content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता देशभरका दलित जनप्रतिनिधिहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ।, आइतबार काठमाडौंमा सम्पन्न दलित संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको तेस्रो राष्ट्रिय सम्मेलनले जेठ २१ र २२ गते देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।, सम्मेलनले दलित जनप्रतिनिधिको राष्ट्रिय भेला सम्पन्न गर्नका लागि नीलकण्ठ नगरपालिका, धादिङका उपप्रमुख दीपक विश्वकर्माको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ। , समितिमा देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि सदस्य छन्।   , भेलामा दलित समूदायबाट प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई पर्यवेक्षक र कार्यपालिका सदस्य र वडासदस्यहरुलाई प्रतिनिधिका रुपमा बोलाइने आयोजक समितिका संयोजक विश्वकर्माले जानकारी दिए।, जनताको जनजीववनसँग जोडिएको स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई दलित समूदायको सवालमा स्पष्ट पार्न, सशक्तिकरण गर्न, दलित मैत्री  नीति कार्यक्रमको सकारात्मक सिकाइ आदानप्रदान गर्न र स्थानीय तहमा भएका स्रोत साधनलाई दलित मैत्री नीति कार्यक्रम र बजेटसँग जोड्ने उद्धेश्यका साथ दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्न लागिएको  विश्वकर्माले जानकारी दिए। , भेलामा देशभर  तीन नगरप्रमुख, ८ उपप्रमुख, ६ गाउँपालिका अध्यक्ष, ७ उपाध्यक्ष, १२८ वडाध्यक्ष र कार्यपालिका सदस्य गरी करिब १८ सय प्रतिनिधि सहभागी हुनेछन्। भेलामा जनप्रतिनिधिहरूलाई संविधान प्रदत्त दलित अधिकारहरूको विषयमा प्रशिक्षण दिइनेछ।, दलित समुदायको स्थानीय सवाल, समस्या पहिचान  र केन्द्रिकृत गर्दै हल गर्न आवश्यक रणनीति योजना बनाउनका साथै विकासमा एकरूपता र छुवाछुतमुक्त घोषणलााई व्यवहारमा नै कार्यान्वयन गराउन भेलाको आवश्यकता र महत्व रहेको विश्वकर्माले बताए। ,  , देशभरका दलित जनप्रतिनिधिको राष्ट्रिय सम्मेलन जेठमा हुँदै
सविता बुढा तराईको जिल्ला भनिए पनि कैलालीकै चुरे गाउँपालिका प्रदेश राजधानी हुदै घण्टौं पहाड चढेपछि पुगिन्छ।, खुटीया दिपायल सडक बने चुरेको धेरै जनसंख्यालाई यातायात पुग्थ्यो। अहिले सहजपुरबाट गाउँपालिकाको कार्यालय पनि सरेको छ। सहजपुरबाट पालिका कार्यालयसम्म पुग्न राम्रै बाटो छ। घोडथरबाट भासु गाउँ र सायलसम्म जान भने निकै कठिन हुने गरेको स्थानीयहरुको भनाई छ। , चुरे गाउँपालिका–१ को भासुगाउँमा ९ घरधुरी छन्। भासुकी २९ वर्षीय रत्ना पुनमगरले १८ वर्षको उमेरमै बिहे गरेकी थिइन्। उनले पहिलो सन्तान २० वर्षको उमेरमै जन्माइन्। पहिलो गर्भ चेकजाँचका लागि उनी एक चोटी मात्रै धनगढी गएकी थिइन्। गाउँका सुडेनीबाट उनले घरमै बच्चा जन्माएकी थिइन्।, त्यसपछि उनको दोस्रो सन्तान २३ वर्षको उमेरमा भयो। दोस्रो गर्भ पनि उनले जतिपटक चेक गर्नुपर्ने हो त्यति गर्न नसकेको बताउँछिन्। , दुई छोरीको जन्मपछि उनी २७ वर्षको उमेरमा फेरि तेस्रो पटक गर्भवती भइन्। तेस्रो पटक भने उनले स्वास्थ्यमा पहिलो भन्दा गर्भको चेकजाँच चार पटक गरेकी थिइन्।, दुई छोरी र एक छोरा गरी तीन सन्तानकी आमा बनेकी उनलाई अब सन्तानको रहर पुरा भइसकेको छ। फेरि बच्चा जन्मिए गाह्रो हुने भन्ने डरले उनलाई चिन्ता लाग्छ। गर्भ बसेर फाल्ने भन्दा गर्भ बस्न नदिन बाटो अपनाउन उनलाई उत्तम लाग्छ। तर, गर्भ बस्न नदिन विकल्प अपाउन आफ्नो दम्पत्तीलाई कठिनाइ रहेको उनी बताउँछिन्।, उनका अनुसार परिवार नियोजनको अस्थायी साधन गाउँमा पाइदैन। कण्डम लिन पनि तीन घण्टा हिँडेर जानुपर्छ। किनेर पनि कण्डम नपाइने गाउँमा परिवार नियोजनका साधन प्रयोग गर्न नपाइएको उनको भनाइ छ। वस्ती नजिकै स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य चौकी नभएर समस्या भएको उनको भनाइ छ। , ‘हेल्थपोष्टजान तीन चार घण्टा लाग्छ, स्वास्थ्य सेवीका कहाँ जान  पनि तीन घण्टा लाग्छ, निजि मेडीकल भने एक घण्टा जति लाग्छ। हामी दिनभरी काममा खटिनेहरूलाई त्यति टाढा गएर कण्डम ल्याउन समय हुँदैन,’ उनले भनिन्।, परिवार नियोजनको अस्थायीको साधनको प्रयोगबारे थाहा पाएपनि विकट र स्वास्थ्य संस्थाको पहुँचमा आफुहरू नपुग्दा प्रयोग गर्न समस्या भोगिरहनु परेको उनको भनाई छ। , अस्थायीका साधन प्रयोग गर्न नसकेर नचाहेर पनि उनको चौथो पटक फेरि दुई महिना अघि गर्भ बस्यो। बच्चा हुर्काउन कठिनाइ हुने भन्दै यस पटक भने उनले त्यो गर्भलाई फाल्ने सोच गरिन्। , उनले धनगढीबाट कसैसित प्रतिबन्धित गर्भ फाल्ने पिल्स मेडिकलबाट किनेर सेवन गरिन्। औषधीले उनलाई महिनौं सम्म असर गर्याे। महिनौं दिनसम्म रगत बग्ने समस्या भयो। त्यहि कारण उनी घरभित्र एक महिना सम्म थला परिन्। रत्नालाई सुरक्षित गर्भपतनबारे अहिले थाहा त भयो, तर त्यो सेवा लिने ठाउँ नजिक छैन। , सहजपुरमा सरकारबाट सुचिकृत गरिएको निशुल्क सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था छ तर बाटोका कारणले उनलाई सहजपुर जानै समस्या छ। वर्षामा त झन् पल्लो डाँडासम्म पनि पुग्न गाह्रो हुन्छ।, ‘सुरक्षित गर्भपतन गर्ने ठाउँ जानै समस्या छ, बाटो छैन, त्यहाँ कहाँ बस्ने कहाँ खाने, पैसा छैन, धेरै झन्झट गर्नुभन्दा औषधि खान सहजहोला सोचें, तर धेरै गाह्रो भयो,’ उनले भनिन्।, गत महिना भासुकै ३० वर्षीय कल्पना घर्तीमगरले पनि असुरक्षित गर्भपतन गर्दा झण्डै मृत्युको मुखमा पुगेकी थिइन्। उनका चार छोराछोरी छन्। तर, उनी फेरि गर्भवती भइन्। उनले १४ हप्ताको गर्भलाई फाल्न मेडिकलबाट पिल्स सेवन गरिन्। तर पिल्स खाएर गर्भ फाल्न उनलाई धेरै असहाय पीडा भयो। महिनौं दिनसम्म उनलाई रगत बग्ने समस्या देखा पछि अस्पताल गएपछि अहिले उनी केहि ठिक भएकी छिन्। , कल्पनाले जस्तै चुरे गाउँपालिका-१ कै सायलकी १६ वर्षीय एक किशोरीले पनि लाज हुने भन्दै घटना लुकाइन्। स्कुल पढ्ने बेलादेखl प्रेममा रहेकी उनको गर्भ बसेछ। उनीहरू बिहे गरिहाल्न चाहँदैनथे। परिवारले थाहा पाएपछि जबरजस्ती उनीहरूको बिहे गराइयो।, अहिले त्यही गर्भका कारण पढाइ छोडेकोमा उनलाई पछुतो लागेको छ। सुरक्षित गर्भपतन सेवाबारे थाहा पाएपछि उनी त्यो सेवा आफूले उहिल्यै लिनुपर्ने रहेछ भन्ने लाग्छ। , चुरेका महिला तथा किशोरीहरूले प्रजनन् स्वास्थ्य सेवाको अभावमा थुप्रै समस्या भोग्नुपरिरहेको बताए। किशोरावस्थामै बिहे हुने, कलिलै उमेर बच्चा जन्माउनु पर्ने, स्वास्थ्य संस्था टाढा हुने र सुत्केरीको हेचाह नहुनाले उनीहरुले दिर्घकालिन रोगको सिकार हुनुपरेको छ।, परिवार नियोजनका साधनको प्रयोग गर्न नपाउँदा अनिञ्छीत गर्भ बस्ने र त्यहि गर्भलाई असुरक्षित तरिकाले फाल्दा महिलाहरूले पाठेघर नै गुमाउनु परेको पनि छ। , भासु गाउँकै हिमा रोकामगरले यस्ता थुप्रै घटनाबारे देखे सुनेको बताइन्। उनी २७ बर्षकी भइन्। स्नातक पढ्ने उनी अरु किशोरीहरुसित मिलेर गाउँमा यौन तथा प्रजनन् स्वास्थ्यबारे महिलाहरुलाई आफूले जानेका कुरा सिकाउने गर्छिन्। उनले जलवायु परिवर्तन, असुरक्षित गर्भपतन, परिवार नियोजनका तरिकाबारे विभिन्न संस्थाले दिने तालिममा पनि जाने गरेकी छन् भने वडा कार्यालय र गाउँपालिकासित पनि कुरा राख्ने गरेकी छन्। , आइपास र फाया नेपालले सहयोग गरेपछि उनलाई गाउँका महिलालाई सुरक्षित गर्भपतनबारे सिकाउन सहज भएको छ। हिमा गाउँकी शिक्षिका पनि हुन्।, ‘हाम्रो वडामा म, एकजना कल्पना बहिनी र एकजना दिदी मिलेर असुरक्षित गर्भपतन गर्दा के के समस्या हुन्छ, सुरक्षित गर्भपतन सेवाका फाइदाबारे सिकाउने गर्छाै,’ उनले भनिन्।, उनले पहिला पहिला गाउँमा जडीबुटीबाट पनि असुरक्षित गर्भपतन गरेको देखेकी थिइन्। असुरक्षित गर्भपतनका कारण कतिपय ज्यानै गुमाउनु परेका घटना देख्दा उनको अहिले पनि मन पोल्छ। आफ्नै घरमा आमाले गर्भरोक्न र गर्भपतन गर्न जडीबुडी सेवन गर्दा पाठेघर गुमाउनु परेको हिमा सुनाउँछिन्। , हिमाले गाउँका महिलाहरुलाई महिनामा दुई पटक भेला हुन खबर गर्छिन‍। महिलाहरू जम्मा भएपछि उनीहरुका भोगाई र अहिलेको सुविधाबारे कुरा हुन्छ।  , ‘गर्भपतन सम्बन्धी कतिपय महिलाहरूको धारणा फरक फरक छ। कतिपयले गर्भपतन गर्नु पाप हो भन्ने पनि गर्छन्,’ उनले भनिन्।, हिमा र उनका साथीहरूले गरेको कामले गाउँमा महिनापिच्छे चलाउने यस्ता छलफलमा सहभागी कतिपय महिलाहरू विगत भन्दा हाल सचेत भइसकेका छन्। उनीहरु सचेतनाको कार्यक्रम निरन्तर रहोस् भन्ने चाहन्छन्। तर अहिले थाहा भएका सुविधा राज्यका तर्फबाट गाउँसम्म पुगाउने काम भइदिए हुन्थ्यो भन्ने उनीहरूको आश छ।, विकटका महिला प्रजनन् स्वास्थ्यबारे सिक्दैछन्, तर पाउँदैनन् सरकारी सेवा
रासस दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। , जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए।, दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए। , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए।, ‘दुम्लिङबाट प्रहरी टोली घटनास्थलमा गएको छ, खोजी कार्य जारी छ,’ उनले भने। , तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता
सेतोपाटी संवाददाता कैलालीको गेटामा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , गोदावरी नगरपालिकाको गेटा ट्राफिक चेक पोष्ट नजिकै दुर्घटना हुदाँ एक जनाको मत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षिय भोजराज भट्टको मृत्यु भएका हो।, गाडीमा सवार अन्य ५ जना घाइते भएका छन्। घाइतेहरू दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका –६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षिया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ।, घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। हरिद्धारबाट आएको उक्त गाडी आफैं अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।, कैलालीको गेटामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। , शनिबार दिउँसो व्याँस गाउँपालिका-२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए।, साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुालका डिएसपी जगत गाहामगरले जानकारी दिए।, उनका अनुसार अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५०० मिटर टाढा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।, तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका पुरूषको शव फेला
सेतोपाटी संवाददाता काठमाडौंमा दुई वटा छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , बा.प्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका-७का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो। , दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। , मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार जारी छ। , यस्तै चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल सिजी गेट अगाडि बा ५ ख ७००४ नम्बरको हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको थियो। , प्रदेश ०३-०२०औ०१३ प ९१८ नम्बरको मोटरसाइकल सोही गाडी मुनी छिरेको थियो। , उक्त दुर्घटनामा भने पाल्पाको तानसेन नगरपालिका-३ घर भएका २२ वर्षीय रसिक रामजालीको शनिबार बिहान मृत्यु भएको हो। , दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सेतोपाटी संवाददाता विराटनगरमा शनिबार भएको झडपमा कम्तीमा १० जना घाइते भएका छन्।, छ जना प्रहरी र चार जना पहिचानवादी आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ। , तर, कोशी नाम खारेजी माग गर्दै आएको संयुक्त संघर्ष समितिले भने आन्दोलकारी नै छ जना घाइते भएको दाबी गरेको छ। , यसअघि चैत ५ को आन्दोलनको क्रममा घाइते भई निधन भएका पदम लिम्बूको शव प्रदर्शनका क्रममा विराटनगरमा झडप भएको थियो। , मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार प्रदर्शनकारीले रोडसेस चोक नजिक मुख्यमन्त्री कार्यालय अगाडि निषेधाज्ञा तोडेपछि झडप भएको हो।, झडप सुरू हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएको प्रहरीले दावी गरेको छ। , एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ।, यस्तै आन्दोलनकारीतर्फ घाइते भएका झापाको शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ। आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ।, एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो। यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन्। उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ।, विराटनगर झडपमा कम्तीमा १० जना घाइते
मन्दिरा घिमिरे नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोएट आइडल’ को विजेता बनेपछि निलम गुरूङको व्यस्तता अहिले बढेको छ। शुक्रबारमात्रै नेपालकै पहिलो पोएट आइडल बनेकी निलमलाई अहिले अन्तर्वार्ता दिनमै फुर्सद छैन।, उनले‍ पोएट आइडलको विजेता बनेर ‍१० लाख नगद र पाँच लाख बराबरको पुस्तक सम्झौता पुरस्कार पाएकी छन्।, सिक्किममा जन्मेर हुर्किएकी ३१ वर्षीया निलम आइडलको टाइटल जित्दा एकदमै खुसी भएको बताउँछिन्।, ‘टाइटल जित्न पाउँदा एकदमै खुसी भएकी छु,' उनी भन्छिन्, 'अब भने प्रतिस्पर्धा सुरू भएको छ। किनभने अब कसरी यो उपाधिलाई न्याय दिने र कसरी आफ्ना कविताहरूलाई अझ राम्रो बनाएर अगाडि लैजाने भन्ने चुनौती र जिम्मेवारी थपिएको छ।’ , कुनै पनि उपाधिमात्र जितेर केही नहुने उनी जिकिर गर्छिन्। साहित्य क्षेत्रलाई कसरी अगाडि बढाएर उपाधिलाई न्याय दिन सकिन्छ भनेर लाग्नुपर्नेमा उनी जोड दिन्छिन्। , निलमले कविता लेख्न थालेको नौ वर्ष भयो। पहिलोपटक स्कुलबाट घर फर्किंदा एउटा नानीले पैसा माग्‍दा हात खुट्टा छ काम गरेर खानुपर्छ भनेर भन्दा ती बच्चाले आफ्नो कथा सुनाउँदा मन छोएको उनी बताउँछिन्। , 'सामान्य हातखुट्टा भएका मानिसले पैसा माग्दा हामीले काम गरेर कमाउनुपर्नेमा जोड दिन्छौं,' उनी भन्छिन्, 'मैले पनि त्यसबखत त्यही भन्दा उसले आफ्नो आमा भर्खरै बितेको बताएकी थिइन्।', त्यसबेला उनले 'सानो बेलाको व्यथा' कविता लेखेको बताइन्।, पोएट आइडलले नै सिक्किमदेखि नेपाल ल्याइदिएको उनी बताउँछिन्। , 'पहिलेदेखि नै नेपाल आउने इच्छा थियो,' उनी भन्छिन्, 'पोएट आइडलले नै त्यो सौभाग्य जुराइदियो।', निलम कविता पुग्नपर्ने भुइँमान्छेमा पुग्न नसकेको जिकिर गर्छिन्। पहिले सुरूआतीका चरणमा आफ्ना भावनाहरू पोख्न मात्र कविता लेख्थिन्। तर बिस्तारै कविले लेखेका कविताले समाज परिवर्तन गर्न सक्ने हैसियत राख्ने बुझिन्। त्यसपछि उनमा कविताप्रति मोह झन् बढ्दै गयो। अनि कविताबारे अध्ययन गर्न थालिन्।   , 'पहिलेदेखि सिर्जना गर्न रूचाउने भएता पनि कलेज पढ्ने बेलासम्म पनि मलाई कुनै कविताले प्रभावित गर्न सकेको थिएन,' उनी भन्छिन्, 'सायद मैले पढ्न नरूचाएर पनि होला। कविताले जुन चर्चा र परिचर्चा पाउनुपर्ने थियो त्यो पाएको थिएन र मैले कविता पढ्नुपर्छ भनेर थाहा पाइनँ।', सिक्किममा निलम कक्षा १० सम्मका विद्यार्थीलाई पढाउँछिन्। उनी शिक्षण पेशामा लागेको ६ वर्ष भयो। निलम आफूले पाएको उपाधि आफ्ना विद्यार्थीमार्फत् प्रस्तुत गर्ने योजना रहेको बताउँछिन्। यस्तै समय-समयमा पहिलेझैं कविता दर्शकस्रोता समक्ष पस्किरहने उनको भनाइ छ। , हेर्नुस्, निलम गुरूङको भिडिओ स्टोरी :, उपाधि जितेकी निलमको 'पोएट आइडल' यात्रा (भिडिओ)
राजेश घिमिरे वातावरण संरक्षणमा क्रियाशील शिक्षक तथा विद्यार्थीहरूको सम्मेलनले जैविक विविधता र पर्यावरण संरक्षणका लागि इको क्लबलाई थप प्रभावकारी बनाउनुपर्ने निचोड निकालेको छ।, पृथ्वी दिवसको अवसर पारेर विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल (सेन्स) नेपालले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा शनिबार चितवनको सौराहामा इको क्लब सम्मेलन गरेको थियो। यो सम्मेलनमा १४ वटा जिल्लामा विद्यालयहरूमा रहेका इको क्लबमा आवद्ध विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए।, सेन्स नेपालका केन्द्रीय अध्यक्ष दिनेशचन्द्र गौतमले विद्यार्थीमार्फत परिवार हुँदै समुदायलाई संरक्षणमा प्रेरित गर्न इको क्लबको औचित्य थप बढेको बताए।, 'विद्यार्थीलाई पर्यावरण, प्राकृतिक स्रोत, साधन र यीसँगको सह–सम्बन्धबारे जानकारी गराउन र वन्यजन्तुको महत्वबारे सिकाउन सकियो भने उनीहरूमार्फत यो कुरा परिवारमा पुग्छ। त्यसले समाजलाई जैविक विविधताबारे सिकाउँछ,' गौतमले भने, 'प्रकृतिसँगको खेलवाड बढ्दै जाँदा विपदहरू आइरहेका छन्। विपदसँग जुध्न क्षमता र सीप चाहिन्छ। यसका लागि बालबालिकालाई समयमै सिकाउनुपर्छ। हामीले त्यही गरिरहेका छौं।', विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङ जैविक विविधतामाथि चुनौती बढ्दै जाँदा यसको संरक्षणमा विद्यार्थीको भूमिका बढाउँदै लैजानुपर्ने बताउँछन्।, 'मान्छेको कारण बागमती प्रदूषण भयो। बेलैमा ध्यान नदिने हो भने राप्ती, बुढी राप्ती, नारायणी पनि त्यस्तै बन्छ,' डा. गुरूङ भन्छन्, 'नदी, खोला फोहोर फाल्ने ठाउँ होइन। यहाँ फोहोर फाल्यो भने धेरै प्राणीको अस्तित्व संकटमा पर्छ। यसले पर्यावरणमा असर पार्छ भनेर बालबालिकाले समुदायमा कुरा पुर्‍याउन सक्छन्।', लामो बैंकिङ करिअरपछि युवाको नेतृत्व विकासमा क्रियाशील अनिल केशरी शाहले पृथ्वीको स्वास्थ्यमा परिरहेको असरलाई सुधार गर्न सबैले भूमिका आवश्यक पर्ने बताए। विद्यालयमा अध्ययन गर्ने बालबालिका सहभागी हुने इको क्लबले पृथ्वीलाई जोगाइराख्न काम गर्न सक्ने उनले बताए।, 'पृथ्वीको अवस्था खलबलिरहेकाले यसको सुधारका लागि विद्यार्थीमार्फत समुदायलाई सचेत बनाउने अभियान निकै प्रभावकारी हुन्छ,' उनले भने, 'यो अभियानले पृथ्वीलाई माया गर्न सिकाउँछ।', विद्यालय पाठ्यक्रममा वातावरण संरक्षण शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले २०७५ कात्तिक १५ गते हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका जारी गरेको थियो। मन्त्रालयका सह–सचिव दीपक शर्माले निर्देशिका जारी भएर केही ठाउँमा लागू भए पनि कोरोना महामारीका कारण पूर्ण कार्यान्वयन हुन नसकेको बताए। सौराहा भेलाले यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई दबाब पनि दिएको छ।, विद्यालय पाठ्यक्रममा गत वर्षसम्म माध्यमिक तहसम्म स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय अनिवार्य थियो। तर अहिले यो विषयलाई हटाइएको छ। सामाजिक विषयको पुस्तकमा वातावरणबारे सामान्य विषय मात्रै समावेश छ।, सेन्स नेपालका सचिव वासुदेव भट्टराईले जैविक विविधतामाथि चुनौती बढ्दै जाँदा यो विषय नै हटाउँदा संरक्षणमा असर पर्न सक्ने बताए।, '१४ जिल्लाका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन, सिमसार, तालहरू आसपासमा रहेका विद्यालयहरूमा सेन्स नेपाल र इको क्लबले वातावरण संरक्षणका लागि प्रयास गरिरहेको छ। तर सबैतिर यो प्राथमिकतामा परेको छैन,' उनले भने, 'हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका कार्यान्वयन भए त्यसमार्फत बजेट आउने र कार्यक्रम प्रभावकारी हुने थियो।', सम्मेलनमा बागमती, मधेस र लुम्बिनी प्रदेशको शिक्षा मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी थिए। कार्यक्रममा उत्कृष्ट इको क्लब र वातावरण संरक्षणका लागि उत्कृष्ट सृजना गर्ने इको क्लबहरूलाई सम्मान गरिएको थियो।, नेपालमा अहिले १४ जिल्लाका ५३२ वटा विद्यालयमा इको क्लबहरू छन्। ती क्लबमा ३ लाख ५० हजार बढी विद्यार्थीहरू संलग्न रहेको उपाध्यक्ष पुष्पराज मरहट्टाले बताए।, करिब तीन दशकअघि बर्दियाको जगदम्बा माविमा पहिलो इको क्लब गठन भएको थियो। उक्त क्लबका अध्यक्ष दिपेन्द्र बडुवाल थिए। संस्थापक अध्यक्ष बडुवालले क्लबले आफूलाई संरक्षणमा लाग्न प्रेरणा दिनुको साथै नेतृत्व विकासमा पनि सघाएको बताए। उनी अहिले कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश व्युरोका प्रमुख छन्।, सेन्स नेपाल चितवनका अध्यक्ष भिमलाल आचार्यले देशमा राजनीतिक, सामाजिक परिवर्तन मात्रै नभएर संरक्षण पनि महत्वपूर्ण रहेकाले यसमा विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आएको बताए। चितवनको चित्रशेन माविका शिक्षक आचार्यले संरक्षण शिक्षाले मध्यवर्ती क्षेत्र नजिक बस्ने समुदायको चेतनाको स्तर विकासमा धेरै सघाएको बताए।, 'पहिले विद्यार्थी विद्यालय जाँदा हातमा गुलेली पनि हुन्थ्यो। खोलामा विष हालेर माछा मार्ने चलन थियो। अहिले यस्तो असाध्यै कम देखिन्छ,' उनले भने, 'अभिभावकले उनका छोराछोरीले भनेको सजिलै मान्ने रहेछन्। अरूबाट भन्दा विद्यार्थीमार्फत कुरा पुर्‍याउन सजिलो हुने रहेछ।', इको क्लबमार्फत वातावरण संरक्षण अभियान प्रभावकारी बनाइने
सेतोपाटी संवाददाता ललितपुरको गोदावरीमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार बिहान गोदावरी नगरपालिका-६ टिकाभैरवस्थित सडकमा ४० वर्षीय मनि गुरूङको मृत्यु भएको हो। , पोखरा घर भई ललितपुर महानगरपालिका-५ मानभवन बस्ने गुरूङले चलाएको साइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए।, उनका अनुसार गुरूङ गोरेटो बाटोबाट १०० मिटर तल झरेका थिए। उनको पछि आइरहेका अर्का साइकलयात्रीले थाहा पाएर प्रहरीको हटलाइन नम्बर १००मा सम्पर्क गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो। , दुर्घटनापछि गम्भीर घाइते भएका गुरूङलाई मेडिसिटी अस्पताल लगिएको थियो। त्यसक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ,  , गोदावरीमा दुर्घटना हुँदा साइकलयात्रीको मृत्यु
रासस म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना बेपत्ता भएका छन्।, साथै दुई जनाको सकुशल उद्धार गरिएको छ।, आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ।, धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए।, हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन्।, अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्‍याएको शेरचनले बताए।, उनीहरू सेभेन समिट ट्रेक काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए।, उनीहरू जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए।, धवलागिरि हिमालमा एक बेपत्ता, दुईको उद्धार
सेतोपाटी संवाददाता बारा, तनहुँ र चितवनमा आज उपनिर्वाचन हुँदैछ।, उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदानको समय तोकिएको छ।, बिहानको मौसम देशभर सामान्यतया सफा रहेपनि अपराह्नपछि केही बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मौसमविद् गंगा नगरकोटीका अनुसार उपनिर्वाचन हुन लागेको चितवनमा आज दिनभर मौसम सफा रहनेछ।, तनहुँ र बारामा भने वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्। , उनका अनुसार तनहुँमा अपराह्नपछि वर्षाको सम्भावना देखिएको छ। बारामा पनि अपराह्नपछि वर्षा हुने सम्भावना देखिएको तर  अत्यन्त कम सम्भावना रहेको छ।, तीन जिल्लामा हावाहुरीको सम्भावना भने उच्च रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। , उपनिर्वाचन हुने तीन जिल्लामा यस्तो रहनेछ आजको मौसम
रासस बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरी सहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ।, वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।, सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो।, यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ।, यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर रायले बताए।, यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ।, भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास–२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउँछन्।, यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ।, पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ।, भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाह लगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ।, अक्षय तृतीया पर्व मनाइँदै
सविता बुढा कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ तुडेपानीकी १९ वर्षीय पुजा विकको गाउँबाट उनको स्कुल जान दुइटा बाटा छन्।, एउटा बाटोलाई उनीहरू माथिल्लो बाटो भन्छन्। यो बाटो गए केही बेरमै स्कुल पुगिन्छ। अर्को तल्लो बाटो छ। यो बाटो जाँदा स्कुल पुग्न डेढ घण्टा लाग्छ।, तुडेपानीका किशोरीहरू महिनावारी हुँदा स्कुल जाने गरेको बाटै फेर्न पर्थ्यो। सधैँ स्कुल जाने माथिल्लो बाटो फेरेर तल्लो हिँड्नु पर्ने उनीहरूको बाध्यता थियो।, बाटोमा देउताको थान भएकाले महिनावारी हुने महिलाहरू माथिल्लो बाटो हिँड्न नपाइने गाउँको नियम थियो। देउता रिसाउने डरले पुजा र अरू किशोरीहरू तलबाट घुमेर विद्यालय जान्थे।, पुजाले गएको वर्ष महिनावारी कसरी र किन हुन्छ भन्ने थाहा पाइन्।, उनी छर्लंग भइन्- महिनावारी भनेको पाप लाग्नु होइन रहेछ। महिनावारी स्वभाविक र प्राकृतिक प्रक्रिया रहेछ। महिनावारी भएपछि महिलाले बच्चा पाउन सक्ने रहेछन्।, यो कुरा उनले गैरसरकारी संस्था आइपास र फाया नेपालले चिसापानी आयोजना गरेको पाँच दिने तालिममा थाहा पाएकी हुन्। यौन तथा प्रजनन् स्वास्थ्यबारे दिइएको तालिमले आफ्नो आँखा खोलेपछि महिनावारीका बेला तल्लोबाटो हिँड्न उनले छोडिन्।, ‘आफूले आन को तान कुरा बुझेपछि र महिनावारी पाप होइन भन्नेमा विश्वास भएपछि पहिलेका व्यवहारमा परिवर्तन नगरी बस्नै सकिन्न रहेछ। नेपालगञ्जबाट फर्केर आएपछि म महिनावारी हुँदा तल्लो बाटो हिँड्न छोड्दिएँ,’ उनले भनिन्।  , आफूले मात्र हिँड्न छोडेकी होइनन्, गाउँका दिदीबहिनी साथीभाइलाई आफूले सिकेको कुरा बताइन्। उनीहरूलाई पनि महिनावारीका बेला उल्टो धेरै दु:ख पाइरहेको कुरा सम्झाइन्।, एक, दुई गर्दै उनलाई साथ दिनेको संख्या बढ्यो। अहिले उनका गाउँका अधिकांश किशोरीहरू महिनावारी भएको छोटो बाटो भएर स्कुल जान थालेका छन्।, ‘महिनावारी भएका बेला समाजमा गर्ने भेदभावमा पनि अहिले केही परिवर्तन भएको छ, यताउति जानु हुँदैन भन्थे पहिला, अहिले खासै रोकतोक छैन,’ उनले भनिन् ।, पुजाले तालिममा महिनावारीको बारेमा मात्र होइन महिलाहरूको अन्य यौन तथा प्रजनन् स्वास्थ्य समस्याबारेमा पनि बुझ्न पाइन्। महिनावारी, परिवार नियोजनका साधनको प्रयोग, सुरक्षित गर्भपतन महिलाको प्रजनन अधिकार जस्ता कुराहरू सिकेकी थिइन्।, त्यसपछि गाउँमा आएर आफूले सिकेको कुरा मानिसहरूलाई बुझाउन पनि लागिपरेकी छन्। , पुजाजस्तै अन्य ४ जना महिला र किशोरीहरूले गाउँमा प्रजनन् स्वास्थ्यबारे सिकाउने गर्छन्। गाउँभरिका महिला जम्मा पारेर एक ठाउँमा राख्छन् अनि आफूले जानेका कुरा भन्छन्। कति महिलाहरूले प्रश्न सोध्छन् उनीहरू उत्तर दिन्छन्। यस्तो कक्षा उनीहरूले १५ दिनको एक पटक गर्छन्। , सुरू सुरूमा उनीहरूले गाउँभरिका महिलालाई भेला पार्न गाह्रो हुन्थ्यो। धेरै आउँदा पनि आउन्नथे। जति आउँथे त्यतिलाई उनीहरूले सिकाउँथे। आफ्नो काम लाग्ने कुरा सिकाउने रहेछन् भनेर उनीहरूले नै सायद अरूलाई पनि सूचना दिए। त्यसपछि वैठकमा आउने महिलाहरूको संख्या बढ्न थाल्यो।, अहिले त एउटा कक्षामा उनीहरू महिनावारीमा कस्तो प्याड प्रयोग गर्ने, त्यसलाई कसरी सफा राख्ने, महिनावारी कसरी र किन हुन्छ भन्नेबारे आफूले जानेका कुरा अरूलाई सिकाउँछन्। गर्भ निरोधका उपाय के-के हुन्छन्। कुन-कुन विधिबाट गर्भनिरोध गर्न सकिन्छ भन्ने पनि उनीहरू महिलालाई सिकाउँछन्।, त्यस्तै कति वर्षको उमेरमा विहे गर्न मिल्छ, छिटो विहे गर्दा महिलालाई के-के बेफाइदा हुन्छन्, कति वर्षसम्म यौन सम्पर्क राख्न पाइन्न जस्ता कुरा उनीहरूको कक्षामा महिलाहरूले जान्न पाउँछन्।, गर्भपतन गर्नेको संख्या गाउँमा धेरै छ। तर कसरी गर्भपतन गर्ने भन्नेबारे महिलाहरूलाई कुनै ज्ञान थिएन। उनीहरू पुरूषको अनुमति भए जहिले बच्चा फ्याले पनि हुन्छ भन्ने सोच्थे। , तर पुजा र उनका साथीहरूले भने गर्भ बसेको कति समयसम्म गर्भ पतन गराउन मिल्छ। कहिलेसम्म औषधिले हुन्छ, कहिले स्वास्थ्यकर्मीले नै गर्भपतन गराइदिनुपर्छ भन्ने बारे सिकाए। सुरक्षित गर्भपतन भनेको के हो असुरक्षित भनेको के हो भन्ने कुरा पनि उनीहरूले महिलाहरूलाई राखेर बताए। सुरक्षित गर्भपतन गर्ने ठाउँ कहाँ हो, गर्भपतनको कानुनी व्यवस्था के छ भन्ने कुरा जानेपछि अचेल महिलाहरू केही सचेत भएका छन्। , एक वर्षको अवधिमा समाजमा  सोचेजस्तो आनका तान परिवर्तन ल्याउन सकेका त छैनन् तर महिलाहरूले उनीहरूका कुरा सुन्न थालेका छन्। कतिपय महिला सचेत पनि हुन थालेका छन्।, तुडेपानीकी जानकी विकले पुजाबाट धेरै कुरा थाहा पाइएको बताइन्।, त्योमध्ये एक हो- महिनावरीको भएको बेला टालो वा प्याड प्रयोग गर्नुपर्छ भन्ने कुरा। महिनाबारी हुँदा बग्ने रगतले उनलाई हैरान बनाउँथ्यो। शरिरमा र बसेको ठाउँमा जताततै लागेर फोहोर हुन्थ्यो।, जब उनले टालो प्रयोग गर्न सिकिन् उनलाई खुब सजिलो भएको छ। महिनावारी हुँने बेला अब पहिला जस्तो तनाव पनि हुन्न।, ‘गाउँकी छोरीबाट यस्तो कुरा सिक्न पाएँ। मलाई त्यो चारपाँच दिन हैरान हुन्थ्यो। अहिले त अघिपछि भन्दा फरक हुन्न,’ उनले भनिन्।, त्यही गाउँकी गीता विकले अघिल्लो बच्चा हुँदा स्वास्थ्य संस्था नभई घरमै बच्चा जन्माएकी थिइन्। दोस्रो बच्चा पाउन भने उनी स्वास्थ्य संस्था गइन्। र गएको हप्ता सजिलै उनले बच्चा जन्माइन्।, गाउँका छोरीहरूले यस्तो कुरा गर्दा महिलाहरू छक्क पर्छन्। अनि खुसी पनि हुन्छन्।, छोरीहरूबाट प्रजनन् स्वास्थ्य शिक्षा सिक्न पाउँदा आमाहरू खुसी भएको १४ वर्षीया बिन्दु विकले बताइन्। उनले पनि दिदीहरूबाट महिनावारीबारे धेरै कुरा सिक्न पाएर व्यवाहारमा लागु गरिरहेको बताइन्।, ‘महिनावारी भएको बेला कसरी आफ्नो ख्याल गर्ने, सरसफाइ कसरी गर्ने भन्ने कुरा अहिले नै काम लागिहाल्यो। उमेर नपुगी विवाह र यौन सम्पर्क गर्न हुन्न भन्ने पनि  बुझ्यौँ, यति कुरा सिकेर लागु गरेपछि त भोलीका दिनमा स्वास्थ्य समस्या कम होला। सँगै धेरै कुरामा हामी बलिया होलाउँ भन्ने लागेको छ। धन्न बेलैमा दिदीहरूले राम्रो कुरा सिकाए,’ उनले भनिन्।, महिला तथा किशोरीहरू प्रजनन् स्वास्थ्य बारे सचेत हुँदै गएका छन्। तर प्रजनन् स्वास्थ्य समस्या आइहाले सेवा उपभोग गर्न भने त्यहाँका स्थानीयहरूले कठीनाई भोग्नुपर्ने बाध्यता छ।, कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ जगातीकी ३७ वर्षीय मनिषा रोकाले गत असोज महिना पाठेघर काटेर फ्याँक्नुपर्यो। , लगातार दुई वर्षसम्म मेडिकलको औषधी खाँदा ठिक नभएपछि कोहलपुर मेडिकल कलेजमा चेकजाँच गरिन्। त्यहाँ उनको पाठेघर काम नलाग्ने भएको रिपोर्ट आयो। डाक्टरले अप्रेसन गरे फाल्नु पर्ने सुझाव दिए। डाक्टरहरुको कुरा सुनेर मनिषालाई डर लाग्यो।, पाठेघर फाल्न नसकेर उनी घर फर्किन्। ‘पाठेघर फाल्न डर लाग्यो, डाक्टरले औषधी दिएन, अप्रेसन गरेर नै फाल्नु पर्छ भने,’ मनिषाले भनिन्।, पेट बेस्सरी दुख्न थालेपछि फेरि उनी त्यहीँ गइन्।  अप्रेसन गरेर पाठेघर फाल्न पैसाको पनि अभाव थियो। धनगढीबाट नजिकै भारतका अस्पतालमा सस्तोमा अपरेशन हुने कुरा सुनेकी थिइन्। त्यहाँ उनको डेढ लाख रुपैँया खर्च भयो।, पाठेघर फालेपछि अहिले उनको पेट दुख्ने समस्या छैन। तर, गह्रुंगो भारी उठाए समस्या हुन्छ। ‘अहिले पेट देखेको छैन, काम गरे कमजोर भइन्छ, पाठेघर फाले पनि दु:ख, नफालेको बेला पनि दु:ख नै थियो,’ उनले भनिन्।, मानिषाका दुई छोरा र दुई छोरी छन्। उनको १६ वर्षको उमेरमा बिहे भयो। पहिलो सन्तान उनले १७ वर्षको उमेरमा जन्माइन्।, सुत्केरी भएको ३ दिनमै उनले घाँस काट्नुपर्ने भयो। सुत्केरीमा पाउनुपर्ने स्याहारसुसार उनले पाइनन्। त्यसै गरेर उनले अरु तीन सन्तान जन्माउने बेला पनि सुत्केरीकै समयमा मेलापात घाँस दाउरा गर्नुपर्यो।, ‘व्यथा लागेको बेला समेत खच्चरले जस्तो भारी बोक्नु पर्यो। कान्छो छोरा हुने समयमा त मैले व्यथा लागेकै बेला पनि दाउराको भारी बोकेकी थिएँ,’ उनले सुनाइन्।, अहिले छोरीहरूले सिकाएजस्तो गर्भवती हुँदा के गर्नेदेखि परिवार नियोजनसम्मका कुरा उ बेला जानेको भए आफू जिन्दगीभरिको समस्याबाट मुक्त हुने रहेछु भन्ने उनलाई लाग्छ।, आमाहरूलाई प्रजनन् शिक्षा सिकाउँदैछन् छोरी
रासस गोरखाको बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ।, पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा-विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ।, सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले ठेकेदार कम्पनीलाई यहीँ आउँदो जेठ २२ गतेसम्म निर्माण सक्ने गरी पहिलोपटक म्याद थप गरिदिएको थियो।, म्याद सकिन करिब डेढ महिनामात्र बाँकी रहँदासमेत सडक स्तरोन्नतिको आधा काम पनि सम्पन्न नभएको इञ्जीनियर दीपक बस्नेतले बताए।, ‘अहिलेको अवस्थालाई हेर्दा ठेकेदार कम्पनीले तोकिएको समयमा काम सक्ने अवस्था देखिँदैन। पहिलोपटक थपिएको म्याद २०८० जेठ २१ गतेसम्म मात्र छ,’ उनले भने।, ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसक्ने देखिएको उनले बताए।, करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो।, सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने लगायतको जिम्मेवारी पाएको छ।, दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षात्का बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ।, समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ।, समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्‍याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको धार्चे गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष किसान गुरुङले बताए।, ‘बाटो अवरुद्ध भएर दुई–तीन घन्टा बाटोमै रोक्नुपर्‍यो भने सुत्केरी हुन नसकेका बिरामी तथा विपदमा परेका, दुर्घटनामा परेका गम्भीर घाइतेको त ज्यानै जान सक्ने सम्भावना हुन्छ। त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक–पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध गर्‍यौँ तर सुनुवाइ नै भएन,’ उनले भने।, म्याद सकिनलाग्दा अहिले भने ठेकेदार कम्पनीले विहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ। आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन्।, बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ
सेतोपाटी संवाददाता बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। , आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको  लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो। , जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको जानकारी दिए। , उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ।, तीमध्ये केहीको अवस्था गम्भीर रहेको इन्सपेक्टर गौतमले जानकारी दिए।  , बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको गौतमले जानकारी दिए। , पाल्पाको जोरधारामा बस दुर्घटना
रासस एक महिनाअघिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवालाई नियन्त्रणमा लिइएको छ।, विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई आज बिहान त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको थियो।, करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो।,  , त्रिवि केन्द्रीय क्याम्पसका प्रार्चाय ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए। त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो।, तत्कालीन समयमा सो बाघ पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघि फेरि पासो थापिएको उनले बताए। , त्रिवि चितुवाको आवतजावत हुनुमा नजिकको जङ्गल, त्रिवि परिसरका विभिन्न स्थानमा रहेका झाडी भएको प्राचार्य राई बताए। , ‘यहाँ छाडा छोडिएका बहर र कुकुरका कारण पनि तिनको सिकार गर्न चितुवा आउँछन्, यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ,’ उनले भने।, पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहवरमा बुझाइने प्राचार्य राईले जानकारी दिए। , चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फडान गर्ने र मानिसको आवतजावत हुने सबै स्थानमा बत्ती जडान गर्ने कार्य भइरहेको पनि उनले बताए। , पासो थापेर नियन्त्रणमा लिइयो कीर्तिपुर क्षेत्रमा आतंक मच्चाउने चितुवालाई
सेतोपाटी संवाददाता पाल्पाको जोरधारामा आज बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। , दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए। , मृतकको परिचय नखुलेको डिएसपी थापाले बताए। , आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको थियो। , जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दार कार्य थालिएको जानकारी दिए। , उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ, बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको गौतमले जानकारी दिए। ,  , पाल्पा बस दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको मृत्यु (अपडेट)
रासस काठमाडौँको बाफलस्थित गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला परेको छ।, शनिबार बेलुकी ९ः३० बजे काठमाडौँ महानगरपालिका–१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्प पछाडि श्यामकृष्ण महर्जनको दुई तले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको शरीरको उक्त भाग जलेको अवस्थामा फेला परेको हो।, काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगालागी पश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।, आगलागी नियन्त्रणमा लिएसँगै गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैतलाको भाग जलेको अवस्थामा फेला परेको उनले बताए।, उक्त जलेको भागलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। सोही कारखानामा चालकको रुपमा काम गर्ने दोलखाका २० वर्षीय भूपेन्द्र बस्नेत भने सम्पर्कविहीन भएको बताइएको छ।, आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत सङ्कलन भइरहेको उनले बताए।, बाफलको गार्मेन्टमा आगलागी, शरीरको एक भाग जलेको अवस्थामा फेला
सेतोपाटी संवाददाता पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३३ पुगेको छ।  , बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटनामा परेको थियो।, उक्त दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको र ३३ जना घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले दुर्घटनामा परी घाइते भएका ३३ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए।, सामान्य घाइते भएका दुईजना भने सामान्य उपचार पछि घर फर्किएको प्रहरी नायब उपरीक्षक थापाले बताए। चारजना घाइतेको अवस्था भने चिन्ताजनक रहेको थापाले बताए।, दुर्घटनापछि बस सडकबाट करिब २ सय मिटर तल खसेको हो। , बुटवलस्थित पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध रहेको उक्त बसमा कति यात्रु चढेका थिए भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ।, दुर्घटना पछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्धार गरेका थिए।, पाल्पा बस दुर्घटनामा ३३ घाइते (अपडेट)
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका ट्राफिक सहायक हवलदार जनकराज धामीको मृत्यु भएको छ।, बिहीबार साँझ आफैले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका धामीको शनिबार राती माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला् ट्राफिक कार्यालय कैलालीले जानकारी दिएको छ। , बिहीबार साँझ मोटरसाइलकमा राजपुरको ट्राफिक बिट जाँदै गरेका धामी बोराडाँडीमा छाडा छोडिएको गाईसँग ठोक्किएर दुर्घटनामा परेका थिए। ,  , मोटरसाइकल दुर्घटनामा घाइते ट्राफिक सहायक हवलदार धामीको मृत्यु
सेतोपाटी संवाददाता मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७९' मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ।, झन्डै सात दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाइदेवीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।, २०८० मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा एक लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने शान्ति समाजले जनाएको छ।, वि.सं. १९९३ फागुन १० गते इन्द्रचोक काठमाडौंमा जन्मिएकी मिठाइदेवी दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन्।, पशुपतिनाथ मन्दिरमा 'कुकुर र अछुतलाई प्रवेश निषेध' गरिँदै आएकोमा त्यसको विरोध गर्दै २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रूपमा सहभागी भएकी थिइन्।, युवा अवस्थामै, २०१२ सालमा उनले नेपाल परिगणित नारी संघको स्थापना गरी सो संस्थामार्फत काठमाडौंको दलित बस्तीमा विद्यालय स्थापना गरिन् र दलित समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने काममा महत्वपूर्ण योगदान दिइन्।, नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि संघर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गरेकी मिठाइदेवीको टि.आर. विश्वकर्मासँग विवाह भएको थियो। बिहेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गयो।, उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन्।, मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित  समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता थियो।, उनले पत्रकारिताको क्षेत्रमा पनि योगदान गरेकी छन् र विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गरेकी छन्। , उनको 'नेपाली नारीको अवस्था र अवस्थिति २०६१' नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन्।, मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज स्वयंसेवी संस्था हो। यसको संस्थापक सभापति कृष्ण पहाडी हुन्।, मिठाइदेवी विश्वकर्मालाई 'बद्री पहाडी समाजसेवा' पुरस्कार
सेतोपाटी संवाददाता करिब चार सय २२ तोला सुनसहित बाँके प्रहरीले दुई युवालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। , पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाउँका २६ वर्षीय प्रकाश ठाकुर छन्।, उनीहरूको साथबाट ४२२ .५७ तोला विभिन्न सुनका गरगहना बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।, गोप्य सूचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका – ४ स्थित न्युरोडबाट बुधबार बेलुकी उनीहरूलाई पक्राउ गरिएको डिएसपी घर्तीले बताए। , उनीहरुको साथबाट सुनको सिक्री, माला, वाला, चुरी, झम्का, मुन्द्री, ब्रासलेट, हार, औंठी लगायतका गरगहना, बैंकका चेक र ३० हजार जति नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ।, ४ सय तोलाभन्दा धेरै सुनसहित दुई युवक पक्राउ
सबिना श्रेष्ठ लेखक तथा निर्देशक उपेन्द्र सुब्बा बिहीबार आफ्नी माइली छोरीका लागि नयाँ स्कुल खोज्न गएका छन्।, उनकी छोरी जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलमा पढ्थिन्। स्कुलले उनकी श्रीमती र छोरीलाई अपमानजक व्यवहार गरेपछि त्यहाँबाट निकालेर अर्को स्कुल खोज्न गएको सुब्बाले सेतोपाटीलाई बताए।, सुब्बाका साथीहरूले विभिन्न स्कुल पढाउने सल्लाह दिएका छन्। तर कुनमा पढाउने भनेर निश्चित गरिसकेका छैनन्।, 'आज दिनभर स्कुल खोज्नमै व्यस्त भएँ। केही हेरेर आएको छु। छोरीलाई कुन चित्त बुझ्छ, कुराकानी गरेपछि निश्चित गर्नेछु,' उनले भने।, यसअघि सुब्बाले डिएभी स्कुलबाट छोरीलाई निकाल्नुको कारणबारे सोमबार लामो स्टाटस लेखेर बताएका थिए। , स्टाटसमा उनले लेखेका छन्, 'मेरी छोरी पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी उप–प्रधानाध्यापकको कोठामा पस्नासाथ यसको बुवा खै, किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानू, यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन भनेछन्।', यसअघि पनि आफ्नी छोरीलाई यस्तै अपमानजक व्यवहार गरेको भन्दै सुब्बाले लेखेका थिए, 'पहिला पनि जोशी सरले मेरी छोरीले पढेर खान सक्दैन, बरू एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ भनेका थिए।', कक्षा दुईदेखि त्यहाँ पढिरहेकी छोरीलाई अब ९ मा पढ्ने बेलामा स्कुलले गरेको यस्तो व्यवहार उनलाई चित्त बुझेको छैन। त्यसैले अहिले उनले छोरीलाई नयाँ स्कुल भर्ना गर्न खोजेका हुन्। , सुब्बाले सार्वजनिक रूपमा स्कुलले गरेको दुर्व्यवहारबारे बताउँदा पनि हालसम्म डिएभीले उनलाई कुनै प्रतिक्रिया दिएको छैन।, 'अहिलेसम्म स्कुलले मलाई केही भनेको छैन। मैले कुनै नभएको कुरा लेखेको भए न हो! बरू छोरीको ट्रान्सक्रिप्टका लागि निवेदन दिएको थिएँ। त्यो लिन एक दिनमै जानु छ,' उनले भने, 'अहिले कामले भ्याएको छैन।', डिएभीको अपमानजनक व्यवहारबारे आफूले बोल्दा अरू सचेत भएको देखेर मन हलुका भएको पनि उनले बताए। डिएभीले अगाडि पनि यस्तो व्यवहार गरिसकेको र त्यही बेला छोरीलाई स्कुलबाट नछुटाउनुको थकथकी पनि उनले पोखे।, 'पहिला नै मेरी छोरीले पढेर खान सक्दैन भनेर साह्रै नराम्रो भनेको थियो। त्यही बेला निकाल्नुपर्ने थियो। छोरीले त्यति बेला साथीहरू भएकाले त्यहीँ पढ्छु भनिन्, निकालिनँ। अहिले सम्झिँदा पो किन निकालिनछु भनेर रिस उठ्छ,' उनले भने।, लामो समयदेखि पढाइरहेको स्कुलले ९ कक्षा पुगेपछि विद्यार्थी कमजोर देख्नुमा स्कुलको दोष भएको उनी बताउँछन्।, 'यतिका वर्ष पढाउने, अनि अहिले ९ कक्षा पुगेपछि यस्तो अपमानजनक व्यवहार गर्ने,' उनले भने, 'एसइई परीक्षामा छोरीले राम्रो अंक ल्याउन नसक्लिन् र विद्यालयको साख घट्न सक्ला भनेर होला यसो गरेको।', छोरी पढाइमा कमजोर भए पनि अन्य गतिविधिमा क्षमतावान भएको सुब्बा बताउँछन्। पेन्टिङ, गायन, नृत्य र अभिनयमा चासो छ।, 'यी कुरा थोरबहुत जान्दछिन् पनि। यसबाहेक फिक्सन (गैरआख्यान) पढ्न औधि रूचि राख्छिन्,' उनले भनेका छन्।, उनका अनुसार डिएभीबाट छुटेपछि छोरीलाई भने साथीहरूको न्यास्रो लागेको छ। सानैदेखि सँगै पढ्दै आएका पुराना साथीहरू सम्झिन थालेकी छन्। त्यसैले परिवार, आफन्त, अरू साथीसंगी र सुब्बाका डाक्टर साथीहरूले समेत सम्झाइबुझाइ गरिरहेका छन्।, 'पढ्न नजान्ने भन्ने कोही पनि हुँदैन छोरी, तिमीले प्रयास गर्‍यौ भने सक्छौ, नयाँ स्कुलमा फेरि साथीहरू भइहाल्छन् भनेर सम्झाइरहेका छौं,' सुब्बाले भने, 'मेरी छोरी हो। उसलाई त म जसरी पनि सम्झाइहाल्छु। मेरी छोरीजस्तै अरू विद्यार्थीलाई पनि स्कुलले त्यस्तै व्यवहार गरेको होला। सबै परिवार हामीजस्तै आफ्नो बच्चाबच्चीलाई बुझ्न सक्षम नहुन सक्छन्! उनीहरूलाई सम्झिँदा भने पिर लाग्छ।', उनले थप भने, 'मैले यसरी आवाज उठाएको मेरी छोरीका लागि मात्र होइन, अरू विद्यार्थीका लागि पनि हो।', सुब्बासँग कुराकानी गरिसकेपछि हामी डिएभी स्कुल गएका थियौं। त्यहाँका उप–प्रधानाध्यापक लगायत शिक्षकहरू शिक्षा मन्त्रालयमा कुराकानी गर्न गएको स्कुलका एक जना शिक्षकले हामीलाई जानकारी दिए।, नाम खुलाउन नचाहने ती शिक्षक आक्रोशित सुनिन्थे।, 'कुनै शिक्षकले भनेको कुरा कुन हिसाबमा लिएर उक्त व्यक्ति (उपेन्द्र सुब्बा) ले निष्कर्ष निकाल्यो भन्ने कुरामा भर पर्छ। मलाई लाग्छ एउटा शिक्षकले विद्यार्थीको कहिल्यै अहित सोच्दैन,' उनले भने।, उनले आफू आधिकारिक व्यक्ति नभएको भन्दै यसबारे थप कुराकानी गर्न चाहेनन्। अरू सम्बन्धित र जिम्मेवार शिक्षक र पदाधिकारीहरू यही विषयमा कुराकानी गर्न मन्त्रालय पुगेको मात्र बताए।, शिक्षा क्षेत्रको जिम्मा अहिले स्थानीय तहलाई छ। त्यसैले बुधबारै हामीले, 'डिएभी स्कुलले विद्यार्थीको अभिभावक बोलाएर 'यसले पढ्दिन, स्कुटी किनेर पठाओ चालक बनाइदिनू' भनेपछि' ,शीर्षकको स्टोरी गर्दा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनसँग कुराकानी गरेका थियौं। उनले यस विषयमा आफूलाई जानकारी नभएको तर तत्काल समस्या सम्बोधन गर्दै शिक्षा महाशाखासँग कुरा गर्ने बताएका थिए।, त्यही विषयबारे बिहीबार फेरि मेयर महर्जनलाई सोध्यौं। उनले शुक्रबार स्कुलसँग बैठक भएको बताए।, 'भोलि बिहान ९ बजे विद्यालय व्यवस्थापन समितिसँग बैठक छ। महानगरबाट शिक्षा अधिकृत कुराकानी गर्न डिएभी जाँदै हुनुहुन्छ,' उनले भने। , छोरीका लागि स्कुल खोज्दै निर्देशक सुब्बा, डिएभीसँग महानगरको बैठक शुक्रबार
सेतोपाटी संवाददाता दाङमा एक किशोरीको नुहाउने क्रममा डुबेर मृत्यु भएको छ। , बिहीबार दिउँसो हापुर खोला र संक्राम खोलाको दोभानस्थित बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाकी १४ वर्षीया चेतना रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , गर्मी छल्न भनेर दिउँसो २ बजेतिर बालिका खोलामा नुहाउन गएको र नुहाउने क्रममा गहिरो भागमा पुगेपछि डुबेकी घटनास्थल पुगेका अस्थायी प्रहरी पोष्ट बेलझुण्डीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक टीका कुँवरले जानकारी दिए। , अचेत अवस्थाकी बालिकालाई उद्धार गरी उपचार लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।, नुहाउने क्रममा किशोरीको डुबेर मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ।, बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो।, 'चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो,' उनले भने', उपचारका क्रममा उनको मृत्यु भएको हो।' , आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको उनले बताए। , मृतक आचार्य भाँडाकुडाको पसल चलाउँदै आएकी थिइन्।, कपनमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु
सेतोपाटी संवाददाता पोखरा–३२ लामेआहालमा ल्याण्डफिल साइटमा थुप्रिएका फोहोर पुर्न मुसाफिर दास तत्मा डोजर चलाउँदै  थिए।, सेती नदी किनारमा फालिएका फोहोर पुर्दापुर्दै उनले चलाएको ग १ ग १३४ नम्बरको डोजर अचानक बन्द हुन पुग्यो। डोजर बन्द भएपछि उनी तल भुइँमा ओर्लिए। , डोजर बन्द अवस्थामै थियो। तत्माले भुइँका फोहोर मिलाए। फोहोर पुर्न फेरि डोजरमा चढे। डोजरको चेनमा चढेर उनले स्टार्ट गरे। स्टार्ट गर्नासाथ डोजर हुत्तिँदा चालक तत्मा चेनमा च्यापिएर मृत्यु भएको पोखरा महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन्। , ‘चल्दाचल्दै बन्द भएको डोजर गेयरमा रहेछ, चेनमा चढेर स्टार्ट गर्ने बित्तिकै आफैं डोजर हुत्तिएर अघि बढेछ,’ उनले भनिन्, ‘डोजर बन्द भएपछि गेयरमै छाड्नु र चालक सिटमा नगइकन स्टार्ट गर्नु गल्ती भएछ।’ , आफैं अगाडि बढेको डोजर केही तल खसेर रोकिएको अर्का चालक उमेश लामिछानेलाई उदृत गर्दै बरालले बताइन्।, त्यतिबेला लामिछाने अर्को डोजर चलाइरहेका थिए। चालक नभएको डोजर आफैं अगाडि हुत्तिएर आएपछि उनले आफ्नो डोजर साइड लगाएका थिए। , घटनाका विषयमा छानबिन भइरहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए।, ‘हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं।’, पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्र सिसिटिभी जडान र सञ्चालन गर्न नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ।, सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको मेयर बालेन शाहले जानकारी दिए। , बिहीबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।, सम्झौता गरिएको रकमको ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ १५ दिनभित्रै दिने र बाँकी रकम कार्य सम्पादन भएपछि दिने उनले बताए।, सम्झौतामा उल्लेख गरिएको कामहरू गृह मन्त्रालयबाट जारी भएको सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि अनुसार कार्यान्वयन हुने महानगरले जनाएको छ।, सिसिटिभी रिङ नेटवर्क टोपोलोजी, भिडिओ व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारीसम्बन्धी योजना तयार पारिने महानगरले बताएको छ। यसका लागि ६ जना पदाधिकारीको समिति रहने छ।, उक्त समितिमा महानगरतर्फबाट सूचना प्रविधि विभागका प्रमुख, नगर प्रहरी बलका प्रमुख, सूचना प्रविधि शाखा प्रमुख रहनेछन्। यस्तै नेपाल प्रहरीकातर्फबाट एक जना प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि, एक जना प्रमुख काठमाडौं उपत्यका प्रहरी कार्यालय सञ्चार शाखा र एक जना प्रहरी कार्यालयमा कार्यरत प्राविधिक अधिकृत रहने छन्। , सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो।, 'त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सिसिटिभी क्यामेरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन्,' उनले भने, 'राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोगविहीन छन्।' , उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सिसिटिभी क्यामेरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रूमबाट निगरानी हुन्छ। , सिसिटिभी जडान गर्न काठमाडौं महानगरले नेपाल प्रहरीलाई ६ करोड दिने
रासस त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ।, वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।, त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको उनले बताए।, उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो।, वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए।, सर्‍यो त्रिभुवन विश्वविद्यालयको परीक्षा
रासस गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। , करिब एक हजार चार  सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । , स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ। , ‘फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ,’ उनले भने।  स्थानीयवासीले सञ्चार सम्पर्कका लागि हैरानी खेप्नुपरेको छ। , नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताए। , समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए। , बारपाकमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या
सेतोपाटी संवाददाता गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। , गएराती जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक दीपक मुखिया जलेर गम्भीर घाइते भएका थिए।, गम्भीर घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। , डढेलो निभाउन गएका ५५ वर्षीय धनबहादुर जोगी गम्भीर घाइते भएका छन्। उनलाई आज थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए। , उनको पुरै शरीर जलेकाले अवस्था गम्भीर रहेको डिएसपी पाण्डेले जानकारी दिए।   , गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।, दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा देशका बाँकी  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ।, तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।, राती देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।, पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।, मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
रासस निर्माण सुरू भएको सात वर्ष बित्दा पनि गल्छी–त्रिशूली सडक निर्माण सकिएको छैन। कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो। , कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी सडक कालोपत्रे सकिएको छ।, बाँकी सडक खण्डमा कतै कानुनी अड्चन, कतै अरू संरचना निर्माण र कतै स्थानीयको अवरोधका कारण निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए। , ‘केही विषयमा अदालतमा मुद्दा छन्, ती विषयमा फैसला आएपछि मात्रै काम अघि बढाउन सकिन्छ’, उनले भने, ‘बाँकी विषयमा जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं।’, पीपलटारबाट ढुङ्गेसम्म नौ किमी खण्डमा मुआब्जा समस्याले काम अघि बढ्न सकेको छैन।, स्थानीयले मुआब्जा बिना काम अघि बढाउन लागेको भन्दै विरोधमा उत्रिएको प्रमुख श्रेष्ठको भनाइ छ। , एउटा खण्डमा अदालतबाट फैसला भइसकेको भए पनि पूर्णपाठ नआएका कारण काम हुन नसकेको हो। अर्काे खण्डमा अहिले मुद्दा अदालतमा विचाराधीन रहेको उनले जानकारी दिए। फैसलामा मुआब्जा कति दिने र कसरी दिने भन्ने आएपछि सोहीअनुसार अघि बढाइने उनले बताए। , त्रिशूली जलविद्युत् गृहको पावर हाउस रहेको स्थानमा पनि सडक निर्माण चाहेअनुसार चौडाइ बनाउन नसकिने उनले बताए।अन्यत्र ११ मिटर चौडाइ रहेकामा यहाँ आठ/नौ सय मिटर चौडाइ छ। , शान्तिबजार क्षेत्रमा आधा किमी लम्बाइमा सडकको मुआब्जा दिनु भनी अदालतले निर्णय गरेको तीन वर्ष भए पनि स्थानीयले मुआब्जा कम भएको भन्दै विरोध गरिरहेका छन्।, गल्छीबाट त्रिशूलीसम्मको सडक निर्माण सुरू भएदेखि नै वन क्षेत्रको समस्या, स्थानीयवासीको अवरोधको समस्या थियो। सडक निर्माणको काम आर्थिक वर्ष २०७२/७३ देखि सुरू भएको हो। सडकको सुरू विन्दु गल्छीबाट ४६ किमी मैलुङसम्म एउटै कम्पनी कोभ्यास/टुण्डी/रसुवा जेभीले निर्माण गरिरहेको छ। , सरकारको लगानीमा ११ मिटर चौडा सडक निर्माण भइरहेको योजनाले जनाएको छ। सडक सीमा १५/१५ मिटर गरेर ३० मिटर रहेको छ। अहिलेसम्म निर्माण सकिएको सडकमा ११ मिटर कालोपत्र गर्न सकिएको छ। दुई/दुई मिटर सोल्जरसहित ‘डेडिकेडेज डबल लेन’ सडक निर्माण अघि बढाइएको छ। ,     , सङ्घीय राजधानी काठमाडौलाई रसुवागढी हुँदै उत्तरी छिमेकी मुलुक चीनसँग जोड्ने छोटो मार्गका रूपमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक व्यापारिक हिसाबले महत्वपूर्ण छ।, विसं २०७२ मा भारतले गरेको नाकाबन्दीको समाधानका रूपमा गल्छीबाट मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक निर्माणलाई अघि बढाउने योजना बनाइएको थियो।, विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो।, मुआब्जा समस्याले रोकियो गल्छी–त्रिशूली सडक निर्माण
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।, दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन्। दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रुपैयाँ रकम अपचलन भएको छ। , सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख रुपैयाँ र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाख रुपैयाँ समेत गौतमले लिएर फरार भएको बताइएको छ।, गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको रु नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौंदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ। , गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन्।, विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ। , पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन्।, सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोज कार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ। , अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित!
सरिशा अछामी नेपाललाई ट्रान्जिट बनाएर कोकिन ओसारपसार गर्ने दुई जना विदेशीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मंगलबार (वैशाख ५) नियन्त्रणमा लियो। उनीहरूलाई दुई दिनसम्म अनुसन्धान गरी बिहीबार सार्वजनिक गरिएको छ।, मंगलबार बिहान काठमाडौं महानगरपालिका-१७ ठमेलबाट केन्याली नागरिक ६३ वर्षीया पिलिसिला वान्जा एन्डिरितु र भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पारसरलाई ब्यूरोले नियन्त्रणमा लिएको हो। उनीहरूलाई फरक-फरक ठाउँबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।, केन्याली महिला वान्जा एन्डिरितु युएई हुँदै नेपाल आएकी हुन्। उनले कपडाको ब्यागको भित्री भागमा फिजाएर १ केजी ८० ग्राम कोकिन ल्याएकी थिइन्। उनले बोकेको कोकिनको मूल्य २ करोड ३३ लाख २८ हजार पर्ने अनुमान गरिएको छ। वास्तविक मूल्य भने भन्न नसक्ने प्रवक्ता जोशी बताउँछन्। , जोशीका अनुसार केन्याली नागरिक वैशाख १ गते काठमाडौं आएकी थिइन्। एके ०७७९१६७ नम्बरको पासपोर्टमा इथियोपियाबाट युएई हुँदै काठमाडौं प्रवेश गरेकी उनले हाते झोलामा कोकिन बोकेकी थिइन्।  , ‘विमानस्थलबाट उम्किए पनि ब्यूरोले अनुसन्धान गर्दै जाँदा उनी पक्राउ परिन्,’ जोशीले भने।, पिलिसिलाले कोकिन ल्याएर भारतीय नागरिक रवीन्द्रकुमार पारसरलाई दिएकी थिइन्। कोकिन दिइसकेपछि भारतीय नागरिक पक्राउ परे। भारतीय नागरिक पक्राउ परेपछि केन्याली महिलालाई पनि पक्राउ गरिएको हो। , पिलिसिलालाई नेपाल आएदेखि प्रहरीले निगरानी गरिरहेको थियो। अफ्रिकी मुलुकका व्यक्तिहरू बिनाउद्देश्य आउँदा ब्यूरोले शंकाको घेरामा राख्ने गरेको प्रवक्ता जोशी बताउँछन्।, ‘हाम्रो टालीले २४ घन्टा केन्याली महिलालाई पछ्याएका थियो,’ उनले भने।, ब्यूरोको अनुसार पिलिसिला सामान्य परिवारकी हुन। उनका श्रीमान बितिसकेका छन्। आर्थिक अवस्था सामान्य भएकाले तीन हजार अमेरिकी डलर पारश्रमिक पाउन लोभमा उनी कोकिन बोकेर नेपाल आएकी हुन्।, उनको साथबाट एक हजार अमेरिकी डलर पनि ब्यूरोको टोलीले बरामद गरेको छ। , पिलिसिला आएको चार दिनपछि भारतीय नागरिक रवीन्द्रकुमार नेपाल आएका थिए। उनी भारतबाट बस चढेर नेपाल आएको देखिन्छ। बस चढेर भारतबाट नेपाल प्रवेश गर्न कुनै पनि कागजात देखाउनु पदैन।, रवीन्द्रकुमार वैशाख ४ गते नेपाल आएको खुलेको छ। उनी भारतको उत्तर प्रदेशका वासिन्दा हुन्।, रवीन्द्रकुमारलाई नेपालबाट कोकिन दिल्ली पुर्‍याएबापत् २५ हजार भारतीय रुपैयाँ दिने गरी भरिया बनाइएको प्रवक्ता जोशीले जानकारी दिए।, ‘रवीन्द्र र पिलिसिला भरियामात्र हुन् पठाउने र लिने दुबै व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित निकायमा सम्पर्क गरेका छौं,’ जोशीले भने।, कमजोर आर्थिक अवस्थाका उनीहरूको आपराधिक पृष्ठभूमि छैन।, ‘दुबैको आर्थिक अवस्था समान्य भएकाले ललाइफकाइ अरूको कुरामा आएर यहाँसम्म आइपुगेको हुनसक्छन्,’ उनले भने, ‘उनीहरूको आपराधिक पृष्ठभूमि देखिँदैन।’, पक्राउ परेका दुबै जनाविरूद्ध लागुऔषध (नियन्त्रण) ऐन,२०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।  ऐनमा एक सय ग्रामभन्दा माथि लागुऔषध ओसारपसार गरे १५ वर्ष जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ।, उनीहरूले नेपाललाई ट्रान्जिटमात्र बनाएको अनुसन्धानमा खुलेको छ। अहिलेसम्मको अनुसन्धानमा नेपाली संलग्नता रहेको देखिँदैन। नेपाललाई ट्रान्जिट बनाएर आउने तस्करका लागि यो घटनाले सचेत गराउने प्रवक्ता जोशीले बताए।, ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा १५ किलो कोकिन बरामद भएको छ। त्यस्तै ०७७/७८ मा ९ सय ३२ ग्राम, ०७८/७९ मा १ किलो ५६० ग्राम र ०७९/८० मा १४ किलो ५ सय ग्राम कोकिन बरामद भएको छ।, विदेशीले विभिन्न ठाउँबाट कोकिन नेपाल ल्याई भारत, चीन, अमेरिकालगायत देशमा पठाउने गरेको देखिन्छ।, कोकिन ओसारपसारमा नेपाली नागरिकको संलग्नता नगग्य छ। ‘कोकिनमा ओसारपसारमा ३५ जना पक्राउ परेका छन्। त्यसमा एक जनामात्र नेपाली छन्,’ प्रवक्ता जोशीले भने।, कोकिनमा नेपाली नागरिकको संलग्नता नभए पनि अन्य लागुऔषधमा नेपालीको संलग्नता बढ्दो देखिन्छ।, तीन हजार डलर कमाउन कोकिन बोकेर आएकी थिइन् केन्याकी पिलिसिला
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १३ दिन बितिसक्दा पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन। , महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण शुक्रबार पनि सिंहदरबारको फोहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले जानकारी दिए।  , ‘मेयर बालेनले नभनेसम्म हामी फोहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने, ‘फोहोर उठाए लाइसेन्ससमेत खारेज गरिदिन्छु भनेर ठाडो निर्देशन दिनुभएको छ।’, घिमिरेले मेयर बालेनले मौखिक रूपमा निकै कडा निर्देशन दिएका कारण आफूहरूले फोहोर नउठाएको बताए।, यस्तै सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ।, महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट  फोहोर नउठ्ने बताएका छन्। , ‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौं,’ उनले भने।, बालेनले चैत २५ गते बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए। , बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो। , बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो। , परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।, काठमाडौंको भिआइपी एरियाबाट दैनिक नौ टन फोहोर उठ्ने गरेको छ।, संविधानको अनुसूची-८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ।, फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। , यी पनिः, उपमेयर र वडाध्यक्षलाई नै थाहा नदिई सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको एकल निर्णय, सिंहदरबारको फोहोर नउठाउन बालेन शाहले उठाएका १४ विषयको शल्यक्रिया, बालेन शाहको अराजकता, काठमाडौंका मेयरको अभिव्यक्ति अराजक, सरकारले ध्यानाकर्षण गराउँछ- सरकार प्रवक्ता, मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ, 'मेयर बालेनले नभनेसम्म सिंहदरबारको फोहोर उठाउन सक्दैनौं'
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सडकमा धुँवा आउनेगरी सेकुवा नपोल्न आग्रह गरेको छ। , महानगरले सिनामंगल, पुतलीसडकलगायत अन्य क्षेत्रमा सेकुवा पोल्दा वा अन्य जुनसुकै कार्य गर्दा सडकमा धुँवा नआउने गरी कार्य गर्न अनुरोध गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार अहिले सेकुवा पसलहरूलाई सचेत गराउने काम भइरहेको छ।, ‘हामीले अहिले सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरी कुनै पनि किसिमको धुँवा आउने कार्य नगर्न अनुरोध गरेका हौं,’ उनले भने, ‘धेरैजसो पसलहरूले भित्र काम गर्ने तर फ्यान राखेर धुँवा बाहिर फाल्ने गरिरहेको हुन्छ। अबदेखि त्यसो गर्न पाइँदैन।’, यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार महानगरले केही समय अगाडि नै सूचना जारी गरी आगो बाल्ने‍ काम नगर्न अनुरोध गरेको बताए। , 'हामीले पहिले नै सूचना जारी गरी आगो बाल्ने काम नगर्न अनुरोध गरेका थियौं,' उनले भने, 'हामीले कुनै पनि कुरामा केन्द्रित रहेर यो कुरा गर्न पाइन्छ, यो पाइँदैन भनेर भनेका छैनौं। तर आगो बालेर कुनै पनि कार्य नगर्न सूचना जारी गरेका छौं।', यस्तै आगो बाल्दा वायु प्रदूषण हुने र दुर्घटना पनि घट्ने हुँदा यसो गरिएको अधिकारीले बताए।  ,  ,  , तस्बिरः नवीनबाबु गुरूङ, काठमाडौं महानगरभित्रका सडकमा धुँवा आउनेगरी सेकुवा पोल्न नपाइने
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका र डिएभी सुशील केडिया विश्व भारती स्कुलबीच शुक्रबार बिहान ९ बजे बैठक बसेको छ। विद्यालय व्यवस्थापन समितिले स्कुलमै दुई पक्षीय बैठक बसाएको हो।, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले सामाजिक सञ्जालमा लेख्दै डिएभी स्कुलले आफ्नी छोरीलाई अपमानजनक व्यवहार गरेको बताएका थिए। , विद्यार्थी र अभिभावकलाई बोलाएर अपमानजनक व्यवहार गरेको विषयमा ललितपुर महानगरपालिकाले स्कुलसँग कुराकानी गर्ने भनेको थियो। यही क्रममा शुक्रबार महानगर र स्कुलबीच बैठक बसेको हो।, शुक्रबारको बैठकमा महानगरका प्रतिनिधि, स्कुल पक्ष र अभिभावक संघका पदाधिकारीका साथै थप दुई जना अभिभावकलाई सहभागी गराइएको ललितपुर महानगरपालिका, शिक्षा शाखाका अधिकृत नवराज रिजालले जानकारी दिए। उपेन्द्र सुब्बा र उनको परिवारलाई भने बोलाइएको थिएन। , रिजालका अनुसार सुब्बाकी छोरीलाई भनेको कुरा सुब्बाले गलत तरिकाले बुझेको स्कुलले बैठकमा बताएको छ।, 'पठाओ चलाएर खान्छ भनेको घटना भने दुई वर्ष अगाडिको रहेछ। स्कुलले भनेको कुरालाई गलत तरिकाले परिवारले बुझेको भनेर स्कुल पक्षले भनेको छ,' रिजालले भने, 'स्कुलले परामर्श दिनेक्रममा नपढेका मान्छेले त पठाओ चलाएर खाइरहेका छन् भन्ने दृष्टिकोणले भन्न खोजेको भन्ने कुरा गरेको छ।', थप बैठक र अध्ययनबाट कमीकमजोरी कसको हो भनेर विद्यालय व्यवस्थापन समितिले चाँडै रिपोर्ट निकाल्ने पनि उनले बताए।, 'कमजोरी स्कुल पक्षको हो कि होइन भन्नेबारे सम्भवतः भोलि नै जानकारी बाहिर आउँछ होला,' महानगरका शिक्षा शाखा प्रमुख रिजालले भने।, डिएभी स्कुलले छोरीलाई अपमानजनक व्यवहार गरेको भन्दै निर्देशक सुब्बाले सोमबार फेसबुकमा लामो स्टाटस लेखेका थिए। उनले आफ्नी छोरीलाई डिएभीका उप–प्रधानाध्यापकसहित अन्य दुई शिक्षकले गिज्याएको, होच्याएको र हेपेको भनेका थिए।, 'यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानू। यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन भनेछन्,' स्टाटसमा सुब्बाले लेखेका थिए। , यसअघि पनि स्कुलले आफ्नी छोरीलाई अपमानजनक व्यवहार गरेको भन्दै उनले लेखेका थिए,, 'पहिला पनि जोशी सरले मेरी छोरीले पढेर खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ भनेका थिए।', लेखक तथा निर्देशक सुब्बाले आफ्नी छोरीलाई डिएभी स्कुलमा कक्षा दुईदेखि पढाउँदै आएका छन्। कक्षा ९ मा पुगेपछि स्कुलले यसरी अपमानजनक व्यवहार गर्नुमा उनले 'एसइई परीक्षामा छोरीले राम्रो अंक ल्याउन नसकेर विद्यालयको साख घट्न सक्ला' भन्ने अनुमान गरेका छन्। पढाइ मात्र हेरेर छोरीको मूल्यांकन गर्नुमा उनी स्कुलको कमजोरी ठान्छन्।, महानगर र डिएभीबीच बैठक, विद्यालय व्यवस्थापन समितिले थप अध्ययन गर्ने
सेतोपाटी संवाददाता नेपालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा (शुक्रबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, गत मंगलबार मात्रै कोरोनाबाट दुई जनाले ज्यान गुमाएका थिए।, पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०६ जनामा कोरोना संक्रमण भएको छ। ४६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।, योसँगै अहिले देशभर ४१४ जना सक्रिय संक्रमित छन्।,  ,  ,  ,  , कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए
सबिना श्रेष्ठ उनको बुवा चित्र बनाउँथे। बाजे तन्त्रविद्या गर्थे। उनी भने दुवैका संयोजन हुन्— चित्र पनि बनाउँछन्, तन्त्रविद्या पनि सिकाउँछन्।, उनी हुन्, लगनखेलका सुरेशकुमार द्यःला।, केही दिनअघि हामी सुरेशले तन्त्रविद्या सिकाउने ठाउँ गएका थियौं। उनी एक जना व्यक्तिलाई तन्त्रविद्याको मन्त्र सिकाउँदै थिए। त्यतिञ्जेल हामी कोठामा सजाइएका चित्र हेर्न थाल्यौं, जो उनले नै बनाएका हुन्। कुनै मुहार चित्र (पोट्रट), कुनै भगवानका चित्र। काठका साना टुक्रामा बनाइएका चित्र पनि हामीले देख्यौं।, उनी जसै मन्त्र सिकाउने काम भ्याए, हाम्रो कुराकानी अघि बढ्यो।, सुरेशले गत वर्ष भगवान शिवको जीवनमा आधारित शृंखलामा 'सत्यम् शिवम् सुन्दरम्' नामको किताब निकालेका छन्। हालसम्मका उनका धेरै चित्र शिवलाई नै केन्द्रमा राखेर बनाइएको छ। त्यही भएर कुराकानीको सुरूमै हामीले सोध्यौं, 'तपाईंलाई शिवप्रति यति धेरै लगाव किन?', उनले पहिले ठट्यौली पारामा जवाफ दिए, 'थाहा छैन, पूर्वजन्ममा तपस्या गर्न नपुगेर यो जन्ममा गर्न आएको हो कि!', त्यसपछि उनले भने, 'मलाई सानैदेखि शिव मनपर्थ्यो। एकदिन धनगढीबाट एक जना काका क्यालेन्डर लिएर हाम्रो घर आउनुभयो। त्यसमा शिवले गणेश भगवानलाई बोकिरहेको दृश्य थियो। त्यो फोटो हेर्दा मलाई शिवले बोलाइरहनु भएजस्तो महसुस भयो। त्यस दिनबाट मैले संकल्प लिएँ, कुनै दिन फिल्म निर्देशक भएँ भने म शिवकै फिल्म बनाउँछु वा लेखक भएँ भने शिवकै बारेमा लेख्छु। संयोगले म कलाकार भएँ, त्यसैले रङ र कलाको माध्यमले शिवको चित्र बनाउँदै छु। साँच्चै भन्ने हो भने यो मेरो बच्चादेखिको ड्रिम प्रोजेक्ट हो।', सुरेशका अनुसार शिवलाई न सुख छ न दुःख। उनले पत्नीवियोग सहेका छन्। संसारले फ्याँकेका नराम्रा कुरा पनि आफूमा समेटेका छन्।, शिवको परिवार पनि सुरेशलाई रोचक लाग्छ। ती सबै एकअर्काका विपक्षीजस्ता देखिन्छन् तर एकसाथ बसेका छन्। जस्तो, गणेशको वाहन मुसा र शिवको घाँटीमा बेरिएर बस्ने सर्प। यी दुवै शिव परिवारका सदस्य हुन् तर सर्प मुसाको आहार पनि हो। शिवका अर्का छोरा कुमारको वाहन मयुरले पनि सर्प खान्छ।, यी वाहनसहितको परिवारजनलाई सुरेशले 'सत्यम् शिवम् सुन्दरम्' किताबमा 'शिव पार्वतीको देव परिवार' शीर्षक चित्रमा समेटेका छन्। उनको किताबमा योसहित अन्धकको अन्त्य, अर्द्धनारीश्वर अवतार, भगवान शिवबाट कामदेवको दहन, समुद्र मन्थन, गणेश भगवानको पृथ्वी परिक्रमा, त्रिपुर दहन, ताण्डव नृत्य लगायतका करिब दुई दर्जन चित्र र तिनको कथा हेर्न–पढ्न पाइन्छ।, 'सत्यम् शिवम् सुन्दरम्' को अर्थ हो चिन्तनमा सत्य, कर्ममा शिवत्व र सौन्दर्यको तत्वबोध। लामो समयदेखि शिव साधनामा लागेका सुरेशका अनुसार हामीले बजारमा देख्दै आएका शिवका चित्र र पोस्टरमा भारतीय प्रभाव बढी छ। त्यसो भए नेपाली शैलीमा शिव कस्ता देखिएलान्?, यसबारे बुझाउन सुरूमा उनले शास्त्रको सहारा लिए।, उनका अनुसार शास्त्रमा शिवको कुनै निश्चित वर्णन छैन। वेदमा चार ठाउँ रूद्र भनेर भनिएको छ। शिव भन्ने शब्द भेटिएकै पुराणमा हो। त्यसमा शिवले विष खाएपछि उनको शरीरको रङ निलो भएको वर्णन छ। नेपाली संस्कृति पछ्याउँदा शिवको रूप निलो नभई सेतोका रूपमा वर्णन गरिएको पाइन्छ। त्यही भएर उनका चित्रमा शिवको आकृतिमा निलो रङ कम हुन्छ, सेतो र रातोको मिश्रण बढी देखिन्छ।, 'निख्खर निलो वा सेतो रङ मात्र नभई रातो पनि मिसाएको छु। जसरी मान्छेको शरीरमा रातो रगत बग्छ, भगवानको शरीरमा बग्ने रगत पनि त रातै होला नि!' उनले भने।, शास्त्रमा वर्णन गरिएअनुसार भगवानलाई कहिल्यै पसिना आउँदैन। उनको पोसाक कहिल्यै कच्याककुचुक हुँदैन। अनुहारमा जहिल्यै तेज झल्किरहन्छ। जमिनमा बस्दा पनि सतहभन्दा माथि उठेजस्ता देखिन्छन्। शास्त्रको यो वर्णनअनुसार चित्र बनाउँदा अप्राकृतिक लाग्ने भएकाले आफूले प्राकृतिक भावना जोडेर चित्र बनाएको सुरेश बताउँछन्।, शास्त्र पढिसकेपछि शिव स्वरूप कस्तो होला भनेर जान्न सुरेश तान्त्रिकसमेत भए। ध्यानको सहायता लिए। आफूले ध्यानकै बलमा भगवानका धेरै चित्र बनाएको उनको भनाइ छ।, 'ध्यान गर्दा भगवानसँग सिधा कुराकानी भएजस्तो हुन्छ। भगवान स्वयं आफ्नो रूप कस्तो छ भनेर देखाउन आएजस्तो लाग्छ। त्यही भएर म भगवानको कुनै कथा टिप्छु, ध्यान गर्छु अनि चित्र बनाउँछु,' उनले भने।, ५० वर्ष उमेरका सुरेशले शिवको शृंखलामा काम गरेको करिब २० वर्ष भयो। यति धेरै समय लाग्नुको एउटा कारण उनी दिनभर तन्त्रविद्याको काममा व्यस्त हुनुले हो। कामबाट फर्किएपछि साँझतिर मात्र चित्र बनाउँछन्।, अर्को कारण, जीवनमा एकपटक गर्ने यस्तो साधनापूर्ण काममा उनलाई कुनै सम्झौता गर्नु थिएन।, चित्रमा सम्झौता नगरे पनि उनले पछिल्ला २० वर्षमा जीवनसँग एउटा सम्झौता गरे। त्यो के भने, २० वर्षमा उनले कुनै कला प्रदर्शनी गरेनन्, न कुनै प्रदर्शनीमा आफ्नो चित्र पठाए।, 'मलाई यस्तो काम गर्न मन थियो जसले मान्छेको दिमागमा छाप पारोस्। त्यही भएर दायाँबायाँ नगरी शिवका चित्रहरू बनाएँ,' उनले भने, 'आफ्नो जोस–जाँगर नसेलाउँदै मलाई शिवमा काम गर्नु थियो, जुन मैले गरेँ। त्यसपछि बल्ल मैले यही शृंखलाका चित्रहरूको प्रदर्शनी गरेँ।', गत वर्ष भदौमा सुरेशले 'सत्यम् शिवम् सुन्दरम्' को कला प्रदर्शनीसँगै किताब विमोचन गरेका हुन्। त्यति बेला मान्छेहरूबाट पाएको प्रशंसा सुनाउँदै उनले भने, 'यस्तो खालको प्रदर्शनी एउटा कलाकार हरि शर्माले र अर्को तपाईंले गर्नुभएको छ भनेर धेरैले मलाई भनेका थिए।', सुरेश एक्रेलिक, पानीरङ, तेलरंङ, पेस्टल, चारकोल लगायत सबै खालका रङ प्रयोग गरेर चित्र बनाउँछन्। त्यसमध्ये एक्रेलिक चाँडो सुक्ने भएकाले आफ्नो यो शृंखलामा त्यही प्रयोग गरेका छन्।, उनलाई मान्छेले धेरैजसो चिन्ने मुहार बनाउने कलाकारका रूपमा हो। उनका बुवाले पनि मुहार चित्र धेरै बनाउँथे। तर उनले कोठाभित्रै चित्र बनाए, खुलेर बाहिर आउन चाहेनन्। सुरेश भने धकाएनन्। केही विद्यार्थीलाई चित्र बनाउनसमेत सिकाइरहेका उनी सुरूमा मुहार चित्र नै बनाउन सिकाउँछन्।, मुहार चित्र बनाउनु एकदम चुनौतीपूर्ण काम हो। जसको चित्र बनाएको हो, उस्तै देखिनुपर्ने चुनौती हुन्छ। यसमा हुने गल्ती सानो बच्चाले समेत थाहा पाउन सक्छ। त्यही भएर अक्सर मानिस मुहार चित्र बनाउन गाह्रो मान्छन्।, लामो समयको अभ्यासले सुरेशलाई भने कहिलेकाहीँ महसुस हुन्छ, 'यसको चित्र यसरी बनाउन पाए त...।', सुरेश भगवान र मान्छे दुवैको चित्र बनाउँछन्। भगवानभन्दा मान्छेको चित्र बनाउन गाह्रो लाग्छ। त्यसो हुनुको कारण भगवानले चित्र मनपर्‍यो वा परेन भनेर गुनासो गर्दैनन्। मान्छेको चित्त बुझाउन मुश्किल हुन्छ।, उनी भगवानमा त आस्था देख्छन्, मान्छेमा के देख्छन् होला?, 'स्वार्थ मात्र देख्छु,' उनले भने, 'हामी मन्दिरमा एउटा ढुंगा मात्र भए पनि विश्वासका साथ पूजा गर्छौं। किन? किनभने हाम्रो विश्वास भगवानले तोड्दैन। तर मान्छेलाई अहिले विश्वास गर्‍यो, एकैछिनमा तोड्न सक्छ।', सुरेशले सुरूमा चित्र बनाउन थालेको पोस्टकार्ड र फोटो हेरेर हो। बिस्तारै कल्पना गरेर बनाउन थाले।, औपचारिक शिक्षाका लागि भने २०६० सालमा ललितकला क्याम्पसमा कक्षा १२ मा भर्ना भए। त्यति बेला उनी ३७ वर्षका थिए। सर्टिफिकेटका लागि मात्र औपचारिक शिक्षा लिएको बताउने उनलाई शिवपछि अब गर्न मन लागेको कला शृंखला रावणमाथि हो।, रावण शिवभक्त हुन्। दसवटा टाउको भएको मानिने रावणले दस जनाले सोच्ने कुरा एक्लै सोच्न सक्थे भन्ने विश्वास गरिन्छ। उनी बुद्धिमान थिए, बलवान थिए र धर्मात्मा पनि उत्तिकै थिए। तर उनको नराम्रो पाटो मात्र प्रचार गरिएको सुरेश बताउँछन्।, रावणमाथि शृंखलाबद्ध चित्रहरू कोर्न श्रीलंका गएर अध्ययन गर्नुपर्ने सुरेशको धारणा छ।, 'मलाई त त्यहीँको पात्र चाहियो नि। रावणबारे सबै बुझ्नुपर्‍यो। कुनै मान्छेले मेरो चित्र हेरेर केही प्रश्न सोध्यो भने त्यसको जवाफ फर्काउनसक्ने हुनुपर्‍यो। यसका लागि नेपालमा मात्र अध्ययन गरेर पुग्दैन,' उनले भने।, रावणबाहेक उनले 'हिडन ट्रेजर' शृंखलाअन्तर्गत दसवटा काठमा काम गरेका छन्। मन्दिरमा हुने टुँडालजस्तै शैलीमा उनले सिसौको काठका टुक्रामा एक्रेलिक रङले पेन्टिङ गरेर देवीदेवता र अष्टमातृकाका चित्र कुँदेका छन्। यो कलाको प्रदर्शनी यसै वर्ष गर्ने तयारीमा छन्।, फुर्सदको समय चित्र बनाउने सुरेश दिनभर तन्त्रविद्याको काममा व्यस्त हुन्छन्। यो बेला उनलाई भेट्न आउनेहरू पनि या त तन्त्रविद्या सिक्नेहरू हुन्छन् या यससम्बन्धी समस्या लिएर आउनेहरू। पारिवारिक झैझगडा, पीडा, तनाव कम गर्न र आफ्नो भविष्यबारे जान्न मान्छेहरू उनलाई भेट्न आउँछन्। बिहान १० देखि बेलुकी ५ बजेसम्म तन्त्रविद्यामा लाग्ने उनी काम र मान्छेका बोझ सबै चित्रमा पोख्छन्।, 'दिनभर मान्छेहरूले कुरा गरेर थुपारेका फोहोर सबै चित्रमा निकाल्छु। तन्त्रविद्याको क्षेत्रबाट ठ्याक्कै परिवर्तन भइसकेको हुन्छु,' उनले भने, 'चित्र बनाउँदा मलाई कहिले तन्त्रविद्याले असर गर्दैन। बरू तन्त्रविद्यामा रहँदा कहिलेकाहीँ चित्रका पात्रले असर गरिरहेको हुन्छ। मैले बनाइरहेका पात्र ठिक छन् कि छैनन् भन्ने कुरा दिमागमा खेलिरहन्छ।', चित्र भनेको कला रङ संयोजन हो भने तन्त्रविद्या शब्द र मन्त्रको संयोजन। सुरेशलाई तन्त्रविद्या र चित्र बनाउनु दुवै साधना र ध्यान गर्नु बराबर लाग्छ। दुवै एकअर्काबाट फरक छन् तर उनले दुवैलाई समानान्तर रूपमा लगिरहेका छन्। दुवैले आफूलाई धैर्य सिकाएको उनी बताउँछन्।, कलासँगै साहित्यमा पनि रूचि भएका सुरेशले यसअघि कवि तथा साहित्यकारका चित्रमाथि शृंखलाबद्ध काम गरेका थिए। त्यसको किताब पनि निकाले र प्रदर्शनी पनि गरे। अब कहिले पनि त्यस्तो काम नगर्ने उनले सोचेका छन्।, त्यसको कारण बताउँदै उनले भने, 'न गम, न खुसी भन्छन् नि, त्यो काम गर्दा मलाई त्यस्तै अनुभव भयो। मैले कसरी उनीहरूलाई मुहार चित्रमा उतारेँ भनेर कम-से-कम आएर हेरिदिऊन् भन्ने चाहना थियो। तर कसैले वास्ता गरेनन्। जुन कुरा जोसम्म पुगोस् भनेर बनाइएको हो त्यो नपुगेपछि बनाउनुको के अर्थ!', हामीले उनलाई सोध्यौं, 'भगवानको चित्र पनि बनाउनुभएको छ। के भगवान आएर तपाईंको चित्र हेर्छन् त?', 'हेर्छन्। सय प्रतिशत दाबी गरेर भन्न सक्छु। भगवानले हेर्ने मात्र होइन, तपाईंको कुरा सुन्नु पनि हुन्छ। तपाईंले कहिले भगवानसँग कुरा गर्नुभएको छ?' जवाफमा उल्टै प्रश्न सोध्दै उनले भने, 'भगवानलाई महसुस गर्नुस् न। उनले हेर्ने, देख्ने, सुन्ने सबै गर्छन्।', हामीले उनलाई अन्तिम प्रश्न सोध्यौं, 'भगवानप्रति आस्था भयो भने के हामीले उनलाई देख्न पनि सक्छौं?', सुरेशले भने, 'सूर्यलाई सिधा हेर्न त हामीलाई कति गाह्रो हुन्छ, भगवानलाई हेर्न गाह्रै हुन्छ नि! महसुस गर्नुस् न, वरपरै त छन्।', सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी, जो चित्र बनाउँछन्, तन्त्रविद्या पनि सिकाउँछन्
सेतोपाटी संवाददाता कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अझै अज्ञात छ।, शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता छिन्। , हिजो राति १२ बजेसम्म  प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए। , शुक्रबार बिहान ११ बजेतिर चार/पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । , ‘हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ,’ प्रवक्ता डाँगीले भने, ‘ ड्रोनबाट हेर्दा बाघ त्यही झाडीमा देखिएको छ, बाघको उद्धारका लागि बर्दियाबाट टोली आउँदैछ।’, महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका थिए। , बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बेलौरी पुगेको  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए। , ‘बर्दिया र शुक्लफाटाँको टोली सो क्षेत्रमा पुगिसकेको छ,’ उनले भने, ‘आवश्यक परेमा हात्ती तम्तयार अवस्थामा राखिएका छन्।,  ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको प्रहरीले जनाएको छ। , चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन्।, कञ्चनपुरमा बाघको आक्रमणमा परेकी महिलाको अवस्था अज्ञात
मन्दिरा घिमिरे तपाईंले डान्सिङ, सिङ्गिङ, कमेडी रियालिटी शो हेर्नुभएको होला नभए त्यस्ता कार्यक्रमको चर्चा सुन्नुभएको होला। तर कविताको पनि रियालिटी शो पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।, नेपालमा अहिले कविताको रियालिटी शो चलिरहेको छ। कविहरू पनि अरू विधाका कलाकारजस्तै हुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको नेपालकै पहिलो कविता रियालिटि शो हो, पोएट आइडल।  यो शोमा साहित्यप्रेमी र विशेष गरी कविता पारखीहरूले आफ्ना कला प्रस्तुत गरिरहेका छन्।, सुरूवातीका चरणमा खासै चर्चा बटुल्न नसकेको शोको फिनाले आज (शुक्रबार) हुँदैछ।, गत शुक्रबार भएको सेमिफाइनलबाट दुई जना आउट भए। तीमध्ये एक हुन्, मुनु अधिकारी। , पाल्पामा जन्मेकी २७ वर्षीया मुनु तीन पटकसम्म बटम टुमा पुगेर सेमिफाइनलसम्म पुगकी थिइन्। तर फाइनलमा उनले आफ्नो स्थान बनाउन सकिनन्। , ‘जुन उद्देश्य लिएर आइडलमा सहभागी भएकी थिएँ, यहाँसम्म पुग्दा त्यो पूरा भयो’, उनले भनिन्।, पाल्पामा जन्मिएकी मुनु कैलालीको सुख्खडमा हुर्किइन्। पाल्पामा जीविकोपार्जन गर्न गाह्रो भएपछि उनको परिवार कैलाली बसाइ सर्‍यो।, कैलालीमा हुर्किएकी मुनु उच्च शिक्षाका लागि काठमाडौं आइन्। त्यसपछि फेरि सिए पढ्न भारत पुगिन्।, उनले कविता लेख्न थालेको छ वर्षमात्र भयो।, ‘मैले सन् २०१७ मा पहिलो पटक आमा कविता लेखेकी थिएँ,’ उनी भन्छिन्, ‘अफिसमा हुँदा एकैचोटि केही कुरा फुर्‍यो र लेखें।, पाइला टेकेँ यो धर्तीमा आज, तर न्यानो लाग्छ तिम्रो काख, कतै ठेस लाग्न लाग्दा तिमीले सम्हाल्यौ, तर थाहा छैन आमा तिमी कता हरायौ,  ;सुरूमा उनले यी चार लाइन मात्र लेखेकी थिइन्। ,  ‘पछि घर पुगेरमात्र यो कविता पूरा गरेकी थिएँ।’ , मुनु आफ्नो जीवनको अहिलेसम्म महत्वपूर्ण भाग पोएट आइडल भएको बताउँछिन्। , ‘आइडलमा हुँदा आफूलाई झन् चिन्ने मौका पाएँ,’ उनी भन्छिन्,‘मेरो विचार परिवर्तन भएको छ। मैले विभिन्न कुराहरूलाई हेर्ने नजरिया परिवर्तन भएको छ। एकदमै पोजिटिभ इम्प्याक्ट पारेको छ आइडलले मेरो जीवनमा।’, बिना कुनै योजना लेख्न मन लागेर लेखेको तर समयक्रमसँगै लेख्दै जाँदा लेख्न सक्छु भन्ने अनुभूति भएको उनले बताइन्।, ‘कोरोना महामारीको बेला लकडाउन भएको थियो,’ उनी भन्छिन्, ‘त्यसबेला हो मैले पनि कविता लेख्न सक्छु है भनेर थाहा पाएको। त्योभन्दा अगाडि त खासै कविताहरू पढ्थिनँ। उति रूची पनि थिएन।’ , मुनुले कविता लेख्दा सुरूवाती दिनहरूमा आफ्ना भोगाइ र मन छोएका तीता वा मीठा कुरा कवितामा उतार्थिन्।, उनी आज कविता लेख्छु भनेर बस्दिँनन्, जुनबेला फुर्छ, तत्कालै लेखिहाल्छिन्।, कविता लेख्न थालेपछि उनी एक्लै रमाउन थालिन्। एक्लै बसेर लेखेका कविता एक्लै नै वाचन गर्थिन्। आइडलमा जानु अगाडि मुनुले नेपग्याजमको सिस्टर च्यानल साइलेन्स लाउडरमा आफ्नो कविता ‘एक चेलीको पोएट्री पत्र’ प्रस्तुत गरेकी थिइन्। यो कविता युट्युबमा ४१ हजार पटक हेरिएको छ। यस कविता धेरैले रूचाएका थिए। उक्त कवितामा मुनुले बलात्कृत महिलाको अनुभव कवितामार्फत् सुनाएकी छिन्। , पोएट आइडलमा गएर उनले सुरूमा उनले ‘म हत्यारा हुँ आफ्नै सपना’को कविता सुनाइन्। त्यसैगरी चमेलीको रातो रिबन, बसन्मा फुलेकी पुष्पा, मेरो जीवनको पहिलो र अन्तिम पत्र 'मृत्युपत्र', गर्भ, तिमीसँग तिम्रो गाउँ घुम्न आउने छु जस्ता कविताहरू  वाचन गरेकी थिइन्। उनले आइडलमा सुनाएका कविताका क्लिपहरू भाइरल भए। धेरैले त्यसमा टिकटकमा बनाए।, ‘आत्मविश्वास नभई कविता लेखी आफैं वाचन गरिरहेको हुन्थें। तर कहिले पनि अरूलाई सुनाइनँ,’ उनी भन्छिन्, ‘मान्छेहरू धेरै देख्दा डर लाग्थ्यो। तर एकचोटि साइलेन्स लाउडरमा पहिलो पटक क्यामरा अगाडिमात्र कविता रिसाइट गर्न पाइन्छ भन्ने थाहा पाएको कारण पठाएकी थिएँ। पछि वाचन गर्ने मौका पाएँ।’, प्लेटफर्म खोजिरहेको बेला पोएट आइडल आएका कारण सिधै अडिसन दिन गएको उनी बताउँछिन्। , ‘आफैंलाई आफूले आफ्ना कति परिधि भत्काउन सक्छु होला। म कतिसम्म जान सक्छु भनेर थाहा पाउन आइडलले सहयोग गर्छ भनेर अडिसन खुल्नासाथ गएकी थिएँ,’ उनले भनिन्।, अडिसन दिन उनी घरमा कसैलाई नभनिकन गएकी थिइन्। छनोट भएपछि मात्र घरपरिवारलाई थाहा दिएको उनी बताउँछिन‍्। आफ्नो जीवनमा कविता आशिर्वाद बनेर आएको उनको बुझाइ छ।, ‘चार्टर्ड एकाउन्टेन्ट (सिए) पढे पनि कविता आफैं आशिर्वाद बनेर आएको हो,’ उनी भन्छिन्, ‘मैले अलिकति मेहनत गरेर मलजल गर्ने काम, अझ माझ्ने काम गरेकी हुँ।’ , पहिले साइलेन्स लाउडरमा र आइडलमा कविता वाचन गर्दा  मुनुले ठूलो फरक अनुभूति गरिन्।, ‘पोएट आइडलले छोटो समयमै देश तथा विदेशमा सबैसामु तपाईंलाई चिनाइदिने काम गर्छ र चिन्छ। जुन अन्य ठाउँमा हुने हो भने समय लाग्छ। किनकी अन्य ठाउँका दर्शक आइडलको जति धेरै हुँदैनन्,’ उनी भन्छिन्।, सबै कविहरूको आफ्नै लेख्ने र बुझ्ने तरिका हुने मुनुले बताइन्। आइडलमा पनि सबैको आफ्नै शैली र तरिका छ।, ‘सबैले आफ्नो भोगाइ र बुझाइ हुन्छ,’ उनी भन्छिन्, ‘त्यहीअनुसार कविताहरू लेखिएका हुन्छन्। तर आफ्नो भोगाइमात्र कविले लेख्छ भन्नेचाहिँ होइन।’, आफूले लेख्ने कविताहरूमा धेरै महिला पक्षको कुरा लेखिरहेको उनी बताउँछिन्। आफैं महिला भएर महिलाको कुरा राम्ररी देख्न, बुझ्न र अनुभव गर्न सक्ने भएर हुन सक्ने उनको बुझाइ छ।, ‘हामीले देश, समाज, घर र परिवार बनाउनेजस्ता अनेकौं कुरा गर्छौं तर त्यसमा पनि महिलाको केही न केही योगदान त पक्कै पनि हुन्छ होला नि!,’ उनी प्रश्न गर्छिन्।  , आइडलमा जानु अगाडि र अहिले कवितालाई हेर्ने नजर नै परिवर्तन भएको भन्छिन् मुनु।, पहिले  जुन कविता बुझ्न जति गाह्रो हुन्छ त्योचाहिँ खत्रा कविता भन्ने सोचिने भए पनि अहिले बुझाइ फरक भएको उनले बताइन्।, ‘कविता भनेको आम मानिसहरूले नबुझ्ने विधा हो भन्ने सोच थियो। त्यसैले नबुझ्ने गरी लेखिन्थ्यो। जुन कुरा त्यसबखत ठिक थियो होला। तर कविता भनेको साधारण हुनुपर्छ,’ उनी भन्छिन्, ‘जसको लागि कविता लेखेको हो उसले बुझ्ने त हुनुपर्‍यो नि।’, मुनुले ‘म हत्यारा हुँ’ भन्ने कविता वाचन गरेर अडिसनमा चुनिएकी थिइन्।, ‘मेरा आँखा अगाडि कुनै ऐना नराखियोस्, म अब आफूलाई यो ऐनामा हेर्ने हैसियत राख्दिनँ, कैयौं सपनाहरूलाई एक एक गरी निमोठ्दै निचोर्दै त्यही भित्र राखेकी छु , म हत्यारा हुँ आफ्नै सपनाको, , म हत्यारा हुँ आफ्नै खुसीको।’, आफ्नै सपनाहरूलाई मारेको अनुभूति भएका कारण उक्त कविता लेखेको उनी बताउँछिन्। , ‘मैले आफ्नै सपनाहरू मारेकी छु जस्तो लागेर त्यो कविता लेखेकी थिए,’ उनी भन्छिन्, ‘जुन कविता धेरै मानिसहरूले रूचाउनुभयो। तर जब धेरै मानिसहरूले त्यो कविता मन पर्‍यो भनेर धेरैले भन्नुभयो मलाई मन परेन। किनकी धेरै मानिसहरूले म जस्तै गरी आफ्ना सपनाहरू मार्नुभएको रहेछ नि त।’, आशुँ कविता राउण्डमा कविता लेख्न एकदमै गाह्रो हुने मुनुको अनुभव छ।, ‘बटम टुमा परेको मानिसहरू आमनेसामने भएर कविता लेखिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘के लेख्ने? कविता बन्छ कि बन्दैन पनि थाहा हुँदैन। त्यतिबेला अरू नै सोचिरहेको हुन्छ। विभिन्न कुराहरू मनमा खेलिरहेको हुन्छ।’, कविहरूसँग जमघट र यति लामो समयका लागि बसेको पहिलो पटक भएको मुनु बताउँछिन्। , ‘सबै कविको आ-आफ्नो तरिका हुन्छ,’ उनी भन्छिन्, ‘अरूबाट धेरै कुराहरू सिक्न पाइयो। कतिपय कुराहरूलाई अर्को तरिकाले पनि हेर्न सकिने रहेछ भन्ने बनायो। तर अरूको सोच र तरिका आफूमा हाबी हुन दिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ।’ , आफूले केही कुरा लेख्छु भनेर सोचेको तर अर्को साथीले सोही कुरा लेखिसकेको हुने उनको भनाइ छ। एउटै कुरालाई धेरै जनाले हेर्दा एउटै कुरा आउँदा त्यो संयोग हुनर चोरेको नहुने मुनको बुझाइ छ। , भावी योजना खासै नबनाएको भएता पनि कविता भने लेखिरहेने उनी बताउँछिन्। , ‘खासै योजना बनाएकी त छैन तर कवितासँगै अगाडि बढ्नेछु। कविता लेख्ने नै छु’, उनले भनिन्।, अहिले फर्किए हेर्दा आफैंले लेखेका कविताहरू के लेखें भन्ने हुने उनी बताउँछिन्।, पहिले कविताहरू धेरै लेख्दा आफूले राम्रो लेखिरहेको छु भन्ने हुन्थ्यो तर अहिले कविता धेरै लेखेर मात्र केही हुँदैन भन्ने थाहा पाएको उनी बताउँछिन्।, ‘साहित्य क्षेत्रमा पनि विशेषगरी कविताले थोरै शब्दमा कम हरफमा मीठो तरिकामा सबै कुराहरू भन्न सक्छ,’ उनी भन्छिन्, ‘कसैलाई हप्काउन पर्‍यो भने पनि नानाथरीका कुराहरू लेखिरहन जरूरी पर्दैन। बिम्बहरू प्रयोग गरेर धेरै कुरा भन्न सकिन्छ। कविता विधा भनेको साहित्य क्षेत्रको राजा विधा हो।’, कवि बनेर नै जीविकोपार्जन गर्न गाह्रो हुन्छ कि भन्ने उनको आशंका छ। , 'अहिले कविता लेखेर नै बाँच्न सकिँदैन जस्तो लाग्छ,' उनी भन्छिन्, 'त्यसैले सिएलाई करिअरको रूपमा अगाडि बढाउने योजना छ। तर कविता विधा पनि छोड्दिनँ। किनकी कविताले मलाई मुनु भनेर चिनाएको छ। मेरा दर्शक/स्रोताहरूलाई केही न केही सुनाउने नै छु।', ‘पोएट आइडल’बाट बदलिएकी मुनु (भिडिओ)
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।, जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।, दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।, महाशाखाले कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ जानकारी दिएको छ। , अपरान्ह पछि पश्चिम  तराईका केही तथा पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।, राती कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ।, पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।, महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। , मौसमः पहाडी भू-भागमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना
रासस कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।, बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्। , प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अझै अज्ञात रहेको बताए।। , उनले नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगिने बताए। बेपत्ता भएकी महिलाको खोजी भइरहेको पनि डिएसपी डाँगीले बताए। , शुक्रबार बाघको आक्रमणपछि बेलौरी –८ पचुँइका गङ्गादेवी चन्द बेपत्ता छिन्। , चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।, घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो। बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो। , सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पु¥याइएको जानकारी दिइन्। , कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेकै बेला शुक्रबार उक्त घटना हुन पुगेको हो।, केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो। , सो घटनापछि दक्षिण क्षेत्रमा निगरानी बढाइँदै आएको छ। , कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने पाटेबाघलाई लिइयो नियन्त्रणमा
रासस काठमाडौंको टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ।, टोखा नगरपालिका वडा नं ८ मिलनटोलमा शुक्रबार राति ७ बजेर २० मिनेट जाँदा श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डंगोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई आगलागी हुँदा एक करोड बराबरको क्षति भएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगलागीबाट पाँच वटा पसलमा रहेका सामान क्षति हुँदा एक करोड बराबरको क्षति भएको राससलाई जानकारी दिए।, बाँकी तीन खाली सटरसमेत जलेर नष्ट भएका छन्।, आगलागीमा परेर कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको दूध डेरी जल्दा दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख र धर्मराज डंगोलले सञ्चालन गरेको मासु पसल जल्दा २५ लाखको क्षति भएको प्रहरीले जनाएको छ।, यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको तीन वटा सटरसमेत जलेर नष्ट भएको प्रवक्ता रिजालले बताए। नेपाल प्रहरी, स्थानीय, पानीको दुई वटा दमकल, तीन वटा पानीको ट्यांकरको सहायतामा उक्त आगलागी नियन्त्रणमा लिइएको थियो। , टोखामा आगलागीबाट एक करोडको क्षति
सेतोपाटी संवाददाता सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले वैशाख ३ गते देखि वैशाख ८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, बालकलाई भिटामिन ए खुवाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, रातो मच्छिन्‍द्रनाथको रथ तयार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, ललितपुरको पुल्चोकमा रथमा रातो मच्छिन्द्रनाथ रथारोहण गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याजी पीडितबीच भएको झडप। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, आमाको मुख हेर्ने दिनमा चन्द्रागिरिस्थित मातातिर्थ दर्शन गर्दै भक्तजन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी , नेपाल र ओमानबीच भएको एसिसी क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका दर्शक। तस्बिर: निशा/ भण्डारी/सेतोपाटी, काठमाडौंमा मिटरब्याज पीडित र नागरिक आन्दोलनको संयुक्त प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ,  , ओमानको विकेट लिएपछि नेपाली क्रिकेट खेलाडीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ,  , साताका तस्बिर
सेतोपाटी संवाददाता लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , भक्तपुरको जगातीबाट शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो। , बा २ क ६३४५ नम्बरको टिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापा, बा २ क ६३४४ नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय ताराबहादुर तामाङ र ना २८ प ६३३३ नम्बरको मोटरसाइकलका चालक तार्केश्‍वर नगरपालिका ५ गोलढुंगा बस्ने ३० वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  , लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको छ। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन जना प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। , बुद्धशान्ति-५ खारखोलास्थित बारीमा मकै खान आएको हात्तीलाई धपाउन खोज्दा आक्रमण गरेपछि एक जनाको मृत्यु भएको हो।, आक्रमणबाट सोही ठाउँका भिमबहादुर भट्टराईको मृत्यु भएको हो। शनिबार बिहान साढे ३ बजे भट्टराईलाई हात्तीले किल्चेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए।, जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको उनले बताए।, पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ। एक दर्जनको संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्दै आएका छन्। हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयबासी बताउँछन्।, झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सेतोपाटी संवाददाता अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्कालाई पक्राउ गरेको हो।, खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ।, खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।, साथै पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ।, उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध थप १० जनाबाट उजुरी प्राप्त भएको छ।, कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाहरूबाट पीडितहरूले ५ करोड १९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपसहित निवेदन दिएका थिए।, अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्नेहरू पक्राउ
सबिना श्रेष्ठ लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले केही दिनयता सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म 'जारी' को प्रचार गरिरहेका छन्।, सोमबार भने उनले बेग्लै स्टाटस लेखे। त्यो उनकी माइली छोरीको पढाइको विषयमा थियो। , सुब्बाले कक्षा ९ मा पढिरहेकी आफ्नी छोरीलाई जाउलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलले पढाउन नसक्ने भन्दै अपमानजनक व्यवहार गरेको फेसबुकमा लेखे।, उनले घटना विवरणसहित फेसबुकमा लामो स्टाटस लेखेका छन्।, 'मेरी छोरी पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी उपप्रधानाध्यापकको कोठामा पस्नासाथ यसको बुवा खै, किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपलसहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानु, यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दैन भनेछन्।', यसअघि पनि आफ्नी छोरीलाई यस्तै अपमानजक व्यवहार गरेको भन्दै सुब्बाले थप भनेका छन्, 'पहिला पनि जोशी सरले मेरी छोरीले पढेर खान सक्दैन, बरू एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ भनेका थिए।', उनकी छोरी र श्रीमतीलाई स्कुलको यो व्यवहारले चोट पुर्‍यायो। उनीहरूले घर पुगेर सुब्बालाई रूँदै यो घटना विवरण सुनाए।, सुब्बाका अनुसार उनकी छोरी कक्षा दुईदेखि नै उक्त स्कुलमा पढिरहेकी थिइन्। यति लामो समयदेखि पढाइरहेको स्कुलले ९ कक्षा पुगेपछि आफ्नै विद्यार्थी कमजोर देख्नुमा स्कुलको पनि दोष भएको उनी बताउँछन्।, 'एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ,' उनले लेखेका छन्, 'मेरी छोरी होइन, तिमी फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै भाइस-प्रिन्सिपलको गाला रन्काइ दिऊँ भन्ने झोंक चलेको थियो। तर के–के न भनौंला भनेर गएको, सामान्य गुनासो राख्दै म छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ।', उनले सहायक प्रधानाध्यापकलाई यति भने भनेछन्, 'मेरी छोरीलाई जस्तो व्यवहार अरू विद्यार्थीलाई नगर्नू। हरेक बच्चा क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरूलाई हतोत्साही नगर्नू। बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नू।', सुब्बाले आफ्नी छोरीको क्षमता बुझ्ने स्कुल पनि खोजिरहेको बताउँदै लेखेका छन्, 'मेरी छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन (गैरआख्यान) पढ्न औधि रूचि राख्छिन्। मलाई मेरी छोरीलाई ९-१० पढाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।', उपेन्द्र सुब्बाकी छोरीलाई यसरी अपमानजक व्यवहार गर्ने डिएभी स्कुलसँग हामीले कुराकानी गर्न खोजेका थियौं। स्कुलमा सम्पर्क गर्दा प्रधानाध्यापक नभएको भनियो।, त्यसपछि हामीले सहायक प्रधानाध्यापक रामचन्द्र खनालसँग कुराकानी गर्न खोज्यौं। उनको मोबाइल फोन उठेन। हामीले पठाएको म्यासेजको पनि कुनै प्रतिक्रिया दिएनन्।, शिक्षा क्षेत्रको जिम्मा अहिले स्थानीय तहलाई भएकाले यसबारे हामीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोध्याै‌ं।, मेयर महर्जनले यस विषयमा आफूलाई जानकारी नभएको तर तत्काल समस्या सम्बोधन गर्दै शिक्षा महाशाखासँग कुरा गर्ने बताए। , 'यसरी विद्यार्थीलाई अपमानजनक व्यवहार गर्नु एकदम गलत कुरा हो। त्यस्तो व्यवहार स्कुलले त के, कसैले पनि गर्नु हुँदैन। हामी तत्काल यो विषयबारे अध्ययन गरेर छलफल गर्नेछौं,' उनले भने।, उपेन्द्र सुब्बाको पूरा स्टाटस , जारी फिल्म सुखद रूपमा चलिरहेको छ। हिजो छोरीको स्कुल जानुपर्ने थियो, व्यस्तताले जान पाइनँ। नानीको आमालाई छोरीसँग स्कुल पठाएँ। घर म राति पुगेँ। घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।, मेरो माइली छोरी जाउलाखेलको डिएभी (DAV) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिनन्। पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन्। लिइएको परीक्षामा फेल भइछन्। आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ 'यसको बुवा खै, किन नआएको' भनी सोधियो रे।, नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन्।, भाइस प्रिन्सिपलसहित अरू दुई जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर 'यो बच्चालाई हामी पढाउन सक्दैनौं। अन्त स्कुल लानू। यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन। यिनले पढ्नै सक्दिनन्' भनेछन्।, पहिला पनि जोशी सरले 'पढेर केही गरी खान सक्दिन बरू एउटा स्कुटर किन्दिनू, पठाओ चलाएर खान्छ भने' भन्दै आमा छोरी दुवै मसँग रोए।, यो कुरा मलाई सुनेर रातभरि निद्रा लागेन। मनमा अनेक कुरा खेल्यो। आफैंसँग रिस पनि उठ्यो। तब देश सम्झेँ। सरकार सम्झेँ। देशको शैक्षिक अवस्था सम्झेँ। शैक्षिक संस्थाहरू सम्झेँ। गुहार्नलाई साथीभाइ सम्झेँ।, फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन। कक्षा २ बाट सोही स्कुलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै 'पढ्न जान्दैन, यहाँ हामी पढाउन सक्दैनौं, अन्तै लैजाऊ' भन्नु स्कुलको गैरजिम्मेवारी हो भनेर सम्झेँ।, विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिऊँ भन्ने म निम्छरो बाउको मनमा झोंक नचलेको पनि होइन...।, बिहान उठेर शैलेन्द्र डी कार्की सरलाई गुहारेँ। स्कुल गयौं। भाइस प्रिन्सिपललाई भेट्यौं। के के नै भनौंला भनेर गएको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ।, र यति भनेँ, 'मेरो छोरीलाई जस्तो व्यवहार अरू विद्यार्थीलाई नगर्नू। हरेक बच्चाहरू क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरूलाई हत्तोत्साही नगर्नू। बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नू।', मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि। यस अलावा फिक्सन पढ्न औधि रूचि राख्छिन्। मलाई मेरो छोरीलाई ९/१० कक्षा पठाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु।, डिएभी स्कुलले विद्यार्थीको अभिभावक बोलाएर 'यसले पढ्दिन, स्कुटी किनेर पठाओ चालक बनाइदिनू' भनेपछि
सरिशा अछामी पोहोरसम्म हामी सुन्थ्यौं- वार्षिक परीक्षा आउन लागिसक्यो तर दुर्गमका विद्यार्थीका हातमा पढ्ने किताब छैनन्। समाचारदेखि संसदसम्म विद्यार्थीले किताब नपाएका विषयमा चर्चा पाउँथ्यो। मानिसहरू सोध्थे- देशका अति दुर्गम ठाउँमा पनि चुनावका बेला मतपत्र समयमै पुर्‍याउने सरकारले विद्यार्थीका किताब किन पुर्‍याउन सक्दैन?, यसपालि दृश्य फेरिएको छ। शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै देशका ७० जिल्लामा किताब पुगिसकेका छन्। बाँकी सात जिल्लामा पनि केही दिनभित्र किताब पुर्‍याउने गरी धमाधम काम भइरहेको छ।, यो वर्ष समयमै विद्यार्थीले किताब पाउने वातावरण कसरी बन्यो?, हामीले यो प्रश्न सरकारी विद्यालयका किताब छाप्दै आएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झालाई सोध्यौं।, झाका अनुसार सरकारी इच्छाशक्ति, पूर्वयोजना, स्रोत साधन, जनशक्ति र व्यवस्थापनको प्रभावकारी तालमेलले सकारात्मक परिणाम आएको हो।, ‘पोहोरसम्म एकातिर केन्द्रसँग पर्याप्त स्रोत साधन र जनशक्ति थिएन, अर्कातिर राजनीतिक नेतृत्वमा जसरी पनि समयमै विद्यार्थीलाई किताब दिनुपर्छ भन्ने इच्छाशक्ति हुन्थेन,’ झाले भने,‘हुनुपर्ने ठाउँमा समन्वय नहुँदा र योजनावद्ध रूपले काम नहुँदा भद्रगोल हुने गरेको थियो।’, यसपालि प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयबाट आफूहरूले राम्रो सहयोग पाएको उनले बताए। अरूबेला गुनासो लिएर कार्यालय धाउनुपर्थ्यो, यसपालि त्यो समस्या भाग्नु परेन।, ‘उहाँहरूले नै केही समस्या भए भन्नुहोस्, समस्या समाधान गरेर समयमै पुस्तक पुर्‍याउनु पर्छ भन्नुहुन्थ्यो,ʼ झाले भने।, सरकारले भरोसा मात्र दिएन केन्द्रलाई चाहिने स्रोत साधन र जनशक्तिका लागि पनि बाटो सजिलो बनाइदियो।, केन्द्रसँग पहिला दुई वटा मात्र मेसिन थिए जसले रंगिन पुस्तक छाप्न सक्थे। २०७७ फागुनबाट केन्द्रले तीन वटा नयाँ प्रिन्टिङ मेसिन किन्ने प्रक्रिया अघि बढाएको थियो।, ०७९ मंसिरमा तीन वटा मेसिन आए। केन्द्रले भारतबाट ९ करोड लागतमा रंगिन पुस्तक छाप्ने मेसिन ल्याइएको हो।, मेसिन ल्याउनासाथ १५ दिनमा जडान भयो। जडान हुनासाथ पुसदेखि २४ सै घन्टा प्रयोगमा ल्याइएको हो। पाँच मेसिनले दैनिक दुई लाख थान किताब छाप्न थाले।, छापिएका किताब हातैले बाइन्डिङ गर्नुपर्ने थियो। तर केन्द्रसँग पर्याप्त जनशक्ति थिएन। कर्मचारी थप्न सरकारसँग अनुमति माग्यो।, सरकारले सजिलै अनुमति दिएपछि २ सय जना कर्मचारी थपिएको प्रबन्धक झाले बताए।  , पहिला केन्द्रमा तीन सय जना स्थायी कर्मचारी थिए अहिले १२५ जना करार र ७५ जना दैनिक ज्यालादारीमा काम गर्छन्। आवश्यकताअनुसार ज्यालामा काम गर्नेको संख्या थपघट भइरहन्छन्।, ‘पुसदेखि दैनिक पाँच सय जनाले दुई सिफ्टमा काम गरिरहेका छौं,ʼ प्रबन्धक झाले भने,‘त्यसै कारणले यसपालि विद्यार्थीले समयमा पुस्तक पाए।ʼ, मेसिन, कर्मचारीसँगै यसपटक कागज खरिदमा पनि कुनै समस्या भोग्नुपरेन। शुल्क बढेर आए पनि कागजको अभाव भएन। गत वर्षमा १ केजी  कागज एक सय रुपैयाँ पर्थ्यो। अहिले एक केजी कागजको मूल्य एक सय ७५ रुपैयाँ पुगेको छ।   , गत वर्ष कोरोनाभाइरस, रूस-युक्रेन युद्धले लामो समयसम्म कागज आएन। चार-पाँच महिना मेसिन बन्द गरेर राख्नुपर्ने बाध्यता आइलाग्यो।, ‘दुई वटै मेसिन बन्द गरेर बसेकाले गत वर्ष पुस्तक छपाइमा ढिलाइ भयो,ʼ प्रबन्धक झाले भने।, दुई महिनाअघि सरकारले भारत सरकारसँग कागज किन्न सक्ने निर्णय गरेको छ। त्यो निर्णयअनुसार प्रक्रिया अगाडि बढिसकेको छ। यसले अर्को वर्ष पनि कागजको अभाव नहुने सुनिश्चितता दिएको छ।, केन्द्रले यसपालि पुस्तक छपाइलाई मात्र प्राथमिकता दिएन, वितरणलाई पनि प्रभावकारी बनायो।, पछिल्ला वर्षमा समयमा पुस्तक नपुगेका जिल्लाहरूलाई यसपटक प्राथमिकतामा राखेर वितरण थालियो।, मंगलबार (वैशाख ५)सम्म सर्लाही, पर्सा, बाँके, सुर्खेत, डडेलधुरा, कञ्चनपुर, कैलालीबाहेकका सबै जिल्लामा किताब पुगिसकेका छन्।, ‘वैशाख १५ गतेसम्म छुटपुटका ठाउँमा समेत पुस्तक पुगिसक्छ,ʼ प्रबन्धक झाले भने, ‘वैशाख १५ गते भर्नाको अन्तिम दिन हो। त्यो दिनसम्म देशभरका विद्यालयमा पुस्तक पुगिसक्छ।ʼ, विगत वर्षहरूमा शैक्षिक सत्र सुरू भएको चार-पाँच दिनपछि पुस्तक बिक्री सुरु भएको हुन्थ्यो। अघिल्लो वर्ष जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू थियो भने जेठ पाँच गतेदेखि पुस्तक बिक्री खुला भयो। त्यसले गत वर्षको शैक्षिक सत्रमा असर पुर्‍यायो। यसपटक चैत २४ गतेदेखि नै पुस्तक बिक्री भइरहेको छ।, देशभरका १२ सय ६७ बिक्री केन्द्र जनक शिक्षा सामग्रीसँग जोडिएका छन्। प्रत्येक जिल्लामा न्यूनतम पाँच-छ जना बिक्रेता जोडिएका छन्। उनीहरूलाई एक लाख रुपैयाँको पुस्तक खरिद गर्दा ९ प्रतिशत छुट दिइन्छ। ढुवानी खर्चसमेत दिने गरिएको छ।, ‘व्यवसायीले पुस्तक लगेर गृह जिल्लाका विद्यालयलाई बिक्री गर्छन्। विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीलाई नि:शुल्क वितरण गर्छ,ʼ उनले भने।, सरकारले कक्षा १ देखि १० सम्म विद्यार्थीलाई नि:शुल्क पुस्तक वितरण गर्दै आइरहेको छ।, यसपालि कक्षा ६ देखि १०सम्मका लागि १  करोड ५० लाख थान पुस्तक छापिएको छ। ७० जिल्लामा ८२ लाख थान पुस्तक पठाइएको छ। यसवर्ष १ करोड ४० लाख थान पुस्तक खपत हुने अनुमान गरिएको छ।, कक्षा १ देखि १० सम्म ३ करोडको हाराहारीमा पुस्तक खपत हुने गरेको छ। यसपटक जनक शिक्षा सामग्रीले कक्षा ६ देखि १० सम्मलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक छापेको हो। प्राथमिक तहको पुस्तक छापेको छैन। कक्षा ११ र १२ का लागि भने जेठबाट पुस्तक छाप्न सुरू गर्ने योजना छ।, ‘कक्षा ११ र १२ को लागि १८ लाख थान पुस्तक भए पुग्छ, गत वर्षकै चार लाख थान पुस्तक छन्। त्यसैले हतार छैन,ʼ प्रबन्धक झाले भने,‘अबका दिनमा पुस्तकको अभाव हुँदैन। अहिलेकै नीति नियम र काम गर्ने प्रणाली कायम रहनेछ।ʼ, आउने वर्षको शैक्षिक सत्रका लागि असार-साउनबाटै पुस्तक छाप्न सुरू गरेर फागुन-चैतमै विद्यालयमा किताब पुर्‍याउने योजना रहेको झाले बताए।   , ‘विगतका तीन वर्षमा कक्षा १ देखि १० सम्मका पुस्तक परिवर्तन भइसकेका छन्। अब केही वर्ष तत्काल पुस्तक परिवर्तन नहुने भएकाले अझ छिटो विद्यार्थीको हात-हातमा पुस्तक पुर्‍याउने गरी हामीले काम गरिरहेका छौं,’ प्रबन्धक झाले भने।, सबै तस्बिरहरू: सरिशा अछामी/सेतोपाटी।, शैक्षिक सत्र सुरू नहुँदै यसपालि कसरी पुग्यो विद्यार्थीका हात-हातमा किताब?
भानुभक्त डढेलो विज्ञ सुन्दर शर्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव हुन्।, उनले विगत २७ वर्षदेखि नेपालको जंगलमा लाग्ने डढेलोको अध्ययन गरिरहेका छन्। तर यसपालिको जस्तो जताततै डढेलो उनले यसअघि कहिल्यै देखेका थिएन्।, ‘खासमा भन्ने हो भने अहिले नेपाल बलिरहेको छ, हाम्रो वायुमण्डल ग्यास च्याम्बर बनिरहेको छ,’ शर्माले बुधबार सेतोपाटीसँग भने।, शर्माका अनुसार पछिल्लो २४ घन्टामा नेपालका १ हजारभन्दा बढी ठाउँमा डढेलो लागेको छ। दैनिक १ हजारभन्दा बढी ठाउँमा डढेलो लाग्ने क्रम चैत ३० गतेदेखि नै सुरू भएको हो।, वैशाख २ र ३ गते डढेलोको संख्या १ हजारभन्दा कम भएको थियो। ४ गतेदेखि फेरि दैनिक १ हजारभन्दा बढी ठाउँमा डढेलो लागेको छ।, डढेलोको यो संख्या अत्यासलाग्दो किन हो भने गत साल वर्षभरि नै १५२८ ठाउँमा मात्र डढेलो लागेको थियो। , ‘हामीले रेकर्ड  राख्न थालेदेखि सन् २०२१ मा सबैभन्दा धेरै डढेलो लागेको थियो। त्यो वर्ष ६२८० ठाउँमा डढेलो लाग्दा हामीले सबैभन्दा धेरै डढेलो भनेर मार्क गरेका थियौं,’ शर्माले भने,‘यसपालि त अहिले नै ६ हजारभन्दा बढी ठाउँमा डढेलो लागिसक्यो।’, शर्माका अनुसार सामान्यत: डढेलो लाग्दा भुइँका स्याउला  र बुट्यानहरूमा धेरै क्षति हुन्छ। ठूला रूखहरू अलिअलि जले पनि मर्दैनन्।, गर्मी याममा जंगलमा फाट्टफुट्ट डढेलो लाग्नु सामान्य कुरा हो। केही ठाउँमा मानिसहरूले जानी जानी आफैं जंगलमा आगो लगाउँछन्, केही ठाउँमा झुक्किएर वा लापरबाहीले आगो लाग्छ। कहिलेकाहीँ गर्मी निकै बढ्दा प्राकृतिक रूपमा निस्कन आगोले पनि डढेलो फैलाउँछ। , तर यसपालिको डढेलो संख्यामा मात्र होइन क्षतिका हिसाबले पनि निकै फैलिएको छ।, ‘मैले देशभरिका डिएफओ र सामुदायिक बनका मानिसहरूसँग कुरा गरिरहेको छु,’ शर्माले भने, ‘उनीहरू रून मात्र बाँकी हुन्छ। अर्घाखाँचीमा एकजना ठेकेदारको २ हजार क्युबिक काठ डढेलोमा जलेछ। कपिलवस्तुमा एउटा सामुदायिक बनमा तीन हजार जति ठूलाठूला रूख खरानी भएछन्।’, यसपालि किन यति धेरै डढेलो लाग्यो? शर्मा भन्छन्- यसमा प्रमुख दुई कारण छन्।, पहिलो, यसपालिको हिउँदै निकै सुख्खा भयो। मनसुन सकिएपछि एकै पटक मध्य फागुनमा पानी पर्‍यो। केही दिन पानी परे पनि लामो खडेरीको सुख्खापनलाई त्यसले तोड्न सकेन। सुख्खापनले डढेलो लाग्न सघायो।, दोस्रो, पोहोर साल तुलनात्मक रूपमा कम डढेलो लागेको थियो। वर्षभरि १५ सय ठाउँमा मात्र डढेलो लाग्दा जंगलमा धेरै नै ज्वलनशील पदार्थ बाँकी थियो। यसपालि त्यो ज्वलनशील पदार्थ सुख्खा भएर बसेको थियो। कहीँ झिल्को पाउनासाथ त्यो तीव्र गतिमा फैलियो।, छिट्टै बढेको तापक्रमले पनि डढेलो फैलिन सघाउ पुर्‍यायो। वैशाख पहिलो साता नै तराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगिसकेको छ।, आउने दिनमा डढेलोका घटना अझ धेरै बढ्ने शर्मा बताउँछन्।, ‘वैशाख दोस्रो सातालाई नेपालमा डढेलोको पिक आवर मानिन्छ, त्यो अझै बाँकी छ,’ शर्माले भने,‘यसपालिको डढेलोको खतरनाक पक्ष के छ भने यसले ठूलाठूला रूख पनि खरानी बनाइदिएको छ।’, डढेलोले जंगलमा मात्रै क्षति पुर्‍याएको छैन। मानव स्वास्थ्यमा पनि अप्रत्यक्ष रूपमा असर पारिरहेको छ।, वैशाख ३ गते काठमाडौं संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर बनेको थियो। आज पनि वायुको गुणस्तर नाप्ने स्वीट्जल्यान्डको संस्था आइक्युएयरको सूचीमा काठमाडौं तेस्रो धेरै प्रदुषित वायु भएको सहर हो।, वातावरण विभागका अनुसार देशभरिमा अहिले सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौं उपत्यकामै छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म नेपालमा ठूलो पानी पर्ने सम्भावना छैन। बेस्सरी हावा नचलीकन वा ठूलो पानी नपरिकन उपत्यकाको वायु प्रदषण हट्दैन।, केही दिनमा डढेलोका घटना बढेसँगै वायु प्रदुषण पनि बढ्ने देखिन्छ।, डढेलो नियन्त्रणका लागि के गर्ने त?, शर्मा भन्छन्- तत्काल हामी केही गर्न सक्दैनौं। डढेलो लागेको ठाउँमा गएर आगो निभाऊ भन्नु मान्छेलाई मर्न जाऊ भन्नुजस्तै हो। स्थानीयवासी, प्रहरी र सेनाले स्याउलाले हानेर अहिलेको डढेलो नियन्त्रण गर्न सम्भव छैन। अहिले संयमता अपनाउने मात्र हो ताकि डढेलोबाट मानवीय क्षति नहोस्।, दीर्घकालका लागि भने गर्नुपर्ने कुरा धेरै रहेको शर्मा बताउँछन्।, ‘सबैभन्दा प्रमुख कुरा त हाम्रोमा डढेलोबारे डेडिकेटेड निकाय नै छैन। अहिले यति धेरै डढेलो लागेको छ, यसको जिम्मेवारी लिने निकाय कुनै छैन,’ शर्माले भने,‘डढेलोमा काम गर्ने शाखा, महाशाखा जे भए पनि छुट्टै निकाय चाहिन्छ।’, डढेलो नियन्त्रणका लागि नेपालमा जनशक्ति र स्रोत साधन पनि नभएको शर्माले औंल्याए।, ‘हाम्रोमा जंगलको डढेलो निभाउने तालिम भएका अग्नि नियन्त्रक पनि छैनन्। अर्को कुरा अब एरियल फायर फाइटिङको प्रविधिमा नगई हुँदैन,’ शर्माले भने,‘तर यत्रो कहीँ चर्चा भएको छैन।’, डढेलो नियन्त्रणबारे सरकार र सांसदहरूको उदासिनता उदेकलाग्दो भएको उनले बताए।, ‘सरकारले यस्तो कुरा अरूले भनेर सुन्दैन। सांसदहरूले संसदमा आवाज उठाए सुन्थ्यो  कि,’ शर्माले भने,‘तर संसदमा पनि एक जना सांसदले यसबारे बोलेको सुनिदैँन।’, २७ वर्षदेखि डढेलो अध्ययन गरिरहेका शर्मा भन्छन्- यसअघि कहिल्यै यस्तो भएको थिएन
सेतोपाटी संवाददाता तीन महिनामा ३ हजार १७६ वटा राजनीतिक समाचार छापिँदा १९२ मात्र महिलासँग सम्बन्धित समाचार प्रकाशित भएको तथ्यांक सार्वजनिक भएको छ।, मिडिया एड्भोकेसी ग्रुपले तीन महिनासम्म ८ वटा पत्रिका संकलन गरी बुधबार तंथ्याक सार्वजनिक गरेको हो। , उक्त कार्यक्रममा बोल्दै ग्रुपकी संस्थापक अध्यक्ष बबिता बस्नेतले सन् २०२३ जनवारीदेखि मार्चसम्म तंथ्याक संकलन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिइन्।  , ‘महिला राजनीतिकर्मीका मुद्दा र आवाजलाई मिडियाले दिएको स्थान र महत्वका बारेमा बुझ्न अवलोकन गरिएका हौं,ʼ उनले भनिन्। , तीन महिनामा प्रकाशित भएका महिला राजनीतिकर्मीका समाचारमा ५५ प्रतिशत सकारात्मक र ४२ प्रतिशत नकारात्मक र ३ प्रतिशत तटस्थ रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ। , उनले तीन महिनासम्म दैनिक पत्रिका गोरखापत्र, द राइजिङ नेपाल, कान्तिपुर, द काठमाण्डु पोष्ट, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र द हिमालयन टाइम्समा प्रकाशित समाचारका आधारमा प्रतिवेदन तयार पारिएको बताइन्। , महिलाका विषयमा आउने समाचार, लेख, फिचर, सम्पादकीय चिठी र फोटोका आधारमा मूल्यांकन गरिएको जानकारी दिइन्। ,  , '३ हजार बढी राजनीतिक समाचार छापिँदा १९२ मात्र महिलासँग सम्बन्धित'
सविता बुढा बुधबार बिहान धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि विद्यार्थीको एक हुल थियो। धनगढी नमूना माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थीहरू आफूलाई फेल गराइएको विरोध गर्न त्यहाँ पुगेका थिए। उनीहरूले उपमहानगरपालिकाको गेटनेर चर्को घाममा बसेर दुई घन्टा धर्ना दिएका थिए।, चैत्र ५ गतेदेखि सुरु भएको परीक्षा १३ गते सकिएको थियो।। कक्षा ८ को परीक्षा धेरैजसो स्थानीय तहले पालिकास्तरीय गर्छन्। धनगढीले वैशाख ३ गते सो परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।, विद्यार्थी तृप्ति पन्तले आफूले नसोचेको नतिजा आएको बताइन्। उनले फेल भएका विषयको उत्तरपुस्तिका आफूलाई हेर्न दिनुपर्ने बताइन्।, ‘कपी फेरि रिचेक गर्नुपर्‍यो, साँच्चै बिग्रिएकै रहेछ भने म कक्षा ८ मै पढ्न तयार छु,’ उनले भनिन्।, अर्की विद्यार्थी लीला खड्काले पनि आफू फेल भएका विषयको उत्तरपुस्तिकाको पुनर्योग वा आफूले हेर्न पाउनुपर्ने बताइन्।, ‘मलाई योभन्दा अगाडि एक पनि विषय लागेन, बोर्डिङका धेरै पास भए हामी त पैसा दिन सक्दैनौं, हामीले चार टाइम ट्युसन, एक वर्ष स्कुलमा पढेर गरेको मेहनत खेर गयो,’ उनले भनिन्।, धर्नामा आएका धेरैजसो विद्यार्थीहरूको यस्तै भनाइ थियो।, धनगढी उपमहानगरपालिकाभित्र रहेका १७ वटा सामुदायिक एक निजी विद्यालयका एक जना विद्यार्थी पनि उत्तीर्ण भएनन्।, एउटा निजी विद्यालयको नतिजा पनि यस्तै छ। यस्तो अवस्था आएपछि अहिले कहिले शिक्षक, कहिले विद्यार्थी, कहिले अभिभावकहरू उपमहानगरपालिकामा मेयर र शिक्षा शाखाका प्रमुखलाई भेट्न आइरहेका छन्।, धनगढी-१० मा रहेको जनकल्याण माविका प्रधानाध्यापक तर्कराज जोशीका अनुसार उक्त विद्यालय २०१६ सालमा स्थापना भएको हो। अहिले त्यहाँ कक्षा १२ सम्म पढाइ भइरहेको छ। योभन्दा अगाडि यस विद्यालयमा कक्षा ८ को नतिजा कहिल्यै पनि शून्य आएको थिएन।, ‘कक्षा ८ को रिजल्टअनुसार हेर्ने हो भने निमावि तहका शिक्षकहरूको अवस्थालाई हेर्नुपर्ने हुन्छ। मेरो विद्यालयमा गणित शिक्षक छैनन्, सामाजिक पढाउने शिक्षक चाहिने भन्दा बढी छन्, अंग्रेजीका शिक्षक छैनन्, विज्ञानको पनि छैनन् यस्तो अवस्थामा विद्यालय गुज्रिएको  छ,’ उनले भने।, विद्यालयमा ९ शिक्षकको दरबन्दी छ।  निजी स्रोतबाट ३ जना शिक्षक छन्।, उनका अनुसार शिक्षकको माग गरे सामाजिक शिक्षक पठाउने गरिन्छ। विषयगत शिक्षक अभाव भइरहेको अवस्थामा विद्यालयले आफैंले निजी स्रोतबाट व्यवस्थापन गरेर काम चलाइरहेको छ। केही विद्यार्थीहरूले पुस्तक समयमै नपाउँदा पनि नतिजा यसपट शून्य भएको जोशीको भनाइ छ।, ‘केहीले त मंसिरसम्म पुस्तक पाएनन्, चैतमा परिक्षा भयो,’ उनले भने।, उनको विद्यालयका विद्यार्थी अनिर्वाय विषयभन्दा ऐच्छिक विषयमा बढी फेल भएका छन्।, सार्वजनिक भएको कक्षा ८को नतिजा ननग्रेडड सिस्टममा नभई जिपिए सिस्टमबाट हुनुपर्ने उनले माग गरे।, ‘पोहोर सालको एसइई पनि जिपिए स्टिमबाट लागु भएको थियो, कक्षा ८ मा पनि त्यही हुनुपर्‍यो भन्ने हाम्रो माग हो,’ उनले भने।, उनले दुई वर्षअघि कोभिडका कारण परीक्षा नै नगरेर विद्यार्थीलाई पास गराइएकोले तल्लो तहका कक्षाको पढाइ बिग्रिए र ८ कक्षामा मात्र कडाइ गर्दा नतिजा शून्य आएको बताए।, धनगढी-१८ को इन्द्रोदय आधारभूत विद्यालयको कक्षा ८ को नतिजा पनि शून्य आएको छ।, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुव्रबहादुर अधिकारीले नतिजा शून्य आउनुमा शिक्षकको लापरबाही पनि प्रमुख कारण रहेको बताए।, ‘८ को परीक्षामा कडाइ हुनसक्छ भनेर हामीले शिक्षकहरूलाई पहिले नै भनेका थियौं तर निगरानी भएन। शिक्षकहरूले लापरबाही गरे, त्योसँगै सरकारी स्कुलमा शिक्षक पर्याप्त छैनन्, निजी स्रोतबाट शिक्षकलाई काम गराउन पनि समस्या छ,’ उनले भने।, धनगढी उपमहानगरपालिकाका केही विद्यालयबाट कक्षा ८ मा शून्य विद्यार्थी पास भएको कुरा संघीय ससंदसम्म पुगेको छ। , बुधबार नेपाली कांग्रेसकी सासंद आरूजु राणा देउवाले धनगढीमा १७ सामुदायिक विद्यालयको नतिजा शून्य आउनु निरासाजनक रहेको बताइन्।, ‘हाम्रो देशको विश्वविद्यालयमा पनि विद्यार्थी भर्ना संख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन,’ उनले भनिन्।, सासंद राणाले लगानीअनुसार प्रतिफल नमिल्नु पनि अर्को निरासाजनक कुरा रहेको बताइन्।, उनले शिक्षा क्षेत्रलाई सुधार गर्न तथा सुशासन अभिवृद्धिका लागि नेपाल सरकार ध्यानार्कषण गराइन्।, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शिक्षा क्षेत्रको वास्तविक अवस्था यो नतिजाले देखाएको बताए।, जबरजस्ती विद्यार्थी पास गराउने प्रवृत्तिले शिक्षाको गुणस्तर राम्रो हुन नसक्ने उनको भनाइ छ। उनले अहिले कलिलैमा ज्ञान हासिल नगरेर माथिल्ला कक्षा गएका विद्यार्थीहरू भविष्यमा १०, ११, १२ कक्षामा फेल भए पढाइ छोड्ने अवस्थामा पुग्ने जोखिम भएर सुधार गर्न खोजिएको बताए।, कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १ सय ६ विद्यालय सहभागी भएका थिए। ७ विद्यालय भने विद्यार्थी नभएको भन्दै परीक्षामा सहभागी भएनन्।, धनगढीका १८ विद्यालयमा कक्षा ८ बाट एक जना पनि भएनन् पास
सेतोपाटी संवाददाता सुनसरी बराहक्षेत्र नगरपालिका-१ सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ।, दुई जनाको भने खोजी कार्य भइहरेको सशस्त्र प्रहरी बलले जनाएको छ। , झापा दमक नगरपालिका-९ का २० वर्षीय नवीन न्यौपानेको शव नदीबाट बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायक उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए।, मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने २० वर्षीय राजन गुरागाईं र झापाको दमक नगरपालिका-९ बस्ने २२ वर्षीय रूद्र न्यौपानेको खोजी भइहरेको उनले बताए। , उनीहरू बुधबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।, घटनाबारे  जानकारी पाउनसाथ नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोली घटनास्थल पुगेको थियो। , नुहाउने क्रममा तीन जना बेपत्ता, एकको शव भेटियो
नारायण खड्का बुधबार दिउँसो दाङमा एक महिलाको शव उनकै घरनजिक गाडेको अवस्थामा फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो।, मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी फरार छन्। शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको छ। शारदाको माइती पक्षले पनि बुधबार मेघराज नै हत्यामा संलग्न भएको बेहोरासहितको किटानी जाहेरी दिएका छन्।, 'त्यस दिन मृतक शारदा घोराही बजारबाट घर फर्किएकी रहिछन्,' घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'मृतकले घोराहीमा हात हेराउन आएको कुरा आफूलाई भनेको कुरा उनकी छोरीले गरेकी छन्। जाहेरीमा पनि सोही कुरा उल्लेख छ।', घटना वैशाख १ गते मध्य राति भएको अनुमान छ। त्यो दिन शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए। जेठा छोरा भने रोजगारी सिलसिलामा भारत बस्छन्।, दिपायलमा बिहे भए पनि माइतीमा बस्दै आएकी छोरीले आमा शारदालाई दिउँसो फोन गरेकी थिइन्।, 'आमाले घोराहीमा हात हेराउन गएको कुरा गरेपछि छोरीले संक्रान्तिको दिन पनि किन हात हेराउन गएको भनेर सोधेकी रहिछन्,' जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले भने, 'त्यसको केही बेरमा छोरीले बाबुसँग पनि कुरा गरेको देखिन्छ। बाबुले आमा आएकी छैन, तेरी आमा कहाँ गई कहाँ गई भनेर असन्तुष्टि पोखेको कुरा पनि छोरीले सुनाएकी छन्।', यहाँ भएका छोराछोरीले बुवाआमाबीच त्यति राम्रो सम्बन्ध नभएको कुरा पनि गरेका प्रहरीले जनाएको छ।, शारदाका छोराछोरी मामाघरबाट वैशाख ३ गते मात्रै घर फर्किएका थिए। घर आएर बाबुआमालाई खोजे। फोन सम्पर्क गरे। तर दुवैको फोन स्विच अफ भनिरह्यो। त्यसपछि छोरी मामाघर नै फर्किइन् भने छोरा घरै बसे।, मेघराजकी ७५ वर्षीया आमा (शारदाकी सासू) भने घरै थिइन्। तर उनले वैशाख १ गते राति आफू घरमा नभएको बयान प्रहरीलाई दिएकी छन्। उनले त्यो दिन राति झन्डै दुई सय मिटर नजिकै जेठा छोरा (मेघराजका दाइ) को घरमा खाना खान गएको र उतै बसेको भनेकी छन्।, त्यस्तै भोलिपल्ट घर फर्किएर आए पनि छोराबुहारी र नातिनातिना कसैलाई नदेखेको उनले भनेकी छन्। फर्किएपछि आफू घरकै काममा व्यस्त भएको पनि उनले बताएकी छन्।, 'मृतककी सासूले बोलेको कुरा कति सत्य हुन् भन्नेबारे आशंका गर्ने ठाउँ देखिएको छ,' डिएसपी गौतमले भने, 'अरू कुरा खुल्दै जाला। अहिलेसम्म चाहिँ मध्य रातमा श्रीमानले श्रीमतीको हत्या गरी घरनजिक खाडलमा गाडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।', डिएसपी गौतमका अनुसार शारदाको शव सुरूमा गाउँकै एक महिलाले देखेकी थिइन्। बुधबार मध्याह्न १२ बजेतिर ती महिला शारदासँग कुराकानी गर्न भनेर उनको घर पुगेकी थिइन्। त्यो बेला शारदाकी सासू मात्र थिइन्। उनले शारदा र मेघराजबारे सोध्दा सासूले आफूलाई थाहा नभएको बताइन्। त्यसपछि उनले ती महिलालाई 'कटहर फलेको छ, एउटा टिपेर लैजाऊ' भनिन्। ती महिला बारीमा भएको बोटतर्फ गइन्।, 'जब उनी कटहरको बोट नजिक पुगिन्, उनले खाडलमा गाडेको अवस्थामा मानिसको पैताला देखिन्। त्यसपछि उनी त्यहाँबाट आत्तिँदै निस्किएकी रहिछन्,' डिएसपी गौतमले भने।, ती महिलाले घरमा आएर आफूले देखेको कुरा परिवारसँग गरिन्। पछि टोलका अध्यक्ष हुँदै वडाध्यक्षमार्फत प्रहरीमा सूचना आएको डिएसपी गौतमले बताए।, घरनजिकै उत्तरतर्फ मेवाको बोटमुनि दुई फिट जति गहिरो खाल्डोमा शव गाडेको अवस्थामा थियो। प्रहरीका अनुसार त्यो झिँगटीहरू फाल्ने गहिरो ठाउँ थियो। स्थानीयले भने मल खाल्डो भएको बताएका छन्।, सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर खनी हेर्दा शारदाको शव फेला परेको हो। शारदाका श्रीमान मेघराज वैशाख १ गतेदेखि नै फरार रहेको खुलेको पनि डिएसपी गौतमले बताए।, 'प्रारम्भिक अनुसन्धानबाट श्रीमतीको हत्यापछि श्रीमान फरार भएका हुन् भनेर शंका गर्ने प्रशस्त आधार देखिएका छन्,' उनले भने, 'तर जबसम्म उनी पक्राउ पर्दैनन्, तबसम्म पुष्टि गर्ने आधार हुने छैनन्।' , शारदाको माइती पक्षले भने छोरीको हत्या गरेर ज्वाइँ फरार भएको आशयसहितको किटानी जाहेरी बुधबार नै जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिसकेका छन्। घटना गम्भीर प्रकृतिको रहेको र यसबारे थप अनुसन्धान पछि तथ्य कुरा सार्वजनिक गर्ने डिएसपी गौतमले बताए।, घरनजिकै गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान फरार
रासस काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ।, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।, नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै बिहीबार चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन्।, मातातीर्थ औंसी (आमाको मुख हेर्ने औंसी) का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्छ।, मातातीर्थ औंसीका दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम छ।, चन्द्रागिरिमा बिहीबार सार्वजनिक बिदा
रासस सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।,     , बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले दुई लाख १२ हजार भारतीय नोटसहित भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो।,     , जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनका साथबाट दुई हजारको चार थान, पाँच सयको तीन सय ८८ थान र दुई सयको ५० थान गरी जम्मा दुई लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।,     , प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए। , सप्तरीबाट दुई लाख भारतीय नोटसहित भारतीय नागरिक पक्राउ
रासस आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ।, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।, आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।, आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।, छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।, आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।, सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य देवमणि भट्टराईले बताए।, सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ।, यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ। मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए।, यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ।, यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक नपर्ने पनि समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।, आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ। , आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ।, महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू–भागको थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावन रहेको छ। , मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। , आज राती  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।  , गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित  वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ। , राती पनि मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ। , महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ। ,  , यस्तो रहनेछ आजको मौसम
नवीनबाबु गुरूङ आमाको मुख हेर्ने पर्वका अवसरमा काठमाडौंको मातातीर्थमा आज मेला लागेको छ।, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ।, आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ।, आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।, छोराछोरीले आमालाई लुगा दिने र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।, आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।, तस्बिरहरू:, मातातीर्थमा यसरी सम्झिइयो आमालाई (तस्बिरहरू)
रासस तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। , दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ। , चैते धान खेती बर्सेनि घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। , अहिले जिल्लामा चैते धान रोपाइँँ भइरहेको छ । करिब ७० प्रतिशत रोपाइँँ कार्य सम्पन्न भएको उनले जानकारी दिए। , लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ। उनले भने, ‘युवा शक्ति विदेशिदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ।’ , चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ। चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उनले सुनाए। , जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धानखेती गरिँदै आइएको छ। , चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उनले बताए। , तनहुँमा चैते धान खेती घट्दो
सेतोपाटी संवाददाता बञ्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकालाई धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले १५ दिने अल्टिमेटम दिएका छन्।, धुनीवेशी र ककनीका प्रमुखसहित प्रभावित वडाका अध्यक्ष र सरोकारवाला निकायबीच बिहीबार बिहान भएको बैठकले यसअघि भएको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय गरेको छ।, बैठकपछि धुनीवेशीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने उल्लेख छ। , ‘सहमति भएको एक वर्ष पुग्न लाग्यो तर कार्यान्वय भएन। पटक-पटक ध्यानाकर्षण गर्यौं, संघर्ष गर्‍यौं तर उहाँहरूले सुन्नु भएन,’ ककनीका अध्यक्ष तामाङले भने, ‘अबको १५ दिनभित्र अघिल्लो सहमति कार्यान्वयनको प्रक्रियामा नलगिए बञ्चरेडाँडामा फोहोर ल्याउन दिन्नौं।’ , बैठकले थप मागसमेत सार्वजनिक गरेको छ। बञ्चरेडाँडाबाट निस्कने लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्न, प्रभावितको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने माग छन्।, यस्ता छन् मागहरूः , १. २०७९/०२/२३ गते नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरूबीच र मिति २०७९/०२/२६ गते काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरूबीच भएको सम्झौताका अनुरूप बुँदा कार्यान्वयन नभएको हुँदा ती बुँदाहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउन पर्ने।, २. फोहोरमैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरेर न्युन प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने। , ३. ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी  बञ्चरेडाँडाबाट २ किमी जिपिएस क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरण अगाडि बढाउनुपर्ने । , ४. हालसम्म  फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा के-कस्ता प्रकृतिका इआइए गरियो, कति गरियो? कार्यान्वयनको अवस्थाा  कस्तो रहेको छ र कुन-कुन निकायवाट सो इआइए गरिएको हो सोको जानकारी उपलब्ध गराउने।, ५.ककनी गाउँपालिका, धुनीवेशी नगरपालिकाका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नका लागि नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्नका लागि माग गर्नुपर्ने।, ६. फोहोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय अति प्रभावित, प्रभावित र न्यून प्रभावितले आफ्ना मागहरू राख्ने क्रममा आन्दोलन गर्दा विभिन्न झुटा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको हुँदा स्थानीयमाथि थप चोट पुगेको छ, जसले गर्दा तत्काल त्यस्ता प्रकृतिका मुद्दाहरू फिर्ता लिई निजहरूको मानव अधिकार संरक्षण गर्नुपर्ने। , ७. माथि उल्लिखित माग १५ दिनभित्र पूरा नभएमा दुवै स्थानीय तहको कार्यापालिका बैठकले निर्णय गरी फोहोर ढुवानी बन्द गराइनेछ।  , ककनी र धुनीवेशी नगरपालिकाले भन्यो- १५ दिनभित्र माग सम्बोधन नभए फोहोर फाल्न दिन्नौं
रासस महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन्।  , विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। , वि.सं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए। तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए।,     , लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।,     , साथै उनले आज  पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए।, महोत्तरीका पूर्ववडाध्यक्ष ठाकुर पक्राउ
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–२ रजवाराका ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो।, स्थानीय काँडा नदीबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।, घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी  दिएको छ। , कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रको संरचना भत्काउने कार्य स्थागित भएको छ। , पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो।, दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडीबढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालको लागि संरचना भत्काउने काम रोकिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए। , उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकोले दरबार क्षेत्र भत्काउने कार्य तत्कालकालागि स्थगित गरिएको छ। , तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेसभएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाईएकाले सो समय पश्चात हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए।  , पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए।, सामान हटाएपछि घरटहरा भत्काउन शुरु गरिएकोमाहाललाई अदालतको पत्रपछि भत्काउने कार्य स्थगित गरिएको जनाएको छ।, उच्च अदालतको आदेशपछि रोकियो पाल्पा दरबार क्षेत्रको संरचना भत्काउने काम
सेतोपाटी संवाददाता जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा ९ जना गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको इलाका प्रहरी कार्यालय आठविसकोट रूकुम पश्चिमले जनाएको छ।, रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूली भेरीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो। डोल्पा सडक खण्ड रूकुम र जाजरकोटका विभिन्न भागबाट बनेको छ।, ‘पुलको काम गर्दैगर्दा एक्कासी भाँच्चिएको रहेछ, पुलमा माथिपट्टि पाता हाल्दै गरेका ९ जना घाइते भएको भन्ने आएको छ,’ इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक विक्रम सुवेदीले भने, ‘सबैको अवस्था गम्भीर छ, अस्पताल ल्याइँदै छ।’, घटना भएको ठाउँदेखि जिल्ला सदरमुकाम पुग्न साढे २ घन्टा लाग्ने उनले बताए। काम गरिरहेका उनीहरू सबै नदीमा खसेपछि उद्धार गरिएको सुवेदीले जानकारी दिए।, जाजरकोटमा बनाउँदै गरेको पुल भाँच्चियो, ९ जना गम्भीर घाइते
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डितविरूद्ध ९ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा हालेको छ।, आयोगका प्रवक्ता भोला दाहालका अनुसार पण्डितले र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिएका थिए।  गत फागुन १८ गते  आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कर्णलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।, अनुसन्धानको सिलसिलामा नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।, उनीहरू दुबै जनालाई ९/९ हजार बिगो कायम गरी अख्तियारले मुद्दा हालेको छ।, ९ हजार रुपैयाँ बिगो माग्दै मालपोतका सुब्बाविरूद्ध अख्तियारको मुद्दा
रासस म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको तीन दिनपछि जीवितै उद्धार गरिएको छ।, भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बिहीबार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन्। सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०:३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिए।, ‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ,’ उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ। मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए।, अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो। काठमाडौं लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।, अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो। हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए।, आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो।, यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए। बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।, अन्नपूर्ण संसारको दशौं अग्लो हिमाल हो। विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।  , अन्नपूर्णमा बेपत्ता भएका आरोहीको जीवितै उद्धार
सेतोपाटी संवाददाता सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ।, बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।, स्थानीयले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले  दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए। तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए। प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गरे। त्यसपछि स्थिति तनावग्रस्त बनेको हो।, त्यसक्रममा प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित स्थानीयले नगरपालिका कार्यालय तोडफोड गरिदिएका छन्। उनीहरूले मेयर श्रवणकुमार यादव चढ्ने सवारी साधन पनि तोडफोड गरेका छन्।, झडपका क्रममा १५-२० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले जानकारी दिए। नगरपालिकाभित्र रहेका मेयर यादवका मान्छेहरूले आफूहरूमाथि ढुंगामुढा गरेको पनि उनले आरोप लगाए।, यता, सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इबालिम्बुले पाँच सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन्।, परापूर्वदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका छन्। यसअघि, बिहीबार बिहान सर्वपक्षीय बैठकमा सहभागीहरूले मेयर यादवले मिर्चैयामा आतंक मच्चाएको, बजार क्षेत्रलाई बर्बाद गर्न लागिपरेको भन्दै सशक्त रूपमा प्रतिकार उत्रिनुपर्ने बताएका थिए। मिर्चैया बजार गाउँब्लक क्षेत्रमा पर्छ। चार वर्षअघि विशेष नापी टोलीद्वारा गाउँब्लकका सम्पूर्ण जग्गाको नाप जाँच गरिसकेर लालपुर्जा दिने प्रक्रियामा रहेका बेला माघ २७, फागुन ११ र फागुन १९ गतेका दिन नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो। यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गर्दै आएका छन्।, उनीहरूले जग्गाको लालपूर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग गरेका छन्।, सयौं वर्षअघि मिर्चैया जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूको गुनासो छ।, नगरपालिकाले बजार क्षेत्र रहेको २ सय ५६ नम्बर कित्तालाई सरकारी जग्गा भन्दै आएको छ। गाउँब्लकभित्र सरकारी, सार्वजनिक र निजीलगायत जग्गा रहेको भए पनि मालपोत कार्यालयले यो जग्गालाई नेपाल सरकारको नाममा गरी दिएको उनीहरूको गुनासो छ।, २०५१ सालमा तत्कालीन सरकारको निर्देशनमा मालपोत कार्यालयहरूले गाउँब्लकका जग्गाहरूलाई तत्कालका लागि संरक्षण गर्ने उद्देश्यले सरकारको नाममा श्रेस्ता बनाइदिएका थिए।, नेपालका धेरै स्थानमा गाउँब्लकका जग्गा सरकारको नाममा गरिदिएको भेटिएपछि २०७५ सालमा संघीय सरकारले राजपत्रमा सूचना नै निकालेर यी जग्गाहरू सम्बन्धित जग्गाधनीको नाममा कामय गर्न भनेको थियो। यसका लाागि नापी टोलीले गाउँब्लकमा रहेका सरकारी, सार्वजनिक, निजीलगायत जग्गा नापजाँच गरी श्रेष्ता संशोधनको काम गर्दै आएको छ।, मिर्चैयामा नापजाँच भएको चार वर्ष बित्यो। तर, मिर्चैयाका मेयर यादवले श्रेष्ता संशोधन प्रक्रिया पूरा गर्न नदिई लालपुर्जा विरतणमा रोक लगाइदिएको स्थानीयको आरोप छ। उनले २ सय ५६ नम्बर कित्ताभित्र रहेको तीन बिगहा १२ कठ्ठा १७ धुर जग्गा सरकारी नै रहेको अडान लिँदै आएका छन्।, यही अडानका कारण मिर्चैयामा विवाद बढ्दै गएको छ।, स्थानीय नगरपालिका घेर्न गएपछि मिर्चैयामा तनाव
सेतोपाटी संवाददाता मधेश सरकारको कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।, ३१ बुँदे नीति तथा कार्यक्रममा हरेक पालिकामा  साना कृषि बजार प्रवर्द्धन  केन्द्र, निर्वाचन क्षेत्र तहमा कोड स्टोर स्थापना गर्ने कुरा उल्लेख छ। त्यस्तै हरेक जिल्लामा भेटेरिनरी एम्बुलेन्स चलाउने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।, हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ, यस्तो छ मधेश सरकारको आगामी वर्षका लागि कृषि नीति
सेतोपाटी संवाददाता लागुऔषध नियन्त्रण व्यूरोले १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ  गरी सार्वजनिक गरेको छ।, पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित अलिगढ २०२००१ ठेगाना भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरितु छन् ।, व्युरोका प्रवक्ता  एसपी चक्रराज जोशीका भारतीय नागरिक रवीन्द्रलाई मंगलबार कोकिनसहित ठमेलको एक होटलबाट पक्राउ गरिएको थियो।, लागु औषधको कारोबार हुन लागेको सूचनाका आधारमा व्युरोबाट खटिएको टोली मंगलबार बिहान ९ बजे ठमेलस्थित रवीन्द्र बसेको होटलमा पुगेको थियो।, खानतलासीको क्रममा  कपडाको झोलाभित्र राखिएको लेडिज ब्यागमा फल्स बटम बनाइ  लुकाएर राखिएको अवस्थामा १ किलो ८० ग्राम कोकिन बरामद भएको एसपी  जोशीले जानकारी दिए। , रवीन्द्रलाई नियन्त्रणमा लिइ सोधपुछपश्चात उक्त कोकिन नेपालसम्म ल्याउने केन्याली नागरिकलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।, प्रहरीले उनलाई ठमेलकै अर्को होटलबाट पक्राउ गरेको हो। उनको साथबाट एक हजार अमेरिकी डलरसमेत बरामद गरेको छ।, प्रहरीका अनुसार बरामद गरिएको कोकिन  AK 0779167  नम्बरको पासपोर्टबाहक ६३ वर्षीय पिलिसिलाले इथियोपियाबाट काठमाडौं ल्याइ  रवीन्द्रलाई दिएकी थिइन्।, उक्त कोकिनको अवैध बजार मूल्य करिब दुई करोड ३३ लाख २८ हजार रहेको एसपी जोशीले जानकारी दिए।, पक्राउ परेका दुबैजना विरूद्ध लागुऔषध  (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा  म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।, १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
सुसन चौधरी वकिलसँग कानुनका कुरा, हामीकहाँ घरव्यवहार, कामकाज वा व्यापारको लागि पैसा चाहियो भने साथीभाई, आफन्त, चिनजानका मानिससँग सापटी लिने चलन छ। केही समयभित्र फिर्ता गर्ने भाका दिएर पैसा सापटी लिन्छन्। कतिले तमसुकै बनाएर लेनदेन गर्छन्। अनि भाका दिएको समयमा फिर्ता नगर्ने पनि हुन्छन्। भाका दिएर लिएको पैसा फिर्ता नगरेपछि विवाद हुन्छ। , यसरी दिएको पैसा फिर्ता नआए के गर्न सकिन्छ?  पैसा फिर्ता पाउने कानुनी उपचार र त्यसका प्रक्रिया के/के हुन्? सुरूमै मानिसलाई पैसा लेनदेनबाट आउने समस्याबारे बुझ्नको लागि हामीले अधिवक्ता कैलाश गुरूङसित कुराकानी गरेका छौं : ,  , पैसा सापटी लिएर फिर्ता नदिनेलाई कानुन अनुसार कारबाही हुन्छ?, सर्वप्रथम पैसा कसरी लियो भन्ने कुरा आउँछ। , लिखत गरेर पैसा लिएको छ भने लिखत प्रमाण लिएर अदालतमा गएपछि अदालतले दिलाउँछ। चेकको माध्यमबाट पैसा लिएको छ तर फिर्ता आएन भने बैंकिङ कसुरको मुद्दाको जाहेरी लिएर प्रहरीको जाने वा चेक अनादरको मुद्दा लिएर अदालतमा जान सकिन्छ।, अनलाइन माध्यमबाट पैसाको कारोबार भएको थियो भने त्यसको नगदको रसिद, भरपाईको बिल लिएर प्रमाणस्वरूप पेश गर्न सकिन्छ। अदालतले मुद्दाको प्रक्रिया हेरेर थप कारबाही अगाडि बढाउँछ।, कति रूपैयाँसम्म सापटी लिन मिल्छ?  कानुनले यसरी पैसा लेनदेन गर्न दिन्छ कि दिँदैन? , पचास हजारभन्दा माथिको मूल्य राखेर लेनदेनको कार्य गर्दै हुनुहुन्छ भने त्यसलाई सम्बन्धित वडा कार्यलय वा स्थानीय तहमा गएर दर्ता गर्नुपर्छ। पचास हजारभन्दा मुनिको लेनदेनको कार्यमा कागज गरिराख्नुपर्दैन। पचास हजारभन्दा माथिको कारोबार हुनुसाथ लिखित रूपमा तमकुस बनाएर वडामा लगेर दर्ता गर्नुपर्छ प्रमाण राख्नुपर्छ अन्यथा त्यस लेनदेनले कुनै कानुनी मान्यता प्राप्त गर्दैन। , पैसा फिर्ता पाउने सम्भावना कति हुन्छ? , पचास हजारभन्दा मुनिको रकममा नगद कारोबार गर्‍यो भने त्यसको कुनै प्रमाण हुँदैन र पैसा फिर्ता आउने सम्भावना पनि न्यून हुन्छ। तर स्थानिय तहमा कुनै किसिमको लिखित प्रमाण बनाएको छ वा अनलाइन र चेकबाट कारोबार गर्दाको भरपाई छ भने पनि ती प्रमाणको आधारमा पैसा फिर्ता आउने प्रक्रिया अघि सारिन्छ।, नगदमा पैसा दियो भने के आधारमा पैसा लिएको प्रमाण हुन्छ? , नगद पैसा लेनदेन गर्दा तमसुक बनाएर प्रमाण राखेको छ भने पैसा फिर्ता आउँछ। तर ५० हजार माथिको लेनदेन भने तमसुक भए पनि/ नभए पनि वडा कार्यलयमा दर्ता गरिएको छ भने त्यसलाई प्रमाण मानेर पैसा फिर्ता लिन सकिन्छ। यस्तो दर्ता छैन भने फिर्ता ल्याउन सकिने सम्भावना न्यून हुन्छ।, कसरी उजुरी गर्ने? सजाय के/के हुन्छ? कति वर्षसम्मको सजाय हुन्छ?, चेक लिँदा उल्लेखित रकम छैन वा पैसा फिर्ता भएन भने सम्बन्धित बैंकमा गएर आफूले चेक जम्मा गर्दा वा भुक्तानीको माग गर्दा बैंकले पर्याप्त पैसा नभएको वा आफूले रोकेको कारण आफूले पैसा प्राप्त गर्न नसकेको पाइएमा चेक बाउन्स भएको देखाएर मुद्दा दर्ता गर्न सकिन्छ। बैंकिङ कसुरको मुद्दा परेमा जसले पैसा फिर्ता दिँदैन उनलाई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुन सक्छ। कम्पनीको हकमा भने बिगो भराई र जरिवाना तिराउने कानुनी प्रावधान छ। अर्को तरिकामा दुनियाँवादी फौजदारीबाट मुद्दा हालेर सिधै अदालत समक्ष जान सकिन्छ।, पैसा लेनदेनमा आउने समस्याबाट कसरी जोगिने? , लेनदेन कारोबारमा आउने समस्याबाट जोगिने मुख्य कुरा भनेको प्रमाण राख्नु हो। त्यसकारण कुनै पनि किसिमको नगद पैसा लेनदेनको कार्य गर्दै हुनुहुन्छ भने अनिवार्य रूपमा लिखित गर्नुहोला र सम्बन्धित वडा कार्यलयमा गएर दर्ता गर्नुहोला। लिखित प्रमाण नभएमा करोडौंको लेनदेन भए पनि फिर्ता आउने सम्भावना एकदमै कम हुन्छ। अर्को तरिका भनेको बैंकको माध्यमबाट लेनदेनको काम गर्नुहोला। अथवा अनलाइनको माध्यमबाट कारोबार गर्नुहोला। साथै, त्यसको प्रमाणको रूपमा स्क्रिनसट वा भरपाईको रसिद वा कुनै किसिमको प्रमाण आफूसित राखिराख्नु पर्छ।, पैसा सापटी लिनेले फिर्ता नदिए के हुन्छ कारबाही? (भिडिओ)
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।, अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो।, फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ।, केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ।, काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।, महानगरका प्रवक्ता नवीन मानन्धर सरकारसँग वार्ता भएपछि मात्रै फोहोर उठ्ने जिकिर गर्छन्।, काठमाडौं महानगरपालिकाका अधिकारीका अनुसार मेयर बालेन यो विषयमा प्रधानमन्त्री तहमा वार्ता गर्न मात्र तयार छन्।, 'नौ महिनासम्म विभिन्न मन्त्रीसँग भेट र कुराकानी भइसक्यो अब मन्त्रीभन्दा पनि प्रधानमन्त्रीसँगै कुराकानी गर्ने अडानमा उहाँ हुनुहुन्छ,' ती अधिकारीले भने, 'मन्त्रीसँग कुरा गर्दा उनीहरू फेरिने र मन्त्रीलाई भनेर मात्र काम नहुने भएकाले प्रधानमन्त्री तहमै आफ्ना विषयमा निर्णय हुनुपर्ने उहाँको अडान छ।', सिंहदरबारको फोहोर नउठाएको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
नारायण खड्का वरिपरि अजंगका पहाड छन्। ती पहाडमा मुसाले सुरुङ खनेजस्तै खनेर मजदुरहरू कोइला निकाल्छन्।, हरेक दिन बिहान सुरुङभित्र पस्नु र बेलुका घाम डुब्नै लाग्दा निस्कनु उनीहरूको नित्य कर्म हो। ती सुरुङहरू चार सय मिटरदेखि सात सय मिटरसम्म गहिरा छन्।, भित्र कतै ठूलो ढुंगो खस्छ कि, भत्किएर बाटो नै बन्द हुन्छ कि भन्ने भय हुन्छ। यस्तो खतरा देखिएका ठाउँमा काठका टेका हालिएका छन्।, मजदुरहरूका अनुसार यी सुरुङभित्र हावाको ओहोरदोहोर राम्ररी हुँदैन। , त्यति गहिराइमा पुगेर कोइला खन्ने र ५० केजीसम्मका बोरी पिठ्युँमा बोकेर सुरुङबाट निकाल्ने गर्नुपर्छ।, घोराही उपमहानगरपालिका-१२ का ३९ वर्षीय नरेन्द्र राना मगरले सुरुङभित्र पसेर कोइला निकाल्ने काम गरेको १५ वर्ष भयो।, खानीभित्र पसेर कोइला खन्ने काम सजिलो छैन तर गुजाराका लागि जोखिम उठाएर काम गर्नु उनीहरूको बाध्यता हो।, ‘यो पहाडमा अरू रोजगारी छैन,’ उनी भन्छन्, ‘जीवन त चलाउनै पर्‍यो। यहाँ काम गर्नु हाम्रो रहर होइन, बाध्यता हो।’, उनी कामअनुसार दैनिक एक हजारदेखि एक हजार आठ रुपैयाँसम्म कमाउँछन्।, ‘अँध्यारो सुरुङमा पस्दा जतिबेला जे पनि हुन सक्छ,’ उनी भन्छन्, ‘सुरुङभित्र ढुंगामाटो खसेर बाटो बन्द भयो भने जीवनको बाँकी बाटो पनि बन्द हुने खतरा हुन्छ। हामी त भगवान भरोसामा काम गर्छौं।’, नरेन्द्र निकै अनुभवी मजदुर हुन्। उनीसँग पाल्पा र दाङको बंगलाचुली क्षेत्रका सुरुङमा पसेर कोइला खन्ने र निकाल्ने काम गरेको लामो अनुभव छ।, यहाँका कोइलाखानीमा काम गर्नुअघि उनी श्रमका लागि खाडी मुलुक गएका थिए। घर परिवार छोडेर गए पनि राम्रो कमाइ नभएपछि स्वदेश फर्के।, यसपछि विदेश जानुभन्दा आफ्नै देशको  कोइलाखानीमा काम थाले।, ‘जोखिम र दुःख त जहाँ पनि हुन्छ,’ उनी भन्छन्, ‘विदेशमा पनि कहाँ सजिलो छ र! त्यति मिहिनेत गर्दा खाडी मुलुकमा कमाउने पैसा त यहीँ कमाउन सकिँदो रहेछ।’, घोराही उपमहानगर-१३, शंखेरीका ४५ वर्षीय आशिष बुढामगर कोइलाखानीको सुरुङभित्र काम गर्नेमध्ये निकै पुराना मजदुर हुन्। , उनको परिवारका अग्रहजहरूले दाङका कोइलाखानीमै काम गरे। उनी आफू पनि यही काममा लागे।, ‘गैँती, हतौडा र बोरी लिएर निहुरिँदै सुरुङभित्र छिर्नु अनि ढुंगा खनेर कोइला निकाल्नु कहाँ सजिलो हुन्छ र,’ आशिष भन्छन्, ‘हामीजस्ता मान्छेले खन्दै बनाएका सुरुङभित्र तपाईंहरू त रित्तै पनि पस्न सक्नुहुन्न। कोइला खन्न र बोरीमा भरेर बाहिर निस्कन ज्यानकै बाजी थाप्न पर्छ।’, जता राम्रो कोइला फेला पर्छ उतै खन्दै जानु पर्छ। पहाड खनेर सुरुङ बनाउँदै भित्रभित्रै काम गर्नु धेरै जोखिमपूर्ण हुन्छ।, ‘हामी जस्तै मजदुरले वर्षौंदेखि खन्दाखन्दै बनेका यी सुरुङहरू कत्रा होलान्?,’ प्रश्न गर्दै उनले जोखिमको बयान गरे, ‘सुरुङभित्र अँध्यारो हुन्छ, बाटो निकै साँघुरो हुन्छ। कतै ठाडै उकालो र ओरालो छ। धेरै ठाउँमा निहुरिएर हिँड्नुपर्छ।’, अँध्यारो ठाउँमा टर्च बालेर कोइला खन्नु पर्छ, टर्च बालेरै हिँड्नु पर्छ। सुुरुङभित्र धेरैतिर बाटाहरू हुन्छन्। राम्रो कोइला खोज्दै खन्दा यसरी धेरै बाटा बनेका हुन्।, मजदुरहरू पस्ने र फर्कने मूल बाटो चाहिँ एउटै हुन्छ।, ‘अँध्यारा र गहिरा सुरुङभित्र पसेर हरेक दिन कोइला खन्नु अनि आफैंले पिठ्युँमा बोकेर बाहिर निकाल्नु कति गाह्रो कति गाह्रो होला, आफैं विचार गर्नु त,’ आशिष भन्छन्, ‘ यस्तो काम जोसुकैले गर्न सक्दैन।’, सुरुङभित्र हतौडा र गैँती चलाउनु पर्छ। उकुसमुकुस हुन्छ, छिटै थकाइ लाग्छ।, राम्चेका कोइलाखानीमा काम गर्ने संगीत गुरुङ भन्छन्, ‘खानीभित्र हावा राम्ररी छिर्दैन। अक्सिजन थोरै हुन्छ। अनुभवी मान्छेले मात्रै काम गर्न सक्छ। राम्चे घोराही उपमहानगरको वडा नम्बर १९ मा पर्छ।, नयाँ कामदारहरू अनुभवीहरूकै पछि लागेर काम सिक्छन्।, संगीतका अनुसार खानीका कामदारले आफ्नो सुरक्षाको जिम्मा आफैं लिनुपर्छ। कम्पनीले सुरक्षाका कुनै पनि उपकरण वा सामग्री दिने गरेको छैन।, बितेको ११ वर्षमा यहाँका कोइलाखानीमा ६ जनाको ज्यान गयो।, ‘लामा र गहिरा सुरुङभित्र पसेर कोइला खन्नु मृत्युसँग खेल्नु हो,’ आशिष भन्छन्, ‘जोखिम धेरै भए पनि अर्को अवसर छैन। परिवार पाल्न काम गर्नै पर्‍यो।’, दाङको पहाडी क्षेत्रमा राम्चे, तिर्साङ, तोस, सैघा, बोल्दी, छिपन, बोक्सिनी भिर, ठाडा, ज्यामिरे, भुल्केलगायतका कोइलाखानीहरूमा आसपासकै बासिन्दाहरू काम गर्छन्। अनुभवी पुरुष श्रमिकहरू सुरुङभित्र पसेर कोइला खन्छन् र बोकेर बाहिर निकाल्छन्। महिला र नयाँ श्रमिकहरू संकलन केन्द्रबाट गाडी पुग्ने ठाउँसम्म कोइला ओसार्छन्।, मजदुरहरूका अनुसार वडा नम्बर १९ का तोस र राम्चेमा सबैभन्दा पुराना र गहिरा कोइलाखानी छन्।, यी पहाडहरूका २०५२ सालमा कोइला उत्खनन सुरू भएको हो। यहाँ हाल १२ ठाउँबाट कोइला निकाल्ने गरिएको छ।, तोसमा ३५ मिटरदेखि देखि पाँच सयमिटरसम्म र राम्चेमा चार सयदेखि सात सय मिटरसम्म गहिरा सुरुङ छन्।, यहाँका कोइलाखानीहरू स्थानीयवासीका लागि रोजगारीका प्रमुख स्रोत हुन्। सीमाना जोडिएको रोल्पाबाट पनि  मजदुरहरू आउँछन्।, घोराही उपमहानगर वडा नम्बर १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीका अनुसार स्थानीयबासी महिला–पुरुषसँगै र उनीहरूका बालबालिका पनि कोइलाखानीमा काम गर्छन्।, पहाडी क्षेत्र भएकाले अन्न उत्पादन राम्रो छैन। अन्य अवसर पनि नहुँदा कोइलाखानीमा जोखिमको काम गर्नु स्थानीयवासीको बाध्यता हो।, घोराही उपमहानगरका वडाहरू १ र १९ तथा बंगलाचुली गाउँपालिकामा हाल पाँच वटा कम्पनीले कोइला उत्खननको काम गर्दै आएका छन्।, यी कम्पनीहरूले स्थानीय विद्यालयमा केही शिक्षक राख्न आर्थिक सहायता गर्दै आएको वडाध्यक्ष रायमाझीले बताए।, ‘थोरै शिक्षकबाहेक वडाले कम्पनीहरूसँग केही पनि मागेको छैन,’ उनी भन्छन्, ‘उनीहरूले नेपाल सरकारलाई कर तिर्छन् होला।’, आफ्नो वडाबाट निकालेको कोइला इटा भट्टा र सिमेन्ट उद्योगहरूमा जान्छ भन्ने आफूले सुनेको उनले बताए।, अँध्यारो सुरुङभित्र कोइला खन्नेहरू...
रासस बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ। कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरेको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै संरचना निर्माण भइसकेको जानकारी दिए। उनले बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने प्रबन्ध मिलाइएको बताए।, मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारीसाधन राख्न सकिने क्षमता छ। केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले उल्लेख गरे। सो अत्याधुनिक बसपार्कमा व्यावसायिक सटर भाडामा लगाउन नगरपालिकाले बोलपत्रको सूचना प्रकाशन गरेको छ।, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क सञ्चालनमा आएपछि नेपालगन्ज र कोहलपुरबाट देशभर यातायात सञ्चालन हुने र  व्यवसायीलाई सहज र यात्रुलाई पनि सुविधा मिल्ने बताए। बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि, २०७९ समेत स्वीकृत भएको छ। बसपार्कबाट देशको पूर्व-पश्चिम र उत्तर- दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन्।, उक्त बसपार्क सञ्चालनका लागि नगरपालिकाका प्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ। बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ। बसपार्कमा करिब रु १६ करोडको लगानी रहेको छ।, वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ। सो आधुनिक बसपार्क पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको छ।, सबै तस्बिरहरू: कोहलपुर नगरपालिका।, १६ करोड लगानीमा कोहलपुरमा बन्यो सपिङ कम्प्लेक्स सहितको बसपार्क (तस्बिरहरू)
नवीनबाबु गुरूङ बानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।, मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल भएको हो।, सोही क्रममा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको पीडित पक्षले बताएका छन्।, विगत २५ दिनदेखि उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन्।, आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन्।, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।, आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, द्वन्द्वमा बेपत्ता भएका नागरिकलाई सार्वजनिक गर, घाइते, अशक्त तथा अंगभंग भएकाहरूको उपचारको ग्यारेन्टी गर, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौं?, लुटिएको सम्पत्ति फिर्ता गर, लगायतका विभिन्न माग राखिएको प्लेकार्ड लिएर उनीहरूले प्रदर्शन गरेका छन्।, तस्बिरहरू:, बानेश्वरमा द्वन्द्व पीडित र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)
नवीनबाबु गुरूङ शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्।, उनीहरूले 'शिक्षा हाम्रो भविष्य हो', 'हामीलाई एनओसी चाहियो' लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।, ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।, यसअघि भाषालगायत विभिन्न कोर्स पढ्न विदेश जानेहरूलाई पनि मन्त्रालयले नो अब्जेक्सन लेटर (एनओसी) दिने गरेको थियो।, सरकारले फागुन १८ गते जारी गरेको निर्देशिकामा स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ। , प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। पहिलो पटक ल्याइएको यस्तो निर्देशिका चैत १९ गतेदेखि लागु भइसकेको छ।, यो पनि:, अब प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने, तस्बिरहरू:, प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नयाँ शैक्षिक सत्रदेखि हरेक विद्यालयमा हरेक शुक्रबार 'बुक फ्रि डे' लागू हुने भएको छ। , महानगरले यही शैक्षिक सत्रदेखि महानगरमा सञ्चालनमा रहेका ५७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा ९ का विद्यार्थीहरूलाई शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने काठमाडौं महानगरका मेयर बालेन शाहले जानकारी दिए। , 'महानगरमा सञ्चालनमा रहेका ५८ वटा सामुदायिक विधालयका कक्षा ९ का विद्यार्थीलाई विभिन्न तालिम दिने तयारी गरेका छौं,' उनले भने, 'महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्नेछ।' , बुक फ्रि डेका दिन अतिरिक्त क्रियाकलाप र विभिन्न सीपमूलक तालिम दिने योजना समेत रहेको महानगरले जनाएको छ। , सीपमूलक तालिममा विद्यार्थीहरूलाई महानगरको शिक्षा विभागले पाइलटिङ प्रोग्रामको रूपमा पाठ्यक्रम नै तयार गरी ९० घण्टाको कृषि तथा सहरी खेती, सौन्दर्य तथा केश श्रृंगार, काष्ठकला, प्लम्बिङ, आदि तालिम दिइने महानगरले बताएको छ।, यस्तै, मोबाइल रिपेयरिङ, पाक शिक्षाजस्ता पनि तालिम लिने महानगरले योजना बनाएको छ।  , विद्यार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट (सिटिइभिटी) प्रमाणित र उद्योग विशेषज्ञहरूसँगको सहकार्यमा विकसित केएमसी स्वीकृत सीप पाठ्यक्रम अनुसार प्रमाणपत्रहरू समेत पाउनेछन्।,  , शुक्रबार महानगरका सामुदायिक विद्यालय 'बुक फ्रि डे' हुने
रासस म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ।, काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए।, उनका अनुसार ‘सेभेन समिट ट्रेक्स ’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ। उनीहरू दुवै जना आज बिहानदेखि बेपत्ता भएका थिए।, सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन्। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएका हुन्।, उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ। बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चार वटा हेलिकोप्टर परिचालन गरिएको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्छ।, अन्नपूर्ण आरोहणमा गएका एक भारतीयको मृत्यु, एक बेपत्ता
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले विष्णुमती नदीलाई छुने काठमाडौं महानगरका १० वटा वडा समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ।, निरू महर्जनको अध्यक्षतामा ११ सदस्यीय वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरिएको वातावरण व्यवस्थापन विभागका सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी दिइन्।, उनका अनुसार सञ्जालमा १० वटा वडामध्ये वडा १६ बाट २ जना र बाँकी वडाबाट १-१ जना सहभागी गराइएको छ। सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन्।, यस्तै, सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा छन्। समितिमा वडा १८ बाट सदस्य थप गर्न बाँकी छ।, यस्तै सागर प्रजापती, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको महानगरले जनाएको छ।, महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जनका अनुसार सञ्जालले समुदायस्तरमा जथाभावी फोहोर तथा प्लाष्टिक बाल्न रोक लगाउन काममा नागरिक समाजले सहजीकरण गर्नेछ।,  , विष्णुमती नदीलाई छुने महानगरका १० वडा समेटेर बनाइयो वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल
रासस चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ। आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल,  मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ।, त्यो क्षेत्रमा भोलि ‘डेडिकेडेट’ बस लेन वा अरू कुनै प्रयोजनका लागि प्रयोग गर्न सकिने विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। अहिले सडक सुरक्षाको पनि काम गर्छ भनेर कम्तीमा तीन मिटर राख्न लागिएको हो। त्योभन्दा दायाँबायाँ चार-चार लेनको सडक हुने र छेउछेउमा पैदल यात्रुका लागि हिँड्ने मार्ग बनाउन लागिएको उनले बताए। पैदल यात्रु मार्गभन्दा मुनि ‘युटिलिटी करिडोर’ राख्ने गरी छलफल भइरहेको छ।, ‘पैदल यात्रु मार्ग छेउमा ग्रीन बेल्ट बनाउने र त्योभन्दा पनि छेउमा सर्भिस लेन बनाउने गरी छलफल भइरहेको छ,’ उनले भने।, सडकको बीचको भाग ३८ मिटरमा चार लेनसहितको सडक र पैदलयात्रु मार्ग निर्माण हुनेछ।, भविष्यमा कुनै पनि सुधार, विस्तार, चुस्त सडक व्यवस्थापनका लागि चाहिने संरचना बनाउनका लागि अहिले बनेको संरचनालाई बाधा नपर्ने गरी डिजाइन गर्नुपर्छ भनिएको महानिर्देशक ढकालले बताए। चक्रपथको पहिलो खण्ड (कोटेश्वरबाट कलङ्कीसम्मको सडक) मा निर्माण सम्पन्न भएको केही वर्षमा नै कहिले आकाशे पुल त कहिले ‘फ्लाई ओभर’ निर्माणका लागि संरचना बिगार्नु परेको छ।, कलङ्कीदेखि बसुन्धारासम्मको सडक चीन सरकारले निर्माण गर्ने गरी फाइनल डिजाइनको क्रममा छ। आवश्यक स्थानमा संरचना निर्माण अहिले भर्खरै चिनियाँ पक्षले नगरेपनि भविष्यमा बनाउन सकिने गरी डिजाइन गर्ने सहमति भएको छ।, ‘उसको डिजाइनमा हुन्छ र खर्च सरकारले गर्ने गरी छलफल भइरहेको छ,’ उनले भने।, यो खण्डमा ‘फ्लाई ओभर’ लगायतका संरचना नबन्न सक्ने उनले बताए।, ‘चाहिने नै ठाउँमा पछि पनि बनाउन सकिन्छ,’ उनले भने।, ‘सर्भिस लेन’को सवारीसाधन मुख्य लेनमा नआउने गरी डिजाइन गर्न लागिएको विभागले जनाएको छ।, चक्रपथको पहिलो खण्डमा चीन सरकारले जम्मा तीन आकाशे पुल निर्माण गरेको थियो भने सरकारले पछि छ आकाशे पुल निर्माण गरेको थियो। दोस्रो खण्डमा यात्रुलाई सडक पार गर्न कुन संरचना ठीक हुन्छ भनी छलफल भइरहेको छ।, चक्रपथको पहिलो खण्डभन्दा डिजाइनका हिसाबले दोस्रो केही फरक बन्न सक्ने देखिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख विजय जैसीले बताए। पहिलो खण्डमा बीचमा दुईवटा आउने र दुई वटा जाने गरी चार लेन थियो। बीचमा दुबैतर्फको सडक र दायाँबायाँ लाग्न सर्भिस लेन थियो। अहिले एकातर्फबाट आउने र अर्को तर्फबाट जाने मात्रै गर्न छलफल भइरहेको छ।, ‘पहिले बीचको लेनका कारणले गर्दा दुर्घटना बढाएको भनेकाले अहिले बीचको हटाएर एकातिरबाट जाने चार लेन र अर्कातर्फबाट फर्कन चार लेन बनाउन छलफल भइरहेको छ,’ उनले भने।  निर्माणस्थल खाली हुँदै गर्दा चिनियाँ पक्षले निर्माणका लागि छलफल अघि बढाएको हो।, अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झण्डै ८० प्रतिशत खाली गरिएको छ। पहिले चावहिल नजिकै धोबीखोलासम्म विस्तार गर्ने योजना बनाइएको भए पनि निर्माणस्थल खाली गर्न नसकिएकाले कलङ्कीबाट बसुन्धारासम्म मात्रै विस्तारको योजना अघि बढाइएको हो।, चक्रपथको दोस्रो खण्ड पछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
सेतोपाटी संवाददाता मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गर्ने भएको छ।, नागरिक आन्दोलनले बुधबार मार्च गर्ने भएको हो।  नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने बताएको छ।, मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमनप्रति नागरिक आन्दोलनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। , ‘उक्त दमनका दौरान प्रहरीले शान्तिवाटिकाको पर्खालभित्र थुनेर अश्रुग्याँस र पानीको फोहोराले प्रहार मात्र गरेन, शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनका निम्ति शान्तिवाटिकाबाट निस्कन लागेका महिलाहरूलाई लछारपछार गरेर, किसान–मजदुरहरूलाई टाउकोमा ताकेर लठ्ठी प्रहार गर्ने अमानवीय कृत्यसमेत गर्यो’,  उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।, उक्त घटना मानव अधिकारको हनन् भएको भन्दै  दोषीहरूको छानबिन गरी कारबाही गर्न माग गरिएको छ।, ‘शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गर्यो। यो घटना गम्भीर मानव–अधिकारको हनन् हो। यसरी मानव–अधिकार उल्लंघन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।,  , मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गर्ने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुन सकेन। , अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो।, तर उक्त रिट आज हेर्न नभ्याइने भएको छ। , फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ।, केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ।, काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।, महानगरका प्रवक्ता नवीन मानन्धर सरकारसँग वार्ता भएपछि मात्रै फोहोर उठ्ने जिकिर गर्छन्।, काठमाडौं महानगरपालिकाका अधिकारीका अनुसार मेयर बालेन यो विषयमा प्रधानमन्त्री तहमा वार्ता गर्न मात्र तयार छन्।, 'नौ महिनासम्म विभिन्न मन्त्रीसँग भेट र कुराकानी भइसक्यो अब मन्त्रीभन्दा पनि प्रधानमन्त्रीसँगै कुराकानी गर्ने अडानमा उहाँ हुनुहुन्छ,' ती अधिकारीले भने, 'मन्त्रीसँग कुरा गर्दा उनीहरू फेरिने र मन्त्रीलाई भनेर मात्र काम नहुने भएकाले प्रधानमन्त्री तहमै आफ्ना विषयमा निर्णय हुनुपर्ने उहाँको अडान छ।', सिंहदरबारको फोहोर नउठाएको रिटमा आज भएन सुनुवाइ
मनिका विश्वकर्मा हामीलाई भेदभाव नगर्नुहोस्  , अपांगता भएका कारण  , आफैंलाई हामीमा राखेर हेर्नुहोस्   , कति पीडा छ   , हामीसँग केही लुकेका छन्  , तपाईं जस्तै प्रतिभा।, प्रकृति भट्टराईलाई यो कविता आफ्नै जीवनको अनुभवले फुराएको हो। उनका दुवै खुट्टा चल्दैनन्। हिँडडुलको स्थायी सहारा ह्विलचेयर हो।, ललितपुर महानगरपालिका कार्यालयको दोस्रो तलामा छ 'महिला शाखा'। प्रकृति त्यही शाखामा कम्प्युटर अपरेटर पदमा काम गर्छिन्।, उनको घर सानेपा हो। बिहान ठीक दस बजे कार्यालय पुग्छिन्। कार्यालय आउन मासिक रूपमा ट्याक्सी भाडामा लिएकी छन्। ट्याक्सी चालकले कार्यालय भवनको गेटसम्म पुग्न मद्दत गर्छन्। गेटको बायाँतर्फ भर्‍याङ छ, दायाँतर्फ लिफ्ट। उनी लिफ्टबाट आफ्नो कार्यकक्षमा पुग्छिन्।, 'यो लिफ्ट कहिलेकाँही बिग्रिन्छ। बिग्रेको छ भन्ने खबर यहाँबाट बेलैमा पाएको दिन म आउँदिनँ,' उनले भनिन्, 'घरैबाट काम गर्छु।', कोभिड–१९ ले जताततै त्रास फैलिएको कठिन समयमा प्रकृतिले महानगर कार्यालयमा प्रवेश पाएकी हुन्। जागिरका लागि उनले प्रक्रिया सुरू गरेकी थिइन्। एकदिन ललितपुर महानगर कार्यालयबाट फोन गरेर बोलाइयो। अन्तर्वार्ता भयो। कम्प्युटर चलाउन जान्ने अनि अंग्रेजी र नेपाली दुवै भाषामा काम गर्न सक्ने देखिएपछि महानगरमा उनको जागिर पक्का भयो।, सुरूमा उनी कुन शाखामा काम गर्ने भन्ने टुंगो थिएन। जहाँ खाली छ, त्यहीँ पठाउने कुरा रहेछ। उनी सहकारी शाखा पुगिन्। सुरूका चार दिन काम पनि भएन। हाजिर गर्ने, दिनभरि बस्ने र फर्किने मात्रै। अलिअलि काम सुरू हुन लाग्दा उनलाई महिला शाखामा पठाउने कुरा भयो। सर्न इच्छुक हो कि होइन भनेर सोधियो। , त्यो क्षण सम्झिँदै प्रकृतिले भनिन्, 'महिला शाखाका म्यामहरूले पनि मलाई आफ्नो टिममा राख्न चाहनुभएको रहेछ। म निकै उत्साहित भएँ।', महिला शाखामा काम गर्दा अपांगता भएका आफूजस्ता महिलाका लागि काम गर्न सजिलो हुने ठानिन्। यसरी उनी यहाँकी कम्प्युटर अपरेटर भइन्। उनका अनुसार यो शाखाबाट महिला सशक्तीकरण, अपांगता परिचयपत्र वितरण, समावेशी शिक्षा, महिला अधिकार लगायत काम हुन्छ।, महानगरमा आउनुअघि उनी एउटा निजी संस्थामा काम गर्थिन्। शारीरिक अपांगताका कारण कतिपय कामबाट बञ्चित हुनुपर्थ्यो। सक्ने काम पनि पाउँदिन थिइन्।, 'मेरो खुट्टा चल्दैन भन्दैमा हातको काम गर्न नसक्ने होइन नि। तर हामीले क्षमता देखाउन सक्ने काम नै दिइँदैन,' ३८ वर्षीया प्रकृतिले भनिन्, 'अवसर दिनुपर्‍यो, हामी पनि काम देखाउन सक्छौं।' , प्रकृतिले घरमा भने कहिल्यै विभेद भोग्नुपरेन। उनका बुबा प्रहरी सेवामा थिए, आमा शिक्षक थिइन्। उनी दस महिनाको उमेरदेखि पाँच वर्षसम्म मामाघरमा हुर्किन्। अरू केटाकेटीभन्दा भिन्न देखिएपछि उनका हातखुट्टा नचलेको थाहा भयो।, आमाबुबाले नेपालका धेरै अस्पताल लगे। छेउटुप्पो पत्ता लागेन। अन्ततः भारतको पटना पुर्‍याए। त्यहाँ डाक्टरहरूले 'सेरेब्रल पाल्सी' नामक रोग भएको निष्कर्ष सुनाए। सेरेब्रल पाल्सी खासगरी बालबालिकामा हुने रोग हो। यसले शरीरको सन्तुलन र विकासमा असर पुर्‍याउँछ। हाल विश्वभर एक करोड ७० लाख मानिस सेरेब्रल पाल्सीबाट पीडित भएको अनुमान छ।, दस वर्षको हुँदासम्म उनको शारीरिक विकास अत्यन्तै सुस्त रह्यो। उनी टाउको थाम्न, घस्रिन र बस्न नसक्ने थिइन्। नियमित रूपमा फिजियोथेरापी गर्नुपर्थ्यो। फिजियोथेरापी गर्दै जाँदा ह्विलचेयरमा बस्न र टाउको थाम्न सक्ने भइन्। दुवै हात चले।, आमाबुबाले उनी सात वर्षकी हुँदा स्कुल भर्ना गरिदिए। तर केही समयपछि स्कुलले उनलाई पढाउन चाहेन।, 'मेरा कारणले अरू विद्यार्थीलाई असहज भयो, उनीहरूको पढाइमा समस्या भयो भने, राख्न मानेनन्,' प्रकृतिले सम्झिइन्।, आमाबुबाले अपांगता भएकी छोरीलाई पढाउने स्कुल भेटेनन्। प्रकृतिको पढाइ रोकियो। बुबा धेरैजसो काठमाडौंबाहिरै हुन्थे। आमा स्कुल जान्थिन्। घरमा सहयोगी भए पनि प्रकृतिको स्याहारमा ध्यान दिँदैन थिए। त्यसैले आमा उनलाई कोठामा बन्द गरेर हिँड्न बाध्य भइन्। , स्कुलबाट निकालिएर कोठामा थुनिनु परेपछि प्रकृतिलाई नराम्रो महशुस हुन थाल्यो।, 'स्कुलले नलिनु, मलाई कोठामा बन्द गरेर आमा जानु, दिउँसो स्याहार गर्नुपर्नेले वास्ता नगर्नु! यो संसारमा ममात्रै किन यस्तो भएकी जस्तो लाग्थ्यो। म एकोहोरो भएकी थिएँ,' उनले भनिन्।, उनी बन्द कोठामा झ्यालबाट बाहिर हेरिरहन्थिन्। आफ्नै उमेरका केटाकेटी झोला बोकेर स्कुल जाँदै गरेको देख्थिन्। उनलाई खुब रून मन लाग्थ्यो। आमाले के भयो भनेर सोध्दा केही भन्थिनन्।, केही समयपछि भने उनको दुखाइमा मलम लाग्यो। सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी (एसजिसिपी) नामको एउटा संस्थामा उनले पढ्ने अवसर पाइन्। यो संस्थाले सेरेब्रल पाल्सी भएका बालबालिकाको औपचारिक शिक्षाका लागि काम गर्थ्यो। संस्थाका सञ्चालक बटुकप्रसाद भण्डारी उनका बारेमा थाहा पाएर लिन घरै आएका थिए।, 'बटुक सर मलाई खोज्दै घरै आउनुभएको थियो। उहाँले सबै कुरा भनेपछि मैले त्यही संस्थामा पढ्न पाएँ,' प्रकृतिले भनिन्।, त्यसपछि उनको आत्मबल बढ्दै गयो। सकारात्मक सोचाइ आउन थाल्यो। एसजिसिपीले पढ्न सक्ने र नसक्ने छानेर पढ्न नसक्नेलाई सिपमूलक तालिम दिन्थ्यो। उनले त्यहाँ चार कक्षासम्म पढिन्। यसपछि सिलाइबुनाइ र माला बनाउन सिकिन्। पढाइ अगाडि नबढे पनि सिकाइ रोकिएन। कम्प्युटर तालिम पाइन्।, 'अहिले त ग्राफिक डिजाइन पनि गर्छु,' उनी भन्छिन्।, हुर्किँदै जाँदा उनले अपांगताका कारण विभेद र अपमान अनुभव गरेकी छन्।, उनले एउटा घटना सुनाइन्। उनी संलग्न संस्थाबाट पिकनिक जाने कार्यक्रम थियो। उनीसँगै अपांगता भएका केही बालबालिका थिए। पिकनिक स्थलमा भेटिएकी एक महिलाले 'पूर्वजन्मको पापको फल' भनिन्। दया देखाउन खोजेजस्तो गरिन्।, यो घटनाले उनलाई आज पनि भित्र कतै बिझाउँछ।, 'मानिसहरू अपांगतालाई किन पूर्वजन्मको पाप भन्छन्?' यो प्रश्नले उनलाई चिमोटिरहन्छ। , एसजिसिपीमा उनी १२ वर्ष बसिन्। बीस वर्ष उमेर भएपछि बस्न नपाउने प्रावधान थियो। संस्था छाडेपछि ललितपुरको कुमारीपाटीस्थित एक मन्टेश्वरी स्कुलमा रिसेप्सनिस्टका रूपमा काम गरिन्। यहीँबाट उनलाई 'म पनि गर्न सक्छु' भन्ने अनुभव भयो।, उनले फेरि स्कुल गएर पढ्ने अठोट गरिन्। ठूलीआमाको कपनस्थित घरमा बसेर एउटा स्कुलमा आठ कक्षासम्म पढिन्। यसरी स्कुल जानु सहज थिएन। विभेद पनि महशुस भयो। यसपछि घरमै पढ्ने गरी काठमाडौंको विश्वनिकेतन माध्यमिक विद्यालयमा कक्षा ९ मा भर्ना भइन्। त्यहीँबाट एसएलसी उत्तीर्ण गरिन्। प्रकृतिको उच्च शिक्षा पढ्ने धोको बाँकी नै छ।, केही समयपछि उनले एउटा जर्मन प्रोजेक्ट अन्तर्गत अपांगता भएका बालबालिकालाई पढाउने काम पाइन्।, 'जर्मन प्रोजेक्टमा बालबालिकालाई पढाउनु निकै रमाइलो काम थियो। लगातार नौ वर्ष पढाएँ,' त्यो कालखण्ड सम्झिँदै उनले भनिन्, 'मेरो मेहनतले आमाबुबा पनि खुसी हुनुहुन्थ्यो।' , हरेक वर्ष अक्टोबर ६ मा विश्व सेरेब्रल पाल्सी दिवस मनाइन्छ। प्रकृतिले सन् २०१८ को दिवसमा 'व्यक्तिगत रोजगार तथा उद्यमशीलता' शीर्षकमा पुरस्कार पाइन्। त्यो क्षण उनका लागि निकै खुसी र उत्साहको थियो।, 'पहिलोपटक पुरस्कृत हुँदा म धेरै खुसी भएँ। आमा, बुबा र भाइ पनि धेरै खुसी हुनुभयो,' उनले भनिन्, 'पुरस्कार लिन जाँदा मसँग बुबा पनि जानुभएको थियो। उहाँ खुसीले रूनुभयो।', यसपछि प्रकृतिले 'समावेशी पाठ्यक्रम' विषयमा तीन महिनाको तालिम लिन पाइन्। यसमा अपांगता, समावेशी शिक्षा, बहुबुद्धिमत्ता आदि विषयमा धेरै कुरा सिकिन्। भारतका केही विद्यालय भ्रमण गर्ने मौका पनि मिल्यो।, 'अंग्रेजी भाषा सिक्न पाएँ। रिस र तनाव व्यवस्थापन गर्ने क्षमता बढ्यो,' तालिमको उपलब्धिबारे उनले भनिन्, ' रचनात्मक काममा म सक्षम छु भन्ने भाव बढ्न थाल्यो।' , अपांगता हुनु कसैको रहर होइन, तर यही कारण उनीसँग धेरै तीता अनुभव छन्। परिस्थिति जेसुकै भए पनि उनले हार भने मानिनन्। आँट र आत्मविश्वास गुमाइनन्। जीवनका अनेक अनुभवले उनलाई पखेटा हालेर उडान भर्न सिकाएका छन्।, अचेल सार्वजनिक भौतिक संरचना पनि अपांगताअनुकूल बन्न थालेका छन्। अपांगता भएका व्यक्तिहरूले रोजगारीमा अवसर पाउन थालेका छन्, उद्यमशीलता बढेको छ। यी पक्षले उनमा खुसी सञ्चार गर्छन्।, अपांगता भएका आफू जस्ता व्यक्तिहरूलाई उनको सुझाव छ– आफूलाई अशक्त नठान्नू, हामीलाई अशक्त त समाजले बनाइदिन्छ। काम गर्न सक्छु भन्ने आत्मविश्वास बढाउनुहोस् र अवसरको खोजी गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ।, ललितपुर महानगर कार्यालयमा सेवाग्राहीका लागि पनि उनी प्रेरणास्रोत बनेकी छन्। सेवाग्राहीहरू उनका ऊर्जास्रोत भएका छन्। , भन्छिन्, 'परिचयपत्र बनाउन आउनेहरू मलाई देखेर खुसी हुन्छन्। तपाईंलाई देखेर हाम्रो हौसला बढ्छ भन्छन्। यस्तो कुराले मभित्र ऊर्जा बढाइदिन्छ।' , उनी चाहन्छिन्– अपांगता भएका व्यक्तिप्रति समाजमा व्याप्त बेथिति र नकारात्मक दृष्टिकोण बदल्न सकूँ, यस्तो व्यक्ति पूर्वजन्मको पाप भोगेको विचरा होइन भन्ने तथ्य स्थापित गर्न सकूँ।, 'महानगर कार्यालयमा मैले विचरा ठानेको अनुभव गर्नुपरेको छैन। सहयोग चाहिने ठाउँमा पाएकी छु,' उनी भन्छिन्, 'सम्मानको व्यवहार अनुभव गरेकी छु। जिम्मेवारी निर्वाहको सिलसिलामा म आफू अपांगता भएकी व्यक्ति हुँ भन्ने पनि बिर्सिन थालेकी छु।', सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी, 'म अपांगता भएकी व्यक्ति हुँ भन्ने बिर्सिन थालेकी छु'
सेतोपाटी संवाददाता नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।, केही दिनअघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको थियो।, पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७१ जनामा कोरोना संक्रमण भएको छ। ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।, कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।, सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।, लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।, ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन्।  , सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो।, तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले पनि अचेत छन्।, प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।, प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।, हेलिकप्टरबाट काठमाडौं ल्याइयो रवि लामिछानेका ड्राइभरलाई
सेतोपाटी संवाददाता गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली बुधबार बुटवल आउँदै छ।, गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोलीले गोरखाबाट जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो।, क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रूपन्देहीको गरुड दल गण यात्रामा प्रत्यक्ष सहभागी रहेको बुटवलस्थित नेपाली सेनाको मध्यमश्चिम पृतनाले जनाएको छ।, तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखादेखि बुटवल आउँदा प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै निस्किएको उक्त टोली सोमबार पाल्पाको रामपुरमा आइपुगेको थियो।, मंगलबार पाल्पाको प्रभासमा बास बस्ने र बुधबार रूपन्देही र पाल्पाको सीमा क्षेत्र नुवाकोट गढीमा आई गोरखाबाट ल्याएका झण्डा रूपन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।, यसअघि गोरखाबाट आएको टोलीले ल्याएका झण्डालाई सतीघाट पुगेर तनहुँको टोलीलाई हस्तान्तरण गरेको थियो।, तनहुँको टोलीले पाल्पाको केलादीघाटमा पाल्पालाई हस्तान्तरण गरेको थियो भने पाल्पाले नुवाकोटगढी आएर रूपन्देहीलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको मध्यपश्चिम पृतनाका पृतनापति यमप्रसाद ढकालले जानकारी दिए।, रूपन्देहीको टोलीले वैशाख ७ गते जितगढी उत्सवको दिन झण्डालाई जितगढी पुर्‍याएपछि गोरखा जितगढी पदयात्रा सम्पन्न हुनेछ।, युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग नेपाली सेनाले वि.स.१८७१ देखि ७२ सम्म युद्ध लडेको थियो।, कर्णेल उजिर सिंहको नेतृत्वमा लडेको नेपाली सेनाको टोलीले वि.सं.१८७२ वैशाख ७ गते अंग्रेज सेनालाई पराजित गरी सदाको लागि नेपालबाट फिर्ता पठाएको थियो।, अंग्रेज सेनालाई पराजित गरेको वैशाख ७ गतेको सोही दिनलाई नेपाली सेना र बुटवल उपमहानगरपालिकाले जितगढी उत्सवको रूपमा मनाउन थालेका छन्।, यस वर्ष पनि वैशाख ७ गते जितगढी उत्सव मनाइने र बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुनर्निर्माण गरेको ऐतिहासिक जितगढीलाई प्रधान सेनापतिबाट उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पृतनापति ढकालले जानकारी दिए।, यसपटक जितगढी उत्सवलाई अझै व्यापक बनाउने उद्देश्यसहित गोर्खा जितगढी पैदलयात्रा सुरू गरिएको उनले बताए।, ‘जितगढी उत्सवको माध्यमबाट राष्ट्रिय एकताको सन्देश जाओस् भन्ने उद्देश्य हो, त्यो सँगै एकीकरण मार्गलाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने र हाम्रा ऐतिहासिक धरोहर गढी किल्लाहरूको प्रचारप्रसार गर्दै इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य पनि हो,’ उनले भने।, गोरखाबाट जितगढीको लागि पहिलोपटक सुरू गरिएको पदयात्राले नेपाली सेना र नागरिकको सम्बन्ध प्रगाढ बनाउन पनि सहयोग पुगेको उनले बताए।, उक्त टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गर्दै आएको र जितगढीसम्म आइपुग्दा ३७० किलोमिटर पैदलयात्रा पूरा हुने पृतनापति ढकालले जानकारी दिए।,  , नेपाली सेनाको गोरखा जितगढी पैदल टोली बुधबार बुटवल आउने
सेतोपाटी संवाददाता हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ। , दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , आगामी तीन दिनको मौसम , २०८० वैशाख ५ गते (मंगलबार), दिउँसोः देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। , रातीः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।, २०८० वैशाख ६ गते (बुधबार), दिउँसोː, देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ ।, रातीː , देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।, २०८० वैशाख ७ गते (बिहिबार), दिउँसोː ,देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै  स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।, रातीː ,देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केहि स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।, कस्तो रहला आगामी तीन दिनको मौसम?
सेतोपाटी संवाददाता गुल्मीमा सडेगलेको अवस्थामा शव फेला परेको छ। , जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार दिउँसो करिब साढे दुई बजे जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा शव फेला परेको हो। , गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठका अनुसार वेवारिसे अवस्थामा फेला परेको शव पहिचान गर्न सक्ने अवस्थामा छैन। , टाउको देखि शरीरका मांशपेशी समेत सकिएर कंकालमात्रै बाँकी रहेको अवस्थामा शव रहेका कारण महिला र पुरूष समेत छुट्याउन नसकिएको इन्स्पेक्टर श्रेष्ठले बताए। , खोलामा दुर्गन्धित अवस्थामा शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए। , सूचना पछि प्रहरीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाएको छ।, जिल्ला प्रहरीले कोही कसैको आफन्त नातेदार हराएका छन् भने सम्पर्क गर्नका लागि अनुरोध गरेको छ। , यसबारेमा सामाजिक सञ्जालमार्फत पनि सुचना जारी गरिएको र प्रहरीका तल्लो निकायहरुमा पनि सूचना पठाएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए। , गुल्मीको रूरूमा सडेगलेको अवस्थामा शव फेला
रासस गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक जना घाइते भएका छन्।, छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली मंगलबार आगो निभाउने क्रममा घाइते भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए।, आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।, छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले पाँच वटा गोठ जलेका छन्।, छत्रकोट गाउँपालिका–२ डांग्रे बस्ने खीमा रजालीको दुईतले कच्ची गोठसमेत जलेर पूर्ण रूपमा नष्ट भएको छ। सोही ठाउँका दुर्गाबहादुर रजालीको गोठमा पनि आगलागी भएको छ। गोठमा आगलागी हुँदा एउटा बाख्रा जलेर मरेको छ।, आगलागीबाट छत्रकोटकै स्थानीयवासी रूपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ जलेको सशस्त्र बलका प्रहरी नायब उपरीक्षक खड्काले बताए।, आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्रको टोली तत्काल घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। जिल्लाका अधिकांश वन क्षेत्रमा दिनहुँ आगलागीका घटना बढ्दै जान थालेका छन्।, आगो निभाउने क्रममा एक जना घाइते, ५ गोठ जले
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ। फागुनयता ती स्थानमा डढेलो लागेको हो। , डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ। डढेलो लागेको क्षेत्र बढ्न सक्ने उनले बताए। , ‘फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ,' उनले भने। , धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताउँछन्। ‘अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ,’ उनले भने। , डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ। सामुदायिक वनले हेरालु राख्ने गरेका छन्। उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन्। , आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताए। , ‘पहिला–पहिला खोरिया फाड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन,’ उनले भने। डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ। , धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत  छविलाल सुवेदीले बताए। चश्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउनेजस्ता उपाय अपनाउन उहाँले सबैमा आग्रह गरे। , नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ।, नवलपुरका ५३ स्थानमा डढेलो
रासस सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए। , बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे।, भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ।, भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए।, सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो। , सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ। , आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
सेतोपाटी संवाददाता बैतडीमा एक बालिका मृत फेला परेकी छिन् । , पाटन नगरपालिका –४ पलेटाकी ८ वर्षिया ललिता चन्द मृत फेला परेको प्रहरीले जनाएको हो।, सोमबार दिउंसोबाट सम्पर्क विहिन भएकी ललिता मंगलबार विहान वडाकै मङराउ खोलामा मृत अवस्थामा भेटिएकी हुन् ।उनको मृत्युको कारण खुलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।, बैतडीमा ८ वर्षीया बालिका मृत फेला
रासस म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ।, बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो।, सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए।, चितुवाको टाउको ठोक्किएको थियो। करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट बताउँछन्।, मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ।, म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
रासस कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। , सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।, नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। , नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ।’, सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए। पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो। , चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए। चौधरीले, ‘स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन।’, तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन्। , नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए। स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ ।,  , ‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ,’ नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ।’ , कैलालीका ४० स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन
सेतोपाटी संवाददाता कञ्चनपुरमा मलामी गएर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।, आइतबार मलामी गएर नदीमा नुहाउने क्रममा शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल बेपत्ता भएका थिए। , बेपत्ता भएपछि सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरेको थियो। , बेपत्ता भएको किशोरको साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।,  , मलामी गएर नदीमा नुहाउने क्रममा बेपत्ता किशोर मृत फेला
सेतोपाटी संवाददाता लघुवित्त संस्थाविरूद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरूवामा झडप भएको छ।, आइतबार सुनसरीको इनरूवामा लघुवित्त संस्थाको विरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो। , लघुवित्त पीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो। , प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लाठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो। , सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन्।, आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरूवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन। , आन्दोलनकारी बिहानैबाट सडकमै सुतेका थिए। आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो।, आफूहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। ,  , इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप (तस्बिरहरू)
सेतोपाटी संवाददाता भक्तपुरमा माटो ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेव रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।, आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने दुई जना कामदार पुरिएको खबर प्रहरीले पाएको थियो।, खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगेर उनीहरूको उद्धार गरेको थियो।, उद्धार गरी घाइतेलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो। घाइतेमध्ये सुनसरी गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षका सियाराम ऋषिदेवको उपचार भइरहेको डिएसपी पाठकले बताए। अर्का घाइते नितेशको भने उपचार क्रममा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र  जेसिबी खटेको थियो।, घटनास्थलमा वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।, भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु
रोहित महतो बारामा भइरहेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेशमा रोक लगाइएको छ।, सुवर्ण गाउँपालिका वडा नम्बर १ स्थित घुसुकपुरमा गत चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म पूजापाठ हुने गरी आयोजना गरिएको महायज्ञमा स्थानीय चमार समुदायलाई छुवाछुत मानेर प्रवेश गर्न दिइएको छैन।, स्थानीयका अनुसार कलश यात्रामा चमार समुदायकी महिला तथा युवती सहभागी हुन निकै प्रयास गरेका थिए। तर छोइने भन्दै कथित उच्च जातका व्यक्तिले कुनै हालतमा पूजामा सहभागी हुन नदिने अडान लिएपछि उनीहरू पछि हटे।, 'अरू बेला काम लाग्दा हाम्रो हरेक कुरा चल्छ तर महायज्ञमा छोइन्छ भन्यो। हामी पनि कलश भर्छौं, पूजा गर्छौं भनेका थियौं। तर उच्च जातका भन्नेहरूले भित्र पस्यौ भने घिसारेर कुट्छु भनेर धम्की दिए। घरसँगै टाँसिएर महायज्ञ हुँदैछ। बालबच्चाले पूजा गर्न नपाएर रोइराख्छ तर के गर्ने हामी? वडाध्यक्ष, मेयर सबैलाई भन्यौं, कसैले हाम्रो कुरा सुनेन। धेरै बोल्दा पिट्लान भनेर डर पनि लाग्छ,' स्थानीय छठु रामले भने।, यो टोलमा करिब ८० चमार समुदायको बसोबास छ। कथित उच्च जातका व्यक्तिले उनीहरूलई महायज्ञमा पूजापाठमा रोक लगाएपछि त्यसविरूद्ध चैत १९ गते नेपाल दलित अगुवाले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएको थियो।, छुवाछुत गरेर विभेद गरेको भन्दै यज्ञ आयोजकसहित करिब एक दर्जन व्यक्ति विरूद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी परेको थियो। तर जिल्ला प्रशासनले पनि यो घटनामा अहिलेसम्म प्रक्रिया सुरू गरेको छैन।, छुवाछुत गरी भेदभाव गरिएको भनेर स्थानीयबाट निवेदन आए पनि अहिलेसम्म कारबाही प्रक्रिया अघि नबढाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले बताए।, 'हामीले के कसो भएको हो, के भयो भनेर एसपी साबलाई बुझ्न भन्यौं। उहाँले सम्झाउने, बुझाउने गर्नुभयो। तर महायज्ञमा अझै प्रवेश गर्न दिइएन भन्ने कुरा आएको छ। गाउँका दुई-चार जनाले व्यक्तिगत रूपमा महायज्ञ आयोजना गरेको छ भन्ने कुरा आएको छ,' उनले भने।, छुवाछुत गर्नेविरूद्ध मुद्दा चल्छ कि चल्दैन प्रश्नमा उनले भने, 'प्रमाण छ भने मजाले चल्छ। थप कुराहरू एसपी साब र सिडिओ साबलाई थाहा होला।', बाराका एसपी होबेन्द्र बोगटीले भने जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी अहिलेसम्म नआएको बताए।, 'मैले अनौपचारिक रूपमा बुझेँ। त्यहाँका दलित नेतासँग कुरा गर्दा हामी मिलिसक्यौं भनेर बताउनुभयो,' उनले भने।, प्रहरीले दाबी गरेजस्तो त्यहाँका चमार समुदाय र कथित उच्च जातका समुदायबीच कुनै सहमति नभएको छठु रामले बताए।, 'जनप्रतिनिधिदेखि प्रहरी प्रशासन सबैमा कथित उच्च जातका व्यक्ति मात्रै रहेकाले कसैले चासो देखाएन,' स्थानीयको आरोप छ।, यसअघि वीरगन्ज महानगरपालिका १७ स्थित अलौमा पनि चैत ८ देखि १६ गतेसम्म आयोजित शतचण्डी महायज्ञमा दलितलाई पूजापाठ गर्न बञ्चित गराइएको थियो। त्यसविरूद्ध अलौका दलितहरूले सडकमै विरोध प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। तर जिल्ला प्रशासन कार्यालयले चासो नदेखाउँदा दलितहरू पछि हट्न बाध्य भएका थिए।, महायज्ञमा छिर्न नदिएर दलित समुदायमाथि विभेद