content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।, दिउँसो पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। , पहाडी भू-भागको ‍एक-दुई स्थानमा भने मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। , राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। , पहाडी भूभागमा मात्रै छिटफुट वर्षाको सम्भावना रहेकाले  तत्काल तापक्रम घट्ने सम्भावना नरहेको पनि उनले बताइन्। भैरहवा, सिमरा लगायतका क्षेत्रमा आज पनि तापक्रम  ४२ डिग्री हाराहारीमा पुग्ने सम्भावना छ। , यसपटक मनसुन ढिला गरि सुरू हुने भएकाले पनि तत्काल तापक्रम घट्ने सम्भावना नरहेको उनले बताइन्।, यस्तो छ आजको मौसम
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। , शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार अहिले ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए। , प्रधानमन्त्री प्रचण्ड साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन्। , उनलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरिसकेकी छन्। ,  , प्रधानमन्त्री प्रचण्डविरूद्ध प्रदर्शन गर्ने ११ जना प्रहरीको नियन्त्रणमा
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।, बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेजनजिक एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ।, दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।, दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए।, ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।, मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु
सेतोपाटी संवाददाता सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्।, ३ दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरू र गाडी फेला नपरेको हो।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले खोजी कार्य जारी रहेको जानकारी दिए।, गत शुक्रबार सुनकोशीमा सिटिइभिटीको गाडी र त्यसमा सवार ३ जना खसेका थिए। गाडीका चालकलाई भने गत शुक्रबार नै उद्धार गरिएको थियो।, सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी रहेको प्रहरीले जनाएको छ।, दुर्घटनास्थलमा गोताखोरसहित ३ वटा स्काभेटर परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको छ।, ‘नदीको धार परिवर्तन गर्न तीन स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, 'गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।', नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ। घटनास्थलमा चालकको मोबाइल भने फेला परेको छ।, शुक्रबार सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खसेको थियो। , गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरीलाई सोही दिन शुक्रबार नै उद्धार गरिएको थियो। उनको अवस्था सामान्य छ। गाडीको ब्रेक फेल भई भित्तामा बज्रिएर गाडी नदीमा खसेको प्रहरीलाई बताएका छन्। , अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी
रासस ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।, सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शंकर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।,  , सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म विस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।,  , प्रहरीका अनुसार मृतक शंकर छारे रोगका बिरामी थिए। , वरिष्ठ प्रहरी हवल्दार मृत फेला
रासस पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरू गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरू गरिएको हो।, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरू गरिएको छ।, ‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौं,’ प्रमुख सुवेदीले भने।, चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उनले बताए।, ‘यातायात आवागमनलाई सहजताका लागि पहिलो चरणमा दुई लेन कालोपत्र गरिन्छ, त्यसपछि अर्कोतर्फको सडकमा कालोपत्र गरिन्छ,’ सुवेदीले भने।, यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए।, सुवेदीले भने- निर्धारित समयमा पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौं, निर्धारित समयमा सडक निर्माणको काम सम्पन्न गरी सर्वसाधारणलाई सहज बनाउन प्रतिवद्ध छौं, अब सडक विस्तारअन्तर्गत सम्याउने र यसलाई क्रमिक रूपमा कालोपत्र गर्नेछौं।, मापदण्डलगायत सबै पुगेका क्षेत्रमा यससँगै कालोपत्र गर्दै काम सम्पन्न गर्ने उनले बताए।, पूर्वी खण्डको निर्माणका लागि २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो। करिब ४१.४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ।, पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ मा सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ।, पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ।, सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ। दुलेगौंडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ। सडक विस्तारका क्रममा धुलो हुँदा स्थानीयले समय-समयमा पानी हाली सहज बनाउनसमेत माग गर्दै आएका छन्। सडक विस्तारबाट हुने प्रदुषणको व्यवस्थापन गर्न वा निराकरणकै लागि पनि पानी हाली सहजता कायम गर्न उनीहरूले माग गरेका हुन्।, पोखरा-मुग्लिन सडकको पूर्वीखण्डमा कालोपत्रे गर्न सुरू
युवराज श्रेष्ठ जुम्लाको कनकासुन्दरी-१ का धिराबहादुर बुढा र गणना भण्डारी सानैदेखि जोखिमयुक्त उच्च हिमाली क्षेत्रमा अभ्यस्त थिए। उच्च हिमाली गाउँमा जन्मे हुर्केको भएर आफूहरूका लागि हिउँ र हिमाली अप्ठ्यारा सामान्य भएको उनीहरू बताउँछन्।, ‘तलतिर पानी पर्दा हाम्रो गाउँमा हिउँ पर्छ,’ गणनाले भनिन्, ‘हाम्रो ठाउँ र अन्नपूर्ण आधार शिविर (४१३० मि) उस्तै-उस्तै हो।’, शुक्रबार साँझ घान्द्रुकमा झरी परेको थियो। घान्द्रुकमा झरी पर्दा अन्नपूर्ण आधार शिविरमा हिउँ परेछ। म्याराथन दौडिन शुक्रबार साँझ अन्नपूर्ण आधार शिविर पुगेका धिराबहादर र गणना शनिबार दौडिएर घान्द्रुक आइपुगे।, ‘हिउँले गर्दा बाटो चिप्लो थियो, दौडिन गाह्रो त हुन्छ नि,’ धिराबहादुरले सेतोपाटीलाई भने, ‘हाम्रो गाउँमा पनि यस्तै हो, स्कुल जाँदा पनि हिउँमा चिप्लिँदै जानुपर्छ।’, अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म ४२.९८ किलोमिटर म्याराथन दौडमामा पुरूषतर्फ धिराबहादुर प्रथम भए। महिलातर्फ गणना प्रथम भइन्। उनीहरू एउटै गाउँका मात्र होइन, नाताले मामा भाञ्जी पनि हुन्। यसअघि अल्ट्रा म्याराथन दौडिरहेका दुबै जनाले पहिलो पटक हाई अल्टिच्युड फुल म्याराथन दौडिएर प्रथम स्थान हासिल गरे।, प्रतियोगितामा ४४ जनाले भाग लिएका थिए। जसमा पुरूषतर्फ ३० र महिलातर्फ ८ जनाले मात्र पूरा दौड दौडिए।, प्रथम भएका धिराबहादुरले उक्त दूरी ४ घन्टा १० मिनेट ५१ सेकेन्डमा पार गरे भने गणनाले ५ घन्टा ४३ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गरिन्।, प्रतियोगितामा नेपाली सेनाका धावक होमलाल श्रेष्ठले ४ घन्टा १२ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए भने सेनाकै बेदबहादुर सुनुवारले ४ घन्टा १६ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हाँसिल गरे।, महिलातर्फ धादिङकी रशिला तामाङले ६ घन्टा ५ मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भइन् भने ओखलढुङ्गाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेन्ड लगाएर तेस्रो स्थान ओगटिन्।, हाई अल्टिच्युड म्याराथनमा पुरूषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन्। यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार पाए।, पैदल यात्रा गर्दा घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर पुग्न तीन दिन लाग्छ। बाटामा आउने उकालो, ओरालो, हिमपहिरोलगायत अप्ठ्यारो सामना गर्नुपरेको धावकहरूले बताए। आयोजकले राम्रो व्यवस्थापन गरेका कारण उच्च हिमाली क्षेत्रमा भएको म्याराथनमा कुनै अप्रिय घटना नभएको प्रथम भएका धिराबहादुरले बताए।, म्याराथन दौडिन उनलाई प्रशिक्षक हरि रोकाले प्रेरणा दिएका थिए भने गणनालाई मामा धिराबहादुरले। प्लस टु सकेर घरमै बसिरहेका बेला २०७१ सालमा जुम्लादेखि रारातालसम्म म्याराथन दौड प्रतियोगिता भएको उनले थाहा पाए। उनले ‘यत्तिकै’ आफूले नाम दर्ता गरेको बताए।, जब दौड भयो, हिराबहादुर दोस्रो स्थानमा आइपुगे।, ‘त्यसपछि मलाई भित्रैदेखि जिज्ञासा जाग्यो, म पनि दौडिन सक्ने रहेछ, मेरो पनि क्षमता रहेछ,’ उनले भने, ‘मैले सक्छु भनेर म्याराथनमै लागें।’, त्यसपछि २०७५ सालमा ताप्लेजुङमा अल्ट्रा म्याराथन भएको थापा पाए। त्यहाँ पनि दौडिन पुगे। तर उनी उक्त दौडमा पाँचौं स्थानमा पुगे। फेरि सिन्धुपाल्चोकको पाँचपोखरीमा पनि म्याराथन दौडिन पुगे। त्यतिबेला भने आफू प्रथम भएको धिराबहादुरले बताए।, धिराबहादुर पोखरामा २०७६ सालमा ‘द नर्थ फेस’ले आयोजना गरेको म्याराथन दौडिन आइपुगेका थिए। उक्त खेलमा पनि उनले उपाधि जितेका थिए। यसअघि अल्ट्रा म्याराथन दौडिँदै आएका धिराबहादुरले पहिलो पटक अन्नपूर्ण बेसक्याम-घान्द्रुक फुल म्याराथन दौडिएको बताए। उच्च हिमाली क्षेत्रमा भएको फुल म्याराथनमा प्रथम भएसँगै उनले अब अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिने सपना देखेका छन्।, ‘अब नियमित तालिम लिन्छु, कर्णालाीबाट यहाँसम्म आइपुगे,’ ३१ वर्षीय धिराबहादुरले भने, ‘अब अन्तर्राष्ट्रिय म्याराथन दौडिएर देशको नाम राख्न मन छ।’, जुम्लाकै गणनालाई म्याराथन दौडिन भने मामा धिराबहादुरले नै डोर्‍याइरहेका छन्। जुम्लादेखि रारातालसम्मको म्याराथनमा पनि मामाले कुद्न जाउँ भाञ्जी भनेर लगेको उनले बताइन्। त्यतिबेला उनी दोस्रो भएकी थिइन्।, जुम्लादेखि रारासम्मको म्याराथन दौडिएकी गणनाले त्यसपछि राराताल वरिपरि अर्को म्याराथन दौडिन्। उनका लागि अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको म्याराथन तेस्रो दौड हो।, यसअघि दौडिएका म्याराथनभन्दा यसपालि बढी गाह्रो भएको उनले बताइन्। उकालो र ओरालो धेरै भएकाले गाह्रो भएको उनको भनाइ छ।, अन्नपूर्ण अधार शिविरबाटै सबैभन्दा अगाडि दौडिरहेकी गणनालाई अन्तिम विन्दु घान्द्रुकसम्म महिलातर्फ कसैले उछिन्न सकेनन्। धिराबहादुर भने छोम्रोङको उकालोमा आइपुगेपछि मात्र अरूलाई जितेका थिए। यसअघि धिराबहादुर कहिले पाँचौं त कहिले आठौं स्थानमा दौडिरहेका थिए।, प्लस टु सकेर म्याराथन दौडिरहेकी २० वर्षीय गणनाले पनि कुनै तालिम नलिएको बताइन्। आगामी दिनमा म्याराथन दौडलाई निरन्तरता दिने कि नदिने उनी दोधारमा छिन्।, ‘दौडिँदा त दु:ख हुन्छ नि, छोडौंजस्तो लाग्छ,’ उनले भनिन्, ‘खुसी लाग्ने दौड जितेपछि हो, तर तालिम पनि छैन केही पनि छैन के गर्ने के।’, धिराबहादुर भने अहिलेसम्म म्याराथन दौडमै भविष्य देखिरहेका छन्। सरकारका तर्फबाट खेलाडीलाई कुनै राहत नहुनु दु:खद भएको उनले बताए।, ‘हामीलाई तालिम र डाइटको व्यवस्था सरकारले गरिदिने हो भने हामीले धेरै दौड जित्थ्यौं,’ उनले भने, ‘देश चिनाएका खेलाडी भने विदेशमा भौतारिएका छन्।’, विकट हिमाली क्षेत्रमा जन्मे हुर्केका व्यक्तिसँग खेलमा लाग्न व्यक्तिगत सामर्थ्य नहुने उनले बताए। खेलाडीको शोखले खाइनखाई खेलमा लागिरेको उनको भनाइ छ।, ‘खेलाडी भनेको गरिब परिवारबाटै आउने हो, सम्पन्न परिवारबाट आउँदैनन्,’ उनले भने, ‘कला देखाउने खेलाडीलाई सरकारले उत्साहित बनाउन सक्नुपर्छ।’, विश्वमा पहिलो पटक ८ हजार मिटर उचाइको हिमाल आरोहणको सम्झनामा २०७४ सालदेखि उक्त म्याराथन प्रतियोगिता आयोजना भइरहेको छ। विगत तीन वर्ष कोभिड-१९ महामारीका कारण प्रतियोगिता रोकिए पनि यस वर्षदेखि निरन्तरता दिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरूङले बताए।, सन् १९५० जुन ३ गतेका दिन फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको चुचुरो चुमेका थिए। त्यही आरोहणको सम्झनामा जुन ३ तारिखलाई अन्नपूर्ण दिवसका रूपमा मनाउने गरिन्छ। अन्नपूर्ण आरोहण सफल भएको तीन वर्षपछि मात्र पहिलो पटक सगरमाथा आरोहण सफल भएको थियो।, आरोही हर्जोगले अन्नपूर्ण आरोहण पश्चात लेखेको पुस्तक ‘अन्नपूर्ण’ विश्वमा करोडौंप्रति बिक्री भएको अनुमान छ। उनको सोही पुस्तकले आरोही र पदयात्रीलाई अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याउँछ।, अन्नपूर्ण म्याराथनको उपाधि जित्ने जुम्लाका मामा-भाञ्जी
सेतोपाटी संवाददाता कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।, मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ।, शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको  प्रहरीले जनाएको हो।, घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
एजेन्सी भारतको पूर्वी राज्य ओडिसामा शुक्रबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७५ पुगेको छ। सयौं घाइतेहरू अझै अस्पतालमा रहेकाले मर्नेहरूको संख्या बढ्न सक्ने बताइएको छ।, शुक्रबार तीन वटा रेल ठोक्किएर ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति विश्वभरका नेताहरूले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् घटनाप्रति दु:ख व्यक्त गरेका छन्।, मानवीय क्षतिका हिसाबले भारतमा यो शताब्दीकै अहिलेसम्मको ठूलो रेल दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दुर्घटनास्थलको निरीक्षण गर्दै जोसुकै दोषी भए पनि कडा कारबाही गर्ने बताएका थिए। तर दुर्घटनामा को दोषी हुन् भन्ने एकिन हुन सकेको छैन।, बिबिसीका अनुसार आइतबार भारतीय रेलमन्त्री आश्विनी वैष्णवले दुर्घटनाको कारण र त्यसमा जिम्मेवार व्यक्ति पहिचान भएको बताएका छन्। तर उनले यसबारे विस्तृत जानकारी दिएका छैनन्।, स्थानीय समयअनुसार शुक्रबार साँझ सात बजे बालासोर स्टेशनमा दुई वटा रेल निर्धारित समयमै आइपुगेका थिए।, तर कलकत्ताबाट चेन्नई जान लागेको कोरोमान्डेल एक्सप्रेसको रेल अचानक मुख्य लाइन छोडेर लुप लाइनमा गयो। कोरोमान्डेलको गति त्यतिबेला ११० किलोमिटर/प्रतिघन्टाभन्दा बढी थियो।, लुप लाइनमा एउटा मालवाहक रेल रोकिएको थियो। तीव्र गतिमा आएको कोरोमान्डेल एक्सप्रेसको रेल मालवाहक रेलसँग ठोक्कियो। त्यसका सबै डिब्बाहरू लिकबाहिर निस्किए।, त्यही बेला यसवन्तपुरबाट हाउडा जान लागेको हाउडा सुपरफास्ट एक्सप्रेसको रेल आइपुग्यो। मेन लाइनमा विपरीत दिशाबाट गुडिरहेको हाउडा सुपर एक्सप्रेसको रेलका पछाडिका डिब्बामा मालवाहक रेलसँग ठोक्किएको कोरोमान्डेल एक्सप्रेसको रेलका केही डिब्बा ठोक्किए।, भारतीय रेलवे बोर्डकी सदस्य जया वर्मा सिन्हाले आइतबार आयोजित पत्रकार सम्मेलन दुबै रेल हरियो संकेत पाएर निर्धारित गतिमा स्टेशनमा पुगेको बताइन्।, उनका अनुसार दुबै रेल मेन लाइनबाट पास हुने संकेत दिइएको थियो। तर कोरोमान्डेल एक्सप्रेसको रेल मेन लाइनबाट लुप लाइनमा कसरी पुग्यो भन्ने कारण पत्ता लागेको छैन।, ‘इन्जिनमा खराबी भएर रेल लुप लाइनमा गएको देखिन्न। संकेतमै कुनै समस्या भएर हुन सक्छ,’ सिन्हाले भनिन्,‘कारण जेसुकै भए पनि अनुसन्धानबाट पत्ता लाग्ने छ।’, दुई यात्रुवाहक रेलमा  झन्डै २ हजार मानिस सवार थिए।, शुक्रबारको दुर्घटनापछि अहिले भारतीय सामाजिक सञ्जालमा त्यसैको चर्चा छ। शवहरू उठाएर थुपारेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्।, शवहरू उठाएर राखेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्। अधिकारीहरूले पहिचान हुन नसकेका शवको डिएनए परीक्षण गरिने बताएका छन्।, दुर्घटनास्थलबाट अन्य रेललाई आवातजावत गर्न दिनका लागि अहिले ठोक्किएका रेलका डिब्बा हटाउने काम भइरहेको छ।, सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख, गम्भीर घाइते हुनेलाई २ लाख र सामान्य घाइते हुनेलाई ५० हजार भारू क्षतिपूर्ति र उपचार खर्च दिने घोषणा गरेको छ।, भारतका विपक्षी दलका नेताहरूले भने अहिलेको दुर्घटनामा नरेन्द्र मोदी सरकारको नीति दोषी रहेको बताएका छन्।, प्रधानमन्त्री मोदीको प्राथमिकतामा वंदे भारत एक्सप्रेसका रेलमात्र परेको र अरू रेलको पूर्वाधारमा सुरक्षाका मापदण्ड पूरा नगरेकाले दुर्घटना भएको उनीहरूको आरोप छ।, भारत संसारमै सबैभन्दा ठूलो रेलवे सञ्जाल भएका मुलुकमा पर्छ। औसतमा दैनिक २५ लाख भारतीयले रेलमा यात्रा गर्छन्।, पुराना भइसकेका रेलका पूर्वाधार र त्यसमा अत्याधुनिक सुरक्षा मापदण्ड प्रयोग गर्न मोदी सरकार उदासिन रहेको तृणमूल कंग्रेसका नेता अभिषेक बेनर्जीको आरोप छ।, ‘केन्द्र सरकार विपक्षी नेताको जासुसी गर्न करोडौं रुपैयाँ खर्च गरिरहेको छ। तर यस्तो दुर्घटना रोक्नका लागि रेलमा एन्टीकोलिजन डिभाइस लगाउने आवश्यकतालाई नजरअन्दाज गरिरहेको छ,’ उनले भने।, केहीले रेल मन्त्री वैष्णवको राजीनामा मागेका छन्। यसअघि पनि रेल दुर्घटना हुँदा नैतिकताका आधारमा मन्त्रीले राजीनामा दिएका उदाहरण छन्।, सन् १९५६ मा लगालग दुइटा रेल दुर्घटना भएपछि तत्कालीन रेल मन्त्री लालबहादुर शास्त्रीले  नैतिकताका आधारमा राजीनामा दिएका थिए। पहिलो दुर्घटनामा प्रधानमन्त्री जवाहरलाल नेहरूले उनको राजीनामा अस्वीकृत गरे पनि त्यही वर्ष नोभेम्बर दोस्रो रेल दुर्घटनामा दर्जनौं यात्रुको ज्यान गएपछि उनले दिएको राजीनामा स्वीकृत भएको थियो।, सन् १९९९ मा असममा भएको रेल दुर्घटनामा परी २९० जनाको ज्यान गएपछि तत्कालीन रेल मन्त्री नितिशकुमारले पनि नैतिकताका आधारमा राजीनामा दिएका थिए।, अरू विभिन्न दुर्घटनामा पनि मन्त्रीहरूले राजीनामा दिए पनि उनीहरूको राजीनामा स्वीकृत भएको थिएन।, ओडिसामा कसरी भयो भयानक रेल दुर्घटना
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। , मन्त्रालयका उपसचिव एकदेव खनालले ७५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन्। , यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ। स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ।, पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ।  , जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या  छुट्याइ निःशुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ। , मन्त्रालयले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए-नगराएको नियमित अनुगमन हुने जनाएको छ। शनिबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शय्या निःशुल्क उपचार गर्न निर्देशन दिएका थिए।, १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
सेतोपाटी संवाददाता पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो। , दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी छहरा-८ का वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। , स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेहरूलाई बुटवल तर्फ पठाएको पनि वडाध्यक्ष रानाले बताए। , मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल पठाएको छ। मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।, पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सेतोपाटी संवाददाता दाङमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो साढे ३ बजे राप्ती गाउँपालिका-४ श्रीनाराण चोकमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो। , घोराहीबाट पूर्व चन्द्रौटा जाँदै गरेको भे १२ प ७५९४ नम्बरको मोटरसाइकल र पश्चिम आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो रिक्सा ठोक्किएका थिए। , दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. ५ का ३२ वर्षीय अटो चालक किरण रोकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए। उनको आइतबार अपराह्न ४ बजे मृत्यु भएको हो। , उक्त दुर्घटनामा परी तीन जना घाइते छन्। , घोराही–१८ मसिनाकी अटोमा सवार ५० वर्षीया डिलशरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ बसन्तपुरका ३३ वर्षीय दोर्णबहादुर चौधरी र पछाडि सवार सोही ठाउँकै ३० वर्षीय सुन्दरप्रसाद चौधरी घाइते भएका छन्। , डिएसपी गौतमका अनुसार बादीको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अन्य दुई जनालाई नेपालगन्जमा रिफर गरिएको छ।, तीव्र गतिका कारण उक्त दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।, अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
शोभा शर्मा खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)'का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ। , मदन राईविरूद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको खोटाङ जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादवले जानकारी दिए। राईको थुनछेक बयान भोली नै सुरू हुनेछ। , ‘आज ढिलो गरी मुद्दा दर्ता भएकाले यो मुद्दाका प्रतिवादी मदन राईको थुनछेक बयान भोलिदेखि मात्र सुरू हुन्छ। बयान सकिएपछि बहस हुन्छ। त्यतिन्जेल उहाँ न्यायिक हिरासतमा हुनुहुनेछ,’ उनले भने। मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोडेर भन्नेबारे हुने बहसलाई थुनछेक बहस भनिन्छ। , खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेका छन्।, ‘मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरेका छौं,’ उनले सेतोपाटीसँग भनिन्। , ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, सरकारी वकिल न्यौपानेका अनुसार राईले यस्ता कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको हो।, राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुन्धान प्रतिवेदन पेश गरेको हो।, राईले आफूलाई पटकपटक यौन दुर्व्यहार गरेको भन्दै दिक्तेल- ४ जाहेरी दिएकी थिइन्।  , उनी सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।, यसबारे सेतोपाटीले वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो।, पढ्नुहोस् उक्त स्टोरी:, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।, फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।, हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।, शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।, मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।, हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।, मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।, यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।, हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।, दिक्तेल १, म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।, शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।, म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।, हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।, तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।, एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।, बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।, आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।, त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।, त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।, 'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।, आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।, यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!, दिक्तेल २, म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।, आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।, म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।, बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।, म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्‍याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।, 'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।, तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।, उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।, 'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।, हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।, दिक्तेल ३, म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।, केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।, एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्‍याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।, दिक्तेल ४, घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।, अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।, पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।, दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।, चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।, हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।, एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।, एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।, अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?', त्यसपछि हामी दुवै दौडेर तल झर्‍यौं।, हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्‍याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।, पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्‍यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।, ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।, त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।, मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।, गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।, उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।, ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो  स्कुलमै काम गर्नु हुन्छ।, बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।, म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।, धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।, अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।, सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्‍यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।, पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।, शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।, चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।, एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।, पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।, म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।, बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।, दिक्तेल-५, आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।, कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।, पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।, कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।, मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।, जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।, मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।, हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।, यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।, 'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।, सेतोपाटीले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।, दिक्तेल-६, म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।, शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।, मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।, धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।, ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।, यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।, यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।, मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।, 'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।', उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।, 'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।', तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।, 'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।', मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।, 'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।, मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्‍याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।, शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।, 'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।', जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।, 'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।, स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।, 'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।', स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।, अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।, 'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्‍याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।', मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।, 'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।', यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।, उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।, 'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।', बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।', फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।, त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। ‍मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।', मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।, तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।, पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।, त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।, यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।, मदन राईविरूद्ध तीन वर्ष कैद सजाय माग गर्दै अदालत लग्यो सरकारी वकिलले मुद्दा
रासस पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ।, दुर्घटनामा ११ जना घाइते भएका छन्।,        , रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो।, दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।,        , मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन। , संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ,        , घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ।, दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए।,  , पाल्पा जीप दुर्घटनामा मुत्यु हुनेको संख्या ४ पुग्यो, मृतक सबैको पहिचान खुल्यो
सेतोपाटी संवाददाता नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ।, नयाँ कानुनअनुसार झापामा आइतबारबाट नागरिकता वितरण सुरू भइसकेको थियो भने मोरङ र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए।, राष्ट्रपति रामचन्द्र पौडेलले गएको बुधबार विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। शुक्रबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासनहरूलाई नागरिकता वितरण थाल्न परिपत्र गरेको थियो।, यसरी जिल्ला–जिल्लाबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक यथास्थितिमा राख्न आदेश दिएको हो।, सर्वोच्चको आदेशले आफूहरू थप पीडित हुने अवस्था सिर्जना भएको भन्दै एक सय हाराहारीमा सडकमा ओर्लिएका युवाले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरे।, सडकसमेत अवरोध गरेका उनीहरूले तत्कालै नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्चको आदेशले आफूहरू थप पीडित बन्ने बताएका थिए।, सर्वोच्चको आदेशविरूद्ध विराटनगरमा मसाल जुलुस
रासस कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। , जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएका थिए।, घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमाल गाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए। , गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो। सहकारीको आजै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ। , मृतक सहकारी कक्षा–१० मा पढ्दै थिइन्। घटना के? कसरी? घटेको हो भन्ने बारेमा बुझ्न प्रहरी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।, गोली लागेको भन्ने खबर आएको र आफूहरू त्यसतर्फ जाँदै गरेको कालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए। घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए। , शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु
सेतोपाटी भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।, यो पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो। पुल भत्किँदै गरेको भिडिओ स्थानीयवासीले खिचेका छन्।, बन्दै गरेको पुल भत्किएको विषयमा बिहार सरकारले छानबिनको आदेश दिएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले यो घटनामा दोषी ठहरिनेलाई कडा कारबाही गर्ने बताएका छन्।, भागलपुरको सुल्तानगन्ज र खगडिया जिल्लाको अगुवानी भन्ने ठाउँको बीचमा बनिरहेको यो पुल चार लेनको भएको बताइएको छ। करिब तीन किलोमिटर लामो यो पुलको फाउन्डेसनका ३० भन्दा बढी स्ल्याब भत्केको अनुमान छ।, #WATCH, | Under construction Aguwani-Sultanganj bridge in Bihar’s Bhagalpur collapses. The moment when bridge collapsed was caught on video by locals. This is the second time the bridge has collapsed. Further details awaited., (Source: Video shot by locals) ,pic.twitter.com/a44D2RVQQO, — ANI (@ANI) ,June 4, 2023, यो पुल सन् २०१४ मा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेका थिए। पाँच वर्षमा निर्माण सक्ने सम्झौतासहित यो पुल एक निजी कम्पनीलाई जिम्मा दिइएको थियो। तर सात वर्ष बितिसक्दा पनि पुल बनिसकेको थिएन। यो पुल बनाउन एक हजार सात सय करोड भारूभन्दा धेरै रकम लाग्ने अनुमान थियो।, एक वर्षअघि पनि यो पुल भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, निर्माणाधीन पुल भत्केको भिडिओ सार्वजनिक हुनेबित्तिकै सत्तारूढ भारतीय जनता पार्टीले (भाजपा) ले नितिश कुमारविरूद्ध बोलेको छ।, एक विज्ञप्ति जारी गरी पुल भत्केको विषयमा निष्पक्ष जाँच गर्न माग गर्दै भाजपाले पुल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाएको छ। पछिल्ला दुई वर्षमा पुल दुईपटक भत्किनुले यसमा पक्का भ्रष्टाचार भएको भन्दै यो घटनाको जिम्मेवारी नितिश कुमारले लिनुपर्ने पनि भाजपाले बताएको छ।, गर्ल्यामगुर्लुम्म भत्कियो बिहारमा बन्दै गरेको पुल (भिडिओ)
सेतोपाटी संवाददाता मुलुकको अधिकांश भूभागमा आज पनि तापक्रम घट्ने सम्भावना न्यून छ।, पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने नदेखिएकाले  तापक्रम करिब यथावत् नै रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।, आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। ती स्थानहरूको तापक्रममा सामान्य फेरबदल भएपनि तराईका भूभागमा भने तापक्रम हिजोअस्ती सरह नै हुनेछ।, भोलि र पर्सी भने देशभरका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।तराईका भूभागमा भने अझै केही दिन पानी पर्ने सम्भावना नरहेको उनले बताए।, भैरहवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा चार पाँच दिनदेखि तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ। मौसमविद् अधिकारीका अनुसार भैरहवामा मे ३१ देखि,  सिमरामा मे ३० देखि लगातार ४० डिग्रीभन्दा बढी तापक्रम पुगेको छ।, मौसमविद् अधिकारीका अनुसार ती क्षेत्रका न्यूनतम तापक्रम नै २४ डिग्री भन्दा माथि रहन्छ। सबैभन्दा बढी धरानमा २६.५ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ। त्यस्तै जनकपुरमा २६.२ डिग्री र सिमरामा २३ डिग्री न्युनतम तापक्रम मापन भएको छ।, मे र जुन महिनामा उत्तरी गोलार्द्धमा सूर्यको किरण सिधा पर्ने भएकाले गर्मी हुनु स्वाभाविक हो। संगै पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएर बेलाबेला हुने वर्षाले तापक्रम नियन्त्रण गर्थ्यो। तर, पानी पार्ने कुनैपनि प्रणाली सक्रिय नभएकाले गर्मी बढेको मौसमविद् अधिकारी बताउँछन्।, यसपालि मनसुन पनि ढिला  सुरू हुने उनले बताए। यसपालि जहाँबाट मनसुन भित्रने हो, त्यहाँ नै मनसुन सुरू भएको छैन।, मौसमविद् अधिकारीका अनुसार  जुन १ सम्म भारतको केरलामा मनसुनी वायु आइसक्नुपर्ने हो तर यसपालि जुन ५ पुगिसक्दा पनि आइपुगेको छैन। त्यही वायु झापाबाट नेपाल प्रवेश गर्छ।, उक्त वायु केरलासम्म आइनपुगेकाले नेपालमा निर्धारित समय (जुन १३) मै मनसुन भित्रने सम्भावना न्यून रहेको उनले बताए। , तराईका भूभागमा तापक्रम बढ्दा तातो हावा चलेर लु  लाग्ने जोखिम बढेको छ। अत्यधिक गर्मी‍कै कारण तराईका भूभागहरूमा धमाधम विद्यालय बन्द गरिएका छन्। , देशभर अझै केही दिन तापक्रम नघट्ने, भोलि र पर्सी पहाडी भूभागमा वर्षाको सम्भावना
रासस संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।, संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।, नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ।, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ।, आज वातावरण दिवस मनाइँदै
रासस पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ। , सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ। डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो। डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो।, 'डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म पाँच घर भत्काइएको छ,' उनले भने, 'सडक मापदण्डभित्र रहेका सबै संरचना विस्तारै हटाइन्छ।', डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन्। त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ।, पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन्। आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने तयारी भइरहेको जनाइएको छ।, उनका अनुसार यो खण्डमा ६३१ घरटहरा भत्काइनेछ। यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ।, उनले भने, 'घरटहरा भत्काउनका लागि ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन सकेका छैनौँ,' अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिने उनको भनाइ छ।, मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।, पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ। चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।, पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ।, पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। सरकारले मुग्लिन पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ।, विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।, चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।, मुग्लिन-पोखरा सडक विस्तारः भत्काउन थालियो डुम्रे बजारका घर टहरा
रासस कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ। , अहिलेसम्म १७ जना सक्रिय सङ्क्रमितछन्। , कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन। , यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।,  , गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । , नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ। , विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो। , कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो
सेतोपाटी संवाददाता राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा धनुषाको महेन्द्रनगरमा चक्काजाम भएको छ।, नश्लीय सोचका कारण राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको भन्दै नागरिकताविहीन संघर्ष समितिले सोमबार बिहान चक्काजाम गरेको हो।, जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता कानुनको विरोध गरेका एमालेलगायत दलहरूविरूद्ध नाराबाजी गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्।, अहिले सर्वोच्च अदालत, एमालेविरूद्ध पनि उनीहरूले नाराबाजी गरिरहेका छन्। गृह मन्त्रालयले परिपत्र गरिसके पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको भन्दै समितिले हिजो जनकपुरम प्रदर्शन गरेका थिए।, चक्काजामका कारण जनकपुरदेखि पूर्व-पश्चिम हिँडेका यात्रु अलपत्र परेका छन्। पूर्व-पश्चिम राजमार्गका गाडी पनि रोकिएका छन्।, धनुषामा नागरिकताविहीन संघर्ष समितिको प्रदर्शन र चक्काजाम
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ।, सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो। , बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय धादिङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका रञ्जन अवा छन्। , दोस्रोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा रहेका कमल बेल्बासे, तेस्रोमा प्रहरी महानिरीक्षकको सचिवालयका यमकुमार श्रेष्ठ, अख्तियारमै रहेकी एलिजा गिरी चौथो र मानवस्रोत विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाका पाँचौंमा कमलराज पण्डितको बढुवा सिफारिस भएको छ।, सूची:, ,  , नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
रासस मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक पथान्तरण प्रणालीको ‘गेट’ मर्मत गरेको छ।, मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ।, प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने र गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।, 'गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन,' उनले भने। आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो।, पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ । गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो।, गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।, उनले भने, 'सुरुमा एक तिहाइ र त्यसपछि दुई तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ।' , उपत्यकामा पहिलोपटक मेलम्चीको पानी विसं २०७७ चैतमा ल्याइएको थियो । पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो। जुन अहिलेसम्म पनि पुनःनिर्माण भइसकेको छैन।, गत दुई वर्ष पनि हिउँदमा मात्रै उपत्यकामा पानी ल्याइएको थियो। पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना ‘हेडबर्क’ को क्षति भएपछि अहिले अस्थायीरुपमा पानी पथान्तरण गरेर ल्याइएको छ।, वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरुमा वर्षामा सुरुङ बन्द गरिएको थियो । यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ।, उपत्यकामा मेलम्चीको पानीका कारण हिउँदमा पानीको अभाव कम भएको छ। उपत्यकाको भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ।, चक्रपथ बाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिच्छाउने काम भइरहेको छ।, किन गरिँदैछ मेलम्चीको वैकल्पिक पथान्तरण प्रणालीको गेट मर्मत?
एजेन्सी आइतबार दिउँसो अमेरिकाको राजधानी वासिङ्टन डिसीका वासिन्दाले एउटा अनौठो आवाज सुने। त्यो आवाज यति ठूलो थियो त्यसले उनीहरूका घरसमेत हल्लाएको थियो।, मानिसहरू के भयो भनेर घरबाट बाहिर निस्किएका थिए।, द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो तीन बजेतिर अमेरिकी सेनाका दुई वटा लडाकु जहाज सुपरसोनिक गतिमा उडेका थिए। डिसीको प्रतिबन्धित हवाई क्षेत्रमा आएको एउटा अज्ञात जहाजका पाइलटले उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुनै सम्पर्क नगरेपछि उक्त जहाजलाई लडाकु जहाजले पछ्याएका थिए।, ती लडाकु जहाज ७५० माइल/प्रतिघन्टाको गतिमा उडेका थिए। जसले गर्दा निकै ठूलो आवाज र आकाशमा आगोको झिल्का देखिएको थियो।, लडाकु जहाजले पछ्याएको केही समयमै उक्त अज्ञात जहाज दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।, छिमेकी भर्जिनिया राज्यमा दुर्घटनामा परेको उक्त जहाज र त्यसमा सवार यात्रुहरूको खोजी भइरहेको छ।, उक्त जहाज इन्कोर मोटर्स अफ मेलबर्न कम्पनीको नाममा रहेको खुलेको छ। कम्पनीका मालिक जोन रम्पेलले जहाजमा आफ्नी छोरी, २ वर्षकी नातिनी र बच्चाकी सुसारे र पाइलट रहेको बताएका छन्।, रम्पेलका अनुसार उनीहरू नर्थ क्यारलाइनामा बिदा मनाएर न्युयोर्क फर्किँदै थिए।, जहाजका पाइलटले किन एयर कन्ट्रोलरले सम्पर्क गर्न खोज्दा जवाफ नदिनुको कारण के हो भन्ने खुलिसकेको छैन।,   , जब अमेरिकाको राजधानीमाथि उड्यो अज्ञात जहाज
एजेन्सी भारतको पूर्वी राज्य ओडिसामा फेरि अर्को रेल दुर्घटनामा परेको छ।, टाइम्स अफ इन्डियाका अनुसार ओडिसाको बारगढ जिल्लामा सोमबार बिहान एउटा मालवाहक रेलका पाँच डिब्बा लिकबाट बाहिर गएका हुन्।  उक्त रेल एउटा फ्याक्ट्रीको चुनढुंगा बोकेर  गुडिरहेको थियो। , दुर्घटनामा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरू अहिले दुर्घटनास्थलमा पुगेका छन्।, यसअघि गत शुक्रबार साँझ ओडिसाको बालासोर स्टेशनमा रेल दुर्घटना भएका थिए। दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७५ पुगेको छ।, स्थानीय समयअनुसार शुक्रबार साँझ सात बजे बालासोर स्टेशनमा दुई वटा रेल निर्धारित समयमै आइपुगेका थिए।, तर कलकत्ताबाट चेन्नई जान लागेको कोरोमान्डेल एक्सप्रेसको रेल अचानक मुख्य लाइन छोडेर लुप लाइनमा गयो। कोरोमान्डेलको गति त्यतिबेला ११० किलोमिटर/प्रतिघन्टाभन्दा बढी थियो।, लुप लाइनमा एउटा मालवाहक रेल रोकिएको थियो। तीव्र गतिमा आएको कोरोमान्डेल एक्सप्रेसको रेल मालवाहक रेलसँग ठोक्कियो। त्यसका सबै डिब्बाहरू लिकबाहिर निस्किए।, त्यही बेला यसवन्तपुरबाट हाउडा जान लागेको हाउडा सुपरफास्ट एक्सप्रेसको रेल आइपुग्यो। मेन लाइनमा विपरीत दिशाबाट गुडिरहेको हाउडा सुपर एक्सप्रेसको रेलका पछाडिका डिब्बामा मालवाहक रेलसँग ठोक्किएको कोरोमान्डेल एक्सप्रेसको रेलका केही डिब्बा ठोक्किए।, भारतीय रेलवे बोर्डकी सदस्य जया वर्मा सिन्हाले आइतबार आयोजित पत्रकार सम्मेलन दुबै रेल हरियो संकेत पाएर निर्धारित गतिमा स्टेशनमा पुगेको बताइन्।, उनका अनुसार दुबै रेल मेन लाइनबाट पास हुने संकेत दिइएको थियो। तर कोरोमान्डेल एक्सप्रेसको रेल मेन लाइनबाट लुप लाइनमा कसरी पुग्यो भन्ने कारण पत्ता लागेको छैन।, ‘इन्जिनमा खराबी भएर रेल लुप लाइनमा गएको देखिन्न। संकेतमै कुनै समस्या भएर हुन सक्छ,’ सिन्हाले भनिन्,‘कारण जेसुकै भए पनि अनुसन्धानबाट पत्ता लाग्ने छ।’, दुई यात्रुवाहक रेलमा  झन्डै २ हजार मानिस सवार थिए।, शुक्रबारको दुर्घटनापछि अहिले भारतीय सामाजिक सञ्जालमा त्यसैको चर्चा छ। शवहरू उठाएर थुपारेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्।, शवहरू उठाएर राखेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्। अधिकारीहरूले पहिचान हुन नसकेका शवको डिएनए परीक्षण गरिने बताएका छन्।, दुर्घटनास्थलबाट अन्य रेललाई आवातजावत गर्न दिनका लागि अहिले ठोक्किएका रेलका डिब्बा हटाउने काम भइरहेको छ।, सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख, गम्भीर घाइते हुनेलाई २ लाख र सामान्य घाइते हुनेलाई ५० हजार भारू क्षतिपूर्ति र उपचार खर्च दिने घोषणा गरेको छ।, भारतका विपक्षी दलका नेताहरूले भने अहिलेको दुर्घटनामा नरेन्द्र मोदी सरकारको नीति दोषी रहेको बताएका छन्।, प्रधानमन्त्री मोदीको प्राथमिकतामा वंदे भारत एक्सप्रेसका रेलमात्र परेको र अरू रेलको पूर्वाधारमा सुरक्षाका मापदण्ड पूरा नगरेकाले दुर्घटना भएको उनीहरूको आरोप छ।, भारत संसारमै सबैभन्दा ठूलो रेलवे सञ्जाल भएका मुलुकमा पर्छ। औसतमा दैनिक २५ लाख भारतीयले रेलमा यात्रा गर्छन्।, पुराना भइसकेका रेलका पूर्वाधार र त्यसमा अत्याधुनिक सुरक्षा मापदण्ड प्रयोग गर्न मोदी सरकार उदासिन रहेको तृणमूल कंग्रेसका नेता अभिषेक बेनर्जीको आरोप छ।, ‘केन्द्र सरकार विपक्षी नेताको जासुसी गर्न करोडौं रुपैयाँ खर्च गरिरहेको छ। तर यस्तो दुर्घटना रोक्नका लागि रेलमा एन्टीकोलिजन डिभाइस लगाउने आवश्यकतालाई नजरअन्दाज गरिरहेको छ,’ उनले भने।, केहीले रेल मन्त्री वैष्णवको राजीनामा मागेका छन्। यसअघि पनि रेल दुर्घटना हुँदा नैतिकताका आधारमा मन्त्रीले राजीनामा दिएका उदाहरण छन्।, सन् १९५६ मा लगालग दुइटा रेल दुर्घटना भएपछि तत्कालीन रेल मन्त्री लालबहादुर शास्त्रीले  नैतिकताका आधारमा राजीनामा दिएका थिए। पहिलो दुर्घटनामा प्रधानमन्त्री जवाहरलाल नेहरूले उनको राजीनामा अस्वीकृत गरे पनि त्यही वर्ष नोभेम्बर दोस्रो रेल दुर्घटनामा दर्जनौं यात्रुको ज्यान गएपछि उनले दिएको राजीनामा स्वीकृत भएको थियो।, सन् १९९९ मा असममा भएको रेल दुर्घटनामा परी २९० जनाको ज्यान गएपछि तत्कालीन रेल मन्त्री नितिशकुमारले पनि नैतिकताका आधारमा राजीनामा दिएका थिए।, अरू विभिन्न दुर्घटनामा पनि मन्त्रीहरूले राजीनामा दिए पनि उनीहरूको राजीनामा स्वीकृत भएको थिएन।,  , ओडिसामा मालवाहक रेल दुर्घटना
सेतोपाटी संवाददाता इलाममा  बुबाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा  इलामको माइ नगरपालिका वडा-२ चेप्टीका ३२ वर्षीय दीपक कुमाल छन्। , बाबु लोकबहादर कुमालको हत्या अभियोगमा दीपक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए।, उनका अनुसार जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भएपछि  दीपकले बाबु लोकबहादुरमाथि कुटपिट गरेका थिए। , छोराको कुटाईबाट घाइते भएका  लोकबहादुर उपचारको क्रममा शुक्रबार बिहान बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो।, लोकबहादुरको मृत्युपछि दीपकलाई पक्राउ गरिएको इन्सपेक्टर सुवेदीले जानकारी दिए।, घटनाबारे थप अनुसन्धान भइरहेको  उनले बताए। , इलाममा बुबाको हत्या अभियोगमा छोरा पक्राउ
राजेश घिमिरे बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवनको कसरास्थित कठघरामा छ। फागुन १७ गते राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको यो बाघलाई  चितवन राष्ट्रिय निकुञ्जको कसरा ल्याएर 'इनक्लोजर' (कठघरा) मा राखिएको हो।, त्यसअघि यसले घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, राप्तीसोनारी–६ की चाँदनी थारू, धनबहादुर चलाउने, वकिल गद्दी र एक भारतीयको ज्यान लिएको थियो। अन्य दुई जनालाई घाइते बनाएको थियो।, सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका प्राविधिकसहितको समूहले डेढ हप्ता लगाएर डार्ट (लठ्याउने औषधि लोड गरिएको बन्दुकले हानेर) गरेपछि कसरा ल्याइएको थियो। तीन महिनादेखि कठघरामा रहेको बाघ निकै आक्रामक छ। मान्छे अगाडि आएपछि उसको छटपटाहट थप बढ्छ।, चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकारी पनि रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले यो बाघ निकै बलियो र आक्रामक रहेको बताए। ‘मान्छे खाने बानी परेको भएकाले पनि होला मान्छे अगाडि परेपछि थप आक्रामक बन्छ,’ उनले भने।, उनका अनुसार संख्या बढेसँगै बाघ र मान्छेबीचको द्वन्द्व पनि बढ्दै छ। घाँस, दाउरा, निउरो खोज्न वन गएका व्यक्तिहरुलाई बाघले निसाना बनाउने गरेको छ।, चितवनमा गतवर्षमात्रै बाघको आक्रमणबाट ११ जनाको मृत्यु भएको थियो। ७ जना घाइते भएका थिए। यस वर्ष एक जनाको मृत्यु भएको छ। चितवन निकुञ्जभित्र गत वर्ष विभिन्न कारणले ६ वटा बाघ मरेका थिए। यस वर्ष २ वटाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७२/०७३ यता ३२ वटा बाघको मृत्यु भएको निकुञ्जको तथ्यांक छ।, निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रणमा लिएर कठघरामा राख्ने गरेको छ। चितवनको कसरा र सौराहामा गरेर अहिले पाँचवटा बाघ कठघराभित्र छन्। कसरामा ३ र सौराहामा २ वटा बाघ छन्। तीमध्ये ४ वटा भाले हुन्।, कसरामा बाँके, माडी र बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिइएका बाघ छन्। बाँकेको बाघ मान्छे खान पल्किएको भएकाले तत्काल छाड्न सक्ने अवस्थामा छैन। माडीको बाघलाई एक जना व्यक्तिमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिइएको हो। भैंसी चराउन निकुञ्जको सीमा क्षेत्रमा अमिलिया पुगेका ६८ वर्षीया सूर्यनारायण अधिकारीलाई बाघले आक्रमण गरेको थियो। गत असोजमा झण्डै एक महिना लगाएर यसलाई नियन्त्रणमा लिइएको हो।, सौराहामा मेघौली र कुमरोजबाट नियन्त्रणमा लिइएका बाघ छन्। गत जेठ २३ गते भरतपुर–२३ घैलाघारीमा मान्छे खाएको बाघले ९ दिनपछि करिब १० किलोमिटर पर वडा नम्बर २७ स्थित मेघौलीमा महिलाको ज्यान लिएपछि उसलाई नियन्त्रणमा लिइएको थियो। मृत्यु हुने दुबै महिला थिए। उनीहरु दुबैजना निउरो टिप्न सामुदायिक वनभित्र गएका थिए।  , ‘मान्छे मार्न पल्किएको बाघलाई जंगलमै रहन दिँदा अन्यमाथि पनि आक्रमण गर्ने डर हुन्छ। त्यसैले सकेसम्म नियन्त्रणमा लिने प्रयास हुन्छ। मध्यवर्ती क्षेत्रमा विशेषगरेर समस्याग्रस्त भएका बाघलाई पहिचान गरेर नियन्त्रणमा लिने गरिएको छ,’ तिवारीले भने, ‘यो एक प्रकारको सजाय पनि हो। कठघरामा राखेर उसको आनीबानी, व्यवहार सुधार्ने प्रयास हुन्छ। सुध्रिएको संकेत मिलेपछि फेरि सुरक्षित तरिकाले जंगलमै लगेर छाड्छौं।’, बाघलाई शरीरमा स्याटेलाइट कलर जोडेर छाड्ने गरिएको तिवारीले बताए। त्यसले उक्त बाघ कुन ठाउँमा, कस्तो अवस्थामा बसेको छ थाहा दिन्छ। क्षति गर्ने संभावना देखिए तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ।  , गत वर्ष दुइटा र यस वर्ष एउटा बाघलाई स्याटेलाइट कलर जोडेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको तिवारीले बताए। ‘उनीहरुले अहिलेसम्म कुनै क्षति गरेको जानकारी नआएकाले सामान्य अवस्थामा फर्किएको अनुमान गर्न सकिन्छ,’ उनले भने।, यस वर्ष ४ वटा बाघको उद्धार गरेको निकुञ्जले जनाएको छ। गतवर्ष ७ वटाको उद्धार गरिएको छ।, समस्याग्रस्त बाघको पहिचान गरेर नियन्त्रणमा लिइने गरेपनि नियन्त्रणमा लिइएको बाघको व्यवस्थापन निुकञ्जका लागि चुनौती बनेको छ। चितवन निकुञ्जसँग अहिले पाँचवटा बाघमात्रै राख्नसक्ने क्षमता छ। ती पाँचवटै खोर अहिले भरिएका छन्। तत्कालै अर्को बाघलाई नियन्त्रणमा लिनुपरेको अवस्थामा राख्ने ठाउँ छैन। भएकामध्ये एकलाई जंगलमा छाडेर नयाँलाई राख्ने विकल्पमात्रै निकुञ्जसँग छ।, नियन्त्रणमा लिइएका बाघको आहारा व्यवस्थापन अर्को चुनौती हो। तिवारीकाअनुसार एउटा बाघका लागि दैनिक ५ देखि ७ किलो मासु आवश्यक पर्छ। ‘समय मिलाएर मासु र पानी खुवाउनुपर्छ। तर त्यसका लागि निकुञ्जसँग पर्याप्त स्रोत छैन,’ तिवारी भन्छन्, ‘वार्षिक कार्यक्रममा आहाराका लागि भनेर बजेट छुट्टाइएको हुँदैन। यो वर्ष, आगामी वर्ष कति बाघ समात्नुपर्ने अवस्था आउँछ भनेर कल्पना गर्न सकिने विषय पनि होइन।’, सामान्य अवस्थामा बाघले मान्छेमाथि यसै आक्रमण गर्दैन। घाइते, अशक्त, आहारा खोज्न नसक्ने अवस्थाको बाघले मान्छेमाथि आक्रमण गर्न सक्छ। बच्चासँग छ भने, अचानक जम्काभेट भएको अवस्थामा असुरक्षित महसुस गरेर पनि आक्रमण गर्न सक्छ। ‘त्यसैले जंगल जाँदा सचेत हुनुपर्छ। जंगल जानुपरेको अवस्थामा समूहमा जानुपर्छ, भड्किलो कपडा लगाउन हुँदैन,’ तिवारीले भने।  , सन् २०२२ को सर्भेक्षणअनुसार नेपालमा ३५५ वटा बाघ छन्। चितवनमामात्रै १२८ वटा बाघ रहेको उक्त सर्भेक्षणले देखाएको थियो। चितवन निकुञ्जको पश्चिमतर्फ होटल टाइगर टप्स आसपासमा बढी बाघ रहेको तिवारीले बताए।, तस्बिर : राजेश घिमिरे/सेतोपाटी, कठघरामा नरभक्षी बाघको छटपटाहट (भिडिओ)
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।, शुक्रबार शहीद  गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडियकेयर अस्पतालको अनुगमनपछि पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन्।, अस्पताल सञ्चालनको स्वीकृति लिँदा नै आर्थिक अवस्था  कमजोर भएका बिरामी, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या छुट्याउने प्रावधान रहेकोमा पूर्ण रूपमा पालना नभएको मन्त्री बस्नेतको भनाइ छ।, 'तर व्यवहारमा त्यो लागू भएको छैन भन्ने हामीलाई गुनासो आएको मात्रै होइन अलिअलि जानकारी मलाई पनि छ,' मन्त्री बस्नेतले भने। उनले अब त्यसरी नचल्ने बताउँदै  दस प्रतिशत शय्या नछुट्याउने अस्पताललाई सरकारले कारबाहीको दायरामा ल्याउने चेतावनी दिए।, उनले एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण बुझाउन निर्देशन दिएका छन्।, 'एक आर्थिक वर्षकै तथ्यांक हामी माग्छौँ। त्यो सेवा,सुविधा कुन–कुन अस्पतालले दियो, कुन–कुनले दिएन। सम्झौता भएको भन्दा बढी दिएको रहेछ भने हामी त्यसै किसिमले हेर्छौं,' उनले भने, 'गरेको छैन भने हामी त्यही अनुसारले हेर्छौ। ज–जसले त्यो दिएको छैन मन्त्रालयले कानूनी परिधिभित्र रहेर हामी कारबाही सुरू गर्छ।', उनले अस्पतालमा शय्या उपलब्ध छ, छैन भन्ने विवरण पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको बताए। मन्त्री बस्नेतले अस्पतालमा बेड पाउन पनि मन्त्री र सांसदले सिफारिस गर्नुपर्ने अवस्था हटाउने बताए।, 'सिफारिस पनि चाहिएन। खालि छ भने लाने, छैन भने लानु परेन। वेबसाइटमा हुन्छ। वेवसाइटमा राखीएको कुरा झुटा सावित भयो भने त्यो हस्पिटललाई हामी कारबाही गर्छौं,’उनले भने।, बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन शाहले निःशुल्क उपचारका लागि शय्या नछुट्याउने  ६८ अस्पतालको सूची मन्त्री बस्नेतलाई बुझाएका थिए। ,  ,  , निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्छौंः स्वास्थ्यमन्त्री (भिडिओ)
रासस नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौंमा जारी छ।, बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरू भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ। , आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताए।, उनले भने, ‘सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरू गरिएकोमो आज तीन जनाको बयान भइरहेको छ।’ , नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, नक्कली शरणार्थी प्रकरण: खाणसहित तीनको बयान
सेतोपाटी संवाददाता सिन्धुलीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन  गरिएको छ।, सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।, स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए।, उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं  सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।, सिन्धुलीको गोलञ्जोर  गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो।, गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।, सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले सेतोपाटीलाई जानकारी दिए।, सुनकोशी नदीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न गोताखोर परिचालन
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण प्रक्रिया थालेको छ।, सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले सम्याति इलेक्ट्रो व्हिल्स प्रालिसँग सम्झौता गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।, पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरिने  र विस्तृत अनुसन्धान गर्ने सहमति भएको पौडेलले बताए।, ‘पुरानो मोटरसाइकल उपमहानगरले दिने र सो मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमति भएको छ,’ मेयर पौडेलले भने। , सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो। त्यही व्यवस्थाअनुरूप पहिलो चरणमा अनुसन्धान  थालेको इटहरी उपमहानगरले जनाएको छ।, उपमहानगरका अनुसार कम्पनीका आदित्य आचार्य, रिसव गड्तौला, अस्तित्व मादेम्बा, निकेश बज्राचार्य लगायतले पेट्रोल गाडीलाइ रूपान्तरण गर्नेछन्। कम्पनी सञ्चालक आदित्य आचार्यले छ महिनाभित्र २ वटा पेट्रोल मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्ने बताए। , उनका अनुसार पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिन्छ।, इटहरी उपमहानगरले थाल्यो पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय बनाउने प्रक्रिया
सरिशा अछामी अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका एक युवकलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले केही समयअघि उद्धार गर्‍यो।, युवकका परिवारले ब्युरोमा उजुरी दिएपछि प्रहरीले उद्धार गरेको थियो। प्रहरीलाई आश थियो- फर्केर आएका युवकले अमेरिका पठाउँछु भनेर आफूलाई अलपत्र पार्ने एजेन्टविरूद्ध बयान दिनेछन्। तर त्यस्तो भएन।, उद्धारपछि ती युवक प्रहरीको सम्पर्कमा आउने खोजेनन्। प्रहरीले पटक-पटक सम्पर्क गरी युवकलाई एजेन्टविरूद्ध उजुरी दिई कानुनी कारबाही अगाडि बढाउन सहयोग गर्न अनुरोध गर्‍यो तर उनले मानेनन्।, परिवारको सम्पर्कमा आएर उद्धार गरेपछि युवायुवतीले एजेन्टविरूद्ध बयान नदिने गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)  कृष्णप्रसाद पगेनी बताउँछन्।, ‘पीडितले उजुरी दिए अर्का युवायुवती फस्दैनथे, तर दिँदैनन्,ʼ पंगेनीले भने, ‘एजेन्टविरूद्ध उजुरी नदिने भएकाले ठगिने क्रम रोक्न सकिएको छैन।ʼ, दुई साताअघि अमेरिका जान हिँडेका एक अर्का युवकलाई पनि घानाबाट उद्धार गरिएको थियो। ती युवकलाई एक हप्ता काउन्सिलिङ गर्दा पनि उनले उजुरी दिन मानेका छैनन्।, ‘युवकको परिवारले उजुरी दिइसकेका छन्, युवकले बयान दिए कानुनी कारबाही अगाडि बढाउँथ्यौं। तर मानेकै छैनन्,ʼ प्रवक्ता पंगेनीले भने, ‘ठूलो रकम फसेको हुन्छ। एजेन्ट जेल गए पैसा फिर्ता नपाउने डरले होला उजुरी दिनै मान्दैनन्।ʼ, प्रहरीले पटक-पटक आग्रह गर्दासमेत पीडित युवायुवती बयान दिँदैनन्। त्यसैले अवैध बाटो हुँदै अमेरिका पठाउँछु भनी हुने ठगीलाई कम गराउन नसकिएको पंगेनी बताउँछन्।, ‘कसैले उजुरी दिए पो रोक्न सकिन्थ्यो, उजुरी नै दिँदैनन्,ʼ उनले भने, ‘उजुरी दिए घटनाको प्रकृति हेरेर मुद्दा चलाउँथ्यौं।ʼ, उनका अनुसार अवैध बाटो हुँदै अमेरिका जान खोज्नु निकै जोखिमपूर्ण कुरा हो। लाखौं खर्च गरेर ज्यानको माया मारेर यात्रा गर्नुपर्छ।, दुई-तीन वर्षयता अवैध बाटो हुँदै जान खोज्द ज्यानै गएका घटना धेरै भएका छन्। कोही बाटैमा बेपत्ता भएका छन्। तै पनि यो क्रम रोकिएको भने छैन।, अहिलेसम्म ब्युरो रेकर्डमा नेपालीको ज्यानै गएका तीन वटा घटना छन्।  , ०७८ असार ५ गते क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी ७ जना नेपालीको मृत्यु भएको थियो भने एकजना नेपालीको उद्धार भएको थियो।, त्यतिबेला दाङका एन्जल बुढामगर, बाँकेका हेमराज अधिकारी, दाङका रेशम दिंगमगर, पर्वतका राजु गुरूङ, पर्वतका दिनेश गौतम, देवकोटा थरका एक व्यक्ति र परिचय नखुलेको एक व्यक्तिसहित सात जनाको मृत्यु भएको थियो।, उक्त घटनामा म्याग्दीका प्रकाश बिकलाई सकुशल उद्धार गरिएको थियो। उनलाई प्रहरीले सम्पर्कमा गर्न खोज्यो तर सकिएन। उनी अहिले अमेरिकामै छन्, प्रहरीको सम्पर्कमा आएकै छैनन्।, उक्त घटनामा एन्जल बुढामगरको परिवारले अमेरिका पुर्‍याउने भनेर पैसा असुल्ने दाङका टोपबहादुर जिसीविरूद्ध ब्युरोमा जाहेरी दिएका थिए।, उक्त घटनामा संलग्न भएको आधारमा २०७९ भदौ २३ गते जिसीलाई  इन्टरपोलमार्फत्  रेड कर्नर नोटिस जारी गरी पक्राउ गरिएको थियो। पक्राउ परेको केही महिनामै १५ लाख धरौटी बुझाएर उनी छुटे।, तिनै जिसी अहिले फेरि रकम ठगी गरेको उजुरीमा पक्राउ परेका छन्। उनी अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा छन्।  , ०७९ कात्तिक २५ गते रूकुम पश्चिमका रमेश गौतम र प्रदीप खत्री  र प्युठानका काले गिरी क्यारेबियन सागरमा डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका थिए।, ‘उक्त घटनामा पनि हामीले पीडितकै घरमा पुगेर एजेन्टविरूद्ध उजुरी गर्न भनेका थियौं, पीडितका परिवारले मानेनन्,ʼ प्रवक्ता पंगेनीले भने।, प्रदीप खत्री बेपत्ता भएपछि एजेन्टले उनका भाइलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको खबर प्रहरीलाई प्राप्त भइएको छ। त्यही पैसामा भाइलाई पुर्‍याइदिने भएपछि आर्थिक प्रलोभनमा परी परिवारले उजुरी नगरेको हुनसक्ने उनको भनाइ छ।  , ‘अवैध बाटो हुँदै जाँदा दाइ बेपत्ता भएको थाहा हुँदाहुँदै पनि भाइ गए,ʼ प्रवक्ता पंगेनीले भने, ‘आर्थिक लोभकै कारण ज्यान जोखिममा राखेर जान्छन्।ʼ, यस्ता घटना दोहोरिरहेका छन्। दुई महिनाअघिमात्र अवैध बाटो हुँदै अमेरिका जान हिँडेको एक नेपालीको बाटैमा मृत्यु भयो।, २०७९ चैत ९ गते अवैध बाटो भएर अमेरिका हिँडेका रूकुम पश्चिमका २० वर्षीय मदन शाही पानामाको जंगलमा मृत भेटिएका हुन्।, यसरी अवैध बाटो हुँदै अमेरिका जाने र बेपत्ता हुने नेपाली कति होलान्?, यसको सरकारसँग कुनै तथ्यांक छैन्। अलपत्र परे भनेमात्र प्रहरीलाई उद्धार गरिदिन परिवारले ब्युरोमा उजुरी दिन्छन्। नत्र थाहा नहुने उनले बताए।, ज्यान जोखिममा राखेर अमेरिका जान नेपालीले २० देखि ७० लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएका हुन्छन्। ती व्यक्ति उजुरी दिनै आउँदैनन्।, अवैध बाटो हुँदै जाँदा बीच-बीचमा समुद्र पार गराउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउने व्यक्तिले अलपत्रमा छोड्दा तथा थप रकम माग्दा अलपत्रमा पर्ने गरेका घटना धेरै सुनिन्छन् तर पनि जान कम नभएको प्रवक्ता पंगेनीले बताए।, ‘मर्न तयार भएर जान्छन्,ʼ उनले भने।, अवैध रूपमा जानेहरूलाई दलालले अमेरिकी भूमिसम्म लगेर छोडिदिएपछि उनीहरूको काम सकिन्छ।  , अमेरिका छिरेपछि नेपाली युवायुवतीहरुलाई त्यहाँको इमिग्रेसनले समातेर केरकार गर्‍यो वा डिपोर्ट नै गर्‍यो भने पनि दलाल जवाफदेही हुँदैन। दलालको काम जसरी हुन्छ अमेरिकासम्म छिराइदिने मात्र हुने गरेको प्रवक्ता पंगेनी बताउँछन्।  , ‘अमेरिका पसेपछि उनीहरु आफैं जवाफदेही हुन्छन्,ʼ उनले भने, सुरक्षाकर्मीको रोकटोकबिना अमेरिकामा प्रवेश गर्न पाएकाले ‘शरण’ का लागि कानुनी पक्रिया अगाडि बढाउँन पाउछन्।ʼ, अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीहरूले शरणार्थी मुद्दामार्फत् अमेरिकी बसाइको वैधानिकता प्राप्त गर्ने गरेका छन्। प्रमाण नपुगेको अवस्थामा अमेरिकाले ‘डिपोर्ट’ गर्ने गरेको छ।, विगत पाँच वर्षमा १ सय ७७ जनालाई अमेरिकाले डिपोर्ट गरेको छ।, ब्युरोको तथ्यांक अनुसार २०७५/०७६ मा ४५, २०७६/०७७ मा ८३, २०७७/०७८ मा ३०, २०७८/०७९ मा १३, २०७९/०८० मा ६ जना नेपालीलाई  अमेरिकाले डिपोर्ट गरेको थियो।  , ‘डिपोर्ट गरेका सबै अवैध बाटो हुँदै गएका भने होइनन्। कतिपयले त्यहाँ अवैध काममा गरेकाहरू पनि हुन्छन्,ʼ उनले भने।, अमेरिका पठाउँछु भनेर लाखौं रुपैयाँ लिने एजेन्टविरूद्ध उजुरी गर्दैनन् पीडित
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनिएको ठगी प्रकरणमा १८ प्रतिवादीको बयान सकिएको छ।, शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिइएको थियो।, ३० जना प्रतिवादी भएको यो मुद्दामा १८ प्रतिवादीको बयान सकिएको र अब आइतबारदेखि थुनछेक बहस सुरू हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।, थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हो।, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १७ जना प्रतिवादी पक्राउ गरेको थियो भने महर्जन बिहीबार अदालतमा उपस्थित भएका थिए।, यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी र लक्ष्मी महर्जनलाई पक्राउ गरिसकेको छ।, फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।, प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।, उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।, यो प्रकरणमा विभिन्न व्यक्तिहरूबाट २८ करोड ८१ लाख ठगेको अभियोगपत्रमा उल्लेख छ।, अभियोगपत्रमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल सहितले विभिन्न व्यक्तिहरूबाट भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी विभिन्न व्यक्तिहरूबाट २८ करोड ८१ लाख रुपैयाँ ठगी गरी लाभ लिएको अभियोगपत्रमा उल्लेख छ।, तीसै जनालाई ठगीमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ। उनीहरूबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराउन पनि सरकारी वकिलले माग गरिएको छ।, भुटानी शरणार्थी समस्याको स्थायी समाधान पहिल्याउन गठित तत्कालीन गृहसचिव बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलले अमेरिका पठाउन छुट रहेका ४ सय २९ जना बाँकी रहेको प्रतिवेदन दिएको थियो। गृहसचिव पाण्डेमार्फत् उक्त प्रतिवेदन बाहिर ल्याई नक्कली प्रति बनाएको अभियोगमा तीसै जनालाई सरकारी कागज कीर्तेको कसुर लगाएको छ।, सरकारी कागज कीर्ते कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने सरकारी वकिलको माग छ।, यो प्रकरणमा आफूलाई लाभ हुने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र उनीहरूको यस्तो कार्यले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच पुर्‍याएको कसुर उनीहरूलाई लगाएको छ।, राष्ट्रहित विपरीतको कार्यमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना र एकीकृत कसुरमा साढे ९ वर्ष कैद सजाय हुन माग गरिएको छ।, रायमाझी, खाण, पाण्डे, रिजाल, इन्द्रजित राई र शमशेर मियाँ सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनीहरूलाई राष्ट्रहितविपरीत कसुर गरेको अभियोगमा थप तीन वर्षसम्म कैद गर्न पनि सरकारी वकिलको माग छ।, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने योजना बनाई गृहमन्त्री, गृहसचिव, सुरक्षा सल्लाहकार लगायतलाई करोडौं रुपैयाँ दिएर आपराधिक समूहको संगठनमा मिसाएको, नाइकेको रूपमा सानु भण्डारी र केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापाले काम गरेको त्यसपछिको तहमा २५ जनाले काम बाँडफाँट गरेर संगठित अपराध चलाएको अभियोगपत्रमा उल्लेख छ।, संगठित अपराधमा उनीहरूलाई ५ वर्षसम्म कैद र ५० हजार जरिवाना माग गरेको छ।, यी व्यक्तिहरूले एउटै विषयमा एकभन्दा बढी कसुर गरेको भन्दै एकीकृत कसुरको अभियोग पनि सरकारी वकिलले लगाएको छ।, उनीहरूलाई एकीकृत कसुरअन्तर्गत साढे ९ वर्ष कैद र ९५ हजार सजाय थप हुने देखिन्छ।, एकीकृत सजाय गरेका कसुरदारलाई सबभन्दा बढी जुन कसुरको सजाय हुन्छ त्यही सजाय र दोस्रो बढी सजाय जुन कसुरमा हुन्छ, त्यसको आधा सजाय थप गर्ने कानुनी व्यवस्था छ।, यो प्रकरणमा सबभन्दा बढी सजाय हुने मुद्दा ठगी र सरकारी कीर्ते हुन्।, यी दुबै मुद्दामा ७ वर्षसम्म कैद र ७० हजार जरिवाना तोकिएको छ। त्यसपछि सबभन्दा बढी कैद हुने मुद्दा संगठित अपराध र राष्ट्रहित विपरीतको कार्य हो। यसमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुन्छ। जसको आधा सजाय साढे २ वर्ष कैद र २५ हजार जरिवाना हो।, यो प्रकरणमा प्रहरी समक्ष बयान गर्दा मुख्य योजनाकार मानिएका सानु भण्डारी केशव दुलाल लगायतले अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतको नाम बयानको क्रममा पोलेका थिए।, तर प्रहरीले उनीहरूविरूद्ध प्रमाण फेला नपारेको भन्दै उनीहरूलाई अनुसन्धान प्रक्रियामा नतानेको हो।, सरकारी वकिल कार्यालयले भने बयानको क्रममा आएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो। यस्तै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई पनि यसमाथि थप अनुसन्धान गर्न पत्र लेख्ने निर्णय गरेको थियो।, नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ प्रतिवादीको सकियो बयान, आइतबारदेखि थुनछेक बहस
सेतोपाटी संवाददाता झापाको दोमुखास्थित कनकाई नहरमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।, कनकाई नगरपालिका वडा नम्बर २ का १९ वर्षीय सलीम गुरागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ।, अपराह्न ४ बजे तिर कनकाई नहरमा उनी पौडी खेल्न गएका थिए। , घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।, केही दिनयता झापामा गर्मी बढेको छ। गर्मीका कारण नदी, तलाउ, नहर लगायतमा पौडी खेल्ने क्रम बढेको छ।, गर्मीका कारण झापाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालय बन्द छन्। विद्यालय बन्द भएका कारण अभिभावकलाई छलेर बालबालिका गर्मी छल्न पौडी खेल्न जान थालेको प्रहरीले जनाएको छ।, एक साताअघि मात्र सतासीधामको माथिल्लो झरनामा पौडी खेल्ने क्रममा कमल गाउँपालिकाका एक किशोरको डुबेर ज्यान गएको थियो।, नहरमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु
रासस जुम्लामा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।, सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।, प्रहरीका अनुसार शुक्रबार दिउँसो २ बजेतिर जुम्लाको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुंगा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो।, ट्र्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ।, सुनार ट्र्याक्टरमा सवार थिए।, दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।, ट्र्याक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बिहे गरेकी छन्।, सोबिताले गृहेन्द्र घिमिरेसँग सामान्य तरिकाले बिहे गरेकी रास्वपाका एक सांसदले जानकारी दिए। , उनका अनुसार गृहेन्द्र माओवादीका पार्टी सदस्य हुन्। चितवनका गृहेन्द्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट रहेको पनि उनले बताए।, सोबिता गत मंसिरमा भएको चुनावमा काठमाडौं- २ बाट सांसद चुनिएकी हुन्।, दोलखाको तामाकोशी गाउँपालिकामा जन्मेकी सोबिता पहिले नेपाल टेलिभिजनमा पत्रकारिता गर्थिन्। त्यहाँ उनले स्वास्थ्य सरोकार भन्ने कार्यक्रम चलाउँथिन्। नेपाल टेलिभिजनपछि उनी एसडिजी टिभीमा खानपानसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्।, कानुनकी विद्यार्थी समेत रहेकी २८ वर्षीया सोबिताले चुनावमा आफ्ना प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी थिइन्।,  , रास्वपा सांसद सोबिता गौतमले गरिन् बिहे
सेतोपाटी संवाददाता नेपालमा जातजातिको संख्या १४२ पुगेको छ।, जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो।, जनगणना २०६८ मा १२५ जातजाति थिए।, जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ।, जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ।, जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिंगअनुसारको जनसंख्या सार्वजनिक गरिएको तथ्यांक कार्यालयले जनाएको छ।, नेपालमा जातजातिको संख्या पुग्यो १४२
रासस धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय छोराको मृत्यु भएको छ।, सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।, उनीहरूलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान लगिएको थियो। उपचारका क्रममा बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।, सिकिस्त रहेका उनका छोराको पनि आइसियु कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए।, प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जंगलबाट जंगली च्याउ ल्याएर खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए।, जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि धरान ल्याइएको थियो।, उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बाबु, आमा र छोरा अस्पताल आएका थिए। उपचारपछि बुबा ठीक भएर आमाछोराको स्याहारमा थिए। आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको पनि थियो। , शुक्रबार अचानक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था आएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो। त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिनुभयो।, जंगली च्याउ खाएर आमाछोराको मृत्यु
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ।, मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ।, हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका  क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको थियो। गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको मौसमविद् महर्जनले बताइन्।,  हिजो सुदूरपश्चिम र  कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महर्जनले जानकारी दिएकी छन्।, पश्चिमी वायु र स्थानीय वायु कमजोर भएका कारण अन्य भूभागमा भने वर्षाको सम्भावना नरहेको उनले बताइन्।, काठमाडौं उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने सम्भावना रहेको छ। शुक्रबार दिउँसो पनि केहीबेर मौसम बदली भइ तापक्रम घटेको थियो।, मौसमविद् महर्जनका अनुसार यसपालि मनसुन केही ढिला हुने देखिएको छ।, 'सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रन्छ, तर यसपालि केही ढिला हुने सम्भावना छ। मनसुन सक्रिय नभएकाले पनि गर्मी बढेको हो,' उनले भनिन्।  , कहिले घट्छ गर्मी? मौसमविद् विनु महर्जन भन्छिन्- अझै केहीदिन सम्भावना छैन
सेतोपाटी संवाददाता सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन्।, शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालका अनुसार अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ।, अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको उनले डिएसपी  दाहालले जानकारी दिए।, बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर  गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।  , गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते छन्।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।, सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्।, अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी, बिहानैदेखि खोजी जारी
रासस पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ।, इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो।, समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ। त्यस्तै जेठमा हालसम्म पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ।, यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए। रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ।, नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए।, 'पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएको एक सय दिनमा ६६ लाख ६१ हजार तीन सय ७८ भेटी सङ्कलन भएको छ। यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ,' उनले भने।, स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ।, यसअघि मन्दिरमा सङ्कलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ।, यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन। राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन।, लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन। यसअघिको समितिले भने यही जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने बताएको छ।, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताए।, सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी रन्जनकुमार दाहालका अनुसार आज बिहान विद्यालयका लेखापाल  ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।, बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, डिएसपी दाहालका अनुसार शौचालयमा विषको बोत्तल समेत भेटिएको छ।, 'शौचालयमा विषको बोत्तल पनि भेटिएको छ। विष सेवन गरेर आफैलाई आगो लगाएको हुनसक्ने अनुमान छ,' उनले भने।  , जलेर गम्भीर घाइते उनको  कोशी अस्पतालमा उपचार भैरहेको छ।, घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।, मोरङमा विद्यालको शौचालयमा जलिरहेको अवस्थामा भेटिए विद्यालयकै कर्मचारी
डा. नुतन शर्मा गर्भावस्थालाई पहिलो तीन महिना, बीचको तीन महिना र पछिल्लो तीन महिना गरी तीन तहमा विभाजन गरिन्छ।, गर्भ रहेको थाहा पाउनासाथ चिकित्सकलाई भेट्नुपर्छ। सुरूमै अल्ट्रासाउण्ड गर्‍यो भने बच्चा कहाँ रहेको छ भन्ने थाहा हुन्छ। कुनै पनि औषधी नसोधिकन खानु हुँदैन। फोलिक एसिड नामको औषधी खानुपर्छ। सामान्यत: गर्भको योजना बनाउनुभन्दा १/२ महिना पहिला नै फोलिक एसिड खानुपर्छ। गर्भ रहेपछि सामान्य गतिविधि गर्नुपर्छ। लामो यात्रा नगर्ने, गह्रौं काम नगर्ने, शारीरिक सम्पर्क नराख्ने गर्नुपर्छ। अध्ययनले मेवा नखानु भनेर भनेको छ। महिना/महिनामा अस्पताल जानुपर्छ। लामो यात्रा गर्दा तत्काल अस्पतालको सुविधा नपाउन सकिन्छ। त्यसैले सकेसम्म हवाई यात्रा गर्नुपर्छ।, सुरूवातका तीन महिना शारीरिक सम्पर्क गर्नै हुँदैन। बीचको तीन महिनामा शारीरिक सम्बन्ध गर्न हुन्छ भने पछिल्लो तीन महिना पनि हुँदैन। गर्भावस्थामा  सामान्यत: शारीरिक सम्पर्क नगरेकै राम्रो हो। सुरूवाती तीन महिनामा वाकवाकी लाग्छ। तर जति वाकवाकी लागे पनि खाना खानुपर्छ।, चौथो महिनामा गर्भवतीलाई खाना रूच्न थाल्छ। तीन महिनापछि प्रोटिनको मात्रा बढाउनु पर्छ। गर्भवतीले अण्डा, दूध र मासु खानुपर्छ। जसले गर्दा बच्चाको वृद्धि विकासमा सहयोग गर्छ। यो समयमा आइरन र क्याल्सियम खानुपर्छ। तीन महिना पुगेपछि अर्को अल्ट्रासाउण्ड गर्नुपर्छ। त्यसो गर्दा बच्चाको अवस्था थाहा हुन्छ। त्यस्तै २२ देखि २४ हप्तामा अन्य स्वास्थ्य परीक्षण गर्नुपर्छ।, अन्तिमको तीन महिना धेरै महत्वपूर्ण हुन्छ। सानो गल्तीले सबै गुम्न सक्छ। त्यसैले चिकित्सकको निगरानीमा बस्नुपर्छ।, गर्भवतीलाई मुटुको समस्या, सुगर, प्रेसर अनि थाइराइड लगायतको समस्या छ भने हामीले त्यसको लागि अलग्गै तरिकाले निगरानी गर्छौं।, गर्भवतीलाई जुनसकै बेलामा शंका लागेमा अल्ट्रासाउण्ड गर्न मिल्छ। अल्ट्रासाउण्डले केही हानी गर्दैन। गर्भवतीले चार महिनापछि उत्तानो परेर सुत्न हुँदैन। कोल्टे परेर सुत्नुपर्छ।, नर्मल डेलिभरी र सिजरिङको कुनै नियम छैन। यो परिस्थितिमा भर पर्ने कुरा हो। बच्चा उल्टो छ, साल बेरिएको छ भने सिजरिङ डेलिभरी गर्नैपर्छ। त्यसैले यसको कुनै तरिका भन्ने छैन।, (बरिष्ठ प्रसुति तथा स्त्री रोग एवम् टेष्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन्।),  , गर्भ रहेदेखि बच्चा नजन्मिँदासम्म के खाने, कस्ता गतिविधि गर्ने (भिडिओ)
सेतोपाटी संवाददाता भक्तपुरमा गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ। , शनिबार बिहान साढे ७ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरा जाँदै गरेको ‘हात्ती गाडी’ पछाडि सवार एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , बा २१ च ५३०१ नम्बरको गाडीबाट खसेपछि ती महिला गम्भीर घाइते भएकी थिइन्।  , उनको उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। ती महिलाको पहिचान नखुलेको डिएसपी पाठकले बताए। , चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सुर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। , घटनाको अनुसन्धान भइरहेको परिसरले जनाएको छ। ,  , भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु
रासस सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन्। केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो।, यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो। अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ।, खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा-भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताउनुभयो।, 'खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी सङ्ख्या पहिलेको तुलनामा धेरै नै बढेको छ। यसबाट विद्यार्थी खुसी पनि छन्,' महतोले भने, 'विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन्। यसले गर्दा हामीलाई उत्साही बनाएको छ।', विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ।, विद्यालय अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी बताउँछन्।, 'सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो,' उनले भने,' विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ।', नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताइन्।, बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्वपूर्ण मानिन्छ।, लहानमा ५९ सामुदायिक, १२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो। प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको १५ रूपैयाँ दिने गरेको छ।  , दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता
नवीनबाबु गुरूङ नेपाल एकीकरणको केन्द्र विन्दु गोरखा दरबार नामैले ऐतिहासिक छ। , गोरखाको सदरमुकाम पोखरीथोक बजारको टुप्पोमा रहेको गोरखनाथ र गोरखा कालिका देवीको मन्दिर संगै रहेको गोरखा दरबार आफैंमा धार्मिक, ऐतिहासिक र भौगोलिक रूपमा पनि महत्वपूर्ण मानिन्छ। यो प्राकृतिक रूपले पनि निकै सुन्दर ठाउँमा छ। त्यसैले गोरखा दरबार अन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ। गोरखा बजारको बीचमागमा रहको संग्राहलय पनि यहाँको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो।, गोरखा बजारको माझकोटस्थित यो दरबार २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त भएको थियो। पुनर्निमाणको क्रममा रहेको यो दरबारबाट थुप्रै हिमशृंखलाहरू देख्न सकिन्छ। वर्षायाममा छिन छिनमै मौसम परिवर्तन भइरहनु यहाँको एउटा मुख्य विशेषता पनि हो।  , यस्तै भूकम्पले क्षतिग्रस्त दरबारसँगै रहेको कालिका मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ।, पुनर्निर्माणका लागि २०७८ साउन १५ मा धर्म एस-आरआर जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ असार १५ मा काम सक्नुपर्ने भए पनि अहिलेसम्म काम सकिएको छैन।,  , पुरातत्व विभागले म्याद थप गरे पनि काम सम्पन्न नभएको हो। करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ। छाना छाउने काम मात्र बाँकी रहेको अड्डाको भनाइ छ।, एक करोड ९५ लाख रुपैयाँ लागतमा कालिका मन्दिर पुनर्निर्माण ठेक्का लागेको थियो।, गोरखा दरबार र यहाँको इतिहास अनि सुन्दरता झल्कने केहि तस्विरहरु :, सुन्दर गोरखा दरबार (तस्बिरहरू)
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले जेठ १३ गते देखि जेठ २० गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, गणतन्त्र दिवसको अवशरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा राखिएको एउटा मौलिक परम्परागत घरको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, निर्जला एकादशीको अवसरमा तुलसीको मठमा पुजा गर्दै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाइको क्रममा हात हल्लाउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी विन्दबासिनी कंशाकार सभामुख देवराज घिमिरेबाट सपथ लिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, संसदमा बजेट प्रस्तुत गर्न जानुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय अघि सामुहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री लगायत मन्त्रीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्नुअघि ब्रिफकेश देखाएर तस्बिर खिचाउँदै अर्थमन्त्री प्रकाशशरण महत। तस्बिर: निशा भण्डारी/सेतोपाटी, काठमाडौंको कौशी नाटकघरमा मन्चन भइरहेको नाटक त्रयमको एक दृश्य। नाटकमा एउटी फ्ल्याटमा बस्ने तीन युवतीको कथा समेटिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, गत शनिबार ललितपुरको गोदावरीमा भएको मिस नेपाल २०२३को ग्राण्ड फिनालेमा मिस नेपाल घोषणा भएपछि। यसपटक श्रीच्छा प्रधान मिस नेपाल-२०२३ बनेकी छिन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ,  , भारतको 'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अघि गरिएको प्रदर्शनमा सहभागीहरू। तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी, हावाहुरीले गजुर ढालेपछि मर्मतको क्रममा रहेको स्वयम्भुनाथ स्तुपा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट आम माफी पाएर जेलबाट रिहा भएपछि पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगेका रेशम चौधरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको मण्डला थिएटरमा चलिरहेको नाटक बुद्ध र भिकारीको एउटा दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी  , गणतन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायत। तस्बिर: निशा भण्डारी/सेतोपाटी , साताका तस्बिर
रासस बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।, शनिबार बडिमालिका नगरपालिकामा रूखबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी छन्। , रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए। , रूखबाट खसेर एक जनाको मृत्यु
रासस राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत रहेको देखिएको छ।, तीन लाख ५२ हजार नौ सय ८३ विवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन्। तीमध्ये ६.४ प्रतिशत अर्थात् ५४ हजार ५४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन्। , प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै दुई सय १८ शिशुको मृत्यु भएको थियो। पछिल्लो तीन वर्षमा पाँच वर्षमुनिका पाँच सय ८६ बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। , यसैबीच, राष्ट्रिय जनगणनाको तथ्यांकमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ। गत वर्षसम्म आठ लाख ५२ हजार ३५२ बच्चा जन्मिएकामा ५२.२ प्रतिशत अर्थात् चार लाख ४४ हजार ९१२ छोराको जन्म भएको छ। त्यस्तै, ४७.९ प्रतिशत अर्थात् चार लाख आठ हजार २६३ छोरीको जन्म भएको छ। , यहाँका महिलाहरू अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवालाहरू बताउँछन्।, कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत
सेतोपाटी संवाददाता हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सामान्य छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।, मौसमविद् सञ्जीव अधिकारीका अनुसार स्थानीय वायु र पश्चिमी वायु कमजोर रहेकाले  तत्काल ठूलो वर्षा हुने सम्भावना छैन। तराईका भूभागमा हावाहुरीको सम्भावना भने देखिएको उनले बताए।, ‍'तत्काल कुनै प्रणाली बनेर भित्रने सम्भावना छैन,स्थानीय र पश्चिमी वायु पनि कमजोर भएका कारण पानी पर्ने र तापक्रम घट्ने  सम्भावना देखिएको छैन,' उनले भने,' केही स्थानमा फाटफुट वर्षा भने हुन सक्छ।', दुई तीन दिन पानी पर्ने सम्भावना नरहँदा तापक्रम तुलनात्मक रूपमा वृद्धी हुने उनले बताए। काठमाडौं उपत्यकाको तापक्रम पनि बुधबारको तुलनामा केही बढ्न सक्ने उनको भनाइ छ।, भैरहवा, सिमरा लगायतका स्थानमा केही दिनदेखिको उच्च तापक्रम कायमै रहने छ। ती क्षेत्रको तापक्रम दिउँसो ४० डिग्रीसम्म पुग्ने सम्भावना छ।,  राति कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, यस्तो छ आजको मौसम
सेतोपाटी संवाददाता बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका छन्। , सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरे पनि बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित बनेका हुन्।, बुधबार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको तालाचाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरूले सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने जनाइएको छ। , त्यस्तै, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनसन बस्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ।, यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे आगामी असार २ गतेदेखि माग पूरा नहुञ्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने परिषद्ले जनाएको छ।, नीति तथा कार्यक्रममा समावेश बुँदा नम्बर १२७ बजेटबाट गायब भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए। तिवारीले मुलुकभरका सामुदायिक विद्यालयहरूमा न्यून वेतनमा कार्यरत कर्मचारीको पीडा बुझ्न नसकेको र उनीहरूको मागप्रति सरकार संवेदनशील हुन नरहेको आरोप लगाए। , ‘विद्यालय कर्मचारीहरूले शिक्षक महासंघ र दलका नेताहरूबाट धेरै आश्वासन पाए तर अधिकार पाएनन्, अब सडकबाटै माग सम्बोधन गराएरै छाड्छौंं’,तिवारीले भने, ‘अब कुनै पनि नेताको दैलोमा धाउँदैनौं, आन्दोलनबाटै अधिकार प्राप्त गरेरै छाड्छौं।’ , नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सरकारले नीति तथा कार्यक्रमको व्यवस्था बजेटमा नसमेटेर १० दिनमै विद्यालय कर्मचारीको विश्वास गुमाएको बताए। , १० दिनमै कर्मचारीका विश्वास गुमाउने सरकारले जनताको विश्वास गुमाउन धेरै समय नलाग्ने उनले चेतावनी दिए। , अब घोषित आन्दोलनबाट एक इञ्च पछाडि नहट्ने भन्दै महासचिव योगीले माग पूरा नभएसम्म मुलुक भरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने चेतावनी दिए। , योगीले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै विद्यालयको तालाचावी स्कुललाई बुझाएर आन्दोलनमा होमिने बताए। , आफूहरूको चाहना विद्यालय बन्द गर्नु नरहेको भन्दै बाध्य हुनुपरेको महासचिव योगीको भनाइ छ।, हाल मुलुकभर सामुदायिक विद्यालयमा विद्यालय सहयोगी २७,८९० र लेखा सहायक ७,१ ७८ गरी ३५ हजार ६८ विद्यालय कर्मचारी कार्यरत रहेका छन्। तर, विद्यालय पियनले मासिक ८ हजार र लेखापालले मासिक १३, ५०० मात्रै पारिश्रमिक पाउँदै आएका छन्।  उनीहरूको व्यवस्थापनका लागि थप ७ अर्ब ८१ करोड २६ लाख रकम लाग्ने भनेर शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी प्रक्रिया अगाडि बढाएको भए पनि बजेटमा नसमेटिँदा विद्यालय कर्मचारी आन्दोलित बनेका हुन्।   ,  , बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालयका कर्मचारीले गरे आन्दोलन कार्यक्रम घोषणा
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्।, उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।, मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालका अनुसार मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ।, जिम्मेवारी हेरफेर भएसँगै औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल भएका छन्।, परोपकार प्रसूति गृह स्त्रीरोग अस्पतालको निर्देशक डा. श्रीप्रसाद अधिकारी भएका छन् भने राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. बद्री रिजाललाई दिइएको छ।, राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाइएको छ।, त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रूद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा. अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ।, यसैगरी मन्त्री बस्नेतले डा. चुमनलाल दास र डा. यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएका प्रेस सल्लाहकार दुलालले जानकारी दिए।, स्वास्थ्य मन्त्रालयका ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।, बुधबार काठमाडौं महानगरपालिकाले विश्व धूमपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले निर्देशन दिएका हुन्। , उनले अस्पतालहरूमा आइसियू, इमर्जेन्सी वा सिसियू बेडहरू के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे।  , उनले सो काम सुरू भइसकेको भन्दै अब त्यस प्रकारको समस्या नहुने बताए। , त्यस्तै, ओपिडी टिकट अनलाइनमार्फत् पनि लिन सकिने उनले बताए। , उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए।, उनले भने, ‘अब चाँडै वीर हस्पिटलले सेवा वृद्धि गर्दैछ। कुन अस्पतालमा आइसियु बेड छ? इमर्जेन्सी बेड छ, वा सिसियु बेड छ ? वा खाली छ, छैन छ भने कति छ? बिरामीहरूलाई भ्रम हुन थाल्यो। ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो। गरिबहरू जाँदाखेरी नपाउने भन्ने हुन थाल्यो। त्यसैले मैले देशभरका अस्पतालहरूमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु। त्यो काम सुरू भइरहेको छ। अब त्यो समस्या हुँदैन। ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडि बढाउन भनेको छु। प्रक्रिया सुरू हुन थालेको छ। अनलाइन र फिजिकल्ली दुइटै किसिमले टिकट पाउनसक्छौं अहिले। वीर अस्पतालमा आइसियु बेडहरू बढ्दैछ। इमर्जेन्सी, वार्डहरूमा बेड बढ्दैछ। डायलासिसमा सुधारका पक्ष अगाडि बढ्दैछ।’, उनले संसारभरमा सुर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। , उनले सुर्तिजन्य पदार्थमा कम्तीमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए।, उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए।, अस्पतालहरूमा बेडको स्थिति के छ वेबसाइटमा राख्न स्वास्थ्य मन्त्रीको निर्देशन
रासस आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।, राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन्।, विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो।, आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि  विश्व दूध दिवस मनाउन थालेको हो ।, दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।, आज विश्व दूध दिवस मनाइँदै
रासस दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ।, सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो।, सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए।, गर्मीका कारण बालबालिकालाई सम्भावित विभिन्न समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए।, त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए।, उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उनले बताए। इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ।, प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए।, अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए। केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ।, अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा
रासस खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ। , विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो। यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ।, दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो।  भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए। , ‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने।, हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ। ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ। झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’, न्यौपानेले भने।, निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ। गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ।, निर्माण कम्पनीको लापरवाहीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ। स्वास्थ्यचौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ। , ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ।, ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो। ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा युवराज पौडेलले बताए। , छ पटक म्याद थप्दा पनि बनेन स्वास्थ्यचौकी
विनोद सापकोटा केही दिन यता झापामा अत्यधिक गर्मी बढ्न थालेपछि विद्यालय बन्द हुन थालेका छन् ।, जिल्लाका शिवसताक्षी, मेचीनगर र कचनकवल गाँउपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।, शिवसताक्षी र मेची नगरले आजदेखि लागु हुने गरी दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने सूचना जारी गरेका छन् ।, वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकारी छवि ढकालले बताए।  शिवसताक्षीका ३५ सामुदायिक, ३ धार्मिक र २४ संस्थागत विद्यालयको नियमित पठन पाठन बन्द गरिएको शिक्षा अधिकारी ढकालले सेतोपाटीलाई जानकारी दिए।, कचनकवल गाँउपालिकाले २२ गते पाँच दिनसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको सो पालिकाको शिक्षा शाखाले जनाएको छ।, यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।, झापामा तीन दिन यता निक्कै गर्मी बढेको छ । बुधबार झापाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । आज ३९ डिग्री सेल्सियस पुग्ने अनुमान छ भने भोली पनि ३९ डिग्री सेल्सियस मौसम पूर्वानुमान छ।, गर्मी बढेपछि झापामा तीन पालिकाका विद्यालय पाँच दिनसम्म बन्द
सेतोपाटी संवाददाता ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ ।, बुधबार महानगर प्रमुख चिरीबाबु महर्जनले शौचालयको शिलान्यास गरेका हुन्। उक्त शौचालयमामा स्तनपान कक्ष समेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए।, यो शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने,‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं।’, ६ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी महानगरले बनाउन लागेको शौचालय अपांगता र ज्येष्ठ नागरिकमैत्री समेत हुने महर्जनले जानकारी दिए।, महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताए ।, '९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आव्हान भइसकेको छ,' उनले भने। बाँकी वडामा पनि क्रमशः निर्माण हुने उनले बताए ।, शौचालय एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ । ६ वटा युरेनलसहितको ३ पुरुष शौचालय र  ६ वटा महिला शौचालय निर्माण हुनेछ ।, त्यसैगरी एउटा अपाङगतामैत्री शौचालय पनि निर्माण हुने उनले बताए । पर्यटकका लागि शौचालय निर्माण भएको यो पहिलो शौचालय भएको महानगरको दाबी छ।, शौचालय निर्माणको जिम्मा पिपिएण्डपी सिर्जनशील जेभीले पाएको छ ।, महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रमा अहिले भएका शौचालयहरु यो निर्माण भएपछि भत्काउने बताए ।, पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय बनाउँदै ललितपुर महानगर
रासस बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो।, धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन।, विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो।, छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि  पुनः सञ्चालनमा ल्यायो। त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे। धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो।, लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो। तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन्।, विसं २०७८ चैतमा विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो।, धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ।, धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको सात करोड रूपैयाँ लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो। लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम छ।, राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए।, पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ ।, उनी भन्छन्, ‘विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन।’ बलेवा बजारका रूपमा विकास भएको छ।, पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ ।, बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताए।, विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे।, यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ।, ‘पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेसिन आएका थिएनन् तर पनि विमान चलेको थियो, अहिले मेसिन आए काम पनि भयो तर विमान आएन’, अध्यक्ष खत्रीले भने।, विमानस्थलबाट २०४८ सालसम्म काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउँछन्।, कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ।, कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनको भनाइ छ।, विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।, रन वे बनेको एक वर्ष बित्यो, जहाज चढ्ने टुङ्गो छैन
रासस तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ।, म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।, गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथिहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो।, उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न तीनैजनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो।, प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।, करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु भएको घटनामा तीन जनाविरूद्ध मुद्धा
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले थप २० जनालाई गोताखोरको प्रशिक्षण दिएको छ।, चितवनको कुरिन्टारस्थित सशस्त्र प्रहरी बल, नेेपाल विपद व्यवस्थापन तालिम शिक्षालयले २० जनालाई  गोताखोरको प्रशिक्षण दिएको हो। , प्रशिक्षणको समापन बिहीबार कुरिन्टारको त्रिशूली नदी किनारमा गरिएको थियो।, सशस्त्रका १९ जना र नेपाल प्रहरीका एक जना जवानले ५ हप्ते तालिम लिएका थिए। नेपाल प्रहरीले भने पहिलो पटक गोताखोरको तालिम लिएको हो।, उनीहरूलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए। , प्रशिक्षणमा बर्दियाका गणेशबहादुर थापा पहिलो भएका छन्।, प्रशिक्षार्थीहरूले शारीरिक सहिष्णुता, डाइभिङ फिजिक्स, डिकम्प्रेसन, डाइभिङ डिजिज र डाइभिङ मेडिसिनको तालिम लिएका हुन्।, यस्तै, डाइभिङ एड्मिनिस्ट्रेसन, एयर डाइभिङ, अन्डर वाटर सर्च टेक्निक, लाइफ सेभिङ टेक्निकलगायतबारे पनि प्रशिक्षण दिइएको थियो।, तालिम सप्तकोशीको नदी, कास्की, पोखरास्थित फेवातालमा गरिएको थियो।, बिहीबार त्रिशूलीमा आयोजित कार्यक्रममा उद्धारको डेमो समेत देखाइएको थियो। जसमा नदीमा बेपत्ता भएकाको गोताखोर, डोरीको प्रयोग, राफ्टिङको प्रयोग लगायत गरी उद्धार गरिएको थियो।, यसरी सशस्त्र प्रहरीमा मात्रै गोताखोरको प्रशिक्षण लिने अहिलेसम्म ७४ जना छन्।, सशस्त्र प्रहरीले सुरूमा सन् २०१५ मा बंगलादेशबाट गोताखोरको तालिम लिएको थियो। त्यतिबेला २५ जना सशस्त्र प्रहरीले सो तालिम प्राप्त गरेका थिए।, यस्तै विपद्का घटनाबाट सशस्त्र प्रहरी बलले अहिलेसम्म ८ सयभन्दा बढीको उद्धार गरेको छ।, सशस्त्र प्रहरी बलले थप २० जनालाई दियो गोताखोरको प्रशिक्षण
सेतोपाटी संवाददाता प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्।, प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बिहीबार बिहान नौ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।, घलेका अनुसार मोहन र अन्जनीबीच केही समययता प्रेम सम्बन्ध रहे पनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिइन्।, ‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ घलेले भने।, अहिले चक्कु प्रहार गर्ने मोहनलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।, विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या
शोभा शर्मा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकले जन्मसिद्ध नागरिकका सन्तान र प्रवासमा बस्ने नेपालीलाई न्याय दिएको छ। नेपाली महिलालाई भने यसले दोस्रो दर्जाका नागरिकको हैसियत जारी राखेको छ।, यो कानुनले तीन वटा अवस्थामा महिलालाई पुरूषलाई भन्दा कम अधिकार भएका नागरिकको हैसियत प्रदान गरेको छ।, पहिलो, यो कानुनअनुसार महिलाले आफ्नो नामबाटमात्र सन्तानलाई नागरिकता दिलाउन चार वटा शर्त पूरा गर्नुपर्ने छ। जबकी पुरूषले आफ्नो नामबाट बिना कुनै शर्त आफ्ना सन्तानलाई नागरिकता दिलाउन सक्छ।, ती शर्त हुन्- नेपालमै जन्मेको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान नभएको हुनुपर्ने र बाबुको पहिचान नभएको घोषणा गर्नुपर्ने।, पुरूषले आफ्नो नामबाटमात्र सन्तानलाई नागरिकता दिलाउनका लागि कुनै पनि शर्त पूरा गर्नु पर्दैन। उनीहरूले आफ्नो नागरिकता देखाएर सजिलै सन्तानलाई नागरिकता दिलाउन सक्ने छन्।, महिलाले भने आफ्नो नामबाट नागरिकता दिलाउन जाँदा बच्चाको बाबुको पहिचान छ या छैन भन्ने प्रश्नको सामना गर्नु पर्नेछ। बावुको पहिचान छ भने देखाउनु पर्ने र छैन भने किन नभएको त्यसको व्यहोरा खुलाउनु पर्ने छ।, यो व्यवस्थाले महिलालाई स्वतन्त्र नागरिकको रूपमा पुरूषसरह व्यवहार गरेको छैन। यो विभेद संविधानमा उल्लेखित नागरिकहरूको समानताको हकविरूद्ध छ।, यो व्यवस्था कानुनमा आएको भने संविधानको नागरिकतासम्बन्धी व्यवस्थाबाटै हो।, संविधानको धारा ११ को उपधारा ५ ले आमाका नामबाट मात्र नागरिकता भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ।’, यो कानुन महिलाहरूप्रति कतिसम्म निर्मम छ भने कसैगरी पछि स्वघोषणा गलत ठहरियो भने महिला नै सजायको भागीदार बन्नुपर्ने छ।, बच्चाको नागरिकता बनाउने बेलासम्म पहिचान नभएको बाबु पछि आएर सन्तान दाबी गर्‍यो र ऊ जैविक रूपमा बाबु भएको प्रमाणित भए आमाले सजाय भोग्नुपर्ने यो विधेयकले व्यवस्था गरेको छ।, यस्तो अवस्थामा महिलालाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने छ।, यो कानुनले गरेको दोस्रो ठूलो विभेद हो- महिलाका विदेशी श्रीमानलाई अस्वीकार गर्नु।  , नेपाली महिलाले कुनै विदेशी पुरूषसँग विवाह गरिन् र ती पुरूष स्थायी रूपमा नेपाल बस्न चाहे भने पनि उनले नागरिकता पाउने छैनन्। आफ्नो देशको नागरिकता त्याग्छु र नेपालमै बसोबास गर्छु र यहीँको कानुन मान्छु भनेर आएका नेपाली महिलाका त्यस्ता विदेशी श्रीमानले कहिल्यै अंगीकृत नागरिकता पनि लिन पाउने छैनन्।, जबकी नेपाली पुरूषले बिहे गरेर ल्याएका विदेशी महिलाले भने चाहेको बखत सजिलै अंगीकृत नागरिकता पाउने छन्। उनीहरूले आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया सुरू गरे बिहेको भोलिपल्टै पनि नागरिकता पाउने छन्। र, उनीहरू सदैव नेपाल नै बस्नुपर्छ भन्ने छैन।, यो व्यवस्थाले महिला र पुरूषलाई ठाडो विभेद गरेको छ। एउटै बाबुआमाका सन्तानमध्ये दाजुका विदेशी श्रीमतीलाई यो कानुनले सजिलै नागरिकता दिनेछ, बहिनीका विदेशी श्रीमानलाई कहिल्यै नागरिकता दिने छैन। त्यसैले यो कानुनले नेपाली महिलालाई स्वतन्त्र नागरिकको हैसियत दिएको छैन।, तेस्रो विभेद हो, नेपाली महिलाले विदेशीबाट जन्माएका सन्तानलाई अंगीकृत गर्ने व्यवस्था।, कानुनले विदेशीबाट जन्मिएका नेपाली महिलाका सन्तानले बाबुको देशको नागरिकता लिएको छैन भनेमात्र नेपालको नागरिकता पाउने व्यवस्था गरेको छ। तर उसले आमाको नामबाट वंशजको नागरिकता पाउने छैन। अंगीकृत नागरिकता पाउने छ। जबकी नेपाली पुरूषले विदेशी महिला विवाह गरे पनि उनीहरूबाट जन्मिएका सन्तानले वंशजको नागरिकता पाउने छन्, अंगीकृत नागरिक यो देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख बन्न पाउने छैनन्।, अर्थात् नेपाली महिलाले विदेशी पुरूषसँग विवाह गरेर जन्मिएको सन्तान माथि उल्लेखित राज्यका प्रमुख पदहरूमा पुग्ने पाउने छैन। तर विदेशी महिला र नेपाली पुरूषबाट जन्मिएको सन्तानलाई भने त्यस्तो कानुनी बन्देज हुने छैन।  , विभेद यहाँसम्म गरिएको छ कि, नेपाली पुरूषले विवाह गरेकी महिलाले विदेशी नागरिकता त्यागिनन् र उनी विदेशमै बसिन् भने पनि उनीहरूबाट जन्मिएका सन्तानले भने वंशजको नागरिकता पाउने छन्। किनभने बाबुको नामबाट नागरिकता लिन आमाको पहिचानको आवश्यकता नै नपर्ने कानुनी व्यवस्था छ।, यसरी एउटै घरका दाजुका सन्तान र बहिनीका सन्तानमा समेत यसले विभेद गर्ने छ।, नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले पुरूषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जाको नागरिक ठहर्‍याएको एमाले नेता विन्दा पाण्डेले बताइन्।, ‘हामीले संविधानबाटै विभेदकारी व्यवस्था हटाउन सकेनौं। अहिलेको कानुनले पनि त्यसैलाई निरन्तरता दिने हो। यहाँ पुरूष पहिलो दर्जा र महिला दोस्रो दर्जाका हुने संवैधानिक र कानुनी व्यवस्था कायम रह्यो,’ उनले भनिन्।, महिलालाई नागरिकतामा गरिएको विभेदको नजरबाट हेर्दा संविधान र कानुन यसअघिको अन्तरिम संविधान र त्यस अनुसारको कानुनभन्दा पनि पश्चगामी देखिन्छ।  , नागरिकतासम्बन्धी ऐन २०६३ ले  आमा वा बावुको नामबाट सहजै नागरिकता पाइने व्यवस्था गरेको थियो।, २०६३ सालदेखि आजसम्मको कानुनले नेपाली महिलाले सन्तानलाई आफ्नो नामबाट मात्र नागरिकता दिलाउन यस्ता शर्त पूरा गर्नु परेको थिएन। पुरूषले सरह महिलाले पनि आमाका नामबाट सजिलै नागरिकता दिलाउन पाउने कानुन थियो। तर गृह मन्त्रालय नेतृत्व गर्ने नेतादेखि तल्ला तहका कर्मचारीले यो कानुन कार्यान्वयन गर्न ठाडै अस्वीकार गर्दै आएका थिए।, अदालतको आदेशपछि मात्र आमाहरू सन्तानलाई नागरिकता दिलाउन पाउँथे। तर नयाँ संविधान जारी भएपछि भने अदालतको आदेशसमेत कार्यान्वयन गर्न छोडेका थिए। महिलाले आफ्ना सन्तानलाई नागरिकता दिलाउन मुस्किल पर्दै गएको थियो।, विदेशी श्रीमानलाई नागरिकता दिलाउने हक भने महिलालाई अन्तरिम संविधान र त्यस अन्तरगतको कानुनले पनि दिएको थिएन। विदेशी पतिबाट जन्मिएका सन्तानलाई पनि उक्त कानुनले अंगीकृत नागरिक नै मान्थ्यो।,  ,  , नागरिकता कानुनले नेपाली महिलालाई दिलाएको दोस्रो दर्जा
सरिशा अछामी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा साढे २१ हजार मिटरब्याज पीडितले निवेदन दिएका छन्।, आयोगले वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म पीडितलाई निवेदन दिन आह्रान गरेको थियो।, सात प्रदेशबाट २१ हजार ५ सय ४८ मिटरब्याज पीडितले निवेदन दिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।, ‘मधेश प्रदेशका आठ जिल्लामा १७ हजार ८ सय ५६ निवेदन दिएका छन्,ʼ अध्यक्ष कार्की भन्छन्, ‘नवलपरासी पश्चिममा मात्र १ हजार ८ सय ८९ ले पीडितले निवेदन दिएका छन्।ʼ, ९ जिल्लामा मात्र १९ हजार ७ सय ४५ पीडितले निवेदन दिएका छन्।, यीबाहेक ६८ जिल्लामा १ हजार ८ सय ३ निवेदन दिएको आयोगका अध्यक्ष कार्कीले जानाकारी दिए।, उनका अनुसार कोशी प्रदेशमा ३७७, मधेश प्रदेशमा १७ हजार ८५६, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी ३ हजार १२, कर्णालीमा ४५, सुदुरपश्चिममा १५७ निवेदन दर्ता भएका छन्।, ‘सबैभन्दा धेरै निवेदन मधेशका ८ जिल्ला र नवलपरासी पश्चिमबाट दिएका छन् भने  गण्डकी प्रदेशमा शून्य छ,ʼ उनले भने, ‘अन्य जिल्लामा नगन्य छन्।ʼ, आयोगले पीडितहरूलाई आफूसँग भएका प्रमाणसहित जिल्ला तथा अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाएको थियो। सबै जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निवेदन दिन एउटा छुट्टै कक्षको व्यवस्था गरिएको कार्की बताउँछन्।, पीडितलाई सहयोग पुर्‍याउन कार्यालयका कर्मचारीलाई खटाइएको थियो।, सबै मिटरब्याज पीडितले फाराम भरून् भनेर दोस्रो पटक समय थपिएको थियो। पहिलोपल्ट वैशाख १७ देखि ३१ गतेसम्म निवेदन दिने सूचना सार्वजनिक गरिएको थियो। पछि समय थपेर जेठ १४ गतेसम्म पुर्‍याइएको थियो।, ‘अझै पनि छुटेका पीडितले जिल्लामा गएर निवेदन दिन सक्छन,ʼ उनले भने, ‘पीडितले जहिलेसुकै उजुरी दिए पनि अनलाइनमार्फत दर्ता हुन्छ।ʼ, तथ्यांक संकलन गरेसँगै आयोगले पहिलो चरणको काम सकेको छ। अब दोस्रो चरणको काम सुरू गरिएको कार्की बताउँछन्।, पीडित भएका जिल्लामा जेठ ११  कार्यदल गठन गर्न निर्देशन दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी निरीक्षक, सरकारी वकिल सदस्य र प्रशासन अधिकृत वा नायब सुब्बालाई सचिव बनाएर कार्यदल गठन गरी काम अगाडि बढाइने अध्यक्ष कार्कीले बताए।, कार्यदलले पीडित र साहुसहित वडाध्यक्ष तथा पालिका प्रमुखलाई राखेर छलफल अगाडि बढाउने छ।  , ‘ऋणीले तिर्नुपर्छ, बढी लिएको साहुले फिर्ता दिनुपर्छ,ʼ उनले भने, ‘कतिपय पीडितले ऋण लिँदा जग्गाको लालपुर्जा पास गरेर दिएका छन्, ऋण चुक्ता गरी जग्गा फिर्ता गराइन्छ।ʼ, अहिलेसम्म आयोगले पीडितसँगमात्र छलफल गरेको छ। पीडक आयोगसँग छलफल गर्न आएकै छैन। सिराहा, जनकपुर, धनुषामा साहुहरू मिलेर छुट्टै संगठन खोलेका  छन्। उनीहरूले मिटरब्याजी पीडकको नाममा मानसिक यातना दिएको भन्दै आवाज उठाइहेका छन्।, ‘कतिपय साहु आयोगसँग सहकार्य गर्न तयार छन्,ʼ कार्कीले भने, ‘दुबै पक्षको कुरा सुनिसकेपछि कार्यदले निर्णय लिन्छ।ʼ, सहमतिमा आउन नचाहने साहुको सम्पत्ति छानबिन हुने र स्रोतभन्दा धेरै सम्पत्ति भेटिए सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने उनले बताए।, ‘त्यसैले सम्पत्ति छानबिन गर्न बाध्य नबनाउनुहोला। सहमतिमै मिलेर जाऔं भनेर साहुलाई भनिरहेका छौं,ʼ उनले भने, ‘छलफलको काम सुरू भइसकेको छ।ʼ, आयोगलाई तीन महिनाको समय तोकिएको छ। समय अवधिभित्र काम सकिन्छ सकिन्न भनेर तत्काल भन्न नसकिने कार्कीले बताए।, तथ्यांक संकलन गरी छलफल सुरू हुँदा पनि मधेशका विभिन्न जिल्लाबाट चैत २० गते आएका पीडित रत्नपार्कको शान्तिवाटिका पार्कमा बसिरहेका छन्।, ११ दिन हिँडेर आएका पीडितसँग सरकारले चैत १८ गते गरेको सहमति फितलो भएको भन्दै दबाब दिन उनीहरू आएका हुन्। उनीहरू अहिलेसम्म थोरै संख्यामा यही बसिरहेका छन्।, सरकारले सहमति गरेझैं काम गरोस् भनी दबाब दिन यहीँ बसेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहा बताउँछन्।, ‘मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको नेतृत्वमा पहिला पनि आयोग गठन भएको थियो,ʼ उनले भने, ‘त्यतिबेला पनि तथ्यांक संकलन गरी सरकारलाई बुझाएको थियो। त्यसपछि कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन।ʼ, यो पटक पनि तथ्यांक संकलन गर्ने काममात्र नहोस् भनेर दबाब दिन अझै केही समय काठमाडौंमा बस्ने उनी बताउँछन्।,  , साढे २१ हजार मिटरब्याज पीडितले दिए सरकारले बनाएको आयोगमा निवेदन
सुसन चौधरी कसैको घरमा चोरी भए के गर्ने? अन्जान व्यक्तिले जबरजस्ती करणी गरे कहाँ जाने? सवारी दुर्घटनामा परी चालकको मृत्यु भयो तर अर्को पक्ष फरार भए कसलाई गुहार्ने?, यस्ता आपराधिक घटना जुनसुकै बेला जसमाथि घट्न सक्छ।, यी घटना आइपरी हाले हामी सबैभन्दा पहिले प्रहरीमा जानुपर्छ। प्रहरीले घटनाको प्रकार हेरेर मुद्दा दर्ता गर्छ र अनुसन्धान अघि सार्छ। सामान्यतय चोरी, ठगी, जबरजस्ती करणी, सवारी दुर्घटनामा ज्यान गुम्यो, मान्छे मारियो भने सरकार आफैंले पीडितको पक्षबाट मुद्दा लड्छ। यस्ता मुद्दालाई फौजदारी मुद्दा भनिन्छ।, ‘‍वलिकसँग कानुनका कुरा’ यस श्रृंखलामा हामीले फौजदारी मुद्दामा पीडित पक्षले न्यायको लागि के गर्नुपर्छ, जाहेरी कसरी दिन सकिन्छ, कति शुल्क लाग्छ, क्षतिपूर्तिको लागि के गर्नुपर्छ जस्ता मुद्दासित सम्बन्धित कुराको जानकारी समेटेका छौं।, फौजदारी मुद्दाबारे बुझ्न हामीले सरकारी वकिल चन्द्रप्रसाद संजेलसँग कुराकानी गरेका छौं।, फौजदारी मुद्दा भनेको के हो?, कानुनले निषेध गरेको कुनै पनि काम गरेको कारण कसैलाई कम्तीमा एकदिन कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यो फौजदारी मुद्दा हुन्छ।, जस्तै १८ वर्ष नपुगेका नाबालकसित सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ। जसमा १० वर्षदेखि जन्म कैदसम्म हुन सक्छ। यस्तो घटना फौजदारी मुद्दामा दर्ता हुन्छ।, फौजदारी मुद्दा दुई किसिमको हुन्छ। दुनियाँवादी र सरकारीवादी फौजदारी मुद्दा।, सरकारी आफैंले वादी पक्ष भएर अदालतमा मुद्दा लाने र सरकारी वकिलमार्फत् सरकारले नै पीडितको प्रतिरक्षा गरिदिने र पीडितलाई अदालतले बोलाएको बेलाबखत मात्र बोलाइने काम हुन्छ भने त्यस प्रकारको मुद्दालाई सरकारवादी फौजदारी मुद्दा भनिन्छ। जस्तै कसैको केही चोरी भयो, कसैलाई सवारीले हानेर भाग्दियो अथवा मान्छे मार्‍यो भने ती सरकारीवादी फौजदारी मुद्दा हुन्छन्।, दुनियाँवादी फौजदारी मुद्दा भनेको देवानी प्रकृतिको मुद्दा हो जहाँ क्षतिपूर्ति भराउनुपर्ने हुन्छ।, फौजदारी मुद्दा गर्न के गर्नु पर्छ?, कसैलाई चोरी गर्‍यो, डाका गर्यो, ज्यान लियो, जबरजस्ती गर्यो भने ती व्यक्ति पीडित पक्ष हुन्छन्। घटना भएको, भइरहेको वा हुन लागेको थाहा पाएको पीडित पक्षले सकेसम्म छिटो नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ। प्रहरी वा नेपाल सरकारका निकायलाई फोनबाट वा तोकिएको ढंगमा जाहेरी दिएर वा सामाजिक सञ्जाल वा कुनै माध्यमबाट फौजदारी मुद्दा दर्ता गराउनु सकिन्छ।, फौजदारी मुद्दा गर्ने हदम्याद कति हुन्छ?, मुद्दाको प्रकृति अनुसार हदम्याद फरक हुन्छ। जस्तै ज्यान मुद्दाको कुनै प्रकारमा ६ महिनाको हदम्याद हुन्छ भने कुनैमा दुई वर्षको हुन्छ। कसैले हालफालेर आत्महत्या गर्यो वा कसैको डुबेर मृत्यु हुँदा कोही प्रतिवादी नभएको कारण सो घटनाको दुई वर्ष हदम्याद हुन्छ। त्यस्तै कुनै अपराधजन्य काममा संलग्न मान्छेको विवरण खुल्यो तर भेट्टिएको छैन भने सो घटनाको हदम्याद २० वर्ष हुन्छ। र प्रतिवादी आफैंले मारेको स्वीकार गर्यो भने त्यसको हदम्याद जतिबेला पनि हुन्छ।, १८ वर्ष पुगेका महिलामाथि भएको जबरजस्ती करणीमा परेको पीडितले घटना घटेको मितिले २ वर्षभित्र उजुरी दिइसक्नुपर्छ र सरकारी वकिलले मुद्दा दर्ता अघि सारिसक्नुपर्ने हुन्छ। नाबालक पीडितमाथि भएको बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा भने त्यस्तो नाबालक १८ वर्ष पुगेको मितिबाट तीनवर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था छ।  , यसरी मुद्दाको प्रकृति हेरेर एक महिनादेखि जीवनभरीमा जहिले मुद्दा हाल्ने मिल्ने कानुनले व्यवस्था गरेको छ।, उजुरी दिँदा शुल्क लाग्छ कि लाग्दैन?, सरकारीवादी फौजदारी मुद्दामा पीडितले कुनै पनि मुद्दा गरेबापत, वा गुनासो गरेबापत शुल्क लाग्दैन। पीडितले समयलै सूचना र जाहेरी दिए र बोलाएको बेला बकपत्र गर्न सहयोग गरिदिए पुग्छ। सरकारी वकिलले मुद्दा हेरेबापत, प्रहरीले अनुसन्धान गरेबापत वा अदातलले मुद्दाको फैसला गरेबापत मुद्दाको सजायको हकमा कुनै पनि दस्तुर लाग्दैन। तर दुनियाँवादी मुद्दाको हकमा बिगो भराउनु पर्ने अवस्थामा तोकिएको अदालतको दस्तुर तिर्नुपर्ने हुन्छ। जस्तै ठगीमा, बैंकिङ कजुरमा मुद्दा अन्तिम भएको तीन वर्षभित्रमा बिगो भराइ पाऊँ भन्नुपर्छ जसमा अदालतलाई मुद्दाको प्रकार हेरेर तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ।, जाहेरीमा के/के कुरा उल्लेख गर्नुपर्छ? जाहेरी आफैं लेखेर दिने मिल्छ कि मिल्दैन?, जाहेरी भनेको घटनाको बारेमा दिने सूचना हो। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ र ५ र अनुसूची ५ मा जाहेरीको व्यवस्था छ। पीडित पक्षले, घटनाबारे थाहा पाउने जुनसुकै व्यक्तिले, पारिवारिक पीडितले वा प्रहरीले प्रतिवेदनमार्फत् घटनाको विस्तृत जानकारी लेखेर मुद्दा दर्ता गर्नुपर्छ।  , सकिन्छ भने पीडित आफैंले जाहेरी लेखेर दिन मिल्छ वा सम्बन्धित प्रहरीले पीडितले भनेको आधारमा जाहेरी लेखिदिन सक्छ। तर सम्बन्धित प्रहरी कार्यलय वा निकायले पीडितको आग्रहमा जाहरी लेख्दिन्न भन्न भने मिल्दैन।, जाहेरीमा एकरूपता होस् भनेर कानुनले जाहेरी दिने ढाँचा बनाइदिएको छ। जाहेरी दिने बेला उल्लेख गर्नुपर्ने कुराहरूः, -कुन प्रहरी कार्यालय वा कुन निकायमा जाहेरी दिएको, -जाहेरी दिनेको नाम, थर र ठेगाना, -मुद्दाको प्रकार वा विषय, -कजुर गर्ने वा हानी गर्ने व्यक्तिको थाहा भएसम्म नाम, थर र ठेगाना, सम्पर्क नम्बर र हुलिया, -सम्बन्धित घटनाको पूर्ण विवरण, -सबुत, प्रमाण छ भने लेख्ने, -अन्य केही विवरण भएमा खुलाउने, जाहेरीको अन्तिममा लेखेको विवरण ठीक छ भन्दै परेको बेलामा उपस्थित हुन सक्ने कुरा लेखेर सही गर्नुपर्छ। मिति, नाम, ठेगाना, सम्पर्क नम्बर लेखेर जाहेरी बुझाउन सकिन्छ।, जाहेरी दिएपछि के हुन्छ? उजुरीकर्ताले के/के गर्नुपर्छ?, पीडितले जाहेरी दिएपछि प्रहरीले मुद्दा गर्छ। जाहेरीमा लेखिएको विवरण अनुसार कसुर गर्ने मान्छे वा संकित गरेको व्यक्तिलाई अदालतको अनुमतिले वा जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले समात्छ। प्रतिपक्षलाई अदालतमा लगेर म्याद थपिन्छ र बयान लिइन्छ। साथै घटना प्रकृतिको मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने र पीडितका साक्षीको कागज गराउने, परेको खण्डमा स्वास्थ्य परीक्षण गराउने काम भएपछि सरकारी वकिललाई प्रहरीले मुद्दाको प्रतिवेदन दिन्छ। प्रतिवेदन हेरेर वकिलले मुद्दा चल्ने वा नचल्ने निर्धारण गर्छ। मुद्दा चल्ने निर्णय भएमा अभियोग पत्रको रूपमा अदालतमा दर्ता हुन्छ।, वकपत्रको चरणमा जाहेरवाला आफैंलाई अदालतले बोलाउँछ। तोकिएको मितिमा उजुरीकर्ता आफैंसित भएका प्रमाण र विवरण लिएर अदालतमा पेश हुनुपर्छ। उजुरीकर्ताले आफ्नो जिम्मेवारी बहन गरेपछि बाँकीको प्रक्रिया सरकारी वकिलले पूरा गर्छ।, साक्षी पनि उजुरीकर्ता आफैंले खोज्नुपर्छ ?, घटना देख्ने, सुन्ने, वा थाहा पाउने मान्छे मुद्दाको साक्षी हुन्छ। उजुरीकर्तालाई थाहा भएको साक्षी आफैंले जुटाउन सक्छ वा प्रहरीले सो घटनाबारे थाहा हुने वा हुन सक्ने सबै व्यक्तिलाई साक्षीको रूपमा कागज गराउँछ। बकपत्र गराउने बेलामा पनि साक्षीको आवश्यकता परेमा प्रहरीले सबैलाई सूचीकृत गर्छ।, अनुसन्धानको चरण कहिले र कसरी पूरा हुन्छ?, प्रतिवादीले इन्कार गर्छ, पीडितले हो भन्छ भने अनुसन्धानको चरणमा प्रमाणले ठूलो सहयोग गर्छ। पीडितले भनेको कुरा प्रतिवादीले कुन हदसम्म स्वीकारेको छ, सिसिटिभी फुटेज, स्वास्थ परीक्षण र अन्य भौतिक सबै प्रमाण र तरिकाबाट अनुसन्धान थालिन्छ। प्रमाणमा कसुर गरेको ठहरिएमा, प्रतिवादीले इन्कारेको भरमा सफाइ मिल्दैन।, धेरै प्रतिवादी भएमा अनुसन्धान र फैसलामा ढिला हुन सक्छ। मुद्दाको प्रकृति, अनुसन्धानको दायरा र प्रमाण पुष्टि गर्ने कार्यको आधारमा फैसलाको समय निर्धारित हुन्छ।, फैसला भएपछि त्यसको कार्यान्वयन कसरी हुन्छ? क्षतिपूर्ति भएको छ भने त्यसको प्राप्ति कसरी गर्ने?, मुद्दा अन्तिम भएपछि प्रतिवादीबाट वा सरकारी कोषबाट क्षतिपूर्ति भराउनको लागि पीडितले निवेदन दिनुपर्छ। सरकारी वकिल, प्रहरी वा अदातलले जानकारी गराएपछि पीडित आफैंले कति क्षतिपूर्ति चाहने हो, खुलाएर निवेदन दिनुपर्छ। प्रतिवादीले स्वीकारे वा प्रमाणको आधारमा वा सामान बरामद भएमा क्षतिपूर्ति भराउन सकिन्छ। पीडितले भनेकै आधारमा मात्रै भने बिगो भराउन मिल्दैन।, यसरी फौजदारी मुद्दाको प्रकिया पूरा हुन्छ।, पीडित वा सरकार वा वादी पक्षलाई फैसलाबाट चित्त बुझेर भने के गर्ने?, प्रतिवादीले कुनै मुद्दामा सफाइ पायो तर पीडितलाई सो फैसलाबाट चित्त बुझेन भने एक तहमाथिको अदालतमा अपिल वा पुनरावेदन दिन मिल्छ। माथिल्लो तहबाट पनि फैसला आयो तर नजिरको गलत व्याख्या भयो वा चित्त बुझेर भने सर्वोच्च अदालतमा सो मुद्दा पुग्ने भयो।, दोषी ठहरिएको प्रतिवादीलाई फैसलाबाट चित्त बुझेर भने वादी पक्षले पनि माथिल्लो तहमा पुनरावदेन दिन मल्छ।, घटनामा परेका पीडितले याद राख्नुपर्ने कुरा के हुन्?, कोही पीडित कुनै किसिमको घटनामा परेमा सबैभन्दा पहिले प्रहरीमा उजुरी गरिहाल्नुपर्छ। उजुरीकर्ताले प्रमाणसहित विस्‍तृतमा जाहेरी दिनुपर्छ वा प्रहरी सहायतामा जाहेरी हाल्नुपर्छ।, सरकारी वकिलले बोलाएको बेलामा वा अदालतले बोलाएको बेलामा बकपत्रको लागि उपस्थित हुनपर्छ। पीडितले गर्न नहुने भनेको दबाबमा परेर आफ्नो बयान फेर्ने कार्य हो। पीडितले भुलेर पनि सत्य घटनालाई लुकाउन हुँदैन। र चित्त नबुझेको खण्डमा माथिल्लो निकायमा जाने गर्नुपर्छ।, फौजदारी मुद्दा कसरी हाल्ने, कस्तो हुन्छ कानुनी प्रक्रिया (भिडिओ)
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ।, काठमाडौं जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान सकिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।, उनका अनुसार भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुनेछ।, उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस भनेको अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने भन्ने बहस हुनेछ।, यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ।, यस प्रकरणमा प्रहरीले नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी र लक्ष्मी महर्जनलाई पक्राउ गरिसकेको छ।, फरार हुने १३ जनामध्ये काठमाडौंका ३० वर्षका केशव तुलाधर, ३४ वर्षीय हरिभक्त महर्जन, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।, प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।, उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।, यो प्रकरणमा विभिन्न व्यक्तिहरूबाट २८ करोड ८१ लाख ठगेको अभियोगपत्रमा उल्लेख छ।, अभियोगपत्रमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल सहितले विभिन्न व्यक्तिहरूबाट भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी विभिन्न व्यक्तिहरूबाट २८ करोड ८१ लाख रुपैयाँ ठगी गरी लाभ लिएको अभियोगपत्रमा उल्लेख छ।, तीसै जनालाई ठगीमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ। उनीहरूबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराउन पनि सरकारी वकिलले माग गरिएको छ।, भुटानी शरणार्थी समस्याको स्थायी समाधान पहिल्याउन गठित तत्कालीन गृहसचिव बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलले अमेरिका पठाउन छुट रहेका ४ सय २९ जना बाँकी रहेको प्रतिवेदन दिएको थियो। गृहसचिव पाण्डेमार्फत् उक्त प्रतिवेदन बाहिर ल्याई नक्कली प्रति बनाएको अभियोगमा तीसै जनालाई सरकारी कागज कीर्तेको कसुर लगाएको छ।, सरकारी कागज कीर्ते कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने सरकारी वकिलको माग छ।, यो प्रकरणमा आफूलाई लाभ हुने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र उनीहरूको यस्तो कार्यले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच पुर्‍याएको कसुर उनीहरूलाई लगाएको छ।, राष्ट्रहित विपरीतको कार्यमा ५ वर्षसम्म कैद र ५० हजार जरिवाना र एकीकृत कसुरमा साढे ९ वर्ष कैद सजाय हुन माग गरिएको छ।, रायमाझी, खाण, पाण्डे, रिजाल, इन्द्रजित राई र शमशेर मियाँ सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनीहरूलाई राष्ट्रहितविपरीत कसुर गरेको अभियोगमा थप तीन वर्षसम्म कैद गर्न पनि सरकारी वकिलको माग छ।, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने योजना बनाई गृहमन्त्री, गृहसचिव, सुरक्षा सल्लाहकार लगायतलाई करोडौं रुपैयाँ दिएर आपराधिक समूहको संगठनमा मिसाएको, नाइकेको रूपमा सानु भण्डारी र केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापाले काम गरेको त्यसपछिको तहमा २५ जनाले काम बाँडफाँट गरेर संगठित अपराध चलाएको अभियोगपत्रमा उल्लेख छ।, संगठित अपराधमा उनीहरूलाई ५ वर्षसम्म कैद र ५० हजार जरिवाना माग गरेको छ।, यी व्यक्तिहरूले एउटै विषयमा एकभन्दा बढी कसुर गरेको भन्दै एकीकृत कसुरको अभियोग पनि सरकारी वकिलले लगाएको छ।, उनीहरूलाई एकीकृत कसुरअन्तर्गत साढे ९ वर्ष कैद र ९५ हजार सजाय थप हुने देखिन्छ।, एकीकृत सजाय गरेका कसुरदारलाई सबभन्दा बढी जुन कसुरको सजाय हुन्छ त्यही सजाय र दोस्रो बढी सजाय जुन कसुरमा हुन्छ, त्यसको आधा सजाय थप गर्ने कानुनी व्यवस्था छ।, यो प्रकरणमा सबभन्दा बढी सजाय हुने मुद्दा ठगी र सरकारी कीर्ते हुन्।, यी दुबै मुद्दामा ७ वर्षसम्म कैद र ७० हजार जरिवाना तोकिएको छ। त्यसपछि सबभन्दा बढी कैद हुने मुद्दा संगठित अपराध र राष्ट्रहित विपरीतको कार्य हो। यसमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुन्छ। जसको आधा सजाय साढे २ वर्ष कैद र २५ हजार जरिवाना हो।, यो प्रकरणमा प्रहरी समक्ष बयान गर्दा मुख्य योजनाकार मानिएका सानु भण्डारी केशव दुलाल लगायतले अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतको नाम बयानको क्रममा पोलेका थिए।, तर प्रहरीले उनीहरूविरूद्ध प्रमाण फेला नपारेको भन्दै उनीहरूलाई अनुसन्धान प्रकृयामा नतानेको हो।, सरकारी वकिल कार्यालयले भने बयानको क्रममा आएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो। यस्तै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई पनि यसमाथि थप अनुसन्धान गर्न पत्र लेख्ने निर्णय गरेको थियो।, नक्कली शरणार्थी प्रकरणमा अदालतले लियो १५ अभियुक्तको बयान
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। , यस प्रकरणमा प्रतिवादी रहेका हरिभक्त महर्जन बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन्। उनकी श्रीमती लक्ष्मीलाई प्रहरीले जेठ १२ गते नै पक्राउ गरेको थियो। , प्रहरीका अनुसार उनीहरूको खाता प्रयोग भएको देखिएको थियो। योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। , १२ जना भने अझै फरार छन्। अदालतले प्रतिवादीको बयान लिइरहेको छ। जसमध्ये १५ जनाको बयान लिइसकेको छ। , बिहीबार मात्रै अदालतले टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान सकाएको हो। भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान लिने तयारी छ।,  ,  ,  ,  , नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतमा हाजिर भए हरिभक्त महर्जन
सेतोपाटी संवाददाता झापामा मिटरब्याजीविरूद्ध १०२ जना पीडितहरूले निवेदन दर्ता गराएका छन्। , जिल्ला प्रशासन कार्यालय झापामा पीडितले लिखित उजुरी गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेका अनुसार नेपाल सरकारले वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर उजुरी दर्ता गराउन सूचना जारी गरेको थियो। सोही अवधिमा १०२ जनाको निवेदन परेको उनले बताए। , विभिन्न प्रयोजनका लागि पीडितले साहुबाट घरायसी कर्जा लिएका हुन्छन्। साहुले उनीहरूको अवस्था हेरेर ब्याज निर्धारण गर्ने र पीडितले स्वीकार गर्ने गरेको उनले बताए। , न्यौपानेले भने, ‘साहुले पीडितबाट मौका हेरेर घरायसी कर्जा दिने र जति पनि ब्याज तिर्छु भन्दै कपाली तमसुकमा सही छाप गराएका रहेछन्,’ यस्ता उजुरी उपर अब कारबाही हुने उनले बताए।, गैरकानुनी नगद कारोबार गर्नेले वार्षिक ३६ प्रतिशत ब्याज भुक्तान गर्ने सर्तमा कागज गरेको पीडितले निवेदनमा उल्लेख गरेका छन्। , कतिपयले जग्गा धितो पास समेत गरिदिएको न्यौपानेले बताए। , उनले भने, ‘यतिबेला उनीहरूको मिटर ब्याजीका कारण उठिबास भएको छ।’, मिटरब्याजी साहुले दिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी देखाएको, धितो दिएको जग्गा बिक्री गरेर तेस्रो  पक्षलाई बेचेको,  घर जग्गा साहुले आफ्नै नाममा पास गरेको, सापटी पैसा लगेर बैंकको खातामा पैसा नभएका चेक दिएको जस्ता निवेदन कार्यालयमा परेको न्यौपानेले सेतोपाटीलाई बताए। , सबैभन्दा धेरै शिवसताक्षी र दमक नगरपालिकाबाट पीडितको निवेदन परेको छ। , शिवसताक्षीमा मात्र २६ जना मिटरब्याजी पीडित छन्। , पीडक राजनीति दलका नेता समेत भएको पीडित महानन्द नेपाल दाबी गर्छन्। उनको करोडौ पर्ने ९ कठ्ठा जग्गा मिटरब्याजीले हात पारेका छन्।, पीडितले आफू १ करोड सम्मको कारोबारमा फसेको निवेदनमा उल्लेख गरेका छन्। , शिवसताक्षीका एक पीडितले भने,‘साहुबाट लिएको ऋण तिरेर कहिल्यै सकिएन। साहु महिनै पिच्छे ब्याज असुल्न घरमा आउँछन्। २ लाख लिएको कर्जाको ब्याज त्यति नै तिरिसकियो। अझै ऋण तिर्न बाँकी देखाउँछन्।’, जेठ १४ सम्म सरकारले मिटरब्याजी सम्बन्धी उजुरी गर्न आह्वान गरेको थियो। , जिल्ला प्रशासन कार्यालयमा परेका उजुरीमध्ये केही उजुरीमा सुनुवाइ भएको सहायक प्रजिअ न्यौपानेले बताए।, झापाका मिटरब्याजी पीडित भन्छन्- साहुको ऋण तिरेर कहिल्यै सकिएन
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, गोदावरी नगरपालिका– २ तेधरीमा मोटरसाइकलको ठक्करबाट इशारादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार ठक्करबाट घाइते धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो।, धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल र चालक चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहनेछ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले  र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ।, पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद् गोविन्द झाले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार भैरहवा, सिमरालगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ। दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ। , 'पश्चिमी र स्थानीय वायु कमजाेर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ,' उनले भने ।, उपत्यकामा पनि तुलनात्मक रूपमा तापक्रम केही बढ्ने मौसमविद् अधिकारीले जानकारी दिए।, उपत्यकाको तापक्रम बिहीबारको तुलनामा शुक्रबार केही बढेको थियो। आज पनि तापक्रम केही बढ्ने सम्भावना रहेको अधिकारीले बताए।, केही दिनदेखि उपत्यकाको अधिकतम तापक्रम ३० देखि ३१ डिग्रीसम्म मापन भएको छ। 'केही दिन गर्मी बढ्ने क्रम जारी रहन्छ,' उनले भने।, उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने देखिए पनि बर्षाको सम्भावना भने नरहेको अधिकारीले जानकारी दिए।, त्यस्तै तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।, तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ।, जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न भनेको हो।, काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन पनि भनेको छ।, ‘काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन।’, धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले बताएको छ।, ‘उल्लेखित निर्णय कार्यान्वयन गर्न यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ महानगरले भनेको छ।, उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन
नवीनबाबु गुरूङ भारतको 'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ।, लैनचौरस्थित भारतीय दूतावासअघि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध जनाएको हो।, उनीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद', 'कालापानी लिपुलेक हाम्रो हो' लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। , तस्बिरहरू:, 'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् , घोराही उपमहानगरपालिका-१६ का ३४ वर्षीय मार्शल रोका गत मंगलबार पक्राउ परेका हुन्। , तुलसीपुरकी एक महिलाले रोकाविरूद्ध किटानी जाहेरी दिएपछि गत मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरबहादुरा वलीले सेतोपाटीलाई जानकारी दिए।, उनका अनुसार रोकालाई म्याद थपका लागि बुधबार जिल्ला अदालत उपस्थित गराइएको थियो। अदालतले रोकालाई सात दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको एसपी वलीले बताए।, एक प्रहरी अधिकारीका अनुसार जाहेरीमा रोकाले ती महिलालाई बिहे गर्छु भनेर घरमा लगेर राखेको उल्लेख छ।, ‘एक-दुई वर्षयता उनीहरूबीच रिलेसन रहेछ,’ ती प्रहरी अधिकारीले भने, ‘केटीले बिहेको प्रस्ताव राखेपछि रोकाले उनलाई आफ्नै घरमा लगेर एक रात राखेको भन्ने छ।’, प्रहरीका अनुसार रोकाले आफू विवाहित हो भन्ने कुरा महिलासँग लुकाएका रहेछन्। दोस्रो दिन घरपरिवारले कराउन थालेपछि मात्रै रोका विवाहित हो भन्ने आफूलाई थाहा भएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।  , त्यसपछि  रोका र उनका परिवारले आफूलाई घरबाट निकालेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।, प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि रोकाले चैत २६ गते राति ती महिलालाई आफ्नै घरमा राखेको खुलेको छ।, ‘भोलि हाम्रो बिहे भइहाल्छ भन्दै ललाइ-फकाइ गरी घरमै लगेर राखेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने। , घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वलीले बताए।, रोकाविरूद्ध थप दुई महिलाले ठगीको मौखिक उजुरीसमेत दिएका छन्। दाङ प्रहरीले ती महिलाहरूलाई लिखित उजुरी दिन आग्रह गरेको छ।, 'लिखित उजुरी आएको अवस्थामा हामी त्यस विषयमा पनि अनुसन्धान गर्छौं,' एसपी वलीले भने।, घोराहीकै दुई महिलामध्ये एक जनाले २३ लाख र अर्की महिलाले १० लाख बढी रुपैयाँ ठगेको भन्दै मौखिक उजुरी गरेका हुन्। , एसपी वलीले भने, ‘हामीले पीडितलाई लिखित जाहेरी दिन आग्रह गरेका छौं।’, रोकाले केही वर्ष पहिले पेट्रोलबिना नै सल्लाको खोटोबाट मोटरसाइकल चलाएर देखाएका  कारण चर्चा कमाएका थिए।, उनले निर्माण गरेको अटोमेटिक स्यानिटाइज मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत केही संघसंस्थाहरूमा समेत राखिएको थियो।, बलात्कार आरोपमा युवक पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।, शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।, प्रहरीका अनुसार मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ हुन्। उनी घरको दोस्रो तलामा रहेको कोठाको भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेकी हुन्।, बिहान ९ बजेसम्म पनि ढोका नखुलेपछि हेर्न जाँदा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।, शव पोस्टमर्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, नैकापमा आफ्नै कोठाभित्र एक महिला मृत फेला
रासस मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो। , जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए।  , गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए। , सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्यो
नवीनबाबु गुरूङ काठमाडौंको स्वयम्भुमा रहेको स्तूपको गजुर अहिले मर्मत भइरहेको छ।, गत फागुनमा आएको हावाहुरीले स्तूपको गजुर ढलेको थियो।, बाँदरले हल्लाएर कमजोर बनेको गजुर हावाहुरीको जोडले ढलेको स्थानीयले बताएका छन्।, गजुर ढलेर झरेपछि पुरातत्व विभाग, त्यहाँका पुजारी र स्वयम्भु व्यवस्थापन समितिको रोहबरमा गजुरको मर्मत सुरू भएको हो।, मर्मत सकिएपछि विशेष विधिअनुसार पूजापाठ गरेर फेरि गजुर राखिने बताइएको छ।, हेर्नुस् तस्बिरहरू:,  , यसरी मर्मत हुँदैछ हावाहुरीले ढलेको स्वयम्भुको गजुर (तस्बिरहरू)
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।, सिन्धुलीको गोलञ्जोर  गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो।, सडकबाट करिब १ सय ५० मिटर तल नदीमा गाडी खसेको प्रहरीले जनाएको छ।, गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।, तीन जना भने बेपत्ता छन्।, सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले सेतोपाटीलाई जानकारी दिए।, सिटिइभिटीका सूचना अधिकारी एकराज अधिकारीले सिटिइभिटीका कर्मचारीहरू कार्यालयकै कामले काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको खबर आएको बताए।, उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं  सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।, सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो: ३ बेपत्ता, १ जनाको उद्धार
सेतोपाटी संवाददाता सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ। , दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदं‌शबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। , मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडी छन्। , सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँग एक तले पक्की घरमा सुतिरहेका थिए। , मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए।, ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुरमा लगिएको थियो। , उपचारको क्रममा चिकित्सकले आज बिहान ८ बजे दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। , सुतेकै ठाउँमा सर्पले टोकेर दाजुभाइको मृत्यु
सेतोपाटी संवाददाता महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ। , मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबी बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए। , चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए। , यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए। , ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन्। अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने।, बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।, महोत्तरीको एनएमबी बैंकबाट लुटियो ३५ लाख (भिडिओ)
रासस ‘हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ’, यो भनाइ हो बाँकेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको।, उमेरले ५६ वर्ष लागेका उनले भने, ‘पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्यास्रो लाग्थ्यो। तर अहिले हाम्रो पनि वन हराभरा छ। वन्यजन्तु देख्न पाइन्छ। यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन।’, थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।, बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए।, ‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ। अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्’, उनले भने, ‘घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौं हामी वन हेरालुहरू।’, बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउँछन्।, ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ’, उनले भने, ‘सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ।’, वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ। , बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए।, घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक रु १० हजार पाउँछन्।, उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ।, ‘दश हजारले के नै हुन्छ र ? त्यै पनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु’, उनले भने, ‘पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकोमा खुसी छु।’ , धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि। उनी ४० वर्षका हुन्। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए।, ‘वनमा वन्यजन्तुको संख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ’, उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुसी छौं।’ , आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपंक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए।, घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ।, ‘महिनाको जम्मा १० हजार रुपैयाँले केही हुँदैन, उमेर छँदै विदेश गएर अरू साथीले झैं टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा। तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ’, उनले भने, ‘पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु। वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन्। उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु।’  , राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए।, चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन्।, उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन्।, विसं २०६४ देखि आफैं पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बनेका अजोद्धयाका अनुसार बाँकेको कम्दी करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन्।, मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरू गरेका अजोद्धयाको मासिक तलब रु १५ हजार छ।, वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउँछन्। , विसं २०७०/७१ देखि सो सामुदायिक वनमा जंगली जनावर देखिएका हुन्।, बाँकेका वन हेरालु भन्छन्– वन्यजन्तु बढ्दा डर हैन, खुसी लागेको छ
सरिशा अछामी शनिबार दिउँसो नागरिकताविहीन संघर्ष समितिले नागरिकता विधेयक २०७९ छिटो प्रमाणीकरण गराउन माइतीघर मण्डलमा प्रदर्शन गरे।, ‘संविधानको हक लागु गर,ʼ ‘नागरिकता विधेयक २०७९ छिटो प्रमाणीकरण गरʼ लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।, आइतबार पनि संघर्ष समितिले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक २०७९ प्रमाणीकरण गर्न ध्यानाकर्षण पत्र बुझाए। यसरी नागरिकताविहीन भएका व्यक्तिहरू दैनिक सरकारसमक्ष आफ्ना पीडा सुनाउन केही न केही गरिरहेका हुन्छन्।, उनीहरूको लडाइँ दुई दिनको मात्र भने होइन, दुई वर्षदेखि चलिरहेको छ।, अहिलेसम्म २५ जिल्लाका १० हजारभन्दा बढी नागरिकताविहीनहरू जोडिएको समितिका अध्यक्ष इन्द्रजीत साफीले बताए।, ‘नागरिकताबिना केही गर्न नसकिने रहेछ,ʼ उनले भने, ‘नागरिकता नहुँदा आफ्नो लक्ष्यमा पुग्न असफल भएको पात्र म पनि हुँ।ʼ, धनुषा गणेशमान चारनाथ नगरपालिका-३ का इन्द्रजीतका बुबाले ०६३ सालमा जन्मका आधारमा नागरिकता लिएका थिए भने आमाले वंशको आधारमा नागरिकता लिएकी छन्। बाबु-आमा दुबैको नागरिकता हुँदा पनि इन्द्रजीतले भने नेपाली नागरिक भएको प्रमाण पाउन सकेका छैनन्।, उनीमात्र होइन नागरिकता नहुँदा पढ्न, जागिर खान, विदेश जान र अरू सरकारी सुविधाबाट बञ्चित भएकाहरू धेरै छन्।  , तिनै मध्येका हुन्, झापा दमक नगरपालिका-६ का २० वर्षीय राहुल साह।, उनी बिर्जे र सुस्मी साहका जेठा सन्तान हुन्।, उनी दमकमै जन्मे, हुर्के र पढे।, जन्मदर्तादेखि कक्षा १२ सम्म पढ्दा विद्यालय दिएका शैक्षिक प्रमाणपत्र राहुलले सम्हालेर राखेका छन्। गत वर्ष दमकको ग्लोबल बोर्डिङ माध्यामिक विद्यालयबाट उनले कक्षा १२ पास गरेका हुन्।  , थप अध्ययन गर्न उनको विदेश जाने सोच थियो। घरबाट अनुमति थियो।, बिर्जु पनि छोराको सपना पुरा गर्न तयारीमा जुटे।, उनको पहिलो प्राथामिकता नागरिकता बनाउनु थियो। त्यसका लागि एक वर्षअघि बाबु-छोरा वडा कार्यालय गए। वडा कार्यालयले कागजात हेरेर सिफारिस दियो।, ‘सिफारिस लिएर ढुक्क भएर गएको थियौं, जिल्लाले बन्दैन भनेर फर्काइदियो,ʼ राहुलले भने, ‘तपाईंले कसरी सिफारिस पाउनुभयो भन्दै उल्टै थर्काए।ʼ, त्यतिबेला बाबु-छोरा नै अलमलमा परेका थिए।, जिल्ला प्रशासन कार्यालय झापाले जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन नमिल्ने भनेको थियो। तर त्यतिबेला आफूले केही नबुझेको राहुल सुनाउँछन्।    , उनलाई बा-आमाको नागरिकता छँदै छ, आफ्नो जन्मदर्ता र शैक्षिक प्रमाणपत्र भए नागरिकता बनिहाल्छ नि भन्ने लागेको थियो।, नेपाली नागरिक हुँदाहुँदै पनि जन्मसिद्धका आधारमा ०६३ सालमा नागरिकता पाएका अभिभावकको सन्तान भएकाले नागरिकता पाउन नसकेको कुरा पछिमात्र बुझेको उनले बताए।  , ०४६ सालअघि जन्मेका अधिकांश नेपाली नागरिकलाई ०६३ सालमा जन्मका आधारमा नागरिकता दिइयो। त्यतिबेला जन्मसिद्ध नागरिकता लिएका सन्तानले भने अझै वंशजको नागरिकता पाउन सकेका छैनन्।, जन्मका आधारमा एक पटकमात्र नागरिकता दिने व्यवस्था उपयुक्त हुने र अन्य व्यवस्था कानुन बनाएर मात्रै दिने फैसला ०७० सालमा सर्वोच्च अदालतले गरेको छ। सोही आधारमा गृह मन्त्रालयले २० चैत ०७० मा जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै जन्मसिद्धका सन्तानलाई नागरिकता नदिन निर्देशन दिएको थियो।, त्यही परिपत्रका कारण राहुलले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन्।, नागरिकता बनाउन मिल्छ कि भनेर राहुल बेला-बेला जिल्ला प्रशासन कार्यालय जान्थे। कार्यालयका कर्मचारीले सधैँ एउटै जवाफ दिन्थे- अहिले तपाईंको नागरिकता बन्दैन।, पछिल्लो पटक गत वैशाखमा उनी सिडिओ कार्यालय गएका थिए। त्यतिबेला पनि नागरिकता बन्दैन भनेर फर्काइदिएपछि जिन्दगीमा केही गर्न सक्दिनँझैं लाग्न थालेको उनको भनाइ छ।, ‘नागरिकता बनाएर थप अध्ययनका लागि विदेश जाने सोच थियो, त्यो अधुरै रह्यो,ʼ उनले भने, ‘हरेक काममा नागरिकता चाहिन्छ, त्यही छैन।ʼ, विदेश जान नपाउने भएपछि यतै पढ्न परिवारले आग्रह गरे। उनी इन्जिनियर पढ्न चाहन्थे। त्यसैले दमकको नाम चलेका कलेजमा बुझ्न पनि गए। भर्ना फारम भर्दा नै उनलाई प्लस टुको ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी मागियो।, नागरिकता तत्काल नबन्ने भएपछि उनले पढ्न पाएनन्।  , सामान्य विषयमा अध्ययन गर्न सरकारी विद्यालयमा सुरूवाती चरणमा नागरिकता चाहिँदैन। तर स्नातक पास भएपछि शैक्षिक प्रमाणपत्र लिन चाहिन्छ।, उनी यो कुरा बुझ्छन्। तर इच्छाएको विषयबाहेक राहुल अरू पढ्न चाहँदैनन्।, ‘एक/दुई वर्षभित्र बन्यो भने विदेश गएर पढ्छु, नत्र पढ्दिनँ,ʼ उनले भने, ‘यहाँ पढ्दा रोजगारीको अवसर कमै मिल्छ।ʼ, नागरिकता नभएपछि उनी एक वर्षदेखि गाउँमै डुलिरहेका छन्। हरेक काममा नागरिकताले रोकिएपछि अनागरिक भएको महशुस हुन थालेको उनी बताउँछन्।, राहुलले पढ्न छोडेपछि बिर्जुलाई छोराको भविष्य के हुने हो भन्ने कुराले पिरोल्न थालेको छ। उनी छोराको कागजात बोकेर आफ्ना चिनजानका धाए। तर जता धाए पनि निराशबाहेक केही पाएनन्।, ‘छोराको भविष्यको लागि जसरी नि नागरिकता बनाउनुपर्थ्यो तर सकिनँ,ʼ बिर्जुले भने, ‘मसँग सबै कागजपत्र छन्, सरकारले बनाइदिँदैन।ʼ, बिर्जुका अनुसार स्कुल कलेजमा उत्कृष्ट नतिजा हासिल गरेका छोराले पढ्न नपाएकाले परिवारमै नैराश्यता छाएको छ। नागरिकता नबनेकै कारण छोराको भविष्य अन्योलमा रहेको उनी बताउँछन्।  , ‘पढ्न नपाएर मानसिक तनाव झेल्दैछ,ʼ बिर्जुले भने, ‘मानसिक तनावले होला छोराको व्यवहार नै फेरिएको छ।ʼ, नागरिकता नहुँदा पढ्न मात्र होइन काम गर्नसमेत पाएको छैन्। पढ्नुपर्ने उमेरमा छोरा बेकामे भएर हिँडेको देख्दा बिर्जु रातभर निदाउन सक्दैनन्। ‘कहिलेकाहीँ छोरा नागरिकता भएन किन बाँच्नु भन्दै रून्छ, त्यस्तो भन्दा पनि केही गर्न सकेको छैन,ʼ उनले भने।, जेठा छोराको नागरिकता नबनेपछि कान्छो छोराले पनि पढाइमा रूची देखाउन छोडेकाले बिर्जुलाई पिरोल्न थालेको छ।, बिर्जुका कान्छो छोरा १७ वर्षीय रोहन अहिले कक्षा ११ मा पढ्छन्।, ‘राम्रो अध्ययन गर्थ्यो। स्नातक अध्ययन गर्न पाउने होइन भन्दै पढाइमा रूची राख्न छोडेको छ। सबैभन्दा महत्वपूर्ण कागजात नै बनाउन सकेको छैन,ʼ उनले भने, ‘बुढाबुढी नेपाली नागरिक हौं, सन्तान अनागरिक भएका छन्।ʼ, उनीसँग जन्मसिद्ध नागरिकता छ। बिर्जुको बुबाको पनि जन्मसिद्ध नागरिकता हो। उनका दाजुभाइ-दिदीबहिनीदेखि श्रीमतीलेसम्म नागरिकता लिएकी छन्। तर उनका दुई छोराले नागरिकता पाएका छैनन्।  , दमककै पुरानो मानिसलाई सोधपुछ गरी नागरिकता दिँदा हुने उनको भनाइ छ।, ‘सरकारले हामी नेपाली नै होइनजस्तो व्यवहार देखाइरहेको छ,ʼ उनले भने।, नागरिकता नहुँदा उच्च शिक्षा पढ्न, बैंकमा खाता खोल्न, राहदानी बनाउन, मतदाता परिचय पत्र बनाउन, विदेश जान नागरिकता, सरकारी सेवा सुविधालगायत सम्पूर्ण सेवाबाट छोरा बञ्चित हुनु परेको दु:ख पोख्छन्।, ‘अहिले कतै जागिर पाउन आफूसँग लाइसेन्स हुनुपर्छ, नागरिकता नभई लाइसेन्स बन्दैन,ʼ उनले भने, ‘हरेक ठाउँमा नागरिकता चाहिन्छ। त्यही छैन, त्यो नहुँदा कति गाह्रो हुन्छ भोग्नेलाई मात्र थाहा हुन्छ।ʼ, नागरिकता साथमा भएकालाई यो समस्या सामान्य लाग्ला। तर जो व्यक्ति वर्षौंदेखि नागरिकताविहीन भएर सबै सेवा सुविधाबाट वञ्चित छ, उसको लागि योभन्दा ठूलो पीडा अरू केही नहुने उनको भनाइ छ।, छोराहरूको उमेर बढ्दै जाँदा झन चिन्ता पर्न थालेको उनी बताउँछन्।, ‘दु:ख गरेरै भए पनि उनीहरूलाई पढाउने सपना थियो, नागरिकता नबन्दा अधुरै रह्यो,ʼ उनले भने।, २०७२ सालमा जारी भएको नेपालको संविधानले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका सन्तानले बालिग भएपछि वंशज नागरिकता पाउने भनी स्पष्ट व्यवस्था गरेको छ। त्यही नियम कार्यान्वयन गरिदिए छोराको नागरिकता बन्थ्यो भन्ने आशामा छन्।, ‘छोराहरूको भविष्य नबिग्रँदै नागरिकता बनिदिए हुन्थ्यो,ʼ उनले भने, ‘राहुलजस्ता हजारौं युवालाई आपराधिक क्रियाकलापबाट रोक्न सरकारले समयमै केही ठोस निर्णय लिनुपर्छ।ʼ, यही जन्मेका हुर्केकालाई सरकारले अनागरिकजस्तो व्यवहार गरे नागरिकताविहीन भएका युवाले आपराधिक क्रियाकलापमा लाग्ने उनको भनाइ छ।, ‘इन्जिनियरिङ पढ्न कलेजमा नागरिकता माग्छन्, सिडिओ कार्यालयले दिँदै दिँदैन’
सेतोपाटी संवाददाता गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभूषण कुमार यादवविरूद्ध झन्डै साढे ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , उनले आफ्नो नोकरी अवधिभर विभिन्न कार्यालयमा रहँदा आफ्नो परिवारको नाममा जग्गा-जमिन खरिद गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो। , उक्त उजुरीमाथि अख्तियारले अनुसन्धान थालेको थियो। , उनी २०४६ जेठ ८ देखि २०७९ असार मसान्तसम्म सेवा अवधिमा थिए।  , उनको आय-व्ययको विश्लेषण गर्दा ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ भ्रष्टाचार गरी आर्जन गरेको पाइएको प्रवक्ता दाहालले बताए।, उनका अनुसार यादवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अदालतमा मुद्दा दर्ता गरेको हो।, बिगो रकम घर, जग्गा र बैंक मौज्दात समेतबाट जफत गरी लिन एवं सजायको मागसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ। , गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध झन्डै साढे ४ करोडको भ्रष्टाचार मुद्दा
मनिका विश्वकर्मा उनले ढाडमा धनुष बाँधेका थिए। सेतोमा विशेष किसिमको पहेँलो बुट्टा भएको फेटा र मयुरको प्वाँखको लहरले शिर सजाएका थिए। कम्मरमा पहेँलो पटुका बाँधेका थिए।, यसरी साकेला नृत्यको पोशाकमा सजिएर उनी हँसिलो मुहारका साथ स्टेजमा खडा भए। , उनी हुन् विजय राई छाङ्छा।, विजयसँगै आइन् यशोदा गुरूङ। लगत्तै प्राविधिकहरूले गीतको धुन बजाए। यशोदाले गीतको भावअनुसार हातले नाचको संकेत गरिन्। विजय नाच्न थाले। यशोदाले संकेत गरिरहिन्, विजय नाचिरहे। , यसरी उनी सात मिनेट नाचे। सारा दर्शकले उठेर ताली बजाए।, दुई साताअघि राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) नेपाल कार्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विजयले साकेला नृत्य प्रस्तुत गरेका हुन्।, उक्त अवसरमा श्रवणविहीन, दृष्टिविहीन तथा ह्विलचेयर प्रयोगकर्ताहरूले आआफ्ना कला प्रस्तुत गरेका थिए।, विजय यसरी ठूलो स्टेजमा साकेला नाच्न पाएकोमा खुसी थिए। उनी सुन्न र मुखले आवाज निकालेर बोल्न सक्दैनन्।, 'मेरो नाचको सम्मान गरेर दर्शकहरूले उठेर थप्पडी बजाए, म धेरै खुसी भएँ,' सांकेतिक भाषामै उनले भने। उनको संकेत यशोदाले शब्दमा अनुवाद गरेर हामीलाई सुनाइन्। विजयले यशोदालाई काठमाडौंमा भेटेका हुन्।, विजयले फेरि संकेत गरे, 'जीवनका कठिन पहाडहरू उक्लिन मलाई सहज भएन। धेरै दुःख पाएँ।', साकेला किरात राईको महान चाड हो, वर्षमा दुईपटक मनाइन्छ। मार्ग शीर्ष पूर्णिमा अर्थात मंसिर पूर्णिमामा उँधौली साकेला र वैशाख पूर्णिमामा उँभौली साकेला मनाइन्छ।, विजयले गत वैशाखको उँभौली साकेलाका अवसरमा नृत्य प्रस्तुत गरेका थिए। त्यो नृत्य अलिक विशेष प्रकारको थियो। 'प्रदेश एक' को नाम 'कोशी प्रदेश' राखिएको विरोधमा वैशाख २२ गते साकेला चाडमै उनी नाचेका थिए।, विजय राम्ररी लेखपढ गर्न सक्छन्। उनले बाह्र कक्षा उत्तीर्ण गरेको दुई वर्ष भयो। कागजमा लेखेर आफ्नो कुरा भन्न सक्छन्। हामीलाई पनि केही कुरा लेखेरै देखाए। , पूर्वी पहाडको भोजपुर जिल्ला, बस्ती गाउँमा जन्मेका उनी जन्मिँदै श्रवणविहीन थिए। बोल्नुपर्ने समयमा बच्चा नबोलेपछि अभिभावकहरूले शंका गरे। स्थानीय स्वास्थ्य चौकीमा लगे। उनी सुन्न सक्दैनन् भन्ने पक्का भयो। , विजयकी आमा उर्मिलाले टेलिफोनमा भनिन्, 'सुरूमा थाहा भएन, बोल्ने बेलामा नबोलेपछि मात्रै शंका भयो।', छोराको अवस्थाले आमाबाबु दुःखी थिए।, 'छोरा सुन्न सक्ने होओस् भन्ने लाग्थ्यो तर उपचार लागेन,' विजयका बुबा भीमले भने, 'गाउँमा 'लाटो' र 'लाटाका आमाबाबु' भन्ने परिचय हुन थाल्यो।', आजभोलि भन्दाभन्दै दिन बित्दै गयो। विजय हुर्किँदै गए। उनी ६ वर्षका भएपछि छरछिमेकीको सल्लाहअनुसार उपचारका लागि काठमाडौं ल्याए। आमाबाबुले भएको अलिकति जमिन बेचेर खर्च जुटाए।, धेरै डाक्टरहरूलाई देखाए। उनी सुन्न सक्ने भएनन्। , आमाबाबुले विजयलाई स्कुल भर्ना गरे। शिक्षक र साथीहरूले बोलाएको विजय सुन्दैनथे। सुन्न नसक्ने भएपछि कक्षामा एक्ला भए। शिक्षकले पनि बेवास्ता गर्थे।, 'म हातको इशाराले शिक्षकलाई केही भन्न र सोध्न चाहन्थेँ तर उनीहरू बुझ्न प्रयास नै गर्दैन थिए। उल्टै टाउकोमा पिट्थे। साथीहरू पनि लाटो भनेर जिस्क्याउँथे,' विजयले हातको संकेतले भनेका कुरा यशोदाले शब्दमा अनुवाद गरिदिइन्।, सुन्न नसकेपछि पढाइमा अप्ठ्यारो भयो। आँखाका भरमा जति बुझ्थे, त्यतिमै सीमित भयो। पढाइमा कमजोर हुँदै गए। आखिर कक्षा ६ को परीक्षामा तीन पटक असफल भए। पढाइ यत्तिकै रोकियो। , आमाबाबु उनलाई पढाएर शिक्षित बनाउन चाहन्थे। उमेर बढ्दै थियो। एक जना चिनारूको माध्यमबाट विजय सत्र वर्षको उमेरमा काठमाडौंको नक्सालस्थित केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयमा सात कक्षामा भर्ना भए।, यहीँबाट उनी सांकेतिक भाषामा कुरा गर्न सक्ने भए। यहाँ उनले नसुन्नु र नबोल्नुको समस्या र अपमान भोग्नु परेन। सबै विद्यार्थी उनीजस्तै थिए। उनले नरोकिई बाह्र कक्षा पूरा गरे। , 'नक्सालको स्कुलमा भर्ना भएपछि सांकेतिक भाषामा पनि पढ्न सकिँदो रहेछ भन्ने थाहा पाएँ। मेरो पढाइ अघि बढ्यो,' उनले भने।, उनको बसाइ ललितपुरको इमाडोलमा थियो। सार्वजनिक बसबाट आउजाउ गर्थे। कहिलेकाहीँ बसमा पनि दुर्व्यवहार भोग्नुपर्थ्यो। आफ्नो समस्या मुश्किलले आमाबुबालाई बुझाउँथे। यतिकैमा कक्षा दससम्मको पढाइ पूरा भयो।, विजयले आफ्नो आत्मविश्वास भने बलियो राखिरहे। एक दिन उनलाई स्कुटर चलाउन सक्छु भन्ने लाग्यो। साथीहरूको सहयोगमा चलाउन सिके पनि। अनि छात्रवृत्तिमा पाएको केही पैसामा थपथाप गरेर आमाबुबाले उनलाई एउटा पुरानो स्कुटर किनिदिए। , आवाज नसुने पनि उनी ऐनाको सहारामा स्कुटी चलाउँछन्।, भन्छन्, 'स्कुटरको ऐना सफा राख्छु। ऐना हेरेरै थाहा पाउँछु।' , स्कुटर चलाएको केही वर्ष भयो तर उनीसँग सवारीचालक अनुमति पत्र (लाइसेन्स) छैन। कहिलेकाहीँ ट्राफिक प्रहरीले रोकेर माग्छन्। उनी आफ्नै तरिकाले कुरा बुझाउने प्रयास गर्छन्।, श्रवणविहीन अर्थात बहिरा व्यक्तिलाई पनि सवारी लाइसेन्स दिने व्यवस्था गर्न उनको माग छ।, 'हाम्रा लागि सवारी लाइसेन्सको व्यवस्था सजिलो छैन। हामीले पनि लाइसेन्स पाउनुपर्छ भन्ने मेरो माग हो,' उनले भने।, विजयले स्कुटर पछि सिके पनि साकेला नाच १७ वर्षकै उमेरमा जानेका थिए।, गाउँमा उनलाई आमाले साकेला नाच हेर्न लैजान्थिन्। विशेषगरी आफ्ना हजुरबुबाको नाचले उनलाई प्रभावित गरेको थियो। सुरूमा त उनलाई सिक्न गाह्रो भयो। अहिले त जानिसके। नाच्न सजिलो लाग्ने उनी बताउँछन्।, साकेला नाच्न विशेष किसिमको पोशाक चाहिन्छ। विजयले पोशाक किनेको दुई वर्ष मात्र भयो। यतिका वर्ष भने उनी हजुरबुबाको पोशाक लगाएर नाचे।, विजयलाई साकेला मात्र होइन, अरू गीतमा पनि नाच्न मन लाग्छ। तर श्रवण नहुनेलाई सजिलो छैन। साकेला नाच भने सानैदेखि देखेकाले पनि केही सहज भएको उनले बताए।, काठमाडौंमा किरात समुदायका मानिसहरूसँग भेट भइरहन्छ। उनको भेट किरात राई यायोक्खा संघीय कार्यसमितिका पदाधिकारीहरूसँग भयो। संस्थाले उनलाई कार्यक्रमहरूमा बोलाउन थाल्यो। अवसर पाएसम्म साकेला नाच प्रस्तुत गरे। , यो क्रम जारी छ।, 'किरात समुदायका संस्थाहरूले मेरो भावना बुझे। मलाई साकेला नाचमा प्रेरित गरे। सांस्कृतिक कार्यक्रमहरूमा सधैं बोलाउँछन्,' उनले भने।, विजयले विभिन्न सम्मानपत्र र प्रशंसापत्र पनि पाएका छन्।, सांकेतिक भाषा अनुवादक यशोदासँग भेट भएपछि विजयलाई धेरै सहज भएको छ। यशोदा आफैं कार्यक्रमहरूमा सकेसम्म सहभागी भएर नृत्यमा सहयोग गर्छिन्।, 'हाम्रो संस्थाले श्रवण नभएकाहरूलाई सहयोग गर्छ। म विजयलाई संस्थाकै तर्फबाट सहयोग गर्छु,' यशोदाले भनिन्, 'दुःखसुखका कुरा भन्नुहुन्छ। आफ्नै भाइजस्तो लाग्छ।', विजय प्याकेजिङ सम्बन्धी उद्योगमा कार्टनको काम गर्छन्। साकेला नाच्ने कार्यक्रममा जान नरोक्ने गरी उद्योगका साहुसँग सहमति भएको छ।, कानमा श्रवण शक्ति र मुखमा शब्द नभएका व्यक्तिलाई 'लाटो' भनेको उनलाई राम्रो लाग्दैन। हरेक व्यक्तिमा कुनै न कुनै क्षमता हुन्छ।, 'कुनै अपांगताका आधारमा अपमान गर्नु ठिक होइन, क्षमताको सम्मान गर्नुपर्छ,' उनको धारणा छ।, 'सुन्न-बोल्न नसके पनि नाच्न त सक्छु नि!'
सेतोपाटी संवाददाता नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ। , मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन्। , त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरूको टिम नै बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। , उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिसनको सफलताको पनि कामना गरे। , पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरेका थिए। , उनले भने,  ‘उहाँहरू एउटा ठूलो शान्तिको मिसनमा हुनुहुन्छ। अपांग भएका व्यक्तिहरू खोजेर एउटा टिम बनाएर विश्वव्यापी रूपमा शान्तिको अभियान छेड्न चाहनु हुन्छ। त्यसको निमित्त हाम्रो तर्फबाट,  हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी 'जनयुद्ध'बाट शान्ति प्रक्रियाको मिसनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु। म यो प्रतिबद्धता पनि यहाँहरूलाई भन्न चाहन्छु। यसमा धेरै भन्नु छैन। उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएता पनि उहाँले साहस गुमाउनु भएको छैन। र, केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रूमलिनु भयो। तर बाँकी जीवन थप साहसपूर्वक अगाडि बढ्ने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ। त्यो पूरा होस्। हाम्रो शुभकामना कार्यक्रमलाई स्वीकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद।’, कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए। , उनले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताए। , बुढामगरले अपांगता भएका व्यक्तिहरूलाई दया र मायाभन्दा पनि अवसर र मौका दिन आग्रह गरे।, उनले भने, ‘सगरमाथामार्फत् मैले यो अपांगताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोसिस गरेको छु। पहिले सरकारले दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो। त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं। र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महसुस गरेको छु।’, बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनु भएका बुढामगरले गत जेठ ५ गते अपराह्न सगरमाथाको सफल आरोहण गरेका थिए।, सर्वोच्चबाट मुद्दा जितेपछि सगरमाथा चढेको थिएँ: हरि बुढामगर
दिपकजंग शाही जाजरकोटको छेडागाड नगरपालिका–२, सुयडाकी विपना बुढा ९ कक्षामा पढ्छिन्। यो  वर्षको पढाइ सुरु भएयता उनले खेल्ने र घरको काम सघाउने समय पाएकी छैनन्। दिनभरको थकानले सम्साँझै निद्रा लाग्छ। जसरी भए पनि राति ८ बजेसम्ममा होमवर्क (गृहकार्य) सक्नुपर्छ। कहिलेकाहीँ त सबै त होकवर्क पूरा हुँदैन।, बिदाको दिनबाहेक घरको काम सघाउने समय हुँदैन। विद्यालय जान दुई घण्टा लाग्छ, आउन त्यति नै समय। दिनको चार घण्टा त बाटोमै बित्छ। हिँडाइको थकानले बेलुका धेरै बेर बस्न सक्दिनन्।, विपनाको हिँडाइ यसरी लम्बिएको गत वैशाख पहिलो सातादेखि हो। उनले कक्षा ८ सम्म घर नजिकैको इन्द्रज्योति आधारभूत विद्यालयमा पढिन्। बढीमा आधा घण्टा लाग्थ्यो, साथीहरूसँग गफ गर्दै हिँड्दा बाटो काटेको पत्तै नहुने।, गृहकार्य गर्न र घरको काम सघाउन समय पर्याप्त हुन्थ्यो। बेलुका ढिलोसम्म बस्न सक्थिन्।,  , आधारभूत विद्यालयमा बढीमा ८ कक्षासम्ममात्रै पढाइ हुन्छ। ९ कक्षा पढ्न सबैभन्दा नजिकको विद्यालय अर्को गाउँ अँदरकोटस्थित लक्ष्मी माध्यमिक विद्यालय हो। यो विद्यालय पनि छेडागाड गाउँपालिकाको वडा नम्बर २ मै पर्छ र तर विपनाको एकतर्फी हिँडाइँ कम्तीमा दुई घण्टाको हुन्छ। सुयडाबाट जाने विपना जस्ता अरू पनि छन्। सबै जना बिहान ढिलोमा पनि ८ बजे बाटो लागिसक्छन्।, ‘बिहान ५ बजे उठेर बाँकी होमवर्क गर्नुपर्‍यो। कहिलेकाहीँ होमवर्क गरेर सकिँदैन,’ १४ वर्षीया विपना भन्छिन्, ‘बिहान साढे ७ बजेसम्ममा खाना खाइसक्नुपर्छ। ढिलोमा ८ बजे हिँड्दामात्रै १० बजेसम्ममा पुगिन्छ।’, विद्यालय घर आइपुग्दा साँझ ६ बज्छ। तुरून्तै होमवर्क गर्न नबसे सबै सकिँदैन। उनी भन्छिन्, ‘घर पुग्नेबित्तिकै होमवर्क गर्न बस्छु। हिँडेर थकाइ लागेको हुन्छ। बेलुका चाँडै निद्रा लाग्छ।’, मिलन बुढा पनि सुयडाकै हुन्। उनको अवस्था पनि विपनाकै जस्तो हो। उनले पनि ८ कक्षासम्म इन्द्रज्योतिमै पढे। उनले भने, ‘पोहोरसम्म नजिकै पढ्थेँ, ९ र १० कक्षा पढ्न अँदरकोट नै पुग्नुपर्छ। नजिकमा अर्को स्कुल छैन।’, उनीहरूलाई स्कुलमा चाँडै भोक लाग्छ। खाजा खाने छुट्टी हुने वेलासम्म पर्खिन मुश्किल पर्छ तर नपर्खेर धर छैन। खाजा प्रायः घरबाटै लैजान्छन्। नलगेका दिन स्कुल नजिककैको सानो होटलमा खान्छन्।, लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा ९० जना विद्यार्थी छन्। यीमध्ये १२ जना त सुयडाबाटै जान्छन्। सुयडाजस्तै अर्को गाउँ चुवाँबाट पौने दुई घण्टा हिँडेर विद्यार्थीहरू स्कुल पुग्छन्। चुवाँबाट नौ कक्षामा पढ्न जाने विद्यार्थी २६ जना छन्।, हिँड्नु भनेर मात्रै पनि हुँदैन। विकट भूगोलमा ठाउँठाउँमा बाटो पनि खराब छ।, लक्ष्मी माध्यमिक विद्यालय मध्यपहाडी मार्गको नजिकै छ। धेरै विद्यार्थी त्यही बाटोमा हिँड्छन् तर स्थानीय सार्वजनिक यातायातको नियमित सुविधा छैन। विद्यार्थीहरू हिँड्नुको विकल्प छैन।, टाढाबाट जाने विद्यार्थीहरू विद्यालयले नै यातायातको साधन व्यवस्था गरे हुन्थ्यो भन्छन् तर त्यसो हुन सकेको छैन। उनीहरू टाढाका विद्यार्थीका लागि छात्रावास भए पनि हुन्थ्यो भन्छन् तर त्यो पनि छैन।, ‘छात्रावास भए त्यसमै बस्न हुन्थ्यो। दिनदिनै हिँड्ने दुःख हुने थिएन,’ विपना भन्छिन्, ‘बिहान र बेलुका हिँड्नै ठिक्क हुन्छ। स्कुलमा खेलिन्छ पनि। घर पुग्दा धेरै थकाइ लागेको हुन्छ।’, विकट भौगोलिक अवस्थिति र छरिएका बस्ती भएका जाजरकोटका अधिकांश क्षेत्रमा विद्यार्थीहरू लामो दूरी हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ।, छेडागाड नगरपालिकाका शिक्षा अधिकृत खडक केसी भन्छन्, ‘छेडागाड नगरपालिका भित्रका १५ वटा माध्यमिक विद्यालयमध्ये चारवटामा माध्यमिक तहका विद्यार्थी दुई घण्टासम्म पैदल हिँडेर पुग्छन्।’, छेडागाडामा जम्मा ९३ वटा विद्यालय छन्। केही विद्यालयमा आधारभूत कक्षाका विद्यार्थीहरू पनि लामो दूरी हिँड्नु पर्छ।, ‘वस्तीहरू छरिएका छन्। भौगोलिक विकटता छ,’ केसी भन्छन्, ‘सानो बस्ती भएका ठाउँमा माध्यमिक विद्यालय हुँदैन। सबैलाई नजिक हुने गरी माध्यमिक विद्यालय स्थापना गर्न पनि सकिँदैन।’, लामो दूरी हिँडेर विद्यार्थीहरू आउने विद्यालयमा आवासीय सुविधाको अवधारणा ल्याइएको भए पनि कार्यान्वयन गर्न नसकिएको उनले बताए।, इन्द्रज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापा माध्यमिक विद्यालयहरूमा आवासीय सुविधा हुनु उपयुक्त हुने बताउँछन्। सडकको सुविधा भएका विद्यालयले यातायातको साधन व्यवस्था गर्दा पनि राम्रो हुन्छ।, यहाँको भौगोलिक अवस्थिति र आर्थिक स्रोतको अभावका कारण विद्यार्थीको सुविधानका लागि चाँडै छात्रावास बन्ने वा सवारी साधनको व्यवस्था हुने देखिँदैन।, तस्बिर : दिपकजंग शाही /सेतोपाटी, दैनिक चार घण्टा हिँडेर स्कुल जानेहरू...
रासस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ।, दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।, प्रहरीले बसलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ। , बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु
सेतोपाटी संवाददाता सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए। , सर्लाही हरिवन नगरपालिका-५ घर भई काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी पक्राउ परेका हुन्। , उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनेर फकाएका थिए। प्रत्येक व्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख भन्दा बढी तलब हुने कृषि कम्पनीमा काम लगाइदिन्छु भनेर विश्वासमा लिएका थिए। , त्यसरी पटकपटक गरी पीडितहरूबाट १२ लाख लिएर सम्पर्कबिहीन भएको एसपी केसीले बताए।, वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्र पठाएपछि प्रहरीले उनलाई सोमबार सिनामंगलबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमाथि थप अनुसन्धान गर्न विभागमा पठाएको कार्यालयले जनाएको छ।,  , सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ। , मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्।, बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ।, जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ। , ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।, केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।, लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।, भिडिओ:, पेस्तोल देखाएर दिनदहाडै लुटियो बैंक (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखरा जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका छन्। , चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा ग १ ख ७७०१ नम्बरको बस पल्टिएको हो।, बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।, घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। १७ जनाको पुरानो मेडिकल कलेजमा, एक जनाको चितवन मेडिकल कलेज र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।, बसका चालक तनहुँको भिमाद- २ बस्ने २५ वर्षीय लेखबहादुर थापा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनदेखि एक किलोमिटर पर पर्छ।, पृथ्वी राजमार्गमा बस पल्टिँदा २१ जना यात्रु घाइते
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाको बयान सकिएको छ। , म‌ंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तीन जनाको बयान लिएको सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए। , इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान सकिएको हो। , राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए।, यसअघि इजलासले पाँच जनाको बयान लिइसकेको छ। , गत आइतबार इजलासले टंककुमार गुरूङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो। इन्द्रजितको पनि आइतबार नै बयान लिने तयारी गरे पनि अस्वस्थ रहेको भनेपछि लक्ष्मीको बयान गराइएको थियो। , प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको यो साताभर बयान हुने सम्भावना छ। , बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ।, सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो। , टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सानु भण्डारी, पूर्वसभासद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी हुनेछ।, प्रहरीले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये १३ जना फरार छन्। , नक्कली भुटानी शरणार्थी प्रकरण: सकियो इन्द्रजित, नरेन्द्र र सन्देशको बयान
सेतोपाटी संवाददाता फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको सूचना अधिकारी एसपी मिलन केसीले जानकारी दिए। , दोलखा बैतेश्वर नगरपालिका-३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिनलाई पक्राउ गरेको हो। , उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनेका थिए। प्रत्येक व्यक्ति १७ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख तलब हुने प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु भनेर विश्वासमा लिएका थिए। , त्यसरी पटकपटक गरी पीडितहरूबाट ४० लाख लिएर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ। , वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्र पठाएपछि प्रहरीले उनलाई मंगलबार ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमाथि थप अनुसन्धान गर्न विभागमा पठाएको कार्यालयले जनाएको छ।,  , फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगेको आरोपमा एक पक्राउ
नारायण खड्का बाँकेमा मंगलबार भएको दुर्घटनामा परी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारीको मृत्यु भएको छ।, ५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजेतिर मृत्यु भएको सुर्खेतका एसपी योगेन्द्र थापाले जानकारी दिए।, पेसाले डाक्टर रहेकी सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन्। डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुन्।, नेपाली कांग्रेस सुर्खेतका सभापति तथा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोखरेलले मृतक डा. सञ्जु उपप्रधानमन्त्री खड्काकी माइली भाइबुहारी भएको सेतोपाटीलाई बताए।, बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार सञ्जु सवार कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।, सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।, दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पुर्‍याएको थियो।, 'अस्पताल पुर्‍याएको केही बेरमै कारमा सवार डाक्टर खड्का र चालकलाई चिकित्सकले मृत घोषणा गरे,' एसपी राठोरले भने, 'अहिले कोहलपुर अस्पतालमा डा. सञ्जुका आफन्त र शुभचिन्तकहरू आइरहनुभएको छ। सुर्खेतबाट परिवारका सदस्य पनि आउँदै हुनुहुन्छ। त्यसपछि शव बुझाउने तयारी छ।', सञ्जुका श्रीमान डा. डम्बर भने अहिले कार्यक्रममा सहभागी हुन विदेश गएको बताइएको छ।, प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा प्रालिको हो। उक्त बसमा २६ जना यात्रु थिए। उनीहरूमध्ये ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।, प्रहरीले बस नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।, कार र बस दुवै तीव्र गतिमा भएका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ।, 'घटनास्थलमा कुनै मोड वा घुम्ती छैन। त्यो भूगोल विश्लेषण गर्दा दुवै सवारी तीव्र गतिमा थिए भन्ने अनुमान गर्न सकिन्छ,' एसपी राठोरले भने।, कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भागमा क्षति पुगेको छ।, कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु
रासस वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। , प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । , आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। , यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। , निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले जानकारी दिए। , सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ। , आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत लगिएको छ।, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सञ्जुको शव गएराति गृह जिल्ला सुर्खेत पुर्‍याइएको जानकारी दिए।, सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र थापाले घर परिवारका सदस्यबाट जाहेरी आएपछि मात्रै पोष्टमर्टमको प्रक्रिया अगाडि बढ्ने सेतोपाटीलाई बताए। , ‘प्रहरी जाहेरीको प्रतीक्षामा छ,’ उनले भने, ‘घर परिवारका सदस्यले जाहेरी दिएपछि बल्ल पोष्टमर्टमको प्रक्रिया सुरू हुनेछ।’, घटना भएको दिन मंगलबार मध्य रातितिर प्रहरीले डा. सञ्जुको शब उनको गृह जिल्ला सुर्खेत पु¥याएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका थिए । , सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन्। वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा उनीहरूले यसपालि नयाँ घर बनाएका थिए।, सञ्जु एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौं फर्कीएकी थिइन्। मंगलबार काठमाडौंबाट घर आउँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको थियो।, मंगलबार साँझ ५ बजे उनी सवार बा १३ च ८२५३ नम्बरको  कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका-८ मगुवा खोला नजिकै मे १ ख  ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो।, ठक्करबाट गम्भीर घाइते भएकी सञ्जुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। चालक  आँपिपल, गोरखाका ३७ बर्षीय  सुवास अधिकारीको शव भने अस्पतालमै रहेको डिएसपी तिवारीले जानकारी दिए।, दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको डिएसपी तिवारीले जानकारी दिए।, डम्बर उपप्राधनमन्त्री  पूर्णबहादुर खड्काका माइला भाइ हुन्। उनी हप्ता दिन अगाडि मात्रै ७२औं स्वास्थ्य सम्मेलनमा भाग लिन बिदेश गएका थिए। , प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिए।,  सम्बन्धित समाचारः ,कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु, सुर्खेत लगियो कार दुर्घटनामा मृत्यु भएकी सञ्जुको शव
रासस अनुचित लेनदेन (मिटरब्याज)  पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका  छन्।, गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्।, तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए। निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन्।, मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायत उजुरी छन्।, जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट उजुरी बढी परेको न्यौपाने बताउँछन्।, उनले मिटरब्याजपीडितले पाँच लाखदेखि एक करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको जानकारी दिए। कार्यालयमै मिटरब्याजपीडित सहायता कक्षमा निवेदन दर्ता गराउने गरिएको छ।, सहायक प्रजिअ न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीउपर छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको बताए।, प्रशासनले मिटरब्याजपीडितलाई अन्तिमपटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो। निवेदन दिन म्याद सकिएको दुई दिनपछि मङ्गलबार पनि थप दुई जनाको उजुरी परेको छ।, झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी
सेतोपाटी संवाददाता देशभर  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी प्रदेशका पहाडी भूभागमा बदलीको अवस्था रहेको र मधेश प्रदेशका केही भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् सजिना शाक्यले सेतोपाटीलाई जानकारी दिइन्।, दिउँसोपख सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने उनले बताइन्। , त्यस्तै दिउँसोपख सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै  गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको पनि उनले बताइन्।, राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा महाशाखाले जानकारी दिएको छ।, यस्तो छ आजको मौसम
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ।, ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो।, लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
नवीनबाबु गुरूङ वैदिक सनातन धर्मावलम्बीले आज निर्जला एकादशी मनाएका छन्।, आजको दिन तुलसी पुजा र मठमा तुलसीको दल (बीऊ) राखिन्छ।, आज राखिएको बीऊ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । , निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले चिताएको फल विश्वास छ।  , तस्बिरहरूः, मनाइयो निर्जला एकादशी (तस्बिरहरू)
रासस उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रो जानकारी छ। उनी बाघको बानीव्यवहार, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन्।, बाघको बारेमा आफूलाई थाहा भएका कुराहरू सडक नाटकमार्फत मानिसहरूलाई पनि बुझाउँदै आएकी छन्। सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघको बारेमा अझै धेरै ज्ञान पाएकी छन्।   , स्नातक तह अध्ययन गरिरहेकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको थियो।, बाघ संरक्षणका लागि सडक नाटक लिएर उनी अहिले आफ्नो गाउँको चोक–चौतारामा पुग्छिन् । यो अभियानमा स्याङ्ताङ एक्ली होइनन् । सडक नाटकमा उनीसँगै गाउँका १४ किशोरकिशोरी सहभागी हुन्छन्। उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन्।, ठोरीमा बाघले वर्षेनी दुःख दिन्छ। बाघकै कारण वर्षेनी जनधनको क्षति हुन्छ।तरपनि त्यहाँका स्थानीय बाघको संरक्षणमा जुटेका छन्।, 'हामी विवेकशील प्राणी हौँ, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ,' स्याङ्ताङ्ले भनिन्। उनले गाउँका चोक–चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताइन्। ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर–किशोरी सडक नाटक देखाउने अभियानमा छन्।, ठोरी गाउँपालिका–१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउँछन्। उहाँ पनि सडक नाटकमार्फत बाघका बारे धेरै कुरा जान्न र अरुलाई बुझाउन सक्ने भएको बताउँछन्। सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिकरूपमा घुलमिलको वातावरण सिर्जना हुने अनुभव उनले सुनाए।, बाघ संरक्षणको अभियानमा सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर–किशोरीसँगै जुटेका छन्। उनी भन्छन्, 'किशोर–किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुन्छ।', चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष  बालकुमार बस्नेतले ठोरी क्षेत्र वन्यजन्तु र त्यसमा पनि बाघ प्रभावित क्षेत्र भएको बताए। 'यहाँ वन्यजन्तुपीडित धेरै हुनुहुन्छ,' उनले भने, 'बाघले गाउँघरमा पसेर गाईवस्तु, बाख्रा, बङ्गुर खाने गरेको छ।' उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गाउँघरमा सचेतना जगाउन सडक नाटक प्रस्तुत गरिरहेको बताए।, चितवन राष्ट्रिय निकुञ्जले २२ समितिमार्फत बाघ संरक्षणको अभियान चलाइरहेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले वन्यजन्तु जोगाउन शिक्षा दिने योजनाका साथ युवापुस्तालाई सडक नाटकमार्फत अघि सारिएको जानकारी दिए।, 'गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम कोरोनाका कारण रोकिएको थियो,' उनले भने, 'अहिले पुनः सोही खालका अभियान सुरु गरेका छौँ।' उनले समुदायमा पुग्न सकेमात्र संरक्षण दिगो हुने बताउँदै सडक नाटकले यसमा प्रभावकारी भूमिका खेलेको जानकारी दिए।, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चेतनामूलक कार्यक्रमले संरक्षणमा स्थानीयको अपनत्व विकास भएको बताए।, बालबालिका र युवा केन्द्रित कार्यक्रमले बाघलगायतका वन्यजन्तु संरक्षणमा प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ।, बाघ संरक्षणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत तराई भूपरिधि कार्यक्रम (ताल)ले सहकार्य गरेको छ ।, कार्यक्रमका चितवन पर्सा फिल्ड संयोजक प्रेम पौडेलले वन्यजन्तुको आनीबानी बुझेर मान्छेको व्यवहार परिवर्तन गर्न सडक नाटक देखाउने गरिएको बताए । 'मानव र वन्यजन्तुबीचको दूरी टाढा राख्नुपर्छ', उनले भने, 'नजिक भएकै कारण घटना धेरै हुने गरेको छ।', चितवन, पर्सा निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ ओहोरदोहोर गर्ने करिडोर क्षेत्र ठोरी भएकाले पनि यहाँ विशेष संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।, यो तीन निकुञ्ज जोडिएको क्षेत्र पनि हो। पौडलेले बोलेर, पढेरभन्दा पनि सडक नाटकमार्फत जनस्तरमा देखाउँदा संरक्षण अभियान प्रभावकारी हुने बताए।, 'सडक नाटक सबैले चासो देखाएर हेर्ने र सुन्ने गरेका छन्, यो प्रभावकारी भएकै कारण अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएका छौँ,' उनले भने।, जो बाघको महत्व बुझाउन सडक नाटक लिएर गाउँगाउँ पुग्छन्