content
stringlengths 31
27.4k
⌀ |
---|
नवरात्र सुरु, देवी मन्दिरहरूमा दर्शनार्थीको भीड काठमाडौं । सोमबारबाट नवरात्र सुरु भएसंगै देवी मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको घुइँचो लागेको छ । भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालिका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
दुर्गाको प्रतीकका रूपमा नवरात्रको पहिलो दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । बडादशैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । |
भक्तपुरका विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड {भिडियोसहित} भक्तपुर । घटस्थापनाका दिन भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।
रातका समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा रहेको छ । नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।
नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ । हेर्नुहोस् भिडियो:
|
बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फसचेत रहँदै आ—आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले मन्त्रि तथा सचिवज्यूहरुलाई १२ बुँदे निर्देशन दिएका थिए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेका थिए ।
छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए । |
करिब १० लाख भ्रष्टाचार गरेपछि गाविस सचिवसहित २ जनाविरुद्ध मुद्दा काठमाडौं । धनुषाको तत्कालिन चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुलाई विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
मुद्दा दायर गरिएका अन्यमा धनुषाको तत्कालिन चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् ।
दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ । विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । |
चुनावी सुरक्षाबारे सुरक्षा निकायसँग छलफल काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनको सुरक्षाबारे सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ । आज आइतबार आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेको हो । आजै आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा दलहरूसँग पनि छलफल गर्दै छ । |
३ दिनदेखि केयूकेएलमा तालाबन्दी काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा कर्मचारीहरुले तालाबन्दीसहित धर्ना दिएका छन् । केयूकेएलमा रहेको बिभिन्न कर्मचारी संगठनहरुले प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग गर्दै तालाबन्दीसहित धर्ना दिएका हुन् ।
केयूकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य असक्षम भएको भन्दै तीन दिन अघि उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । शाक्यबाट राम्रो कार्यसम्पादन हुन नसकेकाले राजीनामा दिनुपर्ने उनीहरुको माग रहेको छ ।
कर्मचारीहरुले सञ्चालक समितिले आफुहरुसंग गरेको भद्र सहमति अनुसार द्रुत प्रकृयाबाट कार्यकारी अधिकृतको बहिर्गमन नगरेसम्म संस्थाभित्र मौलाएको बेतिथी , विसंगती, अपारदर्शीता नियन्त्रण हुन नसक्ने केयूकेएल एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले बताए ।
कर्मचारीहरुले आफुहरुको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन् । |
ठूलो मात्रामा लागुऔषधसहित ६ जना पक्राउ काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । आज आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।
सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित अन्य एकजना छन्।
पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो।
त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागुऔषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बाराको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए।
बसभित्रबाट लागुऔषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बस समेत बरामद गरेको बताए। उनले फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको बताए।
उनले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागुऔषध गाँजा बरामद गरिएको पनि जानकारी दिए।
उनले गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागुऔषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र ऐ। वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको बताए।
उनले बरामद लागुऔषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको बताए। उपत्यका लागुऔषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषध समेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यरोले ६ जनालाई लागुऔषधसहति पक्राउ गरेको हो। |
‘प्रेमगीत ३’ को हिन्दी संस्करण भोलिदेखि नेपालमा प्रदर्शन हुने काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि सोमबारदेखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् ।
निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको थियो ।
सेन्सरपछि आजै बेलुकादेखि हिन्दी प्रेमगीत ३ को बुकिङ पनि खुलाउने तयारी छ । निर्माता चन्दका अनुसार प्रेमगीत ३ को हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुनेछ । फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । |
हतियारसहित युवक पक्राउ काठमाडौं । कपिलवस्तु प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३ बलुहवा २७ वर्षीय प्रेम थारु रहेका छन् । उनलाई प्रहरीले घरबाटै शुक्रबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद र ५ थान छर्रा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले प्रेमलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनलाई हिरासतमा राखी थप अनुसन्धान गरीरहेको छ । |
सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गरी फरार सौतेनी छोरा पक्राउ काठमाडौं। सामान्य विवादमा सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गर्ने सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जय किशोरलाई प्रहरीले शुक्रबार वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो ।
जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछि जयकिशोर भने त्यस बेलादेखि फरार भएका थिए ।
तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए । तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । |
युक्रेनमा ‘जनमत संग्रह’: घर–घर पुग्दै सेना किभ । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीलाई भनिन् ।
दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् ।
विज्ञहरूका अनुसार पाँच दिनसम्म चल्ने स्वघोषित जनमतसंग्रहले रुसलाई युक्रेनका चार ओगटेका वा आंशिक रूपमा कब्जा गरिएका क्षेत्रहरू गैरकानूनी रूपमा आफ्नो दाबी गर्न अनुमति दिनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जनमतसंग्रहको निन्दा गरे । रुसीले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी बल प्रयोग गरेर युक्रेनको भागहरू गाभ्ने प्रयास गर्ने ‘झुटो बहाना’ भएको बताए। |
नवौं राष्ट्रिय खेलकुदः खोटाङले जित्यो ११ स्वर्ण खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक÷एक वटा स्वर्ण पदक प्राप्त भएको हो ।
जिल्ला खेलकुद बिकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सन्जीता राईले स्वर्ण पदक जितेका छन् । यस्तै, कुमुते ५५ केजी समुहमा विद्याकला राई, ६१ केजी समुहमा कञ्चन नेपाली, ६८ प्लस तौल समुहमा मिसडोना राई र ७५ केजी तौल समुहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् ।
पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेका हुन् । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्न पाउने छन् ।
स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दिर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विक र प्रविण कट्वाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् । यस्तै, महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेल्ने अवसर पाएकी छन् ।
प्रदेशस्तरीय प्रतियोगीतामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । |
लागूऔषधसहित धनुषाबाट २ जना पक्राउ काठमाडौं । लागूऔषधसहित धनुषाबाट २ जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी धनुषाले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाइट्रोभ्याट २० पत्ता, नाइट्रोसन ५ पत्ता, स्पाजमो प्राँक्सीवोन प्लस १२ पत्ता र एक्सीप्लोन सय एमएल १९ बोत्तल बरामद गरेको छ ।
उनका अनुसार प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा महिनाथपुरबाट खटिएको शसस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको रातो रंगको डिस्कभर मोटरसाइकललाई रोकी चेकजाँज गर्दा यादवले बोकेको बोराभित्र लागूऔषध फेला परेको बताईएको छ । |
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । आयोगले प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ हजार, कर्णालीका लागि ११ लाख ३६ हजार, लुम्बिनीका लागि ३६ लाख ४९ हजार र सुदूरपश्चिम प्रदेशका लागि १८ लाख ५८ हजार छपाइ भएको जनाएको छ ।
आयोगले प्रदेशको समानुपातिकतर्फको २१ लाख नमुना मतपत्र पनि छपाइ सकिएको जनाएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ करोड मतपत्र छाप्ने जनाएको छ । |
राष्ट्रपतिविरुद्ध वक्तव्यवाजी नगर्न पत्रकार महासंघलाई प्रेस चौतारीको चेतावनी काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई राष्ट्रपति विद्यादेवी भण्डरीविरुद्ध वक्तव्यवाजी नगर्न चेतावनी दिएको छ। भक्तपुरको नगरकोट बैठकपछि महासंघले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाउँदै प्रेस चौतारीले राष्ट्रपति भण्डारीविरुद्ध वक्तव्यबाजी नगर्न चेतावनी दिएको हो।
‘नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका वैधानिक निकायमाथि यसैगरी आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवी पत्रकारको शीर निहुर्याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कमद चाल्न बाध्य हुने चेनावतीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छ,’ महासचिव हिरामान लामाले भनेका छन्। प्रेस चौतारीले आफूलाई श्रमजीवी पत्रकारको हितमा उभ्याउँदै आफ्नो साझा चरित्र कायम राख्न पनि महासंघलाई सुझाव दिएको छ। |
राष्ट्रपतिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ आज शुक्रवार स्थगित भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिविरुद्ध बिहीवार गरिएको दायर रिटको पेसी न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । शुक्रवार समय अभावका कारण उक्त सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको सुनुवाइ असोज ९ गते आइतवारका हुने उनले बताए ।
|
सुसाइड नोट लेखेर बेपत्ता भईन् युवती काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् । हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनले सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीले बताए ।
उनका अनुसार युवतीको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ । राई मोडलिङ गर्दै आएकी छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी बुझिएको छ । |
घरमा रङ लगाउन आउनेले चोरे काठमाडौंमा ८ तोला बढी सुनका गहना काठमाडौं । काठमाडौं प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि–९, मच्छेगाउँ बस्ने २३ वर्षीय रवीन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनार रहेका छन् ।
घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ। |
गाडीमुनि खेल्न पुगेका थिए १७ महिने बालक, गाडी गुडेपछि किचिदियो भक्तपुर । भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ हुन् ।
पानी झार्न रोकिराखेको बा५ख ७८१७ नम्बरको निशान गाडीमुनि खेल्दाखेल्दै छिरेका बालकलाई गाडी अगाडि बढाउँदा गाडीले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गाडीले किचेपछि घाइते भएका बालकलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान थालेको छ ।
घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका(३ घर भई हाल काठमाडौं मूलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । |
टिम बाहिर परेपछि नवयुगले आक्रोश पोखे काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा ‘विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने’ गरेको लेखेका छन् ।
‘रोगको लक्षणः विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर,’ उनले लेखेका छन्, ‘रोगको लक्षणःचलखेल ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । पछिल्लो समय नेपाली टोलीका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम तयार पारेका छन् । |
अभिनेता दयाहाङलाई पुत्र लाभ काठमाडौं । अभिनेता दयाहाङ राई बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । राईदम्पतीका यसअघि एक छोरा छन् ।
दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।
|
होटलको फ्रिज खोल्दा भेटियो बँदेलको मासु, होटल सञ्चालक पक्राउ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ गरेका छन्। बिहीबार बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्।
उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो। होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए।
‘अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ’, उनले भने, ‘मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ।’ परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताए। |
एनसेलले ल्यायो ‘इण्डिया भ्वाइस प्याक’ काठमाडौं । नजिकिँदै गरेको चाडपर्व लक्षित गरेर एनसेल आजियाटा लिमिटेडले तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यस अफरबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् ।
यी प्याकहरू शुक्रबारबाट लागू हुने बताइएको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारू गर्न सक्नेछन् ।
१ दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित ५५ रूपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रूपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् ।
आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ७४९ रूपैयाँमा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।
ग्राहकले *१७११८ एस्ट्रिक्स ७# डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन् । |
बिहे गरेको भोलिपल्टै विदेशीलाई नागरिकता दिन मिल्दैन–कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी नागरिकलाई विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका छन्।
गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । नागरिकता कागजको खोस्टोमात्र नभएको थापाले टिप्पणी समेत गरे ।
‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’, थापाले भने । |
यूएन पुगेर युक्रेनी राष्ट्रपतिले भने-रुसलाई कारबाही गर्नु पर्छ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए ।
“रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,” उनले भने । यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको भनाइ छ ।रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे ।
रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गर्नु भएको हो । रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ । |
अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।
नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका छन् ।
यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
नेपाली टिममा रेजिन सुब्बाले गरिब डेढ वर्षपछि कमब्याक गरे । यस्तै, पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादका कारण बाहिर राखेका खेलाडीले कमब्याक गरेका छन् ।
नेपाली टिम
गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
रक्षकः रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दीनेश राजवंशी, विकाश खवास, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजजिउ ठकुरी, एरिक विष्ट,
फरवार्डः विमल घर्तीमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनिष डांगी, आशिष चौधरी |
लुम्बिनीमा डेंगुको संक्रमणबाट ३ जनाको मृत्यु बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एकरएक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।
प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।
तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट बिनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्टयाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए । रूपन्देहीमा पहिलोपटक २०६७/६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यसवर्ष भने डेंगु रोकथाम अभियान शुन्य भएपछि डेंगु संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ । |
रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।
काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।
१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । |
प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार नेपालमा रिलिज नहुने काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन भोली शुक्रबार प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।
विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट े प्रेमगीत ३ हिन्दी भर्सन रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने बताएका उनले घटस्थापन ९१० असोज०देखि प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए ।
उता भारतमा भने प्रेमगीत ३ हिन्दी भर्सन शुक्रबार नै रिलिन हुनेछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्देशकसेनले जानकारी दिए ।
चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।
केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए ।
भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ । |
४ जना मृत अवस्थामा फेला काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । गौशला नगरपालिका–२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ बस्ने विष्णु न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको ब्यास नगरपालिका–६ शान्तीटोल बस्ने ७५ वर्षीय भिम बहादुर मल्ल सोही ठाउँस्थित खहरे खोलाको भिरबाट लडेर बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बाख्रा चराउन गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । कैलालीको गोदावरी नगरपालिका–५ गेटा सामुदायिक बन नजिक मोहना नदीको किनारामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । |
अख्तियारको ‘स्टिङ अपरेसन’, अभियुक्तलाई अदालतबाट धमाधम सफाइ काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ८ वैशाख ०७८ मा ‘स्टिङ अपरेसन’ मा रोक लगाउने आदेश दियो । भन्यो, ‘स्टिङ अपरेसनसम्बन्धी प्रावधान प्रत्यायोजित विधायनसम्बन्धी अवधारणा अनुकूलसमेत रहेको नपाइएको र उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको रहेको छ ।’
अख्तियारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेसन गर्दै आएको थियो । तर स्टिङ अपरेसनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेसन रोक्न फैसला गरेको थियो ।
अदालत स्रोतका अनुसार अख्तियारले घूस खाएका व्यक्तिलाई ‘स्टिङ अपरेसन’ बाट पक्रन पाउने कि नपाउने भन्ने विवादमा सुरु भएदेखि ‘स्टिङ अप्रेसन’ सम्बन्धी अरु कैयौं मुद्दाको सुनुवाइ प्रभावित भएको थियो । ८ वैसाख ०७८ को फैसलासँगै यो मुद्दा झनै प्रभावित भएर गयो । स्रोतका अनुसार अख्तियारले ‘घूस खाएका’ व्यक्तिलाई ‘स्टिङ अपरेसन’ गरी पक्रन पाउने कि नपाउने भन्ने विवादमा सर्वोच्च अदालतले गर्ने आदेशले सुरुमै चार सयभन्दा बढी मुद्दा प्रभावित भएको थियो । स्रोत भन्छ, ‘यो फैसलापछि चार सय मुद्दामा एकमुष्ट उन्मुक्ति भएको देखिन्छ ।’
नियमावलीमा व्यवस्था गरेर अख्तियारले २०५९ सालदेखि गर्दै आएको यस्तो ‘स्टिङ अपरेसन’को संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको थियो । नियमावलीमा घूस उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय नगरिने व्यवस्था थियो । भनिएको थियो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० मा ‘कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले घूस–रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घूस–रिसवतबापत रकम उपलब्ध गराउन सक्नेछ । त्यसरी घूस–रिसवत उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय गरिने छैन ।’
अख्तियारले यही व्यवस्थाको आधारमा ‘स्टिङ अपरेसन’ गर्दै आएको थियो । ‘स्टिङ अपरेसन’ गरी विशेष अदालतमा चलाएका मुद्दा अख्तियारले जित्दै आएको थियो । ‘स्टिङ अपरेसन’ गरी विशेष अदालतमा चलाएका अधिकांश मुद्दा अख्तियारले जित्दै आएको थियो । तर जब ८ वैशाख २०७८ मा सर्वोच्चले ‘स्टिङ अपरेसन’ रोक्ने गरी आदेश दियो । विशेष अदालतको फैसला पूरै बदलियो । ठिक त्यतिबेला विशेष र सर्वोच्च अदालतमा रंगेहात घुसका पाँच सयभन्दा बढी मुद्दा विचाराधीन थिए । तीमध्ये अधिकांशलाई विशेष अदालतले सफाइ दियो ।
अख्तियारले प्रतिवादी बनाएको अभियुक्तको पक्षमा विशेष अदालतको धमाधम फैसला आउन थाल्यो । एक वरिष्ठ अधिवक्ता भन्छन्, ‘स्टिङ अपरेसन’ सम्बन्धी सर्वोच्चको फैसलालाई आधार बनाएर विशेष अदालतले धमाधम अभियुक्तहरूको पक्षमा फैसला सुनाएको देखिन्छ ।’
अख्तियारले आयोगको ३२औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । बुधबार शीतल निवासमा प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको ३२औैं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८–७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको देखिन्छ । उक्त आर्थिक वर्षमा अदालतमा दायर मुद्दामध्ये जम्मा ३८ दशमलव ५१ प्रतिशत मात्रै आयोगको पक्षमा फैसला भएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतका अनुसार अख्तियारलाई कम सफलता प्राप्त हुनुको कारण ‘स्टिङ अपरेसन’ मा सर्वोच्चको रोकपछि अभियुक्तको पक्षमा विशेष अदालतको धमाधम फैसला नै हो । पछिल्लो समय ‘स्टिङ अपरेसन’ बाट कायम गरिएका अधिकांश प्रतिवादीको पक्षमा विशेषले फैसला गरेको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीले गएको आर्थिक वर्षमा अख्तियारको इतिहासमै सबैभन्दा कम सफलता प्राप्त गरेको स्वीकार गरे । आयोगले नै पैसा दिएको घुस–रिसवत लिन हुँदैन भन्ने आधार टेकेर अदालतले फैसला गरेकाले कम सफलता प्राप्त भएको उनको दाबी छ ।
०७० सालमा लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त भएपछि सरकारी कर्मचारीहरूलाई रंगेहात पक्राउ गर्ने र भ्रष्टाचारको मुद्दा दायर गर्ने क्रम तीव्र पारिएको थियो । पछिल्लो समयमा नवीन घिमिरे प्रमुख आयुक्त भएपछि पनि यो क्रममा उसैगरी तीव्र पारिएको थियो । उनीपछिका प्रमुख आयुक्तहरूले समेत अरु मुद्दामा मिहिनेत गर्नुको साटो रंगेहात मुद्दालाई प्राथमिकतामा राखेका थिए ।
केही वर्षयता अख्तियारले ७० प्रतिशतभन्दा बढी सफलता देखाउनुको कारण रंगेहातका यस्तै मुद्दा थिए । तर प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि प्रतिशतको बढी सफलतामा होइन, तथ्यपूर्ण र गहिरो अनुसन्धानमा जोड दिनथालेका छन् ।
‘स्टिङ अपरेसन’ ले मान्यता नपाउने भएपछि घुस रिसवतसम्बन्धी उजुरीमा कमी आएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७६–७७ मा २०५ वटा घुस–रिसवतसम्बन्धी उजुरी परेको र स्टिङ अपरेसन बन्द भएपछि गत आव २०७७–७८ मा ७० वटा मात्रै परेको अख्तियारको ३१औं वार्षिक प्रतिवेदनमा उल्लेख थियो । यहीकारण क्रमशः सफलता दर ९कसुर स्थापित दर० घट्दो क्रममा देखिएको हो । आव २०७६–७७ मा ८४ दशमलव आठ प्रतिशत, आव ०७७–७८ मा ७१ दशमलव ६८ प्रतिशत सफलता प्राप्त गरेकोमा गएको वर्ष घटेर ३८ दशमलव ५१ प्रतिशतमा झरेको थियो । |
गृहसचिव सिंह पुगे प्रहरी प्रधान कार्यालय काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंह आज बिहीवार नेपाल प्रहरी प्रधान कार्यालय पुगेका छन् । कार्यालयको निरीक्षण गर्नका लागि उनी त्यहाँ पुगेका हुन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवं भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा गृहसचिव सिंहले संगठनको हित र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताए । उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिबद्ध र लगनशील हुन आग्रह गरे । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए ।
गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवं इमान्दारीपूर्वक सांगठनिक प्रतिबद्धतामा अविचलित भई जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए । नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको बताए ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी बहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे । |
विप्लवले चुनाव बहिष्कार गर्ने काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बहुमतले मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताईन्छ । पार्टीभित्र चुनावमा भाग लिने नलिनेमा दुई धार भएपनि विप्लब भने चुनावमा भाग नलिएर बहिष्कारमा लागेको एक नेताले बताए । |
टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?–बालेन्द्र काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशप्रति प्रश्न गरेका छन् । महानगरपालिकाले टुकुचा खोला खोज्दै यसमाथि बनेका संरचना भत्काउन थालेपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ। जसमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उक्त आदेशलाई लक्षित गरी मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएका हुन्। ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ?’ उनले लेखेका छन् ।
यसअघि पनि महानगरपालिकाको टोली नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएको थियो। त्यसबेला पनि मेयर शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतललाई नै दिनुपर्ने भन्दै कटाक्ष गरेका थिए। |
टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो । |
अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं गए धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं गएका छन् ।
सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं गएका हुन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।
मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।
स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो । |
फिल्म ‘प्रेम गीत ३’ हिन्दी संस्करणलाई रिलिजका लागि फुकुवा काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले आज बुधबार हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।
वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।
नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । |
जागिर खाने होइन स्वरोजगार बनाउने शिक्षामा जोड दिऔँः मन्त्री राई उदयपुर । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयोजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश्यकता भनेका प्राविधिक शिक्षा रहेको बताए ।
त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसको पुस्तकालय भवन शिल्यान्यास गर्दै उनले शिक्षा जागिर खाने खालको भन्दा पनि स्वारोजगार बन्ने खालको हुनुपर्ने बताए । अहिले स्वरोजगार बनाउने खालको शिक्षा देशलाई आवश्यक रहेको उनले बताए ।
शिक्षाले पढाउने भन्दा पनि सिकाउने वा प्रयोगमा आउने शिक्षामा जोड दिनु पर्ने बताए । गुणस्तरीय शिक्षाले नै समृद्ध बनाउने भएकाले शिक्षाको नीतिगत रुपमा सुधार गर्नु आवश्यक रहेको मन्त्रीले औल्याए । त्यसका लागि संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईले प्रदेश शिक्षा ऐन तथा निति निर्माणमा पनि ढिलाई भएको बताए । उनले भने, ुउदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भएकाले त्यसका लागि प्रदेश सरकार लाग्नेछ ।ु
त्रियुगा नगरपालिका निवर्तमान नगर प्रमुख तथा बरुवा क्याम्पसका अध्यक्ष बलदेव चौधरीले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्ने योजना रहेको बताए । |
२८ दलले बुझाए बन्दसूची सुर्खेत । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् ।
प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी केन्द्र , राष्ट्रिय जनमुक्ति पार्टी र नेकपाएमाले छन् ।
यसैगरी, नागरिक उन्मुक्ति पार्टी, नेकपा माले, नेपाली कांग्रेस बीपी, नेश्नललिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा माओवादी समाजवादी, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्दसूचि बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्दसूची पेस गरेका छन् । संयुक्त रूपमै बन्दसूची बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन् ।
नेकपा माओवादी केन्द्र र डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्दसूची आयोगमा पेस गरेका छन् । बन्दसूची बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन् । कर्णाली प्रदेशसभामा समानुपातिकतर्फको सिट संख्या १६ रहेको छ । |
राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । |
राष्ट्रपतिको कदमप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् ।
‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,’ उपराष्ट्रपतिले विज्ञप्तिमा भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’
विज्ञप्तिमा उनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गरेका छन् । उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहो¥याएको उनले स्मरण गरेका छन् ।
‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उनले भनेका छन् ।
|
न्यू प्लाजा अगाडिको पोलमा आगलागी {भिडियोसहित} काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ ।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन ।
पोलमा पुराना, प्रयोग नै नभएका धेरै तार छन् । तर, ती तारमार्फत सेवा दिएका संस्थाहरू भने पुरानो तार फाल्नेतर्फ ध्यान नदिइ नयाँ तार राख्ने गरेका छन् ।
भिडियो:
|
दुई जनाकाे शव फेला धनगढी। कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएकाे हाे।
प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन्।
बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको हुन्। घटना शंकास्पद रहेको भन्दै प्रहरी प्रवक्ता जोशीले त्यसबारेमा थप अनुसन्धान भइरहेको बताए। बडेलाको टाउको र खुट्टामा चोट लागेका छ।
यसैगरी, धनगढी-१ स्थित कैलाली कारागारनजिकै एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनी कञ्चनपुरको कृष्णनगरपालिका– ८ का ७४ वर्षीय धनसिंह जेठारा भएकाे प्रहरीकाे भनाइ छ।
छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए। अबेरसम्म नफर्किएपछि खोजी गर्दा बुधबार बिहान मृत अवस्थामा भेटिएकाे प्रहरी प्रवक्ता जोशीले बताए। |
धरानबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ, साढे दुई लाख नगद बरामद सुनसरी। धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। |
फरार रामपति २१ बर्षपछि पक्राउ रुपन्देही । रुपन्देहीमा हत्या घटनाका फरार प्रतिवादी २१ बर्षपछि पक्राउ परेका छन् । हत्या घटनाका फरार प्रतिवादी रामपति अहिर यादवलाई प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको हो ।
२०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ बर्षपछि पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले पनि बिभिन्न मितीमा मुल्तबिमा राखि फैसला गरेको थियो । मुलुकि ऐन २०२० को ज्यानसम्बन्धि महलअनुसार जन्म कैद (२० वर्ष) सजाय भएका रामपति यादवलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई सोहि दिन नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्र ना उ श्यामु अर्यालले बताएका छन् । |
क्रिकेट खेलका नियमहरूमा आईसीसीले गर्यो ठूलो परिवर्तन, के-के छन् नयाँ नियम ? काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेलका नियममा धेरै परिवर्तन गरेको छ । सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट समिति (एमसीसी) को सिफारिसमा मुख्य कार्यकारी समिति (सीइसी) ले यी परिवर्तनहरू पठाएको थियो ।
एमसीसीको सिफारिसहरू महिला क्रिकेट समितिसँग साझेदारी गरिएको थियो, जसले यी सुझावहरूमा सहमत भयो। अक्टोबर १, २०२२ देखि क्रिकेट खेल्ने अवस्थाहरूमा मुख्य परिवर्तनहरू यस्ता छन् ।
१. क्याच आउट हुँदा नयाँ ब्याट्सम्यान आउने
कुनै पनि खेलाडी क्याच आउट भएपछि आउने नयाँ ब्याट्सम्यानले नै स्ट्राइक लिनेछ। क्याच लिनुअघि दुवै ब्याट्सम्यानले रनका लागि दौडिएर छेउ बदलेका भए पनि नयाँ ब्याट्सम्यानले नै स्ट्राइक लिनु पर्नेछ । यसअघि क्याच समाउँदा ब्याट्सम्यान क्रस भइसकेको भए स्ट्राइक बदलिन्थ्यो ।
२. बल चम्काउन थुकको प्रयोग
कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, अहिले यसलाई स्थायी बनाइएको छ र अब थुक प्रयोग गर्न पाइने छैन ।
३. आउने ब्याट्सम्यान तुरुन्तै ब्याटिङ गर्न तयार हुनुपर्छ
टेष्ट र एकदिवसीय खेलमा ब्याटिङ गर्न आउने ब्याट्सम्यानले दुई मिनेटभित्रै स्ट्राइकका लागि तयार भइसकेको हुनुपर्छ । तर, टी–२० खेलका लागि डेढ मिनेटको नियम कायम रहनेछ ।
४. स्ट्राइकरको बल खेल्ने अधिकार
ब्याट वा व्यक्ति (ब्याट्सम्यान) को केहीभाग पिच भित्र रहनु पर्छ। यदि ब्याट्सम्यान वा ब्याट पिचबाट बाहिर गयो भने, अम्पायरले यसलाई डेड बल घोषित गर्नेछ। कुनै बल जसमा ब्याट्सम्यान पिच बाहिर जान बाध्य भयो भने त्यो नो बल हुनेछ।
५. फिल्डिङ टोलीको अनुचित गतिविधि
जब बलरले बलिङको लागि दौडन थाल्छ, त्यस समयमा फिल्डिङ टिमले कुनै पनि जानाजानी वा अनुचित व्यवहार गरेमा अम्पायरले बललाई डेडबल घोषित गरी ब्याटिङ टोलीलाई पाँच रन दिन सक्छ।
६. नन स्ट्राइकरमा रन आउट
हालको नियम अनुसार नन स्ट्राइकरलाई रन आउट गर्न सकिन्छ तर यसलाई ‘अनफेयर प्लेबाट रन आउट’ भनिन्छ। अब यसलाई रन आउट नै भनिनेछ।
७. बलरले बल फ्याँक्नु अघि स्ट्राइकरको छेउमा बल फ्याँक्नु
अहिलेसम्म, बल फ्याँक्नु अघि, बलरले स्ट्राइकरलाई क्रिजबाट बाहिर निस्किएको देखे रन आउट गराउने प्रयास गर्न सक्थे। अब यसलाई डेड बल भनिन्छ।
८. अन्य प्रमुख परिवर्तनहरू
खेलको समयमा पेनाल्टी प्रणाली, जुन २०२२ जनवरीमा टि-२० मा लागू गरिएको थियो (जसमा फिल्डिङ टोलीले निर्धारित समयमा आफ्नो ओभर बलिङ गरेनभने बाँकी ओभरहरूमा सर्कल भित्र एक अतिरिक्त फिल्डर राख्नु पर्छ), । यो नियम २०२३ मा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगपछि एकदिवसीयमा पनि लागू हुनेछ।
एकदिवसीय र टी–२० खेलका सबै पुरुष र महिला टोलीको प्ले कन्डिसन परिवर्तन गर्ने निर्णय पनि गरिएको छ । ताकि दुवै टोली तयार भएमा हाइब्रिड पिच प्रयोग गरिनेछ। हाल हाइब्रिड पिच महिला टी-२० खेलमा मात्र प्रयोग गर्न सकिन्छ। |
कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।
आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।
सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन महामन्त्री शर्मा कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।
दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् । |
बन्दसूची बोकेर आयोग पुगिन् रेशमपत्नी रन्जिता काठमाडौं । रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन उनी आयोग पुगेकी हुन् ।
चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए । |
बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।
आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ । |
डा केसीको जीवनरक्षा गर–चिकित्सक संघ काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।
डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र २७ गतेदेखि २० औं आमरण बसेका हुन् । सरकारले डा। के।सी।को मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ । |
अब टिकटक र पब्जीमाथि प्रतिबन्ध काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् ।
सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । |
डेंगीबाट २० जनाको मृत्यु काठमाडौं । मुलुकभर डेंगी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।
हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ। त्यसमध्ये ललितपुरमा संक्रमितको संख्या धेरै रहेको छ। ललितपुरमा संक्रमितको संख्या ४ हजार ६०४ रहेको छ। काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या ९ हजार ७७१ पुगेको छ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ५९७ जनामा संक्रमण देखिएको छ। दाङमा ९९४, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ। अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ। |
महिला साफ च्याम्पियनसिपः फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो ।
यसअघि साविक पाँच पटकको विजेता भारत सेमिफाइनलबाट बाहिरिसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा दुबै टोलीले उपाधि जित्ने योजना बनाएका छन् ।
नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् । यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् ।
गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४–४–२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैशी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् ।
यता, मिडफिल्डरमा अनिता केसी, सरु लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउनेछन् । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफ मै मौका पाउन सक्छिन् ।
फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने यो सुनौलो अवसर रहेको बताइन् ।
नेपालको सम्भावित टिम
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल
मिडफिल्डरः अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत
स्ट्राइकरः रश्मीकुमार घिसिङ, प्रीति राई |
सोलुखुम्बु पुगे प्रचण्ड र जनार्दनसहितको टोली काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु आज सोमबार बिहान सोलुखुम्बुतिर लागेका हुन् ।
उनीहरुको साथमा प्रदेश नम्बर १ का इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु रहेका छन् ।
सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको बुझिन्छ । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएको बताईएको छ । |
कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्दै महानगर काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्न थालेको छ । नगर प्रहरीको टोलीले त्यहाँ टुकुचा नदीकाके उत्खनन् सुरु गरेको छ । सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् थालिएको हो ।
महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ । टुकुचाको व्यवस्थापनको लागि उत्खनन् गरिरहेको हो । |
अझै केही दिन वर्षा हुने मौसमविद्को दाबी काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए।
उनले भने, “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।”
उनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ ।
राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । |
५ वर्षको अन्तरालमा लमजुङमा १५७ जनाले गरे आत्महत्या लमजुङ । लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेकोे तथ्यांक प्रहरीमा रहेको छ ।
मानिसहरू मानसिक र आध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँछ्न । आमा समूह , विद्यालय र युवा क्लबसँग समन्वय गर्दै आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सन्चालन गरेको प्रहरीले जनाएको छ । |
मिटर ब्याजी पीडितको आन्दोलन स्थगित काठमाडौं । मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो ।
सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए ।
गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएपछि आइतबार पत्रकार सम्मेलन गरेर समिति अध्यक्ष गुप्ताले तत्कालका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् ।
माइतीघरमा ४७ दिनदेखि समितिको अगुवाइमा पीडितहरुले मिटर ब्याज तथा ठगीविरुद्ध आन्दोलन गर्दै आएका थिए । |
खेलौना बन्दुक देखाएर युवतीले बैंक लुटिन्, बैकबाट लुटेको लाखौं रकम भने युवतीको आफ्नै काठमाडौं । खेलौना बन्दुक देखाएर एक युवतीले बैंक लुटिन् । बैंकबाट १६ लाखभन्दा बढी रकम लिएर उनी भागिन् । चाखलाग्दो कुरा के छ भने युवतीले आफ्नो खातामा जम्मा गरेको पैसा मात्र लुटिन् । युवतीले बैंक लुट्दा लाइभ भिडियो पनि बनाएकी थिइन् । जुन अहिले भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा उनका तस्विरहरु चर्चाको विषय बनेका छन् ।
घटना लेबनानको हो । जहाँ २८ वर्षीय अभियन्ता साली हाफिज खेलौना बन्दुक लिएर बुधबार बेरुत बैंक पुगेकी थिइन् । यहाँ उनले बन्दुक देखाउँदै बैंकका कर्मचारीलाई फिल्मी शैलीमा पैसा निकाल्न भनिन् । युवतीको हातमा बन्दुक देखेर मानिसहरु आत्तिए र बैंकमा आतंक फैलियो ।
कोलाहलका बीच साली हाफिजले आफू कसैलाई मार्न नआएको बताइन् । उनले लामो समयदेखि बैंकमा अड्किएको आफ्नो खातामा जम्मा भएको पैसा मात्रै झिक्न आएको भनिन् । हाफिजले क्यास काउन्टरमा उपस्थित कर्मचारीलाई बन्दुक देखाएर धम्की दिएर खाताबाट जबरजस्ती १३ हजार डलर (१६ लाख ४० हजार रूपैयाँ) निकालिन् ।
हाफिजले यो सम्पूर्ण घटनाको लाइभ शुटिङ गरेकी थिइन् । भिडियोमा उनले आफ्नी बहिनीको क्यान्सरको उपचारका लागि तत्काल पैसा चाहिएको बताएकी छिन् । उनका अनुसार उनको खातामा यसअघि नै करिब २० हजार डलर निक्षेप रहेको थियो । तर पछिल्ला तीन वर्षमा उनले यो पैसा निकाल्न पाइनन् ।
“I am here at Blom Bank today to withdraw the deposit of my sister, who is dying in the hospital”
An armed woman stormed a bank in Lebanon, taking hostages and successfully withdrawing $13,000 of her savings https://t.co/ILnctSwFqM pic.twitter.com/olDtl5Yjeh
— The National (@TheNationalNews) September 14, 2022
भाइसका अनुसार लेबनानमा आर्थिक संकटका कारण बैंकहरूले पैसा निकाल्ने सीमा तोकेका छन् । जसअनुसार मानिसहरूले महिलामा २०० देखि ४०० डलर मात्र निकाल्न पाउँछन् । २०१९ मा सुरु भएको आर्थिक संकटपछि लेबनानी सरकारले बैंकको निक्षेप तीन वर्षदेखि रोक्का गरेको छ । जनता आफ्नै पैसा निकाल्न चिन्तित भएका छन् । बैंकले आफ्ना ग्राहकलाई निश्चित रकम मात्रै दिने गरेको छ ।
भिडियोमा युवतीले भनिन्– ‘म साली हाफिज हुँ, आज अस्पतालमा मृत्युसँग लडिरहेकी बहिनीको उपचारका लागि पैसा लिन आएकी हुँ । म कसैलाई मार्न आएको होइन… आफ्नो अधिकार माग्न आएको हुँ।’
हाफिजले थप भनिन् कि उनी बारम्बार बैंकमा पैसा माग्न गइन् र तर हरेक पटक उनलाई मासिक २०० डलर मात्र दिन सकिने बताइएको थियो । घटनास्थलमा उपस्थित एएफपी संवाददाताले भने कि डकैतीको क्रममा बैंक भित्र ज्वलनशील पदार्थ खन्याइयो।
युवतीले जताततै ग्यासोलिन फालेर लाइटर बालेर जलाउने धम्की दिएको बैंकका ग्राहक नादिन नखलले बताए । उनले बन्दुक बोकेर पैसा नदिए बैंक म्यानेजरलाई गोली हान्ने धम्की दिएको समेत बताए । |
७०२ जनाको कैद सजाय मिनाहा र माफी काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् ।
राष्ट्रपतिले असल चालचलन भएको आधारमा पासाङ शेर्पासहितका २०३ जना र इन्द्र कुमार लिम्बु समेतका ४७८ गरी कुल ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गरेकी छन् । राष्ट्रपतिको यो निर्णयअनुसार उनीहरु असोज ३ गते छुट्नेछन् ।
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कैद सजाय माफ गरेकी हुन् । |
विभिन्न स्थानमा ३ जना मृत फेला काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।
स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका–१४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाहरुका सबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । |
बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो ।
मन्त्री डा खड्का शनिबार राति हिथ्रो विमानस्थलमा आइपुग्दा बेलायतको विदेशमन्त्रालयको टोलीले उनलाई स्वागत गरेको थियो । मन्त्री खड्काको स्वागतका लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य त्यहाँ पुग्नुभएको दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार मन्त्री खड्का बकिङ्घम दरबारमा बेलायतका राजाले आयोजना गर्ने स्वागत समारोह तथा बेलायती विदेशमन्त्रीले आयोजना गर्ने स्वागत समारोहमासमेत सहभागी हुने र महारानीको राजकीय अन्त्येष्टि समारोहमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मन्त्री खड्का यही असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए । |
जबरालाई सर्वोच्च अदालत जान रोक लगाइयो (भिडियोसहित) काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाइएको छ । महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । तर निलम्बन फुकुवा नभएको भन्दै नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरुले जबरालाई सर्वोच्च छिर्न नदिने अडान लिएका थिए ।
त्यस्तै जबरालाई आफ्नै निवासबाट पनि बाहिर निस्कन रोक लगाइएको छ । जबरालाई सर्वोच्च रोक लगाउनका लागि उपस्थीत नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महाअभियोग लगाउनु पर्ने भनेर संसदलाई प्रतिवेदन पेस गरिसकेको अवस्थामा अदालत फर्कन नमिल्ने बताएका छन् । संसद अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अर्को संसदले यस बिषयलाई निरन्तरता दिने उनले बताए ।
त्यस्तै वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने जिकिर गरे । महाभियोगको निक्र्यौल भइनसकेको अवस्थामा जबरा अदालत आउन नपाउने उनको भनाई छ ।
प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन खोजेको बताइएको छ ।
भिडियो:
|
करिब ५३ अर्ब सहुलियतपूर्ण ऋण लिने–दिने सम्झौतामा हस्ताक्षर काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको हो।
ऋण सम्झौतामा क्षेत्रीय यातायात तथा व्यापार आवद्धता आयोजनाको लागि २७ करोड ५० लाख डलर ९३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ० र डिजिटल विकास अभिवृद्धि सम्बन्धी पूर्वाधार बिस्तारका लागि १४ करोड डलर (१८ अर्ब नेपाली रुपैयाँ) को सहुलियतपूर्ण ऋण सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो।
वित्तीय सहुलियत ऋण सम्झौतामा अर्थमन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र माल्दिभ्स, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे।
सम्झौतामा हस्ताक्षरपश्चात् सचिव पुस्करले समावेशीरुपमा आर्थिक सामाजिक विकासलाई सघाउन सुदृढ आवद्धता तथा व्यापार सेवाग्राही र व्यवसायीबीच सूचना प्रविधिमार्फत नेपालको आर्थिक सम्भावनाहरु सुदृढ बनाउन सकिने बताए।
|
सरकारको निर्देशनपछि सुरक्षा निकाय हाई अलर्टमा काठमाडौं । सरकारको निर्देशनपछि सुरक्षा निकायहरु उच्च सतर्क ‘हाई अलर्ट’ मा रहेको जनाईएको छ । नेपाली सेनाको गुप्तचर निकाय डिएमआई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग उच्च सतर्कमा रहेका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बाेच्च अदालत जाने चर्चा चलेसँगै सरकारले यस्तो कदम चालेको बताईन्छ । सरकारले जबराको हरेक गतिविधि निगरानीमा राख्न भनेको प्रहरीको उच्च अधिकारीले बतायो ।
सरकारको निर्देशन पाएसँगै सुरक्षा निकायलले जबराको सरकारी निवास बालुवाटार, सर्वाेच्च अदालत लगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जबरा कहाँ जान्छन्, कसलाई भेट्छन् ।
बाहिर जाँदा कहाँ पुग्छन् त्यो सबै जानकारी लिने काम सुरक्षा निकायको परिचालनमा भईरहेको स्रोतले जानकारी दियो । प्रहरीले जबरालाई निवासबाटै निस्कन दिईएको छैन । |
महाभियोगको टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन–बारका पूर्वअध्यक्ष श्रेष्ठ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालत फर्किन नमिल्ने बताएका छन् ।
आइतबार सर्वोच्च परिषरबाट प्रतिकृया दिँदै उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तका रुपमा रहेका जबरा सर्वोच्चमा काममा फर्किन नमिल्ने बताएका हुन् ।
श्रेष्ठले महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रस्ट उल्लेख रहेको बताए ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले संसदमा शनिबार बुझाएको जबरामाथि लगाइएको महाभियोगको छानबिन रिपोर्ट नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको पनि स्पष्ट पारे । |
उपसचिवलाई घुस दिने बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिवलाई २२ लाख ५० हजार रुपियाँ घुस दिएको आरोपमा बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो। आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
कारमा भेटिएको उक्त रकम नेपालले श्रेष्ठसँग सापटी लिएको बयान दिएका थिए । त्यसका आधारमा थप अनुसन्धान गर्दा श्रेष्ठले नेपाललाई घुसबापत उक्त रकम दिएको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पनि मतियार बनाएर मुद्दा दर्ता गरेको हो । उपसचिव नेपाललाई इजाजत नवीकरण सम्बन्धी कार्यसम्पादन गरेको भन्दै १६ लाख ५० हजार रुपैयाँ सापटी दिएर मतियारको भूमिका निर्वाह गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । |
‘जबरा अदालत फर्किन्छु भन्नु अदालतमाथिको मजाक’ काठमांडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु अदालतमाथि मजाक भएको टिप्पणी गरेका छन् । आज आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्वित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताएका हुन्।
उनले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताए। संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ। |
२ महिनामा प्रहरीले समाते ४३ फरार अभियुक्त उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गाईघाटमा बुझाएको छ ।
चालु आर्थिक वर्ष सुरू भएपछि १ साउनदेखि ३१ भदौसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेशकुमार पोदारले जानकारी दिए । |
निर्वाचनमा केन्द्रित गतिविधि गर्न एमालेको आग्रह लमजुङ । नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको हो ।
बैठकले सबै पालिका कमिटीहरूको बैठक समेत तय गरेको छ । जसमा बेसीशहरको ७ असोजमा, ८ असोजमा सुन्दरबजारको, मध्यनेपालको ६ असोजमा, मर्स्याङ्दीमा ५ असोजमा, राईनासमा ४ असोजमा, क्ब्होलासोंथरमा ५ असोजमा, दोर्दीमा ६ असोजमा र दुधपाखरीको ९ असोजमा पालिका कमिटीको बैठक तय गरिएको एमाले जिल्ला कमिटीका सचिव शुभाष पौडेलले जानकारी दिए ।
बैठकले गोपालकृष्ण अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा उदय न्यौपाने, सचिवमा नरबहादुर रिमाल र सदस्यहरुमा क्षेत्रनाथ थपलिया, नबराज श्रेष्ठ, असिम अधिकारी र कमला थापा रहेका छन् । |
अछामका दुबै सांसदले गराए सरकारको ध्यानाकर्षण काठमाडौं । अछाम पहिरोको क्षतीबारे अछामका दुबै सांसदले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै अछामका दुबै निर्वाचन क्षेत्रबाट निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद डा भीम रावल र यज्ञबहादुर बोगटीले घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।
सांसद रावलले बिहानै गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई घटनाबारे जानकारी गराएको जनाएका छन् । उनले राहत, उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरे ।
यस्तै अर्का सांसद बोगटीले मृतकलाई क्षतीपूर्ति, घाइतेको उद्धार तथा उपचार र बेपत्ताको खोजबिनका लागि आग्रह गरेका छन् । तीनदिनदेखि परेको अविरल बर्षापछि गएराती अछामका विभिन्न ठाउँमा पहिरो जाँदा हालसम्म १७ जनाको ज्यान गइसकेको छ, भने अझै ६ जना बेपत्ता छन् । |
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति काठमाडौं । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका सबै कार्यक्रम स्थगित हुने भएका छन् ।
सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा। भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।
मन्त्रालय र समितिबीच मीटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणिका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।
त्यस्तै ऋणिले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रुपले हुन आउने साँवा ब्जाय पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा सो जग्गा जुनसुकै तहसम्म विक्रि गरेको भए पनि साहुले सो जग्गा फिर्ता गर्न अन्र्तनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।
संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि आन्तर निकाय समन्वय गरि मन्त्रिपरिषद्ले लिनु पर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।
समितिका सदस्यहरुले आफूहरुका माग पूरा गर्न सरकारले सहमति गरेकाले सबै आन्दोलनमा रहेका साथीहरुलाई जानकारी गराएर आन्दोलनका कार्यक्रम फिर्ता गर्ने बताएका छन् । |
अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।
एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले विश्वका सय भन्दा बढी देशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई एउटै छानामुनि ल्याउन सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन् ।
एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन भएको हो । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ । |
कांग्रेस संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसिरहेको छ । बैठक ठमेलस्थित एक होटेलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो ।
बैठकमा शेखर–गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका नाममा अरुदललाई दिने षडयन्त्र गरिएको दिलेन्द्र बडुको भनाइ छ । बैठकमा सहभागी सदस्यहरूले सम्मान जनक सिट र समूहका नेताले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिएमा गठबन्धन असफल हुने बताएका छन् ।
शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, शेखर पक्षका प्रदेश सभापति लगायत बैठकमा उपस्थित छन्। |
कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा धनगढी । विहीबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
यस्तै सोही नगरपालिका–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका दुई सय ५० घर डुवानमा परेको बताइएको छ। डुवानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ।
कैलालीको चुरे गाउपालिका वडा नम्बर ६ बालकोट स्थित भिमदत्त राजमार्गमा अविरल बर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ ।
प्रहरी निरिक्षक धर्म सिंह बिष्टको कमाण्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ । पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठुलो गरी ९/१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीले बताए ।
भिमदत्त राजमार्गको अन्य ४/५ स्थानमा पनि सा–साना पहिरो गई सडक अबरोध भएको उनले बताए । |
अछाम पहिरोमा परी ६ जनाको मृत्यु, १० जना अझै बेपत्ता काठमाडौं । अछाममा पहिरोमा परेर ६ जनाको मृत्यु भएकको छ। लगातारको वर्षापछि आएको पहिरोले पुरिएर १० जना अझै बेपत्ता छन् ।
जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।
तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका २ घरपरिवारका ९ मध्ये २ जनाको शव फेला परेको अछाममा प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ । |
दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्दै, कहाँको भाडा कति ? यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।
|
सबैभन्दा कम मतदाता मनाङ, मुस्ताङ र डोल्पामा काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार आगामी निर्वाचनको लागि कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेका छन् । सबैभन्दा बढी मतदाता मोरङ, झापा र काठमाडौंमा रहेका छन् । आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ जना रहेका छन् ।
यस्तै, आउँदो निर्वाचनमा सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । मनाङमा ६ हजार ७७९, मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता रहेका छन् ।
प्रदेशका हिसाबले सबैभन्दा बढी मतदाता बागमती, प्रदेश १ र मधेश प्रदेशमा रहेका छन् । आयोगका अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेका छन् ।
यस्तै सबैभन्दा कम मतदाता रहेका प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी रहेका छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । |
७३ वर्षीय वृद्धबाट झापामा २ जना बालिका बलात्कृत झापा । झापामा १ जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।
ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । |
पेस्तोल र गोलीसहित बुटवलबाट १ जना पक्राउ रूपन्देही । बुटवल–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । |
ट्राफिकको विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङः १२ सय ७७ जनालाई कारवाही
काठमाडौं । विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङ अन्र्तगत आज ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारवारी गरेको छ । कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन् ।
सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरि साउन अन्तिम साताबाट शुरु गरिएको विद्यार्थी लक्षित बिषेश सुरक्षा चेकिङमा हाल सम्म १२७७ विद्यार्थी चालकलाई कारवारी गरिसकिएको काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् । |
भारतबाट इन्धनको मूल्य घटेर आयो काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमका उच्च स्रोतले बतायो ।
डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ । |
गुप्तचरका इन्सपेक्टर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर काठमाडौं । मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ताराबहादुर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ । शुक्रबार विशेष अदालका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको छ । गुप्तचरमा सो पद इन्स्पेक्टर सरहको मानिन्छ ।
कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अनुसन्धानपछि उनले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट आईए गरेको नक्कली प्रमाणपत्र पेस गरेर जागिरमा प्रवेश गरेको भेटिएको थियो ।
अनुसन्धानपछि आयोगले २०७५ जेठ ६ गते विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको भन्दै सजाय माग गरेको थियो । शुक्रबार इजलासले कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको कसुर ठहर गरेको छ । |
बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकेपछि फरार अशोक ७ वर्षपछि पक्राउ मोरङ । बलात्कार मुद्धामा कसुरदार ठहरपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङले ३ चैत २०७२ मा गरेको फैसलाले बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय ठहर गरेको थियो। उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ । |
‘न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन’ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफूले चलखेल नगरेको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तरगतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिन पुगेका पूर्वअध्यक्ष श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लगाएको आरोप निराधार भएको बताए।
बयानका क्रममा जबराले न्यायाधीश नियु्क्तिमा श्रेष्ठको पनि चलखेल रहेको आरोप लगाएका थिए। उनले श्रेष्ठलाई छलफलमा बोलाउन समितिसमक्ष आग्रह गरेका थिए। सोही आग्रहअनुसार समितिले नेपाल बारका पूर्वअध्यक्ष श्रेष्ठलाई आज बोलाएको हो।
उनले भने, ‘न्यायाधीश नियुक्तिमा मेरो कुनै चलखेल छैन। म उमेरले ७१ वर्षको भएँ। उहाँभन्दा अघिबाट निरन्तररुपमा वकालत पेशा गर्दै आएको छु। गल्ती गरेको भए कारवाही होस्।’
उनले जबराले आफूमाथि लगाएका आरोपमाथि छानविनको माग गरेका छन्। श्रेष्ठले आफूले न्यायाधीश नियुक्तिमा चलखेल गरेको पाइए कारवाही गर्न पनि सिफारिससमक्ष माग गरे। |
महिलाले बोकेको झोला चेक गर्दा भेटियो करिब २८ किलो चरेस काठमाडौं । पर्सा प्रहरीले करिब २८ किलो चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला मनहरी गाँउपालीका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा रहेका छन् ।
उनीहरूलाई पर्सा जिल्ला पर्सागढी नगरपालिका–२ बागवानास्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । बुधबार साँझ ७ः३० बजे प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकेर जाँच गरेको थियो ।
जाँच गर्दा ८ केजी६९० ग्राम, ५ के जी ११० ग्राम र १३ केजी ८०० ग्राम चरेश फेला पारिएको गिरीले बताए । महिलाहरुले बोकेको झोलामा चरेस फेला परेको केसीले बताए । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |
महानगर अगाडी फुटपाथ व्यापारीको धर्ना {भिडियोसहित} काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् ।
फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् । नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले हामीलाई बाच्न देउ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, सडकमा व्यापार गर्नु रहर होईन बाध्यता हो, सन्ध्याकालीन बजारको व्यवस्थापन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
फुटपाथमा व्यापार गर्दा पैदल यात्रीलाई समस्या भएको भन्दै महानगरले व्यापार गर्न रोक लगाएको थियो ।
हेर्नुहोस् भिडियो:
|
तत्काल निर्णय नगरे नेपालीलाई छुट्याएको ‘अग्निपथ’को सीट फिर्ता हुन्छ काठमाडौं
भारतीय सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ अन्तर्गतको गोर्खा भर्तीका लागि तत्काल निर्णय गर्नु पर्ने बताएका छन्। नेपालले समयमै ‘अग्निपथ’ विषयमा निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने उनले बताएका छन् ।
अग्निपथ अन्तर्गत भदौ ९ गते बुटवलमा र भदौ १६ गते धरानमा तय गरिएको गोर्खा भर्ती सरकारले रोकेको छ। जसले गर्दा नेपालबाट गोर्खा भर्ती प्रक्रिया अघि बढ्न सकेको छैन।
नयाँ दिल्लीमा युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय सेनाध्यक्ष पाण्डेले यदि नेपालले स्वीकृती नदिए गोर्खाका लागि छुट्याइएका सीट अन्यत्र बाँडिने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ।
नेपालबाट ‘अग्निपथ’ मार्फत ४० हजार जनालाई छनोट गर्ने योजना छन्। जसमा डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजारलाई तालिम दिने भारतको योजना रहेको उनले जनाएका छन्। अग्निपथको योजना लागू हुनुअघि नै गोर्खा भर्तीको संख्या घटाइएको थियो। यसअघि चार हजार जना भर्ती हुने गरेको भए पनि घटाएर एक हजार पाँच सयमा झारिएको छ।
भारतीय सेनाध्यक्ष पाण्डेले नेपालमा मंसीरमा हुने निर्वाचन पछि यस विषयमा निर्णय हुनसक्ने विश्वास गरेका छन्। उनले भने, “हामीले आफ्नो योजनाबारे नेपाललाई बताइसेका छौं। चार वर्षपछि अग्निभीरहरूले सेवा निधि अन्तर्गत भारु ११.७ लाख पाउनेछन्। अब यो नेपालको आफ्नो निर्णय हो।”
अग्निवीरमा छनोट भएका युवाले चार वर्ष सेवा गर्नेछन्। त्यसपछि २५ प्रतिशतले भारतीय सेनामा भर्ना पाउनेछन् भने ७५ प्रतिशतलाई रकम दिएर घर पठाइनेछ। नेपालले यसमा असहमित जनाएको छ।
भारत, बेलायत र नेपालको त्रिपक्षीय सम्झौताअनुसार, नेपालीले भारतीय र बेलायती सेनामा सिधै भर्ना पाउने व्यवस्था छ। अग्निपथ मार्फत जाँदा चार वर्षपछि फिर्ता हुने युवाको भविष्यका विषयमा सोच्नुपर्ने नेपालको तर्क छ। |
महिला बसेकै डेरामा गएर महिलामाथि बलात्कार भक्तपुर । भक्तपुर प्रहरीले २५ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । |
भोलीसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । |
संसदीय समितिलाई पूर्वप्रधानन्यायाधीशले पनि बयान नदिने काठमाडौं
पूर्वप्रधानन्यायाधिहरु संसदीय समितिमा वयानका लागि उपस्थित नहुने प्रतिक्रिया जनाएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भन्दै सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वयानका लागि उपस्थित नहुने बताएका हुन।
समितिले उनिहरुलाई बिहीबार दिउँसो १ बजेका लागि छलफलमा बोलाएको थियो । उनीहरुले समितिको छलफलमा जानु उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीश शर्माले बताए ।
जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले बोलाएको पत्र पाएपछि सर्वोच्चका सबै न्यायाधीश सम्मिलित भएर फुलकोर्टको बैठकबाट वयानका लागि उपस्थित हुनु जायज नहुने निर्णय गरेका थिए।
फुलकोर्टले न्यायाधीशहरूलाई महाभियोग सिफारिस समितिमा उपस्थित गराएर सवालजवाफ गर्नु संवैधानिक मान्यताविपरीत हुने ठहर गरेको छ । उक्त निर्णय बुधबार नै महाभियोग सिफारिस समितिलाई पठाइएको छ ।
समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाललाई बोलाएको थियो।
निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए । जबराले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि लाञ्छना लगाएका थिए । |
भारत पुर्याइएका १६ बालकको उद्धार काठमाडौं । भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरमा रहेको बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेको हेल्प क्रस संस्थाको समन्वयमा हिजो उद्धार गरी नेपाल ल्याइएको बताईएको छ ।
उहाँका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरमा रहेको रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।
उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालकमध्ये प्रायजसो १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर उनीहरुलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ ।
उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्युरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन सकेको छैन । |
इरानले भारतलाई भन्यो– हामीसँग पनि रुससँग जस्तै व्यवहार गर काठमाडौं । युक्रेनसँगको युद्धपछि रुसमाथि अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारतले रुसी बजारबाट तेल किन्ने क्रम जारी राखेको छ । यस्तो अवस्थामा इरानले सन् २०१९ देखि भारत र इरानबीचको बन्द तेल आपूर्ति फेरि सुरु गर्न चाहन्छ ।
जसरी रुसको मामिलामा भारतले अमेरिकी दबाबलाई बेवास्ता गरिरहेको छ, त्यसैगरी आफूसँगको व्यापारमा अमेरिकी प्रतिबन्धको बेवास्ता गर्नुपर्ने इरानको भनाइ छ । एक रिपोर्टका अनुसार चाँडै नै इरानका राष्ट्रपति इब्राहिम रायसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गर्न सक्नेछन् ।
समाचार वेबसाइट द प्रिन्टका अनुसार सेप्टेम्बर १५-१६ मा उज्वेकिस्तानमा हुने एससीओ (साङ्घाई कोअपरेसन अर्गनाइजेसन) बैठकमा इरानका राष्ट्रपति इब्राहिम रायसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर यसबारे छलफल गर्न सक्नेछन् । चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि एससीओ परिषद्को बैठकमा सहभागी हुनेछन्।
हालै इरानका राजदूत अली चेगेनीले भारतका विदेशमन्त्री एस जयशंकरसँगको भेटमा तेल खरिदको मुद्दा उठाएका थिए । यसअघि जुन महिनामा इरानका विदेशमन्त्री हुसेन अमिर भारत भ्रमणमा रहेका बेला उनले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्रीसँगको भेटमा पनि यस विषयमा चर्चा गरेका थिए ।
इरानी राजदूतले भारतसँगको सम्बन्धलाई मजबुत बनाउन आफ्नो तर्फबाट कुनै सीमा, प्रतिबन्ध र अवरोध नभएको बताएका थिए । उनले इरान भारतलाई डलरमा नभई रुपैयाँमा तेल निर्यात गर्ने पहिलो देश भएको र भारतले निरन्तर आफ्नो देशबाट तेल किन्दै आएको बताए । अरु काममा पनि रुपैयामा व्यापार गरेको उनले बताए ।
यसैबीच इरानी राजदूतले भारतले तेल आयात नरोकेको भए सन् २०१८-१९ मा १७ अर्ब डलरसम्मको व्यापार भइरहेको इरान र भारतबीचको व्यापार अहिले सम्म ३० देखि ३५ अर्ब डलरसम्म पुग्ने दाबी समेत गरे ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि धेरै प्रकारका प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतले पनि इरानबाट तेल खरिद बन्द गरेको थियो । त्यसबेला इरानले भारतको यो निर्णयलाई अमेरिकाको दबाबमा लिएको निर्णय भनेको थियो । इरानमाथि प्रतिबन्ध लगाउनुअघि, भारत यसको दोस्रो ठूलो तेल खरिदकर्ता थियो, जबकि चीन अझै पनि इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता हो।
त्यसबेला इरानले भारतले तेल आपूर्ति बन्द गरेकोमा निकै असन्तुष्टि देखाएको थियो । इरानका तत्कालीन विदेशमन्त्री जावेद जरिफले भनेका थिए कि भारतले अमेरिकी प्रतिबन्धको दबाबलाई अझ बलियोसँग प्रतिरोध गर्नुपर्थ्यो। त्यसबेला इरानले अमेरिकाले भारतलाई सताएको र आफ्नो देशबाट तेल किन्न नदिएको बताएको थियो ।
तत्कालीन विदेशमन्त्री जावेद जरिफले भनेका थिए कि भारत अमेरिकाको विरोध गर्न चाहँदैन तर विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएकाले भारतले आफ्नो हितको रक्षा गर्नुपर्छ । त्यतिबेला भारतले भनेको थियो कि हामी संयुक्त राष्ट्र संघले लगाएको प्रतिबन्धलाई मात्र स्वीकार गर्छौं, कुनै देशको होइन।
जब अमेरिकाको ट्रम्प सरकारले इरानमाथि धेरै प्रतिबन्ध लगाएको थियो, त्यसबेला भारतले पनि यो निर्णय लिनुपरेको थियो । त्यसबेला अमेरिका र इरानबीचको सम्बन्ध यति बिग्रिएको थियो कि राष्ट्रपति ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए ।
प्रतिवेदनमा उल्लेख गरिएको इरानी अधिकारीहरूको बयानका अनुसार अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध पूर्णतया एकतर्फी भएको भए पनि भारतले इरानबाट तेल खरिदमा प्रतिबन्ध लगाएको छ । तर अब भारतले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै रुसबाट तेल किन्दै आएकोले अब इरानबाट पनि तेल आपूर्ति सुरु गर्नुपर्छ ।
युक्रेन र रुसबीच युद्ध सुरु भएदेखि नै रुसमाथि अमेरिकालगायत धेरै पश्चिमी मुलुकले विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । तर, यी प्रतिबन्धको चिन्ता नगरी भारतले रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको छ । यसबाट आक्रोशित अमेरिकाले पहिले भारतलाई चेतावनी दियो तर भारतले आफ्ना नागरिकको हितमा निर्णय गर्न भारत सक्षम रहेको स्पष्ट पारेको छ । |
बाटोमा हिँडिरहेकी महिलालाई तानेर सिसौ घारीमा लगेपछि… झापा । झापा प्रहरीले एक जनालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिना रहेका छन् । उनले एक ३५ वर्षीया महिलालाई सिसौ घारीमा लगेर बलात्कार गरेका थिए ।
सोमबार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई उनले बलात्कार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ । |
प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर ३ थान मोबाइल लुटेर फरार काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
काठमाडौं महानगरपालिका–३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाईल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान मोबाईल लुटपाट गरेर फरार भएका थिए ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको कार्यालयले जनाएको छ । |
चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन {भिडियो} काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बुधबार ली चान्शुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिएका थिए ।
प्रतिनिधिमण्डलका सदस्यहरुले भक्तपुर नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरका थिए ।
त्यसअघि उनले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरका थिए । ली चान्शुल मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
हेर्नुहोस् भिडियो:
|
सामान्य विवादमै श्रीमतीको घाँटीमा कसे डोरी, गोदावरीको जंगलमा फाले काठमाडौं । ललितपुर प्रहरलाई यही २६ भदौ विहानै फोन आयो । फोनमा भन्दै थियो, ‘फुल्चोकी जंगल छेउमा सडेको अबस्थामा केटीको लास छ ।’ त्यसलगत्तै ललितपुर प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक दिपक भारतीको टोली त्यसतर्फ लागियो ।
टोली घटनास्थल पुग्दा अर्धनग्न अबस्थामा महिलाको शव थियो । शव सडिगलेको अबस्थामा थियो । अनुहार पहिचान गर्न नसक्ने अबस्थामा थियो । जंगलछेउमै लास लियो।
विहान मर्निङमा निस्किएकाहरुले लास देखिएको थियो । त्यसपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसपछि हल्ली खल्ली भईसकेको थियो । प्रहरी घटनास्थल पुगे लगत्तै प्रहरीले अनुसन्धान थाल्यो । महिलाको पहिचान नभए पनि उनले लगाउने कपडाका कारण त्यहाँ हेर्न पुगेका मानिसहरुले पहिचान गरे ।
उनी ४७ वर्षीयाँ रुपा क्षेत्री भएको खुल्यो । उनको घर रौतहट हजारिया भएको खूल्यो । उनी ललितपुर–२९ हरिसिद्धि बस्ने गरेको पाईयो । प्रहरी टोली हरिसिद्धि पुग्यो । उनी बसेको कोठामा प्रहरीले पाईला टेक्यो।
कोठामा दोलखा भिमेश्वर–९ का ६३ वर्षिय घ्याल्मो लामा थिए । प्रहरीले शंकास्पद रुपमा उनीमाथि सोधपुछ ग¥यो । सामान्य सोधपुछमै उनले ती महिलाको आफूले नै हत्या गरेको स्विकारे । उनले ती महिला आफ्नो श्रीमती रहेको समेत खुलायो।
यहि १६ भदौमा दिउँसो ३ वजेतिर हरिसिद्धिबाट गोदावरीतिर लागे । जंगल छेउमा बसे । त्यही बेला उनीहरु बीच वादविवाद यो । घ्याल्मोले रिसको झोँकमा घाँटीमा डोरीले कसे । रुपा छटपट्टिईन् । निस्सासिएर रुपाले स्वास फेर्न सकेनन् । केही बेरपछि रुपाले हलचल गर्न छोडिन् । उनीले स्वास फेर्न छोडेपछि घ्याल्मो कोठामा गएर बसे ।
त्यस १० दिनपछि घ्ल्मो प्रहरीको पञ्जामा परे । उनी तुरुन्त पक्रिए। हाल उनलाई वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भईरहेको छ । मृतक रुपमा घ्याल्मोका तेस्रो श्रीमती थिईन् ।
उनका पहिलो श्रीमती १२ वर्षअघि नै वितिसकेको बताईन्छ। उनको दोस्रो श्रीमती पनि छन् । २०७२ सालमा दोस्रो र हालको मृतकलाई बिहे गरेको मा दोस्रो पत्नी भने गाउँमै रहेको खुलेको थियो।
|
निलम्बित प्रधानन्यायाधीश जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा जबराले इजलास तोक्ने संवैधानिक अधिकार प्रधानन्याधिशलाई नै दिएको भन्दै इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने बताए ।
उनले संवैधानिक नियुक्तीको बिषय केहि समय कोरोनाका कारण अवरुद्ध भएको र त्यसपछि आफुले उक्त मुद्धा नहेर्ने बताएको व्यक्त गरेका छन् । संवैधानिक नियुक्तीको मुद्धालाई रोक्न खोजेको आरोपको समेत कुनै पुष्टि नहुने उनको भनाई छ ।
त्यस्तै उनले मन्त्रीपरिषद्मा भाग माग्यो भन्ने कुराको आफुले यसअघि नै खण्डन गरिसकेको जानकारी दिए । जबराले मन्त्री बनाउने काम प्रधानमन्त्रीको भएको भन्दै कसैको अनुरोधका भरमा नै मन्त्री बनाउने भन्ने कुरा सोच्न नसकिने धारणा व्यक्त गरे । यस बिषयमा आफुलाई जोड्नु कुनै तर्कसंगत नभएको र मन्त्री बनाउन दवाव दिएको भन्ने आरोप गलत रहेको उनले बताए । जबराले प्रधानन्याधिश नै राजनीतिक भागबण्डाको सौदावाजीमा सहभागी भएको भन्ने आरोपमा पनि कुनै सत्यता नरहेको दावी गरेका छन् ।
मंगलबारसम्म जबरासंग ४३ वटा प्रश्न सोधेको समितिका सचिव एवं प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए । अव पुरक प्रश्नका लागि आवश्यक दिनमा जबरालाई बोलाइने उहाले बताउनुभयो । उहाले बुधबार बिहान पुन समितिको बैठक बस्ने र बयानका क्रममा नाम आएका व्यक्तिहरुलाई पनि सोधपुछ गर्नेबारेमा आवश्यक निर्णय हुने जानकारी दिए।
गत फाल्गुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसपछि उनी निलम्वनमा छन् । |
कोरोना अपडेट: थप २ सय बढीमा कोरोना संक्रमण काठमाडौं । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । |
‘ली’ को नेपाल भ्रमणले काठमाडौंको यातायात प्रभावित {भिडियो} काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केहि क्षेत्रमा यातायात प्रभावित भएका छन् । भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो ।
ली चान्सुको सवारीमा सडक पूर्व रुपमा बन्द गर्दा अन्य स्थानमा पनि जाम हुन पुगेको थियो भने सवारी रुट भएका स्थानमा पैदल यात्रुले पनि सास्ती बेहोर्नु परेको छ । ली चान्सुको टोलीले मंगलबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र एमाले तथा माओवादीका नेताहरुसंग भेटवार्ता गरका थिए । उनले बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
हेर्नुहोस् भिडियो:
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.