content
stringlengths 31
27.4k
⌀ |
---|
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ: केपी ओली मोरङ। प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए। त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन्।
गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो।
यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए। ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन्।
यही पेरिफेरिमा बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने बताएका हुन्।
रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताएका ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी गरे। |
आकर्षक गाउनमा सजिएकी ह्यारीकी प्यारी {तस्बिर} काठमाडौं । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको आशालाग्दी कलाकार हुन् । उनीद्धारा अभिनित चलचित्र ह्यारीकी प्यारी यही माघ २० गतेबाट देशभरका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन हुँदैछ।
हास्यकलाकार जीतु नेपाल र अभिनेत्री शाहका साथै बिजय बरालको पनि यस चलचित्रमा अभिनय रहेको छ । ह्यारीकी प्यारीको हालसालै प्रिमियर शो पनि भएको थियो। शो हेरेकाहरुले अभिनेत्री शाहको अभिनयको निकै तरिफ गरेका थिए । सम्राज्ञीले प्रिमियर शोमा पुग्दा निकै आर्कषक पहिरनमा सजिएर पुगेकी थिइन् । लामो पिच सिलभर कलरको गाउनमा सजिएर उनको कपालको स्टाइल अनि घाँटीमा लगाएको हारले उनको सौन्दर्यतालाई झनै सुनमा सुगन्ध थपेको थियो । उनले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । जसमा उनका फ्यालहरुले उनको तरिफको बर्षा गरेका छन् ।
तस्बिरमा हेर्नुहोस्:
भिडियोमा हेर्नुहोस्:
|
डुङ्गा डुब्दा ५२ विद्यार्थीको मृत्यु इस्लामाबाद । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।
ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले १६ जनालाई उद्धार गरेका थिए । उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो । हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् । |
राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ ।
प्रतियोगिताको विजेताले रु तीन लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । |
सुन्तलाको बिरुवा बिक्री नहुँदा कृषकलाई लाखौं नोक्सानी{भिडियो} म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले उत्पादन गरेको सुन्तला बिक्री नहुँदा लाखौ नोक्सानी भएको छ । फगाममा पचास लाख मूल्य बराबरको एक लाख सुन्तलाका बिरुवा छन् । निशुल्क बाँड्न खोज्दा पनि लैजान कोही पनि आएका छैनन् । बिरुवाले बजार नपाएपछि फगामका कृषक नर्सरी व्यवसायबाट विस्थापित हुन थालेका छन् । दश जना मध्य छ जनाले बिरुवा उत्पादन गर्न छोडेका छन् ।
फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेका कृषकले बताएका छन् । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्नका लागि योग्य हुन्छन् । दुई वर्ष काटेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको कृषकहरुले बताएका छन् ।
बजार बिस्तार हुन नसकेको कारणले बिरुवा नबिकेको हो । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो । नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् ।
|
प्रहरी हिरासतको पर्खाल भत्काएर फरार भएका ६ थुनुवामध्ये एक जना पुनः पक्राउ धनुषा। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए।
हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ। सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो।
मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई आज बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।
महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।
हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन्।
लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए। पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। |
महाकाली नदीमा फसेका मजदुरको उद्धार दोधारा चाँदनी । प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए ।
आठजना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो”, उनले भने, “इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो ।” नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो । |
null |
धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु लमजुङ। इनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ। स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ।
हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवन निर्माणकार्य सुरु भएको छ। गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताए।
राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानु परेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माणकार्य सुरु भएको बताए।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो। भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताए। उनका अनुसार २०८१ बैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ। |
प्रभु बैंकको सीईओमा शेरचन काठमाडौँ। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन्। सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन्।
सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ। उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएको हो।
जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए। प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन्। आगामी माघ १८ देखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्। |
ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले नेपाल पूर्ववत्रूपमा शान्त, सुव्यवस्थित हुनुपर्ने बताए ।
उनले भने, “यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु ।” यो महायज्ञ हिन्दू धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ थियो । विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उनले बताए । यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने उनले विश्वास व्यक्त गरे । महायज्ञका लागि सबैले सहयोग गर्न उनले अपिलसमेत गरे ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशङ्कर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोलेका थिए।
महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च हुने बताए । एक महिनासम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते रु एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उनले जानकारी दिए ।
महायज्ञमा दैनिक छ क्विन्टलभन्दा बढी चरु हवन हुने छ । जौँ, तिल, चामल, घ्यूलगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरिनाथले शरीर छाडेपछि पहिलोपटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन हुन लागेको उनले जानकारी दिए ।
नेपालमा कोटिहोम महायज्ञका अध्येता, सङ्कल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो । महायज्ञमा एक सय आठ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा एक महिनासम्म हवन गरिने छ । तर्पण एवं मार्जन, श्रीमद्भागवत तथा शिव महापुराण पाठ एवं प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनीतिक व्यक्ति सहभागी हुनेछन् । |
१० कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र दरखास्त भर्न समय दिइयो काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ ।
आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई सात दिनभित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो ।
आयोगबाट भएको १६६९२–१६७०५/२०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो ।
|
काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ ।
विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।
महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक रू पाँच सय शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि रू एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट रू एक हजार शुल्क निर्धारण गरेको छ ।
महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ ।
चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रू ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु ३१ करोड ४२ लाख असूल उपर गरेको डा अघिकारीको भनाइ छ ।
लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्यौता रकम पनि असूल हुन थालेको बताएको छ । |
फिलिपिन्स वायुसेनाको विमान दुर्घटना मनिला । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ ।
राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् । वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन् ।
यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ । इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको छ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् । |
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने मकवानपुर । बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।
भोलि माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । |
शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री यादव जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए । उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए ।
“सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु”, मुख्यमन्त्री यादवले भने, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ । अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उनी बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पारे ।
मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उनीसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए । जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीन जना मन्त्रीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।
“सुरुमा दलहरुबीच छलफल गर्नुपर्ने थियो, पछि म आफैँ पनि काठमाडौँ जानुपर्ने भएपछि केही समय ढिला हुन गयो”, मुख्यमन्त्री यादवको भनाइ थियो, “अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन ।” |
बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउँछ : मन्त्री गिरी काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उनले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताए । “बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुरा विरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ”, उनले भने, “दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ । एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ ।”
उनले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन निर्देशन दिएको बताए । मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताए । मन्त्री गिरी गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशैभरका अस्पतालको पूर्वाधारको बारेमा वैज्ञानिक अध्ययन गरी पूर्वाधार बनाइने बताए ।
“देशभरका अस्पतालको पूर्वाधार कुन अवस्थामा कस्तो रहेको छ भन्नेबारेमा हामी अध्ययन गर्दछौँ र कार्ययोजना बनाई पूर्वाधार विकासमा जोड दिन्छौँ”, उनले भने, “आधारभूत अस्पतालका भवन बन्ने प्रक्रियामा छन् । ती भवनलाई समयमा नै सम्पन्न गरिने छ ।”
उनले दूरदराजमा जनशक्ति पु¥याउन नसकिने, चिकित्सक जान तयार नहुने जस्ता समस्या देखिएको भन्दै जनशक्तिको ठोस कार्ययोजना बनाई व्यवस्थापन गरिने भनाइ राखे । उनले खरिद प्रक्रियामा कहीँ पनि ‘सेटिङ’ हुन नदिने प्रतिबद्धता व्यक्त गरे । “प्रत्येक कुरामा पारदर्शी हुन्छ । जनताको थोपाथोपाबाट सङ्कलन गरिएको राजस्वलाई कहीँ कतैबाट दुरुपयोग हुने दिइने छैन”, उनले भने ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्यवन गरिने उनको भनाइ थियो । मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउनुपर्ने बताए । |
प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो । |
रोजेको मन्त्रालय नपाएको भन्दै पदभार नगरेका मन्त्री खानले उद्योग मन्त्रालय पाउने! काठमाडौं। प्रधानमन्त्रीसँगै शपथ खाएर मन्त्रालय भागवण्डामा चित्त नबुझेपछि पदभार ग्रहण नगरेका मन्त्री अब्दुल खानले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
सत्ता गठबन्धनको शीर्ष नेतृत्वले उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले जानकारी दियो।
मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएको थियो तर पार्टीले यसमा असन्तुष्टी जनाएको छ। जनमत पार्टीको तर्फबाट मन्त्री बनाइएका अब्दुल खानले खानेपाली मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्टि जनाउँदै कार्यभार सम्हाल्न गएनन्।
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मागेको थोयो तर यो मन्त्रालय एमालेले लिएको छ। एमालेले सो मन्त्रालयमा दामोदर भण्डारीलाई पठाएको थियो।
जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालयमा अडान राखेर दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।
|
चालु आवमा १० गैँडा मरे कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैँडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दईसहित मरेका गैँडाको सङ्ख्या १० पुगेको हो । सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुबै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् । मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैँडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैँडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए । तस्करले माउ गैँडालाई थापेको धरापमा परेर बच्चा गैँडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए । खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ । |
१७ वर्षीय अविनाशले बनाए ‘इ–स्कुटर’ लमजुङ । मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए ।
मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यसपटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका हुन् ।
अविनाशले ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरेका छन् । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए ।
‘दिउँसो त स्कुल जानुपर्यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए ।
आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एकपटक चार्ज गरेपछि तीनदेखि चार किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५–६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट दुई सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।
शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गत वर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाएका थिए । |
पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती गलकोट। गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन्। राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन्।
बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए। त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो।
समय बदलिएसँगै उनका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उनी अहिले कुनै दलमा छैनन्। उनी अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लागेका छन्।
विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २(२) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाएनन्। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उनलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उनी गाउँ फर्किएका हुन्।
तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ। थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन।
“कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्”, उनले भने, “जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु।”
उनले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थालेका छन्। गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आउनुभएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताए।
“आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ”, थापाले भने, “पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार/पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखेँ।”
सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताए। सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन्। अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन्। बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ। – रासस |
मेक्सिकोमा धूमपान नियन्त्रणका लागि विश्वकै सबैभन्दा कठोर व्यवस्था बीबीसी। मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।
सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ। कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन्।
तर मेक्सिकोको कानुनलाई विश्वकै सबैभन्दा प्रभावकारी र व्यापक दायरा भएको नियमका रूपमा व्याख्या गरिएको छ। उक्त धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिने गरिएको छ।
मेक्सिकोले सन् २००८ मा ल्याएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो। अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छ।
सुर्तीजन्य उत्पादनको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमाथि पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यसको अर्थ पसल भित्र पनि चुरोट देखाउन पाइने छैन। भेप र इ-सिगरेटहरूमाथि पनि यी प्रतिबन्धहरू आकर्षित हुनेछन्।
पान अमेरिकन हेल्थ असोसिएसनले यो कदमलाई स्वागत गर्दै मेक्सिको सरकारले लगाएको प्रतिबन्धको प्रशंसा गरेको छ। उक्त सङ्गठनको भनाइमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरेर ठूलो सङ्ख्यामा मृत्युका घटना रोक्न सकिन्छ। प्रत्येक वर्ष अमेरिकी महादेशमा प्रत्यक्ष वा अप्रत्यक्ष धूमपानका कारण झन्डै १० लाख मानिसहरूले ज्यान गुमाउने गरेका छन्।
तर कतिपय धूमपानकर्ताहरू नयाँ कानुनको कठोर व्यवस्थालाई लिएर असन्तुष्ट छन्। नयाँ कानुनको सार के हो भने अब धूमपान गर्ने व्यक्तिहरूले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन्।
कतिपयले कानुनको कार्यान्वयनलाई लिएर प्रश्नहरू उठाएका छन्। मेक्सिकोमा व्यापक रूपमा प्रहरीको संलग्नतामा भ्रष्टाचार हुने गरेको छ र धेरैले वास्तविक जरिवाना वा दण्ड गर्नुभन्दा पनि त्यसलाई देखाएर कतिपय सुरक्षाकर्मीहरूले घुस माग्न सक्ने भय व्यक्त गरिरहेका छन्। |
दुई दिनअघि चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला काठमाडौं । काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ ।
कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार खत्रीको शव फेला पारेको प्रहरीले जनाएको छ ।
माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो । |
सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको दफा ६० बमोजिमको कसुर अन्तर्गत लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिए। उनका अनुसार पाँच पटकभन्दा बढीनियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन हुन्छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये एक जना २९ पटक, एक जना २६ पटक, एक जना २४ पटक, एक जना २३ पटक, दुई जना १८ पटक, एक जना १७ पटक, दुई जना १६ पटक, दुई जना १५ पटक कारबाहीमा परेका छन्।
यसैगरी दुई जना १३ पटक, तीन जना १४ पटक, चार जना १२ पटक, सात जना १० पटक, आठ जना ११ पटक, नौ जना नौ पटक, ११ जना आठ पटक, १३ जना छ पटक र १८ जना सात पटक ट्राफिक प्रहरीको कारबाहीमा परेका बताइएको छ।
ट्राफिक नियम उल्लङ्घन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेकाले नियम पालना गर्दै सुरक्षित यात्राको होस् भन्ने उद्देश्यले लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। |
किसानका पीडामा मलम लगाउने गरी काम गर्नेछुः कृषिमन्त्री साह (भिडियो) काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन्। बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले आफु स्वयं किसानको छोरी भएको र आम किसानका मर्म र पीडा थाहा भएको भन्दै किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उनले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिएकी हुन्। साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको बताएकी छिन् । कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले बताएकी हुन् ।
हेर्नुहोस् भिडियो:
|
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै एजेन्सी। माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ।
मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो।
अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ। अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन्।
सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए।
व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको जनाइएको छ।
गत वर्षको जुलाईमा उसले थोरै सङ्ख्यामा रहेका भूमिकाहरू हटाइएको बताएको थियो। गत अक्टोबरमा समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका करिब एक हजार कर्मचारीलाई जागिरबाट निकालेको जनाएको थियो। |
आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय धादिङ । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको छ ।
ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।
आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इशाख चेपाङ न्यानो लुगाको अपेक्षामा छन् । दिउँसो घाम लाग्छ जब रात पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरुको दिनचर्या भएको छ । उनीहरु मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारलाई न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ ।
पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ चेपाङ विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताए । विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थीहरु गाउँमा नबसी विद्यालयमै आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाकै भरमा गुजारा गरिरहेको आफूले देखेको उनको भनाइ थियो ।
स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनी भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकाल भइसके पनि चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन न नसकेको मासखर्कका कृष्ण चेपाङले बताए । |
कृषिमन्त्रीको पहिलो निर्णयः ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेका हुन् ।
कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेका छन् ।
कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । |
समाधान भयो टेलिकमको अवरुद्ध सेवा काठमाडौं । नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखी टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकले सुचना जारी गर्दै समाधान भएको बताएको छ।
टेलिकमले आफ्ना ग्रहकहरुसंग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएकाे थियो।
|
पदबहाली गर्दै श्रममन्त्री अर्यालको बाचाः विदेश जाने अवस्था शून्यमा पुर्याउँछु काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।
श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्याउने बताए।
उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उनले भने।
स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ।
“दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु।” मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ। “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उनले भने। |
पर्यटन प्रवर्द्धनमा एउटा इटा थप्दै “डाइमण्ड हिल रिसोर्ट” {फोटो\भिडियो} काठमाडौं । काभ्रेको पनौती नगरपालिका नजिकै निकै मनमोहक स्थानमा डाइमण्ड हिल रिसोर्ट देख्न सकिन्छ । पनौतीको मुख्य बजारबाट करिब तिन किलो मिटर उत्तरमा अवस्थित यस रिसोर्टमा निकै शान्त र पारिवारिक वाताबरण पाउन सकिन्छ । समुद्री सतहबाट करिब रिसोर्ट १६२९ मिटरमा अवस्थित यस रिसोर्टमा सगरमाथाको मनोरम दृश्यदेखि पनौतीका फाटहरु हेरर पर्यटकहरु रमाउने गर्दछन् ।
बिहानको सनराइजदेखि बेलुकाको सन सेटसम्मका दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गर्दछ । यहाँबाट हाइकिङ्ग गर्ने अप्सन धेरै छन्। काठमाडौँको कोलाहलबाट केही समयभए पनि छुट्कारा पाउन गाउँको तिर्सनालाई मेटनका लागि पनौतीको डाइमण्ड हिल रिसोर्ट एउटा राम्रो गन्तव्य बनेको छ ।
यहाँ शुक्रबार र शनिबार मेल महोत्सबमा जस्तै मानिसहरुको भिड लाग्ने गर्दछ । रिसोर्टको क्षमताको कुरा गर्नु पर्दा यहाँ ४० वटा रुम तयार अवस्थामा रहेका छन्। ३२ रोपनी क्षेत्रफलमा फौलिएको यस रिसोर्टले पनौतीको पर्यटन प्रवर्द्धनमा थप टेवा दिएको पाइन्छ । रिसोर्टले पर्यटन प्रवर्द्धनमा सहायोग गरिरहदा भने यहाँको स्थानिय सरकारले भने खासै चासो नदिएको डाइमण्ड हिल रिसोर्टका संचालक राजन थापा बताउँछन् । थापाका अनुसार स्थानिय सरकारले राजनीतिक खेमाका आधारमा व्यवहार गर्ने गरेको बताउँछन् ।
उनी भन्छन्, “म बिशुद्ध पर्यटन व्यवसायी। नयाँ नयाँ ठाउँमा पर्यटन प्रवर्द्धन गर्नु पर्छ भनेर भर्जिन भर्जिन डेस्टिनेसन चुज गर्ने मेरो पहिले देखिको हब्बी हो। यदि म पार्टीमा आबद्ध भएको भए अलि कति सहयोग हुन्थ्यो होला तर आबद्ध नभएको हुनाले अलिकति असजिलो परिस्थिति मैले भोगे।”
उनले यस रिसोर्टसम्म आइपुग्नका लागि बाटो बनाउन पनि आफ्नै लगानीमा बाटोहरु निर्माण गर्नु परेको दुखेसो पोखे ।
डाइमण्ड हिल रिसोर्टसम्म पुग्नका लागि दुई वटा बाटो भएर पुग्न सकिन्छ । एउटा भक्तपुर बनेपा पनौती हुँदै अर्को भक्तपुरको सुर्यविनायकदेखि रानीकोट हुँदै पनि पुग्न सकिन्छ । बनेपाको बाटोभन्दा पनि रानीकोटको बाटो एकदमै आनन्द र मनोरम छ । पनौतीको बाटो आउँदा खेरि लगभग ३०–३२ किमि माथि पर्छ । सुर्यविनायकबाट आउँदा सुर्यविनायक चोकदेखि यहाँसम्म जम्मा १८ किमि मात्र रहेको छ। लुबू–ग्वार्कोबाट आउने हो भने यो बाटो अरु बाटो भन्दा ९–१० किमि छोटो पर्छ।
यहाँ पुग्ने गेष्टहरु यहाँबाट हाइकिङ्ग जाने यताउता घुम्ने, फ्रेश क्राउड फिसहरु खाने यो भन्दा दक्षिण तर्फको लिलावती खोला जसलाई अहिले रोशी भनिन्छ। त्यहाँ भालेश्वर मन्दिर छ। जुन पुरानो मन्दिर हो। त्यहाँ फिसिंग रडहरु लिएर गएर असला माछा मरेर रमाइलो गर्ने गर्दछन् । रमाइलो गर्नको लागि यो ठाउँ भरपुर र पोटेन्सियल डेटिनेशन रहेको संचालक थापा बताउँछन् ।
यस रिसोर्टले पर्यटन प्रवर्द्धनमात्र होइन स्थानियहरुको जिविकोपार्जनको बाटो पनि बनेको छ । यहाँका केही स्थानियले रोजगारी पनि पाएका छन् भने कतिले आफ्नो बारीमा उब्जाएको साग फलफुल लगायतका कुराको बजार पनि पाएका छन् । रिसोर्ट भित्रको कुरा गर्नु पर्दा यहाँका कोठाहरु र बेडहरु पनि एकदमै सफा र हरेका कोठाबाट वरपरको वातावरण मज्जा संग नियाल्न सकिन्छ ।
परिवारिक वातावरणमा यहाँको स्टाफहरुको पाहुनालाई गर्ने सत्कार, व्यवहारले अथिति भगवान हुन् भन्ने कथन अझैं कायम छ भन्ने लाग्छ । डाइमण्ड हिल रिसोर्टले पनौतीको मात्र नभएर नेपालको नै अन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्यारहेको छ ।
डाइमण्ड हिल रिसोर्टका संचालक तथा पर्यटन व्यवसायी राजन थापासंग डिसी नेपालले गरेको कुराकानी:
|
हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु बुटवल । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ ।
भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। |
दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले पोखरा। प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो।
प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए।
“आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उहाँले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ”, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने।
पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन। “आइतबार बिहान काठमाडौँबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ”, बहिनीलाई सम्हालिरहेकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भनिन्, “सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ।”
यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा थिए भन्ने हेक्का थिएन । दिउँसोको टिकट काट्नुभएको भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन्।
सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमान्को नाम देखेपछि भने उनको मनको शङ्का बढ्दै गएको थियो। जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो। दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुगेकी उनी बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लगिएको थियो ।
आइतबार साँझ ६.३० बजेसम्म उनलाई अस्पतालबाट घर फर्काइसकिएको थियो। कोठाका भित्ताभरी टाँगिएका श्रीमान्का तस्बिर हेर्दै उनी एकोहोरो रोइरहेकी थिइन्। टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमान्को तस्बिरलाई हेरेर उनी निकैबेर रुइन्।
“कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?” श्रीमान्को तस्बिरसँग उनले गुनासो गरिन्। उनको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो।
“ज्वाइँ काठमाडौँमै भएकाले माघको ५/६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ”, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भनिन्, “माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो।”
आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो। तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो। “मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो”, रुँदै गरेकी पौडेलकी आमाले भनिन्, “कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो तर यसपाली गरेन।”
सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल सानैदेखि मिहेनती थिए। पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक)का अनुसार पौडेलले १५/१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए।
“मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो”, उनले भनिन्, “माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो। मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ। त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिएँ।”
छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताइन्। आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उनले स्मरण गरिन्। घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उनको भनाइ छ ।
उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए।
पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए। विसं २०७५ मा विवाह गरेका पौडेलकी एक छोरा पनि छन्। पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेका थिए।
स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। उनको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन्।
पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्। |
प्रधानमन्त्रीलाई पोखरा लैजान बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्कियो काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरा लैजानका लागि लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको हेलिकप्टर रित्तै फर्किएको छ ।
यसअघि प्रधानमन्त्री यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने भनिएकोले उनलाई लिन पुगेको हेलिकप्टर प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएपछि रित्तै फर्किएको हो ।
यसअघि प्रधानमन्त्रीले र गृहमन्त्री पोखरा जाने भनिए पनि आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम स्थगित भएको हो । |
२२ वटा लघुवित्तले गरे लाभांश घोषणा, कुन कम्पनीको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये २२ वटा लघुवित्तले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा जल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएमडिसी लघुवित्त, साना किसान विकास लघुवित्त, छिमेक लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, नेरुड लघुवित्त, मिर्मिरे लघुवित्त, स्वावलम्बन लघुवित्त, निर्धन लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त र गुराँस लघुवित्त रहेका छन्।
आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सबै भन्दा बढी लाभांश जल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको छ भने सबै भन्दा काम गुराँस लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने भएको छ।
सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार जल्पा सामुदायिक लघुवित्तले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ। जल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै, गत आवको वितरणयोग्य नाफाका आधारमा सबैभन्दा काम गुराँस लघुवित्तले सबै भन्दा कम ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश दिन भएको छ ।
त्यस्तै, महिला लघुवित्तले आफ्ना लगानीकर्तालाई ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। आधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले आफ्नो सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश दिने भएका छन्।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिसह्त नगद लाभांशसहित ३० प्रतिशत, आरएमडिसी लघुवित्त र साना किसान विकाश लघुवित्तले २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांशसहित २७.३७ प्रतिशत, छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांशसहित २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
लाभांश घोषणा गरेको महुली लघुवित्तले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशगरी कूल २५ प्रतिशत, स्वरोजगार लघुवित्त र नेरुड लघुवित्तले २२ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद लाभांशसहित २३.६ प्रतिशत, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११. ०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत वितरण गर्ने भएको छ।
त्यस्तै, मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर, स्वावलम्बन लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत, निर्धन लघुवित्त, साधना लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत र मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत वितरण गर्ने भएको छ।
यता, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांशसहित १५.७९ प्रतिशत, आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशसहित ११ प्रतिशत र एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांशसहित १०.५३ प्रतिशत रहेका छन्। |
दुर्घटनाग्रस्त विमानमा रहेका सबै ७२ जनाको नामावली यस्तो छ काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबैको नामावली सार्वजनिक भएको छ ।
दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ । विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।
विमानमा सवारहरूको नामावली –
|
तातोपानी ६ का एकल महिला र ज्येष्ठ नागरिकलाई वडा सरकारको न्यानो कपडा दिलमाया शाही
जुम्ला । जुम्लाको तातोपानी गाँउपालिका–६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ ।
पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा वितरण कार्यक्रम गरेको हो । आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन् ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए । उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ ।’
त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष विशाल खड्काले आफ्नो वडा भरिका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले सम्मान स्वरुप कपडा वितरण गरिएको बताए । उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको न्यानो कपडा अति आवश्यक रहेको बताए । |
डाँका मुद्दामा फरार चौधरी ८ वर्षपछि कारागार चलान सुधा देव
सप्तरी । डाँका मुद्दामा फरार प्रतिवादीलाई कैद भुक्तानका लागि शुक्रबार करागार चलान गरिएको छ । आठ वर्षदेखि फरार रहेका जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि करागार चलान गरिएको हो ।
डाँका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो । प्रहरीले उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार चौधरीले १३ भदौ २०६६ मा राति डेढ बजेको समयमा गोसाईं चौधरीको घरभित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा जिन्सी धनमाल घरेलु हातहतियार देखाएर डाँका गरी फरार भएका थिए । |
अफगानिस्तानको मन्त्रालय नजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ ।
एएफपीलाई दिएको एक विज्ञप्तिमा उक्त हमलामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको र अन्य ५३ जना घाइते भएका अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग (युएनएएमए) ले जनाएको छ । घटनाको अनुसन्धान जारी राखेको पनि युएनएएमएले जनाएको छ ।
काबुलमा एउटा अस्पताल सञ्चालन गर्ने इटालियन गैरसरकारी संस्था आक्रमणपछि ४० भन्दा बढी घाइतेलाई आफ्नो सुविधामा ल्याइएको बताएको थियो । सन् २०२१ अगस्ट मा तालिबानको सत्तामा फिर्ता भएपछि अमेरिकी नेतृत्वको दुई दशक लामोयुद्धको अन्त्य भएको थियो । जसले हिंसामा उल्लेखनीय कमी ल्याएको भए तापनि हालका महिनाहरूमा सुरक्षा बिग्रन थालेको छ ।
आक्रमणहरूमा सयौं मानिसहरू मारिएका र घाइते भएका छन् । धेरैजसो विदेशीलक्षित गर्नेहरूसहित आइएसद्वारा दाबी गरिएको छ । गत महिना बन्दुकधारीले काबुलमा चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । त्यो छापा आइएसद्वारा दाबी गरेका थिए ।
डिसेम्बरमा काबुलमा पाकिस्तानको दूतावासमा भएको आक्रमणलाई इस्लामाबादले आफ्नो राजदूतविरुद्ध ‘हत्याको प्रयास’ भनेर निन्दा गरेको थियो । गत सेप्टेम्बरमा भएको आत्मघाती बम आक्रमणमा दुई रूसी दूतावास कर्मचारीको मृत्यु भएको आईएसले दाबी गरेको थियो । |
माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।
|
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश काठमाडौं। उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो।
नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। |
म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण याङ्गुन । म्यान्माको सैनिक सरकार (जुन्ता)ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् ।
करिब दुई वर्षअघि भएको सैन्य ‘कू’ले लामो समयदेखि स्थापित जातीय विद्रोही समूहका साथै जुन्ताको विरोधमा खडा भएका दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्स’ समूहसँग नयाँ चरणको लडाइँ सुरु गरेको छ ।
म्यान्माको पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ)’ को मुख्यालयमा मङ्गलबार गरेको आक्रमणमा पाँच लडाकू गरेको बम आक्रमणमा परी पाँच लडाकूको मृत्यु भएको सीएनएफका प्रवक्ता सलाई तेतनीले एएफपीसँग बताए ।
“उनीहरूले हवाइ आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेका थिए । हवाई आक्रमणबाट हाम्रा केही घरहरू ध्वस्त भए । एउटा बम भारतसँगको सीमा रेखामा खसेको थियो,” उनले भने ।
स्थानीय सञ्चारमाध्यमले पनि घटनाको पुष्टि गर्दै पाँच जना लडाकू मारिएका र एउटा बम भारतको मिजोरम राज्यको चम्फाई जिल्लामा खसेको जनाएका छन् । तर भारतीय प्रहरीका अनुसार उक्त बम सोझै सुख्खा नदीको किनारमा खसेको थियो ।
चम्फाई जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट लालरिनपुइया भार्तेले भने, “हाम्रो प्रारम्भिक अनुसन्धानमा कुनै पनि (भारतीय)को जीवन वा सम्पत्तिको क्षति नभएको देखिएको छ । “अन्तर्राष्ट्रिय सीमाबाट करिब आठदेखि नौ किलोमिटरको दूरीमा रहेको फर्कोन गाउँबाट घटना भएको स्थानको सबैभन्दा नजिक पर्छ ।”
हालैका वर्षहरूमा सीएनएफका लडाकुहरू घटेका छन् र उसले सन् २०१५ मा सेनासँग युद्धविरामका लागि हस्ताक्षर गरेको थियो । तर गत वर्ष मे महिनामा उसले आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरूको बाहुल्यरहेको छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।
सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले जितेको चुनावमा धाँधली भएको दाबी गर्दै सैनिक नेता मिन आङ ह्लाइङले आफ्नो सत्ता कब्जालाई जायज भएको दावी गरेका थिए । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए । |
राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेका हुन् ।
राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गरेका थिए । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए । नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।
राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गरेकी हुन् । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उनकै इच्छा अनुसार उनलाई गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो । |
मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रधानमन्त्री दाहाल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
बुधबार काठमाडौंमा योङ कम्युनिष्ट लीग नेपालको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रुपमा विस्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाइ अघि बढाउने चूनौतिपूर्ण अवसर प्राप्त भएको बताएका हुन्।
उनले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातीक संविधान निर्माण गर्ने चूनौतिपूर्ण काम माओवादी कै नेतृत्वमा भएको भन्दै अव मुलुकलाई अघि बढाउने अवसरलाई पनि पुरा गर्ने धारणा राखे।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए।
उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई बिभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अव संकल्पका साथ सवै कामलाई पुरा गर्ने दावी गरे।
प्रचण्डले अहिले आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने जिकिर गरेका छन्।
|
उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु अबुजा । देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् ।
आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलन बताएका छन् । |
null |
लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्य उदयपुर । उदयपुरको लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्यको रुपमा घोषणा भएसगैं यसको चर्चा चुलिएको छ । लिम्चुङबुङमा यतिबेला पर्यटकहरुको आगमन शरु भएको छ। उदयपुरको सदरमुकाम गाईघाटदेखि मुर्कुची हुँदै रौतामाई गाउँपालिका ७, ८ भएर लिम्चुङबुङ पुग्न सकिन्छ । यहाँबाट विभिन्न स्थानका मनोरम दृश्यहरु देख्न सकिन्छ ।
लिम्चुङबुङबाट बिहानीको झुल्केघामका साथै सगरमाथाको मनोरम दृश्य राम्रोसंग देख्न सकिन्छ । यहाँबाट सगरमाथाको ३ भागमध्ये २ भाग राम्रो संग देख्न सकिन्छ । यहाँबाट हिमालको मनोरम दृश्य देख्न सकिने पर्यटन व्यवसायी राम सुन्दर बकेले बताएका छन् ।
यहाँ नेपाल उद्योग व्यापार महासंघ,भक्तपुर जिल्ला अध्यक्षसमेत रहेका राम सुन्दरको नेतृत्वमा आन्तरिक पर्यटनको टोलीले को लिम्चुङबुङको भ्रमण गरी त्यसको पर्यटन प्रवद्धनमा जोड दिएका छन् । लिम्चुङबुङमा पर्यटनको आगमन संगै यहाँ गाउँगाउँमा होमस्टेहरु पनि सुचारु भएको छ । |
नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढीलाई अपहरण लागोस । नाइजेरियाको दक्षिणी भागमा रहेको एक रेल स्टेसनमा बन्दुकधारी एक समूहले आक्रमण गरी करिब ३० जनालाई अपहरण गरेको छ ।
उक्त समूहले रेल स्टेसनमा गरेको आक्रमणमा प्रतिरोध गर्ने दर्जनौ अन्य व्यक्ति घाइते भएको प्रहरी र प्रशासनका अधिकारीहरूले सोमबार बताएका छन् ।
प्रायःजसो नाइजेरियाली उत्तर–पश्चिमी र केन्द्रीय राज्यहरूमा फिरौतीको लागि अपहरण एक प्रमुख समस्या हो । यहाँ बन्दुकधारीहरूले ठूलो समूहमा मानिसहरूलाई बारम्बार आक्रमण र अपहरण गर्ने गरेका छन् ।
लागोसबाट ३६० किलोमिटर पूर्वमा रहेको एडो राज्यको रेल स्टेसनमा बनिबार राति आक्रमण भएको हो ।
दक्षिणी डेल्टा राज्यको वारीमा रेलको पर्खाइमा रहेका यात्रुलाई अपहरण गर्नुअघि बन्दुकधारीले गोली चलाएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।
इदो राज्यका सूचना आयुक्त क्रिस नेहिखारेले ३२ जनाको अपहरण भएको बताएका छन् । प्रहरी र स्थानीय स्वयमंसेवकले बाँकी अपहरित व्यक्तिको खोजी गरिरहेको छ ।
उनले भने, “हामीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छौं । हामीलाई वनको भूगोल उनीहरूलाई भन्दा राम्रोसँग थाहा छ ।”
गत वर्षको मार्चमा राजधानी अबुजाबाट उत्तरपश्चिमी शहर कादुनातर्फ जाँदै गरेको रेलको लिकमा विष्फोटक पदार्थसहित बन्दुकधारीले आक्रमण गरेका थिए । उक्त आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने दर्जनौं अपहरणमा परेका थिए । उक्त घटनाका अन्तिम बन्धकहरूलाई रिहा गरिएको आठ महिनापछि मात्र रेल सेवा पुनः सुरु भएको थियो । |
रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै पेरिस । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।
खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।
कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ र त्यसपछि साउदी अरेबियाको राजधानी किङ फाहद स्टेडियममा हुने खेलमा मेस्सी र रोनाल्डोबीचको प्रतिद्वन्द्वीता नवीकरण हुनेछ ।
गत डिसेम्बरमा कतारमा अर्जेन्टिनाले विश्वकप जितेपछि १५ दिन बिदा लिएका मेस्सी गत सातादेखि पिएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् ।
फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरो (करिब २१ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल भएका हुन् ।
सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको हो ।
रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् । उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।
उक्त समय मेस्सी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए । रियाद क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सर्वाधिक सफल टोली हुन् ।
सन् २०११ मा गल्फ स्टेटले क्लब किनेपछि पिएसजीले जाडो याममा कतार जाने बानी बसालेको छ । |
तनहुँमा २२ बङ्गुर मरे तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।
म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ । भीमाद नगरपालिकामा एक साताअघि जिल्लामा पहिलो पटक म्याग्दे गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमणबाट बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए ।
म्याग्दे गाउँपालिका–५ का कृषक थापाको फार्ममा रहेका २२ बङ्गुरमध्ये ११ र कुमालका तीनवटै बङ्गुर मरेर सखाप भएको उनले बताए । कृषकले बिहान चार मरेको र केही बङ्गुर बिरामी भएको जानकारी पाएपछि डा श्रेष्ठसहितको प्राविधिक टोली कृषकको फार्मतर्फ पुगेको थियो ।
उक्त रोगविरुद्ध अहिलेसम्म भ्याक्सिन बनेको छैन । उनले भने, “गतवर्ष काठमाडौँमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउनभन्दा पत्याएनन् । अहिले धेरै क्षति ब्यहोर्नुपर्ने खतरा देखिइएको छ ।”
सो सङ्क्रमण हुँदा बङ्गुरमा उच्चज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्दछ । भीमाद नगरपालिकाका कृषक थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएकाले जिल्लाका कृषकलाई उच्च सतर्कता अपनाउन केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान कार्यलाई तीव्र छ । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “यस रोगले बङ्गुर मरेर सकिन्छ होला भन्ने चिन्ता थपिएको छ ।” |
संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ काठमाडौं। जनताको सर्वोच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ। यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत छिनोफानो एवं आफ्ना अभिभावक सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिनुपर्ने तथा उनीहरू फरक–फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
त्यस्तै राष्ट्रपति–उपराष्ट्रपति पनि फरक–फरक लिङ्ग र समुदायको हुनुपर्ने प्रावधान छ। नयाँ र पुराना गरी कूल १२ दलको सहभागिता रहेको वर्तमान प्रतिनिधिसभामा बिल्कुल नयाँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी छन्। संविधानसभाबाट नेपालको संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि भएको आमनिर्वाचनबाट गठित प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी ८९ स्थान प्राप्त गरेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ। तेस्रो बढी स्थान प्राप्त गर्ने दल नेकपा (माओवादी केन्द्र)ले भने सरकारको नेतृत्व गर्ने अवसर पाएको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ मध्ये आधा–आधा अर्थात् छ\छ राजनीतिक दल सत्तापक्ष र प्रतिपक्षको कुर्सीमा विभाजित भए। सदनमा दायाँतिर नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका सांसद रहे।
बायाँतर्फका लहरमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नाउपा, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहे। निर्वाचनमा स्वतन्त्र सांसदका रूपमा विजयी पाँचमध्ये दुईजना यसअघि नै दलहरूमा आबद्ध भइसकेका छन्। उनीहरूमध्ये बाँकी तीनजना पनि दुवै कित्तामा विभाजन भएको देखिएको छ।
सङ्घीय संसद्को मुख्य कार्य सरकार गठन गर्ने, सङ्घको अधिकार क्षेत्रका विषयमा कानून निर्माण गर्ने, सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने, कर लगाउने, महाभियोग, संविधान संशोधन र जनमत सङ्ग्रहसम्बन्धी निर्णय गर्ने हो।
संवैधानिक अङ्गका पदाधिकारी र राजदूत नियुक्तिपूर्व सुुनुवाइ गर्ने, सरकारका नियमित काम–कारबाहीको निगरानी राख्ने, आवश्यक निर्देशन र सुझाव दिने तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता गर्ने पनि संसद्का प्रमुख जिम्मेवारी हुन्।
दुई सदनात्मक सङ्घीय संसद्को तल्लो सदन दुई सय ७५ तथा प्रबुद्ध समूहको प्रतिनिधित्व रहेको माथिल्लो सभा (राष्ट्रियसभा) ५९ सदस्यीय छ। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट ६० प्रतिशत अर्थात् एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा छनोट भएका बाँकी ४० प्रतिशत अर्थात् एक सय १० जनप्रतिनिधिको प्रतिनिधित्व छ। संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुनुहुन्न भन्ने संवैधानिक व्यवस्था छ।
नेपालमा संसदीय अभ्यास २०१६ साल असार १६ गतेदेखि सुरु भएको हो। संसद्लाई बहुमतका आधारमा प्रधानमन्त्री, राष्ट्रपति–उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयन गर्ने कार्यादेश छ।
सङ्घीय संसद्को पहिलो बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका छन्। सोही क्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका सभापति रवि लामिछानेले समसामयिक विषयमा केन्द्रित भई अधिवेशन सफलताका लागि शुभकामना दिए।
संसदीय दलका नेता राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन, जसपाका रामसहायप्रसाद यादव, जनमत पार्टीका सिके राउत र नाउपाका रञ्जिता श्रेष्ठले पनि सफलताको शुभकामना प्रकट गरे। आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, सभा सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत, बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन र पूर्वजनप्रतिनिधि तीन जनाको निधनमा शोकप्रस्ताव पारित भयो।
मुलुकको राष्ट्रिय राजनीतिमा राष्ट्रिय एकता कायम गरी जनअपेक्षाअनुरुप काम गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकतामा नेताहरूले जोड दिए। विगतमा भिन्न राजनीतिक मार्ग समातेका दलहरू पनि यस पटकको निर्वाचनमार्फत संसदीय यात्रामा प्रवेश गरी लोकतन्त्रको सुदृढीकरण र जनहितका मुद्दालाई प्रखररूपमा उठाएको पाइएको छ। सदनको रोष्ट्रममार्फत सबै राष्ट्र, राष्ट्रियता र जनहितका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उद्घोषसँगै नेपालको संविधान कार्यान्वयनले पनि पूर्णता प्राप्त गरेको छ।
प्रतिनिधिसभामा सभामुखको भूमिकामा ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले अध्यक्षता गरेका थिए। राज्यमा हुने ठूला कार्यक्रम र गतिविधिमध्ये लामो समयसम्म सञ्चालन हुने भेलाका रूपमा संसद्लाई लिइन्छ। संविधानको धारा ८३ मा सङ्घीय संसद्सम्बन्धी व्यवस्था छ।
दुवै सदनमा वाक् स्वतन्त्रता रहने भएकाले त्यहाँ बोलेका आधारमा अदालतमा मुद्दा चलाउन नपाइने, आफ्ना कामलाई नियमित र निर्णय गर्ने अधिकार सदनलाई हुने, संसद्का काम कारबाहीको असल नियतबारे शङ्का उठाएर टीकाटिप्पणी र प्रकाशन वा प्रसारण गर्न नपाइने सदनलाई विशेष अधिकार छ। फौजदारी अभियोगमा बाहेक अधिवेशन सञ्चालन अवधिभर सांसदलाई पक्राउ गर्न नपाइने तथा विशेष अधिकार हननलाई अवहेलना मानिने जस्ता केही विशेष अधिकार संसद्लाई प्राप्त छ।
‘मिनी पार्लियामेन्ट’ का रूपमा सङ्घीय संसद् मातहत १६ विषयगत समिति रहेकामा तीमध्ये प्रतिनिधिसभाका १०, राष्ट्रियसभामा चार र संयुक्त सदन मातहत दुईवटा छन्।
संसद्ले कार्यपालिकाका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। सदनको पहिलो बैठकको गतिविधि नियाल्ने अवसर कलङ्कीस्थित एलआरआई विद्यालयका ९ कक्षाका विद्यार्थीले समेत प्राप्त गरेका छन्। अधिवेशनको पहिलो बैठकसम्बन्धी जानकारी लिन समाजका विभिन्न क्षेत्रका प्रबुद्ध वर्ग, पेसा व्यावसायका व्यक्तिहरू सदन पुगेका थिए भने विभिन्न विद्युतीय सञ्चारमाध्यमले त्यहाँको गतिविधि तँछाडमछाड गर्दै प्रत्यक्ष प्रसारण गरेको देखिन्थ्यो ।
संसद्ले राज्यलाई लोकतान्त्रिक बनाउन तथा सरकारका कामकारबाहीलाई जनमुखी एवं उत्तरदायी तुल्याउन शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको भूमिका खेल्ने गर्छ । |
संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन {भिडियो} काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठममा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थीति देखाउन र जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्नका लागि संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका हुन् ।
बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिनका लागि अन्य दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिए। उनले अहिले पार्टीले दलको नेतामात्र चयन गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने बताउनुभयो । बैठकले बैठक सञ्चालन अध्यक्ष मण्डलमा चन्दा कार्कीलाई सिफारिस गरेको छ ।
भिडियो:
|
अमेरिकालाई धेरै हानी पुर्याउने जासूस २० वर्षपछि रिहा न्युयोर्क। शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन्। ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन। रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन्।
सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरेको अधिकारीहरुले दाबी गरेका थिए।
उनी अमेरिकाद्वारा पक्राउ परेका सबैभन्दा हानिकारक जासूसमध्ये एक थिइन्। राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा काउन्टर–इन्टेलिजेन्सको प्रमुख मिसेल भान क्लीभले सन् २०१२ मा कांग्रेसलाई सम्बोधनका क्रममा मोन्टेसले सबै कुरामा सम्झौता गरेको बताएकी थिइन्।
पक्राउपछि मोन्टेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो । उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो। |
कैलाली–कञ्चनपुरमा जलपक्षी गणना सुरु कञ्चनपुर । कैलाली–कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहभागितामा जलपक्षी गणना सुरु गरिएको हो ।
जलपक्षी गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी गणना गरिरहेको नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार कञ्चनपुरका रानीताल, ताराताल, कालिकिच ताल, बेदकोट, बन्दाताल, पुरैनी ताल, प्याराताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपक्षी गणना भइरहेको छ ।
कैलालीको घोडाघोडी, लौकाभौका, कोइहली ताल, सुनियारुपिया, पुरैना, घोडालगायतका ताल र कर्णाली नदी क्षेत्रलगायतमा चरा गणना भइरहेको छ । केही स्थानमा हात्ती चढेर र डुङगा चढेरसमेत जलपक्षी गणना भइरहेको उनले जानकारी दिए ।
“तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक जलपक्षीको अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी गराइ सचेतना अभिवृद्धि गर्न र संरक्षणमा हातेमालोका गर्न गणनाको कार्य भइरहेको छ”, उनले भने । उनले गत वर्षझैँ जलपक्षी बस्ने तालको अवस्थाका तथा तालबारे जिपिएस लोकेसनबारे जानकारी लिने बताए ।
गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपछी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजातिका चरा देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययनकार्य हुने डगौराले बताए ।
“जलपक्षीको अवैधपमा सिकार र सिमसार क्षेत्र मासिँदै जान थालेपछि जलपक्षीको सङ्ख्या घट्दै गएको पाएका छौँ”, उनले भने, “प्राकृतिक तालमा माछापालन हुन थालेपछि जलपक्षी आउन छाडेका छन् ।”
केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यो बाटो हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् । सिमसार क्षेत्रमा बच्चा कोरलेर जलपक्षी चैतदेखि जेठ महिनासम्म पुनः साइवेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । गत वर्षको गणनामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखापरेका थिए । गत वर्षको अनुगमनमा ५८ प्रजातिका तीन हजार छ सय ४१ वटा जलपक्षी फेला परेका थिए । |
सर्वोच्च बारको अध्यक्षमा निरौला काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छन् ।
सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । |
म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते याङ्गुन । म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।
म्यान्मामा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा अराजकता छाएको छ ।
पाथेइनस्थित कारागारमा बिहीबार राति सुरक्षाकर्मीले एक कैदीको मोबाइल फोन जफत गरी अनुशासनको कारबाही गरेपछि दङ्गा सुरु भएको सैनिक सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
करिब ७० जना कैदीहरू शुक्रबार बिहान आफ्नो कोठाबाट निस्केर जेलको सम्पत्तिमा क्षति पु¥याएका थिए ।
कैदीहरूले लाठी, इँटा र सिमेन्टका टुक्राहरू प्रयोग गरेर सुरक्षा बलहरूमाथि आक्रमण गरेको सैनिक सरकार (जुन्ता) ले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिने प्रयास भए पनि वार्ता असफल भयो र सुरूक्षाकर्मीले बल प्रयोग गरेको अधिकारीहरूले जनाएका छन् ।
“भीडलाई तितरबितर पार्न र दङ्गा नियन्त्रणमा लिन अधिकारीहरूले गोली चलाउनु परेको थियो,” विज्ञप्तिमा भनिएको छ ।
युद्धका क्रममा एक कैदीको मृत्यु भएको र दुई प्रहरी र नौ सुरक्षाकर्मीसहित ६३ जना घाइते भएको जुन्ता प्रशासनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले मृतक कैदीलाई राजनीतिक बन्दीको संज्ञा दिएका छन् भने बीबीसी बर्मेली सेवाले उहाँलाई आतङ्क फैलाएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
जुन्ताले घटनाको अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ ।
गत साता बेलायतबाट म्यानमार स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा जुन्ता सरकारले सात हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।
सेनाले सत्ता कब्जा गरेयता दुई हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने असहमतिमाथि दमन गर्ने क्रममा १३ हजारभन्दा बढीलाई हिरासतमा लिइएको स्थानीय मानव अनुगमन समूहले जनाएको छ ।
गत वर्षको जुलाईमा सरकारले पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी कार्यकर्ता क्याव मिन युसहित चार जना कैदीलाई मृत्युदण्ड दिएको थियो ।
करिब ३० वर्षमा म्यान्मा राज्यद्वारा मृत्युदण्डको यो पहिलो प्रयोग थियो र यसको विश्वव्यापी निन्दा भएको थियो ।
ह्युमन राइट्स वाचका अनुसार म्यान्मारका जेलहरू कठोर परिस्थिति र यातनाको कथित प्रयोगका लागि कुख्यात छन् । |
साझा बसमा राष्ट्रपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छन्।
शनिबार ललितपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन पुगेकी हुन् ।
हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए। उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन्। राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन्।
पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन्। पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन्।
काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास प्रस्थान गरिन् ।
|
‘नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ’ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरेका छन्। काठमाडौंको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो कार्यकालमा एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने बताएका छन्।
बैठकलाई सम्बोधन गर्दै उनले भने, “तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो, यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ, म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु, सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, जनताको त्यो आशालाई सम्बोधन गर्न तपाईं हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।”
उनले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताउँदै सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए।
उनले भने, “अघिल्लो सरकारको कार्यकालमा पनि सङ्घीय शिक्षा ऐनका केही काम भएका छन्, तर ऐन जारी भएन, यसपटक सङ्घीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ, यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुन्छन्।”
देशभरका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्न शिक्षक अस्पताल निर्माणको काम आफूहरुको पालामै अगाडि बढेको जनाउँदै उनले भने, “यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो, यसका साथै शिक्षकको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ, त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।”
देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकको अहम् भूमिका भएकामा प्रधानमन्त्री दाहालले जोड दिए। सामाजिक चेतनाको अभिवृद्धि, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै उनले यसमा सबै शिक्षकले गर्व गर्नुपर्ने बताए।
प्रधानमन्त्री दाहालले पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरिएको बताए। उनले भने, “पहिलो कार्यकालमा विकास र समृद्धिको विजारोपण गरियो, किसानलगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न जोड रह्यो, दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, सङ्घीयताको जग बसाल्ने कामका लागि राम्रो पहल गरियो, तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउनुपर्ने छ, त्यसैले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।” |
पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता विराटनगर । विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित आज सम्झौता गरेको छ ।
विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको तीन कठ्ठा पाँच धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको हो । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेल र जग्गाधनीका तर्फबाट बद्रीशक्ति, शोभा र केदारशक्तिले हस्ताक्षर गरेका छन् ।
उनीहरूले महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । सरसफाइसहितका सम्पूर्ण कार्य महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै महानगरले सःशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भङ्ग गर्नुपरेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने महानगरको अभियानमा सहयोग गर्न प्रमुख नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।
प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरिएको छ । अतिथि सदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।
यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया आगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यमा ह्रास आएको छ । “अबदेखि खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्नेछ”, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “मेरो निजी जग्गा हो भनेर जथाभावी फोहोर थुपार्नु भएन नि !” |
सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने बेइजिङ । चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ ।
बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले बिहीबार २०२३ को शीर्ष १० टेक्नोलोजी ट्रेन्डका लागि आफ्नो भविष्यवाणी जारी गरेको हो । यसअन्तर्गत ठूला नमूना भवन, डिजिटल अनुवाद, भर्चुअल पारस्पारिकता, स्वायत्त ड्राइभिङ्ग, रोबोटिक्स, वैज्ञानिक कम्प्यूटिङ्ग र क्वान्टम कम्प्युटिङ आदि समावेश छन् ।
इन्स्टिच्युटका अनुसार अहिले इन्टेलिजेन्ट कम्प्युटिङ सेन्टर, डिप लर्निङ प्लेटफर्म र एआई मोडेलले नयाँ एआई संरचना बनाइरहेका छन् । आगामी केही वर्षमा, यो नयाँ एआई पूर्वाधारको निर्माण डिजिटल अर्थव्यवस्थाको विकासको महत्वपूर्ण स्तम्भहरूमध्ये एक बन्नेछ ।
चौथो औद्योगिक क्रान्तिको सबैभन्दा महत्वपूर्ण आधारभूत प्रविधिको रूपमा, एआईले मानव समाजलाई व्यापक रूपमा परिवर्तन गरेको छ र जारी राख्नेछ, एआई उद्योग अनुसन्धान संस्थानका डीन झांग याकिनले भने ।
बाइडु रिसर्चले भनेको छ, “ठोस खुफिया आधार, वेब ३.०, मेटाभर्स, स्वायत्त ड्राइभिङ, एआई–उत्पन्न सामग्री र क्वान्टम टेक्नोलोजीमा निर्भर रहेर २०२३ मा नयाँ औद्योगिक अवसरहरू ल्याउनेछ । वेब ३.० टेक्नोलोजीले नयाँ बहु–केन्द्रित, अधिक खुला, निष्पक्ष र सुरक्षित वेब स्पेस सिर्जना गर्नेछ जहाँ प्रयोगकर्ताहरूले अधिक सुरक्षाको साथ जानकारी र मूल्य आदानप्रदान गर्न सक्छन् ।
सन् २०२३ मा, चीनका प्रमुख शहरहरूमा स्वायत्त ड्राइभिङको व्यावसायीकरणले सञ्चालनको दायरा र शीघ्रताको आकार दुवैमा एकसाथ वृद्धि देख्नेछ । “भविष्यको डिजिटल समाज उन्नत इन्टेलिजेन्ट नेटवर्क, इन्टरनेट अफ थिङ्स, ब्लकचेन र अन्य नयाँ प्रकारका पूर्वाधारमा निर्माण हुनेछ, प्राकृतिक मानव–कम्प्युटर अन्तरक्रिया र एआईले एक प्रमुख अन्तरक्रियाको प्लेटफर्मको रूपमा सेवा गर्दछ ।
‘भर्चुअल–रियल सिम्बायोसिस टेक्नोलोजी’ले भौतिक र डिजिटल संसारलाई मर्ज गर्नेछ, दुबै क्षेत्रमा हाम्रो अनुभव र क्षमता बढाउनेछ,” चाइनिज एकेडेमी अफ इन्जिनियरिङका शिक्षाविद् झाओ किनपिङले भने । बाइडु रिसर्चले आफ्नो शीर्ष १० टेक्नोलोजीभित्र पर्ने सफलता पाएको यो लगातार चौथो वर्ष हो । |
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु मेक्सिको सिटी । जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ ।
उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
“दुर्भाग्यवस, कर्तव्यपालनको क्रममा सेनाका १० जना सदस्यले आफ्नो ज्यान गुमाउनु परेको छ,” रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारहरूसँग भने । बिहीबारको कारबाहीमा ‘कानून उल्लङ्घन गर्ने’ १९ जना संदिग्ध लागुऔषध कारोबारी पनि मारिएका उनले बताए ।
सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुबाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो ।
उत्तरपश्चिमी शहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको छ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ ।
ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आगामी हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ ।
बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो । |
नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ काठमाडौं । नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।
गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीको सहभागिता छ ।
उक्त पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । यस्तै धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजङ्ग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पदयात्रा कार्यक्रम जङ्गी अड्डामा विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । |
इन्टरनेटको समस्या समाधान गर्न आग्रह काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो ।
इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी भाडादर कायम गर्दै आएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायक सबैलाई बेवास्ता गरी प्राधिकरणले पोलको भाडा रु छ सयदेखि रु सात सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै आपत्ति जनाए ।
“कुनै पनि समयमा पोखरा तथा त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने अवस्था छ”, सङ्घद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । |
जुम्लाको तिलामा अटो दुर्घटना हुँदा दुईको मृत्यु जुम्ला । जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा दुर्घटना हुदाँ दुइ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला – ३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो।
त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियो । आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भएको अटो तिला ३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ । |
प्रदेशको राजधानीमा आवश्यक पूर्वाधार निर्माणका लागि १२ विघा जग्गा प्राप्त: मन्त्री कार्की {भिडियो} मोरङ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार बनाउन पहल नगरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले विगत १४ महिनाको कार्यकालमा गरिएको कामका सम्बन्धमा जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी दिनमा जनताको पक्षमा आवाज उठाउँदै जिम्मवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रष्ट पारे ।
मन्त्री कार्कील विराटनगरलाई स्थायी राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले डङग्राहामा पाँच विघा,प्रदीप श्रेष्ठले वडा नं ५ मा पाँच विघा र दिक्षान्त पोखरेले वडा नं ६ मा दुई विघा जग्गा निःशुल्क दिने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले शान्तिसुरक्षाको कार्य सम्पादनमा प्रदेश नं १ सात प्रदेशमध्ये पहिलो भएको बताउदै मन्त्रालयमा सुशासन कायम गरी वेरुजु शुन्य मन्त्रालय बनाएको दावी गरे ।
विराटनगरलाई डुवानमुक्त बनाउन केसलिया (वुढीनदी) को व्यवस्थापन तथा रानी दुहवी करिडोर निर्माणका लागि गुरुयोजना निमार्ण भई निर्माण प्रक्रिया शुरु गरेको बताए । उनले आफ्नो कार्यकालमा तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराई सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुर्याउन सबैको सहयोग प्राप्त भएकोमा धन्यवाद समेत ज्ञापन गरे ।
हेर्नुहोस् भिडियो:
|
‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता पर्वत । ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पर्वतमा स्वाइन फिभरको सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात–निर्यातमा रोक लगाइएको हो ।
काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि पर्वतका व्यावसायिक कृषकलाई भेला गराएर जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ । सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म सङ्क्रमण भने देखिएको छैन । पौडेलका अनुसार कृषकलाई मासु उपभोग गर्न योग्य बङ्गुर काटेर चिस्यान केद्रमा राख्नसमेत आग्रह गरिएको छ । सङ्क्रमण फैलिनुभन्दा पहिलै स्वास्थ बङ्गुर काटेर चिस्यान केन्द्रमा फ्रिजिङ गर्न भनिए पनि पर्याप्त कोल्ड रुम नहुँदा समस्या भएको छ । यसका लागि स्थानीय तहलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए ।
केन्द्रका प्रमुख पौडेलले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए । बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख पौडेलको भनाइ छ ।
समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट ठूलो क्षति व्यहोर्नुपर्ने भएकाले पनि कृषक र सम्बन्धित स्थानीय तहहरूले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ । जिल्लाभित्र बङ्गुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बङ्गुरपालक कृषकको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेष्टुराँबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्न भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आग्रह गरेको छ ।
पर्वतमा व्यावसायिकरुपमा बङ्गुरपालन गर्ने कृषक वा फार्मको सङ्ख्या ६० देखि ७० वटा रहेका छन् । केही कृषकले निर्वाहमुखी रुपमा समेत बङ्गुरपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । जिल्लामा झण्डै दुई हजार छ सयको सङ्ख्यामा बङ्गुर रहेको अनुमान छ ।
बङ्गुरपालन व्यवसायी शिवलाल बस्यालले जुनसुकै बेला सङ्क्रमण फैलन सक्ने भएकाले उपभोग गर्न योग्य भएका बङ्गुर काटेर कोल्डस्टोर राख्ने गरी स्थानीय तहहरूसँग समन्वय भइरहेको बताए । जिल्लामा पर्याप्त चिस्यान केन्द्र (कोल्ड स्टोर) नभएकाले पोखरामा व्यवस्थापन गरिदिन स्थानीय तहहरूसँग पत्राचार गरिएको उनले बताए । |
काठमाडौंका विभिन्न नाकाबाट ठूलो परिमाणको लागूऔषधसहित १० पक्राउ काठमाडौं । अवैधरुपमा लागूऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ ।
पछिल्लो केही दिनदेखि लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागूऔषध बिक्री गर्न पठाएको खुलेको थियो । उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौं पठाएको हो ।
सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्यूरोको अर्को टोलीले काठमाडौं महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
सोही दिन ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
त्यस्तै लुकाइछिपाइ लागूऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना६ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगञ्जका ५० वर्षीय सविना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुङ्गाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन् ।
उता काठमाडौंको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागुऔषध कोडिनसहति पक्राउ गरिएको र उनीहरुको सन्दर्भमा प्रहरीवृत्त बौद्धले अनुसन्धान गरिरहेको जनाइएको छ । |
भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षणलाई तीव्रता महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
“छिमेकी मुलुकमा नयाँ खालको भेरिएण्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ”, जोशीले भने, “नयाँ भेरिएण्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।”
उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए । “सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ”, उनले भने, “नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।”
मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । “बुष्टर डोज ६/६ महिनामा लगाउनुपर्छ”, जोशीले भने, “पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ ।”
त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । “खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ”, उनले भने, “त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।”
कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो समय यहाँ कोरोना सङ्क्रमण देखिएको छैन । |
सालको काठको अबैध तस्करी बढ्यो {हेर्नुहोस् भिडियो} त्रिशूली। नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट अबैध रुपमा कटान गरेको सालको काठ सहित संलग्न दुई जना व्यक्तिलाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । यही शुक्रबार सूर्यगढी गाँउपालिका–३ का वडाध्यक्ष समेत रहेका पिङ्गलबहादुर थापामगरले सञ्चालन गर्दै आएको विनायक फर्निचरबाट एकसय छ थान चिरान गरेको अबैध सालको काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उक्त काठ ‘बैधानिक हो’ भन्ने प्रमाण पेश गर्न काठ मिलका सञ्चालक थापामगरलाई डिभिजन वन कार्यालयले पत्र पठाएको छ । उनीबाट जवाफ आउन बाँकी रहेको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए । शुक्रबार नै सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिणामको सालको काठ सहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
बिसमुरेबाट एकसय ९० गोलिया सालको काठ सहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीय चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ । उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिए ।
त्यसलगत्तै यही शनिबार राती ककनी गाँउपालिका–७ चतुरालेहुदैँ लैजान लागेको ४२ गोलिया सालको काठ सव–डिभिजन कार्यालय ककनीले पक्राउ गरेर कारबाहीको लागी आइतबार डिभिजन वन कार्यालयमा बुझाएको छ । जिल्लाको लिखु गाँउपालिका–३ को सूर्यमतीमा कटान गरेर ककनीतर्फ लैजान लागेको उक्त काठ बोक्ने गाडी र संलग्न व्यक्ति भने फरार भएकाले खोजी भइरहेको बताइएको छ ।
नेपाल सरकारले विसं। २०५८ सालदेखि निजी जग्गाको सालको काठ काट्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ भने सामुदायिक वनमा भने कार्ययोजना अनुसार कटान गर्न पाइने भनिएको छ । कटान र ओसारपसारको लागी वन कार्यालयको अनुमति अनिवार्य गरिएको छ । “पछिल्लो समयमा विभिन्न स्थानमा एकैपटक ठूलो परिणाममा भेट्टिएको सालको काठ कटानको लागी अनुमति नलिएकाले अपराध भएको देखिन्छ ।” डिभिजनल वन अधिकृत कोइरालाले भन्नुभयो “निर्वाचन पछिको सक्रमणकालीन समय र जिम्मेवार पक्षहरुको हेपाहा प्रवृत्तिले वन संरक्षणमा बढाएको चुनौती रोक्न कानून अनुसारको अधिकतम कारबाहीको दायरामा ल्याउन तल्लिन छौ ।”
वनसंग सम्बन्धित मुद्धा हाल अदालत मार्फत कारबाही अघि बढ्ने भएकाले नियन्त्रणमा लिएका व्यक्ति र बरामद काठको कारबाही अघि बढाउन नुवाकोट जिल्ला अदालतमा पेश गरिएको छ । चोरीतस्करी रोक्न सामुदायिक वनको उपभोक्ता, प्रहरी, वन रक्षक सहित सरोकारवाला उपभोक्ता सहितको भूमिका प्रभावकारी बनाउन विशेष कार्य योजना निर्माणको तयारीमा रहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।
भिडियो:
|
निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित काठमाडौँ। निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो।
लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन्। चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए।
नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन्। चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ। |
बेलायतमा कोरोना बाहेक अरु कैयौं रोगको प्रकोप ! बच्चादेखि ठूलासम्मका लागि एडभाइजरी जारी काठमाडौं । बेलायतमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ । त्यहाँ कोरोनाको पाँचौं लहर आइपुगेको छ । मिडिया रिपोर्टका अनुसार गत हप्ता बेलायतमा २ लाखभन्दा बढी मानिसमा पोजेटिभ देखिएको थियो ।
यसैबीच सरकारले नयाँ वर्षबाट कोरोनाको तथ्यांक सार्वजनिक गर्न रोकेको छ । यही समयमा, यहाँ स्वास्थ्य सुरक्षा एजेन्सीले बालबालिका र वयस्कहरूको लागि एक एडभाइजरी जारी गरेको छ । क्रिसमस बिदापछि विद्यालय खुलेपछि यो एडभाइजरी जारी गरिएको हो ।
कोरोना बाहेक फ्लु र स्कार्लेट ज्वरोका बिरामी पनि तिव्र रुपमा बढिरहेको बताइएको छ । आउँदो हप्ताहरूमा केसहरूमा तीव्र वृद्धि हुन सक्छ, त्यसैले वयस्कहरूलाई यदि तिनीहरू बिरामी छन् वा लक्षणहरू छन् भने घरमा बस्न सल्लाह दिइएको छ । बाहिर निस्कनु अति जरुरी छ भने मास्क लगाएर बाहिर निस्कन भनिएको छ ।
युकेएचएसएका प्रमुख चिकित्सा सल्लाहकार प्रोफेसर सुसान हप्किन्सले विद्यालय र अन्य शिक्षा र बाल हेरचाह संस्थाहरूमा संक्रमणको फैलावटलाई सकेसम्म कम गर्न महत्त्वपूर्ण रहेको बताए। उनले मानिसहरूलाई भने कि यदि तपाईंको बच्चा अस्वस्थ छ र ज्वरो आएको छ भने, उसलाई राम्रो महसुस नभएसम्म र ज्वरो कम नभएसम्म घरमै राख्नुहोस्।
उनले हात सफा राख्नुको महत्व बताउन निकै जरुरी रहेको भन्दै घरमै साबुन पानीले नियमित हात धुनुपर्ने बताए । उनले यो पनि भने कि वयस्कहरू पनि अस्वस्थ हुँदा घरमै बस्नुपर्छ र बाहिर जानु परेमा मास्क लगाउनुपर्छ। तपाई अस्वस्थ हुँदा स्वास्थ्य सेवा केन्द्रहरूमा नजानुहोस् वा पूर्णतया आवश्यक नभएसम्म कमजोर मानिसहरूलाई नभेट्नुहोस्।
याद गर्नुहोस् कि फ्लू खोप अझै पनि सबै मानिसहरूलाई उपलब्ध छ, उनले भने । यो भाइरससँग लड्न धेरै उपयोगी छ। हामीले वृद्धवृद्धालाई खोप लगाउने गरेको देख्यौं तर साना बालबालिकामा यो संख्या कम छ । उनले भने कि फ्लूले गम्भीर रोग निम्त्याउन सक्छ । तपाईंको बच्चालाई खोप लगाउनु, बच्चा र उसको सम्पर्कमा आउने व्यक्तिहरूका लागि सुरक्षित छ, त्यसैले यसका लागि अझै ढिलो भएको छैन।
युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएसए) ले मौसमी फ्लू जस्ता अन्य रोगहरू जस्तै कोरोनाको अवस्थालाई पनि निगरानी गरिरहेको छ। युकेएचएसए एपिडेमियोलोजी मोडलिङ रिभ्यु ग्रुप (इएमआरजी) का अध्यक्ष डा. निक वाटकिन्स भन्छन् कि कोरोनाको अर्को तथ्याङ्क जनवरी ६, २०२३ मा प्रस्तुत गरिनेछ, जुन अन्तिम हुनेछ।
किंग्स कलेज लन्डनका प्रोफेसर टिम स्पेक्टर भन्छन् कि बेलायतमा कोरोना र फ्लूका केसहरू अझै बढिरहेका छन्। जनवरीमा यो शिखरमा पुग्ने अपेक्षा गरिएको छ। तर, पछि यो घट्नेछ।
२०२२ को सुरुमा, कोरोनाका लक्षणहरू भेटिएमा सेल्फ-आइसोलेसनको नियम सहित कोरोना सम्बन्धी अन्य सबै प्रतिबन्धहरू हटाइयो। जाडो याममा कोरोनाका बिरामी बढ्न सक्ने सम्भावनाबीच स्वास्थ्य विभागले श्वासप्रश्वासमा केही समस्या भएका वा कुनै लक्षण देखिएकालाई चाडपर्वमा सहभागी नहुन आग्रह गरेको छ । |
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते चितवन। बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो।
गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो। घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो।
गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए। घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिए।
बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए। बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए। |
पूर्वी चीनको नयाँ संरक्षण केन्द्रमा १२ हजार जलीय प्रजातिका नमुनाहरू संरक्षित नानचाङ । चीनको सबैभन्दा ठूलो ताजा पानीको ताल याङजी नदी र पोयाङ तालमा रहेको जैविक विविधताको संरक्षणका निम्ति जलीय जीव संरक्षण केन्द्र हालै सञ्चालनमा आएको छ ।
यो केन्द्र पूर्वी जियाङ्सी प्रान्तको जिउजियाङ सहरको हुकोउ काउन्टीमा अवस्थित छ । याङ्त्जे नदी र पोयाङ तालमा एक सय २० भन्दा बढी स्थानीय जलचर प्रजातिका कूल १२ हजार नमुनाहरू प्रदर्शनमा छन् ।
संरक्षित नमुनाहरूमा चीनमा पहिलो–कक्षको राज्य संरक्षणअन्तर्गत दुर्लभ प्रजातिहरू समावेश रहेको बताइएको छ । जसमा चिनियाँ स्टर्जन लगायत छन् ।
विज्ञानलाई लोकप्रिय बनाउने शैक्षिक संस्थाको रूपमा आफ्नो कार्यको अतिरिक्त केन्द्रले कृत्रिम प्रजनन, संरक्षण र उद्धार कार्यमा पनि संलग्न रहेको बताएको छ । केन्द्रले यस क्षेत्रका स्थानीय जलचर प्रजातिहरूमा अनुसन्धान गर्ने केन्द्रको विशेषज्ञ टोलीका नेता मा गुआङले जनाकारी दिएका छन् । |
मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित मेक्सिको सिटी । मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।
मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेद्वारहरूलाई पछिपार्दै सो परिणाम निकालेकी हुन् ।
विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन्- म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं।
हर्नान्डेजलाई सन् २०१५को को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो । |
जेलमा आक्रमण गरी १४ को हत्या मेक्सिको । देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दशजना सुरक्षाकमीसहित १४ जनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो सङ्ख्यामा आएको बन्दुकधारीको समूह जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको फाइदा उठाएर २४ जना बन्दी भागेका छन् । भगौडाहरूको खोजी भइरहेको छ ।
सुरक्षाकर्मीले पनि जवाफी कारबाही गर्दा दुई जना बन्दुकधारी बताइएको छन् । जेलमा थप सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ । आफ्नो समूहका व्यक्तिलाई छुटाउन कारागारमा आक्रमण भएको अनुमान गरिएको छ । |
नेपाल–चीन चित्रकला प्रदर्शनी {भिडियोसहित} काठमाडौं । नेपाल र चीनसँग सम्बन्धीत रहेर विगत १० वर्षमा खिचिएका फोटाहरु, पेन्टिङहरु, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धीत विभिन्न फोटा, थाङ्का, अइल पेन्टिङ, क्यालिग्राफी प्रर्दशनी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम संघको सहआयोजनामा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ संघका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम संघका महासचिव झु क्विङलगायतले यस्ता कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एक आपसमा सदभाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।
साथै उनीहरुले नेपाल–चीन हिमाल र पानीले जोडिएका मित्रवत छिमेकी राष्ट्र भएको र द्विपक्षीय सांस्कृतिक आदानप्रदानको लामो इतिहास भएको उल्लेख गर्दै यो कार्यक्रम आपसी मित्रता र सहयोग प्रवद्र्धन, इतिहास निर्माण गर्ने महत्वपूर्ण माध्यम भएकामा जोड र्दिए । नेपाल र चीनबीचको सांस्कतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन इन्टिच्युटले उक्त प्रदर्शन गरेको जनाएको छ ।
क्यालिग्राफी, थाङ्का र फोटोग्राफी प्रदर्शनीमार्फत नेपाल र चीनको संस्कृति प्रदर्शित हुने विश्वास गरिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ १४ औं ब्याच मेडिकल टोली, काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्टिच्युट, एसोसियसन अफ चाइनिज संघ, पोखरा ओभरसिज चाइनिज संघ, नेपाल चिनियाँ उद्यमी महासंघ, उद्यमी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
हेर्नुहोस् भिडियो:
|
युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को मस्को । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेनिकको मृत्यु भएको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको छ ।”
रूसी रक्षा मन्त्रालयले भनेको छ, “मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।”
युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा रूसी सेनाको खतरा बढिरहेका बेला आक्रमण गरेको अनुमान गरिएको छ ।
यो वक्तव्य युक्रेनमा रूसी क्षतिको अत्यन्त दुर्लभ घोषणा हो ।
क्रेमलिनका आलोचकहरूले रूसी अधिकारीहरूले युक्रेनको युद्धभूमिमा भएको क्षतिलाई कम महत्व दिएको आरोप लगाएका छन् ।
रूसी सैन्य ब्लगरहरूले माकिभकामा भएको आक्रमणका कारण सयौं सैनिकको मृत्यु भएको हुनसक्ने बताएका छन् ।
रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी १ (डिसेम्बर ३१ मा स्थानीय समयअनुसार २३ः०० बजे) राति १ बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् ।
उनले सयौंको मृत्यु भएको र घाइते भएको बताउँदै युक्रेनी सेनाले रूसी सेना राखिएको स्थानमा आक्रमण गरेको बताए । |
घरमा आगलागी हुँदा कास्कीमा पूर्व वडाध्यक्षको मृत्यु पोखरा । आगलागीबाट घर जल्दा कास्कीमा एक जनाको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित घरमा लागेको आगलागीका कारण ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङ कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले घरमा लागेको आगोको कारण उनको मृत्यु भएको बताए । |
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।
सोमबारबाट काठमाडौंमा सुरु समाजवादीको पोलिट्ब्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल भएको बताए ।
सरकारमा सहभागी हुनका लागि कतैबाट पनि औपचारिक प्रस्ताव अनाएको अवस्थामा सरकारमा सहभागीको प्रश्न नै नउठ्ने उनको भनाइ छ ।
बैठकमा समसामयिक राजनीति, नयाँ सरकार, संगठन निर्माणबारे २० जना सदस्यहरुले धारणा राखेको र मंगलबार पनि बैठक बस्ने प्रवक्ता खतिवडाले जानकारी दिए । खतिवडाले लामो समय सहकार्य गरेको प्रचण्डको नेतृत्वमा सरकार गठन भएको अवस्थामा नीतिगत निर्णय गर्नका लागि बैठक राखेको जिकिर गरे । उनले बिकसित राजनीतिक अवस्थामा पार्टीले परिपक्व ढंगले निर्णय गर्ने बताए ।
त्यसअघि पोलिटब्यूरो बैठकको सुरुमै अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहेको बताएका थिए । एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो तर राष्ट्रिय पार्टी भने बन्न सकेको थिएन । |
काठमाडौं महानगरः टुँडिखेललाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग {भिडियो} काठमाडौं। काठमाडौंको मध्यभागमा रहेको खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै अभियन्ताहरुले काठमाडौं महानगरपालीकामा ज्ञापन पत्र बुझाएका छन् । सोमबार टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसहित महानगरमा ज्ञापन पत्र बुझाएका हुन् ।
महानगरबाट भएको उक्त निर्णयको आलोचना हुँदा समेत आधिकारीक धारणा नआउनु र डिपिआरको कामलाई निरन्तरता दिने काम भएकाले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपरेको उनीहरुको भनाई छ । ज्ञापन पत्र बुझाउने क्रममा अभियन्ता एवं कांग्रेस नेता भीमसेनदास प्रधानले अहिले ऐतिहासिक टुँडिखेल र त्यसभित्र रहेको खुलामञ्चलाई संरक्षण गर्नु सवैको दायित्व भएको बताए । खुलामञ्चलाई भूमिगत पार्किङको रुपमा प्रयोग गर्दा नजिकै रहेको बीर अस्पताललाई समेत असर पर्ने उनको भनाइ छ ।
अभियन्ताको ज्ञापन पत्र बुझ्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको चाहना विपरित कुनैपनि निर्माण अघि बढाउन नहुने बताएकी छिन् । सन १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुल्ला क्षेत्र भएको टुँडिखेलको भूभाग हालसम्म आइपुग्दा १४ प्रतिशत खुम्चन पुगेको र अतिक्रमण हुने क्रम बढ्दो रहेको अभियान्ताहरुले गुनासो गरेका छन् ।
हेर्नुहोस् भिडियो:
|
प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए।
विभिन्न सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
उनले भने, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गरेका छन्। सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।”
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन्। मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन्। |
सम्पर्कमा छैनन् काठमाडौँका सहकारी काठमाडौँ। काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला रु आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत छैनन् ।
महानगरपालिका अन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या अत्याधिक रहेका छन् । यसबाट सहकारीको मर्म एवं भावना अनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या एक हजार नौ सय ६९ रहेको छ ।
तीमध्ये झण्डै तीन सय बढी सहकारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् । सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर, एक हजार बढी सहकारी अघिल्लो आर्थिक वर्षकै विवरण अद्यावधिक गरेका छैनन् ।
विभागका प्रमुख देवेन्द्र पोखरेलका अनुसार अघिल्लो पुससम्म आर्थिक वर्ष २०७७र७८ को विवरणसहित सात सय सहकारी अद्यावधिक भएका थिए । असार मसान्तसम्म पुग्दा यस्तो सङ्ख्या नौ सय हाराहारीमा पुगेको थियो । बाँकी सहकारीले एक वर्षभन्दा बढी अवधिदेखि विवरण अद्यावधिक गरेका छैनन् । आर्थिक वर्ष २०७८र७९ को विवरणसहित अद्यावधिक गर्ने अन्तिम मिति नजिकिएको छ । पुस मसान्तसम्म यस्तो विवरण बुझाउनुपर्नेमा दुई साता मात्रै बाँकी रहँदा यो सङ्ख्या चार सय ५० हाराहारीमा मात्रै पुगेको विभागले जनाएको छ ।
यो वर्ष सहकारीको अद्यावधिक गर्न कोपोमिसमा आवद्धता र अपडेट अनिवार्य हुनुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ । यस कारणले समयमा अद्यावधिक गर्नेको सङ्ख्या थप घट्नसक्ने अनुमान विभागको छ ।
एक हजार छ सय बढी सहकारी कोपोमिसको दायरामा:
समयमा अद्यावधिक नभए पनि विभागको सहकारी व्यवस्थापन प्रणाली ९कोपोमिस० सफ्टवेयर प्रयोग गर्नेको सङ्ख्या भने उच्च छ । हालसम्म करिब एक हजार छ सय सहकारी संस्थाले यो सफ्टवेयरको युजरनेम र पासवर्ड लिइसकेको विभागले जनाएको छ । अझै पनि तीन सय बढी सहकारी संस्था प्रणालीबाट बाहिर छन् ।
तर, पछिल्लो समय प्रणालीमा आवद्ध हुने सहकारीको सङ्ख्या बढ्दै गएको विभागीय प्रमुख पोखरेल बताउछन् । “पछिल्लो समय कोपोमिसमा आवद्ध हुन आउनेको सङ्ख्या बढेको छ । दैनिक दुई-तीन वटा सहकारी यसका लागि आउने गर्नुभएको छ”, पोखरेलले भने, “हाम्रो पहिलो उद्देश्य भनेकै सबैलाई सम्पर्कमा ल्याउने र प्रणालीमा आवद्ध गराउने हो । सम्पर्कमा आएपछि मात्रै हामी नियमनको दायरालाई फराकिलो बनाउन सक्छौँ ।”
त्यसो त सहकारीको नियमनलाई फराकिलो बनाउन काठमाडौँं महानगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि कार्यपालिका बैठकले सहकारी हेर्न छुट्टै समिति गठन गर्ने निर्णय गरिसकेको छ । यसअघि सामाजिक समिति अन्तर्गत रहेको विभागलाई हेर्न छुट्टै समिति बनेकोले यसको सकारात्मक प्रभावपर्ने पोखरेलको विश्वास छ । समितिले पूर्णता पाउने वित्तिकै थप तीव्र गतिका साथ काम थाल्ने उनले बताए ।
सहकारी सञ्चालकविरुद्ध उजुरीको चाङ:
सहकारी क्षेत्रमा बचत फिर्ताको समस्या आउँदा विभागमा उजुरी बढ्दै गएको छ । तत्कालीन दायित्व भुक्तानीमा समस्या भएर केही सहकारी संस्था समस्यामा परेसँगै यसको असर समग्र सहकारी क्षेत्रमा पर्दै गएको छ । सो विभागमा मात्रै पछिल्लो समय विभिन्न सहकारी संस्था र सञ्चालकविरुद्ध एक सय २० भन्दा धेरै उजुरी परेको विभागले जनाएको छ ।
यसरी परेको उजुरीमा विभागले पक्षलाई बोलाएर आवश्यक मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने गरेको विभागीय प्रमुख पोखरेल बताउनुहुन्छ । तर, त्यसरी बोलाउँदा नआउने, सम्पर्कमा रहेर पनि विभागको मध्यस्ततामा चित्त नबुझाउने तथा सहमति गरेर पनि उल्लङ्घन गर्नेविरुद्ध भने कारबाही गर्न प्रहरीमा सिफारिस गर्ने गरेको उनको भनाइ छ । हालसम्म विभागले ५० भन्दा बढी उजुरी उपर कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको विभागीय प्रमुख पोखरेलले जानकारी दिए । |
राहुघाट जलविद्युत आयोजना निर्माणले गति लियो {भिडियो} म्याग्दी। नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको हो । २०६६मा प्राधिकरण आफैंले निर्माण थालेको सो आयोजना पछिल्लो पटक २०७३ देखि भने कम्पनी मोडलमा अगाडि बढाइएको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको यो आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा बाँध, सुरुङ र विद्युतगृहलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् ।
छ हजार २७० मिटर मध्य तीन हजार ६७५ मिटर सुरुङ निर्माण भएको छ । रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँधको संरचना निर्माण भइरहेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ ।
तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।
कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तिब्रता दिएको प्रबन्ध सञ्चालक गणेश केसीले बताए।
भिडियो:
|
रवि लामिछाने उपप्रधानमन्त्री भएपछि माओवादीमा मन्त्रीका आकांक्षीलाई सकस काठमाडौं। आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन माओवादीका मन्त्रीका आकांक्षीलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण सकस परेको छ।
सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतमा सहभागी भएसँगै माओवादीमा मन्त्रीका आकांक्षी केही नेतालाई रवि भन्दा वरियतामा पछाडि परिने भएकाले सरकारमा सहभागी हुन संकट परेको हो।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित आठ सदस्यीय मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रवि लामिछाने रहेका छन्। उनकै कारण माओवादीका मन्त्रीका आकांक्षीलाई सरकारमा सहभागीताका लागि असहजता पैदा भएको छ।
गएको सोमवार राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहणपछि तीन उपप्रधानमन्त्रीसहित अन्य चार जना मन्त्रीले शपथ लिएका थिए। माओवादीबाट उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ सरकारमा तेस्रो वरियतामा रहँदै सपथ लिएका थिए।
तर, वरियतामा असन्तुष्टि जनाउँदै माओवादीबाट सरकारमा उपप्रधानसहित सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ केही दिन यता मन्त्रालय गएका छैनन्।
उनको असन्तुष्टि एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई आफू भन्दा माथिल्लो वरियतामा राखेको भन्दै असन्तुष्ट बनेका छन्।
नेकपाकालमा आफूभन्दा जुनियर रहेको भन्दै मन्त्री श्रेष्ठले असन्तुष्टि ब्यक्त गरेको बताइएको छ। तत्कालीन नेकपामा श्रेष्ठको वरियता छैठौं र पौडेलको नवौं रहेको थियो।
माओवादीमा अझै रोचक पक्ष त के छ भने अन्य बाँकी मन्त्रीका आकांक्षीहरु उपप्रधानमन्त्री रहेका लामिछानेकै कारण सरकारमा सहभागीता जनाउन सकस परिरहेको छ।
प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुले शपथ ग्रहण समारोहमा मन्त्रीका लागि तयारी अवस्थामा रहेका वर्षमान पुन उनकै कारणले मन्त्री बन्न पाएनन्।
पटक पटक अर्थ, उर्जा लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका पुन आफू भन्दा पछि राजनीतिमा प्रवेश गरेको लामिछाने उप्रधानसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा सरकारमा रहँदा आफ्नो अपमान महशुस गरी सरकारमा सहभागी हुन इन्कार गरेको माओवादी नेताहरु बताउँछन्।
आफ्नै पार्टी अध्यक्षको सरकारमा सहभागी हुने स्वर्णीम अवसर गुमाउनु पर्दा माओवादी नेताहरु दःुखी रहेको स्रोत बताउँछ।
पार्टीमा मन्त्रीका आकांक्षी रहेका सिनियर नेताहरु लामिछानेकै कारण पछिल्लो समय ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै भएको छ।
‘अब पुनः मन्त्री हुने अवसर आउने हो या होइन कुनै यकिन छैन। यही मौकामा मन्त्री बनिहाल्नुपर्ने बेलामा रविकै कारण असहज भएको छ ’, माओवादी निकट स्रोतले भन्यो।
माओवादीमा यसपटक पार्टीका प्रभावशाली नेताहरु शक्ति बस्नेत र वर्षमान पुन तीव्र मन्त्रीको आकांक्षीमा रहेका थिए। उनीहरु यस पटक सरकारमा सहभागी हुने लगभग निश्चित रहेको थियो।
यद्यपि लामिछानेकै कारण मन्त्री बन्न पुनलाई असहजता उत्पन्न गराए पनि बस्नेत भने मन्त्री बन्न पछिल्लो समय तयार रहेको माओवादी स्रोत बताउँछ।
माओवादीले अब ६ मन्त्रालय पाउने बताइएको छ। जसमा आकांक्षीहरुको संख्या भने बढ्दो छ।
तीन पटक निर्वाचित भएर पनि हालसम्मै मन्त्री हुन नसकेका भोजपुरबाट निर्वाचित सुदन किरातीको प्रवल संभावना रहेको बताइन्छ।
दाङ २ बाट एमाले महासचिव शंकर पोखरेलाई पराजित गर्दै महिलातर्फ एक मात्र विजयी रेखा शर्मा मन्त्री बन्ने निश्चित जस्तै छ।
यस्तै माओवादीकै निर्वाचन चिन्ह लिएर सर्लाही-२ बाट निर्वाचित महेन्द्र राय यादव मन्त्री हुने लगभग सुनिश्चित छ। उनी बाबुराम भट्टराईको पार्टीका नेता हुन्। बाबुरामकै लबिङमा मन्त्री बन्ने निश्चित जस्तै भएको माओवादी स्रोत बताउँछ।
यसपटक माओवादीका काभ्रे-१बाट निर्वाचित सूर्यमान दोङको पनि संभावना बढेकोे छ। पूर्वराज्यमन्त्रीसमेत रहेका उनी माओवादीमा कम लाभको पदधारण गर्ने नेताहरुमा पर्दछन्।
यस्तै नुवाकोट-१ बाट निर्वाचित हितबहादुरतामाङको मन्त्री हुने चर्चा छ। पूर्वमन्त्री रहेका उनको संभावना मन्त्री बन्ने संभावना रहेको माओवादी वृत्तमा चर्चा छ।
मोरङ- ४ बाट निर्वाचित अमनलाल मोदीको संभावना समेत बढेको बताइन्छ। उनी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए। २०७४ सालमा मोरङ ४ बाट निर्वाचित भएका उनी अहिले सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।
दोलखाबाट निर्वाचित गंगा कार्की पनि मन्त्रीको सम्भावित सूचीमा रहेको बताइन्छ। उनी माओवादीमा लागेका पुराना र हालसम्म कुनै लाभको पद धारण नगरेको नेतामा पर्दछन्।
त्यस्तै सिन्धुपाल्चोक- १ बाट निर्वाचित माधव सापकोटाको समेत संभावना रहेको बताइन्छ। उनी माओवादी नेता तथा निवर्तमान सभामुख अग्नि सापकोटाका आफ्नै भतिज हुन्। |
चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त बेइजिङ । चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन् । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिसकेका छन् । उनले राष्ट्रपति सीको शिष्टाचार अधिकृतका रूपमा पनि काम गरेका छन् । |
१ हजार ५७ रुपैयाँ खर्चेर ९ करोडको मालकिन बनिन् महिला, श्रीमानले पत्याएनन् काठमाडौँ। भनिन्छ भाग्य बदल्न धेरै समय लाग्दैन। एउटी महिलासँग पनि यस्तै भएको छ। उनी बिस्कुट किन्न बजार गएकी थिइन्। तर फर्किएपछि उनी ९ करोडभन्दा बढीको स्वामिनी बनेकी थिइन् । १ हजार ५७ रुपैयाँ मात्र खर्चेर महिला करोडपति बनिन्। घटना अमेरिकाको नर्थ क्यारोलिनाको हो।
द मिररका अनुसार डोना डेन्टन नामकी एक महिला शुक्रबार फ्रिमन्ट फुड मार्टमा बिस्कुट किन्न गएकी थिइन्। तर यहाँ उनको मुड बदलियो र उनले बिस्कुटसँगै ७७७ को लटरी (Triple 777 Lottery) टिकट किन्ने निर्णय गरिन्।
डोनाले ८ डलर (१ हजार ५७ रुपैयाँ) मा लटरी टिकट किनिन्। तर, उनलाई चिठ्ठा जित्छ भन्ने कल्पना थिएन। तर टिकट चेक गर्दा उनी छक्क परिन्। उनले ७ लाख पाउण्ड (९ करोड २५ लाख रुपैयाँ) को ठूलो ज्याकपट जितेकी थिइन्।
उनी हतार हतार घर पुगिन् र श्रीमानलाई फेरि टिकट जाँच गर्न भनिन्। जब श्रीमानले लटरी अफिसमा सम्पर्क गरी नम्बर मिलाइदिए, उनी पनि छक्क परिन्। सुरुमा उसले पनि पत्याएन, तर डोनाले साँच्चै लटरी जितिन्। उनी क्षणभरमै करोडपति बनेकी थिइन्।
कर कटाएपछि डोनाले करिब ६ करोड ५५ लाख रुपैयाँ पाउनेछन्। लटरीको विजेता बनेपछि डोनाले भनिन्– हाम्रो क्रिसमसको खुसी दोब्बर भयो। हामी धेरै खुसी छौं। यो भगवानको आशीर्वाद हो। डोनाले आफ्नो स्थानीय चर्चलाई केही पैसा दिने योजना बनाएकी छिन्। |
सरकारी वकिललाई थप बलियो बनाउने प्रयास गर्नेछु : महान्यायाधिवक्ता पोखरेल काठमाडौं । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताए ।
“मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु”, उनले भने, “संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।” उनले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्नेसमेत बताए । उनले एउटा व्यक्तिले मात्र सुधारका कार्य सम्भव नभएको हुनाले सामूहिक काममा आफूले विश्वास गर्ने भन्दै यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । |
ऐतिहासिक सामरी पौवाको पुर्ननिर्माण {भिडियो} काठमाडौं । विसं. २०७२ को विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोटको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’को पुर्ननिर्माण गरिएको छ । एक करोड १५ लाख लगानीमा पुरातत्व विभाग मार्फत उक्त पौवाको पुर्ननिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुंवरले जानकारी दिए ।
स्थानीय बुढापाका तथा शिलालेख अनुसार विसं।१७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउदाँ विसं. १८०१ मा पृथ्वीनारायण शाह सहित उहाँको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएको लगायतको कारण ऐतिहासिक मानिन्छ । उक्त पौवा विसं। २०७२ को भूकम्पले क्षति पुराएपछि समयमा नै पुर्ननिर्माण नहुदाँ खण्डहर बनेको थियो ।
गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष) बाट पुर्ननिर्माण गर्ने कि खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त ईतिहासको आधारमा पुर्ननिर्माण सहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्ष्ँण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिए ।
उनको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिला जस्तो थियो सोही स्वरुपमा पुर्ननिर्माण गरिएको हो । सो सगैँ रहेको पाटी लगायतका संरचनाको पुर्ननिर्माणको लागी लागत इष्टिमेट खर्चको अनुमान तयार भएकाले आवश्यक थप संरचनाको पुर्ननिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ । प्राप्त ईतिहास अनुसार उक्त पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गरेका थिए ।
गोरखाबाट यही बाटो हुदै नुवाकोट आक्रमणको लागी आएको पृथ्वीनारायण शाह सहित उनको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान स्थानीय रामेश्वर खड्काले सुनाए ।
उनका अनुसार पृथ्वीनारायण शाहलाई खड्का परिवारले उक्त पौवामा बस्न सहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडा समेत गरेर सो समयमा रु.चार हजार ऋण दिएको थियो । सो ऋणको प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको ऋण विसं.२०१५ सालमा तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहसंग फिर्ता लिएर विसं।१९९० सालमा भूकम्पले क्षति पुराएको उक्त पौवाको खड्का परिवार मार्फत नै मर्मतसम्भार गरिएको थियो ।
हेर्नुहोस् भिडियो:
|
बिहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् ।
सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, वान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए ।
राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो । त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ । राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।
विगत छ वर्षमा बिहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा छ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवम् विहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतका चार राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र बिहारमा मदिरा पूर्णरुपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवम् सेवन रोकिएको छैन ।
यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए । |
माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् ।
माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ ।
पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार थिए । माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिए ।
आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता थिए । मंसिर ४ गतेको निर्वाचनबाट उनी पाँचथरको ‘ख’बाट दोस्रोपटक निर्वाचित भएका हुन् । |
दलका नेताहरु : प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका व्यक्त गरेका छन् । रिपोटर्स क्लवले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुलाई मिलाएर लानु चूनौति भएको भन्दै ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका व्यक्त गरेका हुन् ।
उनले ३० दिनभित्र विश्वासको मत सफल भए दुई बर्ष सरकार ढूक्कले चल्ने जिकिर गरे । विश्वकर्माले यसअघिको गठबन्धन टुट्नु राजनीतिक परिधिभित्र दुर्भाग्यपूर्ण घट्ना भएको तर्क गरे । कांग्रेस नेताहरुले प्रचण्डको स्वभाव चिन्न नसक्नु गलत भएको भन्दै उनले केही सावधानी अपनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको भनाइ छ ।
साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफुहरुले कांग्रेसलाई धोका नलिएको जिकिर गरे । जनादेशको मर्म नै कम्युनिष्टहरुबीच आपसमा सहकार्य गर्नु भएकाले माओवादी र एमाले मिलेर मुलुकको बिकासमा अघि बढ्ने उनले बताए ।
त्यस्तै एमालेका नेता सूर्य थापाले एमाले र माओवादीबीच नयाँ ढंगले सहकार्यको सुरुवात भएको टिप्पणी गरे । थापाले राजनीतिमा असम्भव लागेको कुरा पनि सम्भव हुने भन्दै अहिलेको संसद्को गणितले नै सरकार गठनको लागि गठबन्धनको माग गरेको स्पष्ट गरेका छन् । नेपालको संविधानबमोजिम भएको दोस्रो आवधिक निर्वाचनपछिको प्रतिनिधिसभाको संरचनाले नै अहिलेको सरकार बनेको उनले बताए ।
उनले विदेशी शक्तिले नेपालमा गैरकम्युनिष्ट शक्ति बनाउने र कम्युनिष्टहरुलाई जिल्याएर सडकमा राख्ने कोशिश गरेको तर्क पनि गरे।
|
अधिवक्ता डा. पोखरेल महान्यायाधिवक्तामा सिफारिस काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् ।
नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
अधिवक्ता डा पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका हुन्।
यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती थिए । उनले सोमबार पदबाट राजीनामा दिएका थिए । |
खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद गरे घेराउ {भिडियो} काठमाडौं । नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् । अस्तित्वमा रहेको संघलाई नियमविपरित खारेज गरेको भन्दै उनीहरुले त्रिपुरेश्वरस्थीत राखेपको कार्यालय घेराउ गरेका हुन् । राखेपले खेल र संघहरुमाथिको अतिक्रमण नीति लिएकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । खेलाडी तथा प्रशिक्षकहरुले नवौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् ।
उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायततासहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताए । उनले राखेप सदस्य सचिव नै हट्नुपर्छ भन्ने आफुहरुको मुख्य माग भएको जिकिर गरे । जोशीले सवै भन्दा बढि मेडल ल्याउने खेललाई नै राखेपले पटक पटक विवादमा ल्याउने काम गरेको आरोप लगाए ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै एक साता अघि तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघ बिघटन गर्दै दर्ता खारेज गरेको थियो ।
हेनुहोस् भिडियो:
|
सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु {भिडियो} काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप आयोजना गरिने जानकारी दिएको हो ।
प्रतियोगीतामा पुरुषतर्फ १५ र महिला तर्फ ८ टीम सहभागी हुने संघले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख , उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
संघका अध्यक्ष चन्दले सिमित बजेटको बाबजुत संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता गर्न सफल भएको बताए । उनले भलिवलको जुनियर टिमहरुको फर्मेशन गर्ने काम पनि सुरु भइसकेको जानकारी दिए । चन्दले संघका सवै गतिविधिहरु पारदर्शी रहेको पनि दावी गरे।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिग खेल्न पाउने छन् । प्रतियोगीता सम्पन्न गर्न करिव ४६ लाख लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।
हेनुहोस् भिडियो:
|
आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन्छ : धर्मेन्द्र बास्तोला {भिडियोसहित} काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले आत्मआलोचना गरे विप्लवसंग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण बिप्लवलाई कारवाही गरि छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन् । तर अहिलेको अवस्थामा बिप्लवले आत्मआलोचना गर्ने नदेखिएको उनको भनाइ छ । त्यस्तै बास्तोलाले हालैसम्पन्न निर्वाचनबाट संसदीय व्यवस्थामाथि जनताको असन्तुष्टि देखिएको बताए । उनले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जननिर्वाचित न्यायलयको व्यवस्थालाई अंगाल्नुपर्ने उनको भनाइ छ ।
बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफुहरुको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने बिषय प्रमुख भएको बताए । दलाल पूजीबादी व्यवस्था रहेसम्म जनताको हित नहुने उनको भनाइ छ ।
हेर्नुहोस् भिडियो:
|
ज्येष्ठ नागरिक दिवसमा एक सय चार वर्षीय दाहाल सम्मानित काठमाडौं । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएको उनलाई सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महाशाखा संयोजक एवम् वाडानं १७ का वडाध्यक्ष राधिका शाही योगीले रु ११ हजारसहित र सम्मानपत्र प्रदान गरे । उनले २०५१ सालमा तत्कालीन सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको दिनलाई आधार मानेर गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकको सुविधाका लागि ३३ वटै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि प्रत्येक वडालाई १० लाखका दरले बजेट विनियोजन गरिएको वडाध्यक्ष योगीले बताए । वडानं २१का वडाध्यक्ष दीपक सुवेदीले आप्mना जन्मदाता बुबाआमाको समेत उचित सेवा पुर्याउन नसक्ने हाम्रो समाजका ४६ विपन्न, असहाय र ज्येष्ठ नागरिकको पालनपोषणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको बताए ।
वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले आश्रममा हाल वृद्ध आमाबुबा र सेवक–सेविकासहित ५५ जना रहेको र संस्था दाताको सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिए । उनले ज्येष्ठ नागरिकको सीपलाई भरपुर उपयोग गर्दै आश्रममा गुन्द्रुक र मस्यौरा बनाउने कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।
अध्यक्ष पराजुलीले भने, “उत्पादित वस्तुलाई प्याकेजिङ गरी बजारमा बिक्री गरिने तयारी भइरहेको छ ।” महानगरको सामाजिक विकास महाशाखा प्रमुख गीता न्यौपाने, वृद्धाश्रमका कोषाध्यक्ष धर्म गुरुङलगायतले ज्येष्ठ नागरिक दिवसको महत्वबारे चर्चा गरे। |
सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई काठमाडौं । मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।
बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो । |
अधुरै रह्यो पर्यटनमन्त्रीको वाचा काठमाडौं । “मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भने । पर्यटनमन्त्रीका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने कामले पूर्णता पाएको अनुभूति नभएको जाँदाजाँदै उनले गुनासो गरे ।
आज पर्यटन मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उनले ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गर्दा कैयन काम ‘पाइपलाइनमा’ रहेकाले काम अधुरै भएको दाबी गरे । विसं २०७९ असार १२ गते जीवनराम श्रेष्ठले पर्यटनमन्त्रीको जिम्मेवारी लिएका थिए ।
पर्यटनमन्त्रीको लामो लस्कर र समयावधिमा पनि पर्यटन क्षेत्रको दीर्घकालीन विकास हुननसक्नु विडम्बना भएको उनको गुनासो छ । यद्यपि आफूले छ महिनाको छोटो कार्यकाल पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीतिक प्रभाव पार्ने काम गर्ने प्रयास गरेको जिकिर गरे ।
उनले भने, “पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि मन्त्रीका रुपमा दीर्घकालीन महत्वका रणनीतिक कार्ययोजना सुरुआत भएका छन् । नयाँ आउने पर्यटनमन्त्रीले त्यसलाई अनुशरण गरेर कार्यान्वयन गरेको खण्डमा पर्यटन क्षेत्रले फड्को मार्नेछ ।”
मन्त्री श्रेष्ठले पर्यटन विकासका लागि कतिपय काम परिणाम आउने चरणमा रहेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गरे ।
उनले नीतिगत र संरचनागत सुधार, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, हवाई पूर्वाधार विकासलगायतमा भएको काममा मन्त्रालय र मातहत निकायको सामूहिक प्रयासले अहिलेको अवस्थामा आइपुगेको बताए ।
नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न सकेमात्र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिन्छ भन्दै निवर्तमान मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालय मातहतका निकायलाई समसापेक्ष पुनःसंरचना गर्न जरुरी रहेको उनको भनाइ छ ।
देशमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएकाले संस्थागत र नीतिगत सुधार गरेर समयसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गरे ।
पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखासमेत सार्वजनिक गरिएको उनले उल्लेख गरे ।
निगम सुधार्न नसकेकामा दुःखेसो
श्रेष्ठले मन्त्रालयकै निकाय भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण प्रभावकारी हुँदा नेपाल वायुसेवा निगमको अवस्था खराब रहेको भन्दै त्यसलाई सुधान गर्न नसकेकामा आफूलाई दुःख लागेको बताए ।
“मन्त्रीका रुपमा निगम सुधान गर्न नसकेकामा दुःख लागेको छ । सम्बन्धित निकायले मन्त्रीको निर्देशन नटेर्ने प्रवृत्तिले नेतृत्व खराब हुँदा सिङ्गो संस्था बिगार्ने रहेछ । निगम सुधान गर्न व्यवस्थापन केही समयलाई भए पनि निजी क्षेत्रलाई दिन जरुरी छ ।” |
संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन : निवर्तमान श्रममन्त्री कुँवर {भिडियो} काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरि काम सुरु भएको दावी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा कुँवरले सवै श्रम कार्यालयबाट बैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने देखि श्रम क्षेत्रलाई व्यवस्थीत गर्ने कामको सुरुवात आफ्नो कार्यकालमा भएको दावी गरे ।
उनले श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उदेश्यकले श्रमको सम्मान राष्ट्रियको अभियान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको बताए ।
रोजगारी सिर्जना गर्ने चूनौति अहिले पनि बिद्यमान देखिएको भन्दै यसमा ध्यान केन्द्रीत गर्नुपर्ने कुँवरले बताए । उनले मन्त्रालयमा आउनु र जानु स्वभाविक रहेको भन्दै जुनसुकै भूमिकामा रहेपनि मुलुकप्रति समर्पित भएर काम गर्ने धारणा राखे ।
हेर्नुहोस् भिडियो:
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.