content
stringlengths 31
27.4k
⌀ |
---|
साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहरा अघि बढे भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ ।
१४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।
उनको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेका छन् ।
यसैगरि सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो ।
यता तिलत्तोमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।
यसरी अहिले दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री बोहरालाई एमाले र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् । |
स्वतन्त्र उम्मेद्वार कापर भन्दा कति मतान्तरले पछि छन् महन्थ ठाकुर ? जनकपुर । महोत्तरी क्षेत्र न ३ लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर पछि परेका छन् । नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापरले उनलाई पछि पारेका हुन् ।
कापर ठाकुर भन्दा करिब १४ सय मतले अगाडि छन् । कापरले २८९३ मत ल्याउँदा ठाकुरले १५४५ मत मात्र ल्याएका छन् ।
यस क्षेत्रमा जसपाका हरिनारायण यादव १३२७ मत ल्याएर तेस्रो स्थानमा छन् । |
झापाका पाँच क्षेत्र मध्य कहाँ कसको अग्रता ? झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक÷एक ठाउँमा अग्रस्थान बनाएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् भने क्षेत्र नं २मा नेकपा (एमाले)का देवराज घिमिरे तथा क्षेत्र नं ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् भने झापा क्षेत्र नं ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं ५ मा एमालेका अध्यक्षसमेत रहेका ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गरेका छन् । |
काठमाडौँ ६ मा रास्वपाका खनालको अग्रता कायमै काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा रहेका छन् । अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले दुई हजार नौ सय ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित वडा कार्यालय भवनमा मतगणना जारी छ । अहिले सो क्षेत्रको प्रदेशसभा २ को मतगणना चलिरहेको छ ।
तीन स्थानमा मतगणना गरिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । सो क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । सो क्षेत्रमा ६२ हजार मतदाता रहेका थिए ।
सोही क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले दुई हजार पाँच सय ६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले दुई हजार तीन सय ६० मत प्राप्त गरेका छन् । प्रदेशसभा (२) मा एमालेका अमनकुमार मास्केले तीन हजार दुई सय ४६ मत प्राप्त गर्दा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले दुई हजार पाँच सय ९३ मत पाएका छन् । |
राजनीतिको यात्रामा तत्कालको जय–पराजय र अंकगणितले तात्विक प्रभाव पार्दैनः राजन भट्टराई काठमाडौं । काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताएका छन् । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहेने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उनले भनेका छन्–मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।
उनले काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले विजयी हुन नसके पनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको बताएका छन् । यस्तै, समानुपातिक मतमा एमाले यसपटक पनि सर्वाधिक अग्रस्थानमा रहने दाबी गरेका छन् । उनले भनेका छन्, ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको यथार्थ हाम्रासामु छर्लङ्गै छ । यसस्थितिमा पार्टीका आमकार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु ।’
उनले काठमाडौं–४ बाट विजय कांग्रेसका गगन थापालाई बधाई दिएका छन् । यस्तै, मतदाता, निर्वाचन परिचालन कमिटीका सदस्य सबैलाई धन्यबाद दिएका छन् । |
राति २ बजेसम्म काठमाडौंका १० क्षेत्रमा को अगाडि ? काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ ।
सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ भने यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले सात हजार एक सय ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ । राति २ बजेसम्मको मतगणनामा काठमाडौँ क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन् । उनले दुई हजार आठ सय ९१ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छिन् । एमालेका मणिराम फुयालले भने हालसम्म एक हजार ९८ मत प्राप्त गरेका छन्।
काठमाडौँ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार चार सय ३९ मत छ ।
काठमाडौँ क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन्। |
दाङ २ः अग्रता फराकिलो बनाउँदै रेखा, हजार बढी मतले पछि परे शंकर पोखरेल दाङ । दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।
८ हजार ५ सय मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा १ हजार २० मतले अग्रता लिएकी हुन् ।
शर्माले ३ हजार ६ सय ७३ मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले २ हजार ६ सय ५३ मत प्राप्त गरेका छन्। |
जुम्लामा माओवादीकी गोमा भन्दा झण्डै तेब्बर मतले अगाडी छन् ज्ञानेन्द्र शाही जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रतालाई बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ८ सय ४७ मत ल्याएका छन् ।
उनकी निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतमले २८४ मत पाएकी छिन् । |
कञ्चनपुर २ मा एनपी साउदको अग्रता काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् ।
उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए । |
मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।
खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए । |
बर्दिया २ मा एमालेका राठौंरलाई पछि पार्दै रेशम चौधरीका बुवाले लिए अग्रता बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् । |
रुपन्देही २ मा दुई पौडेलबीच टक्कर, घण्टीका पौडेलको अग्रता कायमै रूपन्देही । रूपन्देही २ मा नेकपा एमालेका बिष्णु पौडेल पछि परेका छन् ।
२ हजार १ सय मतगणना हुँदा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा ९१ मतले पछि छन् ।
रास्वपाका गणेश पौडेलले ७९८ मत ल्याएका छन् भने बिष्णु पौडेलले ७०७ मतले पछ्याइरहेका छन्।
तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा छन् । उनले ५२५ मत प्राप्त गरेका छन्। |
दाङ १ मा मेटमणीलाई पछ्याउँदै शान्ता, शान्ताको पछिपछि घण्टी दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले एक हजार दुई सय मत गन्दा ४०४ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ३२५ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।
तेसा्रे स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाका देवराज पाठकले २१५ मत ल्याएका छन् । |
गुल्मी २ मा झाँक्रीलाई पछि पारे विष्टले गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण बिष्टले अग्रता बनाएका छन् ।
केहि समय अघि मात्र मतगणना सुरु भएको यस क्षेत्रमा १ सय मत गणना हुँदा बिष्टले ६१ मत प्राप्त गरेका छन् । उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छिन् ।
मतदानका क्रममा बिभिन्न विवाद भएपछि यस क्षेत्रमा मतगणना गर्न ढिला भएको थियो । |
कैलाली १ र ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई अग्रता कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहेका छन् । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ । मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गरेका छन् । कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहेका छन् भने एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना केहीबेरमा सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।
कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्र्फ सात सय २६ मतगणना सकिएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर (रूख) ले तीन सय ९४, लेखराज भट्ट (सूर्य) ले दुई सय ६८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रको प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारीले चार सय ६५, एमालेका भीमबहादुर देउवाले एक सय ८१ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा (२) तर्फ पनि मतगणना सुरु भएको स्थानीय पत्रकार लक्ष्मी जैसीले जानकारी दिए । कैलाली क्षेत्र नं ५ मा निर्वाचन अधिकृत बिरामी भएकाले अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टी कैद सजाय भोगिरहेका रेशम चौधरीले जेलबाटै गठन गरेका हुन् । यस पार्टीको अध्यक्ष उनकी पत्नी रञ्जिता श्रेष्ठ हुन् । |
ललितपुर २ मा एमालेका महर्जन अघिअघि, लौरो पछिपछि काठमाडौं । ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो ।
ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार महर्जन आठ हजार छ सय ७८ मतसहित अगाडि छन्।
त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्यले छ हजार सात सय मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले चार हजार आठ सय २८ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले चार हजार छ सय ६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले तीन हजार आठ सय ३४ मत पाएका छन् । |
दोस्रो स्थानमा उक्लिएका सागर र देउवाबीचको मतान्तर कति ? काठमाडौं । डडेल्धुरामा स्वतन्त्र उम्मेद्वार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् ।
५०० मत गन्दा तेस्रो नम्बरमा रहेका ढकाल एक हजार मत गणना हुँदा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएका हुन् ।
यस क्षेत्रमा एक हजार मत गणना हुँदा प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४६३ मत ल्याएका छन् ।
दोस्रो नम्बरमा रहेका ढकालले २४१ मत पाएका छन् भने कर्णबहादुर मल्ल २०९ मतका साथ ढकाललाई पछ्याई रहेका छन् । ढकाल र देउवाबीच २२२ को मतान्तर रहेको छ । |
भक्तपुर २ः झन्डै ७ सय मतले पछि परे महेश बस्नेत काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार ५१० मत प्राप्त गरेका छन् ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले १ हजार ११६ मत पाएका छन् । थापा र बस्नेतबीचको मतान्तर बढ्दै गएको छ । |
सुनसरी– ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सुरुआती अग्रता सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।
तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गर्नुभएको छ । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् । |
दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपक गिरी पहिलो नम्बरमा काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा गठबन्धनका दीपक गिरीले अग्रता बनाएका छन् । उनले नेकपा एमालेकी कोमल वलीलाई उछिन्दै पहिलो नम्बरमा आएका हुन् ।
दाङ ३ मा १३१८ मत गणना हुँदा गिरीले ६११ मत ल्याएका छन् भने वलीले ४८८ मत प्राप्त गरेकी छिन् । |
काठमाडौं–९ मा एमालेका श्रेष्ठ अघि, स्वतन्त्रका पोखरेल नौ मतले पछाडि काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् ।
नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन् । । दिउँसो ३ बजेसम्म यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् । |
नेकपा एसको अग्रता कहाँ–कहाँ ? काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मात गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् ।
नेकपा एमालेका भूमि पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले समेत अग्रता कायम गरेका छन् । ज्वालाले ११ सय ७१ मत गन्दा ६३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ५३२ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजेन्द्रवीर रायले १४५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एसलाई कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतको साथ छ । |
सप्तरी– १ मा कांग्रेसको अग्रता, पछ्याउँदै जनमत पार्टीका राउत राजविराज । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका हुन्।
उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले चार सय ७८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै जनमत पार्टीका जयकान्त राउतले चार सय ४३ मत प्राप्त गरेका छन् । |
दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् । |
काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै सूर्य अगाडी, मानुषी तेस्रो स्थानमा काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि परेका छन् ।
उनलाई एमालेका श्याम घिमिरेले पछि पारेका हुन् । घिमिरेले ९४८ मत पाउँदा घण्टीका पराजुलीले ८५६ मतका साथ पछ्याइरहेका छन् ।
साथै? माओवादी केन्द्रकी मानुषी यमि ६९८ मतका साथ तेस्रो स्थानमा छिन् । |
इलाम २ मा पछि परे सुवास नेम्वाङ काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङ पछि परेका छन् ।
केहि समय अघि मात्र सुरु भएको मतगणनाको प्रारम्भीक परिणाम अनुसार नेम्वाङ कांग्रेसका डम्बर बहादुर खड्कासँग पछि परेका हुन् ।
यस क्षेत्रमा अहिलेसम्म ६७० मत गणना हुँदा नेम्वाङले २७५ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ३४२ मतका साथ अग्रता बनाएका छन् । |
काठमाडौं ८ मा लौरो र घण्टीबीच भिडन्त, कलमका जीवनराम श्रेष्ठ चौथोमा काठमाडौं । काठमाडौं ८ मा लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई उछिन्दै अगाडी आएका हुन् ।
सायमीले ११३७ मत ल्याएका छन् भने श्रेष्ठले १०९१ मत पाएका छन् ।
एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत ल्याएका छन् भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मत ल्याएका छन् । |
दाङ ३ मा कोमल वलीको अग्रता, घण्टीको कति ? दाङ– दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालले अग्रता बनाएको छ ।
दाङ ३ मा ८५५ मत गणना हुँदा नेकपा एमालेकी कोमल वलीले ३ सय ३६ मतका साथ अग्रस्थानमा छिन् ।
उनलाई गठबन्धनका दिपक गिरीले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका नेता गिरीले ३२१ मत ल्याएका छन् ।
साथै, यस क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत ल्याएका छन् । |
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी नवलपरासी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ ।
स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ । स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ ।
स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ । |
चुनाव जितेमा मुस्ताङका योगेश गौचन सम्भवत: कान्छो सांसद बन्ने कास्की। मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ । मुस्ताङमा आधा मतगणना हुँदा कांग्रेसका गौचनले एमालेका प्रेमप्रसाद तुलाचनालाई पछि पार्दै हालसम्म थकालीले २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार १६५७ ले पछयाउँदै रहेका छन् ।
हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ । सो पार्टीका स्वदेश गुरुङले ४० मत ल्याएका छन् भने हालसम्म मतगणना भएको मध्ये मुस्ताङमा ४० मत बदर भएको छ। |
उपेन्द्र र सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को मतगणना सुरू सप्तरी। सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।
मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बसी मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
सप्तरी १ का लागि कञ्चनपुर, २ का लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नम्बर ३ का लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर ४ का लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्ने मुख्य निर्वाचन अधिकृत रावलले बताएका छन् ।
|
जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।
दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सोमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।
६ जना घाइतेको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत छन् ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो । जीपमा १२जना प्रहरी सवार रहेको बुुझिएको छ ।
से१ज ८५४ नम्बरको जीप पाटन नगरपालिका(४ को निङलाडी खोलामा दुर्घटना भएको हो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । |
रुपन्देही–४ मा मतगणना शुरू रुपन्देही। रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना शुरू भएको हो ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाबीच प्रतिस्पर्धा चलिरहेको छ । |
कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन्, भने नेकपा (एमाले) की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गरेका भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए । |
धनुषा–३ मा मतगणना जारी, एमालेको अग्रता धनुषा। मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । उनका अनुसार यहाँ नेकपा (एमाले) का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताए । त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ । |
बाँके क्षेत्र नं ३ को मतगणना सुरु बाँके। बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो । बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए।
प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट महेश्वरजङ्ग गहतराज, नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट एमालेबाट सूर्य ढकालबीच दुईपक्षीय प्रतिस्पर्धा हुनेछ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा जसपाबाट मोहम्मद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनबाट डा धवलशमशेर राणा नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं ३ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट किशोरसिंह राठोर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुने देखिएको छ । |
देवचुलीमा मतदान जारी, नवलपुरमा ६६ प्रतिशत मतदान नवलपरासी । बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताएका छन् ।
स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उनले बताएका छन्। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए ।
नवलपुरमा ६६ प्रतिशत मतदान
दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा करिब ६६ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलब ४९ प्रतिशत मतदान भएको हो । जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रोलिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका उनले बताए ।
जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् ।
क्षेत्र नं २ मा मतगणनाको तयारी
नवलपुरको क्षेत्र नम्बर २ को मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने तयारीस्वरुप अहिले सर्वदलीय बैठक जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए । राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसिरहेको छ ।
“सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ”, उनले भने, “अबको केहीबेरमा हामीले मतगणना गर्नेर्छौं ।” |
काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन्।
उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाएकी छन्। |
महोत्तरीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो महोत्तरी । महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् ।
मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनी ६५ प्रतिशत मत भने खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।
जिल्लाका केही ठाउँहरुमा विवाद र फर्जी मतदाता पक्राउ परेपनि चार वटै क्षेत्रमा निर्वाचन सान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।
क्षेत्र नम्बर १ स्थित गौशाला नगरपालिकाको निगौल भन्ने मतदानस्थलवाट ४ जनालाइ प्रहरीले नियन्त्रण लियो भने जिल्लाभरीवाट १८० भन्दा बढी सवारीसाधनलाइ प्रहरीले कारबाही गरेको छ ।
जिल्लामा मतदान भएका मतपेटिकालाई मतगणनास्थलमा ल्याइएको छ । मतगणनास्थलमा ल्याइएका मतपेटिका दलहरूको सहमति जुटे आज रातीवाट नै गणना गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् । |
सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ ।
पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् । सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।
६ वटा मतदान केन्द्रको मतपेटिका मतगणना स्थल आइपुगेको छ भने बाकि मतपेटिका आउने क्रम जारी छ। निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।
मतपेटिका स्टोररुम र मतगणना स्थल सुरक्षाकासाथ तयारी अवस्थामा राखिएको कोइरालाको भनाई छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ ।
|
हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए ।
भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ ।
यसअघि सो ठाउँमा आज सम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
करिब चार हजार दुई सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन् । यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ । यहाँ करिब ४१ प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क भने सङ्कलन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । जम्मा एक सय २३ वटा मतदान केन्द्रबाट निर्धारित समयमा नै मतदान सुरु भएको थियो ।
प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा क्षेत्र (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यस्तै प्रदशसभा क्षेत्र (२) मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । सङ्घ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । |
बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् ।
२०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूूत विद्यालय स्थीत मतदान स्थलमा मतदान गरेकी हुन् ।
१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किसोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ । अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ । अहिले घरघरमा विजुलीबत्ति पुगेको छ । ओखल–जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’
ठाउँठाउँमा स्कूूल खुलेको र स्वास्थ्य संस्थाहरु स्थापना भएको कुरा सुनाउँदै उनले भनिन्, ‘मेरो जेठो छोरालाई ७० वर्ष भयो । उ भन्दाअघिका तीन छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुँदैन् । सबै क्षेत्रमा विकास भएको छ । अझै केहि वर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडीदेखि डडेल्धुरा बैतडीदेखि धनगढीदेखि ५ दिनको पैदल यात्रा गरेको समेत सुनाइन् ।
मानमतिका ४ छोरा २ छोरी, १ दर्जन बढी नाति–नातिना तथा पनाति–पनातिना छन् । |
मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता, ७३ प्रतिशत मत खस्यो लमजुङ । हिमालपारिको जिल्ला मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ । जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।
मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । |
काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर) काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
|
सिद्धार्थनगर– ११ मा विवाद, एक जना घाइते भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका –११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सृजना भएको थियो ।
सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।
कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ।
विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो । |
रोकिएका केन्द्रमा मतदान कार्य सुचारु गर्ने प्रयासमा आयोग काठमाडौं । निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।
साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ । |
संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् ।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ स्थित नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावी मतदान केन्द्रबाट मतदानपछि उनले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले आम नागरिकलाई उत्साहपूर्वक आफ्नो प्रतिनिधि छान्न मतदानमा सहभागी हुन आग्रह गरे ।
उनले अहिलेको निर्वाचन दुईवटा गठबन्धन चुनावी मैदानमा रहेको र जनताले स्थिर सरकार तथा सङ्घीयताको सुदृढीकरणका लागि आफ्नो अभिमत जाहेर गर्ने विश्वास व्यक्त गरे । |
तस्बिरमा हेर्नुहोस् शीर्ष नेताहरूको मतदान काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचनको आज मतदानको दिन मतदान जारी छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले मतदान गरेका छन् । प्रधानमन्त्री देउवा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्। एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरे।
मतदान गर्दै रवि लामिछाने
|
गर्भवती कुकुर्नीलाई २५ जना कलेजका विद्यार्थी मिलेर सामूहिक बलात्कार काठमाडौं । दिल्लीमा एउटा यस्तो क्रुरताको घटना बाहिर आएको छ, जसले तपाईलाई लज्जित तुल्याउनेछ । एक गर्भवती सडक कुकुरलाई पहिले २५ विद्यार्थीहरूको समूहले सामूहिक बलात्कार गरेको थियो, त्यसपछि लाठीले कुटेर मारिएको थियो। आरोपितहरू दक्षिण दिल्लीको डन बोस्को टेक्निकल इन्स्टिच्युटका विद्यार्थी र दुई जना वरिष्ठ कर्मचारी रहेको बताइएको छ।
घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सबै आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ । जानकारीका अनुसार घटनाको समयमा संस्थानका दुई दाजुभाइ पनि कर्मचारीको निर्देशनमा उपस्थित रहेको बताइएको छ ।
दिल्लीमा कुकुर कुटेको दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पहिलो भिडियोमा कुकुर टिनको शेडमा लुकेको र निकै डराएको देख्न सकिन्छ । त्यहाँ एकजना मानिस लाठी लिएर गोठबाहिर उभिरहेका छन् । उनले त्यहाँ उभिरहेका अरू मानिसहरूलाई कुकुरलाई पिट्न आग्रह गरिरहेका छन्। अर्को भिडियोमा एकजना मानिसले मरेको कुकुरलाई तानेर लगेको देख्न सकिन्छ। उता, कतिपय मानिस यस्तो कार्यमा हाँसेको देखिन्छ । |
मुलुकभर निर्वाचन जारी, अवस्था कस्तो ? {भिडियो} काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेछ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । त्यस्तै निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
भिडियो:
|
होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न स्वतन्त्र उम्मेदवार वाग्लेको आग्रह बारा । बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्र र प्रवेशद्वारमा प्रहरी परिचालित गरिएको हो ।
प्रहरीले दिनभर होटल क्षेत्रलाई घेरा हालेर राखेका थिए । प्रहरी परिचालित भएपछि स्वतन्त्र उम्मेदवार वाग्लेसहित परिवार र उनका समर्थक आतंकित देखिन्थे । आइतबार हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार वाग्लेको तर्फबाट मतदान प्रतिनिधि चयन गर्ने र खटाउने काम भईरहेका बेला प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी परिचालन गरिएपछि मतदान प्रतिनिधि खटिन आएका वाग्लेका समर्थक होटलभित्र प्रवेश गर्न समेत डराएका थिए । मतदान अधिकृतले माग गरेबमोजिम उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस लिन तोकिए बमोजिमका प्रतिनिधि होटलमा आएका थिए ।
सिफारिस लिन आएका प्रतिनिधिको मनोबल कमजोर बनाउन र स्वतन्त्र अभियानलाई प्रभावित पार्ने उदेश्यसहित प्रहरी परिचालित भएको स्वतन्त्र उम्मेदवार वाग्लेले बताए । सत्ता शक्तिको दुरुपयोग गर्दै नियोजितरुपमा प्रहरी परिचालन भएको वाग्लेको भनाई थियो ।
’हामीमाथी सत्ता शक्तीको दुरुपयोग गरेर नियमित प्रहार भइहेको थियो । आज पनि त्यही गरियो,’ वाग्लेले भने, ‘मतदान प्रतिनिधि खटिन आएका व्यक्तिलाई गेटमै रोक्ने र फर्काउने काम निर्वाचन आचारसंहिता विपरित हो । प्रहरी निष्पक्ष निर्वाचन गर्ने पक्षमा देखिएको छैन ।’
प्रहरी परिचालन गरेर आफूहरुको अभियानलाई प्रभावित पार्न खोजिएको विषयलाई जनताले मुल्यांकन गर्ने वाग्लेले बताए । सत्ताको दुरुपयोग गरेर आतंकित बनाउने काम गरेको भन्दै वाग्लेले भयरहित वातावरणमा निर्वाचन गराउने भूमिका खेल्न प्रहरीप्रशासनलाई आग्रह गरेका छन् ।
प्रहरी परिचालित भएपछि अमलेखगंजस्थित मतदान केन्द्रमा खटिन आएका प्रतिनिधि होटल बाहिरबाटै फर्किएका थिए । उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस नलिई प्रतिनिधिहरू फर्किन थालेपछि प्रतिनिधि चयन प्रक्रिया केहीबेर प्रभावित बनेको थियो ।
यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने होटलमा पैसा वितरण भईरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरेको बताएका छन् । ‘होटलमा पैसा वितरण भइरहेको भन्दै सूचना प्राप्त भएको थियो । त्यो सूचना प्राप्त भएपछि हामीले प्रहरी परिचालन गरेर निगरानी गरेका हौं,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘हामी कसैप्रति पूर्वाग्रह छैनौं । निष्पक्षरुपमा मतदान सम्पन्न गर्न प्रतिवद्ध छौं ।’ |
यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।
मतपत्र बदर हुन सक्ने सात अवस्था
१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।
२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा
३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा
४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा
५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा
६. मतपत्र च्यातिएमा
७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा |
स्थिर समयको फुर्सदमा पत्नीसँग साग केलाउँदै ओली काठमाडौं । आइतबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । मतदान सुरुहुनु ७२ घण्टा अघिबाट स्थिर समय चलिरहेको छ ।
यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्मका सबै कुरा बन्द भएपछि उम्मेदवारहरु फुर्सदमा छन् ।
सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मतदातासंग भोट माग्न नपाउने भन्दै निर्वाचन आयोगले कडाई गरिरहेको छ । तर, केहि उम्मेदवारहरुले मतदातामाझ आफ्नो उपस्थिति देखाउन बिभिन्न उपाय अपनाइरहेका छन् । यस्तो काममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बढी सक्रिय देखिएका छन् । उनले हरेक दिन सुर्य उदाएको तस्विर राख्ने देखि बिभिन्न क्रियाकलाप गरेका तस्विरहरु सामाजिक सञ्जालमा मार्फत सार्वजनीक गरिरहेका छन् ।
ओलीले आज केहि समय अघिमात्र सामाजिक सञ्जनल फेसबुकमा एक पोष्ट गरेका छन् । उनले पत्नि राधिका शाक्यलाई साग केलाउन सघाइरहेको तस्विर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्–‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासंग साग केलाउँदै ।’ |
निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यकपर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर विवेकको मत प्रदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।
आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्यसम्पन्न गरिसकेको छ । त्यस्तै आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रमुख आयुक्त थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।
आयोगले धाकधम्की, डर वा त्रास देखाइ वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।
आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत काम गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । |
यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन् । आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । |
मतदान अधिकृत मतदान केन्द्रमै मदिरा सेवन गरेर गएपछि… कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ’ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । उनले निर्वाचनका लागि बुझेको रकम समेत फिर्ता गर्न निर्देशन गरिएको छ ।
उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए । |
सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट आज दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ । |
निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ कार्यान्वयनमा रहेको छ ।
यसरी निर्वाचनमा खटिएका कर्मचारीले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९’ मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवासुविधा पाउँछन् ।
मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले पाउने सेवा सुविधा निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउँछ । निर्वाचनका क्रममा खर्च हुने रकम कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको नाममा निकासा दिन्छ ।
कार्यविधिअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई प्रतिदिन रु दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई रु दुई हजार, सहायक कर्मचारीलाई रु एक हजार छ सय र सहयोगी कर्मचारीलाई रु एक हजार दुई सय भत्ता उपलब्ध गराइन्छ । सहायक मतदान अधिकृत राजपत्राङ्कितस्तरको कर्मचारी भएमा भने अधिकृतसरह नै दैनिक तथा भ्रमण भत्ता पाउँछन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म, मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म र निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो कार्यालयसम्म जान आउन लाग्ने दिन र मतदान केन्द्रमा बस्ने तीन दिनकोसमेत दैनिक तथा भ्रमण भत्ता दिइन्छ । पैदलयात्रा गर्दा प्रति १५ किलोमिटरलाई एक दिन मानि दैनिक भत्ता उपलब्ध गराउने व्यवस्था छ ।
प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले दैनिक रु दुई हजार पाँच सय, मतगणनाका लागि एकै समयमा एकभन्दा बढी मतगणना टोली परिचालन गरिएकामा प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले प्रत्येक थप टोलीका लागि पाउने थप रकममा रु एक हजार पाउनेछन् ।
साथै सहायक मतगणना अधिकारीले प्रतिसिफ्ट दैनिक रु दुई हजार, मतगणना सहायक र कम्प्युटर अपरेटरले प्रतिसिफ्ट रु एक हजार छ सय, र कार्यालय सहयोगीले प्रतिसिफ्ट एक हजार दुई सय पाउनेछन् ।
मतगणनाका व्यवस्थापन खर्चअन्तर्गत २० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ३० हजार र निर्वाचन अधिकृतको कार्यालयले रु २५ हजार पाउनेछन् । साथै ५० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ४० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ४० हजार पाउनेछन् ।
साथै ८० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ५० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ५० हजार पाउनेछन् । साथै ८० हजारभन्दा बढी मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ६० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ६० हजार पाउनेछन् ।
मतगणना केन्द्र निर्माण खर्चका रुपमा भवन उपलब्ध भएका ठाउँमा सात हजार र भवन उपलब्ध नभएका ठाउँमा रु १५ हजार उपलब्ध गराइन्छ । त्यस्तै मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्चका रुपमा प्रति १५ किलोमिटर रु तीन हजार मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्च दिने व्यवस्था रहेको छ । |
मनाङ १ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र मनाङ । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् ।
यस क्षेत्रमा तीन वटा राजनीतिक दलबाट ३ जना मात्र उम्मेदवार रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका तीनै जना पुरुष हुन् । पुरुष मतदाताभन्दा बढी संख्यामा भए पनि यस क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ । |
मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ वीरगञ्ज । मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।
पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।
गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । |
१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने, सबैभन्दा धेरै मधेशमा काठमाडौं– आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकल मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् ।
जसमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने छन् । यस्तै, बागमतीमा २५ जना, गण्डकीमा ११ जना, प्रदेश १ मा २२ जना, लुम्बिनी प्रदेशमा ३४ जना, सुदूरपश्चिममा १८ जना र कर्णालीमा सबैभन्दा कम ३२ जनाले मतदान गर्न पाउनेछन् ।
अधिकारकर्मीहरूले नेपालमा ठूलो संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको दाबी गरे पनि न्यून संख्याले मात्र लैंगिक पहिचानको आधारमा नागरिकता, मताधिकार लगायतका अधिकार प्राप्त गरेका छन् । |
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय काठमाडौं । निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने समेत निर्णय गरेको जनाएको छ ।
मतगणनाको सुरुआतमा एक पटक वा पालो मिलाएर पत्रकार तथा सञ्चारमाध्यमलाई गणना स्थलको भिडियो र फोटो लिने व्यवस्था मिलाउने समेत आयोगले बताएको छ । |
‘३० लाखमा पनि चुनाव जित्छ यार’ भनेपछि मनाङ्गेलाई आयोगद्वारा २५ हजार जरिवाना काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार.. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ” भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो ।
गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो । |
नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । |
देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द वीरगन्ज । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ ।
निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न आवतजावतमा रोक लगाइएको हो ।
भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । तस्बिर: विजयकुमार महतो /रासस |
नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो ।
भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनले अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ ।
निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ ।
भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ ।
नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
“नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली भैरहवा उडान अनुमतिका लागि कागजात पेश गरेको थियो, प्राधिकरणले उडान तालिकाका लागि काठमाडौँ विमानस्थललाई पठाएको छ । भैरहवाबाट उडान गर्ने भएकाले अनुमति दिइएको हो”, उनले भने ।
नेपाल एयरलाइन्सले यसअघि काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो ।
नेपाल एयरलाइन्सको जहाज दिल्ली पुगेर भैरहवा हुँदै काठमाडौँ फर्कदा भैरहवाबाट रित्तै काठमाडौँ आउनुपर्ने हुन्छ । भैरहवाबाट पनि काठमाडौँ यात्रु ल्याउनका लागि के कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता खड्काले बताए ।
“भैरहवाबाट पनि यात्रु लिएर काठमाडौँ ल्याउने कि भन्नेबारे छलफल भइरहेको छ”, उनले भने, “भैरहवाबाट काठमाडौँ आउने यात्रु आन्तरिक यात्रु हुने भएकाले उनीहरुलाई अध्यागमन, भन्सारलगायत प्रक्रिया पूरा गर्नु नपर्ने गरी ल्याउने विषयमा छलफल भइरहेको छ ।”
नेपाल एयरलाइन्सले भारतको मुम्बाईमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार तथा बैङ्लोरमा साताको तीन दिन शनिबार, मङ्गलबार र बिहीबार उडान गर्दै आएको छ ।
नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।
विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरूपमा आग्रह गरिसकेको छ । |
सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज जुम्ला । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।
बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए ।
पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो । पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए ।
उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको छ । पुल बनेसँगै कनकासुन्दरी–४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो ।
नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो । |
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।
काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो ।
‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा/ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन÷प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न÷नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।
‘स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने छ’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्घन÷वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’
काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा विशेष अपिल गर्दै निर्वाचनको सन्दर्भमा निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गरी जनतालई सुसूचित गर्न आमसञ्चार क्षेत्रले खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसासमेत गरेको छ । |
धनुषामा एक ट्रक अवैध मदिरा बरामद धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ ।
निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट ना६ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी एक हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाडीलाई रोकेर जाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मदिरा र ट्रकसहित मकवानपुरको मनहरि गाउँपालिका–३ बस्ने चालक ३४ वर्षीया निर्मलकुमार रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थसहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका–४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट चार कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ । गाडी चालक मुखियापट्टी मुसहर्निया–४ बस्ने ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ । धनुषा जिल्लामा गत साता शनिबारदेखि नै मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएको छ । |
रवि लामिछानेमा राजनेता बन्ने क्षमता छः अभिनेता रमेश उप्रेती काठमाडौं । अभिनेता रमेश उप्रेतीले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेका उप्रेतीले रवीमा राजनेता बन्न सक्ने क्षमता रहेको दाबी गरेका थिए ।
उनले वर्षौ देखि देशले राज नेता खोजिरहेको उल्लेख गर्दै आफुले त्यो क्षमता रविमा देखेको बताए । साथै, उनले नेपाली जनताले २०४६ साल देखि आजसम्म केहि नपाएको भन्दै आक्रोश पाेखेका थिए । उप्रेतीले देशभरी घण्टीको लहर आएको भन्दै यसपालीको चुनावमा ठूलो परिवर्तन देखिने उल्लेख गरेका थिए ।
चुनावी सभामा कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, किरण केसी, आसिफ साह लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
साझँको समयमा भएको चुनावी सभामा हजारौंको संख्यामा चितवनबासीको उपस्थीती रहेको थियो । |
चितवन पुगेर दिपाश्रीले भनिन्– रवि दाई तपाई ढुक्क भएहुन्छ काठमाडौं । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेकी निरौलाले आफु रविको फ्यान भएको भन्दै घण्टीमा भोट हाल्न आह्वान गरेकी हुन् ।
उनले देशमा रहेका विकृतीलाई हटाउनका लागि रविसँग आफु आशावादी रहेको बताइन् । साथै, उनले रविले देशभर घण्टी बजाइसकेको भन्दै जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेकी थिइन् ।
‘रवि दाई तपाईं ढुक्क भएर बस्नुहोस । चितवनवासी तपाईंको साथमा छन्,’उनले भनिन् । |
विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने काठमाडौं । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे म तबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुने जानकारी दिएका हुन् ।
बुथ कब्जा गरेर मतदान गर्ने सोच नराख्न आग्रह गर्दै उनले शतप्रतिशत मत खसे सो मत बदर गरेर उक्त मतदान केन्द्रमा पुनः मतदान हुने बताएका हुन् ।
विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने थपलियाले जानकारी दिए । |
मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन मिल्दैनः निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोगले मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्नेगरुी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जानकारी दिएका हुन् । यदी कसैले सुकुम्बासी बस्ती हटाए कारबाही गर्ने उनले चेतावनी दिए ।
गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमको विरोधमा बिहीबार पनि काठमाडौंमा भूमिहीन सुकुम्बासी आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त सुकुम्बासी मोर्चाको अगुवाइमा भएको विरोधमा प्रदर्शनमा सुकुम्बासीहरुले वर्षाैंदेखि आफूहरुलाई हटाउने होइन जग्गा धनि लालपूर्जा दिनुपर्ने माग गरेका छन् । |
अमेरिकी पत्रकार जब काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अनुप बोहरा नजिक पुगे {भिडियोसहित} काठमाडौं । काठमाडौं २ का स्वतन्त्र उम्मेद्वार अनुप बोहरा क्रस खुकुरी चुनाव चिन्ह प्रतिअन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विशेष चासो ब्यक्त गरेको छ । झट्ट हेर्दा बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट १० वर्षे हिंसात्मक युद्धमा प्रत्यक्ष सामेल महिला नेत्री एवम पूर्व सभामुख ओनसरी घर्ती र एमालेको तर्फबाट मणिराम फुयल बिच प्रमुख प्रतिस्पर्धा रहेको यो निर्वाचन क्षेत्रमा एकाएकअनुप बोहराको चर्चा चुलिएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमन्युयोर्क टाइम्स , BBC , GNN लगायतका सञ्चार माध्यमहरुले समेत अनुप बोहरा प्रतिविशेष चासो पुर्वक हेरिरहेको पाइएको छ। न्युयोर्क टाइम्सको टोलीले बोहरासँग विशेष कुराकानी गर्दै नेपालका राजनीतिक दल ,निर्वाचनको अवस्था र स्वतन्त्रहरुको उपस्थितिबारे जिज्ञासा राख्दै पछिल्लो नेपाली राजनीति र युवाका आकाङ्क्षाहरुबारे पनिछलफल गरेको छ।
एका एक चुलिएको बोहराको चर्चा र स्वतन्त्रप्रतिको जनताको रुझानले काठमाडौ २ को निर्वाचन रोचक हुने अनुमान गरिएको छ ।
भिडियो:
|
निर्वाचनका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै काठमाडौं । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन्
उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।
मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुईदिने नेपाल बसाइका क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । |
आइपिएलमा खेलाडी रिटेनको समय सकियो, कुन-कुन खेलाडी रिटेन भए र कुन-कुन निकालिए ? काठमाडौं । आइपिएल २०२३ का लागि खेलाडीहरूको रिटेन्सन लिस्ट आइसकेको छ। सबैभन्दा ठूलो खबर सनराइजर्स हैदरावाद क्याम्पबाट आएको छ । जसले आफ्ना कप्तान केन विलियमसनलाई रिलिज गरेको छ। यससँगै पञ्जाब किंग्सले पनि गत सिजनका कप्तान मयंक अग्रवाललाई हटाउन कुनै हिचकिचाहट देखाएको छैन।
मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स जस्ता टिमले पनि धेरै खेलाडी रिलिज गरेका छन् । डिसेम्बरमा हुने मिनी लिलामीअघि टोलीहरूले आफ्नो टोलीमा महत्वपूर्ण परिवर्तन गरी पर्स खाली गरेका छन् ।
१. मुम्बई इन्डियन्स – मुम्बई इन्डियन्सले किरोन पोलार्ड सहित १३ खेलाडीलाई रिलिज गरेको छ। योसँगै मुम्बईले जेसन बेहरेनडर्फलाई ट्रेडिङमार्फत टोलीमा राखेको छ ।
रिलिज भएका खेलाडी (१३): किरोन पोलार्ड, अनमोलप्रीत सिंह, आर्यन जुयल, बासिल थाम्पी, ड्यानियल साम्स, फाबियन एलेन, जयदेव उनादकट, मयंक मार्कण्डे, मुरुगन अश्विन, राहुल बुद्धी, रिले मेरिडिथ, सञ्जय यादव, टाइमल मिल्स।
ट्रेड खेलाडी: जेसन बेहरेनडर्फ।
वर्तमान टोली: रोहित शर्मा (कप्तान), टिम डेभिड, रमनदीप सिंह, तिलक वर्मा, सूर्यकुमार यादव, इशान किशन, ट्रिस्टन स्टब्स, डेवाल्ड ब्रुइस, जोफ्रा आर्चर, जसप्रित बुमराह, अर्जुन तेन्दुलकर, अरशद खान, कुमार कार्तिकेय, ऋतिक शोकिन, जेसन बेहरेन्डर्फ, आकाश माधवाल।
पर्समा बाँकी: २०.५५ करोड।
२. सनराइजर्स हैदराबाद – एक ठूलो कदम चाल्दै ओरेन्ज आर्मीले कप्तान केन विलियमसन र निकोलस पूरनलाई रिलिज गरेको छ।
रिलिज भएका खेलाडीहरू (१२): केन विलियमसन, निकोलस पूरन, जगदीश सुचित, प्रियम गर्ग, रविकुमार समर्थ, रोमारियो शेफर्ड, सौरभ दुबे, सीन एबोट, शशांक सिंह, श्रेयस गोपाल, सुशान्त मिश्रा, विष्णु विनोद।
हालको टोली: अब्दुल समाद, एडेन मार्कराम, राहुल त्रिपाठी, ग्लेन फिलिप्स, अभिषेक शर्मा, मार्को जेन्सेन, वाशिंगटन सुन्दर, फजलहक फारुकी, कार्तिक त्यागी, भुवनेश्वर कुमार, टी. नटराजन, उमरान मलिक।
पर्समा बाँकी: ४२.२५ करोड।
३. चेन्नई सुपर किंग्स: टोलीले ठूला नामहरू मध्ये ड्वेन ब्राभो र क्रिस जोर्डनलाई रिलिज गरेको छ। योसँगै रोबिन उथप्पाले गत सिजनपछि सन्यास लिएका थिए ।
रिलिज भएका खेलाडी (८): ड्वेन ब्राभो, रोबिन उथप्पा, एडम मिल्ने, हरि निशान्त, क्रिस जोर्डन, भगत वर्मा, केएम आसिफ, नारायण जगदीशन।
हालको टोलीः एमएस धोनी (कप्तान), डेभोन कोनवे, ऋतुराज गायकवाड, अम्बाती रायुडू, शुभ्रांशु सेनापति, मोइन अली, शिवम दुबे, राजवर्धन हंगेरगेकर, ड्वेन प्रेटोरियस, मिचेल सान्टनर, रवीन्द्र जडेजा, तुषार देशपांडे, मुकेश चौधरी, मथिसा पाथिराना, सिमरजित सिंह, दीपक सोलंकी, महिश थीक्षणा, दीपक सोलंकी ।
पर्स ब्यालेन्स: २०.४५ करोड।
४. पञ्जाब किंग्स : केही दिनअघि यो फ्रान्चाइजीले शिखर धवनलाई पहिले कप्तान बनाएको थियो। अब उसले पूर्वकप्तान मयंक अग्रवाललाई रिलिज गरेको छ ।
रिलिज भएका खेलाडीहरू (९): मयंक अग्रवाल, ओडियन स्मिथ, वैभव अरोरा, बेनी होवेल, इशान पोरेल, अंश पटेल, प्रेराक मङ्कड, सन्दीप शर्मा, ऋतिक चटर्जी
वर्तमान टोली: शिखर धवन (क), शाहरुख खान, जोनी बेयरस्टो, प्रभसिमरन सिंह , भानुका राजपाक्षे, जितेश शर्मा, राज बावा, ऋषि धवन, लियाम लिभिङस्टोन, अथर्व तायडे, अर्शदीप सिंह, बलतेज सिंह, नाथन एलिस, कागिसो रबाडा, राहुल चाहर, हरप्रीत ब्रार।
पर्समा बाँकी: ३२.२ करोड।
५. कोलकाता नाइट राइडर्स : केकेआरले एलेक्स हेल्स, अजिंक्य रहाणे सहित केहि ठूला नामहरू रिलिज गरेको छ।
रिलिज भएका खेलाडीहरू (१६): प्याट कमिन्स, साम बिलिङ्स, अमन खान, शिवम मावी, मोहम्मद नाबी, चमिका करुणारत्ने, आरोन फिन्च, एलेक्स हेल्स, अभिजीत तोमर, अजिंक्य रहाणे, अशोक शर्मा, बाबा इन्दरजीत, प्रथम सिंह, रमेश कुमार, रसिक सलाम , शेल्डन ज्याक्सन।
ट्रेड प्लेयर: शार्दुल ठाकुर, रहमानउल्लाह गुरबाज, लोकी फर्गुसन।
हालको टोलीः श्रेयस अय्यर (कप्तान), नितिश राणा, रहमानउल्लाह गुरबाज, वेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नारायण, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव, टिम साउथी, हर्षित राना, वरुण चक्रवर्ती, अनुकुल रोय, रिन्कु सिंह।
पर्समा बाँकी: ७.०५ करोड।
६. लखनऊ सुपर जायन्ट्स (एलएसजी): लखनऊले जेसन होल्डर र मनिष पाण्डे जस्ता खेलाडीहरूलाई रिलिज गर्ने निर्णय गरेको छ।
रिलिज भएका खेलाडी (७): एन्ड्रयु टाई, अंकित राजपूत, दुष्मन्ता चमेरा, इभिन लुइस, जेसन होल्डर, मनिष पाण्डे, शाहबाज नदीम।
हालको टोली: केएल राहुल (कप्तान), आयुष बडोनी, करण शर्मा, मनन वोहरा, क्विन्टन डिकक, मार्कस स्टोइनिस, कृष्णप्पा गौतम, दीपक हुडा, काइल मेयर्स, क्रुणाल पाण्ड्या, आवेश खान, मोहसिन खान, मार्क वुड, मयंक यादव, रवि विष्णोइ।
पर्स ब्यालेन्स: २३.३५ करोड।
७. रोयल च्यालेन्जर्स बैंगलोर : आरसीबीले आफ्नो टोलीमा कुनै महत्वपूर्ण परिवर्तन गरेको छैन।
रिलिज भएका खेलाडी (५): जेसन बेहरेनडोर्फ, अनिश्वर गौतम, चामा मिलिन्द, एल सिसोदिया, शेर्फेन रदरफोर्ड।
हालको टोलीः फाफ डु प्लेसिस (क), विराट कोहली, सुयश प्रभुदेसाई, रजत पाटीदार, दिनेश कार्तिक, अनुज रावत, फिन एलेन, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा, शाहबाज अहमद, हर्षल पटेल, डेभिड विली, कर्ण शर्मा, महिपाल लोमरोर, मोहम्मद सिराज, जोश हेजलवुड, सिद्धार्थ कौल, आकाश दीप।
पर्समा बाँकी: ८.७५ करोड।
८. राजस्थान रोयल्स : पछिल्लो पटकको उपविजेता टोलीले आफ्नो कोर समूह कायम राखेको छ।
रिलिज भएका खेलाडीहरू (९): अनुनय सिंह, कोर्बिन बोस, डेरिल मिचेल, जेम्स नीशम, करुण नायर, नाथन कुल्टर-नाइल, रस्सी भान डेर डुसेन, शुभम गढवाल, तेजस बरोका।
हालको टोलीः सञ्जु सैमसन (कप्तान), यशस्वी जैसवाल, शिमरोन हेटमायर, देवदत्त पडिक्कल, जोस बटलर, ध्रुव जुरेल, रियान पराग, प्रसिद्ध कृष्णा, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, नवदीप सैनी, कुलदीप सेन, कुलदीप यादव, आर अश्विन, युजवेन्द्र चहल, केसी करियप्पा।
पर्स ब्यालेन्स: १३.२ करोड।
९. दिल्ली क्यापिटल्स : दिल्ली क्यापिटल्सले शार्दुल ठाकुर, टिम सेफर्ट जस्ता खेलाडीहरूलाई रिलिज गरेको छ। शार्दुललाई पछि केकेआरले ट्रेडमा किनेको थियो ।
रिलिज भएका खेलाडीहरू (५): शार्दुल ठाकुर, टिम सेफर्ट, अश्विन हेब्बर, केएस भरत, मनदीप सिंह
ट्रेड खेलाडीहरू: अमन खान
वर्तमान टोली: ऋषभ पन्त (क), डेभिड वार्नर, पृथ्वी शा, रिपल पटेल, रोभमान पावेल, सरफराज खान, यश धुल, मिचेल मार्श, ललित यादव, अक्षर पटेल, एनरिच नोर्किया, चेतन साकारिया, कमलेश नागरकोटी, खलील अहमद, लुंगी एन्गिडी, मुस्ताफिजुर रहमान, अमन खान, कुलदीप यादव, प्रवीण दुबे, विक्की ओस्तवाल।
पर्समा बाँकी: १९.४५ करोड।
१०. गुजरात टाइटन्स (जीटी): डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले टोलीमा खासै परिवर्तन गरेको छैन। उसले लकी फर्गुसन, रहमनुल्लाह गुरबाज जस्ता खेलाडीलाई रिलिज गरेको छ ।
रिलिज भएका खेलाडी (६) : रहमानउल्लाह गुरबाज, लोकी फर्ग्युसन, डोमिनिक ड्रेक्स, गुरकीरत सिंह, जेसन रोय, वरुण आरोन।
वर्तमान टोलीः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, डेभिड मिलर, अभिनव मनोहर, साई सुदर्शन, ऋद्धिमान साहा, म्याथ्यू वेड, राशिद खान, राहुल तेवाटिया, विजय शंकर, मोहम्मद शमी, अल्जारी जोसेफ, यश दयाल, प्रदीप साङ्गवान, दर्शन नलाकानडे, जयन्त यादव, आर साई किशोर, नूर अहमद।
पर्स ब्यालेन्स: रु १९.२५ करोड |
प्रदीप खड्काले दीपक बोहरालाई मागे भोट भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का राप्रपाका उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।
‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।’
खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् ।
|
अछाममा भूकम्पको धक्का अछाम । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ । |
धादिङमा नौ जनाले मात्रै बुझाए हतियार धादिङ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नौ जनाले १४ वडा विभिन्न किसिमका बन्दुक बुझाएका छन् ।
जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । हतियार बुझाउने क्रम अझै जारी रहेको र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मङ्सिर १ गतेभित्र हतियार बुझाउन आग्रह पनि गरेको छ । हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो । जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो । |
‘८४ सञ्चार माध्यमद्वारा आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण’ काठमाडौँ । आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको हो । विज्ञप्तिअनुसार अनुगमन भएकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन, ५ वटा वेबपोर्टलले यस्ता सामग्री सम्प्रेषण गरेका हुन् ।
काउन्सिलले ४ वटा सञ्चार माध्यमलाई उजुरी र बाँकी सबैलाई स्वअनुगमनका आधारमा विभिन्न पत्राचार गरिएको जनाएको छ । ‘६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको त्यस्तै दर्ता÷सूचीकरण नभएका ५ वटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको, ३ वटा अनलाइन मिडियालाई फोनमार्फत ध्यानाकर्षण गराइएको र मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गरिएको छ’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मङ्सिर ४ नजिकिँदै जाँदा सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको काउन्सिलले जनाएको छ । सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमनसमेत गरिरहेको छ ।
यस्तै कुनै दलका उम्मेदरवारलाई लक्षित गरी प्रकाशित ‘हाते पर्चा’ एक अनलाइनमा प्रकाशन भएको उधृत गर्दै प्राप्त उजुरी र प्रकाशित सामग्रीबारे अध्ययन–अनुगमन भइरहेको र उक्त अनलाइनलाई सचेत गराइसकिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले निर्वाचनमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण÷मूल्याङ्कनका साथै लोककल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको भन्दै सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न÷गराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।
यसैबिच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए । ‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पक्षधरता लिनै हुँदैन । जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन्, अध्यक्ष बस्नेतले भने–‘निश्चित विधि, प्रक्रिया र आधारबिनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ ।’ अध्यक्ष बस्नेतले मिडियाप्रति आम नागरिकको भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी रहेको औँल्याए । |
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता पक्राउ बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङका एसपी दयानिधी ज्ञवालीका अनुसार कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्री नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका नेता–कार्यकर्ताको साथबाट निर्वाचन विरोधी पर्चा बरामद भएको ज्ञावालीले बताए ।
पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन् ।
यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पक्राउ परेका छन् । उनीहरूलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । |
वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो । |
दाङ १ः मेटमणीलाई शान्ताको चुनौती, शान्तालाई गंगाको डर काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको दाङ जिल्लाका तिनवटै क्षेत्रमा रोचक प्रतिष्पर्धा हुँदै छ । अझ दाङ जिल्लाको राप्ती उपत्यकासँग जोडिएको क्षेत्र नम्बर १ को चुनावी दौड हेर्न लायकको छ ।
यस क्षेत्रमा तिन पूर्व एमाले फरक–फरक पार्टीबाट उम्मेद्वार बनेका छन् । सहरी विकास मन्त्री समेत रहेका नेकपा (एस) का नेता मेटमणी चौधरी गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार बनेका छन् । उनी एमाले विभाजन हुँदा नेकपा (एस) तर्फ मोडिएका हुन् । यस्तै, नेकपा एमालेको तर्फबाट टिकट नपाएपछि गंगा थारुले स्वतन्त्र उम्मेद्वारी दिएकी छिन् । उनी लौरो अभियान अन्तरगतको हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हबाट निर्वाचनमा होमिएकी छिन् । यसै क्षेत्रबाट नेकपा एमालेले शान्ता चौधरीलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाएको छ । यी तिन पूर्व एमालेबीचको भिडन्तलाई यहाँका जनताले भागवन्डा नमिल्दाको परिणामको रुपमा बुझेका छन् ।
२०७४ सालको निर्वाचनमा सँगै भोटमाग्न हिडेका यि तिन अनुहार यसपाली फरक–फरक चिन्हमा भोट माग्दै हिडेको देख्दा यहाँका मतदाता अन्योलमा परेका छन्् । केपी शर्मा ओलीका प्रशंसकको रुपमा रहेका मेटमणी चौधरी मन्त्री बन्ने लोभमा नेकप (एस) प्रवेश गरेका थिए । पहिलो लटमा मन्त्री बन्न नपाएका चौधरी दोस्रो लटमा मन्त्री बनेका हुन् । चुनावको सम्मुखमा मन्त्री बनेका चौधरीले पदको दुरुपयोग गरिरहेका छन् । केहि दिन अघि बोरामा चामल बाँढेको भन्दै उनलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो । मन्त्रीपदका कारण चौधरीलाई मतदाता फकाउन सजिलो भएको छ । यसरी मन्त्रीपदकै कारण चौधरीले निर्वाचनमा बाजी मार्नसक्ने कांग्रेसका एक स्थानीय नेताले बताए । तर, पार्टीको संगठन नहुनु र स्थानीय तहको परिणाम मेटमणीका कमजोर पक्ष हुन् ।
यता नेकपा एमालेकी उम्मेद्वार शान्ता चौधरी ‘सुखी नेपाली सम्वृद्ध नेपाल’ को नारा बोकेर घरदैलौ कार्यक्रम गरिरहेकी छन् । शान्ताले आफ्नो जित निश्चत रहेको दाबी गर्दै आएकी छन् । यद्दपी उनको जितका आधार भने निकै कमजोर रहेको स्थानीय एक नेताले बताए । एमालेका मतदाताको भोट समेत शान्ता र गंगामा बाँढीने आंकलन गरिएको छ । यसको फाइदा मेटमणीलाई हुने देखिएको छ । चौधरी समूदायको बाहुल्यता रहेको यस क्षेत्रमा तीन चौधरी उम्मेद्वारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
|
गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धिः प्रचण्ड लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो ।
लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, “राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।” गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन, र समृद्धिमा लगाउने एक सुत्रे नारा बनाएको अध्यक्ष दाहालको भनाइ छ ।
उनले भने, “निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचन जस्तो नभई यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुङ्गाउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकल्ने, निरङ्कुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो ।”
शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष दाहालले भने, “जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।” उनले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।
चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि कोरिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउँदै अध्यक्ष दहालले डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन गर्नु मुलुकको आवश्यकता रहेको बताउँदै गठबन्धनको कार्यकर्ता सबैले एक अर्का उम्मेदवारलाई मत हाल्दै जिताउनुपर्ने बताए । उनले भने “माओवादीका कार्यकर्ताले रुख चिह्न हाम्रै हो र कांग्रेसका कार्यकर्ताले गोलाकारिभित्रको हासीया हटौँडा हाम्रै चिह्न हो भनेर भोट हाल्न आग्रह गरे ।
राजनीतिक परिवतर्नले दलित जनजाति, उत्पिडित समुदाय, महिला लगायतको अधिकार र गाउँगाउँमा सिंहदरबार आएको उल्लेख गर्दै उनले भने, “अब राजनीति प्रयोग पटकपटक देशले धान्न सक्दैन, जुन संविधान, परिवर्तन ल्यायौँ, अब यसलाई नै दीगो बनाएर कार्यान्वयन गर्दै यो मुलुकलाई अग्रगामी बनाएर विकासको ढोका खोल्नुपर्छ । अब आर्थिक क्रान्ति गर्न जरुरी रहेको छ ।”
माओवादी केन्द्रका महासचिव तथा लमजुङ प्रतिनिधसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने बताए । आफू सधैँ यही जिल्लाको विकासको लागि पनि राजनीति गर्दै आफूले सकेको सहयोग गर्दै आएको उनको भनाइ छ । |
ग्लोबल आइएमई र बैंक अफ काठमाडौं बीच मर्जर समझदारीमा हस्ताक्षर, मुलुककै ठूलो बैंक बन्दै काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच मर्जर प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाडौंको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढि खुद नाफा आर्जन गरी सकेका छन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ । |
अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा तीनदिन बनारस जाने काठमाडौं । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।
सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो ।
पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ । ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ । |
किन एलन मस्कले ट्विटर प्रयोगकर्ताहरूसँग माफी मागे? काठमाडौं । आइतबार एक ट्वीटमा, ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ‘अत्यधिक ढिलो’ भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन्।
एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’ यसपछि उनले ढिलो हुनुको प्राविधिक कारण बताए ।
यसका साथै उनले ट्वीटरमा धेरै फेक प्रोफाईललाई सम्बोधन गर्न नयाँ फिचर ल्याउने पनि वाचा गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, “ट्विटरले ती संस्थाहरूबाट जानकारी लिनेछ जुन ट्विटर खाताहरू उनीहरूसँग जोडिएका छन्।”
विगतमा ट्विटरले आफ्नो प्रमाणीकरण कार्यक्रम बन्द गर्नुपरेको थियो किनभने धेरै प्यारोडी र नक्कली खाताहरूले ८ डलर शुल्क तिरेर आफ्नो खाता प्रमाणीकरण गरेका थिए।
त्यसपछि ट्वीटरको यो योजनाको चर्को आलोचना हुन थाल्यो र यसलाई तत्काल प्रभावबाट रोक्नुपर्यो । |
दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार÷प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।
घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले प्रहरीले जनाएको छ ।
झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । |
उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालद्वारा युनिट कमाण्डरहरुलाई निर्देशन काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिँदै निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्त अनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पुरा गर्न र कुनैपनि कमीकजोरी भएमा स्वयम युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्युनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोक, प्यास र थकानको परवाह नगरी क्रियाशील रहन निर्देशन दिँदै उनले भने– ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’
फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरुलाई समेत सोही अवसरमा निर्देशन दिए ।
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउँदै उनले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्याईसकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन दिए ।
कार्यक्रममा आसन्न निर्वाचनबारे वाहिनीपतिहरुले महानिरीक्षक अर्याल समक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए ।
सशस्त्र प्रहरीले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरुले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रिय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाईन टेलिफोनको समेत व्यवस्था गरेको छ ।
महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिंदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरुलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेक थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत वाहिनीपतिहरु, मुख्यालयका वरिष्ठ अधिकृतहरु, गणपति र गुल्मपतिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । |
निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।
मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन)अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ । |
दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेः पूर्व राजदुत उपाध्याय काठमाडौं । पूर्व राजदुत दीपकुमार उपाध्यायले नेपालका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा उनले दलहरूले समानुपातिक प्रणालीलाई आसेपासेको भर्ति केन्द्र बनाएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
उनले नेताहरुले आफ्नो निजि स्वार्थमा गठबन्धन गरेको बताउदै सिद्धान्त र धारणा नमिल्ने पार्टीहरु समेत एक ठाउँमा रहने गठबन्धनको कुनै ओचित्य नरहने बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका उपाध्यायले हालको गठबन्धनमा आफ्नो कुनै समर्थन नरहेको बताए । साथै,उनले लोकतन्त्रमा विश्वास गर्ने कोहिपनि यस्तो गठबन्धनको पक्षमा नरहेको भन्दै त्यसको परिणाम निर्वाचनमा देखिने स्पष्ट पारे । अहिले भएको गठबन्धनलाई उनले अनैतिक गठबन्धनको संज्ञा दिए ।
कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा नेपाली कांग्रेस एक्लै निर्वाचन लडेको अवस्थामा पनि स्वतः पहिलो पार्टी भन्ने दाबी गरे ।
यसैगरि उनले नेपाली कांग्रेसमा टिकट वितरणमा समेत आफुसँग कुनै छलफल नगरिएकोमा दुखेसो पोख्दै नेपाली कांग्रेससँग संवादहिनताको अवस्था रहेको बताए ।
निर्वाचन पछि नेपाली कांग्रेसमा ठूलो सुधारको आवश्यकता रहेको बताएका उपाध्यायले आफुले त्यसका लागि प्रयास गर्ने बताए । ‘नेपाली कांग्रेस यसरी चल्दैन । नेपाली कांग्रेसका दुई युवा महामन्त्रीहरुले समेत अपेक्षकृत काम गर्न नसकेको भन्ने आम कार्यकर्ताको गुनाँसो रहेको छ । यसलाई सुधार्नुपर्ने देखिएको छ‘उनले भने ।
आफ्नो निर्वाचनले क्षेत्रमा पुगेका उपाध्यायले जनतामा ठूलो निराशा देखिएको बताए । ‘नेताहरुमा दुरदर्शीता कम देखिन्छ, जनतामा भ्रम पार्नेकाममा मात्र तल्लीन रहेका नेताहरु । तर, युवाहरुमा ठूलो निराशा चाहिरहेको छ । यसबारे नेताहरुले सोच्नुपर्ने बेला आएको छ’, उनले भने ।
यस्तै, नेताहरुले आफुहरुले निर्णय गरे जनताले समेत मान्छन् भन्ने सोच्नु मानव चेतनाको अबमूल्यन रहेको भन्दै त्यसको जवाफ यसपाली जनताले दिने दाबी गरे ।
अहिलेको निर्वाचनमा प्राय सबै राजनीति दलले कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको एजेण्डालाई अगाडी बढाएको भन्दै देशलाई अधिनायकवादमा लग्न खोजीएको आरोप लगाए । साथै, नेपाली जनता समयमा सतर्क नभए देशमा अन्तरसंघर्ष चर्किने भन्दै उनले भने–‘यदि यसै भयो भने देशमा अन्तराष्ट्रिय शक्तिले खेल्ने ठाउँ पाउँछन्’ ।
ज्ञानको आधारभूमी देशलाई प्रयोगशाला बनाइरहेको नेताहरुले अहिलेको व्यवस्था सफल हुनसकेन भनेर नयाँ प्रयोग गरेर देशलाई कार्यकारी तिर लान खोजिएको संकेत स्पष्ट पारे ।
भारतका लागि नेपाली राजदुत भएका उपाध्यायले नेपालमा संस्थागत निति र कुटनीतिक अपरिपक्वता रहेको भन्दै सुरक्षा निति र परराष्ट्र नितिलाई सुपरिभाषित गर्नुपर्ने बताए । |
विमानस्थलको सुरक्षासहित आठ सय स्थानमा सेना खटियो, १ सय ४३ टोली तयारी अवस्थामा काठमाडौं । सेनाले एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलको सुरक्षा जिम्मा लिएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार त्यसका अतिरिक्त अन्य स्थानको पनि सुरक्षा जिम्मा लिने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावी प्रयोजनको लागि खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो ।
सैनिक जनसम्पर्क निर्दैशनालयले जनाए अनुसार नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ ।
आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ । यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ ।
सेनाले हाल एक सय छ महत्त्वपूर्ण संरचना, कारागार, विमानस्थमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ । निर्वाचन सुरक्षा अन्तर्गगत नेपाली सेना खटिएको हो । विगतमा पनि सेनाले महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा जिम्मा लिदै आएको थियो । अहिले त्यसैको निरन्तरता हो । |
थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए काठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।
नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् ।
नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् ।
सोही प्रकृतिको उनीविरुद्धको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
अभिनेता शाह हाल हाल तनहुँ कारागारमा छन् । |
काठमाडौं–३ः एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा, चालिसेलाई गठबन्धनकै डर काठमाडौं । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यहाँ नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन् । राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए । उनले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए । राई अहिले एक्लै चुनावी मैदानमा छन् । त्यतिबेला माओवादीको साथ पाएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यसपटकको निर्वाचनमा चुनौती थपिदिएको छ । माओवादीका बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएका छन् ।
कांग्रेसका चालिसेले काठमाडौँ उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य लक्ष्य लिएका छन् । विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनको प्रतिबद्धता छ । उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् । आफू प्रमुख हुँदा विकास निर्माण र जनपक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उनको जिकिर छ ।
एमालेका राई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित चुनावी मैदानमा होमिएका छन् । समाजवादोन्मुख समाज निर्माणको अभियानमा लाग्ने अठोट लिएका उनी अब समाज समाजवादोन्मुख हुनुपर्ने बताउनुहुन्छ । सामाजिक र सांस्कृतिक परिवर्तनसहितको समाज बनाउनुपर्नेमा उम्मेदवार राईको जोड छ । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधासम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । तीमध्ये कांग्रेस पाँचवटा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र कागेश्वरीको २ नं वडामा विजयी भएको थियो ।
एमालेले सात वडा गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने कागेश्वरीको १ र ३ वडामा विजयी हासिल गरेको थियो । त्यस्तै स्वतन्त्रले पनि गोकर्णेश्वर–४ वडामा विजयी हासिल गरेको थियो । कांग्रेसका वडाध्यक्षहरूले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमालेका वडाध्यक्षहरुले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए । माओवादीका वडाध्यक्षहरूले एक हजार छ सय ८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षहरूले एक हजार ५६ मत प्राप्त गरेका थिए ।
उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट बिशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ ।सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् । तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदानस्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ । |
एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् ।
२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् । |
आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्।
चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए।
“मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उनले भने, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ।”
उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गरे। “म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु।”
गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताए। उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गरे। |
सर्वोच्च अदालतद्वारा ‘नो नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
न्यायाधीश हरिप्रसाद फँुयालको एकल इजलासले यही कात्तिक २० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज दुवै पक्षलाई छलफल बोलाएपछि उक्त आदेश गरेको हो ।
निर्वाचन आयोगलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही कात्तिक १४ गते ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशनविरुद्ध रिट निवेदन दायर गरेका थिए । यो आदेशसँगै निर्वाचन आयोगले साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशन रोकिएको छ । |
मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुसवापतको रकम रु पाँच हजार मात्रै भए पनि खानतलासी गर्दा उनको साथमारु तीन लाख १८ हजार छ सय भेटिएको थियो ।
पक्राउका क्रममा बरामद भएको रकममध्ये रु दुई लाख ६१ हजार स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्षा उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध रु २० लाख ७५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । |
अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गर्योः बार एसोसिएसन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ ।
गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको बताएको थियो । न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको आरोप थियो ।
उक्त आरोप लगाएर अदालतलाई आफु अनुकुलको फैसला गर्न आयोगले दबाब दिन खोजेको बारको निष्कर्ष छ । बिहीबार बारको केन्द्रीय समिति र उपत्यका पदाधिकारीको बसेको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अदालतलाई आफु अनुकुलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी ’अदालतमा न्यायिक विचलन, कानूनको गलत ब्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको भन्ने नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीहरुको मिति २०७९/७/२४ गतेको बैठकको निष्कर्ष रहेको छ।’
कार्यबाहक अध्यक्ष अधिवक्ता हर्कबहादुर रावलले जारी गरेको विज्ञप्तिको पूणपाठ:
नेपाल बार एशोसिएशन मानव अधिकार, लोकतन्त्र, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर क्रियाशील रहेको नेपालका सबै कानून व्यवसायीहरुको राष्ट्रिय संस्था हो । न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रता नै न्याय प्रणालीप्रतिको जनआस्थाको मूल आधार स्तम्भ हो भन्ने नेपाल बार एशोसिएशनको मान्यता रहेको छ ।
न्यायपालिकाको स्वतन्त्रताको पक्षमा नेपाल बार एशोसिएशनले सदैव प्रभावकारी भूमिका खेल्दै आएको सर्वविदितै नै छ । यहि मिति २०७९/७/२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतबाट, खासगरि विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्वजनिक पत्रकार सम्मेलनमार्फत अदालतलाई आफु अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी ’अदालतमा न्यायिक विचलन, कानूनको गलत ब्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पु¥याउने कार्य गरेको भन्ने नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीहरुको मिति २०७९/७/२४ गतेको बैठकको निष्कर्ष रहेको छ। राज्यमा भ्रष्ट्राचार निवारण हुनुपर्छ भन्ने कुरामा कसैको कुनै द्विविधा वा विवाद हुन नै सक्दैन ।
तर, एउटा अभियोजकको रुपमा रहेको संवैधानिक निकायले संविधान र कानूनले निर्दिष्ट गरेको प्रक्रिया अनुरुप सम्बन्धित निकायमार्फत न्यायिक निरुपण गर्न सकिने विषयलाई कानूनले निर्दिष्ट गरेको मार्गको अवलम्बन गर्नुको सट्टा सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरी न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै संका उब्जन सक्ने भाषा शैलीको प्रस्तुती उचित मान्न सकिँदैन। अतः राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरुले विधिको शासनको अक्षरस पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी यसरी अभिव्यक्तिहरु नदिन नेपाल बार एशोसिएशन ध्यानाकर्षण पनि गर्दछ।
अधिवक्ता हर्क बहादुर रावल
कार्यबाहक अध्यक्ष |
टी–२० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्याण्ड, भारत १० विकेटले पराजित काठमाडौं । इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको फाइनलको यात्रा तह गरेको हो ।
टस जितेर भारतलाई व्याटिङको निम्तो दिएको इंग्ल्याण्डले १६९को लक्ष्य पाएको थियो । भारतले दिएको लक्ष्यलाई इंग्ल्याण्डले १६औं ओभरमा बिनाकुनै नोक्सानी पुरा गर्यो ।
इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले ४७ बलमा ८६ रनको योगदान गरे । साथै, जोस वटलरले ८० रन जोडे ।
भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । साथै, विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले २७ रन मात्र जोड्न सके ।
यस्तै सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट पबिलियन फर्किए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र आदील राशिदले समान १ /१ विकेट लिए । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.