content
stringlengths 20
64.1k
⌀ |
---|
सेतोपाटी संवाददाता देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसको प्रभावले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।, साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।, राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।, महाशाखाका अनुसार भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।, यस्तै (बुधबार) सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। ,
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः हिमाली क्षेत्रमा हिमपातको सम्भावना |
सेतोपाटी संवाददाता मापदण्ड विपरीत सञ्चालन भएका धनुषाका ५ वटा क्रसर र बालुवा वासिङ उद्योग सिल गरिएको छ।, संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा सञ्चालित दुइटा क्रसर र तीन वटा बालुवा वासिङ उद्योग सिल गरेको हो।, महोत्तरीको बर्दिवास नगरपालिका–१ की मन्जु क्षेत्रीले मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र औरही नगरपालिका बस्ने विनोद साहले मिथिला नगरपालिका–९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योग सिल गरिएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जानकारी दिए।, उनका अनुसार महोत्तरीकै रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले संयुक्त रूपमा मिथिला–१० मा सञ्चालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग, बेंगाडावर–६ बस्ने विजय शर्माले मिथिला–३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र जनकपुर–१३ बस्ने शिवजी साह र जनकपुर–२१ बस्ने महादेव साहले संयुक्त रूपमा मिथिला–३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ उद्योग सिल गरिएको हो।, क्रसर उद्योगहरूले नवीकरण नगराएको, नदी-नालाको छेउमै उद्योग सञ्चालन गरेको, मानव वस्तीमा असर पारेको एवं बालुवा वासिङ उद्योगले क्रसर उद्योगसरह बालुवा उत्खनन् लगायत काम गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित नगराएको, न्यूनतम मापदण्ड पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी पाँचवटै उद्योग सिल गरिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका सिंहले जनाए।, धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ उद्योग दर्ता भए पनि अधिकांशले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाको तथ्यांकले देखाएको छ।, गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा वासिङ उद्योगलाई कारबाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समिति सक्रिय भएको हो।,
धनुषाका ५ वटा क्रसर र बालुवा वासिङ उद्योग सिल |
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ।, खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो।, सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ। , दरखास्तका लागि ,https://online.tsc.gov.np/, मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ।, विज्ञापनबारे विस्तृतमा ,https://tsc.gov.np/ ,मा गएर हेर्न सकिने आयोगले जनाएको छ।, यस्तो छ सूचना:, ,
शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक |
सेतोपाटी संवाददाता भक्तपुरको एक घरमा बिस्फोट भएको छ।, सोमबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ३ काठमाडौं ल कलेज पछाडि रहेको एक घरमा बिस्फोट भएको हो।, बिहान करिब पौने ७ बजेतिर एक्कासी बिस्फोट हुँदा घरमा क्षति पुगेको छ।, झापा घर भई दधिकोट बस्ने रामप्रसाद थपलियाको घरमा विस्फोट भएको हो।, साढे २ तला घरको भुई तलामा रहेको भान्सामा बिस्फोट भएको हो। घरको पर्खाल भत्किएको छ। पार्किङमा राखिएको कारको सीसा र छिमेकीको घरको झ्यालका सीसा पनि फुटेका छन्।, भक्तपुर जिल्ला परिसरका डिएसपी राजु पाण्डेका अनुसार ग्यास ग्यास सिलिण्डरको ग्यास चुहिएर बिस्फोट भएको अनुमान छ।, बिस्फोटमा थपलियाकी श्रीमती सामान्य घाइते भएकी छन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ।, उनीसँग सोधपुछ गर्दा कोठामा रहेको ग्यास नै बिस्फोट भएको डिएसपी पाण्डेले बताए।, 'हिजो ग्यास सिलिण्डर परिवर्तन गरिएको रहेछ। चेन्ज गर्दा केही लिक भएका ग्यास कोठाभित्रै जम्मा भएर बसेको र आज लाइटर बाल्दा एक्कासी पड्किएको देखियो। सिलिन्डर पनि अन गरिसकेको अवस्था पनि थिएन,' उनले भने, 'कहिलेकाहीँ लाइटर पड्किए जस्तै गरी पड्किएको हो कि भन्ने देखिन्छ। त्यो बाहेक अरू केही पाएका छैनौं।',
भक्तपुर दधिकोटको एक घरमा बिस्फोट |
सेतोपाटी संवाददाता भारतको गुजरातबाट नेपाल आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ।, भारतको लखनउदेखि १४ किलोमिटर नेपालतर्फ गउ उन्नाउ भन्ने ठाउँमा गए राति बस दुर्घटनाामा परेको थियो।, तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिएको थियो।, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बस दुर्घटनामा परेर टीकापुर ज्योतिनगरका ४० वर्षीय ललिल साउद र व्यवसाय क्षेत्रमा बसोबास गर्ने ४५ वर्षका चन्द्र साउदको मृत्यु भएको छ।, एक जना नेपाली महिलाको सनाखत हुन सकेको छैन। बस दुर्घटनामा ५ जना घाइते छन्।, बाक्लो हुस्सु लागेका कारण चालकले रोकिराखेको ट्रक नदेख्दा दुर्घटना भएको अनुमान गरिएको छ। बसमा ४० जना यात्रु थिए।,
भारतको गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीको मृत्यु |
सेतोपाटी संवाददाता सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। , बोदेबरसाइन नगरपालिका-५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए। , बोदेबर्साइन-९ देउरी बस्ने ३२ वर्षीय रामविलास साह तेली र वडा ७ बस्ने ५० वर्षीय मायानन्द झा पक्राउ परेका हुन्।, उनीहरूले बरसाइन बजारमा रहेको कौशल किशोर यादवको घरको कोठा भाडामा लिएका थिए।, आइतबार बिहान साढे ११ बजे उक्त कोठामा हुन्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षकको कमान्डमा टोली पनि खटिएको थियो।, सिआइबी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको टोली उक्त कोठामा पुगेको थियो। , खोजी गर्नेक्रममा खाटमाथि कपडाले छोपेर राखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद भएको डिएसपी सिंहले बताए। , यस्तै रामविलास तेलीले बोकेको कालो ब्यागबाट १५ लाख र मायानन्दले बोकेको झोलामा ९ लाख बरामद भएको हो। , प्रहरीले उनीहरूबाट जम्मा ५२ लाख ८९ हजार ५ सय रुपैयाँ बरामद गरेको डिएसपी नरेशकुमार सिंहले बताए। , साथै हिसाब लेखिएको पाँच वटा कापी पनि प्रहरीले बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको छ।,
सप्तरीमा स्रोत नखुलेको ५२ लाख नगदसहित दुई पक्राउ |
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ।, आइतबार राति कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि निवारीले जानकारी दिए।, उनका अनुसार राति ३ बजेतिर कार्यकक्षमा आगलागी भएको हो।, जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको तिवारीले जानकारी दिए।, ‘राति अचानक तार सर्ट भएर आगलागी भएको रहेछ, कार्यकक्षमा भएको टेबुल, सोफा लगायतका सामग्रीमा क्षति पुगेको छ,’ उनले भने।, आगलागीबाट दुईदेखि साढे लाख रुपैयाँसम्मको सामग्री क्षति भएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए।,
वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी |
सेतोपाटी संवाददाता मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन्। जसम्धये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्। , श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।, प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क भएको थियो। , राजदूतावासले उनीहरूको उद्धार गरेको हो। , मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ।, दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।, यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।,
,
मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै |
रासस अफ्रिकन ‘स्वाइन फिभर’को संक्रमणका कारण तनहुँमा १२ वटा बंगुर मरेका छन्।, भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बंगुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। , उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए। शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बंगुर मरेको र केही बंगुर बिरामी भएको उनले जानकारी दिए। अफ्रिकन स्वाइन फिभरविरूद्ध हालसम्म भ्याक्सिन बनेको छैन। , 'गत वर्ष काठमाडौंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौं', उनले भने।अफ्रिकन स्वाइन फिभरका कारण बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन्। , साथै, उक्त संक्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बंगुर मरेका छन्।, पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए। , केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन्।, केन्द्रका प्रमुख डा श्रेष्ठले भने, 'यस रोगको प्रकोपका कारण एक चरण बंगुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौं।' ,
अफ्रिकन 'स्वाइन फिभर'ले तनहुँमा १२ बंगुर मरे |
राजेश घिमिरे कात्तिक २२ गते हेटौंडा उप–महानगरपालिकाको बुद्धचोकदेखि मकवानपुरगढी गाउँपालिकाका विभिन्न गाउँसम्म पुगेर स्थानीयसँग हामीले चुनाव र राजनीतिका कुरा गरेका थियौं। , चुनावभन्दा १२ दिन अघि पुगेका हामीलाई यस क्षेत्रका मतदाताको झुकाव कुन उम्मेदवारतिर बढी रहेछ भन्ने कुरा जान्नु थियो। उम्मेदवारहरु भोट माग्नमा व्यस्त थिए। चोक, चौतारो, चिया पसल सबैतिर राजनीतिक गफ चलेका थिए। , चुनावी रस्साकस्सी सबैभन्दा बढी चियापसलमा देखिन्थ्यो।, वडा नम्बर–६ स्थित चुच्चेखोलाका चिया पसलहरुमा पनि चुनावी रंग कम्ता थिएन। कृष्ण कन्हैया खुवा सेन्टरमा भेला भएका चिया र खुवाका पारखीहरु पिउन, खानमा भन्दा उम्मेदवारको विषयमा आफ्नो तर्क प्रस्तुत गर्नमा जोड दिइरहेका थिए।, उनीहरु आफ्ना उम्मेदवारलाई राम्रो देखाउन एकअर्कामा कटाक्ष गर्न पनि पछि परेका थिएनन्।, दुई महिनापछि पुग्दा पनि यहाँ चहलपहल उस्तै देखियो। तर पसलको वातावरण र गफ भने पहिलेभन्दा फरक! , ‘चिया पिउन बस्यो कुरा राजनीतिकै निस्किहाल्ने। चुनावको बेलामा त ठिकै हो, अरुबेलामा पनि तेरो पार्टी र मेरो पार्टी भन्नेमात्र कुरा चल्थ्यो अचेल त्यस्तो अल्ली कम छ,’ नजिकै घर भएका यतिन्द्र पुडासैनीले भने, ‘नानीदेखि लागेको बानी च्याट्टै त कहाँ छुट्थ्यो र, पहिले भन्दा बिसेक चाहि भएको छ।’, यसको कारण थियो पसलको भित्तामा टाँसिएको एउटा सूचना! , सडकबाट पसलमा प्रवेश गर्दा सिधै आँखा पर्नेगरी भित्तामा टाँसिएको ‘छलफलको विषय’ शीर्षकको सूचनाले यहाँ हुने गफमा केही परिवर्तन ल्याएको रहेछ। , सूचनाले यहाँ बसेर गफ गर्न सातवटा बारका लागि छुट्टाछुट्टै विषय तय गरेको छ। , आइतबार कृषि सम्बन्धी, सोमबार व्यापार र उद्योग सम्बन्धी, मंगलबार रोजगारी र गरिबी निवारण, बुधबार संस्कृति र पर्यटन, विहीबार स्वास्थ्य र सरसफाई, शुक्रबार मनोरञ्जन र टेन्सनमुक्त हुने सम्बन्धी गफ गर्न आग्रह गरिएको छ। शनिवारीय गफको विषय राजनैतिक र कुटनीति तय गरिएको छ। र अन्तिममा लेखिएको छ, ‘विषयबस्तुमा केन्द्रित हुनुभएकोमा सबैलाई धन्यवाद’।, सोही वडामा घर भएका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालले राजनीतिक गफ बढी भएपछि स्थानीय युवाहरुले सल्लाह गरेर विषय तय गरेको बताए। , ‘चुनावभरी यहाँ राजनीतिक गफमात्रै भयो। चुनावबाट विजय हुने भइसके, जाने गइसके, सधैं राजनीतिक गफमात्रै गरेर लफडाबाजी नगरौं, केही नयाँ कुरो गरौं भनेर छलफल भयो,’ पसलमा भेटिएका पत्रकार दुलालले भने, ‘विषय तोक्ने, हरेक दिन फरक विषयमा गफ गर्ने भएपछि सम्बन्धित विषयका विज्ञ नै पनि आएर त्यससम्बन्धी कुरा राख्न सक्ने भए भन्ने सल्लाह भयो। एक जना छिमेकीले लेखेर टाँसिदिनुभएछ।’, उनले आफ्नो घर अल्ली परको चोकमा भएपनि त्यहाँका पसलमा राजनीतिक गफमात्रै हुने भएकाले चिया, खाजाका लागि यहाँ आउने गरेको सुनाए। , ‘कोहीले राजनीतिक गफ गर्न थाले भने त्यहाँ हेर्नुस् त आजको विषय के हो भनेर देखाइदिएपछि लाइनमा आइहाल्छन्,’ उनले सुनाए।, स्थानीय श्यामकुमार मानान्धरले २३ वर्षअघि खोलेको पसल हो यो। त्यतिखेर उनले मासिक ५ सय रुपैयाँ भाडा बुझाउनेगरी यहाँ चिया र खुवा पसल सुरु गरेका थिए।, हेटौंडा बजारको बुद्ध चोकबाट ६ किलोमिटर पर कान्ती राजमार्गमा पर्ने चुच्चेखोलामा आधा दर्जन बढी खुवा पसलहरु छन्। ती मध्ये धेरै बिक्री हुने पसल हो कृष्ण कन्हैया खुवा पसल। , मानान्धरले खुवामात्रै नभएर चिया, मिठाई, केराको मःम, केराको छोइला जस्ता साकाहारी परिकारहरु पनि बनाएर बिक्री गर्ने गरेका छन्। ,
कान्ती राजपथ हुँदै काठमाडौं–हेटौंडा आवातजावत गर्नेहरु धेरैलाई यहाँको खुवा र खाजाको विषयमा थाहा छ। धेरै मन्त्री, मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, सेलिब्रेटीहरुले पनि यहाँ आएर खुवा किन्ने, चिया, खाजा खाने गरेको मानान्धरले बताए।, उनले दैनिक २० हजार रुपैयाँजतिको व्यापार हुने गरेको सुनाए। , ‘दैनिक २ सय कप चिया बिक्री हुन्छ। ५० किलोसम्म खुवा घोटिन्छ, कहिले पुरै बिक्री हुन्छ, कहिलेकाहीँ बाँकी पनि रहन्छ,’ उनले भने, ‘मासिक १ लाख रुपैयाँ भन्दा बढी जोगाउन सकेको छु।’, मानान्धरले यही पसलबाट भएको आम्दानीले दुई तल्लाको घर बनाएका छन्। , ‘५ वटी वहिनी, भतिजाहरुको विवाह गर्ने, छोरा, छोरी पढाउने, घर खर्च धान्ने सबै यही पसलबाट सम्भव भयो,’ उनले भने, ‘अब त छोरो पनि ठूलो भइसक्यो। उसले पनि सहयोग गर्न थालेको छ।’, मानान्धरले आफ्नै देशमा बसेर पनि विदेशमा भन्दा राम्रो कमाउन सकिन्छ भनेर युवाहरुलाई प्रेरणा दिन सकेकोमा खुसी लागेको बताए।, ‘म विदेश गएको भएपनि यति कमाउन सक्थें कि सक्थिनँ थाहा छैन, परिवारसँगै बसेर महिनाको एक लाख कमाएको छु,’ उनले भने, ‘विदेश जाने गफ गर्ने युवाहरुलाई यहीँ केही गर भनेर सल्लाह दिन्छु। छोरोले पनि अब यही पेशालाई अघि बढाउला भन्ने आशा छ।’, उनले सधैं राजनीतिक गफमात्रै हुने पसलमा नयाँ छलफलका विषयहरु लेखेर टाँसेपछि गफका विषयहरु परिवर्तन हुन थालेको बताए। , ‘राजनीतिक गफ गर्न ठ्याक्कै बन्द त किन हुन्थ्यो र, यो टाँसेपछि पहिलेजस्तो त्यहीमात्रै कुरा हुन भने कम भएको छ,’ मानान्धरले भने, ‘अस्तिताका सरहरु आएर सबै विषय पर्यो, शिक्षाको विषय परेनछ भन्नुभएको छ। राजनीतिमात्रै गफ गर्ने विषय होइन भन्ने त मान्छेलाई परेको छ नि।’,
चुच्चेखोलाको चिया पसलमा राजनीतिका गफैगफले 'लफडा' हुन थालेपछि… |
नारायण खड्का अर्घाखाँचीकी ६० वर्षीया राधा थापा सधैंजसो बिहानपख दूध लिन जान्थिन्। , शितगंगा नगरपालिका-१० बहखोरकी उनी दूध लिन करिब २० मिनेट पैदल हिँडेर जानुपर्थ्यो। पुस १७ गते बिहान ८ बजेतिर उसैगरी उनी घरबाट निस्किइन्। त्यहीबेला अचानक पछाडिबाट उनको टाउकोमा कसैले ढुंगाले हिर्कायो। जोडले हिर्काएपछि उनी एक्कासि भुइँमा लडिन्। , भुइँमा ढलेकी उनको अनुहारमा हँसिया पनि प्रहार भयो। त्यसपछि उनलाई घिसारेर झन्डै २० मिटर पर रहेको खोल्सामा पुर्याइयो। त्यतिञ्जेल राधाको मृत्यु भइसकेको थियो।, कान र घाँटीमा लगाएका सुनका गरगहना समेत लुछेर हत्या आरोपित फरार भए। , प्रहरीका अनुसार उनका हत्याका आरोपित भारत गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह हुन्। जसलाई प्रहरीले 'सिरियल किलर'को संज्ञा दिएको छ। , चार महिनामा तीन महिलाको हत्या गरेको उनीमाथि आरोप छ। जसमध्ये राधा पनि एक भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। , सुशान्तले राधाको हत्या एकै पटकमा गरेका भने होइनन्। कार्यालयका प्रमुख डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उनले तेस्रो प्रयासमा मात्रै राधाको हत्या गरेका हुन्। , सिंहले शितगंगा-१० सिद्धाराकी २२ वर्षीया शिवा परियारसँग विवाह गरेका छन्। तीन वर्षअघि नै उनीहरूले विवाह गरेका थिए। , सुशान्तसँग विवाह गरे पनि शिवा माइती आउजाउ गरिरहन्थिन्। त्यहीबेला सुशान्तले राधा थापालाई देखे। , राधा एकलाश बाटोमा एक्लै हिँड्ने गरेको उनले देखेका थिए। कान र घाँटीमा सुनका गरगहना देखेपछि सुशान्त लोभिए। , त्यसपछि उनले आफ्नी श्रीमती शिवासँग मिलेर योजना बनाउन थालेको डिएसपी मुकुन्दप्रसाद रिजालले बताए। , सुशान्तले पहिलो पटक हत्या गर्ने प्रयास गर्दा चुके। दोस्रो दिन पनि उनी हत्या गर्ने मनसायले ढुकेर बस्दा राधा आइनन्। तेस्रो पटकमा भने उनले राधाको हत्या गरे। , हत्या भएपछि करिब १० बजेमात्रै स्थानीयले राधाको शव देखेर प्रहरीलाई बोलाएका थिए।, प्रहरीले हत्या आरोपमा उनकी श्रीमती शिवालाई पनि पक्राउ गरेको छ। तर उनको हत्यामा संलग्नता योजना बनाउनेमा मात्रै देखिएको रिजालले बताए। , ‘सुशान्त र शिवा दुबैले राधाको हत्या गर्ने योजना बनाए पनि हत्या गर्नेबेला संलग्नता हालसम्म देखिएको छैन,’ उनले भने, ‘दुबै जनामाथि ज्यान मुद्दा लगाएर अनुसन्धान गरिरहेका छौं।’, प्रहरीले सुशान्त सिंह नै यस घटनाका आरोपित हुनसक्ने आशंका गरेको थियो। खोजी गर्ने क्रममा प्रहरीले उनलाई शितगंगा-१० स्थित मुद्रीबास जंगलबाट पक्राउ गर्यो। , ‘प्रहरीले घेरा हालेपछि उसले पाँच सय मिटरमाथि पहाडबाट हामफाल्ने प्रयास गर्दै थियो,’ उनले भने, ‘प्रहरीले उच्च सतर्कता अपनाउँदै सिंहलाई सकुशल नियन्त्रणमा लिन सफल भएको हो।’ , पक्राउ पर्दा सिंहको कपडामा रगतका दागहरू पनि फेला परेको उनले बताए।, उनीमाथि कपिलवस्तुकी ७० वर्षीया योगमाया गैरेको हत्या गरेको पनि आरोप छ। , चार महिना पहिले विजयनगर गाउँपालिका-४ की योगमायासँग शिवाको चिनजान भएको थियो। योगमाया पनि सुनका गरगहना लगाउँथिन्। , यो कुरा थाहा पाएपछि सुशान्तले उनको निगरानी गर्न थाले। निगरानी गर्दा योगमाया घरमा एक्लै बस्ने गरेको खुल्यो। त्यसपछि उनको हत्या गरी लुटपाट गर्ने योजनासहित दुबै जना असोज ६ गते राति करिब १० बजे योगमायाको घरमा पुगे।, उनीहरूले योगमायालाई बोलाएर ढोका खोल्न लगाए। ढोका खोल्नबित्तिकै सुशान्तले उनको घाँटी अठ्याए। घाँटी थिचेर सुशान्तले उनको हत्या गरे। सुनका गरगहना लुटे र बाहिरबाट चुकुल लगाएर भागे। , यो घटना पनि आफूहरूले नै गरेको भन्दै प्रहरीसमक्ष स्वीकारिसकेको डिएसपी रिजालले बताए। यो घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय अनुसन्धान ब्युरोको टोली पनि खटिएको थियो। तर आरोपित पत्ता लागेको थिएन। , योगमायाको हत्यापछि दम्पती सीमा नाका चन्द्रोटा हुँदै भारत पुगेका थिए। तर केही समयपछि उनीहरू फेरि नेपाल फर्किए। ,
नेपाल फर्किएर महिना दिन नबित्दै सुशान्तले अर्को एक वृद्धाको पनि हत्या गरे।, गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापाको हत्या पनि उनीहरूले नै गरेको डिएसपी रिजाल बताउँछन्।, उनको हत्या गत कात्तिक २८ गते भएको हो। , एक्लै बस्ने, अशक्त, गरगहना लगाउने मानिस फेला परेमा उनले हत्या गर्ने गरेको देखिएको हो। जीवकला पनि घरमा एक्लै बस्ने गरेको सुशान्तले थाहा पाएका थिए। , जीवकलाबारे भने सुशान्तले युट्युबमार्फत् थाहा पाएका थिए। उनी एक्लै बस्ने गरेको थाहा पाएपछि उनी गुल्मी पुगे। , ‘युट्युबमा जीवकला थापाको कथा हेरेपछि ऊ त्यहाँ पुगेको खुल्यो,’ डिएसपी रिजालले भने, ‘आफू मजदुर हुँ भन्ने बहाना बनाएर उनको घरमा पुगेको देखिन्छ।’, घरमा बास बस्न आएको बहानामा उनले जीवकलाको पनि हत्या गरेको प्रहरीले जनाएको छ। उनको पनि गरगहना लुटिएको डिएसपी रिजालले बताए। , प्रहरीका अनुसार उनले यी लुटिएका गरगहना कहाँ लगेर बेच्ने गरेको भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान गरेपछि खुल्ने प्रहरीले जनाएको छ। , अर्घाखाँचीकी राधाको हत्यामा सुशान्तकै संलग्नता भएको देखे पनि अरूको हत्याबारे प्रहरी अनभिज्ञ नै थियो। तर सोधपुछ गर्नेक्रममा उनले योगमाया र जीवकलाको पनि हत्या आफैंले गरेको बताएका हुन्। , प्रहरीले उनीमाथि प्रारम्भिक अनुसन्धान सकेर आइतबार सार्वजनिक गरेको हो। सुशान्तको विगतबारे बुझ्न अर्घाखाँची प्रहरीले भारतीय प्रहरीसँग पनि सम्पर्क गरेको छ। ,
राधाको हत्याअघि सुशान्तले गरिसकेका थिए दुई महिलाको हत्या |
रासस ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ। , ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो। , परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा संलग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिए।, 'ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौं', अध्यक्ष शर्माले भने।, पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पुर्याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरू गर्नेछ। ,
,
ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनीलाई दु:ख दिने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो |
सेतोपाटी संवाददाता काठमाडौंको शिवपुरी जंगलमा नगद हार-जित हुने गरी ओखर खेलेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरी वृत्त बौद्धले सोमबार अपराह्न पौने ५ बजे एक लाख ५ हजार ७९० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, काठमाडौंको सुन्दरीजल बस्ने ४६ वर्षीय रविन्द्र विष्ट, ५० वर्षीय पागिमा शेर्पा र ३९ वर्षीय रामशरण गोतामेलाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-२ शिवपुर जंगलभित्र बराही मन्दिर नजिकैबाट पक्राउ गरेको हो। , उनीहरूले पैसा हार-जित हुने गरी ओखर खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। , उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूमाथि प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ।,
शिवपुरी जंगलमा ओखर खेल्ने तीन जना पक्राउ |
भगवती पाण्डे एसियाली विकास बैंक (एडिबी) ले ‘क्लिन इनर्जी’ परियोजना अन्तर्गत लुम्बिनी विकास कोषका लागि किनिदिएका विद्युतीय गाडी एक महिना चलाएर थन्क्याइएको छ।, किनेको तीन वर्षसम्म सञ्चालन नगरिएका गाडी गएको दसैँमा एक महिना चलाइएको थियो। , त्यति बेला पाँच वटा बसले २० हजार २३६ जना यात्रुलाई निःशुल्क यात्रा गराएको लुम्बिनी विकास कोषको अभिलेख छ। साढे तीन वर्ष लुम्बिनीको खुला आकाशमुनि राखिएका विद्युतीय गाडी एक महिना चलाए पनि फेरि थन्काइए।, एडिबीले अनुदानमा दिएका ती गाडी सञ्चालनका गर्न सुरूमा लुम्बिनी विकास कोषले कार्यविधि तयार गरेको थिएन। जब कार्यविधि बनायो नयाँ कानूनी जटिलताका उत्पन्न भएको छ। , सरकारले हालै लुम्बिनी विकास कोषका नाममा हस्तान्तरण गरेका ती गाडी सरकारी गाडीका रूपमा सेतो नम्बर प्लेटमा छन्। सेतो प्लेटका गाडी सरकारीबाहेक अर्को काममा प्रयोग गर्न पाइँदैन।, सेतो प्लेटका गाडी हरियो प्लेटमा फेरेपछि मात्रै लुम्बिनी विकास कोषले पर्यटकका लागि चलाउन पाउँछ। सेतो नम्बर प्लेटका सरकारी गाडी हरियो वा अर्को कुनै प्लेटमा परिवर्तन गर्न पाउने प्रावधान यातायात व्यवस्था ऐनमा छैन।, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनमा सरकारी नम्बर प्लेटका गाडी अर्को कुनै प्लेटमा परिवर्तन गर्न पाउने प्रावधान नरहेको बताए।, उनका अनुसार परिवर्तन गर्ने नै हो भने सोही अनुसार ऐन संशोधन हुनुपर्छ।, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सेतो प्लेटमा रहेसम्म ती गाडी पर्यटक बोक्ने प्रयोजनमा सञ्चालन गर्न नपाइने हुनाले ऐन संशोधन गरेर भए पनि हरियो प्लेटमा परिवर्तन गर्न पर्यटन मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए।, भट्टराईका अनुसार एडिबीले लुम्बिनी जाने पर्यटकहरूको सहज सेवा र पर्यटन प्रवद्र्धनमा सहयोगको उद्देश्यले गाडी उपलब्ध गराएको हो।,
यी गाडी लुम्बिनी विकास कोषकै लागि भएकाले हरियो प्लेटमा फेर्नु अनिवार्य रहेको उनको भनाइ छ।, एडिबीले अनुदानमा उपलब्ध गराएका विद्युतीय गाडीहरू लुम्बिनी विकास कोषले भाडा लिएर सञ्चालन गर्ने योजना बनाएको छ।, सवारी साधन व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न नियमित आम्दानीको स्रोत अनिवार्य भएकोले भाडा लिएर नै पर्यटकलाई यातायात सेवा दिने कोषाध्यक्ष भट्टराईले बताए।, उनले भने, ‘एडिबीले लुम्बिनीमा प्रदूषणमुक्त सवारी साधनले पर्यटकलाई सेवा पुर्याओस् भनेर विकास कोषलाई विद्युतीय गाडी दिएको हो, यसमा भाडा नलिने भनिएको छैन।’, पर्यटकको सेवाका लागि एडिबीले नेपाल सरकारलाई हस्तान्तरण गरेका गाडी दुई वर्षदेखि लुम्बिनीमा थन्काइएकोमा आलोचना भएपछि गत जेठमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गाडी सञ्चालनका लागि कार्यविधि बनाउने निर्णय गरेको थियो।, त्यसपछि लुम्बिनी विकास कोषले कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यविधि बनाउन कार्यदल बनाएको थियो। उक्त कार्यदलले गत भदौमै कार्यविधिको मस्यौदा विकास कोषलाई बुझाइसकेको छ। भट्टराईले हरियो प्लेटमा नामसारी भएपछि विकास कोषले बनाएको कार्यविधि अनुसार गाडी सञ्चालन हुने बताए।, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको र लुम्बिनीमा पर्यटकहरूको चाप बढ्न थालेकोले ती विद्युतीय गाडी सञ्चालन अत्यावश्यक देखिएको छ।, ‘गाडी ल्याउँदा नै पर्यटकलाई विमानस्थलबाट लुम्बिनी पुर्याउन र लुम्बिनी वरपर घुमफिर गराउन प्रयोग गर्ने भनिएको थियो,’ कोषाध्यक्ष भट्टराईले भने, ‘विकास कोषले बनाएको कार्यविधिमा पनि विमानस्थल र लुम्बिनी सर्किटभित्र सञ्चालन गर्ने भनिएको छ। हरियो प्लेटमा नआउँदासम्म गाडीले सेवा दिन सक्दैन।’, उनले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रूपन्देहीकै देवदह लगायतका क्षेत्र बुद्धसर्किट अन्तर्गत रहेको र ती क्षेत्रभित्र चलाउने गरी कार्यविधि बनाइएको जानकारी दिए।, अहिले पाँच वटा बस र १४ वटा भ्यान विकास कोष नजिकै पार्किङ स्थलमा खुला ठाउँमा राखिएका छन्।, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १९ सिटका बस र पाँच सिटका भ्यानमा कार्डबाट रकम भुक्तानी गर्ने सुविधा छ। गाडी वातानुकूलित र अपांगता भएकाका लागि अनुकूल छन्। ढोका स्वचालित छन्। एक पटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने क्षमता छ।, जिल्ला प्रशासन कार्यालय रूपन्देही, लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाहरूको बैठकले पाँचवटा बस सञ्चालन गर्ने निर्णय गरेको थियो।, सोहीअनुसार लुम्बिनीबाट देवदह, रामग्राम, कपिलवस्तु सहितका पाँचवटा रुटमा एक महिना सञ्चालन गरिएको थियो।, एडिबीको अनुदान सहयोगमा क्लिन इनर्जी परियोजना अन्तर्गत करिब १३ करोड रुपैयाँ लागतका १४ वटा भ्यान र पाँच वटा बस लुम्बिनी विकास कोषले पाएको थियो।, विद्युतीय बस, भ्यान र सोलार इनर्जीको गाडी चार्जिङ स्टेसन समेतको यो प्रोजेक्टमा एशियाली विकास बैंकको ३५ करोड लगानी रहेको छ।,
ती गाडी ल्याउँदा ८ करोड रुपैयाँ भन्सार तिरिएको थियो।, एडिबीले सन् २०१८ जनवरी ९ मा विद्युतीय गाडी, गाडी चार्जिङ गर्ने स्टेसन र सोलार इनर्जी समेत उपलब्ध गराउने सम्झौता गरेअनुरूप २०७७ साल मंसिरमा गाडी ल्याइएको थियो। ,
किन फेरि थन्किए दाताले करोडौंमा किनिदिएका विद्युतीय गाडी? |
सेतोपाटी संवाददाता चितवनमा १३७ थान खोटा मुद्रासहित महिला पक्राउ परेकी छन्।, कालिका नगरपालिका-१ बस्ने ४२ वर्षीया गंगा तामाङलाई आफ्नो डेरामा लुकाई छिपाई राखेको एक हजार रुपैयाँका १३७ थान खोटा मुद्रा (जाली नोट) सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डिएसपी नरहरि अधिकारीले बताए।, डेरामा सञ्चय गरी जानी-जानी चलन चल्ती गर्नका लागि लुकाइराखेको नोटसहित ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको अधिकारीले बताए।, उनलाई चितवन जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो।,
एक हजार रुपैयाँका १३७ थान खोटा मुद्रासहित महिला पक्राउ |
सेतोपाटी संवाददाता आन्तरिक राजस्व कार्यालयको कर्मचारी हौं भन्दै हिँड्ने समूहका मुख्य व्यक्ति पुर्पक्षको लागि थुनामा पठाइएका छन्। , काठमाडौंको महाराजगन्ज क्षेत्रमा कार्यालयका कर्मचारी हौं भन्दै अनुगमन गर्दै हिँडेको टोलीका मुख्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।, प्रहरीले यस घटनामा सात जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये यसका ‘मास्टरमाइन्ड’ २५ वर्षीय डेबिड धामी हुन्। , कंचनपुर बेतकोट नगरपालिका-१० घर भई काठमाडौंको थापाथली बस्ने उनलाई अदालतले गत बुधबार नै पुर्पक्षको लागि थुनामा पठाएको हो। , उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा राखिएको छ। , अन्य व्यक्तिहरूको हकमा भने ४० हजार धरौटी माग गरिएको थियो। अन्यले ४० हजार धरौटी तिरेर छुटिसकेका छन्।, डेबिडले अनुगमन गर्ने भन्दै कर्मचारीहरूलाई भर्ना समेत गरेको अनुसन्धानबाट खुलेको थियो। उनले विभिन्न पसल, होटल, रेष्टुरेन्टमा गएर छापा हान्ने गरेका थिए। उनीहरूले सरकारी पोशाक नै लगाउने गरेकाले पनि सामान्य मानिसहरू झुक्किएका थिए।, गत मंसिरमा यसरी लगातार चार दिन देखि छापा हानिरहेको भन्ने खबर पाएपछि महाराजगन्जको टोलीले उनीहरू भएको ठाउँमा पुगेको थियो। सोधपुछ गर्दा उनीहरू नक्कली कर्मचारी हुन् भन्ने खुलेपछि प्रहरीले पक्राउ गरेको थियो।, यो पनि: ,आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भनेर अनुगमन गर्दै हिँडेको टोली पक्राउ,
आन्तरिक राजस्व कार्यालयको कर्मचारी भन्दै छापा मार्ने समूहका मुख्य व्यक्ति थुनामा |
सेतोपाटी संवाददाता हाल तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।, राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।, नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।, पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो। पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी रहेको मौसमविद् वरुण पौडेलले बताए। योसँगै हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ। , चिसो बढेसँगै शीतलहरले तराई भेगमा अन्यत्रभन्दा ५ डिग्री सेल्सियस अधिकतम र न्यूनतम तापक्रममा एकै पटक गिरावट आएको छ। भैरहवा, सिमरा, जनकपुर, सुनसरी, बाँकेलगायतका तराई क्षेत्रमा शीतलहरको चाप बढ्ने भएकाले जिउधनको रक्षा गर्न सरकारसँग महाशाखाले अपिल गरेको छ। , चिसो मौसममा पहाडी र तराई भेगको तापक्रमको उतारचढाव भौगोलिक अवस्थाअनुसार फरक–फरक प्रक्रियामा हुन्छ। विशेषगरी जाडोको समयमा पृथ्वीभित्रको तापक्रम वायुमण्डलमा जाने क्रममा पहाडमा हुस्सु र कुहिरो बनेर बस्छ।, तराईमा शीतलहर बनेर फेरि जमिनमै चिसो फर्किन्छ। मौसमविद पौडेलका अनुसार तराईको समथर भौगोलिक अवस्थाका कारण जमिनको तापक्रम वाष्पीकरण भएर माथिल्लो वायुमण्डलमा पुग्न सक्दैन, चिसोका कारण शीतका रूपमा फर्किन्छ।, यो अवस्थाको अन्त्य हुन कि त वर्षा हुनुपर्छ, कि त ठूलो हावाको प्रवाह आउनुपर्छ। जमिनको नजिकै वाष्पीकरण भएर बस्ने भएकाले त्यसै हट्दैन। ,
तराईमा शीतलहर जारी, पहाडमा आंशिक बदली |
रासस भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा। टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन। अन्य तीन कक्षा खुला आकाशमुनि। विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो।, दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन। कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन्। बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो। दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिए। , ‘तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा प¥यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ’, प्रधानाध्यापक श्रीषले भने, ‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ। दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ।’, विद्यालयमा १ देखि ५ कक्षासम्म ३१ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षाकोठाको अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तत्कालका लागि दुई वटा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई कक्षा कोठा माग गरिएको छ।, कक्षाकोठा बन्न समय लाग्ने भएपछि अझै एक वर्ष विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समस्या भइरहने विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताए। ‘यो वर्ष दुई वटा कक्षा कोठा निर्माण हुन्छन्, थोरै विद्यार्थी भएकाले कक्षाकोठालाई बाँडेर पढाउन सकिन्छ तर त्यो असारसम्म बनिसक्नेछ।, त्यसबेलासम्म पुन अस्थायी छाप्रोमा विद्यार्थीलाई राखिन्छ’, छन्त्यालले भने ‘विद्यार्थीलाई खुला आकाशमुनि पढाउनु हाम्रो रहर हैन, तत्कालै अस्थायी छाप्रो सार्नका लागि प्राङ्गणमा पढाइएको हो, पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ।’ छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक हुँदै गएपछि विद्यार्थीको सङ्ख्यामा समेत क्रमशः कमी हुँदै आएको छ। विद्यालयमा पक्की शौचालय निर्माण भइसकेको र शुद्ध खानेपानीको व्यवस्थापन भइसकेको छ। , जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताए। ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हुँदा पठनपाठन प्रभावित हुने गरेको छ। संयुक्त कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताए। विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधारमार्फत बजेट आएर काम थाल्न लागिएको बताउँदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताए। ,
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन |
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्पनजिकै शुक्रबार बेलुकी आगलागी भएको छ।, टोखा नगरपालिका वडा नम्बर १० स्थित सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको पेट्रोल पम्पसँगै रहेका टहराहरूमा बेलुकी ८ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। , उक्त आगलागी नियन्त्रणमा लिइसकिएको पनि प्रहरीले जनाएको छ।, आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बालाजु औद्योगिक क्षेत्र, बुढानीलकण्ठ नगरपालिका र प्रहरीको गरी ४ वटा दमकल र ५ वटा पानी ट्यांकर प्रयोग गरिएको छ।, प्रहरीका साथै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरू समेत खटेर उक्त आगलागी नियन्त्रणमा लिइएको हो।, घटनामा मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार आगलागीको कारण खुलिसकेको छैन र घटनाबारे प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ।,
काठमाडौंको सामाखुसीमा आगलागी |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले पुस १६ देखि पुस २२ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, तुवाँलोले ढाकेको काठमाडौं। यतिबेला चिसो बढेसँगै बिहानको समयमा तुवाँलोले ढाकिने गरेको छ। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको स्वयम्भुनाथमा प्रार्थना गर्दै दुई बौद्ध भिक्षु। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको टोखामा परम्परागत तरिकाले चाकु बनाउँदै ब्यवसायी। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, भक्तपुरमा बौद्ध भिक्षुहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, भक्तपुरको माधवनारायण मेलामा सहभागी भक्तजनहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौँको कमलादीमा निर्माणाधीन बहुप्रतिक्षित टावरको माथिल्लो भाग। सिसाबाट बन्ने यो टावर नेपालकै अग्लो टावर हुनेछ। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, पाटनको लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै निर्माणाधीन सप्तपाताल पोखरी। अतिक्रमणपछि मासिएको यो पोखरी फेरि पुरानो स्वरूपमा आउने भएको छ। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौंको स्वयम्भुमा बिहानै चिसो भएपछि आगोमा अनुहार सेकाउदै एक पैदल यात्री। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, , काठमाडौंको खुल्लामञ्चमा भूमिगत पार्किङ्ग निर्माण गर्न नहुने भन्दै काठमाडौँ महानगरको गेटमा धर्ना दिंदै अभियन्ता। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, सिंहदरबार अघिल्तिरको देखिएको रात्रीकालिन दृश्य। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी, नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म सुरु गर्न लागेको पदयात्राका क्रममा बिहीबार बिहान गोरखा दरबारमा आयोजित कार्यक्रम। राज्य विस्तारका क्रममा गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले हिँडेको बाटोमा सेनाले पदयात्रा गरेको हो। सेनाले केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।, लुम्बिनी प्रदेश सभामा पद तथा गोपनियताको शपथ लिँदै सांसदहरू। तस्बिरः नारायण खड्का/सेतोपाटी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै पञ्चकन्या। तस्बिरः सेतोपाटी, ,
साताको क्लिक |
सेतोपाटी संवाददाता बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बहुप्रतीक्षित लिन्याक मेसिन आइपुगेको छ।, यो मेसिन शीघ्र सञ्चालनमा आउने अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले बताए।, क्यान्सर रोग विशेषज्ञ डा. भट्टराईका अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारका लागि अत्यावश्यक मेसिन हो। यसले क्यान्सरको उपचारमा प्रयोग हुने रेडिएसन प्रदान गर्छ। , यो मेसिन सञ्चालनमा आएपछि पश्चिम नेपालका क्यान्सरका बिरामीले सेकाइका लागि चितवन, काठमाडौँ या भारत पुग्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले बताए। 'यो मेसिन सञ्चालनमा आएपछि क्यान्सरका बिरामीहरूलाई अप्रेसनपछि गरिने सेकाइ, अप्रेसन नगर्दै गरिने सेकाइहरूलाई सहज हुनेछ। अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाइ यहींबाट हुनेछ,' उनले भने। , , नेपाल सरकारको अनुदान प्राप्त भएको र खरिद प्रक्रिया सुरु भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन खजुरा, बाँकेस्थित अस्पताल आइपुग्दा निकै खुसी लागेको डा. भट्टराईले बताए। , करिब दुई महिनाअघि डा. भट्टराई कार्यकारी निर्देशक भएर आएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले गति लिन थालेको छ। अस्पतालमा जटिल प्रकृतिका शल्यक्रियाहरू हुन थालेका छन्। अस्पतालमा अत्यावश्यक आइसियू बनिसकेकाले आउने दिनमा क्यान्सरका जटिल शल्यक्रिया गर्न र गम्भीर अवस्थाका क्यान्सर बिरामीलाई उपचार गर्न सहज भएको छ। अब क्यान्सर केन्द्रित सेवा मात्र प्रदान गर्ने गरी अगाडि बढ्ने योजना रहेको उनले बताए। , अस्पतालमा अब केही समयमै हस्पिस तथा प्यालिएटिभ केयरको सुविधा पनि अस्पतालको अलग भवनबाट सुरु हुनेछ। नेपालगन्ज धम्बोजी चोकबाट करिब १० किमिभित्र खजुरा गाउँपालिकामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मध्य तथा सुदूरपश्चिमको एक मात्र क्यान्सर अस्पताल हो। , संघीय अस्पताल भए तापनि स्थायी दरबन्दी स्वीकृत नभएकाले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको र हाल 'ओ एन्ड एम' गरी स्थाई दरबन्दी सिर्जना गर्न अध्ययन तथा पहल प्राथमिकताका साथ भइरहेको डा. भट्टराईले जनाए। साथै क्यान्सरका बिरामीलाई अस्पतालसम्म आइपुग्ने सहज वातावरण बनाउन खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकासँग समन्वय गरी क्यान्सर अस्पतालको गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्न, थप एम्बुलेन्स र शववाहन को व्यवस्था गर्न, क्यान्सरका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गर्न र खजुरा गाउँपालिकाको सहयोगमा अस्पताल प्राङ्गणमा हाइमास्ट लाइटको व्यवस्था तथा विद्युत प्राधिकरणसँग डेडिकेटेड लाइनको व्यवस्था गर्नका लागि पहल भइसकेको छ।, पश्चिम नेपालमा क्यान्सरसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, साइन्टिफिक कन्फरेन्स तथा क्यान्सर स्क्रिनिङ शिविरहरू अहिले पनि अस्पतालले निरन्तर सञ्चालन गरिरहेको छ।, साथै मनोविद्सँगको सहकार्यमा क्यान्सरसँग लडिरहेकाहरूलाई उपचारसँगै मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्ने र क्यान्सर सर्भाइभर सोसाइटी' सँगको सहकार्यमा क्यान्सरसम्बन्धी विभिन्न हौसलायुक्त, जनचेतनामूलक कार्यक्रम गर्ने तयारीमा रहेको कार्यकारी निर्देशक डा. डा. भट्टराईले बताए।,
,
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपुग्यो |
सेतोपाटी संवाददाता दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, ब्यास गाउँपालिका -५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा साेही ठाउँका लोकेन्द्र सिलवालको मृत्यु भएको हो। , उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, उनले चलाएकाे म १ त १११८ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटनामा परेकाे थियाे।, ट्याक्टर सडकदेखि १०० मिटर तल खसेको थियाे ।,
,
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु |
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको विषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। , मनपरी रूख काटिएको भन्दै स्थानीयले प्रशासन कार्यालयमा गुनासो गरेका थिए। उक्त गुनासोपछि कार्यालयले वन कार्यालय, सडक डिभिजन कार्यालयलाई पत्र काटेको हो।, के भएको हो र किन रूखहरू कािटिएका हुन् भनेर प्रश्न पनि सोधिएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिइन्। पत्राचार गरेपछि रूख काट्ने काम रोकिएको छ। , लुम्बिनी प्रदेश राजधानीको केन्द्रभाग राप्ती गाउँपालिकामा सबैभन्दा धेरै रूख काटिएका छन्। लमही नगरपालिकासम्म पुग्दा प्रशासनको ध्यानाकर्षण भएको हो।, सडक डिभिजन कार्यालय, दाङले मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो।, कपिलवस्तुको सीमाना धानखोलादेखि बाँकेको सीमाना शिवखोला सडकखण्डको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१-३१ मिटर भित्र निर्मित संरचना १५ दिनभित्र हटाउन भनिएको थियो। सम्बन्धित व्यक्तिले तोकिएको समयमा संरचना नहटाए हटाउँदा लाग्ने खर्च समेत असुल गर्ने सूचनामा उल्लेख थियो। , उक्त सूचनापछि स्थानीयले आफ्नो जग्गामा पर्ने रूखहरू समेत काट्न थालेका हुन्। , ‘वर्षौं पहिले रोपेर हुर्काएका रूखहरू रातारात स्वाहा पारिएका छन्,’ एक स्थानीयले भने, ‘ त्यही बेला प्रदेश राजधानी पनि दाङ आएपछि सडक खुला गर्ने र झाडी सफाइ गर्ने नाममा मनोमानी भएको हो।’, प्रहरी प्रशासनले पनि त्यतिखेर राप्ती पालिका क्षेत्रमा सडक खुला गर्ने तथा झाडी सफाइ गर्ने कार्य गरेको उनले बताए। , पछिल्लो समय जनगुनासो बढेपछि सडक विभागले पनि अनुसन्धान थालेको छ। , यो सडकखण्डमा एमसिसी परियोजनासमेत लागु भएको छ।, रुख काटिएको विषयमा सडक विभाग र एमसिसी परियोजनाका प्रतिनिधिले संयुक्त रूपमा स्थलगत अनुगमन समेत गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ।, मोटामोटी एक हजारको हाराहारीमा साना ठूला रुखहरू काटिएको प्रशासनको अनुमान छ। स्थानीयले आफ्नो घर अगाडि पर्ने वा जग्गामा पर्ने रूखहरू काटेर आफैं लगेका थिए।,
राजमार्ग किनारका रूख मनपरी काटेपछि दाङ प्रशासनको चासो |
सेतोपाटी संवाददाता दाङमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , लमही नगरपालिका वडा नं. ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले जानकारी दिए। , गत बिहीबार (पुस २१ गते) साँझ ५ बजे १३ वर्षीया बालिका परीक्षा दिएर घर फर्किँदै थिइन्। त्यहीबेला उनले यादवसँग लिफ्ट मागेको जाहेरीमा उल्लेख गरिएको छ। , घर पुर्याइदिने बहानामा उनले ती बालिकालाई भरकुण्डी जंगलमा लगेका थिए। त्यहाँ लगेर बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ। , घटनालगत्तै पीडितले प्रहरीलाई जानकारी गराएकी थिइन्। खबर पाएपछि बिहीबार राति नै प्रहरीले यादवलाई पक्राउ गरेको हो। , शुक्रबार यादवमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको एसपी वलीले जानकारी दिए। , ,
लिफ्ट मागेकी १३ वर्षीया बालिकामाथि बलात्कार |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन जाने भएकी छन्। , शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन्। , उनका अनुसार दिउँसो १ बजे पिम्बहालमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ। , पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँबाट पिम्बहाल सम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको उपमेयर बज्राचार्यले बताइन्।, ,
साझा यातायात चढेर पाटन जाँदै राष्ट्रपति भण्डारी |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो। , नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।, आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्।, हाल २१ जना सक्रिय संक्रमित छन्। ,
कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु |
डा.अभिलाषा शाह लुपस कुनै पनि अंगमा असर गर्नसक्ने बाथ रोग हो।, लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्। जब शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिले शरीरको आफ्नै अंगलाई बिगार्यो भने त्यसलाई बाथ रोग अर्थात लुपस भनिन्छ।, मिर्गौला, नसा, रगतलगायतमा लुपसले असर गर्नसक्छ। लुपस एउटा जटिल समस्या हो। रोगसँग लड्ने शक्तिले आफूलाई बिगारेपछि हुने समस्यालाई लुपस भएको भनेर बुझ्न सकिन्छ।, यो रोग युवा अवस्थामा तथा महिलामा सुरू भई लामो समयसम्म रहने दीर्घकालीन रोग हो। यो पुरुषको तुलनामा महिलालाई धेरै हुन्छ। पुरूषलाई कम हुन्छ। महिलालाई के कारणले धेरै हुन्छ भनेर अझैसम्म पत्ता लागेको छैन। भर्खर जन्मेको बच्चादेख ठूलो उमेर समूहका व्यक्तिलाई समेत लुपस हुन्छ।, यो रोग लागेमा हातका जोर्नी दुख्ने, छालामा पुतली आकारको दाग आउने, मुखमा घाउ आउने, चिलाउने, खटिरा आउने, घाममा बाहिर निस्कन गाह्रो हुने, केस झर्नेजस्ता लक्षण देखिन्छन्। शरीरको परिपक्व र आवश्यक कोष नष्ट भई रक्तकोषिकाको कमी हुने, मिर्गौलामा असर गर्ने, टाउको दुख्ने, धेरै सोचाइमा पर्ने, छारे रोग लाग्ने, कुनै कुराको निर्णय छिटो लिन नसक्ने, घरिघरि रिस उठ्ने, आँखा रातो तथा सुक्खा हुने, मुटु रोग लाग्ने, मुटुको बाहिरी भाग र फोक्सोमा पानी जम्ने, अल्छीपना हुने, तौल घट्नेजस्ता समस्या हुन्छन्।, लक्षणका आधारमा लुपसको पहिचान गर्नुपर्छ। त्यसकै आधारमा चिकित्सकले परिक्षण गर्छन्। लुपस भनेको नियन्त्रणमा राख्ने रोग हो किनकि, यो पूर्ण रूपमा निको हुँदैन। यसको नियमित औषधि खानुपर्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ।, अर्को कुरा औषधीले कुनै साइड इफेक्ट गरेको छ कि भनेर समेत परिक्षण गर्नुपर्छ। लुपस सुरुमै थाहा भयो भने नियन्त्रण गर्न सजिलो हुन्छ। तर जति धेरै ढिलो भने अरू अंगहरूलाई असर गर्छ।, यो बाथ रोगका बिरामीले कुनै पनि खानेकुरा बार्न आवश्यक छैन। तर शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक छ। चिल्लो कम भएको खाने कुरा, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थौरै मात्रामा माछा–मासु खानुपर्छ। त्यसैगरी नुक कम खाने, कोलस्ट्रोल रहेका बिरामीले कम बोसो या कम चिल्लो भएको खाना खाने र क्याल्सियम र भिटामिन डी स्टोरोइड औषधि खानुपर्छ। सकेसम्म घाममा बस्नु हुँदैन। किनकि घामले असर गरेको विभिन्न अनुसन्धानले देखाएको छ।, लुपसका लक्षण, यसको उपचार लगायतका विषयमा हामीले अल्का अस्पताल र नर्भिक अस्पतालमा कार्यरत डा. अभिलाषा शाहसँग भिडिओ कुराकानी गरेका छौ। , हेर्नुहोस् भिडिओ,
लुपस बाथ के हो, कसरी लाग्छ, उपचार कसरी गर्ने? (भिडिओ) |
रासस काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ३०-३० लाख रुपैयाँ उपलब्ध गराएको छ।, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो। , भानु माध्यमिक विद्यालय, संस्कृत माध्यमिक विद्यालय र कन्या माध्यामिक विद्यालयलाई रकम उपलब्ध गराएको हो। , महानगरले चालु आवमा नमूना विद्यालयका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। , विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ। ,
,
तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।, उनका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव महानगरमा बुझाइ सकेका छन्। अब प्रस्तावअनुसार काम भयो भएन भने महानगरले अनुगमन गर्नेछ। , महानगरका नमूना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराउने तयारी छ।, नमूना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराउने तयारी छ।,
,
त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन र खुला स्थान थोरै भएको ठाउँमा कसरी कृषिमा काम गर्न सकिनेबारे सिकाइने छ। , त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी छ।, हाल महानगरमा ८९ वटा सामुद्यायिक विद्यालय छन्। जसमा ५९ माध्यमिक विद्यालय छन् भने ३० प्राथमिक विद्यालय छन्। जसमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दैछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।,
तीन नमूना विद्यालयलाई काठमाडौं महानगरले दियो ३० लाख रकम |
सुदीप श्रेष्ठ मैले २०७५ जेठ ५ गते पहिलोचोटि भेट्दा उनी भर्खर मुटुको शल्यक्रिया गरेर घर फर्केका थिए।, हिजो बुधबार, २०७९ पुस २१ गते, भेट्दा उनी मिर्गौलाको समस्याले सिकिस्त रहेछन्। घरको माथिल्लो तल्लाबाट ओर्लँदा पनि एक–एक पाइला सुस्तरी चाल्दै थिए।, उनको अनुहार रोगको असरले शिथिल देखिन्थ्यो तर आवाजमा उत्साह डगमगाएको थिएन।, मलाई देख्नेबित्तिकै बडो जोशका साथ भने, ‘मैले आफ्नो काम पूरा गरेँ। यो लडाइँलाई आजको अवस्थासम्म ल्याइपुर्याएँ। भगवानले चाह्यो भने अब मेरो सपना साकार हुनेछ।’, पछिल्लो चार वर्ष सात महिनामा उनी कुनै न कुनै रोगसँग जुधिरहे— न उनलाई रोगले छाड्यो, न उनले आफ्नो लडाइँ छाडे।, म कुरा गर्दैछु ७८ वर्षीय पूर्ण स्थापितको, जसले अतिक्रमणमा परेर मासिएको ललितपुरको सप्तपाताल पोखरी ब्युँताउन करिब १५ वर्ष कानुनी लडाइँ लडे।, तपाईंहरूलाई सप्तपाताल पोखरीबारे जानकारी छैन भने थाहा पाइहाल्नुस्, पाटनको लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै कुनै बेला दुई सय रोपनीभन्दा ठूलो पोखरी थियो। समयक्रममा यो चारैतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बच्यो। बचेको अंशमा पनि पानी थोपै रहेन, घाँसघारी र फोहोरको डुंगुरले छपक्कै छोप्यो।, मान्छेको सम्झनाबाट समेत हराउँदै गएको त्यही पोखरीलाई पुरानै स्वरूपमा फर्काउने अभियानमा लागे, पूर्ण।, पोखरी मिच्ने र मास्ने अनेक समूहमध्ये नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी अतिक्रमण गरेको थियो। पूर्णले सप्तपातालको त्यो जग्गा सप्तपाताललाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो।, र, त्यही आदेशअनुसार अहिले सप्तपाताललाई पुरानै स्वरूपमा फर्काउन पुनर्निर्माण सुरू भएको छ।, लगनखेलका स्थानीय पूर्णको अगुवाइमा सुरू यो अभियानमा ललितपुर महानगरपालिका पनि जोडिएको छ। सप्तपाताल पुनर्निर्माण र त्यसका लागि पानी आपूर्ति गर्न टीकाभैरवदेखि लगनखेलसम्मको राजकुलो ब्युँताउने काममा ललितपुर महानगरले शतप्रतिशत बजेट लगानी गर्दैछ। गत वैशाखमा दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा नै मेयर चिरिबाबु महर्जनले ‘सप्तपाताल पोखरी पुनर्निर्माण गर्नु यसपालिको मुख्य प्राथमिकता हो’ भनेका थिए।, सबभन्दा ठूलो कुरा त, पूर्णले कानुनी लडाइँ लडेर सप्तपातालको १४ रोपनी जग्गा फिर्ता ल्याएपछि चिरिबाबुले सेनासँग समन्वय गरेर थप ३२ रोपनी फर्काएका छन्। लगनखेलस्थित सेनाको राजदल गणले पोखरीको ठूलो हिस्सा ओगटेको थियो।, सेनाले आफ्नो पर्खाल भत्काएर सप्तपातालको जग्गा फिर्ता गरेपछि ४५ रोपनीभन्दा बढी क्षेत्रफलमा पुनर्निर्माणको काम हुँदैछ। त्यस क्रममा सप्तपातालको स्वामित्वमा आएको ४५ रोपनी जग्गा समेट्न वरिपरि सीमापर्खाल लगाइँदैछ। यसका लागि महानगरले ५ करोड रूपैयाँ बजेट दिएको छ।, उता नमूना मच्छिन्द्र स्कुलले पनि पोखरीको जग्गामाथि बनाएका भवनहरू धमाधम भत्काउँदैछ।, ‘पहिले पोखरी खुला हुँदा कसैले दायाँबाट मिचे, कसैले बायाँबाट मिचे। बिस्तारै पोखरीको साँधसीमा नै कहाँ थियो भन्ने यकिन हुन सकेन,’ पूर्णले भने, ‘त्यसैले पहिलो चरणमा हामी साँधसीमा सुरक्षित पार्दैछौं। पर्खाल लगाएपछि काम पक्का हुन्छ।’, सीमा पक्का गरिसकेपछि सम्भवतः माघ महिनाभित्र यही ठाउँमा सरोकारवाला सबैलाई डाकेर ‘सप्तपाताल पुनर्निर्माण घोषणा समारोह’ आयोजना गरिनेछ। उक्त कार्यक्रममा पोखरी ब्युँताउने अभियानमा जोडिएका सबैलाई सम्मान गर्नुका साथै पुनर्निर्माण औपचारिक रूपमा सुरू भएको सार्वजनिक घोषणा गर्ने पूर्णले जानकारी दिए।, अहिलेको तयारीबारे सुनेपछि मैले सोधेँ, ‘त्यत्रो मुद्दा लडेर पोखरी पुनर्निर्माणको चरणसम्म आइपुग्नुभयो, कस्तो लाग्दैछ तपाईंलाई?’, जवाफमा उनले भने, ‘मलाई केही लागेको छैन। हर्ष पनि छैन, विष्मात् पनि छैन।’, उनले अगाडि भने, ‘मैले खासमा केही गरेकै होइन। म माध्यम मात्र हुँ। भगवानले गराउनुपर्ने काम ममार्फत् गराउनुभयो, उहाँले जे जे गराउनुभयो, म त्यो त्यो काम खुरूखुरू गर्दै यहाँसम्म आइपुगेँ। नभए सोच्नुस् त, म सामान्य कालिगढ र उद्योगीले यत्रो कानुनी लडाइँ लड्ने र पोखरी पुनर्स्थापना गर्ने मान्छेहरूलाई एकजुट बनाउन कसरी सक्थेँ!’, आज फर्केर हेर्दा आफू के सोचेर अदालत गएँ र यत्रो लामो लडाइँ लडेँ भन्ने पनि थाहा नभएको उनी बताउँछन्।, ‘यहाँ ठूलो पोखरी थियो भन्ने सबैलाई थाहा थियो। तर कोही बोलेनन्। मलाई चाहिँ चुप लागेर बस्न मन लागेन। यसलाई जसरी पनि बचाउनुपर्छ र जुन पोखरीमा खेलेर मेरो बाल्यकाल बित्यो, त्यसलाई त्यही रूपमा फिर्ता ल्याउनुपर्छ भन्ने जोश पलायो। सायद भगवानले नै मेरो अन्तरआत्मामा त्यो जोश भरिदिनुभयो। त्यही जोशले मलाई लाटो तालले काम गर्न हौसला दियो।’, उनको त्यो ‘लाटो’ जोश आज पनि कायम छ। शारीरिक अस्वस्थताका बाबजुद उनी पोखरी पुनर्निर्माणका लागि सरोकारवालाहरूलाई एकजुट बनाउने काम गर्दैछन्।, उनकै सक्रियतामा १२ जनाको विज्ञ समिति गठन गरिएको छ। समितिमा परम्परागत ढंगले पोखरी निर्माण गर्ने विधि जानेका कालिगढदेखि भूमिगत जलस्रोत विज्ञहरू समेत छन्। जलस्रोत विज्ञकै सल्लाहअनुसार प्राकृतिक ढंगले पानी आपूर्ति र निकासको व्यवस्था गरिने उनले बताए।, ‘मैले जानेको काम गरेँ,’ उनले भने, ‘अब यहाँभन्दा अगाडिको काम पोखरी र पानीको सम्बन्ध बुझेका कालिगढ र विज्ञहरूले गर्ने हो। सप्तपाताल पोखरी कस्तो बनाउने भन्ने उहाँहरूकै हातमा छ।’, उनले पोखरीको प्रस्तावित डिजाइनबारे पनि मलाई संक्षिप्त जानकारी दिए।, सबभन्दा पहिला अशोक स्तूप र वरिपरिको क्षेत्र सरसफाइ गरेर पार्कका रूपमा विकास गरिनेछ। अहिले स्तूप र बाल उद्यान पर्खालले छुट्टयाएको छ। पुनर्निर्माणपछि दुवैलाई सप्तपाताल परिसरभित्रै समेटिनेछ। यसो गर्दा पोखरी वरिपरिको खुला स्थल अझ फराकिलो हुन्छ। दुई हजार तीन सय वर्ष पुरानो अशोक स्तूप पहिले पनि सप्तपाताल क्षेत्रभित्रै पर्थ्यो।, स्तूपछेउ मान्छे हिँडडुल गर्ने सानो बाटो छ। पोखरी निर्माणपछि उक्त बाटो बन्द हुनेछ। सर्वसाधारणको आउजाउ निम्ति काठको पुल बनाउने योजना छ, जहाँ अहिलेजस्तो मोटरसाइकल, स्कुटर गुड्न पाउने छैन। पोखरी वरिपरि ठाउँ–ठाउँमा चैत्य, पाटी र शौचालयहरू पनि निर्माण गरिने छन्।, सप्तपाताल पोखरीको सांस्कृतिक महत्व पनि छ। पाटनवासीहरू हरेक वर्ष रातो मच्छिन्द्रनाथ र मीननाथ जात्रा सकियो भनेर पाताल लोकमा नाग देउतालाई सन्देश पठाउन यही पोखरीमा एकजोडी माछा छाड्छन्। अहिलेसम्म स्थानीयले सुकेको पोखरीबीच सानो खाल्डो खन्थे र त्यसमै पानी भरेर सन्देशवाहक माछा छाड्दै आएका थिए।, ‘समयमै काम सकियो भने यो वर्ष सप्तपातालकै पानीमा माछा छाडेर नाग देउतालाई सन्देश पठाउने छौं,’ पूर्णले भने।, रातो मच्छिन्द्रनाथको संस्कृतिसँग जोडिएकाले भारतको आसामबाट मच्छिन्द्रनाथलाई लिएर आएदेखि ललितपुरको बुंगमतीमा प्रतिस्थापन गर्दासम्मको सम्पूर्ण कथा–किम्बदन्ती झल्किने कलाकृतिहरू पोखरी वरिपरि प्रदर्शनीमा राख्ने योजना पनि छ।, पोखरीको प्रस्तावित डिजाइन र भावी योजनापछि उनले मलाई पानीको स्रोतबारे बताए।, उनका अनुसार सप्तपातालमा प्राकृतिक रूपले नै पानी आपूर्ति गरिनेछ। मुख्य स्रोत टीकाभैरवदेखि लगनखेलसम्मको परम्परागत राजकुलो हो। यो ढोलाहिटीसम्म लगभग सग्लै छ। त्यहाँबाट लगनखेलसम्म नयाँ बनाउनुपर्छ।, ‘हामीले टीकाभैरवभन्दा माथि नल्लूदेखि नै राजकुलो ल्याउन सर्वे गरिसकेका छौं। यो काम महानगरकै बजेटबाट हुँदैछ,’ उनले भने, ‘पहिले राजकुलोमा बाह्रै महिना मनग्य मानी आउँथ्यो। अहिले अलि अलि मात्र आइरहेको छ। पुरानै अवस्थामा फर्काउन ललितपुर महानगर, गोदावरी नगरपालिका र विज्ञहरूले मिलेर काम गरिरहनुभएको छ।’, पहिले यही राजकुलोको पानी सप्तपाताल लगायत पाटनका सबै पोखरीमा जम्मा हुन्थ्यो। पोखरीले पाटन सहर निम्ति खानेपानी ‘रिजर्भोयर’ को काम गर्थ्यो। पाटनका ढुंगेधारा र इनार रसाउँथे। खानेपानी अभाव हुन्थेन।, जबदेखि पोखरी र खुला चउर मासियो, इनार र ढुंगेधारा सुक्न थाले। सप्तपाताल ब्युँतिए भित्री पाटनका इनार र ढुंगेधारा फेरि रसाउने पूर्णको दाबी छ।, ‘त्यसपछि त पाटनको भित्री बस्तीलाई मेलम्चीको पानी पनि चाहिँदैन,’ उनले भने।, सप्तपातालका 'पहरेदार' पूर्ण स्थापित।, पानीको अर्को प्राकृतिक स्रोत वर्षा हो। यसका लागि विज्ञहरूसँग सल्लाह गरेर पोखरीमा आकाशे पानी जम्मा गर्ने विधि अपनाइने छ।, त्यस्तै, पोखरी वरिपरि परम्परागत कुवाहरू पनि छन् भन्ने स्थानीय भनाइ छ। अहिले विभिन्न भौतिक संरचनामुनि दबिएको उक्त कुवा उत्खनन क्रममा फेला पर्न सक्छ। फेला पर्यो भने त्यसैको पुनर्स्थापनाले पानीको गर्जो टर्ने पूर्ण बताउँछन्।, सप्तपातालका ‘पहरेदार’ पूर्ण स्थापितले पोखरी ब्युँताउन ललितपुर महानगरबाट आर्थिक लगायत प्राविधिक सहयोग पाएकोमा खुसी व्यक्त गरे।, ‘मेयरसाब शतप्रतिशत सकारात्मक हुनुहुन्छ। उहाँले तीन वर्षभित्र पोखरी बनाउने, राजकुलो ल्याउने लगायत सबै काम सक्छु भन्नुभएको छ,’ उनले भने, ‘मभन्दा १५–१६ वर्ष कान्छा हुन् क्यारे! उहाँ पनि सप्तपाताललाई पुरानै अवस्थामा फर्काउँछु भनेर लागिरहनुभएको छ।’, उनले पोखरीको जग्गा फिर्ता गरेकोमा सेनालाई पनि धन्यवाद दिए। भने, ‘उहाँहरूले ३२ रोपनीभन्दा बढी जग्गा दिनुभएकाले सप्तपाताल हामीले सोचेभन्दा ठूलो बन्ने भएको छ। सहरको बीचमा सार्वजनिक पोखरी र पार्क बनाउन यति राम्रो ठाउँ उपलब्ध भयो। अब यहाँ हराभरा भएपछि मान्छेले टहल्न, घुम्न र खुला हावामा सास फेर्न पाउने छन्।’, सप्तपाताल मासिने क्रम २०३४ सालबाट सुरू भएको हो। त्यति बेला पोखरी र अशोक स्तूप साविकमा ललितपुर नगर पञ्चायत– ५ (क) को कित्ता नम्बर १२६ मा पर्थ्यो।, दुई सय पाँच रोपनी आठ आनाको यो जग्गा कुनै व्यक्ति विशेष वा सरकारको होइन, सार्वजनिक जग्गा हो जुन ‘लगनखेल’ को नाउँमा थियो। जग्गाको किसिम पनि ‘७ नम्बर’ भनी उल्लेख थियो। यसको अर्थ, कसैले कुनै पनि प्रयोजनका लागि जग्गा उपभोग गर्न पाउने छैन भन्ने बुझिन्छ।, कसैले भोगचलन गर्न नपाउने यस्तो सार्वजनिक जग्गा कसरी अतिक्रमण भयो त?, सरकारले २०३४ फागुन १२ गते उक्त जग्गाको पूर्वी–दक्षिणी हिस्सा कित्ताकाट गरी नमूना मच्छिन्द्र व्यावसायिक माध्यमिक विद्यालयलाई दिने निर्णय गर्यो। सप्तपाताल पोखरी त्यसैमा पर्यो।, स्कुलको नाममा कित्ताकाट गरिएको जग्गाको क्षेत्रफल १४ रोपनी १० आना २ पैसा थियो। यसको कित्ता नम्बर २१२ हो।, स्कुललाई दिएपछि बचेको १ सय ९० रोपनी १३ आना २ पैसा जग्गा (कित्ता नम्बर २१३) लगनखेलकै नाममा रह्यो।, त्यसको १६ वर्षपछि २०५० माघ २९ को निर्णयले यो जग्गा फेरि सरकारको नाउँमा दर्ता भयो। सरकारले मालपोत ऐन, २०३४ को दफा २४ (२) मा टेकेर सप्तपाताल पोखरी भएको सार्वजनिक जग्गा आफ्नो नाममा ल्याएको थियो।, उक्त दफामा भनिएको छ– ‘कसैले यो दफा प्रारम्भ हुनुअघि वा पछि कुनै सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ। व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगतसमेत मालपोत कार्यालय वा सरकारले तोकेको अधिकारीले कट्टा गर्ने छ।, सप्तपाताल मिच्ने र मास्ने कार्यमा नमूना मच्छिन्द्र स्कुल मात्र संलग्न छैन।, राजदल गण ब्यारेक, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय ललितपुर, जिल्ला पशुसेवा कार्यालय लगायत विभिन्न सरकारी कार्यालय सप्तपाताल पोखरीकै जग्गामा निर्माण गरिएका हुन्। यी सबै कार्यालयले पोखरीको जग्गा कित्ताकाट गरेर लगेको देखिन्छ।, सरकारी कार्यालय र स्कुल खुल्दासम्म स्थानीयले वास्ता गरेनन्। २०६० सालमा स्कुलले डिपार्टमेन्ट स्टोर बनाउन खोजेपछि भने उनीहरू जुर्मुराए।, उनीहरू प्रमुख जिल्ला अधिकारीको कार्यालय गए। त्यति बेला स्थानेश्वर देवकोटा ललितपुरका सिडिओ थिए। उनले ‘डिपार्टमेन्ट स्टोर बनाउन नगरपालिकाले नै नक्सा पास गरिसकेको छ, हामी रोक्न सक्दैनौं, तपाईंहरू पुरातत्व विभाग जानुस्’ भने।, त्यसपछि उनीहरू पुरातत्व गए।, स्थानीयको चासोमा पुरातत्व सकारात्मक रह्यो। उसले ‘पुरातात्विक महत्वको क्षेत्रमा भवन निर्माण रोक्नू’ भनेर प्रमुख जिल्ला अधिकारीलाई चिठी लेखिदियो।, लगत्तै एक–डेढ महिना रोकियो।, पछि स्कुलले रातारात निर्माण सुरू गरेपछि पूर्ण स्थापितले सर्वोच्चमा मुद्दा हाले।, सर्वोच्चले २०६१ माघ ८ गते सप्तपाताललाई पोखरी घोषणा गरी ‘कुनै पनि किसिमको निर्माण नगर्नू’ भनी परमादेश जारी गर्यो।, ‘२०५० फागुन २९ मा सरकारका नाउँमा दर्ता रहेको जग्गा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक महत्वको स्थल हो,’ तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद शर्मा र परमानन्द झाको संयुक्त इजलासले गरेको आदेशमा भनिएको छ, ‘त्यस्तो क्षेत्र मासिने र स्तूप वरिपरिको दृश्यलाई असर पर्ने गरी बनाउन लागेको निर्माणाधीन भवन नबनाउनू।’, ‘विद्यालयले जुन प्रयोजनका लागि जग्गा प्राप्त गरेको थियो, सोही प्रयोजनका लागि प्रयोग गरेको अवस्था छैन,’ अदालतले भनेको थियो, ‘व्यापारिक प्रयोजनका लागि उपयोग गरिएको छ। दर्ताका आधारमा मात्र हक स्थापित हुन सक्दैन।’, ‘जग्गाधनी दर्ता प्रमाणपुर्जा मात्र हक स्थापित गर्ने सर्वोपरि साधन होइन। पुजारीले विद्यालयलाई लेखेको पत्र र विद्यालयले शिक्षा कार्यालयलाई लेखेको पत्रको बेहोराबाट समेत सप्तपाताल यथास्थितिमा राख्नुपर्ने देखिन्छ। ऐतिहासिक महत्वको विशेषतालाई लालपुर्जाले परिवर्तन गर्न सक्दैन,’ अदालतले भनेको थियो।, सर्वोच्चको आदेशमा यो पनि भनिएको थियो, ‘सप्तपाताल पोखरी क्षेत्रबाट पानी रसाएर वडा नम्बर ६, १२ र १५ मा रहेका ढुंगेधारामा जाने भएकाले सार्वजनिक खानेपानी आपूर्तिको मुख्य स्रोत हो। यस्तो ठाउँमा विद्यालय भवन निर्माणले पोखरी र वरिपरिको वातावरणमा प्रभाव पर्नेछ।’, सर्वोच्चले उक्त क्षेत्र ‘समय–समयमा निरीक्षण गरी उचित प्रबन्ध गर्नू गराउनू’ भनी जनसंख्या तथा वातावरण मन्त्रालय, पुरातत्व विभाग, जिल्ला प्रशासन कार्यालय र ललितपुर नगरपालिकालाई आदेश दिएको थियो।, अतिक्रमण प्रयास भने त्यसपछि पनि रोकिएन।, पोखरी कित्ताकाटपछि स्कुलको नाउँमा गएको जग्गाको लालपुर्जा उनीहरूसँगै थियो। यही आधारमा स्कुल व्यवस्थापन सर्वोच्चको परमादेशविरुद्ध पुनरावेदन गए। पुनरावेदनले मुद्दा खारेज गरिदियो। उनीहरू फेरि सर्वोच्चमै पुनरावलोकन निम्ति गए।, पूर्णले पनि स्कुलको नाममा रहेको लालपुर्जा बदर गराएर सार्वजनिक जग्गाका रूपमा छुट्टै लालपुर्जा बनाउन माग गर्दै मुद्दा हाले।, सर्वोच्चले दुवै मुद्दा गाभेर एकैठाउँमा सुनुवाइ गरेको थियो।, २०६१ सालबाट सुरू यो कानुनी लडाइँ २०७६ असार २३ गतेको आदेशसँगै किनारा लाग्यो। सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले त्यस दिन नमूना मच्छिन्द्र स्कुलले अतिक्रमण गरेको १४ रोपनी जग्गा फिर्ता गर्न आदेश दिएपछि नै सप्तपाताल पोखरी ब्युँताउने बाटो खुलेको हो।, आदेशको पूर्ण पाठ बोकेर पूर्ण स्थापित अतिक्रमित भू–भाग छुटाउने र पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउने अभियानमा खुरन्धार लागे।, तर नमूना मच्छिन्द्रलाई हटाउन निकै गाह्रो भयो। ललितपुर महानगरले पटकपटक ताकेता गर्दा पनि उसले लामो समय अटेर गरेर जग्गा छाड्दै छाडेन। दसैंपछि बल्लतल्ल पोखरीको जग्गामा बनेका भौतिक संरचना हटाउन सहमति भयो।, पूर्णको अभियान अब पूर्णताको नजिक छ। उनी लगभग २० वर्षअघि आफूले सुरू गरेको लडाइँको अन्तिम प्रहरमा छन्।, ‘मेरो बाल्यकालका धेरै सम्झना यो पोखरीसँग जोडिएका छन्। यहाँ ठूल्ठूला माछा पौडिरहेका हुन्थे। हामी साथीभाइ खेल्न आउँथ्यौं, माछा समातेर लैजान्थ्यौं,’ उनले भने, ‘म यो पोखरी त्यही रूपमा फर्किएको हेर्न चाहन्छु।’, सप्तपातालका पहरेदार पूर्ण स्थापितले अगाडि भने, ‘लड्दा लड्दा बूढो भएँ। रोगी पनि भइसकेँ। अब यत्ति चाहना छ — पोखरीको काम चाँडोभन्दा चाँडो सकियोस्। अनि एकचोटि आफ्नै आँखाले टन्न पानी भरिएको सप्तपातालमा पहिलेजस्तै माछा पौडिरहेको हेरेर जान पाइयोस्।’, सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, ,
करिब १५ वर्ष मुद्दा लडेर फिर्ता ल्याएको सप्तपाताल पोखरी यसरी हुँदैछ पुनर्निर्माण |
सेतोपाटी संवाददाता शनिबार बिहान उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ)को प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। , शनिबार बिहान हलचोकस्थित एपिएफको मुख्यालयमा उनले निरीक्षण भ्रमण गरेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीलाई निर्देशन दिने तालिका थियो। , मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू पनि उपस्थित थिए। , उक्त मञ्चमा सशस्त्र प्रहरी अधिकृतहरूका लागि र गृहमन्त्री लामिछानेका लागि छुट्टै सोफा राखिएको थियो।, सशस्त्र प्रहरी अधिकृतहरूको बीचमा गृहमन्त्री लामिछानेका लागि रातो कुसन भएको बेग्लै सोफा राखिएको थियो। छुट्टै किसिमको सोफा राखेको देखेपछि लामिछाने बसेनन् र तत्काल परिवर्तन गर्न भने।, उनले निर्देशन दिएपछि सशस्त्र प्रहरी अधिकृतहरू बसेकै खालको सोफा राखिएको हो।, सोफा परिवर्तन भएसँगै कार्यक्रम अघि बढेको हो।, यस्तै उनले सशस्त्र प्रहरी अधिकारीहरूलाई विगतका कमजोरीलाई सुधारेर लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न पनि निर्देशन दिएका छन्। , तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुंगोला र छांगरूको कठ्यांग्रिँदो चिसोमा तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। ,
जब गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि फरक सोफा देखे...(भिडिओ) |
सेतोपाटी संवाददाता भक्तपुरमा एक जना महिलाको लडेर मृत्यु भएको छ। , मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो। ,
शनिबार बिहान ११ बजे घरमा लडेर उनी घाइते भएकी थिइन्।, घाइते भएकी उनलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्याएका थिए। , ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। , घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
भक्तपुरमा लडेर एक महिलाको मृत्यु |
रासस सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ।, प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो।, पश्चिमको बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाड्ने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडानलगायतका तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए।, प्राधिकरणले पञ्चपुरी नगरपालिका वडा नं १०, ११ र बाबियाचौरका लागि चार ठाउँमा ३३-३३ केभिएको ट्रान्सफर्मर जडान गरेको छ। रावतका अनुसार भेरीपुलमा राखेको ट्रान्सफर्मरबाट वडा नं १० का करिब दुई सय ५० घरमा विद्युत् प्रवाह हुने अपेक्षा गरिएको छ। , यसैगरी वडा नं ११ मा रहेको ट्रान्सफर्मरबाट पनि करिब दुई सय घरधुरीमा विद्युत् प्रवाह हुनेछ। उक्त क्षेत्रमा पहिले जडान भएका पोल र तारबाट विद्युत् विस्तारको काम भइरहेको छ भने पोल, तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।, विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन केन्द्रले आग्रह गरेको छ। कैलालीको सोल्टाबाट सुर्खेत पश्चिमको बाबियाचौरसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायालाई जथाभावी नछाड्न पनि प्राधिकरणले आग्रह गरेको छ।, प्रसारण लाइनको सफल परीक्षण भए पनि बत्ती बाल्न भने अझै केही दिन लाग्ने प्राधिकरणको भनाइ छ। ,
बाबियाचौरमा पुग्यो विद्युत् |
सेतोपाटी संवाददाता हाल तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु लागिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।, यस्तै महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।, हुस्सु/कुहिरोले जनजीवन र यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।, काठमाडौं उपत्यकामा पनि बिहानैदेखि कुहिरो लागेको छ। यद्यपि केही समयपछि घाम लाग्ने मौसम पूर्वानुमान महाखाकाले जनाएको छ।, हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान,
आइतबार,
दिउँसोः प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।, रातिː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।, सोमबार,
दिउँसोः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, रातिः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, मंगलबार,
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, रातिः देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।,
तराईमा बाक्लो हुस्सु, अरू क्षेत्रको मौसम कस्तो छ? |
सेतोपाटी संवाददाता लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार प्रदान गरेको छ।, शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो।, यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ ।, मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट नविना खबुर्जा श्रेष्ठ र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट कविता थापा पुरस्कृत भएका छन्। उनीहरुले जनही २५ सय रुपैयाँ पाएका छन्।, पुरस्कृत चारै जना पत्रकारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगद प्रदान गरे।, सो अवसरमा पत्रकार महासंघ भक्तपुर शाखाले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यलाई सम्मान गरेको थियो।,
,
,
फोटो पत्रकार भरतबन्धु थापालाई भगवान राजकुमार स्मृति पुरस्कार |
सेतोपाटी संवाददाता तुइनबाट महाकाली नदीमा खसेर दार्चुलामा एक बालक बेपत्ता भएका छन्।, ब्यास गाउँपालिका वडा नम्बर ४ डोकट गाउँ नजिकै महाकाली नदीमा रहेको तुइनबाट १० वर्षीय बालक दीपेन्द्र विष्ट खसेका हुन्।, यो घटना गत बिहीबार (पुस २१) गतेको भए पनि ढिला गरी सार्वजनिक भएको छ। प्रहरीले आफूहरूलाई घटनाबारे ढिला जानकारी आएको बताएको छ।, ती बालक ब्यास गाउँपालिका वडा नम्बर ४ को खाल्नगर गाउँका हुन्। ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तुइनबाट खसेका बालक बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बताए।, ‘उनकी आमा खर काट्न तुइन तरेर पारि (भारतीय भूमितर्फ) गएकी रहिछन्। आमालाई पछ्याउँदै गएका बालक तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता छन्,' उनले सेतोपाटीसँग भने, 'बिहीबारदेखि नै उनको खोजी भइरहेको छ।', ती बालक कक्षा ४ मा पढ्ने बताइएको छ। , जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्दप्रसाद भण्डारीले महाकालीमा बेपत्ता बालकको खोजी जारी रहेको बताए।, ‘तुइनबाट महाकालीमा बालक खसेकोबारे सामाजिक सञ्जालमा लेखेको देखेपछि शनिबार हामीले घटनाबारे बुझ्न बालकको घर नै पुगियो। उनकी आमासँग बुझ्दा बालक तुइनबाट महाकाली नदीमा खसेको थाहा भयो,’ प्रहरी निरीक्षक भण्डारीले सेतोपाटीसँग भने, ‘त्यो गाउँमा फोन नटिप्ने रहेछ, त्यसैले प्रहरीलाई खबर आएन।’, उनले बेपत्ता बालकको खोजीमा स्थानीयहरू र प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। ,
तुइनबाट खसेर महाकालीमा बालक बेपत्ता |
सेतोपाटी संवाददाता सेती नदीमा बगेर डोटीका एक युवाको मृत्यु भएको छ।, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका ३२ वर्षीय तेज बिकको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार तेज पिपल्लाको पक्की पुल नजिकै नुहाउने क्रममा बगेका थिए।, नदीमा बगेर बेपत्ता भएका उनी दुई सय मिटर तल बेहोस अवस्थामा फेला परेका थिए।, उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।, बिकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।,
सेतीमा नुहाउँदा बगेर युवाको मृत्यु |
युवराज श्रेष्ठ मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा आएका छन्। , खैरो गिद्ध मात्र होइन, मंगोलियाबाट राज गिद्ध अर्थात इजिप्टर मोनाकर, गुमायु महाचील अर्थात स्टिपिगल लगायतका मांसहारी चरा पनि जाडो छल्न पोखरा आएका छन्। विभिन्न देशबाट लामो यात्रा गरेर पोखरा आएका विविध प्रजातिका मांसहारी चरामध्ये गिद्ध जाडो यामभरी पोखरा बस्ने गरेको पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल बताउँछन् , नेपालमै पाइने ९ प्रजातिका गिद्ध पोखरा र पोखरा आसपासमा पाइन्छन्। विदेशबाट आउने होस् वा रैथाने। पोखरामा भेटिएका सबै प्रजातिका गिद्ध लोपोन्मुख सुचीमा छन्।, लामो यात्रा गरेर आएका र रैथाने गिद्धहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरपर उडिरहेको भेटिन्छ। विमानस्थल अधिकारीहरू गिद्धले विमानस्थलमा हैरानी गर्ने भयो भन्ने ठानिरहेका छन्। तर गिद्धहरूको त उड्ने ठाउँ नै यहीँ हो।, किनभने बर्षेनी जाडो छल्न हुल बाँधेर आउने गिद्ध लगायत मांसहारी चराहरू वर्षौंदेखि पोखरा आएर घाम तापेको चउरमा यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। गिद्धका बस्तीमा हवाइजहाजले उडान–अवतरण भर्न बल्ल थालेका हुन्। , चराविदहरू भन्छन्- अन्तर्राष्ट्रिय विमानस्थलले गिद्धका आहार क्षेत्र र बासस्थान दुबै अतिक्रमण गर्यो।, जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य कार्यक्रम गरी विमानस्थल उद्घाटन गरे। पोखराबाट विभिन्न गन्तव्यमा जान आधुनिक विमानस्थल संचालनमा आयो।, विमानस्थलका कारण गिद्धको साम्राज्य खलबलिएको भने कसैले चर्चा गरेनन्। विमानस्थलका सरोकारवाला सबैले कसरी गिद्धलाई यहाँ उड्नबाट रोक लगाउने भन्ने योजनामात्र बनाएका छन्। , पोखराका रैथाने र जाडो छल्न विदेशबाट आएका गिद्ध विमानस्थलको पूर्वतर्फ विजयपुर खोलाका आसपास विस्थापित भएका छन्। त्यहाँबाट पनि लखेट्न विमानस्थलले योजना बनाइरहेको छ।, विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार गिद्ध लखेट्न गाडीसहित २ जना कर्मचारी खटाइएका छन्। उनीहरुले गाडी लिएर विमानस्थलका चारैतर्फ गिद्ध धपाउने काम गरेको गौतम बताउँछन्।, विमानस्थल आउने चरा लखेट्न स्वचालित बन्दुक राखिएका छन्। सेन्सर जडान गरेर विमानस्थलको आकाशमा आउने वित्तिकै बन्दुक आफैं पड्किन सक्छ। मान्छेले पड्काउन पनि सक्छ। विमानस्थल प्रमुख गौतमले भने, ‘गिद्धले दुख दिइराखेको छ, धपाउनलाई हामीले अनेक उपाय अपनाएका छौं।’, गिद्धले गुड बनाएको देखेर केही समयअघि मात्र विमानस्थलबाहिर व्यक्तिका जग्गामा रहेको अग्लो सिमलको रुख काटिएको पोखरा पंक्षी समाजका सचिव ढकाल बताउँछन् । यसरी रुख काट्दैमा विमानस्थलको सुरक्षा खतरा नहट्ने उनी बताउँछन् ।, ‘सिमलका रुख काट्दैमा विमानस्थलको सुरक्षा खतरा हट्दैन,’ उनले भने, ‘गिद्ध तत्काल आफ्नो भूमि छाडेर अन्यत्र जाँदैनन्।’, विमानस्थल संचालनमा आउनुअघि पनि रनवेमा गिद्धका समूह देखिन्थे। विमानस्थलका विभिन्न टावरमा गिद्धले गुँड लगाएका थिए। कर्मचारीले टावरका गुँड क्रेन लगाएर भत्काइदिए।, अहिले विमानस्थलमा जहाज आउजाउ गरिरहेका छन्। आफ्नो पुरानो भूमि हेर्न गिद्ध पनि बेलाबखत विमानस्थलतर्फ जान्छन्। मान्छेले उनीहरुलाई बस्न त के उड्न पनि दिएका छैनन्।, विमानस्थल संचालनमा आएपछि पनि गिद्ध आउन नछाडेको भनेर विमानस्थलका कर्मचारीले बन्दुक पड्काएर लखेट्न थालेका छन्। गिद्ध लखेट्न ‘बर्ड स्केयरिङ डिभाइस’ अर्थात बन्दुक दैनिक ५०/६० पटक पड्काइरहेका छन्। विमानस्थलभित्र दिनहुँ बन्दुक पड्केका आवाजले नजिकै घर भएका स्थानीवासीसमेत हैरानीमा परेको बताउँछन्।बन्दुकको आवाजले मात्र गिद्ध डराएका छैनन्। गुलेलीले ताकेर मट्याङ्ग्रा हान्ने गरिएको छ।, गिद्धको बासस्थानमा एकैचोटी विमानस्थल चलाउँदैमा गिद्ध भाग्दैन भन्ने गौतमलाई थाहा छ। विमानस्थलको पश्चिमतर्फ बाच्छेबडुला ल्याण्डफिल साइटका कारण गिद्धले उडान सुरक्षामा खतरा पार्ने भन्दै ५ बर्षअघि नै पोखरा महानगरको ध्यानाकर्षण गराइएको थियो।, विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले पटक-पटक गिद्धलाई विमानस्थलबाट बसाई सार्नका लागि ल्याण्डफिल साइट परिवर्तन गर्न भनेका थिए। समयमा महानगरले सुनेन। विमानस्थल संचालनमा आउनुभन्दा एक साताअघि मात्र पोखरा–३२ लामोआहालमा अस्थायी ल्याण्डफिल साइट राखिएको छ।, पोखरा पंक्षी समाजले पनि विमानस्थलबाट गिद्धको बसाई सार्न विभिन्न उपाय दिएका थिए। गिद्धलाई यसरी बसाई सार्न कम्तिमा ६ महिनादेखि १ बर्ष लाग्ने उनीहरुको सुझाव दिएका थिए । समय भइञ्जेल कसैले उनीहरुको सुझाव मानेनन्।, ‘हामीले दिएको सुझाव विमानस्थल र पोखरा महानगरले सुनुवाई नै गरेन,’ समाजका अध्यक्ष मनशान्त घिमिरेले भने, ‘बन्दुक पड्काउँदैमा गिद्ध डराउँदैन, विश्वमै लोपोन्मुख गिद्ध सरकारले मार्न पनि पाउँदैन।’, पोखरामा बर्षौंदेखि चलिरहेको आन्तरिक विमानस्थल पनि पटक पटक गिद्धले अवरुद्ध पारिदएको छ। यही बर्ष मात्र गिद्ध लगायत चराका कारण १ घण्टासम्म आन्तरिक विमानस्थल पनि बन्द गर्नुपरेको विमानस्थल प्रमुख गौतमले बताए।, ‘हामीले पुरानो एयरपोर्ट पनि चराका कारण एक घण्टा बन्द गर्नुपरेको थियो, यहाँ पनि त्यस्तै खतरा छ,’ उनले भने, ‘चराका आनीबानी परिवर्तन गर्न महानगर लगायत निकायले अग्रसरता लिनुपर्ने देखिन्छ।’, पोखरा पंक्षी समाजका सचिव ढकालले गिद्ध बस्ने सिमलका रुख काट्ने, गुँड फाल्ने जस्ता गतिविधी नगर्न आग्रह गरेका छन्। यसरी गिद्ध विमानस्थलबाट नभाग्ने भन्दै अन्य उपाय अपनाउन सुझाए।, विमानस्थललाई खतरा नहुने ठाउँमा गिद्धलाई आहारा दिएर आकर्षण गर्नुपर्ने उनले बताए। विमानस्थलको पूर्वतर्फका विजयपुर खोला, नाली लगायतका ठाउँमा मरेका जीवजन्तु आउन नदिन पनि उनले सुझाएका छन्।, ‘विमानस्थलको सुरक्षा खतरा नहुने ठाउँ पहिचान गरेर यथेष्ट आहारा राखिदिनुपर्छ, यसले गिद्ध छिटो अन्यत्र बसाई सर्न सक्छ,’ उनले भने, ‘विमानस्थल वरीपरी आहारा पाइञ्जेल गिद्ध अन्यत्र जाँदैन।’, गिद्धका कारण विमानस्थलमा सुरक्षा खतरा भन्दा पनि मानवीय कारणले नै विमानस्थलको सुरक्षा खतरा बढेको उनको भनाई छ।, ‘विमानस्थल सुरक्षाको समस्या विकराल हुँदै जानेवाला छ,’ उनले भने, ‘गिद्धलाई दोष दिने होइन, यसकारण सुरक्षा खतरा छ र यसलाई अन्यत्र सार्न सकिन्छ भन्दा पनि नमान्ने पोखरा महानगर दोषी देखिन्छ।’, गिद्ध मात्र होइन, हिउँद र बर्खायाममा विभिन्न देशबाट पोखरा घुम्न साना चराहरु, पानी चराहरु आउने गरेका छन्। पोखरामा रहेका तालतलैया, सिमसार क्षेत्र र खुला चउरले चरालाई आकर्षण गर्ने चराविद ढकालको भनाई छ।, 'गिद्धका बासस्थान र आहारक्षेत्रमा विमानस्थल बन्यो, उनीहरू मान्छेको अतिक्रमणमा परे,' उनले भने, 'त्यसरी नै सिमसार क्षेत्र र खुला ठाउँहरु अतिक्रमण तिब्र बन्दा चरालाई संकट आइलागेको छ।', पोखरामा गिद्ध बस्ने मुख्य ठाउँ थियो, अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको ठाउँ। यो ठाउँ केही बर्ष अघिसम्म खुला मैदान थियो। फराकिलो मैदान झण्डै ५० बर्ष गौचरनमा सिमित थियो। फराकिलो घाँसे मैदान मान्छेका लागि काम दिन छाडेका घरपालुवा जनावर लगेर छाड्ने ठाउँमा परिणत भएको थियो।, यो गौचरनमा सडकमा लखेटिएका गाई पुग्थे। मुस्ताङबाट झरेका घोडा पुग्थे। मान्छेलाई काम नलागेका घरपालुवा जनावर विमानस्थल बनाउन राखिएको मैदानमा चर्दाचर्दै मर्थे। मरेका जनावर गिद्धका आहार थिए।, विमानस्थल बन्नुअघि खुला चौरमा देखिएका गिद्ध। तस्बिर सौजन्य– हेमन्त ढकाल। ,
, गिद्धले आँफै सिकार गर्दैन। प्रकृतिमा विभिन्न कारणले मरेका जीवजन्तुलाई आफ्नो आहार बनाउँछ। जमिनमा मरेका जनावरका सिनो खाइदिने भएकाले गिद्धप्रेमीले यसलाई ‘प्रकृतिका कुचीकार’ भनेर पुकार्छन्।, २०३१ सालअघि विमानस्थल भएको जमिनमा खेती गरिन्थ्यो। लहलह जेठोबुढो धान झुल्थ्यो। सेती र विजयपुर खोलाबाट सिँचाई पुर्याइएका थिए। पोखराको पुरानो विमानस्थल सानो भएको भन्दै २०३१ सालमा उक्त जग्गा विमानस्थलका लागि अधिग्रहण गरियो।, तत्कालीन अंचलाधीश शंकरराज पाठकले विमानस्थल बनाउन त्यतिबेलै ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरे। व्यक्तिका जग्गा राज्यको भयो। राज्यका जग्गामा कसैले बाली लगाउन पाएनन्। यसरी ४७ बर्षदेखि गौचरन बनेको थियो, हालको अन्तर्राष्ट्रिय विमानस्थल।, पोखराको विजयपुर खोलाबाट पश्चिमतर्फ लामो समय गौचरन बनेको फराकिलो मैदान गिद्धका आहार क्षेत्र भए। वरीपरीका सिमलका रुखमा उनीहरुले गुँड बनाए। देश विदेशका गिद्धले मुख्य गन्तव्य बनाएका थिए।, विमानस्थलबाट पश्चिमतर्फ रहेको बाच्छेबडुवा ल्याण्डफिल साइट माटो खन्याएर पुरिएका छन्। जहाँ पोखराभरीका फोहोर फालिन्थ्यो। फोहोरसँगै फालिएका जीवजन्तु गिद्धका आहार थिए।, विमानस्थलमा अब कुनै पनि जनावर छिर्न पाउँने छैनन्। ल्याण्डफिल साइट परिवर्तन गरियो। गिद्धले अब विमानस्थलको त्यो फराकिलो मैदानमा कुनै आहार भेटाउने छैनन्। विमानस्थलको आकाशमा उड्न पनि पाउने छैनन्।,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ बनेका यी लोपोन्मुख गिद्ध! |
रासस हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ।, यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो।, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ।, तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले बताए।, अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ।, देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ।, गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए।, देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ। वेणीमा वारपार गर्न २२ वटा र्याफ्टिङको व्यवस्था गरिएको छ।, दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ। यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ।, समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ। मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ।, विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालय लगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन्। सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ।, देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ। दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ। पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ।, मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।,
नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै |
नवीनबाबु गुरूङ निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माईतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ। , आन्दोलन अन्तर्गत आइतबार माइतीघरमा अभियन्ताहरूले लालटिन बालेर सरकार खोजेका छन्। कार्यक्रममा डा. गोविन्द केसीसहित अभियन्ताहरू उपस्थित थिए।, यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका थिए।, धर्नाकी मुख्य अभियन्ता रूबी खानले भने पीडकले सजाय नपाएसम्म आफूहरू विश्वस्त हुन नसक्ने बताउँदै आन्दोलनलाई निरन्तरता दिने बताइन्।, ‘अहिलेसम्ममा तीन पटक सरकार फेरियो, तर सबैको पारा उस्तै हो। सबैले गर्छु भने तर अहिलेसम्म कसैले काम गरेनन्,’ गृहमन्त्री लामिछानेले आफूलाई टेलिफोनमार्फत दुई पटक आश्वासन दिएको बताउँदै उनले भनिन्।, यसअघि यो मुद्दाको छानबिन हुने भएपछि रूबीको टोलीले काठमाडौंमा पछिल्लो पटक आन्दोलन स्थगित गरेको थियो। छानबिन समितिले गरेको छानबिनमा बादशाह कुर्मी नै मुख्य दोषी भएको र उनले नै निर्मला कुर्मीको सम्पत्ति हिनामिना गरेको भन्ने निष्कर्ष आएको थियो।, त्यति हुँदाहुँदै पनि सरकारले उक्त मुद्दा अदालतसम्म नपुर्याएको र पर्याप्त प्रमाण नपुगेको भनिरहेको उनले बताइन्। त्यसैले केहीदिनयता उनीहरू माइतीघरमा पुनः आन्दोलन गरिरहेका छन्।, 'यो निर्मला कुर्मीको मात्र सवाल होइन, उनीजस्ता लाखौंको सवाल हो। तर सरकारले महिला तथा मानव अधिकारको विषयमा न्याय देलाजस्तो मेसो नै गरेको छैन,' रूबीले भनिन्।, हेर्नुहोस् तस्बिहरू, , , , , , , , , , , , , ,
निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा लालटिन बालेर सरकार खोज्दै अभियन्ता (तस्बिरहरू) |
सेतोपाटी संवाददाता सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। , मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।, सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। , सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो। , घटना गत शुक्रबार भएको हो। विद्यालयमा गएकी सिर्जनाकुमारीको पेट दुखेपछि औषधि खान खोजेकी थिइन्। , सिटामोल खानेक्रममा पानी सोचेर स्पिरिट खाँदा उनी बिरामी परेकी थिइन्। तत्कालै उनलाई फुलकुमारी अस्पतालमा पुर्याइएको थियो। , ‘सिसा सफा गर्ने खालको स्पिरिट रहेछ। पानी सोचेर त्यो खाएको देखिन्छ,’ डिएसपी बुढाथोकीले भने। , विद्यार्थीलाई पानी सोचेर शिक्षिकाले नै स्पिरिट दिएको भन्दै मृतकका परिवार, विद्यार्थी र स्थानीय आन्दोलित छन्। प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। , यता आन्दोलित आफन्त लगायतले उनलाई कारबाही गर्न माग गरेका छन्। आन्दोलनकै क्रममा विद्यार्थीहरूले सडकमा टायर बालेका छन्। यस्तै विद्यालयमा ढुंगामुढा समेत गरेका छन्। ,
,
सिराहामा पानी भनेर स्पिरिट खाँदा एक छात्राको मृत्यु |
सेतोपाटी संवाददाता संगिनी अप्टिमिष्ट क्लबले मेनोपोज तथा सरूवा रोग सम्वन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ।, संगिनी सहकारी र संगिनी अप्टिमिष्ट क्लब भक्तपुरको संयुक्त आयोजनामा मध्यपुर ठिमीमा आयोजित कार्यक्रममा रजोनिवृत्ति (मेनोपोज) तथा सरूवा रोग सम्वन्धी डा.शेर पुन र डा. सुनिता पुनले जानकारी गराएका हुन्।, डा.शेर बहादुर पुनले सरूवा रोगको विषयमा बेलैमा सचेत हुनुपर्नेबताए।, उनले जलवायु परिवर्तन, वातावरण विनाश, आनुवंशिक फेरबदल, पशुपन्छी, गरीबी र अशिक्षा, सांस्कृतिक चालचलन लगायत कारणले सरुवा रोग जन्मिने भन्दै सतर्क रहन आग्रह गरे। , उनले कोरोनाको समयमा अग्र स्थानमा रहेर जोखिमका साथ जनताहरूको सेवामा आफूहरू निरन्तर लागिरहेको उल्लेख गर्दै सरूवा रोगवारे सचेत रहन आग्रह गरेका हुन्।, कार्यक्रममा डा.सुनिता पुनले मेनोपोज बारेमा जानकारी गराएकी थिइन्। , नेपाल डिस्ट्रीक अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर पृथ्वीराज थापाले अप्टिमिष्टको बारेमा जानकारी गराएका थिए। , सन् २०१७ देखि नेपालमा स्थापना भइ सुरू भएको अप्टिमिस्टले किशोर किशोरीहरूमा सचेतना सम्वन्धी कार्यक्रम गर्दै आइरहेको छ। , यसले अप्टिमिष्ट ऐजुकेशन फन्ड स्थापना गरी गरिब तथा जेहेन्दार बालबालिकालाई निःशुल्क शिक्षा दिने कार्यक्रम सुरू गर्ने भएको छ।, कार्यक्रममा पार्वती अधिकारी, अन्जना आचार्य, लक्ष्मी मैनाली, ईश्वर ढुंगेल र सुवर्ण प्रभा गुरागाईँले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।,
रजोनिवृत्ति (मेनोपोज) तथा सरूवा रोग सम्वन्धी सचेतना कार्यक्रम |
सेतोपाटी संवाददाता अछाममा एक जना युवा मृत फेला परेका छन्।, अछामस्थित कर्णाली नदीमा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका छन्।, प्रहरीका अनुसार विष्ट शनिबार मृत फेला परेका थिए।, उनी पञ्चलदेवल विनायक नगरपालिका वडा नम्बर ९ चिल्ताडास्थित कर्णाली नदीमा मृत भेटिएको प्रहरीको भनाइ छ।, घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।,
कर्णालीमा मृत भेटिए युवा |
सेतोपाटी संवाददाता छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको छ।, डोरीले गाई-गोरूलाई बाँधेर गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ।, छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो।, सोही क्रममा सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ।, छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन्।, स्थानीय युवाहरुले बुधबार साँझ नगरपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए।, भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्मम यातना दिएको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाउने बताए।, भैरहवाका समाजदेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नुपर्ने भए पनि नियन्त्रणको तरिका गलत भएको बताए।,
जब नगरपालिकाले साँढेलाई घिसार्दै लग्यो... |
सेतोपाटी संवाददाता बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतले थुनामा पठाएपछि त्यसलाई रद्द गर्न उच्च अदालतको निवेदनमा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा परेको छ। , बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको संयुक्त इजलासको ४ नम्बरमा उनको निवेदन परेको हो। , पेसीमा आज नै आदेश हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलको भनाइ छ। , यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।, यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।, पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।, लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। , उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।, यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए। , उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ। , सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ।, भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।, त्यति बेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।, सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। , प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।, उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।, यसैबीच कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन्। उनलाई न्याय चाहियो भन्दै शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।,
सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ आज |
सेतोपाटी संवाददाता तस्करीसँग मिलेमतो गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक हवल्दारको जिम्मेवारी खोसिएको छ। , सादा पोशाकका प्रहरी प्रमुख रहेका सई सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले जानकारी दिए। , उनीहरूलाई सादा पोशाकको जिम्मेवारीबाट हटाएर कार्यालयभित्रै अन्य काममा खटाएको छ। , एसपी पालका अनुसार उनीहरूले तस्करहरूसँग मिलेमतो गरेको भन्दै बेनामे उजुरी परेपछि आन्तरिक रूपमा छानविन थालेको हो। , छानविनबाट दोषी देखिए उनीहरू दुबै जनालाई कारबाही गरिने उनले बताए। , ‘उजुरी परेपछि हामीले छानविन गर्नुपर्ने हुन्छ। त्यसैले हामीले आन्तरिक रूपमै छानविन प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘सादा पोशाकमा खटिने उनीहरूको जिम्मेवारी थियो। अहिले कार्यालयकै अन्य काममा खटिनेछन्।’,
,
कैलालीमा तस्करीसँग मिलेमतो गरेको आरोपमा खोसियो सई र हवल्दारको जिम्मेवारी |
सेतोपाटी संवाददाता ललितपुरको धोबिघाटमा आगलागी भएको छ। , बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो। , आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। , काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।,
,
,
धोबिघाटको कवाडी गोदाममा आगलागी |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ। , बिहीबार बिहान ९ बजे बलेफी गाउँपालिका-४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म सञ्चालन गर्दै आएका थिए। , त्यस फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बुढाथोकीले बताए। , सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ। , आगलागी कसरी भएको भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,
सिन्धुपाल्चोकमा कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु |
सुदीप श्रेष्ठ रातो मच्छिन्द्रनाथ र उनकी ‘प्रेमिका’ भनिने कीर्तिपुर, प्यंगथाँकी याकः मिसा (एक्ली केटी) बारे जति पनि किम्बदन्ती सुनिएका छन्, ती सबैमा एउटा कुरा समान छ —, याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव हुँदैन। उनी याकः मिसाको मोहमा बाँधिएर प्यंगथाँमै बसेका भए रथयात्रा बीचमै रोकिन्थ्यो, बुंगमतीमा उनको पीठ रित्तो हुन्थ्यो।, यति मात्र होइन, काठमाडौं उपत्यकामा पानी पार्न भनेर भारतको आसामबाट ल्याइएका यी ‘सहकालका देउता’ एकठाउँ बाँधिएपछि यहाँ फेरि अनिकाल छाउन के बेर!, त्यही भएर याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथका पाइला रोकिएनन्। हरेक वर्ष याकः मिसालाई भेट्न प्यंगथाँ आउने बाचा गर्दै उनी फर्के।, किम्बदन्तीको यो क्लाइमेक्स आज फेरि कीर्तिपुरमा पुनरावृत्ति हुँदैछ।, यो पनि पढ्नुहोस्- ,कीर्तिपुरकी एक्ली केटी भन्दै छिन्– मलाई छाडेर नजानू देव!, म कुरा गर्दैछु प्यंगथाँ डबलीमा प्रतिस्थापन गरिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाका मूर्तिको।, प्यंगथाँको सुखी गछेँ समाजको सक्रियतामा मंसिर १५ गते रातो मच्छिन्द्रनाथको पूर्ण कदको प्रतिमूर्तिसहित याकः मिसाको मूर्ति प्रतिस्थापन गरिएको छ। अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको प्यंगथाँका स्थानीय बताउँछन्।, जसरी किम्बदन्तीमा याकः मिसाले लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथ प्यंगथाँमा बस्न मान्दैनन्, अहिले यहाँ त्यस्तै स्थिति छ।, रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्यःका पुजारीले प्यंगथाँमा मच्छिन्द्रनाथको मूर्ति राख्न नदिने अडान लिएका छन्।, प्यंगथाँवासीले एकपक्षीय रूपमा गरेको मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त पारिदिएको उनीहरूको भनाइ छ।, रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने ३२ जना पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले मंगलबार विभिन्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै मूर्ति स्थापनाप्रति आफ्नो विरोध दर्ज गरायो। उनीहरूले एकैदिन संस्कृति मन्त्रालयदेखि पुरातत्व विभाग, गुठी संस्थान, ललितपुर महानगरपालिका र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।, यी सरोकारवाला निकायले प्यंगथाँवासीसँग समन्वय गरेर रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति हटाउन पहल गरिदियोस् भन्ने पुजारीहरूको चाहना छ।, ‘जीवित देवीहरूको मूर्ति कहिले पनि बन्दैन,’ संघका अध्यक्ष यज्ञरत्न शाक्यले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘प्यंगथाँमा जीवित देवीको मूर्ति र श्री मच्छिन्द्रनाथको प्रतिमूर्ति रहुञ्जेल हामी कीर्तिपुरमा प्रसाद ग्रहण गराउने कार्य बन्द गर्ने छौं।’, ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मंगलबार ज्ञापनपत्र हस्तान्तरण गर्दै पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, प्यंगथाँकी जीवित देवी याक: मिसालाई मच्छिन्द्रनाथकी प्रेमिका मान्ने र फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।, आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’ भनिने लक्ष्मीकुमारी महर्जनलाई फूल र प्रसाद चढाउँछन्।, प्यंगथाँको जुन मन्दिरमा अहिले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसनसामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन।, उक्त ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसा अर्थात् लक्ष्मीकुमारीलाई फूल–प्रसाद दिने गर्छन्। लक्ष्मीले प्रसाद लिइसकेपछि उनकै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटीहरू यो विधिमा सरिक हुन्छन्।, रातो मच्छिन्द्रनाथसँग जोडिएको र वर्षौं वर्षदेखि अनवरत चल्दै आएको यो सांस्कृतिक सम्पदा बुंगमती र कीर्तिपुरको विवादका कारण पहिलोचोटि अवरूद्ध हुने सम्भावना बढेको छ।, पुजारी संघका अध्यक्ष शाक्यले कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्तिस्वरूपा कन्या याकः मिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना गर्नुका साथै धार्मिक आस्थामा विचलन ल्याउने बताए।, ‘कीर्तिपुरको प्यंगथाँस्थित पवित्र स्थलमा रातो मच्छिन्द्रनाथको प्रतिनिधि भएर जल पानेजु (पुजारी) ले शक्ति स्वरूपा कन्या कुमारी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन जाने हाम्रो परम्परा हो। उहाँहरूले रातो मच्छिन्द्रनाथको प्रतिरूप नै प्यंगथाँमा लगेर राखेपछि हामी मच्छिन्द्रनाथको प्रतिनिधि भएर किन जानुपर्यो?’ शाक्यले भने, ‘यो संस्कृतिलाई निरन्तरता दिनुको औचित्य नै अब रहेन।’, मंगलबार ललितपुरका मेयर चिरिबाबु महर्जनलाई ज्ञापनपत्र दिन आएका बेला हामीले यो विवादको समाधान के हुन सक्छ भनेर अध्यक्ष शाक्यलाई सोधेका थियौं।, जवाफमा उनले भने, ‘यसको एउटै समाधान छ, उहाँहरूले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्यंगथाँमा राख्नुभएन। जबसम्म ती मूर्ति त्यहाँ रहन्छन्, हामी फूल–प्रसाद चढाउन जाँदैनौं।’, ललितपुर महानगरको कार्यालयमा मंगलबार ज्ञापनपत्र पढेर सुनाउँदै पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, उनको यस्तो जवाफ सुनेपछि हामीले फेरि सोध्यौं, ‘प्यंगथाँका स्थानीय बासिन्दा पनि आफूहरूले मूर्ति बनाएर प्रतिस्थापन गरिसकेकाले नहटाउने पक्षमा छन्। दुवै आ–आफ्नो अडानमा कायम रहँदा १४ सय वर्ष पुरानो परम्परा यसै मासिने खतरा छ। यसरी हाम्रो अमूर्त सम्पदा मासिनु भनेको त सिंगो काठमाडौं उपत्यकालाई नै घाटा हो नि!’, यसमा अर्का पुजारी कपिलमुनि बज्राचार्यले प्यंगथाँवासीले नै यो संस्कृतिको महत्व नबुझेको र मूर्ति स्थापना गरेर विकृति भित्र्याएको टिप्पणी गरे।, ‘मच्छिन्द्रनाथको मूर्ति मर्मतसम्भार गर्नुपरे हामी माटो लिन काठमाडौंको म्हेपी जानुपर्छ। के बुंगमतीमा माटो नभएर म्हेपीसम्म गएका हौं र?’ उनले प्रश्न गरे, ‘मच्छिन्द्रनाथको मूर्ति धातुको बनाउन सक्ने मान्छे आज कति छन् कति? के हामीले कालिगढ नभेटेर वा पैसा नभएर धातुको मूर्ति नबनाएका हौं र?’, उनले अगाडि भने, ‘जसरी मच्छिन्द्रनाथको मूर्ति माटोकै हुनुपर्ने मान्यता छ, मूर्ति मर्मत गर्दा म्हेपीकै माटो प्रयोग गर्नुपर्ने चलन छ, त्यस्तै प्यंगथाँ भनेको शक्तिस्वरूपा कन्या जीवित देवी याकः मिसालाई प्रत्यक्ष भेटेर फूल–प्रसाद चढाउने थलो हो। फूल-प्रसाद चढाउँदा पुजारी त्यहाँको ढुंगामाथि बस्नुपर्छ र याकः मिसालाई मण्डपमा बसाउनुपर्छ। सदियौंदेखि चल्दै आएको परम्परामा हामी सम्झौता गर्न तयार छैनौं।’, कपिलमुनि बज्राचार्यले यति भनेपछि हामीले उनलाई सोध्यौं, ‘त्यसो भए ती मूर्तिहरू कसरी व्यवस्थापन गर्ने त?’, ‘ती मूर्ति अब गुठी संस्थानलाई बुझाउनुपर्छ। गुठी संस्थानले त्यसलाई आफ्नो भण्डारमा सुरक्षित राख्नेछ,’ उनले जवाफ दिए।, हामीले अगाडि सोध्यौं, ‘प्यंगथाँमा खुला डबली छ। डबलीभन्दा भित्र चुकचा, दुने चुक लगायत चोकहरू छन्। उनीहरूले अहिलेको मन्दिरको सट्टा अरू ठाउँमा नयाँ मन्दिर बनाएर मूर्ति स्थानान्तरण गरे के होला?’, जवाफमा उनले भने, ‘ती दुई मूर्तिलाई कुनै पनि सार्वजनिक स्थानमा राख्नु हाम्रो निम्ति स्वीकार्य छैन। त्यसैले अहिलेको मन्दिरबाट अन्त स्थानान्तरण गर्न सकिन्छ कि भन्ने त विकल्पै होइन। उहाँहरूले त्यसलाई गुठी संस्थानमै बुझाउनुपर्छ र गुठीले भण्डारमा राख्नुपर्छ। त्यसपछि मात्र हामी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन प्यंगथाँ आउनेछौं। नभए यो चलन टुट्यो भन्दा हुन्छ।’, यसमा अध्यक्ष शाक्यले थपे, ‘सार्वजनिक स्थानमा राखेर पूजा गर्न पाइँदैन। कसैले आफ्नो व्यक्तिगत घरमा राख्छ भने हामीलाई आपत्ति छैन।’, पुजारीहरूको कुरा सुनेपछि हामीले मूर्ति स्थापनामा अगुवाइ गरेका प्यंगथाँका स्थानीय तथा सुखी गछेँ समाजका सचिव नारायण महर्जनसँग कुरा गर्यौं।, उनले आपसी छलफलबाट समाधान हुनसक्ने विषयलाई राष्ट्रिय मुद्दा बनाइएको भन्दै दुःख प्रकट गरे।, ‘भगवानसँग जोडिएको विषयमा वाद–प्रतिवाद नहोस् भनेर हामीले अहिलेसम्म कुनै टिकाटिप्पणी गरेका छैनौं। सिधै पुजारीहरूसँग बसेर छलफल गरौं र समाधान निकालौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘यसका लागि पुजारी संघका अध्यक्षज्यूलाई पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।’, यो विवाद समाधान गर्न कीर्तिपुर नगरपालिकासँग पनि आफूहरूले कुराकानी गरेको उनले जानकारी दिए।, ‘रातो मच्छिन्द्रनाथको मूल प्राण बुंगमतीमै छ। उहाँको आस्थालाई असर पार्ने हाम्रो मनसाय होइन। हामीले यहाँ राखेको प्रतिरूप मात्र हो। हामीले कीर्तिपुरकी याकः मिसासँग जोडिएको किम्बदन्ती सबैलाई सुनाउन र बुझाउन यी मूर्ति राखेका हौं। याकः मिसाको कथा जीवन्त राख्न यसले सहयोग गर्छ भन्ने हामीले सोचेका छौं,’ उनले भने।, मूर्ति प्रतिस्थापन गरेर आफूहरूबाट कुनै ‘पाप’ भएको रहेछ भने क्षमापूजा गर्न तयार रहेको उनको भनाइ छ।, प्यंगथाँमा याक: मिसा र रातो मच्छिन्द्रनाथको मूर्ति स्थापनामा अगुवाइ गरेका स्थानीय नारायण महर्जन। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी, ‘जनमानसले त्यत्रो उत्साह र उमंगका साथ मूर्ति स्वागत गरेर ल्याइसके र यहाँ स्थापना गराइसके। त्यसैले आवश्यक परे क्षमापूजा गरेर भए पनि विवाद टुंग्याऊँ भन्ने हाम्रो धारणा छ,’ नारायणले भने, ‘गुठी संस्थानमा बुझाएर भण्डारमा राख भन्नु त समाधानको बाटो भएन। पुजारीहरू धार्मिक हिसाबले निकै जान्नेबुझ्ने हुनुहुन्छ। हामी उहाँहरूसँग कुनै किसिमको विवादमा पर्न चाहन्नौं। त्यसैले अरू विकल्प के हुनसक्छ, हामी त्यसबारे छलफल गर्न तयार छौं।', यी दुवै मूर्ति पाटनका मूर्तिकार रवि शाक्यले बनाएका हुन्। यसमा काठमाडौं महानगरपालिकाले १७ लाख ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। मंसिर १५ गते काठमाडौंका मेयर बालेन शाहले नै पाटनको महाबुद्ध विहारमा दुवै मूर्ति प्यंगथाँका स्थानीयलाई हस्तान्तरण गरेका थिए। स्थानीयले महाबुद्ध विहारबाट लगनखेलसम्म खटमा बोकेर ल्याए। त्यहाँबाट कीर्तिपुर प्रवेशद्वारसम्म गाडीमा ल्याए, अनि फेरि बाजागाजा र स्थानीयको लावालस्करसहित खटमा बोकेर प्यंगथाँ पुर्याए।, ‘जसरी घरमा बेहुली भित्र्याइन्छ, हामीले याकः मिसाको मूर्तिलाई त्यसरी नै प्यंगथाँमा भित्र्याएका थियौं,’ नारायणले भने, ‘त्यसै रात पूजापाठ गरेर विधिवत् रूपमा मूर्ति प्रतिस्थापन गर्यौं। मूर्तिको प्राण प्रतिस्थापन भने गर्न बाँकी छ।’, उनले अगाडि भने, ‘यो विवाद आपसी छलफलबाट शान्तिपूर्ण रूपमा हल होस् भन्ने हामी चाहन्छौं। यसको निम्ति मार्गप्रशस्त गर्ने काम पुजारीहरूबाटै हुनेछ भन्ने हामीले आशा लिएका छौं। सरोकारवालाहरूले दुवै पक्षलाई डाकेर छलफल गराए हामी आफ्नो कुरा राख्नेछौं। त्यसबाट समाधानको बाटो निस्कनेछ।’, मच्छिन्द्रनाथका पुजारीसँग मंगलबार भएको भेटमा ललितपुरका मेयर चिरिबाबु महर्जनले यो विवादलाई सरोकारवाला संस्थाहरूले अनदेखा गर्न नमिल्ने भन्दै कीर्तिपुर नगरपालिकासँग समन्वय गर्ने बताएका थिए। हामीले दुवै पक्षको कुरा सुन्दा ललितपुर महानगर, कीर्तिपुर नगरपालिका, गुठी संस्थान वा अन्य सरोकारवाला निकायले अगुवाइ लिएर विवादको समाधान खोज्नुपर्ने देखिन्छ।, यी निकायले बुंगमती र कीर्तिपुरबीच समन्वय गरेर दुवै पक्षलाई एकैठाउँ राखी छलफल चलाउने हो भने समाधानको बाटो निकाल्न सकिन्छ।, मच्छिन्द्रनाथका पुजारी र प्यंगथाँका स्थानीय बासिन्दाले पनि यही चाहेका छन्।, यो पनि पढ्नुहोस्- ,कीर्तिपुरकी एक्ली केटी भन्दै छिन्– मलाई छाडेर नजानू देव!,
'ती मूर्ति कुनै पनि सार्वजनिक स्थानमा राख्न पाइने छैन' |
रासस 'विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौं', बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दंग छन्। , दुई दशकअगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले स्वरूप बदलेर बजार बनेको छ।, मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।, करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्र्याक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन।, अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरी लगायतका खाद्य बाली उत्पादन गरी यहीबाट जीवन चलाउथे। पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्र रूपमा बजार विस्तार भयो। अहिले खौलाराको चारैतिर ठूला–ठूला घर भवन निर्माण भइरहेका छन्।, पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउँछन्।, उनले लोकमार्गले जोडिएपछि यो ठाउँका मुहार फेरिएको बताए। सडकले नजोडिँदा यहाँ चार/पाँच वटामात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला–ठूला सहरमा जस्तै भवन बनेको घिमिरेले सुनाए। , अब नुन बोक्न बुटवल जानै नपर्ने उनको भनाइ छ।, 'खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ', घिमिरेले भने, 'खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला।', उनले सडक नआउँदा घण्टौं यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाएको बताए।, बजार बन्न थालेपछि आवश्यक सामान सबै यही पाइन थालेको घिमिरेको भनाइ छ।, उनले अब सामान्य कामका लागि गाउँ छोडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँछन्।, उनले भने, 'हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली (बुटवल) जानुपर्थ्यो, लत्ताकपडादेखि हामीलाई आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिलेको जस्तो पसल थिएनन्, बजार देख्न त कि बुटौलीनै जानुपथ्र्यो, कि सुनवल पुग्नुपथ्र्यो, अहिले भन्नुहुन्छ भने घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ।', स्थानीय देवीराम खरेलले लोकमार्गका कारण यो ठाउँसँगै स्थानीयको जनजीवन परिर्वतन भएको बताउँछन्।, उनले सडक नआउँदा सामान्य कामको लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताए।, सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ। , उनी भन्छन्, 'सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको थियो, आजाभोलि दुई/चार घण्टा लाग्ने स्थानमा पुग्न दुई/तीन दिन लाग्थ्यो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर टाढा पुर्याउनुपर्थ्यो, सडकले अहिले धेरै कुरामा सहजता ल्याएको छ, पहिलेजस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन, बिरामी परियो भने पनि गाडीमै एकैछिनमा औषद्योपचार गर्न गइन्छ, पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन, अब पहिलेको जस्तो बागलुङ बजार जान हप्ता दिन लाग्दैन।' , बडिगाडको सबै ठाउँ सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज भएको उनले बताए।, अहिले लोकमार्ग छेउछाउका जग्गामा धमाधम बस्ती विस्तार भइरहेको भन्दै यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको उनको भनाइ छ।, सडक नआउँदा बाझै रहेका जग्गा अहिले घडेरीमा परिणत भएको घिमिरेको भनाइ छ। , 'सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ, पहिले गाउँमा उत्पादन हुने तरकारी तथा फलफूल निःशुल्क बाँड्ने चलन थियो, अहिले बजारसम्म ल्याएर थोरै भए पनि पैसा पार्ने बानी बस्दैछ', उनी भन्छन्, 'अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन् भने केहीँ ठाउँमा घडेरी निर्माण भएका छन्, पहिले बाझो बनेका जग्गा पनि अहिले लाखौं मूल्यमा बिक्री हुन थालेका छन्, खौलारामा सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन्।', बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बजारलाई व्यवस्थित बजारका रूपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताइन्।, उनले पालिककै मुख्य बजारका रूपमा यस ठाउँ रहेको भन्दै अब यहाँ बन्ने कुनै पनि घर भवन मापदण्डविपरीत नबन्ने बताउँछन्। अब मापदण्डपालना गरेर मात्रै संरचना निर्माण हुने उनको भनाइ छ। , 'यो बडिगाड गाउँपालिकाको मुख्य बजार हो, समथर र ठूलो भूगोल हुँदा यहाँ बस्ती विस्तार हुँदैछ र भविष्यमा जिल्लाकै ठूलो बजार हुने देखिन्छ, पछि अस्तव्यस्त बजार हुन नदिन हामीले अहिलेदेखि नै एउटा मापदण्ड बनाएर घर भवन निर्माण गर्ने कार्यविधि बनाएका छौं, खौलारासँगै लोकमार्गले जोडिएका अन्य क्षेत्रमा बस्ती विस्तार भइरहेको छ, ती ठाउँमा घर भवन निर्माण गर्दा मापदण्डपालना गर्नुपर्ने छ', उनले भनिन्। , अध्यक्ष अधिकारीले बजारमा ढल, फोहोर व्यवस्थापनका, सिसी क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी दिइन्। बजारको सौन्दर्यकरणका लागि गाउँपालिकाले काम सुरू गर्न थालेको उनले बताइन्।, उनले भनिन्, 'जिल्लाका धेरै बजारमा पहिले योजना नबनाउँदा अहिले धेरै समस्या आएको पाइन्छ, त्यसले गर्दा हामीले यहाँको सौन्दर्यकरणका लागि के गर्ने फोहोर व्यवस्थापन कहाँ गर्ने, कसरी ढल व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरिसकेका छौं, अहिले बनाएको योजनाले दशकौं वर्षपछिको बजार व्यवस्थापनलाई सहज बनाओस् भन्ने हाम्रो चाहना छ।', उनले योसँगै खर्बाङ, न्वारा, खारा, भिमगिठेलगायत लोकमार्गले जोडिएका स्थानमा सिसी टिभी, सोलार बत्ती जडान गर्ने बताइन्। यी ठाउँको सौन्दर्यकरणका लागि आवश्यक तयारी गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ।,
गाउँ फेरिएर बजार बनेको 'खौलारा' |
सेतोपाटी संवाददाता ललितपुरको धोबिघाटमा आगलागी नियन्त्रणमा आएको छ। , बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका-३ स्थित धोबिघाटमा रहेको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। , १२ बजेतिर आगलागी नियन्त्रणमा आएको हो। उक्त गोदाम भारतीय नागरिक ३२ कृष्ण ओदारले सञ्चालन गर्दै आएका थिए। , विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी पोखरेलले बताए।, उनका अनुसार अन्दाजी ७ लाख बराबरको क्षति पनि भएको छ। , आगलागी नियन्त्रण गर्न ललितपुर र काठमाडौंको गरी चार वटा दमकल प्रयोग गरेको थियो।,
,
धोबिघाटको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा |
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौंमा प्रहरीले छापा मारेको छ। , बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो। , जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ।, पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ। , सेवाग्राहीलाई बिचौलियाले दु:ख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , यसअघि पनि प्रहरीले विभिन्न यातायात कार्यालयबाट बिचौलियाहरूलाई पक्राउ गर्ने गरेको छ। ,
यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालयमा छापा |
सेतोपाटी संवाददाता कैलालीमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीले दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदमराज भट्टलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान धनगढी उपमहानगरपालिका-३ बाट पक्राउ गरेको हो। , प्रहरीकाअनुसार उनी ठगीका 'नटवरलाल' हुन्। कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ। , उनीविरूद्ध थुप्रै उजुरीहरू आएपछि प्रहरीले उनको खोजी गरी पक्राउ गरेको हो।, कैलालीका एसपी देवेन्द्र पालका अनुसार उनी भाडाका गाडी चढ्थे। भाडामा लिएको गाडी र नयाँ कपडाहरू लगाएर उनले विभिन्न व्यक्तिहरूलाई लोभ्याउने गर्थे।, ‘सुरूमा बैंक तथा संघ संस्थाको हाकिम हुँ भनेर लोभ्याउने रहेछन्। महंगा गाडीहरू भाडामा लिने, आफू ठूलो मान्छे हुँ भनेर प्रस्तुत हुने देखियो,’ एसपी पालले भने। , एसपी पालका अनुसार उनले एकल महिलाहरूलाई निशानामा राख्थे। उनी आफैं ठूलो मान्छे हुँ भन्ने विभिन्न बहाना बनाएर उनले ती महिलाहरूसँग नजिकिन्थे। , ‘विश्वास दिलाएपछि उनले ती महिलाहरूसँग विवाहको नाटक समेत गर्ने गरेको देखियो। यसो गरेपछि उनले ती महिलाहरूको विभिन्न अश्लिल भिडिओहरू समेत बनाउने र फकाएर हुन्छ कि कसरी हुन्छ पैसा लिने गरेको भेटियो,’ उनले भने, ‘त्यसपछि पैसा लिएर फरार हुने उनको प्रकृति देखियो। २,४ लाख जति भेट्छ त्यति ठग्ने गर्थे।’, यसैगरी उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ। यद्यपि अहिलेसम्म कति जनालाई उनले ठगीसकेको यकिन विवरण नभएको एसपी पालले बताए। , कार्यालयमा जाहेरी आउने क्रम जारी नै रहेको उनले बताए। कैलालीमा मात्रै नभएर कञ्चनपुरमा समेत उजुरी परेको छ। , उनी ठगी मुद्दामा यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। एसपी पालका अनुसार यसअघि पनि दुई वर्ष ठगी मुद्दामा जेल समेत बसिसकेका छन्। , उनीबाट पीडित भएका कोही भए प्रहरीको सम्पर्कमा आउन पनि कार्यालयले अनुरोध गरेको छ। ,
ठगी आरोपमा धनगढीमा पक्राउ परे एक युवा |
दिपकजंग शाही सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ।, सुरूमा अस्वभाविक खर्चमा निर्माण गरिएको भन्दै आलोचना भएको उक्त प्रतिमाको अहिले स्वरूप नमिलेको भन्ने आलोचना बढेको छ।, पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको पार्कमा पर्यटककै आकर्षणका लागि बनेको पाटेबाघको मूर्तिको आलोचना भएपछि फेरि त्यसलाई मर्मत गरेर पाटेबाघकै आकर्षक स्वरूपमा ल्याउने तयारी गरिएको वीरेन्द्रनगर-४ का वडाध्यक्ष शेरबहादुर केसीले बताए।, ‘पार्कको व्यवस्थापन तथा सञ्चालनको जिम्मा लिएको सामुदायिक वनले यो मूर्ति बनाएको हो, उहाँहरूले जसलाई जिम्मा दिएर मूर्ति बनाउन लगाउनुभएको थियो, उहाँसँगै कुरा गरेर फेरि मर्मत गरिदिने कुरा भएको छ,’ वडाध्यक्ष केसीले भने, ‘उहाँले कालीगढलाई झिकाएर बनाउन लगाउँछु भनेर प्रतिबद्धता गर्नुभएको रहेछ।’, अहिले सहिदपार्कमा राखिएको पाटेबाघको मूर्तिको आधार अस्वाभाविक मोटो देखिएको छ। उक्त मूर्ति एउटै ढुंगाबाट बनेकोले त्यसलाई काँटछाँट गर्ने काम गर्दा स्पष्ट आकार आउने दाबी केसीले गरे।, वीरेन्द्रनगर-४ मा रहेको भैरव सामुदायिक वनभित्र पर्यटकीय गन्तव्यका रूपमा सहिद पार्क बनाइएको छ। उक्त पार्कको जिम्मा सामुदायिक वनले नै लिएको छ।, भैरव सामुदायिक वनका अध्यक्ष अम्मर कार्कीले सामाजिक सञ्जालमा भइरहेको आलोचनाको समाधान हुनेगरी पुनः मर्मत गरेर मूर्तिलाई सही आकार दिइने बताए।, ‘ठ्याक्कै बाघको आकार नदेखिएको कुरा त हामीले पनि सुरूदेखि नै महसुश गरेका थियौं, बनेको छोटो समयमै आलोचना पनि सुरू भइसकेको छ,’ उनले भने, ‘अब हामीले जिम्मा दिएको व्यक्तिलाई यो कुरा गरिसकेका छौं, उहाँले पनि बनाउने कालीगढलाई झिकाएर मर्मत गर्ने कुरा गर्नुभएको छ। अब तत्कालै त्यहाँको मूर्तिमा पाटेबाघको आकर्षक आकार आउँछ।’, सामुदायिक वनले उक्त मूर्ति निर्माण गर्नका लागि वीरेन्द्रनगरकै कृष्णकुमार श्रेष्ठलाई जिम्मा दिएको थियो। जिम्मा लिएका श्रेष्ठले सुर्खेत बाहिरबाट कालीगढ ल्याएर सहिद पार्कमा राख्ने पाटेबाघको मूर्ति बनाउन लगाएका थिए।, जिम्मा लिएका श्रेष्ठले माघ १२ गतेभित्र त्यो मूर्ति बनाउने कालीगढ सुर्खेत आउने र बनाईदिनेगरी मौखिक सम्झौता भएको बताए।, ‘अर्को महिनाको १०/१२ गते कालीगढ सुर्खेत आएर मर्मत गरिदिने कुरा भएको छ,’ उनले भने, ‘अहिले मोटो देखिएको छ, फेरि मर्म गर्दा पातलो बन्छ र आकर्षक स्वरूप आउँछ।’, कालीगढले उक्त मूर्ति बनाउन हतारमा काम गरेकाले स्वरूप नमिलेको स्वीकार गरेको श्रेष्ठले बताए। उनका अनुसार कालीगढले सहिदपार्कको मूर्तिलाई स्वरूपमा ल्याउँदा पुरानै शुल्कमा बनाउने भएका छन्।, सामुदायिक वनका अध्यक्ष कार्कीले पनि मर्मतका लागि थप शुल्क नदिइने बताए।, सहिद पार्कमा राख्नका लागि पहिले पनि पाटेबाघको मूर्ति बनाइएको थियो। त्यो मूर्तिको पनि ठ्याक्कै स्वरूप थिएन। तैपनि ढुंगाहरू जोडेर बनाइएकाले टुक्रिन थालेपछि अर्को पाटेबाघको मूर्ति बनाउने योजना सामुदायिक वनको थियो।, पहिले बनाइएको पाटेबाघको मूर्तिको लागि ४५ हजारमा सम्झौता भए पनि भनेअनुसार नभएपछि बनाउने मान्छेलाई २८ हजार रुपैयाँ मात्र भुक्तानी गरिएको थियो। तैपनि उक्त मूर्तिको लागत खेर गएको छ।, पछिल्लो समय बनाइएको स्वरूप नमिलेको मूर्ति भने ५० हजारमा बनाइएको हो।, सामुदायिक वनले सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा मूर्ति बनाएको थियो।,
फेरिने भयो भाइरल बनेको बाघको मूर्तिको स्वरूप |
सेतोपाटी संवाददाता बेलायती राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ नामक पुस्तक अर्को साता सार्वजनिक हुँदैछ। पेन्गुइन र्यान्डम हाउसले प्रकाशन गर्न लागेको स्पेयरमा ह्यारीले आफ्नो जीवनका भोगाइहरू समेटेका छन्।, उनको पुस्तकमा कुनैबेला घाम नअस्ताउने साम्राज्य बनाउन सफल बेलायती राजपरिवारभित्रको वातावरण र ह्यारीले भोगेको जीवनबारे उल्लेख छ।, बेलायती पत्रिका द गार्डियनले सार्वजनिक हुनुअघि नै उक्त पुस्तक प्राप्त गरेको छ। पुस्तकमा ह्यारीले अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गरेपछि बेलायती राजपरिवारका सदस्यहरूले गरेको व्यवहारबारे पनि उल्लेख गरेका छन्। विवाह गरिसकेपछि एकपटक विवाद हुँदा दाजु विलियमले आफूमाथि हात हालेको बताएका छन्।, विलियमले आफ्नो कठालोमा समातेर भुइँमा पछारेको र आफूलाई सामान्य चोट लागेको ह्यारीले पुस्तकमा उल्लेख गरेका छन्।, विलियमले मेघनलाई विभिन्न शब्दहरूले गाली गर्ने गरेको पनि ह्यारीले लेखेका छन्। दाजुभाइको उक्त झगडाबारे विलियमले मेघनलाई नभन्नु भनेको र पछि मेघनले आफैं थाहा पाएको उनको किताबमा उल्लेख छ।, मेघन र ह्यारीले सन् २०१८ मेमा विवाह गरेका थिए। अमेरिकी अभिनेत्री मेघन अश्वेत हुन्। ह्यारीसँग विवाह हुनुअघि उनको पारपाचुके भएको थियो। बेलायतजस्तो मुलुकको राजपरिवारमा बुहारीको रूपमा मेघनको आगमनलाई धेरैले प्रगतिशील कदम भनेका थिए।, परम्पगरागत रीतिरिवाज र चालचलनमा चल्ने बेलायती राजपरिवारभित्र ह्यारी र मेघनको जीवन भने सहज रूपमा चल्न सकेन। परिवारका अन्य सदस्यहरूको नराम्रो व्यवहार र हेलाहोचो सहन नसकेपछि ह्यारी र मेघन राजपदवी त्यागेर अमेरिका गए।, अमेरिका गएपछि टेलिभिजन अन्तर्वार्ता, नेटफ्लिक्स सिरिज र पुस्तकमार्फत् बेलायती राजपरिवारमा आफूले भोगेका घटना ह्यारी र मेघनले सार्वजनिक गरिरहेका छन्।, त्यही क्रममा ह्यारीले अतिरिक्त वा विकल्प अर्थ लाग्ने स्पेयर शब्दलाई आफ्नो पुस्तकको नाम बनाएका छन्।, बेलायतका राजपरिवार र सम्भ्रान्त परिवारमा रहेको एउटा पुरानो भनाइ छ- जेठो छोरो राजगद्दी र सम्पत्तिको उत्तराधिकारी हुन्छ, जेठोलाई केही भइहाल्यो भने विकल्पमा अर्को छोरो हुन्छ। यही भनाइलाई आधार मानेर ह्यारीले आफ्नो पुस्तकको नाम स्पेयर राखेका हुन्।, चर्चा के पनि छ भने बेलायती राजा चार्ल्सले ह्यारी जन्मिएपछि आफ्नी पत्नी डायनालाई भनेका थिए रे- तिमीले मलाई उत्तराधिकारी दिएकी थियौ अब त्यसको विकल्प पनि भयो। यत्ति भएपछि मलाई पुग्यो!, ह्यारीले यो प्रसंगलाई पनि आफ्नो पुस्तकमा समावेश गरेका छन्।, डायनाको सन् १९९७ मा पेरिसमा भएको कार दुर्घटनामा निधन भएको थियो।,
राजकुमार ह्यारीले किन राखे आफ्नो किताबको नाम ‘स्पेयर’? |
सेतोपाटी संवाददाता चितवन राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम चितवन प्रहरीले नष्ट गरेको छ।, राप्तीको वडा नम्बर ११ र १२ मा व्यावसायिक रूपमा खेती गरिएको गाँजा र अफिम नष्ट गरिएको हो। , डिएसपी नरहरि अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले मंगलबार र बुधबार गाँजा नष्ट गरेको हो।, विभिन्न स्थानमा लागूऔषध गाँजा र अफिम खेती गरिएको सूचना प्राप्त भएपछि जिल्लाबाट प्रहरी टोली पहाडी गाउँमा पुगेको डिएसपी अधिकारीले बताए। , राप्ती-११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला, वडा नम्बर १२ स्थित तिरुवा, बड्याल पोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा २० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा र ७ कट्ठा क्षेत्रफलमा लगाइएको अफिम फडानी गरी नष्ट गरिएको अधिकारीले बताए।, दुई वर्षअघि पनि प्रहरीले राप्तीका विभिन्न क्षेत्रमा पुगेर गाँजा नष्ट गरेको थियो। , ‘नेपालको कानुनले गाँजा खेती गर्नुलाई अवैध मान्छ। जिल्लाको पहाडी भेगमा गाँजा खेती गर्नेक्रम बढ्दै गएको सूचना पाएपछि ४० जनाको प्रहरी टोली खटेको थियो,’ डिएसपी अधिकारीले भने, ‘गाँजा लगायतका लागूऔषधको दुर्व्यसनीमा युवाहरू फस्नेक्रम बढिरहेको छ। यसलाई निरूत्साहित गर्न पनि अवैध खेती नियन्त्रण गर्नुपरेको हो।’,
चितवन प्रहरीले गर्यो राप्तीको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम खेती नष्ट |
सेतोपाटी संवाददाता नेपाली सेनाका उपरथी प्रेम शाही अहिले सैनिक प्रहरीको हिरासतमा छन्। शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेका शाहीले उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका थिए।, अवकाश पाउनु १५ दिनअघि बिदामा बस्ने चलनअनुसार उनी विदामा पनि बसिसकेका थिए। अवकाश पत्र बुझेपछि भने शाहीले सर्वोच्चमा मुद्दा हाले।, शाहीले सेनामा आफ्नो जन्म मिति २०२२ पुस २० र २०२३ पुस २० गते भएका दुइटा प्रमाणपत्र पेस गरेका थिए। अघिल्लो जन्ममिति अनुसार अवकाश पाउने भएपछि पछिल्लो जन्ममिति कायम गरिदिन उनले सर्वोच्चमा मुद्दा हालेका थिए। , सर्वोच्चले उनको पछिल्लो जन्ममितिलाई कायम गर्दै थप एक वर्ष सेनामा काम गर्न अन्तरिम आदेश दियो।, न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले शाहीको मागबमोजिम अन्तरिम आदेश दियो।, त्यही आदेशको आधारमा शाही फेरि मंगलबार सैनिक मुख्यालय जंगी अड्डा गए। कार्यालयमा प्रवेश नगर्दै शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लियो।, शाहीलाई नियन्त्रणमा लिएपछि दुईटा प्रश्न उठेका छन्। पहिलो, शाहीलाई गिरफ्तार गरेर जंगी अड्डाले सर्वोच्चको आदेश किन पालना गरेन? दोस्रो, उनीमाथि अनुसन्धान गर्नु नै पर्नेखालको आरोप थियो भने छानबिन नगरिकन पहिला किन अवकाशमा जान दिइयो?, सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी भने अन्तरिम आदेश आउनु र शाहीलाई नियन्त्रणमा लिने बेला उही समयमा पर्नु संयोग मात्रै भएको तर्क गर्छन्।, ‘उहाँमाथिको छानबिन चलिरहेको थियो। सर्वोच्चको अन्तरिम आदेश नआएको भए पनि सैनिक प्रहरीले आफ्नो काम गर्थ्यो,’ उनले भने,‘उहाँमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। जंगी अड्डामै राखेर उहाँको अनुसन्धान भइरहेको छ।’, अनुसन्धान गर्दा निर्दोष देखिए शाही सर्वोच्चको आदेशअनुसार सेवामा फर्किन सक्ने उनले बताए।, आफूहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गरेको भन्दै उनले सेनाको आफ्नो प्रक्रियामा हुने काम भइरहेको बताए।, सेनाका एक पूर्वउच्च अधिकारीले भने सर्वोच्च अदालतले जस्तो आदेश दिए पनि त्यसको सम्मान गर्नुपर्ने बताए। अन्तरिम आदेश आएसँगै नियन्त्रणमा लिएर छानबिन गर्दा अदालतलाई नटेरेको सन्देश गएको उनको तर्क छ।, अर्का पूर्वसैन्यउच्च अधिकारीले भने उपरथी शाहीले सैनिक सीमा उल्लंघन गरेको बताए। सर्वोच्च अदालतले समेत सैनिक ऐनको विरूद्धमा आदेश दिएको उनको दाबी छ।, ‘उपरथी शाहीले सेनालाई आफ्नो जन्म मिति २०२२ पुस २० गते भन्नुभएको छ। उहाँले सेवा सुरू गर्दा दिएको मिति आधिकारिक हो। तर पछि २०२३ पुस २० बनाउनुभएको रहेछ,’ ती पूर्वसैन्य अधिकारीले भने,‘सैनिक नियमावलीमा समेत फरक/फरक मिति भएमा पहिला अवकाश हुने मितिलाई आधार मान्ने भनिएको छ। त्यसैले सर्वोच्च अदालतले यसमा ख्याल गर्न सकेन।’, सैनिक सेवा नियमावली २०६९ को दफा ७७ को उप दफा ३ मा व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाण पत्रमा जन्म मिति, वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिबाट अवकाश दिइनेछ भनेर उल्लेख छ।, ५७ वर्षे उमेर हदका कारण शाही पुस २० गतेबाट नियमित अवकाशमा जाँदै थिए। अवकाशमा जानुभन्दा १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार शाहीले अवकाश पत्रसमेत बुझिसकेका थिए। अवकाशपत्र लिएपछि उनले आफ्नो उमेर एक वर्ष बढी कायम गरिएको भन्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरूद्ध पुस ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए।, स्रोतका अनुसार सैनिक नियमावलीलाई चुनौती दिँदै सर्वोच अदातलत गएकै कारण शाहीमाथि छानबिन भएको हो। प्रधान सेनापति प्रभुराम शर्माले समेत उनलाई आर्थिक अनियमितातको विषय उठ्न सक्ने भएकाले सरासर अवकाशको बाटो रोज्न सुझाएका थिए।, एक सैन्य पूर्व उच्च अधिकारी भन्छन्, ‘सेनाभित्र कठोर अनुशासन हुन्छ भन्ने उहाँले नबुझेको होइन। उहाँले पहरोमा कुहिनो ठोक्याउनुभयो। त्यसकै परिणाम भोग्नुभएको छ।’,
अवकाशका लागि बिदा बसिसकेका उपरथी शाही कसरी पुगे सैनिक हिरासतमा? |
शरद् शर्मा चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को संक्रमण देखिने गर्दछ। , जाडो मौसममा रूघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को संक्रमण पनि हुन पुग्छ। यस्ता संक्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ।, कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरूआतसँगै बालबालिकामा ‘रोटा भाइरस’को संक्रमण देखिने गरेको बताउँछन्। , धेरैजसो चिसो याममा झाडापखालाबाटै रोटा भाइरसको संक्रमण हुने गरेको उनको भनाइ छ। , निर्देशक बसौलाका अनुसार चिसो याममा ‘रोटा भाइरस’ धेरै सक्रिय हुने र यसबाट बालबालिकालाई पखला लाग्ने गर्दछ।, ‘कोल्ड डायरिया’ पनि भनिने ‘रोटा भाइरस’ले सिधैं पेटमा असर गर्ने र पखाला लगाउने गर्छ। , 'पखाला भएपछि बालबालिकाको दिसा पानीजस्तो हुन्छ', उनी भन्छन्, 'निरन्तर पानीजस्तो पातलो दिसा बगेपछि बालबालिकाको शरीरमा पानीको कमी हुने भएकाले पानी पूर्ति हुने नसके ज्यान पनि जान सक्छ।', निर्देशक बसौलाका अनुसार अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागेर भर्ना भएका पाँच वर्ष मुनिका बालबालिकामा अध्ययन गर्दा ३८ प्रतिशतमा ‘रोटा भाइरस’ देखिएको थियो। , धेरैजसो एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई यस्तो संक्रमण हुने गरेको पाइन्छ।, जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३० प्रतिशतभन्दा बढीमा ‘रोटा भाइरस’को संक्रमण हुने गरेको छ। , झाडापखालाबाट मृत्यु हुने बालबालिकोमध्ये सबैभन्दा धेरै ‘रोटा भाइरस’कै कारण हुने जनाइएको छ।, अस्पतालमा दैनिक एकदेखि दुईजनासम्म झाडापखालाका बिरामी आउने गरेका छन्।, एक वर्ष मुनिका बालबालिकामा यस भाइरसको संक्रमण धेरै हुने गरेको छ।, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बालरोग विशेषज्ञ डा जितेन्द्र अमात्य जाडोयाममा देखिने यस रोगको मुख्य लक्षण झाडापखाला नै रहेको बताउँछन्।, उनी रोटा भाइरसको संक्रमणले झाडापखाला लागे चार पाँच दिनमै सञ्चो हुने उल्लेख गर्छन्। , खोपले संक्रमण कम हुने, सरकारले रोटा भाइरसको संक्रमणविरूद्ध ‘रोटा रिक्स’ नामक खोप बालबालिकालाई दिने गरेको छ।, उक्त औषधी बालबालिकालाई मुखबाट दुई थोपा खुवाउने गरिन्छ।, सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गत वर्षदेखि निःशुल्क रूपमा उक्त खोप वितरण गर्दै आइरहेको छ।, खोप जन्मेको छ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक खुवाउने गरिन्छ।, निर्देशक डा बसौला ‘रोटा रिक्स’ खोप दिन थालेपछि बालबालिकामा ‘रोटा भाइरस’को संक्रमण कम हुने गरेको बताउँछन्।, 'जाडो याममा पहिले दैनिक पाँच जनासम्म यस्ता संक्रमणका आउने बिरामी अहिले एक दुई जना मात्र आउने गरेका छन्', उनी भन्छन्, 'खोपको प्रभावकारिताले ‘रोटा भाइरस’का कारण हुने झाडापखाला कम भएको छ।', अहिले खोपको कारणले फाट्टफुट्ट मात्र नै उपचार गर्न आउने गरेको डा अमात्यको भनाइ छ। खोपको कारणले अहिले यो वर्ष यस्तो संक्रमणले हुने पखाला घटेको पाइएको उनी उल्लेख गर्छन्। , लक्षण, ‘रोटा भाइरस’को संक्रमणले बालबालिकामा दिनमा तीन/चार पटक पाँच दिनसम्म पातलो दिसा आउने र बच्चा रूनेजस्ता लक्षण देखिन्छ। , यस्तै पखालासँगै बान्ता हुने, ज्वरो आउने, खाना नरूच्ने र बेहोस हुनेजस्ता पनि समस्या देखिने गर्छ। यस्तो लक्षण देखिनासाथ बालबालिकालाई स्वास्थ्य संस्थामा लैजानुपर्छ। भाइरसको संक्रमण बालबालिकालाई छिट्टै हुने भएकाले समयमै उपचार नगरिए थप जटिल समस्या देखिने गर्दछ। , बच्ने उपाय, ‘रोटा भाइरस’बाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने घरमै झोल खानेकुराका साथै आमाको दूध प्रशस्त मात्रामा खुवाउनुपर्छ।, यस्तै छ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान तथा छ महिनामाथिको बच्चा भए जीवनजल, दालको रस, गेडागुडी, तरकारीको रस खुवाउनुपर्छ। , बच्चालाई समय समयमा नुहाइदिने र सफा राखिराख्ने, बच्चाले लगाउने कपडा दैनिक फेर्ने, उमालेको पानी मात्रै खान दिने गर्नुपर्छ। बालबालिकालाई खानेकुरा खुवाउन अघि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ। रासस,
जाडोमा बालबालिकालाई 'रोटा भाइरस' को डर |
सेतोपाटी संवाददाता ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले सूचना प्रविधि र साइबर अपराधका घटना बढ्दै गए पनि आधुनिक उपकरण र संयन्त्रको अभावमा अनुसन्धानलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन्।, दश दिनअघि मात्रै ईलाका प्रहरी कार्यालय बुटवलको प्रमुखमा सरूवा भएर आएका प्रहरी नायब उपरीक्षक थापाले बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै प्रविधिको प्रयोगसँगै विद्युतीय अपराधका घटना बढेको तर, विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ले मात्रै समेट्न नसकेको बताए।, ‘प्रहरीमा साइबर सम्बन्धीका मुद्दा धेरै छन् तर सबै मुद्दाहरूलाई समेट्न विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ले मात्रै समेट्न सक्दैन,’ उनले भने।, थापाले सूचना प्रविधि न्यायाधिकरण गठन नहुँदा पनि साइबर क्राइमका मुद्दाको अनुसन्धानमा समस्या आउने गरेको बताए।, त्यस्तै, आधुनिक वैज्ञानिक उपकरण र प्रयोगशाला केन्द्रमा मात्र सीमित हुँदा बलात्कारजस्ता जघन्य अपराधका अनुसन्धान पनि प्रभावकारी बन्न नसकेको बताए।, ‘बलात्कारका घटनामा डिएनएबाट पनि परीक्षण गर्नुपर्ने हुन्छ, तर डिएनए परीक्षण गर्ने ल्याब केन्द्रमा मात्र सीमित छ,’ उनले भने।, थापाले नेपाल प्रहरीमाथि धेरै क्षेत्रको जिम्मेवारी आउने तर आवश्यकता बमोजिम ईकाइ र जनशक्तिको अभाव रहेको बताए।, कतिपय स्थानीय तहमा जानुपर्ने मुद्दाहरू पनि प्रहरीमा जाने गर्दा प्रहरीलाई जिम्मेवारी बढेको उनले बताए।, ‘सम्बन्ध विच्छेद, लेनदेन, अंश मुद्दा जस्ता देवानी प्रकृतिका मुद्दा पनि प्रहरीमै आउने गर्दा नागरिकका सबै अपेक्षा समेट्न सकिएको छैन,’ प्रहरी नायब उपरीक्षक थापाले भने।, थापाले आफू जहाँ रहँदा पनि मानव अधिकारको संरक्षण, अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै कुनै पनि आर्थिक प्रलोभनमा नफस्ने समेत बताए।, ईलाका प्रहरी कार्यालय बुटवलका यसअघिका प्रमुख ठगबहादुर केसी सुनकाण्डमा आर्थिक प्रलोभनमा फसेपछि उनलाई निलम्बन गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।, बुटवल आउँदै गर्दा सार्वजनिक भएको उक्त घटनाले आफूलाई थप सचेत र जिम्मेवार बनाएको भन्दै थापाले प्रहरी सेवामा लागेको २५ वर्षको अवधिमा इमानदारितामा दाग लाग्न नदिएको र अबको दिनमा पनि त्यसलाई कायम राख्ने दाबी गरे।, यसअघि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा कार्यरत थापाले बुटवलको मुख्य समस्या लागूऔषधको प्रयोग र आत्महत्या रहेकोले यस्ता कार्यहरूको रोकथामको लागि नागरिकसँगको सहकार्यमा विशेष अभियान चलाउने बताए।,
,
बुटवलका डिएसपी थापाले भने- कुनै पनि प्रलोभनमा फस्दिनँ |
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न कार्यालयबाट समातिएका ३८ जना बिचौलियाहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय र वैदेशिक रोजगार कार्यालयबाट ३८ जनालाई पक्राउ गरेको एसपी दिनेशराज मैनालीले जानकारी दिए। , उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरूमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढ्ने भएको हो। , यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जनालाई पक्राउ गरेको हो। , उनीहरूले सेवाग्राहीलाई दु:ख हैरानी दिने गरेको आरोप छ। यस्तै छिटो काम सकाइदिने भन्दै दस्तुरभन्दा बढी रकम असुल्ने, बाधा अवरोध पुर्याउने गरेको समेत आरोप छ। ,
सरकारी कार्यालयबाट समातिएका ३८ बिचौलियामाथि अभद्र व्यवहारको मुद्दा |
सेतोपाटी संवाददाता कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेका परिवार र प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डबीच कुराकानी भएको छ। , बिहीबार बिहान सिंहदरबारमा भएको कुराकानीमा प्रधानमन्त्री दाहालले निराकरको शव जति सक्दो नेपाल ल्याइने बताएको निराकरको बुवा अग्नीप्रसाद पाण्डेले सेतोपाटीलाई जानकारी दिए। , 'प्रधानमन्त्री ज्यूले घटनालाई लिएर सरकार हामी गम्भीर छौं भन्नुभयो। र आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट घटनाबारे निष्कर्ष निकाल्छौं भनेर भन्नुभयो,' पाण्डेले भने। , सरकारले आज बसेको बैठकको निर्णयहरू भोलि सार्वजनिक गर्दैछ। , गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृत्यु भएको घटना बाहिर आएपछि सरकारले घटनालाई लिएर चासो व्यक्त गरेको थियो। सोही अनुसार प्रधानमन्त्री दाहाल र निराकरका परिवारबीच बिहीबार बिहान कुराकानी भएको हो। , प्रधानमन्त्रीसँगको भेटमा निराकरका बुवासहित परिवारका तीन जना सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री दाहालसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए। , झन्डै आधा घण्टा कुराकानी भएको उल्लेख गर्दै निराकरका बुवा पाण्डेले घटनाबारे सुनेर प्रधानमन्त्री दाहाल भावुक भएको सुनाए।, 'प्रधानमन्त्री ज्यू असाध्यै भावुक हुनुभयो। उहाँले सकारात्मक कुरा गर्नुभयो र मन्त्रिपरिषद्को बैठकमा आज निर्णय गर्छौं भन्नुभयो। हामी सन्तुष्ट भएर फर्केका छौं।', अहिले निराकरको शव कम्बोडियाको अस्पतालमै राखिएको छ। तर सामाजिक सञ्जालमा भने शव थाइल्यान्डस्थित नेपाली दूतावासलाई जिम्मा लगाइसकेको भन्ने झूटा कुरा आएको उल्लेख गर्दै परिवारका सदस्यले त्यस्तो दुष्प्रचार नगर्न आग्रह गरेका छन्। , निराकरका दाजु निरज पाण्डेले भने, 'हामीले मृतकको आधिकारिक कागजपत्र मात्र थाइल्यान्डस्थित नेपाली दूतावासलाई जिम्मा लगाएको हो तर सामाजिक सञ्जालमा भने शव नै दूतावासलाई जिम्मा लगाइसकेको भन्ने हल्ला फैलिरहेको छ। शवलाई अहिले पनि कम्बोडियाकै अस्पतालमा राखिएको छ।' , यी पनि:, 'होटलमा आगो दन्किरह्यो, भाइलाई ४ घन्टासम्म भिडिओमा आत्मबल दिइराख्यौं, उद्धार भएन' (भिडिओ), आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यू, राम्रो मान्छे बन्नू,
निराकरका बुवा भन्छन्- घटना सुनेर प्रधानमन्त्री भावुक हुनुभयो, चाँडै शव ल्याउँछौं भन्नुभएको छ |
भगवती पाण्डे पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।, रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले बताए।, बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ। 'दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरू सबै खुर्सानेकै हुन्। घाइतेहरूलाई भने उपचारका लागि बुटवल पठाइएको छ,' उनले भने।, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।, ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा परि १५ जना घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।, खुर्सानेका ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया वीमा पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।, घाइते भेटिएका १५ जना मध्ये १३ जना महिला र दुईजना पुरुष रहेका छन्। घाइतेहरू सबै खुर्सानेका हुन्। , २२ वर्षीया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षका चेतबहादुर दर्जी, ७२ वर्षीय पूर्णकला दर्जी, ६० वर्षकी यमकला रास्कोटी, ३९ वर्षकी यमकला पाण्डे, २३ वर्षकी लालकुमारी पाण्डे, ७ वर्षका सुरज घिमिरे, ३५ वर्षकी तुलसा पाण्डे, २६ वर्षकी लिला गाँहा, ९ वर्षकी अप्सना रास्कोटी, ३५ वर्षकी पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षकी बर्षा भन्ने लिमकली पाण्डे, निजको छोरी ३ महिनाको आर्या पाण्डे, ७३ वर्षीया श्यानिकला पाण्डे घाइते छन्।,
पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु (अपडेट) |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको हातमा रहेको ब्रास्लेट चोरी गरेको अभियोगमा अस्पतालकै गार्ड पक्राउ परेका छन्। , पुस १७ गते नारायणगढ-मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्बरको ट्रकको ठक्करबाट प्रदेश–०३–००३ प ६५७४ नम्बरको मोटरसाइकलका चालक घाइते भएका थिए।, तनहुँको भानु नगरपालिका–२ ठेगाना भई भरतपुर–१ मा बस्दै आएका मोटरसाइकल चालक ३७ वर्षीय सञ्जिवबहादुर रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। , मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा रहेको अवस्थामा हातमा लगाएको ब्रास्लेट चोरी भएको थियो।, मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रास्लेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएका थिए।, अनुसन्धान गर्दै जाँदा उक्त ब्रास्लेट अस्पतालका गार्डले नै चोरी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पन्डितले जानकारी दिए। , चोरीमा संलग्न खोटाङको ऐसेलुखर्क–५ ठेगाना रहेका गार्ड २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरेर जिल्ला आदलतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी पन्डितले बताए।,
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ |
रासस सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ।, पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन।, विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले पेन्सन खुवाउन नसकिएको बताए।, विश्वविद्यालयले गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्यालयसभाबाट पारित गरेको थियो भने सरकारले रू नौ अर्ब बजेट दिएको थियो।, विश्वविद्यालयले रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको रजिष्ट्रार दाहालले बताए।, विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरेको बताए।, ,
पैसा नहुँदा पेन्सन खुवाउन सकेन त्रिविले |
सेतोपाटी संवाददाता हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना आज (शुक्रबार) देखि सुरू भएको छ।, माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।, हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरूआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने परम्परा छ।, गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ। त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।, माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ। यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्।, आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ। ,
आजदेखि स्वस्थानी व्रत र माधवनारायण मेला सुरू |
नवीनबाबु गुरूङ एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ।, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि सुरू भएको माधवनारायण व्रत एवं मेला शुक्रबारदेखि सुरू भएको हो।, हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला शुक्रबार बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरू भएको हो।, माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरू हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।, नेसं ७२२ मा रणजीत मल्ल आफैंले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेको छ।, बर्तालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महीने व्रत समापन गर्ने परम्परा रहेको छ ।, बर्तालुहरू त्रिवेणीघाटमा महीना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको छ।, हेर्नुहोस् तस्बिरमा,
एक महिने लामो माधवनारायण व्रत शुरू |
भगवती पाण्डे बिहीबार राति पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ।, रूपन्देहीको सालझन्डीबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ खुर्सानेतर्फ जाँदै गरेको गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।, सालझण्डी ढोरपाटन सडकखण्डमा भएको उक्त दुर्घटनामा परी खुर्सानेका ४५ वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरूमा घिमिरे, १९ वर्षीया विमा पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताए। , सोही दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।, घाईते हुनेहरू पनि सबै खुर्सानेकै रहेको प्रहरीले जनाएको छ।, घाईते हुनेहरूमा २२ वर्षिया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षिया चुमा घर्ति, ४१ वर्षिय राम बहादुर बस्नेत, २२ वर्षिय सूर्य बहादुर रेश्मी, चालक ३२ वर्षिय चेत बहादुर दर्जी छन्।, त्यस्तै अन्य घाईतेमा ७२ वर्षिय पूर्णकला दर्जी, ६० वर्षिया यमकला रास्कोटी, ३९ वर्षिया यमकला पाण्डे, २३ वर्षिया लालकुमारी पाण्डे, ७ वर्षिय सुरज घिमिरे, ३५ वर्षिया तुलसा पाण्डे, २६ वर्षिया लिला गाँहा, ९ वर्षिया अप्सना रास्कोटी, ३५ वर्षिया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षिया वर्षा भन्ने लिमकली पाण्डे निजको छोरी ३ महिनाको आर्या पाण्डे, ७३ वर्यिाया श्यानिकला पाण्डे रहेका छन्।, घाईतेहरू अधिकांशको हातखुट्टा भाँचिएको अवस्थामा छन्। बिहीवार राति साढे १० बजेतिर भएको दुर्घटनामा बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।,
पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो |
सेतोपाटी संवाददाता अर्घाखाँचीमा ६० वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , शितगंगा नगरपालिका-१० बस्ने ६० वर्षीया राधा थापाको हत्या गरेको आरोपमा आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो। , हत्या आरोपमा भारत नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंह पक्राउ परेका हुन्। उनी शितगंगा-११ मुन्द्रीबासस्थित जंगलमा लुकेर बसेका थिए। , शितगंगा नगरपालिका-१० सिद्धारा बोखोरस्थित जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा थापाको शव फेला परेको थियो।, थापा बिहान दुध लिन गएकी थिइन्। त्यसबेला उनले लगाएको गरगहना लुट्ने योजनाले सिंहले ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिएको छ।, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले यस घटनाको अनुसन्धान गरिरहेको छ।,
अर्घाखाँचीमा एक महिलाको हत्या |
रासस हिउँदयाम सुरू भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ।, सांसद विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा गरेको छड्केमा जनस्वास्थ्य सेवा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना, कृषि विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र नेपाल टेकिलम शाखा कार्यालयका प्रमुख नभेटिएको सांसद कठायतले जानकारी दिइन्।, 'अनुगमनका क्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुखबाहेक अन्य सरकारी कार्यालय प्रमुखविहीन थिए', उनले भनिन्, 'नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। सरकारी कार्यालयका कर्मचारीले जिल्लाबाहिर कार्यालयको कामको सिलसिला वा घर बिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ।', सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयका सूचना अधिकारीको फोन नम्बर संकलन गरिने भएको छ।, हिउँदे समयमा कार्यालयमा नबस्ने कार्यालय प्रमुखलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए। , सहरी तथा भवन निर्माण आयोजनाका सव–इञ्जिनियर चन्द्रबहादुर खड्काले कार्यालयको कामको शिलशिलामा कार्यालय प्रमुख काठमाडौं गएको बताए।, जुम्लालगायत कर्णालीका जिल्ला कार्यालयसमेत हेर्नुपर्ने भएकोले सबै जिल्लाको काम विशेषले कार्यालय प्रमुख बाहिर गएको उनको भनाइ थियो। , जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले आफू कार्यालयमै रहँदा जिल्लाका स्थानीय तहमा तालिम र अनुगमन गर्न जाँदा हाजिर गर्न छुटेको जानकारी दिए। , नवनिर्वाचित सांसद कठायतको नेतृत्वमा रहेको टोलीले आइतबार छ वटा कार्यालयमा अनुगमन गरेको थियो। जिल्लाका ५६ सरकारी कार्यालय छन्। जाडो महिनामा सरकारी कार्यालयका प्रमुख जिल्लामा नबस्ने जनगुनासो बढेको थियो। ,
,
हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख |
रोहित महतो यही पुस ११ गते साँझ धनुषाको विदेह नगरपालिका–७, बेलापट्टीमा ग्यास सिलिन्डर पड्केर एक महिलाको मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा सूचना आयो।, घटनास्थलमा प्रहरी पुग्दा ३० वर्षीया कवितादेवी साहको रक्ताम्य र अर्धनग्न अवस्थाको शव उनी सुत्ने कोठामै थियो।, उनका परिवारजनले प्रहरीलाई करेन्ट लागेर कविताको मृत्यु भयो भने। शवको प्रकृति हेरेर प्रहरी करेन्ट लागेको कुरा पत्याउन तयार भएन, हत्या भएको शंका गर्यो।, अनुसन्धान गर्दै जाँदा प्रहरी टोलीले कविताका जेठाजुका २० वर्षीय छोरा दिलीप साहले हत्या गरेको प्रमाण फेला पार्यो।, जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीप क्षेत्रीका अनुसार दिलीपले लगाएको कपडामा रगत लागेको देखियो।, उनले भने, ‘दिलीपको हातको बुढी औँला र घाँटीमा चिथोरिएको जस्तो दाग देखियो। उनले कविताको मोबाइल फोन आफ्नो भित्री वस्त्रमा लुकाएका रहेछन्।’, डिएसपी क्षेत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए, हत्याको कारण खुलाउन चाहेनन्।, अर्का एक जना प्रहरीका अनुसार दिलीपले जबर्जस्ती करणीको प्रयास गर्दा कविताले प्रतिकार गरको र त्यही क्रममा हत्या भएको हो।, यो घटनाको पाँच दिनअघि पर्साको वीरगन्ज महानगरपालिका–२७, जसौलीकी ३० वर्षीया रिंकुकुमारी दासको हत्या भएको थियो।, उनी यही पुस ६ गते एकाबिहानै घरअगाडि कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन्। उनको टाउको किचिएको थियो।,
प्रहरीले रिंकुका श्रीमान कुशल दाससँग सोधपुछ गर्दा सुरूमा गाडीको ठक्करबाट मृत्यु भएको बताएका थिए।, जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी दीपक गिरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखियो।, गिरीले रिंकुको बाँया हत्केलामा करेन्ट लागेर पोलेको दाग देखिएको, उनको कोठामा नयाँ टेपले टालिएका तार र तारको पुरानो टेप निकालेर छेवैमा राखेको फेला परेको बताए। प्लास्टिकको पञ्जा पनि फेला पर्यो।, प्रहरीले रिंकुका ३४ वर्षीय श्रीमान कुशल र २८ वर्षीय देवर भरतलाई पक्राउ गरेपछि हत्या भएको खुल्यो।, डिएसपी गिरीका अनुसार दाजुभाइले कोठामै योजनाबद्ध रूपमा करेन्ट लगाएर रिंकुको हत्या गरेका थिए। रिंकु परपुरूषसँग लागेको शंकामा हत्या भएको हो।, हत्यापछि शव सडकमा निकाली भरतले गाडीले टाउकोमा किचेको अनुसन्धानबाट पत्ता लाग्यो।, प्रहरीले दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ।, मधेस प्रदेशमा धेरै जसो महिलाको हत्या आफन्तबाटै हुने गरेको छ।, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको अभिलेखअनुसार आर्थिक वर्ष २०७७/७८ मा परिवारकै सदस्यबाट सात जना महिलाको हत्या भएको थियो। दुई जनाको हत्याको प्रयास भएको अभियोगमा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलायो।, आर्थिक वर्ष २०७८/७९ मा परिवारकै सदस्यबाट आठ जना महिलाको हत्या भयो। चालु आर्थिक वर्षको पाँच महिनामा परिवारबाटै १० जना महिलाको हत्या भएको छ।, प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हत्याका यी घटनामा घरासयी विवाद नै मुख्य रहेको देखिन्छ। कतै यौनसम्बन्धी विवाद पनि देखिन्छ।, घरायसी विवादकै कारण गत मंसिर २५ गते धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या भयो। प्रहरीका अनुसार हत्या उनका श्रीमान वीरेन्द्रले नै गरेका थिए।, जिल्ला प्रहरी कार्यालय, धनुषाका डिएसपी प्रदीप क्षेत्रीका अनुसार वीरेन्द्रले बञ्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए।, क्षेत्रीका अनुसार तीन–चार महिनादेखि अमृताले काम नगरेको, सुतेर समय बिताउने गरेको भन्ने वीरेन्द्रको गुनासो थियो। यही निहुँमा उनीहरूबीच झगडा परिरहन्थ्यो।, हत्याको दिन अमृताले बिहान चिया नपकाएको भन्ने कुरा वीरेन्द्रले प्रहरीलाई बताएका छन्।, वीरेन्द्रले घरमा आएका चोरको समूहले श्रीमतीमाथि हतियार प्रहार गरेको भनेर छरछिमेकीलाई भनेका थिए। उनले प्रहरीलाई पनि त्यसै भने।, ‘चोरले हत्या गरेको कुरा पत्याउने खालको थिएन। वीरेन्द्रलाई अस्पतालबाट नियन्त्रणमा लिएपछि आफैंले हत्या गरेको स्वीकार गरे,’ डिएसपी क्षेत्रीले भने, ‘श्रीमतीको हत्या गरेर चोर आएको प्रमाणित गर्न ढोका तोडफोड गरेछन्। बिजुलीको मुख्य तार पनि बिगारेका रहेछन्।’, महिलाहरू परिवारजनबाटै मारिनुको प्रमुख कारण वैदेशिक रोजगारी रहेको पनि डिएसपी क्षेत्रीको भनाइ छ।, ‘यहाँको मनोसामाजिक अवस्थाको अध्ययन हुन जरूरी छ। विदेशमा साहुले तलब दिएन, धेरै दुःख पाए भने पनि पुरूषले घरमै रिस पोख्दा रहेछन्,’ उनले भने, ‘अझ श्रीमती परपुरूषसँग लागेको भनेर कसैले सुनाइदियो भने त घर बर्बाद हुँदो रहेछ।’, डिएसपी क्षेत्रीले समाजमा क्रुरता बढेको पनि बताए।, ‘समाज यति क्रुर भइसके छ कि स-साना कुरामा पनि हत्या भएको देखिन्छ,’ उनी भन्छन्, ‘अशिक्षाका कारणले पनि होला। भोलि मलाई कारबाही हुन्छ, प्रहरीले समात्छ, थुनामा बस्नुपर्छ भन्ने सोचेको देखिँदैन।’, महिलाले घरेलु हिंसा सार्वजनिक गर्दा पनि पनि परिवारबाटै मारिने गरेको अधिवक्ता रिंकु यादवको भनाइ छ।, ‘विस्तारै महिलाहरू सजग हुन थालेका छन्। हिंसाविरूद्ध आवाज उठाउन थालेका छन्,’ रिंकु भन्छिन्, ‘सामाजिक रीतिरिवाज र प्रतिष्ठाका कारण परिवारले घरको कुरा सार्वजनिक गरेको स्वीकार गर्न चाहँदैन। जसले गर्छन्, उनीहरू घरभित्रै मारिन्छन्।’, प्रदेश प्रहरीका अनुसार पछिल्लो २९ महिनामा प्रदेशका आठ वटा जिल्लामा हत्याका घटना २३८ वटा र हत्या प्रयासका घटना ६६८ वटा भए। यी घटना महिला–पुरूष दुवै तर्फका हुन्।, यीमध्ये मारिने महिलाको संख्या ७८ छ। हत्याको प्रयासमा १४३ जना महिला परे।, उक्त तथ्यांक हेर्दा मधेस प्रदेशमा प्रत्येक ११ दिनमा एक जना महिला मारिने र हरेक ६ दिनमा एक जना महिलाको हत्या प्रयास हुने गरेको देखिन्छ।, घरेलु हिंसाले मधेसमा विकराल रूप लिएको र महिलाको हत्या बढेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको भनाइ छ।, दाइजोको निहुँ, मादक पदार्थ सेवन र आर्थिक अभाव पनि हत्याको कारण रहेको उनले बताए।, ‘हाम्रो खानपिन शुद्ध छैन। त्यसको प्रभावले हुनसक्छ; ब्लड प्रेसर र डिप्रेसनको समस्याले पनि मान्छेमा आवेग आउँछ। अस्वस्थ मान्छेको स्वभाव सामान्यभन्दा फरक हुन्छ,’ उनी भन्छन्, ‘सोसल मिडिया र फिल्मबाट पनि मान्छेको महत्वाकांक्षा बढ्यो। यसले समाजलाई देखावटीतिर लगेको छ।’, अभावले परिवारमा द्वन्द्व निम्तिने र आवेगमा आएर हत्या हुने गरेको पनि एसपी तिम्सिनाको भनाइ छ।, लागुऔषध सेवन पनि हत्याका घटना बढ्नुको अर्को कारण रहेको उनले बताए।, अधिवक्ता रिंकु राजनीतिले अपराधी व्यक्तिको संरक्षण गर्ने गरेकाले पनि समाजमा अपराध बढेको बताउँछिन्।, ‘हत्यारालाई राजनीतिक पावरवाला मान्छेले छोडाइदिन्छ। हत्यारालाई चिन्ता नगर, फलानोसँग पहुँच छ, केही हुन दिन्नँ भनेर मनोबल बढाउँछन्,’ उनी भन्छिन्, ‘राजनीतिक पावर र पैसाको आडमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने मानसिकता पनि विकास हुँदैछ। यो डरलाग्दो छ।’ ,
परिवारबाटै मारिँदैछन् मधेसका महिला |
सेतोपाटी संवाददाता राहदानी विभागले अनिश्चितकालसम्मका लागि राहदानी (पासपोर्ट) छपाइ तथा वितरण रोकेको छ।, गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो।, विभागकी निर्देशकसमेत रहेकी प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताइन्।, उनले आज सूचना निकालेर पुस १७ गतेदेखि नै विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको उल्लेख गरेकी छन्।, ‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,’ सूचनामा भनिएको छ।, तर नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आइदिन आग्रह गरेको छ।, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मात्र पनि सचिवहरूलाई निर्देशन दिँदै राहदानीलगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न नभए कारबाही गरिने चेतावनी दिएका थिए।, गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भिडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न चार सदस्यीय विज्ञ टोली अनौपचारिक रूपमा खटाएको थियो। ‘विज्ञ टोलीले अध्ययन गरिरहेको छ। यसबारे प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले भने।, त्यसअघि गृहमन्त्री रवि लामिछानेले पनि राहदानी विभाग पुगेर अनुगमन गरेका थिए।, हेर्नुस् सूचना:,
दुई दिनदेखि रोकिएको राहदानी वितरण अनिश्चितकालका लागि बन्द |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान विभागले त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।, विभागले सोमबार १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको हो। उक्त ट्रेडर्सका प्रोप्राइटर ललितपुर महानगरपालिका-११ कुम्भेश्वर बस्ने सिद्धिबहादुर महर्जन हुन्।, उनले राजस्व चुहावट गर्ने मनसायले नक्कली मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरेको देखिएको विभागले जनाएको छ। , यसरी आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको ठहर छ। , महर्जनले ६ करोड १७ लाख ९२ हजार ५७९ रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएको विभागले जनाएको छ।, उनले मूल्य अभिवृद्धि करतर्फ एक करोड ८७ लाख ३४ हजार ६६१ रुपैयाँ र आयकरतर्फ ४ करोड ३० लाख ५७ हजार ९१८ रुपैयाँ चुहावट गरेको देखिएको हो। , यसरी चुहावट गरेको देखिएको भन्दै बिगो असुल गरी शत प्रतिशत जरिवाना, हदैसम्मको कैद र ब्याज समेत असुल गर्न माग गरेको हो। त्यसअनुसार विभागले उनीसँग १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको हो। ,
१२ करोड मागदाबीसहित त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरूद्ध मुद्दा |
सेतोपाटी संवाददाता राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको आरोपमा सुमित एण्ड स्वयता ट्रेडर्सका प्रोप्राइटरविरूद्ध मुद्दा दायर गरेको छ। , कार्यालयले रूपन्देही सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीमा सञ्चालन हुँदै आएको ट्रेडर्सका प्रोप्राइटर पूनित बानियाँविरूद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुस १३ गते मुद्दा दायर गरेको हो।, ६६ करोड ७ लाख १ हजार ७९२ रुपैयाँ मागदाबीसहित उनीविरूद्ध मुद्दा दायर भएको हो। , बानियाँले फर्मको आय विवरण र सो बमोजिमको आयमा लाग्ने कर आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा नगरेको कार्यालयले जनाएको छ। , कार्यालयका अनुसार उनले अवैध तवरले केही समय कारोबार गर्ने गरेको र फर्मले बुझाउनुपर्ने राजस्व नबुझाइ अर्को फर्मबाट समेत कारोबार गरेको देखिएको हो। , उनले जानाजान गलत नियतले कारोबार लुकाउने उद्देश्यले विभिन्न फर्म सञ्चालन गरी राजस्व छलेको आरोप छ।, यसरी उनले ३३ करोड ३ लाख ५० हजार ८९६ रुपैयाँ राजस्व छलेको आरोप छ। उनलाई उक्त बिगो कायम गरी शत प्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गरेको छ।, कार्यालयले ६६ करोड ७ लाख १ हजार ७९२ रुपैयाँ जरिवाना माग गरेको छ। ,
६६ करोड मागदाबीसहित सुमित एण्ड स्वयता ट्रेडर्सविरूद्ध मुद्दा |
दिपकजंग शाही अहिले सामाजिक सञ्जालमा पाटेबाघका मूर्ति भाइरल भइरहेका छन्।, सुर्खेत सहिद पार्कमा बनाइएका ती मूर्तिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्।, सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्ति जोडेर राखिएको छ। तीमध्ये एउटा पुरानो हो भने अर्को नयाँ हो।, भैरव सामुदायिक वन क्षेत्रमा रहेको सुर्खेतको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको मूर्ति बनाएको थियो। केही समय पहिले बनाएको एउटा मूर्ति टुक्रिन थालेपछि समितिले अर्को मूर्ति बनाएको हो।, पार्क सञ्चालनको जिम्मा भैरव सामुदायिक वनले लिएको छ। भैरव सामुदायिक वनका अध्यक्ष तथा वीरेन्द्रनगर-४ का वडा सदस्य अम्मरबहादुर कार्कीका अनुसार अहिले भाइरल बनेको मूर्ति बनाउन ५० हजार रुपैयाँ खर्च भएको थियो।, ‘पहिले बनाइएको मूर्ति ढुंगाका पिस जोडेर बनाइएको रहेछ, त्यो गुणस्तरीय नभएपछि हामीले ४५ हजार लागत अनुमान गरेकोमा बनाउने मान्छेलाई २८ हजार मात्र भुक्तानी गरेका थियौं,’ अध्यक्ष कार्कीले भने, ‘पछि बनाइएको उक्त मूर्तिको खर्च ५० हजार हो, हामीले कालीगढलाई भुक्तानी त्यही गरेका हौं।’, सहिद पार्कको गेटमा राखिएको कन्याको मूर्ति र पछिल्लो पटक बनाइएको पाटेबाघको मूर्तिको गरी कूल एक लाख पाँच हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले बताए।, ‘हामीले एकैपटक यी दुइटा मूर्ति बनाएका थियौं, यसको जम्मा खर्च १ लाख ५ हजार मात्र छ,’ उनले भने, ‘अहिले त्यो मूर्तिलाई बेकारमा भाइरल बनाइएको छ।’, उनका अनुसार उक्त पाटेबाघको मूर्ति काँक्रेविहार क्षेत्रमा राखिएको शिवको मूर्ति बनाउन आएका चितवनका कालीगढले बनाएका हुन्।, अहिले बनाइएका दुबै मूर्ति एउटै ढुंगाबाट बनेको उनले बताए।, सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा मूर्ति समितिले बनाएको अध्यक्ष कार्कीले बताए। पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिइन्छ।,
सुर्खेतमा किन बनाइयो स्वरूपै नमिलेका बाघका मूर्ति? |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएको छ। , मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो।, उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो।, ‘पहिले हुँदै आएको पार्किङ हटाएको हो,’ उनले भने, ‘आजदेखि ट्राफिक प्रहरीकै समन्वयमा पार्किङ हटाएका हौं। माथिबाट आएको आदेश पालना गरेका हौं।’ , तर महानगरका एक अधिकारीका अनुसार यसबारे कुनै पनि लिखित निर्णय र आदेश जारी गरिएको छैन।, ‘अहिले कस्तो हुन्छ भनी हटाएका मात्रै हौं,’ ती अधिकारीले भने, ‘स्थानीयको प्रतिक्रिया कस्तो आउँछ, अहिले त्यो हर्ने क्रममा छौं। त्यहाँको व्यापारलाई असर नपर्ने भनी स्थानीयले सहयोग गरे कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ।’ , ती अधिकारीका अनुसार अहिले यो प्रक्रिया परीक्षणकालीन अवस्थामा रहेकोले कुनै पनि आधिकारी सूचना जारी नगरिएको हो।, अहिले मौखिक रूपमा छलफल गरी कार्यान्वयनमा प्रक्रिया अगाडि बढेको ती अधिकारी बताउँछन्।,
महानगरले हटायो दरबारमार्गको एक लाइन पार्किङ |
राजु अधिकारी सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यतिबेला ‘जस्टिस फर लालबहादुर बिक’ अभियान चलेको छ।, सुनसरी इटहरी-१९ का लालबहादुरको तस्बिरको स्केच अंकित एउटा पोस्टरमा ‘जस्टिस फर लालबहादुर बिक’ लेखिएको छ। , उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका नयाँ/पुराना सबैजसो पोस्टको कमेन्ट बक्समा यही अभियानको पोस्टर झुण्डिएको छ।, मुलुकका अन्य धेरै राजनीतिज्ञलाई ‘मेन्सन’ गरेर पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको ध्यानाकर्षण गरिरहेका छन्। , सामाजिक सञ्जालमा ‘न्याय माग्ने’ अभियान नै चलेका लालबहादुर बिक को हुन्? उनी अन्यायमा परे भनिएको विषय के हो? , इटहरी- १९ स्थित बरमपुर फूलबारी टोलका बासिन्दा हुन् लालबहादुर। ३३ वर्षका उनी जस्ताको छानो भएको सानो घरमा पत्नी दिलकुमारीसँग बस्दै आएका छन्। उनको घर नजिकै उनका बुवाआमा र दाजुको घर छ। दिलकुमारीसँग १० वर्षअघि विवाह बन्धनमा बाँधिएका उनी इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा कालिगढका रूपमा कार्यरत थिए। , १० धुर जमिन भएको उनको घर भएको ठाउँको जग्गा उनलाई बाबुले अंशमा दिएका हुन्। जसमध्ये ५ धुर जमिनमा उनको र बाँकी ५ धुरमा दाजुको स्वामित्व छ। ज्वेलर्समा काम गरेबापत् आम्दानी हुने मासिक २० हजार रुपैयाँ र ५ धुर जमिन नै लालबहादुरको सम्पत्ति हो। , ५ धुर जमिनका मालिक लालबहादुर यतिबेला भने १८ करोडभन्दा बढी रुपैयाँ ठगी भएको एउटा घटनामा मुछिएर सुनसरीको झुम्का कारागारमा कैद सजाय भोगिरहेका छन्।, उनी जुन ज्वेलर्समा काम गर्थे, त्यही ज्वेलर्सका सञ्चालकको बदमासीमा उनी पनि संलग्न रहेको भन्दै जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको छ। , उनले काम गर्ने इटहरी तरहराको सिंहदेवी ज्वेलर्स दीपक बिक गजमेरले चलाएको सुनचाँदी पसल हो, जसले अवैध रूपमा बैंकिङ कारोबार चलाइरहेको थियो। सर्वसाधारणलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै बकाइदा पासबुकसमेत छापेर बैंकिङ कारोबार चलाइरहेको ज्वेलर्सका मजदुर उनी केही पासबुकमा हस्ताक्षर गरेको भरमा फसेको भन्दै उनी अन्यायमा परेको आवाज अहिले सामाजिक सञ्जालमा उठिरहेको छ। , उनका छिमेकीहरू, स्थानीय जनप्रतिनिधिहरू, सामाजिक सन्जाल प्रयोगकर्ताहरू मात्रै होइन, ठगीमा परेर जाहेरी दिनेहरू समेतले उनी निर्दोष रहेको बताइरहेका छन्। तर, कानुनी रूपमा भने उनी दोषी ठहर मात्रै भएका छैनन्, उनको भएभरको सबै सम्पत्ति बेच्दा पनि असुलै हुन नसक्ने आकारको बिगो रकमको बोझले पनि थिचिएका छन्। , सिंहदेवी ज्वेलर्सबाट आफूहरू ठगिएको भन्दै इटहरीकै सुकमित गुरूङ सहितका पीडितहरूले दिएको जाहेरी अनुसार परेको मुद्दामा २०७८ पुस १ गते सुनसरी जिल्ला अदालतले फैसला सुनाउँदै लालबहादुरलाई पनि दोषी ठहर गरेको थियो। , अदालतले उनीसहितका ४ जनालाई दोषी ठहर गर्दै कैद सजाय, जरिवाना तथा बिगो रकम तिराउन आदेश दिएको थियो। , न्यायाधीश निर्मला योङ्याको इजलासबाट भएको फैसलामा ‘इटहरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक विक गजमेर, उनकै परिवारका सदस्यद्वय सीता विक र कृष्णबहादुर विक तथा ज्वेलर्सका मजदुर गोपाल भनिने लालबहादुरले २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ लिई बेइमानीको नियतले रकम लिएको’ ठहर गरिएको छ।, कृष्णबहादुर दीपकका बुवा हुन्। , बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०४ को १ ‘क’ अनुसार ज्वेलर्स सञ्चालक दीपकलाई ७० हजार जरिवाना, तीन वर्ष कैद र बिगोबापत् १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ तिराउन आदेश गरेको अदालतले लालबहादुरसहित अन्य तीन जनालाई सोही ऐनको १ ‘घ’ बमोजिम ७० हजार जरिवाना र डेढ-डेढ वर्ष कैद गर्न तथा ९ करोड ४२ लाख ९९ हजार बिगो असुल्न भनेको छ।, अदालतले उनीहरू तीन जनाबाट उक्त रकम दामासाहीले भराउन भनेपछि लालबहादुरको भागमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ पर्न आएको छ। , त्यही रकम तिर्न नसकेपछि लालबहादुर यतिबेला कारागारमा छन्। लामो समय अदालतमा उपस्थित नभएका उनले पैसा तिर्न नसक्ने अवस्था भएपछि गएको मंसिर २१ मा आत्मसर्मण गरेका थिए। , ज्यालादारीबापत् मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने सुन पसलका मजदुरले गर्दै नगरेको अपराधमा यति धेरै सजाय भोग्नु परेको भन्दै यतिबेला सामाजिक सन्जालमा उनलाई न्याय माग्ने अभियान चलेको हो। ,
यो भर्खरैको घटना भने होइन। पाँच वर्षअघि नै पनि उनी प्रहरीले समातेर थुनेका व्यक्ति हुन्, त्यतिबेला उनी धरौटीमा छुटेका थिए। ,
घटना अनुसार २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहितका नौ जनाले सिंहदेवी ज्वेलर्सविरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो। अनुसन्धानबाट अपराध पुष्टि भएपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो। ज्वेलर्स सञ्चालक दीपकले इटहरी क्षेत्रका २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा परेपछि लालबहादुर पनि यही घटनामा मुछिए। , त्यसपछि अदालतमा बहस सुरू भयो। त्यसक्रममा धेरैजसो जाहेरवालाले घटनामा दोषी ज्वेलर्स सञ्चालक भएको बताए। पसलका मजदुर लालबहादुरलाई मालिकले पासबुकमा हस्ताक्षर गर्नु भनेपछि गरेको भन्दै उनलाई पीडितहरूले नै पनि निर्दोष रहेको बताए। तर, अदालतको फैसला आउँदा लालबहादुरविरूद्ध पनि आयो। , ‘कानुनअनुसार ठगीकर्ताको मतियार बनेका कारण मुख्य दोषीलाई भन्दा आधा कम बिगो तोकिएर आयो’, पीडितहरूका तर्फबाट बहस गरेका अधिवक्ता रमेश पोखरेलले भने, ‘फैसलाको आशय यही हो।’, उनका अनुसार कानुनअनुसार लालबहादुरको पनि घटनामा ‘मतियारी’ देखिन्छ। अदालतले कानुन अनुसार गरेको फैसला स्वाभाविक भएको उनी बताउँछन्। , ‘आफ्नो साहुले गलत काम गरिरहेकोबारे लालबहादुर जानकार देखिन्छन्’, उनले भने, ‘२०७२ सालदेखि उनले ज्वेलर्समा काम गरेको देखिन्छ।’, त्यहीबेला दीपक पसलमा नभएका बेला उनका बुबा कृष्णबहादुरले आफूलाई हस्ताक्षर गर्न नआउने भन्दै केही पासबुकमा लालबहादुरलाई हस्ताक्षर गर्न अह्राएको आफूहरुले देखेको भन्दै पीडितहरुले अदालतमा बयान दिएका थिए। , लालबहादुरको पक्षबाट कानुनी लडाइँ गरिरहेका अधिवक्ता निराजन ओझाले भने फैसला गर्ने न्यायाधीशको कार्य क्षमतामै प्रश्न उठेको भन्दै उच्च अदालतमा पुनरावेदन गरिएको बताएका छन्। मंसिर २० गते उच्च अदालत विराटनगरमा पुनरावेदनका लागि निवेदन दिएका उनको पेशी पुस २६ लाई तय भएको छ। , लालबहादुरकी पत्नी दिलकुमारी यतिबेला सासु-ससुरा सम्झाउँदै न्यायका लागि भौंतारिएको अवस्थामा छिन्।, ‘पसलमा काम गर्ने क्रममा मालिकले लगाएको काम गर्दा गरिब मान्छेलाई फसाइएको छ’, उनले भनिन् ‘हामीलाई सबै मिलेर न्याय दिनुहुन्छ भन्ने आशा छ।’ , सिंहदेवी ज्वेलर्सबाट ठगीमा परेकाहरुसमेत लालबहादुर निर्दोष रहेको बताइरहेका छन्। इटहरी उपमहानगरपालिका २० की कञ्चन चौधरीले पैसाको कारोबार सुन पसलका सञ्चालक दिपक गजमेरसंग गरेको र लालबहादुर पसलका सामान्य कामदार मात्रै रहेकोले घटनासँग कुनै लेनदेन नरहेको उनले अदालतमा बयान दिएको बताउँछिन्।, चौधरीले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएपछि रू ५ लाख सिंहदेवी ज्वेलर्समा बुझाएको बकपत्रमा उल्लेख गरेकी छन्।,
के हो सामाजिक सञ्जालमा न्यायको माग भइरहेका लालबहादुर बिकको मुद्दा? |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ।, प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ।, त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो।, त्रिविबाट सम्बन्धन लिई हाल सञ्चालनमा रहेका क्याम्पसहरू नवीकरण भए वा नभएकोसम्बन्धी विस्तृत विवरण अनलाइनमा समेत हेर्न सकिने त्रिविको भनाइ छ।, पहिल्यै नवीकरण स्वीकृत भई हालसम्म पनि पत्र नलगेका क्याम्पसहरूको विवरण पनि अनलाइनमै हेर्न सकिन्छ।, हेर्नुस् सूचना:,
२ हजार तिरेर नवीकरण पत्र लैजान सम्बन्धन पाएका क्याम्पसलाई त्रिविको आग्रह |
सेतोपाटी संवाददाता झापा शिवसताक्षीका दुधलाल नेम्वाङ सोमबार अमेरिका घुमेर फर्कदा ल्याएको मोबाइल त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जफत गर्यो।, भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटा भन्दा बढी फोन ल्याएमा १८ प्रतिशत शुल्क लाग्ने सूचना जारी गरेको थियो। तर यसको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त कुरा तत्काल लागू नगर्न निर्देशन दिए। , नेम्बाङले पनि प्रधानमन्त्रीले दिएको निर्देशनबारे भन्सारका कर्मचारीलाई आफूले ल्याएको एउटै मोबाइल छाडिदिन आग्रह गरे। तर भन्सार कार्यालयले ३० हजार कर तिर्न भनेपछि उनी मोबाइल छाडेर बाहिरिएका थिए।, हेर्नुहोस् समाचारमा- , 'भन्सार कर्मचारीले प्रधानमन्त्रीको निर्देशनले मात्र हुँदैन भनेपछि विदेशबाट ल्याएको फोन त्यहीँ छाडेर हिँडें' (भिडिओ), आजको यो भिडिओमा हामिले विदेश जाँदा वा विदेशबाट फर्कदाँ के कस्ता सामान ल्याउन पाइन्छ र के कस्ता समान ल्याउँदा कति महशुल तिर्नुपर्छ भन्ने जानकारी गराएका छौ।, नेपाली नागरिकले विदेश गएर फर्कँदा आफ्नो साथमा भएको सरसामानमा कुनै पनि महसुल तिर्नु पर्दैन।, लुगाफाटा, घर गृहस्थीका सामान, उपचार गर्न गएका व्यक्तिले ल्याएको औषधि, ५० ग्रामसम्म सुनको गहना, ट्याबलेट, ल्यापटप, मोबाइल र पेन ड्राइभ एक-एक थान ल्याउँदा भन्सार महसुल पूर्णतया छुट हुन्छ। यस्तै एक लिटरसम्म मदिरा पनि ल्याउन पाइन्छ।, त्यस्तै डाक्टरले स्टेथस्कोप, खेलाडीले फुटबल, भलिबल र ब्याण्डमिन्टन, गायक तथा संगीतकारले गितार, हार्मोनियम जस्ता समान ल्याउन पाउँछन्।, तर नेपाली नागरिकले विदेश घुम्न गएर फर्कँदा ल्याउने कतिपय सामानमा भने महसुल तिर्नुपर्छ।, टेलिभिजन, म्युजिक सिस्टम, पङ्खा लगायत एक-एक सेट ल्याउँदा महसुल तिर्नुपर्छ।, लुगाफाटा, जुत्ता, कस्मेटिक पन्ध्र थान भन्दा बढि ल्याउँदा पनि शुल्क तिर्नुपर्छ।, तर यसरी तिर्नुपर्ने महसुलमा भने छुट पाइन्छ। यदि तपाईं ६ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसेर फर्कनुभएको छ भने तपाईँले तिर्ने महसुलमा १५ हजारसम्म छुट हुन्छ।, त्यस्तै एक वर्षभन्दा बढी अवधि विदेश बसेर फर्कनुभएको छ भने पच्चीस हजारसम्म छुट पाइन्छ।, त्यस्तै विदेशमा बसेका नेपालीले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई अमेरिकी डलर ३ सय ५० सम्मका सामान पठाएमा महसुल लिएर भन्सारले जाँचपास गरिदिन्छ।, तर चुरोट २ सय खिल्लीसम्म वा सिगार पचास भन्दा बढी ल्याउँदा भने तोकिएको भन्दा बढी सामानमा शत प्रतिशत भन्सार थप तिर्नुपर्छ।, विदेशबाट आउँदा जस्तै जाँदा पनि कतिपय सामानमा भन्सार छुट हुन्छ भने कतिपयको भन्सार तिर्नुपर्छ।, तपाईंले विदेश जाँदा कसैलाई उपहारको रूपमा ५० हजारसम्मको सामान लैजान सक्नुहुन्छ। त्यसमा कुनै महसुल तिर्नुपर्दैन। तर तपाईँले यसरी सामान लैजाँदा कर तिरेको र मुल्य खुलेको बिल पनि साथमा राख्नुपर्छ।, गैरआवासीय नेपालीहरुलाई यसरी यात्रा गर्दा सरकारले सामान अनुसार विभिन्न महसुलमा छुट दिने गरेको छ।, विदेशी नागरिकले भने नेपाल आउँदा आफ्नो निजी प्रयोगका सामानहरु ट्याबलेट, क्यामेरा, भिडिओ क्यामेरा, लुगाफाटा, साइकल, घडी, मोबाइल एउटासम्म ल्याउँदा कुनै महसुल तिर्नुपर्दैन।, विदेशी नागरिकले ५० ग्राम भन्दा बढी सुनका गहना लगाएको भए विमानस्थलको भन्सारले सुरक्षीत राखिदिन्छ र फर्कदाँ फिर्ता दिन्छ।, सरकारले सामान्यतया जेठ १५ गते बजेट ल्याउँदा नै कुन सामानमा कति भन्सार महसुल लगाउने भन्ने निर्णय गर्छ। त्यस आधारमा तपाईँले हवाइ यात्रा गर्दा ल्याउन लाग्नु भएको सामानमा लाग्ने महसुल दर समेत हेरफेर हुन्छ। के कस्ता सामान ल्याउन पाइने र कस्ता छुट हुने भन्ने कुरा राजपत्रमा प्रकाशित हुन्छ।,
विदेशबाट के-कस्ता सामान ल्याउँदा नेपालमा भन्सारमा छुट हुन्छ? (भिडिओ) |
विनोद सापकोटा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।, एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्।, स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो।, मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले सेतोपाटीलाई बताए।, आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन्।, आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ। अन्नपात, गरगहना, किराना पसलसमेत गरी करिब ५० लाख बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ।, बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ। , आगलागी नियन्त्रण गर्न ३० जना प्रहरी परिचालन गरिएको थियो। स्थानीय, २ वारुणयन्त्र र प्रहरीको सक्रियतामा आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो।, अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ।,
पाँचथरमा आगलागी: २ को मृत्यु, २ जना घाइते |
सेतोपाटी संवाददाता भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ।, बुधबार बिहान घरदेखि झिरा जाने क्रममा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ ओखरी बस्ने ८० वर्षीय रामबहादुर क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो।, हिँड्दै स्थानीय रानी सामुदायिक वनमा पुग्दा क्षेत्रीमाथि भालुले आक्रमण गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।, भालुले टोकेर क्षेत्रीलाई घाइते बनाएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोलीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्याएकोमा बिहान साढे ९ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।, प्रहरीले उक्त सामुदायिक वनमा विगतका दिनमा पनि जंगली जनावरले आक्रमण गर्दै आएकोले सामुदायिक वन तथा अन्य क्षेत्रमा एक्लै नहिँड्न तथा हिँड्नु परेमा सावधानी अपनाउन आग्रह गरेको छ।,
भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको गयो ज्यान |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन्। , उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। , उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको डिआइजी राईले बताए। , ‘कमान्ड कन्ट्रोलिङ राम्रो नभएको, आर्थिक अनियमिततालगायत केही आरोप आएका हुनाले उनीमाथि छानबिन गर्न बोलाइएको हो,’ उनले भने, ‘जिल्ला कमान्डरहरूले नैतिकवान, व्यावसायिकता देखाएर काम गर्नुपर्ने हुन्छ।’, यस्तै, उनको सट्टामा अहिले कसैलाई पठाइएको छैन। छानबिन गरी निर्दोष देखिए उनैलाई पठाइने पनि बताए। , कँडेल यसअघि पनि विवादमा तानिसकेका छन्। , रामग्राम नगरपालिका-१७ पिपरहियाबाट असार २२ गते भारतको विहार मोतीहारीका रामा गुप्ता र जितेन्द्र पासवानलाई लागुऔषध मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। , निर्दोष उनीहरूलाई पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले फसाएको आरोप थियो। यसमा छानबिन समिति गठन भई प्रहरीको कमजोरी देखिएका पनि ठहर थियो।,
,
हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी कँडेल |
टिकाराम सुनार/सुदिप राउत बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु।, सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ। , केही समय पहिले पढ्न र स्कुल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दंग छन् उनका बुवा भरोसी र आमा निलमदेवी।, राधनाका बुवाआमा मात्रै होइन, पढाइप्रतिको लगाव र विद्यालयमा नियमित आउने उत्साह देखेर दंग छन् विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह पनि। , यस्तै, परिवर्तन आएको छ तेनुवापटी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत निखलेसकुमार सदाय र विष्णुकुमार सदायमा पनि।, उनीहरू दुवै जना स्कुल जान औधि मन गर्छन् अचेल। राधना, निखलेस र विष्णुलाई मात्रै होइन, सिरहाका चार वटा बस्तीका करिब १५३ विद्यार्थीमा यस्तै परिवर्तन आएको छ। तर यस्तो परिवर्तन भने त्यसै आएको होइन।, दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण बनाइदिएको हो, दलित जनकल्याण युवा क्लब, लहानले। विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुची नगर्ने दलित समुदायका बालबालिकालाई ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा पठनपाठनदेखि आवश्यक शैक्षिक सामग्री सहयोग गर्न थालेपछि परिवर्तन देखिन थालेको क्लबका अध्यक्ष उमेशकुमार बिसङ्केले जानकारी दिए। , कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुची नगर्ने गुनासोपछि क्लबले हरवाचरवा, सुकुम्बासी, भूमिहीन दलित समुदायका बालबालिकालाई स्कुल पोशाक, स्टेसनरी र झेला वितरण गर्न थालेको अध्यक्ष बिसङ्केको भनाइ छ।, 'विद्यालय बाहिर रहेका, नाम लेखाएर पनि स्कुल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गरी विद्यालयमा पहुँच पुर्याउनु हाम्रो मुख्य उद्धेश्य थियो', उनले भने, 'सानो सहयोग गर्दा पनि अहिले विपन्न दलित बस्तीका बालबालिकामा पढ्न र नियमित विद्यालय जान केही सहयोग पुगेको छ।' , विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालय भर्ना गराउने, निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने, अभिभावकलाई बालबालिकाको पढाइप्रति चासो राख्न उत्प्रेरित गर्न शिक्षाको महत्वबारे जानकारी दिने कार्यमा विशेष जोड दिएकाले विद्यार्थी र अभिभावक दुवैमा परिवर्तन देखिन थालेको क्लबका कार्यक्रम संयोजक बहादुर सदायले बताए।, दलित समुदायका बालबालिका विद्यालय बाहिर रहने, नियमित विद्यालय नजाने, पढ्नमा गुणस्तर नबढ्नेजस्ता कारणबारे अनुसन्धान गर्ने, बालबालिकालाई विद्यालयमा टिकाउन आवश्यक क्रियाकलाप सञ्चालनका लागि समुदाय, शिक्षक तथा सरोकारलासँग छलफल गरी समस्या समाधान गर्ने रणनीति क्लबले अख्तियार गरेको उनले जानकारी दिए।, स्कुलमा खेलकुद सामग्रीको उपलब्धता, दिवा खाजा कार्यक्रम, छात्रवृत्तिमा पहुँच, विद्यालय पोशाक, झोला र स्टेसनरीको उपलब्धता तथा बस्तीमा गठन भएका हरवाचरवा महिला समूह एवम् तीनको परिचालनले पनि दलित समुदायका बालबालिकालाई विद्यालय जान आकर्षित गरेको स्थानीय सामाजिक परिचालक सन्तोसकुमार विसङ्के बताउँछन्।, विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युसन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन्।, पहिले पारिवारिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री नपाउँदा विद्यालय जान मनै नलाग्ने गरेकोमा त्यो समस्या समाधान भएपछि आफूलाई विद्यालय जाउँ-जाउँ लाग्न थालेको निखलेसको भनाइ छ।, कक्षा ६ मा अध्ययनरत विष्णुकुमार सदायलाई पनि त्यस्तै लाग्दछ।, 'म अचेल सकेसम्म कुनै दिन स्कुल जान छोड्दिनँ। त्यहाँ गएर पढ्न अनि खेल्नलाई रमाइलो लाग्छ,' उनले भने,'मलाई फुटबल खेल्न मन लाग्छ। सधैं ‘टिफिन टाइम’मा खेल्ने गर्दछु।' , उनीहरूका अभिभावकले पनि ट्युसन पढ्न र विद्यालय जान आवश्यक सहयोग प्राप्त भएकाले आफूहरूलाई सहज भएको बताएका छन्।, दैनिक गुजाराको लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यताका कारण छोराछोरीको पठनपाठनमा लगानी गर्न समस्या हुने गरेको उनीहरूको दुखेसो छ।, राधनाका बुवा भरोसी सदायले आफूले नपढेर दुःख पाएकाले अब छोराछोरीले पढेर आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गरे।, 'हामीलाई कालो अक्षर भैंसी बराबर छ। उहिले पढ्न पाइनँ, अहिले आएर दुःख पाइएको छ', उनले भने, 'अबको पिँढीले यस्तो दुःख नपाऊन्।', राधनाले पनि पढेर भविष्यमा ठूलो मान्छे बन्ने सपना रहेको बताइन्।, उनी भन्छिन्, 'धेरै पढेर डाक्टर बन्छु, अनि आमा बाबु सबैको उपचार गर्छु।' , प्रायःजसो दलित बस्तीमा अशिक्षा र चेतानाको कमीले कुलतमा फस्ने र चाँडै विवाह गर्ने समस्या छ।, अहिले सहयोगी संस्था र प्रदेश सरकार समेतले बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेकामा खुसी छन् अभिभावक ककुलदेवी सदाय।, उनका चार जना सन्तानमध्ये अहिले तीन जना पढिरहेका छन्। जेठी छोरीको कक्षा ९ को पढाइ नसक्दै विवाह भइसकेको छ। बाँकी तीन सन्तानलाई नियमित स्कुल पढाइरहेको र क्लबबाट सहयोग प्राप्त हुँदा आफूलाई सहज भएको उनले बताए। , विद्यार्थी र अभिभावक मात्रै होइन, शिक्षक तथा प्रधानाध्यापकले पनि पहिलेको तुलनामा नियमित विद्यालय आउने दलित बालबालिकाको सङ्ख्या र पढाइमा लगाव बढिरहेको बताए।, प्रधानाध्यापक सिंहले दलित समुदायका बालबालिका सकेसम्म स्कुल नआउने र आए पनि बीचमै कक्षा छोड्ने समस्या रहेकामा अहिले धेरै सुधार भएको बताए।, 'करिब ५० प्रतिशत दलित विद्यार्थी बीचमै कक्षा छोड्थे', उनी भन्छन्, 'अहिले क्लबले सहयोग गरेका कारण नियमित विद्यालय आउने सङ्ख्या बढेको छ।' , अभिभावकले नै विद्यालय जानभन्दा गरिबीका कारण ज्याला मजदूरीको लागि भारत जान प्रोत्साहन गर्ने गरेको तीतो विगत स्मरण गर्दै प्रधानाध्यापक सिंहले अहिले भने त्यो प्रवृत्तिमा पनि सुधार हुन थालेको धारणा राखे। , उनका अनुसार अहिले सो विद्यालयमा कक्षा १ देखि ७ सम्म कूल दुई सय ९९ विद्यार्थीमध्ये दलित विद्यार्थीको सङ्ख्या एक सय २३ रहेको छ। इँटाटाराको दलित बस्तीबाट अहिलेसम्म दुई जनाले मात्र १२ कक्षासम्म अध्ययन गरेका छन्। , बरियापट्टी गाउँपालिका–३ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरबल यादवले पछिल्लो समय विभिन्न संस्था र सरकारले सहयोग गरेका कारण केही परिवर्तन भए पनि मुसहर बस्तीबाट नियमित विद्यालय नआउने र बीचमै पठाइ छोड्ने समस्या कायमै रहेको बताए।, उनले दलित विद्यार्थीलाई लक्षित गरी ‘किशोरी शिक्षा’ र ‘निःशुल्क ट्युसन कक्षा’ सञ्चालन गर्दा पनि अपेक्षित सुधार हुन नसकेको बताए।, 'दलित बालबालिका विद्यालयमा भर्ना हुने तर ४/५ कक्षा नपुग्दै छोडने प्रवृत्ति रहेको छ', यादवले भने।, यस वर्षको एसइईमा यस विद्यालयबाट एक जना मात्र दलित विद्यार्थी उत्तीर्ण भएका थिए। , सामाजिक परिचालक विसङ्खेले पनि प्रदेश सरकार, दातृ निकाय र स्थानीय क्लबले सहयोग गर्दा पनि अझै करिब १० प्रतिशत बालबालिकालाई अभिभावकले स्कुल पठाउने नगरेको बताए।, बालबालिकाको सुन्दर भविष्यका लागि विद्यालय, सहयोगी संस्था र अभिभावक गरी सरोकारवाला पक्ष गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ। , प्राध्यापक डा विजयप्रसाद मिश्र पनि गरिब दलित बस्तीका बालबालिकामा विद्यालय जानुपर्छ भन्ने भावना विकास हुँदै गए पनि अझै धेरै समस्या विद्यमान रहेको बताउँछन्।, यो समस्यालाई समाधान गर्न दलित, गरिब, हरवाचरवा, सुकुम्बासी, भूमिहिन समुदायका अभिभावकमा बालबालिकालाई पढाउने इच्छा जागृत गराउने उपायको खोजी गरिनुपर्ने उनको मत छ।, प्राडा मिश्र भन्छन्, 'दलित बस्तीमा गएर कुराकानी गर्दा पढेर के हुन्छ र! जति पढे पनि जागिर पाइँदैन भन्ने मानसिकता छ। यसलाई चिर्नका लागि उहाँहरूमा भरोसा दिलाउने र स्वरोजगारमूलक शिक्षण गतिविधि हुनु आवश्यक छ।', गरिब बस्तीमा परिवारको दैनिक गुजारा टार्ने आधार नबन्दासम्म शिक्षाको लक्ष्य पूरा गर्न कठिन हुने भएकाले यसतर्फ ध्यान दिन सरकार र सरोकारवालालाई उनको आग्रह छ। , मधेस प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन्।, यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तन जस्तै अरू ठाउँमा पनि आउन सक्छ।, यस्तै समस्यालाई मध्यनजर गर्दै दलित जनकल्यान युवा क्लब, लहानले ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा सिरहाका चारवटा दलित बस्तीका बालबालिकालाई लक्षित गरी सहयोग कार्यक्रम गर्दै आएको छ।, क्लबका अध्यक्ष विसंखेका अनुसार जिल्लाको औरही गाउँपालिका–४ स्थित इटाटारको दलित बस्तीमा ४२ बालबालिका, बरियापट्टी गाउँपालिका–३ बरियापट्टीमा ३६ जना, धनगढीमाई नगरपालिका–१ बाखरमा ४० जना र लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा ३५ दलित बालबालिकाका लागि सन् २०२१ देखि सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ। , सन् २०२४ सम्म सञ्चालन हुने यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनको भनाइ छ। तर यो कार्यक्रम सकिएपछि के गर्ने भन्ने अन्यौल भने कायम छ।, 'हामीले दलित बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन भूमिका निर्वाह गर्यौं। यसबाट दलित बस्तीका बालबालिका र अभिभावक उत्साहित हुनुहुन्छ', विसङ्खेले भने, 'अब यस कार्यक्रमको समयावधि सकिएपछि स्थानीय सरकारले सहयोग गर्ने हाम्रो अपेक्षा छ।' , औरही गाउँपालिका–४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद यादव वडा तथा गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने गरी छलफल भइरहेको बताउँछन्। , उनी भन्छन्, 'वडाबाट दुई लाख बजेट पनि छुट्याएको छ।' ,रासस,
'अचेल सकेसम्म कुनै दिन स्कुल जान छोड्दिनँ' |
रासस कोरोना भाइरसविरूद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ।, ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो। , स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए।, यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रूपमा ‘गाभी’लाई पत्र लेखेको थियो।, कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो।, उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउने छ। , सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ।, सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो। , छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ।, यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ।,
माघ १९ गते १५ लाख बुस्टर डोज खोप आउने |
रासस टीकापुर अस्पतालले फोहोर प्रशोधन गरेर कमाइ गर्न थालेको छ।, कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सबैलाई चुनौती बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो।, अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ। , अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहोर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ।, अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका) ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको थियो। , स्वास्थ्य संगठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।, 'प्लाष्टिकजन्य फोहोर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मेसिन जडानपछि सहज भएको छ', उनले भने, 'हामीले स्थानीय पालिकामा संकलन भएको फोहोर प्रशोधनमा पनि सघाउन सक्छौं। हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौं। पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौं।', अस्पतालमा फोहोर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रङका बाल्टिन राखिएका छन्।, प्लाष्टिकजन्य र रगतजन्य फोहोर राख्नका लागि हरेक वार्डमा रातो, नीलो, हरियो रङका बाल्टिन राखिएका छन्। साथै सिसाजन्य फोहोर राख्नका लागि साना बाल्टिन राखिएका छन्।, फोहोर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन्। यसरी अस्पतालमा संकलन भएको फोहोर दैनिक अस्पताल परिसरमै रहेको फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ।, 'निर्मलीकरण भएको फोहोर बिक्रीका लागि राखिन्छ। बिक्रीका लागि खासै समस्या छैन', अध्यक्ष सोडारी भन्छन्, 'यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनःप्रयोगका लागि बिक्री गर्न थालेका छौं।', अस्पतालजन्य फोहोर अन्यत्र विसर्जन गर्न पनि मिल्दैन। विगतमा अस्पतालभित्रै जलाउँदा प्रदूषण पनि हुने समस्या थियो। अटोक्लेभ मेसिनको प्रयोगले प्रदूषणको समस्यासमेत समाधान भएको सोडारी बताउँछन्।, 'पोखरा अस्पतालको फोहोर व्यवस्थापन गर्ने शैलीबाट सिकेका हौं। दुई जनालाई तालिम दिएर प्रशोधनको काम सुरू गरेका हौं। प्रशोधनमा लागेको लागत उठोस् भन्ने चाहना हो', उनी भन्छन्, 'अस्पतालका दुई कर्मचारीले दैनिक छ घण्टा जति काम गर्नुहुन्छ। डेढ सय लिटर क्षमताका दुई वटा मेसिन छन्।', अस्पतालमा दुई वटा मेसिन भए पनि अस्पतालको फोहोरमात्रै थोरै हुने हुँदा हाल एउटामात्र निर्मलीकरण मेसिन प्रयोगमा ल्याइएको सफाइकर्मी काशीराम रेग्मी बताउँछन्।, 'थप फोहोर पनि प्रशोधन गर्न सकिन्छ, एकैसाथ दुइटै मेसिन सञ्चालन गर्न सकिन्छ', उनले भने, 'हाल फोहोर कम भएकाले एउटै मेसिन चलाउने गरेका छौं।', फोहोर वर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिताका लागि अस्पतालले स्थानीय पालिकासँग छलफल गरिरहेकाले पालिकाले पनि सहकार्य गरेमा फोहोर व्यवस्थापनमा सहजता हुने स्थानीय बताउँछन्।, अस्पतालले निर्मलीकरण गरेको अस्पतालजन्य सामग्री लगेर चिप्स बनाई बुटवलका प्लाष्टिक कम्पनीलाई बेच्ने गरेको जय सियाराम होजियारी उद्योग जोशीपुरका सञ्चालक राजेश मण्डलले जानकारी दिए। , यसैबीच अस्पतालमा एनेस्थेसिया चिकित्सक सेवा सञ्चालन भएको छ।, गत साउनदेखि सहायक कर्मचारीका भरमा सेवा दिइँदै आएको अस्पतालले जटिल खालको शल्यक्रियाका लागि भने बाहिरबाट चिकित्सक ल्याउनुपर्ने बाध्यता थियो।, गत असारसम्म भने जानकी गाउँपालिकाको आर्थिक सहयोगमा एनेस्थेसिया चिकित्सकको सेवा थियो। आइसियू र जटिल खालका शल्यक्रियाका लागि मानिसलाई बेहोस बनाउन एनेस्थेसिया आवश्यक हुन्छ।, व्यवस्थापन समितिका अध्यक्ष सोडारीले प्रदेश सरकारको सहयोगमा नवौं तहका एनेस्थेसिया डा पूर्णराधा श्रेष्ठ टीकापुर अस्पतालमा आएको जानकारी दिए। एनेस्थेसिया चिकित्सक नियमित भएमा अस्पतालमा शल्यक्रिया सेवा नियमित र सहज हुने अस्पतालले जनाएको छ।,
फोहोरबाट मोहोर कमाउँदै टीकापुर अस्पताल |
रोहित महतो कुनै बेलाको सानो तर गहिरो खोल्सीजस्तो बसही खोला यतिबेला पैदल पार गर्न झन्डै पाँच मिनेट हिँड्नु पर्छ। खोलाको एक किनाराबाट अर्को किनाराबीच बगर र खाल्डाखुल्डीबाहेक केही छैन। झट्ट हेर्दा मरुभूमि जस्तो लाग्छ।, अहिले बगर बनेको यो ठाउँमा कुनै समय बस्ती पनि थियो।, ढल्केवर–जनकपुर सडकबाट एक किलोमिटर पश्चिमतर्फ मिथिला नगरपालिका–१ हुँदै अघि बढ्छ बसही खोला। यो खोला सुख्खा मौसममा प्रायः सुख्खै रहन्छ। वर्षायाममा चाहिँ बाढी उर्लिन्छ।, केहीदिन अघि दिउँसो खोला किनारमा पुग्दा भेटिए वडा नम्बर एकका बासिन्दा इन्द्रदेव महतो।, कुरा हुँदै जाँदा उनले आफ्नो परिवारले भोगेको विगत सुनाए। उनले बगरतर्फ देखाउँदै भने ‘यही ठाउँमा हाम्रो पुर्ख्यौली घर थियो। निकै ठूलो टोल। एक रातको भीषण बाढी आयो। हाम्रो सिंगै टोल बगाइदियो।’, २०३५ सालमा आएको त्यो भीषण बाढीले लक्ष्मीवास नामको त्यो टोलका झन्डै साढे दुई सय घरपरिवार विस्थापित गराइदियो।, त्यो टोलको उत्तरतर्फको बस्ती अझै छँदैछ।, मानिसहरू भागेर बाँचे। विस्थापित भएका करिब सय परिवारले दक्षिणतर्फ बस्ती बसाए। इन्द्रदेवहरू खोलानजिकैको अर्को बस्ती नक्टाझिज पुगे।, विस्थापित मध्येका एक रामजी यादवका अनुसार धेरै जसो परिवार अलिक पर एकै ठाउँमा सरे। सुरक्षित ठाउँमा सरेपछि केही आनन्दको सास फेर्न पाए। नयाँ बस्तीको नाम पनि आनन्दपुर रह्यो।, केही परिवार महोत्तरीको गौशाला गए। केही त आफन्त खोज्दै भारत पनि पसे।, ‘हामी त सबै सुतेका थियौँ। राति १२ बजेतिर अचानक ठूलो बाढी आयो। जमिन कटान गर्दागर्दै घरहरू पनि बगायो,’ रामजीले भने, ‘गाउँमा भयानक कोलाहल मच्चियो। हामी भागाभाग भयौँ तर त्यो मध्यरातमा हामीलाई सघाउन कोही पनि आएनन्।’, उनका अनुसार केही मानिसलाई चोटपटक लागे पनि कसैको ज्यान गएन। लत्ताकपडा र केही सामान जोगाउन सके। बाँकी सबै बगरमा परिणत भयो।, जथाभावी चुरे फडानीका कारण बस्ती विनाश हुने गरी ठूलो बाढी आएको रामजीको बुझाइ छ ।, ‘त्यति बेला खेती गर्ने र बस्ती बसाउने नाममा जथाभावी वन फडानी गरियो। नदी किनारका रूख काटिएपछि माटोको पकड रहेन। माथिबाट आएको बाढी खोलाले थेग्न सकेन,’ उनले भने।, चुरेमा पनि फडानी बढ्दै गयो। बाढी आउने क्रम बढ्दै गयो। बसही खोलो झनझन् फराकिलो हुँदै गयो।, बस्ती उठेपछि र खोलो फराकिलो भएपछि ग्राभेल र बालुवा ठेकेदारलाई झन सजिलो भयो। खोला खन्दाखन्दै खाल्डैखाल्डा भए।, ‘चुरेको तल भावरमा गोली झैँ रफ्तारमा पानी बग्छ। रफ्तारको पानी ठूला खल्डामा ठोक्किँदै जमिन कटान गर्न थाल्छ,’ रामजीले भने, ‘ठेकेदारका लागि कुनै मापदण्ड छैन। हामीले विरोध गरेर छ महिनादेखि खोला खन्न बन्द छ तर फेरि आउलान् भन्ने डर छ।’, बालुवा निकालेर बनाइएका खाल्डो। तस्बिर : रोहित महतो।, स्थानीयबासीहरूका अनुसार नगरपालिकाले खोला ठेक्कामा दिन्छ तर उत्खननको अनुगमन गर्दैन।, मिथिला नगरपालिकाको वडा नम्बर एकका वडाध्यक्ष जोगी महतोले यसअघिका मेयरले जथाभावी उत्खनन गर्न छुट दिएको आरोप लगाए।,
उनले किसानको खेत र बस्तीको जोखिम ध्यानमा राखेर हाल उत्खनन बन्द गरिएको पनि बताए।, स्थानीय बासिन्दा रामउदगार रविदासका अनुसार चुरे फडानी र उत्खननले तराई क्षेत्रका खोला किनारका बासिन्दाको उठिबास हुने क्रम बढेको छ।, उनले भूमिगत पानीको सतह तल सर्दै गएको बताए। उनका अनुसार बितेको ३० वर्षमा भूमिगत पानीको सतह ३० फिट तल पुगेको छ।, उनले भने, ‘तीस वर्षअघि ४०–४५ फिटमा पानी आउँथ्यो, अहिले ७५ फिटसम्म खन्नु पर्छ।’, रामउद्गारका अनुसार जमिनको उत्पादकत्व पनि धेरै घटेको छ। तीस वर्षअघि सिँचाइ नगरी उत्पादन हुने जमिन अहिले मरुभूमि जस्तो बनेको छ।, ‘खेतीपाती चौपट भएपछि युवाहरू विदेश पलायन भए। बेरोजगारी बढ्यो,’ उनले भने।, यस्तो असर एकदुई ठाउँमा मात्रै सीमित छैन।, क्षीरेश्वरनाथ नगरपालिका–४, छेरीपोखरीमा पनि २०४५ सालमा बाढीले करिब ६५ घरपरिवारको एउटा बस्ती नै उठाइदिएको थियो। बस्तीको चिह्नका रूपमा एउटा इनारको भग्नावशेषमात्र बाँकी छ। स्थानीय बासिन्दा रामबहादुर साहका अनुसार बाढीले बस्ती उठाएपछि विस्थापितहरूले करिब दुई किलोमिटर पर हालको क्षीरेश्वरनाथ नगरपालिका–६, सखुवा बजारमा नयाँ बस्ती बनाए।, उनीहरूले जसोतसो आफ्नो बस्ती त बनाए तर आर्थिक अवस्था दयनीय बन्दै गयो।, सोही बस्तीका बासिन्दा महञ्जी यादवले भने, ‘साउनका दिनमा बाढीले छोपेपछि भागेर बाँच्यौँ। घरको कुनै पनि सामान जोगाउन सकिएन। मेरो अढाई बिघा खेत सबै बगर भयो।’, बाढी राति अचानक आएको थियो। बस्तीका मानिसहरूले ज्यानबाहेक केही पनि जोगाउने समय पाएनन्।, ‘बाढी आएको थाहा पाउनसाथ घर लड्न थालिहाल्यो। मान्छे बाँच्याँै तर धेरै चौपाया बगे,’ रामबहादुरले भने।, घरखेत बगेर हिँड्नु परेपछि आजसम्म आफ्नो आर्थिक अवस्था सुधार हुन नसकेको रणमाया देवीले बताइन्। उनले पनि आफ्नो अढाई बिघा खेल बगर भएको बताइन्।, चुरेबाट आउने तराईका धेरै खोला आजकाल सुख्खा छन्। चुरेमा हुने गरेको अनियन्त्रित फडानी र उत्खननले तराईमा यस्तो अवस्था सिर्जना भएको विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार चुरे दोहन नियन्त्रण नभए तराईमा प्राकृतिक विपत्ति आइरहनेछ। पानीको हाहाकार हुने खतरा बढेको छ।, चुरे क्षेत्रका अनुसन्धानकर्ता रहेका वातावरणविद् डा. विजयकुमार सिंहका अनुसार राष्ट्रपति चुरे संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय लगायतका सरकारी निकायहरूले चुरे संरक्षणको प्रयास गरेका भए पनि अपेक्षित उपलव्धि हुन सकेको छैन।, तराई क्षेत्रमा बाढीले गर्ने विनाशको मुख्य कारण चुरेको अधिक दोहन नै रहेको उनी बताउँछन्। उनले नेपालमा रेल चल्न थालेपछि चुरे फडानी सुरु भएको बताए।पूर्व–पश्चिम राजमार्ग निर्माणको क्रममा पनि चुरेमा अत्यधिक वन फडानी भएको थियो। विस्तारै उत्तर–दक्षिण सडकहरू बने। फडानी झन बढ्यो।, मलेरिया उन्मूलन भएपछि पहाडी क्षेत्रबाट बसाइँ सरेर धेरै मानिस तराई पुगे। यस क्रममा तराईमा धेरै फडानी भयो। बसाइँ सरेर आएकाहरूले वन फाँडेर खेतीका लागि जमिन निकाले।, धेरै ठाउँमा सिसौ र खयरको पुरानो जंगल मासियो।, धानुषमा लक्ष्मीवास र छेरीपोखरी बाढीले विनाश गरेका बस्तीका दृष्टान्त हुन्।, क्षिरेश्वरको छोरीपोखर गाउँ विस्तापित भयोो तर त्यहाँको इनारको अवशेष भने छ। तस्विर : रोहित महतो।, वातावरणविद् डा. सिंहका अनुसार तराईका खोला किनारमा बाँस हुर्काउनु कटान नियन्त्रको सबैभन्दा राम्रो उपाय हुन्छ।, उनी भन्छन्,‘बाँसले राम्ररी माटो समाउँछ, छिटो हुर्किन्छ। सबै रूखबिरुवाले पानी सोसेर जमिनभित्र पु¥याउँछन्। तराईमा यस्तो प्राकृतिक प्रक्रिया धेरै हदसम्म अवरुद्ध भएको छ।’ , उनका अनुसार जंगल मासिँदै जाँदा चुरे क्षेत्रबाट बगेर आएको गिटी र बालुवाका कारण खोलाको सतह बढ्दै गयो। थोरै बाढी आउँदा पनि पानी खोला छिचोलेर खेत र बस्तीमा पस्न थाल्यो।, डा. सिंहले स्वाभाविक प्राकृतिक प्रक्रिया अवरुद्ध भएपछि क्षति बढ्दै गएको बताए। भएको वनजंगल संरक्षण, नयाँ वन विस्तार र चुरे संरक्षणले मात्र समस्या न्यूनीकरण हुने उनको भनाइ छ। ,
खोइ बस्ती खोलाले खायो, खोइ खोलो सुक्यो! |
सविता बुढा मंसिर १५ गते कैलालीको धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी चेतना साउदलाई ग्रेडरले ठक्कर दियो।, उनी साइकल चलाएर स्कुल जाँदै थिइन्। पुग्नै लाग्दा ग्रेडरले ठक्कर दियो। उनी भुइँमा पछारिइन्। घटनास्थलमै उनको ज्यान गयो। प्रत्यक्षदर्शीहरूका अनुसार चालकले ग्रेडर ब्याक गरेर पनि चेतनालाई किचेको थियो। घटनापछि उक्त विद्यालयका विद्यार्थीहरूले आन्दोलन गरे। ग्रेडर चालक र निर्माण कम्पनीका मालिकविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ।, तीन दिनपछि मंसिर १८ गते धनगढी–३ स्थित जनता आधारभूत माविमा कक्षा ६ मा पढ्ने सुस्मिता साउदलाई ट्र्याक्टरले ठक्कर दियो। उनी गम्भीर घाइते भइन्। उनको उपचार धनगढीको निसर्ग अस्पतालमा भइरहेको छ।, सुस्मिता पनि घरबाट स्कुल जाँदै थिइन्। ठक्कर दिने ट्र्याक्टरका चालक तुरून्तै भागेका थिए। पछि प्रहरीले ती चालकलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट पक्राउ गर्यो।, त्यसको १५ दिन पनि बित्न नपाउँदै पुस १ गते कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सुडा भन्ने ठाउँमा स्नातक तह प्रथम वर्षमा पढ्ने विद्यार्थी कविराज बैजलाई बसले ठक्कर दियो। बैज साइकलमा कलेज जाँदै थिए। घटनास्थलमै उनको ज्यान गयो।, यो घटनाको पाँच दिनपछि पुस ६ गते टिपरको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–७, हरैयाका तीन वर्षीय बालकको मृत्यु भयो। ती बालक आमा र हजुरबासँग अटोमा थिए। आमा र हजुरबा घाइते भए। घटनापछि स्थानीयबासीहरूले राजमार्ग बन्द गराए। मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने र घाइतेको उपचार गरिदिने सहमतिपछि सडक खुल्यो।, यसरी लापरबाह सवारी चालकका कारण २१ दिनभित्र दुई जिल्लाका तीन जनाको ज्यान गयो, एक जना गम्भीर घाइते छिन्।, घाइते तथा मृतकका परिवार र आफन्तको अहिले एउटै माग छ - ट्राफिक नियममा कडाइ गर्नुपर्यो।, चेतनाका बुवा गणेश साउदले चालकको मनपरीका कारणले छोरी गुमाउनु परेको बताए।, उनले भने, ‘म न्यायको लागि लडिरहेको छु। अपराधीलाई कडा कारबाही होस्।’, ट्राफिक नियम कार्यान्वयनमा कडाइ नहुँदा चालकहरूले मनपरी सवारी हाँक्ने गरेको उनको भनाइ छ। , भन्छन्, ‘धेरै चालकहरू रक्सी पिएर गाडी हाँक्छन्। उनीहरूलाई ट्राफिक प्रहरीको डर छैन। नियम त मान्दै मान्दैनन्। प्रहरीले कडाइ नगरेर मेरी छोरीको ज्यान गयो।’, बैतडीबाट पढ्नका लागि धनगढी आएकी थिइन्। उनी आफन्तको घरमा बस्थिन्। , कविराजका परिवारजन र आफन्तहरू अहिले गहिरो शोकमा छन्। उनीहरू पनि आफ्नो परिवारमा जस्तो अरूलाई नपरोस् भन्ने कामना गरिरहेका छन्। त्यसका लागि त ट्राफिकले जिम्मेवार र कडाइपूर्वक काम गर्नुपर्ने उनीहरूको भनाइ छ।, ‘कहाँ कसरी गाडी हाँक्ने भन्ने कुरा चालकलाई सिकाउनु पर्यो। मनपरी गर्न दिनु भएन। ट्राफिक नियम पालनामा कडाइ गर्नु पर्यो,’ कविरामका आफन्त धनरीराम बैजले भने। , उनले विद्यार्थी स्कुल जाने–आउने समयमा विशेष निगरानी गर्नुपर्ने बताए।, गणेश र कविराम दुवैको प्रश्न छ- ट्राफिक नियममा कडाइ गर्न कसले रोकेको छ? ज्यानै लाने सवारीलाई कहिले रोक्छ प्रहरीले?, पछिल्लो समय एकपछि अर्को सडकमा दुर्घटना भएपछि विद्यार्थी र अभिभावकहरू त्रासमा परेका छन्।, कैलालीको गोदावरी नगरपालिका–७ की मुस्कान भट्ट सधैं साइकल चढेर सात किलोमिटर टाढाको कलेज जान्छिन्। घरबाट बिहान पाँच बजे निस्कन्छिन्।, ‘राजमार्गमा साइकल चलाएर कलेज जान्छु। नपुगुन्जेल डर लाग्छ। अहिलेका घटनाहरूपछि त मलाई धेरै डर लाग्न थालेको छ,’ उनी भन्छिन्, ‘टिपर देख्नेबित्तिकै मन आत्तिन्छ।’, राजमार्गमा साइकल चलाउने सबै विद्यार्थीहरू जोखिममा रहेको उनले बताइन्। टिपर ठक्करले उनको गोडामा चोट लागेको छ।, ‘म कलेज जाने विद्यार्थी हुँ। धेरै पटक खतराबाट बाँचेकी छु। यो सडक जति खुला भए पनि टिपरले केही देख्दैन,’ उनले भनिन्। , उनले बिहान साइकलमा कलेज जाने विद्यार्थीहरू लस्करै आफ्नो लेनमा चल्ने भए पनि टिपर चालकले लापरबाही गरेर ठक्कर दिने गरेको बताइन्।, टिपर धेरै उछिनपाछिन नगरी आफ्नो लेनमा चल्ने हो भने दुर्घटना नहुने उनको भनाइ छ।, ‘टिपरले ठोकेर मेरो खुट्टामा घाउ भएको छ। ठक्कर दिएपछि पछाडि हेर्छ। लडेको भए उल्टै ब्याक गरेर मार्छ,’ उनले भनिन्, ‘एक पटक म यस्तै घटनाबाट बाँचेकी छु। लड्ने बित्तिकै उठेर बाँचेँ।’, प्रहरीलाई पैसा दिएपछि सबै कुरा मिलिहाल्छ भन्ने चालकहरूको मानसिकताका कारणले सवारी दुर्घटना हुने गरेको मुस्कानको भनाइ छ।, भन्छिन्, ‘पैसाले मान्छेको ज्यान आउँदैन। पैसा छ भन्दैमा सडकमा मान्छे मार्नु भएन। यहाँ विद्यार्थीहरू साइकलमै स्कुल–कलेज जाने चलन छ।’, गोदावरी नगरपालिका–७, हरैयाकी कल्पना विष्टका विचारमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ नहुनु, घटनापछि चालक र सवारीधनीले सजिलै मुक्ति पाउनु, सिकारू चालकहरू धेरै हुनु, चालकहरूबीच उछिनपाछिनको प्रतिस्पर्धा हुनु जस्ता कारणले दुर्घटना बढेको हो।, ट्राफिक नियम पालनामा कडाइ गर्नु नै दुर्घटना नियन्त्रणको मुख्य उपाय हुने उनको भनाइ छ।, कैलालीमा चालु आर्थिक वर्षको हालसम्ममा सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको छ। यी घटनामा ८१ जना घाइते भएका छन्।, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सडक दुर्घटना हुनुको मुख्य कारण मानवीय त्रुटी नै हो।, ठूला–साना सबै खाले सवारी चालक र पैदल यात्रुले ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने उनको भनाइ छ। , उनले पूर्ण रूपमा ट्राफिक नियम पालना गराउन चुनौती रहेको बताए।, ‘हामी जनशक्ति अनुसार प्रदेशभर काम गरिरहेका छौं। सर्वसाधारण, विद्यार्थी र चालकहरूका लागि सचेतनाका कक्षाहरू पनि चलाउने गरेका छौं,’ उनी भन्छन्, ‘तै पनि ट्राफिक नियमको उल्लंघन हुने गरेको छ। प्रहरी एक्लैले गरेरमात्र सम्भव छैन। सबै सचेत हुनुपर्यो।’, उनका अनुसार ट्राफिक नियम कडाइका साथ पालना गराउन नसक्नुमा मुख्य चुनौती त जनशक्ति अभाव हो। , सवारी साधनको संख्याका आधारमा हेर्ने हो भने अहिले कैलाली जिल्लामा मात्रै कम्तीमा चार सय ट्राफिक प्रहरी आवश्यक पर्छ। तर त्यसको आधा पनि ट्राफिक प्रहरी छैनन्। , कुन सडकमा कस्ता सवारी चलाउने भन्ने निर्णय स्थानीय सरकार र प्रशासनले गर्नुपर्ने पनि उनले बताए। , हामीले प्रहरीले सुनाएको समस्या पीडितलाई पनि सुनायौं। राज्यले शान्ति, जिउज्यान र सम्पत्तिको सुरक्षाको जिम्मा लिएको हो भने त्यो पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ। , चेतनाका बुवा गणेशले भने- मान्छेको ज्यान गएको गयै छ, प्रहरीले जनशक्ति अभाव भयो भनेर सुख पाउँछ र?,
'ज्यानै लाने सवारीको गति कहिले रोक्छ प्रहरीले?' |
सेतोपाटी संवाददाता धनुषामा एक महिलाको शव फेला परेको छ। , जनकनन्दिनी गाउँपालिका-१ का मनोज यादवको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए।, खेतमा रहेको रूखमुनि मंगलबार दिउँसो ती महिलाको शव फेला परेको हो। भारतको विहार घर भएकी ५५ वर्षीया अहलिया देवीको शव फेला परेको हो। , उनको झोला पनि फेला परेको थियो। जसमा सानो चिटमा फोन नम्बर पनि फेला परेको थियो। उक्त नम्बरबाट उनको पहिचान खुलेको डिएसपी क्षेत्रीले बताए। , उनको मृत्युबारे आफन्तहरूलाई समेत जानकारी गराइसकेको छ।, डिएसपी क्षेत्रीका अनुसार उनी भारतमा केही दिनदेखि हराइरहेकी थिइन्। , प्रहरीको प्रारम्भीक अनुसन्धानबाट उनी रेल चढेर नेपाल आएको देखिएको छ। , उनको चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको देखिएको डिएसपी क्षेत्रीले बताए। यद्यपि पोष्टमर्टमबाट थप खुल्ने उनले बताए।शवको पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। ,
धनुषामा एक महिलाको शव फेला |
सेतोपाटी संवाददाता काठमाडौंमा छुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बागमती करिडोरमा छुरी प्रहार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, गत शनिबार साँझ २३ वर्षीय निखिल भुजेल र १८ वर्षीय अभिषेक भट्टमाथि छुरा प्रहार भएको हो। उनीहरूमाथि अपरिचित व्यक्तिहरूले छुरी प्रहार गरेका थिए। , घाइतेको उपचारको लागि कान्तिपुर अस्पताल सुविधा नगरमा पठाइएको थियो। निखिलको छातीमुनि र कोखामा चोट लागेको थियो। उनी अहिले खतरामुक्त छन्। अभिषेक भने सामान्य घाइते छन्। , यसबारे खबर पाएपछि प्रहरी वृत्त बानेश्वरबाट टोली खटिएको थियो। उक्त टोलीले उनीहरू दुबैलाई अस्पतालमा पुर्याएको थियो। , प्रहरीले छुरी प्रहार गर्नेहरूको पहिचान गरी पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा महादेवस्थान बस्ने १८ वर्षीय निश्चल राई, आलोकनगर बस्ने अनिष मगर, सिनामंगल बस्ने मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र सिनामंगलका अनिष खत्री छन्।, प्रहरीले एउटा छुरी पनि बरामद गरेको छ।, प्रहरीका अनुसार उनीहरूबीच सामान्य विवादमा झडप भएको थियो। नयाँ वर्षको पूर्व-सन्ध्यामा उनीहरूबीच महादेवस्थानमा भेट भएको थियो। , बाटोमा हिँड्दै गर्दा सामान्य धक्का दिएको विषयमा झगडा भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।, ‘सामान्य धक्का दिएको विषयमा झगडा भएको देखिन्छ। एक जनाले धक्का दिएपछि साथीहरूलाई बोलाएछन्। हेल्मेटले पनि हिर्काएको देखिन्छ। त्यसपछि लखेटेर एक्लै पारेर समूहले छुरी प्रहार गरेको देखियो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।, उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। ,
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंमा छुरा प्रहार, पाँच पक्राउ |
रासस सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ।, यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।, भारत, चीनलगायत छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।, 'छिमेकी मुलुकमा नयाँ खालको भेरियन्ट फैलिएसँगै हामीले पनि संक्रमण जाँचलाई सीमा नाकामा तीव्र गतिमा हेरिरहेका छौं', जोशीले भने, 'नयाँ भेरियन्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ।', उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए।, 'सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ', उनले भने, 'नयाँ संक्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ।', मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ।, 'बुस्टर डोज ६/६ महिनामा लगाउनुपर्छ', जोशीले भने, 'पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ।', त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन्।, 'खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ', उनले भने, 'त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम पनि सचेत हुनुपर्छ।', कोरोना संक्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ।, यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो। पछिल्लो समय यहाँ कोरोना संक्रमण देखिएको छैन। ,
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण |
सेतोपाटी संवाददाता बेनी नगरपालिकामा तीन दिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन्।, अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित भएका छन्।, विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जोगाउँ अभियान अन्तरगत गलेश्वर मावि, राष्ट्रिय मावि घतान, गलेश्वर आर्दश मावि,जडभरत आमावि,बेनी सामुदायि मावि, बेनी आवासीय मावि, बालमन्दिर आमावि कालिपुल, बुद्ध एकेडेमी र सरस्वती आमावि बगरफाँटमा शिविर सञ्चालन गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक गरी २२ सय जना र सर्वसाधारण २२३ जनाको चेकजाँच गरिएको थियो।, त्यसैगरी गलेश्वर शिवालय क्षेत्र विकास कोष अन्तरगत सञ्चालित बृद्धआश्रम र गलेश्वरबासीले समेत चेकजाँच गरेको किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।, शिविरमा डेढ सय चश्मा, औषधि वितरण गरिएको थियो भने थप १ सय ५० बिरामीलाई चस्मा उपलब्ध गराइने उपाध्यक्ष केसीले बताए। ‘पहिलो चरणको अभियान सकिएको छ, अब दोस्रो चरणमा बाँकी विद्यालयमा शिविर सञ्चालन हुने छ,’ उपाध्यक्ष केसीले भने।, विद्यालयमा आयोजित शिविरमा चेकजाँच गर्दा ७ देखि ९ प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेलले बताए। शिविरमा ग्रामिण क्षेत्रको तुलनामा बेनीबजार आसपासका क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको दृष्टि दोषको समस्या अधिक रहेको डा. ढुगेलको भनाई छ।, कोठाभित्र बसेर विद्युतीय उपकरणको प्रयोग, खानपानमा हेल्चेक्राई, खेलकुद तथा नियमित शारीरिक अभ्यासमा कम हुनुका साथै आधुनिक अत्यधिक मात्रामा विद्युतीय उपकरणको प्रयोगले बालबालिकाको आँखामा समस्या देखिएको दृष्टि विशेषज्ञ बिर्ख बोगटीले बताए।, म्याग्दीमा किवानिस इन्टरनेशनलले निकट भविस्यमा थप शिविर सहित विद्यालयका शिक्षकलाई आँखा सम्बन्धि उपचारमा सहज हुने गरी तालिमको समेत आयोजना गर्ने र समस्या पहिचान गरी उपचार गर्ने संस्थाका अभियान्ता भरत ढुंगेलले बताए।, शिविरमा चस्मा, औषधि वितरणसहित थप उपचारका लागि पहिचान भएका बिरामीलाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ।, विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले समस्या पहिचान र उपचारमा सहयोग मिलेको विद्यालयले जनाएको छ। शिविरको स्थानीय संयोजन पत्रकार एवम् ओमकुमार शान्ति कोषका अध्यक्ष हरिकृष्ण गौतमले गरेका थिए।,
आँखा शिविरमा २५ सय लाभान्वित |
रासस सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ।, कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।, किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो।, उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए। उनी घरबाट लौकही गएको र हराएका थिए।, स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।, शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।, घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ। ,
आलुबारीमा भेटियो किशोरको शव |
सेतोपाटी संवाददाता आज पनि तराईका अधिकांश भु-भागमा दिनभरीजसो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले तराईका अधिकांश भु-भागमा आज पनि दिनभरि कुहिरो लाग्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।, महर्जनका अनुसार अझै केही दिन वर्षा हुने सम्भावना छैन।, ‘तराईका अधिकांश भागमा हिजोजस्तै हुस्सु लाग्ने सम्भावना छ। कतै कतै घाम देखिएपनि न्यानो नहुनसक्छ’, उनले भनिन्, ‘अझै केही दिन यस्तै रहने देखिन्छ।’, काठमाडौं उपत्यकामा भने हल्का घाम लाग्नेछ। आज काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ।, मौसमविद् महर्जनका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।, महाशाखाकाअनुसार भोलि (शुक्रबार) पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यत: सफा रहनेछ।, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।, प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।, ,
तराईमा दिनभरजसो हुस्सु र कुहिरो लाग्ने, उच्च हिमाली क्षेत्रमा हिमपात |
रासस पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।, बुधबार बेलुकी निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, ट्याक्टरको ट्रलीमा सवार सारु सडकमा खस्दा सोही ट्याक्टरको बायाँतर्फको टायरले लाग्दा मृत्यु भएको हो।, चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
ट्याक्टरबाट खसेर पाल्पामा सहचालकको मृत्यु |
युवराज श्रेष्ठ घारीपाटन खनेर ओइरालो, जहाज चढी आइपुगे कोइरालो!, राणा शासन अन्त्य गरेर २००८ सालमा विपी कोइराला पहिलो पटक हवाईजहाज चढेर पाखरा ओर्लिए। त्यतिबेला पृथ्वी राजमार्ग बनेको थिएन। नेपालका अन्य ठाउँमा जस्तै पोखरामा पनि मोटरभन्दा पहिला जहाज बसेको थियो। हवाईजहाजमा विपी आएको देखेर पोखरेलीले लोकगीत बनाएर उल्लेखित हरफ गाएका थिए।, हालको आन्तरिक विमानस्थल भएको चउरमा त्यतिबेला रनवे थिएन। विपी चढेको जहाज चउरमै ल्यान्ड भएको थियो। पोखरेली जहाज हेर्न चउरमा पुगेका थिए। चउरबाट पूर्वतर्फ घारीपाटन खनेर भिरालो थियो। विपीलाई स्वागत गर्न गीत बनाउँदा पोखरेलीले ओइरालो भने। कोइरालालाई कोइरालो बनाएर अनुप्रास मिलाए।, पहिलो पटक पोखरामा जहाज हेर्न जसरी पोखरेली उत्रिए। आइतरबार नयाँ विमानस्थल हेर्न पोखरेली फेरि उर्लिए। यतिबेला जहाज हेर्न होइन, ५ दशक पुरानो योजना पूरा भएको हेर्न उनीहरू जम्मा भएका थिए। अमरसिंहचोकदेखि अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङसम्म उनीहरूको लाम थियो। अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आउँदाको खुशी अनुहारमा झल्किएको थियो।, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पनि पोखरेलीले सांस्कृतिक झाँकी प्रस्तुत गरे। गीत गाए। नाचे। तर २००८ सालको जस्तो मौलिकता थिएन। प्रधानमन्त्री प्रचण्ड पोखरेलीका गीतमा समेटिएनन्। जसरी विपी कोइराला समेटिए।, त्यतिबेलादेखि आन्तरिक उडानमा सीमित पोखराको हवाई अड्डा आइतबारदेखि क्षेत्रीय शहरसँग सम्पर्कमा पुग्न सक्ने भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार ६ घन्टाको हवाई दूरीमा पुग्न सकिने विभिन्न शहरमा जोडिन सक्ने भएको छ।, ‘अन्तर्राष्ट्रिय उडानका प्रक्रिया अघि बढेका छन्, पूरा हुनेबित्तिकै पोखराबाट अन्तर्राष्ट्रिय उडान थालिनेछ,’ उनले भने।, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भव्यतापूर्वक उद्घाटन गर्दा अधिकांशले दुई जना व्यक्तिका योगदान स्मरण गरे। प्रधानमन्त्री प्रचण्डदेखि अर्थमन्त्री विष्णु पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले सम्झिएका ती दुई व्यक्तित्व थिए, २०२९ सालमा अञ्चलाधीश भएर पोखरा आएका शंकरराज पाठक र स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारी।, तत्कालीन अञ्चलाधीश पाठकले त्यतिबेला हालको आन्तरिक विमानस्थल सानो भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरिदिए। नयाँ विमानस्थल बनाउन उनले २०३० सालमा सर्भे गरेका थिए। पोखरा उपत्यकाको पहिलो नगर विकास योजना बनाउँदा नयाँ विमानस्थल बनाउने भनेर ३ हजार १५० रोपनी जग्गा २०३२ सालमै अधिग्रहण गरिदिए।, पोखराको कमजोर भौगोलिक संरचनामध्ये तुलनात्मक बलियो ठाउँ रोजेर उनले विमानस्थलका लागि जग्गा छुट्याएका थिए। त्यतिबेला जग्गा अधिग्रहण गर्दा चलनचल्तीको भाउमा अधिग्रहण गरेको उनले बताए।, ‘जग्गा अधिग्रहण गर्दा जग्गाधनीले भनेको भाउ दिएका थियौं,’ ९० बर्षीय पाठकले सेतोपाटीलाई भने, ‘मैले ४७ वर्षअघि सुरू गरेको काम बल्ल सम्पन्न भयो।’, त्यतिबेला ठूलो मात्रामा जग्गा अधिग्रहण गरेकाले अहिले विमानस्थल बनाउन सफल भएको हो। त्यसपछि पटक-पटक गरेर करिब ९ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। हाल विमानस्थल ३ हजार ८९९ रोपनी जग्गामा फैलिएको छ।, नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालमा हाल संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये समयसीमाभित्र सकिएको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्र भएको बताए। जबकी, यसका लागि पोखरेलीले ५ दशक पर्खनुपर्यो।, तत्कालीन अञ्चलाधीश पाठकको ५ वर्षे कार्यकाल सकियो। त्यसपछि विमानस्थल निर्माण प्रक्रिया रोकियो। जग्गा अधिग्रहणमै सीमित हुन पुग्यो। २०३२ सालदेखि २०७३ सालसम्म विमानस्थलका जग्गा गौचरणमा सीमित भए। प्रकृतिका कुचीकार गिद्धको बासस्थान बन्न पुग्यो। यत्तिका समय कसैले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आवाज उठाएनन्।, २०६६ सालयता पोखराका उद्योगी, व्यवसायीदेखि सर्वसाधारणसम्मले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गर्न थाले। त्यतिबेलाका पश्चिमाञ्चल होटल संघका अध्यक्ष विश्वशंकर पालिखेले यसको नेतृत्व लिए। दिनहुँ धर्ना, जुलुस निकाल्न थाले। देशका प्रधानमन्त्रीदेखि मन्त्री र सरकारी कर्मचारीलाई समेत विमानस्थल बनाउन माग गर्दै डेलिगेसन जान थाले।, होटल संघको नेतृत्वमा भएको रिले अनसनमा २ हजार ४०२ जना सहभागी थिए। पोखरेलीले गरिरहेका आन्दोलनलाई राजनीतिक नेतृत्व दिएर नेता रवीन्द्र अधिकारीले माग सम्बोधन गर्न लगाए। त्यतिबेला प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली थिए। अधिकारीकै पहलमा २०७३ वैशाख १ गते ओलीले विमानस्थलको शिलान्यास गरे।, विमानस्थल शिलान्यासमा त्यतिबेला शीर्ष नेताहरू सुशील कोइराला, प्रचण्डलगायत पनि सहभागी थिए। कास्की-२ बाट निर्वाचित अधिकारी संयोजक रहने गरी विमानस्थल निर्माण समस्या समाधान गर्न समिति गठन भयो। प्राधिकरणका महानिर्देशक अधिकारी त्यतिबेला निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख थिए।, ‘संसदको विकास समितिका सभापति र पर्यटन मन्त्रीका रूपमा रवीन्द्र अधिकारीले पुर्याउनुभएको योगदान अविस्मरणीय छ,’ उनले आइतबार उद्घाटन समारोहमा भने, ‘यस विमानस्थललाई अघि बढाउन र समयमै सक्न उहाँको योगदान बिर्सन सकिँदैन।’, अर्थमन्त्री विष्णु पौडेलले पनि स्वर्गीय अधिकारीले जहिल्यै विमानस्थल बनाउन जोड दिने गरेको सम्झिए। प्रधानमन्त्री प्रचण्डले विमानस्थल बनाउन पहिलो पटक योजना बनाएर जग्गा अधिग्रहण गरेका अञ्चलाधीश पाठक आफ्नो पनि गुरू भएको बताए। पाटनमा पढ्दा पाठकले पढाएको र उनका छोरा आफ्ना साथी भएको उनले बताए।, विमानस्थल बनेपछि पोखरा अन्तर्राष्ट्रिय शहरका रूपमा अघि बढ्न व्यवसायीले विश्वास लिएका छन्। विमानस्थल बनाउन आन्दोलन चर्काएका विश्वशंकर पालिखेले अब पोखराको ढोका खुलेको बताए।, ‘क्षेत्रीय शहरसँग पोखराको सिधा सम्पर्क स्थापित हुन सके पोखराले नेपालकै अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ,’ उनले भने, ‘विमानस्थल त बन्यो, अब चलाउनतर्फ खबरदारी गर्नुपर्छ।’, विमानस्थलबाट अन्नपूर्ण श्रृङ्खलाका सम्पूर्ण हिमाल देख्न सकिन्छ। पर्यटकीय शहरका रूपमा अघि बढेको पोखरामा पर्यटक सिधै आउन सक्ने पूर्वाधार तयार भएको छ। यसको पूर्ण सदुपयोग गरी विमानस्थललाई असफल हुनबाट जोगाउन अझै खबरदारी आवश्यक रहेको पालिखेले बताए।, विमानस्थलको रनवे २ हजार ५०० मिटर लामो छ। ४५ मिटर चौडाइ भएको रनवेमा बोइङ ७३७ र एयरबस ३२० जहाजले उडान तथा अवरण गर्न सक्छन्। यस प्रकारका जहाजमा करिब २०० यात्रु अटाउँछन्। यसभन्दा ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्न नसक्ने विमानस्थल प्रमुख विनेश मुनकर्मीले बताए।, अन्तर्राष्ट्रिय उड्ययन प्राधिकरण आइकाओको फोरडी मोडलमा बनेको यस विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुका लागि एयरब्रिज राखिएको छ। जुन नेपालका विमानस्थलमा पहिलो प्रयोग भएको मुनकर्मीले बताए।, चिनियाँ सरकारी स्वामित्वका कम्पनी सिएएमसी इञ्जिनियरिङलाई सन् २०१७ जुलाई ११ मा कार्यादेश दिएको र २०१७ नोभेम्बर १ देखि विधिवत रूपमा विमानस्थल निर्माण थालिएको थियो। २०२१ जुलाइमा सक्ने लक्ष्य लिए पनि कोभिड-१९ महामारीले १ वर्ष समय थपिएको मनुकर्मीले बताए।, विमानस्थल बनाउन चीनको एक्जिम बैंकले २१५ मिलियन अमेरिकी डलर लगानी गरेको छ। जुन रकममा २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशत ऋण हो। नेपालले लिएको वैदेशिक ऋणमा सबैभन्दा धेरै ब्याजदरमा लिएको ऋण यही रहेको अनुसन्धाता विजयकान्त कर्णले बताए।, नेपाल सकारले लिएको उक्त ऋणको २ प्रतिशत ब्याज तिर्नुपर्ने सम्झौतामा उल्लेख छ।, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आन्दोलनको नेतृत्व गरेका पालिखेले अझै संघर्ष नसकिएको बताए। अब अन्तर्राष्ट्रिय उडानका लागि भारतसँग एयर रूट माग्न नेतृत्वलाई दबाब दिने र अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुने अवस्था ल्याउनु पर्ने उनले बताए।, ‘हामीकहाँ जहिले पनि राजधानीवाद हाबी छ, यसले अनेक बखेडा झिकेर पोखरा विमानस्थललाई चल्न नसक्ने अवस्थामा पुर्याउन सक्छन्,’ उनले भने, ‘अझै हामी सजग हुन जरूरी छ।’, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन भारतले गोरखपुरबाट भैरहवा छिर्ने रूट दिनुपर्ने पालिखेले बताए। एयर रूट र विमानस्थल सञ्चालनको व्यावसायिक योजनाबारे प्रधानमन्त्री प्रचण्डदेखि अर्थमन्त्री पौडेल र प्राधिकरणका महाप्रबन्धक अधिकारीले आजको उद्घाटन कार्यक्रममा भने चर्चासमेत गरेनन्। गत चैतमा विमानस्थल हस्तान्तरणका बेला तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले एयर रूटका विषयमा भारतीय समकक्षीसँग वार्ता गरेको र रूट दिन भारत सकारात्मक भएको बताएका थिए।, विमानस्थल उद्घाटन गरेर सञ्चालनमा ल्याउँदा प्रधानमन्त्री र अर्थमन्त्रीले प्रसंग नै ननिकाले भन्दै पालिखेले असन्तुष्टि जनाए।, ‘भारतले नेपाल छिर्न दिएको सिमराबाट पोखरा आउँदा उडान अवधि लामो हुन्छ, जसले महँगो पर्न जान्छ,’ उनले भने, ‘अब सरकारले भारतसँग एयर रूटबारे वार्ता गरोस्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्वाध सञ्चालन हुने वातावरण तयार गरोस्।’, तस्बिरहरू: , यो पनि: , भारतले एयर रूट नदिए महँगो पर्नेछ पोखराको अन्तर्राष्ट्रिय उडान ,
पाँच दशकपछि पूरा भएको अन्तर्राष्ट्रिय विमानस्थलको पोखरेली सपना |
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ।, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो।, शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। ती बालकमा दादुराको लक्षण देखा परेको उनले बताए।, ज्वरो आउने, शरिरका विभिन्न भागमा राता-राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो।, वडा नम्बर ५ मा ८ जना बालबालिकामा उच्च ज्वरोसहित दादुराका लक्षण देखा परेको उनले बताए।, सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ।, नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्।, उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन। नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको थियो।,
नेपालगञ्जमा दादुराका लक्षण देखिएका बालकको मृत्यु |
राजु अधिकारी आफूसँग भएको थोरै-थोरै पैसा बचत गर्न कहाँ जाने? यसको स्वाभाविक उत्तर हुन्छ, बैंक तथा वित्तीय संस्थामा। , आफूले जम्मा गरेको पैसा नडुब्ने, पारदर्शी कारोबार हुने संस्थाहरू मात्रै बचत तथा ऋण कारोबारका योग्य मानिन्छन्।, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंकिङ कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै कानुनले पनि यस्तो कारोबार गर्ने अनुमति दिएको हुन्छ। , वित्तीय कारोबारको यही सामान्य र आधारभूत मान्यताबारे बेखबर रहेका अथवा थाहा पाएर पनि धेरै ब्याजको लोभमा व्यक्तिसँगै पनि ठूलो आर्थिक कारोबार गर्नेहरू निरन्तर ठगीमा पर्दै आएका छन्।, खासगरी साना–साना बजारमा लामो समयदेखि सुनचाँदी पसल चलाउनेहरूले आफूखुसी बैंकिङ कारोबार गरेर सर्वसाधारणको पैसामा लुट मच्चाइरहेका छन्। , अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा व्यक्तिसँग बैंकिङ कारोबार गर्ने सयौं सर्वसाधारण जब आफू ठगीमा परेको थाहा पाउने बेलामा पुग्छन्, त्यसबेलासम्म उनीहरूको पैसा फसिसकेको हुन्छ। , यस्तै एक जना पात्र हुन्, इटहरी–१९ की कमला पौडेल।, आफूसँग अलिकति पैसा हुने बित्तिकै पौडेल तहरहरामा रहेको सिंहदेवी ज्वेलर्स पुगिहाल्थिन्। ज्वेलर्सले हातमा थमाएको पासबुक र पैसा लिएर उनी त्यहाँ बचत गर्न जान्थिन्। पैसा बुझाएपछि ज्वेलर्स सन्चालक रकम बुझिलिएको ठाउँमा हस्ताक्षर गर्थे। उनी ढुक्क भएर घर फर्किन्थिन्। उनका अनुसार बचत गरेपछिको आनन्द अलग्गै हुन्थ्यो। , यसरी निरन्तर बचत गर्दै जाँदा उनको खातामा अढाई लाख रुपैयाँ भइसकेको थियो। आफ्नै ठाउँको त्यो ज्वेलर्समा पैसा राखे अन्यत्रभन्दा धेरै ब्याज पाइन्छ भन्ने उनले छिमेकीहरूबाट सुन्दै आएकी थिइन्। त्यही आधारमा उनले कारोबार सुरू गरेकी थिइन्। , उनी जस्तै पैसा लिएर पुग्ने सर्वसाधारणलाई ज्वेलर्स सञ्चालक दीपक गजमेरले हातमा पासबुक थमाइदिन्थे। १८ प्रतिशत ब्याज दिने बताउँथे। पासबुकमा पसलको छाप र आफ्नो हस्ताक्षर पनि गरिदिन्थे। , पाँच वर्षअघिको एक दिन कमला जसरी नै त्यही ज्वेलर्समा रकम जम्मा गर्दै ९ लाख पुर्याइसकेकी सुकमित गुरूङले पैसा निकाल्न खोजिन्। ज्वेलर्स सञ्चालकले पैसा दिन आनाकानी गरे। आजभोलि भन्दै जब उनले महिनौ झुलाउन थाले, सुकमित आत्तिइन्। , १८ प्रतिशतसम्म ब्याज दिने भन्दै पैसा जम्मा गरेकी उनी आफ्नै रकम झिक्न खोज्दा पनि नपाउने अवस्था भएपछि उनले प्रहरीमा उजुरी दिइन्।, सुकमितले उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थाल्यो। त्यसबेला मात्रै कमला र उनीजस्तै २७५ जना बचतकर्ताले आफू ठगीमा परेको थाहा पाए। , उनीहरूमध्ये धेरैले जम्मा गरेको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ज्वेलर्सले सर्वसाधारणलाई फर्काउनु पर्ने देखिएको सुनसरी जिल्ला अदालतको एक वर्ष अघिको फैसलामा उल्लेख छ। , इटहरीकै अम्बिका अन्जना राईले सिंहदेवी ज्वेलर्समा १० लाख ७२ हजार रुपैयाँ जम्मा गरेकी थिइन्। चन्द्रकला श्रेष्ठले १८ लाख रुपैयाँ जम्मा गरेकी थिइन्। सुनसरी जिल्ला अदालतमा पीडितहरूले दिएको बकपत्र अनुसार यसरी रकम जम्मा गर्नेहरूको संख्या २७५ छ। , ‘सबैले जम्मा गरेका कारण हामीले पनि जम्मा गरेका थियौं’, ज्वेलर्समा पैसा राख्नेहरूले अदालतमा दिएको बयानमा अधिकांशले भनेका छन्, ‘लामो समयदेखि विश्वासिलो कारोबार गर्ने भएकै कारण पैसा राख्न दिएका हौं। तर, उनको नियत ठीक रहेनछ। यतिधेरैको यति ठूलो पैसा राखेर जोखिममा पारे होलान् भन्ने थाहै भएन।’, बयानका क्रममा उनीहरूले त्यहाँ पैसा जम्मा गर्नुको उद्देश्य ब्याजको लोभ नै भनेका छन्।, ‘बैंक र सहकारीमा जम्मा गर्दा ७–८ प्रतिशत मात्रै दिन्थे, १८ प्रतिशत भनेपछि लोभियौं’, सबैजसोको एकै भनाइ छ ‘ब्याजको लोभ गर्दा दुःख गरेर जोडेको साँवा पनि डुब्यो।’ , व्यक्तिलाई अन्धाधुन्ध विश्वास गरेर पैसा राख्दा २७५ जना बचतकर्ता त डुबे नै, त्यही ज्वेलर्समा ज्यालादारी काम गर्ने गोपाल भनिने लालबहादुर विक पनि परिबन्दले फसेका छन्। , ज्वेलर्स सञ्चालकले पासबुकमा हस्ताक्षर गर्न लगाएकै भरमा उनलाई कानुनले दोषी ठहर गरेपछि अहिले उनी ज्वेलर्स सञ्चालक परिवारसँगै थुनामा छन्।, लालबहादुरको भागमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगोवापत तिर्नुपर्ने रकमको सजाय पनि छ।, सम्पत्तिका नाममा ५ धुर जमिनमात्रै भएका लालबहादुरलाई न्याय माग्दै सामाजिक सञ्जालमा केही दिनयता अभियान नै चलेको छ। , सुनचाँदीको कारोबार गर्ने अनुमति लिएका ज्वेलर्स सञ्चालकहरूले गैरकानुनी रूपमा बैंकिङ कारोबार चलाउने र चर्को ब्याज लिएर सर्वसाधारण ठग्ने गर्दै आइरहेको यो पहिलो घटना होइन।, सुनसरीको यो घटना पाँच वर्ष पुरानो हो तर मोरङमा केही महिनायता धेरै जना यसरी ठगिएको पाइएको छ। , सुन्दरहरैचा नगरपालिका १० खोर्सानेमा रहेको ‘कमला ज्वेलर्स’ का सञ्चालक ४५ वर्षीय राजु विश्वकर्माले ५५ जना सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारी ठगी गरेको पुष्टि भएपछि उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।, जिल्ला प्रहरी मोरङका अनुसार उनले ठगी गरेको पुष्टि भएपछि मोरङ जिल्ला अदालतले उनलाई थुनामा पठाएको हो। मुद्दाको अन्तिम फैसला भने आउन बाँकी छ। , सुन्दर हरैंचाभन्दा अघि मोरङकै उर्लाबारी नगरपालिका–६ डिबी मार्गमा रहेको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतमले पनि तीन सयजना भन्दा बढी सर्वसाधारणले ब्याजमा लगाएको १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका थिए।, यस्तै, मोरङको बुढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करोडौं रुपैयाँ लिएर भागिरहेका छन्। , नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।, ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिए बमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ। तर, ऐन कार्यान्वयनमा राष्ट्र बैंक र प्रहरी प्रशासनले सक्रियता नदेखाउँदा सुनचाँदी व्यवसायीले गैरकानुनी रूपमा निक्षेप संकलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्वाध रूपमा गर्दै आएका छन्। मुख्य रूपमा ग्रामीण क्षेत्रमा यस्तो समस्या बढी देखिएको प्रहरीको भनाइ छ। , राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती नियामक निकायको कमजोरीले यस्तो ठगीधन्दा मौलाएको बताउँछन्।, ‘सुनचाँदी कारोबार गर्नेहरूले ऋण लगानी गरिरहेको थाहा नपाउने नियामक निकायको कमजोरी तथा सर्वसाधारणमा नपुगेको वित्तीय शिक्षा लगायतको समस्याले यस्तो अवस्था आएको हो। यसले नियामक निकायहरूको हरदमको सक्रियता आवश्यक रहेको देखाउँछ।’ , सहकारी तथा बैंकहरूको झन्झटिलो प्रक्रिया तथा थोरै ब्याजदरले सर्वसाधारण यस्ता अवैध कारोबारीतिर लोभिएका हुन्? यसको उत्तरमा उप्रेतीले भने ‘झट्ट हेर्दा त्यसो देखिएला। तर, सहकारीहरूले सदस्यमा मात्रै कारोबार गर्ने हुन्। बैंकहरूको आफ्नै विधि छ। बैंक तथा वित्तीय संस्थाहरूको प्रक्रिया प्रचार गरिएजस्तो झन्झटलाग्दो छैन। सुरक्षित र भरपर्दो त्यही हुन्छ। सबैले यसमा ख्याल गर्नुपर्छ।’, यो पनि:, के हो सामाजिक सञ्जालमा न्यायको माग भइरहेका लालबहादुर बिकको मुद्दा?,
व्यक्तिसँगको बैंकिङ कारोबारः जोखिममा पैसा, तनावमा जिन्दगी |
सेतोपाटी संवाददाता चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ।, आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्।, अष्ट्रेलिया र क्यानडाले पनि चीनबाट आउने यात्रुहरूमा कडाइ गर्ने भएका छन्।, अष्ट्रेलिया र क्यानडा भित्रन अब चीन र हङकङ भएर आउने कुनै पनि यात्रुले ४८ घन्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।, क्यानडाको पब्लिक हेल्थ एजेन्सी (पिएचएसी) का अनुसार चीन र हङकङबाट आउने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ।, कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमबाट बच्न यसअघिनै अमेरिकाले चीनबाट आउने यात्रुमाथि कडाई सुरू गरिसकेको छ। यसअघि कोरोनाको नेगेटिभ रिपोर्ट भए पुग्ने अमेरिकामा अब कोरोना परिक्षणसमेत गर्नुपर्ने भएको छ।, यसअघि फ्रान्स, बेलायत, स्पेन, ताइवान, जापान, भारत, इटाली, दक्षिण कोरिया र पाकिस्तानले पनि चीनबाट आउने यात्रुका लागि कोरोना परीक्षण अनिवार्य गरेको थियो।, यसैबीच हङकङले आगामी आइतबारबाट चीनसँगको सिमाना खोल्ने भएको छ।, यससँगै यात्रुका लागि अनिवार्य क्वारेन्टाइनलाई पनि खारेज हुने भएको छ। योजनाको पहिलो चरणमा कोटा निर्धारण गरिने एक अधिकारीले बताए।, यसअन्तर्गत कसले यात्रा गर्न पाउने भन्ने निर्णय हुनेछ। यसपछि नाका पूर्णरुपमा खुल्ने हङकङका अधिकारीहरूले बताएका छन्।, कोरोना वल्ड्रोमिटरका अनुसार अहिलेसम्म विश्वमा ६६ करोड ४९ लाख ९५ हजार ४०३ संक्रमित देखिएको छ।, ११ जनवरी २०२० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ६६ लाख ९७ हजार ४०२ जनाको मृत्यु भइसकेको छ।,
चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ |
रासस हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।, कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूको साथबाट प्रहरीले सात राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताए।, उनकाअनुसार पक्राउ पर्ने नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ।, सीमा नाकास्थित विभिन्न गाउँमा राति हतियार देखाएर लुटपाट गर्ने घटना बढेपछि प्रहरीले सीमा नाकामा गस्ती बढाएको थियो।, सोही गस्तीको बेला गत शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।, ‘पुस १६ गते बैलौरीको बैसाखा नाकामा गस्तीमा रहेको प्रहरी टोलीले तीन भारतीय नागरिकलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा पसे। प्रहरीले तत्कालै राजु ईन्द्रसीलाई नियन्त्रण लिएर उनको साथबाट चार राउण्ड ठूलो गोली, दुई राउण्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल बरामद गरेको हो,’ उनले भने।, पछि अन्य दुईजना उखुबारीबाट पक्राउ परेका हुन्।, उनकाअनुसार उखुबारीमा लुकेर बसेका अन्य दुईजनालाई स्थानीयको सहयोगमा करिब सात घण्टापछि नियन्त्रणमा लिइएको थियो।, प्रहरीले पक्राउ गरेकामध्ये राजु ईन्द्रसी लखिमपुरमा मोटरसाइकल चोरीको आरोपमा लखनौ जेलबाट आठ महिना कैद भुक्तान गरेर २० हजार जरिवानामा गत साता मात्रै छुटेका थिए।, ‘लुटपाटमा संलग्न अन्य दुई फरार छन्। उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ। दिनमा व्यापार गर्न नेपाल आउने र यहाँका अवस्था बुझेर राति समूहमा लुट्न आउने गरेको भेटिएको हो,’ उनले भने।,
दिउँसो साइकल बेच्ने, राति चोरी गर्ने भारतीय नागरिक पेस्तोलसहित पक्राउ |
एजेन्सी भारतको सर्वोच्च अदालतले सन् २०१६ मा नरेन्द्र मोदी सरकारले गरेको नोटबन्दी सही भएको फैसला सुनाएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सर्वोच्चको संवैधानिक इजलासले सोमबार त्यतिबेला ५ सय र १ हजार रुपैयाँका नोट प्रतिबन्ध गर्नु सही भएको फैसला सुनाएको जनाएका छन्।, संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीशमध्ये बहुमतका आधारमा यो निर्णय भएको हो।, सर्वोच्चले भारतीय केन्द्रीय बैंक आरबिआईले एक्लै नोटबन्दीको निर्णय गर्न नसक्ने उल्लेख गर्दै ६ वर्षअघिको नोटबन्दी केन्द्र सरकार र आरबिआईबीचको सल्लाहमा भएको देखिएको जनाएको छ।, मोदी सरकारले सन् २०१६ नोभेम्बर ८ मा ५ सय र एक हजार रुपैयाँ नोटहरूमाथि प्रतिबन्ध लगाउँदै आफूसँग भएका नोट बैंकलाई बुझाउन भनेको थियो।, उक्त निर्णयपछि भारतीय नागरिकले सास्ती खेप्दै नोट साटेका थिए। त्यतिबेला नेपालमा रहेको करोडौं भारतीय रुपैयाँ अहिलेसम्म साट्न सकिएको छैन।,
भारतको सर्वोच्च अदालतले भन्यो- नोटबन्दी सही थियो |
रासस शिवसताक्षी नगरपालिका–११ मा एक दम्पती जंगली हात्तीको आक्रमणमा परेका छन्।, हात्तीले आक्रमण गर्दा ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ भने उनका ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन्।, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार शनिबार आफ्नै घरमा राति सुतिरहेको अवस्थामा छावासहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेका थिए।, हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते भएका थिए। दुवैलाई उपचारका लागि आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।,
घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा पत्नीको मृत्यु, पति घाइते |
सेतोपाटी संवाददाता हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही काठमाडौं उपत्यकासहित तराईका हुस्सु र कुहिरो लागेको छ।, पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ।, आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।, श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकामा १० बजेसम्म हुस्सु लाग्ने देखिएको छ। त्यसपछि मात्र घाम लाग्ने छ। हाल काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस रहेको श्रेष्ठले बताए।, यस्तै आज राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन महाशाखाले गरेको छ। यसैगरी, मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।, राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसो क्रमशः बढ्दै गएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।, पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए।, उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए।, उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए। उनले मर्निङवाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए।,
काठमाडौंमा १० बजेपछि घाम लाग्ने, तराईमा दिनभर हुस्सु |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.