content
stringlengths
20
64.1k
रासस एसियाली राजमार्गअन्तर्गत पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आइतबारदेखि सञ्चालन भएको छ। काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानीटङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण गरिएको ‘मितेरी पुल’का रूपमा परिचित नयाँ पुल पाँच सय ७५ मिटर लामो रहेको छ।, डेढ वर्षअघि नै निर्माण कार्य सम्पन्न भए पनि यो पुल सञ्चालनमा आएको थिएन। एसियाली मुलुकहरूलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गत नेपालतर्फ एसियाली राजमार्गमा यही एउटा पुल र पाँच सय मिटरको पहुँच मार्ग मात्र निर्माण भएको छ।, मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आइतबार दिउँसो १ बजे आ-आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर एसियाली राजमार्गको पुल सञ्चालनको संयुक्त सुरूआत गरेका थिए।, नेपालतर्फबाट मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र भारतका तर्फबाट नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त लहाछिरिङ शेर्पाले पुलको संयुक्त सुरूआत गरेका हुन्।, २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको सम्झौता गरेका थिए। भारत सरकारले निर्माण गरेको यस पुलको आधा भाग नेपाली सीमाभित्र पर्दछ।, एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारू एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो। निर्माणका क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई रु तीन करोड ३७ लाख मुआब्जा नेपाल सरकारले प्रदान गरेको थियो।, नयाँ पुल फराकिलो र सुविधाजनक भएको हुँदा पूर्वीनाका हुँदै गरिने व्यापार सहज बन्ने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए। उनका अनुसार नयाँ पुलबाट सबै प्रकारका यातायातका साधनलाई आवागमनको अनुमति दिइएको छ। दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ।, नेपालले पूर्वीनाका काँकडभिट्टाबाट भारत र बङ्गलादेशको बन्दरगाहसम्म व्यापार सञ्चालन गर्दै आएको छ भने यो नाकाबाट बङ्गलादेशको बङ्गलाबन्ध र च्याङ्ग्राबन्ध सीमानाका करिब ५० किलोमिटरभन्दा कम सडक दूरीमा रहेको छ।, उक्त पुल सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए। तर भारतीय पक्षले नै सुरक्षा संवेदनशीलता देखाएर पुल सञ्चालनमा ढिलाइ गरेको हो। नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीको खेपिनसक्नु चाप थियो। यसबाट दुवै देशका नागरिक र व्यवसायीहरूलाई नाका पार गर्न सास्ती थियो।, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तव्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त गरे।, सञ्चालनमा आयो नेपाल-भारत जोड्ने ६ लेनको पुल
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ।, मेयर चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए।, ‘छिटोभन्दा छिटो स्वास्थ्य बीमा गराएर कार्यान्वयन गर्नुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू हुन्छ,’ उनले भने।, महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बीमा कार्यक्रमबाट ललितपुरबासी छिट्टै लाभान्वित हुने बताए।, ‘हामी यो कार्यक्रम प्रभावकारी बनाउँछौं,’ उनले भने।, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दोमादर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमले स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने बताए।, स्वास्थ्य बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले बीमा कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार तीन हजार पाँच सय रकम प्रिमियम स्वरुप बुझाउनुपर्ने बताए।, ‘प्रिमियम बराबरको रकम बुझाएपछि एक लाख बराबरको स्वास्थ्य सेवा लिन पाइन्छ,’ उनले भने।, परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य सात सयका दरले पिम्रियम तिरेपछि बीमा कार्यक्रममा सहभागी हुन सकिन्छ।, गरिब, एचआइभी. संक्रमित, अति अशक्त, अपागंता भएका परिवारलाई प्रिमियम वापतको शूल्कमा छुटका व्यवस्था गरिएको छ।, महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई पिम्रियम रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ।, ७० वर्ष पुगिसकेका जेष्ठ नागरिकको हकमा पूरा छुटको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकले स्वास्थ्य बीमाबाट एक लाखसम्मको उपचार सेवा पाउने व्यवस्था छ।, स्वास्थ्य बीमा कार्यक्रमबाट ओपिडि सेवा, इमरजेन्सी सेवा, अन्तरंग सेवा अर्थात् अस्पताल भर्ना भई लिइने सेवा (यस्तो सेवा लिँदा क्याबिनको सुविधा उपलब्ध हुने छैन।) एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई, सिटी स्क्यान, रगतको जाँच, एपेन्डिक्स अपरेसन, पत्थरी अपरेसनको सेवा पाइन्छ।, त्यसैगरी एक हजार रुपैयाँ बराबरको चस्मा, श्रवणयन्त्र, सेतो छडी, वैशाखी पनि बीमा गरेकाले पाेउने छन्। यसका साथ एक हजार एक सय ३३ थरीका सूचीकृत औषधि पनि उपलब्ध गराइन्छ।, स्वास्थ्य बीमा कार्यक्रम ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४५ स्थानीय तहमा लागू भइसेको छ।, नगरबासीको बीमा गर्दै ललितपुर महानगर
खेमराज गौतम बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ। अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ। स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ। , सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ। तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन्। , बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ । अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन्।, सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिए।, ‘उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०/३५ घर छन्, जसमध्ये १०/१२ घर त पूर्णरूपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ’, कार्कीले भने, ‘सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।’, सिगानाको दूर्गम क्षेत्र मानिएको बौडेचौरले विकासमा मुहार फेरे पनि बसाइँसराइ भने नरोकिएको सिगानाका निर्वतमान वडाध्यक्ष जीतबहादुर जिसीले बताए। पाँच वर्षमा बौडैचोरका जम्मा ११ घरमध्ये तीन घर बन्द छन्। तर पछिल्लो समय बौडैचौरमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ ।, सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सिङ सेवासहितको विद्यालयसमेत रहेको छ । विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ। ‘हामीले विकास त भित्र्याएका छौँ तर विकासले बसाइँसराइ नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो’, जिसीले भने, ‘हुनेखानेहरु बसाइँसराइ गर्ने नै भए हुँदा खाने अवसर र रोजीरोटीका लागि घर छोड्न बाध्य छन्, अब विकाससँगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ ।’, बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका–७ टोकरीगाउँ बसाइँसराइको नमुना नै बनेको छ। पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार बस्ने टोकरीगाउँमा बसाइँसराइका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन्। बसाइँसराइका कारण रित्तिएको बस्तीबाट अहिले सडक कालोपत्र पुग्नेगरी धमाधम निर्माण भइरहे भए पनि विकासले बसाइँसराइ रोक्न नसक्नु विषय दुःखद् रहेको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए।, यहाँका अधिकांश युवा जापान पुगेपछि बसाइँसराइले तीव्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइँसराइ गर्ने चलन रहेको थापाले बताए।, गलकोट नगरपालिकाले बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा सहजरूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको भए पनि सडकको विकासले मात्रै बसाइँसराइ रोक्न समस्या देखिएको छ । सडकको पहुँच पुगेपनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ । , बसाइँसराइका कारण गाउँ उराठिँदा बाँदरको बिगबिगीलेसमेत सताउने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेती भइरहेको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ । निर्वाचनका समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउँदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बाँदरको समस्यासँग बसाइँसराइ जोडिएको बताए।, ‘बसाइँसराइका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेतबारीमा लगाएको खेतीपाती बाँदरले नाश पार्दा उनीहरुसमेत बाध्यताले बसाइँसराइ गर्नुपर्ने अवस्था छ’, सुवेदीले भने, ‘सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ।’ , बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण यहाँको विकासमा मुहारै फेरे पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद् विषय बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका कारण विकासले मुहारै फेरेको भए पनि बसाइँसराइ भने रोकिएको छैन । , पछिल्लो समय विद्यालय भवन सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको सङ्ख्या घट्दै जाने, सडक, विद्युत्, सञ्चारलगायतको सुविधा बढ्दै गए पनि बसाइँसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको उनीहरुको गुनासो छ । स्थानीय तहले बसाइँसराइ रोक्नका लागि भौतिक विकासलाई तीव्रता दिए पनि औद्योगीकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपालिकाका स्थानीय चूडामणि छन्त्यालले बताए।, विकास थपिँदैछ तर बस्ती रित्तिँदै
सेतोपाटी संवाददाता खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । , काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताले सोमबार महानगरको निर्णय बिरूद्धमा बिरोध गरेका हुन्। , उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन्। अभियन्ताले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व  मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै बिरोध गरेका हुन्। स्थानीयवासी र संरक्षण अभियान्ताले सोमबार बिरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।, टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ। खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन्। बिरोध कार्यक्रममा बोल्दै अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। , उनले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताए। उनले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोपसमेत लगाए। उनले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भए पनि मालिक नभएको बताए।, त्यस्तै अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताए। उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनैपनि संरचना बनाउन दिनु नहुने बताए। उनले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिए।, ‘काठमाडौंका जनताले अत्यधिक मत दिएर जिताएका अहिलेका काठमाडौंका मेयरसाबले टुँडिखेलमा पार्क बनाउने भनेर थाल्नुभएको छ। सांस्कृतिक ठाउँमा, काठमाडौंका आदिवासी, जनजाति जोडिएको ठाउँमा आज एकपछि अर्को अण्डरग्राउण्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिनु हुँदैन। संरचनालाई जोगाइरहनु पर्छ। खुलामञ्चलाई खुलामञ्चको रुपमा नै राख्नुपर्छ। पार्किङ नै चाहिएको भए भृकुटीमण्डपमा बनाउनुस् न, त्यहाँ घर बनाउन जनताले दिएको होइन,’ उनले भने। , गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।, जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताइन्।, सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएकी हुन्। उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्। उनले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बताइन्। उनले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन्।, ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यकता हो कि होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डिपिआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहना विपरित कुनै पनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझाव बिना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन्।, गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ।, हेर्नुहोस् तस्बिरहरू (तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी), खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै महानगरपालिका अगाडि विरोध प्रदर्शन
सेतोपाटी संवाददाता बाँकेमा तीन युवामाथि खुकुरी प्रहार गरेको आरोपमा चार युवा पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का २९ वर्षीय विनय भण्डारी, वडा नं. ६ का ३१ वर्षीय तासे भनिने प्रकाश थापा, राप्ती सोनारी–२ का ३१ वर्षीय नारायण डाँगी र बैजनाथ–५ का २९ वर्षीय प्रकाश रसाइली भनिने तुलसीराम सुनारलाई प्रहरीले सोमबार पक्राउपछि सार्वजनिक गरेको छ। , भारतीय नम्बर प्लेटको यूपी ३२ इयू ८६१६ नम्बरको कारमा गएका चार जनाले आइतबार दिउँसो सवा २ बजेतिर नेपालगंज–४ गणेशपुरमा नेपालगञ्ज १२ का २७ बर्षीय अनुराग शाह, नेपालगंज– ४ का सुभमजंग शाह र जानकी गाउँपालिका–३ का उज्वल शाहलाई खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए। घाइतेमध्ये अनुराग र सुभमको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले सेतोपाटीलाई बताए। , उनीहरू दुबै जनालाई बाँकेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउमा लगेर उपचार जारी रहेको राठौरले जानकारी दिए। उज्वलको भने बाँकेमै उपचार जारी छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले घटनालगत्तै प्रहरी घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएको जानकारी दिए।, तीन जना युवालाई खुकुरी प्रहार गरी फरार भएकाहरूलाई खोजी गर्ने क्रममा डुडुवा गाउँपालिका वडा नं. २ दासपुरुवा भन्ने स्थानबाट आइतबार बेलुकीपख नै नियन्त्रणमा लिइएको थियो।, उनीहरूले घटनामा प्रयोग गरेका दुई थान खुकुरी नेपालगञ्ज–५ फुलटेक्रास्थित सडक बाटोनजिक झाडीमा लुकाएको अवस्थामा बरामद गरिएको प्रवक्ता घर्तीले बताए। , त्यस्तै, उनीहरूले प्रयोग गरेको कार भने डुडुवा–३ स्थित वनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फको गहुँखेतमा फेला परेको प्रहरी निरीक्षक चक्रडम्मर पालले सेतोपाटीलाई बताए।, पालका अनुसार पुरानो रिसिइबीका कारण तीन शाहमाथि योजनाबद्ध रूपमा खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। , ‘ज्यानै लिने उद्धेश्यले आक्रमण भएको देखिन्छ,’ पालले भने ‘ रिसिइबीका कारण योजनाबद्ध रूपमा आक्रमण भएको खुलेको छ।’, घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।, बाँकेमा तीन युवामाथि खुकुरी प्रहार गरेको आरोपमा चार जना पक्राउ
सेतोपाटी संवाददाता भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका  कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ।, गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको मृत्यु भएको हो। , आइतबार राति कामका लागि उत्तराखण्डको मेरठमा बस्दै आएका उनीहरू कोठामा रेलमा प्रयोग हुने कोइला बालेर सुतेका थिए। , बन्द कोठामा कोइला बालेर सुतेका उनीहरू निस्सासिएर मृत्यु भएको हुनसक्ने गौरीगंगा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले बताए।, उनका अनुसार भुल दम्पती डेढ वर्षअघि छोरीलाई लिएर घरबाट कामका लागि त्यहाँ गएका थिए। , ‘अहिले पोस्टमर्टमको रिपोर्ट आउँदैछ, शवलाई घर ल्याउने प्रक्रिया भइरहेको छ, घरको अवस्थाले कमाउन त्यहाँ गएका थिए’, वडा अध्यक्ष बोहराले भने।, मृतक दम्पतीका घरमा पनि दुई छोरी र एक छोरा छन्।, आमाबुवाको निधनपछि उनीहरू घरमा टुहुरा बनेको वडा अध्यक्ष बोहराले बताए।, भारतमा काम गर्दै आएका कैलालीका एकै परिवारका तीन जनाको कोठामा निस्सासिएर मृत्यु
सेतोपाटी संवाददाता बारामा लोड गरिएको पेस्तोलसहित एक जना पक्राउ परेका छन्। , पचरौता नगरपालिका-४ गुलरिया सीमा इलाकाबाट आइतबार कम्मरमा पेस्तोल बाँधेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहानी १६का ४० वर्षीइ चन्दन कुमार छन्। , उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले पेस्तोल र ७ राउन्ड गोलीसहित पक्राउ गरेको हो। , भारतबाट नेपाल आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल बरामद गरेको हो। , साथै उनीबाट ११ हजार २७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोबाइल पनि बरामद गरेको छ। , पक्राउ परेका कुमारलाई इलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाएको छ। , गत पुस ८ गते पनि महागढी नगरपालिका-२ भुटहीमा गोली हानेर ५० वर्षीय शिवपुजनप्रसाद यादवको हत्या भएको थियो।,  , बारामा पेस्तोलसहित एक जना पक्राउ
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा एक जनामाथि खुकुरी प्रहार गरी हत्या भएको छ। , हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको हत्या भएको हो। उनीमाथि गत शनिबार खुकुरी प्रहार भएको थियो। , सोही ठाउँका छिमेकी ३० वर्षीय राजाराम रायमाझीले उनीसहित तीन जनामाथि खुकुरी प्रहार गरेका थिए। सोही ठाउँका इश्वरी पौडेल र गंगा पौडेल घाइते छन्। , खुकुरी प्रहारपछि गम्भीर घाइते भएका मुक्तिनाथको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। उनको काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचार हुँदै थियो। , प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा रायमाझीलाई पक्राउ गरेको छ। , ‘रायमाझीले मापसे गर्ने गरेको देखियो। त्यसकारण मापसे गरी नआइज भनेका कारणले रिसमा हत्या गरेको देखिन्छ,’ उनले भने। , उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ। , थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।, सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत पुस ६ गते वेबसाइटमा एउटा सूचना राखेको छ- मानिस पहिचानसम्बन्धी।, फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ।, ती व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट जारी भएको सूचनामा उल्लेख छ।, उक्त व्यक्तिलाई देखेमा नजिकैको प्रहरी कार्यालय वा आयोगका फोन नम्बरहरूमा खबर गर्नसमेत भनिएको छ। अख्तियारले सिसीक्यामेरा फुटेजबाट लिइएका शंकास्पद व्यक्तिका दुई तस्बिरसमेत समावेश गरी सूचना निकालेको हो।, अख्तियारले यी व्यक्तिलाई सार्वजनिक सूचना नै जारी गरेर खोज्नुको कारण भने भ्रष्टाचार अपराधको अनुसन्‍धानका लागि हो।, यी व्यक्तिविरूद्ध त्रिभुवन विश्वविद्यालयबाट करिब २६ लाख रूपैयाँ ठगी गरेको आरोपमा भ्रष्टाचार मुद्दा छ। उनको नाम खुलाइएको छैन।, त्रिविले लिने परीक्षाका उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर उनले त्रिविको खातामा रहेको २६ लाखभन्दा बढी रकम काठमाडौंका बैंकबाट झिकेको भन्दै अख्तियारमा मुद्दा परेको थियो। यो घटना २०७५ सालअघिको हो।, यी व्यक्तिलाई पहिचान गर्नेबारे काठमाडौं प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतले पनि अनुसन्धान गरेका थिए। त्यहाँबाट पार नलागेपछि यो विषय अख्तियारमा पुगेको छ।, अख्तियारले अनुसन्धानमा सहयोग पुगोस् भनेर यी पुरूषको पहिचान खोजेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले मानिस पहिचानका लागि सूचना निकाल्नुपरेको बताए।, ‘कुन मुद्दाको अनुसन्धानका लागि हो भनेर खुलाउन मिल्दैन। तर यहाँ आएका कुनै मुद्दाका लागि मानिस पहिचान गर्न हामीले सूचना निकालेका हौं,’ उनले भने।, हेर्नुस् सूचना:, यी व्यक्तिलाई चिनेर खबर गर्नेलाई अख्तियारले ५० हजार रुपैयाँ दिने!
सेतोपाटी संवाददाता कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयहरूले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन्। , सोमबार कोटेश्वर महादेव स्थानका स्थानीयहरू अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत् आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइप लाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन्। स्थानीयहरूले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै पानीको पाइपबाट कोटेश्वर महादेवस्थान हाइटका घरहरूमा पानी पुर्‍याउन निर्देशनालयले नसकेको बताए। , कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै समस्याको समाधानको लागि निर्देशनालयलाई ध्यानाकर्षणको गराएको बताए। , उनले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिए। , उनले निर्देशनालयले चार दिनभित्र पानी नपुगेको घरहरूमा पानी पुर्‍याउने प्रतिबद्धता जनाएको पनि बताए। , उनले आयोजनाको पाइपमा पानी नचढे स्थानीयहरूले पाइप दिने बताए।, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताए। , उनले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताए। , उनले हाइड्रोलिङ बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको भन्दै पानी दिन समस्या नभएको बताए। , ध्यानाकर्षणपछि कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयबीच कोटेश्वर महादेव स्थानको खानेपानी समस्याका समाधानमा चार बुँदे सहमति भएको छ। , एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र, दुई हप्ताभित्र पानी सञ्चालन हुने क्षेत्र धर्मस्थल मार्ग, महादेवस्थान कोटेश्वर वरिपरिको क्षेत्र, स्थानीयको माग बमोजिम पुरानो पाइपबाट पानी सञ्चालनको लागि तीन दिनभित्र काठमाडौं खानोपानी आयोजनालाई पत्राचार गर्ने र सिधा लाइनका लागि अध्ययन सक्ने, नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ। , मेलम्चीको पानी नपाएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र
सेतोपाटी संवाददाता ३५ वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। , जिल्ला प्रहरी कार्यालय काठमाडौंले ३५ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं‌ साबिक तीनथाना गाविस-४ हाल चन्द्रागिरि नगरपालिका-१५ का ६० वर्षीय दीपक श्रेष्ठ छन्। , सवारी ज्यान मुद्दामा उनलाई २०४४ साल वैशाख ८ गते अदालतले ३ हजार ५० रुपैयाँ जरिवाना गरेको थियो। उक्त मितिदेखि फरार रहेका उनलाई सोमबार पक्राउ गरेको हो। , उनलाई पक्राउ गरी काठमाडौं‌ जिल्ला अदालतमा पेश गरेको हो। , ‘लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गरिएको छ। यसले अपराध गर्ने कुनै पनि व्यक्ति उम्किन सक्दैन भन्ने देखाउँछ,’ मैनालीले भने।, यस्तै प्रहरीले सोमबार मात्रै २६ जना फरार अभियुक्तलाई पक्राउ गरेको एसपी मैनालीले जानकारी दिए। , ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरूपयोग, चेक अनादर, बैंकिङ कसूर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा; बैंकलाई हानी पुर्‍याउने लगायतका कसूर मुद्दाका फरार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरूलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएको छ। उनीहरूको कुल ६ वर्ष ५ महिना १० दिन कैद र ९ लाख ८२ हजार ५०८ रुपैयाँ जरिवाना छ। , पुस १२ यता परिसरले जम्मा ६५ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई पनि अदालतमा पेश गरिसकेको परिसरले जनाएको छ। , ३५ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ।, गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए।, खुकुरी प्रहार गर्न संलग्न रहेका विद्यार्थीहरू कृष्ण गिरी, सबिन निरौला र जलप तामाङलाई आरआर क्याम्पसले निस्कासन गरिदिएको छ।, क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले खुकुरी प्रहारमा संलग्न तीन विद्यार्थीलाई निस्कासन गरिएको बताए।, खुकुरी प्रहारबाट आरआरमा अनेरास्ववियूका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का र पवन खड्का, हर्क बोहरा घाइते भएका थिए।, खुकुरी प्रहार गर्ने ३ विद्यार्थीलाई निकाल्यो आरआर क्याम्पसले
सेतोपाटी संवाददाता देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै तराईमा हुस्सु र कुहिरो लागिरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।, प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ। , वर्षाको भने सम्भावना नरहेको उनले बताइन्। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको छ।, यस्तै भोलि बुधवार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, चिसो क्रमशः बढ्दै गएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।, पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए।, उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए।, उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङवाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए।, आजको मौसमः बिहानैदेखि हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात
सेतोपाटी संवाददाता जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।, छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटवालको मृत्यु भएको हो।, घटना अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो। उनी आफ्नै कोठामा मृत फेला परेका थिए।, कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा) मा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन्।, ‘हामी नयाँ वर्ष मनाउन बाहिर गएका थियौं। बिहान कोठामा फर्कंदा ओफुरोमा अनिश नुहाउन लागेजस्तो देखियो तर हलचल नगरेपछि अचेत पायौं। प्रहरी र एम्बुलेन्स बोलायौं,’ अनिशका एक साथीले भने, ‘उनको निधन भइसकेको रहेछ।’, उनको शव अस्पतालमा राखिएको छ। घटनाबारे अनिशका परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको छ।, २७ वर्षका अनिश टोकियोस्थित इकेबुकुरोमा बस्दै आएका थिए भने उनले ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए।, उनको मृत्युको कारण खुलिसकेको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ।, जापानमा नेपाली विद्यार्थीको मृत्यु
मनिका विश्वकर्मा लैंगिक तथा अल्पसंख्यक समुदायका कथा, जब उनलाई आफू समलिंगी हुँ भन्ने थाहा भयो, तब समाजले आफूमाथि कस्तो व्यवहार गर्ला भन्ने चिन्ताले गाँज्न थाल्यो।, मन्द मुस्कानका साथ बोलिरहँदा पनि उनको अनुहारमा एउटा प्रश्न थियो– किन समलिंगी व्यक्तिलाई समाजले स्वीकार गर्न सक्दैन? के ऊ मान्छे होइन?, उन्नाइस वर्ष उमेरका यी युवकले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरे। अहिले नै मानिसहरूले आफ्नो यौनिकताबारे थाहा पाए भने आफू र आफ्नो परिवारमा तनाव सिर्जना हुने भय उनलाई छ। उनको यौनिकताबारे परिवारजनलाई पनि थाहा छैन। , त्यसैले अहिले उनी आफ्नो परिचय गोप्य राख्न चाहन्छन्।, यी युवक हालै काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा भेटिएका थिए। उनी समलिंगी पुरुष हुन्। आफूलाई परिवारजनले स्वीकार गरिदिऊन् भन्ने उनको अपेक्षा छ।, एउटा डकुमेन्ट्रीपछि पहिलोपटक किम्फको मञ्चमा उभिएर थोरै बोले। त्यो बेला उनका आँखामा भावुकता झल्किएको थिए। , एउटा वृत्तचित्रमा उनी आफैं मुख्य पात्र थिए। वृत्तचित्रले समाजलाई भन्थ्यो– मेरो यौनिक पहिचान स्वीकार गर।, कार्यक्रम सकिएपछि उनी हामीसँग कुरा गर्न तयार भए। आफ्नो विगत साटे। वर्तमान र भविष्यको योजना सुनाए।, स्कुल पढ्दा त उनी यति हच्किँदैन थिए। आफ्नो कुरा सजिलै शिक्षकहरूलाई भन्थे।, उनले भने, 'सधैं होमवर्क गर्थेँ। सरम्याडमको नजिक हुन्थेँ। आफ्ना कुरा भन्थेँ। उहाँहरू मलाई माया गर्नुहुन्थ्यो।', उनी गाउँ गठित बालक्लबको सदस्य भए। विभिन्न कार्यक्रममा भाग लिन थाले। एकपटक लैंगिक विभेदसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर पाए। यही अवसर उनको यौनिक जीवनको कोशेढुंगा साबित भयो।, विभिन्न कार्यक्रममा सहभागी हुँदै जाँदा उनलाई समाजसेवामा संलग्न हुन मन लाग्यो। बोल्न पनि सिपालु थिए। बालक्लबमार्फ उनले गाउँमा सडक नाटक र जनचेतनामूलक कार्यक्रमहरू गरे। बालक्लब छाड्नुपर्ने उमेर भएपछि पनि उनलाई विभिन्न संस्थाहरूले बोलाउन थाले। कार्यक्रमहरूमा सहभागी हुँदै जाँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजिबिटिक्युआइए-प्लस) का बारेमा केही जानकारी पाए तर उति ध्यान दिएनन्। , यस्तै एक कार्यक्रममा एक जना सहभागीले उनलाई प्रश्न गरे– एलजिबिटिक्युआइए समुदाय भनेको के हो? , अब त राम्ररी नै जान्नुपर्ने भयो। गुगलमा खोजी गरे। पढ्दै जाँदा आफू पनि त्यही समुदायको पो रहेछु कि भन्ने लाग्यो।, 'सुरूमा त हो कि होइन जस्तो लागेको थियो। तर केटाहरूप्रति आकर्षित हुने मेरो बानी थियो। किन यस्तो भएको हो भन्ने चाहिँ थाहा थिएन,' उनले भने।, लैंगिक तथा अल्पसंख्यक/ एलजिबिटीक्युआइए समुदायमा पारलैंगिक व्यक्तिहरू मात्र हुन्छन् भन्ने उनलाई लाग्थ्यो। उनलाई केटीजस्तो हुन पनि मन लाग्दैन थियो।, दस कक्षामा पढ्दा नै यौनिक रूपमा केटाप्रति आकर्षित छु भन्ने थाहा पाएका थिए। उनलाई लाग्थ्यो– मैले त केटी मन पराउनु पर्ने! तर म केटा पो मन पराउँछु!, तैपनि आफूलाई किन यस्तो भएको हो भन्ने भेउ पाएनन्।, यो अलमल अन्त्य हुन एक वर्ष लाग्यो।, एक पटक 'युवा नेपाल' नामको एक गैरसरकारी संस्थाले जेन्डरसम्बन्धी कार्यक्रम गरेको थियो, उनी पनि सहभागी भए। कार्यक्रममा एलजिबिटीक्युआइए समुदायबारे सबै कुरा खुलस्त बताइएको थियो। आफ्नो यौनिक पहिचानबारे उनी प्रष्ट भए।, यौन गतिविधिका लागि केटा मान्छे केटातिरै आकर्षित हुनु र केटी मान्छे केटीतिरै आकर्षित हुनु समलिंगी हुनु रहेछ भन्ने थाहा पाए।, आफू पनि समलिंगी पुरूष रहेछु भन्ने यकिन भयो।, आफ्नो यौनिकता थाहा पाएका सुरूका दिनमा उनी खुसी हुन भने सकेनन्।, यसको मुख्य कारण समाजको अस्वीकृतिको भय नै थियो।, 'वर्षौंको अलमलबाट पर्दा खुल्दा खुसी हुनुभन्दा म निराश थिएँ,' उनले भने, 'विस्तारै एलजिबिटीक्युआइए समुदायको अधिकारका लागि संघसंस्था र व्यक्तिहरूले आन्दोलन गरेको थाहा पाएँ। म एक्लो होइन रहेनछु भन्ने भयो। अनि ढुक्क भएँ।', आफ्नो यौनिकता यकिन भए पनि पहिचान सार्वजनिक गर्न सकेका छैनन् उनले। आफूभित्रै दबाएर राखेका छन्। एक वर्षयता यस्तै अवस्थामा रहेका उनले आमालाई पनि भनेका छैनन्। आमालाई सम्झाउन सक्छु भन्ने लागेको छ, तर छिमेक र समाजको डर छ।, 'मेरो पहिचान थाहा पाएपछि छिमेकीले आमालाई के भन्लान्, कस्तो व्यवहार गर्लान् भन्ने चिन्ता छ। डर छ,' उनी भन्छन्, 'सहरमा के छ थाहा छैन तर गाँउघरमा मजस्तालाई हिजडा भन्छन्। हाम्रो समाज फरक यौनिक व्यक्तिको अस्तित्व नै स्वीकार गर्दैन। समाजमा किन यस्तो हुन्छ मलाई थाहा छैन। आफ्नो खुसीअनुसार बाँच्न नदिने समाज छ।', आफ्नो पहिचान कहिलेसम्म लुकाउने त?, सधैं लुकेर चल्दैन भन्ने उनलाई थाहा छ। खुलेर बाँच्ने तयारी गर्दैछन्।, अपमानविरूद्ध विद्रोह गर्ने, विस्तारै संघर्षमा अघि बढ्ने र आफ्नो पहिचान सार्वजनिक गर्ने सोच छ।, आफ्नो यौनिक समुदायको पहिचान र अधिकार प्राप्तीका लागि संघर्षमा सामेल हुन्छु भन्नेमा पनि दृढ छन्। , उनलाई यो पनि थाहा छ, आफ्नो यौनिक व्यवहार यही हो। अब बदलिने छैन। त्यसैले यसलाई अपनाएर खुसी हुन चाहन्छन्।, हाल उनी एलजिबिटीक्युआइए समुदायकै एक संस्थामा काम गर्छन्। कामको कुरा आमालाई थाहा छ। छोराले काम गरेर पैसा ल्याएकाले खुसी छिन् तर त्यहाँ काम नगरे हुन्थ्यो भन्ने ठान्छिन्।, उनी आमालाई सम्झाउँछन्, 'आमा, केटाले केटा नै मन पराउनु, केटीले केटी नै मन पराउनु गलत होइन। यो त प्रकृतिले नै दिएको हो। यस्ता मान्छेलाई हेला गर्नु हुँदैन।', यस्तो कुरामा आमा सकारात्मक हुँदै गएकी छन्।, कहिलेकाहीँ मेलापातमा छिमेकीहरूले आमासँग उनको कामको कुरा काट्छन्। त्यस्तो जागिर राम्रो होइन भनिदिन्छन्। जजसले जेजे भने पनि उनले एकदिन आफ्नाबारे आमालाई भन्नै पर्नेछ, कुरा बुझाउनै पर्नेछ। उनी यसको तयारीमा लागेका छन्।, 'मलाई विश्वास छ, मेरो पहिचान थाहा भएपछि आमा खुसी हुनु हुनेछ,' उनले भने।, त्यो दिन आउन केही समय भने कुर्नुपर्छ भन्ने उनलाई लाग्छ।, घरका एक्ला छोरा हुन् उनी। आमाले बिहेको कुरा निकाल्न थालेकी छन्। यो कुराले उनलाई झस्काउँछ।, आफूले आफैंलाई भन्छन्, 'म कहाँ केटीसँग बिहे गर्छु र! केटा नै भित्र्याउने हो।' , यही कुरा आमालाई पनि भन्ने साहस बटुल्दै छन्।, 'छोराको बिहे वंश धान्ने कुरासँग जोडिँदो रहेछ। मेरी आमाको चाहना पनि यस्तै होला,' उनले भने।, उनी आफूचाहिँ समलिंगी केटासँगै बिहे गरेर पनि वंश धान्न सकिन्छ भन्ने विश्वासमा छन्। उनले मन मिल्ने प्रेमी पनि भेटेका छन्। भेट समाजिक सञ्जालमार्फत भएको हो। दुई प्रेमीबीच मनको कुरा हुन्छ, दुवैको मन हलुका बनाउँछ। उनका प्रेमी आफूलाई 'बाइसेक्सुअल' (द्विलिंगी) भन्छन्। , 'एकअर्कालाई भेटेदेखि हामी दुवै जनामा छुट्टै आनन्दको भाव पैदा भएको छ। मनको कुरा गर्न पाउँदा हलुका अनुभव हुन्छ,' उनले भने।, उनीहरू एकअर्कालाई दिलैबाट माया गर्छन् रे। दुवै प्रेमी दुवैका घरमा साथीका रूपमा आउजाउ गर्छन्। यौनिक पहिचान र सम्बन्धबारे भने दुवैका परिवारजन र समाज बेखबर छन्। , उनलाई एलजिबिटीक्युआइए समुदायले खुलेर परिचित हुने आधारभूत अधिकार पनि नपाएको भन्ने लागेको छ। यो समुदायका लागि सरकारले पनि धेरै काम गर्न बाँकी छ। तर यसमा ध्यान दिइएको छैन।, 'सरकार पनि समाजको परम्परागत नजरबाट माथि उठ्न सकेको छैन,' उनी भन्छन्।, अप्ठ्याराका बाबजुद उनी लड्न डराएका छैनन्। आफ्ना प्रेमीलाई पनि लड्न प्रेरित गर्छन्। भाग्नु हुँदैन, आफूलाई बलिलो बनाउनुपर्छ भन्छन्। प्रकृतिले दिएअनुसारको जीवन भोग्न पाउनुपर्छ भन्ने उनको दृढ मान्यता छ।, 'यो मान्यताबाट विचलित नभई अघि बढ्नेमा म प्रतिबद्ध छु,' उनले भने।, 'छिमेकीको डरले अझै आफ्नो पहिचान लुकाइरहेको छु'
सेतोपाटी संवाददाता खुलामञ्चमुनि तीनतले भूमिगत पार्किङ बनाउने योजनाको चौतर्फी विरोध भएपछि काठमाडौं महानगरपालिकाले आफ्नो कुरा फेरेको छ।, महानगरको दसौं कार्यपालिका बैठकले गत कात्तिकमा खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र भूमिगत पानी पुनर्भरण पिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो। यो योजना कार्यान्वयन भए काठमाडौंको मध्यसहरमा रहेको खुला चउर मासिने र यहाँको भूमिगत जलभण्डारमा क्षति पुग्ने भन्दै सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गर्दै आएका छन्।, यसै क्रममा सोमबार महानगरलाई ज्ञापनपत्र बुझाउन गएको अभियन्ताहरूको टोलीसमक्ष उपमेयर सुनिता डंगोलले अहिलेलाई खुलामञ्चमा भूमिगत पार्किङ बनाउन सम्भव छ कि छैन भनेर प्रारम्भिक सम्भाव्यता अध्ययन मात्र गर्न लागेको बताइन्।, ‘हामीले खुलामञ्चमा भूमिगत पार्किङका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने तयारी गरेका हौं,' उनले भनिन्, 'पार्किङ बनाउने कि नबनाउने भनेर डिपिआर गर्नु त अझ पछिको कुरा हो।’, बिनाअध्ययन र सरोकारवाला तथा स्थानीय जनतासँग छलफल नगरी यो योजना अगाडि नबढ्ने उनले प्रस्ट पारिन्।, यसअघि भने महानगरले कार्यपालिका बैठकबाटै तीनतले भूमिगत पार्किङका लागि नगर विकास कोषबाट डिपिआर तयार पार्ने निर्णय गरेको थियो। उक्त बैठकमा मेयर बालेन शाहले भूमिगत पार्किङको निम्ति डिपिआर तयार गर्ने प्रस्ताव गरेका थिए। त्यसयता महानगरका प्रतिनिधिहरूले पनि डिपिआरकै कुरा गर्दै आएका थिए।, ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले खुलामञ्चमा पार्किङ बनाउने काम गलत भएको भन्दै सोमबार महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन्। उनीहरूले मेयर बालेन शाहलाई नै भेटेर ज्ञापनपत्र बुझाउने भने पनि उनी कार्यक्रममा उपस्थित भएनन्।, अभियन्ताहरूले धरहरा क्षेत्रमा बन्दै गरेको पार्किङ, काठमाडौं भ्यू टावरको पार्किङ, नेपाल एयरलाइन्स कर्पोरेसन भवनको पार्किङ लगायतमा महानगरको ध्यान नपुगेको उल्लेख गरेका छन्। विकल्प हुँदाहुँदै खुलामञ्चजस्तो प्राकृतिक पानी रिचार्ज क्षेत्र विनास गर्न खोजिएकोमा उनीहरूले आपत्ति जनाएका छन्।, यसबारे उपमेयर डंगोलले भनिन्, ‘धरहराको अन्डरग्राउन्ड पार्किङ केही समयमा सुरू हुन्छ। काठमाडौं प्लाजा र नेपाल एयरलाइन्स कर्पोरेसनको अन्डरग्राउन्ड पार्किङको कुरा आइसकेको छ। यी सबैले काठमाडौंको पार्किङ समस्या सामाधान गर्छ भने नयाँ संरचना पक्कै बनाउनु पर्दैन। भविष्यमा कति क्षमताको पार्किङ अवाश्यक छ भनेर मूल्यांकन गर्नु सबभन्दा प्राथमिक कुरा हो।’, उनले टुँडिखेल भनेको काठमाडौंको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपले महत्वपूर्ण स्थल भएकाले जनताको राय नबुझी कुनै पनि संरचना बनाउने महानगरको मनसाय नरहेको बताइन्।, 'जनताको मर्मलाई हामी जनप्रतिनिधिले पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन्।, उपमेयरलाई ज्ञापनपत्र बुझाउनुअघि पूर्वसांसद एवं रक्षामन्त्री भीमसेनदास प्रधानले खुलामञ्च विनास गर्नुभन्दा वरिपरिका पार्किङ स्थलको सम्भाव्यता अध्ययन गर्न उपमेयरलाई ध्यानाकर्षण गराएका थिए।, ‘हामीसँग वरिपरि थुप्रै पार्किङ स्थल छन्। यति हुँदाहुँदै टुँडिखेलमा पार्किङ बनाएपछि त्यसको व्यवस्थापन कसरी हुन्छ? बनाउनु छ भने हामीले विकल्प हेर्नुपर्छ,’ उनले भने, ‘हामीले खुलामञ्चजस्तो प्राकृतिक संरचना मास्नु हुँदैन। अहिलेसम्म हाम्रा थुप्रै चउर माासिएका छन्। सबै चउर मासियो भने हाम्रो रिचार्ज प्रणाली ध्वस्त हुन्छ।’, महानगरका पहुँचवालाहरूले आफू को हुँ भनी बिर्सन नहुने उल्लेख गर्दै प्रधानले भने, ‘तपाईं पनि भोलि जनता नै भएर बस्नुपर्छ। सधैं मेयर भएर बस्न पाउनुहुन्न। त्यही भएर आफू पहुँचको ठाउँमा हुँदा मै हुँ भन्ने भावना नराखी जनताको कुरा सुनौं।’, ज्ञापनपत्र बुझाउनुभन्दा करिब डेढ घन्टाअघिदेखि ‘मुक्त टुँडिखेल’ अभियन्ताहरूले महानगरपालिकाको गेटमा ब्यानर बोकेर धर्ना दिएका थिए। खुलामञ्चको महत्व के हो र यसलाई किन जोगाउनुपर्छ भनेर उनीहरूले प्रदर्शन गरे।, लामो समयदेखि टुँडिखेलमाथि अतिक्रमण बढ्दो छ। थप अतिक्रमणबाट बचाउन खुला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने र पूर्ण रूपले खुला टुँडिखेल स्थापनाका लागि ‘मुक्त टुँडिखेल’ अभियान सुरू भएको हो।, यस अभियानका अभियन्ता गणपतिलाल श्रेष्ठले भने, 'खुलामञ्च र टुँडिखेल फरक कुरा होइन। खुलामञ्च भनेको टुँडिखेलकै सार्वजनिक कित्तामा बसेको छ, जसको संरक्षण गर्ने मुख्य अभिभारा नागरिकसँगै काठमाडौं महानगरपालिकाको हो। महानगरले आफ्नो स्वामित्वमा भएको जग्गा ठेक्कामा दिँदै जाने र भएका सार्वजनिक जग्गामा पार्किङ बनाउने हो भने महानगरकै लागि दुर्भाग्य हो। यसलाई सच्याएर अघि बढ्ने हो भने महानगरलाई राम्रो हुन्छ। पार्किङ नै बनाउँछु भन्नुभयो भने हामी जसरी भए पनि रोक्छौं।', खुलामञ्च पार्किङबारे कुरा फेर्‍यो महानगरले
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा भएको एउटा सडक दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ।, अंग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान उज्यालो नहुँदै भएको उक्त दुर्घटनामा ती युवती विभत्स तरिकाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार जनवरी १ तारिखको बिहान सवा तीन बजेतिर दिल्लीको सुल्तानपुरीमा एउटा कारले स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा २० वर्षीया अञ्जली सिंह सवार थिइन्। कारसँग स्कुटर ठोक्किएपछि अञ्जलीका लुगा कारको पांग्रामा अल्झिए। दुर्घटनापछि कार रोक्नुको साटो चालकले कार कुदाइरहे। पांग्रामा अल्झेको कपडासँगै अञ्जलीलाई पनि कारले घिसार्‍यो। करिब ४ किलोमिटर कुदेपछि चालकले गाडी रोके। त्यतिबेलासम्म अञ्जलीका सबै लुगा शरिरबाट छुटिसकेका थिए। त्यसपछि कारमा सवारहरूले उनको शव सडकमा छोडेर भागेका थिए।, प्रत्यक्षदर्शीहरूले खबर गरेपछि प्रहरीले पछि कारमा सवार पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूले अञ्जली कारको पांग्रामा अड्किएको आफूहरूले थाहा नपाएकाले गाडी कुदाएको प्रहरीलाई बयान दिएका छन्।, मृतककी आमा रेखाले भने छोरीको मृत्यु दुर्घटनामा नभई उनको हत्या भएको बताएकी छन्। अञ्जली घरकी जेठी छोरी थिइन्। उनका बुवाको निधन भइसकेकाले उनी परिवारको सहारा बनेकी थिइन्।, ‘मेरी छोरी राती अबेर फर्किन्छु भनेर गएकी थिई, बिहान त उसको मृत्युको खबर आयो,’ रेखाले भनिन्।, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।, दिल्लीको सडकमा भएको एक विभत्स दुर्घटना
सेतोपाटी संवाददाता काठमाडौंको धुम्बाराहीमा आगो लागेर ज्यान गुमाएकी पुष्पा न्यौपानेका प्रेमी सुधन संग्रौलालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ। , इन्गेजमेन्ट तोडेपछि काठमाडौं महानगरपालिका-१० बुद्धनगरकी २७ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित सुधनको घर अगाडि पुगेर पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गत मंसिर १८ गते आगोले जलेर गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। , उनको मृत्यु भएपछि प्रहरीले सुधनलाई पक्राउ गरी आत्महत्या दुरूत्साहनको मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, प्रहरीका अनुसार उनलाई गत बिहीबार नै पुर्पक्षका लागि केन्‍द्रीय कारागार जगन्नागथदेवलमा पठाएको छ। , यस घटनामा मृतक परिवारले सुरूमा सुधनसहित उनको परिवारका चार जनाविरूद्ध मुद्दा हालेका थिए। तर अदालतले सुधनमाथि मात्रै अनुसन्धान गर्न म्याद थप गरेको थियो। , प्रहरीले अनुसन्धान गरी पुस ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। त्यसपछि पुस १३ गते बुधबार मुद्दा दर्ता भएकोमा बिहीबार थुनामा पठाएको हो।, सुधनसँग पुष्पाको गत भदौमा इन्गेजमेन्ट भएको थियो। पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने सुधनको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे।, दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो। , पुष्पाको फेसबुक विवरण मागेर उनले चिनजान अघि बढाएका थिए। त्यसपछि उनीहरूबीच प्रेम भएको थियो। , उनीहरूले विवाहसम्म गर्ने निधो गरिसकेका थिए। त्यसैका लागि उनीहरूले इन्गेजमेन्ट समेत गरे। , तर उनीहरूको सम्बन्धमा दरार आएको पनि प्रहरीको अनुसन्धानबाट देखिएको छ। प्रहरीलाई सुधनले दिएको बयानका अनुसार उनीहरूले विवाह नै गर्ने कुरा भए पनि पछि सहमतिमै बिच्छेद भएको बताएका छन्। , पुष्पाले यसअघिको अफयरमा शारीरिक सम्बन्धमा समेत बसेका कारण छुट्टिन सक्ने कुरा समेत गरेको बयान दिएका छन्।  , ‘मृतकले मलाई जरूरी कुरा गर्नुछ भनेर एकदिन भेट्न बोलाइन्। त्यसदिन यसअघिको सम्बन्धमा शारीरिक सम्बन्ध रहेको कुरा गरिन्। त्यसपछि मैले घरपरिवारमा सुनाएँ। मृतकले पनि सम्बन्ध कायम नराख्ने भए नराखौं मलाई आपत्ति पनि छैन भन्ने कुरा गरिन्। त्यसरी विवाह नगर्ने भनेर कुरा गरेको पनि देखियो,’ उनको बयान उदृत गर्दै स्रोतले भन्यो।, आफूले उनलाई आत्महत्या गर्न दुरूत्साहन वा उक्साउने काम पनि नगरेको सुधनले दाबी गरेका छन्। यद्यपि त्यसदिन त्यसरी किन आत्महत्या गर्न आएको हो भन्ने कुरा आफूलाई जानकारी पनि नभएको उनले बयान दिएका छन्। , ‘अलगअलग हुने कुरा भए पनि मैले दुरूत्साहन वा उक्साएर उनले आत्महत्या गरेकी होइनन्। के कारणले मेरो घर अगाडि आएर जलिन् थाहा छैन। मैले मार्न खोजेको पनि होइन,’ सुधनले भनेका छन्। प्रहरीले प्रमाणको रूपमा मेसेन्जरका च्याटको स्क्रिनसटहरू पनि पेश गरेको छ। , जसमा पनि उनीहरूबीच छुट्टिने कुरा भएको देखिएको सरकारी वकिल कार्यालय स्रोतले बतायो।  घटना भएको दिन पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको आफन्तको भनाइ थियो।  , प्रहरीले यसमा दुई जना पठाओ ड्राइभरसँग पनि बयान लिएको छ। , बुद्धनगर बस्ने उनी सुरूमा त्यहाँबाट धुम्बाराहीसम्म पुगेकी थिइन्। त्यहाँको पेट्रोल पम्पमा पुगेर उनले एक जर्किन पेट्रोल किनेको बयान ती पठाओ राइडरले दिएका छन्। , त्यसपछि त्यहाँबाट अर्को पठाओ राइडर बोलाएर सुधनको घर अगाडिसम्म गएको अर्का राइडरले बयान दिएका छन‍्।, सुधनको घर अगाडि जलेको थाहा पाएपछि सुधनका बुवाले पुष्पाका बुवा र काकालाई फोन गरी जलेको जानकारी गराएका थिए। , पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। , त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। यसबारे अदालतले निर्णय गर्न बाँकी नै छ।, यो पनि:, धुम्बाराहीमा जलेकी पुष्पाको कीर्तिपुर अस्पतालमा मृत्यु, पुष्पा आत्मदाह प्रकरण: यस्तो छ सुधनको बयान
रोहित महतो ढल्केवर–जनकपुर राजमार्गबाट करिब एक किलोमिटिर पश्चिम, धनुषाको मिथिला नगरपालिका वडा नम्बर १, बसही खोला किनारमा ३ वर्षअघि बसेको एउटा बस्ती छ।, केही भूमिहीन र विपन्न परिवारहरूको यो बस्तीमा फुसको छानो भएका ४० वटा घर छन्। नगरपालिकाले बसाएको यो बस्तीको नाम ‘नयाँ टोल’ रह्यो।, टोलका सबै जसो परिवार ज्याला मजदुरी गरेर जीवन चलाउँछन्। ठूला मान्छे काममा जान्छन्। घरमा बालबालिका मात्रै हुन्छन्।, बस्तीको सामुन्ने खोलाको बगरमा झन्डै एक दर्जन ठूल्ठूला खाल्डा छन्, पोखरी खनेर यसै छाडेको जस्तो। पोखरी भने होइनन्। यी खाल्डा क्रसर व्यवसायी र निर्माण ठेकेदारहरूले ग्राभेल अर्थात् मसिना ढुंगा निकाल्दा बनाएका हुन्।, यी खाल्डाका कारणले बस्तीको भविष्य नै जोखिममा परेको छ।  यहाँका बालबालिकाहरू दिनभरि खोलाको बगरका तिनै खाल्डा वरिपरि उफ्रिन्छन्, लुकामारी खेल्छन्।, वर्षातमा पानी जमेका बेला पौडी पनि खेल्छन्। वर्षायाममा मधेसमा यस्ता खाल्डामा डुबेर बालबालिकाको ज्यान जाने घटनाहरू हुन्छन्।, २ वर्षअघि २२ वर्ष उमेरका एक युवक नै बिते। ठकेदारले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर वडा नम्बर २, नक्टाझिजका युवकको ज्यान गएको थियो।, मधेसमा यस्ता खाल्डामा बालबालिका डुबेर मरेको घटनाले नयाँ टोलका बासिन्दा ज्ञानी महरालाई झस्काउँछ। उनीहरू श्रीमान्–श्रीमती नै दिनभर मजदुरी गर्न जान्छन्। घरमा बालबच्चा रेखदेख गर्ने कोही हुँदैन, दिनभर खोलाकिनारतिर खेल्छन्, उफ्रिन्छन्।, ‘ग्राभेल निकाल्न ठेकेदारले २० फिटभन्दा गहिरा खाल्डा खनेका छन्। यस्ता खाल्डा धेरै छन्। वर्षामा पोखरी जस्ता हुन्छन्,’ उनी भन्छन्, ‘ग्राभेल धेरै पाइने ठाउँमा धेरै गहिरो खन्छन्। यी खाल्डामा केटाकेटी डुब्छन्।’, उनकाअनुसार सुख्खा हुँदा पनि बालबालिका खाल्डामा परे भने निस्किन निकै कठिन हुन्छ। उनको प्रश्न छ, ‘हामी गरिब मान्छे दिउँसो मजदुरी गर्न जाने कि बालबच्चा हेरेर घरमा बस्ने?’ यस्ता ठूला खाल्डा सबै जसो घरबाट ३०–३५ मिटरको दूरीमा छन्।, स्थानीय बासिन्दाहरूका अनुसार एक दशक अघिसम्म बसही खोलाको चौडाइ यति धेरै फैलिएको थिएन। खोलाबाट बालुवा र ग्राभेल जथाभावी उत्खनन गर्न थालेपछि खोलो गहिरिँदै गयो।, गहिरिएको भागतिर बाढीले च्याप्दै लग्यो। खेत कटान हुन थाल्यो। किसानहरू डराउन थालेपछि क्रसर व्यवसायी र ठेकेदारहरूले सस्तोमा धेरै बिघा खेत किने।, खोला किनारको जमिन आफ्नै भएपछि उनीहरूले आफूखुसी उत्खनन् गरेर बालुवा र ग्राभेल निकाले। यही क्रममा ठूल्ठूला खाल्डा बनाए। अहिले तिनै खाल्डाले नयाँ टोलका बासिन्दाको चिन्ता बढाएको छ।, ‘मनपरी खोला खन्ने ठेकेदारले कट्ठाको एक लाखका दरले कयौँ बिघा खेत किने। त्यही खेतमा २०–२५ फिट गहिरो खनेर ग्राभेल निकाले,’ वडा नम्बर एकका बासिन्दा विन्देश्वर महतोले भने, ‘जति गहिरो खने पनि कारबाही गर्ने कोही भएन।’, करिब १० वर्षअघि माटो खन्ने क्रममा एउटा खाल्डोमा पुरिएर ३ जना स्थानीयको मृत्यु भएको थियो। भुक्तभोगीहरूका अनुसार खाल्डोमा खसेर केही चौपाया पनि मरे। त्यसपछि उत्खननको चर्को विरोध भयो। केही दिन उत्खनन रोकियो पनि।, वातावरण शान्त हुँदै गएपछि पोखरी खन्न लागेको भनेर स्थानीयलाई झुक्याउँदै ठेकेदारहरूले उत्खनन् गरे। डेढ वर्षअघि स्थानीय एक विद्यालयको जग्गाबाट पनि ठेकेदारले ग्राभेल निकालेका थिए।, वडा नम्बर १ कै बासिन्दा रामचन्द्र महराका अनुसार विरोध सुरु भएपछि ठेकेदारहरूले स्कुलको जग्गा छाडे। उनकाअनुसार नगरपालिकाले ठूला उपकरण प्रयोग गरेर बसही खोलामा उत्खनन् गर्न रोक लगाएको छ तर ग्राभेल र बालुवा निकाल्न रोकिएको छैन।, कति गहिरो खन्न पाउने भन्ने मापदण्ड पनि छैन। वडा नम्बर १ का वडाध्यक्ष जोगी महतोका अनुसार बस्ती बसाउने बेला तत्कालीन मेयर र वडाध्यक्षले छलफल चलाएनन्। उनले भने, ‘अरू पार्टीका नेता र स्थानीयसँग वडाध्यक्षजीले सल्लाह नै गर्नुभएन। जोखिम नहेरी बस्ती बसाइयो। खाल्डो भर्न र बाँध बाँध्न हामी पहल गर्छौ।’, उनले अहिले खोलामा भइरहेको उत्खननबारे आफूलाई थाहा नभएको पनि बताए। ‘खोला खन्न रोक लगाइएको छ। उत्खनन् भइरहेको मलाई जानकारी भएन। के भएको रहेछ, म सबै बुझ्छु,’ उनले भने।, नयाँ टोललाई खोला किनारका खाल्डाको त्रास त छँदैछ, अर्को त्रास छ बस्ती सामुन्नेको पैनी अर्थात् कुलो। यो कुलो सिँचाइका लागि बनेको होइन। बस्ती बसेपछि नगरपालिकाले बाटो बनाउने क्रममा माटो निकाल्दा बनेको हो।, वर्षायाममा पानीले कुलो भरिन्छ, साना केटाकेटी डुब्ने डर हुन्छ। काम नलाग्ने पैनी पुरिदिन स्थानीय जनप्रतिनिधि र नेताहरूलाई आग्रह गर्दागर्दा थाकिसकेको टोलकै बासिन्दा रेखा रामको गुनासो छ।, ‘बच्चालाई हरबखत हेरेर बस्न भ्याइँदैन। बामे सर्दासर्दै बाहिर पुग्छन्। कुन बेला पैनीमा खस्छ, ठेगान हुन्न,’ उनले भनिन्, ‘एक दिन मेरी छोरी पैनीमा खसेकी थिई। पानी सुकेको थियो र बाँची।’, मधेश प्रदेस प्रहरी कार्यालय, जनकपुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि गएको मंसिर महिनासम्म पानीमा डुबेर २९५ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७१ जना बालबालिका छन्। अधिकांश घटना मानवनिर्मित संरचनामै भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले बताए।, उनले भने, ‘बालबालिका टाढा जाँदैनन्। घर छेउको पैनी र खाल्डोमा जमेको पानी, साना पोखरीमा डुबेर मर्छन्।’ नाम सार्वजनिक नगर्ने सर्तमा केही भुक्तभोगीले भनेअनुसार बस्तीमा जथाभावी भएको उत्खननको विरोध गर्दा धम्की आउँछ। , ठेकेदार र प्रशासनका मान्छे मिलेका छन्, पीडितको कुरा सुन्दैनन्। नयाँ टोलको अर्को जोखिम पनि बढ्दो क्रममा छ। बालुवा र ग्राभेल निकाल्ने अनियन्त्रित गतिविधिका कारण बसही खोला बस्तीतिर सर्दैछ।, टोलवासीहरूका अनुसार यस्तै हो भने नयाँ टोल चाँडै बाढीले बगाउँछ।बसही खोलामा बाह्रै महिना पानी बग्ने होइन। सुख्खा मौसममा खोलो पनि लगभग सुख्खा नै हुन्छ तर वर्षातमा बाढी आउँछ।, क्रसर व्यवसायीले बनाएका ज्यानै लाने यी खाल्टाखुल्टी!
सेतोपाटी संवाददाता काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ।, आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको छ।, पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो।, चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतले टेम्पोमा एक्कासी आगो लागेको सेतोपाटीलाई बताए।, ‘यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्‍यो, धुवाँ आउन थाल्यो,’ उनले भने, ‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ। पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँ सकिनँ।’, टेम्पोमा आगो लागेपछि मैतीदेवीमा मानिसहरू पनि भेला भएका थिए। केहीबेरमा प्रहरीहरू पनि पुगे।, ‘म, स्थानीय मानिसहरू र प्रहरी भएर जारको पानी खन्यायौं तर आगो निभेन,’ उनले भने, ‘दमकम आएर आगो निभाएको हो।’, टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। , काठमाडौंमा गुडिरहेको टेम्पोमा आगो लागेपछि...
सेतोपाटी संवाददाता कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। दर्जनौ बेपत्ता भएका छन्।, थाइल्याण्डको सिमानामा रहेको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी ७० जना घाइते भएका छन्।, उद्धारकर्ताहरूले भवनमा फसेका पीडितहरूको खोजी गरिरहेकाले मृतकको सं‌ख्या अझै बढ्न सक्ने अनुमान गरिएको बन्तेय मेन्चे प्रान्तका प्रवक्ता सोखोमले सिएनएनलाई जानकारी दिए।, सो आगलागीमा परेर झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेको पनि मृत्यु भएको छ।, क्यासिनोमा आगो लाग्दै गएपछि पाण्डेले सो क्यासिनोको १२ औं तलाको कोठाबाट परिवारसँग भाइबरमा लाइभ भिडिओ कुराकानी गरेको परिवार सदस्य खगेन्द्र उप्रेतीले सेतोपाटीलाई बताए।, ‘भुइँ तलामा लागेको आगो माथिल्लो तलामा सर्दै गएपछि निराकारले भाइबरमा फोन गरेर परिवारका धेरै सदस्यसँग कुरा गरे। ‘अब मेरो बाँच्ने स्थिति हुन्न म यहाँबाट हामफाल्नुपर्ने हुन्छ’, उप्रेतीले पाण्डेलाई उद्धृत गर्दै भने।, पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, दाइ र भाइहरूसँग कुरा गरेको उप्रेतीले बताए। उनले परिवारसँग लगभग एक-डेढ घन्टा भिडिओमा कुरा गरेको उप्रेतीले बताए।, अग्नि पाण्डे बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन्।, ‘निराकारले भिडिओमा कुरा गरेपछि परिवारमा रूवाबासी भयो। परिवारले हाम नफाल्न बरू माथिल्लो तलामा जान सम्झाएको थियो’, उप्रेतीले भने, ‘हतोत्साही भइसकेकाले हो वा के कारण निराकार माथिल्लो तलातिर गएनन्।’, कम्बोडियामै रहेको निराकारको साथीले पनि हाम नफाल्न र छतमा जान सुझाएको उप्रेतीले बताए।, सो क्यासिनोमा १८ तला छ। , निराकारले हेटौंडामा रहेका भाइ-बुहारीलाई पनि फोन गरेको उप्रेतीले बताए। भाइसँग कुरा हुन नसकेपछि बुहारीलाई ‘म अब रहन्नँ, मेरो सानो छोरा (९ वर्षको) लाई तिम्रो छोरासँगै हुर्काउनू, २ जना छोरा ठानेर हुर्काउनू’ भनेको उप्रेतीले बताए।, परिवारसँग कुरा गरिसकेपछि पाण्डेले झ्यालबाट हामफालेको र उनको मृत्युको पुष्टि भएको उप्रेतीले बताए। कम्बोडियामै रहेका उनका साथी सुरेन्द्र श्रेष्ठले पाण्डेको मृत्यु भएको पुष्टि गरेको उप्रेतीले बताए। ‘सुरेन्द्रले अस्पतालमा गएर निराकारको पहिचान गरेर फोटो पठाएका छन्’, उप्रेतीले भने।, निराकार र उनका साथी घुम्न केही समय अघि कम्बोडिया पुगेको उप्रेतीले बताए। आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। थाइल्याण्डका वारूणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए। , सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका र आगोको ज्वालाबीच फसेका देखिन्छन्।, ज्यान जोगाउन आगलागी भइरहेको भवनबाट केहीले हाम फालेका थिए। अरण्यप्रथेत उद्धार फाउन्डेसनका पीरापान श्रीसाकोर्नका अनुसार ज्यान जोगाउन हामफालेकामध्ये दुई जनाको तत्कालै मृत्यु हुनुका साथै अन्य ४-५ जना घाइते भएका छन्।, आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन्। प्रवक्ता सोखोमले होटलले कोठामा धेरै मानिसहरू अड्किएर भाग्न नसकेको बताए।, अधिकारीहरुका अनुसार करिब ७०० थाई नागरिकहरुलाई उद्धार गरी थाइल्याण्डका अस्पतालमा पठाइएको छ।, घटनास्थलमा करिब ३०० प्रहरी, ११ दमकल र केही हेलिकप्टर तैनाथ गरिएको बन्तेय मेन्चे प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल सिथी लोहले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनले बताए।, यो पनि: , आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यु, राम्रो मान्छे बन्नू, कम्बोडियाको क्यासिनो भवनमा आगो लागिरहँदा झ्यालबाट झापामा परिवारसँग भिडिओमा लाइभ कुरा गरे, अनि हामफाले
नवीनबाबु गुरूङ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पानसमा बत्ती बालेर र बेलुन उडाएर तमु ल्होसारको उद्घाटन गरेका छन्।, टुँडिखेलमा आयोजित कार्यक्रममा गुरूङ समुदायका व्यक्तिले प्रचण्डलाई गुरूङ पहिरन पहिराएर सम्मान गरेका थिए। , गुरूङ समुदायले आज तमु ल्होसार मनाउँदै छन्।, हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।, तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गरिर्छन्।, ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।, तमु ल्होसारका अवसरमा शुक्रबार राजधानीमा विभिन्न झाँकीसहित र्‍याली निकालिएको छ। गुरूङ समुदायले परम्परागत  भेषभुसा लगाएर र्‍यालीमा सहभागी भएका थिए।, तस्बिरहरू:,  ,  ,  , पानसमा बत्ती बालेर र बेलुन उडाएर प्रधानमन्त्री प्रचण्डले गरे तमु ल्होसारको उद्घाटन (तस्बिरहरू)
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले विश्वसम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र अनुमतिबिना कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ।, ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण गर्नका लागि भन्दै महानगरपालिकाले आगामी आइतबारबाट दरबार स्क्वायर क्षेत्रभित्र सवारी प्रवेशदेखि विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाएको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बताए। , मेयर महर्जनका अनुसार ऐतिहासिक दरबार क्षेत्रभित्र जथाभावी सवारी प्रवेश, मन्दिर तथा मूर्तिलाई क्षति पुग्ने गरी गरिने विभिन्न क्रियाकलापलाई रोक्न नियम बनाइएको जानकारी दिए।, प्राचीन सम्पदाको रूपमा रहेका सम्पतीहरूको संरक्षण गरी भावी पुस्तालाई सकुशल हस्तान्तरण गर्ने उद्देश्यले यस्तो संरक्षणात्मक तथा सम्वर्द्धनात्मक व्यवस्था गरिएको मेयर महर्जनले बताए।, ‘सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै हाम्रो परिचय भएकाले राष्ट्रिय गौरवको सम्पतीलाई हामीले संरक्षण गर्न यो अभियान सुरू गरेका हौ’, मेयर महर्जनले भने।, जबसम्म नागरिकमा सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही नहुने भन्दै उनले आम सर्वसाधारणलाई यसको महत्व बुझेर नियम पालना गर्न अनुरोध गरेका छन्। , आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने पाटन दरबार क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा पनि आकर्षणको केन्द्र बन्ने गरेको छ। तर पछिल्लो समय दरबार परिसर भित्र उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउने, अनुमति बिना फिल्म सुटिङ, विवाहको फोटो सुटिङ गर्ने, भिक माग्ने, धार्मिक महत्वका आकृति तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्ने गरिएकाले त्यसलाई रोक्न महानगरपालिले यस्तो नियम बनाएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।, ‘महानगरकोले दिएको जिम्मेवारी अनुसार हामी अहिले यसको प्रचार प्रसार गरिरहेका छौ, आइतबारदेखि कडाईका साथ पालना गराउँछौ’, उनले भने।, विश्व सम्पदा क्षेत्रमा सूचिकृत पाटन दरबार परिसरमा आइतबारदेखि निम्न कुराहरू गर्न निषेध गरेको छ।, धुम्रपान तथा मद्यपान गर्न,, मोटरसाईकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न,, सम्बन्धित निकायको अनुमती बिना कुनै पनि कार्यक्रम गर्न र गराउन,, म्यूजिक भिडियो तथा फोटो सुटिङ्ग गर्न,, साईकल स्टण्ड गर्न,, कुनै पनि तरिकाबाट भिक माग्न,, उच्छृङ्खल तरिकाले टिकटक, भिडियो बनाउन,, धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्न,, चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न ।, तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न। , आइतबारदेखि पाटन दरबार परिसरमा अनुमतिबिना कुनै कार्यक्रम गर्न नपाइने
रासस धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।, हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन छन्।, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताए।, यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना गम्भीर घाइते भएका छन्।, घाइते हुनेमा ट्रकमा सवार हाल नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरूष, ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सूर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौंडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन छन्।, घाइतेमध्ये ट्रकमा सवार नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरूषको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।, मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, तीन घाइते
रासस 'शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो। तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन। विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र पीडा सम्झँदा यो जागिर कसरी टिकाऊँ भन्ने परिरहेको छ।' , यो भनाइ हो धादिङको पिपल भञ्ज्याङ माविमा दरबन्दीमा कार्यरत दृष्टिबिहीन शिक्षक अनिता भट्टराईको। शिक्षक पदमा स्थायी हुँदाको खबर उनका लागि खुसीमा परिणत सकेन।, पदस्थापन भएको विद्यालय र आसपासको क्षेत्रमा अपांगतामैत्री र पहुँचयुक्त पूर्वाधार नहुँदा अनिताले धेरै हन्डर खेपिरहनुपरेको छ। सेतो छडीका भरमा एकपटक विद्यालय जाने क्रममा बाटोमै लडेर झन्डै खोलामा बगिनन्। उहाँको खुट्टामा चोट लाग्यो। , 'बाटो हिँड्न पनि नसक्ने शिक्षकले कस्तो पढाउला भन्ने भान अभिभावक र विद्यार्थीमा पर्दा झन् मानसिक पीडा भयो,' उनले भनिन्।, पाल्पाको मण्डवी माविका दृष्टिबिहीन शिक्षक सिर्जना ढकालको पनि पीडा उही हो। उनको विद्यालय बुटवल र पाल्पा सडक खन्डबीचको अप्ठ्यारो भूभागमा पर्छ। उनलाई विद्यालयमा जान, त्यहाँ डेरा पाउन निकै कठिन छ।, विद्यालयको भौतिक पूर्वाधार अनुकूल नहुँदा शौचालय वा पानी खाने धारोमा समेत एक्लै जान सक्ने अवस्था छैन।, 'अब हाम्रो संकट भनेको ज्यान बचाउने कि जागिर बचाउने भन्ने भएको छ। यस सवालमा नेपाल सरकार र सम्बन्धित पक्षले विचार गरेर हामीलाई सहरी क्षेत्रको अनुकूल विद्यालयमा पढाउन पाउने वातारण मिलाइ दिनुपर्छ,' उनले भनिन्।, ललितपुरको नमूना मछिन्द्र माध्यमिक विद्यालयका दृष्टिबिहीन शिक्षक शंकर उपाध्याय शिक्षक सेवामा नाम निस्किएपछि आफूलाई तनाव हुने गरेको बताउँछन्। नुवाकोटको शिवपुरी गाउँपालिकाको महेन्द्र माविमा हालै पदस्थापनाका लागि सिफारिस भएका अर्का दृष्टिबिहीन शिक्षक रविन विकले पनि आफ्नो समस्या लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जाँदा पनि सुनुवाइ नभएको गुनासो गरे।, नेपाल नेत्रहीन युवा संघका अध्यक्ष कलाधर भण्डारीका अनुसार मुलुकभर हाल करिब ६ सय दृष्टिबिहीन शिक्षक छन्। पटकपटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनले गुनासो गरे। अब पनि उनीहरूलाई सकेसम्म पहुँचयुक्त स्थानमा पदस्थापन वा सरूवा नगराइए आफूहरू आन्दोलनमा जान बाध्य हुने उनले बताए।, २०७४ सालमा शिक्षा मन्त्रालयले शिक्षक पदस्थापनाका लागि बनाएको कार्यविधिमा अपांगता भएका र महिला शिक्षकलाई पहिला विद्यालय रोज्न दिने प्रावधान थियो। तर पछिल्लो समय शिक्षामन्त्री स्तरीय निर्णयबाट योग्यताक्रम (मेरिट) का आधारमा विद्यालय रोज्न पाउने गरी कार्यविधि संशोधन भएपछि अपांगता भएका शिक्षक थप मारमा परेका हुन्।, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने कार्यविधिले पारदर्शिता कायम गर्न त्यसो गरेको र अपांगता भएका शिक्षकका समस्या सुनुवाइ गर्ने सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र वा सिफारिस भएका स्थानीय तहले आवश्यक सम्बोधन गर्न सक्ने बताउँछन्। कार्यविधिमा हेरफेर गर्न भने मन्त्रीस्तरमै प्रस्ताव पेस गर्नुपर्ने उनले बताए।, केन्द्रका समावेशी शिक्षा शाखामा अधिकृत नारद धमलाले अपांगता भएका शिक्षकका सवालबारे आफूले समस्या बोध गरेको र प्रक्रियागत रूपमा निवेदन आएमा माथिल्लो निकायमा प्रस्ताव पठाउन पहल गर्ने जनाए।, 'ज्यान बचाउने कि जागिर?'
सेतोपाटी संवाददाता थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ।, उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए।, पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए। , पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले सेतोपाटीलाई उपलब्ध गराएको छ। उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ। , अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’, त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’, पाण्डेले छोरासँग गरेको कुराकानीः, सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । , अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। , यो पनि: , कम्बोडियाको क्यासिनो भवनमा आगो लागिरहँदा झ्यालबाट झापामा परिवारसँग भिडिओमा लाइभ कुरा गरे, अनि हामफाले, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।, उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। , अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु। , भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ। , तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू।, आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यू, राम्रो मान्छे बन्नू
दिपकजंग शाही व्यवस्थित र फराकिलो बन्ने भन्दै चर्चामा आएको सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य सडक स्तरोन्नतिको सुरूआतमै त्रुटी देखिएको छ।, वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा पर्ने मंगलगढी चोकदेखि काठको पुलसम्मको सडक स्तरोन्नति गर्ने काम सुरू भएको छ।, एक वर्षअघि ठेक्का भएको सडक स्तरोन्नतिको काम भर्खरै सुरू भएको हो। सुरूआतमा नाला बनाउने काममा मध्य भागमा पर्ने वीरेन्द्र चोक नजिकको दक्षिण भागको नाला बंग्याइएको छ।, पूर्वी भाग गणेशचोकतर्फको काठको पुलबाट पश्चिमतर्फको मंगलगढी चोकतर्फ सडक स्तरोन्नतिको काम थालिएको छ। काठको पुलबाट सोझो बनाउँदै लगिएको नाला राष्ट्रिय वाणिज्य बैंक बसेको घरनजिक पुगेर बांगो भएको छ।, त्यहाँ सडकतर्फ भित्री भागमा परेको विद्युतको पोलबाट नालाभित्र पार्न केही मिटर अगाडिदेखि नै नाला बांगो बनाएर ल्याइएको छ। निर्माणाधीन सडकको नाला बंगिएपछि आलोचना हुन थालेको छ।, सडक व्यवस्थित बनाउने ठेक्का लगाएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले विद्युत प्राधिकरणले सही ठाउँमा पोल नसारेकाले नाला बंग्याउनुपरेको बताएको छ।, निर्देशनालयका अनुसार उक्त पोल भएको ठाउँमा २० सेन्टिमिटरभित्र नाली पारिएको छ।, ‘विद्युतको पोल भित्र परेकाले २० सेन्टिमिटरभित्र नाली खुम्च्याउनु परेको हो, पोलभन्दा भित्र नाली पुर्‍याउन अलि परैबाट भित्र पारेर काम भएको छ,’ पूर्वाधार विकास निर्देशनालयका अधिकृत भूपेन्द्र जैसीले भने, ‘हामीले पोलमै टाँसेर बनाउन खोज्दा पनि बांगो भएको छ, पोल नसारेपछि अरू विकल्प भएन।’, उनले सडकको नाला बनाउँदा बांगिने अवस्था आएपछि वडाध्यक्षलाई पनि लिएर पोल देखाइएको बताए। तर वडाध्यक्षले पनि समाधानको उपाय दिन नसकेको अधिकृत जैसीले बताए।, ‘हामीले विद्युतलाई पोल कुन ठाउँमा सार्ने भनेर चिन्ह लगाइदिएका थियौं, विद्युतले तोकेकै ठाउँमा सारेको होला भनेर हामीले काम सुरू गरिहाल्यौं,’ उनले भने, ‘काम गर्दै जाँदा त्यहाँ पोलभित्र परेको थाहा भयो, हामीले थाहा पाएपछि विद्युतलाई पनि भनेका थियौं। तर उहाँहरूले समय लाग्छ भन्नुभयो।’, विद्युत प्राधिकरणले धेरै समय लाग्ने भनेपछि ठेक्का सम्झौता भएको अवधि सकिने भएकाले त्यहाँ नाला बंग्याएर भए पनि काम अगाडि बढाइएको उनले बताए।, २०७८ माघमा खड्का निर्माण सेवासँग १३ करोडमा सडक स्तरोन्नतिको लागि सम्झौता भएको थियो।, उक्त ठेक्का सम्झौता १८ महिनाका लागि भएको हो।, ठेक्का भइसकेपछि खानेपानीको पाइप र विद्युतका पोल सार्न पूर्वाधार विकास निर्देशनालयले नगरपालिका र विद्युत प्राधिकरणलाई रकमसहित जिम्मा दिएको थियो। नगरपालिकाले खानेपानीको पाइप र विद्युतले पोल सार्ने जिम्मा पाएका हुन्।, पूर्वाधार विकास निर्देशनालयका अनुसार २०८० जेठ अन्तिमसम्म ठेक्का लिएको निर्माण कम्पनीले काम सकिसक्नुपर्छ।, ‘विद्युतले पहिले नै पोल सार्न ढिलाइ गरेकाले काम सुरू गर्नै एक वर्ष ढिला भएको छ, काम सुरू गर्दादेखि नै ढिलाइ भयो भने भोलि निर्माण कम्पनीले पनि क्षतिपूर्ति दाबी गर्न सक्ने भएकाले हामीले उहाँहरूलाई पेलेर काम सुरू गर्न भनेका हौं,’ निर्देशनालयका अधिकृत जैसीले भने।, उनका अनुसार विद्युतले अहिले नाली बांगो बनाइएको ठाउँ नजिकको पोल सार्दा गल्ती गरेको छ भने वीरेन्द्रचोक नजिकको ट्रान्सफर्मर सहितको पोल सारेकै छैन। सार्न बाँकी भएको पोल सार्न निर्देशनालयले अधिकतम प्रयास गर्ने र सम्बन्धित कार्यालयले समयमै नसारे उक्त ठाउँ छोडेर अरू काम गर्ने उनले बताए।, विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले भने विद्युतका पोल सार्ने काममा कुनै गल्ती नभएको बताए।, ‘हामीले उहाँहरूले चिन्ह लगाइदिएकै ठाउँहरूमा पोल सारेका हौं, हामीले पोल र तार सार्न जिम्मा दिएको टोलीसहित पूर्वाधार निर्देशनालय, नगरपालिका, वडाको टोली लिएर सँगै पोल सारेका हौं,’ उनले भने, ‘उहाँहरूले चिन्ह लगाएको ठाउँ ठिक छ कि छैन भनेर सोधेर पनि पोल सारेका हौं, त्यो त उहाँहरूले बेलैमा थाहा पाउनु पर्‍यो नि। हामीलाई सडकको पेटी, नाला कहाँनिर पर्छ भनेर कसरी थाहा पाउनु।’, उनले वीरेन्द्र चोक नजिकको ट्रान्सफर्मर भएको पोल नसारेको विषयमा पनि पूर्वाधार विकास निर्देशनालयकै गल्ती भएको बताए।, ‘उहाँहरूले सार्नू भनेका जति पोल सारिसकेका छौं, ट्रान्सफर्मर भएको चोकनिरको पोल त उहाँहरूले त्यतिबेला सार्ने भन्नुभएकै थिएन,’ रावतले भने।, वीरेन्द्रनगर–६ का वडाध्यक्ष जनक रावलले विद्युतको पोलभित्र परेको र सडकको नाला बांगिएको विषयमा शनिबार छलफल गर्ने कुरा भएको बताए।, ‘हामीले पनि यो कुरा आज बिहानमात्र थाहा पाएका हौं, हामी आउनुभन्दा अघि नै यी पोल सारिएका थिए,’ उनले भने, ‘अब यो विषयमा भोलि छलफल गर्ने कुरा छ, जहाँजहाँ पोलभित्र परेर समस्या भएको छ ती पोल सारेर हुने भए सहजीकरण गर्ने कुरा छ।’, वडाध्यक्ष रावतका अनुसार अहिले विस्तार गरिएको नालाहरूमा अरू पनि केही ठाउँमा बंग्याइएको छ।, अहिले काम भइरहेको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक फुटपाथ छोडेर १२ मिटर चौडा बनाइँदैछ।, सुरूमै किन नाला बंग्याएर स्तरोन्नति गरिँदैछ वीरेन्द्रनगरको मुख्य सडक?
रासस सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। , गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ।, 'कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर खोप लगाउन खोप ल्याउनका लागि हिजो कोभ्याक्सलाई पत्र लेखेका छौं, उनले भने, 'यही पुसको तेस्रो हप्तामा कोभ्याक्सले खोप पठाउने जानकारी दिन्छ।', उनले खोपबारे जानकारी प्राप्त भइसकेपछि चाँडै नै खोप नेपाल ल्याउने बताए। , सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन थालेको हो।, औषधि व्यवस्था विभागले बुस्टर डोजका लागि मात्र प्रयोग गरिने भएकाले ‘आकस्मिक अनुमति प्रयोग’ पत्र दिएपछि खोप शाखाले कोभ्याक्सलाई पत्र पठाएको हो। , विभागका प्रवक्ता सन्तोष केसीले बुस्टर डोजका लागि मात्र प्रयोग गर्न मिल्ने भएकाले परिवार कल्याण महाशाखाको खोप शाखालाई अनुमतिका लागि पत्र दिएको जानकारी दिए। , 'बुस्टर डोजका लागि मात्र प्रयोग गर्न मिल्ने भएकाले विभागले अनुमति दिएको हो', उनले भने, 'बुस्टर डोजका लागि ल्याउन थालेको खोप नियमित खोपभन्दा फरक भएकाले अनुमति दिनुपरेको हो।', छिमेकी मुलुक भारत र चीनमा वि एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ।, यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन-पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ।, बुस्टर खोपका लागि 'गाभी'लाई सरकारको पत्र
सेतोपाटी संवाददाता बुटवलको अस्पताल लाईनमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।, पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको दुर्घटनामा परि सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्।, घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।, प्रहरीका अनुसार तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर विपरित दिशामा पुगेको थियो।, सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोल समेत  भाच्चिएको प्रहरीले जनाएको छ।, बुटवलमा बलेरो पिकअप जिप दुर्घटना, एकको मृत्यु २ घाइते
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ।, पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले शनिबार  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। , आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  , प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, वर्षा, हिमपात र तराईका केही  भू-भागमा  हुस्सु/कुहिरो लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यस्तो छ आजको मौसम, कहाँ कहाँ हिमपात
डा.निमेश पौडेल जाडोको मौसममा सबैभन्दा पहिले हामी चिसोबाटै जोगिनुपर्छ। , यो बेलामा रुघाखोकी लाग्नु स्वभाविक हो। रुघाखोकी वर्षमा करिब २ देखि ४ पटकसम्म धेरैलाई लाग्छ। यसबाट जोगिन हामीले आफ्नो शरीरलाई तातो राख्नुपर्छ।, आफूलाई कतिको जाडो लागेको छ र कुन साधनमा यात्रा गरिएको छु भन्ने हो। मोटरसाइकलमा यात्रा गर्नेलाई अलि धेरै चिसो लाग्छ। हामीले तीन तहको कपडा लगाउनुपर्छ।, विशेष गरेर मोटरसाइकलमा यात्रा गर्नेले उलनको टोपी, पञ्जा, जुत्ता र बाक्लो मोजा लगाउनैपर्छ। पानी प्रसस्त पिउनुपर्छ। स्कुटर र मोटरसाइकलमा यात्रा गर्नेले आफूलाई न्यानो राख्न खेलाची गरेमा चिसोले असर गर्छ।, त्यस्तै चिसोले बालबालिका र वृद्धालाई धेरै असर गर्छ। उनीहरूलाई धेरै रुघाखोकीले सताउँछ। रुघाखोकी र ज्वरो आउनुको मुख्य कारण भाइरलको संक्रमण हो।, जाडोमा पिसाबमा समस्या देखिनेदेखि श्वासप्रश्वासमा समस्या हुने समेत हुन्छ। यो बेलामा रुघाखोकी लाग्यो भने प्यारासिटामोल खान सकिन्छ। तर १ सय २ डिग्री ज्वरो आएको छ भने चिकित्सककहाँ जानुपर्छ। , खोकीमा खकार आयो भने पनि चिकित्सककहाँ जानैपर्छ। जाडोमा रुघाखोकी लागेको छ भने एउटै कोठामा धेरै जना बस्नु हुँदैन। ज्वरो आउँदा सिटामोल खान सकिन्छ तर चिकित्सकको परामर्श बिना एन्टीबायोटिक्स खानै हुँदैन। किनकि, धेरैजसो बिरामीलाई एन्टीबायोटिक जरुरी पर्दैन।, जाडोको बेला दीर्घ रोगीले पनि धेरै ख्याल गर्नुपर्छ। जस्तो जाडोको बेलामा खाना धेरै रुच्छ अनि व्यायाम पनि कम हुन्छ। यस्तो बेलामा सुगरका बिरामीको सुगर बढ्न सक्छ। त्यसैले ख्याल गर्नुपर्छ। , उच्च रक्तचापका बिरामीले समेत यस्ता कुरामा ध्यान दिनुपर्छ। त्यसैले जाडोको समयमा घाम नलागि ब्यायाम समेत गर्नुहुँदैन। दमका बिरामीले पनि उत्तिकै ख्याल गर्नुपर्छ। जाडोमा दम बढ्ने धेरै समस्या हुन्छ।, जाडोमा चिसो खाने कुरा खानै हुँदैन भन्ने होइन। फ्रिजको खाना सकेसम्म खानु हुन्न। तर सधैं तातो मात्रै खानुपर्छ भन्ने होइन। मनतातो र सामान्य खाना खाने हो। धेरै तातो पानी खानु राम्रो होइन। मन तातो र सामान्य पानी नै खानु राम्रो हुन्छ।, जाडोमा रुघाखोकी र ज्वरोबाट कसरी जोगिने, दीर्घ रोगीले कसरी आफ्नो हेरचाह गर्ने लगायतका विषयमा अल्का अस्पताल, जावलाखेल, एभरेष्ट अस्पताल नयाँ बानेश्वर र ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा कार्यररत कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलसँग हामीले भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस् भिडिओ, जाडोमा रुघाखोकी र ज्वरोबाट कसरी जोगिने? (भिडिओ)
रासस ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ।, नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो।, दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।,  , ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
रासस त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ।, त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो। , त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। , उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए।, हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। , त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा
सेतोपाटी संवाददाता तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, बन्दिपुर गाउँपालिका-५ याम्पास्थित पृथ्वीराजमार्गमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले जानकारी दिए। , शनिबार दिउँसो २ बजे पोखराबाट काठमाडौ आउँदै गरेको नं.३-०१-००६ ख ०९२४ नं.को बस र विपरित दिशाबाट जाँदै गरेको ग १३ प ३५५४ नं.को स्कुटर ठोक्किएका थिए। , स्कुटर ठोक्किँदा भानु नगरपालिका-१३ समजुर बस्ने चालक ३२ वर्षीय शेख महमद रखिम मिया गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि दमौली अस्पताल लगिएको थियो। , त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी खड्‍काले बताए। , बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका-४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएको छ। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,  ,  , तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
सेतोपाटी संवाददाता आफूविरूद्ध समाचार लेखेको भन्दै धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकारको ज्यान मार्ने धम्की दिएका छन्।, मेयर दासले अनलाइनखबरमा कार्यरत पत्रकार शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन्। , शुक्रबार मधेश प्रदेश सांसदहरूको शपथ समारोहमा समाचार संकलनको क्रममा भेटिएका मेयर दासले प्रदेश सभा परिसरमै महतोलाई धम्की दिएका हुन्। , ‘तपाईंले धेरै लेख्नुभयो। ५-६ जना पत्रकारलाई अब कुनै हालतमा छोड्दिनँ। लिस्टमा तपाईंको नाम फस्टै नम्बरमा छ। आउनु होला नगरपालिकातिर छातीको हाड भाँचेर मैले मारिनँ भने मेरो नाम पनि बेचन होइन,’ मेयरले धम्की दिँदै भने, ‘मैले मारिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु। कसम भन्छु तपाईंलाई कुनै हालतमा छाड्दिनँ।, उनले थपे, ‘३६ वर्षमा म दुई पटक जेल गइसकेको छु। यति धेरै मुद्दा खेपेकै छु दुई वटा अझै मुद्दा झेल्न तयार छु।’, मेयर दास र उनका कार्यकर्ताले केही दिनअघि मात्रै नगरपालिका कार्यालयको परिसरमा पत्रकार मौसम झालाई कुटपिट गरी घाइते बनाएका थिए। झाले मेयर दासबाट असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूतिसँगै कारबाही समेतको माग गरेका छन्।, प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरेको छ।, प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने मेयर दासलाई कारबाहीको माग गरेका छन्।, विदेह नगरका मेयरले दिए पत्रकारलाई ज्यान मार्ने धम्की
सेतोपाटी संवाददाता कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परी अन्य पाँच जना गम्भीर घाइते भएका छन्।, यस्तै, दुई जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।, शनिबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत वनबेहडामा सुपप्र ०२००१ ज ४०६ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ।, घटनाको विस्तृत विवरण आउँन बाँकी छ।, कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना गम्भीर घाइते
रासस कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन्।, बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए। , पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ।, ‘शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्,’ उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ।’  , पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन्।, उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए।, कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ
सेतोपाटी संवाददाता हाल देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, यस्तै आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ।, यसैबीच आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।, प्रधानाङ्गका अनुसार हिजो शनिबारभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम झन्डै १ डिग्री बढेको हो। हिजो शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो।  , कस्तो छ आजको मौसम?
सेतोपाटी संवाददाता इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। , आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो।, आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो।, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।, इलाममा पोखरीमा डुबेर बालिकाको मृत्यु
सेतोपाटी संवाददाता आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्।, विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।, पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ।, न्युज एजेन्सी नेपाल,सँगको कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए। उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे।, उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले  बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताउ।, उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङवाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए।, उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए। जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए। उनले हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्ने बताए।, जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसत भन्दा कम रहेकाले चिसो बढिरहेको बताए। उनले न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे।, तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरूरी रहेको बताए।, हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदुषण बढ्ने बताए। गत वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने बताए।, उनले मौसम अनुकुल नहुँदा पश्चिम तराईका केही जिल्लाहरुमा चिसोका कारण बिरामीहरु बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए।, डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने सुझाव दिए।, उनले बिहान बाहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए।, आगमी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह
सेतोपाटी संवाददाता रौतहटबाट ९१ किलो गाँजा बरामद भएको छ। , आइतबार बिहान ११ बजे राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट ९१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। , रोकेर राखेको बोलेरो गाडीमा गाँजा छ भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले चेक गर्दा बोलेरो गाडीमा गाँजा फेला पारेको हो। , गाडीमा १३ वटा पोकामा ९१ किलो गाँजा बरामद भएको हो। प्रहरीले गाँजासँगै गाडी पनि नियन्त्रणमा लिएको छ।, यस्तै गाडी नजिकै एउटा बेवारिसे मोटरसाइकल समेत फेला परेको थियो। , उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ। , घटनाको थप अनुसन्‍धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ,  , रौतहटबाट ९१ किलो गाँजासहित गाडी बरामद
नवीनबाबु गुरूङ मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।, आईतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो। , सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसमेत गरिएको छ। उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्द्धनका लागि दिवस मनाउनुपरेको बताए।, कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताए। उनले विश्वमा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताए। , उनले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताए। त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईँले नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बताए। उनले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताए।, राष्ट्रिय पोशाक दिवसलाई विश्वमा रहेका नेपालीहरुले यो दिवस मनाइरहँदा नेपाली पहिचान बढ्दै जाने कार्यक्रममा सहभागीहरुले बताए। युवा पुस्तामा अहिले पनि नेपाली पोशाक लगाउँदा लजाउने गरेका कारण यसलाई लाज मानेर अघि बढ्न नहुने बताए। , उनीहरुले अघिल्लो पुस्ताले नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न नसक्दा अहिले नेपालको पहिचान गुम्दै गएको बताए।, काठमाडौंमा राष्ट्रिय टोपी दिवस मनाइयो (तस्बिरहरू)
विनोद सापकोटा झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।, गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।, हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।, त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ।, घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।, स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो।, हात्ती आहारा खोज्दै भण्डारण गरिराखिएका अन्न खान गाउँ पसेको हो। छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए।, हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
सेतोपाटी संवाददाता अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘एजुकेशन फन्ड’ तयार पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई निः शुल्क पढाउने भएको छ।, कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको संस्थाका गभर्नर पृथ्वी राज थापाले जानकारी दिए।, २ दिनसम्म राजधानीमा चलेको नेपाल डिस्ट्रिक अफ डिस्ट्रिक सम्मेलनले पैसाको अभावमा कुनै पनि बालबालिकाले शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको थापाले जानकारी दिए।, सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सकारात्मक सोचका साथ अगाडि बढेको संस्थाले मानिसहरूलाई आशावादी भएर जिउन सिकाएको बताए।, हरेक काममा सम्भाव्यता प्राप्त गरि लक्ष्यमा पुग्न सकिन्छ भन्ने यो संस्थाको उद्धेश्यसँग आफू मिलेर अगाडि बढ्न तयार रहेको बताए।, कार्यक्रमलाई एनप्यावसनका निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, वर्तमान अध्यक्ष पान्डवराज हमाल, हिसानका अध्यक्ष रमेश सिलवाल लगायतले सम्बोधन गरेका थिए। यस्तै अतिथि वत्ताको रूपमा सुमन शाक्य र अनुप अधिकारी तथा ओम शान्तिका भाईजन राजु धलेलले सब्बोधन गरेका थिए।, सम्मेलनमा नेपाल भित्रका विभिन्न क्लवबाट ८५ जना सहभागी थिए।, क्लवका नयाँ सदस्य लाई नि- वर्तमान गभर्नर उदय कुमार निरौलाले अभिमुखिकरण तालिम दिएका थिए। , उनले बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने, समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने क्लबको उद्धेश्य रहेको बताए।, समाजमा के गर्न सकिन्छ भनेर छलफल गरि छलफछको निचोड लेफिटेन्ट गभर्नर ऋषिश्वर थपलिया, रिना श्रेष्ठ र सुरेन्द्र थापाले प्रस्तुती दिएका थिए।, सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालले सन् १७ महिना अघि ‘डिस्ट्रिक्ट’ मान्यता पाएको थियो।, अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको  अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो।, हालसम्म विश्वका विभिन्न ३० वटा देशमा यसले आफ्नो शाखा विस्तार गरिसकेको छ।, अप्टिमिस्ट इन्टरनेसनलले एजुकेशन फन्ड तयार पारेर निः शुल्क पढाउने
सेतोपाटी संवाददाता महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, उनले सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई साथी बनाएका थिए। कुराकानी गरी महिलालाई अश्लिल तस्बिरहरू प्रदर्शन गर्न कर गरेको प्रहरीले जनाएको छ।, त्‍यस्तै नग्न तस्बिरमा उनको टाउको जोडेर पीडित महिलाका आफन्त तथा साथीहरूलाई पठाएर मानसिक यातना र हैरानी गरेको आरोप छ।, उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।, सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।, महिलाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता महोत्तरीमा अपहरण गरी फिरौती मागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , पिपरा गाउँपालिका-५ चाँदनी चौकस्थितबाट लहान नगरपालिका-३ मा बस्ने ४० वर्षीय मोहम्मद इसराक सिद्दिकी अपहरणमा परेका थिए। उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। , उनलाई गत शनिबार दिउँसो साढे १२ बजे अपहरण गरिएको थियो। अपहरण गरेको आरोपमा प्रहरीले भारत विहार मधुवनी पंचायत बेता पर्सा-१ का ४८ वर्षीय महमद मुखतरलाई पक्राउ गरेको हो। , उनी गाडी बनाउने मिस्त्री समेत हुन्। , उनको समूहले सिद्दिकीकी श्रीमती सुबही खातुनसँग १५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए। श्रीमानलाई अपहरण गरी फिरौती मागेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। , बुधबार फिरौती रकम लिएर सुबही खातुन मटिहानी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा नजिक पर्ने एकान्तस्थलमा पुगेकी थिइन्। उनी त्यहाँ पुगेको खबरपछि विभिन्न मातहतको टोली पनि खटिएको थियो। उक्त टोलीले ९ लाख रुपैयाँ सहित महमद मुखतारलाई पक्राउ गरेको थियो। , बाँकी तीन जना अपहरणकारी फिरौतीको साढे २ लाख रुपैयाँ लिएर भारत फरार भए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। , त्यसपछि भारतीय प्रहरीसँग समन्वय गरी अपहरणमा परेका सिद्दिकीको उद्धार गरिएको हो। , पक्राउ परेका मुखतरलाई महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित गराई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।, महोत्तरीमा अपहरण गरी फिरौती मागेको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता पर्सामा अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोला बस्ने १४ वर्षीय निरजकुमार पासवानको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। , उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वीरगन्ज-१७ अलौ बस्ने २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबिनी गाउँपालिका-१ घोडदौडपिप्रा बस्ने ३० वर्षीय दिलिपकुमार पटेल छन्।, निरज गुरूकुल पन्ना मेमोरिइल ई बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्थे। दिलिप पटेल सोही स्कुलका सहायक प्रधानाध्यापक (भाइस-प्रिन्सिपल) समेत हुन्। , मंसिर ५ गते दिउँसो २ बजेदेखि निरज हराइरहेका थिए। उनी हराएको भोलिपल्ट उनका बुवा श्रीराम हजरा दुसादले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा निवेदन समेत दिएका थिए।  निवेदनपछि उनको खोजी गर्न प्रहरीले मातहत कार्यालयमा पनि पत्राचार गरिएको प्रहरीले जनाएको छ।, निरज हराएको १२ दिनपछि बुवा श्रीराम हजारालाई अपरिचित नम्बरबाट फोन आएको थियो। फोनमार्फत् ५० लाख फिरौती माग गरिएको डिएसपी गिरीले बताए।, 'सामान्य काम गर्ने व्यक्तिलाई यति धेरै रकम माग गरियो। प्रहरीलाई भने छोरालाई मारिदिन्छु पनि भनेका रहेछन्,' उनले भने, 'उनीहरू पनि तुरून्तै प्रहरीकहाँ आएनन्। केही समयपछि मात्रै खबर गरेका थिए।', उनीहरूले फिरौती माग गरेकाबारे मंसिर २५ गते मात्रै जानकारी गराएको प्रहरीको भनाइ छ। प्रहरीले यसबारे थाहा पाएपछि अनुसन्धान अघि बढाएको थियो।, शंकास्पद व्यक्तिहरूमाथि सोधपुछ गर्ने क्रममा प्रहरीले श्यामप्रसादलाई नियन्त्रणमा लियो। उनीमाथि सोधपुछ गर्ने क्रममा प्रहरीले निरजको शव कहाँ छ भन्ने पत्ता लाग्यो। , निरजको शव आइतबार साँझ ५ बजे उनी पढ्ने स्कुलकै सेप्टिक ट्यांकीभित्र फेला परेको हो।, बालकको शवलाई उनीहरूले घाँटी र खुट्टा बाँधेर पोको पारेर ट्यांकीभित्र राखिएको अवस्थामा फेला परेको हो। त्यसमाथिबाट उनीहरूले माटो समेत हालेका थिए।, श्यामप्रसादमाथि थप सोधपुछ गर्ने क्रममा सोही विद्यालयकै सहायक प्रधानाध्यापक दिलिपको पनि संलग्‍नता रहेको खुल्यो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। , यस घटनामा अर्का एक जना पनि संलग्न छन्। तर अहिले उनी फरार छन्।, डिएसपी गिरीका अनुसार यो घटना गराउने योजना श्यामकुमारको हो। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप समेत छ। , उनले दिलिपबाट केही समयअगाडि पैसा लिएका थिए। तर उक्त रकम तिर्न सकिरहेका थिएनन्। तिर्न नसकेपछि कसैको अपहरण गरी फिरौती माग्न सकिने योजना बनाएका थिए।, ‘श्यामप्रसादले दिलिपको पैसा चलाएको रहेछ। तर त्यो पैसा फस्यो, फिर्ता पनि गर्न सकेनन्। फेरि दिलिपले मागेको माग्यै गरेका रहेछन्। त्यसपछि बरू सँगै मिलेर पैसा आउने काम गरौं न भनेर श्यामप्रसादले सल्लाह गरे। केटालाई बन्धक बनाएर फिरौती लिने आएपछि शिक्षकले आफ्नै विद्यार्थीलाई बन्धक बनाउने योजना बनाए,’ उनले भने।, उनीहरूले निरजलाई निशाना बनाए। त्यसदिन दिलिपले निरजलाई फोन गरी आफ्नो कोठा नजिकै बोलाए। उनीहरूले त्यसरी बोलाएपछि कोठामा लगे।, त्यहाँ पेटीले उनको हात, खुट्टा, मुख बाँधेर राखे। उनीहरूले बन्धक बनाएर परिवारसँग फिरौती माग्ने योजना बनाइरहेका थिए। तर निरजले बल प्रयोग गरिरहे। उनले फुत्किने प्रयास गरेको डिएसपी गिरीले बताए। उनीहरूले निरजलाई अन्त लैजान पनि सकेनन्। त्यसो हुँदा निरज भागेर जाँदा आफूहरूको पहिचान समेत खुल्ने उनीहरूमा डर थियो। , ‘विद्यालयकै सहायक प्रधानाध्यापक समेत रहेका दिलिपलाई पनि डर भयो। भागेर गयो भने बेइज्जत हुने भनेपछि उनीहरूले हत्या गरे,’ उनले भने।, उनीहरूले निरजकुमारलाई अपहरण गरेकै दिन घाँटी थिचेर हत्या गरे। हत्या गरेर उनीहरूले शवलाई स्कुलकै सेप्टिक ट्यांकीमा समेत राखिसकेका थिए। तर यसबारे लामो समयसम्म पनि हल्ला भएन। निरजको शव लामो समयसम्म फेला नपरेपछि श्यामकुमार लगायतले फिरौती पनि माग्नुपर्नेबारे सल्लाह गरे। , ‘उनीहरूले हत्या गरेर व्यवस्थापन गरिसकेका थिए। तर कसैले सोधीखोजी पनि गरेनन्। सुरूमा त बन्धन बनाउने बेलामै फुत्किन खोजेपछि हत्या गरिहाले,’ डिएसपी गिरीले भने, ‘तर पछि हल्ला नभएपछि फिरौती माग्न सकिन्छ, पैसा दिई पो हाल्छ कि भन्ने हिसाबले उनीहरूले मागेका हुन्।’, उनीहरूले फिरौती माग्न अर्कै व्यक्तिको सिम प्रयोग गरी फोन गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो। , प्रहरीले घटनामा संलग्न अर्का व्यक्तिको पनि पहिचान खुलाइसकेको छ। अहिले पक्राउ परेका दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।, पर्सामा सहायक प्रधानाध्यापककै संलग्नतामा विद्यार्थीको अपहरण, फुत्किन खोजेपछि हत्या
नारायण खड्का दाङको पहाडी बस्तीको एउटा विद्यालय जहाँ पूर्व प्राथमिकदेखि बाह्र कक्षासम्ममा एक हजारभन्दा बढी विद्यार्थी पढ्छन्।, यो एउटा यस्तो सामुदायिक विद्यालय हो जसले अभिभावकलाई विद्यालय आउन आह्वान गरेर सडक किनारामा एउटा बोर्ड नै राखेको छ।, यो हो दाङको झेलनेटा स्थित सुधा माध्यमिक विद्यालय। विद्यालय बाहिरको सडकमा एउटा अचम्मको बोर्ड छ। , जहाँ लेखिएको छ– अभिभावकज्यू नमस्कार। ‘कता हिँड्नु भयो कुन्नि? एक चोटी विद्यालय प्रवेश गरी छोराछोरीको पढाईबारे छलफल गरौँ कि?, यो बोर्ड २०७६ सालमा तत्कालीन प्रधानाध्यापक बाबुराम पौडेलले राखेका हुन्। , के यो बोर्ड पढेपछि अभिभावकहरू विद्यालय आउँछन्? , बोर्ड नजिकै फेला परे घोराही जान बस प्रतिक्षा गरिरहेका ४४ वर्षीय अम्मरबहादुर रावत।, उनकी छोरी विपना यही विद्यालयमा कक्षा ६ मा पढ्छिन। अम्मरबहादुर पनि कहिलेकाहीँ विद्यालय जाने रहेछन्। आफ्नी छोरी र उनका साथीहरूलाई शिक्षकले कसरी पढाउने रहेछन् भनेर हेर्छन्। , ‘सबै शिक्षक आएका छन् कि छैनन्, उनीहरू कसरी पढाउँछन्, विद्यार्थीको अवस्था के छ, कक्षा कोठा अनुशासित छ कि छैन, यस्ता कुरा चेक गर्छौं,’ उनले भने। , त्यसबाहेक आफ्नो छोराछोरीको पढाईबारे शिक्षकहरूसँग सोधिखोजी गर्न पाएको उनले बताए। उनीहरूको पढाईसुधार्न र  समस्या सुल्झाउन सजिलो भएको उनको अनुभव छ।, पहिले पहिले उनी बोलाउँदामात्रै विद्यालय जान्थे। बोर्ड राखेपछि चाहिँ समय मिलाएर आफैँ जाने गरेका छन्।  , ‘अचेल त आफैं जान्छु। अरू अभिभावक पनि विद्यालय जाने गरेका छन्,’ अम्मरबहादुर भन्छन्, ‘अभिभावक पुग्दा छोराछोरी पनि सजग हुँदा रहेछन्।’, उनले पनि यही विद्यालयमा पढेका हुन्। त्यस बेला सात कक्षासम्म मात्रै पढाई हुन्थ्यो। आठ कक्षा पढ्न प्यूठान गए। आफ्नी छोरीको पालामा त स्कुल धेरै राम्रो भएको उनको अनुभव छ।, ‘अहिले धेरै राम्रो भएको छ। राम्रा फर्निचर छन्। खेल मैदान छ। इन्टरनेटको सुविधा छ। सिसी टिभी क्यामेरा छ,’ उनले भने।, यस्ता आधुनिक सुविधाले विद्यालयको शैक्षिक वातावरण राम्रो भएको उनको बुझाइ छ।, लगत्तै बंगलाचुली–६ का ६५ खिमबहादुर विक पनि विद्यालय नजिकै भेटिए। उनका नाति सुरज चार कक्षामा पढ्दा रहेछन्।, आफूले पढ्न पाएका रहेनछन्। कहिलेकाहीँ उनका छोराबुहारी पढाईबारे बुझ्न विद्यालय जाने गरेका छन् रे!, बंगलाचुली–३ का ४८ वर्षीय दिवाकर घर्ती क्षेत्रीका चार जना छोरा सुधा माविमै पढ्छन्, सबैभन्दा साना दुई कक्षामा र सबैभन्दा ठूला नौ कक्षामा।, कक्षा १२ मा र कक्षा १० मा पढ्ने दुई विद्यार्थीले पनि आफ्ना अभिभावकहरू विद्यालयमा आउने गर्दा पढाईमा सकारात्मक प्रभाव परेको बताए।, एक वर्षयता यो विद्यालयमा ज्ञानेन्द्र ढकाल प्रधानाध्यापक छन्। , अभिभावकलाई विद्यालय आउन आग्रह गरेर सडक छेउमा राखिएको बोर्डले समुदायमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ।, आफ्ना छोराछोरीको पढाई र विद्यालयको गतिविधिबारे जानकारी लिन विद्यालयमा जानुपर्छ भन्ने चेतना अभिवृद्धिका लागि बोर्ड टाँगिएको उनले बताए।, ‘यो हाम्रो विद्यालय हो, हाम्रै नानीबाबु यहाँ पढ्छन् भन्ने जान्दाजान्दै पनि अभिभावकहरू आउँनुहुन्थ्यो। चिठी पठाउँदा पनि मुस्किलले धेरै मात्र आउनुहुन्थ्यो,’ उनले भने, ‘सार्वजनिकरूपमा बोर्ड राखेपछि अभिभावकहरू आफैं आउन थाल्नुभएको छ।’, बालबालिकाको प्रगतिबारे सोधखोज गर्न आउने क्रम बढेको उनले बताए ।, ‘अभिभावकले विद्यालयमा आफ्ना छोराछोरीको आचारण र शैक्षिक वातावरणबारे जानकारी लिने र शिक्षकप्रति कुनै गुनासो भए भन्ने अवसर पाउनुभएको छ,’ प्रधानाध्यापक ढकाल भन्छन्, ‘हामीले तीन महिनाको अन्तरमा अभिभावक भेला गराएर पनि उहाँहरूका कुरा सुन्ने गरेका छौँ।’, सबै शिक्षकको उपस्थिति नियमित हुने गरेको प्रधानाध्यापक ढकालले बताए। उनका अनुसार नियमबमोजिम बाहेक कुनै पनि शिक्षकले बिदा पाउँदैन।, अनुपस्थितिबारे अभिभावकले जुनसुकै बेला सोध्न सक्ने भएकाले पनि शिक्षकको उपस्थिति नियमित रहेको उनको भनाइ छ।, यस्तो व्यवस्था गरेको भने पूर्व वडाध्यक्ष एनुराज खत्रीले हो। शिक्षण पेशामा तीन दशक बिताएका उनी अहिले पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। , २०७४ सालमा वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भएपछि खत्रीले यस विद्यालयको हितमा धेरै काम गरेको स्थानीयहरू बताउँछन्। राम्ररी चलेको निजी विद्यालय गाभ्न पनि उनैले पहल गरे।, विद्यालयमा आएर छोराछोरीको पढाईबारे जानकारी लिन आह्वान गरेर सडक किनारमा बोर्ड राख्न लगाउने पनि खत्री नै हुन्।, ‘अभिभावकलाई सजग बनाउन मैले बोर्ड लेख्न पठाएको हुँ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा अभिभावक जाँदै नजाने समस्या छ। अभिभावकहरू विद्यालय गइरहनु पर्छ भन्ने मेरो मान्यता हो।’, अभिभावक विद्यालयमा पुग्दा शिक्षक र विद्यार्थी सबै सजग हुने उनको बुझाइ छ। , भन्छन्, ‘आज यहाँका अभिभावकहरू नबोलाए पनि विद्यालय जाने र शिक्षकसँग विद्यार्थीको पढाईबारे छलफल गर्ने क्रम बढेको छ।’, विद्यालयलाई जग्गा किन्ने, पानीको मुहान किन्ने जस्ता महत्वपूर्ण निर्णय पनि खत्रीले नै गराएका थिए। , यो विद्यालयमा प्राविधिकतर्फको पढाई हुन्छ। जो यहाँको मुख्य आकर्षणको विषय हो। यो विषय पढ्ने विद्यार्थीले आफैं उत्पादन र आयआर्जन गर्ने गरेको प्रधानाध्यापक ढकालले बताए। , विद्यालयको आफ्नै कृषि फार्म छ। कृषि विज्ञानका विद्यार्थीहरू यहीँ प्रयोगात्मक अभ्यास गर्छन्।, प्राविधिकतर्फ कक्षा नौदेखि १२ सम्म कृषि विषयमा ४८ जना विद्यार्थी छन्। कक्षा ११ र १२ मा शिक्षा विषय पनि पढाई हुन्छ।, विद्यालयले प्रत्येक विद्यार्थीको अभिलेख फाइल बनाएर राख्ने गरेको छ।, विद्यार्थीहरू च्याउ र तरकारी उत्पादन गर्छन्। हालै तरकारी बेचेर विद्यालयले २२ हजार रुपैयाँ आर्जन गरेको प्रधानाध्यापक ढकालले बताए।, अहिले मुला र भाजी बिक्रीको लागि तयार भएको छ। विद्यार्थीले गरेको उत्पादन बेचेर आएको पैसा उनीहरूकै लागि खाजामा खर्च गर्ने गरेको पनि ढकालको भनाइ छ।, यो विद्यालयमा पढ्ने विद्यार्थीले परीक्षा शुल्कबाहेक अन्य शुल्क तिर्नु नपर्ने प्रधाननाध्यापक ढकालले बताए। त्यो पनि एकसयको वरिपरि हुन्छ।  , कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले त निःशुल्क युनिफर्म पनि पाउँछन्। त्यो पोसाक ल्याब अनुदानअन्तर्गत उपलब्ध हुन्छ।, विद्यालयमा इन्टरनेटको राम्रो पहुँच छ। नेपाल टेलिकमले उपलब्ध गराएका २४ वटा कम्प्युटर छन्। व्यवस्थित पुस्तकालय र विज्ञान प्रयोगशाला पनि छन्। होस्टेल छ र यो निःशुल्क छ। शिक्षक र विद्यार्थी आफैँले खाना पकाउनु पर्ने नियम भने यहाँ छ। प्रधानाध्यापक ढकालसहित १४ जना शिक्षक विद्यालयको होस्टेलमा बस्छन्। उनीहरूसँगै टाढाका ४० जना विद्यार्थी पनि बस्छन्।,  , यस्तो नौलो व्यवस्था र अन्य सुधारका कारण यो विद्यालय २०७७ सालमा दाङ जिल्लामा उत्कृष्ट भएको थियो। , तर विद्यालयमा समस्या पनि छन्। शिक्षकको दरबन्दी कम हुनु मुख्य समस्या हो। हुन त यहाँ ४२ जना शिक्षकले पढाउँछन्, तर स्थायी दरबन्दी भने जम्मा पाँच जनाको छ।  त्यो मध्ये माध्यमिकतर्फ एक जना र निम्नमाध्यमिक र प्राथमिक गरी चार जना छन्। माध्यामिक विद्यालयमा दुई शिक्षक र प्राथमिकमा एक राहतमा राखिएको ढकालले बताए। , गाउँपालिकाको अनुदानमा १६ जना छन्। प्राविधिक तर्फका सात जना शिक्षकले संघीय सरकारबाट तलब पाउँछन्।, हाल विद्यालयले खानेपानीको अभाव झेल्नु परेको छ। गत असोजमा पहिरो जाँदा नजिककैको मूल भासियो। पानी आउन बन्द भयो। बरु खेल मैदानमा पानी रसायो।, हालै विद्यालयमा बंगलाचुली खानेपानी आयोजनाको एउटा धारा जडान गरिए पनि त्यसले आवश्यकता पूरा गर्दैन।, प्रधानाध्यापक ढकालका अनुसार विद्यालयको भौतिक पूर्वाधारको धेरै पक्ष राम्रो रहे पनि विद्यार्थीका लागि फर्निचर अपुग छ।, उच्च शिक्षा पनि यही विद्यालयबाट दिन माग , अहिले यो विद्यालयमै उच्च शिक्षा पढाउनुपर्ने माग हुन थालेको छ। , केहीदिन अघि हामी पुग्दा विद्यालय भवनबाट झन्डै पाँच सय मिटर पूर्व आफ्नै घरको पेटीमा विद्यालयतर्फ फर्की बसेकी छन् बंगलाचुली गाउँपालिका–५ की ६० वर्षीया दिलसरा घर्ती।, उनका नाति अमिर घर्ती यही विद्यालयमा कक्षा १२ मा पढ्दै छन्। उनको विषय कृषि विज्ञान हो।, मध्यान्तरको समय थियो। केही दिन यता विद्यालयका क्यान्टिन सञ्चालक नआएकाले विद्यार्थीहरू खाजा खान निस्किएका थिए। केही विद्यार्थी घर फर्किंदै थिए।, दिलसराका अनुसार केही वर्षयता सुधा माविले धेरै प्रगति गरेको छ। , भन्छिन्, ‘नाति सधैँ बिहानै पढ्न जान्छ, घर आएर पनि पढ्न बस्छ। अहिले विद्यार्थी धेरै छन्, शिक्षक पनि धेरै छन्।’, पहाडको सागसिस्नो खाएर पनि घरनजिकै पढ्न पाउनु छोराछोरीको भाग्यको कुरा हो भन्ने लाग्छ उनलाई। उनी चाहन्छिन्, अझै माथिको पढाई पनि यहीँ भइदिए हुन्थ्यो। , ‘बाह्र कक्षापछि यहाँका विद्यार्थी घोराही झर्नुपर्छ,’ दिलसराले भनिन्, ‘हामी जस्ता गरिबले टाढा राखेर पढाउन सक्दैनौं। छोरीचेलीलाई डेरामा राख्न पनि अप्ठ्यारो लाग्छ। यहीँ १५ कक्षासम्म पढ्ने व्यवस्था भए हुन्थ्यो।’, उनले देख्दा सुधा माविमा सातसम्म पढाई हुन्थ्यो। त्यसपछि दश कक्षासम्म पुग्यो। अहिले बाह्र कक्षासम्म भएको छ।, ‘यही पहाडमा आधा पेट खाएर पनि माथिसम्म (उच्च शिक्षा) पढ्न पाए हाम्रा छोराछोरी पनि भविष्यमा ठूला मानिस बन्थे कि,’ उनले भनिन्।, दिलसराका छोराहरूले पनि यही विद्यालयमा पढे, उच्च शिक्षाका लागि घोराहीमा गए। , ‘हामीले बच्चा पढाउन धेरै आर्थिक बोझ उठाउनु पर्‍यो,’ उनले भनिन् ‘आज परिवेश फेरिएको छ, बाह्र कक्षासम्म यहीँ पढाई हुन्छ।’, दिलसरा मात्र होइन हामीले भेटेका अरू अभिभावकले पनि यस्तै चाहना व्यक्त गरे। ती मध्ये एक हुन दिवाकर घर्ति। , छोराछोरीले स्नातक तहको पढाई पनि यही विद्यालयमा गर्न पाए आफूहरूका लागि राम्रो हुने पनि बताए।, ‘यहीँ बिएस्सी एजी (कृषिमा स्नातक) को कक्षा आइदिए हुन्थ्यो,’ बाह्र कक्षामा पढ्ने एक विद्यार्थीले भनिन्, ‘घरबाट टाढा पठाएर पढाउन मुस्किल छ।’, प्रधानाध्यापक ढकालका अनुसार विद्यालयमै कृषि विषयमा स्नातक तहको कक्षा सञ्चालन गर्न पनि परामर्श भइरहेको छ। यसमा गाउँपालिकाले अग्रसरता लिएको छ।, अभिभावकलाई बोलाउन बाटोमा बोर्ड टाँगिएको गाउँको यो विद्यालय !
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। , बुधबारदेखि सहायक रथी कृष्णप्रसाद भण्डारीले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। , झापा चारआलीस्थित २१ बाहिनीपतिमा रहेका उनलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखको जिम्मेवारी दिएको हो।, यसअघि सहायक रथी नारायण सिलवाल प्रमुख थिए। आज एक कार्यक्रमबीच उनले जिम्मेवारी हस्तान्तर गरेका हुन‍्।  , एक वर्ष अघि निर्देशनालय प्रमुखको जिम्मेवारी पाएका सहायक रथी सिलवाललाई सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको छ।, फेरिए नेपाली सेनाका प्रवक्ता
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ। पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ। , काठमाडौंसहित तराईका केही क्षेत्रमा बुधबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो पनि घाम लाग्न सकेन ।, काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। बुधबार ३.४ डिग्री तपाक्रम मापन गरिएको काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ३ डिग्री आसपास छ। अधिकतम तापक्रम पनि १७ डिग्रीमा झरेको छ। , यस्तै जुम्लामा माइनस ६ रहेको तापक्रम जोमसोममा माइनस ६ डिग्री तथा जिरीमा माइनस २.६ डिग्री सेल्सियस रहेको छ।, हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।, देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमाली क्षेत्रमा हिमपात र तराईका क्षेत्रमा कुहिरो लागेको हो। , आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। , प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशभर चिसो बढ्यो : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु
एजेन्सी अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गर्ने भएको छ।, आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको हो।, यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ। यो नियम तेस्रो मुलुक हुँदै आउने यात्रुका साथै अमेरिका हुँदै अन्य गन्तव्यमा जान चाहने यात्रुका हकमासमेत लागू हुने अमेरिकी स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। , यात्रुले प्रस्थानको बढीमा ४८ घन्टाअघि कोभिड जाँच गराउनु पर्नेछ । कोरोना संक्रमणको यथास्थितिबारे चीनले पारदर्शी र पर्याप्त तथ्यांक सार्वजनिक नगरेको आरोपसमेत अमेरिकाले लगाइएको छ । , यसअघि भारत, ताइवान, जापान, मलेसिया र इटालीले पनि चीनबाट आउने यात्रुलाई कडाई गर्न थालिसकेका छन्।, करिब तीन वर्षदेखि लागू गरेको शून्य कोभिड नीति अन्तर्गतका कडाई खुकुलो पारेसँगै चीनमा संक्रमण हृवात्तै बढेको छ। , झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ।, जनवरी ८ देखि चीन प्रवेश गर्ने विदेशी यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन भने देश बाहिर जान चाहने चिनियाँहरुका लागि पासपोर्ट आवेदन खुला गरिनेछ।, कोभिड प्रतिबन्धहरू खुकुलो पारेसँगै चीनमा दैनिक लाखौं मानिस कोरोना संक्रमित भइरहेको र अस्पताल तथा शव दाह गृहहरुमा अत्यधिक चाप बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाइरहेका छन्।, रेडियो फ्रि एशियाका अनुसार शून्य कोभिड नीति खुकुलो पारेको २० दिनमै चीनमा करिब २५ करोड मानिस कोरोना संक्रमित भइसकेका छन्।, चीनको दक्षिणपश्चिमी शहर छेंग्दुस्थित एउटा ठूलो अस्पताल हृवाक्सिमा कोरोनाका बिरामीको चाप अत्यधिक बढेको अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उक्त अस्पतालको इमर्जेन्सी कक्ष र बाहिर बिरामीको लामो लाइन रहेको समाचारमा उल्लेख गरिएको छ ।, छेंग्दुकै डोंग-जिआवो शवदाह गृहको पार्किंगस्थल भरिभराउ भएको र दैनिक करिब दुई सय शवदाह गर्नु परेको त्यहाँका कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।, चीनबाट अमेरिका आउने यात्रुमाथि कडाई
सेतोपाटी संवाददाता बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। , बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा पुनरावेदनको मुद्दा परेको हो। , पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलको भनाइ छ। , गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए।, यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।, पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।, लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।, यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। , उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। , सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यति बेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, सन्दीप लामिछानेको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा
रासस मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ।, बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। , तेस्रो पटक मेलम्चीको पानी राजधानी आउनुअघि दैनिक २० देखि २५ किमी क्षेत्रमा पानी परीक्षण गर्ने गरिएको थियो।, लिमिटेडको पुरानो स्रोतबाट वितरण भएको पानीले त्यसबेला पानी वितरण गर्ने गरिएको थियो।, मेलम्चीको पानी आउन थालेपछि गत मंसिर तेस्रो सातादेखि भने दैनिक ६० देखि एक सय किमीसम्म पानी परीक्षण गर्ने गरिएको उनले बताए।, परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाले विद्युतका तार भूमिगत, ढल व्यवस्थापनलगायत प्रयोजनका लागि खन्दा पाइप पनि काटिएको अवस्थामा भेटिएको निर्देशनालयले जनाएको छ। , मेलम्चीको पानी आउन थालेपछि नयाँ वितरण सञ्जाल परीक्षणका लागि पानी पठाउँदा पाइप काटिएको थाहा पाइएको हो।, पाइप काटिएर पानी चुहावट भएको थाहा पाउने बित्तिकै मर्मत सम्भारका लागि समूह परिचालन गरिएको निर्देशनालयले जनाएको छ।, निर्देशनालयले सक्दो छिटो काटिएको पाइप मर्मत गरी पानी वितरण गर्ने व्यवस्था मिलाएको छ।, पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण
रासस कैलालीमा ट्र्याक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ। , गौरीगंगा नगरपालिका–५ मा ट्र्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, हिलोमा फसेको ट्र्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगंगा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो। , चौधरीलाई गाडीको बीचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए।, कैलालीमा ट्र्याक्टरले च्यापिएर चालकको मृत्यु
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। , बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसी थियो। न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो। , उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए। , गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन समेत आदेश दिएको छ।, बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।, लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेरसम्बन्धी विवाद भएपछि जिल्ला अदालतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।, यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ।, उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। , उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। , सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ। भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यति बेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीवार) परेको छ। , पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ। , गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए।, यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।, पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।, लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।, यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। , उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। ,  , सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यति बेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन पेसी आज
सेतोपाटी संवाददाता सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सब-इन्जिनियर उमेशकुमार दास, अधुरो रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरूद्ध मुद्दा दायर भएको हो। , कविलासी नगरपालिका-८ स्थित अधुरो रामजानकी मन्दिर निर्माणमा वास्तविक कामभन्दा बढी काम देखाएर गलत बिल बनाएर हिनामिना गरेको भन्‍ने अख्तियारमा उजुरी परेको थियो। , अनुसन्धान हुँदा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनेर नापी किताब मूल्यांकन गरी चढाएको पाइयो। ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदनमा पनि  फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्यांकन गराई भुक्तानी लिएको खुलेको हो। , त्यसरी उनीहरूले ९७ हजार ८४० रुपैयाँ बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको आरोप छ।, उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अतर्गत बिगो रकम जफत गरी यस बमोजिमको जरिवाना र कैद सजाय माग गरिएको छ।  , कविलासी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
सेतोपाटी संवाददाता राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम असार मसान्तसम्म नसके निर्माण कम्पनी कारबाहीमा पर्ने भएको छ।, मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले बागलुङ–अक्षते खण्ड अन्तर्गत तीन किलोमिटर सडक पुस मसान्तसम्म र थप १५ किलोमिटर सडक कालोपत्र असार महिनासम्म नगरे सम्झौता रद्द गरी कारबाही गर्ने भएको हो।, कार्यालय प्रमुख नारायणदत्त भण्डारीले ठेकेदार कम्पनीले पुस मसान्तसम्म तीन किलोमिटर सडक ग्राभेल, पाँच सय मिटर नाली निर्माण र अक्षते बिहुँ खण्डमा यातायातमा सहज हुने गरी मर्मत नगरे ठेक्का सम्झौता रद्द गर्ने निर्णय भएको बताए। , ठेकेदार सूर्य कन्स्ट्रक्सनका रामकाजी श्रेष्ठले लिखित प्रतिबद्धता जनाए।, ठेकेदार कम्पनीले पुस १५ गतेसम्म एक सय जना कामदार, एक/एक ग्रेडर/रोलर, पाँच वटा टिप्पर लगाएर काम गर्ने प्रतिबद्धता जनाएको छ।, ठेकेदार कम्पनीले जनाएको प्रतिबद्धता अनुसार काम नभए ठेक्का सम्झौता रद्द गरिने छ।, कार्यालय प्रमुख भण्डारीले प्रतिबद्धता जनाएको समयसम्म काम नगरेमा ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने बताए।, प्रतिबद्धता अनुसार काम गरेमा भने २०८० असार ५ गतेसम्मलाई म्याद रहने छ।, पटक–पटक म्याद थप गर्दासमेत अक्षते–बिहुँ खण्डको १२ किलोमिटर सडक कालोपत्र हुनसकेको छैन।, सडक कालोपत्र नहुँदा दैनिक सयौंको संख्यामा गुड्ने सवारी साधन र यात्रुले सास्ती भोग्न बाध्य भएका छन्।, आर्थिक वर्ष २०७२/७३ मा यस सडक कालोपत्रका लागि पेटी ठेक्काको रूपमा सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको थियो। केही समय अघि विभिन्न बहाना बनाउँदै ठेकेदार श्रेष्ठ फरार भएको बिहुँका स्थानीयवासीले बताएका थिए।,  , मध्यपहाडी लोकमार्गको काम असार मसान्तसम्म नसके निर्माण कम्पनी कारबाहीमा पर्ने
शरद् शर्मा/रासस तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ।, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउछन्। ‘युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ। खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ,’ उनले भने। , उनका अनुसार अहिले अस्पतालमा हृदयघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ। चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनाबजस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरेको उनको तर्क छ।, चुरोट र सुर्तीका अलवा हृदयघात वंशाणुगतका कारण पनि हुने गरेको चिकित्सकहरु बताउँछन्। चिकित्सकका अनुसार ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एकपटक तथा धूममान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एकपटक मुटुको जाँच गराउन आवश्यक हुन्छ।, खासगरी पुरूष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाब कारणले हृदयघात हुने गरेको पाइन्छ। , जाडोमा हृदयघात बढी, जाडोमा हर्माेनको कारणले पनि हृदयाघात हुनसक्छ। बिहान ८ बजेतिरको समयमा बढी हुने गर्दछ। शरीरमा हर्मोन बनिरहेका हुन्छन्। जाडो मौसममा बिहानको समयमा हर्मोनको सक्रियता धेरै हुनेगर्छ। , हर्मोनको सक्रियता धेरै हुँदा उच्च रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने हुन्छ। चिसो समयमा बेलामा मुटुको नशा साँघुरिएको छ भने मुटुको चाल बढ्दा मुटुलाई रगत पुग्दैन र त्यसलाई थाम्न नसक्दा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा दिपङ्कर प्रजापतिले बताए।, ‘हर्मोन सक्रिय हुँदा बिहानीपख उच्च रक्तचाप हुने, मुटुको चाल बढ्ने जस्ता कारणले मुटुको नशा साँधुरो छ भने मुटुको चाल बढेको बेला रगत पुग्दैन,’ उनले भने, ‘मुटु रोगीलाई बिहानको हिँडाइमा हृदयघात हुने सम्भावना बढी हुन्छ।’, यस्तै धेरैजसो आत्तिने, झगडा गर्ने बेला पनि मुटुको चाल र उच्च रक्तचाप भएर मानिसमा हृदयघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रिजापतिले जानकारी दिए। हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपने चिकित्सकहरुको सुझाव छ।  , व्यायाम गर्नेमा कम हृदयघात, नियमित व्यायाम गर्ने मान्छेमा भन्दा व्यायाम नगर्ने मान्छेमा हृदयघात हुने सम्भावना रहेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताए। उनका अनुसार सय जना व्यायाम गर्ने मान्छेमा एक जनालाई जीवनभर हृदयघात हुन्छ भने व्यायाम नगर्ने मानिसमा सय जनामा १० जनामा हृदयघात हुनसक्दछन्। , केन्द्रले ३ सय ४० जनामा गरेको अध्ययनमा हृदयघात भएका ८८ प्रतिशतलाई छाती दुखेको थाहा भएको र २४ प्रतिशतले रोग मुटुको हो भन्ने थाहा पाउने गरेको पाइएको छ। नेपालीहरु छाती दुखे भने ढिलो उपचारका लागि आउने गरेका उनले बताए। अध्ययनअनुसार ९२ प्रतिशत मानिस नजिकैको स्वास्थ्य चौकीमा पुगेको पाइन्छ। , लक्षण कसरी थाहा पाउने?, छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम ग¥यो भने कम हुन्छ। यस्तो हुनु भनेको नशा साँधुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ। , हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन। हृदयाघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो। त्यतिबेला दुखाई निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन। , दैनिक पाँच जना हृदयघातका बिरामी, केन्द्रका निर्देशक डा अधिकारीका अनुसार दैनिक सात सय जना बहिरङ्ग सेवामा मुटुका बिरामी आउने गर्दछन् भने आकस्मिक कक्षमा ५० भन्दा बढी मुटुका बिरामी आउने गर्दछन्। उनका अनुसार दैनिक पाँच जना हृदयघातका बिरामी अस्पतालमा आउने गरेका छन्। अस्पतालमा हृदयघातका बिरामी २४ घण्टाभन्दा पछि आउने गरेका छन्।, उनले जतिछिटो बिरामी अस्पतालमा आए त्यति नै मुटुको नशा खोलेर मांसपेशीमा रगत सञ्चालन गर्न सकिने बताए। हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने उनको भनाइ छ। , केन्द्रले हृदयघात भएका बिरामीलाई २४ घण्टा नै एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि)  गरेर बचाउने गर्दछ। हृदयघात भएर आएको एक घण्टाभित्रमा बिरामीको एन्जियोप्लाष्टी गर्न सकिन्छ। , एउटा एन्जियोप्लाष्टी गर्नेका लागि एक लाख ५० हजार खर्च लाग्ने गर्दछ। तर तिर्न नसक्ने गरिब असाहयका लागि केन्द्रले विगत दुई वर्षदेखि भने निःशुल्क एन्जियोप्लाष्टी गर्ने गरेको छ। हृदयघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि मुटु दुख्न थाल्दछ। मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्दछ। केन्द्रले प्राइमरी एन्जियोप्लाष्टी गरेका बिरामीलाई चार/पाँच दिनमै अस्पतालबाट घर पठाउने गरेको छ। , केन्द्रमा २४ घण्टा नै हृदयघात भएका बिरामीको प्राइमरी एन्जियोप्लाष्टिक गर्नका लागि १५ जना जनशक्तिसहित चार वटा शल्यक्रिया थ्रेयटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ। केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लाष्टिक गरेर हृदयघात भएका बिरामीलाई बचाउने गरेको उनले बताए। केन्द्रमा सन् २००६ देखि एन्जिप्लाष्टिक हुँदै आएको छ। , पहिलो पटक हृदयघात हुँदा १०० जनामध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुनेगर्दछ। हृदयघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ। विगत १० वर्षको तथ्याङ्क हेर्दा अस्वस्थ्य खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ। , गङ्गालालमा सन् २०१२ मा चार सय ९५ जनामा हृदयघात भएका थिए भने सन् २०१८ मा तीन गुणा बढेर एक हजार चार सय ६० पुगेको थियो। उनका अनुसार २०२० मा एक हजार छ सय ९८ र सन् २०२१ मा दुई हजार दुई सय ७३ जना अस्पतालमा भर्ना भएका छन्। विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयघात भएका बिरामी मात्र नै छन्।, तन्नेरीमा बढ्दो हृदयघातको समस्या
सेतोपाटी संवाददाता टेलिग्रामका च्याट ग्रुपमा अश्लिल भिडिओ हालेर आर्थिक लाभ लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , अश्लिल भिडिओ च्याट ग्रुपमा हालेर आर्थिक लाभ लिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक पुरूषलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए। , धादिङ थाक्रे गाउँपालिका-७ घर भई काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९ उमंगटोल बस्ने १८ वर्षीय रोजित आले मगरलाई पक्राउ गरिएको हो। उनलाई बिहीबार बूढानिलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। , उनले सामाजिक सञ्जालबाट प्रेमी-प्रेमिकाको बहाना बनाएर अश्लिल क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको भिडिओ तथा तस्बिरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने गरेको एसपी रायले बताए। , त्यसरी अभिलेख गरी टेलिग्राममा भएका विभिन्न च्याटग्रुपमा आर्थिक लाभका लागि उक्त भिडिओ तथा तस्बिरहरू प्रसारण गर्थे। , त्यसरी महिला तथा नाबालिकाहरूको चरित्रहत्या गर्ने, दु:ख हैरानी दिने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरीका अनुसार यसमा २०-२५ जनासम्म पीडित छन्। तर जाहेरी केहीको मात्रै आएको प्रहरीले जनाएको छ। , टेलिग्राममा अश्लिल भिडिओ हालेर आर्थिक लाभ लिएको आरोपमा एक पक्राउ
सेतोपाटी संवाददाता २०७९ जेठ १० गते एकाबिहानै बञ्चरेडाँडामा प्रहरीले घेरा हाल्यो।, त्यस दिन सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न लगेको थियो।, स्थानीयले आक्रोशित हुँदै ढुंगामुढा गरे। लाठी र बुट बर्सियो। कयौं राउन्ड अश्रुग्यास प्रहार गरियो। अन्ततः दर्जनभन्दा बढीलाई पक्राउ गरेर निर्माणसमेत पूरा नभएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न सुरू भयो।, यही क्रम भोलिपल्ट पनि दोहोरियो र झन्डै दुई दर्जन पकाउ परे।, तेस्रो दिनबाट भने बञ्चरेडाँडाका स्थानीय संगठित भए। उनीहरूले बाटो अवरोध गरेर फोहोर ओसार्ने ट्रक तथा टिपरलाई बञ्चरेडाँडासम्म पुग्न दिएनन्। गाउँका युवाहरू डाँडा माथि–माथि उक्लेर सडकमा तैनाथ प्रहरीमाथि ढुंगा बर्साए। प्रहरीले पनि घर–घर घुसेर धरपकड गर्‍यो।, स्थानीय र सरकारबीचको यो विवादले तीन महिनाभन्दा बढी काठमाडौंको फोहोर उठेन।, त्यतिखेर बञ्चरेडाँडाका स्थानीय बासिन्दाले मुख्यतः दुईवटा कुरा उठाएका थिए —, पहिलो, सरकारले बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गर्न करिब १७ सय रोपनी जग्गा अधिग्रहण गरेको छ, तर यति क्षेत्रफलले व्यवस्थित डम्पिङ साइट धान्न सक्दैन। त्यसैले डम्पिङ साइट बनाउने भनेर तोकिएको जमिनको केन्द्रबाट २ हजार ५ सय मिटरसम्मको क्षेत्रफललाई बफर-जोन बनाउनुपर्ने र यस निम्ति ३ हजार ५ सयदेखि ४ हजार रोपनी जग्गा अधिग्रहण गरियोस् भन्ने स्थानीयको माग थियो।, फोहोर फाल्न थालेपछि वरपरका क्षेत्रमा बसोबास र खेतीपाती गर्न नमिल्ने हुँदा त्यहाँका जग्गा स्थानीयलाई कुनै कामको नहुने र सरकारले क्षतिपूर्ति दिएर उक्त जग्गा अधिग्रहण गर्नुपर्ने उनीहरूले बताएका थिए।, दोस्रो, सिसडोलमा जम्मा भएको फोहोरको डुंगुर व्यवस्थापन गरेपछि मात्र बञ्चरेडाँडाको साइट सञ्चालनमा ल्याउने भनेर सरकारले भन्दै आएको थियो। यसका लागि सिसडोलको फोहोर माटोले छोपेर पार्क बनाउने वा फोहोर कुहाएर कम्पोष्ट मल बनाउने लगायत थुप्रै योजना प्रस्ताव गरिएका थिए।, यसविपरीत १७ वर्षदेखि सिसडोलमा थुप्रिएको फोहोरको पहाड जस्ताको तस्तै राखेर बञ्चरेडाँडा आयोजना सञ्चालन गरिएकोमा स्थानीयको विरोध थियो।, यही विरोधका कारण लामो समय फोहोर फाल्न अवरोध भएपछि सहरी विकास मन्त्रालयले स्थानीयका माग पूरा गर्न सहमति जनाउँदै सम्झौता गर्‍यो।, सरकार र बञ्चरेडाँडा संघर्ष समितिबीच सम्झौता भएको सात महिना बितिसकेको छ। यसबीच सम्झौता कार्यान्वयन कहाँ पुग्यो? त्यतिखेर लगभग ८० प्रतिशत काम सकिएको बञ्चरेडाँडा आयोजनाको अहिलेको अवस्था के छ? काठमाडौं महानगरपालिकाले त्यहाँ व्यवस्थित ढंगले फोहोर फाल्दैछ कि सिसडोलकै पारा छ?, यिनै प्रश्न लिएर हामीले बञ्चरेडाँडा ल्यान्डफिल साइटका आयोजना प्रमुख रवीन्द्र बोहरासँग कुरा गरेका छौं।, सबभन्दा पहिला चर्चा गरौं, सरकार र संघर्ष समितिबीच भएको सम्झौताको।, बोहराका अनुसार बञ्चरेडाँडा आयोजनाबाट जनजीवनमा पर्ने प्रभाव सम्बोधन गर्न सहरी विकास मन्त्रालयले वातावरणीय प्रभावसम्बन्धी अध्ययन गराएको थियो। अध्ययन समितिले केही दिनअघि आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ।, उक्त प्रतिवेदनले बञ्चरेडाँडामा जम्मा हुने फोहोरबाट स्थानीयको स्वास्थ्य र जनजीवनमा प्रतिकूल असर नपरोस् भनेर थप जग्गा अधिग्रहण गर्न सिफारिस गरेको छ। कति जग्गा अधिग्रहण गर्नुपर्छ भन्ने यकिन गर्न पूरक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने अध्ययन समितिले भनेको छ।, अध्ययन प्रतिवेदनले मुख्य गरी तीन कारणले पूरक वातावरणीय प्रभाव मूल्यांकनको आवश्यकता देखाएको छ —, पहिलो, आयोजनाका कारण दुर्गन्ध, प्रदूषण लगायतका नकारात्मक प्रभाव धेरै टाढासम्म फैलिएको छ। त्यही भएर यहाँका जनताले थप जग्गा अधिग्रहणको माग राखेर आन्दोलन गर्दै आएका छन्।, दोस्रो, ल्यान्डफिल साइट वरिपरि अधिग्रहण गरिएको अधिकांश जग्गा भिरालो छ। त्यहाँ थप पूर्वाधार निर्माण गर्न सकिँदैन। सरकारले यो आयोजना व्यवस्थित ढंगमा सञ्चालन गर्न कुहिने र नकुहिने फोहोर छुट्टयाउने, प्रशोधन गर्ने, कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने, फोहोरबाट निस्कने ग्यास संकलन गरेर ऊर्जा उत्पादन गर्ने लगायत पूर्वाधार बनाउने भन्दै आएको छ।, तेस्रो, यो आयोजना दीर्घकालीन रूपमा सञ्चालन गर्ने हो भने हरेक दिन फोहोर फालेपछि माटोले छोप्नुपर्छ। यसका लागि आयोजना वरिपरि नै माटोको स्रोत उपलब्ध हुनु आवश्यक छ। अहिले त्यस्तो स्रोत नभएकाले थप जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ।, ‘बञ्चरेडाँडाका स्थानीयले जे जे कुरा उठाएर थप जग्गा अधिग्रहणको माग राखेका थिए, त्यो सही थियो भन्ने अध्ययन समितिको प्रतिवेदनबाट पुष्टि भएको छ,’ आयोजना प्रमुख बोहराले भने, ‘त्यसैले, थप कति जग्गा अधिग्रहण गर्नुपर्छ र बञ्चरेडाँडा आयोजनाका अन्य वातावरणीय समस्या सम्बोधन गर्न के कस्ता उपाय अपनाउनुपर्छ भनेर पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्ने भएका छौं। यसका लागि प्रक्रिया अघि बढाउन वन मन्त्रालयलाई प्रस्ताव पठाउँदैछौं।’, वन मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि पूरक वातावरणीय प्रभाव मूल्यांकन अघि बढ्ने र त्यसकै आधारमा आयोजना वरिपरि कति दुरीसम्म कति क्षेत्रफल जग्गा अधिग्रहण गर्नुपर्छ भन्ने तय हुने उनले बताए।, बञ्चरेडाँडा वरिपरिको हावा, पानी र माटोमा फोहोरले पार्न सक्ने प्रभाव अध्ययन गर्नुका साथै त्यहाँ बसोबास गर्ने मान्छेदेखि वस्तुभाउ र बालीनालीमा नकारात्मक असर नपरोस् भनेर पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न खोजेको बोहराले उल्लेख गरे।, त्यस्तै, सिसडोलमा १७ वर्षदेखि जम्मा भएको फोहोरको पहाड व्यवस्थापन गर्न के उपाय अपनाउने भनेर सहरी विकास मन्त्रालयले विकल्पको पनि खोजी सुरू गरेको छ। यसका लागि प्रस्ताव आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिएको बोहराले जानकारी दिए।, उनका अनुसार सिसडोलमा ६५ मिटर अग्लो फोहोरको पहाड छ। त्यसको माथिल्लो भागबाट पानीका मूल फोहोरको थुप्रोमा छिरेर दूषित पानी (लिचड) का रूपमा बाहिर आइरहेको छ। त्यही लिचड कोल्फू खोलामा मिसिएको छ।, ‘सबभन्दा पहिला त हामीले सिसडोलको फोहोरबाट निस्कने लिचड खोलामा मिसिन दिनुभएन। पहिला लिचड जम्मा गर्न पोखरी बनाइएको थियो, त्यो जम्मै पुरियो। अब फेरि पोखरी बनाउनुपर्ने हुनसक्छ,’ उनले भने, ‘फोहोरको रासभित्र थुप्रिएको ग्यास निष्कासन गर्न पाइपहरू घुसाउनुपर्ने हुनसक्छ।’, त्यसपछि दीर्घकालीन फोहोर व्यवस्थापन गर्न माटो ओछ्याउने, रूखबिरूवा रोप्ने र पार्कमा परिणत गर्ने विकल्प हुन सक्छन्। ‘कुन विधिमा जाने र त्यसको निम्ति कति पैसा लाग्छ भनेर प्रस्ताव आह्वान गरेका छौं,’ उनले भने, ‘उपयुक्त प्रस्ताव छानेर विस्तृत योजना बनाउन आह्वान गर्छौं।’, ‘हरियाली पार्क बनाउने एउटा विकल्प हुनसक्छ। धनकुटाको डम्पिङ साइटमा बगैंचा बनाएको छ तर त्यो सानो स्तरको डम्पिङ साइट हो, फोहोर पनि थोरै थियो। सिसडोलमा लगभग ५० लाख टन फोहोर थुप्रिएको छ,’ उनले भने, ‘हामीले यति ठूलो परिमाणको फोहोर व्यवस्थापन गर्न लागेको पहिलोपटक हो। त्यसैले कसरी गर्ने भन्ने हामी सबैको निम्ति नयाँ र चुनौतीको कुरा हो।’, डम्पिङ साइट व्यवस्थापन गर्ने विधिबारे अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न विभिन्न देशका सरोकारवालासँग छलफल पनि भइरहेको उनले बताए।, उनका अनुसार सिसडोललाई पुरानै अवस्थामा फर्काउन सहरी विकास मन्त्रालयसँग ५ करोड र काठमाडौं महानगरसँग १० करोड रूपैयाँ बजेट छ।, ‘बञ्चरेडाँडामा थप जग्गा अधिग्रहण र सिसडोलको व्यवस्थापनपछि त्यहाँका जनताले राख्दै आएका माग सम्बोधन हुनेछन्। त्यसपछि उनीहरूले फेरि अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन भन्ने लाग्छ,’ उनले भने।, अब हामी बञ्चरेडाँडा आयोजनाको अहिलेको अवस्था र त्यहाँ कसरी फोहोर फालिँदैछ भन्ने कुरा गरौं।, आयोजना प्रमुख बोहराका अनुसार बञ्चरेडाँडा आयोजनाको निर्माण पूरा भइसकेको छ। यो महिनाको अन्तिमसम्म काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। यसअघि गत वैशाखमा सहरी विकास मन्त्रालयले यसको एउटा खण्ड पूरा गरेर फोहोर फाल्न अनुमति दिएको थियो।, तर बञ्चरेडाँडामा फोहोर फाल्दा कार्यविधिअनुसार काम नभएको बोहराले बताएका छन्।, ‘डम्पिङ साइट र स्यानिटरी ल्यान्डफिल साइटमा केही आधारभूत भिन्नता छन्,’ उनले भने, ‘डम्पिङ साइट भनेको सहरको बस्ती, टोल वा चोकबाट फोहोर उठाएर कुनै ठाउँमा सिधै फाल्ने हो। अधिकांश नगरपालिकाले यही गर्दै आएका छन्। बञ्चरेडाँडामा हामीले एक अर्ब लगानी गरेर स्यानिटरी ल्यान्डफिल साइट बनाएका हौं, डम्पिङ साइट होइन।’, उनका अनुसार स्यानिटरी ल्यान्डफिल साइट भन्नेबित्तिकै त्यसमा फोहोर फाल्ने विधि हुन्छ। फोहोरबाट निस्कने दूषित पानी (लिचड) संकलनका लागि प्वालहरू भएको पाइप भुइँमा बिछ्याइन्छ। लिचड जम्मा गर्न तल पोखरीजस्तो संकलन केन्द्र बनाइन्छ र त्यसलाई फेरि पाइपमार्फत् फोहोरमै पठाइन्छ। यसले लिचडलाई खोलामा मिसिन दिँदैन। फोहोर कुहाउन पनि मद्दत गर्छ।, फोहोरको थुप्रोबाट उत्पन्न हुने मिथेन लगायत ग्यास भित्रभित्रै गुम्सिएर विष्फोटन नहोस् भनेर ग्यास निष्कासन गर्न पाइप राखिएको हुन्छ। बञ्चरेडाँडामा यस्तो पाइप २०–२० मिटरको फरकमा राखिएको उनले जानकारी दिए।, त्यस्तै, फोहोरबाट निस्कने दूषित पानी भूमिगत जलस्रोतमा नमिसियोस् भनेर भुइँमा जिओ–मेम्ब्रेन बिछ्याइएको छ।, यसरी निर्माण गरिएको ल्यान्डफिल साइटमा फोहोर फाल्ने कार्यविधि मन्त्रालयले तयार पारेको छ। कार्यविधिअनुसार ट्रक वा टिपरबाट फोहोर खसालेपछि डोजरले सबैतिर फिँजाउँछ। त्यसपछि रोलेरले पटकपटक पेलेर फोहोरको तहलाई ५० सेन्टिमिटर उचाइसम्म कायम गरिन्छ। त्यसको माथि ६ इन्च माटोले छोपिन्छ। माटोले छोपेपछि फोहोरको दुर्गन्ध बाहिर जाँदैन। फोहोर छिटो कुहाउन पनि मद्दत गर्छ। यसरी माटोले पुर्ने काम हरेक दिन हुनुपर्छ।, अहिले कार्यविधिअनुसार फोहोर विसर्जन नभएको बताउँदै बोहराले भने, ‘काठमाडौं महानगरले बञ्चरेडाँडामा जसरी फोहोर फालिरहेको छ, त्यो कार्यविधिअनुसार छैन। यहाँ सिसडोलमा जस्तै फोहोर थुपार्ने काम मात्र भइरहेको छ।’, उनका अनुसार फोहोर खसालेपछि त्यसलाई सबैतिर फिँजाउने र रोलरले पेल्ने काम भएको छैन। माटोले पुर्ने काम पनि राम्ररी भएको छैन। कार्यविधिअनुसार फोहोरको थुप्रोमाथि ६ इन्च माटोको तह कायम गर्न हरेक दिन ४० ट्रिपजति माटो हाल्नुपर्छ। जबकि, यहाँ चार–पाँच ट्रिपभन्दा बढी हालिएको छैन।, ‘हामीले किन नहालेको भनेर सोध्दा माटो नै पाइएन भन्ने जवाफ आउँछ। माटो लिन मन्त्रालयले जग्गा दिएको छैन भनिन्छ,’ उनले भने, ‘महानगरले चाहेको भए माटो खोज्नु ठूलो कुरा थिएन। कुनै सम्म परेको ठाउँ वा पहिरो नजाने ठाउँबाट ल्याउन सकिन्थ्यो। त्यो पनि हामीलाई नै व्यवस्थापन गरिदे भन्नु अलि ठिक भएन। यो त महानगरले सानो जिम्मेवारी पनि पन्छाएजस्तो भयो।’, बञ्चरेडाँडामा जम्मा भएको फोहोर माटोले नछोप्दा करिब दुई किलोमिटर दुरीसम्म दुर्गन्ध फैलिएको र चराचुरूंगीले पनि फोहोर लिएर गाउँगाउँ डुल्ने अवस्था आएको उनले बताए।, ‘महानगरले राम्ररी फोहोर व्यवस्थापन गरेन भनेर हामीकहाँ दिनहुँ उजुरी आइरहेका छन्,’ उनले भने, ‘हामीले यसबारे महानगरलाई पटकपटक पत्राचार गरेका छौं, तर उनीहरूले कुनै चासो दिएका छैनन्।’, मन्त्रीको संयोजकत्वमा हुने बैठकमा पनि छलफल भएको तर महानगरले गम्भीरता नदेखाएको उनले बताए।, बञ्चरेडाँडा आयोजनालाई स्यानिटरी ल्यान्डफिल साइटको अवधारणाअनुरूप कार्यान्वयन गर्न र त्यहाँका स्थानीय फेरि आन्दोलन गर्न बाध्य नहोऊन् भनेर महानगरबाट फोहोर व्यवस्थापन कार्यविधि पालना होस् भन्ने अपेक्षा गरेको उनले बताए।, यसबीच बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले लापरबाहीपूर्वक भइरहेको फोहोर विसर्जनमा सुधार नभए फेरि आन्दोलन गर्न बाध्य हुनुपर्ने बताएका छन्।, 'फोहोर खसालेपछि माटोले राम्ररी छोप्ने भनिएकोमा झारा टार्ने काम मात्र भइरहेको छ। फोहोरबाट निस्कने दूषित पानीको व्यवस्थापन भएको छैन। कुहिने र नकुहिने फोहोर छुट्टयाउने कार्य पनि अहिलेसम्म सुरू गरिएको छैन,' उनले भने, 'जुन ढंगले बञ्चरेडाँडामा फोहोर विसर्जन भइरहेको छ, त्यसले बञ्चरे पनि सिसडोलकै बाटोमा जाँदैछ।', उनले अगाडि भने, 'यसलाई तुरून्त बन्द गरिएन भने हामी फेरि आन्दोलन गर्न बाध्य हुनेछौं।', पूरक वातावरणीय प्रभाव मूल्यांकनका सम्बन्धमा अध्ययन समितिले दिएको प्रतिवेदनबारे भने उनले अध्ययन गर्न बाँकी रहेको बताए।, 'समितिले प्रतिवेदन दिइसक्यो भन्ने जानकारीमा आएको छ। तर हामीले पढ्न पाएका छैनौं,' उनले भने, 'अध्ययनपछि छलफल गरेर थप निर्णय गर्नेछौं।', 'बञ्चरेडाँडामा लापरबाही हुँदैछ, फेरि आन्दोलन गर्नुपर्ने स्थिति नआओस्'
सविता बुढा धनगढी उपमहानगरपालिका–१, मनकापुर सुकुम्बासी शिविरकी बासिन्दा ७४ वर्षीया बाजी थारू बिरामी परिरहन्छिन्। उनका श्रीमान धनीराम पनि वृद्ध भए। बाजी बिरामी पर्दा अस्पताल लैजाने र हेरचाह गर्ने काम धानीरामकै हो। छोराहरू शिविरबाहिर बस्छन्। आमाबाबुसँग बस्न मिल्ने गरी जमिन छैन।, बाजी र धनीराम धेरै वर्ष कमैया बसे। मुक्त भएपछि सुकुम्बासी शिविरमा पुगे।, २०६४ सालदेखि शिविरमा बस्दै आएका उनीहरूले दुई धुर जति ऐलानी जमिनमा सानो घर बनाएका छन्। जंगल फाडेर बासको व्यवस्था गरेका हुन्।, कमाउने सक्रिय उमेरमा कमैया बसे। सरकारले कमैयामुक्ति घोषणा गरेपछि ज्यालामजदुरी गरे।, बुढेसकालमा मजदुरी गर्न छुटेको बाजीको भनाइ छ। अहिले उनीहरूको गर्जो टार्ने उपाय सरकारले दिने वृद्धभत्ता हो।, धनीराम भन्छन्, ‘बिमारी भइदियो भने अस्पताल लगिदिने, दबाइ लिन जाने मान्छे छैन। खान त सरकारले दिएकोले पुगेको छ।’, बाजीको छाती दुख्ने समस्या छ। हातगोडा पनि दुख्छन्। चक्कर लाग्छ। बिमारी परिरहन्छिन्। यस्तो बेला सबै काम धनीरामले गर्नुपर्छ।, सेती प्रादेशिक अस्पताल नजिकै छ। नजिकै भएरमात्र के गर्नु पालो पाउन धेरैबेर लाइनमा उभिनु पर्छ। उनीहरू यसो गर्न सक्दैनन्। छिटो हुन निजी अस्पताल जानुपर्छ।, धनीरामका अनुसार निजी अस्पतालमा सबभन्दा पहिला पाँच सय रुपैयाँको पुर्जी काट्नुपर्छ। उनीहरूका लागि यो रकम सानो होइन।, सरकारबाट पाउने भत्ताले खान पुगे पनि भइपरी आउने खर्च टर्दैन। धनीराम बजार र खोलाकिनार डुलेर प्लास्टिकका बोतल जम्मा गर्छन्।, यसबाट जम्मा भएको पैसाले अस्पताल जान र दबाइ किन्न मद्दत हुन्छ।, हालैको कुरा हो, बाजी अस्पताल जानुपर्ने भयो। समस्या उही हो; सरकारी अस्पतालमा लामो लाइन, निजीमा पैसा खर्च।, धनीराम भन्छन्, ‘अस्पताल भनेरमात्रै हुँदैन। कुन कोठामा, कता जानु पर्छ भन्ने पनि थाहा हुँदैन। एक्लै आउजाउ गर्न पनि अप्ठ्यारो हुन्छ, उपचार गर्न पैसा हुँदैन।’, एक दिन टोलका भलमन्साले आजकाल गाउँमै डाक्टर आएका छन्, वडामै बिरामी जाँँच्छन्, त्यहीँ जानू भने।, भलमन्सा थारू समुदायमा गाउँटोलका नाइके हुन्। क्लिनिक वडा स्वास्थ्य कार्यालयमा लाग्दो रहेछ।, क्लिनिकमा स्त्रीरोग र गर्भसम्बन्धी विशेषज्ञ चिकित्सकले परीक्षण गर्छन्। फिजिसियन चिकित्सकले परीक्षण गर्छन्। आँखा परीक्षण पनि हुन्छ।  , भिडिओ एक्स रे र मुटुको इसिजी पनि हुन्छ। रगतको जाँच पनि हुन्छ। बिरामीले धेरै औषधि निःशुल्क पाउँछन्। भलमन्साले भनेपछि धनीराम र बाजी पनि क्लिनिकमा गए। चाँडै पालो आयो। फिजिसियन डाक्टरले जाँच गरे।, बाजीको रक्तचाप निकै बढेको रहेछ। यसअघि कहिल्यै पनि उनको रक्तचाप नापिएको रहेनछ।, डाक्टरले इसिजी गर्न पठाए। रिपोर्ट हेरे। उच्च रक्तचापका कारणले चक्कर लाग्ने र शरीर दुख्ने भएको बताए। औषधि लेखिदिए। खानपिनमा ध्यान दिनुपर्ने कुरा पनि सम्झाए।, दुबै जनाले आँखाको परीक्षण पनि गराए।, बाजी र धनीरामले डाक्टरले लेखिदिएका औषधि पैसाबिनै पाए।, सबै जाँच सकेर औषधि लिएपछि बाजीले भनिन्, ‘डाक्टरले सबै जाँचेर औषधि दिएका छन्। भिटामिन दिएका छन्। फेरि आउनू भनेका छन्।’, पैसा खर्च नभई सबै जाँच भयो। औषधि पनि मिल्यो। औषधि खाएपछि निको हुन्छ भन्ने उनीहरूको विश्वास छ। अर्कोपल्ट पनि जँचाउन आउने भएका छन्।, धनगढी उपमहानगरले वडामा महिनाको एक दिन यस्तो क्लिनिक चलाउन थालेको पाँच महिना भयो। उपमहानगरले यस्तो एक दिने क्लिनिकलाई ‘विशेषज्ञ वडा क्लिनिक’ नाम दिएको छ।, खासगरी उपमहानगरले यस्तो क्लिनिक ग्रामीण क्षेत्रमा चलाउने गरेको छ। क्लिनिकमा ज्येष्ठ नागरिक र उपचारमा खर्च गर्न नसक्नेहरूले प्राथमिकता पाउँछन्।, वडावासीहरूले एकदिनकै भए पनि क्लिनिकलाई गाउँमै अस्पताल आएको रूपमा बुझेका छन्।, आँखा जँचाउन आएकी विष्णु धामीले जाँच गराउँदा पैसा खर्च नभएको र औषधि पनि पाएको बताइन्।, उनले भनिन्, ‘यो शिविर (क्लिनिक) ले पैसा नहुनेलाई फाइदा भएको छ। अस्पतालमा जस्तो पाँच सयको पर्ची काट्नु पर्दैन।’, वडा नम्बर एककी कलशी आउजीले वडामा लाग्ने क्लिनिकमा दुई पटक आँखा जँचाएर औषधि लिएको बताइन्।, उनले भनिन्, ‘दुई पटक जँचाए, औषधि पनि पाएँ। डाक्टरले एउटा आँखाको अप्रेसन गर्नुपर्छ भनेका छन्। पैसा लाग्छ अरे, अहिले पैसा छैन।’, वडा नम्बर दुईकी गुलिया चौधरीले पनि वडाको क्लिनिकमा पैसा नतिरी जँचाउन पाउँदा खुसी लागेको बताइन्।, उनले भनिन्, ‘मैले यही शिविरमा दुई पटक जाँच गराएँ, आँखा पनि जचाएँ। अब अर्को पल्ट शिविर आउँदा पनि जचाउँछु।’, वडा नम्बर दुईको स्वास्थ्य सेवा एकाइकी अहेव (असिस्टेन्ट हेल्थ वर्कर) जयकला रावलले स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने ग्रामीण बासिन्दाका लागि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य क्लिनिक सञ्चालन हुने गरेको बताइन्।, उनले भनिन्, ‘स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने र पैसा नभएर रोग पालेर बसेका मान्छेका लागि विशेषज्ञ डाक्टर सहितको क्लिनिक चलाइएको हो। यसबाट धेरैलाई लाभ पुगेको छ।’, उपमहानगरले विशेषज्ञसहितको वडा स्वास्थ्य क्लिनिकलाई ‘आमा बचाउ अभियान’ को अंग पनि मानेको छ।, ‘आमा बचाउ अभियान’ ले उपमहानगरका सबै वडाका सुत्केरी र गर्भवतीलाई अस्पताल आउन–जान निःशुल्क सेवा दिन्छ।, ‘विशेषज्ञ वडा क्लिनिक’ का संयोजक योगेश अवस्थीका अनुसार क्लिनिकमा निकै जटिल रोगको पनि परीक्षण हुन्छ।, क्लिनिकमा अल्ट्रासाउन्ड (भिडियो एक्स रे), इसिजी र रगत चेकजाँच सेवा उपलब्ध हुने उनले बताए। जटिल समस्या देखिए उपचारका लागि सल्लाह दिने गरिएको छ।, पाँच महिनामा ‘विशेषज्ञ वडा क्लिनिक’ बाट १५ हजार ८५ जनाले सेवा लिएको उपमहानगरको अभिलेख छ। अवस्थीका अनुसार क्लिनिकमा नसर्ने रोग, स्त्रीरोग, आँखा, दाँत र अन्य परीक्षण हुन्छ।, यस्तो क्लिनिक वडाहरूमा पालैपालो गरी एक महिनामा १९ दिन चल्छ। क्लिनिकमा एकजना जनरल फिजिसियन, एकजना गाइनोलोजिस्ट र एक जना हार्डजोर्नी विशेषज्ञ रहन्छन्।, आवश्यकता अनुसार कहिलेकाहीँ अन्य चिकित्सक पनि आउँछन्।  , संयोजक अवस्थीका अनुसार नेपाल सरकारले निःशुल्क दिनेसँगै थप १८ किसिमका औषधि क्लिनिकले दिन्छ। उनले क्लिनिकमा विशेषज्ञ चिकित्सक थप्ने तयारी भइरहेको पनि बताए।, गत वैशाखामा भएको स्थानीय तहको चुनावबाट आएका जनप्रतिनिधिको टिमले ‘विशेषज्ञ वडा क्लिनिक’ सुरू गरेको हो।, उपमहानगरका मेयर गोपाल हमालले सुविधामा पाएको सरकारी गाडी यही क्लिनिकका लागि दिएका छन्, इन्धन खर्च पनि आफैं व्यहोर्छन्।, उनी निजी गाडी चढ्छन्।, संयोजक अवस्थीका अनुसार क्लिनिकमा तीन जना डाक्टर, एक जना ल्याब प्राविधिक, एक जना इसिजी प्राविधिक, कर्मचारी र चालक सहितको टिम हुन्छ।, क्लिनिकका लागि चाहिने कर्मचारी उपमहानगरले दिन्छ।, उपमहानगरले क्लिनिक चलाउन एक वर्षका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको छ। चिकित्सकको पारिश्रमिक पाँच वर्षसम्म भाटभटेनी सुपर मार्केटले व्यहोर्ने सम्झौता भएको छ।, वडा नम्बर सात, देवरीयाका बासिन्दा दामोदर साहुले उपमहानगरले वडा क्लिनिक सुरू गरेपछि सजिलो भएको बताए।, उनले भने, ‘मेयर सक्षम मान्छे हुनुहुँदो रहेछ। जनताले निःशुल्क स्वास्थ्य सेवा पाएका छन्। आफूले पाएको गाडी जनताको सेवामा दिनुभएको छ।’, वडा नम्बर १५ का बासिन्दा छोटेलाल चौधरीले उपमहानगरले सात महिनामा राम्रा काम धेरै गरेको बताए।, उनले भने, ‘मेयरसाबले स्वास्थ्य र शिक्षाको ग्यारेन्टी लिन्छु भन्नुभएको छ। स्वास्थ्य शिविर आएपछि धेरै राम्रो भएको छ।’, वडा नम्बर आठकी बासिन्दा जानकी रानाले उपमहानगरमा यसअघि नभएका धेरै नयाँ काम हुने आशा लागेको बताइन्।, हालका मेयर गोपाल हमाल स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए।, 'विशेषज्ञ वडा क्लिनिक' जहाँ अस्पतालमा जस्तो पाँच सयको पर्ची काट्नु पर्दैन!
सेतोपाटी संवाददाता महोत्तरीमा एक युवकको शव फेला परेको छ।, पिपरा गाउँपालिका-५ चाँदनी चोकस्थित जनकपुर जलेश्वर सडक खण्डको उत्तरतर्फ कल्भटमा जमेको पानीमा आइतबार बिहान एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईका अनुसार स्थानीयले शव देखेपछि बिहान साढे ६ बजेतिर प्रहरीलाई खबर गरेका थिए।, मृतकको पहिचान खुलेको छैन। , ‘मृतक २५/३० वर्षको तराई मुलको जस्तो देखिन्छ। उनको कपाल छोटो काटेको छ, हातमा सेतो बाला लगाएका छन्, कालो फुल जिन्सको पाइन्ट र पहेलो रङको टि-सर्ट लगाएका छन्,' प्रहरीले परिपत्र गरेको हुलिया विवरणमा उल्लेख छ। , शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल जलेश्‍वर पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए।, महोत्तरीमा एक युवकको शव फेला
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। , प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो।, सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।, उनलाई हिरासतमा लिने/ नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग हुने पनि उनले बताए। , ‘आजदेखि उहाँ निलम्बनमा पर्नुभयो। उहाँलाई हिरासतमा लिने/नलिने अनुसन्धान अधिकृतमा भर पर्छ,’ उनले भने। , यसमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अनुसन्धान गर्ने उनले बताए। , ‘अनुसन्धान अस्ति नै देखि सुरू भइसकेको हो। निलम्बन गरेसँगै अब थप अनुसन्‍धान अघि बढ्छ,’ उनले भने।, प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले नियन्त्रणमा लिएको डिआइजी राईले बताए। , जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले निलम्बन गरेको पत्र आएपछि प्रहरी प्रधान कार्यालयले निर्देशन दिए हिरासतमा लिने बताए।, सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो।  , उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।  , गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। , व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। , जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएका केसी सोमबार रमाना लिएर जाने तयारीमा थिए। , उनी करिब १३ महिनाअघि बुटवल आएका थिए।, बुटवलका डिएसपी केसी निलम्बित
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिकाले चितवनका १२ विद्यालयका ९८६ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ।, चिसो बढेसँगै विपन्न समुदायका बालबालिकाहरू विद्यालय जान नसकेपछि महानगरले न्यानो कपडा वितरण गरेको हो। , बिहीबार पश्चिम चितवनको आधारभूत विद्यालय सिसाबास, जमानसिंह आधारभूत विद्यालय र आधारभूत विद्यालय खयरघारीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई मेयर रेनु दाहालले कपडा वितरण गरेकी हुन्।, महानगरले अन्य ९ वटा विद्यालयमा पनि न्यानो कपडा पठाएको छ। बालबालिकालाई ट्र्याक, सुट र टोपी वितरण गरिएको हो। , मेयर दाहालले गत तीन वर्षदेखि जाडोयाममा नियमितरूपमा न्यानो कपडा वितरण गर्ने गरेको बताइन्।, ‘वडा नम्बर २८ र नारायणी नदीसँग जोडिएका पश्चिम चितवनका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिएका छ,’ उनले भनिन्, ‘बालबालिकालाई नियमितरूपमा विद्यालय जाने वातावरण बनाउन महानगरले छात्रवृत्ती, साइकल वितरणजस्ता कार्यक्रमहरू गर्दै आएको छ।’, महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बालबालिकासँग मेयर कार्यक्रमअन्तर्गत यस वर्ष १७ वटा विद्यालयका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको बताए।, उनले पहिलो चरणमा ९८७ जना बालबालिकालाई कपडा वितरण गर्न १५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिए।, ‘यो कार्यक्रम सञ्चालनमा आएपछि अहिलेसम्म महानगरपालिकाले ५० वटा विद्यालयमा पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिसकेको छ,’ पौडेलले भने, ‘यसले विपन्न समुदायका बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गरेको छ।’ , बालबालिकासँग मेयर कार्यक्रमअन्तर्गत महानगरले विपन्न समुदायका बालबालिकालाई वार्षिक तीन हजार रुपैयाँ छात्रवृत्ती प्रदान गर्दै आएको उनले बताए। सोही कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल वितरण गरिएको उनले बताए। , ‘संघीय सरकारले विपन्न विद्यार्थी छनोट गरेर पाँच सय रुपैयाँ भत्ता दिन्छ, महानगरले त्यसमा तीन हजार रुपैयाँ थपिदिने गरेको छ। विद्यालय जान सजिलो होस् भनेर गत दुई वर्षमा ६ सय जना छात्राहरूलाई साइकल वितरण गरिएको छ, त्यो कार्यक्रमले यस वर्षपनि निरन्तरता पाउनेछ,’ पौडेलले भने।, चिसो बढेसँगै भरतपुर महानगरले बाँड्यो विपन्न समुदायका बालबालिकालाई न्यानो लुगा
सेतोपाटी संवाददाता गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। , मंगलबार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। , त्यस निर्देशन अनुसार बिहीबार साँझ ५ बजेसम्म १९४ जना सुरक्षाकर्मी फिर्ता भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। , फिर्ता भएकामध्ये नेपाल प्रहरीका १०३ जना छन्। यता सशस्त्र प्रहरी बलका ९१ जना फिर्ता भएका हुन्। , फिर्ता भएका सुरक्षाकर्मीहरू सबे  केन्द्रका हुन्। जिल्‍लाबाट सबै अपडेट आइनसकेको प्रवक्‍ता फणिन्द्रमणि पोखरेलले बताए।, ‘यो केन्द्रबाट साँझ ५ बजेसम्ममा आएको रिपोर्ट अनुसार हो। यसबाहेक जिल्लागत रूपमा सबै डिटेल्स आइसकेको छैन। त्यहाँ पनि सुरक्षाकर्मी फिर्ता गर्न भनेर निर्देशन दिइएको छ,’ उनले भने। ,  , कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता
एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ। , स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३:३० बजे निधन भएको हो।, आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको बताएका छन्।, 'भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य... आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा समावेश छ, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवन’, उनले अगाडि लेखेका छन्, ‘उहाँको सयौं जन्मदिनमा भेट्दा उहाँले एउटा कुरा भन्नुभएको थियो, जुन म सधैं सम्झन्छु– बुद्धिमानीपूर्वक काम गर र पवित्रताका साथ जीवन बिताउने गर।, यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए।, शानदार शताब्दी का ईश्वर चरणों में विराम... मां में मैंने हमेशा उस त्रिमूर्ति की अनुभूति की है, जिसमें एक तपस्वी की यात्रा, निष्काम कर्मयोगी का प्रतीक और मूल्यों के प्रति प्रतिबद्ध जीवन समाहित रहा है। ,pic.twitter.com/yE5xwRogJi, — Narendra Modi (@narendramodi) ,December 30, 2022, हीराबेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन्।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन
नारायण खड्का भारतबाट घर फर्किरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। , बाँकेस्थित जमुनाहा नाकामा भारतबाट आउने ५१ जनालाई परीक्षण गर्दा भारतबाट घर फर्कंदै गरेकी जाजरकोटकी ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। , बाँके जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीले असोज १ गतेदेखि बाँकेको जमुनाहा नाकामा संक्रमित फेला परेको यो नै पहिलो घटना भएको बताए।, तीन महिनाको अन्तरालमा पहिलो पटक संक्रमित फेला परेको उनले बताए। , तीन महिनाको अन्तरालमा संक्रमित फेला परेपछि ती महिलालाई सुरक्षाकर्मीले छुट्टै राखेका थिए। , संक्रमित ती महिलालाई सम्बन्धित जिल्लाको स्थानीय पालिकासँग समन्वय गरी अलग्गै सवारी साधनमा आफ्नै घरको होम आइसोलेसनमा बस्ने गरी पठाइएको वलीले बताए।  , चीन तथा भारतमा फेरि कोरोना संक्रमित फेला पर्न थालेको हुँदा तीन महिनापछि मात्रै सीमाना नाकामा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो। , ‘हामीले कोभिड संक्रमणको दर रोकिएपछि सीमामा स्वास्थ्य परीक्षण पनि रोकेका थियौं,’ वलीले भने, ‘तर, पछिल्लो समय फेरि संक्रमण फैलिन लागेको सूचनाका आधारमा फेरि आजदेखि सीमाना नाकामा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न थालेका हौं।’, संक्रमित फेला परेसँगै तीन महिनापछि बाँकेमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको वलीले बताए। , बैठकमा सङ्क्रमण नियन्त्रणका लागि सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय भएको छ । , बैठकपछि पहिले जस्तै  स्वास्थ्य मापदण्ड पालना गर्नका लागि आम नागरिकमा आग्रह गरिएको वलीले जानकारी दिए। , त्यस्तै, केन्द्र सरकारसँग बुष्टर डोज माग्ने,  खोप लगाउने, आम नागरिकमा पहिले जस्तै मापदण्ड पालना गर्नका लागि आग्रह गर्ने तथा  सचेतना अभियानका लागि अपिल गर्ने निर्णय बैठकले गरेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति वलीले सेतोपाटीलाई बताए।, तीन महिनापछि जमुनाहा नाकाबाट कोरोना परीक्षण, एक जनामा संक्रमण पुष्टि
राजेश घिमिरे ‘नारायणी नदी जोगाऊ’ अभियानमा संलग्न युवाहरूको समूहले भरतपुर महानगरपालिकालाई माटो दान गरेको छ।, विभिन्न सामाजिक संस्थाहरूमा संलग्न दर्जनौं युवाहरू बिहीबार साना झोलामा माटो लिएर महानगरको कार्यालय पुगेका थिए। कार्यालय भवनको मूल गेटमा त्यो माटो थुपारेर महानगरलाई दान गरेको बेटर चितवन नामक संस्थाका संस्थापक अध्यक्ष सागर कार्कीले जानकारी दिए। , चितवन महोत्सव आयोजना गर्न नारायणी नदीको किनारमा खाल्डो खनेर फोहोर गाडिएपछि यो समूहले विरोध गर्दै आएको छ। उद्योग वाणिज्य संघ चितवनले पुस २४ गतेदेखि नदी किनारमा महोत्सव गर्दैछ। महोत्सवका लागि किनार सम्याउन माटो नपाएपछि फोहोर गाड्नुपरेको संघका पदाधिकारीहरूले बताउने गरेका छन्।, भरतपुर महानगरपालिकाका मेयर र उपमेयरले भने नदी किनारमा फोहोर गाडेको विषय आफूलाई जानकारी नभएको बताएका थिए। , ‘माटोको विकल्प फोहोर होइन। नदीको किनारमा फोहोर गाड्दा त्यसको प्रत्यक्ष असर पानी, जलचर प्राणी र मानवस्वास्थ्यमा पर्छ,’ कार्कीले भने, ‘हामीले उद्योग वाणिज्य संघले गरेको गलत काम सच्याउन महानगरसँग धेरै पटक माग गर्‍यौं तर बेवास्ता गरिएपछि विभिन्न शैलीमा विरोध गर्दै आएका छौं।’, उनले फोहोरलाई माटोको विकल्प नबनाई छुट्टै तरिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देशसहित नदी किनारमा गाडिएको फोहोर निकालेर अन्यत्र व्यवस्थापन गर्न महानगरपालिकालाई सांकेतिक रूपमा दवाव दिएको बताए। , महानगरलाई माटो दान गर्न पुग्दा जनप्रतिनिधि र कर्मचारीहरूले बेवास्ता गरेपछि मुल गेटमै थुपारेर छाडेको वेटर चितवनका सदस्य सचिन चापागाईंले बताए। यो समूहले नारायणी किनारमा गाडिएको फोहोर निकालेर व्यवस्थापन गर्न हस्ताक्षर अभियान पनि चलाएको थियो। संकलित हस्ताक्षर महानगरपालिकामा टाँसिएको उनले बताए।, सरसफाई सम्बन्धी गतिविधिमा सकृय संस्था वे ग्रुपका अध्यक्ष भोजनारायण कंडेलले समग्र नगर र नारायणी नदीको संरक्षणका लागि युवाहरूले महानगरलाई दवाव दिएको बताए। , नदी संरक्षणका लागि सरोकारवालालाई प्रेरित गर्ने उद्देश्यले युवाहरूको समूहले सामाजिक सञ्जालहरूमा ह्यासट्याग सेभ नारायणी अभियान पनि चलाइरहेको छ। उनीहरूले सामाजिक सञ्जालमार्फत फोहोरमाथि गरिने महोत्सव बहिष्कार गर्न पनि आह्वान गरिरहेका छन्।, उद्योग वाणिज्य संघले भने ठूलो परिमाणमा माटो नपाएपछि महानगरकै सुझावको आधारमा फोहोर गाडेर सम्याएको बताउँदै आएको छ। संघका उपाध्यक्ष शिरीष पन्तले महोत्सव नजिकिँदै गरेको अवस्थामा तत्काल फोहोर हटाउन सम्भव नभएको बताए।, भरतपुर महानगरपालिकाले नगरेको फोहोर नारायणी नदीको किनारमा थुपार्ने गरेको छ। महानगरले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउन कोरियन संस्थासँग सम्झौता गरेपनि काम अघि बढ्न सकेको छैन। नयाँ विकल्प तयार नहुँदासम्म नारायणी नदी किनारमा फोहोरको व्यवस्थापन गर्नुपर्ने बाध्यता भएको महानगरका वातावरण शाखाका प्रमुख इन्जिनियर विराट घिमिरे बताउँछन्।, नारायणी नदी किनारमा फोहोर गाडिएको विरोधमा भरतपुर महानगरपालिकालाई माटो दान
सेतोपाटी संवाददाता मोरङ, बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन्।, बेलबारी-२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि थुनामा जेल चलान भएका हुन्।, मोरङकै २४ वर्षीय एक जना स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले तोलांगीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।, अदालतको आदेशपछि पुर्पक्षका लागि तोलांगी मोरङ कारागार चलान भएका छन्।, बलात्कार आरोपमा पक्राउ परेका तोलांगी बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन्। उनी नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए।, तोलांगीले मोरङको जेफालेमा लगेर साउन १८ गते आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा युवतीले ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरी दिएकी थिइन्। उजुरी दिएपछि तोलांगी फरार थिए।, कानुन व्यवसायीसँग कानुनी सल्लाह लिएपछि उनी मंसिर २६ गते इलाका प्रहरी कार्यालय, बेलबारीमा आफैं हाजिर भएका थिए।, प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो।, बलात्कार अभियोगमा वडा सदस्य जेल चलान
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले हिमाली चुस्ता र डाउन ज्याकेट पाउने भएको छ।, गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको हो। , यसअघि प्रत्येक तीन-तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए। यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुने प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूले पाउँदै आएको पोशाक तथा अन्य सामानहरूको सम्बन्धमा समेत संशोधन भएको हो। संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरूले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाकसुट र स्पोर्ट्स जुत्ता थप गरिएको छ।, प्रत्येक वर्ष वितरण गर्ने भनिए पनि ऊनी कम्बल विगत केही वर्षदेखि खरिद नभएर वितरण रोकिएर रहेकामा यसै वर्षदेखि खरिद प्रक्रिया सुरू भएको डिएसपी थापाले बताए। अब कम्बल समेत नियमित रूपमा वितरण हुने उनले बताए।, सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट जुनियर अधिकृतहरूलाई समेत उपलब्ध गराउने गरी संशोधन गरिएको छ। राजपत्रांकित अधिकृतहरूका लागि मात्र गर्मी र जाडो मौसममा उपलब्ध गराइएन सेरिमोनियल ड्रेस अब सेरिमोनियल कार्यक्रमहरूमा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।, सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीहरूलाई दुई वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा अब प्रत्येक वर्ष उनीहरूलाई सेतो टेरिकटन स्क्रब समेत थप गरिएको छ।, अब सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट
सेतोपाटी संवाददाता गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।, ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।, तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।, ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।, यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।, पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।, यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ।, कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन्।, कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ।, आज तमु ल्होसार, सार्वजनिक बिदा
एजेन्सी कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै भारतले आइतबारदेखि चीनसहित ६ देशबाट आउने यात्रीलाई नेगेटिभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। , चीन, जापान, दक्षिण कोरिया, हङकङ, थाइल्यान्ड र सिङ्गापुरबाट आउने अन्तर्राष्ट्रिय यात्रुले आगामी सातादेखि ‘एयर सुविधा’ फारम भरेर ७२ घण्टा अगाडि आरटी–पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट बुझाउनुपर्नेछ।, पछिल्लो समय चीन र केही अन्य देशहरूमा कोविड संक्रमणको नयाँ भेरियन्ट बिएफ-७ बढेपछि भारतले सतर्क रहन यस्तो नियम बनाएको हो। , यसअघि नै भारत सरकारले अलर्ट जारी गर्दै राज्य र केन्द्र शासित प्रदेशहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन भनेको छ। सरकारले शनिबारदेखि हरेक अन्तर्राष्ट्रिय उडानमा आउने दुई प्रतिशत यात्रुको कोरोना परीक्षण अनिवार्य गर्ने भएको छ।, RT-PCR test has been made mandatory for flyers coming from China, Hong Kong, Japan, South Korea, Singapore and Thailand from 1st January 2023. They will have to upload their reports on the Air Suvidha portal before travel., — Dr Mansukh Mandaviya (@mansukhmandviya) ,December 29, 2022, भारतमा एकै दिनमा २६८ जनामा कोरोना भाइरस संक्रमणका नयाँ केस आएपछि देशमा हालसम्म संक्रमितको संख्या ४ करोड ४६ लाख ७७ हजार ९१५ पुगेको छ भने उपचाररत बिरामीको संख्या ३ हजार ५५२ पुगेको छ। , बिहीबार बिहान आठ बजे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अपडेटेड तथ्याङ्कअनुसार महाराष्ट्रमा सङ्क्रमणका बिरामीको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या ५३, लाख ६ हजार ९६८ पुगेको छ। , चीनसहित ६ मुलुकबाट भारत भित्रने यात्रुलाई कडाई
सेतोपाटी संवाददाता गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ।, भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादवलाई छातीमा गोली हानी हत्या गर्ने मुख्य अभियुक्त भारत विहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना–१ निवासी ३८ वर्षीय प्रमोद राम रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। , राम १० दिनदेखि नेपालमा बस्दै आएका थिए।, एसपी बोगटीका अनुसार मृतक यादवलाई रामले नै फोन गरी खाजा खान बोलाएको थियो भने खाजा पसलबाट नै सुटरलाई फोन गरी बोलाई हान्न लगाएका थिए।, पुस ८ गते शुक्रबार बेलुका साढे ५ बजे जिल्ला बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित दुईजना व्यक्तिहरूले शिवपुजनलाई बोलाइ छातीमा एक राउन्ड गोली हानी फरार भएको थियो।, यादवको परवानीपुर गाउँपालिका–५ स्थित रहेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो। यादवको मृत्यु भयो कि भएन भनेर अस्पतालमा नै पुगी मुख्य अभियुक्त रामले हत्या गर्ने गिरोहलाई सूचना प्रवाह गरेका थिए।, राममाथि श‌ंका लागेर उनीसँग कुराकानी गर्दै जाँदा त्यसको मोबाइलमा दुई जनाको फोन भएको कुरा भेटिएको थियो। त्यसपछि झनै शंका बढेको एसपी बोगटीले बताए। , उनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा एक दिनमै सुटरसँग ६२ चोटी फोन गरेको रेकर्ड भेटिएको उनले बताए।, बारामा गोली हानेर हत्या गरिएको घटनामा संलग्न आरोपी सार्वजनिक
भगवती पाण्डे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्।, प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको छ।, सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ।, गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।, केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।, व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।, यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।, करिब १३ महिना अघि केसी बुटवल आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको तर आधिकारिता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए।, ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो भनौंला,’ रेग्मीले भने।, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए।, ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ उनले भने।, बुटवलका डिएसपी केसी प्रहरीकै नियन्त्रणमा, निवासमा भेटियो ३५ तोला सुन र नगद
सेतोपाटी संवाददाता सोमबार पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री नियुक्त भएका छन्। आजै साँझ कार्यभार सम्हालेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक पनि भयो। , अब प्रचण्डले काम गर्ने कार्यालय यही हो। , यो भवन २०७७ साल फागुनमा मात्र पूरा तयार भएको हो। नवनिर्मित भवनको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। त्यसको केही महिनापछि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले पनि यहाँ काम गरिसकेका छन्। , नयाँ बनेर उद्घाटन भएको दुई वर्ष नबित्दै यो कार्यालयले तीन फरक प्रधानमन्त्री पाएको छ।, २०७२ को भुइँचालोमा नराम्ररी क्षति पुगेको सिंहदरबारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झन्डै छ वर्षपछि पुरानै स्वरूपमा उभ्याएको थियो। भुइँचालोपछि कतिपयले सिंहदरबारको जीर्ण भवन जोगाउन सकिँदैन भनेका थिए। उनीहरू जगैदेखि नयाँ बनाउनुपर्छ भन्थे। प्राधिकरणले 'रेट्रोफिटिङ' गरेर यसलाई नयाँ बनायो।, भुइँचालोले उठिबास भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सर्नुभन्दा केही दिनअगाडि हामीले पुनर्निर्मित भवनको घुम्ने मौका पाएका थियौं।, प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले आफैं गाइड बनेर हामीलाई प्रधानमन्त्री कार्यालयका कोठा–चोटा, करिडोर–कौसी, भित्ता र भर्‍याङहरू देखाएका थिए। उनले हामीलाई पुनर्निर्माण कथा सुनाए, भत्किएको संरचना बलियो बनाउन कहाँ–कहाँ के–के सुधार भए, त्यो पनि देखाएका थिए। , हेर्नुहोस् हामीले त्यो बेला खिचेको भिडिओ टूरः, प्रधानमन्त्री प्रचण्डले अब काम गर्ने सिंहदरबारको कार्यालय कस्तो छ? हेर्नुहोस् भिडिओ टूर
सेतोपाटी संवाददाता जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन्। , २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षध धर्मराज जोशीले जानकारी दिए। , चन्दननाथ नगरपालिका-२ मा रहेको उक्त बाहिनीको शौचालयमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, जुम्लामा प्रमुख सेनानी मृत फेला
रासस बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।, सोमबार बेलुकी करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।, झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको थियो।, झोलुङ्गे पुलको सामान बोकेको ट्याक्टर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु
एजेन्सी चीनले आगामी पुस २४ ( जनवरी ८ ) बाट अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने भएको छ।, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो।, यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमाहरू फेरि खोल्न लागेको हो। चीन सरकारले लिएको निर्णय अनुसार अब यात्रुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड रिपोर्ट भए पुग्नेछ।, डिसेम्बरको सुरूमा भएको सरकार विरोधी प्रदर्शनपछि सी जिनपिङ प्रशासनले शून्य कोभिड नीतिलाई केही खुकुलो बनाएको थियो।, पछिल्लो समय क्वारेन्टिनमा बस्नु पर्ने अवधि भने निकै कम गरिएको थियो। शुरूमा तीन साताको अनिवार्य क्वारेन्टिन तोकिएकोमा हाल पाँच दिनमात्र क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ।, प्रतिबन्धहरु खुकुलो पारिएपछि चीनमा कोरोना संक्रमणको दर र अस्पतालहरुमा बिरामीको चाप हृवात्तै बढेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।, संक्रमणको दर बढेसँगै चीनले कोभिड संक्रमितको दैनिक तथ्यांक सार्वजनिक गर्ने काम पनि बन्द गरेको छ। चीनमा दैनिक हजारौँ मानिसले ज्यान गुमाइरहेको हुन सक्ने आशंका गरिएका छन्। यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । , मार्च २०२० देखि चीन आउने सबै अन्तर्रष्ट्रिय यात्रुले अनिवार्य केन्द्रीकृत क्वारेन्टाइन बस्नुपरेको थियो।,  , चीनमा अब विदेशबाट आउने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने
सेतोपाटी संवाददाता आज प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एकको हिमाली भू-भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले प्रदेश एक, गण्डकी  तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ।, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।, यस्तै मंगलबार र बुधबार पनि प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध गरेको छ।, आजको मौसम : तराईमा हुस्सु र हिमाली भेगमा हिमपात
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। , प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।, ‘उनलाई निलम्बन गर्ने प्रक्रियामा छ। त्यसपछि उनीमाथि थप अनुसन्धान अघि बढ्छ,’ उनले भने। , प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले नियन्त्रणमा लिएको डिआइजी राईले बताए। , सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो।  , उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।  , गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। , व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। , जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएका केसी सोमबार रमाना लिएर जाने तयारीमा थिए। , उनी करिब १३ महिनाअघि बुटवल आएका थिए।, बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–१, आरूखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ।, नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी दिए। उनको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैँसीको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो।, ‘सुत्केरी हुन समय पुगेको उक्त भैँसी व्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रूपमा रहेको शल्यक्रियामार्फत पेट चिरेर पाडो निकालियो,’ पशु सेवा विज्ञ केन्द्रका डा। ठाकुरले भने, ‘पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ। घाँसपानी खान थालेको छ।’, केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाय ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताए। यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनुपरेको थियो। अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको उनको भनाइ छ।, ‘दरबन्दी र बजेट कटौतीले दुई जिल्ला ९नुवाकोट र रसुवा० हेर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका बनिरहेको थियो,’ उनले भने, ‘दक्ष चिकित्सकको क्षमताले गोठमा नै ‘शल्यक्रिया कक्ष’ खडा गरेर जीवाणुबाट सुरक्षित बनाउनुपर्ने चुनौतीको बीच सफल भएको शल्यक्रियाले केन्द्रलाई उत्साह र किसानका लागि खुसीको सन्देश प्रवाह भएको छ।’, पेटभित्रै पाडो मरेपछि शल्यक्रिया गरेर गराइयो भैंसीलाई सुत्केरी
सेतोपाटी संवाददाता नेपाल जेसिज सन् २०२३ को अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन्।, नेपाल जेसिजको ४९ औं राष्ट्रिय महाधिवेशन वीरगञ्जबाट वर्ष २०२३ को नेतृत्वको लागि अध्यक्ष पदमा काभ्रे जेसिजका पूर्व-अध्यक्ष विकास मानन्धर  विजयी भएका हुन्।, वीरगञ्ज जेसिजकाे आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट पाँच सय ९५ मतसहित मानन्धर  विजयी भएकाे निर्वाचन प्रमुख भाेलेश्वर दुलालले बताए।, मानन्धरले पाँच सय ९५  मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी रविन पाेखरेल दुई सय ९७ मत पाए भने पाटन जेसिजका पूर्व-अध्यक्ष सुमन कृष्ण श्रेष्ठले  दुई सय ५० मत र जेसिजआई धरानका दिपेन्द्र निराैलाले ५९ मत प्राप्त गरी चाैथाे स्थान हासिल गरेका हुन्।, काभ्रे  जेसिज  तर्फबाट तेस्रो पटक अध्यक्षको दौडमा उत्रिएका मानन्धरले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन्।, पाँच अध्यक्षमध्ये १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि मानन्धर उच्च मनोबलका साथ मैदानमा थिए।, यसअघिको पाेखरा महाधिवेशनमा  अध्यक्ष दौडमा पराजित भए पनि यसपालिको वीरगञ्ज महाधिवेशनमा मानन्धर  आधाभन्दा बढी मतान्तरले जित हासिल गरे।, नेपाल जेसिज अध्यक्षमा विकास मानन्धर निर्वाचित
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो।, यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो। तर अब यी शीर्षकमा न्यूनतम १५०० रूपैयाँ जरिवाना हुनेछ।, ‘पहिले न्यूनतम ५०० देखि अधिकतम १५०० रूपैयाँसम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अब न्यूनतम नै १५०० रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो,’ उनले सेतोपाटीसँग भने, ‘पुस ३ गतेदेखि यो लागू गरेका छौं।’, २०७५ सालमा प्रत्यायोजित अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए। , यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनीकरण हुने उनको भनाइ छ। यद्यपि जरिवाना बढाइसकेपछि पनि ट्राफिक नियम उल्लंघनका घटना र दुर्घटना न्यूनीकरण भए/नभएबारे बताउने बेला नभएको उनले बताए।, एक-दुई महिनामा यसबारे केही परिणाम आउने उनले बताए।, ‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो। दैनिकजसो तीनदेखि चार हजारसम्म उल्लंघन गर्नेहरू हुन्छन्,’ उनले भने, ‘५ सय रूपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू देखियो। अनि उल्लंघन गरेको गर्‍यै, जरिवाना बढाउँदा नियम पालना गर्लान् र दुर्घटना घट्छ कि भनेर हो।’, मंसिर महिनामा मात्रै ट्राफिक प्रहरीले ५ पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ६२ जनाको लाइसेन्स नै निलम्बन गर्न यातायात विभागलाई सिफारिस गरेको थियो। , ४२ पटकसम्म कारबाहीमा परेको रेकर्ड पाइएकाले पनि जरिवाना बढाएको उनी बताउँछन्। , यी हुन् न्यूनतम १५०० रूपैयाँ हुने १६ कसूरहरू,: , १. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा, २.  सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा , ३.   सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा , ४.   सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा , ५.   एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा , ६.   अवस्था ठिक नभएको सवारी चलाएमा , ७.   राति बत्ती नबाली सवारी चलाएमा , ८.   सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा , ९.    नम्बर प्लेट नराखी सवारी चलाएमा , १०.  सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा , ११.  सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा , १२.  लापरवाहीका साथ सवारी चलाएमा , १३.  सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा , १४.  लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा , १५.  ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा, १६.  हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा, अन्य कसूर र जरिवाना:, १००० देखि ५००० रूपैयाँ सम्म जरिवाना हुने कसूर:, १.   निर्धारित भाडादर भन्दा बढी भाडा लिई सवारी चलाएमा ,  १००० देखि १५०० रूपैयाँ सम्म जरिवाना हुने कसुरहरू:, १. दर्ता नगरी सवारी चलाएमा, २. विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा , ३. बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा,  ,१००० रूपैयाँ जरिवाना हुने कसुरहरू:, १. सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको , २. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको , ३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याएको/सम्पर्कमा नआएको, ४. मादक पदार्थ सेवन गरी सवारी चलाएको , ५. सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा , ६. सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको, ७. यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा, ८. सार्वजनिक सवारीमा धूमपान गरेमा, ९. खतरापुर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिह्न देखिने गरी नराखी सवारी चलाएमा, १०. यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाएमा, ११. लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा, १२. गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा, १३. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा, १४. सवारीको अन्य भागमा मानिस राखेको, १५. अरू सवारीलाई खतरा हुने किसिमले सवारी राखेको, १६.  प्रयोजन विपरीत सवारी चलाएको, १७. पटके बाटो इजाजत नलिई सवारी चलाएमा, ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो
सविता बुढा कञ्चनपुरको वेदकोट नगरपालिकामा एक महिनायता सडकमा छाडा छोडिएका पशुचौपायाको विषयले विवाद सिर्जना भएको छ।, स्थानीयहरूले छाडा पशुचौपाया नगरपालिकामा ल्याएर हुलिदिएका छन्। छाडा पशुचौपायाले सवारी दुर्घटना र लगाएको गहुँबाली सखाप पार्न थालेको भन्दै स्थानीयहरूले नगरपालिकामा छोडेका हुन्।, अहिले नगरपालिकाले आफ्नो कार्यालयको अगाडिपट्टि खोला किनारमा एक हजार गाईगोरु राखेको छ। , त्यहाँ राखिएका गाईगोरु शितलहर र आहार अभावले निकै कष्टकर अवस्थामा देखिन्छन्। २० प्रतिशत गाईगोरुहरू घाइते अवस्थामा छन्। कसैका खुट्टा भाँचिएका, कसैका सिङ भाँचिएका छन्। कतिपय गाईगोरुहरू चिसोले मर्न थालेका छन्। हजार गाईगोरु हेरचाहका लागि नगरपालिकाले एक जना हेरालु राखेको छ।, हेरालु लक्ष्मी भट्टका अनुसार हजार गाईगोरुको एक्लै हेरचाह गर्न कठिनाइ भइरहेको छ। नगरपालिकाले परालको व्यवस्था गर्ने गरेको भए पनि पर्याप्त नहुँदा समस्या छ। गाईगोरुलाई चराउन वनजंगल, मैदान छैन।, ‘घरमा एक गाईलाई पाल्न त कति गाह्रो हुन्छ, यहाँ त यत्रो गाईगोरुको खानापानी व्यवस्थापन गर्न धौधौ छ, पराल छैन, घरको जस्तो कहाँ हुन्छ र धेरै मरिरहेका छन्। रातको जाडो र दिनको घामले धेरै मरिरहेका छन्,’ उनले भनिन्।, उनले स्थानीयहरूको लापरबाहीले यस्तो समस्या सिर्जना भएको बताइन्।, ‘मलाई त नगरपालिकाको भन्दा स्थानीयहरूको धेरै गल्ती लाग्छ,’ उनले भनिन्।, २०७४ सालमा वेदकोट नगरपालिकामा जनप्रतिनिधि आएसँगै छाडा पशुचौपाया व्यवस्थापनको मुद्दा उठ्न थालेको छ। चुनाव जित्ने जनप्रतिनिधिहरूले छाडा पशुचौपायाको व्यवस्थापन गर्ने भन्दै प्रतिबद्धता गरेका थिए।, तर, पछिल्लो पाँच वर्षयता वेदकोट नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनसम्बन्धी गतिलो काम भएन। समस्या न्यूनीकरण हुनुको साटो झन् झन् बढेको स्थानीय माधवराज जोशीले बताए।, ‘जनप्रतिनिधिले चुनावी घोषणा पत्रमा दीगो व्यवस्थापन गर्ने प्रतिबद्धता थियो। त्यही अनुरूप स्थानीयहरूले बेलाबेला नगरपालिका आएर छाडा पशुचौपायाको व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाएका थिए, तर केही काम भएन,’ उनले भने।, उनका अनुसार छाडा पशुचौपायाका कारण किसानहरू बताउँछन्। , अहिले लगाएको गहुँ पनि बचाउन गाह्रो भएपछि स्थानीयहरूले छाडा गाईगोरु जम्मा गरेर नगरपालिका हुलेका माधवले  बताए।, ‘झण्डै एक महिनासम्म पनि नगरपालिकाले गाईगोरु व्यवस्थापन नगरेर खोला छेउमा अलपत्र राखेको छ,’ उनले भने।, अहिले धेरै स्थानीयहरू नगरपालिका अगाडि राखिएका छाडा गाई-गोरुको छिटो दीगो रूपमा व्यवस्थापन गर्नुपर्ने बताउँछन्।, स्थानीयले डम्मर भट्टले गाई-गोरुको यस्तो अवस्था बिजोग देखिएको बताए।, ‘यहाँ राखिएका गाई-गोरुको अवस्था देख्दा आँखामा आँसु आयो,’ उनले भने,‘सबैले आ-आफ्ना गाई-गोरुलाई घर-घरमा पालेको भए यस्तो समस्या हुन्थेन, चरणको व्यवस्था स्थानीय सरकारले गरिदिनुपर्ने थियो।’ , झण्डै एक महिना अघि समाजिक सञ्जालमा नगरपालिकाले छाडा गाईलाई खाल्डोमा जिउँदै पुरिएको भन्ने चर्चा चलेको थियो।, त्यसपछि यो विवाद झन् बढेको थियो। गाई मार्न नपाइने कानुन छ।, छाडा गाईलाई जिउँदै गाडेर मारिएको भन्ने आरोप लागेपछि वेदकोट नगरपालिकाले भने यो विषयमा भ्रम फैलाइएको दाबी गरेको थियो।, वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बाहिर सुनिए जसरी जिउँदै गाईलाई मारिएको भन्ने खबर झूटो भएको बताएका थिए।, वेदकोट नगरपालिकाले अहिलेसम्म छाडा पशुचौपाया व्यवस्थापन गर्ने शीर्षकमा एक करोड २१ लाख बढी बजेट खर्च गरिसकेको छ।, आर्थिक वर्ष २०७४/७५ मा ४० लाख बजेट छुट्याएकोमा ३६ लाख २४ हजार ३३१ खर्च गरेको छ।, यस्तै, यो नगरपालिकाले २०७५/७६ मा २३, लाख १७ हजार ५०५ रुपैयाँ विनियोजन गरेर ७ लाख ४५ हजार ९९३ लाख खर्च गरेको थियो।, छाडा पशुचौपाया व्यवस्थापनकै नाममा आर्थिक वर्ष ७६/७७ मा ५० लाख विनियोजन गरेकोमा २३ लाख ५३ हजार ७६९ खर्च भएको नगरपालिकाले जानकारी दिएको छ।, यस्तै, आर्थिक वर्ष ७७/७८ मा ४० लाख विनियोजन भएकोमा २१ लाख १९ हजार ३२५ खर्च भएको छ।, गत आर्थिक वर्षमा वेदकोट नगरपालिकाले ५० लाख ३० हजार बजेट विनियोजन गरेकोमा २६ लाख ८९ हजार १४६ खर्च गरेको छ।  , यो चालु आर्थिक वर्षमा पनि पशुचौपाय व्यवस्थापनमा ४० लाख छुट्याएको छ भने अहिलेसम्म ५ लाख ६८ हजार ५ सय खर्च गरेको छ।, विगत ६ आर्थिक वर्षमा २ करोड ४३ लाख ४७ हजार ५०५ लाख बढी बजेट छुट्याएको छ भने १ करोड २१ लाख १ हजार ६४ रुपैयाँ बढी खर्च गरेको नगरपालिकाले छाडापशु चौपाया व्यवस्थापनका लागि सामान्य गौशाला बनाउने बाहेक गतिलो काम नगरेको भन्दै स्थानीयहरू आक्रोशित भएका हुन्।, वेदकोट नगरपालिका–१० बसन्ती चौधरीले चौपाया डरले रातदिन गहुँ बचाउन खेतमा बस्नुपर्ने अवस्था रहेको बताइन्।, ‘न छुट्याएको सबै बजेट खर्च गरेर काम गर्न सक्यो न त, खर्च गरेकै बजेटबाट केही काम देखियो, हामी किसानले कहिलेसम्म यस्तो भोग्ने,’ उनले भनिन्।, छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले प्रत्येक वर्ष बजेट छुट्याए त्यो अनुसार काम नगरेको स्थानीय धनदेव विष्टले बताए।, ‘जति बजेट छुट्याए पनि छाडा गाईगोरुको समस्या जस्तोतस्तै देखिएको छ, हामीलाई धेरै समस्या छ, यसको व्यवस्थापन गर्ने निकायहरूले ध्यान दिएको छैन’, उनले भने।, मेयर बोहरा भने नगरपालिकाले व्यवस्थापनका लागि क्षमता अनुसार काम गरिरहेको दाबी गर्छन्।, ‘स्थानीयहरूले नगरपालिका हुलेर राखिएका गाईगोरुको हामीले व्यवस्थापन गरिहेका छौं, नगरपालिकाका १० वटै वडामा कान्जी हाउस बनाएर केही दिनमै व्यवस्थापन गर्ने कुरा भएको छ,’ उनले भने।, दूध दिने बेलासम्म गाई पाल्ने त्यसपछि बाहिर छोड्ने प्रवृत्तिले जटिल समस्या पारेको उनको भनाइ छ। कृषिमा नयाँ आधुनिक उपकरणका कारण गोरु प्रयोग पनि घट्दा स्थानीयहरू बाहिर छोड्ने गरेका छन्।, ‘पहिला सहरी क्षेत्रमा बढी हुन्थ्यो, अहिले सबै ठाउँमा भयो,’ उनले भने।, उनका अनुसार छाडा गाईगोरु व्यवस्थापनका लागि संघ सरकारले पुशपंक्षी मन्त्रालय अन्तर्गत नीति नै बनाउनु पर्ने आवश्यकता छ।, ‘हामीसँग धेरै बजेट छैन, नगरपालिकामा साधन स्रोतको कमी छ, भोलि दिनमा छाडा गाईगोरुलाई पालन गर्न सके, गोबर ग्यास निकाल्न सके, आर्थिक उपार्जनसँगै यो समस्या पनि हट्छ। यो सबै काम गर्न स्थानीय सरकारले मात्र सकिँदैन। संघ र प्रदेश पनि समन्वय गर्नुपर्छ,’उनले भने।, हाल तत्कालीन रूपमा व्यवस्थापन गर्न १० वटै वडामा कान्जी हाउस बनाएर त्यहाँ राखिने उनले बताए।,  , व्यवस्थापनमा करोड बढी खर्च गरेको नगरपालिका अगाडि अलपत्र एक हजार गाई-गोरु
सेतोपाटी संवाददाता धनुषामा करेन्ट लागेर मृत्यु भएको भनिएकी महिलाको हत्या भएको खुलेको छ।, विदेह नगरपालिका- ७ स्थित बेलापट्टि बस्ने ३० वर्षीया कविता देवी साहलाई उनकै जेठाजुका छोराले हत्या गरेको प्रारम्भिक अनुसन्धाममा देखिएको प्रहरीले जनाएको छ।, हत्या आरोपी २० वर्षीय दिलिप साहलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।, सोमबार साँझ पाँच बजे आफ्नै सुत्ने कोठामा करेन्ट लागेर मृत्यु भएको भनेर कविताका घर पक्षले दाबी गरिरहेका थिए। तर उनको शरीरमा गहिरो चोट देखिएपछि प्रहरीलाई शंका लाग्यो।, धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीका अनुसार कविताको अनुहारमा गम्भीर चोट लागेको थियो। रक्ताम्य र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।, शंकास्पद अवस्थामा भेटिएका दिलिप साहलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो।, ‘दिलिप साहको हातको बुढी औंला तथा घाँटीको भागमा स-साना चिथोरिएको जस्तो दाग देखियो। उनले भित्री वस्त्रभित्र कविताले प्रयोग गर्ने मोबाइल लुकाएका थिए,’ उनले भने।, दिलिपले घटनाका बखत लगाएको जिन्स पाइन्ट र भेष्टमा रगत लागेको कपडा ब्यागभित्र लुकाई राखेको अवस्थामा समेत फेला परेको डिएसपी क्षेत्रीले बताए।, उनलाई धनुषा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।,  , धनुषामा करेन्ट लागेर मृत्यु भएको भनिएकी महिलाको हत्या भएको खुलासा
रासस चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन्। निकुञ्जमा खोरमा पाँच वटा बाघ छन्।, निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन्।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो। कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ। , त्यस्तै, देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन्। ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिए।यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो। अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन्। , यस आर्थिक वर्षमा हात्तीले दुई र गैंडाले एक जनालाई आक्रमण गरी ज्यान लिएका छन्।, निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन्। कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ। खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ। , तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताए। त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ। बाघको संख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन्।, सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या एक सय २८ छ। पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या ४१ छ। देशभर बाघको संख्या तीन सय ५५ छ। , उनका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र एक वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो। जुन राम्रो मानिन्छ। विगतका तुलनामा आहाराको घनत्व बढेको उनको भनाइ छ। बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ। समग्र मृग प्रजाति बाघको आहारा हो। जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ। ती वन्यजन्तु नपाएमा बाघले बँदेलसमेत खाने तिवारीको भनाइ छ। घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित वरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ। , खुला चिडियाखानाका रूपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैंडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ। सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउँदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरूप काम अघि बढाइएको हो। , हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ। क्रमशः खुला खोर बनाउने योजना रहेको तिवारीले बताए। निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ।, बाघले भरिए निकुञ्जका खोर
सेतोपाटी संवाददाता कालिकोट खाँडाचक्र नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालतमा उनीविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।  , उनीमाथि एक लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेको आरोप छ।, अख्तियार प्रवक्‍ता भण्डारीका अनुसार खाँडाचक्र नगरपालिका पोल्ट्री बंगुर फार्मलाई ४२० वटा कुखुरा उपलब्ध गराउने सम्झौता भएको थियो। तर देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिएर चेक लुकाएका थिए।, त्यसबापत उनले घुस मागेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।, खाँडाचक्र नगरपालिकाले वडा नं. ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिम कार्यक्रम आयोजना गरेको थियो।, देवकोटाले कुखुराको साकोनी जातको चल्ला सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी सम्झौता गरेका थिए।, तर आफैंले गरेको सम्झौताविपरीत समयावधि तालिम सञ्चालन नगरिएको पाइएको प्रवक्‍ता भण्डारीले बताए। उनले एक दिन तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाएर कार्यक्रम पूर्ण रूपमा सञ्चालन भएको भनेका थिए।, कार्यक्रमका झूटा बिल भरपाइ तथा कागजात तयार गरी कार्यालयबाट एक लाख ९७ हजार ८९५ रुपैयाँ भुक्तानी लिई हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।, उनीविरूद्ध उक्त रकम बिगो कायम गरी कैद र जरिवाना समेत माग गरिएको छ।, त्यस्तै फार्मलाई चल्ला किनेबापत एक लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार भुक्तानी दिनुपर्ने थियो। त्यसबाट पनि उनले ३० हजार १८० रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो बमोजिम जरिवाना जफत गरी अदालतमा आरोपपत्र दायर भएको हो।, खाँडाचक्र नगरपालिकाका नासुविरूद्ध भ्रष्टाचारको मुद्दा
रासस दस लाख रूपैयाँ फिरौती माग्ने एक युवकलाई मधेस प्रदेश प्रहरीले धनुषाबाट पक्राउ गरेको छ।, मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहलाई ज्यान मार्ने धम्की दिँदै १० लाख रूपैयाँ माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशंकर साहले बताए।, निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहलाई मण्डलले दस लाख दिन, नदिएमा ज्यान मार्ने धम्की दिँदै आएका थिए। , मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।, १० लाख रूपैयाँ फिरौती माग्ने युवक पक्राउ
सेतोपाटी संवाददाता राहदानी (पासपोर्ट) लिन बिहानैदेखि नै लाइनमा उभिनुपर्ने बाध्यता अझै हटेको छैन।, आज पनि सर्वसाधारणहरू काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा झिसमिसेमै लाइनमा उभिएर सेवा लिन पर्खिरहेका छन्।, बिहान झिसमिसेमै सर्वसाधारणहरू राहदानी विभाग पुगेर पालो कुर्ने गर्छन्। पुसको यो चिसोमा लाइनमा बस्न सास्ती छ।, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि गत पुस ११ गते मन्त्रिपरिषद बैठकले राहदानी र सवारी चालक अनुमति पत्र लिनेजस्ता कार्यालयमा देखिएका भिड हट्ने गरी सेवा प्रवाहलाई सुधार गर्ने निर्णय गरेका थिए।, यो पनि: ,राहदानी विभागका महानिर्देशकलाई प्रश्न : कहिलेसम्म झिसमिसेमै उठेर पासपोर्टका लागि लाइन बस्नुपर्ने? (भिडिओ), तर यो निर्णय कहिलेदेखि कार्यान्वयनमा आउँछ र राहदानीलगायत सेवा लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ यकिन छैन। , पासपोर्ट बनाउन हालको जस्तो लामो लाइनमा उभिएर सेवा लिनुपर्ने नागरिकको बाध्यता हटाउन सरकार तत्पर भए पनि कार्यालयका सेवा प्रवाहमा सुधार भएको देखिएको छैन।, राहदानी विभागका अनुसार सन् २०२० र २०२१ मा कोभिडका कारण मागअनुसार राहदानी वितरण गर्न नसक्दा २०२२ मा माग ह्वात्तै बढेकाले नागरिकहरू लाइनमा उभिनुपर्ने अवस्थाको सिर्जना भएको हो।, विभाग र ७७ जिल्ला प्रशासन तथा १७ इलाका प्रशासन कार्यालयबाट पनि राहदानीका लागि आवेदन दिन मिल्छ। तर काठमाडौंस्थित विभागमा छिटो राहदानी पाइने भएकोले नागरिकहरू यहीँ आउनुपर्ने बाध्यता छ।, तत्काल राहदानी चाहिएको छैन भने आफ्नो जिल्लाबाट वा इलाकाबाट राहदानी सेवा लिन पनि विभागले आग्रह गर्दै आएको छ।, राहदानी विभागको वेबसाइटमा प्रति सकेण्ड २५ सय जनाले भिजिट गर्न सक्छन्। तर सबै मानिसले आवेदनका लागि एक साथ वेबसाइटमा आउँदा समस्या आउने गरेको विभाग बताउँछ। , दिनमा औसत ६ हजार ५ सय पासपोर्ट छाप्ने र २ हजार जनाको आवेदन राहदानी विभागमा आइरहेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव बताउँछन्।, पासपोर्ट लिन झिसमिसेदेखि नै लाइन
सेतोपाटी संवाददाता बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।, केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।, यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ। , त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।, भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन।,  , बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का
नवीनबाबु गुरूङ तमु (गुरूङ) सञ्चारकर्मी संघ नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।, हरेक वर्ष तमु ल्होसारको अवसरमा वितरण हुँदै आएको ‘तमु पत्रकारिता पुरस्कार’ को विभिन्न शीर्षकमा देशभरका ६ जना सञ्चारकर्मीहरूलाई पुरस्कृत गरेको हो।, आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘छत्रमानसिंह-कमला गुरूङ पत्रकारिता पुरस्कार’ बाट कान्तिपुर टेलिभिजनका कास्की संवादाता भूपाल गुरूङ र एभरेष्ट एफएम पोखराका दीपेन्द्र श्रेष्ठलाई २० हजार रुपैयाँसहित प्रदान गरिएको छ। , यस्तै ‘भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट चितवनबाट कालिका टेलिभिजनमा कार्यरत गीता गुरूङलाई प्रदान गरिएको छ। ‘लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार’बाट ताप्लेजुङबाट ग्यालेक्सी फोरके टेलिभिजनका सम्बादाता देवराज गुरूङलाई प्रदान गरिएको छ।, तमु ल्होसार मूल आयोजक समितिले उपलब्ध गराउँदै आएको ‘तमु पत्रकारिता पुरस्कार पुरस्कार’ भने बिएफबिएस रेडियोका धनजंग गुरूङलाई प्रदान गरिएको छ।, ‘तमु आदिकवि हर्क गुरूङ स्मृति पुरस्कार’ मुकुन्दसेन टेलिभिजनकी शीला गुरूङ (नवलपुर)लाई प्रदान गरिएको छ भने शीलाले पाउने पुरस्कार भने माघ ११ गते स्याङ्जामा हुने कार्यक्रममा प्रदान गरिने एटजोनले जनाएको छ। कास्कीका गुरूङ र श्रेष्ठले बाहेक सबैले १० हजार एक रूपैयाँसहित पुरस्कृत भएका हुन्।, पुरस्कृत व्यक्तिहरूलाई आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङमार्फत पुरस्कार राशी, सम्मानपत्र र फेटा प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गुरूङले तमु पत्रकारको लागि अर्को एक शीर्षकमा पुरस्कार स्थापना गरिदिने उद्घोषक समेत गरेका छन्।, कार्यक्रममा तमु ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ विशिष्ठ अतिथि रहेका थिए।, तमु सञ्चारकर्मी संघले गर्‍यो छ जना पत्रकारलाई पुरस्कृत (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो।, यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो। तर अब यी शीर्षकमा न्यूनतम १५०० रूपैयाँ जरिवाना हुनेछ।, ‘पहिले न्यूनतम ५०० देखि अधिकतम १५०० रूपैयाँसम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अब न्यूनतम नै १५०० रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो,’ उनले सेतोपाटीसँग भने, ‘पुस ३ गतेदेखि यो लागू गरेका छौं।’, २०७५ सालमा प्रत्यायोजित अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए। ,  , यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनीकरण हुने उनको भनाइ छ। यद्यपि जरिवाना बढाइसकेपछि पनि ट्राफिक नियम उल्लंघनका घटना र दुर्घटना न्यूनीकरण भए/नभएबारे बताउने बेला नभएको उनले बताए।, एक-दुई महिनामा यसबारे केही परिणाम आउने उनले बताए।, ‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो। दैनिकजसो तीनदेखि चार हजारसम्म उल्लंघन गर्नेहरू हुन्छन्,’ उनले भने, ‘५ सय रूपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू देखियो। अनि उल्लंघन गरेको गर्‍यै, जरिवाना बढाउँदा नियम पालना गर्लान् र दुर्घटना घट्छ कि भनेर हो।’, मंसिर महिनामा मात्रै ट्राफिक प्रहरीले ५ पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ६२ जनाको लाइसेन्स नै निलम्बन गर्न यातायात विभागलाई सिफारिस गरेको थियो। , ४२ पटकसम्म कारबाहीमा परेको रेकर्ड पाइएकाले पनि जरिवाना बढाएको उनी बताउँछन्। , यी हुन् न्यूनतम १५०० रूपैयाँ हुने १६ कसूरहरू,: , १. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा, २.  सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा , ३.   सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा , ४.   सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा , ५.   एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा , ६.   अवस्था ठिक नभएको सवारी चलाएमा , ७.   राति बत्ती नबाली सवारी चलाएमा , ८.   सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा , ९.    नम्बर प्लेट नराखी सवारी चलाएमा , १०.  सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा , ११.  सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा , १२.  लापरवाहीका साथ सवारी चलाएमा , १३.  सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा , १४.  लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा , १५.  ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा, १६.  हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा, सडकमा यी गल्ती गरे अब १५०० तिर्नुपर्ने
सेतोपाटी संवाददाता बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।, मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।, लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।, यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। , उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। , सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यति बेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, सन्दीप लामिछानेबाट पीडित किशोरीको उमेर बुझ्न अस्‍पतालको अभिलेख झिकाउन आदेश
सेतोपाटी संवाददाता राष्ट्र संघीय शान्ति मिसन फर्म्ड पुलिस युनिट (एफपियू) मा जान सशस्त्र प्रहरीहरूले कम्तीमा १५ वर्ष सेवा अवधि पुर्‍याउनु पर्ने भएको छ। सशस्त्र प्रहरी बलले शान्ति मिसनमा जान आफ्ना कर्मचारीहरूले अनिवार्य रूपमा कम्तीमा १५ वर्ष सेवा दिएको हुनुपर्ने मापदण्ड बनाएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, उनका अनुसार मिसनमा जाने कर्मचारीहरूको छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन युएन एफपियू मिसन छनौट निर्देशिका- २०७९ संशोधन गरिएको हो। यसले लामो समयसम्म सेवा पूरा गरी मिसनमा जान अवसर नपाएका कर्मचारीहरू बढी लाभान्वित हुने उनले बताए।, यसअघि युएन एफपियू मिसन छनौट निर्देशिका-२०७१ अनुसार न्यूनतम ५ वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीहरू समेत मिसनमा सहभागी हुँदै आएका थिए।, लामो समयसम्म सेवा दिइसकेका सशस्त्र प्रहरीले अवसर पाउनुपर्ने भन्दै यो निर्देशिका संशोधन गरिएको हो। संशोधनका निम्ति देशभरिका इकाइहरूमा कार्यरत कर्मचारीबाट सुझाव समेत लिइएको थियो।, सशस्त्र प्रहरी बल नेपालले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स (बिएमआई) का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने भएको छ। जसअनुसार उचाइ अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट वञ्चित हुनु पर्नेछ।, समान मितिमा भर्ना तथा पदोन्नति भएका कर्मचारीहरूको हकमा अभिलेखमा उल्लिखित भर्ना तथा पदोन्नतिको जयेष्ठता क्रमअनुसार छनौट गर्ने प्रावधान राखिएको डिएसपी थापाले बताए।, यस्तै मिसनमा जान मापदण्ड पूरा गरेको कर्मचारी विभागीय कारबाहीमा नपरेको पनि हुनुपर्ने छ। आचरण विपरीत काम गर्नेलाई निर्देशिकामा तोकिएको अवधिसम्म मिसन छनौटमा वञ्चित गरिने छ। जसअनुसार एक पटक मात्र विभागीय सजाय पाएका कर्मचारीको हकमा सजाय फुकुवा भएको मितिले एक वर्ष पूरा भएको हुनुपर्ने र दुई वर्ष वा यसभन्दा बढी समय सजाय पाएकाको हकमा सात वर्ष पूरा भएको हुनुपर्ने छ।, साथै पदको ज्येष्ठतामा पर्न, बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई तीन वर्षसम्म उक्त अवसरबाट वञ्चित गरिने मुख्यालयले जनाएको छ। यसअघि बढुवा फारम नबुझाइ सिनियर हुने र मिसन जान खोज्ने प्रवृत्ति देखिएको थियो।, यस्तै एफपियू प्रि–एफप्याट परीक्षामा सिनियर अधिकृतहरूलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागी गराई उत्तीर्णमध्येबाट दर्जागतको ज्येष्ठताको आधारमा छनौट गरिने छ। परीक्षामा अनुत्तीर्ण भई तोकिएको संख्या अपुग भएमा ज्येष्ठता क्रमका आधारमा निकटतम जुनियरको पुनः परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।, मिसन छनौट भएका अधिकृतले विशेष कारण बाहेक (प्रसूति, किरिया, विपद्) मिसनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको वैकल्पिक उम्मेदवारलाई छनौट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने छ। यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल परीक्षामा सहभागी हुन पाउने छैन।, संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सन् २००३ डिसेम्बर १९ मा पहिलोपटक अफ्रिकी मुलुक लाइबेरियामा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपियू) खटिएको थियो। पछिल्लो पटक अफ्रिकी मुलुक दक्षिण सुडानमा सन् २०१४ जनवरी १७ देखि खटिइरहेको छ।, सशस्त्रका अनुसार अहिले उक्त मिसनमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा १८० जनाको टोली कार्यरत छ।, हालसम्म सशस्त्र प्रहरी बलबाट ६१ वटा टोली गरी कुल ७ हजार ७२४ जनाले शान्ति स्थापनार्थ मिसनमा सेवा प्रदान गरिसकेका छन्।, संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिसनको रूपमा तैनाथीका लागि तयारी अवस्थामा छ।, अब राष्ट्र संघको मिसनमा जान सशस्त्र प्रहरीले १५ वर्ष सेवा अवधि पुर्‍याउनु पर्ने
रासस आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह रहेका छन्।, सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए।, उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ।, रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो। दिलीप शङ्कास्पद अवस्थामा भेटिएका थिए।, उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ। दिलीपसँग कवितादेवीको मोबाइलसमेत फेला परेको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, काकीको हत्या आरोपमा भतिज पक्राउ
विवेक मिश्र/रासस दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल संख्यामा देखिएको हो।, असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन्। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको संगमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ।, देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन्। यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउँछन्।, ‘अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ’, तिम्सिना बताउँछन्। ठूलो सिलसिले हाँसजस्तै अन्य थुप्रै चरा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउन छाडिसकेका छन्।, प्रजातिका हिसाबले प्रतिनिधिमूलक उपस्थिति रहे तापनि संख्यात्मक हिसाबले बाह्य पर्यटक चराको उपस्थिति घट्नुले चिन्तित बनाएको तिम्सिना बताउँछन्। राज्यका स्थानीय तहले जैविक विविधता महत्वपूर्ण पाटो हो भन्ने बुझेर काम गरिदिन जरुरी रहेको तिम्सिना बताउँछन्।, ‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरुपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ’, कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष राजकुमार सिंहले बताउँछन्।, उनका अनुसार सिमसारमा ढपक्कै ढाकिएको जलकुम्भी, ‘म्याइकेनिया’जस्ता वनस्पतिले हाँस प्रजातिका चरालाई असर गरेको र सिमसार आसपासका क्षेत्रमा विषादीको प्रयोगले जोखिम रहेको छ। बगेको पानीभन्दा जमेको पानीमा बस्न रुचाउने हाँस प्रजातिका चरा माछा मार्न आउने मान्छेसँग डराएर भाग्ने गरेका छन्।, आरक्ष क्षेत्रमा लाइसेन्स लिएर माछा मार्न अनुमति दिने गरिएको छ जसको जोखिम चरालाई परेको छ। चरालाई उचित वासस्थान र पर्याप्त आहराको कमी अर्को समस्या रहेको छ।, उत्तरी ध्रुव हिमपातको सुरुवातसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउँछन्।, बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक छ।, करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलंकातिर जान्छन्। जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन्।, यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन्।, दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन्। यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन्।, यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ। नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन्।, उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ। नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन्।, ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन्।, दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस
रासस तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्।, उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्।, न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो। तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।, तुलसीपुर बसपार्क फोहर थियो। अव्यवस्थित रूपमा फोहर फालिएको थियो। तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे। त्यसैले पनि उनले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे। ‘बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो’, उनले भने।, फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेका भएको हो। उनले केही डस्टबिन त्यहाँ राखे र फोहर राख्न अनुरोध गरे।, ‘मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ’, उनले भने,‘यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो।’, उनी तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि छन्। विसं २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थालेका हुन्।, सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरू पनि थपिएपछि झनै सहज भयो। ‘६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ’, उनले भने, ‘त्यसपछि केही साथीहरु थपिनुभयो।’, बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने। ‘पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ’, उनले भने, ‘हामीले सचेतना फैलाउने हो।’ विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन्।, अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन्। यातायात व्यवसायी टंक विक भन्छन्, ‘पहिले निकै फोहर हुने गर्थ्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ।’ उनीहरूले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ।, ‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान
विनोद सापकोटा झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा बिहीबार एक अधबैसे पुरूषको शव फेला परेको थियो।, मृतक कन्काई नगरपालिका–४ बस्ने वर्ष ५५ को पदमलाल बाँस्तोला भएको खुलेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनायो। , प्रहरीले मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थाहा पाएपछि अनुसन्धानलाई शुक्ष्म रूपमा अघि बढाएको थियो। बाँस्तोला कनकाईको बगरमा भाइ बुहारीसँग घाँस काट्न आएका थिए।, उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटर मात्र दुरीमा रहेको प्रहरीले जनाएको छ। , प्रहरीले अनुसन्धानका लागि भन्दै मृतककी भाइ बुहारी रनमाया बाँस्तोलालाई नियन्त्रणमा लिएर केरकार गर्न सुरू गर्‍यो।, उनले जेठाजुको हत्या आफैंले गरेको बयान प्रहरीलाई दिइन्।, ‘घर पालुवा चौपायालाई घाँस काट्न जेठाजु सँगै गएकी थिएँ। १० मुठा जति घाँस काटेपछि जेठाजुले अनैतिक व्यवहार गर्नुभयो। प्रतिकार गर्ने क्रममा घाँस काट्ने हसिँयाले जेठाजुको हत्या गरिदिएँ,’ उनले प्रहरीलाई बयान दिइन्।, प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ। आफूमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए।, उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, कनकाईमा बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरण: प्रतिकार गर्दा बुहारीद्धारा हत्या
रोहित महतो धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा स्वास्थ्यकर्मीहरू विद्यालय र स्वास्थ्य संस्था बन्द गरि आन्दोलनमा उत्रिएका छन्।, गत साउनदेखि तलब भत्ता नपाएको भन्दै नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय र स्वास्थ्य चौकीका शिक्षक कर्मचारीहरू विगत तीन सातादेखि नगरपालिका परिसरमा धर्ना बसेका हुन्।, असार १० गतेभित्र सम्पन्न भइसक्नुपर्ने नगरपरिषद नहुँदा नगरपालिकाका शिक्षक, स्वास्थ्यकर्मीसहित झण्डै तीन सय कर्मचारीले तलब-भत्ता लगायतका सुविधा पाएका छैनन्।, शिक्षक तथा कर्मचारीको आन्दोलनले पालिकाभरका १६ वटा विद्यालय बन्द हुँदा करिब १० हजार विद्यार्थीको पठन पठनपाठन ठप्प छ।, यसैबीच आन्दोलनरत शिक्षकको समर्थनमा नेपाल शिक्षक संघले शुक्रबार धनुषाका अधिकांश विद्यालय बन्द गर्‍यो।, यता पालिकाभरका स्वास्थ्यचौकी बन्द हुँदा स्थानीयबासीले सेवा पाएका छैनन्। जाडो बढेर गाउँमा बिरामीको संख्या दिनानुदिन बढ्दो छ। तर उनीहरू सामान्य उपचारका लागि पनि अन्यत्र जान बाध्य छन्।, नगरपालिकाको नगरपरिषद नहुँदा गत साउनदेखि शिक्षक तथा कर्मचारीले तलब भत्ता पाएका छैनन्। घर परिवार चलाउन अफ्ठ्यारो भएपछि बाध्य भएर आफूहरूले आन्दोलन गर्नुपरेको राजेश्वर निधि माविका प्रधानाध्यापक परमेन्द्र निधिले बताए।, ‘भोको पेटमा कुन नैतिकताले शिक्षकलाई पढाउन भनौं। यति लामो आन्दोलन गर्‍यौं। तर आजसम्म तलबका लागि नगरपालिकाले चासो देखाएको छैन,’ उनले भने, ‘एसईई फारम भर्नुपर्ने एकदम आवश्यक थियो। त्यो काम हामीले नैतिकताको आधारमा गर्‍यौं। तर तलब नपाएसम्म पढाउन जाँदैनौँ।’, आन्दोलन अघि तलबका लागि विभिन्न चरणमा ध्यानाकर्षण गराए पनि कसैले चासो नदेखाएपछि बाध्य भएर विद्यालय बन्द गर्नुपरेको उनले बताए।, ‘विद्यार्थीमाथि साह्रै अन्याय भएको हामीलाई थाहा छ। उनीहरुको भविष्यसँग हामीले होइन, नगरपालिकाले खेलवाड गरेको छ। हाम्रो माग पुरा गर्नुपर्‍यो नि,’ प्रधानाध्यपक निधिले भने।, नगरपालिकाका मेयर रामविनय यादव र उपमेयर राधिका यादवबीचको विवादले नगरपरिषद हुन सकेको छैन। यहाँ मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा एमालेबाट निर्वाचित भएका छन्।, चालु आर्थिक वर्षको पाँच महिना बितिसके पनि परिषद हुन नसक्दा कर्मचारीले तलब भत्ता र जेष्ठ नागरिक एवं एकल महिलाले पेन्सन पाउन नसकेको मेयर यादवले बताए।, उपमेयर र एमालेबाट निर्वाचित केही वडाध्यक्षको हठका कारण परिषद हुन नसकेको मेयर रामविनयले आरोप लगाए।, ‘बजेट चलाउने विषयमा मुख्य विवाद भएको हो। नगरपालिकाको योजना पनि वडाकै सिफारिसमा भुक्तानी हुनुपर्ने उहाँहरूको अडान छ। कार्यपालिकामा एमालेको बहुमत छ,’ उनले ,सेतोपाटी,सँग भने, ‘कार्यपालिका सदस्यले नै सबै बजेट चलाएपछि मेयरको के काम? मैले पनि त जनतालाई केही योजनाको आश्वासन दिएको छु। मैले सबै योजना टेण्डरै गरौं भन्ने प्रस्ताव गरेँ तर उनीहरुले त्यो पनि मानेनन्।’, आफूले शिक्षक, स्वास्थ्यकर्मी एवं आन्दोलित कर्मचारीलाई दुई महिना अझै आन्दोलन स्थागित गर्न आग्रह गरेको मेयर यादवले बताए।, ‘स्थानीय सरकार सञ्चाचालन ऐन संशोधन गरी ५१ प्रतिशतलाई घटाएर २५ प्रतिशत कार्यपालिका सदस्यबाटै परिषद गर्न मिल्ने बनाउन केही सांसदसँग पनि कुरा गरेको छु। त्यो भयो भने सहजै परिषद गरेर कर्मचारीलाई तलब खुवाउन सकिन्छ,’ उनले भने।, यता उपमेयर राधादेवी यादवले जनमतलाई कदर गरी नगर परिषद्का लागि कार्यपालिका सदस्यले दर्ता गर्न खोजको प्रस्ताव निर्वाधरूपमा दर्ता हुनुपर्ने, स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ अनुसार परिषदपूर्व पालिका सञ्चालनका लागि आवश्यक विभिन्न क्षेत्रगत समितिले पूर्णता नपाएसम्म परिषद हुन नदिने बताइन्।, विगतका मेयरले बहुमतको दम्भमा पारित गराएका कार्यविधि संशोधन हुनुपर्ने, विभिन्न क्षेत्रगत समितिको छलफल गराई परिषद्का लागि आधार तयार गराउनुपर्ने उनको माग छ।, ‘उहाँ  (मेयर) ले बहुमतको र जनमतको अपमान गरेर स्वेच्छाचारी र तानाशाही देखाउनुभएकाले नगर परिषद हुन सकेको छैन्। २०७६ मा स्थानीय तह सञ्चालन समबन्धी गरिएको संशोधन खारेज गरेर परिषद गर्न मैले बारम्बार भनेकी छु,’ उनले भनिन्।, २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत कार्यपालिका सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। गत निर्वाचनमा भने एमालेले मेयरबाहेक उपमेयरसहित बहुमत सदस्य जितेको छ।, १९ जना कार्यपालिका सदस्यमा मेयरसहित ६ जना मात्र कांग्रेसका छन्।, विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा, २२ दिनदेखि १० हजार विद्यार्थीको पठनपाठन ठप्प