिएको टोलीले नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको ट्रकलाई रोकेर चेक गर्दा ५ हजार केजी केराउ बरामद भएको हो। युपी ५५ टी २२९५ नम्बर ट्रकमा पाँच हजार केसी केराउ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। अग्रहरीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
भ्यालेन्टाइन विकमा पेटिएमको भिडियो भाइरल, युजरहरुले भने ‘मेरा मातापिताले त कुट्छन्’ काठमाडौं। फेब्रुअरी महिनामा आउने भ्यालेन्टाइन विक हरेक जोडठीको लागि खास महत्वको हुन्छ । यस्तोमा डिजिटल पेमेन्ट कम्पनी पेटिएमले आफ्नो एउटा विज्ञापन रिलिज गरेको छ । यो भिडियो सामाजिक संजालमा तीब्र रुपमा भाइरल भइरहेको छ । भिडियोलाई लाखौंले हेरिसकेका छन् । हजारौंले यो भिडियोको बारेमा प्रतिक्रिया दिएका छन् । Dil ke account se, Paytm karo ❤️ pic.twitter.com/q76slJzZQw — Paytm (@Paytm) February 7, 2022 पेटिएमले भ्यालेन्टाइन विकको पहिलो दिन ७ फेब्रुअरीमा ट्वीटरमा यो भिडियो पोस्ट गरेको थियो । भिडियोको क्याम्सनमा लेखिएको छ ‘दिको अकाउन्टबाट पेटिएम गर्नुहोस् ।’ ३ मिनेट १७ सेकेण्डको भिडियोमा कसरी पेटिएमको माध्यमबाट डिजिटल पेमेन्ट गरेर कुराहरु सजिलो बनाउन सकिन्छ भन्ने देखाउन खोजिएको छ । Ase koun se parents hai jo apne bacho ko encouragement karte yeh sab ke liye, Ager mujhe dekh le ladki ke sath maare alag or bejati or kare dusaro ke samane 😂😅💯💯 Aapko kya lagta hai??@Paytm @PaytmTickets https://t.co/abnYDutE3X — Vishal pankaj (@vishalpankajj) February 7, 2022 पेटिएमको यो भिडियो एक जोडीमा केन्द्रित गरेर बनाइएको छ । यो जोडीको आसपासका मानिसहरुले पेटिएमको प्रयोग गरेर उनीहरुको प्रेमकथालाई अगाडि बढाउन सहयोग गरिरहेको भिडियोमा देखिन्छ । भिडियोको सुरुमा युवकलाई उनका अभिभावकले गर्लफ्रेण्डसँग डेटमा जानको लागि पेटिएममार्फत पैसा दिन्छन् । यसअघि अरुले पनि यसैगरी पैसा सहयोग गरिरहेका छन् । हजारौं युजरले यो भिडियोबारे प्रतिक्रिया दिएका छन् । Dear @Paytm koi sense hai iss baat ki ? I don’t know which parents give money to take girlfriend for date. https://t.co/9TUqYPAQAC — Chiranjeevi P (@Chir_an_jeevi) February 7, 2022 यो भिडियो केहीले रोजक भनेका छन् केहीले भने देखावटी बनेका छन् । एक युजरले भिडियोमा सिर्जनशीलता र भावनात्मकता भएको भनेका छन् । अर्काले लेखेका छन् ‘कुन घरमा अभिभावक आफ्ना सन्तानलाई गर्लफ्रेण्डसँग डेटमा जानको लागि पैसा दिन्छन् ?’ अर्का एकले लेखेका छन् ‘यदि मैले घरमा डेट जानको लागि पैसा मागें भने उनीहरुले मलाई घरबाट निकालिदिनेछन् । कुट्नेछन त्यो छुट्टै ।’
बुटवलमा विद्यार्थी र प्रहरीबीच झडप, पाँच विद्यार्थी घाइते बुटवल। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियू रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले  हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि  विद्यर्थीहरूले गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ । नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने झडप नभई सामान्य धकेलाधकेल भएको बताए । कार्यालय समयमा कामकाजलाई समेत प्रभाव पार्ने गरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको उनकाे भनाइ छ ।
आजको मौसम : हल्का वर्षाको सम्भावना काठमाडौँ। हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशन नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच तथा अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ । मङ्गलबार पनि प्रदेशन नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेशन नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
१ हजार ७१४ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनामा परीक्षण गर्दा १ हजार ७१४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार २२५ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १०३ जनामा र ३ हजार २८८ जनामा एन्टीजेन परीक्षण गर्दा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९३.३ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ७७१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुगेको छ । यसैगरी देशमा हालसम्म ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पूर्वी लद्दाखमा भारतसँग खोसेको जमिनमा चीनले पुल बनाउँदै काठमाडौं। पूर्वी लद्दाखको पेगोंग तालमा चीनले पुल बनाउँदैछ । यो क्षेत्र चीनले भारतसँग खोसेको र यहाँ पुल बनाउन लागेको भारतको केन्द्र सरकारले शुक्रबार आफ्नो संसद बैठकमा बताएको छ । भारतका विदेश राज्यमन्त्री भी मुरलीधरणले संसदमा लिखित जवाफ दिँदै भनेका छन् ‘चीनको तर्फबाट पेगोंग तालमा पुल बनाइँदैछ । यसको भारत सरकारले संज्ञान लिएको छ । यो पुलको निर्माण त्यो क्षेत्रमा गरिँदैछ जो १९६२ देखि चीनको अवैध कब्जामा छ ।’ उनले जवाफमा भनेका छन् ‘भारत सरकारले यो अवैध कब्जालाई स्वीकार गरेको छैन । सरकारले कैयौं अवसरमा यो स्पष्ट पारेको छ कि जम्मु कश्मिर र लद्दाखको केन्द्र शासित प्रदेश भारतका अभिन्न अंग हुन् र हामी अपेक्षा गर्छौं कि अन्य देश भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेछन् ।’ बयानमा भनिएको छ ‘पूर्वी लद्दाखमा एलएसीमा शान्ति कायम राख्नको लागि चीनसँग कुटनीतिक र सैन्य स्तरमा वार्ता जारी राखिएको छ ।’ सरकारले भनेको छ ‘हाम्रो या वार्ता सधैं ३ विन्दुमा केन्द्रित रहेको छ र अगाडि पनि रहनेछन् । यी तीन विन्दु हुन् १. दुवै पक्षले एलएसीको कडाइका साथ पालन र सम्मान गर्नुपर्छ । २. दुवै पक्ष यथास्थिति कायम राख्नेछन् । ३. कुनै पनि सम्झौता दुवै पक्षको पूर्ण सहमतिपछि हुनेछ ।’ चीनको यो ८ मिटर फराकिलो पुल पेगोंगको उत्तरी तटमाएक चिनियाँ सेनाको मैदानको ठिक दक्षिणमा स्थित छ जहाँ २०२० मा भारतीय र चिनियाँ सैनिकबीच गतिरोधको दौरान चिनियाँ सेनाको फिल्ड अस्पताल र आवास देखिएका थिए । २०२० मा गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको हिंस्रक मुठभेडपछि भारत र चीनबीच गतिरोध कायम छ ।
संसद्मा समिति प्रणाली पुस्तक सार्वजनिकः ससदीय समितिका सभापतिका अनुभव र अनुभूति काठमाडौं । संसद्मा समिति प्रणाली (राष्ट्रियसभा विशेष) पुस्तकमा राष्ट्रियसभाका समितिमा चार वर्ष नेतृत्व गरेका सभापति र सभाको समावेशी स्वरूप प्रतिविम्बित हुनेगरी छनोट गरिएका अन्य सदस्यका दृष्टिकोणलाई एकीकृत गरिएको छ । संसद्का समिति प्रणालीको अवधारणा मात्र नभई आफ्नै अभ्यासलाई उजागर गर्न प्रयास गरिएको उक्त पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुमपा अस्ट्रेलिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीलाई विज्ञको नजरबाट चिनाउन खोजिएको छ । संसदीय प्रणाली र हाम्रो आफ्नै अभ्यासको अध्ययन–अनुसन्धान र अभिलेखीकरण आवश्यक रहेको महसूस गरी सङ्घीय संसद्का समितिले स्थापित गरेको अभ्यास, चुनौती र आगामी बाटो तय गर्नका लागि पुस्तक उपयोगी हुने राष्ट्रियसभा सचिव एवम् पुस्तकका सम्पादक राजेन्द्र फुँयालले बताए । संसदीय समितिका चार सभापति, दुई सदस्य, सचिव र तीन विषयविज्ञका समितिसम्वन्धी अनुभव र अनुभूतिसम्वन्धी लेख समेटिएको उक्त कृतिमा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध, दीगो विकास, प्रत्यायोजित व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार र प्रतिनिधित्व, कानूनभन्दा विभेद शक्तिशाली, समिति प्रणालीको प्रभावकारिता, तथा विदेशमा माथिल्लोसभा समिति प्रणालीजस्ता विषयबस्तु समेटिएको लेख छन् । संसदीय व्यवस्थामा संसदीय गणितबाट नै कार्यपालिकाको जन्म भएकाले जनताको प्रतिनिधित्व, नागरिक आकाङ्क्षाको अभिव्यक्ति र तदनुरूपको कानुननिर्माणका अतिरिक्त संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको नेतृत्वमा गठन हुने सरकारमाथि वित्तीय नियन्त्रणका लागि संसदीय समितिको प्रभावकारी भूमिकासम्वन्धी विषय समावेश छ । सङ्घीय संसद् सचिवालय प्रकाशक रहेको उक्त कृतिको समिक्षा कार्यक्रममा सचिवालयका महासचिव डा भरतराज गौतमले यसभित्र संसदीय समितिका सभापतिका अनुभव तथा संसद्मा समिति प्रणालीबारे का विचार समेटिएको बताए । एक प्रसङ्गमा उनले भने, “सञ्चारजगत संसद्का लागि दोस्रो अङगकारुपमा रहेको छ । पहिलो संसद् हो, दोस्रो पत्रकार हो । राज्यका सबै अङ्गका ध्यान कुनै न कुनैरुपमा पत्रकारका गतिविधितर्फ नै केन्द्रित भएको पाइन्छ ।” पारदर्शिताको प्रवद्र्धन, कार्यकारी तहबाट हुने नीति, निर्णय र विकास–निर्माणको अनुगमन (ओभरसाइट) जस्ता अनगिन्ती काम संसद्को पूर्णइकाइबाट मात्रै सम्पादन गर्न सम्भव नहुने भएकाले संसद्ले प्रयोग गर्ने अधिकारलाई व्यावहारिकरूपमा प्रयोग गर्न संसदीय समितिको अभ्यास गरिएको हो । अध्ययन, अनुसन्धान तथा आन्तरिक व्यवस्थापनका काम गर्न, विधि निर्माणलाई वस्तुनिष्ठ बनाउने उद्देश्यले मसिनो गरी छलफल गर्न संसद्मा विभिन्न समिति गठन गर्ने अन्तरराष्ट्रिय अभ्यास रहेको पुस्तकमा उल्लेख छ । प्रतिनिधिसभाका समिति कार्यक्षेत्रगतरूपमा गठन हुने र राष्ट्रियसभाका समिति विषयगतरूपमा गठन हुने अभ्यास स्थापित भएको छ । राष्ट्रपतीय प्रणालीमा विकास भएको सुनुवाइ समिति नेपालको सन्दर्भमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त समितिका रूपमा क्रियाशील छ । सार्वजनिक लेखा समिति बाहेक प्रतिनिधिसभाका सबै स्थायी समितिले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विधेयकमा दफावार छलफल हुन्छ भने राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मात्रै विधेयकमाथिको दफावार छलफलको नवीनतम् अभ्यास पनि सुरु गरेको छ । यस्ता अभ्यासले व्यवस्थित अध्ययन र अभिलेखीकरणले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, विधिको शासनको, पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । रासस
मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ मोरङ । मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी शव गाडेको र गोदावरी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा ६३ वर्षीय, तेह्रथुम सङ्क्रान्ति –२ घर भई हाल काठमाडौं–३ गोठाटार बस्ने मोहन लिम्बूको हत्या गरी गाडेको आरोपमा ती तीन जनालाई पक्राउ गरी यहाँ सार्वजनिक गरिएको छ । यसरी पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिरहा नगरपालिका–२१ घर भई हाल काठामाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ सोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । चौधरी र श्रेष्ठको लास गाडेको अवस्थामा धनपालथान गाउँपालिका–६ दिलीप सिंहरीको उखुबारीमा शङ्कास्पद माघ १२ गते फेला परेको र लिम्बूको लास ललितपुर गोदावारी–१२ ठेचोमा गाडेको अवस्थामा माघ २० गते फेला परेको थियो । हत्याका आरोपितहरूले लिम्बूलाई मङ्सिर २८ गते, श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरी लास छिटो गलोस् भन्नका लागि नून प्रयोग गरेका थिए । हत्याका आरोपी मण्डलले आर्थिक कारोबारको विवादले हत्या गरेको र अन्य दुईजनालाई हत्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ । निजहरूले तीनवटा लासलाई गाड्नका लागि एकै प्रकृतिको खाल्डो खन्ने र पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिए । आरोपीहरूले श्रेष्ठ र चौधरीलाई गाडेको स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रगोग गरिएको ६ पोका नून र एक थान कोदालो बरामद गरेको छ । प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीका आधारमा आरोपीहरूलाई पक्राउ गर्न सफल भएको हो । आरोपीमध्ये मण्डललाई यही माघ २० गते काठमाडाँै बल्खुबाट, आलम र सोनारलाई माघ २० गते विराटनगर–१७ मटेरुवा र विराटनगर–५ दामाबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । हत्याका आरोपी मण्डल व्यावसायिक कामको सिलसिलामा मृत श्रेष्ठ चौधरीसँग मङ्सिर २९ गते विराटनगर आएका थिए । हत्या हुनुमा प्रमुख कारणमध्ये कारोबारको रकम एकलौटी बनाउने उद्देश्य भएको हुनाले यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । रासस
सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म काठमाडौं। सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो । ५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेराेना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो । मुलुकी फौजदारी संहिता, फौजदारी कार्यबिधि बमोजिम थुनामा रहेका व्यक्तिकाे निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिख र जनस्वास्थ्य मापदण्ड कायम गरी जारी राख्ने पुर्ववर्त निर्णय भने यथावत रहनेछन् ।
एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छः माधव नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले) परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उनको भनाइ थियो । अध्यक्ष नेपालले भने, “हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन् ।” पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए। पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नसका साथै सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गरे । एमाले निकट मजदुर सङ्गठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले पहिले कोटेश्वर चोक नजिकै (तीनकुने जाने सडकतर्फ) पुल बनाउन भने पनि त्यहाँ स्थानीयवासीको विवादका कारण बन्न नसकेको कार्यालयका सूचना अधिकारी सुमित केसीले बताए । पुल निर्माणका लागि कतिपयले सुरुकै ठाउँ ठीक छ त्यही गर्नुपर्छ भनेका छन् भने कतिपय स्थानीयवासीले परिवर्तन गर्नुपर्ने भनिरहेका छन् । उनले भने, “पहिले भनिएको भन्दा केही तलमाथि भए पनि बनाउन सकिन्छ ।”आकाशे पुल निर्माण गर्दा ठाउँ परिवर्तनको माग गर्दै वडा कार्यालयले माग गरेपछि अहिले त्यो फाइल सडक विभाग पठाइएको कार्यालयले जनाएको छ । स्थान परिवर्तन गर्नु ठीक छ छैन भनी विभागले निर्णय गर्ने सूचना अधिकारी केसीले बताए । स्थानीयस्तरमा सहमति हुने अवस्था नभएमा ठेक्का नै रद्द हुनसक्ने उनले बताए । कार्यालयले तीन वर्ष पहिले नै नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको थियो । नयाँ बानेश्वरमा विभिन्न कारणले केही ढिलाइ भए पनि केही समय पहिले सम्पन्न भएर प्रयोगमा आइसकेको छ । यो ठाउँमा भने अवधि सकिँदासम्म पनि कहाँ बनाउने भन्ने समेत टुङ्गो लाग्न सकेको छैन । एकातिर भक्तपुर र ललितपुरतर्फ जाने सवारीसाधन र अर्कातिर काठमाडौँ उपत्यका बाहिर जाने नाकाका रुपमा कोटेश्वरमा सवारीसाधन र यात्रुको चाप रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्लासँगै मधेस प्रदेश र प्रदेश १ का धेरै यही बाटो भएर ओहोरदोहोर गर्छन् । छोटो र लामो दूरीका सवारीसाधन रोक्ने स्टेशन हुँदा यहाँ आकाशे पु्ल आवश्यक भएको आवाज वर्षौँदेखि उठिरहेको छ । चीन सरकारले निर्माण गरेको कलङ्की–कोटेश्वर सडकमा चीन सरकारले नै निर्माण गरेका तीन आकाशे पुलमध्ये एक कोटेश्वर चोक नजिकै छ । कोटेश्वरबाट बालकुमारीतर्फ आकाशे पुल छ भने कोटेश्वरबाट तीनकुनेतर्फ यात्रु सडकबाटै वारपार गर्दा यहाँ जाम अझै बढिरहेको छ ।
साउदी अरेबियाको रेष्टुरेण्टमा पुगेपछि मानिसहरु आत्तिएर चिच्याउँछन्, हेर्नुहोस् तस्वीरहरु काठमाडौं। साउदी अरेबियामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ भूत, प्रेत, जोम्बी र डरलाग्दो आजाजको बीचमा ग्राहकहरुले खाना खान्छन् । मानिसहरुको खानाको टेबलनजिकै मानव कंकाल र नक्कली रगत हुन्छन् । रेष्टुरेण्टमा ग्राहकहरुको साथमा कुर्सीमा मानव कंकालहरु पनि बसिरहेका छन् । समाचार एजेन्सी एएफपीले एउटा भिडियो साझा गरेको छ जसमा ग्राहकहरुको बीचमा डरलाग्दा कपडा लगाएका कलाकारहरुले उनीहरुलाई तर्साइरहेका छन् । पृष्ठभूमिमा बजिरहेको भूत प्रेतको आवाजले वातावरण झनै डरलाग्दो बनाइरहेको छ । यो रेष्टुरेण्ड साउदी अरेबियाको राजधानी रियादको बुलेवार्डमा छ । साउदीले आफ्नो रुढीवादी छवि बदलिएर उदार छवि बनोस् भनेर यो रेष्टुरेण्ट खोलेको हो । रेष्टुरेण्टमा खानको लागि आएकी नोरा अल असदले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘म यहाँ मोज मस्ती गर्न र हाँस्न आएकी थिएँ तर यहाँको माहोल र शो वास्तवमै निकै डरलाग्दो छ ।’ VIDEO: A restaurant in Saudi Arabia is offering patrons in the conservative kingdom a unique experience — dishes with a side of skull and blood in the company of zombies and vampires pic.twitter.com/V2OfPQrThQ — AFP News Agency (@AFP) January 31, 2022 २६ वर्षीय नोरा एचआर हुन् । जब रेष्टुरेण्टमा वेटरले मुस्कुराउँदै एउटा कालो खोपडीको साथमा उनलाई खाना दिए उनी तर्सिइन् । उनले भनिन् ‘मेरो त भोक नै हरायो ।’ नोराका मित्र जवाहर अब्दुल्ला रेष्टुरेण्टलदाई लिएर निकै रोमाञ्चित छन् । उनी डाक्टर हुन् । उनले भने ‘मलाई डरलाग्दा कुराहरु मन पर्छ । मलाई लाग्छ माहोल निकै राम्रो छ र मलाई धेरै मजा आइरहेको छ । साथमा जवाहरले जोम्बी बनेका एक कलाकारसँग सेल्फी लिए जसको छातीमा नक्कली रगत बगिरहेको थियो र एउटा ठूलो घाउ बनेको थियो । रेष्टुरेण्टमा परिवारसँग खाना खान आएका व्यवसायी स्लमिनलाई यो डरलाग्दो रेष्टुरेण्ट निकै मन पर्यो । उनले भने ‘हामी सधैं रियादमा नयाँ र रोमाञ्चक कुराहरुको खोजीमा रहन्छौं । पहिले रेष्टुरेण्टमा जानुको अर्थ पेटभरी खानु, कुराकानी गर्नु र घर फर्केर आउनु हुनथ्यो तर अहिले हामी खाइरहेका छौं र मजा पनि गरिरहेका छौं । अनि अलिकति डर पनि छ ।’ २०१७ मा साउदी अरबमा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले कैयौं ठूला सुधारहरुको सुरुवात गरेका थिए । २०२० मा पर्यटकहरुको लागि आफ्नो ढोका खोले । पहिले कट्टर इस्लाम मान्ने साउदीमा मनोरञ्जनको व्यवस्था थिएन, मानिसहरु विदेश जानु पर्थ्यो तर प्रिन्स सलमान आएपछि स्थिति बदलिइरहेको छ । अहिले साउदीमा नै सांगीतिक कार्यक्रम आयोजना गरिन्छन् र कैयौं सिनेमाघर पनि खोलिएका छन् । पहिले संगीत समारोहमा पुरुषहरुको साथमा महिलाहरुलाई सहभागी हुने अनुमति थिएन । तर अहिले भने यस्तो छैन । महिलाहरुलाई गाडी चलाउने लगायतका काममा पनि छुट दिइएको छ । हालै साउदीले उँटको सौन्दर्य प्रतियोगितामा पनि महिलाहरुलाई सहभागी हुन अनुमति दिएको थियो ।
अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट काठमाडौं ।सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन् । खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको उल्लेख गर्दै यही माघ ६ र गत पुस ३० गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार रिट निवदेन दर्ता भएको र सुनुवाइका लागि बिहीबार तय भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिकस्थलमा प्रवेशका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न सरकारलाई सिफारिस गरेको थियो । सरकारले यही माघ ७ गतेदेखि खोप कार्डबिना प्रवेश निषेध गर्ने व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था सार्वजनिक तथा धेरै भीड हुने स्थान रेस्टुराँ, सिनेमाहल, रङ्गशालाजस्ता स्थानमा समेत खोप कार्ड अनिवार्य गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।
जेठ ४ को निर्वाचन मितिबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने काठमाडौं ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो । स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति जारी गर्दै उक्त मितिमा निर्वाचन गर्न तयार रहेको जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक हुने उल्लेख गरिएको छ । आयोगले कोभिड-१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल गरेको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति आयोगसँगको परामर्शमा नै तोकिने जानकारी दिएको समेत विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवाले गृह मन्त्रालयलाई आवश्यक सुरक्षा व्यवस्थाको बन्दोबस्त गर्न पनि निर्देशन दिइसकेको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनबारे परामर्श गर्न आयोगका पदाधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सो क्रममा आयोगका पदाधिकारीहरूले आउँदो स्थानीय तहको निर्वाचनका लागि लाग्ने अनुमानित खर्चबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन्। छलफलमा आयोग पदाधिकारीले स्थानीय निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका छन् । प्रधानमन्त्रीले अबको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने छलफलका क्रममा बताएका थिए । आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतको उपस्थिति थियो ।
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो । खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा संघले आरोप छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूमाथि छानविन गर्न माग गरिएको छ । ुअर्थमन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गर्दछौं,ु संघका अध्यक्ष किरण पौडेलले भने । स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जाको विषय भएको आरोप लगाइएको छ । अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गरिएको बताएका छन् ।
नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैतसम्ममा बनिसक्ने नेपालगञ्ज। आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगन्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो। साउन २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन। निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ्ग सेन्टर निर्माण कार्य पछिल्लो पटक सन्तोषजनक रुपमा अघि बढेकाले चाँडै निर्माण सम्पन्न हुने बताए । उनका अनुुसार आउँदो चैत्रसम्म निर्माण कार्य सम्पन्न हुनेछ। कोभिड–१९ संक्रमण व्यवस्थापन गर्न यो होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो । कोभिड संक्रमितहरूलाई सुरक्षित तरिकाले उपचार गर्न र समुदाय स्तरसम्म संक्रमितहरू सोझै नपुगून् भनेर होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो । यद्यपि बाढी तथा डुवान, प्राकृतिक विपदका बेला यो सेन्टर प्रयोगमा ल्याउन सकिने प्रजिअ खत्रीले जनाए। नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले होल्डिङ सेन्टरका ३०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेका बताए । नेपाल भारत सीमावर्ती रुपैडीया–जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरूलाई मध्यनजर गरी यो सेन्टर स्थापना गरिएको छ। पछिल्लो अवधिमा नेपालगञ्ज आसपास र बाँकेमा कोभिड–१९ परीक्षण गर्दा करिव ७० प्रतिशतलाई संक्रमण भएको अवस्था छ।
बर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल (भिडियो) काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको बर्तमान सत्ता गठबन्धनले मुलुकमा अस्थिरता मात्रै निम्त्याएको दाबी गर्दै निर्वाचन टारेर अघि बढ्न खोजेको ठोकुवा गरे । बाँकेको खजुरा गाउँपालिकाले तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिब एक करोड रुपैयाँको लागतमा घरबास र जग्गाविहीन विपन्न परिवारका लागि निर्माण गरेको सामूहिक आवास शुक्रबार उद्घाटन गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दावी गर्दै भने, वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर पार्ने षडयन्त्र गर्दै निर्वाचन टार्ने प्रयत्न गरि रहेको छ । बर्तमान पाँचदलीय गठबन्धन जनता माझ जान डराइ रहेका कारणले निर्वाचन धकेलिन खोजिएको हो । उनले सत्ता भागबण्डा र अस्थिरताको कारण मुलुकको सबै क्षेत्र लथालिङ्गको अवस्थामा पुर्याएको आरोप लगाउँदै बैंकहरुमा मौद्रीक तरलता देखिन थालेको, आयात बढेको, महंगी हद भन्दाबढी आकाशिएको साथै बैदेशिक मुद्रा संचित हुन नसकेको बताउँदै जता हेर्दा पनि भद्रगोलै भद्रगोल भएको आरोप लगाए । उनले भने, वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको हो । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुनाका रुपमा प्रदेश सरकार सञ्चालन गर्दै विकासको गति अघि बढाएका थियौं । तर अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि जनताको काम सन्तोषजनक हुन सकेको छैन । बाँकेको खजुरा गाउँपालिकाको वडानं. ३ को बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण सम्पन्न भएर वितरण समेत गरि सकेको छ, भने ५ वटा घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी आवास निर्माण गरिएको छ । हेर्नुहोस् भिडियो: 
भारतले अमेरिकासँग किन निहुँ खोज्दैछ ? काठमाडौं। भारतले सोमबार युक्रेन संकटका विषयमा तत्काल तनाव कम गर्न भनेको छ । भारतले यो मामिलामा सबै देशहरुको उचित सुरक्षा हितलाई पनि रेखांकित गरेको छ । संयुत्तः राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमाथि रुसको सम्भावित आक्रमणका विषयमा चर्चा हुनु पर्ने वा नपर्ने भन्ने विषयमा मतदान भएको थियो । भारतले मतदानमा भाग लिएन । भारतले मतदानमा भाग नलिनुलाई उसले अमेरिकासँग निहुँ खोजेको रुपमा हेरिएको छ किनकि अमेरिकाले यस विषयमा राष्ट्रसंघमा चर्चा हुनुपर्छ भनेको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाले यो समाचार प्रमुखताका साथ छापेको छ । अखबारले आफ्नो रिपोर्टमा लेखेअनुसार यो विषयमा सुरक्षा परिषदमा चर्चा भयो र अमेरिकाको नेतृत्वमा १० देशले चर्चाको पक्षमा मतदान गरे । भारतसँगै किनिया र गेबोनले मतदानमा भाग लिएनन् । रुस र चीनले चर्चाको विरुद्ध मतदान गरे । यो मतदान प्रक्रियात्मक थियो र यसमा भिटोको प्रावधान थिएन । यसमा कुनै पनि पक्षले जित्नको लागि ९ भोटको आवश्यकता थियो । अमेरिका चर्चाको लागि ९ भन्दा धेरै देशको समर्थन पाउनेमा आश्वस्त थियो । अमेरिकाको अपेक्षा अनुसार १० देशले उसको पक्षमा मतदान गरे र अमेरिकाको पक्षले जित्यो तर अमेरिकाको निकट सहयोगी मानिएको भारतले उसको पक्षमा मतदान नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतले युक्रेन संकटलाई कूटनैतिक र रचनात्मक वार्ताको माध्यमबाट सुल्झाउन भनेको यो दोसे पटक हो । संयुक्त राष्ट्रसंघमा भारतका राजदूत टिएस तिरुमूर्तिले भने ‘भारत यो संकटको समाधान चाहन्छ र यो तत्काल तनावमा कमी ल्याएर हासिल गर्न सकिन्छ । यसमा सबै देशको सुरक्षा हितको ख्याल गरिनुपर्छ । भारत सबै सम्बन्धित पक्षको सम्पर्कमा छ । २० हजारभन्दा धेरै भारतीय विद्यार्थी र अन्य व्यक्तिहरु युक्रेन र उसको सीमा क्षेत्रमा छन् ।’ टाइम्स अफ इण्डियाले आफ्नो रिपोर्टमा लेखेको छ ‘भारत मतदानबाट बाहिर रहनुले उसको सन्तुलनवादी रवैयालाई दर्शाउँछ । अमेरिकाको दबाबका बावजुद भारतले रुसमाथि आक्रामक भएको जस्ता कुनै आरोप लगाएन । भारतको रुससँग सुरक्षा सम्बनध त छ नै साथमा अफगानिस्तानमा पनि भारतलाई आफ्नो हितको लागि रुसको समर्थनको आवश्यकता छ । रुसले गत वर्ष नोभेम्बरमा अफगानिस्तानका विषयमा एक सम्मेलन आयोजनामा भारतलाई सहयोग गरेको थियो । भारत र चीनबीच जारी तनावलाई पनि रुसले कम गर्ने प्रयास गरिरहेको छ ।’ संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकभन्दा पहिले रुसी उपविदेशमन्त्री सर्गेइ वर्शिनिन भारत भ्रमणमा आएकी थिइन् । उनले भारतसँग संयुक्त राष्ट्रसंघमा सहयोगका विषयमा चर्चा गरेकी थिइन् । आज अर्थात फेब्रुअरी १ देखि देखि सुरक्षा परिषदको अध्यक्षता १ महिनाको लागि रुसले गर्नेछ । अर्को भारतीय अखबार द इण्डियन एक्सप्रेसले पनि यो समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेको छ । अखबारले लेखेको छ ‘अमेरिका, बेलायत, फ्रान्स समेत १० देशहरुले चर्चाको पक्षमा मतदान गरे तर भारत, किनिया र गेबोन मतदानबाट बाहिर रहे । भारतले यहाँ यो देखाउने कोसिस गरेको छ कि युक्रेन संकटमा ऊ कुनै पनि पक्षको साथमा छैन । भारत भलै मतदानमा सहभागी भएन तर उसको समर्थन रुसको पक्षमा देखियो ।’
बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही काठमाडौँ। नियामक निकाय बिमा समितिले ११ बिमा कम्पनीलाई कारबाही गरेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले ११ बिमा कम्पनीलाई कारबाही गरेको हो। कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ रहेका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । बिमा ऐन, २०४९ अनुसार बिमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आव सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । ती बिमा कम्पनीले यही व्यवस्थाको बर्खीलाप गरेको पाइएको छ ।
मौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले भोलि (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ । अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन् । पहिलो खेलमा अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग खेलेका १२ खेलाडी दोस्रो खेलमा समेत रहेका छन् । चोटबाट फर्कने प्रयासमा रहेका र अवसरको खोजीमा रहेका खेलाडीका लागि दोस्रो खेल मौका बन्न सक्नेछ । यता, मौरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किने हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ । पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । यता, शारीरिक रुपमा बलियो रहेको मौरिससविरुद्ध पहिलो हाफमा फिक्का देखिए पनि नेपालले दोस्रो हाफमा लय समातेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको पत्रअनुसार पाँच हजार दर्शक उपस्थित रहेको मैदानमा विमल घर्ती मगरले ५५औं मिनेटमा गोल गर्दा नेपालले आफ्नो गति समात्यो । गोल लगत्तै बारम्बार अवसर बनाएको नेपालले अन्य गोल भने थप्न सकेन । नेपालका अन्जन बिष्ट, जगजित श्रेष्ठ दोस्रो हाफमा गोल गर्नबाट चुकेका थिए । पछिल्लो फिफा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ भने मौरिसस १७२औँ स्थानमा छ । पहिलो खेल खेलेका कप्तान किरण कुमार लिम्बूसहित रक्षक गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुजर जिउ ठकुरी मिडफिल्डर सुमन लामा, सुजल श्रेष्ठ, तेज तामाङ, अन्जन बिष्ट र फरवार्ड आशिष लामा, विमल घर्ती मगर दोस्रो खेलमा समेत प्रशिक्षक अब्दुल्लाहको रोजाइमा छन् । दोस्रो खेलमा समेत प्रशिक्षक अब्दुल्लाहले सुरुवाती खेलकै ‘प्लेइङ सेट’ लाई निरन्तरता दिन सक्छन् । पहिलो खेलमा गोल निकाल्न निकै कठिन भएका कारण पनि प्रशिक्षक दोस्रो खेलमा दबाब लिन चाहँदैनन् । उनी यदि गोल निस्किएको खण्डमा मात्र नयाँ खेलाडीलाई डेब्यु दिने योजनामा छन् । अघिल्लो खेलमा समेत एक गोल निस्किएपछि अन्तिम समयमा दुई खेलाडीले डेब्यु पाएका थिए । डिफेन्सिभ मिडफिल्डर सुदिप गुरुङ र मिडफिल्डर आकाश बुढा मगरले पहिलो खेलमा डेब्यु गरेका हुन् । दोस्रो खेलमा शत्रुघन चौधरी, नविन गुरुङ, आशिष राई, सुशिल राई र प्रशान्त अवस्थी डेब्युको पर्खाइमा रहनेछन् । दोस्रो खेलका लागि नेपाली टिम गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान), विशाल श्रेष्ठ, सत्रुघन चौधरी डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, अनन्त तामाङ, मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन बिष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, सुशिल राई, सन्तोष तामाङ फरवार्डः आशिष लामा, विमल घर्ती मगर, आशिष राई,
लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्युु भएको छ । प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् । प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए । कोरोना सङ्क्रमण यता लुुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना सङ्क्रमित भएका थिए । प्रदेशभरको कूल जनसङ्ख्याको १९ दशमलब १४ प्रतिशत नागरिक सङ्क्रमित भएका छन् ।
सर्वोच्चको आदेशअनुसार रायभर धरौटीमा थुनामुक्त काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर आज थुनामुक्त भएका छन् । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले शुक्रबार उक्त धरौटीमा लिएर थुनामुक्त गर्न आदेश दिएको हो । अर्कै व्यक्तिले नागरिकता दुरुपयोग गर्दा रायभरलाई रु २८ करोड राजस्व छली गरेको अभियोग लागेको थियो । उच्च अदालत पाटनको रु ७५ लाख धरौटी तिर्न नसकेर रायभर गत फागुन १९ गतेदेखि नख्खु कारागारमा ११ महिना बसेर आज थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतको आदेशमा राजस्व चुहावटमा प्रत्यक्ष हानि–नोक्सानी गर्ने कार्यमा संलग्नता नदेखिएको र रायभरका नाममा सरोजकुमार मिश्रले लाभ लिएको देखिएको निष्कर्ष निकालेको हो । अदालतले पाटन उच्च अदालतको रु ७५ लाख धरौटी माग गर्ने निर्णय बदर गरेको थियो । आदेशमा भनिएको छ, “राजस्व चुहावटमा प्रत्यक्ष हानि–नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको नदेखिनुको अतिरिक्त सो बिगोको दाबी अन्य मुख्य प्रतिवादीउपर समेत रहेको तथा निवेदकको आर्थिक अवस्था पारिवारिक स्थिति र कसुरबाट सिर्जित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु, तथ्य र निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट रु २५ हजार नगद वा जेथा धरौटमा गर्नु उपयुक्त छ ।” सामान्य आर्थिक अवस्था भएका र पाँच कक्षा पास गरेका रायभरलाई बाराको परवानिपुर–१ मा ऐलानी जग्गामा बनेको कच्ची घरमा बस्दै आएका थिए । रायभरमाथि करिब रु २८ करोड राजस्व छलीको आरोप लागेको थियो । जागिरका लागि दिएका नागरिकता, फोटो र हस्ताक्षरजसहित व्यक्तिगत विवरण अर्कैले दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छलेपछि उमाशङ्कर जेल परेका थिए ।
अझै केही दिन मौसम सुधार नहुने काठमाडौं ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ । महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री र अधिकतम तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
राप्रपा अध्यक्ष लिङ्‍देनलाई कमल थापाको पत्रः मेरा सुझाव किन रद्दीको टोकरीमा फाल्नु भएको ? काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्‍देनलाई सम्बोधन गर्दै नेता थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्षण गराएका छन् । ‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो । तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ,’ उनले लेखेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ ।’ महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई संलग्न नगराइएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु,’ उनले लेखेका छन् । यसबीच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढाएको उनले बताएका छन् । यस्तो छ थापाको ध्यानाकर्षण पत्र श्रीमान् अध्यक्षज्यू राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमिति, काठमाडौँ विषयस् ध्यानाकर्षण बारे मैले तपाईंलाई मिति २०७८ मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै यो ध्यानाकर्षण पत्र प्रेषित गरेको छु । मंसिर २७ को उक्त पत्रमा मैले ‘पार्टीको बृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध छु । यो पार्टीमा मेरो रगत पसिना बगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ’ भनी उल्लेख गरेको थिएँ । उक्त धारणा प्रति म अहिले पनि प्रतिबद्ध छु । पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ । पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ । महाधिवेशन पछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारी समेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु । यसबिच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढेर गएको छ । पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो । राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउनु हुँदैन । राजसंस्था प्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो । राजसंस्था पार्टी राजनीति भन्दामाथि सबैको साझा भएर रहन सक्नुपर्छ । राप्रपा निर्मल निवासले खोलेको पार्टी होइन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ । पूर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमसेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईंको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु । तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो । मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो । सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो । त्यसर्थ, मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यस बारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु । धन्यवाद कमल थापा निवर्तमान अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
सत्ता गठबन्धनको निष्कर्षः स्थानीय तहको चुनाव जेठभित्र काठमाडौं ।सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।
फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान काठमाडौं ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । आज दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उनले भने, “मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।” हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिए । उनले भने, “कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।” छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भने, “सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौा ।” लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे।
शहीद दिवसमा व्यासमा सार्वजनिक बिदा काठमाडौं। व्यास नगरपालिकाले शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले शहीद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ । उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो । तर यसपटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगित भएको छ ।
आयोगका उपाध्यक्षमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा काठमाडौं ।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलेले खेद् प्रकट गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले अयोगका गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बिहिबार आयोगका उपाध्यक्ष गिरीमाथि भएको सुनियोजित भए केसीको आरोप छ ।”आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न मेडिकल माफियाहरू लागिरहेका छन् । त्यसैलाई रोक्नका लागि उक्त आक्रमण भएको हो,” उनले भनेका छन् । यस्तो छ डा केसीको विज्ञप्ति आम नेपाली जनताको प्रयासम शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, विपन्न लगायत सवै विद्यार्थीको शिक्षामा समान पहुँच, सवै नेपालीहरुको गुणस्तरीय, निशुल्क वा सस्तो र सुलभ स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न चिकित्सा शिक्षा ऐन जारी भएको र त्यसै अनुरुप चिकित्सा शिक्षा आयोग गठन भएको कुरा सर्वविदितै छ। विभिन्न दलका राजनीतिज्ञहरु, मेडिकल माफिया, बिचौलिया र दलालहरुको नाजायज हस्तक्षेप र दबाबको वावजुद आयोगले नेपालको मेडिकल शिक्षा सुधारमा उल्लेख्य कामहरु गरेको छ। त्यसै अन्तर्गत आयोगले अघिल्लो वर्षदेखि स्नातक र स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा लिन थालेको छ। हालै यस वर्षको स्नातकोत्तर तहको प्रवेश परीक्षा पनि सफलताका साथ सम्पन्न गरेको छ। आयोग र चिकित्सा शिक्षा ऐनको असफलताका लागि मरिमेटेका विभिन्न स्वार्थ समुहहरुले आयोगको काममा भाँजो हाल्ने प्रयास शुरुदेखि नै गर्दै आएका छन्। पछिल्लो समय फेरि एकपल्ट आयोगका पदाधिकारीमाथि सांघातिक हमलाको प्रयाससमेत भएको छ। त्यस्तो भौतिक आक्रमण गर्नेहरुलाई तत्काल पहिचान गरी कानुनअनुसार कडा दण्ड दिन हामी सरकारसित माग गर्दर्छौं। तर आयोगको काम कारवाहीमाथि निरन्तर भाँजो हाल्दै आएका विभिन्न स्वार्थ समुहहरु यस खाले आक्रमणको जवाफदेहिताबाट बच्न नसक्ने हाम्रो ठहर छ। त्यसरी भाँजो हाल्नेमध्ये आयोगको नियमनका कारण विदेशमा विद्यार्थी तस्करी गर्नबाट वञ्चित समुहहरु मुख्य रहेका छन्। आयोगबाहेकका अन्य नियामक निकायमा त्यस्तो स्वार्थ समुहका व्यक्तिहरु पदासीन रहँदा उनीहरुले पदीय मर्यादाविपरीत काम गरिरहेका छन्। उनीहरुले हालै प्रश्नपत्र बाहिरिएको लगायत विभिन्न अफवाह फैलाएर स्नातकोत्तर तहको प्रवेश परीक्षा रोक्न हरसम्भव प्रयास गरेका थिए। त्यसका लागि सुनियोजित मिडियवाजी तथा सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेका थिए। त्यसमा सफल नभएपछि भइसकेको परीक्षाको नतिजा रोक्न उनीहरुले हरसम्भव प्रयास गरिरहेका छन्। त्यो प्रयास पनि असफल हुन थालेको समयमा आयोगका उपाध्यक्षको गाडीमाथि आक्रमण हुनु संयोग मात्रै भन्न गाह्रो छ। यो पृष्ठभुमिमा आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न तथा विदेशमा पढाइ शुरु गरेका विद्यार्थीहरुलाई कानुनविपरीत नेपालमा पढाउने व्यवस्थाका लागि हाल नाजायज दबाब दिइरहेका सबै पक्षहरुलाई हामी आयोगको कार्य सम्पादनमा कुनै हस्तक्षेप नगर्न कडा चेतावनी दिन चाहन्छौं। साथै आयोगका पदाधिकारीहरुमाथि कायरतापूर्ण आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा उभ्याउन तथा आफ्नो व्यवसायिक स्वार्थका लागि आयोगको कार्य सम्पादनमा अवरोध ल्याउन खोज्ने अन्य नियामक निकायका पदाधिकारीहरुलाई पदबाट हटाउन र आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । डा गोविन्द केसी, काठमाडौं २०७८।१०।१४
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल काठमाडौं ।भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो । राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए। “विदेशमा रोजगारीको अवसर प्राप्त भइसकेपछि यस मन्त्रालयअन्तर्गत निकायबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारीमा जानु पूर्णतः गैरकानूनी कार्य हो”, उनले भने। वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र यस मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ । वैदेशिक रोजगार ऐन, २०६४ र यसअन्तर्गत बनेका नियमका अधिनमा रही सरकार, इजाजतपत्र प्राप्त संस्थाहरु (मेनपावर कम्पनी) र व्यक्ति स्वयम् जिम्मेवार भई वैदेशिक रोजगारीमा पठाउन सकिने व्यवस्था छ ।
कुष्ट रोगबाट ग्रसित व्यक्तिहरुलाई एनएमएको आर्थिक सहयोग काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ। एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजना अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको हो । एनएमएले एक थान, डवल साइजको एक थान ब्लाङ्केट, दुई सय ३६ एमएलको एक बोतल स्यानिटाइजर, दुई वटा डिट्टोल साबुन र पचास पिसको एक प्याकेट मास्क लगायतका सामाग्रीहरु आश्रममा रहेको प्रत्येक व्यक्तिहरुलाई वितरण गरेको हो । दक्षिणकाली नगरपालिका वडा नम्बर दुईका अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ट रोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र एनएमएका अध्यक्ष सन्तवीर लामाले कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए। यस्तै, एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष शुदर्शन न्यौपाने, सचिवालय सदस्यहरु सिङ्गी लामा, दीपेन्द्र पाण्डे र शीवबहादुर सापकोटा तथा केन्द्रीय सदस्यहरु सार्की तामाङ, पासाङ भोटे र सञ्जिव गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुलप्रशाद राईले पनि कपडा र स्वास्थ्य सामाग्री आश्रमका रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई हस्तान्तरण गरेका थिए। सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रीत व्यक्तिहरुले खुसीव्यक्त गरे। एनएमएका अध्यक्ष लामाले यो सहयोगले आश्रममा आश्रीत व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु काठमाडौं। अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ । आमउपभोक्तालाई ठगी गरेको र अवैधरूपमा उत्पादन गरेकाले त्यसको छानबिन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए। इलाका प्रहरी कार्यालय चितवन भण्डाराले उक्त उद्योगको माघ १ गते रु नौ लाख ५० हजार मूल्य बराबरको अवैध कीटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दा त्यसको अवैध कारोबारबारे प्रशासनमा जानकरी आएको बताइएको छ । सो ट्रकसहित सर्लाहीका सन्तोष शाहसहित तीन जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राययादवको लगानी रहेको र उनीहरु फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा काठमाडौं। जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ । चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।” ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,’ प्रमुख स्वकीय सचिव अधिकारीले भने, ‘यो नियमित भेटवार्ता हो ।’ स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ । आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको छ ।
एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा दियालोको भर काठमाडौं ।एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो । विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए। करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो । पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नगर्दा स्थानीयवासीले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ थियो । विद्युत् कुन ठाउँमा कसरी बिग्रेको हो हालसम्म यसको जानकारी नै नदिइएकाले यस विषयमा उक्त केन्द्रमा सम्पर्क गर्न सम्पर्क गर्न खोज्दा सम्भब भएन ।
अरबौंको कम्पनी खडा गर्ने दृष्टिविहीन सीइओ काठमाडौं। श्रीकांत बोल्लाको जीवनमा आधारित रहेर छिटै बलिउड फिल्म बन्दैछ । यी नौजवान सीइओले ४८ मिलियन पाउण्ड अर्थात करिब पौने ८ अर्ब रुपैयाँको एक कम्पनी खडा गरे । तर, यो त्यति सजिलो थिएन । एक किशोरको रुपमा श्रीकांतलाई भनिएको थियो कि दृष्टिविहीन भएका कारण उनी स्कुलमा गणित र विज्ञान पढ्न पाउँदैनन् । त्यसपछि श्रीकांतले यो मामिला अदालतसम्म लिएर गए र फैसला उनको हकमा आयो । बीबीसीकी पत्रकार अरुन्धती नाथले एक रिपोर्टमा श्रीकान्तको जीवनका धेरै पक्ष उजागर गरेकी छिन् । ग्रामीण भारतमा बस्ने श्रीकांत जतिबेला ६ वर्षका थिए त्यतिबेला लगातार २ वर्षसम्म हरेक दिन कैयौं किलोमिटर पैदल हिँडेर स्कुल पुग्थे । आफ्ना सहपाठी र दाजुको सहयोगमा उनी हरेक दिन यो यात्रा गर्थे । स्कुलको बाटो हिलो थियो र दुवैतिरबाट झाडीले घेरिएको थियो । मनसुनको समयमा त यहाँ बाढी आउँथ्यो र हालत झनै खराब हुन्थ्यो । श्रीकांत भन्छन् ‘मसँग कसैले कुरा गर्दैनथे किनकि मैले देख्न सक्दिनथें ।’ गरिब अशिक्षित परिवारमा जन्मिएका श्रीकांतलाई उनको समुदायले पनि शहिष्कार गरेको थियो । उनी भन्छन् ‘मेरा मातापितालाई भनिएको थियो कि म आफ्नो घरको रेखदेख गर्न पनि असक्षम छु किनकि यदि एउटा कुकुर पनि मेरो घरमा पस्यो भने मैले देख्न सक्दिन ।’३१ वर्षीय श्रीकांत आफ्ना खराब अनुभवहरुलाई स्मरण गर्दै भन्छन् ‘धेरै मानिसहरु मेरा मातापितासँग आउँथे र उहाँहरुलाई सिरानीले दबाएर मेरो हत्या गर्नेसम्म सुझाव दिन्थे ।’ मानिसहरुको कुरालाई बेवास्ता गर्दै श्रीकांतका मातापिताले सधैं आफ्नो बच्चाको साथ दिए । जब उनी ८ वर्षका भए त्यसपछि श्रीकांतका मातापिताले उनको लागि राम्रो खबर भएको बताए । श्रीकांतले दृष्टिविहीनको बोर्डिङमा भर्ना हुन पाएका थिए र यसको लागि उनी घरबाट ४ सय किलोमिटर टाढा हैदराबाद जानुपर्ने भयो । त्यतिबेला यो शहर आन्ध्र प्रदेशमा थियो । मातापितासँग टाढा रहनुका बावजुद श्रीकांत छिटै नयाँ व्यवस्थामा ढले । उनले यहाँ पौडी खेल्न सिके, चेस खेले र क्रिकेटमा पनि प्रयास गरे । यो क्रिकेट यस्तो बलले खेलिन्थ्यो जसमा बलको अलग किसिमको आवाज हुन्थ्यो ताकि दृष्टिविहीनले पनि बलको दिशा थाहा पाउन सकुन् । उनी भन्छन् ‘सबै काम हात र कानको थियो ।’ श्रीकांत यहाँ आफ्ना सोख पूरा गरिरहेका थिए, साथमा आफ्नो भविष्यबारे पनि सतर्क थिए । उनको सधैं सपना रह्यो कि उनी इन्जिनियर बनुन् र उनलाई थाहा थियो कि यसको लागि विज्ञान र गणित पढ्नु जरुरी छ ।’ जब समय आयो त्यसपछि श्रीकांतले यिनै कठिन विषय रोजे तर स्कुलले यसलाई अवैध भनेर अस्वीकार गरिदियो । श्रीकांतको स्कुल आन्ध्र प्रदेश शिक्षा बोर्ड अन्तर्गत थियो र त्यहाँ एक दृष्टिविहीनलाई गणित र विज्ञान पढ्ने अनुमति थिएन । यो नियम यसकारण थियो किनकि ग्राफ र डायग्राम जस्ता कुराहरु दृष्टिविहीनका लागि चुनौतीपूर्ण ठानिन्थ्यो यसको सट्टा यस्ता विद्यार्थी कला, भाषा, साहित्य र समाजशास्त्र पढ्न पाउँथे । श्रीकांत यो नियमबाट दिक्क भइसकेका थिए । श्रीकांतका एक शिक्षक पनि यो नियमसँग असन्तुष्ट थिए र उनले आफ्ना विद्यार्थीलाई यसविरुद्ध कुनै कदम उठाउन प्रोत्साहित गरे । दुवै आफ्नो मागको वकालत गर्नको लागि आन्ध्र प्रदेश माध्यमिक शिक्षा बोर्डमा गए तर उनीहरुलाई यसमा केही गर्न सकिँदैन भनियो । नडराइ अगाडि बढिरहेका शिक्षक र विद्यार्थीको यो जोडीले एक वकिल पाए । यसपछि स्कुल प्रबन्धन टिमको समर्थनमा दुवैले आन्ध्र प्रदेशको हाइकोर्टमा मुद्दा दर्ता गरे । यसमा दृष्टिविहीन विद्यार्थीलाई विज्ञान र गणित पढ्न दिनको लागि शिक्षा कानुनमा परिवर्तनको अपिल गरिएको थियो । श्रीकांत भन्छन् ‘हाम्रो तर्फबाट अदालतमा वकिलले लडाइँ लडे । विद्यार्थी अदालतमा स्वयं पेश हुनु जरुरी थिएन ।’ केस अगाडि बढिरहेका बेला श्रीकांतले एउटा खबर सुने । हैदराबादमा एक मूलधारको स्कुल चिन्मय विद्यालयले दृष्टिविहीन विद्यार्थीहरुलाई गणित र विज्ञान पढाउने प्रस्ताव दिएको थियो । यो स्कुल श्रीकांतको लागि एक मौकाभन्दा कम थिएन । श्रीकांत खुसी खुसी स्कुलमा भर्ना भए । आफ्नो कक्षामा श्रीकांत एक्ला दृष्टिविहीन विद्यार्थी थिए तर श्रीकांत भन्छन् ‘उनीहरुले भित्री मनबाट मलाई स्कुलमा स्वागत गरे । मेरी क्लास टिचर निकै स्नेही थिइन् । उनले मेरो सहयोगको लागि हरसम्भव प्रयास गरिन् । उनले स्पर्श रेखाचित्र (टेक्सटाइल डायग्राम) बनाउन पनि सिकिन् ।’ टेक्सटाइल डायग्राम रबरको म्याटमा पातलो फिल्म प्रयोग गरेर बनाइन्छ । जब यसमा पेन्सिलले चित्र बनाइन्छ एउटा उकासिएको रेखाजस्तो बन्छ जसलाई हातलवे छोएर महसुस गर्न सकिन्छ । यसको ६ महिनापछि अदालतबाट खबर आयो – श्रीकांतले आफ्नो केस जितिसकेका छन् । अदालतले फैसला सुनाएको थियो कि दृष्टिविहीन विद्यार्थीले आन्ध्र प्रदेश बोर्डका सबै स्कुलमा विज्ञान र गणित पढ्न सक्छन् । श्रीकांतले भने ‘म धेरै खुसी थिएँ । मैले दुनियाँको अगाडि यो साबित गर्ने मौका पाएको थिएँ कि मैले यो गर्न सक्छु र आउने पिढीले अब मुद्दा दायर गर्ने र अदालतमा लड्ने कुराको चिन्ता गर्नु जरुरी छैन ।’ अदालतको फैसलाको केही समयपछि श्रीकांत राज्य सरकारको स्कुलमा फर्किए र उनले आफ्नो प्रिय गणित र विज्ञान विषय पढे । श्रीकांतले परीक्षामा ९८ प्रतिशत अंक ल्याए । श्रीकांतको योजना भारतको प्रतिष्ठित इन्जिनियरिङ कलेज अर्थात इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मा आवेदन गर्ने थियो । आइआइटीको लागि कडा प्रतियोगिता थियो र विद्यार्थी प्रायः प्रवेश परीक्षा पास गर्नको लागि लामो समयसम्म कोचिङ पढ्छन् । तर, कुनै कोचिङ स्कुलले श्रीकांतलाई भर्ना लिँदैनथ्यो । श्रीकांतका अनुसार शीर्ष कोचिङ संस्थानहरुले उनलाई कोर्सको भार उनले धान्न नसक्ने बताउँथे । यी संस्थानहरुलाई लाग्थ्यो कि श्रीकांत शैक्षणिक स्करको हिसाबले फिट छैनन् । श्रीकांत भन्छन् ‘तर मलाई कुनै पछुतो छैन । यदि आइआइटीले मलाई भर्ना दिन चाहँदैन भने मलाई पनि आइआइटी चाहिँदैन ।’ यसको सट्टा श्रीकांतले अमेरिकी विश्वविद्यालयमा आवेदन दिए र उनले पाँच प्रस्ताव पनि पाए । श्रीकांतले मासाचुसेट्सको क्याम्ब्रिजको एमआइटीलाई रोजे जहाँ उनी पहिलो दृष्टिविहीन अन्तर्राष्ट्रिय विद्यार्थी थिए । श्रीकांत २००९ मा त्यहाँ पुगेका थिए र आफ्नो सुरुवाती अनुभवलाई उनले ‘मिश्रित’ भनेका छन् । श्रीकांत भन्छन् ‘यहाँको भीषण चिसो मेरो लागि पहिलो झट्का थियो किनकि मलाई यति चिसो मौसममा बस्ने बानी थिएन । यसका अलावा खानाको स्वाद र सुगन्ध पनि केही फरक थियो । मैले सुरुवाती एक महिनासम्म केवल फ्रेन्च फ्राइ र फ्राइ चिकन फिंगर खाएर गुजारा गरें ।’ तर, श्रीकांत छिटै यहाँको रहनसहनमा ढल्न लागेका थिए । श्रीकांत भन्छन् ‘एमआइटीमा बिताएको समय मेरो जीवनका सबैभन्दा प्रिय पलहरुमध्येको हो । पढाइको स्तरमा यो निकै कठिन थियो तर युनिभर्सिटीले मलाई त्यहाँ बस्न र मेरो दक्षता निखार्न सहयोग गर्यो ।’ पढ्दै गर्दा श्रीकांतले हैदराबादमा युवा अपांगहरुलाई प्रशिक्षित र शिक्षित गर्नको लागि एक गैर लाभकारी संगठन सुरु गरे जसको नाम समन्वय सेन्टर फर चिल्ड्रेन विद मल्टिपल डिसेबलिटी थियो । उनले आफूले जुटाएको पैसाले हैदराबादमा एक ब्रेल लाइब्रेरी पनि खोले । श्रीकांतको जीवन राम्रो चलिरहेको थियो । एमआइटीबाट म्यानेजमेन्ट साइन्स पढेपछि उनलाई कैयौं जागिरका प्रस्ताव आए तर उनले अमेरिकामा नबस्ने निर्णय गरे । श्रीकांतको स्कुलको अनुभवका निशान उनको मनबाट मेटिएका थिएनन् । उनलाई सधैं लागिरह्यो कि आफ्नो देशमा उनका काम अधुरै छन् । श्रीकांत भन्छन् ‘मलाई जीवनमा हरेक कुराको लागि यति संघर्ष गर्नु पर्यो । यो स्थिति त्यतिबेला थियो जब मजस्तै हर कोही लड्न सक्दैन वा भनौं मेराजस्ता कुरु सबैसँग हुन सक्दैनन् ।’ उनलाई महसुस भयो कि निष्पक्ष शिक्षा व्यवस्थाको लागि लड्नुको त्यतिबेलासम्म कुनै औचित्य छैन जबसम्म आपांगहरुका लागि पढाइपछि रोजगारीका पनि सामान्य विकल्प हुँदैनन् । त्यसैले श्रीकांतले सोचे ‘मैले आफ्नै कम्पनी किन सुरु नगरुँ जहाँ शारीरिक रुपले असक्षमलाई रोजगारी दिन कुँ ।’ श्रीकांत २०१२ मा हैदराबाद फर्किए र उनले बोलेन्ट इण्डष्ट्रिज को सुरुवात गरे । यो यस्तो प्याकेजिङ कम्पनी हो जो वातावरणमैत्री उत्पादनहरु बनाउँछ । अहिले यो करिब पौने ८ अर्ब रुपैयाँको कम्पनी हो । यो कम्पनीमा धेरै विकलांग व्यक्तिहरुका साथै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई रोजगारी दिइन्छ । कोरोना महामारीभन्दा पहिले कम्पनीका ५०० कर्मचारीमध्ये ३६ प्रतिशत यस्तै थिए । गत वर्ष ३० वर्षको उमेरमा श्रीकांतलाई वर्ल्ड इकोनोमिक फोरमको यंग ग्लोबल लिडर्स २०२१ को सूचीमा समावेश गरिएको थियो । श्रीकांतलाई आशा थियो कि तीन वर्षभित्र उनको कम्पनी बोलेंट इण्डष्ट्रिज ग्लोबल आइपीओ बन्नेछ जहाँ यसको शेयर एकसाथ कैयौं अन्तर्राष्ट्रिय स्कट एक्सचेन्जमा सूचीबद्ध हुनेछ । श्रीकांतको जीवनमा बलिउड फिल्म पनि बन्दैछ । चर्चित अभिनेता राजकुमार रावले यो फिल्ममा श्रीकांतको भूमिका निभाउनेछन् र यसको सुटिङ जुलाइमा सुरु हुनेछ । श्रीकांतलाई आशा छ कि अब जब उनी पहिलो पटक कसैलाई भेट्नेछन् त्यतिबेला मानिसहरु उनलाई पहिलेजस्तै कम सोच्न बन्द गर्नेछन् । श्रीकांत भन्छन् ‘जब म कसैसँग भेट्छु मानिसहरु सोच्छन् अरे यो अन्धो छ कति दुखद छ तर जब म उनीहरुलाई यो बताउँछु कि म को हुँ र के गर्छु, सबै कुरा बदलिन्छ ।
समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन नपर्ने आदेश काठमाडौं। सर्वोच्च अदालतले नेपालको संविधान जारी भए पनि सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत भएको उल्लेख गर्दै समायोजन भएका कर्मचारीलाई पुनःसङ्घीय निजामती सेवामा फर्काउन नपर्ने निर्णय गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले आज समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई सङ्घमा ल्याउन नपर्ने फैसला सुनाएको हो । “समायोजित भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको हकमा फराकिलो वृत्तिविकासको अवसरको सुनिश्चितता, वर्गीकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता गराउनु”, फैसलामा भनिएको छ, “त्यसको अभिलेख व्यवस्थापन तथा समायोजनका सम्बन्धमा देखापरेका गुनासोको सम्बोधनलगायत सकारात्मक उत्प्रेरणाका लागि आवश्यक नीतिगत कानूनी र व्यवस्थापनीय प्रबन्ध गर्नु ।” त्यस्तै सर्वोच्च अदालतले लोकसेवा आयोगबाट विज्ञापन गरिएको पदको अन्तिम नजिता रोक्ने सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत भदौ ३ गतेको निर्णय बदर गरी विज्ञापनको परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको छ । अदालतले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्नेसमेत कार्य यथाशीघ्र गर्नु भनी सरकारका नाममा परमादेश गरेको छ ।
मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् । सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।
फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण काठमाडौं ।कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्‍यो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण हो भने । राजदूत डेप्रेजले “आज फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक हो, यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ”, भने । आज फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन् । यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ ।
खोप लगाइसकेपछि देखिन्छ यस्तो असर, के गर्ने-के नगर्ने ? काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप प्रत्येक व्यक्तिका लागि अनिवार्य गरेको छ । सरकारले यो निर्देशन जारी गरेसंगै दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सँख्या बढ्दै गएको छ । खोप तोकिएका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क रुपमा दिइदैं आइरहेको छ । कोरोनाविरुद्धको खोपमा कोरोना भाइरसको स्पाइकविरुद्ध काम गर्ने तत्त्व (मेसेन्जर RNA ) हुन्छ । शरीरले यी स्पाइकका हानिरहित प्रतिलिपि बनाउँछ र हाम्रो रोग प्रतिरोधात्मक प्रणालीले यो प्रतिलिपिसँग जुध्ने अभ्यास गर्छ । परिणाम स्वरूप, हाम्रो प्रतिरोधात्मक प्रणालीले कोरोना भाइरस चिन्न थाल्छ र पछि कोरोना भाइरसको संक्रमण हुँदा उक्त भाइरससँग लड्छ र शरीरलाई सुरक्षित राख्छ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । सरकारले कोरोना संक्रमित बढेसंगै सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ । होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ । साथै आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि पनि खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ । खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ? कोभिड–१९ खोप लगाएपछि केहि सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाँउमा सुन्निने, दुख्ने, टाउको दुख्ने, जाडो हुने, ज्वरो आउने, वाकवाक लाग्ने र जिउ दुख्ने आदि हुन सक्छ । यस्ता समान्य असरहरू बिस्तारै आफै ठिक भएर जान्छन्। हालसम्म अनुमति प्राप्त प्रयोगमा रहेका खोपहरू सुरक्षित र प्रभावकारी रहेको र खोपबाट कुनै गम्भिर र दिर्घकालिन असर हुने देखिएको छैन । खोप पश्चात कुनै अवाञ्छित घटना-कडा बिरामी भएमा तुरुन्त स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ । खोप लगाइसकेपछि के गर्ने, के नगर्ने ? खोप लगाईसकेपछि रक्सी, चुरोट –रक्सी, चुरोटको सेवन नगर्ने जस्ले तपाईको रोग प्रतिरोध प्रणालीमा नकरात्मक असर गर्नुका साथै चुरोटको कारणले खोपबाट हुनसक्ने फाइदा नपाउन सकिन्छ । खोप लगाइसकेपछि स्वास्थ्य मापदण्डमा बेवास्ता नगर्ने । खोप लगाएपछि पनि संक्रमित हुन सक्छ । खोप लगाएपछि स्वास्थ्यमा सामान्य समस्याहरु देखिन सक्छ तर, यदि त्यस्तो समस्या देखिएमा वा जटिल हुँदै गएमा चिकित्सकको सल्लाह लिने । अति आवश्यक खोपहरु नछुटाउने–जीवन रक्षाको लागि अन्य आवश्यक खोपहरु पनि लगाउनु पर्ने अवस्थाहरु आउन सक्छ त्यस्तो बेला खोपहरु नछुटाउने ।कडा शारीरिक क्रियाकलाप नगर्ने– खोप लगाएको २, ३ दिन सम्म कडा शारीरिक क्रियाकलाप नगर्ने । प्रशस्त पानी पिउने स्वाथ्यकर खानेकुराहरू खाने र मज्जाले आराम गर्ने। खोप कसले लगाउनु हुँदैन ? हालसम्म खोप दिन मिल्ने समुह बाहेकका अन्यका लागि बृहत र बिस्तृत अध्ययन भै नसकेकोले गर्भवती महिला, बच्चालाई स्तनपान गराउने आमाहरू (सुत्केरी भएको ६ महिना सम्म), १५ बर्ष मुनिका बालबालिका (हाल कोभिशिल्ड खोप १८ बर्ष माथिका मात्र) र यस अघि कुनै खोप, औषधि वा अन्य बस्तुबाट कडा एलर्जि भएका व्यक्तिहरूलाई यो खोप दिइदैंन। साथै खोप लिने समयमा उच्च ज्वरो वा माथि उल्लेख भएका रोग बाहेक अन्य शिघ्र कडा खालको बिरामी भएमा खोप नदिने तर रोग निको भएपछि यदि खोप उपलब्ध भएमा खोप लिन सकिनेछ ।
सिटिइभिटीअन्तर्गतका सबै परीक्षा स्थगित काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिए । उनले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने भएकाले परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । सिटिइभिटीले यही माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले यही माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा १० दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताए ।
परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ । उनीहरूले सामूहिकरूपमा मिलेमतो गरी इ-स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो । विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको रकम भित्रिएको पाइएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ ।
जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै काठमाडौं । नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई रु १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे । उनीहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो । उक्त सहायताको उद्देश्य आर्थिक तथा वित्तीय नीति तथा संस्थाहरूको सुधारका साथै स्वदेशी औद्योगिक आधारलाई सुदृढ गर्ने र गरिब तथा जोखिममा परेका जनताको सुरक्षामा सरकारको प्रयासलाई जोड दिनु हो । उत्थानशील र आर्थिक स्थायित्व बढाएर मुलुकको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्‍याउने तथा नेपाल सरकारको बजेट खर्चमा समेत उपयोग गर्न सकिने अर्थमन्त्रालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आयोगको आग्रह काठमाडौं ।  निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने बताउँदै आफ्नो परामर्शमा यथाशीघ्र निर्वाचनको मिति तोक्न आयोगले आग्रह गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम मिति तोक्न सरकारसँग आयोगले आग्रह गरेको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राजनीतिक दलले नै स्थानीय तहको निर्वाचन समयमा नै गर्नुपर्नेतर्फ जोड दिँदै आयोग पूर्ण तयारी अवस्थामा रहनुपर्ने र सरकारसँग समयमा नै निर्वाचन गर्न सम्पर्कमा रही मिति तोक्न सिफारिस गर्नेलगायतका विविध सुझाव प्राप्त भएको विषय स्मरण गराएको छ । आयोगका पदाधिकारी र १६ राजनीतिक दलका प्रतिनिधिबीच गत पुस ३० गते स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा गरिएका पूर्व तयारीका कार्य र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकारसमक्ष परामर्श दिने सम्बन्धमा बैठकमा उक्त सुझाव दिइएको थियो । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्य निरन्तर गरिरहेको जानकारी दिएको छ । आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ साल वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहको निर्वाचन २०७४ साल वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकामा पहिलो चरणलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ साल जेठ ५ मा समाप्त हुने आयोगले स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलोपटक गत कात्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारेमा जानकारी गराउनुभएको थियो ।दोस्रोपटक पुस ९ गते पुनः भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधिसम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराई आगामी वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबार र दोस्रो चरण वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्तावसमेत गरेको थियो ।
मार्तडीमा प्राधिकरणको लाइन जडान काठमाडौं । जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो । दैनिक छदेखि १० घण्टासम्म विद्युत् भार कटौतीको मार खेप्दै आएका सदरमुकामवासी उक्त लाइन जडान भएपछि खुसी भएका छन् । यही माघ ७ गतेदेखि जडान गरिएको लाइनबाट १० गते साँझदेखि नियमितरुपमा विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलको भनाइ थियो । विसं २०४६ मा स्थापना भएको बाजुरा साना जलविद्युत् केन्द्रले २०६६ सालदेखि विद्युत् उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर विद्युत् उपलब्ध गराउँदै आएको थियो । दुई सय किलोवाट क्षमताको उत्पादित विद्युत्ले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो विद्युत् भार कटौती गर्दै आएको थियो । सदरमुकाम मार्तडीलाई लक्ष गरेर सोमबारदेखि ११ हजार भोल्टेजको लाइन जडान उपलब्ध गराइएको हो । बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सवस्टेशन निर्माण भइसकेपछि ३३ केभिएको लाइन दिनसकिने उनले जानकारी दिए ।
रोटरी क्लब अफ धनगढीद्वारा मास्क हस्तान्तरण काठमाडौँ। रोटरी क्लब अफ धनगढीले आज धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । क्लबले कोभिड–१९ को सङ्क्रमणबाट बच्न ‘अनिवार्य मास्क लगाऔँ’ भन्ने उद्देश्यले उपमहानगरपालिकालाई मास्क हस्तान्तरण गरेको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीपक उपाध्यायले जानकारी दिए। उनले उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई मास्क हस्तान्तरण गरे। अध्यक्ष उपाध्यायले बढ्दो कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतका लागि मास्क हस्तान्तरण गरिएको बताए । उपमहानगरप्रमुख वडले रोटरी क्लबले पहिलो तथा दोस्रो कोभिड–१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेस्रो लहरमा समेत अग्रपङ्क्तिमा रही कार्य गर्दै आइरहेकामा क्लबप्रति प्रशंसा व्यक्त गरे । उपमहानगरपालिकाभित्र अनिवार्य मास्क अभियानअन्तर्गत सम्पूर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्नसमेत नगरवासीहरुलाई उनले आग्रह गरे। मास्क हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कृष्णबहादुर बोहरालगायतको सहभागिता थियो ।
चोरी नियन्त्रणमा आक्रामक प्राधिकरण काठमाडौँ । निरन्तरको प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट रणनीतिक रुपमा कम भएको छ । प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले आशातीत सफलता हासिल गरेको हो । गत वर्षको मङ्सिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २.८२ प्रतिशत विन्दुले घटाएको छ । गत वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चुहावट नियन्त्रणमा कुनै पनि कमजोरी नगर्न प्राधिकरण नेतृत्वलाई स्पष्ट निर्देशन दिएकाले पनि प्रभावकारी परिणाम देखिएको हो । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन् । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठुलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहकमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गरे ।‘हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभर लोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायत काम अगाडि बढाइकाले चुहावट घटेको हो’, उनले भने, ‘गर्मी सुरु भएपछि चुहावट केही बढ्न सक्छ, यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको छ ।’ सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभर लोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ । सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट १२.९९ प्रतिशत छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट १०.१७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३९.८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकामा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो । प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो । बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौँ मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बु वितरण केन्द्रको विद्युत् चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो । गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकामा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगन्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत् चुहावट प्युठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९.९० प्रतिशत थियो । कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकामा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ ।
अब बाजुरामा कोरोना परीक्षण निःशुल्क बाजुरा। बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेकाे छ । जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेकाे अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ । जसमध्ये ५० जनामा पोजेटिभ देखाएको छ । अन्यत्र सरकारी अस्पतालमा पीसीआर जाँच गरेको आठ सय र निजीमा दुई हजारभन्दा बढी लाग्ने गरेको छ । कोभिडको शंका लागेका र परीक्षण गर्ने पैसा नभएका बिरामीको निःशुल्क परीक्षण गरेको अस्पतालका प्रमुख जोशीले बताए । एक पटक पोजेटिभ आएपछि पटक पटक परीक्षण गर्नु पर्ने भएकाले निःशुल्क गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानीय बलबहादुर रोकायाले बताए । यसअघि कोभिड परीक्षण गर्नु परे धनगढी, डोटीलगायत जिल्लामा जानुपर्ने बाध्यता समेत थियो । पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकारले लगानी गरेको हो ।
null
हिमपातमा नै बुस्टर खोप अभियान काठमाडौं। मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए। उनका अनुसार यसअघि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको सो खोप पनि जिल्लामा आइसकेको छ । प्रमुख आचार्यले बुधबार सदरमुकाम चामेस्थित रण दल गुल्ममा नेपाली सेना र सशस्त्र प्रहरी तथा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुस्टर खोप लगाइएको बताए। माघ ६ गते जिल्ला अस्पतालमा सार्वजनिक सेवामा खटिने व्यक्तिलाई बुस्टर खोप लगाइएको थियो । हिमपातका बीच मनाङमा बुस्टर खोप अभियान सञ्चालन भइरहेको छ । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत माघ ७ गते लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर डोज खोप लगाइएको जनाइएको छ । माघ १० गते चामे गाउँपालिका, माघ २० गते मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज खोप लगाइने स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । बढी चिसोका कारण नार्पाभूमि गाउँपालिकामा भने समय तोक्न सकिएको छैन । जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको हो । “नार्पाभूमिवासी फागुन महिनाको दोस्रो सातामात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ”, आचार्यले भने।मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए। जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो डोज खोप लगाएका थिए । तर नार्पाभूमि र माथिल्लो मनाङका बालवालिकाले भने मोडर्ना खोप लगाउने मौका पाएनन् । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई बुस्टर डोज लगाइसकेपछि दोस्रो मात्रा लगाउने तयारी गरिएको उनले जानकारी दिए। हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसँगै त्यहाँका बालबालिका बेँसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
अक्सिजन उत्पादन सुरु काठमाडौं। ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए । अहिले प्लान्टबाट तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको चौंधरीले बताए। जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ । पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले बताए। सङ्घीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो । अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो  । अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला अस्पतालले जनाएको छ  । स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए।
स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरिने काठमाडौं ।टिभी टुडे टेलिभिजनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको किरिया खर्च र छोराको अध्ययनका लागि आवश्यक खर्च सहयोग गर्ने भएको छ । सो टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो । श्रमजीवी–पत्रकार सङ्घ नेपालको आग्रहपछि टेलिभिजन व्यवस्थापनले स्वर्गीय विश्वकर्माको किरिया खर्चवापत तत्काल रु २१ हजार उपलब्ध गराउने भएको छ । बाँकी बच्चाको पढाइ खर्च स्वर्गीय पत्रकारको जीवनसँगिनीको खातामा जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरिएको छ । सङ्घले आज टेलिभिजन व्यवस्थापनसँग भेट गरी मृतक पत्रकारको आफन्तलाई राहत दिनुपर्ने, मृतकको बच्चालाई पढाइ खर्च दिनुपर्नेलगायतका माग राखेको थियो । सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आजै नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को व्यवस्थापन पक्षसँग भेट गरेको छ । भेटका क्रममा व्यवस्थापन पक्षले उचित छानबिन गरी दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाएको छ । उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणविना उपचार नहुने भनेर लापरवाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ । सङ्घले घटनाका दोषी उपर छानबिनसहित कडा कारवाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ । छब्बीस वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ ।
नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभावः अझै केही दिन मौसम बदली रहने काठमाडौं । नेपालमा फेरी अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागल जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औँल्याएको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा÷हिमपात भइरहेको छ ।शनिबार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम १३ दशमलव चार डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शन्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै काठमाडौं। सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिरहेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए । “वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ भएको व्यवस्था अनुसार कार्यविधि जारी गरेको छ, उक्त व्यवस्था कार्यान्वयन गर्न श्रम मन्त्रालयसँग छलफल भइरहेको छ, श्रम मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा जान्छ,” उनले भने । कार्यविधि स्वीकृतिमा आएसँगै वैदेशिक रोजगारीमा जाने प्रत्येक व्यक्तिले अनुमति लिँदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचयपत्र पेस गर्नुपर्नेछ । कार्यक्रममा आबद्धताका लागि बोर्डले वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृति दिने कार्यालयमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुने व्यवस्था मिलाउनुपर्नेछ । वैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको बीमालेख नवीकरण बीमालेखको म्याद समाप्त हुनु एक महिना अगावै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख अनलाइन वा दर्ता सहयोगीमार्फत गर्न सकिनेछ ।बोर्डले सातै प्रदेशका प्रदेश शाखा कार्यालय र ७७ जिल्लाका सम्पर्क शाखा कार्यालयलाई पत्र लेख्दै वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्न निर्देशन दिएको छ । नेपालको संविधानको धारा (५१) को उपधारा ज (१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ व्यवस्था गरेको छ । त्यस्तै, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा (४) मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।
छिमेक लघुवित्तको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । उक्त शेयरको न्यूनतम मूल्य ८ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् । उक्त मिति अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार उक्त सेयर अन्य व्यक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।