content
stringlengths 20
64.1k
⌀ |
---|
रासस ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन्। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए।, बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले कार्यक्रमको आयोजना गरेको थियो।, कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने बताए। अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने बताउँदै उनले व्यवसायीसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गरे।, ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको उल्लेख गर्दै उनले पर्यटकले चाहे जति खर्च गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए।, ‘नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्, यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ’, उनले भने, ‘एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन।’, पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र बैंकले नै पहल गर्नुपर्ने बताए। वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोट सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीसँग आग्रह गरे।, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको बताउँदै डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राखे।, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गरे। ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कूटनीतिक पहल गरिनुपर्ने उनको भनाइ छ।, अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उनले बताए। नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष सूर्य रोकाले भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताए। नेपाल हुँदै नक्कली नोटहरु भारत भित्रने आशङ्कासँगै भारतले त्यो नीति लिएको उनको भनाइ छ।,
ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग |
रासस जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ।, गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।, जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताए।, उनका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा सङ्क्रमण देखिएको तथ्याङ्क प्राप्त भएको छ।, रोगको सङ्क्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन्। उनले उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५ गाई तथा ३५ हजार सङ्क्रमित पशुमध्ये करिब दुई हजार भैँसी सङ्क्रमित रहेको तर भैँसी नमरेको जानकारी दिए।, उनका अनुसार पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा सङ्क्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा उक्त रोग देखिन थालेको छ।, जिल्लामा देखिएको रोगका कारण रु ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा रु छ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनायो । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो।, जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको जनाएको छ।, ‘जिल्लामा रोगको सङ्क्रमण बढेसँगै केन्द्रले लम्पी स्किनविरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ,’ निमित्त प्रमुख कार्कीले भने।, उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ।, रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्।, यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो। ,
काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’ |
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेका छन्। वर्षाका कारण सानाठूला नदीहरूमा पानीको बहाब बढिरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।, महाशाखाले आज सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।, साथै पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने केही स- साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ।, महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।,
आज यी क्षेत्रहरूमा छ बाढीको जोखिम |
सेतोपाटी संवाददाता काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ।, आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।, मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। , एसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।, दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसपी रिजालले जानकारी दिए।, पछि उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।, एसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ। इनार गहिरो भएको र अप्ठ्यारो भएका कारण पनि शव निकाल्न समय लागेको उनले बताए। ,
भोटेबहालमा इनारमा डुबेको अवस्थामा मृत भेटिए दुई युवक |
रासस ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन्।, ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।, उनलाई आज ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर आपराधिक लाभ तथा अनुचित लेनदेन गरेको आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।, एसपी कार्कीका अनुसार नरेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए। मनोज महर्जनले पटकपटक गरी एक करोड २६ लाख लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा किटानी जाहेरी परेको सोही आधारमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको हो।, उनको घरमा खानतलासी गर्दा सात करोड २८ लाख ७७ हजारको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको कार्कीले बताए। ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेको छ। , यस्तै एक करोड ३४ लाख उल्लेख भएको ३२ थान विभिन्न बैंकका चेक तथा सहकारीका चेक बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै उनको साथाट ६ थान चेकबुक तथा लालपुर्जासमेत बरामद गरिएको छ। उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।, ,
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण |
सेतोपाटी संवाददाता सिराहामा खानेपानी संस्थामा काम गर्ने सुरक्षा गार्डको हत्या भएको छ। , सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका-७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव फेला परेको हो। वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो। , इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुर्मीको हत्या भएको हो। , संस्थाको कम्पाउन्डभित्र उनको शव फेला परेको हो। घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको हो। ,
हतियार भने फेला नपरेको डिएसपी बस्नेतले बताए।, उनी त्यस संस्थामा विगत ६ महिनादेखि कार्यरत थिए। बिहान संस्थामा पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।, घटनास्थलबाट मुचुल्काको काम सकेर पोष्टमर्टमको लागि शव मिर्चैया अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। ,
,
सिराहामा खानेपानी संस्थाका सुरक्षा गार्डको हत्या |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा गरिएको एक अध्ययनले वन्यजन्तुले आहारासँगै प्लास्टिकजन्य वस्तु पनि खाने गरेको देखाएको छ।, सन् २०२०, २०२१ र २०२२ मा निकुञ्जको कोर (भित्री) क्षेत्र र मध्यवर्ती वनको सीमा क्षेत्रमा गरिएको अध्ययनले वन्यजन्तुले घाँससँगै प्लास्टिक पनि खाने गरेको देखाएको हो।, सिसोबाना ट्रोपिकल बोटानिकल गार्डेन, चाइनिज एकेडेमी अफ साइन्सेज, युनान, चीनमा विद्यावारिधी गरिरहेका त्रिभुवन विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उप–प्राध्यापक बलराम अवस्थीले वन्यजन्तुको गोबरमार्फत् भेल्लर (एक प्रकारको वनस्पति) को बीउको फैलावट विषयमा अध्ययन गरेका थिए। अध्ययनको क्रममा गैंडाको गोबरमा प्लास्टिकजन्य पदार्थहरू भेटियो। त्यसपछि बिउको फैलावटसँगै एक सिंगे गैंडाद्वारा प्लास्टिकको सेवन विषयमा पनि अध्ययन गरिएको थियो। यो अध्ययनमा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पूर्वप्रमुख डा.बाबुराम लामिछाने र स्कुल अफ इन्भाइरोंमेन्ट एन्ड जियोग्राफिकल साइन्स र युनिभर्सिटी अफ नोटिङगम, मलेसियामा आवद्ध किम मैककाँन्की पनि सन्लग्न थिए।, अवस्थीका अनुसार गैंडाको गोबरमार्फत भेल्लरको बीउको फैलावटबारे सन् २०२० मा अध्ययन भइरहेको थियो। भेल्लरको दाना गैंडाको स्वादिलो फल हो। यसलाई गैंडाको स्याउ पनि भनिन्छ। यसको अध्ययन क्रममा गैंडाको गोबरमा प्लास्टिकका टुक्राहरू देखिए। त्यसपछि बीउको फैलावटसँगै 'एकसिंगे गैंडाद्वारा प्लास्टिकको सेवन' विषयमा पनि अध्ययन गरिएको थियो।, '२५८ वटा गैंडाको ताजा गोबर परीक्षण गर्दा १०.१ प्रतिशत गोबरमा आँखाले देखिने प्लास्टिकका टुक्रा भेटिएको छ,' उनले भने।, सामान्यतया एकसिंगे गैंडाहरू जहाँ पायो त्यहीँ दिसा गर्दैनन्। धेरै गैंडाको दिसा गर्ने ठाउँ एउटै हुन्छ। उनीहरू गन्धले गोबरको थुप्रो भएको ठाउँ पत्ता लगाउँछन्। सकेसम्म थुप्रोमै पुगेर दिसा गर्छन्। अनुसन्धानकर्ताहरूले थुप्रोमा रहेको ताजा (झट्ट हेर्दा हरियो–कालो वा गाढा हरियो) गोबरको नमूना संकलन गरेका थिए। पुरानो गोबर भुसजस्तो हुने भएकाले नयाँ गोबर चिन्न गाह्रो हुँदैन। कतिपय नमूना गैंडाले दिसा गरेको प्रत्यक्ष देखेलगत्तै संकलन गरिएको थियो।, नमूना परीक्षण क्रममा सन् २०२० मा ७ प्रतिशत, २०२१ मा १३ प्रतिशत र २०२२ मा १० प्रतिशत गोबरभित्र प्लास्टिक भेटिएको डा. लामिछानेले बताए।, यो अध्ययन चितवन निकुञ्जको कोर क्षेत्र जयमंगला र मध्यवर्ती वनसँगको सीमा क्षेत्र इचेर्नी आसपासमा गरिएको थियो।, अध्ययन क्रममा मध्यवर्ती वनसँगको सीमा क्षेत्रमा भन्दा निकुञ्जको कोर क्षेत्रका नमूनामा बढी प्लास्टिकजन्य वस्तु भेटियो। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा गरिएको अध्ययनमा १८ प्रतिशतमा र मध्यवर्ती क्षेत्रमा ६ प्रतिशत नमूनामा प्लास्टिक देखिएको हो।, अध्येताहरूले निकुञ्जको कोर र सीमा क्षेत्रका घाँसे मैदान तथा नदी नजिकका जंगलबाट पनि गोबरको नमूना संकलन गरेर परीक्षण गरेका थिए। घाँसे मैदानमा भन्दा नदी वारिपारिका जंगलका नमूनामा धेरै प्लास्टिकजन्य वस्तु भेटिएका थिए। घाँसे मैदानमा ८ प्रतिशत र नदी नजिकका जंगलमा १२ प्रतिशत प्लास्टिकजन्य वस्तु भेटिएको हो।, 'बर्खामा नदी, खोलाहरूमा आएको बाढीसँगै फोहोर तथा प्लास्टिक बग्छन्। पानी घट्दा प्लास्टिक खोला आसपासका जंगल र नजिकका घाँसे मैदानतिर अड्किन्छन्। त्यही ठाउँ गैंडाको मुख्य वासस्थान पनि हो,' लामिछानेले भने, 'निकुञ्ज घुम्न जाने पर्यटकले पनि चाउचाउ, चुरोट, बिस्कुट, पेय पदार्थका खोल/बिर्को, बोतल र प्लास्टिक जथाभावी फाल्ने गरेको पाइन्छ। गैंडाले सिधै प्लास्टिक नै त खाएन होला। घाँस खाने क्रममा त्यसभित्र प्लास्टिक परेको हुन सक्छ।', हात्ती, भालु लगायतका वन्यजन्तुले फोहोरको थुप्रोमै पनि आहारा खोज्ने गरेको भेटिएको छ। तर गैंडा फोहोरको थुप्रोबाट टाढै रहने जीव हो।, यो अध्ययन सुरू हुँदा नेपालमा कोरोना महामारीले लकडाउन थियो। निकुञ्ज क्षेत्रमा पर्यटकले प्रवेश पाएका थिएनन्। त्यसैले अध्ययनकर्ताले त्यसपछिका वर्ष गोबरमा प्लास्टिकको मात्रा कम भेटिएला भन्ने ठानेका थिए। तर त्यस्तो भएन।, 'तुलनात्मक रूपमा मानव चहलपहल बढी हुने भएकाले फोहोर पनि मध्यवर्ती क्षेत्रसँगको सिमानातिर बढी हुन्छ। हामीले सीमा क्षेत्रका नमूनामा बढी प्लास्टिक भेटिने सोचेका थियौं तर निकुञ्जको कोर क्षेत्रमा पो धेरै भेटियो,' लामिछानेले भने, 'यसले गैंडा छोटो अवधिमा आहाराको खोजीमा भित्र र बाहिर हिँडिराख्छ भन्ने पनि देखाउँछ।', गैंडाको एक पटकको गोबरको तौल औसत १८ किलोजति हुन्छ। परीक्षणका लागि ताजा गोबरको एक चौथाई नमूना निकालिएको थियो। तत्कालै प्लास्टिक देखिएको अवस्थामा थप गोबर पनि जाँच गरियो। , अध्येताहरूले सन् २०२० मा ११६, २०२१ मा १०४ र २०२२ मा ३८ गोबरको नमूना अध्ययन गरेका थिए।, सो क्रममा कम्तीमा ८ प्रकारका प्लास्टिक पहिचान भए। दुई प्रकारको पहिचान हुन सकेन।, आठमध्ये दुई प्रकारका प्लास्टिक कडा खालका थिए। गोबरभित्र कडा खाले प्लास्टिक र चिसो पेयपदार्थको बोतलको बिर्को पनि भेटियो।, बाँकी ६ प्रकारका प्लास्टिक नरम खाले भेटिए।, गुट्खाका प्याकेट ९ वटामा, प्लास्टिक झोला ६ वटामा, बिस्कुटका खोल ५ वटामा, रबर ब्यान्ड, चकलेटको खोल, स्याम्पूको प्याकेटको खोल सबैमा एक/एक वटा भेटिएका थिए।, अधिकांश गोबरमा पहिलो नजरमै प्लास्टिकका टुक्रा देखिएका थिए। २६ वटा नमूनामा प्लास्टिकजन्य वस्तु भेटिएकोमा २१ वटामा पहिलो नजरमै प्लास्टिकका साना टुक्रा देखिएका थिए। एउटै नमूनामा तीन वटासम्म प्लास्टिक झोला र रबर ब्यान्ड, दुई वटासम्म कडा प्लास्टिक र स्याम्पूको प्याकेट भेटिएको थियो।, समुद्री जीवको मृत्युको मुख्य कारण प्लास्टिक प्रदूषण मानिन्छ। ह्वेल माछाजस्ता ठूला जीवहरूको मृत्यु पनि प्लास्टिककै कारण भएको पाइन्छ। वन्यजन्तुमा प्लास्टिकको असरबारे रिपोर्ट भने कम आउने गरेको लामिछाने बताउँछन्।, 'पर्यावरणमा प्लास्टिक नष्ट हुन समय लाग्छ। तर जथाभावी फाल्ने क्रम बढेको छ। सम्भवतः अब यसले वन्यजन्तुमा पनि ठूलो समस्या ल्याउन सक्छ,' उनले भने, 'केही अध्ययनले पुष्टि गरेको छ कि प्लास्टिक प्रदूषण संकटापन्न अवस्थामा रहेका ठूला जीवसहित धेरै वन्यजन्तुका लागि मानवनिर्मित समस्या हो।', नेपाल र भारतमा गरेर अहिले करिब चार हजार एकसिंगे गैंडा छन्। विगतमा यो प्रजाति बंगलादेश, भुटान र पाकिस्तानमा पनि पाइन्थ्यो। मानव अतिक्रमण, वासस्थान विनास र अवैध सिकारका कारण ती देशमा यसको विनास भयो। अपर्याप्त घाँसे मैदान, जलवायु परिवर्तन, बाढीको जोखिम, बाघको आक्रमण, आपसी लडाइँ (वासस्थानको कमीले) गैंडाका लागि मुख्य दीर्घकालीन खतरा हुन्।, विज्ञहरूका अनुसार दुर्लभ गैंडाले प्लास्टिक सेवन गर्नु उसको स्वास्थ्य र संरक्षणका लागि ठूलो खतरा हुन सक्छ। प्लास्टिक खाँदा पेटमा समस्या वा विषको असर भएर मृत्युको कारण बन्न सक्छ। उत्तर भारतमा गरिएको एक अध्ययनले ३२ प्रतिशत हात्तीको गोबरमा प्लास्टिक भेटिएको थियो। श्रीलंकामा हात्तीको मृत्युको कारण प्लास्टिक नै बनिरहेको छ।, नेपालमा गैंडाको सिकार गर्ने क्रम अचेल घटेको छ। तर बाघको आक्रमण, आपसी लडाइँ, बुढो भएर जस्ता प्राकृतिक कारणबाट गैंडाको मृत्युदर बढेको छ। प्लास्टिकका कारण मृत्युको जानकारी भने अहिलेसम्म छैन।, 'यो अध्ययनले गैंडाको गोबरमा प्लास्टिकको टुक्रा कम देखाएको छ किनकि हामीले केबल आँखाले देखेका प्लास्टिक मात्र रेकर्ड गरेका थियौं। र, निकुञ्ज, मध्यवर्ती क्षेत्रभरी सबै गोबर खोजेर जाँच गरिएन। छुट्टै अध्ययन गर्ने क्रममा गोबरमा प्लास्टिक देखिएपछि हामीले त्यसलाई पनि ध्यान दिएर हेरेका हौं,' डा. लामिछानेले भने, 'अब गैंडाको गोबरभित्र म्याक्रो र माइक्रो प्लास्टिकको विस्तृत जाँच आवश्यक देखिएको छ। अन्य वन्यजन्तुमा यसको प्रभावको पनि अध्ययन हुनुपर्छ। साथै वन्यजन्तुको वासस्थानमा प्लास्टिक प्रदूषण स्रोतको रेकर्ड पनि राख्नुपर्नेछ।', धेरै जनावरका लागि प्लास्टिक नयाँ समस्या बनेको हुन सक्ने उनले बताए। पाचन प्रणालीबाट गोबरमा निस्किँदा पनि प्लास्टिक नष्ट नहुने भएकाले त्यसलाई फेरि अन्य वन्यजन्तुले खान सक्छ।, 'पहिले यो कुरा थाहा थिएन। हामीले अध्ययन गर्दा भेटियो। यसको रोकथामका लागि अब गैंडाका सबै वासस्थानका साथसाथै वासस्थान नजिकैबाट बहने नदी, त्यसका सहायक नदीको क्षेत्रमा बृहत फोहोर व्यवस्थापन रणनीतिको अवश्यकता छ। तत्कालका लागि गैंडाको वासस्थानमा जम्मा भएका प्लास्टिकजन्य फोहोर हटाउन बर्खालगत्तै अभियान चलाउनुपर्छ,' लामिछाने भन्छन्, 'प्लास्टिक प्रदूषण गैंडा मात्रै नभएर अन्य वन्यजन्तुका लागि पनि खतरा बनेको छ। फोहोर व्यवस्थापन गर्न सकियो भने समान वासस्थान भएका अन्य जनावरलाई पनि लाभ हुनेछ।', माछा खाएर जीवन निर्वाह गर्ने बिरालो 'फिसिङ क्याट' को विषयमा अनुसन्धान गर्दै आएकी रमा मिश्रले त्यसको गोबरमा प्लास्टिक मात्रै नभएर सिसाका टुक्रासमेत भेटेको बताइन्। उनले कोशी टप्पू वन्यजन्तु आरक्षमा गरेको अध्ययनमा गोबरभित्र सिसाको टुक्रा भेटिएको थियो।, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नदीले बगाएर ल्याएको प्लास्टिकजन्य फोहोर व्यवस्थापन निकुञ्जका लागि चुनौतीपूर्ण रहेको बताए।, 'राप्ती र नारायणीको बाढीले बगाएर ल्याएका प्लास्टिक निकुञ्जका वन तथा घाँसे मैदानमा अड्किएर बस्छन्। यसको असर वन्यजन्तुमा परिरहेको छ,' तिवारीले भने, 'यसलाई नियन्त्रण गर्न मुहानबाटै फोहोर व्यवस्थापन गर्नुपर्छ। मुहानदेखि यहाँसम्म आइपुग्दा धेरै प्रदेश र स्थानीय तह छन्। यो कुनै निकुञ्ज वा वन कार्यालयले चाहेर मात्रै समाधान हुने विषय होइन। तीनै तहको सरकारको चासो चाहिन्छ। सबै मिलेर रणनीतिक योजना ल्याउनु आवश्यक छ।', वन्यजन्तुमा प्लास्टिकजन्य फोहोरको प्रभावबारे सरकारी तवरबाट कुनै अनुसन्धान नभएको तिवारीले बताए।, 'यस विषयमा अध्ययनको खाँचो छ। त्यसको आधारमा रणनीति बनाउनुपर्छ,' उनले भने।, चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोही, चितुवा, हात्ती जस्ता संकटापन्न प्रजातिको संरक्षणका लागि महत्वपूर्ण छ। यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरीसृप र १२५ प्रजातिका माछा पाइन्छ। चितवन निकुञ्ज धेरै एकसिंगे गैंडा भएको संरक्षित क्षेत्रमा विश्वमै दोस्रो हो। सन् २०२१ को तथ्यांकअनुसार यहाँ ६९४ वटा गैंडा छन्।,
गैंडाको गोबरमा प्लास्टिक, गुट्खाको खोल र पेयको बिर्को! |
सविता बुढा मैनादेवीको बिहे भएको १५ वर्ष भयो। बिहे हुँदा नाबालिग थिइन्, जम्मा १७ वर्षकी।, बझाङकी उनको परिवारले खेतीकिसानी गरेर गुजारा चलाउँथ्यो। कमाइ खासै राम्रो थिएन। श्रीमान वर्षको तीन महिना काम गर्न भारत जान्थे। नौ महिना आफ्नै खेतबारीमा हुन्थे। घरमा मैनादेवीका दम्पती र ससुरा थिए।, मैनादेवीका पनि दिन घरधन्दा, खेतबारी, मेलापात र घाँसदाउरामै बित्थ्यो। बिहे भएको दुई महिनामै उनी गर्भवती भइन्। ससुरा काम गर्न भारत गएकाले घरमा मैनादेवी र उनका श्रीमान मात्रै थिए।, घरभित्र र बाहिरको धेरै काम मैनादेवीकै काँधमा थियो। सबै काम भ्याउन बिहान सबेरै उठ्नुपर्थ्यो, राति अबेरसम्म खट्नुपर्थ्यो।, गाउँमा गाडी पुगेको थिएन। स्थानीय पसलेहरूले ज्याला दिएर सामान बोकाउँथे। मैनादेवी दुई-चार रूपैयाँ कमाउने आशमा कहिलेकाहीँ भारी बोक्ने काम पनि गर्थिन्। गर्भवती भएकै बेला उनले चार घन्टाको पैदल बाटोमा धेरैपटक भारी बोकिन्।, उनले घरमै बच्चा जन्माइन्। पहिलो सन्तान छोरी, घरमा 'लक्ष्मी' आइन् भनेर आफन्त र छरछिमेकीले बधाइ दिए। सहयोग गरे। खानेकुरा पनि बनाइदिए। तर सधैं हुने भएन। उनले पर्याप्त पोषण त पाइनन् नै, आराम पनि भएन। हप्ता दिनदेखि फेरि काममै व्यस्त भइन्।, जेठी छोरी वर्ष दिन नपुग्दै मैनादेवी फेरि गर्भवती भइन्। गर्भवती श्रीमती छाडेर श्रीमान पैसा कमाउन भारत गए। उनले एक्लै घर सम्हालिन्। श्रीमान फर्केर आएको केही दिनमा उनी सुत्केरी भइन्। दोस्रो सन्तान पनि छोरी जन्मिन्।, 'श्रीमानलाई छोरी जन्मेको मन परेन। रक्सी खाएर कुटपिट गर्न थाले,' ती दिन सम्झिँदै मैनादेवीले भनिन्, 'तँसँग बिहे गरेर मैले छोराको मुख हेर्न पाइनँ भन्दै कुट्थे, घर छाडेर जा भन्थे।', मैनादेवीसँग विकल्प थिएन। श्रीमानको अत्याचार सहनुसम्म सहिन्। श्रीमानले घरको काम हेर्न छाडे। गाउँ डुलेर समय बिताउन थाले।, यस्तैमा एक दिन उनले अर्की श्रीमती ल्याए। तैपनि मैनादेवीले घर छाडिनन्। आफ्नो काम र छोरीहरूको स्याहारसुसारमा लागिरहिन्। श्रीमानको अत्याचार भने झन् बढ्यो।, त्यसपछि भने एक दिन उनले घर छाडिन्। भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्र पुगिन् र घाँस काटेर गुजारा चलाइन्। तर उनी गएको वर्षदिन नपुग्दै सौताले श्रीमान छाडिदिइन्। यो थाहा पाएर मैनादेवी घर फर्किन्। उनी फेरि गर्भवती भइन्। तेस्रो सन्तान पनि छोरी नै जन्मिन्।, यसपछि गाउँलेहरू समेत बालख छोरीहरूलाई टोकस्न थाले।, 'गाउँलेले मेरा छोरीहरूलाई हेरेर आमालाई दुःख दिन तिमीहरू किन जन्मेका भने,' बोल्दाबोल्दै मैनादेवीका आँखा टिलपिल भए, भक्कानिँदै भनिन्, 'मलाई अब फेरि के होला, मबाट छोरो जन्मिँदैन होला जस्तो लाग्यो।', उनी फेरि गर्भवती भइन्। यसपटक भने उनले सन्तान जन्माइनन्। गर्भपतनको औषधि किनेर खाइन्। औषधि खाने कुरा त्यही एकपटक मात्र भएन।, 'फेरि छोरी जन्मिए के गरूँला भनेर डरले औषधि खाएर धेरैपटक गर्भ फालेँ,' उनले भनिन्।, एक वर्षअघि उनी फेरि गर्भवती भइन्। यतिन्जेल उनले गर्भमा छोरा छ कि छोरी भन्ने पहिल्यै पत्ता लाग्छ, यसका लागि धनगढी जानुपर्छ भन्ने बुझेकी थिइन्। डराउँदै श्रीमानलाई सुनाइन्। श्रीमान केही खुसी देखिए। घरमा जम्मा भएको घिउ बेचे र धनगढी आउनेजाने खर्च जोहो गरे।, मैनादेवी र गाउँकै साथी समितादेवी पहिलोपटक धनगढी गए। उनीहरू दुवै जनाको उद्देश्य एउटै थियो।, यतिन्जेलसम्म गर्भ पाँच महिनाको भइसकेको थियो। गर्भमा छोरी नै रहेको टुंगो भयो। उनले छोरी जन्माउने आँट गरिनन्। धनगढीमै गर्भपतन गराइन्।, 'धनगढीमा तीस हजार रूपैयाँभन्दा धेरै खर्च भयो। शरीरमा पनि सन्चो भएन, धेरै दिन रगत बगिरह्यो,' मैनादेवीले भनिन्।, यति बेला मैनादेवीका जेठी छोरी १४, माइली १२ र कान्छी ७ वर्षका छन्। यी छोरीको पालनपोषण, पढाइ र बिहेको जिम्मेवारी छ। उनी फेरि सन्तान जन्माउन चाहन्न थिइन्। तर छोरो जन्माउनुपर्छ भन्ने दबाबले फेरि गर्भवती भएको उनी बताउँछिन्।, यो दबाब रोकिएन, बढ्दै गयो। उनी फेरि गर्भवती भइन्। एक महिनाअघि भ्रुण परीक्षणका लागि धनगढी आइन्। यसपटक छोरा देखिएको छ। अब तीन महिनापछि सुत्केरी हुने समय छ।, गर्भमा छोरो देखिएपछि श्रीमान नरम भएका छन्। श्रीमतीलाई काम सघाउँछन्। श्रीमानमा देखिएको यस्तो परिवर्तनले मैनादेवी आश्चार्यमा परेकी छन्। यस्तो परिवर्तनलाई छोरा नभई हुँदैन भन्ने पारिवारिक र सामाजिक मान्यताको परिणाम मान्छिन्। तर उनलाई यस्तो मान्यता निको लागेको छैन। , 'छोरा पाउन महिलाले दुःख खेप्नुपरेको छ। कति बेला के हुन्छ थाहा छैन,' उनी भन्छिन्, 'मलाई पेट दुख्ने, हातखुट्टा कमजोर हुने समस्या छ। अब बच्चा पाएर कसरी हुर्काउने हो, चिन्ता छ। धेरै कमजोर भएकी छु।', उनको परीक्षण गर्ने चिकित्सकका अनुसार तीन सन्तान जन्माएकी, पटकपटकको गर्भपतन र कामको बोझले मैनादेवीको शरीर निकै कमजोर भइसकेको छ।, भ्रुण परीक्षण गराउने र छोरी भए गर्भपतन गराउने मैनादेवी एक्ली होइनन्। चिकित्सकहरूका अनुसार असुरक्षित गर्भपतन गराउनेको संख्या ठूलो छ।, अछामकी एक शिक्षक गर्भपतन गराउँदा मृत्युको मुखमा पुगेर मुस्किलले फर्किन्। उनका चार वटी छोरी छन्। छोराको आशमा पाँचौंपटक गर्भवती भएकी थिइन्। ६ महिनाअघि श्रीमानश्रीमती दुवै धनगढीको सेती प्रादेशिक अस्पताल पुगेर परीक्षण गराए। आमा र गर्भस्थ शिशुको स्वास्थ्य राम्रो देखियो। चिकित्सकले लिंग पहिचान गर्न भने मानेनन्। बाह्र हप्ता नाघिसकेका गर्भपात गराउन मिल्दैन पनि भने।, तर उनीहरू लिंग पहिचान गर्नै चाहन्थे। यस्तो ठाउँ खोज्दै जाँदा एउटा क्लिनिकमा काम हुने भयो। त्यहाँ अरू महिला पनि थिए। ६ हजार रूपैयाँ शुल्क तिरेपछि परीक्षण भयो, गर्भमा छोरी नै थिइन्।, गर्भ १८ हप्ताको भइसकेको थियो। उनीहरूले जसरी पनि गर्भपात गराउने भए। एक जना नर्सको सहयोगमा अर्को एउटा क्लिनिक पुगे र गर्भपतन गराए। औषधि प्रयोग गरेर गर्भपतन गराउँदा बच्चा बाहिर निस्के पनि पाठेघरमा फोहोर बाँकी रहन्छ। त्यसलाई औजारले सफा गर्नुपर्छ। सफा गर्ने क्रममा पाठेघरमा घाउ भयो। रक्तस्राव रोकिएन। केही बेरमै ती शिक्षक अचेत भइन्। राति १० बजे श्रीमानले सेती प्रादेशिक अस्पताल पुर्याए।, उनका एक आफन्तका अनुसार शरीरमा रगत निकै कम भइसकेको थियो। अपेक्षित सुधार भएन। आइसियूमा राख्नुपर्ने र पाठेघरको शल्यक्रिया गरेर घाउको उपचार गर्नुपर्ने भयो।, उनको उपचार गरेका एक चिकित्सकले भने, 'गाइनोकोलोजिस्ट (स्त्रीरोग विशेषज्ञ) र जनरल सर्जन मिलेर दुइटा शल्यक्रिया गर्नुपर्यो। पाठेघर सफा गरेर आठ पोका रगत पनि दिनुपर्यो।', आइसियूमा बीस दिन बसेर करिब एक महिनामा उनी डिस्चार्ज भइन्। अहिले उनको अवस्था सामान्य छ। चिकित्सकले पाठेघर फाल्न सुझाव दिएका छन्। तर उनी र उनका श्रीमानको छोरा जन्माउने आशा बाँकी छ। अहिले उनी गर्भवती भने छैनन्। फेरि गर्भपतन गराए उनको ज्यान जान सक्ने उनको उपचार गरेका एक चिकित्सकले बताए।, सुदूरपश्चिममा छोराको आशामा भ्रूणको लिंग पहिचान गराउने र छोरी भए असुरक्षित गर्भपात गराउने काम भित्रभित्रै हुने जानकारहरू बताउँछन्। यस्तो धेरै काम धनगढीमै हुने गरेको छ।, लिंग पहिचान गरेर गर्भपतन गराएकी धनगढीकै आशाकुमारी छोरा पाउने नाममा महिलाहरूले सहनै नसक्ने पीडा भोग्नुपरेको बताउँछिन्।, 'समाजले छोरा नभई हुँदैन भन्छ, घृणा गर्छ। बुढेसकालमा कसले सहयोग गर्ला, छोरा नभएको परिवार के परिवार भन्छन्। छोरा जन्माउन बाध्य बनाउँछन्,' उनले भनिन्।, सेती प्रादेशिक अस्पतालको प्रसूति वार्डका इन्चार्ज डा. खगेन्द्र भट्टका अनुसार औषधि सेवन गरेर गर्भपतन गराएका, गर्भपतन गराउँदा पाठेघरमा चोटपटक लागेका, अत्यधिक रक्तस्राव भएका महिलाहरू अस्पताल आउने गरेका छन्।, कानुनले गर्भपतन गराउन पाउने अवस्थाहरू तोकेको छ। भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराउनुलाई अपराध मानेको छ। तर पनि असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ।, डा. भट्टका अनुसार असुरक्षित गर्भपतनले धेरै दिन असर गर्न सक्छ। दीर्घकालीन स्वास्थ्य समस्या हुन सक्छ। पछिका गर्भ आफैं पतन हुने, बच्चा पाठेघर नभई नलीमा बस्ने जोखिम हुन सक्छ।, 'असुरक्षित गर्भपतन गराउनु हुँदैन भन्ने कानुनी व्यवस्था भए पनि व्यावहारिक रूपमा कार्यान्वयन भएको छैन। गर्भपतनको समस्या जटिल छ,' उनले भने।, यसरी असुरक्षित र अवैधानिक रूपमा गर्भपतन गराउने काम भइरहे पनि कानुनी कारबाही चुनौतीपूर्ण छ। पैसाको लोभमा कानुन विपरीत असुरक्षित गर्भपतनमा संलग्न क्लिनिकहरूको अनुगमन आवश्यक रहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी बताउँछन्।, 'स्थानीय तह, प्रदेश र केन्द्रमा निजी स्वास्थ्य संस्था दर्ता हुन्छन्। जो जस मातहतमा दर्ता भएका हुन्, उनीहरूको निगरानी गरिनुपर्छ। अनुगमनका लागि प्रशासनले समन्वय गर्छ,' उनले भने।, प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक जगदीश जोशी भने कसैले पनि भ्रूणको लिंग पहिचान हुने काम गर्न, गराउन नहुने र यसमा जनचेतना फैलाउनुपर्ने बताउँछन्। लिंग पहिचान गरेर गर्भपात गराउने प्रवृत्ति गुपचुप रूपमा व्यापक रहे पनि न्यूनीकरणका लागि केही काम भएको छैन।, (यहाँ लेखिएका मैनादेवी, समितादेवी र आशाकुमारी नाम परिवर्तित हुन्।),
छोराको आशामा भ्रूणको लिंग परीक्षण, ज्यान जोखिममा राखेर असुरक्षित गर्भपतन |
सेतोपाटी संवाददाता नागरिकता नपाएर काठमाडौंमा आन्दोलनरत २६ वर्षीय नीरजकुमार कामतले नागरिकताको प्रमाणपत्र लिएका छन्।, उनले मोरङ जिल्ला प्रशासन कार्यालयबाट सोमबार नागरिकता लिएका हुन्। आइतबार नै वडा कार्यालयबाट सिफारिस एवं आवश्यक कागजात लिएर उनी सोमबार प्रशासन कार्यालय पुगेका हुन्। , उनका अनुसार कार्यालयमा नागरिकता लिनेको भीड थियो। त्यसमध्ये उनले पहिलो नम्बरमा नागरिकता लिएको सुनाए।, लामो समयसम्म नागरिकता नपाएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उनले गत जेठ ३० गते आत्मदाहको प्रयास गरेका थिए। , उनी मोरङ कटहरी गाउँपालिका-४ का किसुनदेव कामत र गुलाबदेवी चौधरीका जेठो छोरा हुन्। जन्मसिद्धका सन्तानले नागरिकता पाउने कानुनी व्यवस्था भएपनि उनले नागरिकता पाउन सकेका थिएनन्। अब अनागरिक भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनी बताउँछन्। , ‘पहिलोपल्ट २०७४ नागरिकता बनाउन वडा कार्यालय गएको थिएँ। जन्मसिद्धको सन्तानले तत्काल नागरिकता नबन्ने भन्दै फर्काइदिएको थियो,ʼ उनले भने, ‘तीन महिना-चार महिना बन्छ भनिएको थियो। पाँच वर्ष कुर्नुपर्यो।ʼ, नागरिकता नभएकै कारण आफ्नो नामको सीमकार्ड चलाउन नपाएको, जागिर गर्न नपाएको, बैंक खाता समेत बनाउन पाएका थिएनन्। अब ती कुरा भोग्नु नपर्ने उनको भनाइ छ।, ‘आज नागरिक भएको महसुस गरेको छु,ʼ नीरजले भने।, उनी २१ वर्षको उमेरमा नेपाल प्रहरीमा जागिर गर्न चाहन्थे। तर नागरिकता नभएकाले सपना अधुरै रह्यो। सपना पूरा गर्न नपाएपनि नागरिकता पाएकाले उनी खुसी छन्। , राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलेपछि आइतबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता लिन पाउने भएका छन्। त्यही कारण मधेशका जिल्ला प्रशासन कार्यालयमा भीड छ।, नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा-आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको थियो।,
अन्तत: नीरजकुमारले पाए नागरिकता |
सरिशा अछामी सात वर्षअघिको कुरा हो।, कैलालीको जानकी गाउँपालिका-८ मा रहेको जंगलमा गोली चल्यो। प्रहरी र काठ तस्करबीच भिडन्त भयो।, त्यो क्षेत्रमा निकै सक्रिय रहेका काठ तस्करलाई नियन्त्रणमा लिन प्रहरीले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। त्यो दिन काठ तस्करी भइरहेको सूचना पाएपछि प्रहरी जंगल पुगेको थियो। तस्करलाई नियन्त्रणमा लिने उनीहरूको योजना थियो।, यही क्रममा गोली चल्यो र दुवै पक्षबीच भिडन्त भयो।, जंगलमा गोली चलिरहेकै बेला एक जना प्रहरी हतासिँदै वीरेन्द्र जैसीको घर पुगे। वीरेन्द्रको घर जंगलबाट नजिकै थियो। त्यो बेला जम्मा १९ वर्षका वीरेन्द्रसँग प्रहरीले सहयोग माग्यो।, 'प्रहरी गणेश सेट्टीले मसँग आएर प्रहरी सहायक निरीक्षक वृजलाल अधिकारीलाई गोली लाग्यो, सहयोग गरिदिनुपर्यो भन्नुभयो,' माइतीघर मण्डलको चर्को घाममा अनसन बसिरहेका वीरेन्द्रले भने, 'मेरो घर घटनास्थलनजिकै थियो। त्यही कारण प्रहरीले सहयोग मागेको थियो। यसपछि म र अरू आठ/दस जना भेला भएर प्रहरीलाई सहयोग गर्न गयौं।', वीरेन्द्रका अनुसार गाउँलेलाई जंगलमा देखेर तस्करहरू भने भागे। तर घाइते प्रहरीले उनीहरूलाई चिनेनन्। हो न हो, अलि अगाडि आफूलाई गोली हानेर घाइते बनाएका तस्कर अब मार्नै आए भन्ठाने। आफ्नो ज्यान जोगाउन उनले अन्धाधुन्ध गोली चलाए।, त्यो गोली वीरेन्द्रको छातीसम्म पुग्यो। घाइते प्रहरीलाई सहयोग गर्न गएका वीरेन्द्र आफैं ढले।, यो २०७३ साल फागुन १ गतेको कुरा हो।, घाइते प्रहरी र वीरेन्द्रलाई अस्पताल लगियो। छातीमा गोली लागेका वीरेन्द्रको उपचार त्यहाँ नहुने भन्दै काठमाडौं पठाइदिए। उनलाई झन्डै १३ घन्टा लगाएर एम्बुलेन्समा प्रहरीले काठमाडौं ल्याएको थियो। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा डेढ महिनासम्म उपचार गरियो। तर आफू पूर्ण रूपमा निको हुन नसकेको उनी बताउँछन्।, 'पेट चिराचिरा भएको छ जसले गर्दा सिधा उभिन सक्दिनँ,' उनले भने, 'भित्री चोट भएकाले धेरैपटक शल्यक्रिया गर्नुपर्यो।', सामान्य घरका वीरेन्द्रको उपचारमा लागेको खर्च प्रहरी तथा स्थानीय नेताहरूले आफूहरूले बेहोरिदिने बताएका थिए। त्यसैले खर्चको धेरै चिन्ता नलिई चित्त बुझाए। तर सोचेजस्तो भएन।, 'डेढ महिना उपचार गराएर फर्किएपछि म अस्पतालको कागजात बोकेर जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय पुगेँ। लगभग चार लाख रूपैयाँ खर्च आएको थियो। त्यसका सबै बिल बुझाएँ। तर प्रहरी कार्यालयबाट एक लाख ९१ हजार रूपैयाँ उपचार मात्र पाएँ,' उनले भने, 'बाँकी रकम राहत दिँदा मिलाउँला भनेका थिए तर अहिलेसम्म पाएको छैन।', उनका अनुसार दुई जना कांग्रेसी नेताहरूले सबै उपचार खर्च मिलाइदिने भनेर मौखिक आश्वासन दिएका थिए। शिक्षा र रोजगारी व्यवस्थासमेत गरिदिने आश्वासन दिएको वीरेन्द्र बताउँछन्।, 'त्यति बेला मलाई तत्कालीन घटना हो, यसमा लिखित कागजात गरिरहन आवश्यक छैन भनेर विश्वास दिलाए। सहयोग पाउनुहुन्छ ढुक्क हुनु भनेका थिए,' वीरेन्द्रले भने, 'तर अहिलेसम्म केही पाएको छैन। दुवै नेता सम्पर्कबिहीन छन्।', थप सेवा सुविधा त टाढाको कुरा, अस्पतालमा भएको खर्चसमेत पाउन नसकेको दुखेसो उनले व्यक्त गरे।, उनी अहिले पनि महिनामा दुईपटक जँचाउन अस्पताल पुग्छन्। अब खर्च जुटाउन ऋण माग्ने बाटो पनि नभएको उनले बताए। गोली लाग्दा १९ वर्षे वीरेन्द्र २६ वर्षका भइसके। सात वर्षसम्म सरकारले दिने भनेको सेवासुविधा पाउन सरकारी कार्यालय धाइरहे।, अब भने ज्यान जोगाउनै मुश्किल भएकाले माइतीघर मण्डलमा अनसन बसेको उनी बताउँछन्। असार १ गतेदेखि अनसन बसेर उनी सरकारसँग आफ्ना माग पूरा गरिदिन आग्रह गरिरहेका छन्। उनी चैबीसै घन्टा त्यहीँ बस्छन्।, उनी अनसन बसेको सोमबार दसौं दिन हो। उनको स्वास्थ्य कमजोर हुँदै गइरहेको छ। तर कुनै निकायले अहिलेसम्म सहयोग नगरेको उनको गुनासो छ।, माइतीघर मण्डलमा धर्ना बसेका अरू समूहका बीचमा उनी एक्लै छन्। सानो ब्यानरमा आफ्ना माग र भनाइ लेखेर टाँसेका छन् — २०७३ फागुन १ मा प्रहरीलाई बचाउने क्रममा गोली लागी म घाइते भएको हुँ। सरकारले उपलब्ध गराउने भनेको सेवासुविधा तथा राहत हालसम्म उपलब्ध गराएको छैन। आफ्नो उपचार खर्च आफैंले बेहोर्दै आइरहेको थिएँ। अहिले पनि मेरो स्वास्थ्य अवस्था नाजुक रहेकाले उक्त सेवासुविधा तथा राहत तुरून्त उपलब्ध गराइपाऊँ।', यसरी बिरामी ज्यान लिएर, घामपानी झेल्दै सडकमा अनसन बसे पनि कसैले सहयोग नगर्दा उनी निराश भएका छन्।, 'अब सरकारले सहयोग नगरे बाँच्न पनि गाह्रो होला मलाई। परिवारको जिम्मेवारी उठाउनुपर्ने बेलामा सरकारको सहयोगको आश गरेर जिउनुपरेको छ,' उनले भने।, उनी काशिराम जैसी र मन्नादेवीका जेठो सन्तान हुन्। उनका तीन भाइ छन्। सामान्य परिवारमा जन्मेका वीरेन्द्र नै परिवारको भर थिए। भारतमा मजदुरी गरेर छोराहरूलाई उच्चशिक्षा दिई आत्मनिर्भर बनाउने बा-आमाको सपना थियो। तर सात वर्षअघिको घटनाले जीन्दगीको कथा नै फेरिदिएको उनी बताउँछन्। , 'जिम्मेवारी सम्हाल्ने बेलामा आफैं परिवारको कमाइमा भर पर्नुपरेको छ। अशक्त भएकै कारण केही काम गर्न सक्दिनँ,' उनले भने, 'गोली लागेको ठाउँमा दुखिरहन्छ।', बेला-बेला अस्पताल गइरहनुपर्ने भएपछि ६ वर्षयता उनी चाबहिलमा कोठा भाडामा लिएर बसेका छन्। मार्केटिङको काम र श्रीमतीको साथले गुजारा चलिरहेको छ।, 'मलाई दिने भनेको उपचार खर्च सरकारले दिए बाँच्थे भनेर यहाँ आएको हुँ,' उनले भावुक हुँदै भने।, सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी,
प्रहरीलाई सहयोग गर्न जाँदा घाइते भएका वीरेन्द्र भन्छन्- उपचार खर्च दिए बाँच्थेँ |
सेतोपाटी संवाददाता उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , उनीहरूले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। सूचनापछि खटिएको टोलीले उनीहरूलाई १२ हजार घुससहित पक्राउ गरेको थियो। , अनुसन्धानबाट उनीहरूले घुस लिएको पुष्टि भएपछि अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ। , भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।,
त्रिपुरेश्वरको उद्योग विभागका शाखा अधिकृत र सहयोगीविरूद्ध भ्रष्टाचारको मुद्दा |
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।, उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। , उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए। , ‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने।, यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका थिए। तीमध्ये २ जनाबाहेक १६ जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।, न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यद्यपि गुरूङ र महर्जनलाई भने सम्पत्ति शुद्धीकरणको जिम्मा लगाइएको छ।, सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए।, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो।, उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो।, यो प्रकरणमा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी प्रहरीमा २२ वटा जाहेरी दिएका थिए।,
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ |
सेतोपाटी संवाददाता अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा-९ घर भई हाल काठमाडौं वडा-१ बस्ने २४ वर्षीय राजा चौधरी, जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय विवेक चौधरी छन्।, त्यस्तै, काठमाडौं महानगरपालिका-२६ बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २४ वर्षीय आशा गुरूङलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। , उनीहरूले मारिया स्वीप, मारिया शनको फेसबुक अकाउन्टबाट दैनिक ८ घण्टाका दरले गेम खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई सोधपुछ गर्दा मोबाइलमा अनलाइन क्यासिनो गेममार्फत् बाजी राख्न लगाई सट्टेबाजी खेलाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।, उनीहरूको मोबाइलबाट विदेशी नाम गरेका व्यक्तिहरूले च्याटमार्फत् अनलाइन ग्यामलिङ अकाउन्टमा रकम राखिएको र झिकिएको पाइएको प्रवक्ता रेग्मीले बताए।, ,
अनलाइन जुवा खेलाएको आरोपमा चार जना पक्राउ |
नवीनबाबु गुरूङ वर्षायाम लागेसँगै किसानहरूलाई खेत खन्न र धान रोप्नका लागि चटारो थपिएको छ। यसै पनि असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रूपमा लिइन्छ। , देशको उच्च पहाडी भेगमा भने यतिबेला कोदाे रोप्ने बेला भएको छ। अधिकांश ठाउँमा असारमा धान अर्थात् खेत रोपीसके पश्चात् पाखाबारीमा कोदो रोप्न थालिन्छ। तर यतिबेला उत्तरी गोरखाको बारपाकका स्थानीयलाई भने कोदो रोप्न भ्याइनभ्याइ छ। , बारपाक गाउँ वरपरको बारीमा भने मकै भर्खर लहलह हुँदैछ। अर्को पाखामा भने कोदो रोप्न मानिसहरू बारीभरि देखिन्छन्। यहाँको मौसम चिसो भएकाले खेती हुर्कन, फल्न र पाक्न धेरै समय लाग्छ। त्यसैले वर्षमा एक कमाइ मात्रै लगाइन्छ।, अझ बारपाकमा त आलोपालो गरेर मकै, कोदो लगाइन्छ।, यसपटक कोदो रोपेको ठाउँमा अर्को पटक मकै रोप्ने र अहिले मकै रोपेको ठाउँमा अर्को पटक कोदो मात्र रोप्ने गरेको स्थानीयले बताए। , बारपाक सुलिकोट गाउँपालिकाको १ र २ वडाले समेटिएको यो ऐतिहासिक पर्यटकीय गाउँको पछिल्लो पाखामा पुग्दा पाखैभरि कोदो रोप्ने खेतालाहरूले बारीहरू रहरलाग्दो देखिन्छ। छिनछिनमै कुहिरो ओहोरदोहोर गरिरहने यहाँको मौसम र मानिस उस्तै रमाइला छन्।, गाउँ पछिल्लोतिर रहेको बारी पुग्दा कोही खाजा खाँदै थिए भने कोही बिउ उखेल्दै थिए। कोही खन्दै जिलाउँदै थिए भने कोही रोप्दै थिए। , क्यामेरा देख्दा कोही लजाउँथे भने कोही मुसुक्क हाँसीदिन्थे। कृषक र लाहुरेकाे मिस्रित बसाेबास रहेको यो गाउँ धेरै जस्तो समय अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ। , २०७२ को महाभूकम्पको केन्द्रविन्दु बरपाक अझै तंग्रिने क्रममै छ। यहाँको असारे कोदो रोपाइँको केही रमाइलो तस्बिरहरू हेरौं :,
बारपाकमा कोदो रोपाइँ सुरू (तस्बिरहरू) |
रासस काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो।, कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमुनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ। परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले बताए। उनका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो। , ‘जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ’, स्वास्थ्य कार्यालय डा सेढाईंले भने। अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ। कतिपय स्थानमा वितरीत जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उनले बताए। , काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छ।, खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ। ‘हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेरमात्रै पानी पिउनुपर्छ’, उनले भने।, दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ। कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको समेत स्वास्थ्य प्रमुख सेढाईंले बताए। उनले भने ‘सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौं।’, कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा उपचारार्थ तुरुन्तै स्वास्थ्य संस्थामा जान तथा लैजान अपिलसमेत गरेको छ। दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो। , यस्तै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ। यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ।,
काभ्रे जिल्लाको ५० प्रतिशत खानेपानीको स्रोतमा भेटियो ‘दिसाजन्य किटाणु’ |
रासस धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो। गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ।, यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि नै सकिएको छ। ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो।, धवलागिरि–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए। ‘सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रोजस्तो विकट ठाउँको काम निर्धारित समयअगावै सकिएको छ’, उनले भने, ‘सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ।’, कुल ५० लाख रूपैयाँ लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच विसं २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो। ४४ लाख ७८ हजार एक सय १२ रूपैयाँमा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो।, निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गते नै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उनले बताए। साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँबाट गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइप लाइन बिछ्याइएको छ।, लुलाङबाट खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रडलगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो। पच्चीस हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइप लाइन र ट्याङ्कीको परीक्षण सफल भएको छ।, गुर्जाका करिब दुई सय ५० घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो। यो आयोजनाबाट गुर्जाको देउराली बस्तीबाहेकका सबै घरमा खानेपानी पुग्नेछ। शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्यअघि नै सम्पन्न भएको छ।,
४३ दिनमै सम्पन्न भयो खानेपानी योजना |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, आज देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।, कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उसले बताएको छ। कोशी प्रदेश र मधेश, प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना औंल्याएको छ।, रातिपख पनि देशभर आंशिकदेखि सामान्य बदली नै रहनेछ। कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।,
मौसम विश्लेषणः कोशी र बागमतीमा भारी वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना |
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।, पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड सि अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए । , मृतक दुई जना बाबुछोरी हुन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले बताएको हो।, दुर्घटनामा पाँच जना घाइते छन्। उनीहरूको उपचार भइरहको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।, दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।, ,
झापामा मालवाहक ट्रक र कार आपसमा ठोक्किँदा २ जनाको मृत्यु |
रासस एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्।, प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर बिहे गरी विदेश लैजान्छु भन्दै रकम ठगी गरेको पाइएको छ।, त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान 'पार्सल' पठाएको छु भनी त्यसका लागि विभिन्न शुल्क लाग्ने र यसका लागि रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।, 'सुरूमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी गर्ने ललितपुरकी महिला भएको पहिचान भयो,' उनले भने।, सुरूमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र आफू बेलायतको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ।, प्रहरीका अनुसार ती महिलाले पीडितलाई फोटो पठाउन लगाई 'तिमीलाई मन पराउँछु, माया गर्छु' भनी सम्पर्क गर्थिन्।, त्यस्तै उनले 'नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, उपचार पठाइदिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइदिएको छु' भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ।, उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउन भन्सार, डलर चार्जबापतको रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको खातामा पैसा पठाउन लगाउने गरेको खुलेको छ।, उनले पटकपटक गरी जम्मा आठ लाख ४० हजार रूपैयाँ पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडित प्रहरीमा आइपुगेका हुन्।, उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवं कारबाही थालिएको छ।,
विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी |
सेतोपाटी संवाददाता शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ।, उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।, शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो।, भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जानकारी दियो।, ‘हामीले पक्राउ गरेर ल्याएका छौं। १० बजे यसको विस्तृत सार्वजनिक गर्छौं,’ स्रोतले सेतोपाटीसँग भन्यो।, जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए। उजुरीकै आधारमा फरार रहेका शर्मा पक्राउ परेका हुन्।, सहकारीबाट करिब १ लाख पीडित रहेको बताइएको छ।, यो पनि, शिव शिखर सहकारीका सञ्चालकलाई कुरिरहेकाहरू...,
,
पक्राउ परे शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा |
सेतोपाटी संवाददाता हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जना पुरूषको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो।, एकाबिहानै उनी च्याउ टिप्न त्यसतर्फ गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको हो।, कर्मकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।,
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु |
विनोद सापकोटा विराटनगरबाट सामान लिएर विर्तामोडतर्फ जाँदै गरेको प्रदेश १—०२—००१ प नम्बरको ट्रक मंगलबार बिहान झापाको शिवसताक्षीमा दुर्घटना भयो।, उक्त ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको जन्ती सवार प्रदेश १ -०१-००१ च ७४८२ नम्बरको कारलाई ठक्कर दिएको थियो।, कारमा सवारमध्ये २ जनाको मृत्यु भयो। अन्य ६ जना गम्भीर घाइते छन्। उनीहरूको विर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।, घटनाका प्रत्यक्षदर्शी र प्रहरी समेतले पूर्वबाट आउँदै गरेको कारलाई उसकै ‘वे’ मा पुगेको ट्रकले ठक्कर दिएको बताए।, स्थानीय प्रहरीले भनेको छ, ‘करिब १ सय ५० मिटर परबाट मोडिँदै आएको ट्रकले कारको ‘वे’ अर्थात् विपरीत दिशातिर गएर दुर्घटना गराएको हो।’ , कारले भाग्ने मौका नपाउँदा ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।, स्थानीयले ट्रक सिधै आएको देखेका थिए। कारमा ठोक्किएपछि मात्र झसंग भएका चालकले ट्रकलाई नियन्त्रणमा लिने प्रयास गरे। तर सकेनन्। सडकबाट ट्रक र कार २० मिटर तल खस्यो।, प्रहरी र घटनाका प्रत्यक्षदर्शीले चालक निदाएका कारण ट्रक अनियन्त्रित भएको सेतोपाटीलाई बताएका छन्। , जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दुर्घटनामा ट्रक चालकको चरम लापरबाही देखिएको बताएका छन्। , ‘यो घटनामा चालकको चरम लापरबाही देखिएको छ। सायद चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, उनले भने।, यद्यपि थप अनुसन्धान भइरहेको उनले बताए। चालकले भने दुर्घटना कसरी भएको आफूलाई पत्तै नभएको बयान दिएका छन्। , ‘कसरी दुर्घटना भयो, मैले थाहै पाइनँ’, चालक भोला सरदारको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ।, कारमा सवार सबै जन्ती, मोरङ उर्लाबारी ४ का गुरूचन चौधरीको भान्जा भाइको विवाह गए राति बाह्रदशीको डाँगीबारीमा भएको थियो। उनीहरू सोमबार बिहेमा जन्ती गएका थिए। रातभरको बिहेपछि फर्कंदै गर्दा चौधरीले चलाएको कार मंगलबार बिहान भालु खोला माइधार सडकमा दुर्घटनामा परेको हो। , गुरूचनले आफ्नै कार चलाएका थिए। प्रहरीका अनुसार कारमा ७ जना सवार थिए। सवारमध्ये गुरूचन र उनकी १७ वर्षीय छोरी कुमकुमको मृत्यु भयो। घटनामा गम्भीर घाइतेमध्ये गुरूचनकी श्रीमती सुजिताको विएण्डसी अस्पताल विर्तामोडको सघन उपचार कक्षमा उपचार भइरहेको छ। अन्यको अवस्था सामान्य छ। , दुर्घटनामा मृतकका छोरा १० वर्षीय विवेक चौधरी, ३६ वर्षीय बहिनी मन्जु देवी चौधरी घाइते छन्। सो कारमा रहेकामध्ये रतुवामाई नगरपालिका वडा नम्बर १० का १९ वर्षीय रिकेश न्यौपाने र सोही ठाउँका शिवचन्द चौधरी पनि घाइते छन्। उनीहरू सबै एकैघरका आफन्त भएको उर्लाबारीका दिवाकर भट्टराईले बताए।, ट्रक चालक मोरङ ववियाविर्ता २ का ३६ वर्षीय भोला सरदार पनि घाइते छन्। उनको पनि उपचार भइरहेको छ। , दुर्घटनामा परेर मृत्यु भएका गुरूचनको इटहरा रोडमा काठ र स्टिलको उद्योग छ। उनले फर्निचरको कारोबार गर्ने गरेका थिए। उनकी छोरी कुमकुमले उर्लाबारीको सप्तकोशी अंग्रेजी माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी थिइन्। मृतक दुवै जनाको शव मेची प्रादेशीक अस्पतालमा पोष्टमर्टम गरेर घर लैजाने तयारी भइरहेको छ।, बाबु-छोरीको दुर्घटनामा मृत्यु भएपछि अहिले उर्लाबारी बजार शोकमा डुबेको छ।,
जन्ती गएर फर्किंदै थिए, कार दुर्घटनामा बिते बुवा-छोरी |
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धारास्थित तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। , मंगलबार बिहान सवा ८ बजे तिलंगाटार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको थियो।, एउटा बट्टामा तार निकालेर राखेको अवस्थामा फेला परेको उक्त वस्तुलाई निष्कृय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। , नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको हो।, ‘बट्टामा तार निकालेर राखिएको अवस्थामा फेला परेको हो। सेनाले आएर डिस्पोज गरिसकेको छ,’ एसपी रिजालले भने।,
बसुन्धारामा भेटिएको शंकास्पद वस्तु डिस्पोज |
सेतोपाटी संवाददाता बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ।, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो।, यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो। ,
ललिता निवास जग्गा प्रकरण: ६ जना पक्राउ |
सेतोपाटी संवाददाता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्।, मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेकाे सिआइबी स्रोतले जानकारी दियो।, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए। ,
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ |
सेतोपाटी संवाददाता बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए।, यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पनि पक्राउ गरिएको थियो।, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।, यस प्रकरणमा सिआइबीले केही समयदेखि अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो। ,
ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ |
राजेश घिमिरे अस्ट्रेलिया बसोबास गर्दै आएकी चितवनकी एक महिलाले दन्तरोग विशेषज्ञ डा. सरू थापाको ह्वाट्सएपमा म्यासेज पठाइन्।, म्यासेजमा उनको छोरालाई दाँतले दिएको पीडाको बारेमा लेखिएको थियो। पन्ध्र दिनअघि मात्रै नेपालबाट अस्ट्रेलिया लगेका छोरा दाँत दुखेर छट्पटाइरहेका रहेछन्। अस्पताल लगेर देखाउँदा उपचारमा नौ हजार डलरसम्म खर्च लाग्ने देखेपछि उनले आत्तिएर डा. थापालाई म्यासेज गरेकी थिइन्।, दाँतको एक्स–रे रिपोर्ट मगाएर हेर्दा बच्चाको चारवटा दाँत कीराले खाएको रहेछ।, डाक्टरको सल्लाहपछि ती महिला बच्चा लिएर नेपाल आइन्। नारायणगढस्थित साइराम डेन्टल केयरमा उनको दाँतको पल्पेकटोमी (संक्रमित वा कीराले खाएको दाँतको उपचार) गरियो। केही दिनमा निको भएर उनीहरू अस्ट्रेलिया फर्किए।, अस्ट्रेलियामा झन्डै ८ लाख रूपैयाँ लाग्छ भनिएको उपचार नेपालमा केही हजार रूपैयाँमै भयो।, अमेरिका बस्ने भरतपुर–३ का दीपक खनाल केही दिनअघि एक महिनाका लागि नेपाल आएका थिए। उनको मुख्य उद्देश्य दाँतको उपचार गराउनु थियो। दाँतको 'आरसिटी' गरेर केही दिन परिवारसँग समय बिताएर उनी अमेरिका फर्किए।, स्वास्थ्य बीमा प्रायः देशहरूमा भए पनि दाँतको बीमा हुँदैन। नेपालमा पनि दाँतको बीमा गर्ने चलन छैन। तर विकसित देशहरूमा भन्दा नेपालमा उपचार खर्च सस्तो पर्छ।, केही दिनअघि साइराम डेन्टल केयर पुग्दा अस्ट्रेलियाबाट एक जना दाँत सफा गर्न र दुई जना आरसिटी गर्न आएका थिए। प्रबन्ध निर्देशक डा. थापाले यहाँ दाँतको उपचार गर्न अधिकांश विदेशमा बसोबास गर्नेहरू आउने गरेको बताइन्।, 'अमेरिकामा एउटा दाँतको आरसिटी गरेको ६ सयदेखि १६ सय डलरसम्म खर्च लाग्ने रहेछ। अस्ट्रेलिया, युरोपतिर पनि त्यस्तै महँगो छ। उता त्यत्रो खर्च गर्नुभन्दा नेपालमै आएर उपचार गर्दा धेरै सस्तो पर्यो। परिवारसँग समय बिताउन पनि पाइयो,' थापाले भनिन्, 'रोजगारी सिलसिलामा विभिन्न देशमा भएकाहरू हामीकहाँ हरेक दिन आउँछन्।', अधिकांशले दाँतको समस्या भएपछि इमेल, ह्वाट्सएप, फेसबुक म्यासेन्जर लगायत सामाजिक सञ्जालबाट डाक्टरको समय लिने गरेका छन्।, 'दैनिक २०/२५ जना आउनुहुन्छ। एउटा आरसिटी गर्न एक घन्टाभन्दा बढी समय लाग्छ। सबैको उही दिन उपचार गर्न भ्याइँदैन। समय दिएर पठाउँछौं,' उनले भनिन्।, थापासँगै वरिष्ठ दन्तरोग विशेषज्ञ डा. अजय न्यौपाने पनि साँझ-बिहानको समय यहीँ खट्छन्। उनीहरू श्रीमान–श्रीमती हुन्।, डा. न्यौपानेले चितवनमा 'डेन्टल टुरिजम' विकास गर्न आफूहरूले मेहनत गरिरहेको बताए।, 'विदेशमा भन्नेबितिक्कै समय पाइँदैन। बीमा पनि हुँदैन, उपचार शुल्क महँगो हुन्छ। बरू नेपाल आउँदा घुम्न पनि पाइन्छ। परिवारसँग भेट हुन्छ भनेर धेरै गैरआवासीय नेपालीहरु यहाँ आउँछन्,' डा. न्यौपानेले भने, 'यसलाई हामीले डेन्टल टुरिजमका रूपमा लिएका छौं। गुणस्तरीय सेवा दिन सकियो भने विकसित देशमा बस्नेहरू पनि उपचारका लागि खोजी खोजी आउँदा रहेछन्।', उनका अनुसार साइराम डेन्टल केयरमा अहिले अमेरिकी, युरोपेली देशमा प्रयोग भइरहेकै प्रविधि प्रयोग गरेर उपचार गरिन्छ। तर खर्च उताभन्दा निकै कम पर्छ। यहाँ चितवनमै पहिलोपटक थ्रिडी डेन्टल स्क्यानरमार्फत सेवा दिन थालिएको थियो।, 'पहिले बिरामीलाई दाँतको कुनै काम गर्नुपर्यो भने कृत्रिम दाँत राख्नुपर्ने अवस्थामा, क्राउन, ब्रिज लगाउन दाँतको नाप लिनुपर्ने, ल्याबमा पठाउनुपर्ने, बनेर आइञ्जेल कुर्नुपर्ने, बन्न समय लाग्ने, बनेर आइसकेपछि पनि ठ्याक्कै मिल्दो नहुने समस्याले काम गर्न धेरै गाह्रो हुन्थ्यो,' न्यौपानेले भने, 'अहिले डिजिटल डेन्टिस्टका रूपमा स्क्यानर आयो। यो प्रविधिले बिरामीको दाँतको तुरून्तै स्क्यान गर्छ। के समस्या छ थाहा हुन्छ। केही घन्टामै क्राउन वा ब्रिज तयार हुन्छ। थोरै समय भएका बिरामीलाई यसले उपचारमा सहज भएको छ।', प्रविधि प्रयोगले बिरामी, चिकित्सक र प्रयोगशालामा काम गर्ने सबैलाई सहज भएको उनले बताए।, कुन प्रविधिले बिरामीलाई राम्रो हुन्छ, कसरी सरल र सहज हुन्छ भनेर आफूहरूले अध्ययन गरिरहेको पनि उनले बताए। त्यहीअनुसार नयाँ प्रविधि भित्र्याइने उनको भनाइ छ।, उनका अनुसार पहिले दाँतको आरसिटी गर्न तीन–चार दिन लाग्थ्यो। अहिले प्रविधिले एकै दिनमै काम सकिन्छ।, 'हामी दुई जना डाक्टर मात्र छौं। एकै दिनमा धेरैको उपचार गर्न सक्दैनौं। तर जतिलाई समय दिन्छौं, स्तरीय उपचार गरेर पठाउँछौं,' डा. न्यौपानेले भने।, यहाँ उपचार गर्न विदेशीहरू पनि आइपुग्छन्। नेपाल घुम्न आएका र नेपालमै कार्यरत विदेशीहरू समस्या लिएर आएको डा. थापाले बताइन्।, 'कहिलेकाहीँ त काठमाडौं बस्नेहरू जहाज चढेर उपचार गर्न आउँछन्,' थापाले भनिन्, 'एकपटक यहाँको सेवा लिएकाहरू फेरि पनि आवश्यक पर्दा सम्झिएर आउने गरेका छन्।', यहाँ प्रायः गिजाबाट रगत आउने, गिजा सुन्निएको, सास गनाउने, दाँत कीराले खाएको, बांगो भएको, वुद्धि बंगाराले दुःख दिएको, दाँत हाल्नुपर्ने, निकाल्नुपर्ने, आरसिटी गर्नुपर्ने समस्या भएका बिरामी आउँछन्।, साइराम डेन्टल खुलेको १९ वर्ष भयो। यसको क्लिनिक पूर्वी चितवनको टाँडीमा पनि छ। डाक्टर दम्पती हरेक शनिबार उपचारका लागि त्यहाँ पुग्छन्। वरिष्ठ दन्त रोग विशेषज्ञ डा. न्यौपाने भरतपुर अस्पतालका दन्त रोग विभागका प्रमुख हुन्। उनी कार्यालय समयभन्दा अघिपछि क्लिनिकमा समय दिन्छन्।, 'हामी दाँतलाई भन्दा पनि बिरामीलाई बढी ध्यान दिन्छौं। हाम्रो सेवाबाट उनीहरू पूर्ण रूपमा सन्तुष्ट हुन सकून् भन्नेमा ध्यान दिन्छौं,' डा. न्यौपानेले भने, 'उपचार शुल्क नेपालका अन्त ठाउँभन्दा थोरै महँगो हुनसक्छ। तर हामी गुणस्तरीय सेवा दिन्छौं। गुनासोको ठाउँ नै दिँदैनौं।',
'डेन्टल टुरिजम' अभियान चलाइरहेका डाक्टर दम्पती |
सेतोपाटी संवाददाता अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्।, हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्। , ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्। , उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्। उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जानकारी दिएको छ।,
काठमाडौं आइपुगे ज्याक मा |
प्रा.डा.श्यामराज रेग्मी कोलस्ट्रोल भनेको शरीरमा जम्मा हुने बोसोजस्तै पदार्थ हो। धेरैजसो कोलस्ट्रोल कलेजोले उत्पादन गर्छ। खासगरी दूध, मासु लगायतका पदार्थबाट कोलस्ट्रोल बढ्छ।, कोलस्ट्रोल बढेको आफैं थाहा हुँदैन किनकि यो बढे पनि पोल्दैन र दुख्दैन। रगतको परीक्षण गरेपछि मात्रै थाहा हुने हो। कोलस्ट्रोल रक्तनलीको भित्तामा गएर बस्छ। खराब कोलस्ट्रोलको रूपमा रहेको एलडिएल कोलस्ट्रोल धेरै भएमा रगत बग्न बन्द गराउन सक्छ।जसले गर्दा हृदयघातको खतरा हुन्छ। त्यस्तै, मस्तिष्क पक्षघात समेत यसले गराउन सक्छ। त्यसबाहेक हातका खुट्टाका नलीको भित्तामा गएर बस्छ र त्यो ठाउँमा समस्या ल्याउँछ।, एचडिएल कोलस्ट्रोलले भने शरीरलाई फाइदा गर्छ। यसले खराब कोलस्ट्रोललाई बाहिर निकाल्न सहयोग गर्छ। जसलाई पहिला नै हृदयघात या पक्षघात भएको छ भने एलडिएल १०० भन्दा कम हुनुपर्छ। रोग लागेको छैन भने १६० या १९० भन्दा माथि भयो भने मात्र औषधी खानुपर्छ।, कोलस्ट्रोल घटाउनको लागि औषधी खानुपर्छ भने व्यायाम गरेर पनि घटाउन सकिन्छ। त्यस्तै, रक्सी, चुरोट खानु हुँदैन। औषधी नखाएर पनि कोलस्ट्रोल घटाउन सकिन्छ। रक्सी खाने अनि रक्सीसँग मासु धेरै खाने बानीले झन् कोलस्ट्रोल बढ्छ। सुगर भएकाहरूले अझै ख्याल गर्नुपर्छ। अरू केही छैन कोलस्ट्रोल मात्र देखिएको छ भने व्यायाम गरेर कोलस्ट्रोल घटाउन सकिन्छ।, टिजी भनेको अर्को चिल्लो पदार्थ हो। यसले पनि मुटुलाई असर पार्न सक्छ। टिजी बढ्ने मुख्य कारण चिल्लो नै हो। दक्षिण एसियामा टिजी बढ्ने समस्या धेरै छ। पेट लाग्नेहरूमा टिजी धेरै देखिन्छ। कार्बोहाइड्रेट धेरै खानेहरूमा समेत टिजी धेरै देखिन्छ।, कोलस्ट्रोलको औषधी सधैं खानुपर्छ भन्ने छैन। हृदयघात भइसकेका बिरामीले सधैं खान पर्छ। तर कोलस्ट्रोल सामान्य भयो अनि अरू समस्या छैन भने औषधी छोड्न मिल्छ।, (चितवन मेडिकल कलेजमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीसँग सेतोपाटीका लागि सन्जिब बगाले र राजेश घिमिरेले भिडिओ कुराकानी गरेका छन्।),
कोलस्ट्रोलको औषधी कस्तो अवस्थामा छोड्न मिल्छ (भिडिओ) |
सेतोपाटी संवाददाता सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ।, बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ।, बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।, लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।, ‘बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ। क्षतिको विवरण संकलन गरिरहेका छौँ,’ वडाध्यक्ष कार्कीले भने, रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन्।’,
सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति |
रासस सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ।, यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो। , पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।, नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत थिए।, सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रवाहिनीमा कार्यरत थिए। नेपालीलाई अनुसन्धनका लागि बोलाउने तयारी भइरहेको डिएसपी केसीको भनाइ छ।,
अर्कैको सवारी लाइसेन्स परीक्षा दिने सशस्त्र प्रहरी जवान पक्राउ |
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्।, अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्।, अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए।, 'बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ,' उनले भने, 'चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।', गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए।, ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। ,
चट्याङ लागेर ४५ भेडा मरे |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। , शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका-३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो। , कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ। , गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् ।, घटनाको थप अनुसन्धान अघि बढाएको छ। ,
,
कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना |
सेतोपाटी संवाददाता बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ।, मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले बताए। गौरीको असार ६ गते र कमलाको ७ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ, साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन्।, उनीहरुलाई गएराति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए। , डिएसपी बोहराका अनुसार उनीहरूले सेवन गरेको तरल पदार्थ परीक्षणको लागि पठाइएको छ। , उनीहरू गत ४ गते बेलुकी स्थानीय गणेश शिव मन्दिरको वन क्षेत्रको डम्पिङ साइट नजिकै सालको फुल टिप्न गएका थिए। त्यसक्रममा जगत कुमारीले एउटा जर्किन फला पारेकी थिइन्। घरेलु मदिरा ठानेर घरमा ल्याएर राखेकी थिइन्। , रक्सी भनेर केहीलाई बेचेको पनि हुनसक्ने डिएसपी बोहराले बताए। , प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।, ,
सेनिटाइजरजस्तो तरल पदार्ग सेवन गर्दा बर्दियामा दुईजनाको मृत्यु,दुई बिरामी |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई अन्य दलले लडाउन सक्ने तागत नभएको बताएका छन्।, शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले अन्य दलमा रास्वपालाई लडाउने तागत नभएको बताएका हुन्। , ‘मैले बारम्बार भन्ने गरेको छु साथीहरूलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर। हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं,’ उनले भने, ‘अरूले हामीलाई लडाउने तागतनै राख्दैन। म यति भन्न चाहन्छु।’, रास्वपालाई लडाउन प्रयास भएपनि नसक्ने उनले बताए। , ‘प्रयास त हुन्छन, भइरहेका छन्। अहिले देख्नुभएको छैन संगठित रूपमा हामीलाई लडाउने प्रयास भइरहेको छ। यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरूको फोटो राख्दै,’ उनले भने। , यस्तै रास्वपाले जान्नेलाई छान्ने भन्ने नारालाई कायम राखे अर्को निर्वाचन सम्ममा पहिलो दल बन्न सम्भव भएको पनि उनले बताए। , ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु भन्ने भयो भने कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरूसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,’ उनले भने। ,
,
हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर लड्छौं, अरूमा लडाउने तागत छैन: रवि लामिछाने |
रवीन्द्र काफ्ले ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो।, टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो।, ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो,’ अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो। डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो।’, वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ।, यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै दुई गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ। तर एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन।, विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ। पाँचथर उद्योग वाणिज्य सङ्घसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ। मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन्। तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले आजबाट भने बाँसको फड्केबाट खोला तर्न पाएका छन्। राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो।, तर छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन्। बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ। खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोखे।, डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ।, तर चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन्।, पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिबार आठवटा ह्युमपाइप ल्याइएको छ। यस्तै डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ। प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो। तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन्।, यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ। सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ। बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ।- रासस,
हेवाखोला तर्न तुइन र फड्केको सहारा |
रासस जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।, जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।, विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।, घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए।, जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ। ,
बागलुङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते |
सेतोपाटी संवाददाता दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। , चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो। , अहिले चौधरी र केसी दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ। , शनिबार दिउँसोदेखि नै दाङमा चट्याङसहित वर्षा भइरहेको छ।,
दाङमा चट्याङले लागेर दुई पुरूषको मृत्यु |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।, त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।, महाशाखले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने जानकारी गराएको छ।, भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। ,
आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा सर्पदंशवाट एक बालिकाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वली रहेकी छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो ।, उनलाई राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो। गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो।, उपचारका क्रममा बालिकाको आइतबार बिहान तीन बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।,
तुलसीपुरमा सर्पदंशबाट १३ वर्षीया बालिकाको मृत्यु |
रासस बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।, चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।, चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए।,
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते |
विनोद सापकोटा पूर्णबहादुर तिम्सिना अरूले बोलेको त्यति धेरै सुन्दैनन्। ७१ वर्षीय उनको कान छेउमा गएर बोलायो भने मात्र सुन्छन्। अनि सकेको जवाफ र दोहोरो कुराकानी गर्छन्।, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ हल्दिबारीका पूर्णबहादुर आठ वर्षदेखि घरमा एक्लै छन्। उनलाई सघाउने कोही छैन। आफैं पकाउने, खाने, भाँडाबर्तन धुने, घरमा पालेको गाईको हेरचाह गर्ने उनको दिनचर्या हो।, श्रीमतीले १८ वर्ष अगाडि दोस्रो विवाह गरेपछि उनी एक्लिएका थिए। छोराछोरी उनीसँगै थिए। हुर्किएपछि छोराहरू आमासँगै गए। छोरीको बिहे भयो।, पूर्णबहादुरकी छिमेकी तथा वडा सदस्य गीता दर्जीले भनिन्, 'छोरी थिइन्, आठ वर्षअघि उनको बिहे भएपछि उनी एक्लै भए।', अहिले दमकमा रहेकी तिनै छोरीले बाबुको हेरचाह र अन्नपातको जोहो गर्दै आएकी छन्।, शनिबार वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल नेतृत्वको वडा कार्यपालिकाको टोली एक्कासि उनको घर पुग्यो। पूर्णबहादुर एकछिन त अक्क न बक्क भए। , वडाअध्यक्ष खुलालले 'के छ बा खबर' भनेर सोधे। उनले सुनेनन्, जवाफ फर्काएनन्। कान छेउमा पुगेर खुलालले फेरि सोधे।, अनि पूर्णबहादुरले भने, 'सबै ठीक छ। मच्छरले टोकेर हैरान बनायो। बसिसक्नुभएन। मच्छर धपाउने केही उपाय भए सिकाइ दिनुपर्यो।', वडाध्यक्ष लगायतको टिमले जेष्ठ नागरिकलाई राहत लिएर गएको थियो। राहतका सामग्रीमा झुल पनि छ भन्ने उनले ठानेका थिएनन्।, झोलाबाट किटनासक झुल निकाल्दै वडाध्यक्षले भने, 'यो झुल दियौं भने हुन्छ?', मच्छरको टोकाइले दुःखले रात बिताइरहेका पूर्णबहादुर भने, 'मेरी आम्मै! किन नहुनु! यही झुल किन्ने पैसा पनि थिएन। धन्न जानेर ल्याइदिनुभएछ। रातभर मेरो बुढो शरीरको रगत चुसेर बाँचेका मच्छर अब मर्ने भए। म चाहिँ बाच्ने भएँ।', वडाले गाउँमा खबर नगरी जेष्ठ तथा विपन्नका घरघरै राहतका सामग्री पुर्याएको थियो। खाना पकाउने प्रेसर कुकर, छाता, झुल, फाइबर सिरक, डबल बेडको तन्ना, बिस्कुट लगायत सामग्री वितरण गरेको थियो।, वडाको यो कार्यक्रम एक लाख रूपैयाँ बजेटमा सञ्चालन भए पनि यसको प्रभाव पैसामा तुलना गर्नै नसकिने शिवगञ्जका स्थानीय गोकुलप्रसाद विमलीले बताए।, 'वास्तविक विपन्न र जेष्ठ नागरिकको पहिचान गरेर घरघरै राहत पुर्याउन जानु विपन्नको वास्तविक अभिभावक घाषित हुनु हो,' उनले भने।, कुनै न कुनै कारणले अशक्त भएका वडाका २० परिवारले राहत पाए।, वडाले दिएजस्तो सिरक ७५ वर्ष उमेर पुग्दा पनि पूर्णी ऋषिदेवले देखेकी थिइनन्।, उनले सिरक पाएपछि वडाध्यक्षलाई 'यो के हो' भनेर सोधिन्।, 'जाडोमा ओढ्ने सिरक ल्याइदिएको,' वडाध्यक्षले भने। , उनको कुरा सुनेर दंग परेकी पूर्णीले भनिन्, 'वडाले दिएको सिरक थन्क्याएर राख्ने र जाडो लागेपछि निकालेर ओढ्ने।', वडाले राहत दिएका सबै परिवारको आर्थिक अवस्था निकै कमजोर छ। उनीहरूले घर खर्च चलाउन निक्कै गाह्रो भएको गुनासो गरे।, 'छोराछोरीले वास्ता गर्दैनन्। सामाजिक सुरक्षा भत्ता बापत सरकारले दिने पैसाबाट घरखर्च चलाउँछौं,' अर्की वृद्धा बसन्ती बंगालीले भनिन्, 'आफ्नो घर जग्गा केही छैन। साहुको घरमा बसेर दाताहरूले दिएको खाँदै बाँच्नुपरेको छ।', राहत पाउने सबै परिवार वडासम्म आउन नसक्ने भएकाले घरमै पुगेर प्रदान गरिएको वडा अध्यक्ष खुलालले बताए।, विपन्नको पीडा बुझ्न, जेष्ठ नागरिकलाई सम्मान गर्न, उनीहरूको आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य लगायत विषय पनि बुझ्न घरैमा पुगिएको उनले जानकारी दिए।, वडा सचिव विमल बाँस्कोटाका अनुसार २० परिवारले राहत पाउँदा १४ जातिका विपन्न लाभग्राही सूचीमा थिए। सो वडामा आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, सन्थाल लगायतको बसोबास छ। सरकारी पक्षबाट घरैमा राहत वापतको सहयोग पाँउदा अधिकांश विपन्न खुसीले रोएका थिए।,
वडाले घरमै राहत ल्याइदिएपछि खुसीले रोए जेष्ठ नागरिक |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पाँच जिल्ला आसपास भएर बहने नदीहरूमा बाढी आउने उच्च जोखिम रहेको जानकारी दिएको छ।, महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा आसपास भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ।, आज महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने आकलन पनि महाशाखाको छ। देशका अन्य प्रमुख तथा मझौला नदीहरूमा भने जलसतह सामान्य रहने महाशाखाले जानकारी दिएको छ।, त्यस्तै रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भइ बहने केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम छ। , रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट र आसपास भइ बहने केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।, ससाना नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, वर्षाका कारण बाढी आउनाका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको छ। , ,
महाकाली नदीमा जलसतह सतर्कता तह पुग्ने, यी क्षेत्रमा बाढीको उच्च जोखिम |
रासस शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।, लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो।, शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन्।, सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए। बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पदैलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।, यस ठाउँ वर्षात्का समयमा सधैँ पहिरो जाने हुँदा स्थायी विकल्प खोज्नुपर्ने कायतले बताए। , 'हिजो साँझदेखि ठूलो पानी परेको थियो, राति पहिरो गएछ, हामीले बिहानमात्रै सडक अवरुद्ध भएको थाहा पायौँ, खबर पाउनासाथ सडक खुलाउन नगरपालिकाको जेसिबी पठाएका छौँ, केही समयमा सडक खुल्छ,' उपप्रमुख कायतले भने। ,
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध |
सेतोपाटी संवाददाता पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।, शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहारबाट विक बेहोस हुनुभएको थियो।, घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उहाँको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो।, उनलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।,
चट्याङ लागेर पोखरामा ४९ वर्षीय पुरूषको मृत्यु |
सेतोपाटी संवाददाता हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।, भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।, उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ।, उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।,
टिप्परको ठक्करबाट स्कुटरमा सवार युवकको मृत्यु |
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जानकारी दिए। , पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्यायलाई अख्तियारले प्रतिवादी बनाएको छ। , यस्तै भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध मुद्दा दायर भएको हो। , प्रवक्ता दाहालका अनुसार नगर प्रमुख विष्टलगायत दुई प्रमुख प्रशासकीय अधिकृतले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिएको भन्ने उजुरी परेको थियो। , नगरपालिकाले २०७७/०७८मा भ्याटबाहेक न्यूनतम कबोल अंक तोकेर बोलपत्र आह्वान गरेपछि भवानी कन्स्ट्रक्शन प्रालिलाई नगर कार्यपालिकाले तोकेकै कबोल अंक स्वीकृत गरी ठेक्का सम्झौता गरिएको थियो। , कोबल गरेको अंक मिलेमतोमा कम देखाएर झुट्टा विवरण उल्लेख गरी सोही रकम कबोल गरेको भनेर राजस्व रकम कम निर्धारण गर्ने मनसायले नै बोलपत्र स्वीकृत गरेको अख्तियारले जनाएको छ। , नियमअनुसार नगरपालिकाले राजस्व नउठाएर केन्द्रीय सरकार र प्रदेश सरकारको स्वीकृति बिना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाएर सम्झौता गरेको पाइएको हो।, तत्कालीन मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अख्तियारको ठहर छ। , प्रशासकीय अधिकृत हरिदत्त जोशीले भने ठेक्का सम्झौता गर्दा मुल्य आय कर २ करोड ११ लाख ६५ हजार ६०८ बराबरको रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेका हुन्। , उनीहरूसँग दोब्बर जरिवाना र कैद सजायको मागदाबी अख्तियारले गरेको छ। , यस्तै राजस्व छुट दिनका लागि वडाध्यक्ष चन्दको नेतृत्वमा कार्यदल समेत बनाइएको थियो। उक्त कार्यदलले राजस्व छुट दिन नमिल्ने भन्ने प्रतिवेदन गर्नुपर्नेमा सो नगरी छुट दिन सकिने भन्ने प्रतिवेदन पेश गरिएको थियो। , यस्तै कन्स्ट्रक्शनका संचालकहरूविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। इश्वरी प्रसाद भट्टको मृत्यु भइसकेको हुँदा बिगो रकम उनकी श्रीमतीबाट तिराउनुपर्ने माग अख्तियारले गरेको हो। ,
भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा |
सेतोपाटी संवाददाता काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो। , सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। , पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। , साथै पौडी खेल्ने क्रममा अर्का एक जना युवक पनि डुबेका थिए। १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। , यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।,
काठमाडौंको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु |
दिपकजंग शाही कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन्। प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ छ।, २०७८ सालको जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन्। यसमा पनि बालकको संख्या बढी छ। तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन्।, प्रदेशका तीन लाख चार हजार १८४ जना बालबलिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ।, राष्ट्रिय बाल कल्याण परिषदका पूर्वकार्यकारी निर्देशक मिलन धरेलका अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन्। बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको धरेलले बताए।, यस्तै एक लाख ३७ हजार अर्थात जम्मा संख्याको २० प्रतिशतभन्दा बढी बालबालिका बालश्रम गर्न बाध्य छन्। उनीहरू पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमी जस्ता विविध कारणले श्रममा लाग्न बाध्य भएको धरेलले बताए।, नेसनल इन्स्टिच्युट अफ कन्टेम्पोरारी स्टडिज (एनआइसिएस) ले निकालेको तथ्यांकअनुसार कर्णाली प्रदेशका २५ हजार ३६३ जना अर्थात करिब ४ प्रतिशत बालबालिका अभिभावकदेखि टाढा बसिरहेका छन्। पछिल्लो समय कोभिडका कारण देशमा निम्तिएको आर्थिक मन्दीका कारण उनीहरू अभिभावकभन्दा बाहिर रहेको परिषदका पूर्वकार्यकारी निर्देशक धरेलले बताए।, 'आर्थिक मन्दीका कारण लघुवित्तबाट ऋण लिएका परिवारलाई संस्थाहरूले ताकेता गर्दा अभिभावकहरू छोराछोरी एक ठाउँमा छोडेर भारत जानुपर्ने बाध्यता आएको देखिन्छ,' उनले भने।, यस्तै तीन हजार २८७ बालबालिका सौतेनी अभिभावकसँग बसिरहेका छन्। तीमध्ये दुई हजार ८११ जना सौतेनी आमा र ४७६ जना सौतेनी बाबुसँग बसिरहेको धरेलले बताए। ९५ हजार ५३४ जना बालबालिका एकल अभिभावकसँग छन्। दुई हजारभन्दा बढी बालबालिका विभिन्न बालगृहमा बस्न बाध्य छन्।, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको 'आवाज' संस्थाका अनुसार एक हजार ३०० जना प्रदेशको राजधानी वीरेन्द्रनगरमै बाल श्रम गर्दैछन्। उनीहरूमध्ये कतिपयलाई आफ्नो आर्थिक अवस्थाका कारण अभिभावकले नै श्रममा लगाएको पाइएको संस्थाका सुशील कार्कीले बताए।, संस्थाले गरेको अध्ययनका क्रममा लघुवित्त संस्थाको ताकेताका कारण भारत गएका अभिभावकका बालबालिका बढी जोखिममा रहेको उनले बताए।, बालबालिकाको क्षेत्रमै काम गरिरहेको गैरसरकारी संस्था 'प्लान इन्टरनेसनल' का अनुसार बालविवाहको घटनामा ९८ प्रतिशत बालबालिका आफ्नो निर्णयमा विवाह गर्छन्। आफूखुसी हुने बालविवाहका कारण यसलाई रोक्न चुनौती रहेको प्लान इन्टरनेसनलका अम्बिकाप्रसाद तिमिल्सेनाले बताए।, आधाभन्दा बढी बालबालिका संविधानप्रदत्त अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था भए पनि प्रदेशमा आवश्यक नीति निर्माण र संरचना भने अझै स्थापना गरिएको छैन। प्रदेश स्तरमा हुनुपर्ने नीति र संरचना नहुँदा बालअधिकार संरक्षणमा चुनौती भएको परिषदका पूर्वकार्यकारी निर्देशक धरेलले बताए।, कर्णाली प्रदेशमा प्रदेशस्तरीय बालबलिका सम्बन्धी नीति, कानुन, बालअधिकार संरक्षण तथा सम्वर्द्धन सम्बन्धी प्रदेशस्तरीय कार्ययोजना, प्रदेशस्तरीय बाल कोष, प्रदेश बालबालिका खोजतलास सेवा अहिलेसम्म पनि छैन।, प्रदेशस्तरीय अस्थायी संरक्षण तथा पुनर्स्थापना केन्द्र केही संख्यामा छन्। कालीकोट, दैलेख र सुर्खेतमा मात्र बाल हेल्पलाइन सेवा उपलब्ध छन्।, यस्तै कर्णालीका ७९ मध्ये ३७ स्थानीय तहले मात्र बालबालिकासँग सम्बन्धित नीति तथा कानुन निर्माण गरेका छन्। २५ स्थानीय तहमा मात्र बालअधिकार समिति गठन गरिएको छ। १५ स्थानीय तहमा स्थानीय बाल कोष स्थापना गरिएको छ भने ४४ स्थानीय तहले बाल कल्याण अधिकारी तोकेका छन्। समाजसेवी तथा बाल मनोविज्ञ कुनै पनि स्थानीय तहले तोकेका छैनन्।, बालअधिकार संरक्षणका लागि आवश्यक पर्ने संरचना तथा नीति प्रदेशले छिट्टै बनाउन जरूरी रहेको धरेलले बताए। प्रदेशभित्र रहेका बाल संगठनका भौतिक पूर्वाधारहरूलाई बाल संरक्षण तथा अस्थायी हेरचाह केन्द्रको रूपमा विस्तार गर्न सकिने उनले बताए।, अभिभावकविहीन, परित्यक्त तथा टुहुरा बालबालिका, जोखिममा रहेको बालबालिकाका लागि लक्षित सामाजिक सुरक्षा तथा सामाजिक सहायताका कार्यक्रमहरू प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गर्नुपर्ने धरेलले औंल्याए।, समाहित शिक्षाको प्रवर्द्धन, विशेष शिक्षामा रहेका बालबालिकासँग परिवारको नियमित सम्पर्क र पारिवारिक दायित्व अभिवृद्धि गर्ने खालका कार्यक्रम स्थानीय र प्रदेश सरकारले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।, कर्णाली प्रदेश सरकारले बालबालिका सम्बन्धी ऐनको मस्यौदा बनाए पनि पारित हुन नसकेको सामाजिक विकास मन्त्रालयमा कार्यरत बालकल्याण अधिकृत डम्बर रोकायाले बताए।, कर्णाली प्रदेश सरकारले बालबालिकाका क्षेत्रमा न्यून रकम विनियोजन गर्ने र उक्त रकम पनि खर्च नहुनु बालबालिका अधिकारबाट वञ्चित हुनुको प्रमुख कारण भएको सरोकारवालाहरू बताउँछन्।,
कस्तो छ कर्णाली प्रदेशका बालबालिकाको अवस्था? |
सेतोपाटी संवाददाता रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।, सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट कार र चालक दाङ घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीलाई पक्राउ गरेको हो। उनलाई सशस्त्र प्रहरीले गत शनिबार राति साढे ९ बजे पक्राउ गरेको हो। , नेपालबाट भारत जाँदै गरेको बा १२ च ३८२० नम्बरको कारलाई प्रहरीले चेक गरेको थियो।, चेक गर्दा गियर बक्सभित्र दुई किलो बराबरको सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। परीक्षणबाट उक्त धातु सुन नै पुष्टि भए दुई करोड ३ लाख २७ हजार बराबरको हुने प्रहरीले जनाएको छ। , थप अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।,
सुन जस्तो दुई किलोको धातुसहित एक पक्राउ |
रासस बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्।, बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेको एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ। उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो।, एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गरे।, उनले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको गुनासो गरे। अहिले रामरेखामा मात्रै नभई नयाँ सडक खन्ने र विस्तार गर्ने नाममा पूर्खाको सम्पत्तिका रुपमा रहेका चौतारी र वरपिपल मासिने अवस्थामा पुगेको आचार्यको भनाइ थियो।, ‘राजमार्गमा परको चौतारी जोगाउन सकिएन, पूर्खाको सम्पत्ति मासियो, हाम्रो मात्रै होइन धेरै स्थानका चौतारी मासिएका छन्, वरपिपल ढलेका देखिन्छन्, वातावरणलाई समेत यसले नकरात्मक असर पारिरहेको छ,’ उनले भने।, आचार्यले स्थानीय सरकारले वरपिपल र चौतारी संरक्षण अभियान ल्याउनुपर्ने बताए । ‘अहिले गाउँ–गाउँका सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरी मासेर यातयातका साधन पार्किङ गर्ने स्थान बनाइएको छ,’ आचार्यले भने, ‘ग्रामीण क्षेत्रमा सडक पुर्याउने नाममा चौतारी र पोखरी मासिन थालेपछि वातावरणलाई समेत नकरात्मक असर परेको छ।’, ठूला वरपिपलका रुख र चौतारीसँगै रहेका पोखरी मासिँदा अहिले पानीका मूल सुक्दै जानुका साथै गर्मीसमेत बढ्दै गएको उनको भनाइ थियो।, आचार्यले सार्वजनिक जग्गामा रहेका चौतारी र पोखरीमा डोजर चलाइएको बताउँदै विसं २०५० सालको तुलनामा जिल्लामा सडक सञ्जाल विस्तार भए पनि पुराना सम्पदा बोकेका वरपिपल मासिने क्रम बढे्को बताए।, गतवर्ष बागलुङ नगरपालिका–३ सिम्लेमा बागलुङ बजारदेखि सिगाना पु¥याउने सडक विस्तारका क्रममा ठूलो पिपलको रुख ढलाइएको थियो। अहिले चौतारी र ठूलाठूला वरपिपलका रुख देख्नै मुस्किल भएको स्थानीय बताउछन्।, स्थानीय चुँडामणि पुन मगरले बागलुङ बजारभित्र रहेका कयौँ चौतारा र पोखरी मासिएको मात्र नभइ सार्वजनिक जग्गा मिचेर व्यक्तिका घर ठडिरहेको गुनासो गरे। ‘अहिले गाउँ–गाउँका वरपिपल त सडक विस्तारका क्रममा मासिएका छन् । वातावरणीय प्रभावलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका वर र पिपलका रुख क्रमश हराउदै गएका छन्,’ उनले भने।, पुन मगरका अनुसार सडक विस्तारका नाममा वरपिपल भएका स्थानमा सवारी गुडेका छन् । उनले भने, ‘सर्वजनिक स्थान रहेका रुख सडक विस्तारका क्रममा मासिएका छन्, कतिपयले सार्वजनिक जग्गालाई नीजिकरण समेत गरेका छन्।’, यहाँका स्थानीय तह तथा वडा कार्यालयले आफ्नो क्षेत्रमा भएको सार्वजनिक जग्गा, चौतारी, पोखरी र वरपिपल जस्ता सम्पदाको तथ्याङ्क संकलन नगरेको मगरले गुनासो गरे।, पुर्खाको पौरख र पसिना जोडिएका विषयलाई संरक्षण नगरेर मास्ने कामलाई कदापी स्वीकार गर्न नसकिने वातावरण तथा फोटो पत्रकार आरके अदिप्त गिरीले बताए।, ‘शहर र गाउँलाई सुन्दर बनाउने भन्दै मौलिकता र संस्कृति मास्न हुदैन । विसौनीका रुपमा रहेका चौतारी र छाहरी मास्नु भनेको प्रकृति माथी अत्याचार हो,’ उनले भने, ‘पुराना सम्पदा र सभ्यताका सूचक चौतारी र वरपिपलको संरक्षण गर्नु सबैको कर्तव्य हो।’, पूराना सम्पदा मासेर गन्तव्यमा पुग्न नसकिने भन्दै विकासका नाममा मौलिकता बिर्सिन नहुनेमा गिरीले जोड दिए। सडक निर्माण र विस्तारका क्रममा चौतारी र वरपिपल जोगाउन स्थानीयहरुले खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ थियो।, गिरीले वातावरण खलबल्याउने विकासले मानवीय सभ्यतानै जोखिममा पारेको बताउँदै सभ्याता, सम्पदा र प्रकृतिलाई जोगाएर मात्रै विकास गर्न आवश्यक रहेको बताए।,
विकासले मासियो सम्पदा |
सेतोपाटी संवाददाता धनगढीमा एक जनाको शव फेला परेको छ।, बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका– १४ एचगाउँमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार चौधरीको शव गाउँको शाखा सडकको नालामा पल्टिएको अवस्थामा फेला परेको हो।, चौधरीको शव बिहीबार दिउँसो साढे २ बजेतिर फेला परेको हो। शव फेला पर्नुभन्दा केही समयअघिसम्म उनी घरमै रहेको प्रहरीले जनाएको छ।, घटना शंकास्पद रहेकाले प्रहरी सुक्ष्म तरिकारले अनुसन्धान अगाडि बढाउने प्रहरी निरीक्षक साउदले जानकारी दिए।, प्रहरीले पोस्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा पठाएको छ।,
नालामा पल्टिएको अवस्थामा एक जनाको शव फेला |
रासस जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले बिहीबार झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ।, यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।, पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।,
विवाह मण्डपबाटै बेहुला पक्राउ |
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला परेका छन्।, जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरूंगे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताए। बिहीबार साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन्।, गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताए।, 'चारवटा गिद्ध मृत भेटिएका छन्। विषाक्त खानाकै कारण मरेको अनुमान छ,' संरक्षणकर्मी चौधरीले भने।, साँझको समय भएकाले राम्ररी नदेखिएको र अन्य गिद्धसमेत मरेको हुन सक्ने उनले बताए।, गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको पनि उनले बताए। सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान छ।, गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उनले बताए। गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँचवटा गिद्ध मरेका थिए। नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रूखमा गिद्धको बासस्थान छ।, हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेस्टुरेन्टदेखि करिब ६ किलोमिटरको दूरीमा समेत पर्छ। कावासोतीकै पिठौलीमा गिद्ध संरक्षण गरिएको छ। संरक्षण गरिएका गिद्धको आहारविहार गर्ने स्थाननजिक पटकपटक गिद्ध मर्दा संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी एवं जटायु रेस्टुरेन्टका व्यवस्थापक डिबी चौधरीले बताए।,
मृत भेटिए लोपोन्मुख डंगर गिद्ध |
सेतोपाटी संवाददाता जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। , बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन।, अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। , मौसमविद् शान्ती कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ। पहाडी भूभागहरुमा गएरातिदेखि पानी परिरहेको छ। यो क्रम अब देशैभरी चल्ने उनले बताइन्।, ‘मनसुन विस्तारै पश्चिमतिर प्रोग्रेस गर्ने क्रममा छ। जसले गर्दा हिँजोअस्तीदेखि नै तापक्रम घटिसकेको अवस्था छ। वर्षाका गतिविधि बढिराखेका छन्,’ उनले भनिन्,अस्तिअस्ति पूर्वतिर मात्रै पानी पर्ने र पश्चिम तराई पूरै सुख्खा थियो अब त्यो अवस्था छैन।’, मौसमविद् कँडलेका अनुसार आगामी चौबिस घन्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ। , दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, भारी वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, त्यस्ती सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। , राति कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।,
पश्चिमतर्फ बढ्यो मनसुन, सातै प्रदेशमा भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।, कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक लिलाराज लामिछानेका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।, अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। घाइते सबैलाई उपचारका लागि तनहुँ पठाइएको र केही डिस्चार्ज समेत भएको उनले बताए।, दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको पहिचान भइसकेको छैन।, दुर्घटनाग्रस्त गाडी खोँचमा पुगेको र अहिलेसम्म ३ जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।, ‘दुर्घटनामा दुलहादुलहीचाहिँ पर्नुभएको छैन। दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी छ। अप्ठेरो बाटो र मध्यरातिको घटना भएकाले उद्धारमा पनि कठिनाइ भयो। अहिले सुरक्षाकर्मीहरूले भीरमा अड्किएका शव डोरीको सहयताले निकाल्दै हुनुहुन्छ,’ उनले भने, ‘घाइतेहरूलाई तनहुँको आँबुखैरेनी लगिएको छ।’ , ,
जन्ती बोकेर फर्किएको जीप मनकामनामा दुर्घटना, ५ जनाको मृत्यु |
रासस भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ।, अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले बताएका छन्।, भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ। अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ।, स्थानीयवासी सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको बताइन्। उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको उल्लेख गरिन्।, भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाट नै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए।, 'अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो,' उनले भने। , अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एकसय हाराहारीमा अस्पताल आउने गर्छन्। सङ्घबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ।, ,
भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ।, ती जिल्ला भएर वहने नदीहरूको जलसतह बढ्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।, त्यस्तै नवलरासी पूर्व नवलरासी पश्चिम, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास मध्यम-भारी वर्षा भएको र हुन सक्ने अवस्था रहेको औंल्याइएको छ। , मौसम पूर्वानुमान महाशाखाले पनि दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखाएको छ।, बाँकी भूभागमा सामान्य बदलीको अवस्था देखाएको छ। , राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी, मधेश, बागमती, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।, ,
आज यी क्षेत्रमा बाढी आउन सक्ने |
डा. शिलु श्रेष्ठ ‘ह्याण्ड (हात) सर्जरी भनेको यस्तो विधा हो, जसमा माथि पाखुरादेखि औंलाहरूसम्मको कुनै पनि समस्याहरूको बारेमा उपचार गर्ने विषय पर्छ।, हामीकहाँ सबैभन्दा धेरै चोटपटक लागेर हातमा समस्या आउँछ। अर्को जन्मजात समस्याहरू हुन्छन्। जन्मजात औंला जोडिएको, सानो ठूलो भएको, चुडिएको लगायतका हुन्छन्।, त्यस्तै, उमेरसँगै हातमा समस्या देखिन्छ। दैनिक कामहरूले गर्दा हातमा समस्या आउँछ।, त्यस्तै बाथको समस्याले, मस्तिष्कमा आएको समस्याले समेत हातमा समस्या आउँछ। यो सबै समस्याको उपचार ह्याण्ड सर्जनले गर्छ।, हातमा देखिने सबै समस्याको उपचार सहजै हुन्छ भन्ने हुँदैन। हातमा चोटपटक लाग्नसाथ यसको सम्बन्ध धेरै अंगमा जोडिएको हुन्छ।, खुट्टामा चोट लाग्दा जति सजिलै उपचार हुन्छ, त्यसरी नै हातको उपचार गर्न सकिँदैन।, हातमा थोरै चोट लागेको छ भने पनि त्यसलाई खेलाँची गर्नु हुँदैन।, हाम्रो शरीरको अंगमध्ये सबैभन्दा प्रयोग हुने हात हो। त्यसैले हातमा चोट लाग्ने सम्भावना धेरै छ। हातले गर्ने काममा कसरी सुरक्षित हुने भनेर सचेतना भने छैन।, कुनै कारणले हात गुमेमा कृत्रिम हात राख्न सकिन्छ। तर कृत्रिम खुट्टाजस्तो बलियो हुने हुँदैन। कृत्रिम खुट्टाले सामान्य खुट्टाले जस्तै काम पनि गर्न सक्छ। तर कृत्रिम हातको प्रभाव त्यस्तो हुँदैन। एकातिर महंगो छ भने अर्कोतर्फ कृत्रिम हातको प्रभाव निकै कम हुन्छ।, हातमा सानो भन्दा सानो चोट छ भने सबैजसो काम रोकिन्छ। आफ्नो दैनिक गतिविधिलाई असर गर्छ। हातले काम गर्न नसक्दा मात्र थाहा हुन्छ कि हातको महत्व कति छ भनेर। त्यसैले हातको सुरक्षाको लागि धेरै ध्यान दिनुपर्छ।, (अर्थोपेडिक ह्याण्ड सर्जन डा.शिलु श्रेष्ठ राष्ट्रिय ट्रमा सेन्टर, व्लुक क्रस हस्पिटलमा कार्यरत छन्।),
हातमा लागेको सानो चोटलाई पनि खेलाँची नगरौं (भिडिओ) |
रासस लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।, भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।, पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।,
लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प |
सेतोपाटी संवाददाता गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।, मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५ वर्षका प्रवीण थापा, १८ वर्षका नीरज थापा, वर्ष १७ की नवीना थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। त्यस्तै वडा नम्बर ४ का ६४ वर्षका थनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ।, दुर्घटनामा १२ जना घाइते भएका थिए। उनीहरूको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले बताएको छ। केही अस्पतालबाट डिस्चार्ज भएर गएका छन्।, कोटगाउँबाट १९ जना दुलहा-दुलहीसहित पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटनामा परेको थियो।, दुर्घटनामा दुलहादुलही सकुशल छन्।, नायव प्रहरी उपरीक्षक लामिछानेकाअनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।, कच्ची सडक र रातको समयमा दुर्घटनामा परेको हुनाले उद्धारमा कठिनाइ भएको पनि उनले बताए।, ,
मनकामनामा जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो |
सेतोपाटी संवाददाता जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।, वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ को एक जनाको मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ।, ‘शहिद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टिकाटालोका लागी जन्ती लिएर गएको सवारी साधन फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटनामा परेको र १ जना महिला र ४ जना पुरुष गरी तपसिल बमोजिमका ५ जनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य यात्रुहरू समेत घाइते भएकाले यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै आज मिति २०८०।०३।०८ गते गाउँपालिका कार्यालय तथा मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरुमा समेत शोक बिदा गरिएको व्यहोरा जानकारी गरिन्छ,’ सूचनामा भनिएको छ।, करिब रातको साढे १२ बजे भएको दुर्घटनामा १२ जना घाइते भएका थिए।, मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ।, दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ।, ,
दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले दियो शोक बिदा |
सेतोपाटी संवाददाता ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे छ। पहिरामा परि छोरा बेपत्ता भएका छन्।, मृत्यु र बेपत्ता हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।, उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको बरालले जानकारी दिए। १० वर्षका छोरा दिनश गुरूङ बेपत्ता छन्।, ‘दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ। अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ। छोरा फेला पर्न बाँकी रहेको छ,’ उनले भने, ‘पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्याएको छ। ठूलो आवाजकासाथ पहिरो चल्न थालेपछि अरूले भागेर ज्यान जोगाउन सफल हुनुभएछ।’, करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए।, शीर्षक परिवर्तन गरिएको।*,
ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु, छोरा बेपत्ता |
सेतोपाटी संवाददाता ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता १० वर्षका बालखको पनि शव भेटिएको छ।, चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए।, बिहान बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविताको शव भेटिएको थियो। केही बेरअघि छोरा दिनेशको पनि शव फेला परेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।, एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । , राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।, वडाध्यक्षको अनुसार घनाबस्ती रहेको गाउँको सिरानबाट पहिरो चलेको छ। पहिराले अरू घरमा पनि क्षति पुर्याएकाले उद्धार र राहतको खाँचो रहेको उनले बताए।,
ओखलढुंगामा पहिरोमा बेपत्ता छोराको पनि शव भेटियो |
सेतोपाटी संवाददाता अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गर्ने भएका छन्।, बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने भएका हुन्।, सर्वोच्चले न्याय दिएकाले अनसन स्थगित गर्न लागेको चलाउनेले बताए।, ०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा चलाउनेमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो।, नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझाले चलाउनेमाथि कुटपिट गरेको आरोप छ।, घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने कसूरमा सजाय हुनुपर्ने दाबीसहितको मुद्दा दायर गरेको थियो।, तर, सरकारले गत जेठ ३० गते उनीहरूविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। मुद्दा फिर्ता गर्ने निर्णयको विरोध गर्दै अनसन बस्न काठमाडौं जिल्ला अदालत परिसर गएका चलाउने त्यहीँबाट पक्राउ समेत परेका थिए।, चलाउनेले आफूविरूद्ध आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। त्यसयता उनी त्रिवि परिसरमा अनसनरत छन्।, बिहीबार उनको रिटमा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।,
उपप्राध्यापक प्रेम चलाउनेले स्थगित गरे अनसन |
रासस संखुवासभामामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई राहत वितरण गरिएको छ।, बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए। जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो।, बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभामाका प्रशासकीय अधिकृत विमल पौडेलले जानकारी दिए।, परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी भएकालाई २० हजार रूपैयाँ वितरण गरिएको छ।, प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा चार परिवारलाई ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई रु एक लाख ४० हजार तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई ३० हजार वितरण गरिएको छ।, विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्।, गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन्। बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, अपर हेँवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन्।, बाढी पहिरोका कारण जिल्लाका आठ हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ।,
संखुवासभामा बाढीपहिरोबाट विस्थापित १६ परिवारलाई दिइयो राहत |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।, महानगरले १२ जना नगर प्रहरीलाई विभागीयकारबाही गरेको काठमाडौंका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइले जानकारी दिए।, उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिए विपरित काम गरेको हुँदा कारबाही गरिएको हो। , 'उहाँहरूलाई अहिले सरूवा गरेर विभागीय कारबाही गरिएको हो,' उनले भने।, उनीहरूले विभिन्न समयमा नगरप्रहरीको निर्देशन विपरीत कार्य गरिरहेको महानगरको दाबी छ। , ,
काठमाडौं महानगरले गर्यो १२ नगर प्रहरीलाई विभागीय कारबाही |
सेतोपाटी संवाददाता गोरखाको मनकामनामा भएको जीप दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरका छन्।, शहिद लखन गाउँपालिका–३ मा गएराति सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।, ‘गोरखा जिल्लाको सहिदलखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा ५ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु। दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले शोक सन्देशमा भनेका छन्।, जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।, दुर्घटनामा १२ जना घाइते भएका थिए। मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ।, दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ।, ,
गोरखामा जीप दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर फैलिएको बताएको छ।, उसले नियमित बुलेटिनमार्फत् मनसुन देशभर विस्तारित भएको बताएको हो।, ‘आजबाट मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा एक दिन ढिला गरी जेठ ३१ गते कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भूभागमा आगमन भएको थियो,’ बुलेटिनमा भनिएको छ, ‘नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष ९ दिनको समय लागेको छ।’, त्यस्तै देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै सोही प्रदेशहरूका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि उसले बताएको छ।, ‘मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहा सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।,
९ दिनपछि फैलियो देशभर मनसुन |
सेतोपाटी संवाददाता पहाडी भेगमा क्षमताभन्दा बढी यात्रु ओसारिएको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएका छन्।, गोरखाको मनकामना भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। यसबारे गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आवाज उठाएका हुन्।, सांसद राजेन्द्र बजगाईंले जीपमा १७ जना हालिएको भन्दै नियमन हुनुपर्ने बताए।, ‘मनकामनाको काखमा दुर्घटना भएको छ। पाँच जनाको देहान्त भएको छ। तर, एउटा बलेरोमा १७ जना सवार थिए। यसलाई सम्बन्धित मन्त्रालय र प्रशासनमार्फत् तत्काल ध्यानकर्षण होस् आचारसंहिता के हो? बलेरोले प्यासेन्जर बोक्न पाउने हो कि होइन?,’ उनले भने, ‘मलाई लाग्छ होइन। ढुवानीको लागि हो। तर मध्यरातमा चलाइएको छ। यसबारे छानबिन होस्।’, त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हरेक दिन कहाँबाट दुर्घटना आयो भन्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।, ‘पहाडी इलाकामा बारम्बार धेरै यात्रुहरू गाडीमा रहनाले पनि दुर्घटना भइरहेको छ, यसमा पनि सरकारको ध्यान जाओस्,’ पाण्डेले भने।, शहिद लखन गाउँपालिका–३ मा गएराति सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।, जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले पनि शोक बिदा दिएको छ।, दुर्घटनामा १२ जना घाइते भएका थिए। मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ। दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ।, ,
गोरखा दुर्घटनाबारे सांसदः क्षमताभन्दा बढी यात्रु ओसार्न थालियो, नियमन होस् |
सेतोपाटी संवाददाता जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ।, सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।, उनका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको छ।, धनुषा जिल्लामा भने आइतवारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने भएको छ।, आज पालिकाहरुलाई पत्राचार गर्ने र जनप्रतिनिधि तथा वडा सचिवहरुसँग छलफलपछि आइतवारबाट नागरिकता वितरण सुरु गरिने उनले बताए।,
महोत्तरीमा दिन थालियो जन्मसिद्धका सन्तानलाई नागरिकता, धनुषामा आइतबारदेखि |
सेतोपाटी संवाददाता प्रहरीले अवैधलागुऔषधकारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ।, शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो।, व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ परेका १२ जनालाई आज सार्बजनिक गरेको हो।, पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका व्युरोका प्रवक्ता एसपी चक्राराज जोशीले जानकारी दिए।, उनीहरूलाई काठमाडौं र पोखराका विभिन्न होटलहरुबाट फरक-फरक दिन पक्राउ गरिएको हो।, पक्राउ पर्ने नेपाली नागरिकहरूमा राप्ति नगरपालिका-७ चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका-१८ का ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका-१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम, रूबीभ्याली गाउँपालिका-२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक-४ झापाका २४ वर्षीय सुमन लिम्बू रहेका छन्।, एसपी जोशीका अनुसार पक्राउ परेका १२ जनाबाट कुल ३.७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ४०.८५ ग्राम एम्फेटामाइन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर,चार किलो ७५० ग्राम गाँजा र १६ बोत्तल कोडिन बरामद गरिएको छ।, बरामद गरिएको अवैध लागू ओषधको अबैध बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रूपैयाँ पर्ने एसपी जोशीले जानकारी दिए।, उनीहरूविरूद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार सम्बन्धित जिल्ला अदालतहरूबाट म्याद थप भइ अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।, ,
आठ वटा अपरेसन चलाएर प्रहरीले पक्राउ गर्यो १२ जना लागुऔषध कारोबारी |
रासस वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ।, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। , उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए। उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरेको छ।, मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए। यसअघि शय्यामा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो।, अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी नौ सय ६० शय्या रहेका छन्।,
वीरका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क |
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।, गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। , पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन।, गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ।, घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। ,
गैँडाकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु |
रासस पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्।, सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्।, बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ।, यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन्। उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित भएका छन्।, यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए। जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मङ्ग्रातीले बताए। , बाढीले यहाँका छ वटा पक्की पुल बगाएको छ। यस्तै एउटा बेलिब्रिज, आठ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ।, पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन्।, दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए।, जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पुर्याएको छ। पूर्णविस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने पाल पनि जिल्ला आइपुगेको र भोलिदेखि वितरण थालिने प्रजिअ मङ्ग्रातीको भनाइ छ।, बाढी पहिराले हालसम्म एउटा विद्यालय, तीन वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ। बाढी पहिराका कारण जेसीबी मेसिन दुई वटा, एउटा ट्र्याक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको छ।, बाढी पहिराका कारण यहाँका हजारौँ रोपनी क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ। यद्यपि बालीमा पुगेको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रजिअ मङ्ग्रातीले बताए।, ‘प्रहरी, स्थानीय तहका कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रसमेतको समन्वयमा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन थालिएको छ,’ प्रजिअ मङ्ग्रातीले भने, ‘यथाशक्य चाँडो क्षतिको विवरण तयार पारी राहतका लागि उपल्ला निकायमा पहल थाल्नेछौँ।’, पाँचथरमा पहिरोले एक बालिका तथा बाढीले एक महिला र एक पुरुषको ज्यान गएको छ। बाढीमा परी अझैसम्म तीन जना बेपत्ता छन्। बेपत्ताको खोजीकार्य जारी रहेको र यसमा तमोर नदीको सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय भइरहेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए। ,
पाँचथरमा बाढीपहिरोले ११९ परिवार विस्थापित |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोक जानकारी दिएको छ। , राति अधिकांश भूभागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , भारी वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। ,
देशभर मनसुनको प्रभाव, आज यी प्रदेशमा भारी वर्षा हुने |
रासस पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ। , गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए।, सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।, अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ।,
महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध |
नवीनबाबु गुरूङ अहिले बानेश्वरस्थित संघीय संसद् भवन पछाडिका बाटोमा जानुभयो भने रंगीचंगी भित्ता देख्न सक्नुहुन्छ। ती मार्गमा केही साता अघिदेखि विभिन्न रङ पोतिएका छन्।, यी मार्गका भित्ताहरू काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले रंगरोगन गरेको हो। , सहर सौन्दर्यीकरणका लागि सबै घरका भित्तामा अहिले 'स्याम्पलिङ' गर्न एकैनासे रङ लगाइएको ३१ का वडाध्यक्ष सरोज ढकालले जानकारी दिए।, उनका अनुसार सौन्दर्यीकरणका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दा टोल सुधार समितिले रङ लगाउन सुझाव दिएको थियो।, ‘सहर सौन्दर्यीकरण काममा के गर्ने भनेपछि स्थानीयको मागअनुसार नै एकैनासे रङ लगाउने निर्णय भएको हो,’ उनले भने, ‘त्यसपछि टोल सुधार समितिले रङ छान्यो र सोही अनुसार काम अगाडि बढाइयो।’, अहिले बानेश्वरको जनता मार्गमा प्याजी रङ लगाइएको छ। यस्तै सुनकेशरी मार्गमा क्रिम रङ लगाइरहेको छ भने जनसहयोग मार्ग र अम्बिका मार्गमा पहेँलो रङ लगाइएको छ।, रङ लगाउन अहिले १० लाख बजेट छुट्टयाइएको इन्जिनियर सञ्जय साहले बताए। , ‘हाल यस कार्यक्रम गर्न १० लाख बजेट छुट्टयाइएको थियो,’ उनले भने, ‘अहिले सोही बजेटबाट काम भइरहेको छ। यस बजेटबाट हुन सक्ने काम हुन्छ तर आगामी दिन यसमा छुट्टै बजेट पनि व्यवस्थापन गरिनेछ।’, यो नमूना राम्रो भए पछि सबैतिर लगाउँदै जाने उनले बताए।, ‘यहाँ राम्रो देखियो भने सबैतिर रंगरोगन गर्छौं,’ उनले भने, ‘रोड मार्किङ सडकका दायाँबायाँका भित्ता एकानासे देखिँदा भिन्न मार्गहरू पनि सहजै छुट्याउन सकिन्छ र सुन्दर पनि देखिन्छ।’, सडक रंगरोगन गर्ने नाममा वडाको बजेट बालुवामा पानी झैं खन्याएको स्थानीय गुनासो गर्छन्। त्यसमध्ये एक हुन् रमेश नेपाली। उनले यो क्षणिक रमझम भएको बताए।, ‘रङ लगाएर त अहिले राम्रो देखिएको छ। तर यो दुई–चार दिनको रमझम मात्र हो,’ उनले भने, ‘यो रङ नयाँ भइन्जेल राम्रो देखिन्छ अनि केही समयपछि झनै फोहोर हुन्छ।’, यसले उसलाई ‘असारे बजेट’को संज्ञा दिए।, अर्का स्थानीय कल्पना शर्माको चाहिँ यसमा भिन्न मत छ। यसले सडकको मात्र नभई वडाकै सौन्दर्यमा बढोत्तरी ल्याएको बताइन्।, ‘अहिले बाटोमा हिँड्दा एकानासे रंग देख्दा कस्तो रमाइलो लाग्छ,’ उनले खुसी हुँदै भनिन्, ‘रङले गर्दा कुन टोल कताबाट सुरू हुन्छ भनेर पनि थाहा पाउन सकिन्छ। सबैतिर यस्तो बनाउँदा झनै राम्रो देखिन्छ।’,
एकैनासे बनाउन सडकको दायाँबायाँ रंग्याइएका भित्ता (तस्बिरहरू) |
सेतोपाटी संवाददाता आज बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।, मनसुन देशभर फैलिएसँगै देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा भीषण वर्षा भइरहेको छ। यी क्षेत्र भएर बहने नदीहरूको सतह बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।, महाशाखाले आज र भोलि महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने भएकाले हाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।, आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दीया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने नदी तटीय क्षेत्रहरूमासतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।, त्यस्तै संखुवासभा, औखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र म आसपासका केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने पनि महाशाखाले जनाएको छ।,
आज यी क्षेत्रहरूमा बाढी आउन सक्ने |
रासस गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।, बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन्।, बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए।, पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन्।, पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ।,
पहिरोमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार |
रासस कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।, पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्राभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।, भारतसँगको खुला सिमानाका कारण यहाँ लुकीछिपी लागुऔषधको कारोबार हुने गरेको छ। कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ।, प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन्।, ‘जिल्लाभरि नै लागुऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘लागुऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ।’, भारतसँग सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागुऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ। महेन्द्रनगरस्थित धुम्रपान निधेषका अभियान्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागुऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लैजानुपर्ने बताउँछन्।, ‘प्रहरीले मात्रै नियन्त्रण गरेर लागुऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ,’ उनले भने, ‘यसका लागि सामूहिक प्रयासको खाँचो छ।’,
लागूऔषधको अखडा बन्दै कञ्चनपुर, एघार महिनामा २५५ जना पक्राउ |
सेतोपाटी संवाददाता बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, आज बिहान ८ बजे गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ।, जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको डिएसपी केसीले सेतोपाटीलाई जानकारी दिए। , मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।, डिएसपी केसीका अनुसार उनीहरू मार्केटिङमा जाँदै थिए। दुर्घटनाग्रस्त जीप र दुबैको शव सडकबाट पाँच सय मिटर तल खोँचमै रहेको उनले बताए।, भीर भएका कारण मृतकको उद्दारमा समस्या रहेको डिएसपी केसीले बताए।‘खोँचमा खसेको छ। ठाडो भिरालो हो । सडकसम्म ल्याउन समय लाग्छ,’ उनले भने।, अहिले बागलुङका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का दुर्घटनास्थल पुगेको पनि डिएसपी केसीले जानकारी दिए। ,
बागलुङमा भीरबाट पाँचसय मिटर तल खस्यो जीप |
नवीनबाबु गुरूङ आज अन्तर्राष्ट्रिय योग दिवस। हरेक वर्ष जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।, दिवसका अवसरमा आज बिहानै टुँडिखेलमा योग अभ्यास गरिएको छ।, संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए। , सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।, सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।, अहिले माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ।,
टुँडिखेलमा यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्बिरहरू) |
रासस सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।, लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो।, गए राति वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।, मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए।, अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए। पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन।, सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।,
संखुवासभाको मकालुमा पहिरो, कोशी राजमार्ग अवरुद्ध |
सेतोपाटी संवाददाता ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , सिरिजङ्गा गाउँपालिका-३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बुले जानकारी दिए।, मंगलबार राति लक्ष्मणले मापसे गरी श्रीमती निशासँग झगडा गरेका थिए। त्यसक्रममा लक्ष्मणले चिर्पटले उनको टाउकोमा हिर्काएको डिएसपी लिम्बुले बताए। निशाको टाउकोबाट धेरै रक्तश्राव भएकाले मृत्यु भएको हो।, ‘मृत्यु हिजै भइसकेको रहेछ। बुधबार बिहान खबर पाएका थियौं,ʼ उनले भने, ‘बाढी पहिरोले सडक अवरूद्ध भएकाले अस्पताल लगेनन्।ʼ, घटनाबारे खबर पाएपछि बुधबार बिहान प्रहरीले लक्ष्मणलाई पक्राउ गरेको हो। , थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। , ,
ताप्लेजुङमा चिर्पटले हानेर श्रीमतीको हत्या |
रासस विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ।, मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए। खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनले अनुरोध गरेका छन्।, मंगलबार बसेको बैठकले पूर्ण क्षति भएको प्रति घरपरिवारलाई छ बन्डल कर्कटपाता उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ।, बाढीपहिरामा परी मृत्यु भएका आफन्त तथा नजिकको हकदारलाई र आंशिक तथा पूर्णरूपमा घर क्षति भएकालाई मापदण्डबमोजिम राहत उपलब्ध गराउनसमेत उक्त मन्त्रालयलाई अनुरोध गरिएको छ।, यस्तै विस्थापित परिवारलाई तत्काल रेडक्रसबाट गैर खाद्य सामग्री उपलब्ध गराउने, अन्नपातसहितको क्षति भएका परिवारको गुजाराका लागि स्थानीय तहले सहयोग गर्ने, घाइते भएकालाई स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, उपचारका लागि आर्थिक सहायता आवश्यक परे प्रदेश सरकारसँग माग गर्नेसमेत निर्णय भएको छ।, समितिको निर्णयानुसार हरेक पालिकाले विस्थापित परिवारको तथ्याङ्क यकिन गरी तीन दिनभित्रै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने भएको छ।, मेची राजमार्गस्थित पाँचथरको हेवाखोला बाढीले बगाई यातायात सेवा अवरुद्ध भएकाले अत्यावश्यक सामान ढुवानी गर्न परे तुइन (घिर्लिङ) को व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नेसमेत निर्णय भएको छ।, यसैबीच विभिन्न व्यक्ति, सङ्घसस्थाबाट राहत सङ्कलन र वितरणको कार्य सन्तुलित, पारदर्शी नहुने हुँदा विपद् व्यवस्थापन समितिको स्वीकृतिमा एकद्धार प्रणालीबाट सङ्कलन गरी स्थानीय तहले वितरणको व्यवस्था गर्ने निर्णय भएको छ।, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौंलाई त्रिपाल, कम्बल, भाँडाकुडा र अत्यावश्यक औषधि माग गर्ने निर्णय गरिएको छ। बाढीपहिरामा परी तीन जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन्।, समितिका अनुसार जिल्लामा सरकारी कार्यालय, निजी घरसहित ४३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। मनसुन अझै सक्रिय रहेकाले नदी किनार तथा जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ।,
विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह |
एजेन्सी होन्डुरसको महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ।, मंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो। , कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ। , उपसुरक्षामन्त्री जुलिसा विलानुभाले आपतकालिन घोषणा गरी दंगालाई नियन्त्रणमा लिने वाचा समेत गरेकी छन्। उनले कारागारभित्र अग्निनियन्त्रक, प्रहरी र सेनालाई पनि खटाएकी छन्। , ‘मानवीय क्षति सह्य छैन,’ उनले भनेकी छन्। यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने पनि उनले चेतावनी दिएकी छन्। , राजधानी तेगुसिगाल्पाबाट २० किलोमिटर टाढा रहेको कारागारमा ज्यान गुमाउने सबै कैदी मात्रै हुन् भन्ने यकिन भइसकेको छैन। उक्त कारागारमा ९ सय जना कैदी छन्। , कतिपय कैदीलाई अस्पताल समेत लगिएको छ। ,
होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु |
सेतोपाटी संवाददाता पोखरा विश्वविद्यालय र नेपाललाई प्रतिनिधित्व गर्दै सात जना पोखरा विश्वविद्यालयका विद्यार्थीको टिम अस्वाथामा हल्ट प्राइज रिजनलका लागि दुबई प्रस्थान गरेका छन्।, अन क्याम्पस पोखरा विश्वविद्यालयको विजेता बन्दै रिजनलका लागि टिम अस्वाथामा दुबई प्रस्थान गरेको हो।, दुबईको हल्ट इन्टरनेशनल वजनेस स्कुलमा हुने यस प्रतियोगिता जून २३ र २४ मा हुने छ।, विद्यार्थीहरुमा नोबेल प्राइज मानिने हल्ट प्राइज एउटा ग्लोवल प्रतियोगिता हो। , जसमा विद्यार्थीहरुले आफ्नो उद्यमशीलताको सोचलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। हल्ट प्राइज विजेतालाई १ मिलियन डलर (नेपाली १३ करोड दिइन्छ)।,
,
दुबईमा हुने हल्ट प्राइजमा नेपालको प्रतिनिधित्व पोखरा विश्वविद्यालयको टिमले गर्ने |
राजेश घिमिरे दुई दशकअघि चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर बस्तीबाट स्थानान्तरण भएर आउँदा शान्ति महतोको परिवारले धेरै सपना देखेको थियो।, उनीहरू हरेक दिन वन्यजन्तुको आक्रमण र बर्सेनि राप्ती नदीको बाढीले आजित थिए। बसाइँ सरेपछि कम्तिमा ती दुःखबाट पार पाउने आश थियो।, सौराहापारिको उक्त बस्ती सरकारले पदमपुर स्थानान्तरण आयोग गठन गरेर २०५२ सालदेखि भरतपुरबाट करिब दस किलोमिटर परको जंगल क्षेत्र (हालको कालिका नगरपालिका) मा सार्न थालेको थियो। यही क्रममा २०५८ सालमा स्थानान्तरण भएर यहाँ आइपुगेको थियो शान्तिको परिवार।, बसाइँ सरेर आए पनि उनीहरूलाई सुख भएन। दुःख पनि सँगै सरेर आयो। उता राप्तीको बाढीले आजित बनाउँथ्यो, यता वुङखोलाको डुवानले सताउन थाल्यो। यो अझै रोकिएको छैन।, 'राम्रो ठाउँमा आइयो, बाढीबाट जोगिने भयौं भन्ठानेको त खाना पकाएर खान पनि नसकिने ठाउँमा आइपुगिएछ,' शान्तिले भनिन्, 'वर्षायाममा खोलो घरभित्रै पस्छ। अन्न, भाँडा, बाख्रा, कुखुरा बगाउँछ। बाली नष्ट पारिदिन्छ। गिटी बालुवाले खेत बगरसरी बनाउँछ।', शान्ति महतो, उनी अहिले कालिका नगरपालिकाको कार्यपालिका सदस्य छिन्। बाढी, डुवानबाट प्रभावित शान्ति जस्ता सयौं परिवारलाई जोगाउन अहिले नगरपालिका नै लागिपरेको छ।, वुङखोला वर्षायाममा पहाडी क्षेत्रको भल बगेर आउने खहरे खोलो हो। विगतमा जंगलै जंगल हुँदै बग्ने यो खहरेको गन्तव्य पदमपुर बस्ती विस्तार भएसँगै हरायो। वुङखोलाले पदमपुरको ठूलो क्षेत्रमा सिँचाइ गर्छ। यहाँको पानी सिँचाइका लागि प्रयोग गर्न कुलोहरू बनाइएका छन्। तर ठूलो पानी पर्दा कुलोले थेग्दैन।, वुङखोलाले पदमपुरवासीलाई निदाउन पनि दिँदैन। घर, गोठ, खेत, सडकमा पसेर आजित बनाउँछ।, यो अवस्थाको अन्त्य गर्न कालिका नगरपालिकाले वुङखोला व्यवस्थित बनाउन थालेको छ। कालिका–७ मा पर्ने वुङखोलाबाट करिब सात सय मिटर लामो, तीन मिटर चौडाइको नहर खनेर पानीलाई थाङखोलामा झार्न लागिएको नगरपालिकाका मेयर विनोद रेग्मीले बताए।, जंगलभित्रबाट जोरकरम हुँदै वडा नम्बर–३ स्थित थाङखोलामा पानी झारेर खगेरी खोलामा मिसाउने तयारी गरिएको छ। वुङखोलाबाट थाङखोला हुँदै खगेरीको कामिनीघाटसम्मको दूरी साढे ६ किलोमिटर छ।, 'वुङखोलाले पदमपुरवासीलाई डुवानमा पारेर हैरान बनाएको थियो। १५ हजारभन्दा बढी मान्छेहरूलाई यसले डुवानको समस्या पार्ने गरेको छ। यो समस्या अन्त्य गर्न हामीले पानी बढी भएको समयमा थाङखोलातिर पठाउन लागेका छौं,' मेयर रेग्मीले सेतोपाटीसँग भने, 'आगामी वर्षदेखि यहाँ डुवानको समस्या अन्त्य हुँदैछ।', रेग्मीका अनुसार बाढी र डुवानको समस्या समाधान गर्न पदमपुर स्थानान्तरण आयोगले पनि वुङखोलाको पानी थाङखोलामा लैजाने गरी डिपिआर तयार पारेको थियो। तर अरू काम अघि बढ्न सकेको थिएन।, 'त्यही डिपिआरलाई आधार मानेर अहिले नगरपालिकाले काम अघि बढाएको छ,' रेग्मीले भने, 'अब वुङखोलाको पानी सिँचाइलाई आवश्यक पर्ने मात्रै कुलोतिर जान्छ। बढी भएको खगेरी खोलामा मिसिन्छ।', वुङखोला, वुङखोलाको पानी थाङखोलामा लैजान बनाइएको नहर। अनुगमन गर्दै कालिका नगरपालिकाका मेयरसहित जनप्रतिनिधिहरू।, नहर निर्माणसँगै अहिले थाङखोलाको साँघुरो क्षेत्र फराकिलो बनाउने, तटबन्ध र स्पर निर्माण गर्ने काम चलिरहेको छ। यो कामका लागि नगरपालिकाले ७० लाख र सिँचाइ डिभिजन कार्यालयले ३० लाख रूपैयाँ लगानी गरेका छन्।, कालिका–३ का पूर्व अध्यक्ष टीका रिजालको अध्यक्षतामा रहेको उपभोक्ता समितिले यो काम गरिरहेको छ। नहर खन्ने काम सकेर ढुंगा झार्ने, ग्याविङ, स्पर बनाउने, खोलालाई चाक्लो बनाउने काम भइरहेको उनले बताए।, वुङखोलाको पानी डाइभर्ट गर्न खोलामा करिब ८४ मिटर लामो ड्याम बनाउनुपर्छ। अहिले खोलाबाट करिब ५० मिटर भाग छोडेर नहर बनाइएको छ। अरू काम सकिएपछि मात्रै सुरूको ५० मिटर नहर खन्ने तयारी छ।, 'तल्लो क्षेत्रको सुरक्षाको उपाय गरेर मात्रै नहरमा पानी छाड्ने गरी काम गरिरहेका छौं,' रिजालले भने, 'खोला चाक्लो बनाएर तटबन्ध गरेर पानीको वहाव सजिलै जानसक्ने गरी मात्रै पानी पठाउँछौं।', कालिका–३ का वर्तमान वडाध्यक्ष वीरेन्द्र तामाङका अनुसार वुङखोलाले वडा नम्बर १, २, ३, ६ र ७ लाई असर पार्ने गरेको छ। सिँचाइलाई चाहिनेभन्दा बढी पानी अर्को खोलामा मिसाउँदा पदमपुरवासी डुवानबाट बच्ने उनले बताए।, 'बर्सेनि डुवानको समस्यामा परेकाहरूले राहत पाउँछन्। थाङखोला हुँदै खगेरीमा पुगेको पानीले पश्चिम चितवनको सिँचाइमा सहयोग गर्छ। भरतपुर महानगरपालिकासँग सहकार्य गरेर खगेरीमा पर्यटकीय गतिविधि सञ्चालन गर्ने सोच पनि छ,' तामाङले भने।, खगेरी खोला भरतपुर महानगरपालिकासँग पनि जोडिएको छ। यहाँको पानी रत्ननगर नगरपालिकाको टिकौलीबाट खगेरी सिँचाई आयोजनाको नहर हुँदै पश्चिम चितवनका खेतहरूमा सिँचाइका लागि प्रयोग हुन्छ। खगेरीकै पानीले रामसार क्षेत्रमा सूचीकृत बीसहजार ताललाई पुनर्भरण गर्नसमेत सघाएको छ।, वुङखोलाको पानी खसालिने थाङखोला।, थाङखोला र खगेरी खोलाको दोभान, थाङखोलाको प्रभाव वडा नम्बर २, ३, ४ र ५ मा पर्छ। तर वुङखोलाले जस्तो बस्ती, खेतमा पसेर यसले धेरै दुःख दिएको छैन। वुङखोलाको पानी मिसिँदा थाङखोला बढेर अझै समस्या निम्त्याउने हो कि भन्ने चिन्ता खोला आसपासका बासिन्दाको छ।, तर मेयर रेग्मी कसैलाई पनि असर नपर्ने गरी योजना सम्पन्न गर्ने बताउँछन्। उनले खोलामा तटबन्ध गरेर खेत, बस्तीलाई सुरक्षित बनाउने, सिँचाइका लागि आवश्यक परेको ठाउँबाट कुलो निर्माण गरेर पानी लैजाने बताए।, वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण पौडेलले स्थानीयवासीलाई वर्षौंदेखि परेको समस्या समाधानका लागि नगरपालिकाले गौरवको योजना बनाएर अघि बढाएको बताए।, वुङखोलाको बाढी नियन्त्रण हुने गरी अघि बढेको योजनाले स्थानीयवासी खुसी छन्।, कालिका–३ की ३८ वर्षीया गीता श्रेष्ठले २२ वर्षदेखि भोग्दै आएको डुवानको समस्याबाट अब मुक्ति पाउने आशा गरेकी छन्।, '२२ वर्षअघि जेठमा बिहे गरेर यहाँ आएकी थिएँ। असारमा त घरभित्रै कम्मरसम्म पानी भयो। कस्तो ठाउँमा आइपुगेछु भनेर रोएँ। त्यसयता हरेक वर्ष यस्तै भइरहेको छ,' श्रेष्ठले भनिन्, 'यसपालि यो समस्याको अन्त्य गर्न काम भइरहेको छ भन्ने सुनेकी छु। आशा गरौं अब त्यस्ता दिन आउने छैनन्, हाम्रो नयाँ जीवन सुरू हुनेछ।', नहरमा स्पेर निर्माण गरिँदै,
'अब त्यस्ता दिन आउँदैनन्, हाम्रो नयाँ जीवन सुरू हुन्छ भन्ने आश छ' |
रासस एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ।, नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको स्थानमा अभूतपूर्व परिवर्तन आएको देखिएको छ। , तीन हजार पाँच सय किलोमिटर लामो हिन्दकुश हिमालय शृङ्खलामा नेपालसहित अफगानिस्तान, बङ्गालादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठ मुलुक पर्दछन्।, हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भू-भागमा फरक–फरक रहने अध्ययनको प्रक्षेपण गरेको छ। यो शताब्दीको अन्त्यसम्ममा तीन डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान चार डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने आकलन गरिएको छ।, इसिमोडले सार्वजनिक गरेको ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ शीर्षकको अध्ययन प्रतिवेदनमा उच्च भूभागमा पानी जमेको क्षेत्र, पानी, जैविक विविधता, समाजको अन्तरसम्बन्ध र यसको प्रभावबारे समीक्षा गरिएको छ। , अध्ययनले पृथ्वीको तापमानमा भएको वृद्धिका कारण सन् २००० को दशकको तुलनामा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदीहरूको क्षयीकरणको दर ६५ प्रतिशतले बढिरहेको देखाएको छ।, हिउँ पग्लने प्रक्रियाका कारण यो शताब्दीको मध्यसम्म यो क्षेत्रमा पानीको मात्रा र प्रवाह अत्यधिक हुने र त्यसपछि क्रमशः अभाव हुँदै जाने आकलन अध्ययनमा छ। , अध्ययनका प्रमुख लेखक तथा इसिमोडका वातावरण वैज्ञानिक फिलिपस वेस्टरले भनेका छन्, ‘पछिल्लो सयवर्ष अवधिमा हामी हिमनदी गुमाउँदै छौं।’, हिउँ र बरफ पग्लिँदा यस क्षेत्रमा बसोबास गर्ने दुई अर्ब मानिसको जीवनयापन र विभिन्न प्रजाति लोप हुने खतरा रहेको अनुमान गरिएको छ। , उच्चतम उत्सर्जनको अवस्थामा ७४ प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको अमुदर्या नदी, ४० प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको इन्दुज नदी तथा ७७ प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको हेलमन्ड नदीमा पानीको प्रवाह नाटकीय हिसाबले घट्ने अध्ययनको आकलन छ। , हिन्दकुश हिमालय क्षेत्रबाट बग्ने १२ प्रमुख नदीका लागि हिमालय क्षेत्रको हिउँ र बरफ महत्वपूर्ण स्रोत रहँदै आएको छ। यी नदीले यस क्षेत्रका पहाडी भूभागमा बस्ने रु २४ करोड जनसङ्ख्यालाई स्वच्छ पानी तथा अन्य पारिस्थिकीय सेवा दिँदै आएका छन् भने तल्लो तटका एक अर्ब ६५ करोड मानिस यही स्वच्छ पानीमा आधारित छन्। , उच्चतम भू-भागमा हिउँ जमेको जमिन घट्दै जाँदा यसले धेरै पहिरो जाने र उच्चतम भूभागमा निर्माण भएका भौतिक संरचना संकटमा पर्ने, हिमतालमा विस्फोटको खतरा बढ्ने तथा विपद्का कारण ठूलो जनसङ्ख्या विस्थापित हुनेसमेत देखिएको छ।, ‘भविष्यमा हुने हानि तथा नोक्सानीलाई सम्बोधन गर्न र समुदायको अनुकूलन क्षमता बढाउन तत्काल अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय सहकार्य आवश्यक छ’, अध्ययनले भनेको छ।, इसिमोडकी उपमहानिर्देशक इजाबेला कोजिएलले भनेकी छन्, ‘हिन्दकुश र हिमालय क्षेत्रका हिमनदी पृथ्वीको प्रणालीको अभिन्न अङ्ग हुन्। यसलाई गुमाउँदा हुने नोक्सानीलाई हिसाब गरी साध्य छैन। विश्वले यो सङ्कटलाई रोक्न आवश्यक छ। तत्काल यो सङ्कट न्यून गर्ने प्रयासका साथै अनुकूलन कोषको आवश्यकता, पारिस्थिकीय प्रणाली, पुनःस्थापना तथा हानिनोक्सानीका लागि थप वित्तीय परिचालन आवश्यक देखिएको छ।’,
दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने खतरा |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशमा सार्वजनिक सवारीसाधनको अन्तर प्रदेशीय रूट अनुमति लिन अब बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको छ। , लुम्बिनी प्रदेश सरकारले अबदेखि जिल्लास्थित सबै यातायात व्यवस्था कार्यालयबाट रूट अनुमति लिने व्यवस्था मिलाइएको हो। मंगलबारदेखि सबै कार्यालयबाटै रूट अनुमति दिन थालिएको हो। , यसअघि अन्तर प्रदेशीय बाटो अनुमति संघीय सरकार मातहतमा रहेको बुटवलस्थित कार्यालयबाट मात्रै अनुमति दिँदै आएको थियो। , मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशन पछि मन्त्रालयले सबै यातायात कार्यालयबाट अनुमति दिन परिपत्र भएको हो। , यस निर्णयबाट राहत भएको र खुसी समेत भएको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताए।, ‘रुट अनुमति लिन बुटवल पुग्नु पर्दा हामी जस्ता व्यवसायीले सास्ती खेप्नु परेको थियो,’ उनले भने, ‘अब बल्ल संघीयताको मर्म अनुरूप सम्बन्धित जिल्लाका कार्यालयबाट सेवा पाउने आशा पलाएको छ।’ , प्रदेश मातहत कै यातायात कार्यालयबाट बाटो अनुमति सञ्चालन गर्न उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकेको छ। , मंगलबारदेखि कार्यान्वयन गर्ने गरी दाङ, बाँके, बुटवल सवारी कार्यालय र जिल्ला स्तरमा स्थापना भएका सबै यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिए। , मुख्यमन्त्री चौधरीले गुनासो बढेपछि सहजीकरण गर्न यस्तो व्यवस्था गरेको बताए। , व्यवसायीको माग बमोजिम यातायात सेवामा सहजता ल्याउन र प्रदेश सरकारको अधिकार पूर्ण रूपमा कार्यान्वयन गरिएको उनले बताए। , ‘अन्तरप्रदेशमा दर्ता भएका सवारी साधनको कर समेत अबदेखि सम्बन्धित सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयलयहरूबाट लिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘संघीयताको मर्म अनुरुप जति हुन्छ नजिकबाट सेवा प्रवाह हुनुपर्छ भन्ने मान्यता अनुरूप काम हुँदा सबै व्यवसायी खुसी भएको हुनुपर्छ।’, अबदेखि सबै यातायात कार्यालयहरूले भिआएस प्रणालीको प्रयोगका आधारमा पहुँच लिएर अन्तर प्रदेश दर्ता भएका सवारी साधनको कर लिनका लागि पनि परिपत्र गरिएको छ।,
संघीय कार्यालयबाट मात्रै सवारी रूट अनुमति दिने निर्णय लुम्बिनी सरकारले गर्यो बदर |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन्।, उनले महानगरका मेयर बालेन शाहको कार्यशैली र पद्धतिमा आफ्नो विचार मेल नखाएको भन्दै शिक्षा सल्लाहकार पदबाट राजीनामा दिएकी हुन्।, उनले मेयर बालेनको काम गर्ने पद्धति अलोकतान्त्रिक भएको र यसमा आफ्नो असन्तुष्टि भएको पनि बताइन्।, 'बालेनजीले आफ्नो कार्यक्षेत्रको दायराभन्दा धेरै बाहिर गएर काम गरिरहनुभएको छ। त्यस्तो नेतृत्वसँग मलाई काम गर्न डर लाग्छ र यो लोकतान्त्रिक पद्धति होइन,' अर्यालले सेतोपाटीसँग भनिन्, 'हामीले स्कुलहरूमा विद्यार्थीलाई कानुनी राज्यको शासन मान्नुपर्छ भनेर शिक्षा दिइरहेका हुन्छौं। म आफैंले शिक्षा क्षेत्रमा लामो समय काम गर्दा यही भन्दै आएको छु। तर बालेनजी कानुनविपरीत काम गर्दै हुनुहुन्छ। यसले बच्चाहरूमा राम्रो सन्देश जाँदैन।', मेयर बालेनले महानगर संघीय सरकारभन्दा ठूलो हो भन्ने हिसाबले काम गरिरहेको उनले बताइन्।, 'शिक्षा मन्त्रालयबाट अनुमति लिएर शैक्षिक मेला आयोजना गर्दा गैरकानुनी भनेर प्रहरीले बत्ती निभाएर रोकिदिने?' उनले प्रश्न गरिन्, 'यदि गैरकानुनी हो भने शिक्षा मन्त्रालयले कसरी अनुमति दियो? यो सबै बुझेर संयमित भएर काम गर्नुपर्नेमा धावा बोल्ने हिसाबले काम गर्नुभयो।', केही दिनअगाडि महानगरले भृकुटीमण्डपमा चलिरहेको शैक्षिक मेला बन्द गराएको थियो।, बालेनका क्रियाकलाप समाजप्रतिको आफ्नो मूल्यमान्यता विपरीत भएको हुँदा चित्त नबुझेको उनले बताइन्।, 'म शिक्षाविद मात्रै होइन,' उनले भनिन्, 'समाज कस्तो हुनुपर्छ भनेर पनि सोच्छु। अलोकतान्त्रिक पद्धतिमा गएर काम गर्ने र पपुलर नेतृत्व भएको कारण विशेषगरी बच्चाहरूले उहाँलाई आदर्श ठान्छन्। उहाँ भने आफ्नो अधिकार क्षेत्रको कुरा छाडेर, अधिकार क्षेत्रभन्दा बाहिर गएर पपुलिस्ट काम गरिरहनुभएको छ।', महानगरमा पनि प्रशासनिक काममा भन्दा सामाजिक नियन्त्रणमा बालेन धेरै हाबी भएको र उनको झुकाव पनि यसमै धेरै भएको उनले बताइन्।, 'साइकल, गाडामा सामान बेचेर गुजारा चलाउनेहरूलाई लात्ता हान्ने?' उनले प्रश्न गरिन्, 'नियन्त्रणका नाममा उनीहरूको रोजीरोटी खोस्ने?', पछिल्लो समय भारतीय फिल्म 'आदिपुरूष' को विवादका कारण पनि आफूले राजीनामा दिनु उपयुक्त भएको उनले बताइन्। अर्यालको परिवार सिनेमा हल व्यवसायमा छ।, 'फिल्मको विषय मेरो घरपरिवारसँग जोडिएको छ। एकातिर घरबाट मुद्दा लड्ने, अर्कातिर म महानगर भनेर बस्दा स्वार्थ बाझिन्छ,' उनले भनिन्, 'त्यसैले पनि राजीनामा दिएकी हुँ।', अर्याललाई गत वर्ष भदौमा महानगर कार्यपालिका बैठकले शिक्षा सल्लाहकार नियुक्त गरेको थियो।, अर्याल सामाजिक अभियन्ता हुन्। उनले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्।, सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो।, अर्याल टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य पनि हुन्। उनले पाँच वर्ष अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। उनी अहिले नेतृत्व परिषदको सदस्य छिन्।, सन् २०१७ सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उनी फुलब्राइटको कार्यकारी निर्देशक थिइन्। उनी हवेली आउटडोर लर्निङ सेन्टरका संस्थापक निर्देशक पनि हुन्।,
काठमाडौं महानगरको शिक्षा सल्लाहकारबाट रेशु अर्यालले दिइन् राजीनामा |
मन्दिरा घिमिरे ‘अब हामीलाई हरेक शुक्रबार स्कुलमा बाहिरबाट मिसहरू आएर कसरी मेकअप गर्ने सिकाउनुहुन्छ नि ममी,’ आमाले पुलुक्क छोरीको अनुहार हेरिन्, कुरा सुनिरहिन्। , ‘अबदेखि शुक्रबार बुकको भारी ब्याग पनि लग्नुपर्दैन, होमवर्क पनि हुँदैन ममी!’ उनी मुसुक्क हाँसिन्।, स्कुलमा किताबको पढाइ नहुने र नयाँ कुरा सिक्न पाउने खबरले हौसिएकी छोरीको मुहार देखेर आमा दंग थिइन्। , केही साताअघि शुक्रबारको दिन छोरीलाई लिन जाँदा त्रिपुश्वरस्थित विश्व निकेतन स्कुलबाहिर आमा-छोरीबीच भएको संवाद हो यो।, यही शैक्षिक सत्रदेखि काठमाडौं महानगरपालिकाका सबै विद्यालयमा हरेक शुक्रबार 'बुक फ्रि डे' लागू भएको छ। बुक फ्रि डे लागू गर्न महानगरले 'पाइलटिङ'को रूपमा कक्षा ९ का विद्यार्थीलाई विभिन्न ९० घण्टाको पाठ्यक्रम तयार पारी सीपमूलक तालिम दिँदै आएको छ। जसमा कृषि तथा सहरी खेती, सौन्दर्य तथा केश श्रृंगार, काष्ठकला, प्लम्बिङ, सिलाइ-बुनाइ, मूर्तिकला लगायतका सीप विद्यार्थीलाई सिकाउने काम भइरहेको छ। , सधैं झोला भरी किताब बोकेर जाने विद्यार्थीहरू अहिले शुक्रबार बिनाकिताब स्कुल जान पाउँदा मख्ख छन्। तिनै मध्येकी एक हुन् पद्मकन्यामा अध्ययनरत कमला भण्डारी।, ‘पहिले सधैं किताब बोकेर स्कुल आउनुपर्थ्यो अनि किताबबाट मात्र पढाइ हुन्थ्यो,’ सिलाइ सिकिरहेकी कमलाले भनिन्, ‘कहिलेकाहीँ अल्छी पनि लाग्थ्यो। तर अहिले पढाइसँगै सीप पनि सिक्न पाइरहेका छौं। अहिले स्कुल आउन एकदमै रमाइलो र खुसी लाग्छ।’, अहिले कमला सिलाइ-बुनाइ सिक्दै छन्। पहिले स-साना लुगाहरू च्यातिँदा पनि टेलरमा पुग्ने आजभोलि उनी आफैं लुगा सिलाउँछिन्। , ‘अहिले कसरी मेसिन चलाउने भनेर आउँछ,’ उनले भनिन् , ‘पेटीकोट कसरी काट्ने-सिलाउने भनेर पनि सिकेँ। अब त घरमा आफैं सिलाउन सक्छु।’, उनले स्कुलमा भइरहेको तालिममै लुगा हेबिङ गर्न, टाँक घर राख्न, खिप राख्न लगायतका काम सिकेकी छिन्। स्कुलमा सिकेको सीपमूलक तालिम जीवनमा उपयोगी बन्ने उनको भनाइ छ। , यस्तै विश्व निकेतन माध्यमिक विद्यालयमा अध्ययनरत इशा बरालले प्लम्बिङ सिकिरहेकी छन्। उनले कसरी पाइपहरू काट्ने, विभिन्न किसिमका पाइपहरू कसरी जोड्ने भनेर सिकिरहेकी छन्। , ‘मैले स्कुलमा धारा, पोलिथिन, सिटी-भिसी पाइपहरू कसरी जोड्ने, खानेपानीको मोटर कसरी जडान गर्ने, कस्तो कस्तो ठाउँमा राख्ने र कसरी प्रयोग गर्ने भनेर सिकेँ,’ प्लमर सिकिरहेकी इशाले भनिन्, ‘पहिले साना-साना कामलाई समेत मान्छे बोलाउनुपर्थ्यो। अहिले सानो काम पर्दा बनाउने मान्छे बोलाउनु परेको छैन। धारा चुहिँदा आफैं फेर्छु।’, यस्तै, अर्को कक्षाकोठामा केही विद्यार्थीहरू मूर्तिकला सिकिरहेका थिए। मूर्तिकला सिक्दा बनाइएका घर, नेमप्लेट, बास्केट, उल्लु, खरायो लगायतका कोठामा कुनामा सुकाउन राखिएको दृश्य देखिन्थ्यो। , ‘अहिले मान्छेको मूर्ति कसरी बनाउने भनेर सिकिरहेका छौं,’ मूर्तिकला सिकिरहेकी एक विद्यार्थीले भनिन्, ‘पहिले पढाइ-पढाइ हुँदा अल्छी लाग्थ्यो। अहिले विभिन्न क्रियाकलापहरू हुँदा स्कुल आउन पनि जाँगर चल्छ।’, कक्षा ९ का विद्यार्थीहरूले बुक फ्रि डे का दिन रूची लगाएर सीपमूलक तालिम सिकिरहेको विश्व निकेतन विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। , ‘शुक्रबार कक्षा ९ का बाहेक अन्य विद्यार्थीहरूलाई विभिन्न क्रियाकलाप गराउने गरेका छौं,’ उनले भने, ‘अन्य कक्षाका विद्यार्थीलाई हस्तलेखन, चित्रकला, निबन्ध लेखन, हाजिरीजवाफ प्रतियोगिता, नृत्य, गायन लगायत गराउने गरेका छौं। दिनहुँ प्रयोग हुने विभिन्न कुराहरू सिकाउने गरेका छौं।’, यस्तै, कक्षा १० का विद्यार्थीलाई भने सैद्धान्तिक ज्ञानसँगै मेल खाने प्रयोगात्मक सीपहरू सिकाउने गरेको उनी बताउँछन्।, बुक फ्रि डे सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र सोही अनुसार भौतिक पूर्वाधार नहुँदा खर्चिलो र कठिनाइ भएको उनको जिकिर छ। , ‘सीपमूलक तालिमका लागि जस्तो किसिमको कोठाहरू चाहिन्छन्, त्यस्ता कोठाहरू हामीसँग छैनन्,’ उनले भने, ‘सीपमूलक तालिमका लागि आवश्यक सामग्रीको व्यवस्थापन नहुँदा कठिनाइ हुने गरेको छ।’, विद्यार्थीहरू नयाँ सीप सिक्दा एकदमै चासो दिएर सिक्ने गरेको प्रशिक्षक संगीना खड्गी बताउँछिन्। , ‘पढाइसँगै सीप सिक्न पाइयो भनेर विद्यार्थीहरू एकदमै दंग हुनुहुन्छ,’ उनले भनिन्, ‘तर कार्यक्रम अलि ढिला सुरू भएको र असार मसान्तभित्रै क्रेडिट आवर सक्नुपर्ने बाध्यताले अलिकति कठिनाइ छ।’, क्रेडिट आवर असार मसान्तसम्म सक्न गाह्रो हुने हुँदा बिदाका दिन पनि कक्षा सञ्चालन गरिरहेको उनले बताइन्। , ‘शनिबार एकदिन आराम गर्न पाए हुन्थ्यो भनेर विद्यार्थीहरूले कुरा गर्नुहुन्छ,’ उनले भनिन्, ‘तर पनि जिज्ञासा राखेर बिदाको दिनसमेत सीप सिक्न आउनुहुन्छ।’, अहिले कक्षा ९ का विद्यार्थीलाई पनि शुक्रबारै शिक्षामा सीप तालिम दिइरहेको महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए। , 'बुक फ्रि डे र शिक्षामा सीप तालिम भिन्न हुन्,' उनले भने, 'शिक्षामा सीप तालिम अहिले कक्षा ९ लाई मात्र दिइएको छ। जुन प्लस टु सम्मका विद्यार्थीलाई दिइने गरी विस्तार गरिनेछ। तर बुक फ्रि डे सबै तहका विद्यार्थीका लागि हो।', महानगरले यो आर्थिक वर्ष शिक्षामा सीप तालिमका लागि दुई करोड बजेट विनियोजन गरेको थियो। जुन कार्यक्रम अहिले महानगरका ५६ वटा विद्यालयमा सञ्चालन भइरहेको उनले बताए। , यस्तै महानगरले अतिरिक्त क्रियाकलापका लागि विनियोजन गरेको एक करोड बजेट नै बुक फ्रि डेमा प्रयोग गरिएको छ। यस कार्यक्रमका लागि महानगरका ९९ वटा विद्यालयमा एकदेखि दुई लाखसम्म बजेट दिएको छ। , यसरी बुक फ्रि डेका दिन पाएको ज्ञान सीपले विद्यार्थीहरूमा विद्यालय जान रूची बढेको छ। अर्कोतिर नयाँ सीप सिक्न उनीहरू उत्तिकै उत्साहित र हर्षित छन्। यो कार्यक्रमको निरन्तरता भए विद्यालयमा विद्यार्थीहरूले जीवन उपयोगी सीप सिकेर पछि आफ्नो रूचीको क्षेत्रमा काम गर्न सहज वातावरण सृजना हुने र बजारमा श्रम क्षेत्रमा समेत योगदान दिनेछन्। त्यसपछि विद्यार्थीहरूले पनि श्रमको सम्मान गर्नुपर्छ भन्ने बुझ्नेछन् र उक्त भाव सानैदेखि उत्पन्न हुनेछ। ,
'बुक फ्रि डे' मा सिकेको सीप: घरको धारा चुहिँदा आफैं फेर्छन्, लुगा आफैं सिलाउन सक्छन् उनीहरू (भिडिओ) |
सबिना श्रेष्ठ त्यति बेला प्रविधिको विकास भएको थिएन। न मान्छे पढेलेखेका थिए। सीप र दक्षता भने मानिसमा भरपुर थियो। त्यही भएकाले उनीहरू नौला प्रयोग गरिरहन्थे। त्यसलाई हाम्रो वरिपरि रहेका कला, सम्पदा, संस्कृतिमा खुला संग्रहालय जसरी हेर्न र अनुभव गर्न सक्छौं।, त्यसैको उदाहरण हो, पाटनमा रहेको नरसिंह मन्दिर।, यो मन्दिरको विशेषता के हो भने, यसमा धेरै प्रकारका इँटा प्रयोग भएका छन्। अहिलेसम्म पहिलो तहमा १०८ प्रकारका भेटिइसके। सबै गर्दा पाँच सयभन्दा बढी प्रकारका भेटिने अनुमान छ।, ती इँटा के–कस्ता छन् र तिनीहरूको विशेषता के हो भनेर बताउनुअघि तपाईंहरूलाई यो मन्दिरको ऐतिहासिक पृष्ठभूमि बताउँदै छौं।, नरसिंहलाई भगवान विष्णुको दस अवतारमध्ये एक मानिन्छ। मल्लकालमा यही नाम भएका ललितपुरका एक शासक (महापात्र) थिए नरसिंह मल्ल।, उनका दुई भाइ पनि थिए, पुरन्दरसिंह र उद्धवसिंह। उनीहरूका बुवा विष्णुसिंहले आफ्नो राजकाजपछि यी तीन छोरालाई ललितपुरमा शासन गर्ने जिम्मेवारी दिएका थिए।, जब नरसिंहको मृत्यु भयो, तब उनका भाइ पुरन्दरसिंह शोकमग्न भए। अनि उनकै नाम जोडेर यो मन्दिर स्थापना गरे। १५७५ साल, नेपाल सम्वत ७१० कार्तिक शुक्ल द्वितीयाका दिन उनले यो मन्दिर निर्माण गराएका थिए।, 'पूर्व दिशामा फर्केको यो मन्दिरको अभिलेखमा नरसिंहलाई शिरोमणि, धर्मात्मा, ज्ञानी, विवेकी, राम्रा बुद्धि भएका दानी र इन्द्रीयलाई वशमा राख्ने धैर्यशाली राजाका रूपमा पुरन्दरसिंहले आफ्ना प्रशस्ति लेख्न लगाएका छन्,' नेपाल भाषाका प्राध्यापक राश जोशीले आफ्नो किताब 'ललितपुर राजदरबार' मा लेखेका छन्, 'ललितपुरमा वैष्णव सम्प्रदायको विकास मध्यकालमा मात्र भएको थियो। वैष्णव सम्प्रदायभित्र पर्ने नरसिंह अवतारलाई ललितपुर राजदरबार परिसरमा विशेष मान्यता दिइएको छ।', ग्रन्थकुट शैलीमा निर्माण भएको नरसिंह मन्दिरलाई पुरन्दरसिंहले दरबारको सम्मुख स्थापना गर्न लगाएका थिए। जोशीका अनुसार दाजु नरसिंहको नाममा निर्मित यस मन्दिरमा आकर्षक मूर्ति छ। यहाँ करिब तीन फिट अग्लो आठ हाते नरसिंहको मूर्ति छ जो क्रोधित भई मुख बाएको मुद्रामा देखिन्छन्। उनले खड्ग, शंख, चक्र, गदा, बज्र लगायत समाएका छन्। अन्य नरसिंहका मूर्तिजस्तो यहाँ हिरण्यकश्यपलाई चिरेको भने छैन।, यो मन्दिरको भित्ता, टुँडाल, बाहिरी पर्खाल, झ्याल सबै इँटा र ढुंगाले बनेका छन्। मन्दिरमा चारैतिर ढोका छन्। भित्र पस्न भने एउटा ठाउँबाट मात्र मिल्छ। पुरन्दरसिंहले नरसिंहका नाममा बनाएको भए पनि स्थानीयवासीहरू मन्दिरमा नरसिंह नाचको मुख्य मुखुण्डो गाडेको स्थानको रूपमा यो मन्दिरलाई लिन्छन्।, 'कात्तिक नाचका बेला नरसिंह नाच नचाउँदा सुरूसुरूमा फिटकिरीको मुखुण्डो लगाउनुपर्छ भनिन्थ्यो। एकपटक मुखुण्डो लगाई नरसिंह नाचेका बेला उनको क्रोधित मुद्रा देखेर दैत्य बनी नाच्ने चित्रकार थरका व्यक्तिको मृत्यु भएछ। त्यसपछि उक्त मुखुण्डो यही मन्दिरमा राख्न लगाएको भनाइ छ,' राश जोशीले आफ्नो किताबमा लेखेका छन्।, जनश्रुतिअनुसार नरसिंहको मुखुण्डो मन्दिरमा राखेपछि गजुर माथिबाट उड्ने चराचुरूंगी समेत मर्न थाले। त्यसपछि भने उक्त मुखुण्डोलाई घोप्टो पारेर राखियो ताकि त्यो रौद्र रूपले नतर्साओस्।, लेखक आर.एम. बेर्नियरले भने आफ्नो किताब 'द टेम्पल्स अफ नेपाल' नरसिंह नाचका बेला प्रयोग हुने मुखुण्डो यो मन्दिरमा नभई गजेन्द्रमोक्ष नारायण मन्दिरमा राख्न लगाएको र त्यसलाई सानो नरसिंह मन्दिर भनिएको उल्लेख गरेका छन्।, 'नरसिंह मन्दिरका लागि पुरन्दरसिंहले खलबुँमा पाँच रोपनी, नमीखाबुँमा पाँच रोपनी र वेलखबुँमा चार रोपनी जग्गा आयस्ता राखिदिएका थिए। हाल उक्त खेत कहाँ पर्छ भन्ने यकिनसाथ भन्न सक्ने अवस्था छैन,' राश जोशीले लेखेका छन्, 'पुरन्दरसिंहले जनताको श्रद्धा जित्न एक पाथी चामल, एक करूवा चिउरा र बत्ती बालेर नित्यपूजा गर्नुपर्ने, वर्ष बन्धनका लागि एक कतरा दही, चार कतरा दूध र घिउले अभिषेक गरी एक दाम दक्षिणा पनि दिनुपर्ने रीति चलाएका थिए। हाल यो चलन बन्द भइसक्यो।', मन्दिरमा प्रयोग भएका इँटाको प्रकार पहिचान गरिएको तस्बिर। सौजन्यः रोहित रञ्जितकार, ललितपुरका तीन शासकमध्ये उनै पुरन्दरसिंहले यो मन्दिर निर्माण गराएको केही समयपछि आफूलाई ललितपुरको राजाको रूपमा स्थापित गरेका थिए। पुरन्दरसिंहले शासनको बागडोर सम्हालेर ललितपुरमा स्वतन्त्र राज्य सञ्चालन गरेको कान्तिपुरका तत्कालीन राजा शिवसिंह मल्ललाई भने चित्त बुझेको थिएन। त्यसैले उनले ललितपुरमा आक्रमण गरी पुरन्दरसिंहलाई हराए। त्यसपछि आफ्नो छोरा हरिहरसिंहलाई पाटन राज्य सुम्पिदिए।, हरिहरसिंहको मृत्युपछि उनकी रानी लालमतीले ललितपुरलाई कान्तिपुरबाट स्वतन्त्र बनाइन्। उनले आफ्नो छोरा सिद्धिनरसिंह मल्ललाई पाटनको राजा बनाइन् जो पाटनका एक चर्चित राजा थिए।, नरसिंह मन्दिर र पाटन राज्यको संक्षिप्त इतिहासपछि अब हामी यस मन्दिरमा भएका सयौं प्रकारका इँटाबारे चर्चा गरौं।, कुनै सिधा, कुनै घुमाउरा, कुनै गोला, कुनै अर्धगोलाकार, कुनै चेप्टा, कुनै लाम्चा, कुनै छोटा, कुनै पातला, कुनै बाक्ला!, मन्दिरको कुनै एक कुनामा गहिरिएर हेर्ने हो भने मात्र पनि तपाईंले यस्तो संरचना देख्न सक्नुहुन्छ।, प्रायः मन्दिरमा एकै प्रकारका र एकै आकारका प्राचीन इँटा प्रयोग भएका हुन्छन्। नरसिंहजस्तो ग्रन्थकुट शैलीका मन्दिरमा भने यस्ता थरीथरी इँटा प्रयोग हुने काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) का निर्देशक रोहित रञ्जितकार बताउँछन्।, 'यो मन्दिरमा प्रयोग भएका विभिन्न प्रकारका इँटाहरूले गर्दा नै काम जटिल भएको हो,' उनले भने, 'मन्दिरमा चाहिने इँटा बनाउन दिँदा एउटै खालको बनाएर हुँदैन। त्यसो गर्दा सबै तहलाई काम लाग्दैन। इँटाको लम्बाई अनि त्यसको कोण मात्र हेर्दा पनि धेरै फरक छ। इँटामा राम्ररी काम गरिएन भने मन्दिरको स्वरूप नै बिग्रिने सम्भावना छ।', बाहिरबाट झट्ट हेर्दा त्यति क्षति नदेखिए पनि नियालेर हेर्दा मन्दिर जीर्ण छ। विशेषगरी भित्र चारैतिर पिलरका रूपमा राखिएको काठ मक्किएको छ। यहाँ हालसम्म 'स्काफ फोल्डिङ' (संरचना अड्याउन फलामे रडहरू राख्ने काम) मात्र भएको छ।, केभिपिटीको टोलीले मन्दिरको एउटा कुना खोलेर हेरेको थियो। त्यसरी हेर्दा त्यसभित्रको काठ मक्किएर पूरै धूलो भइसकेको रहेछ।, मक्किएको काठ देखाउँदै रञ्जितकारले हामीलाई भने, 'बाहिरबाट हेर्दा त राम्रै देखिन्छ तर भित्र सबै खोक्रो भइसक्यो। यो पिलर झन् घाम पर्ने भागको हो। घाम नपर्ने अरू पिलर त कति बिग्रिएका होलान्!', त्यसैले यो मन्दिरलाई जीर्णोद्धार गरेर मात्र पुग्दैन। सम्पूर्ण अवस्था हेर्न मन्दिर तलैबाट भत्काएर बनाउनुपर्छ। नबिग्रिएका पुराना केही इँटा प्रयोग गर्न मिल्छ।, मन्दिरका कतिपय भागमा सेतो प्लास्टर गरिएको छ। यो मल्लकालीन संरचनाको विशेषता होइन। यस्तो प्लास्टर राणाकालमा व्यापक हुन्थ्यो। राणाकालमा नरसिंह मन्दिर मात्र होइन, शंखमूलमा रहेको जगतनारायण मन्दिर, काठमाडौंको जगन्नाथ मन्दिर, कुमारी घर लगायतमा पनि सेतो प्लास्टर लगाइएको थियो। ती सबैको प्लास्टर सन् १९७५ तिर निकालिएको रञ्जितकारले बताए। नरसिंह मन्दिरमा रहेको बाँकी प्लास्टर पनि पुनर्निर्माण क्रममा हटाइनेछ।, यो मन्दिरलाई पहिले भत्काउन नपर्ने होला भन्ने सोचेर जीर्णोद्धार गर्न २० लाख रूपैयाँ बजेट अनुमान गरिएको थियो। काम गर्दै जाँदा भत्काउनै पर्ने अवस्था भएकाले लागत बढ्ने देखिएको छ। , 'सबैभन्दा धेरै पैसा त इँटामै लाग्छ होला। यो त्यति ठूलो मन्दिर होइन। इँटा भयो भने त मन्दिर बन्न धेरै समय लाग्दैन,' उनले भने, 'सबै सामान भयो भने ६ महिनाभित्रै काम सकिन्छ।', इँटाको काम सकिन किन ढिला त?, यो मन्दिरको थोरै भाग अध्ययन गर्दा नै १०८ प्रकारका इँटा फेला परेका छन्। बाँकी भागका इँटाको त गन्ति नै सकिएको छैन।, इँटा बनाउन भक्तपुर, थिमीमा रहेको दक्षिणबाराही उद्योगलाई दिइएको छ। रञ्जितकारका अनुसार यो एउटै मात्र उद्योग हो जोसँग मन्दिरमा चाहिने प्राचीन शैलीका इँटा बनाउने दक्षता छ।, दक्षिणबाराही उद्योगका सञ्चालक हिराकाजी महर्जनले इँटाको प्रकार धेरै भएकाले नै बनाउन ढिलो भएको बताए।, 'मन्दिरको डिजाइन हेरेर अहिलेसम्म दुई सय प्रकारका इँटा बनाइसक्यौं। तर यस मन्दिरमा करिब पाँच सय प्रकारका इँटा प्रयोग हुन्छ,' उनले भने, 'यस्तो खालको बनाउँछु भनेर मात्र पनि नहुने रहेछ। यसमा तन, मन, धन सबै लगाउनुपर्छ। हामीले जतिसक्दो चाँडै काम सक्ने प्रयास गरिरहेका छौं।', त्यस्तै यहाँ चाहिने इँटा आकारअनुसार बनाएर मात्र हुँदैन। यहाँका धेरै इँटा बुट्टेदार छन्। विभिन्न कलाकृति कुँदिएको छ। अहिले बनाउने इँटामा पनि यो सबै काम गर्नुपर्छ। एउटै इँटा बनाउन दुई-चार दिनसम्म लाग्छ। यसको लागत पनि बढी पर्छ। , समय र लागत दुवै धेरै पर्ने भएकाले हाल काम सुस्त भइरहेको छ। सुरूआती बजेटले नपुग्ने भएपछि थप रकम कहाँबाट जुटाउने भन्ने निश्चित भइसकेको छैन। केभिपिटीका निर्देशक रञ्जितकारले अब थप बजेटका लागि महानगरपालिकासँग पुनः कुरा गर्ने तयारी रहेको बताए।, बजेट व्यवस्थापन र इँटा बनाउने काम सकिएपछि भने मन्दिर पुनर्निर्माण हुन धेरै समय नलाग्ने उनी बताउँछन्।,
दाजुको सम्झनामा भाइले बनाएका थिए सयौं प्रकारका इँटा भएको मन्दिर |
सेतोपाटी संवाददाता प्रहरीले एक दर्जन भन्दा बढी ठगी मुद्दाका फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए। , प्युठानका ४२ वर्षीय गोपाल भन्ने इश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको हो। , उनले विभिन्न सामाजिक संजालको प्रयोग गरी गौमुखी ग्रुप अफ इन्ड्रष्ट्रिज प्रालि, बागमती सप्लायर कम्पनी प्रालि लगायत कम्पनीको विज्ञापन गरेका थिए। , ती कम्पनीबाट सस्तोमा रड, सिमेन्ट लगायत हार्डवेयर सामानहरू दिने बताउँथे। बैंक खातामा पैसा जम्मा गराएपछि भने उनी सम्पर्कबिहीन भएर फरार हुन्थे। , यसरी ठगी गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई मंगलबार काठमाडौं रामशाहपथबाट पक्राउ गरेको हो। , एसपी मिलन केसीका अनुसार उनीविरूद्ध यही एउटा मुद्दामात्रै भने होइन्। उनी यस्ता ठगीका एक दर्जन बढी मुद्दाका फरार प्रतिवादी हुन्। उनीविरूद्ध कार्यालयमा मंगलबारमात्रै तीन वटा जाहेरी परेको हो। , असार १ गते वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो। , त्यस्तै, गत माघ २३ गते ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनबाट पक्राउ पुर्जी जारी भएको थियो। गत पुस २८ गत ईलाका प्रहरी कार्यालय तुलसीपुरले र गत कात्तिक २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट पुर्जी जारी भएको थियो।, गत चैत २२ गते जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरमा ठगी कसुरको जाहेरी परेको थियो।, परिसरमा २०६७मा नागरिकता किर्ते/ठगी मुद्दा, २०७२ सालमा ठगी तथा जबरजस्ती करणी, २०७६ सालमा वैदेशिक ठगी कसुर र कपिलवस्तुमा २०७८सालमा वैदेशिक ठगी कसुरका मुद्दा चलेको कार्यालयले जनाएको छ। , बाँके, प्युठान, दाङ, चितवन, पर्सा, सुनसरीबाट बैंकिङ कसुरमा मुद्दा चली धरौटीमा रिहा भएका थिए। , उनी पछिल्लो समय भारतको लखनउमा बस्दै आएका थिए। हालसम्म उनले ९८ लाख बढी रकम ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ,
दर्जन भन्दा बढी ठगी मुद्दाका फरार व्यक्ति पक्राउ |
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। , हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।, साथै देशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। , आज देशभर आंशिक देेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। , दिउँसो कोशी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि छ। , महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। , राति कोशी, बागमती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , देशभरको बदली हुने हुँदा पश्चिम नेपालका तराईका भूभागमा तापक्रम घट्ने सम्भावना रहन्छ।, पश्चिम नेपालमा न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेकाले मनसुन प्रवेश गर्न सकेको छैन। न्युन चापीय क्षेत्र विस्तारै कमजोर भएको र यसको प्रभाव सकिएपछि मनसुन प्रवेेश गर्ने मौसमविद्हरूले बताएका छन्।, ,
मौसम पूर्वानुमान्: कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका–९ नमूना नगरस्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा उपभोक्ताले तालाबन्दी गरेका छन्। , आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताले बुधबार तालाबन्दी गरिदिएका हुन्। , संस्थाका सचिव दशरथ वलीले भने गलत कुरालाई राजनीतिक रूपमा उछाल्न खोजिएको तर्क गरे।, ‘हिजो हामीसँग चुनावमा प्रतिस्पर्धा गरेका दलका नेताहरूले गलत कुरालाई राजनीतिक मुद्दा बनाएर उछाल्न खोजिरहेका छन्,’ उनले भने, ‘काम गर्नेका लागि पेश्की रकम दिएको कुरालाई हिना भनेर राजनीतिक मुद्दा बनाउन खोज्नु गलत हो।’, काम सकिएपछि पेश्की लगेकाहरूले रकम फिर्ता गर्ने उनले बताए।, ‘पेश्की दिएको कुरालाई हिनामिना गरे भन्ने कुरा गलत हो,’ उनले भने, ‘त्यही कुरामा जिद्दी गरेर बुधबारदेखि हामीसँग पराजित भएकाहरू आएर कार्यालयमा तालाबन्दी गरेका छन्।’, यो संस्थाका अध्यक्ष चन्द्रकान्त शर्मा खरेल, सचिव वली र उपाध्यक्ष केशव सापकोटा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। , संस्थामा तालाबन्दी गरिएकोबारे तीन वटा वडाका वडाध्यक्षहरूलाई जानकारी दिइएको सचिव वलीले बताए। , ‘संस्थाले वडाध्यक्षहरूलाई घटनाबारे जानकारी दिँदै हिनामिना भए अनुसन्धान होस् र यदि राजनीतिक मुद्दा बनाउन खोजिएको हो भने सम्बन्धितलाई कारबाही होस् भन्ने माग गरेका छौं’, सचिव वलीले भने,‘समितिलाई कुनै जानकारी वा सूचना नदिई एकाएक गएर गलत ढंगबाट तालाबन्दी गर्ने कार्य स्वीकार्य हुन सक्दैन।’, आफ्नै संगठन र पार्टीप्रति आस्थावान भए पनि केही असन्तुष्ट पदाधिकारीका चलखेलका कारण यो सबै भइरहेको भन्दै सचिव वलीले त्यस्ता रोगका बारेमा पार्टीमा कुरा हुने बताए। , तर, सचिव वलीले शुक्रबार नै राजनीतिक दलहरूको बैठक बोलाएर ताल्चा खोल्ने विश्वास दिलाए। , ‘पेश्की लगेका साथीहरूले असार मसान्तसम्म रकम जम्मा गर्नु पर्ने थियो,’ सचिव वलीले भने, ‘तर, यति कुरा सार्वजनिक भएपछि भोलि ११ बजेभित्रै पेश्की लगेका साथीहरूलाई रकम जम्मा गर्न लगाउँछौं र राजनीतिक दलहरूको परामर्शपछि ताला खोल्ने छौं।’ , कांग्रेसबाटै निर्वाचित संस्थाका उपाध्यक्ष केशव सापकोटाले भने गलत कुरा भएको हुँदा उपभोक्ताले ताल्चा लगाउनु स्वाभाविक भएको तर्क गरे। , खाता सञ्चालन गर्ने अधिकार कार्यसमितिले सचिव र कोषाध्यक्षलाई प्रदान गरेको भन्दै उपाध्यक्ष सापकोटाले कुनै पनि आर्थिक निर्णय गर्दा कार्यसमितिमा कुरा ल्याई छलफलपछि मात्रै म्यान्डेट पाई चेक काट्नु पर्ने नियमविपरीत मनोमानी पेश्की दिने काम भएको बताए। , ‘हामी नौ जना कार्यसमिति सदस्यमध्ये छ जनालाई केही थाहा छैन ,’ उपाध्यक्ष सापकोटाले प्रश्न गरे, ‘अध्यक्ष, सचिव र कोषाध्यक्ष मिलेर मनपरी गरेकोलाई बदमासी मान्ने कि नमान्ने ?’ , पेश्की दिँदा विधानको नियमविपरीत संस्थाको खातामा भएको पैसा कसैलाई पनि जानकारी नगराइ मनपरी गरेको पाइएको उपाध्यक्ष सापकोटोले बताए। , उनका अनुसार कोषाध्यक्ष केशव वलीको नाममा दुई पटक गरी १५ लाख, सचिव दशरथ वलीको नाममा एक लाख र अध्यक्ष चन्द्रकान्तको नाममा ३० हजार रकम निकालेको देखिएको बताए। , अध्यक्ष चन्द्रकान्तको नाममा पाँच लाख ३० हजार गएको देखिए पनि पाँच लाख जम्मा गरिसकेको र अझै ३० हजार अध्यक्षको नाममा गएको देखिएको उपाध्यक्ष सापकोटोले दाबी गरे। , ‘गत वैशाखको मिटिङमा हामीले थाहा पाएर यो कुरा उठाउँदा गल्ती भयो अर्को मिटिङ बस्नु पूर्व नै पैसा जम्मा गर्छौं भनेका थिए,’ उपाध्यक्ष सापकोटोले भने, ‘तर अहिलेसम्म पनि उनीहरूले रकम जम्मा गरेनन् त्यसैले सचेत उपभोक्ताले ताला लगाएका हुन्।’, संस्थाको पैसा ब्याजको लोभमा व्यक्तिलाई पेश्की दिन नमिल्ने उपाध्यक्ष सापकोटाले बताए। , ‘ब्याजका लागि पेश्की स्वरूप रकम दिएको भनेर आज उनीहरूले आफ्नो बचाउ गर्दै आएका छन्,’ सापकोटाले अगाडि भने, ‘संस्थाको पैसा यसरी व्यक्तिलाई ब्याजमा लगाउन कहाँ पाइन्छ। उनीहरूले गलत गरेकै हुन्।’, उपाध्यक्ष सापकोटाले बाहिर आएको कुरा सत्य भएको पनि दाबी गरे। , सापकोटा नेकपा एकीकृत समाजवादीबाट नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका व्यक्ति हुन्।, कोषाध्यक्ष केशव वलीले भने तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए।, संस्थाको नेतृत्व चुन्न भएको निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मोर्चा बनेको थियो भने नेकपा एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपा लगाएको चुनावी गठबन्धन बनेको थियो। , खानेपानीको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा भिडेर पराजित भएका भिमकान्त बस्याल (संगीत) ले संस्थाको नियमविपरीत कार्यसमिति भित्रका केही पदाधिकारीले मिलेमतोमा पेश्की लगेको हुँदा त्यसको विरोधका तालाबन्दी गरिएको जानकारी दिए। , गत वर्ष साउन १ गते उनीहरूले पेश्की लगेको र एक वर्षदेखि २० लाख बढी रकम अपचलन गरेको स्पष्ट भएको हुँदा तालाबन्दी गर्नु परेको बताए। , ‘त्योबाहेक सामान खरिद प्रक्रिया र खर्च प्रणाली पनि पारदर्शी छैन,’ उनले भने, ‘कोटेसन आह्वान गरी गर्नुपर्ने काम मनपरी भएको देखिएको छ।’, यी सबै कुराको छानबिन होस् भन्ने उद्धेश्यले ताल्चा लगाएर निवेदन दिइएको उनले बताए।, संस्थाका पूर्व कोषाध्यक्षहरू समेत रहेका भिमकान्त बस्याल (संगीत) , विजय मल्ल, जितबहादुर खड्का सहितको टोलीले संस्थाको कार्यालयमा तालाबन्दी गरेको थियो।, उनीहरूले संस्थाको रकम अनियमिततामा संलग्नहरूलाई कारबाहीको मागसहित तुलसीपुर उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर वडा नं. ३ , ८ र ९ को कार्यालय र खानेपानी डिभिजन कार्यालय दाङलाई समेत बोधार्थ पत्राचार गरेका छन्।, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था २०५० सालमा स्थापना भएको थियो। , संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ , ८ र ९ का उपभोक्ताहरूलाई खानेपानी उपलब्ध गराउँदै आएको छ।,
अनियमितताको आशंकामा तुलसीपुरको खानेपानी संस्थामा तालाबन्दी |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ। , बुधबार उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई उक्त मेला नरोक्न आदेश दिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।, 'हिसानलाई शैक्षिक मेला गर्न बाटो खुलेको छ', उनले भनिन्।, एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो।, सोमबार महानगरले शिक्षा मेलामा रोक लगाएकोविरूद्ध हिसानको तर्फबाट उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरिएको थियो।, ,
काठमाडौं महानगरले रोक लगाएको शैक्षिक मेला गर्न बाटो खुला |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।, जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो।, दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षीया बालिका बर्षा केसी रहेकी छन्।, उनको बाँया खुट्टामा गम्भीर चोट लागेको छ। अन्य सबैको अवस्था सामान्य रहेको जानकारी प्रहरीले जानकारी दिएको छ। घाइतेमध्य ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका हुन्।, घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।, त्यस्तै रुकुममै भएको अटो रिक्सा दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।, बुधबार बेलुका सवा ५ बजे रा १ ह ६३७१ नम्बरको अटो दुर्घटना हुँदा चालक पर्सा जिल्लाको डोरे नगरपालिका – ४ का सेकेन्दर दास घाइते भएका छन्।, राप्ती अटो पार्टस दाङको घोराहीबाट गएका दास अटोमा एक्लै सवार थिए।, रुकुम पूर्वको भूमे गाउँपालिका – ५ शेरावाङका सुरेन्द्रं कामीले अटोको किस्ता बुझाउन नसकेपछि घोराहीबाट खटिएका टासले अटो खोसेर दाङ तर्फ ल्याउने क्रममा दुर्घटनामा परेका थिए।, राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ४ बोहोरागाउँ नजिकै बाट अटो २० मिटर तल खसेपनि सालको रुखमा अड्किएर जोगिएको प्रहरीले बताएको छ। घाइतेलाई थप उपचारका लागि दाङ ल्याइएको छ।,
रुकुम पश्चिममा जीप दुर्घटना, ८ जना घाइते |
रासस ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।, गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ।, सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए।, सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ। बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ।, सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन्। तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको उनले बताए।, बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन्। एक जनाको सोही दिन शव फेला परेको थियो। सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो। एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ। ,
बाढीपहिराले ताप्लेजुङका ८१ विद्यालय बन्द |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.